विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. १०१८७ - बच्चा पानीमा फाली बेपत्ता पारेको

 फैसला मिति:२०७५/०५/१९  संयुक्त इजलास  ११८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कैलाली, चौमाला गा.वि.स. वडा नं.५ चनौरा को हाल गौरीगंगा न.पा. वडा नं.१ चनौरा घर भई हाल कारागार कार्यालय कैलालीमा थुनामा रहेकी रामकली चौधरी बिरुद्ध विपक्षी/वादी : जिल्ला कैलाली, चौमाला गा.वि.स. वडा नं.५ चनौरा गाउँ बस्ने सुरेन्द्र चौधरीको प्रतिवेदन जाहेरीले नेपाल सरकार

सामान्य समझले बच्चा जिउँदो रहन सक्ने अवस्था नै नदेखिएको अवस्थामा लास नभेटिएको भन्ने कारणले मात्र अभियोग दाबीको कसुरबाट प्रतिवादीले उन्मुक्ति पाउने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०१८६ - परमादेश

 फैसला मिति:२०७५/०५/१८  संयुक्त इजलास  २६१९
 पुनरावेदक/ प्रतिवादी : जुरी नेपालको तर्फबाट तथा आफ्नो हकमा समेत जुरी नेपालका सदस्य जुरी नेपालमा कार्यरत हाल का.जि. का.म.न.पा. वडा नं. २ बस्ने अधिवक्ता विष्णुप्रसाद पोखरेलसमेत बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत

विद्यमान मदिरा ऐनले सर्वसाधारणको स्वास्थ्य, सार्वजनिक हित, क्षतिपूर्तिको अधिकार, उपभोक्ताको अधिकारहरूको संरक्षण प्रवर्द्धन गर्न पर्याप्त नरहेको र गैरकानूनी कार्यलार्इ नियन्त्रण एवं दण्डनीय बनाउन तथा अवाञ्छित वा नैतिकता प्रतिकूल काम कार्यलार्इ निषेध गर्न, रोक लगाउन तथा नियमन नियन्त्रण गर्न पर्याप्त नरहेको, विद्यमान मदिरा ऐनसमेतको सक्रिय कार्यान्वयन नभएको भन्ने देखिन आएकोले विद्यमान मदिरा ऐनसमेतमा आवश्यक संशोधन परिमार्जन गरी उपभोक्ताको अधिकार, वातावरणीय अधिकार, जीवनको अधिकारसमेतको संवैधानिक मौलिक अधिकार तथा मानवअधिकारको कार्यान्वयन हुनु जरूरी देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०१८५ - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७६/०२/०९  पूर्ण इजलास  १६८४
 पुनरावेदक/ प्रतिवादी : वसन्त रावल बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार

वस्तुतः दण्ड सजायको महलको ४१क. मा भएको कानूनी व्यवस्था व्यक्तिले बिना तजबिज, विना भेदभाव, समानरूपमा सबैले प्राप्त गर्न सक्ने प्रकृतिको हक सुविधा रहेभएको देखिँदा यस्तो सुविधा फैसला कार्यान्वयनको क्रममा विना भेदभाव सबैको लागि समान रूपमा कार्यान्वयन गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु