शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३५३ - जालसाज

भाग: ६६ साल: २०८१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०८०।३।११

०६६-CR-०८२४

 

मुद्दा : जालसाज

 

पुनरावेदक  वादी : केशर यादवको छोरा सप्तरी जिल्ला, नेगडा गा ।वि ।स । वडा नं । ४ बस्ने राम सुन्दर यादव

विरूद्ध

प्रत्यर्थी  प्रतिवादी : सप्तरी जिल्ला, पोर्ताहा गा ।वि ।स । वडा नं । ४ बस्ने महेन्द्रप्रसाद यादवसमेत

 

नेपालमा अन्य देशजस्तो इच्छापत्र वा वसियतनामा लेख्ने व्यवस्था नभए तापनि मुलुकी देवानी संहिता, २०७४ को दान तथा बकससम्बन्धी व्यवस्थाले केही हदसम्म वसियतात्मक (तेस्तामेन्टअरी) अधिकारलाई मान्यता दिएको निष्कर्ष गर्नु अनुचित नदेखिने । शेषपछि खाने गरी इच्छापत्र वा बकसपत्र गरिदिएको अवस्था नरहेमा कुनै व्यक्तिको मृत्युपछि निजको सम्पत्तिको हक नजिकको हकवालामा कानूनबमोजिमको प्राथमिकताक्रमअनुसार सर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ अनुरूप अपुताली खुला भएको सम्पत्ति नै अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) रहेको देखिने ।

(प्रकरण नं ।१२)

हिन्दु कानूनी प्रणालीसमेतले अङ्गीकार गरेको हकवाला नभएको मृतकको सम्पत्ति राज्य वा सरकारमा सर्ने अवधारणा (दोक्तृने ओफ एस्चेअत्) लाई मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ मा समावेश गरिसकेकोमा मृतकको हकवाला नभएको स्थितिमा निजको सम्पत्तिबाट भए साहुको रकम तिरी बाँकी रहेको जग्गासहितको सम्पत्तिको हक तथा स्वामित्व सम्बन्धित स्थानीय तहमा सर्नेमा विवाद गरिरहनु नपर्ने ।

(प्रकरण नं ।१३)

मुलुकी ऐन, अपुतालीको महलको २ नं । को देहाय २ तथा १६ नं ।बमोजिम अपुतालीको सम्पत्ति हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा नेपाल सरकारको नाममा कायम हुने भनी उल्लेख भएकोमा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८(१) बमोजिम कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्‌गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने ।

(प्रकरण नं ।१६)

 

पुनरावेदक  वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी 

प्रत्यर्थी  प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव र श्री हरिहर दाहाल 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी देवानी संहिता, २०७४

प्रमाण ऐन, २०३१

नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१०

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री दिपककुमार कार्की

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या ।हरिप्रसाद फुयाल : पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।३।११ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा वादीको तर्फबाट पुनरावेदन दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

तथ्य खण्ड

यसमा अनारवती यादवनीले मिति २०५५।८।१५ मा म सँग रू । ८०,०००- कर्जा लिई भाखाभित्र साँवा ब्याज नबुझाएकोले मैले २०६० सालको सा ।दे ।न । २०२२ को लेनदेन मुद्दा सप्तरी जिल्ला अदालतमा दायर गर्दा अनारवती यादवनीको नामको म्याद गा ।वि ।स । सचिव हरिनारायण यादवको रोहबरमा मिति २०६०।१०।५ मा निज अनारवती यादवनीको घर दैलामा टाँसी म्याद तामेल भई निजले वादी दाबीलाई स्वीकार गरी प्रतिउत्तर पत्र नफिराएकोले मिति २०६१५३ गते वादी दाबी पुग्ने ठहरी एकतर्फी फैसला भएको थियो । यस अवस्थामा मलाई मुद्दा मामिलामा परेसान गर्ने उद्देश्य राखी विपक्षीहरू गा ।वि ।स । सचिव हरिनारायण र महेन्द्रप्रसाद यादवको मिलेमतोमा अनारवतीको हकवाला महेन्द्रप्रसाद यादव हो भनी गलत पुस्तावली उल्लेख गरी नाता प्रमाणपत्र र विपक्षीहरूमध्येकै व्यक्तिबाट सर्जमिन गराई जालसाजीबाट नाता र मृत्युको प्रमाणपत्र तथा नामसारी सिफारिससमेत गरी अ ।बं । २०८ नं । बमोजिम निवेदन दिई प्रतिउत्तर दर्ता गरेको रहेछ । यसरी प्रतिवादीहरूको मिलेमतोमा लेनदेन मुद्दाको म्याद तामेल हुनुभन्दा अगावैको मिति राखी बनाएको मिति २०६१।०२।२७ को मृत्यु दर्ता प्रमाण-पत्र, मिति २०६१।२।२७ को नाता सम्बन्धको सर्जमिन मुचुल्का, मिति २०६१।०२।२७ को जग्गा नामसारी सिफारिस र मिति २०६१०६०८ को नाता प्रमाणपत्रबाट प्रतिवादीहरूले किर्ते कागजको ३ र ४ नं । बमोजिमको कसुर गरेकोले यसरी किर्ते काम गर्ने गराउनेलाई किर्ते कागजको १० र १५ नं ।बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी रामसुन्दर यादवको फिराद पत्र ।

म महेन्द्रप्रसाद यादवको स्व । भाउजू अनारवती यादवनीउपर सप्तरी जिल्ला अदालतमा २०६० सालको सा । दे । नं २०२२ को लेनदेन मुद्दा दायर भई सोको सुरू म्याद रीतपूर्वक तामेल नभएको अवस्थामा एकतर्फी फैसला भएको तथ्य मैले मिति २०६१०५०९ मा थाहा पाएको हुँ । यसपश्चात् म महेन्द्रप्रसाद यादवले निवेदनसाथ प्रतिउत्तरपत्र दिँदा म स्व । अनारवतीको हकवाला देखिएकोले निवेदनसहित प्रतिउत्तर पत्रसमेत दर्ता भई सप्तरी जिल्ला अदालतले सोको जानकारी वादीलाई दिई नियमानुसार गर्नु भन्ने आदेश भएउपर वादी राम सुन्दर यादवले उक्त आदेश बेरितको भएको भनी अ ।ब । १७ नं ।बमोजिम पुनरावेदन अदालत राजविराजमा निवेदन दिएकोमा सप्तरी जिल्ला अदालतको आदेश परिवर्तन गरिरहनु परेन भनी आदेश भएको र विपक्षी रामसुन्दर यादवले हामीहरूउपर झुठ्ठा बेहोरा उल्लेख गरी मिति २०६२२२२ मा यस अदालतमा यो जालसाज मुद्दा दिएको हुन् । फिरादपत्रको बेहोरामा उल्लेख गरिएको “परिपञ्चले सिर्जना गरिएको सर्जमिनले प्रमाण सिर्जना गरिएको” भन्ने कुरा झुठा हो । म अनारवती यादवनीको पुस्तावलीभित्रै पर्ने व्यक्ति हो । स्व । अनारवती यादवनीको मृत्यु मिति २०६००७०८ मा भएको हो । फिरादीले दाबी गरेको मिति २०६१।०१।१५ मा भएको होइन । नाता प्रमाणपत्र गा ।वि ।स । नेगडाको कार्यालयले आवश्यक जाँचबुझ गरी गरेको हुँदा हामीहरूले मिलेमतो गरी जालसाजी गरेको होइन, छैनौं र जालसाजी प्रमाण पनि बनाएको होइन छैन । कानूनबमोजिम मृत्युदर्ता प्रमाण पत्रलगायत नाता प्रमाणपत्रसमेत म सचिव हरिनारायण यादवले बनाई प्रतिवादी महेन्द्रप्रसाद यादवलाई दिएको हुँ । कुनै किसिमको परिपञ्चले किर्ते पनि गरेको छैन । किर्ते कागजको ३ र ४ नं ।बमोजिम हामीहरूले अपराध नगरेको हुँदा विपक्षीको झुठ्ठा दाबीबाट हामीलाई फुर्सद अलग गरी कानूनबमोजिम विपक्षीलाई नै सजाय गरिपाउँ भन्ने प्रतिवादी महेन्द्रप्रसाद यादवसमेतको प्रतिउत्तरपत्र ।

रंगी धुरझारका २ छोरामा जेठा मिठु, कान्छा गोवरधन, मिठुका २ छोरामा एउटाको नाम थाहा छैन, एउटाको नाम सुनर, सुनरको छोराको नाम महेन्द्र हो । गोबरधनको एक छोरा पुरन, पुरनको एक मात्र छोरा ठकाई धुरझार, ठकाईको कुनै सन्तान नभएको, महेन्द्र र अनारवतीका बिचमा देवर-भाउजूको नाता सम्बन्ध पर्दछ । २०६० साल कार्तिक ८ गते अनारवतीको मृत्यु भएको हो । अनारवती यादवनी स्वर्गीय हुँदा दागबत्ती दिई क्रिया श्राद्ध गर्ने काम महेन्द्र यादवले गरेको हो । अनारवती यादवनीको मृत्यु २०६१ साल वैशाख १५ गतेमा भएको र अनारवती र महेन्द्र यादवबिच कुनै नाता सम्बन्ध छैन भन्ने वादी रामसुन्दर यादवको भनाइ गलत हो । मिति २०६१।२।२७ को सरजमिन मुचुल्का, नामसारीको सिफारिस, मिति २०६०।७।८ मा अनारवती मरेको भन्ने मृत्युदर्ता प्रमाण पत्र, तथा अनारवती र महेन्द्रप्रसाद देवर भाउजू भएको भन्ने नाता प्रमाणित प्रमाण पत्रलगायतका सबै कागजातहरू सही हुन् । जालसाज होइनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी देवनारायण यादव तथा रामकृपाल यादवले सुरू पुनरावेदन अदालत राजविराजमा एकै मिलान गरेको बकपत्र । 

जालसाज तरिकाले सरजमिन गराएका हुन् । अनारवती महेन्द्रको भाउजू होइनन् । जालसाजी मृत्यु प्रमाणपत्र, जालसाजी सरजमिन, सिफारिस बनाए । अनारवतीको पुस्तेवारी हेर्ने हो भने रंगी धुरझारको एक छोरा गोवरधन, गोवरधनको एक छोरा पुरन, पुरनको एक छोरा ठकाई र ठकाईकी पत्नी अनारवती हुन् । ठकाईको छोरा छोरी छैनन् । महेन्द्रप्रसाद यादवको पुस्तेवारी हेर्ने हो भने बन्सी धुरझारको एक छोरा मिठु, मिठुको एक छोरा सुनर, सुनरको ३ छोरा कवितलाल, वेचन र महेन्द्र हुन् । मिति २०६०।१०।५ मा म्याद तामेल हुँदा अनारवती जीवित थिइन् । मिति २०६१।१।१५ मा अनारवतीको मृत्यु भएको हो । सबै प्रमाणहरू गा ।वि ।स । सचिवसँग मिलेर जालसाजी तरिकाले बनाएका हुन्, यी प्रमाणहरू बदर हुनुपर्ने हो भन्नेसमेत बेहोराको वादीका साक्षी जनारदन भैरता यादवले सुरू पुनरावेदन अदालत राजविराजमा गरेको बकपत्र ।

प्रमाण लगाउन पेस भएको र ।नं । ८२ को बन्डा पत्रमा मिठु यादवका छोरा नाति भनी उल्लेख भएकोमा महेन्द्रप्रसाद यादवको नामसमेत उल्लेख भएको प्रतिवादी महेन्द्र यादवलाई सो पुस्तावलीमा अनारवती कहाँ कसरी परी निजको भाउजू नाता पर्ने हो, अ ।बं । १३३ नं । अनुरूप पुस्तावली खोल्न लगाई कागज गराउनु भन्ने मिति २०६४।१०।२८ को आदेशानुसार मूल पुरूष स्व । रंगी भन्ने बंशी धुरझार निजका २ छोरा जेठा स्व । मिठु धुरझार कान्छा स्व । गोवर्धन धुरझार हुन् । स्व । मिठुको छोरा स्व । सुनर र निजको छोरा महेन्द्रप्रसाद धुरझार हो भने स्व । गोवर्धनको छोरा स्व । पुरन धुरझार भई निज पुरनको छोरा स्व । ठकाई धुरझार भई निजको श्रीमती स्व । अनारवती धुरझार भएकोले स्व । ठकाइको पत्नी स्व । अनारवती धुरझारसँग मेरो देवर भाउजू नाता परेको भन्नेसमेत बेहोराको महेन्द्रप्रसाद यादवले कागज गरेको ।   

मृत्यु प्रमाणपत्र सर्जमिन र नाता प्रमाणित सिफारिस पत्रलाई जालसाजी घोषित गरी यसको मान्यता शुन्य गरिपाउँ भनी वादीले दाबी लिएकोमा सो वादीले लिएको दाबी प्रमाणित हुन सक्ने आधार र सोसम्बन्धी प्रमाण मिसिलबाट देखिन नआएकोले दाबीअनुसार प्रतिवादीहरूले जालसाज गरेको मान्न सकिएन । जालसाज गरिएको भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत राजविराजको मिति २०६६।३।११ को फैसला । 

मृतक अनारवती र महेन्द्रप्रसादका गा ।वि ।स । हरू कम्तीमा ५० किलोमिटरको अन्तरमा रहको छ । महेन्द्रप्रसाद यादवले नाता प्रमाणपत्र बनाउँदा रंगीको छोरा मिठु, नाति सुनर र पनाति विपक्षी महेन्द्रलाई देखाउने प्रयत्न गरेको छ । जबकि वास्तवमा रंगीको एक मात्र छोरा अनारवतीको बाजे ससुरा गोबर्द्धन यादव मात्र हुन् । पोर्ताहा बस्ने महेन्द्रको बाबु सुनर र सुनरको बाबु मिठु हुन् भन्ने कुरामा कुनै विवाद छैन । तर मिठुको बाबु भने रंगी होइनन्, वंशी हुन् । सो कुराको प्रमाणको रूपमा विपक्षी महेन्द्रका बाबु सुनर धुरझारको बाजे रंगी होइन वंशी हो भन्ने कुरा देखिने मिति २०५०।४।५ को बन्डापत्र, २०२८ सालको नापीमा सुनर धुरझारले आफ्ना बाजे बंशी धुरझार देखाई तयार गराएको फिल्डबुक, त्यसैगरी सुनर धुरझारले मिति २०३५१०९ मा पारित गरेको र ।नं । १९०९ र मिति २०३४।४।११ मा पारित गरेको र ।नं १७७ को राजीनामा मिति २०४९ । ९।१ मा पारित गरेको र ।नं । ५९६९ र ५९७० को बकसपत्रलगायतका लिखतहरूमा सुनर धुरझारको बाजे वंशी धुरझार हुन भन्ने कुरा प्रमाणित हुने लिखत प्रमाण रहँदारहँदै सोको कुनै मूल्याङ्कन नगरी गरिएको पुनरावेदन अदालत राजविराजको फैसला त्रुटिपूर्ण रहेको स्पष्ट छ । नाता कायममा बयान गरी नाता कायम मुद्दाको उठान गरी फैसला गर्नुपर्नेमा नातातर्फ कुनै कारबाही नै नउठाई गरेको फैसला त्रुटिपूर्ण रहेको हुनाले बदरभागी छ । मिति २०६०।१०।५ मा अनारवतीको मृत्यु भइसकेको भए सो म्याद तामेल गर्ने क्रममा नै सो कुरा साक्षी र भलादमीहरूबाट स्पष्ट हुने थियो । पहिले मृत्यु भएको भनी पछि प्रमाणपत्र बनाइदिने विपक्षी सचिव र स्थानीय भद्रभलादमी रोहबरमा बसी मिति २०६०।१०।५ मा म्याद तामेल भएको अवस्थामा निजको मृत्यु पहिले भइसकेको भनी पछि तिनै सचिवले जारी गरेको प्रमाणपत्र जालसाजी भएको स्पष्ट छ भन्नेसमेत बेहोराको वादी राम सुन्दर यादवको पुनरावेदन पत्र ।

यसमा र ।नं । ५९६९ र ५९७० का राजीनामा तथा दानबकसको पारित लिखतहरूमा र फिल्डबुक उतारमा समेत बाबु मिठु र बाजे वंशी लेखिएको समेतका प्रमाणहरूको विवेचना नगरी पुनरावेदन अदालत राजविराजबाट मिति २०६६०३११ मा भएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त मुलुकी ऐन अ ।बं । २०२ नं । अनुरूप विपक्षी झिकाइआएपछि वा अवधि भुक्तान भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७००६०१ मा भएको आदेश ।

प्रस्तुत मुद्दाको विवाद निरूपण मेलमिलापबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५(घ) बमोजिम एक महिना समय दिई मेलमिलाप केन्द्रमा पठाई नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७३१०२६ को आदेश ।

यसमा वादी रामसुन्दर यादव प्रतिवादी अनारवती यादवनीको अपुताली खाने महेन्द्रप्रसाद यादव भएको २०६१ सालको सा ।दे ।नं । १६२८ को लेनदेन मुद्दामा मुलुकी ऐन, अदालती बन्दोबस्त २०८ नं ।बमोजिमको निवेदनमा भएको आदेशसहितको सक्कल मिसिल झिकाउनु भन्ने मिति २०७४८१० को आदेश ।

यसमा प्रत्यर्थी महेन्द्रप्रसाद यादवले अ ।ब । २०८ नं । बमोजिमको निवेदनसहित प्रतिउत्तरपत्र दर्ता गरिपाउँ भनी मिति २०६१०५२४ मा दर्ता गरेको निवेदनको पिठमा सप्तरी जिल्ला अदालतबाट मिति २०६१०५२५ मा भएको आदेशमा उल्लेख भएको वादी भोलाई यादव र प्रतिवादी अनारवती यादवनी भएको दे ।नं । १९०४ को लेनदेन मुद्दामा सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६१०४२२ मा भएको फैसलासहितको सक्कल मिसिल झिकाइ पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७७१२०८ मा भएको आदेश ।

प्रत्यर्थी प्रतिवादी महेन्द्रप्रसाद यादवले जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट मिति २०४५०१३१ मा लिएको नागरिकता प्रमाण पत्र नं । १३००२३३१ को प्रमाणित प्रतिलिपि र नागरिकता प्राप्त गर्दा भरेको फाराम र सोसम्बन्धी रजिस्टर (ढड्डा) को प्रमाणित प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट मगाउनू । साथै प्रत्यर्थी प्रतिवादीसमेत संलग्न भएको मालपोत कार्यालय, सप्तरीबाट मिति २०५००४५ मा पारित भएको बन्डापत्रको स्पष्ट बुझिने प्रमाणित प्रतिलिपि उक्त कार्यालयबाट मगाउनु भन्ने यस अदालतको मिति २०७९०२२७ को आदेश ।

महेन्द्रप्रसाद यादवले यस कार्यालयबाट मिति २०४५०१३१ मा नागरिकता प्रमाणपत्र नं । १३००२३३१ लिएको बखत पेस गरेको अनुसूचीलगायतका कागजातहरू खोज तलास गर्दा हाल फेला नपरेको साथै निजले इलाका प्रशासन कार्यालय, कन्चनपुर सप्तरीबाट मिति २०७९०४०९ मा सोही नागरिकताको प्रतिलिपि लिने बेलामा पेस गरेको जग्गाधनी प्रमाण तथा अनुसूचीलगायतका कागजातहरू र सा ।बा । रेकर्डको प्रमाणित कागजातहरू यसै पत्रसाथ राखी पठाइएको बेहोरा जानकारीको लागि अनुरोध छ भन्ने बेहोराको जिल्ला प्रशासन कार्यालय, सप्तरीको मिति २०८००२०२ को पत्र ।

ठहर खण्ड

नियमबमोजिम मुद्दा पेसीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी राम सुन्दर यादवको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदीले प्रस्तुत मुद्दाको उठान लेनदेन मुद्दाको मिति २०६०१००५ को म्याद तामेलीबाट सुरू भएको हो । अनारवतीको सम्पत्ति प्रतिवादी महेन्द्रप्रसाद यादवसमेतको मिलेमतोमा अपुताली खान परिपञ्चजालसाजी गरी गा ।वि ।स । सचिव हरिनारायण यादवले अनारवतीको मिति २०६०।७।८ मा मृत्यु भएको भनी उक्त लेनदेन मुद्दाको म्याद तामेल भएको मितिअगावै जालसाज गरी मृत्यु दर्ता बनाएको देखिन्छ । स्व । अनारवती र प्रत्यर्थी महेन्द्रप्रसाद यादवको नाता पुस्ता नै विवादित रहेको अवस्थामा सुरू अदालतले सोको प्रमाण नै नबुझी गरेको फैसलामा प्रमाण मूल्याङ्कनको अभाव भएको देखिँदा वादी दाबीअनुसार प्रतिवादीले जालसाज गरेको भन्ने दाबी पुग्न नसक्ने ठहर गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी जालसाज ठहर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रतिवादी महेन्द्रप्रसाद यादवसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले पुनरावेदक राम सुन्दर यादवको सरोकारको विषय लेनदेन मुद्दाको बिगो दाबी गर्नेसम्म मात्र हुन्छ । पुनरावेदकले दाबी गरेको नातासम्बन्धी प्रमाणपत्र, मृत्युको प्रमाणपत्र, सर्जमिन मुचुल्का सिफारिस र नाता प्रमाणित सिफारिस पत्रले पुनरावेदकको हक हनन नभएको अवस्थामा पुनरावेदकलाई प्रस्तुत मुद्दा दायर गर्ने हकदैया नभएको हुनाले पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको हुँदा सोही फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा प्रतिवादीहरू मिली अनारवती यादवनीको गलत पुस्तावली उल्लेख गरी निजको हकवाला महेन्द्रप्रसाद यादव हो भनी नाता प्रमाण पत्र र विपक्षीहरूमध्येकै व्यक्तिबाट सर्जमिन गराई जालसाजीपूर्ण तरिकाबाट अनारवती यादवनीको मृत्यु दर्ताको प्रमाणपत्र, सर्जमिन सिफारिस, नाता प्रमाणित सिफारिस र जग्गा नामसारी सिफारिससमेत बनाई जालसाज गरी किर्ते कागजको ३ र ४ नं ।बमोजिमको कसुर गरेकाले सोही महलको १० र १५ नं ।बमोजिम सजाय गरिपाउँ भन्ने वादी रामसुन्दर यादवको फिराद पत्र बेहोरा रहेको छ भने हामी प्रतिवादीहरूले कुनै किसिमको मिलेमतो गरी जालसाजी गरेको होइन छैनौं र जालसाज गरी प्रमाण बनाएको होइन छैन । कानूनबमोजिम मृत्युदर्ता प्रमाण पत्रलगायत नाता प्रमाणपत्र रहेको हुँदा विपक्षीको झुठ्ठा दाबीबाट फुर्सद अलग गरी विपक्षीलाई नै सजाय गरिपाउँ भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र रहेकोमा मृत्यु दर्ता प्रमाणपत्र, सर्जमिन र नाता प्रमाणित सिफारिस पत्रलाई जालसाजी घोषित गर्न वादीले लिएको दाबी प्रमाणित हुन सक्ने आधार र प्रमाण मिसिलबाट देखिन नआएकोले दाबीअनुसार प्रतिवादीहरूले जालसाज गरेको मान्न सकिएन । जालसाज गरिएको भन्ने वादी दाबी पुग्न नसक्ने भनी पुनरावेदन अदालत राजविराजबाट भएको फैसलाउपर वादी दाबीबमोजिम जालसाज ठहर गरिपाउँ भनी यस अदालतसमक्ष पुनरावेदन दायर भई पेस हुन आएको देखियो ।

उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मुद्दाको मिसिल तथा प्रमाण मिसिलसमेत अध्ययन गरी दुवै पक्षका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताले गर्नुभएको बहससमेत सुनी हेर्दा निम्न विषयहरूमा निर्णय दिनुपर्ने देखिन आयोः

क । प्रतिवादीहरूमध्ये महेन्द्रप्रसाद यादव स्वर्गीय अनारवती यादवनीका नाता सम्बन्धका व्यक्ति हुन् वा होइनन् ?

ख । वादीलाई जालसाज मुद्दा दायर गर्ने हकदैया छ, छैन ?

ग । महेन्द्रप्रसाद यादवसमेतले तयार पारेका कागजात जालसाजपूर्ण तरिकाले तयार गरिएको हो वा होइन ? 

घ । अनारवती यादवनीको हकवाला नभएको अवस्थामा मृतकका नाउँको सम्पत्तिको कानूनी हैसियत के हुने हो ?

ङ । पुनरावेदन अदालत राजविराजबाट भएको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ?

 

प्रस्तुत मुद्दामा पेस भएको कागजातहरूमा स्व । अनारवती यादवनीको मृत्यु भएको मिति फरक फरक रूपमा उल्लेख रहेको देखिन्छ । प्रमाणका रूपमा पेस भएको सा ।दे ।नं । १९०५ को वादी भोलाई यादव वि । प्रतिवादी अनारदेवी यादव भएको लेनदेन मुद्दामा प्रतिवादी अनारवती यादवको नाममा जारी भएको म्याद निजको घरदैलोमा मिति २०६०।९।२५ मा टाँस भई उक्त म्यादमा “निज अनारवती यादवको मिति २०६०।८।१० गते स्वर्गवास भएको ।” भन्ने बेहोरा उल्लेख भई उक्त म्याद सोही गा ।वि ।स ।का तत्कालीन सचिव हरिनारायण यादवलगायत अन्य सोही वडाका साक्षीको रोहबरमा सहीछाप गरी तामेल भएको देखिन्छ । त्यसैगरी प्रस्तुत जालसाज मुद्दाको उठान भएको २०६० सालको सा ।दे ।नं । २०२२ को वादी रामसुन्दर यादव वि । प्रतिवादी अनारदेवी यादवनी भएको लेनदेन मुद्दामा अनारवती यादवनीको नाममा जारी भएको सुरू म्याद निजको घरदैलोमा मिति २०६०।१०।५ मा टाँस भई रीतपूर्वक तामेल भएको भन्ने देखिन्छ । म्यादको तामेली प्रतिमा निज अनारवती यादवनीको मृत्यु भएको सम्बन्धमा कुनै कैफियत नलेखिई गा ।वि ।स ।का तत्कालीन सचिव हरिनारायण यादवलगायत अन्य सोही वडाका साक्षीको रोहबरमा म्यादमा सहीछापसमेत गरेको देखिन्छ । यद्यपि महेन्द्रप्रसाद यादवले प्रतिउत्तर दायर गर्न पेस गरेको च ।नं ।१५१०६०-०६१ मिति २०६१।२।२७ को “जग्गा नामसारीको लागि सिफारिस गरिदिएको सम्बन्धमा” विषयक पत्र, मिति २०६१।२।२७ को सर्जमिन मुचुल्का तथा मिति २०६१।२।२७ को अनारवती यादवनीको मृत्युदर्ता प्रमाणपत्रमा भने निज अनारवती यादवनीको मृत्यु भएको मिति २०६०।७।८ हो भनी उल्लेख भएको देखिन्छ । उक्त सम्पूर्ण कागजातहरू तत्कालीन गा ।वि ।स । सचिव हरिनारायण यादवले नै प्रमाणित गरेको देखिन्छ । यसरी एक पटक निज गा ।वि ।स । सचिव हरिनायारण यादवले मिति २०६०।९।२५ मा तामेल भएको म्यादमा अनारवती यादवनीको मृत्यु मिति २०६०।८।१० मा भएको भनी आफैँ रोहबरमा बसी सहीछापसमेत गरी पछि सोही अदालतबाट जारी भएको अर्को म्यादमा निज अनारवती यादवनीको मृत्युको सम्बन्धमा कुनै बेहोरा उल्लेख नगरिनु र मुद्दा परेपछि आफूले गरेको कामको प्रतिकुल हुने गरी फरक मिति कायम गरी मृत्यु दर्ता प्रमाणपत्रलगायत अन्य सर्जमिन र सिफारिस प्रमाणित गरेको देखिन्छ ।

२ । अब, प्रस्तुत मुद्दामा प्रतिवादीहरूमध्ये महेन्द्रप्रसाद यादवको अनारवतीसँगको नाता सम्बन्ध के हो भन्ने पहिलो प्रश्नतर्फ विचार गर्दा २०६० सालको सा ।दे ।नं २०२२ को लेनदेन मुद्दामा महेन्द्रप्रसाद यादवले प्रतिउत्तर दायर गर्दा पेस गरेको च ।नं । १५१०६०-०६१ मिति २०६१।२।२७ को “जग्गा नामसारीको लागि सिफारिस गरिदिएको सम्बन्धमा” विषयक पत्र, मिति २०६१।२।२७ को सर्जमिन मुचुल्का तथा मिति २०६१।६।८ को नाता प्रमाणित प्रमाणपत्रमा महेन्द्रप्रसाद यादव स्व । अनारवती यादवको देवर नाताको व्यक्ति भनी उल्लेख भएको पाइन्छ । त्यसैगरी पुनरावेदन अदालत राजविराजबाट मिति २०६४।१०।२८ मा भएको आदेशानुसार प्रतिवादी महेन्द्रप्रसाद यादवले स्व । अनारवती यादवनी आफ्नो भाउजू नाताको व्यक्ति हुन् भनी अदालतमा उपस्थित भई कागज गरेको दखिन्छ । निजहरूको पुस्तेवारी हेर्ने हो भने र ।नं ८२ मिति २०५००४०५ को अंशबन्डा लिखतबाट मूल पुर्खा वंशी, वंशीको छोरा मिठु, मिठुको एक मात्र छोरा सुनर यादव र सुनर यादवको ३ भाइ छोराहरू कवित यादव, महेन्द्रप्रसाद यादव र वेचन यादव रहेको भन्ने देखिन्छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको च ।नं । ११८९४ मिति २०८००२०२ को पत्रबाट “महेन्द्रप्रसाद यादवले यस कार्यालयबाट मिति २०४५।१।३१ गते नागरिकता प्रमाणपत्र नं । १३००२३३१ लिएको बखत पेस गरेको अनुसूचीलगायतका कागजातहरू खोजतलास गर्दा हाल फेला नपरेको साथै निजले इलाका प्रशासन कार्यालय, कन्चनपुर सप्तरीबाट मिति २०७९।०४।०९ गते सोही नागरिकताको प्रतिलिपि लिने बेलामा पेस गरेको जग्गाधनी प्रमाण पुर्जा तथा अनुसूचीलगायतका कागजातहरू र सा ।बा । रेकर्डको प्रमाणित कागजातहरू” यस अदालतमा पठाइएकोमा सो कागजातहरू हेर्दा महेन्द्रप्रसाद यादवको पिता सुनर र सुनरको पिता मिठुसम्म रहेको देखिन आउँछ । यस अवस्थामा प्रतिवादी महेन्द्रप्रसाद यादवको स्व । अनारवतीसँग नाता रहेको भन्ने खुल्न सकेको देखिँदैन । साथै मिसिल संलग्न रहेको कागजातबाट स्व । ठकाई धुरझार यादवको पत्नी अनारवती यादवनीबाहेक अन्य केही पुस्तेवारी उल्लेख भएको पाइँदैन । यसबाट प्रतिवादी महेन्द्रप्रसाद यादवको मूल पुर्खा वंशी रहेको देखिए तापनि स्व । अनारवती यादवको मूल पुर्खा को हुन् र महेन्द्रप्रसाद यादवसँग के नाता रहेको छ भनी कुनै लिखत प्रमाणबाट स्पष्ट तथा वस्तुपरक रूपमा खुल्न आएको नदेखिएको र निजले समेत आफ्नो पुस्तेवारी अनारवती यादवनीको पुस्तेवारीसँग मिल्ने, भिड्ने भनी कुनै कागज प्रमाण पेस गर्नसमेत सकेको नदेखिँदा गा ।वि ।स ।को कार्यालयबाट बनाएका विवादास्पद कागजका आधारमा मात्र महेन्द्रप्रसाद यादव र स्व । अनारवती यादवनी नाता सम्बन्धका व्यक्ति हुन् भन्ने देखिन आएन । 

३ । वादीलाई जालसाज मुद्दा दायर गर्ने हकदैया छ छैन भन्ने दोस्रो प्रश्न सम्बन्धमा विचार गर्दा प्रस्तुत जालसाज मुद्दाको उठान २०६० सालको सा ।दे ।नं २०२२ को वादी रामसुन्दर यादव वि । प्रतिवादी अनारवती यादवनी भएको लेनदेन मुद्दामा महेन्द्रप्रसाद यादवले पेस गरेको विवादित नाता प्रमाणपत्र, सर्जमिन मुचुल्का, जग्गा नामसारीको सिफारिसपत्र र मृत्युदर्ता प्रमाणपत्रका आधारमा प्रतिवादी स्व । अनारवती यादवको मुद्दा सकार गरेको हुँदा सोही विषयलाई लिएर प्रस्तुत जालसाज मुद्दा दायर भएको देखिन्छ । उल्लिखित लेनदेन मुद्दामा जारी भएको सुरू म्याद अनारवती यादवनीको घरदैलोमा मिति २०६०।१०।५ मा टाँस भई तामेल भएकोमा प्रतिवादीले कुनै प्रतिउत्तर नफिराई वादी दाबी स्वीकार गरी बसेको भनी एकतर्फी रूपमा वादी दाबी पुग्ने गरी फैसला भएको देखिन्छ । उक्त फैसला भएपश्चात् महेन्द्रप्रसाद यादवले अनारवती यादवनीको विरूद्ध लेनदेन मुद्दा दायर गर्नुभन्दा अगाडि नै मृत्यु भइसकेको भनी जालसाजपूर्ण रूपमा किर्ते गरी अनारवती यादवनीको मृत्यु दर्ता प्रमाण-पत्रसहित अन्य जग्गा नामसारीको सिफारिस, नाता सम्बन्धको सर्जमिन मुचुल्का र नाता प्रमाणित प्रमाणपत्र पेस गरी मुद्दा सकार गरी पुन: प्रतिउत्तर दायर गरेको देखिन्छ । यसरी फैसला भइसकेको मुद्दामा महेन्द्रप्रसाद यादव सामेल भएको हुँदा रामसुन्दर यादवले उक्त मृत्युदर्तालगायतका कागजातहरू जालसाजपूर्ण तरिकाले बनाइएको भनी उल्लिखित कागजातहरू बदर गरी कानूनबमोजिम सजाय गरिपाउँ भनी प्रस्तुत जालसाज मुद्दा दायर गरेको देखिन्छ । सप्तरी जिल्ला अदालतबाट उक्त सा ।दे ।नं । २०२२ को लेनदेन मुद्दामा रामसुन्दर यादवले कागजबमोजिमको साँवा ब्याजसमेत प्रतिवादी अनारवती यादवनीबाट भरिपाउने ठहरी मिति २०६१।५।३ मा फैसला भई उक्त फैसलाको आधारमा राम सुन्दर यादवले स्व । अनारवती यादवको सम्पत्तिबाट आफ्नो साँवा ब्याज असुलउपर गर्न सक्ने अधिकार रहन्छ । आफूले लेनदेन मुद्दा दायर गरी लिखतबमोजिम साँवा ब्याज भराइलिन पाउने ठहरी फैसला भएको अवस्थामा निजको हकमा असर पर्ने गरी महेन्द्रप्रसाद यादवले उक्त लेनदेन मुद्दा सकार गरी प्रतिउत्तर दर्ता गर्न पेस गरेको विवादित नाता प्रमाणित कागज, सर्जमिन मुचुल्का, जग्गा नामसारी सिफारिस र मृत्यु दर्ता प्रमाणपत्रको कागजले निज वादी रामसुन्दर यादवको फैसलाको ठहर भएको बिगो रकम असुल गर्ने हकसमेत प्रभावित हुने भएकोले लेनदेन मुद्दाबाट बिगो असुलउपर गर्न पाउने गरी फैसला भएको अवस्थामा आफ्नो हकमा असर पर्ने गरी तयार गरी मुद्दामा पेस भएका लिखतउपर प्रश्न उठाई मुद्दा दायर गर्न नपाउने भन्ने हुँदैन । आफ्नो हकमा असर गर्ने गरी तयार गरी पेस गरेका उक्त लिखतहरू जालसाजपूर्ण हुन् भनी मुद्दा दायर गर्ने हकदैया रहने हुँदा निज वादी रामसुन्दर यादवलाई प्रस्तुत जालसाज मुद्दा दर्ता गर्ने हकदैया नरहेको भन्ने प्रतिउत्तर जिकिर र निजको तर्फबाट रहनुभएका विद्वान् कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन । 

४ । अब, महेन्द्रप्रसाद यादवसमेतले तयार पारेका कागजात जालसाजपूर्ण तरिकाले तयार गरिएको हो वा होइन भन्ने तेस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी महेन्द्रप्रसाद यादव र स्व । अनारवती यादवको नाता स्थापित हुन नसकेपछि त्यस्ता कागजातहरूको कानूनी अस्तित्वमा प्रश्न उठाउनु स्वाभाविक नै देखिन्छ । यससम्बन्धी कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, किर्ते कागजको महलको १ नं । मा “हस्ताक्षर वा औंलाको ल्याप्चे सही निसाना र छाप इत्यादि झुठ्ठा बनाई गरी वा ऐनबमोजिम रीतपूर्वकको सहीछाप भइरहेको अर्कै विषयको सच्चा लिखतमा लेखिएको बेहोरा कुनै तरकिबसँग उडाई अर्कै मतलब निस्कने बेहोरा पारी मिलाई लेख्ने र एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्कै बेहोराको लिखतमा लगाई वा अर्कै बेहोराको लिखत लेख्ने इत्यादि काम गरेकोबाट अर्काको जिउ, धन वा हक जाने नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने मानिस आफैँलाई वा अरू कसैलाई फाइदा प्रमाण हुने गरी काम गरेको रहेछ भने त्यस्ता झुठ्ठा कागजबाट काम गरी भइसकेको हवस् वा नहवस् किर्ते गरेको ठहर्छ । त्यस्तो किर्ते गर्ने गराउनेलाई र जानी बुझी किर्ते कागजमा बस्ने साक्षी मतियारसमेतलाई बात लाग्छ ।“ भन्ने व्यवस्था रहेको देखिन्छ । महेन्द्रप्रसाद यादव र स्व । अनारवती यादवनीको नाता सम्बन्ध स्थापित हुन नसकेकाले प्रतिवादी महेन्द्रप्रसाद यादवलाई स्व । अनारवती यादवनीको कानूनबमोजिमका हकवाला मान्न मिल्ने अवस्था देखिएन । यस पृष्ठभूमिमा प्रतिवादी महेन्द्रप्रसाद यादवले पेस गरेको नाता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, जग्गा नामसारी सिफारिस र सर्जमिन मुचुल्कासमेत प्रतिवादी महेन्द्रप्रसाद यादवले आफूलाई फाइदा हुने हेतुले सिर्जना गरेको देखिन्छ । मिसिल संलग्न तथ्य प्रमाणले प्रतिवादी महेन्द्रप्रसाद यादव र स्व । अनारवती यादव देवर भाउजू नाताको भन्ने पुष्टि हुन नसकेको, देवर भाउजू नाताको हो भनी दाबी गर्ने निज प्रतिवादी महेन्द्रप्रसाद यादवले आफ्नो जिकिर पुष्टि गर्ने कागज प्रमाण पेस गर्न सकेको समेत देखिँदैन । यसको अतिरिक्त माथि प्रकरणहरूमा स्व । अनारवती यादवनीको मृत्यु मिति २०६०।७।८ मा भएको हो भनी स्पष्ट रूपमा प्रमाणित हुन नसकेको र स्व । अनारवती यादवनीको कोही सन्तान नभएको भन्ने विषयमा दुवै पक्षको मुख मिलेको अवस्थामा प्रतिवादी महेन्द्रप्रसाद यादवले आफूलाई फाइदा गर्ने उद्देश्य राखी स्व । अनारवती यादवनीको सम्पत्ति आफू नजिकको देवर नाताको हकदार भनी अपुताली स्वरूप आफ्नो नाममा नामसारी गर्न मिल्ने गरी सिर्जना गरिएको मृत्यु दर्ता प्रमाण-पत्रलगायत जग्गा नामसारीको सिफारिस, सर्जमिन मुचुल्का र नाता प्रमाणपत्र सहि तरिकाले बनाइएको मान्न मिल्ने देखिँदैन । मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं । मा “लेखिएबाहेक अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस् नगरे नभएको झुट्ठा कुरा गरे भएको हो भनी वा मिति अङ्क वा बेहोरा फरक पारी सहीछाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ ।” भन्ने कानूनी व्यवस्था रहको छ । उक्त व्यवस्थाअनुसार अर्काको हक मेट्ने, हदम्याद तारेख जाने वा कुनै तरहसँग नोक्सान पार्ने मनसायले नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति, अङ्क वा बेहोरा फरक पारी सहीछाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा जालसाजी गरेको मानिने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी महेन्द्रप्रसाद यादवले अनारवती यादवनीको मृत्यु भएको मिति फरक पारी मृत्यु दर्ताको प्रमाणपत्र बनाएको, निज अनारवतीसँग कुनै नाता सम्बन्ध स्थापित हुन नसकेको अवस्थामा लेनदेन मुद्दाका वादी प्रस्तुत मुद्दाका वादीसमेत रहेका रामसुन्दर यादवको लेनदेन मुद्दाबाट भराइपाउने बिगो भराउन पाउने निजको हक मेट्ने उद्देश्यले अनारवतीका नामको जग्गा नामसारी गर्न सिफारिस बनाउने, नाता प्रमाणित कागज बनाउने र सोही बेहोराको सर्जमिन मुचुल्कासमेत तयार गरेको हुँदा आफ्नो हकै नपुग्ने स्व । अनारवती यादवनीको नामको सम्पत्तिमा दाबी लिई गराएको अनधिकृत कार्यलाई कानूनी मान्यता दिन मिल्ने देखिएन । तसर्थ मिसिल प्रमाणबाट प्रतिवादी महेन्द्रप्रसाद यादवले निज स्व । अनारवती यादवनीको हकवाला हो भनी सिर्जना गरेको नाता प्रमाणपत्र, सर्जमिन मुचुल्का, जग्गा नामसारी सिफारिस र मृत्युदर्ता प्रमाणपत्रका कागज जालसाजीपूर्ण रहेको देखियो ।

५ । अनारवतीको हकवाला नभएको अवस्थामा मृतकका नाउँको सम्पत्तिको कानूनी हैसियत के हो ? भन्ने चौथो प्रश्नको सम्बन्धमा विचार गर्दा, यस अघिका प्रकरणहरूबाट जालसाजी पुष्टि भएको गा ।वि ।स ।को कार्यालय, नेगडा सप्तरीको मिति २०६१।२।२७ को जग्गा नामसारीको सिफारिस र सर्जमिन मुचुल्कामा गा ।वि ।स । नेगडा वडा नं । ४ बस्ने अनारवती यादवनीको मिति २०६०।७।८ मा र निजका श्रीमान् स्व । ठकाई धुरझार यादवको मिति २०५५।१०।२५ मा स्वर्गवास हुनुभएकोले अनारवती यादवनीको कोखबाट छोरा छोरीको जाय जन्म नभएकोले निजको नाउँमा दर्ता रहेको गा ।वि ।स । नेगडा वडा नं । ६ को कि ।नं । ४१० को ज ।वि । ०-१७-१२१२ जग्गा निजको हक खाने सबैभन्दा नजिकको हकदार अनारवती यादवको एक मात्र देवर महेन्द्रप्रसाद यादवबाहेक अन्य कोही नभएकोले महेन्द्रप्रसाद यादवको नाममा नामसारी गरिदिने सर्जमिन मुचुल्कासहितको गाउँ विकास समिति कार्यालयको सिफारिससमेत रहेको देखिन्छ । प्रस्तुत मुद्दाबाट जालसाजी ठहर हुन गई उल्लिखित कागजको औचित्यसमेत समाप्त हुने भएकोले उल्लिखित कि ।नं । ४१० जग्गाको स्वामित्व कसमा रहने भन्ने सम्बन्धमा हेरिनुपर्ने देखियो । सम्पत्तिको सामान्य सिद्धान्तअनुसार कुनै पनि सम्पत्ति स्वामित्वविहीन हुन सक्दैन । सम्पत्तिको स्वामित्व कानूनबमोजिम सर्दै जाने हुन्छ । प्रस्तुत मुद्दामा अनारवती यादवनी नि:सन्तान रहेको र निजको मृत्यु भएपश्चात् निजको सम्पत्ति हकहस्तारण गर्न कोही नभएकोले अपुताली खुल्ला भएको देखिन्छ । 

६ । अपुताली सम्बन्धमा छोरा वा सन्तान भएमा त्यस्तो छोरा वा सन्तानले पाउने र सन्तान नभएको व्यक्तिको जायजेथा वा सम्पत्तिमा दाबी गर्ने व्यक्ति अर्थात् निःसन्तान व्यक्तिको जायजेथा निजको मृत्युपश्चात् नजिकको हकवालाको हुन्छ भन्ने कानूनी मान्यता रहेको पाइन्छ । मुलुकी ऐन, अपुतालीको महलको २ नं । को देहाय १ मा अपुताली पाउने व्यक्तिको प्राथमिकताक्रम तोकिएको र सोही नम्बरको देहाय २ मा “दफा १ बमोजिमका हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा यस महलको अन्य नम्बरहरूको अधीनमा रही त्यस्तो अपुताली नेपाल सरकारको हुन्छ” भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थाबमोजिम मर्ने व्यक्तिको हकवाला कोही नभएमा वा भए पनि निजले अपुताली नलिएमा अपुतालीको महलको अधीनमा रही त्यस्तो अपुताली नेपाल सरकारको हुने भन्ने व्यवस्था रहेको र सोही महलको १६ नं । मा “हकवालाले अपुताली नखाएमा मर्नेको सद्‌गत गरी बाँकी रहको सम्पत्ति साहु भए साहुले दामासाहीले पाउँछन् । साहु नै नभए सबै र साहु तिरी बढ्ता भए सो बढ्ता भएजति सम्पत्ति नेपाल सरकारको हुन्छ ।” भन्ने व्यवस्था रहेको पाइन्छ । सो कानूनी व्यवस्थाबमोजिम मर्नेको हकवालाले निजको अपुताली नखाएमा मर्नेको सद्‌गत गरी बाँकी रहको सम्पत्ति साहु नभए सबै र साहु भए साहु तिरी बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने भन्ने देखिन्छ । त्यसै गरी सोही महलको ३ नं । मा “भिन्न भई बसेका लोग्ने स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराका छोरा वा निजको अविवाहिता छोरीले हेरचाह नगरी विवाहिता छोरी वा छोरी ज्वाइँ वा त्यस्ता छोरी ज्वाइँका छोरा वा अविवाहिता छोरीले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यसरी पालेको बाबु, आमा, सासू, ससुरा वा बाजे, बज्यैको अपुताली पाल्ने विवाहिता छोरी, छोरी ज्वाइँ वा नाति नातिनाले पाउँछन् । अरू हकवालाले पाउँदैनन् ।” भन्ने व्यवस्था गरी नजिकको व्यक्तिले हेरचाह नगरी टाढाका कुनै हकवाला, अन्य व्यक्ति वा संस्थाले हेरचाह गरेको रहेछ भने त्यस्तो टाढाको हकवाला, अन्य व्यक्ति वा संस्थाले पाउने भन्ने व्यवस्था गरेको पाइन्छ । हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ११ मा गरिएको अपुतालीसम्बन्धी व्यवस्थामा दफा २४८ मा अपुतालीको सम्पत्ति स्थानीय तहको हुने भन्ने व्यवस्था रहेको पाइन्छ । 

७ । प्रस्तुत मुद्दामा महेन्द्रप्रसाद यादव स्व । अनारवती यादवनीको देवर नाताको हकवाला रहेको भन्ने जिकिर रहेकोमा त्यस्तो हकवाला नदेखिएको र स्व । अनारवती यादवनीको नाममा रहेको जग्गा जमिन नामसारी हुने गरी सर्जमिन मुचुल्का तथा गा ।वि ।स ।ले सिफारिस गरिदिएको देखिए पनि अनारवाती यादवनी जीवित रहँदाको बखत निज महेन्द्रप्रसाद यादवले कुनै किसिमको हेरविचार, पालन पोषण, स्याहार सुसार, औषधोपचार तथा काजक्रिया, दान धर्म, पिण्डपानी आदि रीतिथिति परम्पराबमोजिम गरेको भन्ने कहीँकतैबाट देखिँदैन । यसबाट स्व । अनारवती यादवनीको नजिकको हकवाला कोही रहे भएको नदेखिएको, नजिकको हकवाला भनी दाबी गरेका प्रतिवादी महेन्द्रप्रसाद यादवले हकवाला देखिने गरी तयार गरे गराएका कागजात जालसाजीपूर्ण तरिकाले तयार गरेको देखिएको र निज अनारवती जीवित छँदा यी प्रतिवादी महेन्द्रप्रसाद यादवलगायत कोही कसैले पालन पोषण गरेको भन्ने नदेखिएकोले निज मृतक अनारवती यादवनीका नामको जग्गा, जमिन, धनसम्पत्ति निजले कसैलाई इच्छाएको समेत नदेखिँदा निजका नामको जग्गा स्वाभाविक रूपमा अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) को रूपमा रहेको देखियो ।

८ । अब, अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) को अवधारणा के-कस्तो हो भन्ने सम्बन्धमा हेर्नुपर्ने देखियो । तत्सम्बन्धमा विचार गर्दा, अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) को जन्म लेटिन शब्द इन्तेस्तातुस् बाट भएको देखिन्छ । उक्त शब्द इन्तेस्तातुस् ले इच्छापत्र, वसियतनामा वा अन्य कुनै शेषपछि प्रभावकारी हुने उपकरण (तेस्तामेन्टअरी इन्स्त्रुमेन्ट) नबनाई मृत्यु भएको व्यक्तिलाई बुझाउने गरेको पाइन्छ । यसर्थ, कुनै व्यक्तिले आफ्नो मृत्युपश्चात् प्रभावकारी हुने गरी आफ्नो नाममा रहेको सम्पत्ति हकहस्तान्तरण गर्ने प्रयोजनका लागि इच्छापत्र, वसियतनामा वा अन्य कुनै शेषपछि प्रभावकारी हुने उपकरण लेखेको अवस्था नभएमा त्यस्तो सम्पत्ति अनिश्चित प्रकृतिको सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) हुने देखिन्छ । अर्को अर्थमा तेस्तामेन्टअरी दिस्पोसितिओन हुने अवस्था नभएको सम्पत्ति नै अनिश्चित प्रकृतिको सम्पत्तिको दायराभित्र पर्ने देखिन्छ । 

९ । सामान्यतः परम्परागत हिन्दु कानूनमा इच्छापत्र तथा वसियतनामाको प्रचलन नरहेको हुनाले मृतकको नाममा रहेको सबै सम्पत्ति अनिश्चित (इन्तेस्ताते) हुने अनुमान गर्न सकिन्छ । संयुक्त परिवारमा आधारित प्राचीन हिन्दु समाजमा परिवारको कुनै सदस्यले आर्जन गरेको सम्पत्ति उसको निजी व्यक्तिगत हुनेभन्दा पनि सो सम्पत्तिले सगोलीय रूप लिने अवधारणा रहेको र उक्त अवधारणाको जगमा सम्पत्तिसम्बन्धी कानूनको विकास भएको हुँदा प्राचीन हिन्दु कानून प्रणालीमा घरको मुख्य व्यक्तिमा सम्पत्तिको स्वामित्व रहने र निजको मृत्युपश्चात् मात्र सम्पत्तिको स्वामित्व हकवालामा सर्ने प्रचलन रहेको पाइन्छ । सामाजिक विकासको क्रममा यस प्रचलनमा केही परिवर्तन आएको भने देख्न सकिन्छ । यस सन्दर्भमा हेर्दा, हिन्दु समाजमा आएको परिवर्तनलाई ण्र रघवचारइअर द्वारा तीन चरणमा वर्गीकरण गरी प्रस्तुत गरिएको पाइन्छ । उनका अनुसार प्रथम चरण अर्थात् प्राचीन हिन्दु समाजमा पारिवारिक संरचना पितृप्रधान रहेको हुनाले सम्पत्ति तथा पारिवारिक निर्णयको सर्वाधिकार पितामा निहित रहन्थ्यो । दोस्रो चरणमा भने सर्वाधिकार सम्पन्न हिन्दु पिताको हैसियत पारिवारिक प्रतिनिधिको रूपमा सङ्कुचित भएको देखिन्छ । अन्तिम चरणमा मात्र, सम्पत्तिउपर पिता-पुत्रको सह-स्वामित्व कायम भएको र पिताको इच्छा विरूद्ध पुत्रले अंश दाबी गर्न सक्ने अधिकार स्थापित भएको पाइन्छ । ण्र रघवचारइअर काअनुसार प्राचीन हिन्दु पारिवारिक संरचनामा आधारित संयुक्त स्वामित्वसम्बन्धी अवधारणा भने आधुनिक हिन्दु परिवारमा अझै पनि कायम नै रहिआएको छ । प्रचलित प्रमाण ऐन, २०३१ को दफा ६(क) मा समेत यसको अवशेष देख्न सकिन्छ । उक्त दफा ६(१) मा “एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ” भनी व्यवस्था गरिएबाट साधारणतयाः परिवारको कुनै सदस्यको नाममा रहेको सम्पत्तिमा निज सदस्यको निजी वैयक्तिक स्वामित्व नभई सगोलीय स्वामित्वको प्रधानता हुने पुष्टि गर्दछ । तसर्थ, सुरूवाती हिन्दु समाजमा परिवारको कुनै सदस्यले आफ्नो व्यक्तिगत खपतको लागि निजी सम्पत्ति आर्जन गर्ने भन्ने नभई सगोलीय स्वामित्वको प्रधानता रहेको हुनाले प्राचीन हिन्दु कानूनमा इच्छापत्र वा वसियतनामामार्फत सम्पत्ति हस्तान्तरण हुने प्रचलनको अस्तित्व रहेको देखिँदैन । साथै, हिन्दु कानून प्रणालीका अध्येता एवम् विद्वान्‌हरू माझ पनि प्रारम्भमा हिन्दु कानूनमा इच्छापत्र तथा वसियतनामाको अवधारणा थिएन भन्ने विचारमा सहमति रहेको पाइन्छ ।

१० । अर्कोतर्फ, इसाको १७ औं शताब्दीमा भारतमा इच्छापत्र तथा वसियतनामाको भान दिने संकल्प पत्रिका प्राप्त भएका देखिन्छन् । सनातन हिन्दु पद्धतिमा संस्कृत भाषामा लेखिएका उक्त संकल्प पत्रिकाहरू नै पश्चिमा राष्ट्रका इच्छापत्र तथा वसियतनामाको सबैभन्दा नजिकको स्वरूप रहेको पाइन्छ । संकल्प पत्रिकाको प्रकृति वसियतनामासँग मिल्दोजुल्दो भए तापनि सनातन हिन्दु कानून प्रणालीमा चलनचल्तीको भाषामा समेत अनिश्चितिता (इन्तेस्ताकी), निश्चितता (तेस्ताकी) वा उस्तै अर्थ दिने शब्दको प्रयोग भएको पाइँदैन । हिन्दु कानून प्रणालीमा सम्पत्तिको हकहस्तान्तरणसम्बन्धी पद्धति बुझाउन प्रारम्भकालदेखि नै “दायभाग” शब्दावलीको प्रयोग भएको देखिन्छ । अङ्ग्रेजीमा “इन्हेरितन्के” भनी अनुवाद गरिएको “दायभाग” को कानूनअन्तर्गत कहीँकतै वसियतनामाको अवधारणा समाविष्ट नहुनुले पनि वसियतनामासम्बन्धी कानून (लव ओफ तेस्तामेन्टअरी सुक्केस्सन) हिन्दु कानून प्रणालीमा एक नवीनतम अवधारणा रहेको पुष्टि हुन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने सनातन हिन्दु परम्परामा सुरूवातदेखि नै दान तथा बकसको रूपमा कुनै व्यक्तिले आफ्नो सम्पत्ति शेषअघि वा पछि कुनै व्यक्ति, ब्राह्मण, संस्था, मठ-मन्दिर वा सार्वजनिक निकायको नाममा हस्तान्तरण गर्ने प्रचलन रहे तापनि दान बकसको कानून र इच्छापत्र-वसियतनामाको कानूनलाई आधुनिक हिन्दु प्रणालीमा पृथक्‌-पृथक् विषयगत कानूनको रूपमा व्यवहार गरिएको पाइन्छ । खासगरी, हिन्दु स्मृति एवं शास्त्रहरूमा उल्लिखित दान तथा बकसपत्रको कागज प्रभावकारी हुन दाताको मृत्यु हुनु नपर्ने तथा एकपटक दानबकसको कागज गरिदिएपछि सामान्यतया त्यस्तो कागज बदर गर्ने प्रचलन नरहेको हुनाले पनि दान बकसपत्रको लिखतलाई इच्छापत्र वा वसियतनामाको रूपमा लिइएको देखिँदैन । पछि मात्र चलनचल्तीमा आएको व्यक्तिको मृत्युपश्चात् प्रभावकारी हुने गरी दिइने शेषपछिको दान तथा बकसपत्रले भने इच्छापत्र वा वसियतनामासरह टेस्टामेन्टरी स्वरूप ग्रहण गर्न थालेको पाइन्छ । अर्कोतर्फ, धर्मपुत्र वा धर्मपुत्री राख्ने प्रचलनले व्यक्तिको इच्छापत्र तथा वसियतनामासरह सामान्य अपुतालीको क्रमाङ्कलाई हेरफेर गरी प्राथमिकताक्रममा रहेका हकवालाको सम्पत्ति प्राप्त गर्ने अधिकारलाई असर गर्न सक्ने हुनाले हिन्दु कानून प्रणालीमा प्रचलित धर्मपुत्र वा धर्मपुत्रीको लिखतलाई पनि टेस्टामेन्टरी उपकरणको प्रारम्भिक इतिहासको रूपमा लिइने गरिएको पाइन्छ । तसर्थ, हिन्दु संयुक्त परिवारको संरचनामा पिताको हैसियतमा आएको परिवर्तन, व्यक्तिगत रूपमा निजी सम्पत्ति आर्जन गर्न सकिने अवधारणाको क्रमानुगत विकास तथा दायधर्ममा आएको परिवर्तनसँगै प्राचीन हिन्दु कानूनमा अन्तर्निहित ब्राह्मण एवम् मठमन्दिरलाई दान दिने प्रचलनको आधारशिलामा पछिल्लो समय मात्र हिन्दुहरूले इच्छापत्र तथा वसियतनामामार्फत सम्पत्ति हकहस्तान्तरण गर्न सक्ने अधिकार कायम भएको देखिन्छ ।

११ । यसरी हिन्दु कानून प्रणालीमा विकसित वसियतनामा लेखी सम्पत्तिको हकहस्तान्तरण गर्ने अधिकारको प्रकृति पश्चिमा राष्ट्रहरूमा रहेको मान्यताभन्दा भिन्न देखिन्छ । रोम तथा अन्य पश्चिमा राष्ट्रहरूमा “तेस्ताकी इस् थे रुले, इन्तेस्ताकी थे एक्स्केप्सन” अर्थात् निश्चित सम्पत्ति नियम र अनिश्चित सम्पत्ति अपवाद हुने भन्ने मान्यता रहेको भए तापनि यसको विपरीत सनातन हिन्दु पद्धतिबाट विकास भएका कानूनी प्रणालीमा भने “इन्तेस्ताकी इस् थे रुले, तेस्ताकी थे एक्स्केप्सन” अर्थात् अनिश्चित सम्पत्ति नियम र निश्चित सम्पत्ति अपवाद हुने भन्ने मान्यताको विकास हुँदै आएको देखिन्छ । उदाहरणका लागि, हिन्दु कानून प्रणालीमा आधारित भारतको हिन्दू सुक्केस्सन अक्त्, १९५६ को दफा ३० ले हिन्दुहरूको वसियतनामा गर्ने अधिकारलाई नियन्त्रण गरेको देखिन्छ । उक्त दफाको स्पष्टीकरण खण्डमा कुटुम्बलगायतको मिताक्षरा सगोलको सम्पत्तिमा रहेको हितलाई असर गर्ने गरी वसियतनामामार्फत सम्पत्तिको हकहस्तान्तरण गर्ने कार्यलाई निषेध गरिएको देखिन्छ । त्यस्तै, उक्त ऐनको दफा ८ सँग सम्बन्धित अनुसूचीमा व्यक्तिको शेषपछि निजको सम्पत्ति सर्ने गरी हकवालाको प्राथमिकता निर्धारण गरिएको देखिन्छ । यसर्थ, भारतमा हिन्दु कानून प्रणालीबमोजिम दायधर्म  दायभागबाट निःसृत शेषपछि व्यक्तिको सम्पत्तिमा परिवार, सपिण्ड, सगोत्री एवम् कुटुम्बको क्रमानुसार हक रहने मान्यतालाई मुख्य मानी वसियतनामामार्फत शेषपछि हक सर्ने प्रक्रियालाई अपवादमा सीमित गरिएको मान्न सकिन्छ । 

१२ । व्यक्तिको मृत्युपछि निजको सम्पत्तिको हक सर्ने विषयलाई नेपाली कानूनी प्रणालीमा भने अपुतालीसम्बन्धी व्यवस्था भनी उल्लेख गरिएको पाइन्छ । मुलुकी देवानी संहिता, २०७४ को भाग ३ को परिच्छेद ११ मा रहेको अपुतालीसम्बन्धी व्यवस्थाको दफा २३७ हेर्दा, कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने छ भनी उल्लेख भएको देखिन्छ । उक्त दफा २३७ को स्पष्टीकरण खण्डमा अपुतालीको अर्थ गर्दा मृतकको ऋण, धन र सम्पत्तिसम्बन्धी दायित्व र अधिकार कानूनबमोजिम हकवालामा सर्ने कार्य सम्झनुपर्छ भनी स्पष्ट पारिएको देखिन्छ । त्यस्तै, दफा २३८ मा कुनै व्यक्तिको अपुताली खुला भए निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउने उद्‌घोष गरी दफा २३९ मा अपुताली पाउने हकवालाको प्राथमिकताक्रम निर्धारण गरिएको पाइन्छ । यसर्थ, मुलुकी देवानी संहिता, २०७४ ले अनिश्चितता (इन्तेस्ताकी) अर्थात् व्यक्तिको मृत्युपश्चात् अपुताली खुला भई निजको सम्पत्तिको हकहस्तान्तरण हुने प्रक्रियालाई अपवाद नभई नियमको रूपमा स्थापित गरेको देखिन्छ । तर, दफा २४० मा नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको हकवालासँग बसेको वा टाढाको हकवालाले स्याहार सम्भार गरेको अवस्थामा भने त्यस्तो टाढाको हकवालाले अपुताली पाउने व्यवस्था गरिएको देखिन्छ । त्यस्तै, दफा २४२ मा सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा भिन्न भएको हकवालाले अपुताली पाउने व्यवस्था गरिएको देखिन्छ । थप, दफा २४३ मा मृतकको स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउने व्यवस्था गरेको देखिन्छ । नेपाली देवानी कानून प्रणालीमा टेस्टामेन्टरी हकहस्तान्तरणको व्यवस्था छ छैन भन्ने सन्दर्भमा हेर्दा, मुलुकी देवानी संहिता, २०७४ को दफा ४०६ मा कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति आफ्नो शेषपछि प्रभावकारी हुने गरी दान तथा बकस गर्न सक्ने व्यवस्थासमेत गरिएको पाइन्छ । यसरी गरिएको दान तथा बकसपत्रको लिखत रीत पुर्‍याई तयार गरी दर्ता गरेपछि मात्र अपुतालीको सम्पत्तिको हकहस्तान्तरणको प्राथमिकताक्रममा हेरफेर हुन सक्ने देखिन्छ । त्यस्तै, नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा २ (र) मा “इच्छापत्र” शब्दले बकसपत्र र मरेपछि सम्पत्ति पाउने गरी खुसीराजीले लेखिदिएको सबै लिखतलाई जनाउँछ भनी व्यवस्था गरिएको पाइन्छ । कुनै उपकरण टेस्टामेन्टरी हो वा होइन भन्ने सम्बन्धमा त्यस्तो उपकरण व्यक्तिको शेषपछि मात्र प्रभावकारी हुने हो वा होइन भन्ने प्रश्न निर्णायक रहने देखिन्छ । यदि त्यस्तो उपकरण शेषपछि मात्र प्रभावकारी हुने भएमा उक्त उपकरणलाई टेस्टामेन्टरी मान्नुपर्ने हुन्छ । तत्सम्बन्धमा विचार गर्दा, नेपालमा अन्य राष्ट्रजस्तो इच्छापत्र वा वसियतनामा लेख्ने व्यवस्था नभए तापनि मुलुकी देवानी संहिता, २०७४ को दान तथा बकससम्बन्धी व्यवस्थाले केही हदसम्म टेस्टामेन्टरी अधिकारलाई मान्यता दिएको निष्कर्ष गर्नु अनुचित देखिँदैन । सारमा हेर्दा, शेषपछि खाने गरी इच्छापत्र वा बकसपत्र गरिदिएको अवस्था नरहेमा कुनै व्यक्तिको मृत्युपछि निजको सम्पत्तिको हक नजिकको हकवालामा कानूनबमोजिमको प्राथमिकताक्रमअनुसार सर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ अनुरूप अपुताली खुला भएको सम्पत्ति नै अनिश्चित सम्पत्ति (इन्तेस्ताते प्रोपेर्ती) रहेको देखिन्छ । 

१३ । अपुताली पाउने हकवाला नभएको अवस्थामा मृतकको सम्पत्तिको हक कसमा सर्छ भन्ने सम्बन्धमा हिन्दु कानून प्रणालीमा राजाले ब्राह्मणको जायजेथा कुनै अवस्थामा पनि हर्न नसक्ने भन्ने मान्यता रहे तापनि हकवाला नरहेको कुनै ब्राह्मणको मृत्यु भएमा अन्य ब्राह्मणमा सो सम्पत्ति हस्तान्तरण गर्न पनि राजामा हक सर्ने मान्यता रहेको देखिन्छ । अन्य सामान्य अवस्थामा समेत हकवाला नभएको सम्पत्ति राजा अर्थात् सरकारमा सर्ने प्रचलन रहेको दखिन्छ । यसरी हकवाला नभएको खण्डमा मृतकको सम्पत्तिको हक राज्य वा सरकारमा सर्ने अवधारणालाई दोक्तृने ओफ एस्चेअत को रूपमा मान्यता दिइएको देखिन्छ । शंकर श्रेष्ठको नेपाली कानूनी शब्दकोषमा पनि अपुताली शब्दको अर्थ गर्दा अन्तिम कब्जाकारका कुनै हकदार नहुँदा राज्य वा सरकार लाग्ने भनी दोक्तृने ओफ एस्चेअत लाई अर्थ गरिएको देखिन्छ । हिन्दु प्रणालीमा आधारित भारतीय हिन्दू सुक्केस्सन अक्त्, १९५६ को दफा २९ मा फैलुरे ओफ हेइर्स् शीर्षकमा ’इफ अ पर्सन दिएस् इन्तेस्ताते, हिस् प्रोपेर्ती वोउल्द गो तो क्लस्स् इ हेइर्स् । इफ थे क्लस्स् इ हेइर्स् दो नोत एक्सिस्त्, थेन थे प्रोपेर्ती वोउल्द बे देलेगतेद तो क्लस्स् ई हेइर्स् । होवेवेर्, इफ बोथ थे क्लस्स् इ अन्द क्लस्स् ई हेइर्स् अरे नोत अलाईभ, थेन थे प्रोपेर्ती वोउल्द बे त्रन्स्फेर्‍एद तो अग्नतेस् अन्द इफ अग्नते’स् हेइर्स् अरे नोत अलाईभ थेन थे प्रोपेर्ती वोउल्द बे त्रन्स्फेर्‍एद तो कोग्नतेस् । इफ नोने ओफ थे अबोवे एक्सिस्त थेन थे प्रोपेर्ती वोउल्द बे देवोल्वे ओन थे गोवेर्न्मेन्ट’’ भनी उल्लेख गरेको देखिन्छ । ‘अर्थात् उक्त कानूनले कुनै पनि व्यक्तिको मृत्यु भएमा उक्त सम्पत्तिको हकदार श्रीमती  श्रीमान् वा छोरा हुने, यदि श्रीमान्  श्रीमती, छोरा नभएमा छोरी, नाति, नातिना बाजे बज्यैलाई अपुताली प्राप्त हुने र उल्लिखित नातेदार नभएमा मृतकको बाबुतर्फको हाँगा र सो पनि नभए आमातर्फको हाँगामा सम्पत्ति जाने देखिन्छ । कुनै योग्य हकवाला नभएको अवस्थामा भने मृतकको सम्पत्तिको हक तथा स्वामित्व सरकारमा सर्ने भनी व्यवस्था गरी दोक्तृने ओफ एस्चेअत लाई मान्यता दिइएको पाइन्छ । भारतीय कानूनमा अपुताली कसले प्राप्त गर्ने भन्ने सम्बन्धमा हिन्दू सुक्केस्सन अक्त्, १९५६ को दफा २९ मा कुत्ची लाल रमेशवर अश्रम ट्रुस्त एवम अ ।क । ट्रुस्त व । कोल्लेक्तोर्, हरिद्वर मा भारतीय सर्वोच्च अदालतद्वारा “ठे दोक्तृने ओफ एस्चेअत पोस्टउलतेस् थत व्हेरे अन इन्दिविदुअल दिएस् इन्तेस्ताते अन्द दोएस् नोत लीभ बेहिन्द हेइर व्हो इस् कुअलिफिएद तो सुक्कीद तो प्रोपेर्ती, सुच प्रोपेर्ती देवोल्वेस् ओन थे गोवेर्न्मेन्ट” अर्थात् मृतकको हकवाला नभएको अवस्थामा सम्पत्तिको हक सरकारमा सर्ने भनी एस्चेअत को सिद्धान्तलाई समर्थन गरेको पाइन्छ । मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ को उपदफा (१) मा कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो सम्पत्ति स्वीकार नगरेमा मृतकको सद्‌गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने भनी प्रस्ट व्यवस्था भएको पाइन्छ । हिन्दु कानूनी प्रणालीसमेतले अङ्गीकार गरेको हकवाला नभएको मृतकको सम्पत्ति राज्य वा सरकारमा सर्ने अवधारणा (दोक्तृने ओफ एस्चेअत्) लाई मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ मा समावेश गरिसकेकोमा मृतकको हकवाला नभएको स्थितिमा निजको सम्पत्तिबाट भए साहुको रकम तिरी बाँकी रहेको जग्गासहितको सम्पत्तिको हक तथा स्वामित्व सम्बन्धित स्थानीय तहमा सर्नेमा विवाद गरिरहनुपर्ने देखिएन । यस परिप्रेक्ष्यमा अनारवती यादवनीको मृत्यु भइसकेबाट अपुतालीको सम्बन्धमा मुलुकी ऐन खारेज भई मुलुकी देवानी संहिता जारी भई कानूनमा परिवर्तन भएअनुसार निज अनारवती यादवनीको सम्पत्ति मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम सम्बन्धित स्थानीय तहमा जाने प्रकृतिको देखियो । 

१४ । अब, तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।०३।११ मा भएको फैसला मिलेको छ वा छैन र वादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने सन्दर्भमा हेर्दा, पुनरावेदन अदालत राजविराजबाट फैसला हुँदा अनारवती यादवनीको मृत्यु दर्ता प्रमाणपत्रलगायत अन्य सर्जमिन मुचुल्का तथा सिफारिसलाई आधार लिई फैसला भएको देखिन्छ । उक्त कागजातहरूमा उल्लिखित मिति तथा नातामा विवाद देखिएकोमा उक्त मिति तथा नातातर्फ कुनै प्रमाण नबुझी विवादित तथ्य र लिखतको सम्बन्धमा विवेचना नगरी वादीले लिएको दाबी प्रमाणित गर्ने भार वादीमा भई निजले वादी दाबी पुष्टि हुने आधार खुलाउन नसकेको भन्ने मात्र आधारमा वादी दाबी पुग्न नसक्ने भनी तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।०३।११ मा भएको फैसला मिलेको देखिएन ।

१५ । अत: माथि उल्लिखित आधार, कारण एवं कानूनी व्यवस्थाका आधारमा गाउँ विकास समितिको कार्यालय, नेगडा सप्तरीको च ।नं । १५१०६०-०६१ मिति २०६१।२।२७ को “जग्गा नामसारीसम्बन्धी सिफारिस” पत्र, मिति २०६१।२।२७ को सर्जमिन मुचुल्का, मिति २०६१।२।२७ को अनारवती यादवनीको मृत्युदर्ता प्रमाणपत्र तथा मिति २०६१।६।८ को नाता प्रमाणित प्रमाणपत्र जालसाजपूर्ण तरिकाले खडा गरिएको देखिएकोमा जालसाज ठहर नहुने गरी सुरू पुनरावेदन अदालत राजविराजबाट मिति २०६६।३।११ मा भएको फैसला उल्टी भई प्रतिवादीहरूले किर्ते कागजको ३ नं ।बमोजिम जालसाजी गरेको देखिएकोले जालसाजपूर्ण तरिकाबाट बनाइएको गा ।वि ।स ।को कार्यालय, नगेडा सप्तरीको च ।नं । १५१०६०-०६१ मिति २०६१।२।२७ को जग्गा नामसारीसम्बन्धी सिफारिस पत्र, मिति २०६१।२।२७ को सर्जमिन मुचुल्का, मिति २०६१।२।२७ को अनारवती यादवनीको मृत्युदर्ता प्रमाणपत्र र मिति २०६१।६।८ को नाता प्रमाणित प्रमाणपत्रसमेत जालसाज घोषित भई निष्क्रिय हुने ठहर्छ । साथै जालसाजपूर्ण तरिकाले उक्त कागजातहरू तयार गर्ने कार्यमा संलग्न प्रतिवादीहरू महेन्द्रप्रसाद यादव, हरिनारायण यादव, विन्दीप्रसाद यादव, रामपृत यादव, सुखदेव यादव, राजेन्द्रप्रसाद यादव, योगेन्द्र यादव, उपेन्द्रकुमार यादव, राम अशीष यादव, झडिलाल यादव, रामेश्वर यादव र घुरखेल यादवलाई समेत सोही महलको १० नं ।बमोजिम जनही रू । २००।– जरिवाना हुने ठहर्छ ।

१६ । साथै तत्कालीन मुलुकी ऐन, अपुतालीको महलको २ नं । को देहाय २ तथा १६ नं ।बमोजिम अपुतालीको सम्पत्ति हकवाला नभएमा वा भए पनि निजले अपुताली नलिएमा नेपाल सरकारको नाममा कायम हुने भनी उल्लेख भएकोमा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८(१) बमोजिम कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्‌गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने भनी उल्लेख भएबमोजिम स्व । अनारवती यादवको हक लाग्ने चल अचल सम्पत्तिबाट साहुको रकम तिरी बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहको नाममा कायम हुनेसमेत ठहर्छ । 

 

माननीय न्यायाधीश डा । श्री नहकुल सुवेदीको सहमतीय (कोन्कुऋङ्) रायः

प्रस्तुत मुद्दामा प्रतिवादीहरूले जालसाजीपूर्वक अनारवती यादवनीको मृत्यु दर्ताको प्रमाणपत्र, सर्जमिन सिफारिस, नाता प्रमाणित तथा जग्गा नामसारी सिफारिसलगायतका कार्य गरी मुलुकी ऐन, किर्ते कागजको महलको ३ र ४ नं ।बमोजिमको कसुर गरेको भनी ऐ । १० र १५ नं ।बमोजिमको सजायको मागदाबीसहितको फिराद दाबी रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहराएको तत्कालीन पुनरावेदन अदालत राजविराजको फैसला उल्टी गरी उल्लिखित कागज र सोबाट भएको हक हस्तान्तरण किर्ते ठहर गरी अनारवती यादवनीको हकवाला नभएको र निज जीवित हुँदाको अवस्थामा कसैले पालन पोषण गरेको समेत नदेखिएकाले निजको हक लाग्ने चल अचल सम्पत्तिबाट साहुको रकम तिरी बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने भन्ने मुख्य ठहर रायमा मेरो सहमति रहेको छ । फैसलामा प्रसङ्गवश व्यक्त भएका केही सन्दर्भहरू खास गरी सम्पत्तिमाथि स्वामित्व प्राप्ति र हस्तान्तरणका सम्बन्धमा हिन्दु विधिशास्त्रको विकासका बारेमा अभिव्यक्त कथनका सम्बन्धमा मेरो छुट्टै दृष्टिकोण रहेकाले यो सहमतीय राय प्रस्तुत गरेको छु ।

पश्चिमा विधिशास्त्र (कमन ल प्रणाली  महाद्विपीय कानूनी प्रणाली) एवम् हिन्दु विधिशास्त्रका आ-आफ्नै विशेषता र विकास प्रक्रिया रहेका छन् । नेपालको कानूनी तथा न्याय प्रणालीमा कतिपय विषयवस्तुमा पश्चिमा कानूनी प्रणालीको प्रभाव, कतिपय विषयमा हिन्दु विधिशास्त्रको प्रभाव तथा कतिपय विषयमा परम्परागत सामाजिक-आर्थिक सन्दर्भमा विकास भएका मौलिक विशेषताहरू पाउन सकिन्छ । तर अंश, अपुताली जस्ता साम्पत्तिक कानूनको विषयमा नेपालको कानून प्रणाली मूलतः मनुस्मृति, नारदस्मृति तथा याज्ञवल्क्यस्मृति जस्ता पौराणिक ग्रन्थबाट प्रभावित भएको र क्रमशः समयानुकूल परिमार्जित हुँदै  गएको पाइन्छ । अंश तथा अपुताली जस्ता साम्पत्तिक विषयमा हिन्दु कानूनी प्रणालीले उल्लिखित स्रोतलाई मानकको रूपमा लिएको देखिँदा नेपालको कानून प्रणालीको विकासमा पूर्वोक्त स्रोतको उल्लेख्य प्रभाव रहेको तथ्यमा कुनै द्विविधा देखिँदैन । उल्लिखित पौराणिक स्रोतमा व्यक्त नियमहरूलाई समसामयिक रूपमा परिमार्जित गरी आजभन्दा सात सय वर्षअगाडि नै राजा जयस्थिति मल्लले विक्रम संवत् १४३६ (सन् १३८०) मा न्याय विकासिनी नामक शास्त्र (कानून) को रचना गर्न लगाएको र मुलुकी ऐनहरूमा उल्लिखित विभिन्न व्यवस्थाहरूबाट समेत नेपालको परम्परागत कानून प्रणालीमा हिन्दु विधिशास्त्रको स्थान स्पष्ट हुन्छ ।

हिन्दु धर्मशास्त्रमा मनु, याज्ञवल्क्य, नारद र कात्यायनसमेतले राखेको सम्पत्तिसम्बन्धी अवधारणाको अध्ययन गर्दा हिन्दु कानूनी प्रणालीमा अंश, अपुताली, दान  बकस, सम्पत्ति हस्तान्तरणलगायतका नियम पश्चिमा कानून प्रणालीमा भन्दा धेरै अगाडिदेखि स्थापित रहेका र सोही नियममा आधारित भई नेपाल तथा भारतीय उपमहाद्विपमा हिन्दु विधिशास्त्रको विकास भएको हो भन्ने आधार भेटिन्छ । हिन्दु कानूनी प्रणालीमा सम्पत्तिको हस्तान्तरण तथा अंशको सम्बन्धमा स्पष्टता रहेको तथ्य सो विषयमा उल्लिखित धर्मग्रन्थहरूमा गरिएको विस्तृत व्यवस्थाबाट देख्न सकिन्छ । टीकाकार पण्डित श्री हरगोविन्द शास्त्रीले मनुस्मृतिमा भएको अंशको उत्तराधिकारीसम्बन्धी व्यवस्थाको व्याख्या गर्दै पुत्रको बाह्र प्रकारमा वर्गीकरण गरी सोही वर्गीकरणअनुसारको प्राथमिकताका आधारमा पिताको सम्पत्तिमाथि पुत्रको अंशको उत्तराधिकार कायम हुने उल्लेख गरेको पाइन्छ । जसअनुसार उत्तम पुत्र पिताको अपुतालीको अधिकारी हुन्छ भने उत्तम पुत्रको अभावमा क्रमशः हिन पुत्रले पाउने व्यवस्था रहेको छ । यदि सबै पुत्र गुणी रहेछन् भने सबैले समान अपुताली पाउने अधिकार राख्दछन् भन्ने उल्लेख गरेका छन् । यसैगरी याज्ञवल्क्यस्मृतिको व्यवहाराध्यायमा “विभजेरन्सुताः पित्रोरूध्वर्वे रिक्थमृणं समम् ।” भनी माता पिताको मृत्यपश्चात् सबै पुत्रहरूले निजका धन वा ऋण बराबर बाँड्नुपर्ने उल्लेख भएबाट हिन्दु कानून प्रणालीमा सम्पत्तिमाथिको अंशहकको विषयलाई थप बल पुर्‍याएको देखिन्छ । नारदस्मृतिले भने पिताको सम्पत्ति बन्डा गर्नका लागि मातापिताको मृत्युलाई अनिवार्य गरेको पाइँदैन । यस स्मृतिको दायभाग खण्डमा पिताको सम्पत्तिमाथि पुत्रको अधिकार रहने मात्र नभई निश्चित अवस्थाहरू पूरा भएमा पिताको राजीखुसीमा पिताको जीवनकालमै निजको सम्पत्ति पुत्रहरूमा अंशभाग लगाउन सकिने उल्लेख छ । सम्पत्तिको स्वामित्व हस्तान्तरणको सवालमा समेत मनु, याज्ञवल्क्य, नारद, गौतम आदिले पुत्र, पत्नी र परिवारको भरणपोषणका निम्ति पिता वा पति तथा पिताको मृत्युपश्चात् व्यवहार चलाउनका लागि परिवारको सम्पत्ति बन्धक राख्ने वा बेच्ने अधिकार ज्येष्ठ पुत्रलाई सम्म हुने बताएका छन् । यसरी हिन्दु धर्मग्रन्थहरूमा स्पष्ट र यथेष्टरूपमा प्रबन्धित सम्पत्तिसम्बन्धी व्यवस्थाहरूबाट सम्पत्तिमाथिको अधिकार अंशहक तथा हस्तान्तरणको विषयमा हिन्दु कानूनी प्रणालीमा अवधारणागत स्पष्टता छ भन्नु कुनै अतिशयोक्तिपूर्ण हुँदैन । 

मनुस्मृति, याज्ञवल्क्यस्मृतिसमेतका उल्लिखित व्यवस्थाहरू हेर्दा प्राचीन हिन्दु परिवार आधारभूत रूपमा संयुक्त परिवारकै स्वरूपमा रहने भए तापनि तत्कालीन समाज  परिवारमा समेत निजी सम्पत्तिको अवधारणा रहेको भन्ने निष्कर्षमा पुग्न कठिनाई छैन । मनुस्मृतिमा पिताको सम्पत्तिका उत्तराधिकारीहरूमा समेत गुणअनुसार फरक फरक हिस्साको अधिकार रहने व्यवस्था गरेबाट निजी सम्पत्तिको अस्तित्व स्थापित हुन्छ । हिन्दु विधिशास्त्रका प्रख्यात लेखक प्रेमनाथ सेनले आफ्नो पुस्तक जनरल प्रिन्सिपल ओफ हिन्दू लव मा मनुले स्त्री जातिले आफ्नो स्वेच्छाले खर्च गर्न पाउने स्त्रीधनका सम्बन्धमा चर्चा गरेको सन्दर्भलाई उल्लेख गरी हिन्दु कानून प्रणालीमा निजी सम्पत्तिको विशिष्ट अवधारणा भएको भनी उल्लेख गरेका छन् । यस सन्दर्भमा हिन्दु विधिशास्त्रका प्रख्यात लेखक ड्फ मुल्ल ले आफ्नो पुस्तक प्रिन्सिपल ओफ हिन्दू लव मा हिन्दु विधिमा अंशबन्डाको विशिष्ट स्थान हुने, यो केवल सम्पत्तिको विभाजन मात्र नभई स्वामित्वको समेत विभाजन प्रक्रिया हो (पर्तिसन दोएस् नोत मेअन सिम्पलए दिभिजन ओफ प्रोपेर्ती इन्तो स्पेकिफिक शरेस्, इत कोवेर्स् बोथ दिभिजन ओफ तित्ले अन्द दिभिजन ओफ प्रोपेर्ती ।) भनी उल्लेख गर्नु का साथै सगोलको सम्पत्ति (जोइन्त फेमिली प्रोपेर्ती) र निजी आर्जन (सेल्फ्-अक्कुइरेड प्रोपेर्ती) को चर्चा गरेबाट हिन्दु विधिमा निजी सम्पत्तिको अवधारणा स्वीकार गरिएको यथेष्ट प्रमाण पाइन्छ ।

यसैगरी हिन्दु विधिमा सगोलका अन्य अंशियारका सहयोग वा योगदानबिना कुनै अंशियारले आर्जन गरेको सम्पत्तिलाई निजी सम्पत्ति मानिन्थ्यो । (बेफोरे अन अक्कुइसितिओन कन बे क्लैमेद तो बे अ सेपरते प्रोपेर्ती, इत मुस्त बे शोव्न थत इत वस् मदे विथोउत अन्य ऐद ओर अस्सिस्तन्के फ्रम थे अन्केस्त्रल प्रोपेर्ती ओर जोइन्त फेमिली प्रोपेर्ती ।) भनी हिन्दु विधिशास्त्रका लेखक ण । णन्दी  र ण्र रघवचारइअर ले विभिन्न प्रमाण र दृष्टान्त उल्लेख गरेको पाइन्छ । यस प्रमाणबाट प्राचीन हिन्दु समाजमा अंशबन्डा र निजी सम्पत्तिको अस्तित्व थिएन भन्ने मेने र हेन्देर्सोन को अवधारणा हिन्दु विधिसम्मत भएको भनी मान्न मिल्ने देखिँदैन । 

यसैगरी हिन्दु कानूनी प्रणालीमा सम्पत्तिमाथिको स्वामित्वको निरन्तरताको विषयमा समेत उल्लेख्य र स्पष्ट व्यवस्था रहेको पाइन्छ । हिन्दु धर्मशास्त्रले कुनै पनि सम्पत्ति अनिश्चितामा रहने अवस्थाको परिकल्पना गरेको पाइँदैन । मातापिताको सम्पत्तिउपर पुत्रको अधिकार कायम हुने तथ्य माथिको प्रकरणहरूमा विवेचना भइसकेको छ । एकातर्फ पुत्रहरूको अभावमा अपुतालीको सम्पत्तिउपरका हकवाला र निजहरूको प्राथमिकताक्रमका बारेमा समेत यी ग्रन्थहरू मुखारित छन् । पुत्रको अभावमा निजको सम्पत्तिको अधिकार निजको पुत्रीलाई हुने प्रावधान नारदशास्त्रको दायभागको श्लोक ५० मा उल्लेख भएको देखिन्छ । यसैगरी पुत्रीको पनि अभावमा मृत व्यक्तिको सम्पत्तिमाथि निजको परिवारको रगतको सम्बन्धका व्यक्ति, सोका अभावमा पिण्डदान गर्ने वा तर्पण दिने परकासम्बन्धी (सपिण्डीय) र उनीहरूको पनि अभावमा यस्तो सम्पत्तिमाथि राजाको अधिकार रहने भनी दायभागको श्लोक ५१ मा उल्लेख भएको पाइन्छ । हिन्दु कानूनी प्रणालीमा सम्पत्तिको स्वामित्वविहीनता (रेस् नुल्लिउस्) नहुने अवस्थालाई हिन्दु विधिशास्त्रका लेखकहरू ड्फ मुल्ल र ब मलिक & स्क मन्चन्द्र आदिले आफ्नो पुस्तकमा उल्लेख गरेको देखिन्छ । ड्फ मुल्ल ले त सम्पत्तिमा स्वामित्वको निरन्तरतासम्बन्धी हिन्दु कानूनको व्यवस्थालाई गोवेर्निङ प्रिन्सिपल ओफ हिन्दू लव भनेको प्रसङ्ग उद्धरण गर्नु सान्दर्भिक देखिन आयो ।

अर्कोतर्फ हिन्दु कानून प्रणालीमा हेर्दा प्रारम्भमा इच्छापत्र (विल्ल्) वा बकसका रूपमा सम्पत्ति हस्तान्तरण गर्ने विधि नदेखिए तापनि दानका रूपमा कुनै प्रतिफल नलिई संकल्प गरी कुनै मालवस्तु वा सम्पत्ति लिने दिने गरेको पाइन्छ । मनुले दान दिनाले दाताको मनोकांक्षा वा अभिलाषा पूरा हुने बताएका छन् भने याज्ञवल्क्यले दानलाई धर्मको साधनको रूपमा उल्लेख गर्दै गाई, जमिन, सुन आदि दान गर्दा पुर्‍याउनुपर्ने विधिको समेत चर्चा गरेका छन् । दान दिने लिनेको योग्यता र विधिका अतिरिक्त दान दिने कार्यलाई थप स्पष्ट पार्दै याज्ञवल्क्यस्मृतिमा आफ्नो परिवार पालन पोषण गर्न कठिनाई हुने गरी दान दिन लिन नहुने तथ्य उल्लेख भएको पाइन्छ । तत्काल कायम रहेको मुलुकी ऐन दान बकसको महलको १ नं । मा भएको आफ्नो खुस गर्न पाउनेमा बाहेक अरूमा अंशियार वा हक पुग्नेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गर्नु नहुने व्यवस्था तथा अंशबन्डाको महलको १९ (१) र  (२) नं ।  मा भएको व्यवस्थालाई हिन्दु विधिमा भएको यसै अवधारणाको समयानुकूल परिमार्जित र परिष्कृत स्वरूपका रूपमा लिन सकिन्छ । यस अतिरिक्त महर्षि याज्ञवल्क्यले “देयं प्रतिश्रुतं चैव दत्वा नापहरेत्पनः” भनी जमिन दान दिँदा सबैका सामुन्ने दिनुपर्ने विधि निर्धारण गरेको समेत देखिन्छ । यस्ता विस्तृत र स्पष्ट विधिहरू हिन्दु धर्मग्रन्थ तथा धर्मशास्त्रहरूमा उल्लेख भएबाट पश्चिमा कानून प्रणालीको इच्छापत्र वा वसियतनामा (विल्ल्) को अवधारणाबाट हिन्दु कानून प्रभावित भई बकसपत्रको अवधारणाको सुरूवात भएको र सोह्रौँ शताब्दीमा पाइएका संकल्प पत्रिकाहरू नै यसको सुरूवाती स्वरूप भएको भन्ने तर्क तथ्य र प्रमाणसम्मत देखिएन । हिन्दु कानून प्रणालीमा भएको दान पद्धतिलाई समयानुकूल विस्तारित गर्दै दान बकससम्बन्धी अहिलेको कानूनी व्यवस्थाको विकास भएको स्पष्ट हुन आउँछ ।

यसप्रकार, हिन्दु कानून प्रणालीले सम्पत्तिको अनिश्चितताको अवस्थाको परिकल्पना नगरेको र स्वामित्व प्राप्ति र हस्तान्तरण सम्बन्धमा समेत छुट्टै विशिष्ट नियम देखिएको स्थितिमा हिन्दु कानून वा मौलिक विशेषताको नेपाली कानून प्रणालीमा भएजस्तो अंश र अपुतालीको अवधारणा नै नरहेका कमन ल वा महाद्विपीय कानून प्रणालीको कानूनी नियमहरूको विकास प्रक्रियालाई तुलना गरी इच्छापत्र वा वसियतनामा नभएको मृतकको सम्पत्ति स्वामित्व निश्चित नभएको (इन्तेस्ताते) भनी मान्नु उचित देखिएन । फरक फरक कानून प्रणालीका फरक विकासक्रम र फरक विशेषतालाई सोही रूपमा ग्रहण गरिनुपर्ने हुन्छ । हिन्दु कानूनमा भएको अंश अपुतालीसम्बन्धी कानूनी व्यवस्थाले सम्पत्तिमाथिको स्वामित्वलाई निरन्तरता प्रदान गरेको हुनाले यसको छुट्टै विशेषता देखिन्छ । अपितु निजको सम्पत्तिमा कानूनबमोजिमका हकवालाको अपुताली हक सिर्जना हुने र त्यस्तो नभएमा अपुताली परेको सम्पत्ति राज्यको हुन जाने नियम भने हिन्दु कानून प्रणालीमा प्रारम्भदेखि नै अस्तित्वमा रहेको देखिन्छ । समग्रमा, हिन्दु विधिका मान्य सिद्धान्तहरूले स्वामीको अनिश्चितता (इन्तेस्ताते) सामान्य नियम (रुले) र निश्चितता (तेस्ताकी)  अपवाद हो भन्ने तथ्य स्थापित हुन सक्दैन । स्वामीको निश्चितता र स्वामित्वको निरन्तरता हिन्दु कानूनी प्रणालीको मूल स्वरूप हो भन्ने देखिन आउँछ ।

यसबाहेक, मुद्दामा ठहर गर्नुपर्ने मूल प्रश्नमा मेरो फरक राय नभएकाले अरूमा तपसिलबमोजिम गर्नु ।

तपसिल

१ । माथि ठहर खण्डमा लेखिएबमोजिम स्व । अनारवती यादवनीका नाउँको जग्गाबाट साहुको रकम भए तिरी बाँकी रहेको जग्गा तथा अन्य सम्पत्ति नेपाल सरकारको नाममा कायम हुने ठहरेकाले निज अनारवतीका नामको सम्पत्तिबाट साहुलाई तिर्न बुझाउनुपर्ने ठहर भएको भए सो रकम बुझाई बाँकी रहेको जग्गा नेपाल सरकारको नाममा कायम गर्नु भनी फैसलाको प्रतिलिपिसहित भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरीमा र उक्त सम्पत्तिको संरक्षण गर्नु भनी सम्बन्धित स्थानीय तहमा समेत लेखी पठाउनु भनी फैसलाको प्रतिलिपिसहित सुरू सप्तरी जिल्ला अदालत, तहसिल शाखामा लेखी पठाउनु भनी उच्च अदालत जनकपुर, राजविराज इजलासमा लेखी पठाउनू ।

२ । माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू हरिनारायण यादव, घुघरप्रसाद यादव, विन्दीप्रसाद यादव, रामपृत यादव, सुखदेव यादव, राजेन्द्रप्रसाद यादव, योगेन्द्र यादव, उपेन्द्रकुमार यादव, रामअशीष यादव, झडिलाल यादव, रामेश्वर यादव र घुरखेल यादवलाई मुलुकी ऐन, किर्ते कागजको महलको १० नं ।बमोजिम रू ।२००।– जरिवाना हुने ठहरेकाले सोको लगत राखी निज प्रतिवादीहरूबाट असुलउपर गरी लिनु भनी सप्तरी जिल्ला अदालत, तहसिल शाखामा लेखी पठाउनू ।

३ । फैसलाको नक्कल माग गर्ने सरोकारवालालाई नियमानुसार नक्कल दिनू ।

४ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

इजलास अधिकृतः शिव वाग्ले (उपसचिव)  चन्द्रमणी चापागाई  रोशनी खड्का  रोदिप सुनाम

इति संवत् २०८० साल असार ११ गते रोज २ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु