शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११११० - अंश

भाग: ६५ साल: २०८० महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

 

माननीय न्यायाधीश श्री डा। आनन्दमोहन भट्टराई

 

माननीय न्यायाधीश श्री कुमार रेग्मी

 

फैसला मिति स् २०७९।७।२०

 

०७३( ऋक्ष्(०९५९

 

 

 

मुद्दास् अंश

 

 

 

पुनरावेदकरप्रतिवादी स् स्व। रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं।९ कालाबञ्जार बस्ने ओरीलाल मुराउ

 

विरूद्ध

 

प्रत्यर्थीरवादी स् स्व। रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं। ९ कालाबञ्जार बस्ने सियाराम मुराउ

 

 

 

धर्मपुत्र हुनेले आफूलाई जन्मदिने बाबुको सम्पत्तिमा दाबी गर्न नपाउने र धर्मपुत्र राख्नेको सम्पत्तिबाट अंश पाउने भनी स्पष्ट कानूनी व्यवस्था रहेको स्थितिमा अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदाका अवस्थामा खरिद गरिएको जग्गालाई पुर्ख्यौली सम्पत्तिबाट बढे बढाएको वा खरिद गरेको मान्नुपर्ने ।

 

९प्रकरण नं। ६०

 

 

 

पुनरावेदकरप्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री चुडामणी पौडेल र श्री रक्षा बस्याल

 

प्रत्यर्थीरवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेशकुमार पौडेल

 

अवलम्बित नजिर स्

 

सम्बद्ध कानून स्

 

 

 

सुरू तहमा फैसला गर्नेस्

 

मा। जि। न्या। श्री धर्मराज पौडेल 

 

बाँके जिल्ला अदालत

 

पुनरावेदन तहमा फैसला गर्नेस्

 

मा। न्या। श्री यज्ञप्रसाद बस्याल

 

मा। न्या। श्री भानुभक्त शर्मा न्यौपाने

 

पुनरावेदन अदालत नेपालगन्ज

 

 

 

फैसला

 

न्या। कुमार रेग्मी स् न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः( 

 

तथ्य खण्ड

 

मुल पुर्खा स्व।तुलसीराम मुराउका एक छोरा स्व। रामप्रगास मुराउ र निजकी श्रीमती स्व।बच्चुदेई मुराउबाट जन्मेका २ छोरामा जेठो म फिरादी सियाराम मुराउ र कान्छो प्रतिवादी ओरिलाल मुराउ हुन् । हामी दुई दाजुभाइ अंशियार हौं । हाम्रोबिच अंशबन्डा भएको छैन । केही सम्पत्ति दुवैको संयुक्त नाम दर्तामा र केही अलगअलग दर्ता भएको छ । सगोलको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति बन्डा गरौं भन्दा प्रतिवादीले इन्कार गरेकाले फिराद गरेको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादीसँग रहेको पुर्ख्यौली सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिको फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमा २ भाग गरी १ भाग अंश दिलाइपाउँ भन्ने सियाराम मुराउको फिराद दाबी । 

 

वादीले उल्लेख गरेको पुस्तेवारी ठिक हो । हामीहरूबिच अंशबन्डा भएको छैन । हामीहरूको संयुक्त नाममा केही सम्पत्ति रहेको र केही अलग(अलग दर्ता रहेको छ । बाबु आमा जीवित छँदै मलाई बद्री मुराउको घरमा सेवा टहल एवं खेती किसानी गर्ने काममा सघाउन बाबु आमाले पठाउनु भएकोले सानै उमेरदेखि निजको घरमा बसी हुर्केको हुँ । २०३२ सालमा २३ वर्षको हुँदादेखि नै अलग बसी मैले सानै उमेरबाट बद्री मुराउको सेवा टहल गरी निजका छोराछोरी कोही नहुँदा सेवाबाट खुशी भई मलाई र।नं।५७३८ मिति २०५४र०२र२२ मा धर्मपुत्रको लिखत पारित गरी धर्मपुत्रबाट प्राप्त सम्पत्तिमा बस्दै आएको छु । वादी मेरा सगोलका अंशियार होइनन् । २०३२ सालदेखि नै अलग बसी आएकोले मेरो निजी आर्जनको सम्पत्तिमा अंश लिने उद्देश्यले दायर गरेको फिराद दाबी नपुग्ने गरी इन्साफ पाउँ भन्ने ओरिलाल मुराउको प्रतिउत्तर जिकिर । 

 

मिति २०५४र०२र२१ लाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । सो मितिसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादी दुवै पक्षबाट माग्ने गरी मिति २०७०र१२र१३ मा भएको आदेशानुसार वादी प्रतिवादीको अंशको फाँटवारी र सोमा उल्लिखित जग्गाहरूको दर्ता स्रेस्ता सम्बन्धित कार्यालयबाट झिकाई मिसिल सामेल रहेको ।

 

प्रतिवादी ओरिलाल मुराउ वादी सियाराम मुराउको सहमतिमा धर्मपुत्र भएकोले सबै सम्पत्ति बन्डा हुनुपर्ने हो । वादीले प्रतिवादीबाट अंश भाग पाउनुपर्ने हो भन्ने बेहोराको वादीका साक्षी कधैलाल मुराउले सुरू अदालतमा गरेको बकपत्र ।

 

वादी प्रतिवादी २०३२ सालदेखि अलगअलग बस्दै आएका हुन् । वादीले प्रतिवादीलाई धर्मपुत्र राख्न मानेका हुन् । वादी प्रतिवादीबिच अंशबन्डा भएको 

 

छैन । धर्मपुत्रबाट पाएको सम्पत्ति बन्डा हुनुपर्ने होइन भन्ने बेहोराको प्रतिवादीको साक्षी शोभाराम कुर्मीले सुरू अदालतमा गरेको बकपत्र । 

 

धर्मपुत्रको लिखत पारित भएपश्चात्‌को सम्पत्ति ओरिलाल मुराउको नाम दर्ताको देखिँदा मिति २०५४र०२र२२ पछि प्रतिवादीका नाममा कायम रहेको सम्पत्तिबाट वादीले अंश नपाउने र वादी प्रतिवादीका नाममा संयुक्त दर्ता रहेको सम्पत्तिको पुर्ख्यौली स्रोतसमेत विचार गर्दा मिति २०५४र०२र२१ सम्मको बन्डा लाग्ने सम्पत्तिमा वादीले नरम(गरम मिलाई २ भागको १ भाग अंश प्रतिवादीबाट पाउने ठहर्छ भन्ने सुरू बाँके जिल्ला अदालतको मिति २०७१र०८र०८ को फैसला ।

 

वादी प्रतिवादीका नाउँमा संयुक्त दर्ता रहेको कि।नं। २८ र ९४ को जग्गाबाट मात्र नरम गरम मिलाई २ भागको १ भाग अंश छुट्याई लिन पाउने गरी भएको सुरू बाँके जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी बदर गरी जिल्ला बाँके हिरमिनिया गाउँ विकास समिति वडा नं। १ को कि।नं।५४२ र ५५० प्रतिवादीले र।नं। ५९२२ मिति २०५८र१२र२३ मा प्राप्त गरेको सम्पत्ति, फाँटवारीमा उल्लेख भएको कि।नं।४७ को घरबास मिन्हाको घर जग्गासमेतबाट २ भागको १ भाग अंश पाउने गरी न्याय निरूपण गरिपाउँ भन्ने बेहोराको प्रतिवादी सियाराम मुराउको 

 

पुनरावेदन ।

 

धर्मपुत्र हुनेले अघिल्लापट्टिको बाबुको अंशमा दाबी गर्न पाउँदैन भन्ने कानूनी व्यवस्थाको विवेचना र विश्लेषणको अभावमा भएको सुरूको फैसला कानून व्याख्याको रोहमा फरक पर्ने देखिँदा अ।बं।२०२ नं। तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीका नाउँमा सूचना म्याद जारी गरी म्यादभित्र उपस्थित भए वा हुने अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७२र०३र२१ मा भएको आदेश ।

 

वादी ओरीलाल मुराउ प्रतिवादी बसन्ती मुराउसमेत भएको दु।फौ।नं।७४(०७०(०१५६८र०७०(ऋन्(०४४५ को जालसाजी मुद्दाको मिसिल तथा वादी ओरीलाल मुराउ र प्रतिवादी सियाराम मुराउसमेत भएको दु।फौ।नं।७४(०७०(०१५६७र०७०(ऋन्(०४४४ को जालसाजी मुद्दाको सुरू मिसिल सुरू बाँके जिल्ला अदालतबाट झिकाई आएपछि साथै राखी नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७२र०८र०६ मा भएको आदेश ।

 

विवादित कि।नं।५४२ र ५५० को साबिक कित्ता नं। हेर्दा साबिक कि।नं।२७० र २७१ को कायम कि।नं।५४२ र साबिक कि।नं।२४२, २४३ र ३०८ को कायम कि।नं।५५० देखिएको र ती साबिक कित्ताहरू प्रत्यथी प्रतिवादीले धर्मपुत्रको लिखत पारित गराउनुअगावै मिति २०३८र१०र२२ र २०४०र०२र२५ को लिखतबमोजिम प्रत्यर्थी प्रतिवादीको नाममा हक प्राप्त हुन आएको स्थितिमा मिति २०५४र०२र२१ लाई मानो छुट्टिएको मिति कायम गरेको देखिए पनि सो जग्गाको बन्डा सम्बन्धमा सुरू फैसलामा केही बोलेको नदेखिँदा सुरू इन्साफ सो हदसम्म मिलेको नहुनाले नमिलेको हदसम्म सुरू बाँके जिल्ला अदालतको मिति २०७१र०८र०२ को फैसला केही उल्टी गरी विवादित कि।नं।५४२ र ५५० जग्गाबाट यी पुनरावेदक वादीले आफ्नो अंशबापत पूरै जग्गा पाउने ठहर्छ भन्ने तत्कालीन पुनरावेदन अदालत नेपालगन्जको मिति २०७२र११र४ को फैसला । 

 

२०३२ सालदेखि बद्री मुराउको घरमा रहेदेखि नै वादी र म मानो छुट्टी आ(आफ्नो भात भान्सा अलग अलग गरी सोही समयदेखि आ(आफ्नो खती उपती आ(आफैँले गर्दै आएको अवस्थामा वादीले आफ्नो फिराद तथा पुनरावेदनमा २ भागको १ भाग अंश पाउँ भनी दाबी गरेको छ । तर कि।नं। ५४२ र ५५० को जग्गा वादीले आफ्नो अंशबापत पूरै पाउने र प्रतिवादीले नपाउने गरी माग दाबीभन्दा बाहिर गएर गरेको पुनरावेदन अदालत नेपालगन्जले फैसला गरेको छ । सामान्यतया फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिने न्यायिक परिपाटी रही आएको भए तापनि त्यसलाई निरपेक्ष रूपमा ग्रहण गर्न भने सकिँदैन, मुद्दामा रहेको तथ्यले त्यसलाई निर्धारण गर्ने ९ने।का।प।२०६८, अङ्क ९० र सम्पत्ति सगोलको अंशियारको नाममा रहनु नै स्वतः बन्डा हुने रहेछ भन्ने अर्थ गर्न नमिल्ने त्यो सम्पत्तिको आर्जनको स्रोतबारेमा अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने ९ने।का।प।२०६६, अङ्क ११, पृ।१७७०, नि।नं।८२५६० भनी प्रतिपादित भएको सिद्धान्तसमेतको विपरीत हुने गरी गरेको उक्त फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन । 

 

यसमा पुर्ख्यौली सम्पतिबाट दुई भागको एक भाग अंश पाउँ भन्ने वादीको फिराद दाबी भएकोमा कि।नं। ५४२ र ५५० को जग्गामा धर्मपुत्र धर्मपुत्रीको महलको ९ग नं।अनुसार वादीले मात्र पूरै अंश भाग पाउने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगन्जको फैसलामा धर्मपुत्र धर्मपुत्रीको महलको ९ग नं। को व्याख्यात्मक प्रश्न खडा भई विचारणीय हुँदा मुलुकी ऐन, अ।बं। २०२ नं।को प्रयोजनार्थ विपक्षी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७५।०१।२४ को आदेश ।

 

ठहर खण्ड

 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताहरू श्री चुडामणी पौडेल र श्री रक्षा बस्यालले वादी र प्रतिवादी २०३२ सालदेखि नै मानो छुट्टी आ(आफ्नो भात भान्सा अलग गरी बसेको अवस्थामा प्रतिवादीले राजीनामा गरी लिएको कि।नं। ५४२ र ५५० जग्गामा वादीको हक लाग्दैन । यसरी हकै नलाग्ने जग्गाको आधा हिस्सा माग गरेकोमा पूरै हिस्सा दिलाइदिएको पुनरावेदन अदालत नेपालगन्जको फैसला नमिलेकोले उल्टी गरी कि।नं। ५४२ र ५५० को जग्गा पुनरावेदकरप्रतिवादीको कायम हुनुपर्छ भनी बहस गर्नुभयो ।

 

त्यसैगरी प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेशकुमार पौडेलले पुनरावेदक वादी मिति २०५४र०२र२२ को धर्मपुत्रको लिखत पारित गरी बद्री मुराउको धर्मपुत्र भएको अवस्था छ । यसरी धर्मपुत्र भइसकेपछि निजले आफूलाई जन्मदिने आमाबाबुबाट अंश नपाउने कानूनी व्यवस्था भएकोले सोअनुरूप पूरै जग्गा वादीले पाउने ठहर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मनासिब हुँदा सदर कायम हुनुपर्छ भनी बहस गर्नुभयो ।

 

दुवै पक्षबाट उपस्थित हुनुभएका विद्वान् कानून व्यवसायीहरूको बहससमेत सुनी पुनरावेदनसहितको मिसिल संलग्न सम्पूर्ण कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको छ वा छैन रु पुनरावेदकरप्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन रु भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

 

२। निर्णयतर्फ विचार गर्दा आफूहरू दाजुभाइ गरी दुई अंशियार रहेकोमा केही सम्पत्ति दुवैको संयुक्त नाउँमा दर्ता र केही अलगअलग दर्ता भएकोमा सगोलको सम्पत्ति बन्डा गर्न इन्कार गरेको हुँदा सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग अंश दिलाइपाउँ भन्ने वादीको दाबी र आफू २०३२ सालदेखि नै अलग बसी आएकोले आफ्नो आर्जनको सम्पत्तिबाट वादीले अंश पाउने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा धर्मपुत्रको लिखत पारित भएको मिति २०५४र०२र२२ पश्चात्‌को ओरिलाल मुराउको नाम दर्ताको सम्पत्तिबाट वादीले अंश नपाउने र वादी प्रतिवादीका नाममा संयुक्त दर्ता रहेको मिति २०५४र०२र२१ सम्मको सम्पत्तिमा वादीले प्रतिवादीबाट दुई भागको एक भाग अंश पाउने ठहर गरी सुरू बाँके जिल्ला अदालतले फैसला गरेको देखियो । उक्त फैसलामा कि।नं। ५४२ र ५५० जग्गा र कि।नं।४७ को घरबास मिन्हाको घर जग्गा बन्डा नगरेकोले सो हदसम्ममा चित्त नबुझाई वादीले पुनरावेदन गरेकोमा सो जग्गा वादी प्रतिवादीबिच मानो छुट्टिएको मितिभन्दा अघि नै प्रत्यर्थी प्रतिवादीको नाममा हक प्राप्त हुन आएको भन्दै बाँके जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी कि।नं। ५४२ र ५५० को पूरै जग्गा वादीले अंशबापत पाउने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले फैसला गरेपछि सो फैसलाउपर चित्त नबुझाई प्रतिवादीले यस अदालतमा प्रस्तुत पुनरावेदन गरेको पाइयो । 

 

३। पुनरावेदन अदालत नेपालगन्जले कि।नं।४७ को जग्गामा वादीको दाबी नपुग्ने ठहर गरेउपर वादीको पुनरावेदन परेको नदेखिँदा त्यसपतर्फ केही बोलिरहनु परेन । कि।नं। ५४२ र ५५० जग्गा वादीको एकलौटी हुने गरी फैसला गरेउपर प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको हुँदा सोही विषयमा केन्द्रित रही प्रस्तुत मुद्दाको निरूपण हुनुपर्ने देखियो । 

 

४। सो सन्दर्भमा हेर्दा, प्रतिवादीले आफूहरू २०३२ सालदेखि नै आ(आफ्नो खती उपती आफूले बेहोर्दै मानो छुट्टिई अलगअलग बस्दै आएको भनी दाबी लिए पनि जिल्ला अदालत बाँकेले मिति २०५४र०२र२१ लाई मानो छुट्टिएको मिति कायम गरेकोमा कुनै उजुरी नगरी स्वीकार गरेको अवस्था देखिन्छ । यसमा मानो छुट्टिएको मितिअगावै सगोलमा रहेको समयको स्रेस्ताको आधारमा कि।नं। ५४२ र ५५० को जग्गा प्राप्त भएको हो वा मानो छुट्टिएपछि प्रतिवादीले प्राप्त गरेको भन्ने प्रमाणको मूल्याङ्कनको आधारमा वादीको एकलौटी हक हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको हेर्नुपर्ने देखिन्छ । विवादित कि।नं। ५४२ र ५५० को स्रोत के रहेछ भनी हेर्दा कि।नं। ५४२ साबिक कि।नं।२७० र २७१ बाट र कि।नं। ५५० साबिक कि।नं।२४२, २४३ र ३०८ बाट कायम भएको मिसिल संलग्न जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपिबाट देखिन्छ । उक्त जग्गामध्ये कि।नं।२७१ को जग्गा मिति २०३८र१०र२२ मा र।नं। १३३१ बाट र कि।नं। ३०८, २७०, २४२ र २४३ का जग्गा र।नं।२३५८ बाट मिति २०४०र२र२५ मा धरनीधर पाठकबाट यी पुनरावेदक ओरिलाल मुराउको नाममा राजीनामाको लिखत पारित गराई लिएको देखिन्छ । सो जग्गा यी पुनरावेदकले प्रत्यर्थीरवादी सियाराम मुराउसँग एकासगोलमै भएको बखत अर्थात् निजहरूबिच मानो छुट्टिएको कायम भएको मिति २०५४र०२र२१ भन्दा अगावै यी पुनरावेदकरप्रतिवादीको नाममा प्राप्त भएकोले अंशियारहरूबिच बन्डा लाग्ने कुरामा विवाद नदेखिए पनि यी पुनरावेदक धर्मपुत्रको लिखत पारित गरी कानूनबमोजिम बद्री मुराउको धर्मपुत्र भई बसेको मिति २०५४र०२र२२ पछिको अवस्थामा धर्मपुत्रसम्बन्धी कानूनी व्यवस्थाअनुसार सो जग्गामा निज पुनरावेदकको हक नपुग्ने भन्ने आधारमा उक्त दुवै कित्ता जग्गाहरू पूरै वादीको अंश भागमा पर्ने ठहर गरी तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले फैसला गरेको देखिन्छ ।

 

५। अब उक्त फैसला मिलेको छ वा छैन भन्ने सम्बन्धमा हेर्दा यी पुनरावेदक बद्री मुराउको धर्मपुत्र भई बसेको आधारमा कि।नं। ५४२ र ५५० को जग्गामा अंश नपाएको अवस्था देखिन्छ । निज पुनरावेदक ओरिलाल मुराउ मिति २०५४र०२र२२ देखि बद्री मुराउको धर्मपुत्र रहेको भन्ने मिसिल संलग्न धर्मपुत्रको लिखतको प्रतिलिपिबाट देखिन्छ । धर्मपुत्रले प्राप्त गर्ने साम्पत्तिक अधिकारको सम्बन्धमा हेर्दा, साबिक मुलुकी ऐनको धर्मपुत्र धर्मपुत्रीको महलको ९ग नं।ले निर्देशित गरेको पाइन्छ । उक्त महलको ९ग नं। को कानूनी व्यवस्था हेर्दा धर्मपुत्र वा धर्मपुत्रीको हक छोरा छोरीसरह हुन्छ । धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई जन्माउने बाबुपट्टिको अंशमा दाबी गर्न पाउँदैनन् भन्ने उल्लेख भएको पाइन्छ । त्यसैगरी सोही महलको ९ख नं। मा धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेर कम्तीमा तिस वर्ष उमेर फरक हुनुपर्छ । तर तीन पुस्ताभित्रको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा सो बन्देज लाग्ने छैन भन्ने व्यवस्था रहेको पाइन्छ । 

 

६। उपर्युक्त कानूनी व्यवस्था हेर्दा धर्मपुत्र वा धर्मपुत्री आफूलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोराछोरीसरह हुने भई त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको सम्पत्तिको हक अधिकारसमेत धर्मपुत्र वा धर्मपुत्र राख्ने व्यक्तिमा सर्ने देखिन्छ । यसरी आफ्नो सम्पूर्ण साम्पत्तिक हक अधिकार नै धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिमा सरेको अवस्थामा निजले आफूलाई जन्माउने बाबुपट्टिको अंशमा दाबी नै गर्न नपाउने स्थिति देखिन्छ । यसैबमोजिम मिति २०५४र०२र२१ पछाडि पुनरावेदकरप्रतिवादीले आर्जन गरेको वा निजको नाममा रहेको सम्पत्ति वा निजको धर्मपितारमातातर्फको सम्पत्तिमा वादीको समेत हकदाबी लाग्न सक्दैन । यसरी धर्मपुत्र हुनेले आफूलाई जन्म दिने बाबुको सम्पत्तिमा दाबी गर्न नपाउने र धर्मपुत्र राख्नेको सम्पत्तिबाट अंश पाउने भनी स्पष्ट कानूनी व्यवस्था रहेको स्थितिमा अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदाका अवस्थामा खरिद गरिएको प्रतिवादीकै नाममा रहेको जग्गालाई पुर्ख्यौली सम्पत्तिबाट बढे बढाएको वा खरिद गरेको मान्नुपर्ने हुन्छ । सो जग्गा यी पुनरावेदकले आफ्नो फिरादमा निजी आर्जनबाट खरिद गरेको भनी जिकिर लिए पनि सोको पुष्ट्याइँ गर्न नसकेको र पुनरावेदन तहमा सोको जिकिरसमेत लिएको नपाइँदा विवादित जग्गा पुर्ख्यौली सम्पत्तिकै एक हिस्सा मान्नुपर्ने देखिएको र उपर्युक्त कानूनी व्यवस्थाअनुसार सो जग्गामा यी पुनरावेदकको हकसमेत नलाग्ने अवस्था रहेको पाइँदा विवादित कि।नं। ५४२ र ५५० को वादीको मात्र अंश हुने भनी गरेको फैसलालाई अन्यथा भन्न मिलेन । 

 

७। तसर्थ, माथि विवेचित आधार कारणसमेतबाट तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले मिति २०७२र११र०४ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेददक र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

 

 

उक्त रायमा सहमत छु ।

 

न्या।डा।आनन्दमोहन भट्टराई

 

 

 

इजलास अधिकृतस्( कर्णबहादुर राई

 

इति संवत् २०७९ साल कार्तिक २० गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु