शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३५० - जबरजस्ती करणी

भाग: ६६ साल: २०८१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०८०।७।१७

०७६-CR-०९०३

 

मुद्दा:- जबरजस्ती करणी

 

प्रत्यर्थी  प्रतिवादी : परिवर्तित नाम ५१(ख) पिपराको जाहेरीले नेपाल सरकार

विरूद्ध

पुनरावेदक  वादी : जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ।४ बस्ने बहादुर मनिहारको छोरा वर्ष ३९ को मोहम्मद अलि मनिहार

 

कानूनमा अन्य नाताको व्यक्तिका बिचमा करणी गर्नेलाई सजायको व्यवस्थासमेत हाडनाता करणीको महलमा गरेको देखिएको र आफ्नै श्रीमतीले अघिल्लो लोग्नेबाट जन्मिएको छोरीलाई साथमा ल्याई सँगसाथै बसेको र संरक्षकत्वसमेत प्रदान गरेकोमा आफ्नै छोरी नभए तापनि सँगसाथ ल्याएकी आफ्नै श्रीमतीको छोरीलाई करणी गरेको अवस्थामा अन्य नाताका बिचमा करणी गरेको मान्नुपर्ने । यसरी आफ्नै सँगसाथ तथा संरक्षकत्वमा बस्ने आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका छोरीलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन नसक्ने । सौतेनी आमा छोराबिच करणी भएकोमा कानूनको व्याख्या भएको तर सौतेनी छोरीका हकमा कानून मौन भएकोमा मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं । मा भएको अन्य नाताभित्र सौतेनी बाबु छोरी परेको अर्थमा बुझ्नुपर्ने ।

(प्रकरण नं ।५)

 

प्रत्यर्थी  प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विनोद श्रेष्ठ 

पुनरावेदक  वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने ।का ।प ।२०६३, अङ्क ४, नि ।नं ।७६८२

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने अदालतः-

मा । जिल्ला न्यायाधीश श्री भरतमणि खनाल

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री दयानाथ खरेल

माननीय न्यायाधीश श्री दिपेन्द्रबहादुर बम

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या ।सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

तथ्य खण्ड

जिल्ला कपिलवस्तु साबिक वाणगंगा नगरपालिका १० हाल वाणगंगा नगरपालिका ४ स्थित पूर्वमा जितपुर ४ नं । तौलिहवा सडक खण्ड पश्चिम डाजहेडा वाणगंगा नं ।४ को नगरपालिका कार्यालय जाने भित्री सडक खण्ड उत्तर पुनक घर दक्षिणमा रिता खत्रीको घर यति चार किल्लाभित्र पश्चिम मोहोडा फर्केको ३ वटा कोठा भएको नावुप्रसाद थारूको कच्ची घर सो घरको दुवैतर्फको कोठामा पुरानो डस्ना कपडा भुइँमा विच्छ्याई आफ्नै छोरी परिवर्तित नाम डोट पिपरालाई जिल्ला कपिलवस्तु वलरामपुर गा ।वि ।स ।६ घर भई हाल वाणगंगा ४ बस्ने वर्ष अ ।३५३६ को महोमद अलि मनिहारले जबरजस्ती करणी गरेको घट्नास्थलमा भनी देखाएको घटनास्थल चार किल्लासहितको विवरण ठिक साँचो छ भन्नेसमेत बेहोराको घटनास्थलको मुचुल्का ।

बृएफ हिस्टोरी ओफ थे इन्किदेन्त्, अस् स्टार्ट ब्य एक्जामइनी ओफ गुअर्दिअन (होव्, व्हेन्, व्हेरे अन्द व्हाट हद हप्पेनेद ? इन थे अब्सेन्के ओफ मदर, हेर स्तेप फादर हस् दोने फीसिकल अस्सेत ब्य मकिङ नकेद तो थे दौघ्तेर इन थे कोर्नेर ओफ रूम । ठेरे वस् नो पेनल पेनेत्रसन बुत थे वलुए वस् स्वेल्ल्स् अन्द कोङेस्तेद ।   

मिति २०७४।०३।०२ गते अं ।११:०० बजेको समयमा म बुटवलबाट सामान खरिद गरी आफू बस्ने कोठाको भित्र पुग्दा विस्ताराबाट छोरी उठी कट्टु लगाउँदै गरेको र श्रीमान्‌ले समेत कपडा लगाउँदै गरेको अवस्थामा फेला पारी छोरीलाई एकान्त ठाउँमा बोलाई सोध्दा मलाई कोठामा लगेर विस्तरामा पल्टाई मैले लगाएको सुरूवाल खोलिदिई ममाथि चढी मेरो योनि (पिसाब गर्ने) मा आफ्नो पिसाब गर्ने लिङ्गले छुवाउने, योनि खेलाइदिने रगड्ने, लिङ्गले घोच्नेजस्ता कार्य गरेको र यसभन्दा पहिला पनि तीन पटक मेरो यौनाङ्गमा जबरजस्ती लिङ्गले घोच्ने कार्य बाबाले गर्नुभएको थियो भनी छोरीले बताएकी र मैलेसमेत छोरी र विपक्षीले कपडा लगाउँदै गरेको देखेकीले नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको विश्वास लागेकोले कारबाही गरी क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ५१(ख) पिपराको जाहेरी दरखास्त ।

मिति २०७४।०३।०२ गते जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं । ४ गजेहडा स्थित नाथु थारूको घरमा कोठा भाडामा बस्दै आएका प्रतिवादी मोहम्मद अलि मनिहारले आफ्नो छोरीलाई जबरजस्ती करणी गरेको भनी देखाइएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०७४।०३।०२ गते अं ।११:०० बजेतिर हिँड छोरी कोठामा जाउँ भनेर लगी पल्टाई सुताई मैले लगाएको सुरूवाल खोलिदिई आफूले लगाएको कपडा तल झारी खोली ठाडो भएको लिङ्गले मेरो पिसाब गर्ने योनिमा छिराउन खोजी पटकपटक घोच्ने कार्य गर्नुभएको हो । म र बुबाले कपडा तानी लगाउँदै गरेको अवस्थामा जाहेरवाली परिवर्तित नाम ५१(ख) पिपराले देख्नुभएको र मलाई आमाले सोध्दा ममाथि बुबाले गरेको कुरा आमालाई बताइदिएकी हुँ भन्नेसमेत बेहोराको परिवर्तित नाम (गेट) ले गरेको कागज ।

पीडित बालिकामाथि करणी भएको छ । ५ घण्टाअगाडि भएको हुनसक्छ, योनिमा करणी गरेको लक्षण देखिन्छ, योनिमा लिङ्ग प्रवेश नभएको तर बालिकाको योनि सुन्निएको र रातो भएको भन्नेसेमत बेहोराको शारीरिक परीक्षण प्रतिवेदन । 

मिति २०७४।०३।०२ गते बिहान मेरो श्रीमती बुटवलतर्फ गएकीमा मेरो झड्केली छोरी परिवर्तित नाम (गेट) र अर्को छोरीसमेत घरमा रही बसेको अवस्थामा कान्छी छोरीलाई खेल्ने भनी मामाको घरतिर पठाइ पीडित छोरीलाई घरकोठामा लगेर सुताई पल्टाई र म पनि सँगै बिस्तरामा पल्टिएकोमा मेरो शरीरमा यौन उत्तेजना भई लिङ्ग कडा (दह्रो) हुँदै जान थालेपछि छोरी परिवर्तित नाम (गेट) लाई पल्टाई निजले लगाएको सुरूवाल खोलिदिई मैले लगाएको कपडासमेत केही तल झारी मेरो उत्तेजित लिङ्ग छोरीको यौनाङ्गमा रगड्ने, घोच्ने, भित्र छिराउन खोज्दा छोरीले दुख्यो भनी चिच्याउन कराउन खोजेपछि मैले जबरजस्ती करणी गर्न छाडेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मोहम्मद अलि मनिहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७४।०३।०२ गते अं । ११:०० बजेको समयमा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं । ४ गजेहडामा बस्ने गरेका मोहम्मद अलि मनिहारले आफ्नो झड्केली छोरी परिवर्तित नाम (गेट) लाई श्रीमती जाहेरवाली घरमा नभएको बेलामा जबरजस्ती करणी गरेको भनी सुनी थाहा पाएको हुँ भन्नेसमेत एकै मिलान बेहोराको मोहम्मद सलिम, जमाल अहमद मुसलमान, सम्साद अलि मुसलमान, अब्दुल मोविन मुसलमान र अब्दुल एजाजसमेतले गरिदिएको कागज ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट मिति २०७४।०३।०२ गते अं ।११:०० बजेको समयमा घटनास्थल जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं । ४ गजेहडा स्थित नाथु थारूको घरमा भाडा कोठामा बस्दै आएका प्रतिवादी मोहम्मद अलि मनिहारले आफ्नै झड्केली छोरी वर्ष ७ की परिवर्तित नाम (गेट) लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीको सो कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं ।  विपरीत ३ नं । को देहाय १ नं । र हाडनाता करणीको महलको २ को देहाय ४ नं । को कसुर अपराध रहेकोले प्रतिवादी मोहम्मद अलि मनिहारलाई ऐ ।को ३ नं । को देहाय १ र हाडनाता करणीको २ नं । को देहाय ४ बमोजिम सजाय गरी ऐ ।को १० नं ।बमोजिम पीडितलाई प्रतिवादीबाट मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराइदिन मागदाबी लिई दायर हुन आएको अभियोग पत्र ।

मिति २०७४।०३।२ गते म बिहान ७ बजे रिक्सा चलाउन गएको थिएँ र ११ बजे कामबाट फर्केको हुँ । मैले त्यस्तो नराम्रो काम गरेको होइन । कपडाको बारेमा श्रीमतीसँग परेको झगडाको कारणले झुट्टा जाहेरी दिएकी हुन् भन्नेसमेत बेहोराको प्रतिवादी मोहम्मद अलि मनिहारले सुरू कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।

मेरो श्रीमान्‌का २ श्रीमती छन् । १ जनालाई माया गर्ने र अर्कीलाई हेला गर्ने रिसइवीले झुट्टा जाहेरी दिएकी हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी परिवर्तित नाम ५१(ख) ले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०३।०२ गते अं । बिहान ११ बजेको समयमा प्रतिवादी मोहम्मद अलि मनिहार चौराहामा घुमिरहँदा भेट भएको हो । त्यसको १ घण्टापछि निज घर गएका हुन् । निजको छोरी भनिएकी पीडित घरमा खेल्दा चोट लागेको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी इलियास मनिहारले यस अदालतमा गरेको बकपत्र । मोहम्मद अलि मनिहारले आफ्नो छोरीलाई जबरजस्ती करणी गरेको हो भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वादीका साक्षी जमाल अहमद मुसलमानले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । सुरू जिल्ला अदालतको मिति २०७४।०३।२७ को आदेशानुसार प्रतिवादी मोहम्मद अलि मनिहारले थुनामा बसी मुद्दा पुर्पक्ष गर्दै आएका ।

यी प्रतिवादी मोहम्मद अलि मनिहारउपर वादी नेपाल सरकारको तर्फबाट मुलुकी ऐन, जबरजस्ती करणीको महलको १, ३(१) नं । र हाडनाता करणीको महलको २(४) नं ।बमोजिमको कसुरमा ऐ ।३(१) र हाडनाता करणीको २(४) नं ।बमोजिम सजाय गरी ऐ ।को १० नं ।बमोजिम पीडितलाई क्षतिपूर्ति दिलाई भराइपाउँ भन्ने अभियोग दाबी ।

परिवर्तित नाम ५१(ख) को जाहेरी, पीडित (गेट) को कागज, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, पीडित (गेट) को शारीरिक परीक्षण रिपोर्टसमेतबाट प्रतिवादी मोहम्मद अलि मनिहारले करणी गर्न चाँजोपाँजो मिलाई नाबालिका पीडित (गेट) लाई करणी गरेको संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदा निजले गरेको कसुर जबरजस्ती करणीको महलको १, ३(१) नं ।बमोजिमको देखिँदा निजलाई उक्त ३(१) नं । को कसुरमा तजबिजी १० (दश) वर्ष कैद हुने र ऐ ।१० नं ।बमोजिम प्रतिवादीबाट पीडितलाई रू ।२५,०००- (अक्षरूपी पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने र हाडनाता करणीको २(४) नं ।बमोजिम सजाय गरिपाउँ भन्ने दाबीको सम्बन्धमा हेर्दा, उक्त महलमा झड्केली छोरी नाताभित्रको नदेखिएको र वादी पक्षले अन्य नाता खुलाउन सकेको नदेखिएको र दाबी पनि नहुँदा सो दाबीबमोजिमको सजायबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ । जाहेरवाला परिवर्तित नाम ५१(ख) ले अदालतमा आई झुट्टा बकपत्र गरेको देखिँदा निजलाई रू ।१,०००।- (अक्षरूपी एक हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्ने बेहोराको कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७४।११।२२ मा भएको फैसला ।

पीडित निजको आफ्नै श्रीमती अर्थात् जाहेरवालाको छोरी भएकी र प्रतिवादीले छोरीसहित जाहेरवालीलाई विवाह गरी सामाजिक तथा कानूनी रूपमा श्रीमती बनाइसकेपछि श्रीमतीबाट जन्मेका छोरीलाई पनि छोरी मान्नुपर्ने र साबिक मुलुकी ऐन हाडनाता करणीको १, २, ३ बाहेकका अन्य नाताका व्यक्तिको हकमा समेत छुट्टै सजायको व्यवस्था गरेकोतर्फ विवेचना नगरी हाडनातातर्फ प्रतिवादीका उपर लिइएको अभियोग दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दायर भएको पुनरावेदनपत्र ।

यसमा आफ्नै संरक्षणमा रहेकी, आफ्नै श्रीमतीको पहिलो लोग्नेतर्फका सन्तान पीडितलाई हाडनाताभित्र नपरेको भनी हाडनातातर्फको अभियोग दाबीबमोजिम सजाय नगरेको कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७४।११।२२ मा भएको सुरू फैसला साबिक मुलुकी ऐन हाडनाता करणीको २ नं । को देहाय (४) को रोहमा विचारणीय देखिँदा तत्कालीन मुलुकी ऐन, अ ।बं ।२०२ नं । र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० (३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम थुनामा बसेको कारागारमार्फत म्याद सूचना जारी गरी नियमानुसार पेस गर्नुहोला भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७५।१२।१२ को आदेश । 

सुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७४।११।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।०१।०३ मा भएको फैसला । 

साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २ नं । मा परिभाषित गरेको नाताभित्र झड्केली छोरी भन्ने स्पष्ट उल्लेख नभए तापनि सोही महलको २(४) नं । मा दफा १, २,३ मा लेखिएदेखि बाहेक अन्य नाताका बिचमा करणी लिनेदिनेलाई विचार गरी ३ महिनादेखि १ वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था गरेको साथै ऐ । महलको ५ नं । मा एकालोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानी जानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई समेत सजाय हुने कानूनी व्यवस्था गरेको परिप्रेक्ष्यमा आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका सन्तानलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन सक्दैन । विधायिकी मनसाय पत्ता लगाउने सन्दर्भमा एउटै दफा वा नं । मा रहेको कानूनका छिद्रहरूलाई समाएर सबैजसो अवस्थामा कठोर व्याख्याको सिद्धान्त लागु गर्ने भन्ने कानून व्याख्याको सिद्धान्त पनि होइन । कानूनको व्याख्या गर्दा कस्तो दुष्कृतिलाई रोक लगाउने उद्देश्यले उक्त कानूनी प्रावधान राखिएको हो भन्ने तथ्यलाई अन्य दफाहरूको सन्दर्भ हेरेर व्याख्या गर्नुपर्नेमा कानूनको आत्मगत व्याख्या गरी आफ्नी श्रीमतीले अघिल्लो लोग्नेबाट जन्माएकी भए पनि हाल आफ्नै संरक्षकत्वमा रहेकी छोरीलाई करणी गर्ने प्रतिवादीलाई हाडनातातर्फको कसुरबाट उन्मुक्ति दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला बदर गरी प्रतिवादीलाई हाडनाता करणीतर्फसमेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।

यसमा प्रतिवादी मोहम्मद अलि मनिहारले अनुसन्धान अधिकारीसमक्ष पीडित झड्केली छोरी हो भनी बयान गरेको देखियो । साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं । मा दफा १, २, ३ मा लेखिए देखिबाहेक अन्य नाताका बिचमा करणी लिने दिनेलाई नाता विचार गरी ३ महिनादेखि १ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा निज प्रतिवादी तथा पीडितबिचको नाता सम्बन्धमा समुचित विश्लेषण नभएको र उक्त साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको २(४) नं ।को व्याख्यात्मक स्थितिसमेत विद्यमान रहेको हुँदा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।१।३ मा भएको फैसला फरक पर्न सक्ने देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० (३) को प्रयोजनार्थ पुनरावेदनको प्रतिलिपि र आदेशको प्रतिलिपिसहितको जानकारी प्रतिवादी मोहम्मद अलि मनिहारलाई दिई नियमानुसार गर्नु भनी यस अदालतबाट मिति २०७८।०९।२७ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री विनोद श्रेष्ठले साबिक मुलुकी ऐन, हाडनाता करणीको महलको २ नं । मा परिभाषित गरेको नाताभित्र झड्केली छोरी भन्ने स्पष्ट उल्लेख नभए तापनि ऐ । महलको ५ नं । मा एकालोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानी जानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई समेत सजाय हुने कानूनी व्यवस्था रहेको छ । आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका सन्तानलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन सक्दैन । अघिल्लो लोग्नेबाट जन्माएकी भए पनि हाल आफ्नै संरक्षकत्वमा रहेकी छोरीलाई करणी गर्ने प्रतिवादीलाई हाडनातातर्फको कसुरबाट उन्मुक्ति दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर कायम गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । उक्त फैसला बदर गरी प्रतिवादीलाई हाडनाता करणीतर्फसमेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । मुद्दा सुनुवाइको समयमा इजलासबाट नाम पुकारा गर्दा प्रतिवादीको तर्फबाट कुनै कानून व्यवसायी उपस्थित हुनुभएको देखिएन । 

मिति २०७४।०३।०२ गते अं ।११:०० बजेको समयमा म बुटवलबाट सामान खरिद गरी आफू बस्ने कोठाको भित्र पुग्दा बिस्ताराबाट छोरी उठी कट्टु लगाउँदै गरेको र श्रीमान्‌ले समेत कपडा लगाउँदै गरेको अवस्थामा फेला पारेको । छोरीलाई एकान्त ठाउँमा बोलाई सोध्दा मलाई कोठामा लगेर बिस्तारामा पल्टाई मैले लगाएको सुरूवाल खोलिदिई ममाथि चढी मेरो योनि (पिसाब गर्ने) मा आफ्नो पिसाब गर्ने लिङ्गले छुवाउने, योनि खेलाइदिने, रगड्ने, लिङ्गले घोच्ने जस्ता कार्य गरेको र यसभन्दा पहिला पनि तीन पटक मेरो यौनाङ्गमा जबरजस्ती लिङ्गले घोच्ने कार्य बाबाले गर्नुभएको हो भनी छोरीले बताएकी हुन् । मैलेसमेत छोरी र विपक्षीले कपडा लगाउँदै गरेको देखेकीले नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको विश्वास लागेकोले कारबाही गरी क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ५१(ख) पिपराको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । प्रतिवादीले जबरजस्ती करणीको महलको १, ३(१) नं ।बमोजिमको कसुर गरेको देखिँदा निजलाई उक्त ३(१) नं । को कसुरमा तजबिजी १० (दश) वर्ष कैद हुने , ऐ ।१० नं ।बमोजिम प्रतिवादीबाट पीडितलाई रू ।२५,०००- (अक्षरूपी पच्चीस हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने र हाडनाता करणीको २(४) नं । महलमा झड्केली छोरी नाताभित्रको नदेखिएको र वादी पक्षले अन्य नाता खुलाउन सकेको नदेखिएको हुँदा दाबीबमोजिमको सजायबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ । जाहेरवाला परिवर्तित नाम ५१(ख) ले अदालतमा आई झुट्टा बकपत्र गरेको देखिँदा निजलाई रू ।१,०००।- (अक्षरूपी एक हजार रूपैयाँ) जरिवाना हुने ठहर्‍याई गरेको कपिलवस्तु जिल्ला अदालतबाट भएको  फैसला मनासिब रहेको भनी राय व्यक्त भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिर सुनी मिसिल तथा पुनरावेदन पत्रसमेत अध्ययन गरी हेर्दा, कपिलवस्तु जिल्ला अदालतबाट भएको फैसला मनासिब रहेको भनी राय व्यक्त भएको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको छ छैन ? साथै पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२ । निर्णयतर्फ विचार गर्दा, जाहेरवाली र प्रतिवादी लोग्ने स्वास्नी भएकोमा कुनै विवाद छैन । प्रतिवादीले मौकामा गरेको बयानमा पीडितलाई छोरी भनी सम्बोधन गरेको तथा अदालतसमक्ष बयान गर्दा झड्केली छोरी भनेको देखिन्छ । यी प्रतिवादीले जाहेरवालीलाई २ छोरीहरूसहित भित्र्‍याई श्रीमती बनाइराखेको र तिनीहरूको लालनपालन रेखदेख तथा संरक्षक (ब्रिड एअर्नेर गुअर्दिअन्) को जिम्मा आफूमा रहेको भन्ने निजको बयानबाट देखिन्छ । अभियोग दाबीलाई अदालतमा अस्वीकार गरी बयान गरेको भए पनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, मिति २०७४।०३।०२ गते श्रीमती बुटवलतर्फ सामान किन्न गएको थिइन् । कान्छी छोरीलाई मामा घरतर्फ पठाई पीडित परिवर्तित नाम (गेट) लाई घर कोठामा लगी सुरूवाल खोली मेरो उत्तेजित लिङ्ग छोरीको योनिमा रगड्ने, घोच्ने गरेको हुँ भनी कसुरमा साबित रही बयान गरेको देखिन्छ । 

३ । यी प्रतिवादीले मौकामा भएको बयान आफ्नो इच्छा विरूद्धको हो भनी अदालतमा बयान गरे पनि सो पुष्टि हुने प्रमाण दिन र पेस गर्न सकेको पाइँदैन । निजको साक्षी इलियासको बकपत्रबाट पनि निजको अदालतको बयान पुष्टि हुने आधार देखिँदैन । मौकामा जाहेरी दिने निजको श्रीमती परिवर्तित नाम ५१(ख) ले घटना वारदात आफूले मौकैमा देखेको र सोधपुछ गर्दा पीडितले आफूलाई यी प्रतिवादीले करणी गरेको भनी बताएको बेहोरा उल्लेख गरेको पाइन्छ । पीडित (गेट) लाई अदालतको आदेशबमोजिम बकपत्रको लागि उपस्थित गराएको पाइँदैन । पीडितउपर करणी भएको, योनि सुन्निएको र रातो भएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट देखिन्छ । जबरजस्ती करणीको वारदात स्थापित हुनका लागि मुलुकी ऐन, जबरजस्ती करणीको १ नं । मा कन्या विधवा वा अर्काकी सधवा स्वास्नी मानिस वा सोह्र वर्षमुनिकालाई उसको मन्जुरी लिई वा नलिई जुनसुकै बेहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुसीबिना बेमन्जुरीले जुनसुकै तरहसँग भए पनि जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेकोसमेत जबरजस्ती करणी गरेको ठहर्छ भन्ने उल्लेख गरेको देखिन्छ । भीमबहादुर पोखरेल विरूद्ध नेपाल सरकार भएको (२०६३ साल अङ्क ४ निर्णय नं । ७६८२) मुद्दामा “जबरजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रवेश गरेको हुनुपर्ने वा योनिभित्रै वीर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनिको  कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनिबिच सामान्य घर्षण पर्याप्त देखिन्छ” भनी व्याख्या गरेको पाइन्छ ।

४ । प्रस्तुत मुद्दामा पीडितको योनि सुन्निएको र रातो भएको भन्ने कुरा स्वास्थ्य परीक्षण प्रतिवेदनले देखाएको अवस्था छ । मेरो श्रीमती बुटवलतर्फ गएकीमा मेरो झड्केली छोरी परिवर्तित नाम (गेट) र अर्को छोरीसमेत घरमा रही बसेको अवस्थामा कान्छी छोरीलाई खेल्ने भनी मामाको घरतिर पठाई पीडित छोरीलाई घरकोठामा लगेर सुताई पल्टाई र म पनि सँगै बिस्तरामा पल्टिएकोमा मेरो शरीरमा यौन उत्तेजना भई लिङ्ग कडा (दह्रो) हुँदै जान थालेपछि छोरी परिवर्तित नाम (गेट) लाई पल्टाई निजले लगाएको सुरूवाल खोलिदिई मैले लगाएको कपडासमेत केही तल झारी मेरो उत्तेजित लिङ्ग छोरीको योनाङ्गमा रगड्ने, घोच्ने, भित्र छिराउन खोज्दा छोरीले दुख्यो भनी चिच्याउन कराउन खोजेपछि मैले जबरजस्ती करणी गर्न छाडेको हुँ भनी प्रतिवादी मोहम्मद अलि मनिहरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानबाट देखिन्छ । घटनासँग सम्बद्ध अन्य तथ्यहरूबाट जबरजस्ती करणीको आपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनिभित्र लिङ्गको पूर्ण प्रवेश नभएको कन्याजाली नच्यातिएको, वीर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसुरबाट मुक्त गर्न मिल्ने देखिएन । योनिमा पूर्णरूपमा यी प्रतिवादीले लिङ्ग पसाएको भन्ने आधार नदेखिए पनि योनि वरिपरि घर्षण गराएको भन्ने परीक्षणबाट प्रमाणित भएको र मुलुकी ऐन, जबरजस्ती करणीको १ को (ग) को अवस्था विद्यमान रहेको देखियो । तसर्थ मौकाको परिवर्तित नाम ५१(ख) को जाहेरी, पीडित (गेट) को कागज, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, पीडित (गेट) को शारीरिक परीक्षण रिपोर्टसमेतबाट प्रतिवादी मोहम्मद अलि मनिहारले करणी गर्न चाँजोपाँजो मिलाई नाबालिका पीडित (गेट) लाई करणी गरेको संलग्न प्रमाणबाट पुष्टि भएको र प्रतिवादीले सोलाई स्वीकार गरी पुनरावेदनसमेत नगरेबाट उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।१।३ मा जबरजस्ती करणी ठहर गरी भएको फैसलालाई अन्यथा गर्नुपर्ने देखिन ।

५ । हाडनाता करणीतर्फ विचार गर्दा, साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २ नं । मा परिभाषित गरेको नाताभित्र झड्केली छोरी भन्ने स्पष्ट उल्लेख नभए तापनि ऐ ।को २(४) नं । मा दफा १, २, ३ मा लेखिएदेखि बाहेक अन्य नाताका बिचमा करणी लिनेदिनेलाई विचार गरी ३ महिनादेखि १ वर्षसम्म कैद हुने स्पष्ट कानूनी व्यवस्था गरेको पाइन्छ । कानूनमा अन्य नाताको व्यक्तिका बिचमा करणी गर्नेलाई सजायको व्यवस्थासमेत हाडनाता करणीको महलमा गरेको देखिएको र आफ्नै श्रीमतीले अघिल्लो लोग्नेबाट जन्मिएको छोरीलाई साथमा ल्याई सँगसाथै बसेको र संरक्षकत्वसमेत प्रदान गरेकोमा आफ्नै सहोदर छोरी नभए तापनि सँगसाथ ल्याएकी आफ्नै श्रीमतीको सहोदर छोरीलाई करणी गरेको अवस्थामा अन्य नाताका बिचमा करणी गरेको मान्नुपर्ने हुन्छ । यसरी आफ्नै सँगसाथ तथा संरक्षकत्वमा बस्ने आफ्नै श्रीमतीले अघिल्लो लोग्नेतर्फबाट जन्मेका छोरीलाई करणी गर्दा हाडनाता हुँदैन भन्नु कानूनको सही र सान्दर्भिक व्याख्या हुन सक्दैन । सौतेनी आमा छोराबिच करणी भएकोमा कानूनको व्याख्या भएको तर सौतेनी छोरीका हकमा कानून मौन भएकोमा मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं । मा भएको अन्य नाताभित्र सौतेनी बाबु छोरी परेको अर्थमा बुझ्नुपर्दछ । कानूनको आत्मगत व्याख्या गरी आफ्नी श्रीमतीले अघिल्लो लोग्नेबाट जन्माएकी भए पनि हाल आफ्नै संरक्षकत्वमा रहेकी छोरीलाई करणी गर्ने प्रतिवादीलाई हाडनातातर्फको कसुरबाट उन्मुक्ति दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको उक्त फैसला कानून तथा न्यायका मान्य सिद्धान्तहरूसमेतको प्रतिकुल हुँदा सो हदसम्म उक्त फैसला केही उल्टी भई प्रतिवादी मोहम्मद अलि मनिहारलाई साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं ।बमोजिमको कसुरसमेत ठहर्ने देखिन आयो ।

६ । अतः माथि उल्लिखित आधार, कारण र विवेचनाबाट यी प्रत्यर्थी प्रतिवादी मोहम्मद अलि मनिहारलाई जबरजस्ती करणीको महलको १, ३ (१) नं ।बमोजिमको कसुर गरेको देखिँदा निजलाई उक्त ३(१) नं । को कसुरमा १० (दश) वर्ष कैद हुने, ऐ ।१० नं ।बमोजिम प्रतिवादीबाट पीडितलाई रू ।२५,०००- (अक्षरूपी पच्चिस हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने र जाहेरवाला परिवर्तित नाम ५१(ख) ले अदालतमा आई झुट्टा बकपत्र गरेको देखिँदा निजलाई रू ।१,०००।- (अक्षरूपी एक हजार रूपैयाँ) जरिवाना हुने गरी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०७४।११।२२ मा भएको फैसलालाई सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।०१।०३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । हाडनाता करणीतर्फ उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।०१।०३ मा भएको फैसला केही उल्टी भई यी प्रतिवादी मोहम्मद अलि मनिहारलाई साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं ।बमोजिमको कसुरसमेत कायम भई थप ६ महिना कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७६।०१।०३ मा भएको फैसला जबरजस्ती करणीको हकमा १० वर्ष कैद र रू ।२५००० क्षतिपूर्ति भराइदिनेतर्फ सदर रहेको तर हाडनातातर्फ केही उल्टी भई साबिक मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको २(४) नं ।बमोजिमको कसुर कायम भई थप ६ महिना सजाय भएकोले सोहीबमोजिमको कैद लगत कायम गरी संशोधित कैदी पुर्जी दिनु भनी सुरू कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउनू… । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । ।१

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी फैसलाको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिनू । । । । । । २

सरोकारवालाले नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई दिनू । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । ।३

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी झिकाइएका मिसिलहरू तत्‌तत् अदालतमा र रिकर्ड मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । ।४

 

उक्त रायमा सहमत छु ।

न्या ।हरिप्रसाद फुयाल

 

इजलास अधिकृतः- अमृताकुमारी शर्मा

इति संवत् २०८० कार्तिक १७ गते रोज ६ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु