शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११२५३ - डाँका

भाग: ६६ साल: २०८१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय का ।मु ।प्र ।न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०८०।५।३

 

मुद्दा: डाँका

 

०७२-क्र्-१७८८

पुनरावेदक  प्रतिवादी : भक्तपुर जिल्ला, कटुन्जे गा ।वि ।स ।, वडा नं । ५ हाल सूर्यविनायक नगरपालिका, वडा नं । ३ बस्ने रविन चौगुठी

विरूद्ध

प्रत्यर्थी  वादी : राज दोङको जाहेरीले नेपाल सरकार

 

०७३-क्र्-०५५१

पुनरावेदक  वादी : राज दोङको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी  प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका, वडा नं । ७, अठ्ठाइसकिलो बस्ने लोकेन्द्र तोलाङ्गेसमेत

 

घुमुवा वा सुराकी प्रहरी तथा यस्तै प्रकृतिको कार्य गर्ने अन्य कानून कार्यान्वयन गर्ने व्यक्तिलाई आपराधिक गतिविधिका सम्बन्धमा सूचना सङ्कलन गर्न खटाइन सक्दछ, त्यस्तो आपराधिक कार्य गर्ने व्यक्ति वा समूहमा प्रवेश गरी सूचना सङ्कलन गर्दा निजको सुरक्षा र गोपनीयता कायम गर्न निजले कतिपय अवस्थामा कसुरजन्य कार्यमा संलग्न हुनुपर्ने अवस्था आउन 

सक्छ । तर त्यस्तो कार्यका लागि निजलाई अधिकार प्रदान (औथोरिजेद्) गरिएको हुनुपर्ने । निजले गरेको प्रत्येक कसुरजन्य कार्यको अनुसन्धान हुन सक्ने र असमानुपातिक वा बदनियतसहित कार्य गरेको देखिएमा फौजदारी न्याय प्रणालीको सामना गर्नुपर्ने ।

घुमुवा वा सुराकी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायको व्यक्तिले सम्बन्धित अपराधको सुराकी गर्दा दोक्तृने ओफ औथोरिजेद कृमिनलिती अन्तर्गत केही हदसम्म कसुरजन्य कार्यमा संलग्न हुन सक्ने । यद्यपि घुमुवा वा सुराकी प्रहरी खटाउन सक्ने कानूनी प्रबन्धको व्यवस्था 

गर्नुपर्ने । त्यस्तै त्यस्तो कानूनी प्रबन्धअनुसार खटाइएको सम्बन्धित व्यक्तिलाई त्यस्तो कार्यमा संलग्न गराएको सम्बन्धमा आन्तरिक प्रकृतिको लिखित अधिकार प्रदान (औथोरिजेद्) गरेको हुनुपर्ने ।

(प्रकरण नं । १३)

विद्यमान प्रहरीसम्बन्धी कानूनी व्यवस्था र अन्य कुनै कानूनी व्यवस्थामा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको र त्यससम्बन्धी कानूनी व्यवस्था गरेको नदेखिने । अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रूपमा परिचालन गर्नुपर्ने प्रहरी कर्मचारीहरू कानूनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रूपमा त्यस्तो कार्यमा संलग्न देखिनुपर्ने ।

(प्रकरण नं । १४)

 

पुनरावेदक  प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता डा । श्री प्रभाकर खनाल

पुनरावेदक  वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल

अवलम्बित नजिर :

ने ।का ।प ।२०६७, अङ्क ५, नि ।नं । ८३७८

सम्बद्ध कानून :

प्रहरी ऐन, २०१२ 

 

सुरू तहमा फैसला गर्ने : 

मा । न्या । श्री कृष्णराम कोइराला

काभ्रेपलाञ्चोक जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :  

मा । न्या । श्री सुष्मालता माथेमा

मा । न्या । श्री चण्डीराज ढकाल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या । हरिप्रसाद फुयाल: साबिकको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा  ९ एवं दफा ३३ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

 

तथ्य खण्ड

घटनास्थल मुचुल्काः मिति २०७१।०३।२९ को दिउँसो १६:०० बजेको सयममा का ।प ।जि । मेच्छेबाट भक्तपुरतर्फ बिक्री वितरणको लागि लैजान जाहेरवाला राज दोङले बा ।३ ख ३९०४ नं । को टिपरमा ल्याएको एक मालामा १०८ दानाको दरले हुने ७२ थान बुद्धचित्त मालाको दाना बा । ६० प ७५७२ नं । को स्कुटीमा चढी आएका लोकेन्द्र तोलाङ्गे, म्यान्डम नाम बताउने व्यक्ति, राजु लामा, जयकृष्ण श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठीसमेत भई टिपरलाई जबरजस्ती रोकी डरत्रासमा पारी चोरी गरी लगेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

जाहेरी दरखास्तः का ।प ।जि । मेच्छे गा ।वि ।स वडा नं । ८ बाट काइँला लामासँग बुद्धचित्त मालाको दाना खरिद गरी एक मालामा १०८ दानाको दरले ७२ थान माला हुने बुद्धचित्त मालाका दानाहरू बिक्री गर्न भनी टिपरमा राखी भक्तपुरतर्फ आउने क्रममा दिउँसो ४:०० बजेको सयममा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ बुडोल स्थित अरनिको राजमार्गको सडक खण्डमा आइपुग्दा बा । ६० प ७५७२ नं । को स्कुटरमा चढी आएका जाहेरी दरखास्तको विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, म्यान्डम आइते भन्ने अजय तामाङ एवं अन्य राजु लामा, जयकृष्ण श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठीसमेत भई टिपरलाई एक्कासि बाटो छेकी, रोकी, ढोका खोली मलाई जबरजस्ती तानी ओराली मैले बिक्री गर्न भनी ल्याएको झोलामा रहेको बुद्धचित्त मालाको दानाहरू भएको झोला जबरजस्ती खोसी चोरी गरी लगेको हुँदा विपक्षीहरूलाई पक्राउ गरी विपक्षीहरूबाट दिए जिन्सी नै र नदिए एक मालाको रू ।१३,०९५।– पर्ने ७२ मालाको रू ।९,४२,८४०।– (अक्षरूपी नौ लाख बयालिस हजार आठ सय चालिस रूपैयाँ) दिलाई भराई विपक्षीहरूलाई मुलुकी ऐन, चोरीको महलअन्तर्गत हदैसम्मको कारबाही र सजाय गरिपाउँ भन्नेसमेत बेहोराको राज दोङको जाहेरी दरखास्त ।

बरामदी मुचुल्काः का ।प ।जि । धुलिखेल न ।पा । वडा नं । ७ अठ्ठाइसकिलो स्थित पक्की सडक बाटोमा बा । ६० प ७५७२ नं । को यामाहा कम्पनीको स्कुटी चलाई आएका लोकेद्र तोलाङ्गेलाई नियत्रणमा लिई निज एवं मोटरसाइकलसमेतलाई खानतलासी लिँदा उक्त मोटरसाइकलको सिटमुनि डिक्कीभित्रबाट सेतो र निलो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको बुद्धचित्त मालाको दानाहरू जम्मा ७७० वटा फेला पारी बरामद गरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

कल डिटेलः वारदात समय एवं सोपश्चात् पक्राउ प्रतिवादी एवं फरार प्रतिवादीहरूबिच पटक-पटक टेलिफोन सम्पर्क भएको भन्नेसमेत बेहोराको कल डिटेल विवरण ।

प्रतिवादी लोकेन्द्र तोलाङ्गेको अधिकारप्राप्त अधिकारीसमक्षको बयानः मिति २०७१।०३।२९ मा म आफ्नो काम विशेषले गर्दा बनेपामा थिएँ । सोही क्रममा दिउँसो १३:०० बजेको समयमा साथी म्यान्डम आइते भन्ने अजय तामाङले फोन गरी तिमी तुरून्त धुलिखेल अठ्ठाइसकिलो भन्ने ठाउँमा आउनु पर्‍यो । एउटा काम छ भनेपछि म मेरो बा । ६० प ७५७२ नं । को स्कुटी चढी त्यहाँ आइपुग्दा रविन चौगुठी, जयकृष्ण श्रेष्ठ, राजु लामा र म्यान्डम आइते भन्ने अजय तामाङ सँगै बसिरहेका थिए । निजहरूलाई भेटेपश्चात् निजहरूले भक्तपुरतर्फ लैजान भनी बा । ३ ख ३९०४ नं । को टिपरमा बुद्धचित्त माला आएको छ, उक्त मालाहरू चोरी गरी अन्य व्यक्तिहरूलाई बेची रकम लिई बाँड्नुपर्छ भनी योजना बनाई हामी पाँचै जना बनेपा न ।पा । ११ बुडोल स्थित अरनिको राजमार्ग उग्रचण्डी आयलस्टोर अगाडि 

आइपुग्यौं । सो दिनको १६:०० बजेको समयमा उक्त बा । ३ ख ३९०४ नं । को टिपर धुलिखेल हुँदै 

आयो । सो टिपरलाई म, रविन चौगुठी र म्यान्डम आइते भन्ने अजय तामाङ भई रोकी टिपरमा आएका व्यक्तिहरूलाई बाहिर आउन भन्दा निजहरू मानेनन् र पछि रविन चौगुठीले म जिल्ला प्रहरी कार्यालय, काभ्रेको प्रहरी हुँ चेकचाँज गर्नुपर्‍यो भनेपछि टिपरमा रहेका मानिसहरू बाहिर आए । टिपरभित्र रविन चौगुठी र म्यान्डम आइते भन्ने अजय तामाङ छिरी चेकजाँच गर्दा निलो रङ्गको झोला फेला पर्‍यो । सो झोलामा के छ भनी भन्दा निजहरूले मकैको दाना छ भनी भनेपछि झोला खोली हेर्दा बुद्धचित्त मालाको दाना रहेछ । उक्त झोला मैले बोकी मेरो बा । ६० प ७५७२ नं । को स्कुटी म्यान्डम आइते भन्ने अजय तामाङले चलाई म पछाडि बसी अठ्ठाइसकिलो भन्ने ठाउँमा आई के ।यु । तर्फ जाने भन्ने सल्लाह गरी हामी पछाडि राजु लामा र जयकृष्ण श्रेष्ठसमेत 

आए । के ।यु । को बास्केटबल ग्राउन्डमा पुगी झोला खोली बुद्धचित्त माला हेर्ने क्रममा त्यहाँ गणेश तामाङसमेत आइपुगे । त्यसपछि उक्त झोलामा भएकोमध्ये एक हेल्मेट मालाको दानाहरू बिक्री गरी चिया खर्चको लागि भनी हामीले राख्ने सल्लाह गरी प्लाष्टिकमा प्याक गरी मेरो स्कुटीको सिटमुनि डिक्कीमा राख्यौं । उक्त मालाको दानाहरू बिक्री गरी आएको रकमबाट चिया खर्च लिने र पछि बिक्री गरौंला भनी सल्लाह भएको थियो । पछि रविन चौगुठीले मलाई फोन गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउन सामान लिएर धुलिखेल आउनुपर्‍यो भनेको हुँदा मेरा स्कुटीमा उक्त बुद्धचित्त मालाको दानाहरू भएको झोला म र म्यान्डम भन्ने अजय तामाङ भई लिई आउने क्रममा धुलिखेल सालिकचोकअगाडि रविन चौगुठी र उक्त टिपरबाट हामीले माला लिएका सम्बन्धित व्यक्तिसमेत थिए । हामीहरूले उक्त झोला रविन चौगुठीसमेत भई सम्बन्धित व्यक्तिलाई फिर्ता दिएका थियौं । निजहरू उक्त मालाको दाना भएको झोला लिई गएका थिए । उक्त झोलामा के कति परिमाणमा बुद्धचित्त मालाको दानाहरू थिए मलाई यकिन भएन । प्रहरीले मिति २०७१।०३।३१ मा मेरो स्कुटीको पछाडि सिटमुनिको डिक्कीमा बरामदी मुचुल्कामा उल्लेख भएअनुरूप ७७० दाना बुद्धचित्त मालासहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी लोकेन्द्र तोलाङ्गेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी राजु लामाको अधिकारप्राप्त अधिकारीसमक्षको बयानः मिति २०७१।०३।२९ मा म र जयकृष्ण श्रेष्ठ धुलिखेल अठ्ठाइसकिलो भन्ने ठाउँमा बसिरहेका थियौं । दिउँसो अं । ३:३४ बजेको समयमा म्यान्डम आइते भन्ने अजय तामाङले फोन गरी भेट गरी केही समयमा नै अरनिको राजमार्ग हुँदै बा । ३ ख ३९०४ नं । को टिपरमा बुद्धचित्त माला आउँदै छ हामीहरू मिलेर उक्त माला चोरी गरी माला बिक्री गर्नुपर्छ भनी योजना बनायौं । मैले तत्कालै फोन गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्र ।ह । रविन चौगुठीलाई बोलाएँ । निज पनि तत्कालै त्यहाँ आए । लोकेन्द्र तोलाङ्गे र गणेश तामाङसमेत आइपुगे । हामी सबैजना जम्मा भई योजना बनाई अरनिको राजमार्गमा पर्ने उग्रचण्डी आयलस्टोर अगाडि आई बस्यौं । अं । १६:०० बजेको समयमा धुलिखेलतर्फबाट बा । ३ ख ३९०४ नं । को टिपर आयो । सो टिपरलाई सडक बाटोमा आई लोकेन्द्र तोलाङ्गे, म्यान्डम आइते भन्ने अजय तामाङ र रविन चौगुठीले रोकी चेकजाँच 

गरे । म र जयकृष्ण श्रेष्ठ बा । ३४ प ३३ नं । को पल्सर मोटरसाइकलमा बस्यौं । गणेश तामाङ हामीभन्दा माथि सडक किनारामा थिए । केही समयमा नै बा । ६० प ७५७२ नं । को स्कुटीमा म्यान्डम आइते भन्ने अजय तामाङले चलाई पछाडि लोकेन्द्र तोलाङ्गे निलो रङ्गको झोला बोकी आए । हामीहरू पनि पछि भाग्दै गयौं । धुलिखेल केयुको बास्केटबलको ग्राउन्डमा पुगेपछि गणेश तामाङ आइपुगे । हामी सबैजना जम्मा भई झोला खोली हेर्दा बुद्धचित्त मालाको दानाहरू रहेछ । अजय तामाङ र लोकेन्द्र तोलाङ्गेले एक हेल्मेट माला झिकी प्लाष्टिकमा प्याक गरी पछि बिक्री गरी चिया खर्च लिने भनी बा । ६० प ७५७२ नं । को लोकेन्द्र तोलाङ्गेको स्कुटीको पछाडिको सिटमुनि डिक्कीमा राखिसकेपछि लोकेन्द्र तोलाङ्गेलाई रविन चौगुठीले फोन गरी बुद्धचित्त मालाका धनीहरू मसँग बसेका छन् निजहरूलाई फिर्ता दिनुपर्‍यो तुरून्त धुलिखेलको सालिकचोक भन्ने ठाउँमा आउ भनी बोलाएकोले लोकेन्द्र र म्यान्डम आइते भन्ने अजय तामाङ बाँकी रहेको बुद्धचित्त मालाको झोला बोकी बा । ६० प ७५७२ नं । को स्कुटी लिई गएका थिए । पछि मैले निजहरूलाई फोन गरी सोध्दा रविन चौगुठीसमेत भई सम्बन्धित धनीलाई फिर्ता दियौं भनी भनेका 

थिए । उक्त झोलामा के कति परिणाममा बुद्धचित्त मालाका दानाहरू थियो यकिन थाहा भएन । हाल आएर बुझ्दा जाहेरवाला राज दोङले एक मालामा १०८ दाना हुने गरी ७२ थान मालाको दानाहरू ल्याएको भन्ने थाहा भयो भन्नेसमेत बेहोराको प्रतिवादी राजु लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी जयकृष्ण श्रेष्ठको अधिकारप्राप्त अधिकारीसमक्षको बयानः मिति २०७१।०३।२९ मा म र राजु लामा धुलिखेलको अठ्ठाइसकिलो भन्ने स्थानमा बसिरहेका थियौं । सोही दिन अं । ३:३५ बजेको समयमा चिनजानका साथी म्यान्डम आइते भन्ने अजय तामाङले साथी राजु लामाको मोबाइल नं । मा फोन गरी धुलिखेल अठ्ठाइसकिलो चोकमा आउन भनेकोमा हामीहरू त्यहाँ नै छौं भनेपछि निज आई राजु र मलाई भेटी केही समयमा नै अरनिको राजमार्ग हुँदै बा । ३ ख ३९०४ नं । को टिपरमा बुद्धचित्त माला आउँदै छ हामीहरू मिली उक्त माला चोरी गरी बिक्री गर्नुपर्छ भनी योजना बनायौं । सोही क्रममा राजु लामाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्र ।ह । रविन चौगुठीलाई फोन गरी बोलाए र निज पनि तत्कालै हामी भएको ठाउँमा आए । केही समयमा नै लोकेन्द्र तोलाङ्गे र गणेश तामाङ पनि हामी भएको स्थानमा आइपुगे । तत्पश्चात् हामी सबैजना जम्मा भई योजना बनाई का ।प ।जि । बनेपा न ।पा । ११ बुडोलस्थित अरनिको राजमार्ग उग्रचण्डी आयलस्टोर अगाडि आई बस्यौं । सोही दिनको अं । १६:०० बजेको समयमा धुलिखेल तिरबाट बा । ३ ख ३९०४ नं । को टिपर आइरहेको अवस्थामा उक्त टिपरलाई लोकेन्द्र तोलाङ्गे, म्यान्डम आइते भन्ने अजय तामाङ र रविन चौगुठीले सडक किनाराभन्दा बाहिर लगी रोके । म तथा राजु लामा अलिमाथि सडकखण्ड किनारामा मेरो बा । ३४ प ३३ नं । को मो ।सा । मा बस्यौं । साथी गणेश तामाङ अलिमाथि किनारामा बसेको थियो । केही समयपश्चात् बा । ६० प ७५७२ नं । को स्कुटीमा लोकेन्द्र तोलाङ्गेले चलाई म्यान्डम आइते भन्ने अजय तामाङ बसी झोला बोकी आए । बा । ३४ प ३३ नं । को पल्सर मो ।सा । मैले चलाई पछाडि राजु लामा बसी आउने क्रममा गणेश लामालाई के ।यु । मा आउन भनेर हामीहरू सबैजना के ।यु । को बास्केटबल ग्राउन्डमा गई झोला खोली हेर्दा उक्त झोलामा बुद्धचित्त मालाका दानाहरू रहेछ । लोकेन्द्र तोलाङ्गेले एक हेलमेट मालाको दाना प्लाष्टिकमा प्याक गरी निजको स्कुटीको सिटमुनिको डिक्कीमा राखेपछि लोकेन्द्र तोलाङ्गेलाई रविन चौगुठीले फोन गरी बुद्धचित्त मालाको धनीहरू मसँग बसेका छन् । निजहरूलाई फिर्ता दिनुपर्‍यो भनी धुलिखेल सालिकचोकमा बोलाएकोले उक्त माला लिई लोकेन्द्र र म्यान्डम आइते भन्ने अजय तामाङ बा । ६० प ७५७२ नं । को स्कुटी लिई गएका थिए भन्नेसमेत बेहोराको प्रतिवादी लिली भन्ने जयकृष्ण श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी रविन चौगुठिको अधिकारप्राप्त अधिकारीसमक्षको बयानः मिति २०७१।०३।२९ मा अं । ३:४५ बजेको समयमा ड्युटीको सिलसिलामा धुलिखेल बसपार्कमा थिएँ । सोही अवस्थामा हाल पक्राउ रहेको प्रतिवादी राजु लामाले मेरो मोबाइलमा फोन गरी टिपरमा बुद्धचित्तको माला आउँदै छ । नियन्त्रणमा लिनुपर्‍यो हामी अठ्ठाइस किलोमा छौं भनी बताएकाले म अठ्ठाइस किलो भन्ने ठाउँमा पुग्दा सो ठाउँमा प्रतिवादी राजु लामा, जयकृष्ण श्रेष्ठ, लोकेन्द्र तोलाङ्गे, गणेश तामाङ र म्यान्डम आइते भन्ने अजय तामाङसमेत थिए । निजहरूले बा । ३ ख ३९०४ नं । को टिपर आउने बेला भयो भनेपछि म मोटरसाइकल लिई का ।प ।जि । बनेपा न ।पा । ११ बुडोल अरनिको राजमार्ग उग्रचण्डी आयलस्टोर अगाडि पुगेँ । त्यहाँ पुग्नासाथ उक्त टिपर आयो । सो टिपरलाई प्रतिवादी लोकेन्द्र तोलाङ्गे र म्यान्डम अजय भन्ने आइते तामाङ भई रोकी टिपरलाई सडकबाहिर पार्किङ गर्न लगाई चेकजाँच गर्न खोज्दा नमानेकोले मैले म जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको प्रहरी हुँ भनेपछि टिपरबाट जाहेरवालासहितका मानिसहरू बाहिर आए । चेकजाँच गर्ने क्रममा टिपरभित्र निलो रङ्गको झोला फेला पारी सो झोला हेर्दा बुद्धचित्तको मालाका दानाहरू रहेकोमा उक्त दानाहरू के कहाँबाट के कसरी ल्याएको अनुमतिपत्र छ, छैन भनी सोधपुछ गरिरहेको अवस्थामा झोला प्रतिवादी म्यान्डम आइते भन्ने अजय तामाङ र लोकेन्द्र तोलाङ्गेले बा । ६० प ७५७२ नं । को स्कुटीमा चढी लिई भागी गएपछि जाहेरवालाले मलाई बुद्धचित्त मालाको झोला फिर्ता दिनुपर्‍यो भनी विवाद गर्न थाले । मैले राजु लामालाई फोन गरी उक्त झोला धुलिखेल सालिकचोकमा लिई आउनु म त्यहीँ बसिरहेको हुन्छु भनी जाहेरवालालाई मेरो मोटरसाइकलको पछाडि राखी सालिकचोक आई बसेँ । केही समयमा बा । ६० प ७५७२ नं । को स्कुटीमा उक्त बुद्धचित्त मालाको झोला लिई म्यान्डम आइते भन्ने अजय तामाङ र लोकेन्द्र तोलाङ्गेसमेत आए र निजहरू र मसमेत भई जाहेरवालालाई झोला दिएँ । उक्त झोलामा के कति मात्रामा बुद्धचित्तको माला रहेका थिए थाहा भएन, हाल आएर बुझ्दा जाहेरवालाले भक्तपुरतर्फ लैजानको लागि एक मालामा १०८ दानाहरू हुने गरी ७२ थान बुद्धचित्तका मालाहरू ल्याएका रहेछन् । सोही मालामध्येबाट प्रतिवादी लोकेन्द्र तोलाङ्गेसमेतले झिकेका रहेछन् । बुद्धचित्तका मालाहरू मेरो संलग्नतामा चोरी भएको होइन । उक्त मालाको दानाहरू बोकी आउने टिपरलाई रोक्नेसम्मको कार्य गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी रविन चौगुठीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

टिपर चालक रोजबहादुर तामाङको कागजः मैले विगत ३ महिनाअगाडिदेखि बा । ३ ख ३९०४ नं । को टिपर चलाउँदै आएको छु । उक्त टिपरमा मिति २०७१।०३।२९ मा सिन्धुली जिल्लाको कुशेश्वर भन्ने ठाउँबाट रोडाढुङ्गा लोड गरी भक्तपुरतर्फ लैजान भनी लिई आउने क्रममा जाहेरवाला राज दोङ र निजसँगै एक जना व्यक्तिसमेत भक्तपुरतर्फ जाने भनी चढी आएका 

थिए । दिउँसो अं । १६:०० बजेको समयमा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ बुडोलस्थित अरनिको राजमार्गमा आइपुग्दा हाल नाम थर खुलेका प्रतिवादी लोकेन्द्र तोलाङ्गे, रविन चौगुठी र फरार रही नाम थर खुल्न आएका म्यान्डम आइते भन्ने अजय तामाङसमेत भई उक्त मैले चलाई ल्याएको टिपर रोके र निजहरूले जाहेरवालालाई बाहिर आउन अनुरोध गर्दा जाहेरवाला मानेनन् । पछि रविन चौगुठीले म जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी हुँ चेकजाँच गर्नुपर्‍यो भनेपछि निजहरू टिपरबाट बाहिर आए । सोही क्रममा जाहेरवालाले ल्याएको झोला प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे र म्यान्डम आइते भन्ने अजय तामाङले बा । ६० प ७५७२ नं । को स्कुटीमा राखी गए र निजहरूको पछाडि बा । ३४ प ६० नं । को कालो पल्सर मोटरसाइकलमा दुईजना गए । सोपश्चात् म टिपर लिई भक्तपुरतर्फ गएँ, हाल बुझ्दा निज प्रतिवादीहरूले चोरी गरी लगेको झोला जाहेरवालाले ल्याएको बुद्धचित्त मालाको दानाहरू रहेछ भन्नेसमेत बेहोराको टिपर चालक रोजबहादुर तामाङको कागज ।

टिपर चालक रोजबहादुर तामाङको कागजः मिति २०७१।०३।२९ मा सिन्धुली जिल्लाको कुशेश्वर भन्ने ठाउँबाट रोडाढुङ्गा लोड गरी भक्तपुरतर्फ लैजान भनी लिई आउने क्रममा जाहेरवाला राज दोङ र निजसँगै एक जना व्यक्तिसमेत भक्तपुरतर्फ जाने भनी चढी आएको अवस्थामा दिउँसो अं । १६:०० बजेको समयमा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ बुडोलस्थित अरनिको राजमार्गमा आइपुग्दा निज जाहेरवालाले टिपरमा राखी ल्याएको बुद्धचित्त मालाको दाना भएको झोला टिपरलाई जबरजस्ती रोकी जबरजस्ती चोरी गर्ने व्यक्तिहरू हाल मलाई देखाइएकोमध्ये रविन चौगुठी र लोकेन्द्र तोलाङ्गे हुन् । निजहरूलाई हेरी चिनी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको बा । ३ ख ३९०४ नं । को टिपर चालक रोजबहादुर तामाङले गरिदिएको सनाखत कागज ।

जाहेरवाला राज दोङको कागजः का ।प ।जि । मेच्छे गा ।वि ।स वडा नं । ८ स्थित मेरो ससुरा नाताका काइँला लामाको खेतबारीमा उब्जनी भएको बुद्धचित्त मालाको दाना (फल) टिपी प्रशोधन गरी बिक्री वितरण गर्न भक्तपुरतर्फ लैजाने भनी एक मालामा १०८ दाना हुने गरी ७२ माला हुने बुद्धचित्त मालाको दानाहरू बोकी ज्वाइँ नाताका संजिव तामाङको साथमा सिन्धुली जिल्लाको आँपघारी भन्ने ठाउँबाट बा । ३ ख ३९०४ नं । को टिपरमा चढी आउने क्रममा दिउँसो अं । १६:०० बजेको समयमा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ बुडोल अरनिको राजमार्गमा आइपुग्दा बा । ६० प ७५७२ नं । को स्कुटी र बा । ३४ प ६० नं । को पल्सर मो ।सा । मा आएका हाल पक्राउ परेका रविन चौगुठी, लोकेन्द्र तोलाङ्गे र फरार रही नाम खुल्न आएका म्यान्डम आइते भन्ने अजय तामाङसमेत भई जबरजस्ती रोकी ड रत्रासमा पारी एक मालाको रू ।१३,०९५।– पर्ने ७२ मालाको रू ९,४२,८,४०।- (अक्षरूपी नौ लाख बयालिस हजार पन्चानब्बे रूपैयाँ) बराबरको धनमाल चोरी गरेका हुन् । साथै हाल मलाई देखाइएका प्रतिवादी लोकेन्द्र तोलाङ्गेबाट बरामद भएको बुद्धचित्त मालाको दानाहरू देखाउँदा देख्न पाएँ उक्त मालाको दानाहरू निज प्रतिवादीहरूले मबाट चोरी गरेको ७२ थान बुद्धचित्त मालको दानाहरूमध्येकै हो भन्नेसमेत बेहोराको जाहेरवाला राज दोङको कागज ।

प्रत्यक्षदर्शी संजय तामाङको कागजः जाहेरवाला राज दोङले का ।प ।जि । मेच्छे ८ स्थित काइँला लामाको बारीमा उब्जनी भएको बुद्धचित्त माला रूखबाट फल टिपी आफ्नो घरमा प्रशोधन गरेका थिए, सो कामको लागि मैलेसमेत सहयोग गर्दै आइरहेको थिएँ । मिति २०७१।०३।२९ मा निज जाहेरवाला र मसमेत एक मालाको १०८ दाना हुने गरी ७२ थान बुद्धचित्त माला झोलामा प्याक गरी बिक्री वितरण गर्नको लागि भक्तपुर जिल्लातर्फ लैजाने भनी बा । ३ ख ३९०४ नं । को टिपरमा चढी आउने क्रममा दिउँसो अं । १६:०० बजेको समयमा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ बुडोलस्थित अरनिको राजमार्गमा आइपुग्दा लोकेद्र तोलाङ्गे र म्यान्डम आइते भन्ने अजय तामाङ र रविन चौगुठी भई टिपर रोकी के ल्याएको भनी सोधपुछ गरे र हामीलाई डर लागी केही पनि ल्याएको छैन भन्यौं । सोपश्चात् रविन चौगुठीले म जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हुँ चेकजाँच गर्नुपर्‍यो भनी भनेको हुँदा हामीहरू ओर्लनासाथ बुद्धचित्त माला भएको झोला लोकेन्द्र तोलाङ्गे र म्यान्डम आइते भन्ने अजय तामाङले आफ्नो नियन्त्रणमा लिई बढ्ता हुने होइन, हतकडी लगाएर जिल्लामा लैजानु पर्ला भनी धाकधम्की दिई जबरजस्ती चोरी गरी बा । ६० प ७५७२ नं । को स्कुटीमा राखी लिई गएका थिए । पछि हामीहरूले रविन चौगुठीलाई सामान फिर्ता दिन भनी आग्रह गर्दा निज पनि फरार भएका थिए । हाल आएर बुझ्दा प्रतिवादी राजु लामा, जयकृष्ण श्रेष्ठ र गणेश तामाङसमेतको योजना र मिलेमतोमा उक्त बुद्धचित्त मालाको दानाहरू भएको झोला चोरी गरी लगेको थाहा भयो । यसरी निज प्रतिवादीहरूले बुद्धचित्त माला चोरी गरी लगेको हुँदा निजहरूउपर हदैसम्मको कारबाही र सजाय हुनुपर्छ भन्न्नेसमेत बेहोराको घटनाका प्रत्यक्षदर्शी संजय तामाङको कागज ।

काइँला लामाले गरिदिएको कागजः जाहेरवाला राज दोङले मेरो घरबारीमा उब्जनी भएको बुद्धचित्त मालाको रूखबाट फल टिपी आफ्नो घरमा लगी प्रशोधन गरेका थिए । एक मालामा १०८ दाना हुने गरी ७२ थान माला हुने बुद्धचित्त मालाको दानाहरू लिई भक्तपुरतर्फ बिक्री गर्न लैजाने भनी मिति २०७१।०३।२९ मा बा । ३ ख ३९०४ नं । को टिपरमा चढी आउने क्रममा का ।प ।जि । बनेपा न ।पा वडा नं । ११ अरनिको राजमार्गमा पर्ने बुडोल भन्ने स्थानमा आइपुग्दा प्रतिवादी रविन चौगुठी, लोकेन्द्र तोलाङ्गेसमेत भई टिपरलाई रोकी डर त्रासमा पारी जबरजस्ती उक्त बुद्धचित्त माला भएको झोला चोरी गरी लगेको हुँदा निजहरूउपर हदैसम्म कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको काइँला लामाले गरिदिएको 

कागज ।

कल्पना दोङको कागजः का ।प ।जि । मेच्छे गा ।वि ।स वडा नं । ८ स्थित काइँला लामाको घरबारीमा उब्जनी भएको बुद्धचित्त मालाको रूखबाट फल टिपी जाहेरवालाले आफ्नो घरमा लगी प्रशोधन गरेका 

थिए । एक मालामा १०८ दाना हुने गरी गरी ७२ थान बुद्धचित्त मालाको दानाहरू लिई भक्तपुरतर्फ बिक्री गर्न लैजाने भनी मिति २०७१।०३।२९ मा बा । ३ ख ३९०४ नं । को टिपरमा चढी आउने क्रममा का ।प ।जि । बनेपा न ।पा । वडा नं । ११ अरनिको राजमार्गमा पर्ने बुडोल भन्ने स्थानमा आइपुग्दा प्रतिवादी रविन चौगुठी, लोकेन्द्र तोलाङ्गेसमेत भई टिपरलाई रोकी डरत्रासमा पारी जबरजस्ती उक्त बुद्धचित्त मालाको दाना भएको झोला चोरी गरी लगेको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको कल्पना दोङको कागज ।

पत्रः एक मालामा १०८ बुद्धचित्त दाना 

हुन्छ । हालको चलन चल्तीको बजार भाउअनुसार एक मालाको १४,०००।– (अक्षरूपी चौध हजार) पर्दछ जसअनुसार ७२ थान मालाको १०,०८,०००।– (अक्षरूपी दश लाख आठ हजार) पर्ने भन्नेसमेत बेहोराको थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्स भकुण्डेवेशी काभ्रेबाट प्राप्त भएको पत्र ।

बरामदी मुचुल्काः प्रतिवादीहरूको घरकोठा खानतलासी लिँदा अपराध सम्बद्ध प्रमाण लाग्ने चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।

पत्रः बरामद गरेको सात थान मालाको आजको रेटअनुसार बजार मूल्य रू ।१३,०९५।– रहेको र सात थान मालाको बजार मूल्य रू । ९१,६६५।– रहेको भन्नेसमेत बेहोराको थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्सको मिति २०७१।०४।२२ को पत्र ।

अभियोग दाबीः प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा, लिली भन्ने जयकृष्ण श्रेष्ठ, रविन चौगुठी, म्यान्डम आइते भन्ने अजय तामाङले एकआपसमा मिलोमतो गरी योजना बनाई जाहेरवालाको रू । ९,४२,८४०।– (नौ लाख बयालीस हजार आठ सय चालिस) पर्ने बुद्धचित्त माला डाँका गरी लगेको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादीहरूलाई मुलुकी ऐन, चोरीको महलको १ र ६ नं ।बमोजिमको कसुरमा जम्मा बिगो रू । ९,४२,८४०।– (नौ लाख बयालिस हजार आठ सय चालिस) कायम गरी सोही महलको १४(४) नं ।बमोजिम सजाय गरी बरामद रू । ९३,३६२।५० (त्रियानब्बे हजार तीन सय बैसठ्ठी रूपैयाँ पचास पैसा) थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्स, भकुण्डेबेसी ७, काभ्रेको मिति २०७१।०४।२२ को पत्रअनुसार बिगो कायम गरिएको मूल्य पर्ने बुद्धचित्त माला सोही महलको २१ नं ।बमोजिम जाहेरवाला राज दोङलाई फिर्ता दिलाई अपुग बिगो रू । ८,४९,४७७।५० (आठ लाख उनान्चास हजार चार सय सतहत्तर रूपैयाँ पचास पैसा) निज प्रतिवादीहरूबाटै सोही महलको १०(३) नं ।बमोजिम जाहेरवालालाई दिलाई भराइपाउन माग दाबी लिइएको तथा प्रतिवादी म्यान्डम आइते भन्ने अजय तामाङ पक्राउ नपरी फरार रहेबाट निजउपर कानूनबमोजिम म्याद जारी हुनसमेत अनुरोध गरिएको छ । साथै, वारदातमा संलग्न विशाल तामाङको यकिन वतन नखुलेको हुँदा यकिन वतन खुली आएका बखत कानूनबमोजिम हुने बेहोरासमेत अनुरोध गरिएको छ । जाहेरवाला राज दोङले सम्बन्धित निकायबाट अनुमतिविना नै बुद्धचित्त मालाको ओसारपसार, बिक्री वितरणलगायतका कारोबार गरेको देखिएको हुँदा त्यसतर्फ आवश्यक अनुसन्धान गर्न लेखी पठाउने भनी निर्णय भएको बेहोरासमेत अनुरोध गरिएको छ भन्नेसमेत बेहोराको अभियोग दाबी ।

प्रतिवादी लोकेन्द्र तोलाङ्गेको अदालतको बयानः २०७१ साल आषाढ २९ गते म आफ्नो घरकै पसलमा बसिरहेको अवस्थामा दिनको ४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट आएका प्रहरी कर्मचारीले तिम्रो नाउँमा जाहेरी छ । जिल्ला प्रहरी कार्यालय जानुपर्छ भनी भ्यानमा हाली ल्याएको हो । मैले जाहेरीमा उल्लेख गरे जस्तो बुद्धचित्त माला झोला खोसी चोरी गरेको होइन । को कसले चोरी गरे मलाई थाहा छैन । बा । ६० प ७५७२ नं । को स्कुटर मेरो भाइ रूपकको नाममा दर्ता छ । मेरा विरूद्ध किन जाहेरी दिए मलाई थाहा भएन । स्कुटर घरमा 

थियो । मलाई पक्राउ गरिलिई आउँदा साथै ल्याएको 

हो । दशीको बुद्धचित्त माला कसका हुन् मलाई थाहा भएन । अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा मलाई नसुनाई सहीछाप गर भनेकोले गरेको हुँ । उक्त दिन यस मुद्दाका अन्य प्रतिवादीहरूको मसँग भेट भएको छैन । राजु लामाले मलाई समेत पोली किन बयान दिए थाहा भएन । मैले अभियोग मागदाबीबमोजिमको कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लोकेन्द्र तोलाङ्गेले अदालतमा गरेको 

बयान ।

प्रतिवादी जयकृष्ण श्रेष्ठको अदालतको बयानः वारदात भएको भनिएको दिन म आफ्नै पसलमा व्यापार गरी बसेको थिएँ । हाल प्रस्तुत मुद्दाका जाहेरवालालाई यसअघि चिने देखेको पनि छैन । अन्य प्रतिवादीहरूलाई चिन्छु । उक्त दिन निजहरूसँग देखभेटसमेत भएको छैन । मिति २०७१।०३।३० मा दिउँसो चार बजेतिरको समयमा म पसलमा बसिरहेको अवस्थामा तिमीसँग काम छ भनी प्रहरीले जि ।प्र ।का । मा लिई आएको हो । अभियोग पत्रमा उल्लेख गरेझैँ मैले कुनै बुद्धचित्त माला डाँका चोरीसमेत गरेको 

छैन । उक्त वस्तुका बारेमा म अनभिज्ञ छु । दशीको समान र स्कुटर को कसको हो, कहाँबाट आयो मलाई थाहा छैन । अनुसन्धानका क्रममा प्रहरीले सही गर भनी धम्की दिएकोले सहीछाप गरेको हुँ । उक्त बयान बेहोरा नसुनाएकोले के लेखिएको छ मलाई थाहा 

भएन । अन्य प्रतिवादीहरूले मेरा विरूद्ध लेखाउनुपर्ने कारण नहुँदा बनावटी बेहोरा लेखिएको हुनुपर्छ । मैले कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जयकृष्ण श्रेष्ठले अदालतमा गरेको बयान ।

प्रतिवादी रविन चौगुठिको अदालतको बयानः म जिल्ला प्रहरी कार्यालय, काभ्रेमा कार्यरत प्रहरी हवल्दार हुँ । सिभिल ड्रेसमा घुमुवा प्रहरीको रूपमा ड्युटी गर्ने क्रममा प्रतिवादीहरूसँग चिनजान थियो । जाहेरवालालाई हालसम्म चिनेको 

छैन । वारदात भएको भनिएको दिन म दिनभरि नै कार्यालयमा नै रहेको छु । उक्त दिन जाहेरवाला तथा प्रतिवादीहरूसमेतसँग मेरो भेट भएको 

छैन । अभियोग दाबीअनुसार मैले कुनै माला चोरी डाँकासमेत गरेको छैन । उक्त वस्तुका सम्बन्धमा समेत अनभिज्ञ छु । दशीका सामानका बारेमा मलाई थाहा छैन । असार २९ गतेको वारदात भनिए पनि मलाई ऐ । ३१ गते मेरो कार्यालयमा हिरासतमा राखिएको हो । अनुसन्धानका क्रममा भएको बयान बेहोरा यसअघि मलाई सुनाइएको थिएन । सही गर भनी प्रहरी कर्मचारीले धम्की दिएकाले सही गरेको हुँ । अन्य प्रतिवादीहरूले मेरा विरूद्ध किन लेखाए मलाई थाहा भएन । वारदातको दिन विश्वकपको फाइनल भएकोले झगडा हुन्छ भनी डिउटीमा जाँदा राजु लामासँग फोन भएको थियो । अन्यसँग भएको 

छैन । म सादा पोसाकको घुमुवा प्रहरी भएकाले कार्यालयका अन्य प्रहरी कर्मचारी र मेरो रिस गर्ने व्यक्तिहरूले मेरा विरूद्ध अभियोग लगाएका हुन् । अपराधबारे जानकारी लिन कार्यालय प्रमुखबाट आदेश हुँदा जाने गरेकोले उक्त दिन पनि मौखिक आदेशको भरमा गएको हुँ । लिखित आदेश 

थिएन । म मिति २०५८।०४।०१ देखि प्रहरी सेवा प्रवेश गरी हालसम्म सेवारत छु । राष्ट्रसेवक कर्मचारीको हैसियतले समेत मैले अपराध गर्ने व्यक्तिहरूलाई सजाय दिलाउनेमा म आफैँले कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रविन चौगुठीले अदालतमा गरेको बयान ।

प्रतिवादी राजु लामाको अदालतको बयानः वारदात भएको भनिएको दिन म मेरा काकाको घर अठ्ठाइस किलोमा थिएँ । प्रोजेक्टर लिन नापीमा समेत गएको हुँ । यी जाहेरवालालाई चिने देखेकोसमेत छैन । निजको बुद्धचित्त माला मैले चोरी डाँका गरेको पनि छैन । कसले चोरी डकैती गरे मलाई थाहा 

भएन । बुझिएका मानिसले किन मेरा विरूद्ध लेखाए मलाई थाहा भएन । उक्त मितिमा लोकेन्द्र तोलाङ्गेसमेतसँग भेट भएको छैन । अनुसन्धानका क्रममा भएको बयान बेहोरा मलाई नसुनाएकोले मलाई थाहा छैन । अन्य प्रतिवादीले बयान गर्दा किन मेरा विरूद्ध लेखाइदिए थाहा भएन । मैले गर्दै नगरेको कसुरमा सजाय पाउनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजु लामाले अदालतमा गरेको बयान ।

जाहेरवाला राज दोङको बकपत्रः मिति २०७१।०३।२९ का दिन मैले टिपरमा राखी बुद्धचित्तको माला ल्याउँदै गर्दाको अवस्थामा एउटा बाइक र एउटा स्कुटरमा चढी आएका मानिसहरूले म चढी आएको टिपर बनेपा बुडोलमा डिजेल हाल्नको लागी रोकी राखेको अवस्थामा मेरो झोलामा रहेको बुद्धचित्तको माला ९०७२ दाना लुटी लगेका हुन् । बनेपा बुडोलमा रहेको पेट्रोल पम्पमा एक्कासि ४।५ जना केटाहरू आई लुटेर लगेकोले सो समयमा कति जना आएका थिए यकिन भएन । त्यसपश्चात् मैले मिति २०७१।०३।२९ मा प्रहरीमा मौखिक जानकारी दिएपश्चात् मिति २०७१।०४।०२ मा लिखित जाहेरी दिएको हुँ भन्नेसमेत बेहोराको जाहेरवाला राज दोङले अदालतमा  गरेको बकपत्र ।

जाहेरवाला राज दोङको मुलुकी ऐन, अ ।बं ।१३३ नं । बमोजिमको कागजः मैले मेरो ससुरा काइँला तामाङको बारीमा फलेको बुद्धचित्तको मालाका दाना बेच्नको लागि भक्तपुर लैजाँदै गर्दा चोरी लुटपाट भएको हो । मैले उक्त मालाका दाना खरिद गरेर ल्याएको पनि होइन र यसअगाडि खरिदबिक्री गरेको पनि छैन । मैले नै स्थानीय चलन चल्तीको आधारमा रू ।११,००,०००।– (एघार लाख ) कायम गरेको हुँ । बुद्धधर्मसँग सम्बन्धित भएकाले यसको बजार भनेको स्वयम्भु, बौद्धतिर हो । यो सामानको मूल्य निर्धारण गर्ने कुनै आधिकारिक निकाय छैन र यसको मूल्यको कानूनी आधार पनि छैन । मलाई उक्त सामान खरिद बिक्री गर्ने कुनै इजाजत एवं छोडपुर्जी नलिएको आधारमा प्रतिकिलो ७।८ रूपैयाँका दरले वन पैदावारसम्बन्धी मुद्दामा जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकमा रू ।१,०७०।– जरिवाना तिरी छुटेको हुँ । हाल उक्त मुद्दाको सम्बन्धमा के भइरहेको छ मलाई थाहा छैन भन्नेसमेत बेहोराको यस अदालतको आदेशानुसार जाहेरवाला राज दोङले मुलुकी ऐन, अ ।बं । १३३ नं ।बमोजिम गरेको कागज ।

प्र ।ना ।नि । निमाबहादुर लामाको बकपत्रः मिति २०७१।०३।२९ मा म कार्यालयमा  रहेको अवस्थामा यी जाहेरवाला राज दोङले खबर गरेपछि मेरो कमान्डमा घटनास्थलमा जाँदा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल न ।पा । वडा नं । ७ को अठ्ठाइसकिलोनजिक यी प्रतिवादीहरू रविन चौगुठी, लोकेन्द्र तालाङ्गे र राज तामाङसमेतलाई फेला पारी लोकेन्द्र तोलाङ्गेले चलाउने गरेको बा । ६० प ७५७२ नं । को स्कुटरको डिक्कीबाट बरामदी मुचुल्कामा उल्लिखित बुद्धचित्त माला बरामद गरेको हो । अन्य प्रतिवादीहरूलाई हामीले देखेका थिएनौं भन्नेसमेत बेहोराको बरामदी मुचुल्का तयार गर्ने प्र ।ना ।नि । निमा बहादुर लामाले गरेको बकपत्र ।

प्र ।स ।नि । ईन्द्रमणि के ।सी । को बकपत्रः मिति २०७१।०३।२९ मा म कार्यालयमै डिउटीमा रहेको अवस्थामा यी जाहेरवाला राज दोङले खबर गरेपछि मसहित प्र ।ना ।नि । निमाबहादुर लामाको कमान्डमा घटनास्थलमा जाँदा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल न ।पा । वडा नं । ७ को अठ्ठाइसकिलोनजिक यी प्रतिवादीहरू रविन चौगुठी, लोकेन्द्र तालाङ्गे र राज तामाङसमेतलाई फेला पारी लोकेन्द्र तोलाङ्गेको स्कुटरको डिक्कीबाट बरामदी मुचुल्कामा उल्लिखित बुद्धचित्त माला बरामद गरेको हो । अन्य प्रतिवादीहरूलाई हामीले देखेका थिएनौं भन्नेसमेत बेहोराको बरामदी मुचुल्का तयार गर्ने प्र ।स ।नि । ईन्द्रमणि के ।सी । ले गरेको बकपत्र ।

प्र ।ज । वासुदेव खड्काको बकपत्रः प्रतिवादीहरूले बनेपा ११ बुडोलस्थित पेट्रोल पम्पबाट बुद्धचित्त माला बनाउने दाना डाँका गरी लगेकोमा धुलिखेल न ।पा । ७ मा लोकेन्द्र तोलाङ्गेले चलाउने स्कुटरको डिक्कीमा लुकाइराखेको अवस्थाका ७७२ थान बुद्धचित्त मालाका गेडाहरू बरामद भएको हो । उक्त बरामद गर्ने समयमा लोकेन्द्र तोलाङ्गेसमेतका मानिसहरू थिए भन्नेसमेत बेहोराको बरामदी मुचुल्का तयार गर्ने प्र ।ज । वासुदेव खड्काले गरेको बकपत्र ।

कल्पना दोङको बकपत्रः घटनास्थलमा म थिइनँ । जाहेरवाला मेरो भाइ राज दोङले फोन गरी मैले ल्याउँदै गरेको बुद्धचित्तको माला लुटियो भनेपछि थाहा पाएकी हुँ । त्यसको १ हप्तापछि जिल्ला प्रहरी कार्यालयमा आएकी थिएँ भन्नेसमेत बेहोराको मौकामा बुझिएकी कल्पना दोङले गरेको बकपत्र ।

रोजबहादुर तामाङको बकपत्रः म सिन्धुलीबाट रोडा बोकी टिपर लिएर भक्तपुर आउँदै गर्दा रोडा उठाएको ठाउँबाट करिब १ कि ।मि । अगाडि बालुवा भन्ने ठाउँमा काठमाडौं जाने भनी दुईजना चढी क्याबिनको सिटमा बसेर आएकोमा माता उग्रचण्डी पेट्रोल पम्प बनेपामा तेल हाल्नको लागि गाडी रोकेको अवस्थामा एउटा स्कुटर र एउटा पल्सर बाइकमा मानिसहरू आई क्याबिनमा बसेकासँग कुरा गरी उनीहरूले ल्याएको झोला झिकी गाडीमा आएका दुईजनामध्ये १ जना बाइकमा आएकासँगै गएका थिए भने एक जना बनेपामा नै झरेका थिए भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस रोजबहादुर तामाङले गरेको बकपत्र ।

काइँला तामाङको बकपत्रः मेरो आफ्नो बारीमा फलेको बुद्धचित्तको माला मेरो कान्छी छोरीज्वाइँ राज दोङले मिति २०७१ असार १४।१५ गतेतिर टिपेर लानुभएको हो । उहाँले प्रशोधन नगरेको बुद्धचित्तको मालाको दाना ३० किलोको चामलको बोरामा ३ बोरा लैजानु भएको हो । त्यसलाई प्रशोधन गर्दा १ बोराजति हुन्छ । ज्वाइँले लगेपश्चात् के गर्नुभयो मलाई थाहा भएन भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने काइँला तामाङले गरेको बकपत्र ।

प्रतिवादी राजु लामाका साक्षी तस्वीर लामाको बकपत्रः मिति २०७१।०३।२९ मा मेरो ठुलोबुबा पर्ने नरध्वज लामाको घर बनेपा अठ्ठाइसकिलोमा म र राजु लामालगायतका साथीहरू दिउँसो २ बजेदेखि साँझ १ बजेसम्म सँगै बसेका थियौं । राजु लामा राम्रो आचरणको मानिस हो । ऊ चोरीमा संलग्न छैन भन्नेसमेत बेहोराको प्रतिवादी राजु लामाका साक्षी तस्वीर लामाले गरेको बकपत्र ।

प्रतिवादी जयकृष्ण श्रेष्ठ साक्षी श्रीकृष्ण श्रेष्ठको बकपत्रः प्रतिवादी जयकृष्ण श्रेष्ठ मेरो भाइ हो मिति २०७१।०३।२९ मा ऊ मसँगै पसलमा 

थियो । ऊ चोरीमा संलग्न भएकै छैन भन्नेसमेत बेहोराको प्रतिवादी जयकृष्ण श्रेष्ठका साक्षी श्रीकृष्ण श्रेष्ठले गरेको बकपत्र ।

प्रतिवादी लोकेन्द्र तोलाङ्गेका साक्षी गोपी भन्ने चुत्रबहादुर तोलाङ्गेको बकपत्रः प्रतिवादी लोकेन्द्र तोलाङ्गे सरस्वती बजारमा जुत्ताको व्यापार गरी खाने मानिस हो । ऊ र म मिति २०७१।०३।२९ को बेलुकीपख चिया खाई बसेका थियौं । ऊ चोरी गर्ने मानिस होइन र यो चोरीमा पनि संलग्न छैन भन्नेसमेत बेहोराको प्रतिवादी लोकेन्द्र तोलाङ्गेको साक्षी गोपी भन्ने चुत्रबहादुर तोलाङ्गेले गरेको बकपत्र ।

प्रतिवादी रविन चौगुठिका साक्षी रमेश चौगुठिको बकपत्रः प्रतिवादी रविन चौगुठी मिति २०७१।०३।२९ मा अफिसको कामले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जानुभएको थियो । सो कुरा उहाँले मलाई दिउँसो फोन गरी बताउनुभएको थियो । उहाँलाई बुद्धचित्तको माला भनेको के हो, सो सामान के प्रयोजनको लागि प्रयोग हुन्छ भन्नेसम्म थाहा छैन । उहाँलाई मैले बच्चैदेखि चिन्दछु, उहाँ चोरीमा संलग्न हुने मानिस होइन भन्नेसमेत बेहोराको प्रतिवादी रविन चौगुठिका साक्षी रमेश चौगुठीले गरेको बकपत्र ।

बिकु लामाको बकपत्रः मेरो बुद्धचित्तको माला व्यापार गर्ने पुर्खौली पेसा हो । मैले २०६८ सालदेखि थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्स, भकुण्डेबेसी ७ काभ्रेपलाञ्चोक नामक संस्था दर्ता गरी व्यापार सञ्चालन गर्दै आइरहेको छु । मैले जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको पत्रको आधारमा बुद्धचित्त मालाको मूल्य स्थानीय बजारको मूल्यका आधारमा मूल्याङ्कन गरी पठाइदिएको हुँ । मैले पठाएको पत्रमा एउटा मालाको मूल्य रू ।१३,०९५।– र ७ वटा मालाको मूल्य रू ।९१,६६५।– मूल्य कायम गरी पठाइदिएको हो । मालाको त्यत्ति नै मूल्य पर्ने 

हो । नउनेको गेडाहरू माला बनाउन उन्दा करिब ४० प्रतिशत खेर जान्छ भन्नेसमेत बेहोराको बुझिएका मानिस बिकु लामाले गरेको बकपत्र ।

संजय तामाङको बकपत्रः मिति २०७१।०३।३१ मा बुद्धचित्तका माला बरामद भएको हो । सो कुरा राज दोङले मलाई फोन गरेपश्चात् थाहा पाएको हुँ । घटना घटेको दिन म बनेपामा गई झरेको हुँ भने स्कुटरमा चढी जाने व्यक्ति राज दोङ हुन् भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस संजय तामाङले गरेको बकपत्र ।

दलमान थोकरको बकपत्रः मिति २०७१।०३।३१ मा लोकेन्द्र तोलाङ्गेले चलाउने बा । ६० प ७५७२ नं । को मोटरसाइकलबाट बुद्धचित्तका मालाको दाना बरामद भएको हो । बरामदी मुचुल्का हुँदा मैले बुद्धचित्तको माला देखेको थिइनँ भन्नेसमेत बेहोराको बरामदी मुचुल्काका मानिस दलमान थोकरले गरेको बकपत्र ।

सुरू फैसलाः प्रतिवादीमध्येका म्यान्डम आइते भन्ने अजय तामाङ म्यादमा हाजिर नभई फरार रहेको अवस्था हुँदा निजको हकमा मुलुकी ऐन, अ ।बं । १९० नं ।बमोजिम मुल्तबीमा राखिदिएको छ । प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, रविन चौगुठी, राज दोङ र जयकृष्ण श्रेष्ठले मुलुकी ऐन, चोरीको महलको १ र ६ नं ।बमोजिमको कसुर गरेको ठहरी बिगो रू ।९१,६६५।- कायम गरी निजहरूलाई सोही महलको १४(४) नं ।बमोजिम जनही ६ (छ) वर्ष कैद र रू ।१,३७,४९७।५० (एक लाख सैंतिस हजार चार सय सन्तानब्बे रूपैयाँ पचास पैसा) जरिवाना हुने ठहर्छ भन्नेसमेत सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मिति २०७२।०३।२२ मा भएको फैसला ।

प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा, लिली भन्ने जयकृष्ण श्रेष्ठ र रविन चौगुठिको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनः प्रस्तुत मुद्दाको जाहेरी दरखास्तमा ५ जना प्रतिवादीको नाम लेख्नुबाहेक डाँका शब्दसम्म उच्चारण गरिएको छैन भने हतियार प्रयोग गरेको, जबरजस्ती गरेको, हुल हुज्जत गरेको सङ्केतसम्म जाहेरवालाले उल्लेख गर्न सकेको 

छैन । बरामदी मुचुल्कामा सार्वजनिक बाटोमा बरामद गरिएको कुरा उल्लेख छ तर बरामदी मुचुल्कामा सही गर्ने प्र ।ज । वासुदेव खड्काले अदालतमा आई बकपत्र गर्दा काठमाडौं विश्वविद्यालयको प्राङ्गणमा बरामद भएको भनी बकपत्र गरेका छन् । परस्पर विवादास्पद अभिव्यक्ति वादीका साक्षीहरूले व्यक्त गरेको हुँदा न्यायको दृष्टिमा कदापि प्रमाणयोग्य हुन सक्दैन । जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा मोटरसाइकलमा र स्कुटरमा यत्ति जना आएको भनी यकिन गर्न सक्दिनँ, त्यही बुद्धचित्त मालाको गेडा सम्बन्धमा इजाजत नभई काम गरेकोले वन मुद्दा लागेको र रू ।१,०७०।- जरिवाना भएको, जाहेरी मिति २०७१।०४।०२ मा दिएको, टिपरको ढोका खोल्ने मानिस र झोला खोस्ने मानिस यकिन गर्न सक्दिनँ, १०८ गेडाको दरले १२ माला फिर्ता पाएँ, प्रतिवादीलाई चिनेको छैन, प्रतिवादीहरूको नाम पनि थाहा छैन भनी बकपत्र गरेको अवस्था छ । उक्त बुद्धचित्त मालाको गेडा सम्बन्धमा वन कार्यालयसँग सोधेको जवाफमा यकिन मूल्य थाहा नभएको भन्दै यस कार्यालयबाट प्रतिकिलो रू ।८।- सरकारी मूल्य रहेको भनी जानकारी गराएको अवस्थामा के आधारबाट बिगो कायम भएको हो स्पष्ट छैन । वादीले प्रस्तुत गरेको शङ्कास्पद प्रमाणहरू र मूल्य कायम गर्ने कुनै कानूनी अधिकार नै नभएका थोकर बुद्धचित्त तथा माला सप्लायर्सको व्यक्तिले अनाधिकार रूपमा लेखाइदिएको मूल्यलाई आधार लिई डाँका जस्तो जघन्य अपराधमा हामीउपर गरेको कैद तथा जरिवाना कानूनी आधार तथा सिद्धान्तसमेतले मिल्ने होइन । काभ्रेपलाञ्चोक जिल्ला अदालतले हामी प्रतिवादीहरूलाई कैद तथा जरिवाना गर्ने गरी भएको डाँका मुद्दाको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा, लिली भन्ने जयकृष्ण श्रेष्ठ र रविन चौगुठिको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनः यी प्रतिवादीहरूले जाहेरवालाको बुद्धचित्त दानाको ७२ थान मालाको रू ।९,४२,८४०।- बराबरको धनमाल डाँका गरी लेगेको कुरा जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, डाँका गरेको धनमालमध्येको ७७० बुद्धचित्तको दाना बरामद भएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का, प्रतिवादीहरूको मौकाको साबिती बयान, जाहेरवाला तथा बुझिएका मानिसहरूको कागज तथा बकपत्रसमेतबाट पुष्टि भएको छ । डाँका गरी आएकामध्ये केही प्रतिवादी भागेको र केही प्रतिवादी पक्राउ परेकोमा सबै डकैती भएको धनमाल बरामद हुन नसक्नु स्वाभाविक हो । तसर्थ, प्रतिवादीहरूलाई बरामदबाहेकको बिगोतर्फको दाबी नपुग्ने ठहरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले अभियोग माग दाबीभन्दा कम सजाय गर्ने ठहरी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भएको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशः यसमा बरामद भएको बुद्धचित्तको दानाको मूल्याङ्कनको आधारबारेमा सुरू फैसला विचारणीय देखिएको र सुरू फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादीको पुनरावेदन परेको पुनरावेदनको जानकारी एक अर्को पक्षलाई दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०८।२८ मा भएको 

आदेश ।

तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाः वादी नेपाल सरकारतर्फबाट जाहेरीमा लेखिएबमोजिमको बिगो स्थापित हुन नसकेको तथा बुद्धचित्त माला भएको झोला खोसी लगेको भन्नेसम्म देखिएको अवस्थामा प्रतिवादीहरूलाई डाँका जस्तो गम्भीर अपराधको दोषी कायम गर्न मिल्ने नदेखिँदा वारदातको प्रकृतिबाट मुलुकी ऐन, चोरीको महलको ६ नं । को कसुर पुष्टि नभएको अवस्थामा पनि प्रतिवादीहरूलाई ऐ । महलको १४(४) नं । बमोजिम सजाय गर्ने गरी भएको काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०७२।०३।२२ को फैसला नमिलेकोले केही उल्टी भई पुनरावेदक प्रतिवादीहरूलाई चोरीको महलको १ नं । को कसुरमा ऐ । १२ नं ।बमोजिम बिगो रू । ९१,६२५।- को बुद्धचित्त माला चोरी गरेकोमा सोही नं ।अनुसार जनही बिगो बराबर जरिवाना र १ (एक) महिना कैद हुने ठहर्छ । पूर्णतः सफाइ हुनपर्ने भन्ने प्रतिवादीहरूको र अभियोग दाबीबमोजिमको बिगो कायम हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।०२ मा भएको फैसला ।

प्रतिवादी रविन चौगुठिको तर्फबाट यस अदालतमा परेको पुनरावेदनः म पेसाले घुमुवा प्रहरी हवल्दार भई कार्यरत रहेको अवस्थामा मैले चोर्नै पर्ने कुनै पनि आधारहरू छैन । मैले आफ्नो कर्तव्यसम्म निर्वाह गरेको हो । जाहेरवाला राज दोङले जाहेरी दरखास्तमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठीसमेत भई टिपरलाई एक्कासि बाटो छेकी, रोकी, ढोका खोली, मलाई जबरजस्ती तानी ओराली मैले बिक्री गर्न भनी ल्याएको झोलामा रहेको बुद्धचित्त मालाको दानाहरू भएको झोला जबरजस्ती खोसी चोरी गरी लगेको भनी भनेकोमा अदालतसमक्ष गरेको बयानमा मिति २०७१।०३।२९ को दिन टिपरमा राखी बुद्धचित्तको माला ल्याउँदै गर्दाको अवस्थामा एउटा बाइक र एउटा स्कुटरमा चढी आएका मानिसहरूले म चढी आएको टिपर बनेपा बुडोलमा डिजेल हाल्नको लागि रोकी राखेको अवस्थामा मेरो झोलामा रहेको बुद्धचित्तको माला लुटी लगेको भनेर विरोधाभाषपूर्ण कुरा गरेको अवस्था छ । मैले उक्त बुद्धचित्त लुट्न पर्नेसम्मको कारण मिसिल संलग्न कुनै पनि कागजातहरूले देखाउन खुल्न सकेको अवस्था छैन । यस मुद्दामा मलाई झुट्टा मुद्दामा फसाइएको कुरा प्रस्ट रहेको छ । प्रस्तुत यस मुद्दामा मेरो साक्षी रमेश चौगुठीले अदालतमा आई गरेको बकपत्रलाई अदालतले ग्रहण गरेको 

छैन । जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने जिम्मेवार काम निर्वाह गरिरहेको व्यक्तिलाई आफ्नो कर्तव्य पालना गरेको अवस्थामा यस मुद्दामा योजनाबद्ध रूपमा फसाउन खोजेकोबाहेक यस मुद्दाको अरू कुनै उद्देश्य नरहेको कुरा वस्तुगत एवं निश्चयात्मक प्रमाण जुटाउन नसकेको कारणबाट प्रस्ट हुन जाने भएकोले मलाई यो मुद्दाबाट सफाइ दिनुपर्नेमा चोरीतर्फ कसुर गरेको ठहर गरेको फैसला मिलेको नहुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रविन चौगुठिको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनः जाहेरवाला राज दोङले बकपत्र गर्दा मेरो झोलाको बुद्धचित्त माला जबर्जस्ती लुटी प्रतिवादीहरूले लगेका हुन् भनी जाहेरी दरखास्त सनाखत गर्दै आफ्नो ९,०७२ दाना बुद्धचित्त मालाको जबरजस्ती डाँका गरी लगेको र मालाको मूल्य रू । ९,४२,८४०।- पर्दछ भनी स्पष्ट रूपमा लेखाएको अवस्था 

छ । जाहेरवालाले ४।५ जनाको संख्यामा आएको भनी बकपत्रमा लेखाएको बेहोरा हेर्दा स्वाभाविक रूपमा ४ जनाभन्दा बढीको संख्यामा उपस्थित भई प्रतिवादीहरूले डाँकाको वारदात घटाएको पुष्टि भएको देखिन्छ । प्रतिवादीहरूले जाहेरवालालाई अभियोग दाबीबमोजिमको बिगो चोरी गरी अभियोग दाबीबमोजिमको कसुर गरेको स्पष्ट देखिँदादेखिँदै सोको तथ्यपरक विश्लेषण नगरी प्रत्यक्ष कानूनी त्रुटिसमेत गरी डाँका वारदातलाई साधारण चोरीको वारदातमा परिणत गरी बिगोसमेत घटाई प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा घटी सजाय गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी जाहेरवालालाई मागबमोजिम बिगो दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

यस अदालतको आदेशः यसमा पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।११।०२ को फैसलाउपर पुनरावेदक प्रतिवादी रविन चौगुठी र पुनरावेदक वादी नेपाल सरकारको समेत गरी दोहोरो पुनरावेदन परेको देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन परस्परमा जानकारी गराउनु साथै रविन चौगुठीबाहेकका नेपाल सरकारको पुनरावेदनमा प्रत्यर्थी कायम गरिएका अन्य प्रतिवादीहरूलाई समेत छलफलको लागि झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत यस अदालतबाट मिति २०७६।०३।२४ मा भएको 

आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेरियो ।

पुनरावेदक प्रतिवादी रविन चौगुठिको तर्फबाट उपस्थित हुनु भएका विद्वान् अधिवक्ता डा । श्री प्रभाकर खनालले मेरो पक्ष पेसाले घुमुवा प्रहरी हुन् । निजले आफ्नो कर्तव्य निर्वाहको क्रममा जाहेरवालाले टिपरमा लिई आएको बुद्धचित्त माला कुनै प्रतिबन्धित वस्तु हो कि भनी चेक जाँचसम्म गरेको हो । चेक जाँच गर्दा जाहेरवालाले कुनै प्रतिबन्धित समान बोकेको नपाएपछि मेरो पक्षले आफ्नो बाटो लागेको अवस्था हो । मेरो पक्षले जाहेरवालाको सामान चोर्ने डाँका गर्ने केही गरेको होइन । तत्पश्चात् अन्य प्रतिवादीहरू तथा जाहेरवालाले के-के गरे मेरो पक्षलाई कुनै जानकारी छैन । मेरो पक्षलाई झुट्टा मुद्दामा फसाउन यस्तो आरोप लगाइएको देखिन्छ । जाहेरवालाले नै जाहेरी तथा बकपत्रमा फरक-फरक कुरा गरेको देखिन्छ । राष्ट्र सेवा गर्ने मेरो पक्षलाई अनुमान र शङ्काको भरमा कसुरदार ठहर गर्दा अन्याय पर्न जाने हुन्छ । निजले आफ्नो नोकरीबाट नै बिदा हुनुपर्ने अवस्था हुन्छ । त्यसकारण प्रस्तुत मुद्दामा मेरो पक्षलाई अभियोगबाट सफाइ प्रदान गरिनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेलले, जाहेरवालाले बकपत्र गर्दा प्रतिवादीहरूले डाँका गरी लगेको बुद्धचित्त मालाको मूल्य रू ।९,४२,८४०।- पर्दछ भनी स्पष्ट रूपमा लेखाएको अवस्था छ । प्रतिवादीहरू चार पाँच जना भई बुद्धचित्त डाँका गरी लगेको तथ्य वारदातको प्रकृतिबाटै पुष्टि भएको देखिन्छ । यस्तो अवस्थामा पनि डाँकाको वारदातलाई साधारण चोरीको वारदातमा परिणत गरी बिगोसमेत घटाई प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा घटी सजाय गर्ने गरी भएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको छैन । तसर्थ, उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी जाहेरवालालाई मागबमोजिम रू ।९,४२,८४०।- बिगो कायम गरिनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

यस इजलासबाट पटकपटक पुकार गर्दा पनि यस अदालतले तोकिदिएको तारेख गुजारी बसेका प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठको तर्फबाट निजहरू स्वयं वा निजहरूको कोही प्रतिनिधिको यस इजलाससमक्ष उपस्थिति हुन सकेन ।

यी पुनरावेदक प्रतिवादी रविन चौगुठी तथा प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठसमेतलाई साबिक मुलुकी ऐन, चोरीको महलको १ र ६ नं । को कसुरमा रू ।९,४२,८४०।– बिगो कायम गरी सोही महलको १४(४) नं ।बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी रविन चौगुठीसमेतलाई साबिक ऐ । महलको १ र ६ नं । को कसुरमा सोही महलको १४(४) नं ।बमोजिम जनही ६ वर्ष कैद र रू ।१,३७,४९७।५० जरिवाना हुने ठहर गरी सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । सुरू फैसलाउपर चित्त नबुझाई, उक्त सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय पाउँ भनी यी पुनरावेदक प्रतिवादी रविन चौगुठीसमेतको तर्फबाट र प्रतिवादीहरूलाई अभियोग माग दाबीभन्दा कम सजाय गर्ने गरी भएको सुरू फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा दोहोरो पुनरावेदन परेकोमा सुरू फैसला केही उल्टी गरी यी पुनरावेदक प्रतिवादी रविन चौगुठीसमेतलाई ऐ । महलको १ नं । को कसुरमा ऐ । महलको १२ नं ।बमोजिम बिगो रू । ९१,६२५।– को बुद्धचित्त माला चोरी गरेकोमा जनही बिगो बराबर जरिवाना र एक महिना कैद हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट फैसला भएको पाइन्छ ।

उक्त पुनरावेदन अदालतको फैसलाउपर असहमति जनाउँदै, आफ्नो पेसाको कर्तव्य पालना गरेको अवस्थामा मलाई झुट्टा अभियोग लगाइएको हुँदा सफाइ दिनुपर्नेमा कसुरदार ठहर गरेको फैसला मिलेको नहुँदा अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादी रविन चौगुठिको तर्फबाट र वारदातको प्रकृतिबाटै प्रतिवादीहरूले डाँकाको कसुर गरी अभियोग दाबीबमोजिमको बिगो प्रमाणित हुँदाहुँदै पनि डाँका वारदातलाई साधारण चोरीको वारदातमा परिणत गरी बिगोसमेत घटाई प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा घटी सजाय गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरी जाहेरवालालाई मागबमोजिम बिगो दिलाई भराइपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष दोहोरो पुनरावेदन परेकोमा यस अदालतबाट छलफलको लागि प्रत्यर्थी झिकाउने आदेश भई आज निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्नहरूको सम्बन्धमा न्याय निरूपण गर्नुपर्ने देखिन आयोः-

(क) प्रस्तुत वारदात कसुरजन्य प्रकृतिको हो, होइन ? हो भने वारदात साधारण चोरीको हो वा जबरजस्ती चोरी वा डाँकाको हो ?

(ख) पुनरावेदक प्रतिवादी रविन चौगुठिको प्रस्तुत कसुरजन्य कार्यमा संलग्नता देखिन्छ, देखिँदैन ? देखिन्छ भने निजको के कस्तो संलग्नता हो ?

(ग) प्रस्तुत मुद्दाको बिगो अभियोग दाबीबमोजिम रू ।९,४२,८४०।– कायम हुनुपर्ने हो, 

होइन ? अर्थात् प्रस्तुत मुद्दामा के कति बिगो कायम हुने हो ?

(घ) प्रतिवादी रविन चौगुठी तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? अर्थात् तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।०२ मा भएको फैसला मिलेको छ, छैन ?

 

२ । सर्वप्रथम, प्रस्तुत मुद्दाको वारदात कसुरजन्य प्रकृतिको हो, होइन ? हो भने प्रस्तुत वारदात साधारण चोरीको हो वा जबरजस्ती चोरी वा डाँकाको वारदात के हो ? भन्ने पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा, साबिक मुलुकी ऐन, चोरीको महलको १ नं । मा रहेको कानूनी प्रावधान हेर्दा, "आफ्नो हक नपुग्ने अचल भइरहेकोलाई चलको हिसाब गराई वा चल धनमालसमेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जुरी नलिई धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ" भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा मिति २०७१।०३।२९ को दिन बनेपा बुडोलस्थित अरनिको राजमार्गमा यी पुनरावेदक प्रतिवादी रविन चौगुठी तथा प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठसमेतले टिपरको बाटो छेकी मेरो रू ।९,४२,८४०।- मूल्य पर्ने बुद्धचित्त १०८ को दरले ७२ माला जबरजस्ती चोरी गरी लगेको भनी प्रस्तुत मुद्दाको जाहेरी दरखास्त परेको देखिन्छ । बा । ६० प ७५७२ नं । को स्कुटर चलाई आएका चालक लोकेन्द्र तोलाङ्गेलाई नियन्त्रणमा लिई खानतलासी गर्दा स्कुटरको डिक्कीबाट ७७० दाना बुद्धचित्त बरामद भएको भन्ने बरामदी मुचुल्का रहेको देखिन्छ । उल्लिखित जाहेरी दरखास्त तथा बरामदी मुचुल्काको बेहोरालाई समर्थन हुने गरी जाहेरवालालगायतले अदालतमा आई बकपत्रसमेत गरिदिएको पाइन्छ । यसरी उक्त वारदातमा जाहेरवालाको बुद्धचित्त माला चोरी भएपछि ७७० दाना बुद्धचित्त बरामदसमेत भएको भन्ने देखिन्छ ।

३ । यी पुनरावेदक प्रतिवादी रविन चौगुठी तथा प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठले अदालतमा बयान गर्दा वारदातको दिन अन्यत्रै रहेको भनी अभियोगमा इन्कारी रहेको 

पाइन्छ । तथापि, निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान हेर्दा, वारदातको दिन रविन चौगुठी, जयकृष्ण श्रेष्ठ, राजु लामा र म्यान्डम आइते भन्ने अजय तामाङले बा । ३ ख ३९०४ नं । को टिपरमा बुद्धचित्त माला आएको छ, उक्त मालाहरू चोरी गर्नुपर्छ भनी वारदात स्थलमा कुरी बसेकोमा उक्त टिपर आएपछि टिपरका मान्छेलाई बाहिर आउन भन्दा नमानेको र प्रतिवादी रविन चौगुठीले म प्रहरी हुँ भनेपछि बाहिर आएका; त्यसपछि टिपरभित्र रविन चौगुठी र म्यान्डम आइते भन्ने अजय तामाङ छिरी चेकजाँच गर्दा फेला परेको बुद्धचित्त माला रहेको झोला मैले बोकी मेरो बा । ६० प ७५७२ नं । को स्कुटीमा म्यान्डम आइते भन्ने अजय तामाङले चलाई म पछाडि बसी वारदात स्थलबाट भागी चोरीको बुद्धचित्त मालामध्ये एक हेल्मेट मालाको दानाहरू बिक्री गरेको र बाँकी ७७० दाना बुद्धचित्त मालासहित पक्राउ परेको भनी प्रतिवादी लोकेन्द्र तोलाङ्गेले बयान गर्दा बेहोरा लेखाइदिएको देखिन्छ । अर्का प्रतिवादीहरू राजु लामा र जयकृष्ण श्रेष्ठले, निजहरू बा । ३४ प ३३ नं । को पल्सर मोटरसाइकलमा वारदात स्थलमा रहेको भनी प्रतिवादी लोकेन्द्र तोलाङ्गेको बयान समर्थन हुने गरी बेहोरा लेखाइदिएको देखिन्छ । यी पुनरावेदक प्रतिवादी रविन चौगुठीले, प्रतिवादी राजु लामाले बुद्धचित्त नियन्त्रण गर्न भनी फोनबाट बोलाएबमोजिम वारदात स्थलमा गएको, टिपर चेकजाँच गरेको, टिपरभित्र झोलामा बुद्धचित्त फेला परेकोमा उक्त झोला लिई प्रतिवादी म्यान्डम आइते भन्ने अजय तामाङ र लोकेन्द्र तोलाङ्गेले बा । ६० प ७५७२ नं । को स्कुटीमा भागी गएको भनी बेहोरा लेखाइदिएको देखिन्छ ।

४ । यसरी, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतसमक्ष दुई फरक-फरक किसिमको बयान बेहोरा रहेको देखिँदा त्यसको सत्यतालाई अन्य प्रमाणको रोहबाट दृष्टिगत गर्दा, जाहेरवालाले ल्याएको झोला प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे र म्यान्डम आइते भन्ने अजय तामाङले बा । ६० प ७५७२ नं । को स्कुटीमा राखी गए भनी टिपर चालक रोजबहादुर तामाङको अनुसन्धानको क्रममा कागज गरिदिएको देखिन्छ भने निजले गरेको सनाखत कागज बेहोरा हेर्दा, टिपरलाई जबरजस्ती रोकी बुद्धचित्त माला जबरजस्ती चोरी गर्ने व्यक्तिहरू हाल मलाई देखाइएकोमध्ये रविन चौगुठी र लोकेन्द्र तोलाङ्गे हुन् निजहरूलाई हेरी चिनी सनाखतसमेत गरिदिएको देखिन्छ । प्रत्यक्षदर्शी संजय तामाङको अनुसन्धानको कागजको बेहोरा हेर्दा, रविन चौगुठीले म प्रहरी हुँ चेकजाँच गर्नुपर्‍यो भनी भनेको हुँदा हामीहरू ओर्लनासाथ बुद्धचित्त माला भएको झोला लोकेन्द्र तोलाङ्गे र म्यान्डम आइते भन्ने अजय तामाङले आफ्नो नियन्त्रणमा लिई बढ्ता हुने होइन, हतकडी लगाएर जिल्लामा लैजानुपर्ला भनी धाकधम्की दिई जबरजस्ती चोरी गरी बा । ६० प ७५७२ नं । को स्कुटीमा राखी लिई गएका थिए भनी उल्लेख गरिदिएको 

देखिन्छ । जाहेरवाला राज दोङले आफ्नो बुद्धचित्त चोरी भएकोले जाहेरी दरखास्त दिएको भनी अदालतमा आई बकपत्र गरेको पाइन्छ ।

५ । काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल न ।पा ।, वडा नं । ७ को अठ्ठाइस किलोनजिक प्रतिवादीहरू रविन चौगुठी, लोकेन्द्र तोलाङ्गे र राज तामाङसमेतलाई फेला पारी लोकेन्द्र तोलाङ्गेले चलाउने गरेको बा । ६० प ७५७२ नं । को स्कुटरको डिक्कीबाट बरामदी मुचुल्कामा उल्लिखित बुद्धचित्त माला बरामद गरेको हो भनी बरामदी मुचुल्का तयार गर्ने प्र ।ना ।नि । निमाबहादुर लामा, प्र ।स ।नि । ईन्द्रमणि के ।सी ।समेतले अदालतमा आई बकपत्र गरिदिएको पाइन्छ । मिति २०७१।०३।३१ को बरामदी मुचुल्का साँचो हो भनी बरामदी मुचुल्काका मानिसहरू भुवन तोलाङ्गे, दलमान थोकर र संजय तामाङले अदालतमा आई बकपत्र गरिदिएको 

पाइन्छ । माता उग्रचण्डी पेट्रोल पम्प बनेपामा तेल हाल्नको लागि गाडी रोकेको अवस्थामा एउटा स्कुटर र एउटा पल्सर बाइकमा मानिसहरू आई गाडीमा ल्याएको झोला झिकी गएका भनी टिपर चालक रोजबहादुर तामाङले बकपत्र गरिदिएको पाइन्छ । उल्लिखित तथ्यहरूबाट यी प्रतिवादीहरूको अदालतसमक्षको इन्कारी बयान बेहोरा समर्थित नभई निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा नै समर्थित भैरहेको देखिँदा निज प्रतिवादीहरूबाट कसुरजन्य कार्य भएको पुष्टि हुन्छ । प्रतिवादी रविन चौगुठीलगायतका अन्य प्रतिवादीहरूले वारदातका बेला आफूहरू वारदातस्थलमा नभएको भनी अलिभि को जिकिर लिएको देखिन्छ । यद्यपी उक्त अन्यत्र भएको दाबी पुष्टि हुने कुनै भरपर्दो प्रमाण पेस गर्न सकेको 

देखिँदैन । यदि कुनै प्रतिवादीले आफूले लिएको अन्यत्र भएको अलिभि को दाबी पुष्टि गर्न नसकेमा त्यस्तो दाबी निजकै विरूद्धमा लाग्न सक्ने सम्बन्धमा यस अदालतबाट व्याख्या भइसकेको पाइन्छ । यस अवस्थामा प्रतिवादीहरूले जाहेरवालासँग रहेको निजको हकको बुद्धचित्त निजको मन्जुरी नलिई बेइमानीका नियतले लगेको स्थापित भएको देखिँदा प्रस्तुत मुद्दाको वारदात सोही १ नं ।बमोजिम कसुरजन्य कार्य हो, होइन भन्ने सम्बन्धमा विवेचना गर्नुपर्ने देखियो । 

६ । अब, उक्त चोरीको वारदात के कुन किसिमको कसुरजन्य कार्य हो भनी हेर्दा, प्रस्तुत वारदात डाँकाको वारदात भन्ने अभियोग दाबी रहेको देखिन्छ । साबिक मुलुकी ऐन, चोरीको महलको ६ नं । मा, "चार जनाभन्दा बढ्ताको जमात भई जबरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई उठाई छाडी वा हुलहुज्जत गरी चोरी गरेको डाँका गरेको ठहर्छ" भनी उल्लेख भएको पाइन्छ । जबरजस्ती चोरीमा कुटपिट हातपात गरी वा डरत्रासमा पारी वा ढोका बन्द गरी थुनी वा जोरजुलुम गरेको हुनुपर्ने अथवा नाबालकको जिउको धनमाल खोसी चोरी गरेको हुनुपर्ने भनी ऐ । महलको ४ नं । मा उल्लेख भएको पाइन्छ । ऐ । महलको ५ नं । ले बाटोघाटो वा जङ्गलमा ढुकी जबरजस्ती चोरी गरेको रहजनी ठहर्ने कानूनी व्यवस्था गरेको पाइन्छ । डाँका हुनका लागि भने ४ जनाभन्दा बढी अर्थात् कम्तीमा ५ जना संलग्न भई जबरजस्ती वा रहजनी चोरी गरेको वा हातहतियारको प्रयोग वा हुलहुज्जत गरी चोरी गरेको हुनुपर्ने कानूनको सर्त रहेको पाइन्छ । प्रस्तुत मुद्दामा ४ जना प्रतिवादीहरूसम्म रूजु रहेको देखिँदा उक्त वारदातमा ५ जना प्रतिवादीहरूको संलग्नता रहेको भन्ने अभियोग दाबी पुष्टि भइसकेको अवस्था 

देखिँदैन । प्रस्तुत वारदात राजमार्गमा भएको भन्ने देखिए तापनि उल्लिखित चोरीको महलको ४ नं ।बमोजिम जबरजस्ती चोरीको परिभाषाअन्तर्गत पर्ने पनि देखिँदैन । तथापि, उल्लिखित चोरीको महलको १ नं । ले आफ्नो हक नपुग्ने अरू कसैको धनमाल धनीलाई थाहा नदिई वा मन्जुरी नलिई धनीको हक मेटाई आफूले लिना खानाका लागि बेइमानीका नियतले कसैले लगेमा साधारण चोरी गरेको मानिने जनाएको यस अवस्थामा उक्त वारदात डाँकाको वारदात नभई उल्लिखित चोरीको महलको १ नं ।बमोजिमको साधारण चोरीको कसुरजन्य वारदात रहेको देखिन आयो ।

७ । पुनरावेदक प्रतिवादी रविन चौगुठिको प्रस्तुत कसुरजन्य कार्यमा संलग्नता देखिन्छ, देखिँदैन ? देखिन्छ भने निजको के कस्तो संलग्नता देखिन्छ ? भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, प्रस्तुत वारदातमा साधारण चोरीको कसुरजन्य कार्य भएको भन्ने माथिका प्रकरणहरूमा विवेचना गरिएकै छ । बरामदित बुद्धचित्तको धनी जाहेरवाला रहेको भन्ने स्थापित रहेको 

देखिन्छ । यी पुनरावेदकको उक्त बुद्धचित्तमा कुनै हक रहेको खुल्न आएको पनि छैन । यी पुनरावेदकले अदालतसमक्ष बयान गर्दा वारदातमा उपस्थित नै नरहेको भनी अभियोगमा पूर्ण इन्कार रहेकोमा तत्कालीन पुनरावेदन अदालत पाटन तथा यस अदालतसमक्ष गरेको पुनरावेदनमा भने वारदातको उपस्थितिलाई स्वीकार गरी आफूले पेसाको कर्तव्यसम्म गर्ने सिलसिलामा जाहेरवाला चढी आएको टिपरको चेकजाँच गरेको भनी विरोधाभाष कुरा गरेको देखिन्छ । यसबाट निजले अदालतमा लिएको आफू अन्यत्र भएको भन्ने अलिभि को दाबी स्वयंमा विवादास्पद देखिन्छ । यसरी यी पुनरावेदको भनाइ नै विश्वसनीय नहुँदा निजले टिपरको चेकजाँच आफ्नो कर्तव्य निर्वाह गर्न असल नियतले गरेको भनी मान्न मिल्ने 

देखिँदैन । अर्कोतर्फ, समग्र घटनाको तथ्यगत विवरणबाट जाहेरवाला चढी आएको टिपर रोकी चेकजाँच गर्नुमा यी पुनरावेदनको बेइमानीको नियत झल्किरहेको देखिन्छ । यी पुनरावेदकले वारदातमा निजले गरेको कार्य पेसागत कर्तव्य भनी जिकिर लिएतर्फ विचार गर्दा, यी पुनरावेदकले आफू प्रहरी रहेको भनेपछि जाहेरवालालगायतका टिपरका व्यक्तिहरूले निज प्रतिवादीउपर आफूहरूलाई समर्पण गरेको र निज प्रतिवादीले चेकजाँच गरेको भन्ने देखिन्छ । यी पुनरावेदकले आफ्नो पुनरावेदनमा सो कुरा स्वीकार गरेकै 

पाइन्छ । यी पुनरावेदक करदाताको करबाट राज्यको वेतन लिने जनताको जिउ धनको सुरक्षा गर्ने जिम्मेवारी रहेको व्यक्ति अर्थात् नेपाल प्रहरीको एक सदस्य रहेको भन्ने देखिन्छ । निज पुनरावेदकले जाहेरवालासहित निजको धनमाल नियन्त्रणमा लिएपछि यथोचित संरक्षण गरी सुरक्षितसाथ सही अवस्थामा निज जाहेरवालालाई नै बुझाउनुपर्ने अन्यथा कानूनबमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेमा सो गरेको देखिँदैन । बरू निजले नियन्त्रणमा लिएको जाहेरवालाको धनमाल (बुद्धचित्त) अन्य प्रतिवादीहरूको संलग्नतामा कसुरजन्य कार्य गरे गराएको देखिँदा निजको त्यस्तो कसुरजन्य कार्यलाई घुमुवा प्रहरीले गर्ने पेसागत कार्यको पर्दा लगाई छोप्न मिल्ने देखिँदैन । 

८ । सामान्यतः घुमुवा अर्थात् सादा पोसाकका प्रहरी कर्मचारीले शङ्कास्पद व्यक्तिलाई आफैँ नियन्त्रण गर्ने चेकजाँच गर्ने गर्दैन, निजको मुख्य जिम्मेवारी नै गोप्य रूपमा सूचना सङ्कलन गरी जिम्मेवार निकायमा सूचना उपलब्ध गर्ने गराउने अभ्यास रहेको 

पाइन्छ । त्यस सूचनाको आधारमा सम्बन्धित निकायले कारबाही गर्ने वा अनुसन्धान प्रक्रिया अघि बढाउने हुन्छ । यी पुनरावेदक प्रतिवादी रविन चौगुठीलाई शङ्कास्पद व्यक्तिलाई आफैँ नियन्त्रण गर्ने, चेकजाँच गर्ने अख्तियारप्राप्त भएको खुल्न सकेको देखिँदैन । निजले अदालतमा बयान गर्दा पनि कार्यालय प्रमुखबाट निजलाई सिभिल ड्रेसमा गएर सबै अपराधसम्बन्धी जानकारी लिन मौखिक आदेश हुने भनी उल्लेख गरेको हुँदा जाहेरवालाई नियन्त्रणमै लिई चेकजाँच गर्ने अख्तियारी निज प्रतिवादीमा भएको देखिँदैन । यी प्रतिवादी रविन चौगुठिको आफ्नो साक्षीको बकपत्रको कुनै मूल्याङ्कन नभएको भनी पुनरावेदन जिकिर गरेतर्फ विचार गर्दा, निजका साक्षी रमेश चौगुठीले प्रतिवादी रविन चौगुठी मिति २०७१।०३।२९ मा अफिसको कामले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जाने भनेको भनी बकपत्र गरिदिएको पाइए तापनि सो कुरा कुनै पनि तथ्यबाट समर्थित भएको देखिँदैन । अर्कोतर्फ, यी पुनरावेदक प्रतिवादी र अन्य प्रतिवादीहरूका बिचमा वारदातको दिनमा पटक-पटक फोन सम्पर्क भएको मिसिल संलग्न कल डिटेल विवरणबाट देखिन्छ । निज प्रतिवादी प्रहरी कर्मचारी भएकोमा विवाद नरहेको र निजले मौकाको बयान तथा पुनरावेदनमा आफू घुमुवा प्रहरी भएको र कर्तव्य पालनाको सिलसिलामा गरेको कार्य भएकोले कसुर कायम गर्नुपर्ने होइन भन्ने दाबी लिएको परिप्रेक्ष्यमा घुमुवा प्रहरीसम्बन्धी कानूनी व्यवस्था, निजहरूको कार्य प्रकृति र दायित्वका सम्बन्धमा विचार गर्नुपर्ने देखियो ।

९ । निज प्रतिवादी रविन चौगुठीले आफू घुमुवा प्रहरी भएको दाबी लिए तापनि मौखिक रूपमा खटिएको भन्ने उल्लेखसम्म गरेको 

देखिन्छ । निजले आफूलाई सजाय हुनुपर्ने होइन भन्ने सम्बन्धमा घुमुवा प्रहरीलाई प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ बमोजिम त्यस्तो अधिकार प्राप्त भएको वा अन्य कुनै नेपाल प्रहरीको निर्देशन वा आन्तरिक कार्यविधिले त्यस्तो अधिकार प्रदान गरेको भन्ने दाबी लिन सकेको देखिँदैन । वास्तवमा नेपाल प्रहरी ऐन र नियमावलीमा यस सम्बन्धमा कुनै प्रावधान रहे भएको देखिँदैन । न त प्रहरीको आन्तरिक निर्देशन, मापदण्ड वा कुनै कार्यविधिमा यस सम्बन्धमा कुनै व्यवस्था भएको भन्ने मिसिल संलग्न कागजातबाट खुलेको नै 

पाइन्छ । घुमुवा प्रहरीको यकिन गर्ने, अधिकार प्रत्यायोजन गर्ने, लिखित रूपमा त्यस कार्यमा खटाउने, त्यस्ता व्यक्तिहरूको कार्यादेश परिभाषित गर्ने सम्बन्धमा के कस्तो कानूनी व्यवस्था छ भन्ने सम्बन्धमा खुल्न सकेको देखिँदैन ।

१० । घुमुवा वा अपराध अनुसन्धानमा सुराकीको प्रयोगको सम्बन्धमा तुलनात्मक कानूनी व्यवस्थाहरूको अध्ययन गर्दा संयुक्त राज्य अमेरिकामा उन्देर कोरेर एजेन्टस् अन्द अपरेसनस्  का सम्बन्धमा अत्तोर्नीए जनरल’स् गाईडलिनेस् ओन फेदेरल बुरेऔ ओफ इन्बेस्टइगसन फोर उन्देर कोरेर अपरेसनअन्तर्गत यस सम्बन्धमा मिल्दोजुल्दो कानूनी व्यवस्था प्रचलनमा रहेको 

पाइन्छ । उक्त गाईडलिनेस् को ह हेर्दा, पर्तिकिपतिओन इन ओथेर्विसे इल्लेगल अक्तिवितिएस् ब्य उन्देर कोवेर एम्प्लोयीस् भन्ने शीर्षकअन्तर्गत "नो उन्देर कोवेर एम्प्लोयी शल्ल एङगे इन अन्य अक्तिवितिएस् थत वोउल्द कोन्स्तितुते विओलसन ओफ फेदेरल्, स्तते अन्द लोकेल लव इफ एङगे ब्य अ पृभाते पर्सन अक्तीनग विथोउत औथोरिजसन" भनी उल्लेख गरेको पाइन्छ । यद्यपि र व । रुस्सेल को मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले "लिमितेद पर्तिकिपतिओन इन कृमिनल अक्तिवितिएस् इस् अ पर्त ओफ रेकोग्निजेद अन्द पेर्मिस्सिब्ले मेअन्स् ओफ इन्बेस्टइगसन" भनी उल्लेख गरेको पाइन्छ । 

११ । क्यानडाको कानूनी व्यवस्था हेर्दा, कनदिअन कृमिनल कोदे, १९८५ को दफा २५ मा अ पुलिस ओफ्फिकेर मे एङगे इन अन अक्सन थत वोउल्द ओथेर्विसे बे कोन्सिदेर इल्लेगल अस् लोङ अस् इत इस् दीमेद रेअसनअब्ले अन्द प्रोपोर्सनअल इन थे किर्कुम्स्तन्केस्  भनी उल्लेख गरेको 

पाइन्छ । उक्त कानूनी व्यवस्थाको प्रसङ्गमा घुमुवा वा सुराकी प्रहरी संलग्न भएको कसुरजन्य कार्यमा सम्बन्धित घटना वा वारदातको परिस्थिति र संलग्नताको समानुपातिकताको परीक्षण वा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । माथि उल्लिखित व्यवस्थालाई क्यानडाको सर्वोच्च अदालतले र व । कोम्प्बेल्ल को मुद्दामा व्याख्या गरी डोक्तृने ओफ औथोरिजेद कृमिनलिती को सिद्धान्त प्रतिपादन गरेको पाइन्छ । अर्थात् डोक्तृने ओफ औथोरिजेद कृमिनलिती भन्नाले एलिजबेथ ए । जोह ले "प्रक्तिके ओफ पेर्मित्तीनग कोवेर्त पुलिस ओफ्फिकेर्स् तो एङगे इन कोन्दुक्त थत वोउल्द बे कृमिनल ओउत्सिदे ओफ थे कोन्टेक्स्ट ओफ थे इन्बेस्टइगसन" भनी परिभाषित गरेको 

पाइन्छ । उक्त डोक्तृने ओफ औथोरिजेद कृमिनलिती को व्याख्या गर्दै त्यहाँको सर्वोच्च अदालतले र व । कम्प्बेल्ल को मुद्दामा, "आफ्टर सेत्तीनग ओउत थे रेलेभन्त पोर्सनस् ओफ थे णर्कोतिक कन्ट्रोल अक्त्, कार्टही ज ।अ । नोटद थत थे णर्कोतिक कन्ट्रोल रेगुलसनस्, क ।र ।क ।, क । १०४१, स् । ३(१), शेभस् थे पुलिस हर्म्लेस व्हेरे पोस्सेस्सन ओफ अ नर्कोतिक रेसुल्त्स् फ्रम स्तीनग अपरेसनस् बुत कोर्ट सैद थेरे इस् नो कोर्‍एस्पोन्दिङ रेगुलसन गिविङ थे पुलिस इम्मुनिती व्हेन थीए अरे ओफ्फेरिङ्ग तो सेल्ल अ नर्कोतिक अन्द कोर्ट मदे इत इल्लेगल ।" भनी उल्लेख गरेको पाइन्छ । अर्थात् क्यानडाको कानूनी व्यवस्था हेर्दा, प्रहरी वा कानून कार्यान्वयन गर्ने व्यक्तिलाई एक निश्चित अवस्थामा उचित र समानुपातिक रूपमा कसुरजन्य वा आपराधिक कार्य गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्न सक्ने 

देखिन्छ ।

१२ । त्यस्तै इटालीको कानूनी व्यवस्था हेर्दा, घुमुवा वा सुराकी प्रहरीले गरेको कसुरजन्य कार्यको औथोरिजेद कृमिनलिती को परीक्षण गर्दा त्यस्तो कसुरजन्य वा आपराधिक कार्य गैरकानूनी रहेको प्रारम्भिक अनुमान गर्नुपर्ने व्यवस्था रहेको पाइन्छ । त्यस्तो औथोरिजेद कृमिनलिती को परीक्षण गर्दा घुमुवा प्रहरीले गरेको कसुरको गोश्वारा रूपमा मापन गर्ने नभई कसुरको प्रकृतिअनुसार विशेष परीक्षण मापदण्ड अपनाउनुपर्ने व्यवस्था गरेको पाइन्छ । अर्थात् इटालीमा औथोरिजेद कृमिनलिती एक अपवाद रहेको र त्यस्तो कसुरमा संलग्न भएको व्यक्ति अपराध अनुसन्धानको परीक्षणबाट गुज्रनुपर्ने अवस्था देखिन्छ र परीक्षणमा अन्यथा भएमा अभियोजन तथा कसुर कायम हुन सक्ने देखिन्छ ।

१३ । उल्लिखित तीनवटा देशहरूको तुलनात्मक अध्ययनबाट घुमुवा वा सुराकी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायको व्यक्तिले सम्बन्धित अपराधको सुराकी गर्दा डोक्तृने ओफ औथोरिजेद कृमिनलिती अन्तर्गत केही हदसम्म कसुरजन्य कार्यमा संलग्न हुन सक्ने देखिन्छ । यद्यपि घुमुवा वा सुराकी प्रहरी खटाउन सक्ने कानूनी प्रबन्धको व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यस्तै त्यस्तो कानूनी प्रबन्धअनुसार खटाइएको सम्बन्धित व्यक्तिलाई त्यस्तो कार्यमा संलग्न गराएको सम्बन्धमा आन्तरिक प्रकृतिको लिखित अधिकार प्रदान (औथोरिजेद्) गरेको हुनुपर्दछ । त्यस्तो अधिकार प्रत्यायोजन गर्दा के कतिसम्म निज खटाइएको व्यक्तिले कार्य गर्न सक्ने हो भन्ने स्पष्ट पारिएको हुनुपर्दछ । यदि खटाइएको व्यक्तिले उक्त कसुरको घटना वा वारदातमा परिस्थितिअनुसार घटनाको अवस्था हेरी असमानुपातिक रूपमा शक्तिको प्रयोग गरेमा वा कसुरमा संलग्न भएमा त्यस्तो संलग्नताको वस्तुगत अवस्थाको उचित अनुसन्धान गरी, अधिकार प्रदान नगरी कार्य गरे वा नगरेको, प्रदान गरिएको अधिकारभन्दा बढी कार्य गरेको वा नगरेको तथा घटना वा वारदातको परिस्थितिभन्दा बढी असमानुपातिक रूपमा कार्य गरेको वा बदनियत राखी आफू वा अन्य कसैको फाइदाको लागि कार्य गरेको अवस्थामा निज व्यक्ति विरूद्ध फौजदारी कसुरमा अनुसन्धान, अभियोजन र मुद्दा चलाउन सकिने देखिन्छ । घुमुवा वा सुराकी प्रहरी तथा यस्तै प्रकृतिको कार्य गर्ने अन्य कानून कार्यान्वयन गर्ने व्यक्तिलाई आपराधिक गतिविधिका सम्बन्धमा सूचना सङ्कलन गर्न खटाइन सक्दछ, त्यस्तो आपराधिक कार्य गर्ने व्यक्ति वा समूहमा प्रवेश गरी सूचना सङ्कलन गर्दा निजको सुरक्षा र गोपनीयता कायम गर्न निजले कतिपय अवस्थामा कसुरजन्य कार्यमा संलग्न हुनुपर्ने हुन सक्दछ । तर त्यस्तो कार्यका लागि निजलाई अधिकार प्रदान (औथोरिजेद्) गरिएको हुनुपर्दछ । निजले गरेको प्रत्येक कसुरजन्य कार्यको अनुसन्धान हुन सक्दछ र असमानुपातिक वा बदनियतसहित कार्य गरेको देखिएमा फौजदारी न्याय प्रणालीको सामना गर्नुपर्दछ ।

१४ । अपराधको वस्तुगत अवस्था र सूचना पत्ता लगाउन घुमुवा, सुराकीको प्रयोग एक सामान्य अभ्यास हो । प्रस्तुत मुद्दामा प्रतिवादी रविन चौगुठीले आफू मौखिक रूपमा कार्यालयबाट त्यस्तो कार्यमा खटिएको भन्ने उल्लेख गरेको पाइन्छ । विद्यमान प्रहरीसम्बन्धी कानूनी व्यवस्था र अन्य कुनै कानूनी व्यवस्थामा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको र त्यससम्बन्धी कानूनी व्यवस्था गरेको देखिँदैन । अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रूपमा परिचालन गर्नुपर्ने प्रहरी कर्मचारीहरू कानूनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रूपमा त्यस्तो कार्यमा संलग्न भएको देखिनुपर्दछ । यस प्रसङ्गमा यस प्रकारका घुमुवा वा सुराकी परिचालन गर्न आवश्यक कानूनी प्रबन्धको व्यवस्था गर्न नेपाल प्रहरीलाई ध्यानाकर्षण गराउन उपयुक्त 

देखिन्छ ।

१५ । यसरी, प्रस्तुत मुद्दाको प्रसङ्गमा निज रविन चौगुठीले अन्य प्रतिवादीहरूसँग मिली कसुरजन्य कार्य गरी कानूनलाई आफ्नो हातमा लिई यी पुनरावेदक प्रतिवादीले गरेको कार्यलाई कानूनबमोजिमको कार्य भन्न मिल्ने नदेखिँदा यी पुनरावेदक प्रतिवादी रविन चौगुठिको प्रस्तुत साधारण चोरीको कसुरजन्य कार्यमा संलग्नता रहेकै मान्नुपर्ने अवस्था देखिन आयो ।

१६ । प्रस्तुत मुद्दाको बिगो अभियोग दाबीबमोजिम रू ।९,४२,८४०।- कायम हुनुपर्ने हो, होइन ? अर्थात् प्रस्तुत मुद्दामा के कति बिगो कायम हुने हो ? भन्ने तेस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, आफ्नो ९०७२ दाना बुद्धचित्तको माला लुटिएको भन्ने जाहेरवालाको दाबी भए तापनि ९०७२ दाना नै चोरी भएको भनी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । चोरी भएको बुद्धचित्त ७७० वटासम्म बरामद भएको अवस्था 

छ । १०८ वटा दानाको १ माला हुने हुन्छ । १ माला बुद्धचित्तको रू ।१३,०९५।– पर्ने भनी जाहेरवाला राज दोङले निजको जाहेरी दरखास्तमा उल्लेख गरेको देखिन्छ । ९०७२ दाना बुद्धचित्तको चलन चल्तीको मूल्य रू ।११,००,०००।– पर्ने भनी निज जाहेरवालाले नै अदालतको आदेशानुसार साबिक मुलुकी ऐन, अ ।बं । १३३ नं ।बमोजिम कागज गर्दा खुलाइदिएकै छ । बुद्धचित्तको प्रतिमालाको तत्कालीन बजार मूल्य रू ।१३,०९५।– रहेको र सात थान मालाको बजार मूल्य रू ।९१,६६५।– रहेको भन्ने मिसिल संलग्न थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्सको मिति २०७१।०४।२२ को पत्रको बेहोरा रहेको देखिन्छ । उक्त पत्र बेहोरालाई थोकर बुद्धचित्त माला एण्ड रूद्राक्ष सप्लायर्सकै सञ्चालक बिकु लामाले अदालतमा आई बकपत्रबाट समर्थन गरेको पाइन्छ । यसरी उल्लिखित बजार मूल्यको आधारमा बरामदित ७७० वटा बुद्धचित्तको बजार मूल्य अर्थात् प्रस्तुत मुद्दाको बिगो रू ।९१,६२५।– कायम हुने देखिन आयो ।

१७ । अब, प्रतिवादी रविन चौगुठी तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? अर्थात् तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।०२ मा भएको फैसला मिलेको छ, छैन ? भन्ने अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्दा, यी पुनरावेदक प्रतिवादी रविन चौगुठी तथा प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठले अदालतसमक्ष गरेको इन्कारी बयान अन्य प्रमाणबाट पुष्टि हुन नसकी निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान नै अन्य प्रमाणबाट समेत समर्थित भएको अवस्था 

छ ।  निज प्रतिवादीहरूका आ-आफ्ना साक्षीहरूले वारदातको दिन प्रतिवादीहरू आ-आफूसँग रहेको भनी बकपत्र गरिदिए तापनि त्यसको पुष्टि हुने प्रमाण मिसिल संलग्न देखिँदैन । निज प्रतिवादीहरू बिगो रू ।९१,६२५।- बराबरको बुद्धचित्त माला चोरी गरी  साबिक मुलुकी ऐन, चोरीको महलको १ नं । बमोजिम साधारण चोरीको कसुरमा कसुरदार देखिएको माथिका प्रकरणहरूमा विवेचना भएकै छ । साबिक मुलुकी ऐन, चोरीको महलको १२ नं । ले साधारण चोरीको कसुरदारलाई बिगोबमोजिम जरिवाना र पहिला पटकको लाई एक महिना कैद गर्नुपर्ने कानूनी व्यवस्था गरेको पाइन्छ । यी प्रतिवादीहरू पहिला पनि चोरीको कसुरमा कसुरदार ठहरेको भनी खुल्न आएको देखिँदैन । यस अवस्थामा यी प्रतिवादीहरूलाई सोही चोरीको महलको १२ नं ।बमोजिम बिगो रू । ९१,६२५।- को बुद्धचित्त माला चोरी गरेकोमा जनही बिगो बराबर जरिवाना र एक महिना कैद हुने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मनासिब रहेकोले अन्यथा गरिरहनुपर्ने देखिएन ।

१८ । अतः उल्लिखित आधार कारणबाट यी पुनरावेदक प्रतिवादी रविन चौगुठी तथा प्रत्यर्थी प्रतिवादीहरू लोकेन्द्र तोलाङ्गे, राजु लामा र जयकृष्ण श्रेष्ठले जाहेरवाला राज दोङको बिगो रू ।९१,६२५।-बराबरको बुद्धचित्त माला चोरी गरी साबिक मुलुकी ऐन, चोरीको महलको १ नं । को कसुर गरेको देखिँदा, सुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतको मिति २०७२।०३।२२ को फैसला केही उल्टी गरी निज प्रतिवादीहरूलाई ऐ । महलको १ नं । को कसुरमा ऐ । महलको १२ नं । बमोजिम बिगो रू ।९१,६२५।-को बुद्धचित्त माला चोरी गरेकोमा जनही बिगो बराबर जरिवाना र १ (एक) महिना कैद हुने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।११।०२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने 

ठहर्छ । अभियोगबाटै सफाइ पाउँ भन्ने प्रतिवादी रविन चौगुठिको तथा अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकार दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । नेपाल प्रहरीमा अपराध अनुसन्धानलगायतका विभिन्न प्रयोजनको लागि घुमुवा वा सुराकी परिचालन सम्बन्धमा आवश्यक कानूनी प्रबन्धको व्यवस्था गर्न ध्यानाकर्षण गराएको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई प्रस्तुत फैसलाको एकप्रति साथै राखी पत्राचार गर्नू । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

का ।मु ।प्र ।न्या । विश्वम्भरप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत : वसन्तप्रसाद मैनाली

अनुसन्धान सहयोगी : लक्ष्मी राना (शाखा अधिकृत) 

इति संवत् २०८० साल भदौ ३ गते रोज १ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु