निर्णय नं. ११२३३ - अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०८०।३।२५
मुद्दाः- अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध
०७५-क्र्-०२२४
पुनरावेदक प्रतिवादी : सढानन्द गिरीको नाति मोहन गिरीको छोरा जिल्ला सिन्धुपाल्चोक पाल्चौक गा।वि।सं। वडा नं। २ हाल परिवर्तित हेलम्बु गा।पा। वडा नं। ३ घर भई हाल कारागार कार्यालय नख्खु ललितपुरमा थुनामा रहेका सिताराम गिरी
विरूद्ध
प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार
०७५-क्र्-०५२८
पुनरावेदक प्रतिवादी: भिमशंकर साह कानुको छोरा पर्सा जिल्ला, साबिक बसडिलवा गा।वि।सं। वडा नं। ५ घर भई हाल कारागार कार्यालय पर्सा वीरगन्जमा थुनामा रहेका जयचन्द्रप्रसाद साह कानु
विरूद्ध
प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार
०७५-क्र्-०५२९
पुनरावेदक प्रतिवादी : अकल ठाकुर हजामको छोरा रौतहट जिल्ला साबिक सन्तपुर गा।वि।सं। वडा नं। ५ परिवर्तित विजयपुर नगरपालिका वडा नं। ६ घर भई हाल कारागार कार्यालय, वीरगन्जमा थुनामा रहेका सुरेन्द्र ठाकुर
विरूद्ध
प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार
०७५-क्र्-०८३१
पुनरावेदक वादी रितेशकुमारको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी प्रतिवादी : भिमशंकर साह कानुको छोरा जिल्ला पर्सा, साबिकको बसडिलवा गा।वि।सं। वडा नं। ५ बस्ने जयचन्द्रप्रसाद कानुसमेत
अदालतमा अभियोजन भई कारबाहीको चरणमा आइसकेका सङ्गठित अपराधको मुद्दामा प्रमाणको मूल्याङ्कन नै फरकढङ्गले गरिनुपर्ने हुँदा सामूहिक कसुर हो वा सङ्गठित अपराधको कसुर हो भनी निर्क्यौल गर्नु आवश्यक हुने । प्रचलित ऐनको व्यवस्थाले सङ्गठित अपराध र सामूहिक अपराधलाई करिब एकसमान व्यवहार गरेको हुनाले सो सम्बन्धमा अनुसन्धान, अभियोजन र न्याय निरूपणसमेत संवेदनशील हुनुपर्ने ।
"सङ्गठित अपराध" कुनै निश्चित अपराध होइन, यो जुनसुकै प्रकारको भए पनि गम्भीर प्रकृतिको अपराध हुनुपर्ने । त्यस्तो अपराधमा संलग्न व्यक्तिहरूको सङ्गठनको स्वरूप एक खाले नहुन पनि सक्छ, स्पष्ट अधिकार र कर्तव्य तोकिएका सङ्गठनको सोपान देखिने पनि सक्ने, नदेखिने पनि हुन सक्ने । सङ्गठित अपराधीहरूले एकै मुलुकभित्र रही कार्य गरेको पनि हुन सक्छ वा विभिन्न मुलुकमा छरिएको सञ्जाल पनि हुन सक्ने । यथार्थमा के हेरिनुपर्दछ भने उक्त समूह तत्काल कुनै कसुर गर्न बनेको झुन्ड वा समूह नभई सङ्गठित अपराधीहरूको समूह
हुनुपर्दछ । तीन वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भई कसुर गर्दैमा सङ्गठित समूह भनी यकिन गर्न नसक्ने ।
सङ्गठित अपराध गरेको भन्नका लागि सङ्गठित वा असङ्गठित (लोओसे नेछुस्) समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनुपर्ने । यस प्रकृतिको अपराधमा योजना बनाइएको छ वा छैन, सङ्गठनको नेतृत्व छ वा छैन, कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ वा छैन, खास प्रभावकारी व्यक्तिको संरक्षण छ वा छैन र अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागि भन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई सङ्गठित अपराध मान्नुपर्ने । सङ्गठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचनासमेत देखिनुपर्ने ।
केही व्यक्ति मिलेर अल्पकालीन वा एक पटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा सङ्गठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई सङ्गठित अपराधको कसुरदारको श्रेणीमा राख्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं। २५)
सङ्गठित अपराध निवारण ऐन, २०७० को कानूनी व्यवस्थाबाट अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता हुनासाथ स्वतः सङ्गठित अपराधको कसुर प्रमाणित हुन सक्ने अवस्था
नदेखिने । सङ्गठित अपराधको कसुर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचनामा आबद्ध तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूहद्वारा आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेको तथ्य ठोस प्रमाणबाट पुष्टि हुनुपर्ने ।
(प्रकरण नं। २६)
प्रतिवादीको तर्फबाट : विद्वान अधिवक्ताहरू श्री धनन्जय खनाल, श्री राधाकृष्ण पाठक, श्री प्रकाश बस्नेत, श्री कमलकुमारी भारती र श्री जितेन्द्रबहादुर पाण्डे
वादीको तर्फबाट : उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सङ्गठित अपराध निवारण ऐन, २०७०
सुरू तहमा फैसला गर्ने:
मा। न्या। श्री रामप्रसाद न्यौपाने
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने: मा। न्या। श्री शिवनारायण यादव
मा। न्या। श्री नारायणप्रसाद श्रेष्ठ
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज
फैसला
न्या। हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्यगत बेहोरा
म निवेदकको छोरा वर्ष २३ को रितेशकुमार ब्।ब्।आ। अध्ययन गर्दै गरेको थियो । यसै क्रममा ३४ महिनाअगाडि निजको ७०३३८५५६५५ नं। को मोबाइलमा ९३३४०९४३७४ नं। को मोबाइलबाट आफू भारत विहार, पटना जिल्ला, बुधाकोलनी निवासी क्यारियर टेक कन्सल्टेन्सी नामक संस्था सञ्चालन गरी बस्ने अजयकुमार राय हो भनी परिचय दिँदै मेरो संस्थाले बेरोजगार युवा युवतीलाई रोजगार खोजिदिने र उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई पनि उच्च शिक्षा पढ्ने वातावरण मिलाउने संस्था हो; तिमी पनि ब्।ब्।आ। अध्ययन गरी बेरोजगार बसेको भन्ने मेरो साथीबाट नम्बर पाई रोजगारी गर्ने हो? भनी सोधेकोले मेरो छोराले पनि काम पाए गर्छु भनी छोरा निजलाई भेट्न जाँदा पटना स्थित क्यारियर टेक कन्सल्टेन्सी नामक संस्थामा नै बोलाई निजसँग सम्पर्कसमेत गरी कुराकानी भएको थियो । यसै क्रममा मिति २०७१।५।४ गतेका दिन निज अजयकुमार रायले मेरो छोराको नम्बरमा सम्पर्क गरी नेपालको सिमरा स्थित हुलास स्टिलमा काम पाउने भयो मासिक तलब रू।२०२२ हजारसम्म हुन्छ; तिमी जाने कि नजाने भनेकोले छोरा पनि तयार भएकोमा निजले सिमरा जाने रमेशजी उर्फ सिंह साहेबसँग सम्पर्क गर्नु उसैले नोकरी दिन्छ भनी रमेशको नं। ९८१९६२४०२२ हो भनी दिएपछि छोरा नोकरी गर्न जान्छु भनी घरबाट हिँडेकोमा घरमा नआएको र छोरा बेखबर भएकोले म सिमरा स्थित हुलास कम्पनीलगायतका विभिन्न फ्याक्ट्रीहरूमा सम्पर्क गरी छोराको सोधखोज गर्दा पत्ता नलागेकोले मिति २०७१।५।१० गते मेरो छोराको नम्बरबाट मेरो ९४७१०२५६५५ नम्बरको मोबाइलमा हिन्दी भाषामा बोल्दै परिचय मागेको र मैले पनि निजसँग परिचय माग्दा निजले परिचय नदिएको र मलाई रामबाबुजी हो भनेकोले मैले हो भन्दा निजले तिम्रो छोरा हामीहरूको कब्जामा छ रू।५०,००,०००।– रूपैयाँ तयार गर्नु तिम्रो छोरा छोडिदिन्छु भनेको हुँदा छोरा अपहरण भएको कुरा यकिन भएकोले खोजतलास गरिपाउँ भन्नेसमेत बेहोराको रामबाबु गुप्ताको निवेदन ।
म निवेदकको छोरा रितेशकुमार अपहरणमा परेकोमा मिति २०७१।५।११ गते साँझ ७८ बजेतिर ९८१९६२४०२२ नं। को मोबाइलबाट मेरो ९४७१०२५६५५ नम्बरको मोबाइलमा पैसा तयार भयो? भनी फोन आएको र के को पैसा? भन्दा हाम्रो मान्छेले भनेको रू।५०,००,०००।– (पचास लाख) रूपैयाँ भनेकोले मैले त्यति धेरै रकम दिन सक्दिन भन्दा निजले पैसा तयार गर्नु नत्र छोरा जीवित भेट्न सक्दैनौ भनेकोले मैले बिलाप गर्दा निजले तिम्रो छोरासँग
बोल्ने? भनेकोले बोल्छु भन्दा निजले छोरालाई मोबाइल दिएको; छोरासँग बोल्ने बित्तिकै फोन काटेको र मैले कलब्याक गर्दा स्वीच अफ गरी त्यसको २ मिनेटमा नै फेरि फोन आएको, निजले छोरासँग कुरा गर्ने? भनी छोरालाई फोन दिएकोले कहाँ छौ? भन्दा छोराले मलाई बचाउ भन्ने बित्तिकै फेरि फोन काटेको थियो । फेरि केही बेरमा फोन गरी तिम्रो छोरा जिउँदो लाने भए तुरून्त पैसा तयार गर्नु भनी धम्की दिएको र फोन काटेकोले उक्त नम्बरको मोबाइल प्रयोगकर्तासमेतसँग अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको रामबाबु गुप्ताको थप निवेदन ।
यी मलाई देखाइएका मध्ये दोस्रो नम्बरमा देखाएका व्यक्ति मलाई मिति २०७१।५।६ देखि मिति २०७१।५।१९ सम्म बन्धक बनाई राखेको वारदातमा संलग्न छन्, अरू देखाएकालाई चिन्दिनँ, सो चिनेका व्यक्तिको तत्काल नाम थर वतन थाहा थिएन । हाल पक्राउ परी आएपछि निज जिल्ला बारा फेटाफुलबरिया गा।वि।सं। वडा नं। ६ बस्ने अच्छेलाल महतोको छोरा वर्ष ३० को अरविन्द मण्डल रहेछन हेरी चिनेर सनाखत गरिदिएको छु भन्ने रितेशकुमारको प्रतिवादी अरविन्द मण्डललाई सनाखत गरेको कागज तथा सोही मिलान बेहोराको प्रतिवादी जयचन्द्र साह कानुलाई सनाखत गरेको कागज ।
जिल्ला पर्सा बसडिलवा गा।वि।सं। वडा नं। ५ स्थित पूर्व खाली जग्गा, पश्चिम घर, उत्तर तथा दक्षिण सडक सो चारकिल्लाभित्रमा पर्ने सडकमा जिल्ला पर्सा बसडिल्वा गा।वि।सं। वडा नं। ५ बस्ने जयचन्द्र साह कानु र जिल्ला बारा फेटा फुलबरिया गा।वि।सं। वडा नं। ६ बस्ने अरविन्द मण्डललाई खानतलासी लिँदा अरविन्द मण्डलको साथबाट ९८१३५६१४२२ र ९८४१७४९३९८ नम्बरको सिमसहित मोबाइल र जयचन्द्रप्रसाद कानुको साथबाट ९८१६२८०४७० नम्बरको सिम र मोबाइलसमेत फेला पारी बरामद गरिएको भन्नेसमेत खानतलासी तथा बरामदी
मुचुल्का ।
मिति २०७१।५।६ गते भारतीय नागरिक रितेशकुमारलाई अपहरण गरेको सम्बन्धमा खोजबिन गर्दा निजलाई अपहरण गरी ९८१९६२४०२२ नम्बरको मोबाइल प्रयोगकर्ताले फिरौती रकम मागेको भन्ने सूचनाअनुसार उक्त नम्बरको मोबाइलको कल डिटेलअनुसार खोजतलास गर्दै गर्दा जयचन्द्र साह कानुसमेतको संलग्नता रहेको भन्ने खुल्न आएको, पीडितलाई पर्सा जिल्लाको बागवानाअन्तर्गत पर्ने जङ्गलमा बन्धक बनाइराखेको छ भन्ने प्राप्त सूचनाअनुसार खोजतलास गर्दै जाँदा प्रहरी आएको थाहा पाई निज अपहरणकारीहरूले अपहरित रितेशकुमारलाई छाडी भागेको हुँदा निज रितेशकुमार जङ्गलबाट निस्कँदै गरेको अवस्थामा मिति २०७१।५।१९ गते बिहान जङ्गलछेउमा फेला पारी उद्धार गरी सोधपुछ गर्दा अपहरणकारीहरूको नामथर वतन थाहा छैन, देखेमा चिन्छु भनी बताएकोले तत्काल निजलाई साथमा लिई खोज्दै जाँदा प्राप्त कल डिटेल विवरणअनुसार ९८१९६२४०२२ नम्बरको मोबाइलमा सम्पर्क भएका ९८१६२५०४७० नम्बरको प्रयोगकर्ता जयचन्द्र साह कानु र निजकै साथी अरविन्द मण्डलसमेतलाई फेला पारी निजहरूको शरीर खानतलासी लिँदा वारदातमा प्रयोग भएको मोबाइल सिम फेला परेको र पक्राउमा परेका व्यक्तिहरूलाई पीडितले सनाखतसमेत गरिदिएको हुँदा निजहरूलाई सोधपुछ गर्दा रामबाबु महतो, बुधन चमार, भोजा थारू र सुरेन्द्र ठाकुरसमेतका व्यक्तिहरूको संलग्नता रहेको भन्ने बुझिएकोले निज पक्राउमा परेका व्यक्तिहरूलाई यसै प्रतिवेदनसाथ थप अनुसन्धानको लागि दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्र।ना।नि। रूद्रराज कँडेलको प्रतिवेदन ।
म जाहेरवालालाई ३४ महिनाअगाडि मैले प्रयोग गर्ने गरेको ७०३३८५५६५५ नम्बरको मोबाइलमा ९३३४०९४३७४ नं। को मोबाइलबाट आफू क्यारियर टेक कन्सल्टेन्सी नामक संस्था सञ्चालन गरी बस्ने अजयकुमार राय हो भनी परिचय दिँदै मेरो संस्थाले बेरोजगार युवा युवतीलाई रोजगार खोजिदिने र उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई पनि उच्च शिक्षा पढ्ने वातावरण मिलाउने संस्था हो, तिमी ब्।ब्।आ। अध्ययन गरी बेरोजगार छौ भन्ने थाहा पाई रोजगार गर्ने हो कि? भनी सम्पर्क गरेको हो भनेका र मैले पनि काम पाए जान्छु भनी निजलाई भनेको थिएँ । त्यसपछि म निजलाई भेट्न जाँदा पटना भारत स्थित क्यारियर टेक कन्सल्टेन्सी नामक संस्थाको अफिसमा नै बोलाई निजसँग सम्पर्कसमेत गरी कुराकानी भएको थियो । मिति २०७१।५।४ गतेका दिन निज अजयकुमार रायले मलाई फोन गरी नेपालको सिमरा स्थित हुलास स्टिलमा काम पाउने भयो; मासिक तलब रू।२०।२२ हजारसम्म हुन्छ, तिमी जाने कि नजाने? भनेकोले मैले पनि काममा जान्छु भनेकोमा निजले रमेशजी उर्फ सिंह साहेबसँग सम्पर्क गर्नु र मिति २०७१।५।६ गतेभित्र जानु भनी निज रमेशको ९८१९६२४०२२ नं। को सम्पर्क नम्बर दिनुभयो । निज रमेशसँगको सम्पर्कअनुसार सो ठाउँतर्फ जान खोज्दा मिति २०७१।५।६ गतेको दिन नेपालको ल्याण्डलाइन फोनबाट मेरो नम्बरमा फोन आएकोले फोन रिसिभ गर्दा निजले म रमेशको मान्छे हो, तिमी रक्सौल रेल्वे ढाला निर आई बस्नु भनेकोले म सो ठाउँमा आई बसेकोमा केहीबेरमा एक जना पुरूष व्यक्ति आई वीरगन्ज घण्टाघर लिएर आयो । त्यसपछि अर्को मानिसले मलाई टेम्पो चढाई परवानीपुर बजारमा लगेकोमा सो ठाउँबाट अर्को व्यक्तिले मोटरसाइकलमा मलाई बिचमा राखी पछाडि निज मलाई लिई आउने मानिस बसी करिब ४५ मिनेटजति मोटरसाइकलमा लगी जङ्गलमा पुर्याई हातमा लाठी लिई बसेका तीन जना पुरूष व्यक्तिहरूको जिम्मा लगाएको र ती तीनजनाले मलाई बाँधी कुटपिट गर्दै जङ्गलभित्र लगी मेरो साथमा भएको मोबाइल, सिम, कलेजको कार्ड, मतदाता परिचयपत्रसमेतका कागजातहरू तथा नगद पर्ससमेत निजहरूले कब्जामा लिएको, निजहरूले जङ्गलमा लगी हातखुट्टा बाँधी राखी बन्धक बनाई राखेको र सो ठाँउमा राखेको ५ दिनपछि बुबासँग कुरा गराई बुबाबाट पैसा मागेको र बुबाले पैसा जम्मा गर्न नसकेको कारण मलाई कुटपिटसमेत गर्दै बुबालाई पैसा माग भनी कुरा गराएको तर बुबाले पैसा जम्मा गर्न नसकेको हुँदा मलाई मारिदिने भनी सल्लाह गरिरहेकोमा मिति २०७१।५।१९ गते बिहान ४।०० बजेतिर प्रहरी जङ्गलमा पसी खोज्दै छ रे भनी निजहरूले मलाई बाँधी राखेको डोरीसमेत खोली निजहरू भागेको हुँदा म पनि सो ठाउँबाट बिस्तारै गाउँ खोज्दै आउँदा प्रहरी पुगी मलाई भेटी उद्धार गरी ती अपराधीहरूलाई खोज्दैजाँदा दुई जना जयचन्द्र साह कानु र अरविन्द मण्डलसमेतलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । निज पक्राउमा परेका व्यक्तिलाई प्रहरीबाट सोध-खोज गर्दा आफूहरू र अन्य जाहेरीमा उल्लिखित फरार प्रतिवादीहरूसमेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले मलाई अपहरण गरी बन्धक बनाई राख्ने प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रितेशकुमारको जाहेरी दरखास्त ।
मिति २०७१।५।६ गतेका दिनदेखि अपहरण गरी बन्धक बनाई राखेका भारतीय नागरिक रितेशकुमारलाई मिति २०७१।५।१९ गतेका दिन अपहरण मुक्त गरिएको वारदातमा संलग्न पक्राउ परेका व्यक्तिहरू तथा वारदातमा प्रयोग भएको मोबाइल विवरणसमेतको प्रारम्भिक अनुसन्धान गर्दा जयचन्द्र साह कानु, अरविन्द मण्डल, अजयकुमार राय, सुरेन्द्र ठाकुर, रामबाबु महतो, बुधन चमार, भोजा थारू, शिवशंकरप्रसाद थारू, दिपेन्द्र ठाकुर, मुकेशकुमार महतो, प्रमोद भन्ने नन्दु साहसमेतको संलग्नता रहेको खुल्न आएको पाइन्छ; अपहरणमा ९८१९६२४०२२ (फिरौती माग गरेको), ९८०७२६१६५७ (रामबाबु महतो), ९८१९२३४८८१ (सुरेन्द्र ठाकुर), ९८१३५६१४२२ (अरविन्द्र मण्डल), ९८४१६७९७५६ (हाल नखुलेको), ९८१५२५०३२१ (शिवशंकरप्रसाद थारू), ९८११२४७४७७ (दिपेन्द्र ठाकुर), ९८४५३५२५११ (मुकेशकुमार महतो), ९८१६२५०४७० (जयचन्द्र साह कानु) को नेपाली नम्बरहरू तथा ९३३४४०४३७४ (प्रयोगकर्ता जयकुमार राय), ९१३५४८०३०२, ७२५०७३१६०४, ९१२२६८३०६६, ९६३१२७८९०१ (प्रयोगकर्ता नखुलेको) भारतीय नम्बरहरू प्रयोग भएको खुलेको कल डिटेल विवरणअनुसार फिरौती माग भएको तथा अपहरणकारीहरूले प्रयोग गर्ने ९८१९६२४०२२ नम्बरको मोबाइलबाट प्रतिवादीहरूबिच एकापसमा कुराकानी भएको देखिएको छ । उक्त मोबाइलहरूमध्ये जयचन्द्र साह कानुको नाउँको ९८१६२५०४७०, दिपेन्द्र ठाकुरको नाउँको ९८११२४७४७७, जोहरा खातुनको नाउँको ९८१९६२४०२२, सुरेन्द्र ठाकुरको नाउँको ९८१९२३४८८१ र शिवशंकरप्रसाद थारूको नाउँको ९८१५२५०३२१ नम्बरको मोबाइलको मात्र युजर डिटेल प्राप्त भएकोले यसैसाथ पेस गरेको छु । हाल फरार रहेका रामबाबु महतो रक्सौल रेल्वे ढालासम्म गै सो ठाउँबाट निज पीडितलाई साथमा लिई आई परवानीपुर बजारमा पुग्दा हाल पक्राउमा परेका अरविन्द मण्डलले मोटरसाइकल लिई आई सो ठाउँबाट अपहरण गरी पर्सा जिल्लाको विरूवागुठी तथा बागवाना एरियाको जङ्गलमा लगी बन्धक बनाई राखी रू।५०,००,०००।– फिरौती रकम माग्ने कार्य गर्दै आएकोमा प्रहरी परिचालित भई अपहरितलाई मुक्त गर्न तथा अपहरणकारीलाई पक्राउ गर्न आएको छ भन्ने अपहरणकारीले सूचना पाई निज पीडितलाई छाडी भागी फरार भएको भन्ने बुझिन आएको र प्रस्तुत वारदात सङ्गठित अपराधअन्तर्गतको देखिँदा सोअनुसार थप कारबाही हुनसमेत अनुरोध गरेको छु भन्नेसमेत बेहोराको प्र।ना।नि। रूद्रराज कँडेलको प्रतिवेदन ।
जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं। १४ स्थित उत्तर प्रेमचन्द ठाकुरको घर, दक्षिण गंगा ठाकुरको घर, पूर्व बाटो तथा पश्चिम बिरबहादुर मण्डलको घर सो चारकिल्लाभित्रमा जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं। १४ निवासी मुकेशकुमार महतोको घर रहेकोमा सो घर आँगनबाट लु।१३प। ६५३५ नं। को मोटरसाइकल र निजले प्रयोग गर्ने गरेको ९८४५३५२५११ नम्बरको मोबाइल सिमसमेत बरामद गरी लगेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०७१।५।६ गतेबाट अपहरण गरी बन्धक बनाई राखेका भारतीय नागरिक रितेशकुमारलाई मिति २०७१।५।१९ गतेका दिन अपहरणमुक्त गरिएको वारदातमा मिति २०७१।५।२१ गते प्रतिवेदन पेस गरी सो सम्बन्धमा थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेकोमा सो वारदातमा प्रयोग भएको ९८०७२६१६५७, ९८१३५७१४२२ र ९८४१६७९७५६ नं। को मोबाइलको युजर डिटेल सम्बन्धित निकायमा माग गर्दा यस कार्यालयको इमेल ठेगानामा प्राप्त भएको विवरणअनुसार ९८४१६७९७५६ नं। को मोबाइल जिल्ला सिन्धुपाल्चोक गा।वि।सं। पालचोक–२ पुजारीचोक बस्ने सीताराम गिरीको नाममा वितरण भएको विवरण प्राप्त भएको; हाल पक्राउमा परेका सशस्त्र प्रहरी परिचर सुरेन्द्र ठाकुरले बताएअनुसार सो मोबाइल प्रयोगकर्तामध्ये क्षेत्रीय सशस्त्र प्रहरी बल, मुख्यालय रूद्र बाहिनी पथलैया बारामा स।प्र।स।नि। पदमा कार्यरत रहेका सीताराम गिरी हो भन्ने खुल्न आएको हो । निज स।प्र।स।नि। सीताराम गिरी पनि हाल पक्राउ परेको स।प्र।प। सुरेन्द्र ठाकुरसँगै सादा पोशाकमा खबर सङ्कलनको लागि खटिने गरेको र हाल पक्राउमा परेका जयचन्द्र साह कानु आपराधिक घटनामा संलग्न रहेको भन्ने निज स।प्र।स।नि। लाई पूर्वजानकारी रहेको, अपहरण कार्यमा संलग्न रहेका जयचन्द्र साह कानुसमेतले जाहेरवाला भारतीय नागरिक रितेशकुमारलाई अपहरण गर्ने योजना बनाएको कुरा तथा अपहरणपश्चात बन्धक बनाई राखी फिरौती माग्ने सिलसिलामा पनि सुरेन्द्र ठाकुर, जयचन्द्र साह कानु, अरविन्द मण्डल र निज सीताराम गिरीसमेतले सल्लाह गरी रू।५०,००,०००।– माग गर्ने र सो फिरौती रकम लिनेसमेतको सल्लाह गरी फिरौती रकम मागेको भन्ने खुल्न आएकोले निज स।प्र।स।नि।समेत यस अपहरण गर्ने कार्यमा संलग्न रहेको बुझिन आएकोले निज सीताराम गिरीलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको, ९८०७२६१६५७ नं। को मोबाइल दिपेन्द्र महतोको नाममा वितरण भएको विवरण प्राप्त भएको, निज दिपेन्द्र महतो हाल फरार रहेका रामबाबु महतोको काकाको छोरा हुन भन्ने बुझिन आएको, हाल पक्राउमा परेका अरविन्द मण्डलले प्रयोग गरेको निजको साथबाट बरामद भएको ९८१३५७१४२२ नम्बरको मोबाइल सिम तुलबहादुर शाहीको नाममा वितरण भएको विवरण प्राप्त भएको, कारागार कार्यालय पर्सामा समेत गई बुझ्दा सो कारागारमा थुनामा रहेका नन्दु साहले हाल पक्राउमा परेका सुरेन्द्र ठाकुर र जयचन्द्र साह कानुलाई विभिन्न मितिमा फोन सम्पर्क गरेको देखिएको भनी नन्दु साहले सुरेन्द्र ठाकुर तथा जयचन्द्र साहलाई फोन सम्पर्क गरेको मितिसमेतको विवरणसहित पेस गरेको भन्ने प्र।ना।नि। रूद्रराज कँडेलको मिति २०७१।५।२३ को प्रतिवेदन ।
कारागार कार्यालय पर्सामा थुनामा रहेका नन्दु साहले सम्पर्क गरेको फोन नं। हरू तथा निजलाई भेटघाट गर्न आएका व्यक्तिहरूको विवरण खुलाई कारागार कार्यालय पर्साले लेखेको मिति २०७१।५।२६ को पत्र तथा निज नन्दु साहले फोन गरेको अभिलेखीकरणको प्रतिलिपिसहितको मिति २०७१।५।३१ को कारागार कार्यालय पर्साका छुट्टाछुट्टै पत्रसहितका विवरणहरू मिसिल सामेल रहेका ।
मिति २०७१।५।२२ गतेका दिन प्रहरीले मेरो साथबाट मेरो मोबाइल सिम र लु।१३प ६५३५ नं। को मोटरसाइकल बरामद गरी पक्राउ गरी ल्याएको हो । जाहेरवाला रितेशकुमारलाई बन्धक बनाई राख्नमा मेरो संलग्नता छैन । तर अपहरण गर्ने कार्यमा प्रयोग भएको लु।१प ६५३५ नम्बरको मोटरसाइकल भने मेरो हो । हाल पक्राउमा परी थुनामा रहेका अरविन्दकुमार मण्डल र म माछा पोखरीमा संयुक्त लगानी गर्ने गरेकोले निज चिनजानको साथी हो । निजले मिति २०७१।५।६ गते बिहान एकजना मानिस पथलैया पुर्याउनु छ मोटरसाइकल एक छिनको लागि दिनु भनी मागी लगेको हो; सो मोटरसाइकल अपहरण कार्यको लागि नभनी मानिस पथलैया पुर्याउनु छ भनी मागेको हुँदा मैले सो मोटरसाइकल दिएको हो; मलाई थाहा नदिई अरविन्दकुमार मण्डलले जाहेरवालालाई अपहरण गर्ने कार्यमा सो मोटरसाइकल प्रयोग गरेछ । मलाई साथी अरविन्दकुमार मण्डलले एकजना साथीको श्रीमती बिरामी छ, खर्च पुगेन, पछि हिसाब गरौंला रू।२,०००।– आईएमई गरी मेरो नागरिकता नभएकोले साथी सीताराम गिरीको नाममा पठाइदिनु भनी भनेकोले समस्याको हल होस भनी मैले रू।२,०००।– पठाएको हो । जाहेरवालासँग मेरो चिनजान सम्पर्क छैन, हाल पक्राउमा परेका जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर, सीताराम गिरी र फरार रहेका सो वारदातमा संलग्न अन्य व्यक्तिहरूसमेतसँग मेरो चिनजान सम्पर्क छैन भन्नेसमेत बेहोराको प्रतिवादी मुकेशकुमार महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गतेदेखि अपहरण गरी मिति २०७१।५।१९ गते बिहानसम्म बन्धक बनाई राखी फिरौती रकम माग्नेमा म तथा हाल मसँग पक्राउमा परी थुनामा रहेका सुरेन्द्र ठाकुर, सीताराम गिरी, जयचन्द्रप्रसाद कानु, हाल कारागार वीरगन्जमा थुनामा रहेका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साह, हाल फरार रहेका रामबाबु महतो, बुधन राम चमार, भोजा थारूसमेतको संलग्नता छ । जाहेरवाला रितेशकुमारलाई म तथा साथीहरू प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु र सुरेन्द्र ठाकुरसमेतको ८९ महिना अगाडिदेखिको सल्लाहअनुसार अपहरण गरी बन्धक बनाएको हो । म अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर तथा जयचन्द्रप्रसाद कानुसमेत बारा जिल्लाको निजगढमा जाँदा अ।स।इ। सीताराम गिरीसँग पनि भेटघाट सम्पर्क भई फिरौती रकम माग्नेसम्बन्धी कुरा भएको हो भने हाल फरार रहेका भोजा थारू, बुधन राम चमार, रामबाबु महतोसमेतसँग जाहेरवालालाई अपहरण गरी बन्धक बनाई राख्ने विषयमा छलफल गर्दा निजहरूले बन्धक बनाई राख्ने काम हामीहरू गर्छौं भन्ने कुरा गर्दा निजहरूसँग चिनजान सम्पर्क भएको
हो । प्रमोद भन्ने नन्दु साहले दिएको भारतीय नम्बरहरूमा सम्पर्क गरी ७८ महिना अगाडिदेखि नै भारतीय नागरिकलाई अपहरण गर्ने योजना बनाएकोमा अहिले मात्र जाहेरवालालाई हामीहरूको योजनाअनुसार अपहरण गरेको हो; जाहेरवालालाई अपहरण गर्न मिति २०७१।५।६ गते साथी रामबाबु महतो भारत रक्सौलमा गई साथमा लिएर आएपछि मैले पर्सा जिल्लाको परवानीपुर बजारबाट जाहेरवालालाई मोटरसाइकलमा राखी निज रामबाबु महतो पनि सोही मोटरसाइकलमा बसी मैले मोटरसाइकल हाँकी लगी साथीहरू भोजा थारू र बुधनराम चमार भएको ठाउँसम्म पुर्याइदिएको हो । निज जाहेरवालालाई जङ्गलमा लगी साथीहरूले बन्धक बनाई राखेको र मिति २०७१।५।१० गतेका दिन म र रामबाबु महतो सँगै भारत रक्सौलमा गई जाहेरवालाकै मोबाइलबाट निजको बुबासँग फोन सम्पर्क गरी रू।५०,००,०००।– फिरौती रकम मागि आएको हो । सुरेन्द्र ठाकुरले अ।स।इ।सँग छलफल गर्नुपर्छ भनी बोलाएकोले मिति २०७१।५।१२ गतेका दिन म तथा जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुरसमेत बारा जिल्लाको निजगढमा गई अ।स।इ। सीताराम गिरीसँग बसी फिरौती रकम माग्ने विषयमा र बन्धक बनाई राखेका साथीहरूलाई खर्च कम भयो भनेकोले सो बारेमा समेत कुराकानी भई फिरौती रकम मागेको हो । बन्धक बनाइराखेका साथीहरूलाई खर्च जुटाउने कुरा हुँदा हामीहरूसँग पैसा नभएकोले मैले नै साथीको श्रीमती बिरामी छ भनी साथी मुकेशकुमार महतोसँग रू।२,०००।– आई।एम।ई। गरी सीताराम गिरीको नाममा मगाएको
हो । निज जाहेरवालालाई मिति २०७१।५।६ गतेदेखि मिति २०७१।५।१९ गते बिहानसम्म बन्धक बनाई, राखी, फिरौती रकम माग्दै गरेकोमा प्रहरीहरू आउँदै छ भन्ने कुरा थाहा पाएपछि हामीहरूको साथमा प्रहरीसँग प्रतिकार गर्नसक्ने हतियारसमेत नभएकोले असुरक्षा हुन्छ, अपहरणमुक्त गरिदिउँ भन्ने सल्लाह भई मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई अपहरण मुक्त गरिदिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी अरविन्दकुमार मण्डलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गतेदेखि अपहरण गरी मिति २०७१।५।१९ गते बिहानसम्म बन्धक बनाई फिरौती रकम माग्नेमा म तथा हाल मसँग पक्राउमा परी थुनामा रहेका जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, अ।स।इ। सीताराम गिरी, हाल कारागार वीरगन्जमा थुनामा रहेका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साह, फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेतको संलग्नता छ । म सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत रहेकोमा खबर सङ्कलन गर्न सादा पोशाकमा घुमी हिँड्ने भएकोले साथी अरविन्दकुमार मण्डल र जयचन्द्रप्रसाद कानुसँग चिनजान सम्पर्क भएकोले जयचन्द्रप्रसाद कानुले वीरगन्ज कारागारमा थुनामा रहेका साथी प्रमोद भन्ने नन्दु साहसँग भेटघाट सम्पर्क गर्न जाउँ भनेकोले निजको साथमा जाँदा निज प्रमोद भन्ने नन्दु साहले भारतीय व्यक्तिहरूको नम्बर दिन्छु, सो नम्बरहरूमा सम्पर्क गरी नोकरी लगाइदिन्छु भनी भारतीय नागरिकलाई नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई राखी, फिरौती रकम लिई छाडिदिने र रकम बाँडिलिने भन्ने कुरा भई निजले दिएको नम्बरहरूमा सम्पर्क गरी ७८ महिना अगाडिदेखि नै भारतीय नागरिकलाई अपहरण गर्ने योजना बनाएका थियौं । अपहरण गर्ने योजना बनाएको छौं भनी अ।स।इ। सीताराम गिरीलाई भन्दा निजले पनि मिलेर गर, केही पर्यो भने म पनि साथ दिउँला भनेको, ३४ महिनाअगाडि निज अ।स।इ। सीताराम गिरीसमेत प्रमोद भन्ने नन्दु साहलाई भेट्न कारागारमा गएका हुन । हामीहरूले ७८ महिना अगाडिदेखि अपहरण गर्ने योजना बनाई भारतीय नम्बरहरूमा फोन सम्पर्क गरेको, मिति २०७१।५।६ गते मात्र जाहेरवाला नेपालमा नोकरी गर्न आउने यकिन भएपछि साथीहरू अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानु, रामबाबु महतो, बुधनराम चमार र भोजा थारूसमेत बसी योजना बनाउँदा निज जाहेरवालालाई अपहरण गरी ल्याएपछि साथी रामबाबु महतो, बुधनराम चमार र भोजा थारूसमेतले जङ्गलमा लगी बन्धक बनाई राख्ने जिम्मा लिएको, म तथा जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डलसमेतले फिरौती रकम माग्ने, लिने, अरविन्द कुमारले मोटरसाइकलको व्यवस्था गरी जङ्गलसम्म पुर्याउने, रामबाबु महतोले रक्सौल गई जाहेरवालालाई साथमा लिएर आउने भन्ने कुरा भएअनुसार मिति २०७१।५।६ गते जाहेरवालालाई योजनाअनुसार अपहरण गर्न सफल भएका हौं । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई भारत रक्सौलमा पठाई फिरौती रकम रू।५०,००,०००।- माग्न लगाएको हो । जाहेरवालालाई अपहरण गरी ल्याई साथीहरूले बन्धक बनाइराखेको छ भनी अ।स।इ।लाई सो कुरा जानकारी गराउँदा निजले फिरौती रकम माग्ने विषयमा कुरा गर्नुपर्छ भनी साथीहरूलाई बोलाएर लिएर आउनु भनेको, मिति २०७१।५।१२ गते म तथा अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानुसमेत बारा जिल्लाको निजगढमा गई अ।स।इ। सीताराम गिरीसँग भेटघाट गरी फिरौती रकम माग्ने बारेमा कुरा भएको र बन्धक बनाई राख्ने साथीहरूलाई खर्चको आवश्यकता पर्यो भनेकोले मुकेशकुमार महतोबाट रू।२,०००।– मागी सो पैसा अ।स।इ। सीताराम गिरीले आई।एम।ई। बाट निकाली जयचन्द्रप्रसाद कानुलाई दिएकोमा निजले सो रकम साथी भोजा थारूसमेतलाई दिएको हो । हामीहरूले निज जाहेरवालालाई बन्धक बनाई राखी फिरौती रकम मागी रहेकोमा प्रहरीले थाहापाई खोज्दै आएको छ भन्ने जानकारी पाएकोले मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई छाडिदिएको हो । जाहेरवालालाई अपहरण गरी बन्धक बनाई राखी फिरौती रकम नलिई छाडेकोमा साथी प्रमोद भन्ने नन्दु साहले सो कुरा नपत्याई तिमीहरूले पैसा लिएर छाडेको हो, मलाई दिनुपर्छ भनी ढाँटेको भन्दै कारागारबाट मिति २०७१।५।२१ गतेसम्म फोन सम्पर्क गरेको थियो भन्नेसमेत बेहोराको प्रतिवादी सुरेन्द्र ठाकुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला रितेशकुमारलाई अपहरण गरी बन्धक बनाउने कार्यमा मेरो संलग्नता छैन । हाल पक्राउमा परी थुनामा रहेका जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डलसँग म तथा सुरेन्द्र ठाकुर खबर सङ्कलन गरी हिँड्दा भेटघाट सम्पर्क भई चिनजान भएको हो । कारागार वीरगन्जमा थुनामा रहेका थुनुवा प्रमोद भन्ने नन्दु साहलाई भेट गर्न सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानुसमेतसँग गएकोसम्म हो तर नभेटी कारागार गेटसम्म पुगी आएको हो । जाहेरवालालाई अपहरण गरी बन्धक बनाइराखेको बेलामा मिति २०७१।५।१२ गतेका दिन अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानु र सुरेन्द्र ठाकुरसमेत बारा जिल्लाको निजगढमा आएकोले भेटघाट गरी सुरेन्द्रले सापटी पैसा मागेको हुँदा मसँग नभएकोले अरविन्दकुमार मण्डलले वीरगन्जबाट आई।एम।ई गरी मेरो नाममा पैसा मगाएको हुँदा मैले सो पैसा निकाली जयचन्द्रप्रसाद कानुलाई दिएको हो । जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर र अरविन्दकुमार मण्डलले मसमेतको संलग्नतामा जाहेरवालालाई अपहरण गरेको भनी किन लेखे मलाई थाहा छैन । निजहरू जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर र अरविन्दकुमार मण्डलसमेतको सो वारदातमा संलग्नता रहेको थाहा पाएको छु भन्नेसमेत बेहोराको प्रतिवादी सीताराम गिरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गतेदेखि अपहरण गरी मिति २०७१।५।१९ गते बिहानसम्म बन्धक बनाई फिरौती रकम माग्नेमा म तथा हाल मसँग पक्राउमा परी थुनामा रहेको अरविन्दकुमार मण्डल, सीताराम गिरी, सुरेन्द्र ठाकुर, हाल कारागार वीरगन्जमा थुनामा रेहका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साह, हाल फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेतको संलग्नता छ । साथी प्रमोद भन्ने नन्दु साहसँग निज कारागारमा थुनामा पर्नुभन्दा अगाडि बारा जिल्लाको जितपुरमा मेरो ससुराली नजिक डेरा कोठा लिई बस्ने हुँदा निजसँग चिनजान भेटघाट भएको करीब ४।५ वर्ष भयो । जाहेरवालालाई अपहरण गर्ने मुख्य योजनाकार निजै प्रमोद भन्ने नन्दु साह, हाल मसँग पक्राउ परी थुनामा रहेका सु्रेन्द्र ठाकुर र अरविन्दकुमार मण्डल हो भने अपहरणपश्चात फिरौती रकम लिई बाँडी लिने खानेमा सीताराम गिरी पनि सहमत छन । अपहरणपछि बन्धक बनाई राख्ने, रकम लिने, खानेमा हाल फरार रहेका भोजा थारू, बुधनराम चमार, रामबाबु महतोसमेत सहमत भई अपहरण गरेको हो । निज प्रमोद भन्ने नन्दु साह कारागारमा थुनामा रहेको बेलामा म भेटघाट सम्पर्क गर्न जाँदा निजले भारतीय व्यक्तिहरूको सम्पर्क नम्बरहरू दिन्छु, सो नम्बरमा सम्पर्क गरी नोकरी लगाइदिन्छु भनी भारतीय नागरिकलाई नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई राखी फिरौती रकम लिई छाडिदिने र रकम बाँडी लिने खाने भन्ने कुरा भई निजले मलाई नम्बरहरूसमेत दिएकोले सो कुरा साथी सुरेन्द्र ठाकुरलाई भन्दा निज पनि सहमत भई ७।८ महिना अगाडिदेखि नै भारतीय नागरिकलाई अपहरण गर्ने योजना बनाइएको थियो; भारतीय नम्बरहरूमा सम्पर्क गरी म आफू हुलास स्टिलको जि।एम। हो, नाम रमेशजी उर्फ सिंह साहेब हो भनी सम्पर्क गर्दै ७।८ महिना अगाडिदेखि अपहरण गर्ने योजना बनाई फोन सम्पर्क गरेकोमा मिति २०७१।५।६ गते मात्र जाहेरवाला नेपालमा नोकरी गर्न आउने यकिन भएपछि योजना बनाई साथी रामबाबु महतो, बुधनराम चमार र भोजा थारूसमेतले जङ्गलमा लगी बन्धक बनाई राख्ने जिम्मा लिएको, म तथा सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डलसमेतले फिरौती रकम माग्ने लिने अरविन्दकुमारले मोटरसाइकलको व्यवस्था गरी जङ्गलसम्म पुर्याउने, रामबाबु महतोले रक्सौल गई जाहेरवालालाई साथमा लिएर आउने भन्ने कुरो भएअनुसार मिति २०७१।५।६ गते जाहेरवालालाई योजनाअनुसार अपहरण गर्न सफल भएको हो । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई भारत रक्सौलमा पठाई फिरौती रकम रू।५०,००,०००।– माग्न लगाएको हो । मिति २०७१।५।१२ गते म तथा अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुरसमेत बारा जिल्लाको निजगढमा गै अ।स।इ। सीताराम गिरीसँग भेटघाट गरी फिरौती रकम माग्ने बारेमा कुरा भएको र बन्धक बनाई राख्ने साथीहरूलाई खर्चको आवश्यकता पर्यो भनेकोले साथी अरविन्दकुमारले मुकेशकुमार महतोबाट रू।२,०००।– मागी सो पैसा अ।स।इ। सीताराम गिरीले आई।एम।ई। बाट निकाली मलाई दिएकोमा मैले सो रकम साथी भोजा थारूसमेतलाई दिएको हो । जाहेरवालालाई बन्धक बनाएको प्रहरीले थाहा पाई खोज्दै आएको छ भन्ने जानकारी पाएकोले मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई छाडिदिएको हो । यस वारदातमा फिरौती रकम माग्न प्रयोग भएको ९८१९६२४०२२ नम्बरको मोबाइल सिम प्राप्तकर्ताको यस वारदातमा संलग्नता छैन; सो सिम मलाई प्रमोद भन्ने नन्दु साहको भाइले दिएको हुँदा सोही सिम प्रयोग गरी अपहरण गरी, बन्धक बनाई राखी, फिरौती रकमसमेत मागेको हो भन्नेसमेत बेहोराको प्रतिवादी जयचन्द्रप्रसाद कानुले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
यी मलाई देखाएकामध्ये हाल पक्राउ परी आएका जिल्ला रौतहट सन्तपुर गा।वि।सं। वडा नं। ९ घर भई हाल सशस्त्र प्रहरी बलको परिचर पदमा कार्यरत रहेका सुरेन्द्र ठाकुर मलाई बन्धक बनाई राखेको वारदातमा संलग्न छन्, हेरी चिनी सनाखत गरेँ भन्नेसमेत बेहोराको जाहेरवाला रितेशकुमारको सुरेन्द्र ठाकुरलाई चिनी सनाखत गरेको सनाखत कागज तथा सोही मिलानको प्रतिवादी सीताराम गिरीलाई अपहरण कार्यमा संलग्न रहेका छन भनी निजै जाहेरवालाले गरेको सनाखत कागज एवं आफूलाई अपहरण गर्ने कार्यमा प्रयोग भएको लु।१३प ६५३५ नं। को मोटरसाइकल हेरी चिनेँ सनाखत गरेँ भन्नेसमेत बेहोराको मोटरसाइकल सनाखत गरेको समेतका भिन्दाभिन्दै तयार भएका सनाखत कागजातहरू मिसिल संलग्न रहेको ।
म जाहेरवालालाई मिति २०७१।५।६ गते अपहरण गरी लगी, जङ्गलमा बन्धक बनाई राखी फिरौती रकम मागेको अवस्थामा प्रहरीको सक्रियताको कारण मिति २०७१।५।१९ गते बिहान अपहरणमुक्त भएकोमा अपहरणमुक्त भएपश्चात प्रहरीले मलाई उद्धार गरी ल्याई मैले मिति २०७१।५।१९ गते जाहेरी दिँदा तत्काल पक्राउमा परेका जयचन्द्र साह कानु, अरविन्द मण्डल तथा फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारू, सुरेन्द्र ठाकुरसमेतको नाममा जाहेरी दिएकोमा थप अनुसन्धानको क्रममा सो वारदातमा संलग्न रहेको थप व्यक्तिहरूसमेत पक्राउमा परेको तथा वारदातमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद भई आएको हुँदा सनाखत गर्नुपर्ने भएकोले पक्राउमा परेका थप व्यक्तिहरूमध्ये सुरेन्द्र ठाकुर र सीताराम गिरीलाई देखी चिनी सनाखत गरी सो सम्बन्धमा बुझ्दा हाल पक्राउमा परेका जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी र हाल फरार रहेका भोजा थारू, रामबाबु महतो, बुधनराम चमार, हाल कारागारमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साहसमेतको संलग्नतामा मलाई अपहरण गरी बन्धक बनाई राखी, फिरौती रकम मागेको भन्ने कुरा बुझिएको हो । सोमध्ये २०७१।५।६ गते हाल फरार रहेका रामबाबु महतोले भारत रक्सौलमा गई मलाई लिई आएको, अरविन्दकुमार मण्डलले हाल बरामद भई आएको लु।१३प ६५३५ नम्बरको मोटरसाइकलमा राखी जङ्गलमा पुर्याएको हो भने जयचन्द्रप्रसाद कानु दैनिक रूपमा म भएको ठाउँमा गई तिम्रो आमा-बुबालाई रकम माग भन्दै धम्की दिने तथा मिति २०७१।५।११ गते साँझ सीताराम गिरी, सुरेन्द्र ठाकुरसमेत पुगी आमा-बुबालाई पैसा माग नत्र भने तेरो ज्यान मारिदिन्छु भनी धम्की दिई मेरो बुबासँग फोन सम्पर्कसमेत गराएका थिए । सो वारदातमा पक्राउ परेका जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल र फरार रहेका बुधनराम चमार, भोजा थारू, रामबाबु महतो तथा वीरगन्ज कारागारमा थुनामा रहेका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साहसमेतको पूर्णरूपमा संलग्नता छ भन्नेसमेत बेहोराको रितेशकुमारको मिति २०७१।६।२१ को थप जाहेरी दरखास्त ।
म कपाल काट्ने व्यवसाय गरी बसेकोले ग्राहकहरूसँग सम्पर्क गर्ने प्रयोजनको लागि मैले मेरो नाउँबाट एनसेलको सिम निकाली प्रयोग गर्दै आएको थिएँ । सशस्त्र प्रहरी बलको परिचर पदमा काम गर्ने हाल यसै मुद्दामा पक्राउ परेको मेरो दाजु सुरेन्द्र ठाकुरले उक्त सिम मसँग लिई प्रयोग गर्दै आइरहेका थिए । दाजु सुरेन्द्र ठाकुर पक्राउ पर्नुभन्दा २।३ महिना अगाडिदेखि अ।स।इ। सीताराम गिरी, जयचन्द्र साह कानुसमेत बेलाबेलामा आई मेरो घरमा बसी भारतीय व्यक्तिलाई अपहरण गर्ने र फिरौती लिने कुरा गरेको सुनी दाजु सुरेन्द्र ठाकुरसँग उक्त विषयमा सोध्दा निजले अपहरण गर्ने योजना बनाइरहेका छौं, चुप लागेर बस, कसैलाई केही नभन्नु भनी भनेकोले मैले कसैलाई केही नभनी बसेको थिएँ । दाजुसँगै पक्राउ परी थुनामा रहेका जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, अरविन्दकुमार मण्डल, मुकेशकुमार महतो तथा फरार रहेका बुधनराम चमार, रामबाबु महतो, भोजा थारू, अजयकुमार यादवसमेतले पूर्वयोजना बनाई मिति २०७१।५।६ गते नै जाहेरवालालाई अपहरण गरी बन्धक बनाएका
हुन । निज जाहेरवालालाई अपहरण गरी बन्धक बनाउने कार्यमा मेरो कुनै संलग्नता छैन; दाजु सुरेन्द्र ठाकुरले मेरो सिम लिई अपहरण गर्ने योजना बनाउने कार्यमा प्रयोग गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी दिपेन्द्र ठाकुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७१।५।६ गते भारतीय नागरिक रितेशकुमारलाई अपहरण गरी बन्धक वनाई राखेको वारदातमा देखाएकामध्ये जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर, सीताराम गिरी, अरविन्द मण्डललाई चिनी सनाखत गरिदिएको छु; देखाइएकामध्ये मुकेशकुमार महतो उक्त अपहरण वारदातमा पक्राउ परी आएका रहेछन्; निजसँग पहिले चिनजान थिएन भन्नेसमेत बेहोराको फरकफरक तयार भएका प्रतिवादी प्रमोद भन्ने नन्दु साहले गरेका सनाखत कागजहरू ।
जाहेरवाला रितेशकुमारलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने वारदातमा देखाएकामध्ये मैले बयानमा उल्लेख गरेका प्रमोद भन्ने नन्दु साह हुन्; निज प्रमोद भन्ने नन्दु साहलाई देखी चिनी सनाखत गरिदिएको छु भन्नेसमेत बेहोराको सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानु र सीताराम गिरीले गरेका छुट्टाछुट्टै सनाखत कागजहरू ।
जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गते अपहरण गरी २०७१।५।१९ गतेसम्म बन्धक बनाई राखेको वारदातमा म तथा हाल पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानुसमेतको संलग्नता रहेको छ । सो वारदातमा अरविन्दकुमार मण्डल, फरार रहेका बुधनराम चमार, रामबाबु महतो, भोजा थारू तथा अजयकुमार राय यादवसमेतको संलग्नता रहेको भन्ने कुरासमेत थाहा पाएँ । जयचन्द्रप्रसाद कानुसँग म पक्राउ पर्नुभन्दा पहिला चिनजान भएको हो; निजलाई मैले अपहरण गर्ने तौरतरिका सिकाई भारतीय व्यक्तिहरूको नम्बरहरूसमेत दिई मान्छे अपहरण गर्न एक्लैले सक्दैन भनी पठाएकोमा निजले साथी खोज्छु भनेकोमा ७८ महिनाअगाडि सुरेन्द्र ठाकुरलाई साथमा लिई मलाई भेट गर्न आई साथी हो भनी परिचय गराएकोले मैले निज सुरेन्द्र ठाकुरलाई पनि मिलेर काम गर्नु भनी पठाएको थिएँ । पक्राउमा परेका सीताराम गिरी पनि ३४ महिनाअगाडि निज जयचन्द्रप्रसाद कानु र सुरेन्द्र ठाकुरको साथमा मलाई भेट्न आएको र परिचय गराएकोले निजलाई पनि मिलेर काम गर्नु भनेको
हो । निज जयचन्द्रप्रसाद कानुसँग फोन सम्पर्क गर्दै गर्दा काम हुँदै छ भन्ने गरेको र मिति २०७१।५।६ गते जाहेरवालालाई अपहरण गरेपछि पनि काम भइसक्यो, पैसा माग्दै छ, भनी भन्ने गरेकोमा मिति २०७१।५।१९ गते जाहेरवालालाई निजहरूले अपहरणमुक्त गरी दिएकोमा सोही दिन सुरेन्द्र ठाकुरसँग फोन सम्पर्क गर्दा निजहरूले पैसा नलिई छाडेको भनेकोले मैले नपत्याई मलाई पैसा दिनुपर्छ भनी ढाँटेको भनी निज जयचन्द्रप्रसाद कानुलाई फोन सम्पर्क गर्न खोज्दा नभएकोले सुरेन्द्र ठाकुरसँग मिति २०७१।५।२१ गतेसम्म पनि फोन सम्पर्क गरी पैसा लिए नलिएको विषयमा कुरा भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रमोद भन्ने नन्दु साहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७१।५।६ गते दिनको अं।१:३० बजेतिर यी पक्राउमा परेका जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, हाल फरार रहेको बुधनराम चमार, भोजा थारूसमेतलाई म भैंसी चराइरहेको अवस्थामा मेरो नजिकैबाट जङ्गलतिर गएको मैले देखेको हुँ । केहीबेरमा जङ्गलबाट जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर, सिताराम गिरीसमेत फर्की आएको देखेको हुँ । त्यसको करिब एक घण्टापछि जाहेरवालालाई बिचमा राखी पछाडि रामबाबु महतो चढी अरविन्दकुमार मण्डलले लु।१३प ६५३५ नम्बरको मोटरसाइकल चलाई सोही जङ्गलतिर गएको पनि मैलै नजिकैबाट देखेको हुँ । यी पक्राउमा परेको सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डलसमेत मेरो गाउँघर बजारतिर घुमफिर गरी जङ्गलभित्र नास्ता पानीसमेत लिई गएको देखी बुझ्दा पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुरसमेत सशस्त्र प्रहरीको स्टाफ भएको र सशस्त्र प्रहरीहरू जङ्गलमा काममा गएको हुँदा नास्ता पानी लगेको भन्ने कुरा जयचन्द्रप्रसाद कानुले भनेकोले त्यति वास्ता गरिएन । यसै क्रममा प्रहरी हामीहरूको घर गाउँमा आई परिचालित भएकोमा मिति २०७१।५।१९ गते बिहान जाहेरवाला जङ्गलबाट आउँदै गर्दा प्रहरीले भेटी उद्धार गरी ल्याएकोले निज जाहेरवाला अपहरणमा परेको कुरा थाहा पाएको हुँ । तसर्थ, यी पक्राउमा परेका जयचन्द्रप्रसाद कानु, सुरेन्द्र ठाकुर, सीताराम गिरी, अरविन्दकुमार मण्डल तथा हाल फरार रहेका रामबाबु महतो, भोजा थारू, बुधनराम चमार र हाल कारागार वीरगन्जमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साहसमेतले जाहेरवालालाई अपहरण गरी, बन्धक बनाई राखी, फिरौती रकमसमेत मागेको हो भन्नेसमेत बेहोराको रामप्रसाद घिमिरेको तथा निज रामप्रसाद घिमिरेको बेहोरासँग प्रायः मिलान हुने गरी गरेको राजेन्द्रकुमार पटेल र मनोज साह तेलीको बेहोरा समावेश भएको संयुक्त कागज ।
म बारा जिल्लाको गढीमाई नगरपालिकाअन्तर्गत जितपुर बजारमा चिया नास्ताको होटल गर्ने हुँदा यी पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डलसमेत करिब ४५ महिना अगाडिदेखि मेरो होटलमा चिया नास्ता खान आउने बस्ने हुँदा निजहरूलाई चिनेको हो । मेरो होटलमा चिया नास्ता खान बस्दा पनि निजहरूबिच एक आपसमा कुराकानी गर्ने गरेको सुनेको हो । मिति २०७१।५।१३ गतेका दिन पनि यी पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डलसमेत मेरो होटलमा आई चिया खाई बस्दा धेरै दिनपछि काम सफल भएकोमा हालसम्म पनि पैसा लिएर आएन, मान्छे राख्न पनि गाह्रो भइरहेको छ भन्दै गरेको सुनेको हुँ । मिति २०७१।५।१९ गते भारतीय नागरिक अपहरणमुक्त भएको र अपहरणकारी जयचन्द्रप्रसाद कानुसमेत पक्राउमा परेको विभिन्न समाचार, पत्रिकाबाट सुनेकोमा हाल यस कार्यालयमा आई हेर्दा पनि निजहरू सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डलसमेत पक्राउमा परी आएको अवस्थामा रहेको हुँदा निजहरू तथा हाल कारागार वीरगन्जमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साह र हाल फरार रहेका रामबाबु महतोसमेतको संलग्नतामा जाहेरवालालाई अपहरण गरी, बन्धक बनाई राखी, फिरौती रकम मागेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको राजकुमार साहको कागज ।
जाहेरवालालाई मिति २०७१।५।६ गते अपहरण गर्नुभन्दा २३ दिनअगाडि म मेरो घरनजिकै बाटोको छेउमा भैंसी चराइरहेको अवस्थामा जयचन्द्रप्रसाद साह कानुको साथमा यी पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डल र हाल फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेत खोलाको छेउको रूखको शीतलमा बसी एक आपसमा कुराकानी गरिरहेको देखेको हुँ । सो बखत निजहरूले के कुरा गरे भन्ने कुरा वास्त गरिन तर पछि बुझ्दा निजहरू सो ठाउँमा बसी जाहेरवालालाई अपहरण गर्ने योजना बनाई अपहरण गरेको भन्ने कुरा थाहा पाएको हुँ भन्नेसमेत बेहोराको ठाकुरप्रसाद साह कानुको बेहोरा तथा पक्राउ परेका तथा फरार प्रतिवादीहरू उक्त वारदातमा संलग्न रहेको पुष्टि हुनेगरी निज ठाकुरप्रसाद साह कानुको बेहोरासँग मिलान हुनेगरी गरेको रामसेवक महतो र साहेव महतोको बेहोरा समावेश भएको संयुक्त कागज ।
मिसिल संलग्न किटानी जाहेरी, बरामदी तथा खानतलासी मुचुल्का, सनाखत कागजातहरू, पक्राउ परेका प्रतिवादीहरूको बयान, प्राप्त टेलिफोन कल डिटेलहरू तथा बुझिएका मानिसहरूको बेहोरालगायतका प्रमाणहरूको आधारमा विरूद्ध खण्डका प्रतिवादीहरूमध्ये प्रमोद भन्ने नन्दु साहको मुख्य योजना, सल्लाह एवं सक्रियतामा अन्य प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू, अजयकुमार रायसमेत मिली एकआपसको योजना र सल्लाहबमोजिम जाहेरवाला रितेशकुमारलाई छुटकाराबापतको रकम फिरौती लिने उद्देश्यका साथ मिति २०७१।५।६ गतेबाट मिति २०७१।५।१९ गतेसम्म दिन १४ अपहरण गरी, शरीर बन्धक बनाई राखेका देखिन खुल्न आएबाट प्रतिवादीहरू प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू तथा भारतीय नागरिक अजयकुमार रायले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुर अपराध गरेको देखिँदा सो कसुरमा विरूद्ध खण्डका सबै प्रतिवादीहरू प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू तथा अजयकुमार रायलाई सोही ऐन महलको ३ नं।अनुसार सजाय गरी प्रतिवादीहरू दुईभन्दा बढी भई सङ्गठित रूपमा सो वारदात गरेको देखिँदा ऐ। ७ नं।अनुसार थप सजाय हुन र सोही ऐन महलको १२ नं।अनुसार प्रतिवादीहरूबाट पीडित रितेशकुमारलाई क्षतिपूर्तिसमेत दिलाई भराइदिन मागदाबी गरिएको छ । साथै विरूद्ध खण्डका प्रतिवादीहरूबाट माथि उल्लेख गरेअनुसार सङ्गठित रूपमा आपराधिक लाभ लिनका लागि गरिएको प्रस्तुत वारदातको प्रकृति, संकलित प्रमाणबाट देखिएको प्रतिवादीहरूको संलग्नता, प्रतिवादीहरूको पूर्वयोजना तथा सङ्गठित स्वरूपका आधारमा निज प्रतिवादीहरू सबैजनाले सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ द्वारा निषेधित सोही ऐनको दफा ३(३) को देहाय (क) अनुसारको कसुरसमेत गरेको देखिएकोले उक्त कसुरमा निज प्रतिवादीहरू प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू तथा अजयकुमार रायलाई माथि उल्लिखित सजायका अतिरिक्त सोही सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिमको सजायसमेत हुन मागदाबी लीएको छ । प्रतिवादीमध्येका प्रमोद भन्ने नन्दु साह संजयकुमार रायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निजसमेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा ताँहा अदालतको मिति २०७०।१०।२७ को फैसलाबमोजिम कारागार कार्यालय पर्सामा कैद भुक्तान गरिरहेकोले सोही कारागार कार्यालयबाट झिकाई बुझी उल्लिखित मागदाबीअनुसार कारबाही हुन तथा फरार प्रतिवादीहरू बुधनराम चमार, रामबाबु महतो र भोजा थारूको हकमा तहाँ अदालतबाट कानूनबमोजिमको वारेन्ट तथा म्याद जारी गरी कारबाही हुन अनुरोध गर्दै पक्राउ प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी तथा मुकेशकुमार महतोलाई यसै अभियोग पत्रसाथ पेस गरिएको छ । कसुर वारदातमा संलग्न रहेका अजयकुमार राय भारतीय नागरिक रहेकोले निज आफैँ हाजिर भए वा नेपाल सरहदभित्र फेला परी पेस भएका बखत माथि उल्लिखित मागदाबीअनुसार सजाय हुन अनुरोध छ । वारदातमा प्रयोग भएका मोबाइल सिमकर्ता जोहरा खातुन, शिवशंकरप्रसाद थारू तथा दिपेन्द्र ठाकुरका हकमा थप अनुसन्धान जारी राखी निजहरूको समेत प्रस्तुत वारदातमा संलग्नता रहेको भन्ने देखिएमा सोही बखत पुरक अभियोग दायर गरिने गरी वारदातमा प्रयोग भएको बरामद मोटरसाइकल तथा मोबाइल सिमसहितका दशी यसैसाथ पेस गरिएको भन्नेसमेत बेहोराको अभियोगपत्र ।
जाहेरी बेहोराबारे मलाई केही थाहा छैन; अपहरण कार्यमा मेरो कुनै संलग्नता छैन; मैले साथीले मागेअनुसार आई।एम।ई। गरी पैसा पठाएको हो । मानिस बिरामी छ, इमरजेन्सी पर्यो भनेकोले रू।२,०००।– पठाएको हो; म निर्दोष छु, मैले केही गरेको छैन; मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मुकेशकुमार महतोले सुरू अदालतमा गरेको बयान ।
जाहेरवालाको जाहेरी बेहोरा झुठा हो; मेरो नन्दु साहसँग सामान्य चिनजान थियो । म कहिलेकाहीँ कारागारमा भेट गर्न गएको थिएँ; यस घटना सम्बन्धमा कुनै कुराकानी भएको थिएन । निजलाई मैले आफ्नो घरायसी कामको लागि फोन गरेको थिएँ; मलाई कसले आई।एम।ई। गरे, के गरे सो सम्बन्धमा मलाई केही जानकारी छैन । अभियोगअनुसारको कसुर मैले गरेको छैन; म निर्दोष छु, मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जयचन्द्रप्रसाद कानुले सुरू अदालतमा गरेको बयान ।
जाहेरवालालाई चिन्दिनँ; प्रतिवादीमध्येका सीताराम गिरी र जयचन्द्रप्रसाद कानुसँग मात्र चिनजान छ; अन्य प्रतिवादीहरूलाई समेत चिन्दिनँ । जाहेरवालाको सम्पूर्ण बेहोरा झुठा हो; आई।एम।ई। बाट पठाएको पैसा मेरो श्रीमती बिरामी भएकोले मैले मेरो नागरिकता नहुँदा सीतारामको नाममा पठाउन भनी सीतारामको नाममा आएको रू।२,०००।– मैले मेरो श्रीमतीको उपचारमा लाएको हो; अभियोग दाबीको अपराध मैले गरेको छैन; म निर्दोष छु मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुरेन्द्र ठाकुरले सुरू पर्सा जिल्ला अदालतमा गरेको बयान ।
जाहेरवाला र प्रतिवादीमध्येका जयचन्द्रप्रसादलाई चिन्दछु, अरूलाई चिन्दिनँ । यस अपहरण सम्बन्धमा कसैसँग कुनै कुराकानी भएको छैन; मलाई यस सम्बन्धमा केही थाहा छैन । जाहेरवालाले मेरो नाम जाहेरीमा किन उल्लेख गरे मलाई थाहा छैन; म आफैँ पीडित छु, कैदमा छु । प्रस्तुत मुद्दामा मेरो कुनै संलग्नता छैन; मलाई सजाय हुने होइन भन्नेसमेत बेहोराको प्रतिवादी प्रमोद भन्ने नन्दु साहले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला र अन्य प्रतिवादीहरूलाई चिन्दिनँ; सुरेन्द्र ठाकुरलाई एउटै सेवामा जागिर खाएकोले चिनेको हुँ । मैले त्यस्तो अपहरण तथा बन्धक राख्ने र सङ्गठित अपराधको कुनै कार्य गरेको छैन; सो वारदातमा मेरो कुनै संलग्नता छैन; को-को मिली के कसरी सो अपरहणको कार्य गरे सो सम्बन्धमा मलाई केही थाहा छैन । मेरो नाममा आएको रू।२,०००।– मैले आई।एम।ई। बाट निकाली निज सुरेन्द्रलाई दिएको हुँ; प्रतिवादी नन्दु साहलाई कारागारमा भेट गर्न गएको पनि होइन । म सशस्त्र प्रहरीमा काम गर्ने मानिस भएकोले यस्तो सोच्न पनि सक्दिनँ; मेरो यसमा कुनै संलग्नता छैन; निर्दोष छु, मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सीताराम गिरीले सुरू अदालतमा गरेको बयान ।
जाहेरवाला, प्रतिवादीमध्येका मुकेशकुमार महतो र जयचन्द्रप्रसाद कानुलाई चिन्दछु । जाहेरी दरखास्तसमेतको सम्पूर्ण बेहोरा झुठा हो; मलाई यस सम्बन्धमा केही थाहा छैन । मैले साथीको नाताले मुकेशसँग त्यस्तै काम पर्दा निजको मोटरसाइकल मागेर लाने गरेको छु; मैले सो मोटरसाइकल अपहरण कार्यको लागि मागेको र प्रयोग भएको होइन । मैले अपहरण गर्नेसम्बन्धी कसैसँग सल्लाह, भेटघाट, योजना बनाउने, फोन सम्पर्क गर्ने कुनै कार्य गरेको छैन; सो मोटरसाइकल मेरो साथीलाई घर पुर्याएर निज मुकेशलाई मोटरसाइकल फिर्ता बुझाइदिएको थिएँ । मैले अपहरण तथा शरीर बन्धक र सङ्गठित अपराध केही गरेको छैन, म निर्दोष छु । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अरविन्दकुमार मण्डलले सुरू अदालतमा गरेको बयान ।
मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू निर्दोष रहेछन भनी विश्वास गर्न सकिने अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ।बं। ११८ को देहाय २ बमोजिम हाल मुद्दा पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई यी प्रतिवादीहरू अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, मुकेशकुमार महतो र प्रमोद भन्ने नन्दु साहलाई कारागार कार्यालय पर्सामा पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०७१।७।१९ को सुरू जिल्ला अदालतको आदेश ।
प्रतिवादी भोजा थारूको नाउँमा जारी भएको म्याद मिति २०७१।८।२३ मा तथा प्रतिवादीहरू बुधनराम चमार र रामबाबु महतोको नाउँमा जारी भएको म्याद मिति २०७१।८।२६ मा तामेल भएकोमा निजहरू हाजिर हुन नआई सुरू म्यादै गुजारी बसेका ।
प्रतिवादी अरविन्द मण्डलको चालचलन राम्रो छ; निजले अपहरण गर्ने कार्य नगरेको हुँदा निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको निजका साक्षी गणेश महतोले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी मुकेशकुमार महतो पोखरी ठेक्का लिएर माछापालन गर्ने व्यक्ति हुन्; निजले अपहरण गरी शरीर बन्धक राखी सङ्गठित अपराध गरेको होइन; निज निर्दोष हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत बेहोराको निजका साक्षी विकास साह कानुले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी जयचन्द्रप्रसाद कानुलाई मैले सानैदेखि चिनेको छु; निजको चालचलन राम्रो छ; निजले अपहरण गर्ने कार्य नगरेको हुँदा निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको निजका साक्षी हरिलालप्रसाद यादवले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।५।५ गतेदेखि ऐ।१४ गतेसम्म म तथा सीताराम गिरी सँगै रहे बसेका थियौं; प्रतिवादी सीताराम गिरीको अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध मुद्दामा संलग्नता छैन भन्नेसमेत बेहोराको निजका साक्षी रामबहादुर खड्काले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी सुरेन्द्र ठाकुर सशस्त्र प्रहरीको परिचर पदमा काम गर्दछन्; निजको चालचलन व्यवहार राम्रो छ; निज निर्दोष हुँदा निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको सुरेन्द्र ठाकुरका साक्षी दिपेन्द्र ठाकुरले गरेको बकपत्र ।
प्रतिवादी दिपेन्द्र ठाकुरले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई सोही महलको ३ नं।अनुसार सजाय गरी प्रतिवादीले सङ्गठित रूपमा अपराध गरेको हुँदा ऐ। को ७ नं।अनुसार थप सजाय हुन र पीडितलाई पर्न गएको शारीरिक एवं मानसिक क्षतिसमेतलाई विचार गरी सोही ऐन, महलको १२ नं।अनुसार प्रतिवादीबाट पीडित रितेशकुमारलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउन मागदाबी गरिएको छ । साथै प्रतिवादी दिपेन्द्र ठाकुरले सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३(१) र ३(३) को देहाय (क) बमोजिम कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ९(क) बमोजिम सजाय हुन माग दाबी लिई प्रतिवादी दिपेन्द्र ठाकुरलाई यसै पुरक अभियोगसाथ पेस गरिएको भन्नेसमेत बेहोराको मिति २०७२।४।१७ को पुरक अभियोग ।
मिति २०७२।३।२१ गतेका दिन मेरो दाइ सुरेन्द्र ठाकुरसमेत भएको अपहरण मुद्दामा बकपत्र हुँदा म अदालतमा आएको र सोही दिन फर्कने क्रममा जिल्ला विकास समिति अगाडि मलाई प्रहरीले पक्राउ गरेको हो; म कपाल काट्ने नाइको काम गर्छु । मौकाको बयान मैले भनेबमोजिम लेखिएको होइन; जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा मेरो कुनै संलग्नता छैन । घटना विवरण कागजको बेहोरा झुठ्ठा हो; मैले कुनै कसुर अपराध गरेको छैन; मोबाइल नं। को आधार कारणबाट प्रहरीले मलाई जबरजस्ती मुद्दा चलाएको हो; म निर्दोष भएकोले मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको पुरक अभियोगका प्रतिवादी दिपेन्द्र ठाकुरले सुरू पर्सा जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी दिपेन्द्र ठाकुर प्रस्तुत अपहरण तथा शरीर बन्धकसमेत मुद्दाको कसुरदार होइनन भन्न सकिने अवस्था नदेखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी दिपेन्द्र ठाकुरबाट मुलुकी ऐन, अ।बं। ११८ नं। को देहाय ५१० नं।बमोजिम रू।१,००,०००।- (एक लाख रूपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए मुद्दा पुर्पक्षको लागि तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नू । मागअनुसारको नगद वा जेथा जमानत दिन नसके कानूनबमोजिम सिधा खान पाउने गरी मुलुकी ऐन, अ।बं। १२१ नं।बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न भनी कारागार कार्यालय वीरगन्जमा लेखी पठाइदिनु भन्नेसमेत बेहोराको मिति २०७२।४।१८ को सुरू जिल्ला अदालतको आदेश ।
प्रतिवादी दिपेन्द्र ठाकुर कोल्बी बजारमा कपाल काट्ने काम गर्छन्; भारतीय नागरिक अपहरण भएको सम्बन्धमा यी प्रतिवादीलाई थाहा जानकारी
छैन । प्रतिवादीको चालचलन व्यवहार राम्रो छ; अभियोग दाबीअनुसारको कसुर अपराध यी प्रतिवादीले नगरेको हुँदा निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी दिपेन्द्र ठाकुरका साक्षी रामस्वरूप ठाकुरले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७१।२।७ मा भएको घटनाविवरण कागजमा भएको बेहोरा मैले लेखाएको होइन । सहीछाप मेरो होइन, उक्त कागज प्रहरी आफैँले लेखेको हो; मैले भनेर लेखेको होइन भन्नेसमेत एकै मिलान बेहोराको घटनाविवरण कागजका रामसेवक महतो र ठाकुरप्रसाद साहले गरेको बकपत्र मिसिल सामेल रहेको ।
भारतीय नागरिक रितेशकुमारको अपहरण सम्बन्धमा निजका बुबाले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनबमोजिम अपहरणकारीलाई खोज्ने क्रममा गस्ती गर्दै जाँदा मिति २०७१।५।१९ गतेका दिन बागवानानजिकको जङ्गलबाट अपहरित व्यक्तिलाई उद्धार गरेका हौं । फिरौती रकम माग गर्दा प्रयोग गरिएको सिमको कलडिटेलहरू निकाली हेर्दा जयचन्द्र साह कानु र अरविन्दकुमार मण्डललाई पक्राउ गरेको हुँ; निजहरूको बयान तथा कलडिटेलहरूबाट खुल्न आएका अन्य प्रतिवादीहरूसमेतलाई पक्राउ गरी कारबाहीको लागि दाखिल गरेको हुँ; प्रतिवादी दिपेन्द्र ठाकुरलाई सिमको आधारमा प्रतिवादी बनाइएको
हो । अपहरणकारीहरूले प्रयोग गरेको ९८१९६२४०२२ नं। को मोबाइलमा प्रतिवादी दिपेन्द्र ठाकुरको नाउँमा जारी भएको ९८११२४७४७७ नं। को सिमबाट पटक-पटक गरी १९ पटक सम्पर्क भएको थियो भन्नेसमेत बेहोराको प्रतिवेदक प्र।ना।नि। रूद्रराज कँडेलले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बनाइएका अजयकुमार राय भारतीय नागरिक रहेकोले निजको हकमा हाल केही बोलिरहन परेन । अर्का प्रतिवादी जयचन्द्रप्रसाद कानुलाई सोही महलको ३ नं।बमोजिम ८ (आठ) वर्ष कैद र रू।६०,०००।- साठी हजार जरिवाना हुने ठहर्छ । साथै निजलाई सोही महलको दफा ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । सो ठहरेकाले सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिमको थप सजायको माग दाबी पुग्न सक्दैन । प्रतिवादी सीताराम गिरीलाई मुलकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा सोही महलको ३ नं।अनुसार ७ (सात) वर्ष कैद र रू।५०,०००।- पचास हजार जरिवाना हुने ठहर्छ । साथै ऐ। महलको ७ नं।अनुसार थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय गरिपाउँ भन्ने माग दाबी पुग्न सक्दैन । प्रतिवादी मुकेशकुमार महतोलाई मुलकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा सोही महलको ३ नं।बमोजिम ७(सात) वर्ष कैद र रू।५०,०००।- पचास हजार जरिवाना हुने ठहर्छ । साथै निजलाई सोही महलको ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिमको थप सजायको माग दाबी पुग्न सक्दैन । प्रतिवादी प्रमोद भन्ने नन्दु साहलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा सोही महलको ३ नं।बमोजिम ८ (आठ) वर्ष कैद र रू।६०,०००।– (साठी हजार) जरिवाना हुने ठहर्छ । साथै ऐ। महलको ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । साथै सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजायको माग दाबी पुग्न सक्दैन । प्रतिवादी अरविन्दकुमार मण्डललाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा ऐ। ३ नं।बमोजिम ८ (आठ) वर्ष कैद र रू।६०,०००।- साठी हजार जरिवाना हुने ठहर्छ । साथै ऐ। महलको ७ नं।अनुसार थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । साथै सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिमको थप सजाय गरिपाउँ भन्ने माग दाबी पुग्न सक्दैन । प्रतिवादी सुरेन्द्र ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं।बमोजिम ७(सात) वर्ष कैद र रू।५०,०००।- पचास हजार जरिवाना हुने ठहर्छ । साथै निजलाई सोही महलको ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैद हुनेसमेत ठहर्छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजायको माग दाबी पुग्न सक्दैन । प्रतिवादी रामबाबु महतोलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा ऐ। महलको ३ नं।बमोजिम ८ (आठ) वर्ष कैद र रू।६०,०००।- साठी हजार जरिवाना हुने ठहर्छ । साथै, सोही महलको ७ नं।अनुसार थप २ (दुई) वर्ष कैदसमेत हुने ठहर्छ । साथै सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिमको थप सजायको माग दाबी पुग्न सक्दैन । प्रतिवादीद्वय बुधनराम चमार र भोजा थारूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा सोही महलको ३ नं।अनुसार जनही ७(सात) वर्ष कैद र रू।५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर्छ । साथै ऐ। महलको ७ नं।अनुसार थप २ (दुई) वर्ष कैद हुनेसमेत ठहर्छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादी दिपेन्द्र ठाकुरले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ । पीडित रितेशकुमारलाई मिति २०७१।५।६ गतेदेखि ऐ। १९ गतेसम्म अपहरण गरी शरीर बन्धक लिनेसम्मको कसुर प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू र प्रमोद भन्ने नन्दु साहसमेतको संलग्नतामा भई निजहरू कसुरदार देखिएको अवस्था हुँदा पीडित रितेशकुमारले निज प्रतिवादीहरूबाट रू।९,१००।– (नौ हजार एक सय) दामासाहीले क्षतिपूर्तिबापत भराइपाउने ठहर्छ भन्नेसमेत सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७३।३।६ मा भएको फैसला ।
पीडित रितेशकुमारको पिता रामबाबु गुप्ताले मिति २०७१।५।१० र मिति २०७१।५।१२ मा दिएको निवेदन तथा पीडित जाहेरवाला रितेशकुमारले मिति २०७१।५।१९ मा दिएको जाहेरी दरखास्त, मिति २०७१।६।२१ मा दिएको थप जाहेरी दरखास्तसमेतमा कथित अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराधको कसुर मैले गरेको भनी उल्लेख छैन । त्यसमा मेरो कुनै संलग्नता देखाइएको छैन । त्यस्तै प्र।ना।नि। रूद्रराज कँडेलले दिनुभएको प्रहरी प्रतिवेदनमा समेत मेरो नाम कहीँकतै उल्लेख नभएको हुँदा मेरो संलग्नता देखिँदैन । पीडित जाहेरवाला रितेशकुमारसँग मिति २०७१।६।२१ मा मोटरसाइकल र म मुकेश कुमारलाई सनाखत गराउँदा प्रतिवादी अरविन्द कुमारले हाँकी ल्याएको मोटरसाइकललाई सनाखत गरिएको छ र म मुकेश कुमारलाई चिनेको छैन भनी गरेको सनाखत बयानसमेतबाट म निर्दोष रहे भएको कुरा सिद्ध प्रमाणित हुँदाहुँदै पनि सो सबुत प्रमाणहरूको समुचित र न्यायोचित मूल्याङ्कन नगरी म निर्दोष व्यक्तिलाई कैद र जरिवाना हुने गरी भएको फैसला अन्यायपूर्ण हुँदा बदरभागी छ । घटनाविवरण कागज गर्ने ठाकुरप्रसाद साह कानु, रामसेवक महतो, साहेब महतोसमेतले गरेको घटना विवरण कागजमा मेरो नाम लिएको छैन । सो वारदात घटनामा मेरो कुनै संलग्नता देखाइएको छैन । लु।१३प ६५३५ नम्बरको मोटरसाइकल मिलन बहूद्देश्य सहकारी संस्था लिमिटेड रूपन्देही बुटवलका नाउँमा दर्ता रहेको ऋणी प्रशान्तकुमार दुवे भएको मोटरसाइकल मेरो पिता दरोगा महतो धानुकले मिति २०६९।१०।१० मा खरिद गर्नुभएको छ । सो मोटरसाइकल मेरो नाउँमा दर्ता पनि छैन । तसर्थ सो मोटरसाइकल मेरो माछा पोखरीको साझेदार प्रतिवादी अरविन्दकुमार मण्डलले साथीलाई पुर्याउन भनी मसँग झुक्याई मागी लागेको कुरा मैले मौकामा र सुरू अदालतमा बयान गरेको र मेरो उक्त बयान प्रतिवादी अरविन्दकुमार मण्डलले मौकामा र अदालतमा गरेको बयान कागजबाट पुष्टि प्रमाणित भएको र मैले अन्य कुनै प्रतिवादीलाई नचिनेको नजानेको कुरा अन्य प्रतिवादीहरूले गरेको बयान कागजबाट पुष्टि प्रमाणित भइरहेको हुँदा म पूर्णत: निर्दोष व्यक्तिलाई कैद र जरिवाना हुने गरी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मुकेशकुमार महतोको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
सरकारवादी फौजदारी मुद्दामा वादी पक्षले कुनै नागरिकमाथि अभियोग लगाई अभियोग पेस गरेर मात्र पुग्दैन । वादी पक्षले लगाएको अभियोग स्वतन्त्र प्रमाणबाट शङ्कारहित तवरले पुष्टि गर्न सक्नुपर्दछ । प्रस्तुत मुद्दामा वादी नेपाल सरकारले म विरूद्ध यस्तो जघन्य अपराध गरेको भनी लगाएको अभियोग शङ्कारहित र किटानी प्रमाणहरू, साक्षीहरू अदालतमा प्रस्तुत गरी प्रमाणित गर्न नसकेको अवस्थामा सम्मानित अदालतले प्रहरीबाट तयार भएका लिखतहरूमा व्यक्त भएका कुरालाई नै आधार मानी, मेरा विरूद्ध प्रमाण लगाई मलाई कसुरदार ठहर्याई गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा १८ र फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत छ । म सशस्त्र प्रहरी बलको अ।स।इ। पदमा कार्यरत
छु । मलाई मेरो विभागले सिभिल ड्रेसमा रही अवाञ्छित, आपराधिक अनि कानून बर्खिलाप क्रियाकलापको निगरानी गरी र्एपोर्तिङ गर्ने कार्यमा खटाएको छ । सुरेन्द्र ठाकुर मेरो संस्था सशस्त्र प्रहरीमा नै परिचरको पदमा कार्यरत कर्मचारी हुनुको साथै उनी पनि सिभिल ड्रेसमा र्एपोर्तिङ को कार्यमा नै खटिएका कर्मचारी हुन । उनीसँग मेरो फोन नम्बर हुनु कुनै आपराधिक कार्य हुँदै होइन । त्यसै गरी खबर सङ्कलनको क्रममा धेरै जना व्यक्तिहरूसँग फोन सम्पर्क गर्नुपर्ने हुन्छ । तर यी जाहेरवाला रितेशकुमारलाई अपहरण, शरीर बन्धक गर्ने, लिने कार्यको लागि फोन सम्पर्क गरेको होइन । आपराधिक काम कारबाहीमा म संलग्न छैन । त्यसैले क्अल्ल देत्ऐल्स बाट अरूसँग सम्पर्कमा रहेको भन्ने आधारले कसुरदार ठहर गर्न नमिल्ने हुँदा मलाई कसुरदार ठहराई सुरू अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सीताराम गिरीको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
प्रहरीले मबाट ९८१३५६१४२२ र ९९४१७४९३९८ को दुईवटा फोन बरामद गरेको मुचुल्का गराएको छ । ती दुवै फोनबाट मैले अपहरणमा संलग्न भनिएका व्यक्तिहरूले प्रयोग गर्ने मोबाइलमा सम्पर्क गरेको छैन । न त जेलबाट प्रमोद भन्ने नन्दु साहले मसँग फोन सम्पर्क गरेको वा मैले नन्दुलाई भेटेको भन्ने प्रमाणित छ । यस्तो अवस्थामा क्अल्ल डेत्ऐल मेरो विरूद्ध प्रमाणमा लाग्ने होइन । जाहेरवालाले म प्रतिवादी अरविन्दकुमारलाई सनाखत गरेको भन्ने फैसला आधार बिल्कुलै गलत छ । किनकि वादी पक्षले जाहेरवालाको अस्तित्व नै स्वतन्त्र अदालतमा आई देखाउन सकेको छैन । जबसम्म जाहेरवाला अदालतसमक्ष उपस्थित हुन सक्दैन तथा निजका पिता रामबाबु अदालतमा उपस्थित हुन सक्दैनन तब यो सम्पूर्ण मिसिल कागजात एवं वादी पक्षबाट लगाइएको अभियोग झुठ्ठा बनावटी प्रमाणित रहेको स्पष्ट छ । मैले अभियोग दाबीबमोजिमको कुनै कार्य गरेको छैन । मैले कुनै योजना बनाएको पनि छैन । मेरो साक्षी गणेश महतोले आफ्नो बकपत्रबाट त्यसलाई पुष्टि प्रमाणित गरेका छन र घटना विवरण कागज गर्ने भन्ने ठाकुरप्रसाद साह र रामसेवक महतोले समेत अदालतमा आई बकपत्र गर्दा अपहरण र शरीर बन्धकको घटना घटेकै छैन भनेर बकपत्र गरेको अवस्थामा सुरू जिल्ला अदालतले प्रमाणको कुनै मूल्याङ्कन नगरी मलाई कसुरदार ठहराई कैद र जरिवाना तथा क्षतिपूर्ति भराउने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अरविन्दकुमार मण्डलको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
रितेशकुमारले दिएको जाहेरीमा मसहितका प्रतिवादीहरूको नाम उल्लेख छ । तर वारदातमा म प्रतिवादीको के कस्तो भूमिका रह्यो भन्ने कुरा उल्लेख छैन । यस्तो जाहेरी बेहोराबाट म प्रतिवादी जयचन्द्र साह कानुलाई कसुरदार ठहर गरी सजाय गरेको अवस्था छ । तसर्थ केवल जाहेरी र मौकाको साबिती बयानको आधारमा मात्र मलाई कसुरदार ठहर्याएको मिलेको छैन । मैले प्रयोग गरेको मोबाइल भनी ९८१६२५०४७० को क्अल्ल डेत्ऐल प्रस्तुत गरिएको छ तर त्यसको व्ओइक्ए र्एक्ओर्द प्रस्तुत नगरिएको अवस्थामा त्यो क्अल्ल डेत्ऐल मेरो विरूद्ध प्रमाणमा ग्राह्य हुन सक्दैन । वारदातमा प्रयोग भएको भनिएको लु।१३प ६५३५ नं। को मोटरसाइकल मबाट बरामद भएको छैन र त्यो मेरो स्वामित्वको पनि होइन । मैले प्रयोग गरेको वा कसैलाई मैले प्रयोग गर्न दिएको पनि छैन । मबाट केवल ९८१६२८०४७० को एनसेलको मोबाइल बरामद भएको देखाइएको छ । बरामदी मुचुल्का मेरो विरूद्ध प्रमाण लाग्ने
होइन । किनकि वारदात मिति २०७१।५।६ देखि सुरू भएर २०७१।५।१९ गते बिहान ४ बजेसम्मको देखाइएको छ । सो अवधिमा मैले मुख्य अपहरणकारीले प्रयोग गरेको भनिएको मोबाइल नं। ९८१९६२४०२२ मा एकपटक पनि फोन गरेको र उक्त नम्बरबाट मेरो मोबाइलमा एउटा पनि कल आएको क्अल्ल र्एक्ओर्द छैन । जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाउनमा मेरो कुनै भूमिका रहेको सबुद प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा मलाई कसुरदार ठहराई कैद जरिवाना गर्ने गरी सुरू अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउने ठहराई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जयचन्द्रप्रसाद साह कानुको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
जाहेरवाला रितेशकुमारलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग्ने कार्य कारागार कार्यालय पर्सामा थुनामा रहेका प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु र अरविन्द मण्डलसमेतको योजनाबमोजिम तय भएको र सो अपहरण गर्ने र फिरौतीबापतको रकम असुल गर्ने विषयमा अ।स।ई। सीताराम गिरीको समेत संलग्नता रहेको, जाहेरवालालाई अपहरण गरी ल्याएपछि रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेतले जङ्गलमा लगी बन्धक बनाइराख्ने, प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डलसमेतले फिरौती रकम माग्ने, अरविन्दकुमार मण्डलले मोटरसाइकलको व्यवस्था गरी जङ्गलसम्म पुर्याउने, रामबाबु महतोले रक्सौल गई जाहेरवालालाई साथमा लिएर आउने, अपहरण गरी बन्धक बनाउनलाई खर्च रू।२,०००।- प्रतिवादी मुकेश कुमार महतोबाट मागी सो पैसा अ।स।इ। सीताराम गिरीले आई।एम।ई। बाट निकाली जयचन्द्रप्रसाद कानुलाई दिएकोमा निजले सो रकम भोजा थारूसमेतलाई दिएको भन्ने मिसिल संलग्न कागजबाट देखिन्छ । अपहरणपछि ९८१९६२४०२२ नं। को मोबाइलबाट फिरौती माग भएको तथा अन्य नेपाली नम्बरहरू र भारतीय नम्बरहरू प्रयोग भएको तथा कल डिटेल विवरणअनुसार फिरौती माग भएको अपहरणकारीहरूले प्रयोग गर्ने ९८१९६२४०२२ नम्बरको मोबाइलबाट प्रतिवादीहरूबिच एकआपसमा कुराकानी भएको देखिन्छ । प्रतिवादीहरूले फोन तथा श्रम विभाजनको आधारमा सङ्गठित रूपमा आर्थिक लाभ लिने उद्देश्यले जाहेरवालालाई अपहरण गरेको प्रस्ट देखिन्छ । यसरी प्रतिवादीहरूले आपराधिक कार्यबाट आर्थिक लाभ लिने उद्देश्यले सङ्गठित भई अपहरण तथा शरीर बन्धक बनाएको पुष्टि भएको अवस्थामा पनि प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७०बमोजिम थप सजाय नहुने गरी भएको फैसला बदरभागी छ । प्रतिवादी दिपेन्द्र ठाकुरको हकमा हेर्दा यी प्रतिवादीको नाममा जारी भएको ९८११२४७४७७ नम्बर मोबाइल सिमबाट अपहरण कार्यमा प्रयोग भएको ९८१९६२४०२२ नम्बरको मोबाइल सिमबिच पटकपटक गरी जम्मा ९ पटक फोन सम्पर्क भएको भन्ने युजर कल डिटेल विवरणसमेतबाट देखिन्छ । यी प्रतिवादीले मौकामा बयान गर्दा मेरो मोबाइल नम्बरबाट जाहेरवालालाई अपहरण गरी फिरौती रकम लिने कार्यमा दाइ प्रतिवादी सुरेन्द्र ठाकुरले अन्य प्रतिवादीहरू मिली जाहेरवालालाई अपहरण गर्ने र फिरौती लिने योजना बनाएको सुनेको तथा थाहा पाएको बेहोरासमेत खुलाएको देखिँदा यी प्रतिवादीसमेतको उक्त वारदातमा संलग्न रहेको पुष्टि भएको अवस्थामा पनि सफाइ दिने ठहरी भएको फैसलामा मिसिल संलग्न कागजातहरूको उचित मूल्याङ्कन हुन नसकेको हुँदा उपर्युक्त आधार, प्रमाणबाट सुरू पर्सा जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरी विरूद्ध खण्डका निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
सुरू अदालतबाट फैसला हुँदा अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको कुरालाई आधार बनाई मलाई दोषी ठहर्याई फैसला भएको छ । जुन सरासर गैरकानूनी रहेको छ । किनभने म प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको होइन । प्रहरीले मैले भनेबमोजिम मेरो बयान लेखेको होइन र प्रहरीले मेरो बयान मलाई नसुनाई कुटपिट र यातनाको धम्की देखाई डराएर मसँग सहीछाप गर्न लगाएको हो । यसरी प्रहरीमा भएको बयानलाई मैले अदालतमा बयान गर्दा प्रहरीको बयानलाई पूर्ण रूपमा अस्वीकार गरी बयान गरिदिएकोमा सो मेरो अदालतको बयानलाई समर्थन गर्ने गरी मेरो साक्षीले बकपत्र गरी पुष्टिसमेत गरिदिएको अवस्थामा सोउपर कुनै विचार नगरी भएको सुरू अदालतको फैसला गैरकानूनी हुँदा बदर उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रमोद भन्ने नन्दु साहको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
सुरू अदालतबाट फैसला हुँदा अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको कुरालाई आधार बनाई मलाई दोषी ठहर्याई फैसला भएको छ । जुन सरासर गैरकानूनी रहेको छ । किनभने म प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको होइन । प्रहरीले मैले भनेबमोजिम मेरो बयान लेखेको होइन र प्रहरीले मेरो बयान मलाई नसुनाई कुटपिट र यातनाको धम्की देखाई डराएर मसँग सहीछाप गर्न लगाएको हो । यसरी प्रहरीमा भएको बयानलाई मैले अदालतमा बयान गर्दा प्रहरीको बयानलाई पूर्ण रूपमा अस्वीकार गरी बयान गरिदिएकोमा सो मेरो अदालतको बयानलाई समर्थन गर्ने गरी मेरो साक्षीले बकपत्र गरी पुष्टिसमेत गरिदिएको अवस्था छ । सुरू अदालतबाट फैसला हुँदा म पुनरावेदकले प्रयोग गर्ने गरेको मोबाइलको कल डिटेललाई आधार बनाई मलाई कसुरदार ठहर गरी फैसला भएको छ । जबकि मैले आफ्नो पत्नीको उपचारको लागि रू।२,०००।- सापटी माग्दा आफ्नो मोबाइल प्रयोग गरेको हो । मैले अपहरणसम्बन्धी राय सल्लाह गर्नका लागि वा अपहरण गर्ने गराउने कार्य गर्नका लागि मोबाइल फोन गरेको होइन । कुनै चिनजानको साथी भाइसँग सहयोग माग्नु अपराध होइन । मोबाइलको कल डिटेललाई मात्र आधार बनाई कसैलाई दोषी ठहर गर्न नमिल्नेमा मलाई अभियोग दाबीबमोजिमको कसुरमा सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउने ठहराई फैसला गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुरेन्द्र ठाकुरको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा परेको पुनरावेदन ।
वादी नेपाल सरकार र प्रतिवादीहरूमध्येका मुकेशकुमार महतोसमेतका व्यक्तिहरूको पुनरावेदन परी दुवैतर्फको दोहोरो पुनरावेदन परेको परिप्रेक्ष्यमा मुलुकी ऐन, अ।बं। २०२ नं। को प्रयोजनका लागि वादी नेपाल सरकारले गरेको पुनरावेदनको जानकारी प्रतिवादीहरूलाई गराई एवं प्रतिवादीहरूले गरेको पुनरावेदनको जानकारी उच्च सरकारी वकिलको कार्यालय वीरगन्जलाई दिई तथा पुनरावेदन नपरेका प्रतिवादीहरूको हकमा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम झिकाई उपस्थित भए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला भन्ने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको मिति २०७४।३।२३ को आदेश ।
जाहेरवालाले जाहेरी दरखास्त दिँदा मेरो नाउँ उल्लेख गरेका छैनन । जाहेरवालाले अन्य व्यक्तिहरूउपर जाहेरी दिँदा सो घटना वारदातमा मेरो पनि संलग्नता भएको भए मउपर पनि जाहेरी दिनुपर्दथ्यो । त्यस्तै जाहेरी दरखास्तअनुसार अनुसन्धानको क्रममा मेरो कुनै संलग्नता भएको भए वादी नेपाल सरकारले सोही समयमा मलाईसमेत प्रतिवादी बनाई अभियोग दायर गरेको
हुनुपर्थ्यो । तर सो अभियोगमा मलाई प्रतिवादी बनाइएको छैन । सुरूमा भएको अनुसन्धानको आधारलाई लिएर पहिलो अभियोग पत्रमा विपक्षी नै नबनाउने र पछि थप अनुसन्धान भएको अवस्थासमेत नभएको अवस्थामा पहिला नै भएको अनुसन्धानलाई आधार बनाई पुरक अभियोग पत्र दायर गर्नुको कुनै कानूनी औचित्यसमेत प्रस्ट हुन नसकेको अवस्थामा मलाई दु:ख दिने नियतवश पुरक अभियोग पत्र दायर गरिएको छ । मेरो साक्षी रामस्वरूप ठाकुरले सम्मानित अदालतसमक्ष आई बकपत्र गर्दा अपहरण तथा शरीर बन्धक लिने कार्यमा कुनै संलग्नता छैन भनी बकपत्र गरेकोसमेतका आधार प्रमाणहरूबाट वारदातमा मेरो संलग्नता नरहेको पुष्टि भइरहेको देखिँदा मलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्नेसमेत बेहोराको दिपेन्द्र ठाकुरले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा पेस गरेको लिखित प्रतिवाद ।
प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अन्य प्रतिवादीहरू सीताराम गिरी, मुकेशकुमार महतो, सुरेन्द्र ठाकुर, बुधनराम चमार, भोजा थारूलाई भन्दा बढी कैद र जरिवाना सुरू जिल्ला अदालतबाट भएको देखिन्छ । उल्लिखित सबै प्रतिवादीहरूलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अन्तर्गत नै सजाय गरेको पाइन्छ । मिसिल संलग्न प्रमाण, घटनाको स्वरूप एवं प्रकृति, कसुरदार कायम भएका प्रतिवादीहरूको संलग्नता र कसुरदार कायम भएका प्रतिवादीहरूको कसुरको मात्रालाई दृष्टिगत गर्दा कसुरदार कायम भएका सबै प्रतिवादीहरूलाई समान रूपमा सजाय हुनु उपयुक्त र न्यायोचित रहेको देखिन आउँछ । यस स्थितिमा प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही ८(आठ) वर्ष कैद र रू।६०,०००।- (साठी हजार) जरिवाना गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको नदेखिँदा निज प्रतिवादीहरूलाई पनि कसुरदार ठहर भएका अन्य प्रतिवादीहरूलाई सरह अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही ७ (सात) वर्ष कैद र रू।५०,०००।- (पचास हजार) जरिवाना हुने देखिन आयो । प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम सजाय हुने हो वा होइन? भन्ने सम्बन्धमा विचार गर्दा सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३(२) मा "उपदफा (१) को प्रयोजनको लागि कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेमा निजले सङ्गठित अपराध गरेको मानिने छ" भन्ने र सोही ऐनको दफा २(घ) मा "आपराधिक समूह भन्नाले प्रत्यक्ष वा परोक्ष रूपमा परिच्छेद-२ मा उल्लिखित सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपालबाहिर रहे भएको सङ्गठित वा असङ्गठित तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूह सम्झनुपर्छ" भन्ने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दामा दुई जनाभन्दा बढी प्रतिवादी जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाउन संलग्न रहेकोमा प्रतिवादीहरूले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर जाहेरवाला रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती माग गरेको भन्ने मिसिलबाट देखिँदैन । प्रतिवादीहरूले आपराधिक समूहसँग मिलेर, आपराधिक समूहको लागि, आपराधिक समूहको निर्देशनमा जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त प्रमाण प्रस्तुत हुन सकेको पनि पाइँदैन । यस स्थितिमा प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न सक्ने देखिन
आएन । माथि वर्णित आधारमा पुनरावेदक प्रतिवादीहरू सुरेन्द्र ठाकुर, प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सीताराम गिरी र मुकेशकुमार महतोलाई समेत अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं। र ७ नं।अनुसार सजाय हुने र प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई पनि सजाय पाएका अन्य प्रतिवादीलाई सरह सजाय हुने तथा प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी नपुग्ने देखिएको हुँदा पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्ने पुनरावेदक प्रतिवादीहरूतर्फका विद्वान वरिष्ठ अधिवक्ताहरू एवं विद्वान अधिवक्ताहरूको बहस जिकिरसँग र प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिनुपर्दछ भन्ने विद्वान सहन्यायाधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । यसप्रकार, मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई पनि कसुरदार ठहरिएका अन्य प्रतिवादीहरूलाई सरह सजाय हुनु उपयुक्त भएको देखिएको हुँदा निज प्रतिवादीहरूलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।बमोजिम जनही आठ वर्ष कैद र रू।६०,०००।-जरिवाना हुने ठहराएको सुरू पर्सा जिल्ला अदालतको मिति २०७३।३।६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी रामबाबु महतोको हकमा अ।बं। २०५ नं। प्रयोग भई प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही सात वर्ष कैद र रू।५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना हुने र प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई समेत अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ७ नं।बमोजिम जनही थप दुई वर्ष कैद गर्नेलगायतका अरूमा सुरू जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर र प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको मिति २०७४।१२।२० को
फैसला ।
सुरू उजुरी कर्ता रामबाबु गुप्ताले गरेको उजुरी निवेदनमा म पुनरावेदक प्रतिवादीउपर कुनै शङ्कासम्म गरेको पाइँदैन; साथै निजले दिएको थप निवेदनमा समेत मेरो नाम उल्लेख छैन । मौकाको सनाखत कागजमा समेत मेरो नाम उल्लेख गरेको पाइँदैन । पीडित रितेशकुमारले दिएको सुरूको मिति २०७१।५।१९ को जाहेरी दरखास्तमा मेरो नामसम्म उल्लेख गरेको पाइँदैन; मौकामा दिएको जाहेरी दरखास्तमा नामसम्म उल्लेख गर्न नसकेको व्यक्तिलाई पछि आएर दिएको मिति २०७१।६।२१ को थप जाहेरी दरखास्तमा समेत जाहेरवालाले मउपर किटानी गर्न नसकी "खुल्न आएकाले" भन्ने भाषा प्रयोग गरिनुले उक्त जाहेरी दरखास्त जाहेरवालाले अन्य व्यक्तिहरूको बहकाउमा लागी मलाई मुद्दामा फसाउने मात्र उद्देश्यका साथ दर्ता गराएको देखिन्छ । साथै अदालतबाट निज पीडित भनिएका जाहेरवालालाई पटक-पटक झिकाई बकपत्र गराउन खोज्दा निज उपस्थित नहुनुले समेत उल्लिखित जाहेरी दरखास्तले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रामाणिक महत्त्व राख्न नसक्ने भएको हुँदा सो आधारमा मलाई कसुरदार कायम गरी सजाय गर्न मिल्दैन । म पुनरावेदकले मौकामा आफ्नो भएको वास्तविकता दर्साई बयान गरेको छु; वास्तविकता दर्साउनु भनेको अपराध स्वीकार गर्नु होइन; अपराध स्वीकार गर्नु र तथ्यसम्म उल्लेख गर्नु नितान्त फरक विषयहरू हुन । मउपर कसुर कायम गर्नको लागि अन्य सहअभियुक्तको बयानलाई आधार ग्रहण गरेको देखिन्छ; सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्नको लागि अन्य स्वतन्त्र प्रमाणले उक्त पोललाई प्रमाणित गर्नुपर्ने हुन्छ । म सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेको व्यक्ति, प्रतिवादीमध्येका सुरेन्द्र ठाकुर सोही बलको परिचर पदमा कार्यरत व्यक्ति भएका कारण निजसँग मेरो चिनाजानी भएको हुँदा सोही चिनाजानीका कारण निजको अनुरोधमा मैले निजले भनेको व्यक्तिले वीरगन्जबाट बारासम्म पठाएको रू।२०००।- तत्कालीन अवस्थामा निजसँग नागरिकतालगायतका कागजात नभएको र श्रीमती बिरामी भएकोले तुरून्त रकम आवश्यक परेको भनी अनुरोध गरेको हुँदा सोही विश्वासमा परी आफूसँगै कार्यरत अफिस स्टाफ निज सुरेन्द्र ठाकुरको अनुरोधलाई इन्कार गर्न नसकी आफ्नो नाउँमा आएको उक्त रकम निकाली निजलाई दिएकोसम्म कुरालाई मउपर कसुर कायम गर्ने आधार हुन सक्दैन । अनुसन्धानकर्ता प्रहरीले मौकामा कागज गराई बुझिएका मानिस रामप्रसाद घिमिरे, राजेन्द्रकुमार पटेल, मनोज साह तेलीसमेत जना ३ को कागज गराई मसमेतको नाम उल्लेख गरी आपराधिक कार्यमा संलग्नता देखाउन खोजिएकोमा वादीका साक्षीलाई उपस्थित गराई बकपत्र गराउने आदेश भएकोमा ठाकुरप्रसाद साह कानुलाई सम्म साक्षीको रूपमा वादी पक्षले अदालतमा उपस्थित गराई बकपत्र गराएको देखिन्छ; निजले घटना विवरण कागजमा बेहोरा मैले लेखाएको होइन, सहीछाप मेरो होइन भन्दै सम्पूर्ण कागज बेहोरालाई खण्डित गरी बकपत्र गरेको अवस्था छ । प्रमाण ऐन, २०३१ को दफा २५ ले वादी दाबी प्रमाणित गर्ने भार वादी नेपाल सरकारको हुनुपर्नेमा सोतर्फसमेत विचारै नगरी बिना आधार प्रमाण मलाई कसुरदार कायम गर्ने गरी भएको फैसला आफैँमा बदरभागी छ । त्यसैगरी मेरो विरूद्ध प्रतिवेदन दिने प्र।ना।नि। रूद्रराज कँडेलले अदालतमा आई गरेको बकपत्रमा मेरो पूरा नाम उल्लेख गर्न नसकी कल डिटेल्सको एनालाइसिस गर्दै जाँदा गिरी थरका सशस्त्र प्रहरीका एक प्र।स।नि।समेत एक परिचर र अन्य प्रतिवादीहरूसमेत पक्राउ परेका हुन भनी उल्लेखसम्म गरेको अवस्था छ । अतः उल्लिखित आधार र प्रमाणहरूका आधारमा चिनजान एवं बोलचालसमेत नभएका जाहेरवालाको झुठा एवं बनावटी जाहेरी दरखास्तलाई ग्रहण गरी मेरो अधिकारप्राप्त अधिकारीसमक्षको बयान र अदालतसमक्ष भएको बयान एवं विपक्षी नेपाल सरकारका साक्षीको रूपमा रहेका कागज गर्ने व्यक्तिले गरेको बकपत्र एवं अन्य प्रमाणहरूको विवेचना र विश्लेषणसमेत नगरी ७ (सात) वर्ष कैद र रू। ५०,०००।- जरिवाना हुनुको साथै ऐ। महलको ७ नं। अनुसार थप २ वर्ष कैद हुने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी भएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसला उल्टी गरी पुनरावेदन जिकिरबमोजिम प्रस्तुत मुद्दाबाट पूर्णतः सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सिताराम गिरीको यस अदालतमा परेको पुनरावेदन ।
प्रतिवादी सुरेन्द्र ठाकुर र अरविन्दकुमार मण्डलबाहेक जाहेरवाला र अन्य को हुन के गर्छन मैले चिनेको छैन; उहाँहरूको बारेमा मलाई कुनै जानकारी छैन; मेरो घरनजिक नन्दु साहको कोठा हुँदैमा चिनेको भन्दै अनुमानको आधारमा अपराध गरेको ठहर गर्न मिल्दैन । प्रहरीले करकापपूर्ण ढङ्गले लेखाएको बयानलाई आधार बनाई फैसला गरिएको अवस्था छ; अपहरणको योजनामा मेरो संलग्नता छैन; अरू कसकसले अपराध गरे सोबारेमा मलाई थाहा भएन । अपराध ठहर गर्नका लागि वस्तुनिष्ट प्रमाणले प्रमाणित हुनै पर्दछ । जाहेरवालाका पिता रामबाबु गुप्ताले मिति २०७१।५।१० गते खोजतलास गरिपाउँ भनी निवेदन दिएको र मउपर किटानी उजुरी छैन । अजयकुमार रायलाई झिकाई बुझिएको अवस्था पनि छैन । फिरौती रकम माग्न तथा अपहरण वारदातमा प्रयोग भएको मो।नं। ९८१९६२४०२२ सिम जोहरा खातुनकै नाउँमा थियो कि थिएन भन्नेसम्म बुझिएको छैन । मुलुकी ऐन, अ।बं। १७३ नं।अनुसारको कार्यविधिको पालना नगरी एक जना व्यक्ति मात्र राखी मिति २०७१।०६।३१ गते गरिएको सनाखत कागज वनावटी हो । अभियोग दाबी लिँदा को कस्ले के कस्तो अपराध गरेको छ, सोबापत के कस्तो दायित्व लिनुपर्ने निर्क्यौल गर्नुपर्नेमा फौजदारी न्यायको सिद्धान्तको विपरीत अभियोग दाबी लिएको प्रस्ट छ । अदालतमा भएको मेरो स्वतन्त्र बयानलाई मात्र प्रमाणको आधार बनाइनुपर्नेमा प्रहरीमा गराइएको बयान र प्रहरी प्रतिवेदनलाई मात्र आधार मानी गरिएको पर्सा जिल्ला अदालतको फैसला र सोहीलाई आधार बनाई ठहर गरिएको उच्च अदालतको फैसला त्रुटिपूर्ण छ । मेरो साक्षी हरिलाल यादवले मेरो इन्कारी बयानलाई समर्थन गरी बकपत्र गरिदिएका छन । वादीका साक्षीहरूले प्रहरी आफैँले लेखी ल्याएको बेहोरामा हाम्रो नाम, थर, सोधी, लेखी सहीछाप गराएको हो भनी बकपत्र गरेका
छन । अन्य सबुत प्रमाणहरूबाट वादी दाबी समर्थित हुन नआएकाले यस्तो शङ्काजन्य स्थितिमा अपहरण गरी बन्धक बनाए होला भनी अनुमान गरी सजाय गर्नु न्यायोचित हुँदैन । प्र।ना।नि। रूद्रराज कँडेलको प्रतिवेदनमा पर्सा जिल्लाको शंकर सरैया गा।वि।सं। अन्तर्गत पर्ने जङ्गलमा बन्धक बनाइएको भनी पेस गरेको भने निजले मिति २०७१।५।१९ मा पेस गरेको प्रतिवेदनमा पर्सा जिल्लाको बागवाना जङ्गलमा बन्धक बनाइएको भनी अपहरण स्थल फरकफरक देखाइएको वारदात भएको कुरा नै शङ्काको घेरामा छ । मुख्य योजनाकार जेलभित्र बस्ने प्रमोद भन्ने नन्दु साह रहेको भन्ने प्र।ना।नि। रूद्रराज कँडेलको प्रतिवेदन रहेको छ र सोहीअनुसार नन्दु साहलाई योजनाकार भनी फैसलामा कसुर ठहर गरी सजाय गरिएको अवस्था छ भने अर्का व्यक्ति भारतीय टेक कन्सल्टेन्सी कम्पनी पटनाका सञ्चालक अजयकुमार रायका सम्बन्धमा अनुसन्धान गरिएको छैन । म पुनरावेदकले अजयकुमार रायलाई नचिनेको र प्रस्तुत अपराधमा संलग्न नभएकोले म पुनरावेदक निर्दोष छु । विभिन्न व्यक्तिले फोन, मो। सम्पर्क गरेको भनी क्अल्ल डेत्ऐल्स नम्बरहरू मिसिल संलग्न राखिए पनि सो आधारमा मात्र गम्भीर फौजदारी अभियोगमा ठहर गर्न मिल्दैन । व्ओइक्ए र्एक्ओर्द पनि गरिएको छैन । अपराध गरेकै भए मैले कसलाई फिरौती को सँग, कुन मितिमा कति रकम मागेको हो? प्रमाणको रूपमा वादीबाट पेस गर्न सक्नुपर्दथ्यो । भारतबाट सम्पर्क गरिएको मात्र भनी आरोप लगाइएको छ । बरामदी मुचुल्का मेरा विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन किनकि ९८१६२८०४७० को नं। मिति २०७१५६ देखि २०७१।५।१९ सम्म प्रयोग भएको छैन; ८१९६२४०२२ मा सम्पर्क गरेको पनि छैन; यस्ता क्अल्ल डेत्ऐल्स मेरा विरूद्धमा प्रमाण लगाउन कानूनतः मिल्दैन । शङ्काको सुविधा अभियुक्तले पाउने भन्ने न्यायिक सिद्धान्त हो; मुद्दाका तथ्यहरू परस्पर बाझिएमा, विरोधाभास देखिएमा दाबीबमोजिमका आरोप तथ्यहरू प्रमाणबाट स्थापित नभएमा अभियोग दाबीबमोजिम दोषी ठहर गर्न मिल्दैन । तसर्थ माथि उल्लिखित तथ्य र जिकिरहरू, फौजदारी न्यायको मान्य सिद्धान्त, अपहरण गर्ने, शरीर बन्धक लिनेको तथा सङ्गठित अपराधको कसुर कायम हुनका लागि विद्यमान हुनुपर्ने तथ्य प्रमाणको अभाव, प्रतिपादित नजिर, वादीका साक्षीको होस्टाइल बकपत्रसमेतका आधारमा म पुनरावेदक निर्दोष भएको प्रस्ट भएकोले हचुवा अभियोग दाबीका आधारमा मलाई ९ (नौ) वर्ष कैद र रू। ५०,०००।- (पचास हजार) जरिवाना हुने ठहर्याएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जयचन्द्रप्रसाद साह कानुको यस अदालतमा परेको पुनरावेदन ।
म पुनरावेदक सुरेन्द्र ठाकुरले जाहेरवाला रितेसलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती मागेको भन्ने कुरालाई पुष्टि हुने गरी वादी पक्षले कुनै प्रमाण पेस गर्न सकेको छैन । सुरू अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष जबरजस्ती गराइएको साबिती बयान र प्रहरीको प्रतिवेदनलाई मात्र आधार बनाई मलाई दोषी ठहर गरेको फैसला न्यायोचित छैन । फौजदारी मुद्दामा अभियोग लगाएर मात्र हुँदैन, सो कुरा वस्तुनिष्ठ रूपमा पुष्टि हुनुपर्दछ । मेरो साक्षी दिपेन्द्र ठाकुरले मेरो इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गरेको छ भने वादीको साक्षी ठाकुरप्रसाद साह र रामसेवक महतोले वादी दाबी खण्डन हुने गरी होस्टाइल बकपत्र गरेको छ । जाहेरवालाले मलाई यकिन गर्न नसकेको र शङ्का मात्र व्यक्त गरेको अवस्था छ; शङ्का गरेर मात्र हुँदैन फौजदारी प्रकृतिको अपराधमा अन्य स्वतन्त्र प्रमाणद्वारा अपराध गरेको पुष्टि हुनुपर्दछ तर वादी पक्षले प्रमाणद्वारा मैले अपराध गरको पुष्टि गर्न सकेको छैन । भारतको टेक कन्सल्टेन्सीका सञ्चालक अजयकुमार राय प्रस्तुत अपराधमा संलग्न प्रमुख देखिन्छन्, उनैबाट सबै कार्य भएको रामबाबु गुप्ताको निवेदनसमेतबाट देखिन्छ; उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको
छैन । कुनै व्यक्तिउपर अभियोग लगाउनु मात्र कसुरदार ठहर गर्न र सजाय गर्नका लागि पर्याप्त हुँदैन, सो कुरा स्वतन्त्र, ठोस तथा शङ्कारहित प्रमाणहरूबाट पुष्टि हुनुपर्दछ । जाहेरवालाको पिता रामबाबुले मिति २०७१।५।१० गते निवेदन दिँदा म पुनरावेदक सुरेन्द्र ठाकुरले निजको छोरा रितेशलाई अपहरण गरी बन्धक बनाइराखेको भन्ने कुरा उल्लेख गर्नु भएको छैन । खोजतलासको निवेदन दिने निवेदकले अदालतसमक्ष उपस्थित भई बकपत्र गरेका छैनन । बन्धकस्थलबाट हतियार, डोरी, लाठी बरामद गरिएको पनि छैन; लामो समयसम्म जङ्गलको कुन कुन ठाउँ या घर भए कसको घरमा बन्धक बनाएका हो? सो स्थान देखाउन सकेको छैन । केवल अनुसन्धानको क्रममा लेखाइदिएको अभियोजन पक्षको दाबीका आधारमा र सोही बेहोरालाई नै सर्वोत्तम प्रमाण मानी त्यसैको आधारमा मलाई सजाय गर्न मिल्दैन । बन्धक बनाएको कतैबाट वस्तुनिष्ट रूपमा प्रमाणित भएको छैन । शङ्काको सुविधा अभियुक्तले पाउने न्यायको सिद्धान्त रहेको छ । टेस्त एविदेन्क्ए (विज्ञानयुक्त प्रमाण), प्रदर्शनीय प्रमाण (आकृति, रेखाचित्र फोटो आदि), निश्चयात्मक प्रमाण केही छैन । मिति २०७१।६।२१ को दोस्रो जाहेरीमा जाहेरवालाले मलाई नदेखेको कुरा उल्लेख गर्नुले शङ्का उत्पन्न भएको अवस्था छ । त्यसैगरी प्र।ना।नि। रूद्रराज कँडेलले अदालतमा भएको बकपत्रमा प्रतिवादी जयचन्द्र साह र सुरेन्द्र ठाकुरको पूर्वचिनाजान थिएन भनी बकपत्र गरेको अवस्था छ । विपक्षी वादीका साक्षीले वादी दाबी खण्डन हुने गरी गरेको बकपत्रले मिसिल सामेल रहेका घटना विवरण कागजातसमेत संदिग्ध एवं शङ्का गर्ने प्रशस्त ठाउँहरू भएको अवस्थामा अभियोग दाबी वस्तुनिष्ट रूपमा प्रमाणित भएको छैन । अतः माथि उल्लिखित तथ्य र जिकिरहरू, फौजदारी न्यायको मान्य सिद्धान्त, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको तथा सङ्गठित अपराधको कसुर कायम हुनका लागि विद्यमान हुनुपर्ने तथ्य, प्रमाणको अभाव, प्रतिपादित नजिर, वादीका साक्षीको बकपत्रसमेतका आधारमा म पुनरावेदक निर्दोष भएको प्रस्ट भएकोले हचुवा अभियोग दाबीका आधारमा मलाई ९ (नौ) वर्ष कैद र रू।५०,०००।- (पचास हजार) जरिवाना गरेको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुरेन्द्र ठाकुरको यस अदालतमा परेको पुनरावेदन ।
प्रस्तुत मुद्दामा प्रतिवादीहरूले पीडित रितेशकुमारलाई योजनाबद्ध रूपमा अपहरण गरी आपराधिक समूहका सदस्यहरूबिच हस्तान्तरण गर्दै जङ्गलमा लगी फिरौती माग्ने गरेको कार्य सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २ (घ), (छ) र ऐ। को दफा ३(३) समेतका आधारमा सङ्गठित अपराध भएको पुष्टि भइरहेकोमा कसुर ठहर भएका प्रतिवादीहरूका हकमा ऐ। ऐनको दफा ९(क) बमोजिम थप सजाय नगरेको हदसम्म त्रुटिपूर्ण
छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २(घ) मा आपराधिक समूहको रूपना प्रत्यक्ष वा परोक्ष रूपमा परिच्छेद २ मा उल्लिखित सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपालबाहिर रहे भएको सङ्गठित वा असङ्गठित तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूहलाई परिभाषित गरेको छ । सोही ऐनमा सङ्गठित अपराध भन्नाले परिच्छेद-२ बमोजिमको अपराध सम्झनुपर्छ भनिएको छ । परिच्छेद-३ मा प्रचलित कानूनबमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरसमेतलाई सङ्गठित अपराधका रूपमा ग्रहण गरिएको छ । ऐनको दफा ३ मा कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेमा निजले सङ्गठित अपराध गरेको मानिने किटानी व्यवस्था छ । प्रस्तुत अपराध १० जना प्रतिवादीहरूको संलग्नता रहेको देखिन्छ । सबै प्रतिवादीहरूले आ-आफ्नो भूमिकाअनुसार कसुर गराउनमा योगदान गरेका छन । पीडित परिवारबाट रू।५० लाख फिरौती मागिएकोबाट अपराधको अभीष्ट आर्थिक प्राप्ति देखिन्छ । यिनै प्रतिवादीहरूको हातबाट पीडितको अपहरण भएको तथ्यमा सुरू र उच्च अदालत सन्तुष्ट रही सजाय निर्धारणसमेत गरेका
छन । यसरी लामो तयारी, सञ्जालको निर्माण र आपसी सञ्चार तथा सहकार्यबाट प्रस्तुत कसुर गरिएको तथ्य सिद्ध भएकोले यस वारदातलाई अपहरण तथा शरीर बन्धकको सामान्य अपराधको रूपमा मात्र लिनु अपर्याप्त एवं सङ्गठित अपराध निवारण ऐन, २०७० को परिच्छेद-२ र परिच्छेद-३ को व्यवस्थाविपरीत हुन्छ । वादी दाबीबाट सफाइ पाएका प्रतिवादी दिपेन्द्र ठाकुरको हकमा निजका नाममा दर्ता रहेको मोबाइल नं। को प्रयोग अपराधमा भइरहेको तथ्य मिसिल संलग्न कागजातबाट प्रस्ट भइरहेको छ । कल डिटेलमा उल्लिखित ९८११२४७४७७ नं। को मोबाइलको प्रयोगकर्ता निज नै रहे भएको खुलेको छ । पीडितलाई अपहरण गरी फिरौती असुल्ने प्रयोजनका लागि सो नं। को समेत प्रयोग भएको पाइन्छ । घटनाको समुचित अनुसन्धानपछि नै निजलाई प्रतिवादी बनाइएको अवस्था छ । निजले अदालतमा उपस्थित हुँदा इन्कारी बयान गरे तापनि सो इन्कारी ठोस सबुत प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निजलाई वादी दाबीबाट सफाइ दिने गरी भएको फैसला फौजदारी न्यायको मान्यताविपरीत छ । अतः उल्लिखित आधार, कारणबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसला त्रुटिपूर्ण देखिँदा सो बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।
यसमा वादी नेपाल सरकार तथा प्रतिवादीहरूसमेतको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रतिवादीहरूको पुनरावेदनको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नेपाल सरकारको पुनरावेदन पुनरावेदक प्रतिवादीलाई सुनाई अनुपस्थित प्रतिवादीसमेत झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।३।१ को आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सिताराम गिरीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री धनन्जय खनाल, श्री राधाकृष्ण पाठक, श्री प्रकाश बस्नेत, श्री कमलकुमारी भारती र श्री जितेन्द्रबहादुर पाण्डेले पीडित रितेशकुमारले दिएको मिति २०७१।५।१९ को सुरूको जाहेरी दरखास्तमा प्रतिवादी सिताराम गिरीको नाम उल्लेख छैन । अदालतबाट निज पीडित भनिएका जाहेरवालालाई पटकपटक झिकाई बकपत्र गराउन खोज्दासमेत निज पीडित व्यक्ति उपस्थित भएका छैनन । मौकामा कागज गरेका वादीका साक्षीले सम्पूर्ण कागज बेहोरालाई खण्डित गरी बकपत्र गरेको अवस्था छ; यी प्रतिवादीउपर सहप्रतिवादीले गरेको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन सकेको पनि छैन । यस्तो अवस्थामा प्रतिवादी सीताराम गिरीको चिनजान एवं बोलचालसमेत नभएका जाहेरवालाको झुठा एवं बनावटी जाहेरी दरखास्तलाई ग्रहण गरी प्रतिवादीको अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष भएको बयान एवं वादीका साक्षीले गरेको बकपत्र एवं अन्य प्रमाणहरूको विवेचना एवं विश्लेषणसमेत नगरी भएको उच्च अदालतको फैसला उल्टी गरी प्रतिवादी सिताराम गिरीले सफाइ पाउनुपर्दछ भनी तथा पुनरावेदकप्रतिवादी सुरेन्द्र ठाकुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री धनन्जय खनालले प्रतिवादी सुरेन्द्र ठाकुरले जाहेरवाला रितेसलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती मागेको भन्ने कुरालाई पुष्टि हुने गरी वादी पक्षले कुनै पनि प्रमाण पेस गर्न सकेको छैन । फौजदारी मुद्दामा अभियोग लगाएर मात्र हुँदैन, सो कुरा वस्तुनिष्ठ प्रमाणबाट पुष्टि
हुनुपर्दछ । अधिकारप्राप्त अधिकारीसमक्ष जबरजस्ती गराइएको साबिती बयान र प्रहरीको प्रतिवेदनलाई मात्र आधार बनाई प्रतिवादी सुरेन्द्र ठाकुरलाई दोषी ठहर गरेको फैसला न्यायोचित छैन । भारतको टेक कन्सल्टेन्सीका सञ्चालक अजयकुमार राय प्रस्तुत अपराधमा संलग्न प्रमुख कसुरदार देखिएकोमा उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको अवस्था पनि छैन । घटनास्थलबाट हतियार, डोरी, लाठी बरामद गरिएको पनि छैन; विपक्षी वादीका साक्षीले अभियोग दाबी खण्डन हुने गरी गरेको बकपत्रले मिसिल सामेल रहेका घटना विवरण कागजातसमेत संदिग्ध एवम शङ्का गर्ने प्रशस्त ठाउँहरू भएको अवस्थामा अभियोग दाबी वस्तुनिष्ट रूपमा प्रमाणित भएको छैन । तसर्थ, फौजदारी न्यायको मान्य सिद्धान्त, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको तथा सङ्गठित अपराधको कसुर कायम हुनका लागि विद्यमान हुनुपर्ने तथ्य, प्रमाणको अभाव, वादीका साक्षीको होस्टाइल बकपत्रसमेतका आधारमा पुनरावेदक प्रतिवादी सुरेन्द्र ठाकुर निर्दोष भएको प्रस्ट देखिएको हुँदा उच्च अदालतको फैसला बदर गरी यी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत
सुनियो ।
पुनरावेदकवादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले प्रस्तुत वारदातमा १० जना प्रतिवादीहरूको संलग्नता रहेको देखिन्छ; सबै प्रतिवादीहरूले आ-आफ्नो भूमिकाअनुसार कसुर गराउनमा योगदान गरेका छन्; प्रतिवादीहरूको लामो तयारी, सञ्जालको निर्माण र आपसी सञ्चार तथा सहकार्यबाट प्रस्तुत कसुर गरिएको तथ्य सिद्ध भएकोले वारदातलाई अपहरण तथा शरीर बन्धकको अपराधको रूपमा मात्र लिई कसुर कायम भई सजाय हुनु सङ्गठित अपराध निवारण ऐन, २०७० को व्यवस्थाविपरीत हुन्छ । कसुरमा सफाइ पाएका प्रतिवादी दिपेन्द्र ठाकुरको नाममा दर्ता रहेको मोबाइल नं। ९८११२४७४७७ को प्रयोग गरी अपराध भएको तथ्य मिसिल संलग्न कागजातबाट प्रस्ट देखिन्छ; पीडितलाई अपहरण गरी फिरौती असुल्ने प्रयोजनका लागि सो मोबाइल नं। को समेत महत्त्वका साथ प्रयोग भएको तथ्य कल डिटेलबाट देखिन्छ; निजले अदालतमा उपस्थित हुँदा इन्कारी बयान गरे तापनि सो इन्कारी ठोस सबुत प्रमाणबाट पुष्टि हुन सकेको छैन । प्रतिवादीहरूले पीडित रितेशकुमारलाई योजनाबद्ध रूपमा अपहरण गरी आपराधिक समूहका सदस्यहरूबिच हस्तान्तरण गर्दै जङ्गलमा लगी फिरौती माग्नेलगायत गरेको कार्य सङ्गठित अपराध निवारण ऐन, २०७० विपरीतको अपराध भएको पुष्टि भइरहेको अवस्थामा पनि कसुर ठहर भएका प्रतिवादीहरूका हकमा ऐ। ऐनको दफा ९(क) बमोजिम थप सजाय नगरेको हदसम्मको तथा प्रतिवादी दिपेन्द्र ठाकुरलाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म उक्त फैसला उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
उपर्युक्त तथ्यगत विषय र दुवै पक्षको तर्फबाट प्रस्तुत भएको बहस जिकिर सुनी मिसिल कागजसमेत अध्ययन गरी निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दामा देहायको प्रश्नहरूको निरूपण गर्नुपर्ने देखियो:
(क) प्रतिवादीहरूको कसुरमा के कस्तो संलग्नता रहेको देखिन्छ?
(ख) प्रतिवादीहरूले गरेको कार्य सङ्गठित अपराध निवारण ऐन, २०७० भित्रको कसुर हो वा होइन?
(ग) उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट भएको फैसला मिलेको छ वा छैन? र पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन?
२। निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सिताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू, अजयकुमार राय, (फरार भारतीय नागरिक) र दिपेन्द्र ठाकुर (पुरक अभियोगबाट) उपर मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुरमा सोही महलको ३ नं।अनुसार सजाय गरी ऐ। महलको ७ नं।अनुसार थप सजाय हुन र सोही महलको १२ नं।अनुसार निज प्रतिवादीहरूबाट पीडित रितेशकुमारलाई क्षतिपूर्ति दिलाई भराइपाउँ एवं यी सम्पूर्ण प्रतिवादीहरूउपर सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३(२) द्वारा निषेधित दफा ३(३) को कसुरमा सोही ऐनको दफा ९(क) बमोजिम थप सजायसमेतको अभियोग दाबी भएकोमा सुरू अदालतबाट प्रतिवादीहरू प्रमोद भन्ने नन्दु शाह, जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतका जना-४ लाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं।अनुसार जनही ८ (आठ) वर्ष कैद र सोही महलको ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैदसमेत गरी जनही १० वर्ष कैद तथा जनही रू।६०,०००।- जरिवाना हुने, प्रतिवादीहरू सुरेन्द्र ठाकुर, सिताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार र भोजा थारूसमेतका जना-५ लाई ऐ। ३ नं।अनुसार जनही ७ (सात) वर्ष कैद र सोही महलको ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैद गरी जनही ९ वर्ष कैद तथा जनही रू।५०,०००- जरिवाना हुने एवं सोही महलको १२ नं।बमोजिम कसुर ठहर भएका जना-९ प्रतिवादीहरूबाट जाहेरवालाले दामासाहीले रू।९,१००।- क्षतिपूर्ति भराइपाउने, भारतीय नागरिक प्रतिवादी अजयकुमार राय आफैँ हाजिर नभएको तथा पक्राउ परी पेस पनि नभएकोले केही गरिरहनु नपर्ने, प्रतिवादी दिपेन्द्र ठाकुरले अभियोग दाबीबाट सफाइ पाउने, प्रतिवादीहरूउपरको सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३(३) को देहाय (क) अनुसारको कसुरमा ऐ। ऐनको दफा ९(क) बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीहरूको तर्फबाट समेत दोहोरो पुनरावेदन परेकोमा उच्च अदालतबाट सुरू अदालतको फैसला केही उल्टी गरी प्रतिवादी रामबाबु महतोको हकमा अ।ब। २०५ नं। को प्रयोग गरी तथा प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही ७ (सात) वर्ष कैद र रू। ५०,०००- जरिवाना हुने तथा प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई समेत अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ७ नं।बमोजिम जनही थप २ वर्ष कैद गर्नेलगायतका अरू विषयमा सुरू फैसला सदर हुने ठहरी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसलामा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम प्रतिवादीलाई थप सजाय नभएको तथा प्रतिवादी दिपेन्द्र ठाकुरले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याएको फैसलाउपर वादी नेपाल सरकारको तथा अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भनी प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, सिताराम गिरी र सुरेन्द्र ठाकुरको प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
३। म जाहेरवाला पीडितलाई अजयकुमार रायले सिमरा स्थित हुलास स्टिलमा काम गर्ने प्रस्ताव राखी मैले पनि स्वीकार गरेकोमा रक्सौल रेल्वे ढालानिर आई बस्नु भनेकोमा निज अजय कुमारको मान्छे आई वीरगन्ज घण्टाघर लिएर आएको; त्यसपछि अर्को मानिसले मलाई टेम्पो चढाई परवानीपुर बजारमा लगी सो ठाउँबाट अर्को व्यक्तिले मोटरसाइकलमा मलाई बिचमा राखी पछाडि निज मलाई लिई आउने मानिस बसी मोटरसाइकलमा लगी जङ्गलमा पुर्याई तीन जना पुरूष व्यक्तिहरूको जिम्मा लगाएको र ती तीन जनाले मलाई बाँधी कुटपिट गर्दै जङ्गलभित्र लगी बन्धक बनाइराखेको, सो ठाउँमा राखेको ५ दिनपछि बुबासँग कुरा गराई बुबाबाट पैसा मागेको, मिति २०७१।५।१९ गते बिहान ४।०० बजेतिर प्रहरी जङ्गलमा पसी खोज्दै गरेको थाहा पाई निजहरूले मलाई छोडी भागेको र मलाई प्रहरीले उद्धार गरेको हुँदा मलाई अपहरण गरी बन्धक बनाइराख्ने प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भनी जाहेरी दिएको देखिन्छ । त्यस्तै जाहेरवाला पीडितको बाबु रामबाबु गुप्ताले समेत म निवेदकको छोरालाई अजयकुमार रायले सिमरा स्थित हुलास स्टिलमा काम लगाइदिन्छु भनी बोलाएकोले निज रितेशकुमार नोकरी गर्न जान्छु भनी घरबाट हिँडेकोमा घरमा नआएको र बेखबर भएकोले म सिमरा स्थित हुलास कम्पनीलगायतका विभिन्न फ्याक्ट्रीहरूमा सम्पर्क गरी छोराको सोधखोज गर्दा पत्ता नलागेकोमा आज मिति २०७१।५।१० गते मेरो छोराको मोबाइलबाट मेरो मोबाइलमा कसैले फोन गरी तिम्रो छोरा हामीहरूको कब्जामा छ रू।५०,००,०००।– तयार गर्नु, तिम्रो छोरा छोडिदिन्छु भनेकोले छोरा अपहरण भएको कुरा यकिन भएको हुँदा खोजतलास गरिपाउँ भनी निवेदन दिएबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
४। मिसिल संलग्न किटानी जाहेरी, बरामदी तथा खानतलासी मुचुल्का, सनाखत कागजातहरू, प्रतिवादीहरूको बयान, प्राप्त टेलिफोन कल डिटेलहरू तथा बुझिएका मानिसहरूको बेहोरालगायतका प्रमाणहरूको आधारमा विरूद्ध खण्डका प्रतिवादीहरूमध्ये प्रमोद भन्ने नन्दु साहको मुख्य योजना, सल्लाह एवं सक्रियतामा अन्य प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी, मुकेशकुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू, अजयकुमार रायसमेत मिली एकआपसको योजना र सल्लाहबमोजिम जाहेरवाला रितेशकुमारलाई छुट्काराबापतको रकम फिरौती लिने उद्देश्यका साथ मिति २०७१।५।६ देखि मिति २०७१।५।१९ सम्म १४ दिन अपहरण गरी, शरीर बन्धक बनाइराखेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुर अपराध गरेको देखिँदा प्रतिवादीहरूलाई सोही महलको ३ नं।अनुसार सजाय गरी ऐ। ७ नं।अनुसार थप सजाय हुन र ऐ। १२ नं।अनुसार प्रतिवादीहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइदिन र प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९(क) बमोजिमको सजायसमेत गरिपाउँ भन्ने मुल अभियोग दाबी तथा प्रतिवादी दिपेन्द्र ठाकुरको समेत जाहेरवाला रितेशकुमारलाई अपहरण गरी, शरीर बन्धक बनाइराख्ने कार्यमा संलग्नता रहेको देखिँदा निजको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं। को कसुर अपराध देखिँदा निजलाई समेत सोही महलको ३ नं।अनुसार सजाय गरी ऐ। ७ नं।अनुसार थप सजाय हुन र ऐ। १२ नं।अनुसार निजबाट पीडित रितेशकुमारलाई क्षतिपूर्तिसमेत दिलाई भराइदिनुका साथै निज प्रतिवादी दिपेन्द्र ठाकुरलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९ (क) बमोजिमको सजायसमेत गरिपाउँ भन्ने पुरक अभियोग दाबी रहेको पाइयो ।
५। अब, पहिलो प्रश्न प्रतिवादीहरूको कसुरमा के कस्तो संलग्नता रहेको देखिन्छ? भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी प्रमोद भन्ने नन्दु साहको हकमा निजको यस अदालतमा पुनरावेदन नपरेको, प्रतिवादीहरू मुकेशकुमार महतो तथा अरविन्दकुमार मण्डलले यस अदालतमा पुनरावेदन गरी पुनरावेदन फिर्ता लीसकेको देखिएको, प्रतिवादीहरू भोजा थारू, बुधनराम चमार र रामबाबु महतोले सुरू म्याद गुजारी बसेको देखिएको तथा प्रतिवादी अजयकुमार राय भारतीय नागरिक भएकाले निज नेपाल सरहदभित्र फेला परेका बखत कानूनबमोजिम हुने नै भएकोले निज प्रतिवादीहरूको हकमा केही बोलिरहन परेन ।
६। पुनरावेदक प्रतिवादी सीताराम गिरीको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, पीडित रितेशकुमारले दिएको सुरूको मिति २०७१।५।१९ को जाहेरी दरखास्तमा मेरो नामसम्म उल्लेख गरेको पाइँदैन; मौकामा दिएको जाहेरी दरखास्तमा नामसम्म उल्लेख गर्न नसकेका व्यक्तिले दिएको मिति २०७१।६।२१ को थप जाहेरी दरखास्तमा समेत जाहेरवालाले मउपर किटानी गर्न सकेको छैन; पीडित भनिएका जाहेरवालालाई पटकपटक झिकाई बकपत्र गराउन खोज्दा निज उपस्थित नहुनुले समेत उल्लिखित जाहेरी दरखास्तले प्रामाणिक महत्त्व राख्न सक्तैन; सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्नको लागि अन्य स्वतन्त्र प्रमाणले उक्त पोललाई प्रमाणित गर्नुपर्ने हुन्छ; म पुनरावेदक प्रतिवादी नेपाल सरकार सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेको र प्रतिवादीमध्येका सुरेन्द्र ठाकुर सोही बलको परिचर पदमा कार्यरत व्यक्ति भएका कारण निजसँग मेरो चिनाजानी भएको र सोही चिनाजानीका कारण निजले भनेको व्यक्तिले वीरगन्जबाट मेरो नाउँमा बारा पठाएको रू।२,०००।- रकम निकाली निजलाई दिएकोसम्म कार्य मउपर कसुर कायम गर्ने आधार हुन सक्दैन । एउटै संस्थामा काम गर्ने भएकोले निजसँग चिनाजानी भएको एवं निज सुरेन्द्र ठाकुरसँग टेलिफोन सम्पर्क भएकोमा सो कुरालाई लिएर मप्रति पूर्वाग्रही भई अनुसन्धानकर्ताले मलाई पोलाई पोल्न लगाई झुठा अभियोग दर्ता गरिनु र कसुरदार कायम गरिनु एवं सजाय हुनु अन्यायपूर्ण छ; वादीका साक्षीले सम्पूर्ण कागज बेहोरालाई खण्डित गरी बकपत्र गरेको अवस्था छ; चिनजान एवं बोलचालसमेत नभएका जाहेरवालाको झुठा एवं बनावटी जाहेरी दरखास्तलाई ग्रहण गरी अधिकारप्राप्त अधिकारीसमक्षको बयान र अदालतसमक्ष भएको बयान एवं विपक्षी नेपाल सरकारका साक्षीको रूपमा रहेका कागज गर्ने व्यक्तिले गरेको बकपत्र तथा अन्य प्रमाणहरूको विवेचना र विश्लेषणसमेत नगरी मलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं। अनुसार ७ (सात) वर्ष कैद र रू। ५०,०००।- जरिवाना हुनुको साथै ऐ। महलको ७ नं। अनुसार थप २ (दुई) वर्ष कैद हुने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी भएको उच्च अदालतको फैसला उल्टी गरी प्रस्तुत मुद्दाबाट पूर्णतः सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सीताराम गिरीको पुनरावेदन जिकिर रहेको देखियो ।
७। मिति २०७१।५।६ गतेबाट अपहरण गरी बन्धक बनाइराखेका भारतीय नागरिक रितेशकुमारलाई मिति २०७१।५।१९ गतेका दिन अपहरणमुक्त गरिएको वारदातमा मिति २०७१।५।२१ गते प्रतिवेदन पेस गरी सो सम्बन्धमा थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेकोमा सो वारदातमा प्रयोग भएको ९८०७२६१६५७, ९८१३५७१४२२ र ९८४१६७९७५६ नं। को मोबाइलको युजर डिटेल विवरणअनुसार ९८४१६७९७५६ नं। को मोबाइल जिल्ला सिन्धुपाल्चोक गा।वि।सं। पालचोक–२ पुजारीचोक बस्ने सीताराम गिरीको नाममा वितरण भएको विवरण प्राप्त भएको; हाल पक्राउमा परेका सशस्त्र प्रहरी परिचर सुरेन्द्र ठाकुरले बताएअनुसार सो मोबाइल प्रयोगकर्तामध्ये क्षेत्रीय सशस्त्र प्रहरी बल, मुख्यालय रूद्र बाहिनी पथलैया बारामा स।प्र।स।नि। पदमा कार्यरत रहेका सीताराम गिरी हो भन्ने खुल्न आएको; निज स।प्र।स।नि। सीताराम गिरी पनि हाल पक्राउ परेका स।प्र।प। सुरेन्द्र ठाकुरसँगै सादा पोसाकमा खबर सङ्कलनको लागि खटिने गरेको; हाल पक्राउमा परेका जयचन्द्रप्रसाद साह कानु आपराधिक घटनामा संलग्न रहेको भन्ने निज स।प्र।स।नि। लाई पूर्वजानकारी रहेको; अपहरण कार्यमा संलग्न रहेका जयचन्द्रप्रसाद साह कानुसमेतले जाहेरवाला भारतीय नागरिक रितेशकुमारलाई अपहरण गर्ने योजना बनाएको कुरा तथा अपहरणपश्चात बन्धक बनाई राखी फिरौती माग्ने सिलसिलामा पनि सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद साह कानु, अरविन्द मण्डल र निज सीताराम गिरीसमेतले सल्लाह गरी रू।५०,००,०००।– माग गर्ने र सो फिरौती रकम लिनेसमेतको सल्लाह गरी फिरौती रकम मागेको भन्ने खुल्न आएकोले निज स।प्र।स।नि।समेत अपहरण गर्ने कार्यमा संलग्न रहेको बुझिन आएकोले निज सीताराम गिरीलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको भनी प्र।ना।नि। रूद्रराज कँडेलले मिति २०७१।५।२३ मा प्रतिवेदन दिएबाट यी पुनरावेदक प्रतिवादीउपर समेत अनुसन्धान भएको देखिन्छ । पीडितले आफू अपहरणमुक्त भएपश्चात मिति २०७१।५।१९ गते जाहेरी दिँदा तत्काल पक्राउमा परेका जयचन्द्र साह कानु, अरविन्द मण्डल तथा फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारू, सुरेन्द्र ठाकुरसमेतको नाममा जाहेरी दिएकोमा अनुसन्धानको क्रममा पक्राउ परेका थप व्यक्तिहरूमध्ये सुरेन्द्र ठाकुर र सीताराम गिरीलाई देखी, चिनी, सनाखत गरी, सो सम्बन्धमा बुझ्दा हाल पक्राउमा परेका जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, सीताराम गिरी र हाल फरार रहेका भोजा थारू, रामबाबु महतो, बुधनराम चमार तथा हाल कारागारमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साहसमेतको संलग्नतामा मलाई अपहरण गरी बन्धक बनाई राखी, फिरौती रकम मागेको भन्ने कुरा बुझिएको तथा सोमध्ये २०७१।५।६ गते हाल फरार रहेका रामबाबु महतोले भारत रक्सौलमा गई मलाई लिई आएको, अरविन्दकुमार मण्डलले हाल बरामद भई आएको लु।१३प ६५३५ नम्बरको मोटरसाइकलमा राखी जङ्गलमा पुर्याएको हो भने जयचन्द्रप्रसाद कानु दैनिक रूपमा म भएको ठाउँमा गई तिम्रो आमा-बुबालाई रकम माग भन्दै धम्की दिने तथा मिति २०७१।५।११ गते साँझ सीताराम गिरी, सुरेन्द्र ठाकुरसमेत पुगी आमा-बुबालाई पैसा माग नत्र भने तेरो ज्यान मारिदिन्छु भनी धम्की दिई मेरो बुबासँग फोन सम्पर्कसमेत गराएका थिए; सो वारदातमा पक्राउ परेका जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल र फरार रहेका बुधनराम चमार, भोजा थारू, रामबाबु महतो तथा वीरगन्ज कारागारमा थुनामा रहेका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साहसमेतको पूर्णरूपमा संलग्नता छ भन्नेसमेत बेहोरा खुलाई पीडित रितेशकुमारले मिति २०७१।६।२१ मा थप जाहेरी दरखास्त दिएको देखिन्छ ।
८। साथै प्रतिवादीमध्येका सुरेन्द्र ठाकुरले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा म, अरविन्दकुमार मण्डल र जयचन्द्रप्रसाद कानु मिली वीरगन्ज कारागारमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साहबाट भारतीय व्यक्तिहरूको नम्बर लिई सम्पर्क गरी नोकरी लगाइदिन्छु भनी नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई, राखी, फिरौती रकम लिई छाडिदिने र रकम बाँडिलिने भन्ने कुरा भई योजना बनाएका थियौं; अ।स।इ। सीताराम गिरीले समेत मिलेर गर, केही पर्यो भने म पनि साथ दिउँला भनेको; जाहेरवाला नेपालमा नोकरी गर्न आउने यकिन भएपछि रामबाबु महतो, बुधनराम चमार र भोजा थारूसमेतले जङ्गलमा लगी बन्धक बनाइराख्ने जिम्मा लिएको; म तथा जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डलसमेतले फिरौती रकम माग्ने, लिने, अरविन्दकुमारले मोटरसाइकलको व्यवस्था गरी जङ्गलसम्म पुर्याउने, रामबाबु महतोले रक्सौल गई जाहेरवालालाई साथमा लिएर आउने भन्ने भएअनुसार मिति २०७१।५।६ गते जाहेरवालालाई योजनाअनुसार अपहरण गर्न सफल भएका हौं । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई रक्सौलमा पठाई फिरौती रू।५०,००,०००।- माग्न लगाएको हो; बन्धक बनाइराख्ने साथीहरूलाई खर्चको आवश्यकता पर्यो भनेकोले मुकेशकुमार महतोबाट रू।२,०००।– मागी सो पैसा अ।स।इ। सीताराम गिरीले आई।एम।ई।बाट निकाली जयचन्द्रप्रसाद कानुलाई दिएको हो । जाहेरवालालाई बन्धक बनाई राखी फिरौती मागेको प्रहरीले थाहा पाई खोज्दै आएको छ भन्ने जानकारी पाएकोले मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई छाडिदिएको हो भनी तथा अर्का प्रतिवादी प्रमोद भन्ने नन्दु साहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला रितेशकुमारलाई अपहरण गरी बन्धक बनाइराखेको वारदातमा म तथा हाल पक्राउमा परेका सीताराम गिरी, सुरेन्द्र ठाकुर, जयचन्द्रप्रसाद कानुसमेतको संलग्नता रहेको छ; सो वारदातमा अरविन्दकुमार मण्डल, फरार रहेका बुधनराम चमार, रामबाबु महतो, भोजा थारू तथा अजयकुमार राय यादवसमेतको संलग्नता रहेको भन्ने कुरासमेत थाहा पाएँ; जयचन्द्रप्रसाद कानुलाई मैले अपहरण गर्ने तौरतरिका सिकाई भारतीय व्यक्तिहरूको नम्बरहरूसमेत दिएको हुँ; सीताराम गिरी पनि मलाई भेट्न आएकोले मिलेर काम गर्नु भनेको हुँ; मिति २०७१।५।६ गते जाहेरवालालाई अपहरण गरेपछि पनि काम भइसक्यो, पैसा माग्दैछ भनी भन्ने गरेको र मिति २०७१।५।१९ गते जाहेरवालालाई निजहरूले अपहरणमुक्त गरिदिएको हो भनी यी प्रतिवादी सीताराम गिरीलाई पोल गरी बयान गरेको देखिन्छ ।
९। त्यस्तै अर्का प्रतिवादी जयचन्द्रप्रसाद कानुले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गते अपहरण गरी मिति २०७१।५।१९ गतेसम्म बन्धक बनाई फिरौती रकम माग्नेमा म तथा अरविन्द कुमार मण्डल, सीताराम गिरी, सुरेन्द्र ठाकुर, हाल कारागार वीरगन्जमा थुनामा रेहका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साह, हाल फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेतको संलग्नता छ; जाहेरवालालाई अपहरण गर्ने मुख्य योजनाकार प्रमोद भन्ने नन्दु साह, सुरेन्द्र ठाकुर र अरविन्दकुमार मण्डल हुन भने अपहरणपछि बन्धक बनाइराख्ने, रकम लिने, खानेमा सीताराम गिरी, भोजा थारू, बुधनराम चमार, रामबाबु महतोसमेत सहमत भई अपहरण गरेको हो; प्रमोद भन्ने नन्दु साह कारागारमा थुनामा रहेको बेलामा म भेटघाट गर्न जाँदा निजले भारतीय नागरिकलाई नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई राखी फिरौती रकम लिई छाडिदिने र रकम बाँडी लिने खाने भन्ने कुरा भई भारतीय व्यक्तिहरूको सम्पर्क नम्बरहरू दिएकोमा सुरेन्द्र ठाकुर पनि सहमत भई भारतीय नागरिकलाई अपहरण गर्ने योजना बनाइएको थियो । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई भारत रक्सौलमा पठाई फिरौती रकम रू।५०,००,०००।– माग्न लगाएको हो भनी तथा प्रतिवादी अरविन्दकुमार मण्डलले जाहेरवाला रितेशकुमारलाई म तथा प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु र सुरेन्द्र ठाकुरसमेतको सल्लाहअनुसार अपहरण गरी बन्धक बनाएको हो; जाहेरवालालाई अपहरण गर्न मिति २०७१।५।६ गते रामबाबु महतो भारत रक्सौलमा गई साथमा लिएर आएपछि मैले परवानीपुर बजारबाट जाहेरवालालाई मोटरसाइकलमा राखी रामबाबु महतो पनि सोही मोटरसाइकलमा बसी मैले मोटरसाइकल हाँकी भोजा थारू र बुधनराम चमार भएको ठाउँसम्म पुर्याइदिएको हो । निज जाहेरवालालाई जङ्गलमा लगी साथीहरूले बन्धक बनाइराखेको र मिति २०७१।५।१० गतेका दिन म र रामबाबु महतो रक्सौलमा गई जाहेरवालाकै मोबाइलबाट निजको बुबासँग फोन सम्पर्क गरी रू।५०,००,०००।– फिरौती रकम मागी आएको हो; अ।स।इ। सीताराम गिरीसँग बसी फिरौती रकम माग्ने विषयमा कुराकानी भई फिरौती रकम मागेको हो; बन्धक बनाइराखेका साथीहरूलाई खर्च जुटाउने कुरा हुँदा हामीहरूसँग पैसा नभएकोले मैले नै साथीको श्रीमती बिरामी छ भनी मुकेशकुमार महतोसँग रू।२,०००।– आई।एम।ई। गरी सीताराम गिरीको नाममा मगाएको हो भनी यी प्रतिवादी सिताराम गिरीलाई समेत पोल गरी बयान गरेको देखिन्छ ।
१०। प्रतिवादी सीताराम गिरी अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दासमेत अभियोग दाबीको कसुर गरेकोमा इन्कार रहे तापनि वारदातमा प्रयोग भएको ९८०७२६१६५७, ९८१३५७१४२२ र ९८४१६७९७५६ नं। को मोबाइलको युजर डिटेल विवरणअनुसार ९८४१६७९७५६ नं। को मोबाइल जिल्ला सिन्धुपाल्चोक गा।वि।सं। पालचोक–२ पुजारीचोक बस्ने सीताराम गिरीको नाममा वितरण भएको विवरण प्राप्त भएको तथा पक्राउमा परेका सशस्त्र प्रहरी परिचर सुरेन्द्र ठाकुरले सो मोबाइल प्रयोगकर्ता मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल, मुख्यालय रूद्र बाहिनी पथलैया बारामा स।प्र।स।नि।पदमा कार्यरत रहेका सीताराम गिरी हुन भनी खुलाएको
देखिन्छ । सहअभियुक्तहरू अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, प्रमोद भन्ने नन्दु शाह र जयचन्द्रप्रसाद कानुले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी सीताराम गिरीसमेत जाहेरवाला रितेशकुमारलाई अपहरण गरी फिरौती रकम माग्ने कार्यको योजना एवं मतसल्लाहमा पसी सोसम्बन्धी कार्यमा संलग्न रहेको भनी पोल गरेको देखिन्छ । उक्त पोललाई यी प्रतिवादी सीताराम गिरीले अस्वीकार गरे तापनि सहअभियुक्तहरूले आफूलाई के कुन कारणले पोल गरेको हो भनी तथ्ययुक्त प्रमाणद्वारा खण्डन गर्न सकेको देखिँदैन । मौकामा आफूसमेत साबित भई पोल्ने सहअभियुक्तको पोललाई भरपर्दो प्रमाणको रूपमा नलिए तापनि अन्य परिस्थितिजन्य र प्रासङ्गिक प्रमाणहरूबाट त्यस्तो पोललाई समर्थन गरेमा सो हदसम्म प्रमाणमा लिनै नमिल्ने भन्ने हुँदैन । त्यस्तै सहप्रतिवादीले बन्धक बनाइराखेका साथीहरूलाई खर्चको आवश्यकता परेकोले प्रतिवादी सीताराम गिरीको खातामा मगाएको रू।२,०००।– रकम निज स।प्र।स।नि। सीताराम गिरीले आई।एम।ई।बाट निकाली जयचन्द्रप्रसाद कानुलाई दिएको हो भनी आफ्नो खातामा रू।२,०००।– आएको तथ्यलाई स्वीकारै गरेको देखिन्छ । सो रकम वारदातमा संलग्न व्यक्तिहरूका लागि खर्च हुने कुरा आफूले थाहा नपाएको भनी जिकिर लिए तापनि उक्त रकम के कुन प्रयोजनका लागि दिएको भनी प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइँदैन । प्रतिवादीहरूद्वारा वारदातको योजनाकार भनिएका प्रतिवादीमध्येका प्रमोद भन्ने नन्दु साहलाई यी प्रतिवादी सीताराम गिरीसहितका अन्य प्रतिवादी सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल, जयचन्द्रप्रसाद कानु र मुकेशकुमार महतोले सनाखतसमेत गरिदिएको पाइन्छ । प्रतिवादी सीताराम गिरीले जाहेरवाला रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती माग गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको भनी लिएको जिकिरका सम्बन्धमा तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि गर्न सकेको पाइँदैन । अपितु जाहेरवाला रितेशकुमारले प्रतिवादी सीताराम गिरीलाई समेत सनाखत गरिदिएको देखिन्छ । जाहेरवाला एवं पीडित रितेशकुमार अपहरणमा परेको सम्बन्धमा निवेदन गर्ने निजको बाबु रामबाबु गुप्ता भारतीय नागरिक भएको तथा निजहरूले बकपत्र नगरेको भए तापनि निजहरूको जाहेरी एवं निवेदन बेहोरा मिसिल संलग्न अन्य प्रमाण एवम तथ्यबाट समर्थित भएको सन्दर्भमा जाहेरी झुठा हो भनी लिएको पुनरावेदन जिकिरसमेत सान्दर्भिक देखिएन । पूर्वचिनजानसमेत नभएका पीडित जाहरेवालाले यी प्रतिवादीउपर झुठा जाहेरी दिनुपर्नेसम्मको आधार र कारणसमेत प्रतिवादी सीताराम गिरीले खुलाउन सकेको पाइँदैन । प्रतिवादी सीताराम गिरीले आफ्नो निर्दोषिता पुष्टि गर्न विभिन्न नजिर तथा कानूनी सिद्धान्तसमेतको आधार लिई पुनरावेदन जिकिर लिए तापनि फरक तथ्य र सन्दर्भमा प्रतिपादन भएका नजिर तथा सिद्धान्त प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुने देखिएन ।
११। यसरी, प्रतिवादी सीताराम गिरी अभियोग दाबीको कसुर गरेकोमा इन्कार रहे तापनि सहअभियुक्त अरविन्दकुमार मण्डल, सुरेन्द्र ठाकुर, प्रमोद भन्ने नन्दु साह र जयचन्द्रप्रसाद कानुले निज सीताराम गिरीको नाममा रू। २,०००।- ईंए गरी पठाएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादीलाई पोल गरी गरेको बयान, मिसिल संलग्न कल डिटेल, जाहेरवालाको किटानी जाहेरी दरखास्त, जाहेरवाला पीडित रितेशकुमारले यी प्रतिवादी सीताराम गिरीलाई गरेको सनाखत, पीडितका बाबु रामबाबु गुप्ताले दिएको निवेदन र प्र।ना।नि। रूद्र कँडेलको प्रतिवेदन एवं बकपत्रबाट यी प्रतिवादी जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती माग गर्ने कार्यमा संलग्न रही निज प्रतिवादीले अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुर गरेको देखिँदा निजको हकमा उच्च अदालतले गरेको फैसलालाई अन्यथा भन्न सकिने भएन ।
१२। पुनरावेदक प्रतिवादी जयचन्द्रप्रसाद कानुको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, अजयकुमार राय भारतीय नागरिक हो या होइन, उनलाई बुझिएको अवस्था छैन; पीडित भनिएका जाहेरवाला रितेशलाई शरीर बन्धक गराउँदा हात, खुट्टा बाँध छाँद गरेका डाम, चिह्न, छाप थियो या थिएन, शारीरिक परीक्षणबाट पुष्टि गर्न सकेको अवस्था पनि छैन । अदालतमा भएको मेरो स्वतन्त्र बयानलाई मात्र प्रमाणको रूपमा लिनुपर्नेमा अनुसन्धानको क्रममा भएको बयान र प्रहरी प्रतिवेदनलाई मात्र आधार लिई गरिएको फैसला त्रुटिपूर्ण छ । वारदात विदेशमा भएकोमा मुद्दा नेपालमा चल्न सक्दैन; फौजदारी न्यायको मान्य सिद्धान्त, अपहरण गर्ने, शरीर बन्धक लिनेको तथा सङ्गठित अपराधको कसुर कायम हुनका लागि विद्यमान हुनुपर्ने तथ्य प्रमाणको अभाव, प्रतिपादित नजिर, वादीका साक्षीको होस्टाइल बकपत्रसमेतका आधारमा म पुनरावेदक निर्दोष भएको प्रस्ट भएकोले हचुवा अभियोग दाबीका आधारमा ९(नौ) वर्ष कैद र रू।५०,०००।- (पचास हजार) जरिवाना हुने ठहर्याएको उच्च अदालतको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको पुनरावेदन जिकिर लिएको पाइयो ।
१३। प्रतिवादी जयचन्द्रप्रसाद कानुले अदालतमा बयान गर्दा अभियोग दाबीको कसुर गरेकोमा इन्कार रहे तापनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवाला रितेशकुमारलाई मिति २०७१।५।६ गतेदेखि अपहरण गरी मिति २०७१।५।१९ गतेसम्म बन्धक बनाई फिरौती रकम माग्नेमा म तथा अरविन्दकुमार मण्डल, सीताराम गिरी, सुरेन्द्र ठाकुर, हाल कारागार वीरगन्जमा थुनामा रहेका भारतीय नागरिक प्रमोद भन्ने नन्दु साह, हाल फरार रहेका रामबाबु महतो, बुधनराम चमार, भोजा थारूसमेतको संलग्नता रहेको र जाहेरवालालाई अपहरण गर्ने मुख्य योजनाकार प्रमोद भन्ने नन्दु साह, सुरेन्द्र ठाकुर र अरविन्दकुमार मण्डल हुन भने अपहरणपछि बन्धक बनाइराख्ने, रकम लिने, खानेमा सीताराम गिरी, भोजा थारू, बुधनराम चमार, रामबाबु महतोसमेत सहमत भई अपहरण गरेको हो । प्रमोद भन्ने नन्दु साह कारागारमा थुनामा रहेको बेलामा म भेटघाट गर्न जाँदा निजले भारतीय नागरिकलाई नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई राखी फिरौती रकम लिई छाडिदिने र रकम बाँडी लिने खाने भन्ने कुरा भई भारतीय व्यक्तिहरूको सम्पर्क नम्बरहरू दिएकोमा सुरेन्द्र ठाकुर पनि सहमत भई भारतीय नागरिकलाई अपहरण गर्ने योजना बनाइएको थियो । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई भारत रक्सौलमा पठाई फिरौती रकम रू। ५०,००,०००।– माग्न लगाएको हो । जाहेरवालालाई बन्धक बनाएको प्रहरीले थाहा पाई खोज्दै आएको छ भन्ने जानकारी पाएकोले मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई छाडिदिएको हो भनी बयान गरेको देखिन्छ । प्रतिवादी प्रमोद भन्ने नन्दु साहले प्रतिवादी जयचन्द्रप्रसाद कानुलाई सनाखत गरिदिएको पाइन्छ । प्रतिवादी जयचन्द्रप्रसाद कानु जाहेरवाला रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती माग्न योजनासमेत बनाउन संलग्न रहेको र निजले प्रतिवादीहरू अरविन्दकुमार मण्डल र रामबाबु महतोलाई रक्सौलमा फिरौती रकम रू।५०,००,०००।- माग गर्न पठाएको भनी निजले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको देखिन्छ । आफू कसुर गरेकोमा साबित भई सहप्रतिवादीहरूको संलग्नतासमेत खुलाई अनुसन्धान अधिकृतसमक्ष बयान गरेका यी प्रतिवादीले अदालतसमक्षको आफ्नो इन्कारी बयान समर्थित हुने तथ्ययुक्त ठोस प्रमाण भने प्रस्तुत गर्न सकेको
देखिँदैन । यसरी, प्रतिवादीको अनुसन्धान अधिकृतसमक्षको साबिती बयान, जाहेरवाला एवं पीडितको जाहेरी दरखास्त र प्र।ना।नि। रूद्र कँडेलले गरेको बकपत्रसमेतले यी प्रतिवादीको उक्त कार्य अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।बमोजिमको कसुर भएको पुष्टि भएकोले यी प्रतिवादी जयचन्द्रप्रसाद साह कानुसमेतलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही आठ वर्ष कैद र रू।६०,०००।- (साठी हजार) जरिवाना गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी यी प्रतिवादीलाई समेत कसुरदार ठहर भएका अन्य प्रतिवादीहरूलाई सरह नै कैद तथा जरिवानासमेत हुने ठहर्याएको उच्च अदालतको फैसलालाई अन्यथा भन्न सकिने भएन ।
१४। त्यसैगरी पुनरावेदकप्रतिवादी सुरेन्द्र ठाकुरको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, अधिकारप्राप्त अधिकारीसमक्ष मलाई जबरजस्ती गराइएको साबिती बयान र प्रहरी प्रतिवेदनलाई मात्र आधार बनाई दोषी ठहर गरेको फैसला न्यायोचित छैन । फौजदारी मुद्दामा अभियोग लगाएर मात्र हुँदैन, सो कुरा वस्तुनिष्ठ रूपमा पुष्टि हुनुपर्दछ । मेरो साक्षी दिपेन्द्र ठाकुरले मेरो इन्कारी बयानलाई समर्थन हुने गरी बकपत्र गरेको छ भने वादीको साक्षीले वादी दाबी खण्डन हुने गरी होस्टाइल बकपत्र गरेको छ । प्रस्तुत अपराधमा भएको योजना, तयारी, आपराधिक गिरोहबिचको वार्ता तथा विभिन्न समूहहरूले गरेको कार्यमा मेरो कुनै संलग्नता छैन; वारदात स्थलबाट हतियार, डोरी, लाठी बरामद गरिएको पनि छैन; फौजदारी न्यायको मान्य सिद्धान्त, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको तथा सङ्गठित अपराधको कसुर कायम हुनका लागि विद्यमान हुनुपर्ने तथ्य, प्रमाणको अभाव, प्रतिपादित नजिर, वादीका साक्षीको होस्टाइल बकपत्रसमेतका आधारमा पुनरावेदक निर्दोष भएको प्रस्ट हुँदाहुँदै हचुवा अभियोगका आधारमा ९ (नौ) वर्ष कैद र रू।५०,०००।- (पचास हजार) जरिवाना हुने ठहर्याएको उच्च अदालतको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको निज सुरेन्द्र ठाकुरले पुनरावेदन जिकिर लिएको देखियो ।
१५। प्रतिवादी सुरेन्द्र ठाकुर अदालतमा बयान गर्दा अभियोग दाबीको कसुर गरेकोमा इन्कार रहे तापनि निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफू, अरविन्द कुमार मण्डल र जयचन्द्रप्रसाद कानु मिली वीरगन्ज कारागारमा थुनामा रहेका प्रमोद भन्ने नन्दु साहबाट भारतीय व्यक्तिहरूको नम्बर लिई सम्पर्क गरी नोकरी लगाइदिन्छु भनी नेपालमा बोलाउने र अपहरण गरी बन्धक बनाई, राखी, फिरौती रकम लिई छाडिदिने र रकम बाँडिलिने योजना बनाएका थियौं । स।प्र।स।नि। सीताराम गिरीले समेत मिलेर गर, केही पर्यो भने म पनि साथ दिउँला भनेको; जाहेरवाला नेपालमा नोकरी गर्न आउने यकिन भएपछि रामबाबु महतो, बुधनराम चमार र भोजा थारूसमेतले जङ्गलमा लगी बन्धक बनाइराख्ने जिम्मा लिएको; म तथा जयचन्द्रप्रसाद कानु, अरविन्दकुमार मण्डलसमेतले फिरौती रकम माग्ने, लिने, अरविन्दकुमारले मोटरसाइकलको व्यवस्था गरी जङ्गलसम्म पुर्याउने, रामबाबु महतोले रक्सौल गई जाहेरवालालाई साथमा लिएर आउने भन्ने भएअनुसार मिति २०७१।५।६ गते जाहेरवालालाई योजनाअनुसार अपहरण गर्न सफल भएका हौं । मिति २०७१।५।१० गतेका दिन साथी अरविन्दकुमार मण्डल र रामबाबु महतोसमेतलाई रक्सौलमा पठाई फिरौती रू।५०,००,०००।- माग्न लगाएको हो; बन्धक बनाइराख्ने साथीहरूलाई खर्चको आवश्यकता पर्यो भनेकोले मुकेशकुमार महतोबाट रू।२,०००।– मागी सो पैसा स।प्र।स।नि। सीताराम गिरीले आई।एम।ई।बाट निकाली जयचन्द्रप्रसाद कानुलाई दिएको हो । जाहेरवालालाई बन्धक बनाइराखी फिरौती मागेको प्रहरीले थाहा पाई खोज्दै आएको छ भन्ने जानकारी पाएकोले मिति २०७१।५।१९ गते बिहान जाहेरवालालाई छाडिदिएको हो भनी बेहोरा खुलाएको पाइन्छ । सहप्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा आफूहरूसमेत कसुरमा साबित भई यी पुनरावेदक प्रतिवादीलाई समेत पोल गरेको अवस्था देखिन्छ भने पीडित एवं जाहेरवाला रितेशकुमार स्वयंले प्रतिवादी सुरेन्द्र ठाकुरलाई चिनी सनाखत गरिदिएको अवस्था देखिन्छ । पुनरावेदक प्रतिवादी सुरेन्द्र ठाकुरले जाहेरवाला रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको भनी लिएको जिकिरलाई निजले तथ्ययुक्त ठोस प्रमाणबाट पुष्टि गर्न सकेको पाइँदैन । यसरी, जाहेरवाला एवं पीडित रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती रकम माग्नेसम्बन्धी कार्यमा प्रतिवादी सुरेन्द्र ठाकुर सहमत रही संलग्न रहेको कुरा निज प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, सहप्रतिवादीहरूले अनुसन्धान अधिकृतसमक्ष यी प्रतिवादीउपर गरेको पोल, पीडित एवं जाहेरवालाले गरिदिएको सनाखत कागज एवं निजको जाहेरी दरखास्त र प्र।ना।नि। रूद्र कँडेलको बकपत्रसमेतबाट समर्थित भएको देखिन्छ । तसर्थ, निज प्रतिवादीले अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुर गरेको पुष्टि हुने पर्याप्त आधार कारण र प्रमाण देखिएकोले उच्च अदालतबाट भएको फैसलालाई अन्यथा भन्न सकिने अवस्था देखिएन ।
१६। अभियोग दाबीबाट सफाइ पाएका प्रतिवादी दिपेन्द्र ठाकुरको हकमा विचार गर्दा, निज प्रतिवादी अदालतमा बयान गर्दा अभियोग दाबीको कसुर गरेकोमा इन्कार रहेको पाइन्छ । निजले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा सशस्त्र प्रहरी बलको परिचर पदमा काम गर्ने यसै मुद्दामा पक्राउ परेका दाजु सुरेन्द्र ठाकुरले मेरो एनसेलको सिम लिई प्रयोग गर्दै आइरहेका थिए, दाजु सुरेन्द्र ठाकुर पक्राउ पर्नुभन्दा २३ महिना अगाडिदेखि अ।स।इ। सीताराम गिरी, जयचन्द्र साह कानुसमेत मेरो घरमा आई भारतीय व्यक्तिलाई अपहरण गर्ने र फिरौती लिने कुरा गरेको सुनी दाजु सुरेन्द्र ठाकुरलाई सोध्दा निजले अपहरण गर्ने योजना बनाइरहेका छौं; चुप लागेर बस, कसैलाई केही नभन्नु भनेकोले कसैलाई केही नभनी बसेको थिएँ । दाजुसँगै पक्राउ परी थुनामा रहेका जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, अरविन्दकुमार मण्डल, मुकेशकुमार महतो तथा फरार रहेका बुधनराम चमार, रामबाबु महतो, भोजा थारू, अजयकुमार यादवसमेतले पूर्वयोजना बनाई मिति २०७१।५।६ गते जाहेरवालालाई अपहरण गरी बन्धक बनाएका हुन्; निज जाहेरवालालाई अपहरण गरी बन्धक बनाउने कार्यमा मेरो कुनै संलग्नता छैन भनी इन्कारी बयान गरेको देखिन्छ । जाहेरवाला रितेशकुमारको जाहेरी दरखास्तमा अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा यी प्रतिवादी दिपेन्द्र ठाकुरको संलग्नता रहेको भन्ने देखिँदैन । मिसिल संलग्न कल डिटेलबाट वारदातमा प्रयोग गरिएको भनिएको ९८११२४७४७७ नं। को प्रयोगकर्ता दिपेन्द्र ठाकुर भएको भन्ने देखिए तापनि अन्य प्रतिवादीहरू सुरेन्द्र ठाकुर, प्रमोद भन्ने नन्दु साह, जयचन्द्रप्रसाद कानु र अरविन्दकुमार मण्डलको अधिकारप्राप्त अधिकारीसमक्षको बयानबाट यी प्रतिवादी दिपेन्द्र ठाकुरको जाहेरवाला रितेशकुमारलाई अपहरण गर्ने कार्यमा संलग्नता रहेको भन्ने देखिँदैन । साथै प्रतिवादी दिपेन्द्र ठाकुरले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुने तथ्ययुक्त ठोस सबुद, प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि पाइँदैन । तसर्थ, प्रतिवादी दिपेन्द्र ठाकुरउपरको अभियोग दाबी पुग्न नसक्ने ठहर्याएको उच्च अदालतको फैसलालाई अन्यथा भन्न सकिने देखिएन ।
१७। त्यस्तै पुनरावेदकवादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, प्रतिवादीहरूले पीडित रितेशकुमारलाई योजनाबद्ध रूपमा अपहरण गरी आपराधिक समूहका सदस्यहरूबिच हस्तान्तरण गर्दै जङ्गलमा लगी फिरौती माग्ने गरी गरेको कार्य, सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा २(घ), (छ) र ऐ। को दफा ३(३) बमोजिमको सङ्गठित अपराध भएको पुष्टि भइरहेकोले कसुर ठहर भएका प्रतिवादीहरूका हकमा ऐ। ऐनको दफा ९(क) बमोजिम थप सजाय नगरेको हदसम्म उक्त फैसला त्रुटिपूर्ण छ; अभियोग दाबीबाट सफाइ पाएका प्रतिवादी दिपेन्द्र ठाकुरको नाममा दर्ता रहेको मोबाइल नं। को प्रयोग अपराधमा भइरहेको तथ्य मिसिल संलग्न कागजातबाट प्रस्ट भइरहेको छ । कल डिटेलमा उल्लिखित ९८११२४७४७७ नं। को मोबाइलको प्रयोगकर्ता निज नै रहे भएको खुलेको छ; पीडितलाई अपहरण गरी फिरौती असुल्ने प्रयोजनका लागि सो नं। को समेत महत्त्वका साथ प्रयोग भएको पाइन्छ; निजले अदालतमा उपस्थित हुँदा इन्कारी बयान गरे तापनि सो इन्कारी बयान ठोस सबुत प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला फौजदारी न्यायको मान्यताविपरीत समेत भएकोले उच्च अदालतको फैसला बदर गरी प्रतिवादीहरू सबैलाई अभियोग दाबीबमोजिम सङ्गठित अपराधमा समेत थप सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन जिकिर रहेको देखियो ।
१८। अब, प्रतिवादीहरूले गरेको कार्य सङ्गठित अपराध हो, होइन भन्ने दोस्रो प्रश्नतर्फ हेर्दा, सङ्गठित अपराध के-कस्तो प्रकृतिको हो भन्ने सम्बन्धमा विवेचना र विश्लेषण गर्नुपर्ने देखियो । सङ्गठित अपराधको उत्पत्तिको इतिहासलाई हेर्दा, सन १८६० को दशकमा इटालीको सिसिली सहरमा ‘माफिया’ समूहको उत्पत्ति भएर लामो समयसम्म इटालीमै सीमित रहेको पाइन्छ । उक्त समूहसँग आबद्ध रहेर सन १९२० मा संयुक्त राज्य अमेरिकामा ला कोसा नोस्त्रा (ल्अ क्ओस णोस्त्र) नामक समूहको स्थापना भई आपराधिक कार्यमा संलग्न हुन थालेपछि मात्र समूहबद्ध रूपमा गरिने अपराधका बारेमा बहस सुरू भएको देखिन्छ । इस्वी संवत १८ औं शताब्दीमा जापानमा विकास भएको याकुजा र चीनका ट्रायड र ब्ल्याक सोसाइटीहरू पनि सङ्गठित रूपमा आपराधिक कार्यमा संलग्न रहिआएको
पाइन्छ । इटालीका माफिया, जापानका याकुजा र चीनका ट्रायड र अमेरिकी ला कोसा नोस्त्रा संलग्न भएका आपराधिक कार्यहरू परम्परागत अपराधभन्दा पृथक प्रकृतिका थिए । यस प्रकारका अपराधको प्रकृति हेर्दा धेरै व्यक्तिको आवद्धता, फरक कार्यशैली, गोप्यता, प्रमाणको अभाव, तहगत संरचना जस्ता तत्त्वहरूको अवस्थिति रहेको देखिन्थ्यो । व्यक्ति-व्यक्तिहरू दीर्घकालीन रूपमा सङ्गठित रहने यस प्रकारका अपराधलाई सङ्गठित अपराधको रूपमा लीयो । उन्नाइसौं शताब्दीको मध्यतिरबाट माफियाको रूपमा उदाएको सङ्गठित अपराधको विषय बीसौं शताब्दीको मध्यतिर आधुनिक अपराधशास्त्रमा छुट्टै अपराधको रूपमा स्थापित हुन पुगेको पाइन्छ ।
१९। सन १९९० को दशकमा केही देशहरूले सङ्गठित अपराधको रोकथाम र अनुसन्धान तथा अभियोजनको विशिष्टीकरणको आवश्यकतालाई सम्बोधन गर्दै विशेष कानून निर्माण गरेको
देखिन्छ । कुनै स्थान विशेष वा राष्ट्रमा मात्र सीमित नरही अन्तरदेशीय प्रकृति भएको यस प्रकारको अपराधले आतङ्कवाद जस्ता गम्भीर चुनौतीलाई प्रश्रय दिने हुनाले त्यस्ता समस्याको समाधान गर्ने उद्देश्यले अन्तरदेशीय सङ्गठित अपराध विरूद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि, २००० पारित भएको पाइन्छ । संसारभर खतराको रूपमा विस्तार भएको सङ्गठित अपराधको निवारणको लागि राष्ट्रहरूले विशेष कानून तथा उक्त कानून कार्यान्वयन गर्न छुट्टै निकाय निर्माण गरी कानूनी प्रबन्धहरू गरेको
पाइन्छ । कसुरको प्रकृति हेर्दा, सङ्गठित अपराधको ढाँचा परम्परागतभन्दा भिन्न प्रकृतिको हुन्छ । सामान्यतया: उच्च मागमा रहेका गैरकानूनी वस्तु वा सेवाहरू (लागु औषध, हातहतियार, देह व्यापार, मानव स्रोतसाधन) को माग पूर्ति गर्दै आर्थिक लाभ गर्ने उद्देश्यसहित आपराधिक समूह स्थापना हुने गरेको देखिन्छ । अपराधीहरू सङ्गठन बनाई योजनाअनुसार आपराधिक कार्यमा संलग्न हुने हुँदा यस्ता समूहहरू सङ्गठित संस्था जस्ता देखिन्छन । सङ्गठित अपराधमा मूलत: तीन तहको संरचना पाइन्छ:- (क) आपराधिक समूह, (ख) संरक्षक र (ग) यसलाई सहयोग पुर्याउने संस्थागत व्यवसाय । सङ्गठित अपराधको परिभाषामा समयसँगै परिवर्तन आएको देखिन्छ । ॐर्गनिजेद क्रिमिनल ग्रोउप्’ शल्ल मेअन अ स्त्रुक्तुरेद ग्रोउप ओफ थ्रेए ओर मोरे पेर्सोन्स्, एछिस्तिङ फोर अ पेरिओद ओफ तिमे अन्द अक्तिङ इन क्ओन्क्एर्त विथ थे ऐम ओफ क्ओन्वेन्तिओन्, इन ओर्देर तो ओब्त्ऐन्, दिरेक्त्ल्य ओर इन्दिरेक्त्ल्य्, अ फिनन्क्इअल ओर ओथेर मतेरिअल बेनेफित भनी संयुक्त राष्ट्र संघद्वारा सन २००० मा जारी भएको अन्तरदेशीय सङ्गठित अपराध विरूद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिमा सङ्गठित आपराधिक समूह र गम्भीर कसुरलाई ‘षेरिओउस क्रिमे’ शल्ल मेअन क्ओन्दुक्त क्ओन्स्तितुतिङ अन ओफ्फेन्क्ए पुनिशब्ले ब्य अ मछिमुम देप्रिवतिओन ओफ लिबेर्त्य ओफ अत लेअस्त फोउर येअर्स ओर अ मोरे सेरिओउस पेनल्त्य्। भनी परिभाषित गरेको पाइन्छ । उक्त प्रावधानहरू अनुसार मूलत: सङ्गठित अपराधको कसुर स्थापित हुन कम्तीमा पनि तीन जना व्यक्तिको संरचनात्मक समूह, निरन्तर अस्तित्व र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक वा अन्य कुनै भौतिक लाभ आर्जनका लागि सामूहिक रूपमा कुनै सङ्गठित आपराधिक समूहले कम्तीमा एक पटक चार वा चार वर्षभन्दा बढी स्वतन्त्रता वञ्चित हुने कुनै सजाय वा त्यो भन्दा गम्भीर प्रकृतिको सजाय हुने गम्भीर अपराध गरेको हुनुपर्ने पूर्वसर्त रहेको देखिन्छ ।
२०। भारतको सन्दर्भमा सङ्गठित अपराधलाई सम्बोधन गर्ने गरी केन्द्रबाट कुनै विशेष कानून जारी नभए तापनि त्यहाँका विभिन्न राज्यहरूले प्रादेशिक क्षेत्राधिकारसहितको सङ्गठित अपराध निवारण ऐन बनाई परिभाषित गरेको पाइन्छ । सङ्गठित अपराध निवारण गर्न बनेको ंअहरश्त्र क्ओन्त्रोल ओफ ॐर्गनिजेद क्रिमे आक्त्, १९९९ मा ‘ॐर्गनिजेद क्रिमे’ मेअन्स अन्य क्ओन्तिनुइङ उन्लव्फुल अक्तिवित्य ब्य अन इन्दिविदुअल्, सिङ्ल्य ओर जोइन्त्ल्य एइथेर अस अ मेम्बेर ओफ अन ओर्गनिजेद क्रिमे स्य्न्दिक्अते ओर ओन बेहल्फ ओफ सुच स्य्न्दिक्अते, ब्य उसे ओफ विओलेन्क्ए ओर थ्रेअत ओफ विओलेन्क्ए ओर इन्तिमिदतिओन ओर क्ओएर्क्इओन्, ओर ओथेर उन्लव्फुल मेअन्स्, विथ थे ओब्जेक्तिवे ओफ ग्ऐनिङ पेक्उनिअर्य बेनेफित्स्, ओर ग्ऐनिङ उन्दुए एक्ओनोमिक् ओर ओथेर अद्वन्तगे फोर हिम्सेल्फ ओर अन्य ओथेर पेर्सोन ओर प्रोमोतिङ इन्सुर्गेन्क्य्। भनी सङ्गठित अपराधको परिभाषा गरेको
पाइन्छ । यहाँ उल्लेख भएको क्ओन्तिनुइङ उन्लव्फुल अक्तिवित्य हुनको लागि तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुनसक्ने आपराधिक कार्यहरूमा दश वर्षको समयावधिभित्र कम्तीमा दुई पटक आपराधिक समूहको सदस्यको हैसियतमा एक्लै वा संयुक्त रूपमा संलग्न हुनुपर्ने देखिन्छ । ॐर्गनिजेद क्रिमे स्य्न्दिक्अते को परिभाषाअनुसार दुई वा दुईभन्दा बढी व्यक्ति संलग्न भई समूहको रूपमा सङ्गठित भएको अवस्था हुनुपर्ने देखिन्छ । बेलायतमा षेरिओउस क्रिमे आक्त्, २०१५ मार्फत सङ्गठित अपराधको परिभाषा गरिएको
पाइन्छ । उक्त ऐनको दफा ४५ मा सङ्गठित अपराध समूहको आपराधिक कार्यहरूमा संलग्न हुने वा सघाउने कार्यलाई अपराधीकरण गरी सङ्गठित अपराध समूह र सङ्गठित आपराधिक क्रियाकलापको परिभाषा गरेको पाइन्छ । बेलायतको कानूनी व्यवस्थामा सङ्गठित अपराधलाई "सङ्गठित अपराध समूह" र "आपराधिक क्रियाकलाप" का आधारमा परिभाषित गरेको
पाइन्छ । साथै कुनै अभियुक्त प्रमाणको प्रचुरताको आधारमा समूह (गङ्) सम्बन्धी कार्यहरूमा संलग्न रहेको पत्ता लागेमा निजलाई केही कार्य गर्न वा नगर्न निषेधाज्ञा जारी गर्न सकिने भन्ने व्यवस्था पनि गरिएको पाइन्छ ।
२१। अष्ट्रेलियामा सङ्गठित अपराधको नियन्त्रण तथा निवारणका लागि प्रोक्एएद्स ओफ क्रिमे आक्त्, २००२ र आउस्त्रलिअन क्रिमे क्ओम्मिस्सिओन आक्त्, २००२ लगायतका कानून रहेको पाइन्छ । आउस्त्रलिअन क्रिमे क्ओम्मिस्सिओन आक्त्, २००२ ले सङ्घीय रूपमा ‘षेरिओउस अन्द ॐर्गनिजेद क्रिमे’ नामकरण गरी षेरिओउस अन्द ओर्गनिजेद क्रिमे मेअन्स अन ओफ्फेन्क्ए थत इन्वोल्वेस २ ओर मोरे ओफ्फेन्देर्स अन्द सुब्स्तन्तिअल प्लन्निङ अन्द ओर्गनिजतिओन्, उसे ओफ सोफिस्तिक्अतेद मेथोद्स अन्द तेच्निकुएस व्हिच इस क्ओम्मित्तेद ओर इस ओफ अ किन्द थत इस ओर्दिनरिल्य क्ओम्मित्तेद्, इन क्ओञुन्क्तिओन विथ ओथेर ओफ्फेन्क्एस ओफ अ लिके किन्द अन्द इस अ सेरिओउस ओफ्फेन्क्ए, अन ओफ्फेन्क्ए अग्ऐन्स्त षुब्दिविसिओन ब् ओर क् ओद दिविसिओन ४७१, ओर ड ओर फ ओफ डिविसिओन ४७४, ओफ थे क्रिमिनल क्ओदे, अन ओफ्फेन्क्ए ओफ अ किन्द प्रेस्क्रिबेद ब्य थे रेगुलतिओन्स्, ओर अन ओफ्फेन्क्ए थत इन्वोल्वेस अन्य ओफ थे फोल्लोविङ इ।ए। थेफ्त्, फ्र्औद्, तछ एवसिओन्, मोनेय ल्औन्देरिङ्, क्उर्रेन्क्य विओलतिओन्स्, इल्लेगल द्रुग देअलिङ्स्, इल्लेगल गम्ब्लिङ्, ओब्त्ऐनिङ फिनन्क्इअल बेनेफित ब्य विक्ए एङगेद इन ब्य ओथेर्स्, एछ्तोर्तिओन्, विओलेन्क्ए, ब्रिबेर्य ओर क्ओर्रुप्तिओन ओफ्, ओर ब्य्, अन ओफ्फिक्एर ओफ थे क्ओम्मोन्वेअल्थ्, अन ओफ्फिक्एर ओफ अ ष्तते ओर अन ओफ्फिक्एर ओफ अ टेर्रितोर्य्, पेर्वेर्तिङ थे क्ओउर्से ओफ जुस्तिक्ए, बन्क्रुप्त्क्य अन्द क्ओम्पन्य विओलतिओन्स्, हर्बोरिङ ओफ क्रिमिनल्स्, फोर्गिङ ओफ पस्स्पोर्त्स्, फिरेअर्म्स्, अर्ममेन्त देअलिङ्स्, इल्लेगल इम्पोर्ततिओन ओर एछ्पोर्ततिओन ओफ फ्औन इन्तो ओर ओउत ओफ आउस्त्रलिअ, क्य्बेर्क्रिमे, मत्तेर्स ओफ थे समे गेनेरल नतुरे अस ओने ओर मोरे ओफ थे मत्तेर्स लिस्तेद अबोवे; अन्द थत इस पुनिशब्ले ब्य इम्प्रिसोन्मेन्त फोर अ पेरिओद ओफ ३ येअर्स ओर मोरे ओर अ सेरिओउस ओफ्फेन्क्एस भनी उल्लेख गरी सङ्गठित अपराधलाई परिभाषित गरेको पाइन्छ ।
२२। नेपालको सन्दर्भमा हेर्दा मिति २०६९११०४ मा ल्याइएको सङ्गठित अपराध निवारण अध्यादेशलाई खारेज गर्दै मिति २०७०१२१२ मा सङ्गठित अपराध निवारण ऐन, २०७० जारी भएको देखिन्छ । नेपालको सङ्गठित अपराध निवारण ऐन, २०७० ले कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले सङ्गठित अपराध गरेको मानिने छ भनी सङ्गठित अपराधको परिभाषा गरेको पाइन्छ । ऐनको दफा ३(२) मा उल्लेख गरिएको परिभाषाको प्रयोजनको लागि (क) प्रचलित कानूनबमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुर, (ख) परिच्छेद-३ बमोजिमको कुनै कसुर, र (ग) प्रचलित कानूनबमोजिम भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण मानिने वा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसुरलाई गम्भीर अपराधको रूपमा मानिएको देखिन्छ । सङ्गठित अपराधका कार्यहरूलाई रोकथाम गर्ने सम्बन्धमा बनेको संयुक्त राष्ट्रसङ्घीय महासन्धि, २००० लाई नेपालले सन २०११ मा अनुमोदन गरी नेपाली कानूनी प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्ड तथा प्रावधानसमेतलाई समाहित गरेको पाइन्छ । महासन्धिले (क) सङ्गठित आपराधिक समूहमा सहभागिता, (ख) आपराधिक आर्जन, (ग) भष्टाचार र (घ) न्यायमा अवरोध लाई अपराधको रूपमा लिएको पाइन्छ । साथै तीन वा तीनभन्दा बढी व्यक्तिहरूद्वारा संरचित कुनै समय अवधिको र उद्देश्यका साथ एक वा बढी गम्भीर अपराध गर्न वा गराउन र वित्तीय वा अन्य भौतिक लाभ प्राप्त हुने आशामा संरचित समूह भनेर महासन्धिले सङ्गठित आपराधिक समूहको परिभाषा गरेको पाइन्छ । यी अपराधबाहेक चार वर्ष वा सोभन्दा बढी स्वतन्त्रताको अधिकतम हनन हुने गरी सजाय हुने आन्तरिक प्रकृतिको कुनै पनि कार्यमा सङ्गठित आपराधिक समूहको संलग्नता भएमा त्यस्ता अपराध पनि सङ्गठित अपराधभित्र पर्ने देखिन्छ । यी अपराधमा संलग्न हुने व्यक्तिहरूलाई देवानी, फौजदारी र प्रशासनिक प्रकृतिका कानूनी दायित्व हुने व्यवस्था गरिएको पाइन्छ । सङ्गठित अपराधमा प्राय: सरकारी कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिको संलग्नता रहने हुनाले प्रशासनिक दायित्वको बारेमा समेत व्यवस्था गरेको देखिन्छ । कसुरको गम्भीरता हेरी दण्ड निर्धारण गर्नुपर्ने तथा अभियोजन सम्बन्धमा स्वविवेकीय अधिकार रहेकोमा त्यस्तो अधिकार सङ्गठित अपराधको नियन्त्रण तथा निवारणतर्फ प्रयासरत हुनुपर्ने व्यवस्था गरिएको पाइन्छ ।
२३। यस अदालतबाट भएका निर्णयहरूलाई हेर्दा, दिनेश आलेको मुद्दामा “सङ्गठित अपराधमा सबै प्रतिवादीहरूको उत्तिकै भूमिका नरहन
सक्छ । प्रत्येक सदस्यहरूले आ-आफ्नो भूमिका निर्वाह गर्ने हुँदा प्रतिवादीहरू एकआपसमा सम्पर्कमा रही योजनाबद्ध तवरमा यो वारदात गरे गराएको
पाइन्छ । सङ्गठित अपराधको प्रकृति सामान्य अपराधभन्दा पृथक हुन्छ । बृहत योजना र विस्तारित तयारीका साथ सम्पन्न हुने सङ्गठित अपराधमा धेरै व्यक्तिहरूको बेग्लाबेग्लै भूमिका रहेको हुन्छ । पृथक्पृथक व्यक्तिको पृथक्पृथक कार्यले विभिन्न तह हुँदै एउटा सङ्गठित अपराध सम्पन्न हुन्छ” भन्ने व्याख्या गरेको पाइन्छ । साथै चार्ल्स शोभराजको मुद्दामा "सङ्गठित अपराधमा प्रमाणको पर्याप्तता कमी हुने हुनाले त्यसरी नियोजित र सङ्गठित रूपमा आफ्नो आपराधिक कार्य-योजनालाई पूर्णता दीएको अवस्थामा अभियोजन पक्षद्वारा प्रस्तुत अप्रत्यक्ष प्रमाण र खास गरी परिस्थितिजन्य प्रमाणको आधारमा नै अपराधीसम्म पुग्नुपर्ने र त्यसको आधारमा कसुरदार देखिन आएको अभियुक्तलाई सजाय गर्नुपर्ने" व्याख्या भएको पाइन्छ । यस अदालतले राजु लामाको मुद्दामा लागु औषधको ओसारपसार र कारोबार कुनै एक व्यक्ति विशेषको प्रयासबाट मात्र सम्पन्न हुने नभई लागु औषध सञ्चयकर्ता, खरिदकर्ता, ओसारपसार गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने व्यक्तिसम्मको सङ्गठित समूहबाट सम्पन्न हुने हुनाले लागु औषध को, कसको, साथबाट बरामद भएको भन्ने कुराले महत्त्व नराख्ने भनी लागु औषध कसुर सङ्गठित कसुर पनि हुन सक्ने भन्ने दृष्टिकोण लिएको
पाइन्छ । सङ्गठित अपराधमध्येको मुख्य कसुरमा रहेको सम्पत्ति शुद्धीकरणको कसुर सम्बन्धमा उक्त कसुरको प्रकृति र प्रमाणको भार सम्बन्धमा यस अदालतबाट “सम्पत्ति शुद्धीकरण आफैँमा सम्बद्ध कसुर होइन बरू मूल कसुरको सहउत्पादनको रूपमा रहेको सहअपराध हो । मूल कसुरलाई लुकाइ छिपाइ त्यसबाट आर्जित अवैधानिक सम्पत्तिलाई वैधानिक बनाई शुद्धीकरण गरिएको कसुर यसअन्तर्गत पर्दछ । यो एउटा बहुआयामिक वित्तीय अपराध पनि हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन । अस्वाभाविक सम्पत्ति देखियो भने त्यसको स्रोत जायज थियो भनी प्रमाणित गर्नुपर्ने भार प्रतिवादीमा राखिएको छ भनी व्याख्या गरेको पाइन्छ ।” सङ्गठित अपराध आर्थिक वा अन्य कुनै लक्ष्य प्राप्तिका लागि वा कसैलाई वा कुनै मुलुकलाई नै विभिन्न प्रकारले प्रतिकूल प्रभाव पार्ने बदनियतसहितको अपराधको उद्देश्य, कार्यशैली, संरचनात्मक ढाँचा, सञ्जालसमेत गरी योजना तयार गरिएको हुन्छ र सङ्गठित अपराधमा अमुक कसुरलाई एक छुट्टै दृष्टिकोणबाट हेरिने नभई अपराध घटाउनको लागि सङ्गठित रूपमा काम गर्ने समूहलाई एकीकृत रूपमा हेरिनुपर्ने भनी व्याख्या गरिएको पाइन्छ ।
२४। सङ्गठित अपराधको सन्दर्भमा माथि विभिन्न खण्डमा अवधारणात्मक पक्षहरू, परिभाषा, अपराधको सामाना गर्ने सन्दर्भमा तुलनात्मक कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय कानूनमा गरिएको रोकथाम र निरोधात्मक व्यवस्था एवम यस अदालतको न्यायिक विवेचनाबारे चर्चा गरियो । विश्व बजारमा विज्ञान, प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, मानिसहरूको बढ्दो आवतजावतका कारण सङ्गठित अपराधको रूप तथा स्वरूपहरू परिवर्तन भइरहेको देखिन्छन । लामो समयसम्म आर्थिक लाभलाई सङ्गठित अपराधको कारण भनिए पनि अब राष्ट्रहरूबिचको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध र त्यसमा अन्तरनिहित धर्म, संस्कृति आदिको प्रभावले पनि सङ्गठित अपराधमा आर्थिक लाभबाहेकका उद्देश्यहरू पनि निहित हुन पुगेको देखिन्छ । परम्परागत रूपमा सङ्गठित अपराधलाई परिभाषित गर्दा अपराधभन्दा पनि अपराध घटाउनका लागि बनेका समूहको सङ्गठनमा जोड दिने गरिन्थ्यो । जसअनुसार सङ्गठित अपराध हुनको लागि कम्तीमा पनि तीन जना व्यक्तिहरू हुनुपर्ने र ती व्यक्तिहरूबिच श्रमको विभाजन भएको हुनुपर्ने मानिन्थ्यो । परिवर्तित समयमा सङ्गठित अपराधमा सङ्गठनभन्दा पनि यसको कामकारबाहीको महत्त्व र आपराधिक समूहका सदस्यहरू अनुशासनको कडा घेरामा नभई एउटा खुकुलो सम्बन्ध (लोओसे नेछुस्) मा रहन सक्ने र स्वपानगत तहभन्दा पनि आपराधिक कार्यको उद्देश्य महत्त्वपूर्ण हुने भनी परिवर्तन आएको
पाइन्छ । आपराधिक कार्यको उद्देश्य आर्थिक लाभबाहेकका प्रसिद्धि हासिल गर्ने, समाजलाई आतङ्कित गर्ने, सामूहिक बदला लिने जस्ता पनि हुन सक्ने देखिन्छ ।
२५। सङ्गठित अपराधमा प्रमाणको भार सरकार पक्षलाई नै हुने हुनाले अभियोजन पक्षले सो व्यवस्थाको समेत उचित प्रयोग गर्दै सङ्गठित अपराधमा रहेका प्रत्येक सम्बद्ध कसुरको पुष्टि गर्न आवश्यक प्रमाणको पर्याप्ततासमेतलाई विचार गरी अभियोजन गर्नुपर्ने हुन्छ । अदालतमा अभियोजन भई कारबाहीको चरणमा आइसकेका सङ्गठित अपराधको मुद्दामा प्रमाणको मूल्याङ्कन नै फरक ढङ्गले गरिनुपर्ने हुँदा सामूहिक कसुर हो वा सङ्गठित अपराधको वारदात हो भनी निर्क्यौल गर्नु आवश्यक हुन्छ । प्रचलित ऐनको व्यवस्थाले सङ्गठित अपराध र सामूहिक अपराधलाई करिब एक समान व्यवहार गरेको हुनाले सो सम्बन्धमा अनुसन्धान, अभियोजन र न्याय निरूपणसमेत संवेदनशील हुनुपर्ने
देखिन्छ । सङ्गठित अपराधको कसुर स्थापित हुन कम्तीमा पनि तीन जना व्यक्तिको संरचनात्मक आपराधिक समूहको निरन्तरता तथा स्थायी प्रकृति, एकभन्दा बढी कसुरहरूमा संलग्नता, आपराधिक क्रियाकलापको सिलसिलाबद्धता, साङ्गठनिक संरचना, समूहको नाम वा सङ्केत चिनारी, विशिष्टीकृत कार्यशैली, नियोजित क्रियाकलाप र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक वा अन्य कुनै भौतिक लाभ आर्जनका लागि सामूहिक रूपमा कुनै सङ्गठित आपराधिक समूहले कम्तिमा एक पटक तीन वा तीन वर्षभन्दा बढी कैद वा स्वतन्त्रता वञ्चित हुने कुनै सजाय वा त्योभन्दा गम्भीर प्रकृतिको सजाय हुने गम्भीर अपराध गरेको हुनुपर्ने पूर्वसर्त रहेको देखिन्छ । अपहरण तथा शरीर बन्धकमा उक्त महलको ७ नं। को सजाय समूहमा कार्य गरेमा हुने सजाय प्रतिवादीहरूले पाइसकेपछि पुन: सङ्गठित अपराधमा सजाय गर्नु सामूहिक वा समूहगत रूपमा गरिने कसुर र सङ्गठित रूपमा गरिएको अपराधमा तुलनात्मक पारिभाषिक भिन्नता कायम नभएको अवस्थामा अभियुक्त वा प्रतिवादीहरूको असङ्गठित प्रकृतिका समूह तथा सामूहिक रूपमा गरिएका कसुरमा समेत सजाय गरी व्यक्तिगत स्वतन्त्रतामा पर्न सक्ने आघातलाई फौजदारी न्याय प्रणालीका अवयवहरूले गम्भीर मध्यनजर गर्नुपर्ने देखिन्छ । अर्थात "सङ्गठित अपराध" कुनै निश्चित अपराध होइन, यो जुनसुकै प्रकारको भए पनि गम्भीर प्रकृतिको अपराध हुनुपर्दछ । त्यस्तो अपराधमा संलग्न व्यक्तिहरूको सङ्गठनको स्वरूप एक खाले नहुन पनि सक्छ, स्पष्ट अधिकार र कर्तव्य तोकिएका सङ्गठनको स्वपान देखिने पनि हुन सक्छ, नदेखिने पनि हुन सक्छ । सङ्गठित अपराधीहरूले एकै मुलुकभित्र रही कार्य गरेको पनि हुन सक्छ वा विभिन्न मुलुकमा छरिएको सञ्जाल पनि हुन सक्छ । यथार्थमा के हेरिनुपर्दछ भने उक्त समूह तत्काल कुनै कसुर गर्न बनेको झुन्ड वा समूह नभई सङ्गठित अपराधीहरूको समूह हुनुपर्दछ । तीन वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भई कसुर गर्दैमा सङ्गठित समूह भनी यकिन गर्न सक्ने देखिँदैन । सङ्गठित अपराध गरेको भन्नका लागि सङ्गठित वा असङ्गठित (लोओसे नेछुस्) समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनुपर्दछ । यस प्रकृतिको अपराधमा योजना बनाइएको छ, छैन, सङ्गठनको नेतृत्व छ, छैन, कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ, छैन, खास प्रभावकारी व्यक्तिको संरक्षण छ, छैन र अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागिभन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई सङ्गठित अपराध मान्नुपर्ने देखिन्छ । सङ्गठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचनासमेत देखिनुपर्दछ । केही व्यक्ति मिलेर अल्पकालीन वा एक पटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा सङ्गठित अपराध गरेको मानी त्यस्ता व्यक्तिलाई सङ्गठित अपराधीको श्रेणीमा राख्नु न्यायोचित देखिँदैन ।
२६। यस अर्थमा सङ्गठित अपराध निवारण ऐन, २०७० को कानूनी व्यवस्थाबाट अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता हुनासाथ स्वतः सङ्गठित अपराधको कसुर प्रमाणित हुन सक्ने अवस्था देखिँदैन । सङ्गठित अपराधको कसुर हुनका लागि आपराधिक समूहको आपराधिक, आर्थिक वा कुनै भौतिक लाभका लागि स्थापित स्थायी संरचनामा आवद्ध तीन वा तीनभन्दा बढी व्यक्तिहरूको समूहद्वारा आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेको तथ्य ठोस प्रमाणबाट पुष्टि हुनुपर्दछ । प्रस्तुत मुद्दामा दुई जनाभन्दा बढी प्रतिवादी पीडित जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्ने आधारमा सङ्गठित अपराधको समेत अभियोग दाबी लिएको देखिन्छ । सो सन्दर्भमा यी प्रतिवादीहरूले स्थायी सङ्गठित संरचना बनाई सोको माध्यमबाट आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर जाहेरवाला पीडित रितेशकुमारलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती माग गरेको तथ्य पुष्टि हुने ठोस सबुद प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । साथै, सङ्गठित अपराधको लागि आवश्यक तीन वा तीनभन्दा बढी व्यक्तिहरूको आवद्धताका अतिरिक्त संस्थागत निरन्तरता, तहगत सङ्गठनात्मक संरचना, आपराधिक क्रियाकलापको सिलसिलाबद्धता, गोप्य र सीमित सदस्यता, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्गठनहरूसँगको समन्वय, सम्बन्ध र सञ्जाल जस्ता तत्त्वहरू रहेको वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेस गर्न सकेको नदेखिएकोले प्रतिवादीहरूलाई सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९(क) बमोजिम थप सजाय हुन नसक्ने ठहर्याएको उच्च अदालतको फैसलालाई अन्यथा भन्न मिलेन ।
२७। यसरी, पीडित जाहेरवालाको प्रतिवादीहरूउपर परेको किटानी जाहेरी, प्र।ना।नी। रूद्रराज कँडेलले दिएका प्रतिवेदन, निजले गरेको किटानी बकपत्र, वारदातमा प्रयोग भएको फोन नं। को कल डिटेल, प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित भई एक अर्कालाई पोल गरी गरेको बयान, जाहेरवाला पीडितले प्रतिवादीहरूलाई गरेको सनाखत, प्रतिवादीहरूले एक अर्कालाई गरेको सनाखत कागजसमेतका मिसिल संलग्न प्रमाण कागजबाट प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल, रामबाबु महतो, सीताराम गिरी, मुकेशकुमार महतो, सुरेन्द्र ठाकुर, भोजा थारू र बुधनराम चमारले पीडित जाहेरवालालाई अपहरण तथा शरीर बन्धक लिने कसुर गरेको देखिए तापनि निज प्रतिवादीहरूले सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको नदेखिँदा उच्च अदालत जनकपुर, वीरगन्ज इजलासबाट भएको फैसला अन्यथा देखिन आएन ।
२८। तसर्थ, माथि उल्लिखित तथ्य एवम आधार, कारण र प्रमाणसमेतबाट प्रतिवादीमध्ये दिपेन्द्र ठाकुरले आरोपित कसुरबाट सफाइ पाउने, प्रतिवादीहरूमध्ये सीताराम गिरी, मुकेशकुमार महतो, सुरेन्द्र ठाकुर, भोजा थारू, बुधनराम चमारको हकमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही ७ (सात) वर्ष कैद र रू। ५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना र ऐ। को ७ नं।बमोजिम निजहरूलाई जनही थप २(दुई) वर्ष कैद गरेको सदर हुने र अन्य प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोको हकमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।बमोजिम जनही ८ (आठ) वर्ष कैद र रू।६०,०००।– (साठी हजार रूपैयाँ) जरिवाना तथा ऐ। को ७ नं।बमोजिम थप २ (दुई) वर्ष कैद हुने ठहर्याएको सुरू फैसला केही उल्टी गरी प्रतिवादी रामबाबु महतोको हकमा अ।बं। २०५ नं। को प्रयोग गरी, प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, प्रमोद भन्ने नन्दु साह, अरविन्दकुमार मण्डल र रामबाबु महतोको हकमा कसुरदार ठहरिएका अन्य प्रतिवादीहरूसरह समान सजाय हुनु उपयुक्त भएको आधार र कारण खुलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३ नं।अनुसार जनही ७ (सात) वर्ष कैद र रू।५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना र ऐ। को ७ नं।बमोजिम निजहरूलाई जनही थप २(दुई) वर्ष कैद र प्रतिवादीहरू जयचन्द्रप्रसाद कानु, सीताराम गिरी, सुरेन्द्र ठाकुर, अरविन्दकुमार मण्डल, मुकेश कुमार महतो, बुधनराम चमार, रामबाबु महतो, भोजा थारू र प्रमोद भन्ने नन्दु साहबाट पीडितलाई क्षतिपूर्तिबापत रू।९,१००।– (नौ हजार एक सय रूपैयाँ) दामासाहीले भराइपाउने ठहर्याएको उच्च अदालत जनकपुर, वीरगन्ज इजलासको मिति २०७४।१२।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको र प्रतिवादीमध्येका दिपेन्द्र ठाकुरलाई सफाइ दिने र अन्य प्रतिवादीहरूलाई अपहरण तथा शरीर बन्धकको कसुरमा मात्र सजाय हुने ठहर्याएको उच्च अदालतको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सङ्गठित अपराधमा समेत थप सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२९। प्रस्तुत फैसलाको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाइदिनू । फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, नियमानुसार गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या। ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत:- भेषराज कोइराला लक्ष्मी राना
इति संवत २०८० साल असार २५ गते रोज २ शुभम ।