निर्णय नं. ११३५५ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ
सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय का ।मु ।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७९।११।१८
मुद्दाः जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ ।
०७९-DF-०००२
पुनरावेदक वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने टुमनाथ बास्तोला
विरूद्ध
प्रत्यर्थी प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने शालिकराज आचार्यसमेत
०७९-DF-०००३
पुनरावेदक प्रतिवादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ स्थित नेपाली सेना फुलबारी ब्यारेक श्री देवीदत्त गणको हाल ऐ ।ऐ । स्थित नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरखगणको तर्फबाट अधिकारप्राप्त गणपति प्रमुख सेनानी प्रयागराज भण्डारी
विरूद्ध
प्रत्यर्थी वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं । ११ बस्ने टुमनाथ बास्तोला
कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्ने । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्त गरेको हुनुपर्ने । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्ने । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्नुपर्ने ।
नापीका समयमा पर्ती जनिएकोमा उक्त पर्ती जनिएका उपर कुनै उजुर गरी आफ्नो भन्ने प्रमाण पेस गरी आफ्नो नाउँमा दर्ता कायम गर्न नसकेको विवादित जग्गा लामो अवधिसम्म अटुटरूपमा भोग गर्नेका नाममा दर्ता हुन आएको र उक्त दर्ता कानूनसङ्गत नै देखिने ।
(प्रकरण नं ।९)
वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री गोविन्दप्रसाद शर्मा पौडेल, श्री ईश्वरीप्रसाद भट्टराई र श्री विश्वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद अधिकारी
प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी तथा विद्वान् अधिवक्ताहरू प्रा ।डा । श्री अमित प्याकुरेल, श्री राजकुमार रंजित, श्री दिपक बास्तोला
अवलम्बित नजिर :
ने ।का ।प ।२०७६, अङ्क ५, नि ।नं ।१०२७५
सम्बद्ध कानून :
जग्गा (नाप जाँच) ऐन, २०१९
मालपोत ऐन, २०३४
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री भोलानाथ चौलागाई
कास्की जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री नारायणप्रसाद दाहाल
माननीय न्यायाधीश श्री शिवराज अधिकारी
पुनरावेदन अदालत पोखरा
यस अदालतमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी ।
माननीय न्यायाधीश डा । श्री कुमार चुडाल
फैसला
न्या ।डा ।मनोजकुमार शर्मा : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बिचमा रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) को देहाय (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-
तथ्यगत बेहोरा
संवत् १९९१ सालको जाँचमा मोठ नं । ३५२ द ।नं । ३९ उपल्लो पाटन भन्ने विज ॥४ लागी पिता नित्यानन्दका नाउँमा दर्ता भई शेषपछि हक हुन आएको जग्गा सम्बन्धमा विश्वनाथ आचार्यसमेतले दिएको जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालतबाट मिति २०४०।०२।०८ मा अन्तिम फैसला भई मेरा पिताका नाउँमा दर्ता जग्गा न ।नं । ३९ र ४० मा देखिएको भोग गरी आएको छ । सर्भेबाट कि ।नं । ४७० र ५३८ मा कायम जग्गा झगडा जनाएको हो । जग्गा दर्तामा निवेदन पर्दा मालपोत कार्यालयबाट मिति २०४६।१०।२५ मा निर्णय भएकोमा सोउपर पुनरावेदन गरी निर्णय बदर भई पुनः निर्णय गर्न मालपोत कार्यालयमा पठाउने गरी मिति २०४९।०४।२६ मा पुनरावेदन अदालत पोखराबाट फैसला भएको थियो । लामो समयसम्म सो सम्बन्धमा कुनै निर्णय नगरेकाले परमादेशको आदेश जारी गरिपाउन निवेदन दिएकोमा मिति २०५४।०४।२७ मा आदेशसमेत जारी भएको छ । यस्तैमा २०६० को नयाँ नापीमा मेरो जग्गा विभिन्न कि ।नं ।, क्षेत्रफल र सिट नं । कायम भई नापनक्सा भएको जग्गा दर्ताको सूचनाका म्यादभित्रै जग्गा दर्ता गरिपाउँ भनी ५ नं । नापी टोलीमा निवेदन दिएको, विपक्षीहरूको समेत यसै सम्बन्धमा निवेदन परेपछि ८ नं । नापी गोश्वाराबाट हाल नापीको कि ।नं । ७६ विपक्षीहरूलाई दर्ता गरिदिने मेरो निवेदनको साबिक सर्भे कि ।नं । ५३८ अदालतबाट भई आएको नक्साको न ।नं । ३९, ४० को जग्गा कित्ताफोड भई कायमी कि ।नं । ३३४६, ३३४७, ३३४८ हालको सर्भे कि ।नं । २८ र २९ मा नापनक्सा भई शाही नेपाली सेनाको नाउँमा रही मणिपाल कलेज अफ मेडिकल साइन्सेज र मणिपाल अस्पतालको भोगमा रहेको देखिँदा साबिकबमोजिम दर्ता स्रेस्ता कायम गरिदिने भन्ने मिति २०६२।०३।१० मा ८ नं । नापी गोश्वाराबाट निर्णय भएको छ । उक्त निर्णय कानूनविपरीतको हुँदा बदर गरी कि ।नं । ४७० को उत्तरतर्फ आधा र कि ।नं । ५३८ को पूरै जग्गा मेरा नाउँमा दर्ता गरी हक कायम गरी चलन चलाइपाउँ भन्नेसमेत बेहोराको टुमनाथ बास्तोलाको फिराद दाबी ।
विपक्षीले दाबी लिएको न ।नं । ३९, ४० को जग्गा कि ।नं । ४७० मा पर्ने नभई कि ।नं । ५३८ मा पर्ने हो । कि ।नं । ४७० को जग्गालाई नं ।नं । ३७ र ३८ समेतमा देखाइएको कुरा नापी शाखाबाट भई आएको रेखाङ्कनसमेतबाट पुष्टि हुन्छ । १९९१ सालको जाँचको मोठ नं । ३४६ विजमाना ॥४ जग्गा गुरूप्रसादका नाउँमा दर्ता भई अपुतालीबाट हाम्रो हक हुन आएको हो । सो जग्गा सम्बन्धमा विपक्षीसमेतसँग जग्गा खिचोला मुद्दा परी उक्त दर्ता जग्गा अदालतको नक्साको न ।नं । ३७, ३८ कायम भई मिति २०४०।०२।०८ को सर्वोच्च अदालतको फैसलाले हाम्रो हक ठहर भएको र कास्की जिल्ला अदालतबाट मिति २०४३।०५।०२ मा चलन पुर्जी पाएको हो । २०३१ सालको सर्भे हुँदा पूर्व नै सो जग्गामा तेरो मेरो विवाद परी सर्भे नापी हुँदाका बखत अदालतमा मुद्दा चालु रहेको कारण नापीमा झगडा जनिई पछि अदालतको अन्तिम फैसलाले हाम्रो हक ठहरी तेरो मेरो विवाद टुङ्गो लागिसकेको अवस्था फैसलाबमोजिम दर्ता स्रेस्ताको मागदाबीमा कारबाही चल्दैका अवस्थामा नयाँ नापी आई उक्त फैसलासहितको मिसिलसमेतका आधारमा नापी गोश्वाराबाट अदालतको फैसला कार्यान्वयन भई दर्ता स्रेस्ता पुर्जा दिएको हो । विपक्षीले मिति २०६२।०३।१० को नापी गोश्वाराको निर्णयउपर पुनरावेदन गर्न सकेको समेत नहुँदा अन्तिम फैसलाले हाम्रा हक ठहरी चलन पुर्जी पाउँदा फैसला कार्यान्वयन भई दर्ता स्रेस्ता पुर्जा पाएको कि ।नं । १०९ को जग्गाको दर्ता बदरतर्फ दाबी लिन नसकी हामीले साबिक सर्भे नापीको कि ।नं । ४७० मध्ये उत्तरतर्फको हालको नापीको कि ।नं । ७६ मध्येतर्फबाट कित्ताफोड गरी कायम कि ।नं । १०९ को क्षेत्रफल ८, २१४ ।८० वर्गमिटर जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाइसकेपछि यी विपक्षीले साबिक कित्ताको हवाला दिँदै झुठ्ठा फिराद दाबीबाट अलग फुर्सद दिलाई उक्त जग्गाको हाम्रो हक यथावत् कायम राखी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको शालिकराम, यज्ञकुमारी र खिमकुमारी आचार्यसमेत जना ३ (तीन) को संयुक्त प्रतिउत्तरपत्र ।
पोखरा-११ स्थित पूर्व काशीराम जैसीको बारी छेउ, पश्चिम सेती गण्डकी, उत्तर छेपारे गौंडा, दक्षिण टेकबहादुर, वुद्धिलालसमेतको पर्खालभित्रको कसैको दर्ता भोग तिरोभित्रको नभई पट बाँझो चौर जग्गा अघि मिलीसियाका पालादेखि तत्कालीन शाही नेपाली सेनाले लङ रेञ्ज बनाई आएकोमा शाही नेपाली सेनाको नाउँमा दर्ताका लागि मालपोत कार्यालय, कास्कीमा निवेदन परी उक्त पोखरा-११ को कि ।नं । ५३८ कित्ताफोड भई कायमी कि ।नं । ३३४६, ३३४७, ३३४८ समेतका जग्गा मिति २०४६।१०।२५ मा दर्ता भएको हो । मिति २०३९।०९।२० को मन्त्रिपरिषद्को निर्णयले मणिपाल एजुकेसन एण्ड मेडिकल गृह (नेपाल) लि । र श्री प्रबन्ध रथी विभाग (स्थपती) शाही नेपाली जंगी अड्डाबिच ४९ वर्षको लागि मिति २०५२।०४।०३ मा सम्झौता भई सोही मुताबिक मणिपाल ग्रुपले संरचना तयार गरेको हो । यिनै प्रमाणसमेतका आधारमा ८ नं । नापी गोश्वारा कास्कीले मिति २०६२।०३।१० मा शाही नेपाली सेनाको नाउँमा उक्त जग्गाहरू दर्ता हुने निर्णयसमेत भएको हो । यसरी मिति २०४७।०४।२२ मै शाही नेपाली सेना (स्थपती) काठमाडौंको नाउँमा जग्गाधनी प्रमाण पुर्जा कायम भई नापी गोश्वाराबाट समेत दर्ता हुने ठहरिसकेको जग्गाको सम्बन्धमा शाही नेपाली सेना (स्थपती) ब्यारेक पोखरा भनी गलत कार्यालय उल्लेख गरी फिराद दिइएको कुरा झुठ्ठा हो । विपक्षी नै बनाउनु परे शाही नेपाली सेना (स्थपती) काठमाडौंलाई बनाउनु पर्दथ्यो । ५० औं वर्षसम्म भोग चलनमा नरहेको जग्गा खम्बिर एवं वस्तुनिष्ठ प्रमाण नदेखाई गोल मटोल हिसाबले मेरा नाउँमा हक कायम गरी चलन चलाइपाउँ भन्ने फिराद दाबी खारेज गरी ८ नं । नापी गोश्वाराले शाही नेपाली सेना (स्थपती) काठमाडौंका नाउँमा दर्ता गर्ने गरेको निर्णय सदर कायम राखी झुठ्ठा फिराद गर्ने वादीले राखेको कोर्ट फी जफत गरिपाउँ भन्नेसमेत बेहोराको नेपाली सेना फुलबारी ब्यारेक श्री देवीदत्त गणको प्रतिउत्तर जिकिर ।
यी विपक्षीले दाबी लिएको न ।नं । ३९ र ४० को जग्गा साबिक कित्ता नं । ४७० हालको कित्ता नं । ७६ मा पर्ने नभई कित्ता नं । ५३८ मा पर्ने कुरा मिति २०५२।०८।१३ को मालपोत कार्यालय कास्कीको रेखाङ्कन तथा मुचुल्काबाट प्रस्ट हुन्छ भने उक्त साबिक कित्ता नं ।५३८ को कित्ताफोड भई कायम कित्ता नं । ३३४६ र ३३४८ हालको कित्ता नं । २८, २९ मा परी मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले भोग गरी आएको कुरा ८ नं । नापी गोश्वाराको निर्णयसमेतले देखाउँछ । सर्वोच्च अदालतको मिति २०४०।०२।०८ को अन्तिम फैसलाले समेत हाम्रो ठहर भएको र सो फैसलापश्चात् तत्कालीन गण्डकी अञ्चल अदालतको मिति २०३१।०२।२४ को नक्सा मुचुल्काअनुसार न ।नं । ३५, ३६ डाँसु पाध्या, न ।नं । ३७, ३८ गुरूप्रसाद, न ।नं । ३९, ४० नित्यानन्द दर्ताको कायम भएको कुरालाई दुवै थर वादी प्रतिवादीले स्वीकार गरी निवेदन पारी मालपोत कार्यालय ८ नं । नापी गोश्वारासमेतबाट निर्णय हुँदा उक्त साबिक कि ।नं । ४७० हाल कि ।नं । ७६ को जग्गामध्ये क्षेत्रफल ८, २१४ ।८० वर्गमिटरमा हाम्रो हक भोग ठहरिएकोमा चित्त बुझी सोबाहेक साबिक कि ।नं । ४७० हाल कि ।नं । ७६ को जग्गामध्ये १४ हात घर सोको उत्तर-पूर्वको २० हात जग्गा तथा सोको सिधा पश्चिमतर्फ क्षेत्रफल ३-२-२-० विपक्षीहरूको न ।नं । ३७ मा घुसाई दर्ता दा ।खा । गरेको सम्बन्धमा यसै मुद्दाका प्रतिवादी सालिकराम आचार्य, यज्ञकुमारी आचार्य र खिमकुमारी आचार्यलाई प्रतिवादी बनाई हदसम्म निर्णय दर्ता दा ।खा । बदर जग्गा खिचोला जग्गा हक कायम दर्ता दा ।खा । भन्ने मुद्दा दायर गरेका हौं । उक्त मुद्दासमेत प्रमाणमा लगाई प्रस्तुत मुद्दा वादीले कि ।नं । ४७० मा आफ्नो जग्गा पर्छ भनी हामीउपर हक दाबी नै नपुग्ने विषयमा बिना ठोस आधार प्रमाण दायर झुठ्ठा फिराद दाबी खारेज गरी अलग फुर्सद दिलाई फिराद दायर गर्दा राखेको कोर्ट फी जफत गरी न्याय पाउँ भन्नेसमेत बेहोराको सोमनाथ बास्तोला, हरिकला बास्तोला र होमनाथ बास्तोलाको संयुक्त प्रतिउत्तर जिकिर ।
सुरू जिल्ला अदालतको आदेशबमोजिम वादी प्रतिवादीहरूका साक्षीहरूले गरिदिएका बकपत्र, पुनरावेदक प्रतिवादी टुमनाथ बास्तोलासमेत विपक्षी वादी विश्वनाथ उपाध्यायसमेतसँगको जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालतबाट मिति २०४०।०२।०८ मा भएको फैसलासहितको सुरू मिसिल, मालपोत कार्यालय कास्कीको मिति २०४६।१०।२५ को निर्णयसहितको सक्कल मिसिल, ८ नं । नापी गोश्वाराबाट मिति २०६२।०३।१० मा भएको निर्णयसहितको सक्कल मिसिलसमेतका प्रमाण मिसिलसमेत पेस भई मिसिल सामेल रहेका ।
वादी सोमनाथ बास्तोलासमेत प्रतिवादी शालिकराम आचार्यसमेत भएको हदसम्मको निर्णय दर्ता दाखिल खारिज बदर जग्गा खिचोला मुद्दाको चालु मुद्दा यसै लगाउ कायम भई साथै पेस भएको र अदालतका आदेशबमोजिम विवादित जग्गाहरूको भौतिक स्थिति एवम् नापमानसमेत देखिने गरी स्थलगत रूपमा भई आएको नक्सा मुचुल्कासमेत मिसिल संलग्न रहेको ।
वादीले दाबी गरेको जग्गा साबिकमा फिल्डबुकमा पर्ती जनिई नापी भएको र सो जग्गा हाल मणिपाल कलेजको भोगाधिकारमा रहेको पाइनुको साथै दाबीको जग्गामा आफ्नो हक भोगको पक्का प्रमाणसमेत वादीले पेस गर्न सकेको नपाइएको स्थितिमा विश्वनाथसँगको मुद्दामा भएको नाप नक्सामा नक्सा नं । ४० को जग्गा यी वादीको भनी देखाएको सम्मको आधारबाट सो जग्गा यी वादीको हक भोगको जग्गा रहेछ भन्न मिलेन । तसर्थ, उपर्युक्त मिसिल संलग्न प्रमाण कागजको अध्ययनबाट ८ नं । नापी गोश्वाराको मिति २०६२।०३।१० को निर्णय बदर गरी कि ।नं । ४७० को उत्तरतर्फको आधा र कि ।नं । ५३८ को पूरा क्षेत्रफलको जग्गामा मेरो नाउँमा दर्ता गरी हक कायम गरी चलन चलाइपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने भन्नेसमेत बेहोराको सुरू कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको फैसला ।
उक्त फैसलामा मेरो चित्त बुझेन । वर्णित तथ्य कानून तथा संस्थापित सिद्धान्तसमेत आधारमा निर्विवाद मोठ, लगत, दर्ता, स्रेस्ता तथा क्षेत्राधिकार सम्पन्न अदालतबाट भएका फैसलासमेतले हक भइरहेको जग्गा प्रत्यर्थीहरूको नाउँमा दर्ता गर्ने गरी नापीबाट भएको निर्णय बदर नहुने ठहर गरेको सुरू कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला बदर गरी कि ।नं । ४७० को उत्तरतर्फको आधा जग्गा र कि ।नं । ५३८ को पूरा क्षेत्रफलको जग्गा मेरो नाउँमा दर्ता गरी हक कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी टुमनाथ बास्तोलाले तत्कालीन पुनरावेदन अदालत पोखरामा दायर गरेको पुनरावेदनपत्र ।
यसमा वादीको हकको स्रोत सम्बन्धमा विभिन्न फैसलाहरूको विवेचना नभई भएको सुरू फैसला सोही आधारमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ ।बं । २०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत पोखराको आदेश ।
सर्वोच्च अदालतको मिति २०४०।०२।०८ मा भएको फैसलामा पुनरावेदक वादीको उल्लेख भएको उक्त मुद्दाको फैसलामा उल्लिखित न ।नं । ३९ र ४० का सम्बन्धमा विचार गर्दा, १९९१ सालको मोठमा नित्यानन्दको नाउँको दर्ता भएको मोठ नं । ३५२ को जग्गाको हक खाने यी पुनरावेदक वादी भएकोमा कुनै विवाद नभएको र सो जग्गा सर्वोच्च अदालतको उक्त फैसलामा उल्लिखित न ।नं । ३९ र ४० को जग्गा नै रहे भएको भन्ने देखिँदा सो न ।नं ।का जग्गाहरू सुरू कास्की जिल्ला अदालतबाट मिति २०६५।०६।१० मा भएको नक्सा मुचुल्काअनुसार हाल मणिपाल शिक्षण अस्पतालले उपभोग गर्दै आएको न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ मा जनिएको उक्त न ।नं । ३९ र ४० का जग्गा उक्त नक्सा मुचुल्काको जिरहमा प्रस्तुत मुद्दाका विपक्षी नेपाली सेनाको देवीदत्त गण फुलबारीका प्रतिनिधि विष्णु अधिकारीले उक्त न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ मा नै भएको भनी जिरहमा स्वीकार गरेको समेतबाट सो न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ का जग्गाहरू यी पुनरावेदक वादी टुमनाथ बास्तोलाकै कायम रहेको देखियो । सो न ।नं । का जग्गाहरूका सम्बन्धमा नेपाली सेनाको नाउँमा गरेको दर्ता बदर हुने र त्यसमा पुनरावेदक वादीको हक कायमसमेत हुने ठहर्छ । सो जग्गा हाल नेपाली सेनाको भोग चलनमा रही नेपाली सेनाले प्रत्यर्थी प्रतिवादी मणिपाल शिक्षण अस्पताललाई ४९ वर्षका लागि लिजमा दिई हाल सो अस्पतालले नै भोगचलन गरेको र सो जग्गामा लामो समयदेखि पुनरावेदक वादी टुमनाथ बास्तोलाको भोगचलन नरहेको देखिँदा चलन चलाइपाउँ भन्नेतर्फ वादी दाबी तथा पुनरावेदन जिकिर पुग्न सक्दैन । सो ठहर्नाले पुनरावेदक वादी टुमनाथ बास्तोलाको हक कायम र दर्तातर्फको दाबी पुग्न नसक्ने ठहर्याई गरेको हदसम्मको सुरू कास्की जिल्ला अदालतको फैसला केही उल्टी हुने भन्ने तत्कालीन पुनरावेदन अदालत पोखराको मिति २०६७।११।१५ को फैसला ।
जग्गामा हक स्थापित हुने व्यक्तिमा नै सो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार रहन्छ । स्वामित्व नभएको व्यक्तिबाट लिखत हुन सक्तैन । करार गर्दाको समयमा विपक्षी नेपाली सेना फुलबारी ब्यारेकसँग स्वामित्वको परिचायक जग्गाधनी प्रमाण पुर्जा बदर भइसकेको छ । स्वामी नै नभएको व्यक्तिले गरेको हक हस्तान्तरणले प्रत्यर्थी प्रतिवादी मणिपाल अस्पताललाई ४९ वर्षसम्म लिजमा दिनै नमिल्ने र अवैध सम्झौताको आधारमा पुनरावेदकको सम्पत्तिसम्बन्धी संवैधानिक हक मणिपाल कलेजले भोग र अतिक्रमण गर्न मिल्ने हुँदैन । प्रस्तुत मुद्दा साबिक दर्ता स्रेस्ता, विजमानाको आधारमा दावा गर्ने विपक्षी सालिकराम आचार्यसमेतका विपक्षीहरूका नाउँमा साबिक कि ।नं । ४७० को सम्पूर्ण जग्गा न ।नं । ३५, ३६, ३७ र ३८ को जग्गा मिति २०४००२०८ को फैसलाको आधारमा दर्ता हुने सोही फैसलाबमोजिमको पुनरावेदकको न ।नं । ३९ साबिक कि ।नं । ४७० उत्तरतर्फ आधा र कसैको दाबी विरोध नभएको साबिक कि ।नं । ५३८ न ।नं । ४० को जग्गा विपक्षीहरूले पुनरावेदकको भनी जग्गा देखाउँदासमेत त्यसतर्फ विचारै नगरी फैसला भएको हुनाले मिसिल संलग्न तथ्य र प्रमाणहरूको आधारमा नगरी एउटै फैसलालाई फरक फरक किसिमबाट विपक्षीहरूको हक स्थापित हुने पुनरावेदकले फिरादपत्र दायर गर्दा माग गरेको साबिक कि ।नं । ४७० न ।नं । ३९ बाट उत्तरतर्फ आधा र साबिक कि ।नं । ५३८ न ।नं । ४० को १९९१ सालको दर्ताको चारकिल्लाभित्रको सम्पूर्ण जग्गामध्येबाट केवल न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ मा अन्दाजी ११ रोपनी मात्र जग्गा पुनरावेदकको ठहर्ने गरी भएको फैसला न्यायिक मूल्य मान्यता र असमान प्रकृतिको भएको हुँदा बदर गरी सुरू फिराद मागदाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी टुमनाथ बास्तोलाले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
प्रस्तुत मुद्दाका प्रत्यर्थी वादी टुमनाथ बास्तोला २०३८ सालको दे ।पु ।नं । १८९६ र २०३९ सालको दे ।वि ।नं । १०४ को जग्गा खिचोला मुद्दामा वादी नभई विभिन्न प्रतिवादीहरूमध्ये एकजना प्रतिवादी भएको देखिन्छ । उक्त जग्गा खिचोला मुद्दाको वादी विश्वनाथ उपाध्याय भई निजको बिजमाना ॥४ जग्गा टुमनाथ बास्तोलासमेतले खिचोला गरेकोले मेटाइपाउँ भनी परेको फिरादमा तह-तह हुँदै सर्वोच्च अदालतबाट मिति २०४०।०२।०८ मा वादी दाबीको गुरूप्रसाद दर्ताको ॥४ बिजनको जग्गासम्म वादी विश्वनाथको कायम गरी तत् मुद्दामा प्रतिवादी टुमनाथ बास्तोलासमेतले खिचोला गरेको ठहर्याएको र विवादको झगडा परेको निरूपण गर्ने न ।नं । ३६, ३७, ३८ कायम गरेको पाइन्छ । पुनरावेदन अदालत पोखराबाट भएको फैसलामा लिइएको निर्णयाधार सर्वोच्च अदालतबाट मिति २०४०।०२।०८ को फैसलामा म पुनरावेदक प्रतिवादी नभएको र २०३१ सालको तत्कालीन गण्डकी अञ्चल अदालतबाट भएको नक्सामा म रोहबरमा समेत नरहेको अवस्थामा उक्त नक्सा तथा फैसला मेरा विरूद्ध प्रमाणमा लाग्ने होइन । उक्त नक्सा तथा फैसला निर्विवाद मान्न मिल्ने अवस्था पनि नदेखिँदा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को प्रतिबन्धात्मक वाक्यांशको समेत विपरीत त्रुटिपूर्ण भई बदरभागी छ । वादी टुमनाथ बास्तोलाले सर्वोच्च अदालतको मिति २०४०।०२।०८ को फैसलाअनुसार न ।नं । ३५, ३६, ३७, ३८ मा चलन पुर्जी पाउन निवेदन तत्कालीन गण्डकी अञ्चल अदालतमा गरी त्यहाँबाट मिति २०४६।०२।१३ मा कास्की जिल्ला अदालतबाट मिति २०४३।०५।०२ मा विश्वनाथ उपाध्यायले न ।नं । ३७, ३८ को चलन पाएको बदर भए पनि विश्वनाथले सोउपर तत्कालीन क्षेत्रीय अदालत पोखरामा निवेदन गरी त्यहाँबाट प्रस्तुत मुद्दाका वादी टुमनाथ बास्तोलाको चलन पुर्जी नठहर्ने बदर हुने र वादी विश्वनाथ उपाध्यायलाई कास्की जिल्ला अदालतबाट मिति २०४३।०५।०२ मा चलन पाउने पुर्जी दिएको कायम हुने भनी अन्तिम भएको छ । प्रत्यर्थी वादीले कि ।नं ४७० को जग्गामा चलन पुर्जी पाउन नसकेको र ०३१३२ को नापीमा पोखरा ११ को कायमी कि ।नं । ५३८ रो । २४८-४-०१४ को जग्गा कसैको दर्ता भोगको नभई नेपाली सेनाको मिलिसियाकै पालादेखि लङ्गरेन्च फाइरिङ स्पट भएको पटबाँझो जग्गा हुँदा पर्ती जनिई कित्ताकाट भएको एवम् मौकामा जग्गा नाप जाँच ऐन, २०१९ र सोको नियमावलीको परिधिभित्र कोही कसैले दर्ता गरिपाउँ भनी निवेदनसम्म नदिएका जग्गा मिति २०४६।१०।२५ मा तत्कालीन शाही नेपाली सेना (स्थपति) काठमाडौंका नाउँमा दर्ता भई जग्गाधनी दर्ता प्रमाण पुर्जा भई नेपाल सरकारको मिति २०४९।०९।२० को मन्त्रिपरिषद्को निर्णयबाट मिति २०५२।०४।०३ मा जग्गाको श्री प्रबन्ध रथी विभाग (स्थपति) शाही नेपाली जंगी अड्डा र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) बिच ४९ वर्षको लागि भू-उपयोगको लिज सम्झौता भई मणिपाल ग्रुपले अरबौं खर्च गरी भवनहरू बनाई अनवरत भोग चलन गरिआएकोमा यी वादीको कहिल्यै हक भोग तिरो नभएको हाल आएर कि ।नं । ५३८ मध्येको जग्गामा यी वादीको जग्गा कायम नहुने ठहर्याई कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ को फैसलालाई केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालत पोखराबाट मिति २०६७।११।१५ मा भएको फैसलामा गम्भीर कानूनी त्रुटि हुँदा बदर गरी नेपाली सेनाको प्रतिउत्तरपत्र एवं यसै पुनरावेदनपत्र जिकिरबमोजिम तत्कालीन शाही नेपाली सेना (स्थपति) काठमाडौंका नाउँमा दर्ता गर्ने गरेको मिति २०६२।०३।१० को ८ नं । नापी गोश्वाराको निर्णय सदर कायम राखी इन्साफ गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरख गणको तर्फबाट यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
यसमा दोहोरो पुनरावेदन परेकोले दुवै पुनरावेदन परस्परमा सुनाइ पुनरावेदन नगर्ने प्रतिवादीहरू शालिकराम आचार्य, खिमकुमारी आचार्य, सोमनाथ बास्तोला, हरिकला बास्तोला, तुलसी बास्तोलालाई समेत मुलुकी ऐन, अ ।बं । २०२ नं ।बमोजिम झिकाई कानूनबमोजिम पेस गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।०८।०४ मा भएको आदेश ।
यसमा वादी दाबीको जग्गा २०३१०३२ को नापीमा कि ।नं । ५३८ पर्तीमा नक्सा भएको जग्गा चिरभोगको आधारमा नेपाली सेनाको नाममा मिति २०४६।१०।२५ मा कित्ताफोड भई कायम ३३४६ को १९३-७-२-१ रोपनी, कि ।नं । ३३४७ को ११-८-१-२ रोपनी र कि ।नं । ३३४८ को ५-७-२-२ रोपनी जनिई शाही नेपाली सेना (स्थपति) काठमाडौंको नाममा दर्ता भई मिति २०४९।०९।२० को मन्त्रिपरिषद्को निर्णय तथा मिति २०५२।०३।०४ को प्रबन्धरथी विभाग (स्थपति) शाही नेपाली जंगी अड्डा र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) लिमिटेडबिच लिज सम्झौता भई सो जग्गामा भौतिक संरचनासमेत बनी भोगचलन गरी आएको भन्ने नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरखगण कास्कीको तर्फबाट परेको पुनरावेदनमा उल्लेख भएको देखिँदा प्रस्तुत मुद्दाबाट उक्त भोगाधिकार प्राप्त भनिएको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) लिमिटेडसमेत सम्बन्धित देखिन आएकोले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १७६ बमोजिम आफूसँग सम्बन्धित बेहोरा तथा प्रमाणसमेत ३० दिनभित्र पेस गर्न कास्की जिल्ला, पोखरास्थित मणिपाल एजुकेसन एण्ड मेडकल ग्रुप (नेपाल) लिमिटेडलाई कास्की जिल्ला अदालतमार्फत सूचना दिई बेहोरा प्राप्त भएपछि साथै राखी वा उक्त समयभित्र बेहोरा प्राप्त हुन नआएमा नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।०७।२७।४ मा भएको आदेश ।
यसमा टिकाराम बास्तोलासमेत जना ६ वादी भई विपक्षी नेपाली सेना, फुलबारी ब्यारेकसमेत उपर मिति २०५३।१२।११ मा दायर गरेको निषेधाज्ञा निवेदन मुद्दाको नम्बर दुवै पक्षबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १७१ र २७५ बमोजिम कागज गरी खुलाई सोको सक्कल मिसिल उच्च अदालत पोखराबाट झिकाउनु, टिकाराम बास्तोलाले सुरू कास्की जिल्ला अदालतमा मिति २०५४।०३।१३ मा दायर गरेको करारनामा बदर गरी सार्वजनिक सन्धिसर्पन कायम गरिपाउँ भन्ने मुद्दाको नम्बर दुवै पक्षबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १७१ र २७५ बमोजिम कागज गराई खुलाई उक्त मुद्दाको सक्कल मिसिल झिकाउनू, निवेदक टुमनाथ बास्तोला विरूद्ध मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपसमेत भएको २०५३ सालको रिट नं । ३३०३ को उत्प्रेषण मुद्दामा यसै अदालतबाट मिति २०५९।०१।२० मा भएको फैसलासहितको सक्कल मिसिल र यिनै निवेदक टुमनाथ बास्तोला विपक्षी मणिपाल कलेज अफ मेडिकल साइन्सेजसमेत भएको यसै अदालतबाट मिति २०५९।०१।२० मा फैसला भएको ०५३ सालको दे ।पु ।नं । ४३७४ को निषेधाज्ञा मुद्दाको रेकर्ड मिसिल यसै अदालतको अभिलेख शाखामा रहेको देखिँदा झिकाई यसैसाथ राख्नू, निवेदक टुमनाथ बास्तोलाले नै दिएको ०५३ सालको विविध नं । ८६ को परमादेशको निवेदनमा पुनरावेदन अदालत पोखराबाट मिति २०५४।०४।२७ मा भएको आदेशसहितको सुरू मिसिल उच्च अदालत पोखराबाट र सोउपर यस अदालतमा परेको पुनरावेदनको रेकर्ड मिसिलसमेत झिकाई साथ राख्नू, पुनरावेदक वादी विश्वनाथ उपाध्यायसमेत प्रतिवादी टुमनाथ बास्तोलासमेत भएको २०६८ सालको दे ।पु ।नं । २११३ को जग्गा खिचोला मुद्दामा तत्कालीन गण्डकी अञ्चल अदालतबाट मिति २०३१।०२।२४ मा भएको नक्साको अङ्क अक्षर बुझिने प्रमाणित प्रति दुवै पक्षबाट पेस गर्न लगाउनू, तत्कालीन गण्डकी अञ्चल अदालतबाट संवत् २०६८ सालको दे ।पु ।नं ।२११३ को जग्गा खिचोला चलन मुद्दाको मिति २०३२।१२।१५ मा भएको फैसला धुजाधुजा भई पढ्न योग्य नभएकोले सो फैसलाको प्रतिलिपि दुवै पक्षबाट पेस गर्न लगाउनू, प्रस्तुत मुद्दाको विस्तृत तथ्य तथा विवरणसहितको बहसनोट १५ दिनभित्रमा दुवै पक्षबाट पेस गर्न लगाउनु भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।१०।०६ मा भएको आदेश ।
श्री गण्डकी अञ्चल अदालतबाट मिति २०३१।०२।२४ मा भएको नक्साको न ।नं । ३९ र ४० को जग्गा श्री सर्वोच्च अदालतबाट वादीको हक र दर्ता कायम हुने ठहर्याई मिति २०४०।०२।०८ गते फैसला भएकोमा सोही न ।नं । ३९ र ४० को जग्गा नै प्रस्तुत मुद्दाको सन्दर्भमा कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको नक्साको न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ भई उक्त न ।नं । का जग्गामा वादीको हक कायम हुने ठहरेकोले ती न ।नं । का जग्गा नेपाली सेनाको नाउँमा भएको दर्तासमेत बदर हुने ठहर्याई पुनरावेदन अदालत पोखराबाट मिति २०६७।११।१५ मा भएको फैसला मिलेको हुँदा सो हदसम्म सदर हुने ठहर्छ । उपर्युक्तानुसार उक्त न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ का जग्गामा नेपाली सेनाको दर्ता बदर भई वादीको हक कायम हुनेसमेत ठहरेकोले सो जग्गामा वादीको भोगाधिकार लामो समयसम्म नरहेकोले सो जग्गामा वादीले चलनसमेत चलाई पाउँ भन्ने दाबी ठहर्दैन भन्ने पुनरावेदन अदालत पोखराको मिति २०६७।११।१५ को फैसला भने सो हदसम्म नमिलेको हुँदा सो उल्टी भई ती न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ का जग्गामा रहेको हेलिप्याड, बसपार्क, टेक्सी पार्क र पार्कसमेतलाई अन्यत्र स्थानान्तरण गरी उक्त न ।नं । का जग्गामा निर्विवाद रूपले वादीले चलनसमेत चलाइपाउने ठहर्छ भन्नेसमेत बेहोराको संयुक्त इजलासका माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी ।बाट मिति २०७८।११।२६ मा भएको राय ।
पुनरावेदक वादी टुमनाथ बास्तोलाको दाबीको जग्गामा भोगको अवस्था नै नदेखिएको सो जग्गा २००८ सालदेखि नै निरन्तर रूपमा नेपाली सेनाको भोगमा भई नापी बखत सार्वजनिक निकायको रूपमा रहेको नेपाली सेनाका नाममा दर्ता हुन आएको वादीको लगत स्रोतको क्षेत्रफल एवम् चार किल्ला मिल्ने भिड्ने देखिन नआएको, वादीले उल्लेख गरेको न ।नं । ३९ र ४० को नाप नक्सा मुचुल्कामा जग्गा भोग दर्ता नेपाली सेना साक्षी नबसेको एवम् प्रतिवादी नभएको, वादीको दाबी अस्पष्ट हुनुका साथै अकाट्य र वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन नआएको, सोही विवादको जग्गाबाटै नेपाल सरकारले मणिपाल कलेज अफ साइन्स र मणिपाल अस्पताललाई ४९ वर्षको लागि लिजमा दिई भोग गरिरहेको समेतका प्रमाणका आधारमा फिराद दाबी पुग्न नसक्ने भनी कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा फैसला भएकोमा सो फैसला केही उल्टी गरी मिति २०६५।०६।१० मा भएको नाप नक्साअनुसारको हाल मणिपाल शिक्षण अस्पतालले उपभोग गर्दै आएको न ।नं ।१७, १८, १९, २०, २१, २२ र २३ का जग्गामा वादीको हक कायम रहेको हदसम्मको तत्कालीन पुनरावेदन अदालत पोखराको मिति २०६७।११।१५ को फैसला मिलेको नदेखिँदा सो हदसम्म बदर भई सुरू कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको फैसला सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको संयुक्त इजलासका माननीय न्यायाधीश डा । श्री कुमार चुडालबाट मिति २०७८।११।२६ मा भएको छुट्टै राय ।
ठहर-खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी टुमनाथ बास्तोलाको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री गोविन्दप्रसाद शर्मा पौडेल, श्री ईश्वरीप्रसाद भट्टराई र श्री विश्वप्रकाश सिग्देल तथा विद्वान् अधिवक्ता श्री बिष्णुप्रसाद अधिकारीले तत्कालीन गण्डकी अञ्चल अदालतबाट मिति २०३१।०२।२४ मा भएको नक्साको न ।नं । ३९ र ४० को जग्गा श्री सर्वोच्च अदालतबाट वादीको हक र दर्ता कायम हुने ठहर्याई मिति २०४०।०२।०८ गते फैसला भएकोमा सोही न ।नं । ३९ र ४० को जग्गा नै कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको नक्साको न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ भई उक्त न ।नं । का जग्गामा यी वादीको हक कायम हुने भएकोले ती न ।नं । का जग्गा नेपाली सेनाको नाउँमा भएको दर्तासमेत बदर हुनुपर्ने हो । जग्गामा हक स्थापित हुने व्यक्तिमा नै सो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार रहन्छ । स्वामित्व नभएको व्यक्तिबाट लिखत हुन सक्तैन । स्वामी नै नभएको व्यक्तिले गरेको हक हस्तान्तरणले लिजमा दिन मिल्दैन । अवैध सम्झौताको आधारमा पुनरावेदकको सम्पत्तिसम्बन्धी संवैधानिक हक मणिपाल कलेजले भोग र अतिक्रमण गर्न नमिल्ने हुँदा माननीय न्यायाधीश श्री तेजबहादुर के । सी ।को राय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक प्रतिवादी नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरख गणका तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी, विद्वान् अधिवक्ता प्रा ।ड । श्री अमित प्याकुरेल, श्री राजकुमार रंजितले ०३१३२ को नापीमा पोखरा ११ को कायमी कि ।नं । ५३८ रो । २४८-४-०१४ को जग्गा कसैको दर्ता भोगको नभई नेपाली सेनाको मिलिसियाकै पालादेखि लङ्गरेन्च फाइरिङ्ग स्पट भएको पटबाँझो जग्गा हुँदा पर्ती जनिई कित्ताकाट भएको एवम् मौकामा जग्गा नापजाँच ऐन, २०१९ र सोको नियमावलीको परिधिभित्र कोही कसैले दर्ता गरिपाउँ भनी निवेदनसम्म नदिएका जग्गा मिति २०४६।१०।२५ मा तत्कालीन शाही नेपाली सेना (स्थपति) काठमाडौंका नाउँमा दर्ता भएकोमा यी वादीले दर्ता बदरको लागि प्रक्रिया अगाडि बढाएको देखिँदैन । नेपाल सरकारको मिति २०४९।०९।२० को मन्त्रिपरिषद्को निर्णयबाट मिति २०५२।०४।०३ मा जग्गाको श्री प्रबन्ध रथी विभाग (स्थपति) शाही नेपाली जंगी अड्डा र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) बिच भू-उपयोगको लिज सम्झौता भई मणिपाल ग्रुपले अरबौं खर्च गरी भवनहरू बनाई भोग चलन गरी आएकोमा यी वादीको कहिल्यै हक भोग तिरो नभएकोले कि ।नं । ५३८ मध्येको जग्गामा यी वादीको हक कायम नहुने हुँदा माननीय न्यायाधीश डा । श्री कुमार चुडालको राय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
शालिकराम आचार्य, तुलसी बास्तोला, सोमनाथ बास्तोला, खिमकुमारी आचार्यलगायतका प्रत्यर्थी प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री दिपक बास्तोलाले मेरा पक्षहरूको हकमा सुरू तथा पुनरावेदन अदालतको फैसला कानूनबमोजिम नै भएकोले सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा साबिक मोठ नं । ३५२ द ।नं । ३९ बिज ॥४ को जग्गा सर्भे नापीमा कि ।नं । ५३८ र ४७० को जग्गामा यिनै विपक्षीहरूले समेत मिति २०३१०२२४ मा गण्डकी अञ्चल अदालतबाट भएको नक्सामा न । नं । ३९।४० को जग्गा नित्यानन्दको जग्गा भनी स्वीकार गरेको र सर्वोच्च अदालतवाट मिति २०४००२०८ मा फैसला हुँदा गण्डकी अञ्चल अदालतबाट भएको फैसला सदर हुने ठहरी फैसला भएको छ । गण्डकी अञ्चल अदालतबाट भएका नक्सा नं । ३९, ४० को जग्गा नापीमा साबिक कि ।नं । ४७० ज ।रो । ३४-१४-३-३४ मध्ये उत्तरतर्फ आधा अर्थात् ज ।रो । १७-७-१-२ र साबिक कि ।नं । ५३८ ज ।रो २४८-४-०-१४ को जग्गा कित्ताफोड भई कि ।नं । ३३४६ ज ।रो । १९३-७-२-१, कि ।नं । ३३४७ ज ।रो । ११-८-१-२, कि । नं । ३३४८ ज ।रो । ५७-७-२-२ जग्गा विपक्षी नेपाली सेनाको नाममा दर्ता भएको जग्गा र कि ।नं । ३३४९ बाटो कायम भएको जग्गासमेत कित्ताफोड गरी दर्ता गरिदिने भन्ने मालपोत कार्यालयको मिति २०४६१०२५ को निर्णय पुनरावेदन अदालतको मिति २०४९०४२६ को फैसलाले बदर भइसकेकोले सो निर्णयले भएका दर्ता स्वतः बदरभागी छन् । तसर्थः विपक्षीहरूका नाममा साबिक कि ।नं । ४७० र ५३८ को जग्गाबाट दामासाहीले दर्ता गरिदिने भन्ने ८ नं । नापी गोश्वाराको मिति २०६२०३१० को निर्णय बदर गरी उक्त जग्गाहरूमध्ये कि ।नं । ४७० को उत्तरतर्फको आधा र कि ।नं । ५३८ को पूरा क्षेत्रफल जग्गा मेरो नाममा दर्ता गरी हक कायम गरी चलन चलाइपाउँ भन्ने फिराद दाबी र वादी दाबीको कि ।नं । ३३४६, ३३४७, ३३४८ को जग्गा मिति २०४७०४२२ को निर्णयले शाही नेपाली सेना (स्थपीत) काठमाडौं नाममा जग्गा धनी प्रमाण पुर्जा कायम छ । विपक्षीको हक भोग नै नभएको जग्गाको सम्बन्धमा दायर गरेको फिरादपत्र खारेज गरिपाउँ भन्ने तत्कालीन शाही नेपाली सेना हाल नेपाली सेना फुलबारी ब्यारेक देवीदत्त गणको प्रतिउत्तरपत्र रहेको छ । सर्वोच्च अदालतको मिति २०४००२०८ को फैसलासमेतबाट हाम्रो ठहर भएको गण्डकी अञ्चल अदालतबाट मिति २०३१०२२४ मा भएको नक्साको न ।नं । ३७, ३८ को कास्की जिल्ला अदालतबाट चलन चलाई पाएको पोखरा उपमहानगरपालिका वडा नं । ११ को कि ।नं । ४७० मध्येबाट उत्तरतर्फको क्षेत्रफल १७-८-३ जग्गा दर्ता गरिपाउन हामीले मालपोत कार्यालय कास्कीमा निवेदन दिएकोमा कारबाहीको क्रममा नापी शाखा कास्कीले मिति २०६००३२६ मा जग्गाको रेखाङ्कन गर्दा गण्डकी अञ्चल अदालतबाट भएको नक्साको न ।नं । ३७, ३८ को जग्गा कि ।नं । ४७० को उत्तरतर्फको न ।नं । (ख) मा क्षेत्रफल १६-१० पर्ने भनी प्रस्ट खुलाइएको छ । त्यसैगरी प्रतिवादीमध्येका सोमनाथसमेतले न ।नं । ३५, ३६ को साबिक कि ।नं । ४७० मध्येको दक्षिणतर्फको जग्गा कित्ताकाट गरी दर्ता गरिपाउँ भनी निवेदन परेकोमा सर्वोच्च अदालतको फैसला, नक्सा रेखाङ्कन साबिक दर्ता मोठ प्रमाणको आधारमा कि ।नं । ४७० को दक्षिणतर्फबाट ८२१४ ।८० वर्गमिटर जग्गा सोमनाथ, होमनाथ र सानो भिमप्रसादको हकमा हरिकला बास्तोलाको नाममा र सोही कि ।नं । को उत्तरतर्फको ८२१४ ।८० वर्गमिटर जग्गा शालिकराम, यज्ञकुमारी र विश्वनाथको हकमा खिमकुमारी आचार्यको नाममा दर्ता स्रेस्ता कायम भएको हो । विपक्षीका पिता नित्यानन्दको नाममा दर्ता भएको नक्सा नं । ३७, ३८ को उत्तरतर्फको नक्सा नं । ३९, ४० मा देखाइएको छ । विपक्षीले दाबी गरेको जग्गा कि ।नं । ४७० मा नपर्ने भन्नेसमेत प्रतिवादी शालिकराम, यज्ञकुमारी, खिमकुमारीको प्रतिउत्तर जिकिर एवं विपक्षीले दाबी गरेको न ।नं । ३९, ४० को जग्गा साबिक कि ।नं । ४७० मा पर्ने नभई छुट्टै नक्सा सिट छुट्टै कि ।नं । ५३८ मा परी कि ।नं । ५३८ कित्ताफोड भई कि ।नं । ३३४६ कि ।नं । ३३४८ मा परी मणिपाल कलेज पोखराले भोग गरिआएको छ भन्नेसमेत प्रतिवादी सोमनाथ बास्तोला, हरिकला बास्तोला, होमनाथ बास्तोलासमतेको संयुक्त प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादीले दाबी गरेको जग्गा साबिकमा फिल्डबुकमा पर्ती जनिई नापी भएको र सो जग्गा हाल मणिपाल कलेजको भोगाधिकारमा रहेको पाइनुको साथै दाबीको जग्गामा आफ्नो हक भोगको प्रमाणसमेत वादीले पेस गर्न नसकेको स्थितिमा विश्वनाथसँगको मुद्दामा भएको नाप नक्सामा नक्सा नं । ४० को जग्गा यी वादीको भनी देखाएको सम्मको आधारबाट सो जग्गा यी वादीको हक भोगको जग्गा रहेछ भन्न मिलेन । तसर्थ ८ नं । नापी गोश्वाराको मिति २०६२०३१० को निर्णय बदर गरी कि ।नं । ४७० को उत्तरतर्फको आधा र कि ।नं । ५३८ को पूरा क्षेत्रफलको जग्गा मेरो नाममा दर्ता गरी हक कायम चलन चलाइपाउँ भन्ने दाबी पुग्न नसक्ने भनी कास्की जिल्ला अदालतबाट भएको फैसलाउपर वादीको तर्फबाट पुनरावेदन परेकोमा तत्कालीन पुनरावेदन अदालत पोखराबाट कास्की जिल्ला अदालतको फैसला केही उल्टी भई सर्वोच्च अदालतको मिति २०४०।०२।०८ मा भएको अन्तिम फैसलामा उल्लिखित न ।नं । ३९ र ४० को जग्गा वादीको नै रहे भएको भन्ने देखिँदा सो न ।नं ।का जग्गाहरू कास्की जिल्ला अदालतबाट मिति २०६५।०६।१० मा भएको नक्साअनुसार हाल मणिपाल शिक्षण अस्पतालले उपभोग गर्दै आएको न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ मा जनिएको उक्त न ।नं । ३९ र ४० का जग्गा पुनरावेदक वादी टुमनाथ बास्तोलाकै कायम रहेको देखिएकाले सो न ।नं । का जग्गाहरू नेपाली सेनाको नाउँमा गरेको दर्ता बदर हुने र त्यसमा पुनरावेदक वादीको हक कायमसमेत हुने सो जग्गा हाल नेपाली सेनाको भोग चलनमा रही नेपाली सेनाले प्रत्यर्थी प्रतिवादी मणिपाल शिक्षण अस्पताललाई ४९ वर्षका लागि लिजमा दिई हाल सो अस्पतालले नै भोगचलन गरेको र सो जग्गामा लामो समयदेखि पुनरावेदक वादी टुमनाथ बास्तोलाको भोगचलन नरहेको देखिँदा हक कायम र दर्तातर्फको दाबी पुग्न नसक्ने ठहर्याई गरेको हदसम्मको कास्की जिल्ला अदालतको फैसला केही उल्टी हुने गरी पुनरावेदन अदालत पोखराबाट मिति २०६७।११।१५ मा भएको फैसलामा चित्त नबुझाई वादी प्रतिवादीका तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन गरेकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरूबाट रायमा मतैक्यता हुन नसकी छुट्टाछुट्टै राय व्यक्त भई यस इजलाससमक्ष पेस भएको देखियो ।
उपर्युक्तानुसारको तथ्य एवम् बहस रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पोखराबाट सुरू कास्की जिल्ला अदालतबाट भएको फैसलालाई केही उल्टी गर्ने गरी मिति २०६७१११५ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी तथा प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम हुने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२ । पुनरावेदक वादी टुमनाथ बास्तोलाले विवादको कि ।नं । ५३८समेत जग्गाको स्रोत संवत् १९९१ सालको जाँचमा मोठ नं । ३५२ द ।नं । ३९ उपल्लो पाटन भन्ने बिज ॥४ भन्ने रहेको देखिन्छ । सो जग्गाको चार किल्लामा पूर्व काशीराम जैसीको बारी छेउ, पश्चिम सेती गण्डकी, उत्तर छेपारे गौंडा, दक्षिण टेकबहादुर, बुद्धिलालसमेतको पर्खाल भनी उल्लेख भएको देखिन्छ । सोही जग्गा विवादको कि ।नं । ५३८ भित्रको जग्गा भई सोही जग्गा नै विश्वनाथ आचार्यसमेत भएको जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालतबाट मिति २०४०।०२।०८ मा उल्लेख भएको न ।नं । ३९ र ४० को जग्गा भएको भन्ने वादीको पुनरावेदन जिकिर देखिन्छ । निज पुनरावेदक टुमनाथ बास्तोलाको पुनरावेदन जिकिरको मुख्य आधार नै मिति २०४०।०२।०८ मा भएको फैसलामा सर्वोच्च अदालतबाट उक्त जग्गा खिचोला मुद्दामा उल्लेख भएको न ।नं । ३९ र ४० भन्ने देखिन आउँछ । मिति २०४०।०२।०८ मा तत्कालीन गण्डकी अञ्चल अदालतबाट भएको फैसला सदर गरी फैसला भएको देखिन्छ भने तत्कालीन गण्डकी अञ्चल अदालतबाट फैसला हुँदा नाप नक्सामा टुमनाथले नित्यानन्दको भनी दाबी गरेको जग्गामध्ये नक्सा नं । ३९, ४० को जग्गा नित्यानन्दको सोदेखि दक्षिण विश्वनाथले दाबी गरेको जग्गा गुरूप्रसाद दर्ताको र सोदेखि दक्षिण हुमनाथसमेतले दाबी गरेको जग्गा डाँसु दर्ताको भई न । नं । ३५, ३६ सोमनाथ, होमनाथ र भिमप्रसादको तथा नक्सा नं । ३७, ३८ को जग्गा विश्वनाथको कायम भएको पाइन्छ । यसै जग्गाको विवादको विषयमा मालपोत कार्यालय, कास्कीबाट मिति २०५२०८१३ मा स्थलगत नक्सा रेखाङ्कन भई आएको प्रमाणित नाप नक्सा हेर्दा वादीले दाबी गरेको भनिएको नक्सा नं । ३९, ४० को जग्गा साबिक कि ।नं । ५३८ कित्ताकाट भई कायम कि ।नं । ३३४६ र कि ।नं । ३३४८ को जग्गाभित्र पर्ने देखिन्छ । सुरू अदालतबाट भई आएको नाप नक्सा हेर्दा न ।नं । ५० देखि ६१ सम्मका जग्गाहरू साबिक कि ।नं । ४७० भित्रका तत्कालीन अञ्चल अदालतबाट भएको नाप नक्साको नक्सा नं । ३५ देखि ३८ सम्मका जग्गा भन्ने देखिन्छ भने उक्त जग्गाहरूको चारैतिर पर्खाल एवम् तारबार लगाएको प्रतिवादीहरूको भोगचलनमा रहेको र सो जग्गामा प्रतिवादीहरूको घरसमेत रहेको पाइन्छ ।
३ । प्रस्तुत मुद्दामा अदालतबाट भई आएको नाप नक्सा र मालपोत कार्यालयबाट भएको स्थलगत नक्सा रेखाङ्कनको नक्सामा समेत एकरूपता पाइन्छ । अदालतबाट भई आएको नाप नक्सामा वादीले दाबी लिएको भनिएको न ।नं । ३९, ४० को जग्गा न ।नं । १७ देखि २४ सम्मको जग्गामा पर्ने भनी यिनै मुद्दाका प्रतिवादीहरूले उल्लेख गरेको पाइन्छ । माथि उल्लेख गरिएको वादी विश्वनाथ प्रतिवादी यिनै वादी भई चलेको जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालतबाट भएका फैसलाअनुसार हाल वादीले दाबी गरेको कि ।नं । ४७० को जग्गाबाट न ।नं । ३७, ३८ को जग्गामा वादीले चलन पुर्जा पाएकोमा सो चलन पुर्जी बदरको लागि यी वादीको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेकोमा उक्त अदालतबाट उक्त चलन पुर्जी सदर भएको देखिन्छ । उक्त चलन पुर्जीमा चलन चलाइदिएको जग्गाको ४ किल्ला हेर्दा न ।नं । ६३ को बाटो पश्चिम न ।नं । २ को तिरको डिलदेखि पूर्व, न ।नं । ७ को बान्नोदेखि दक्षिण, न ।नं । नबुझिएको बान्नो, न ।नं । ३४ र न ।नं । २९ देखि उत्तर यति ४ किल्लाभित्र भनी उल्लेख भएको देखिँदा नक्सा चलन पुर्जीमा नक्सा नं । ७ को बान्नो भनेको हाल अदालतबाट भई आएको नापनक्साको नक्सा नं । ४७ मा देखाएको पर्खाल भन्ने देखिन्छ । यसबाट कि ।नं । ४७० को जग्गामा नक्सा नं । ३९, ४० को जग्गा नपर्ने भन्नेसमेत देखिएको छ । त्यस्तै वादीले कि ।नं । ४७० को जग्गामा आफ्नो हक भोगको हो भनी विश्वास गर्नका लागि खम्बिर प्रमाण पेस गर्न सकेको समेत देखिँदैन । कि ।नं । ४७० को जग्गाको फिल्डबुकको कैफियत महलमा विश्वनाथ र टुमनाथसमेतको जग्गा खिचोला मुद्दा परेको भन्नेसम्म उल्लेख भएको पाइन्छ । तत्कालीन गण्डकी अञ्चल अदालतबाट भएको नाप नक्सामा नक्सा नम्बर ३९, ४० मा यी वादीको जग्गा देखाइएको सम्मको अवस्था छ । त्यस्तै वादीले तत्कालीन अञ्चल अदालतबाट भएको नापनक्साको नक्सा नं । ४० को जग्गा साबिक कि ।नं । ५३८ मा पर्ने भएकोले सो कि ।नं । ५३८ को सम्पूर्ण क्षेत्रफलको जग्गा मेरा नाममा दर्ता गरिपाउँ भनी दाबी लिएको पाइन्छ । वादीले दाबी गरेको नक्सा नं । ४० को जग्गा कि ।नं । ५३८ मा नापी भएकोमा विवाद छैन । प्रत्यर्थी पुनरावेदक साबिक नेपाली सेना फुलबारी ब्यारेक श्री देवीदत्त गण हाल नेपाली सेना फुलबारी ब्यारेक नयाँ गोरख गणको प्रतिउत्तर जिकिरसमेत हेर्दा वादी दाबीको चार किल्लासँग विमत हुँदै विवादको कि ।नं । ५३८ पट बाँझो चौर जग्गा मिलिसिया (२००८ साल) का पालादेखि तत्कालीन शाही नेपाली सेनाले लङ्ग रेञ्ज बनाई निरन्तर भोग चलन गरिरहेको र सो जग्गा नापीका बखत जग्गाधनीका नाउँमा पर्ती जनिएको देखिन्छ ।
४ । कुनै पनि जग्गामा कुनै पनि व्यक्तिको एकलौटी हक स्वामित्व कायम हुनका लागि जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) बमोजिम जग्गा नापजाँच हुँदाको अवस्थामा जग्गाको हक स्वामित्व दाबी गरी आफ्नो नाउँमा कायम गर्न आफ्नो हकभोगको प्रमाणपत्र आफैँ वा आफ्नो प्रतिनिधिद्वारा पठाई दर्ता गराउनुपर्ने, दर्ता तिरो केही नभएको परापूर्वकालदेखि बेनिस्सा हकभोग भई आवाद गरी खाइआएको जग्गावालाले पनि त्यस्तो जग्गा दर्ता गराउन सक्ने अवस्था उक्त ऐनको सोही दफामा तोकिदिएको देखिन्छ । उल्लिखित प्रक्रिया पूरा नगरिएको तथा नापजाँच हुँदाको अवस्थामा पर्तीको रूपमा रहेको जग्गालाई भने उक्त ऐनले सरकारी जग्गाको रूपमा लिँदै दफा २(ङ) मा सरकारी जग्गाको परिभाषासमेत गरेको देखिन्छ । सरकारी जग्गाकै सम्बन्धमा मालपोत ऐन, २०३४ को दफा २(ख२) मा समेत परिभाषा गरेकोमा उल्लिखित दुवै ऐनमा गरिएका परिभाषाहरू समान रूपका भएको पाइन्छ । जसअनुसार “सरकारी जग्गा भन्नाले सडक, बाटो, रेल्वे तथा सरकारी घर भवन वा कार्यालय रहेको जग्गा सम्झनुपर्छ र सो शब्दले नेपाल सरकारको अधीनमा रहेको वन, बुटेन, जंगल, नदी, खोला नाला, नदी उकास, ताल, पोखरी तथा सोको डिल, नहर, कुलो, ऐलानी, पर्ती वा अन्य जग्गा । । । । । ।समेतलाई जनाउँछ” भनी परिभाषा गरिएको छ । उक्त ऐनहरूमा सरकारी जग्गाको सम्बन्धमा गरिएको परिभाषाको सन्दर्भबाट हेर्दा जग्गा नापजाँच हुँदाको अवस्थामा जग्गा (नाप जाँच) ऐन, २०१९ अनुरूप कसैको हकभोगको दाबी नपरेको पर्ती जनिएको जग्गा सो ऐनको प्रावधानअनुरूप स्वतः सरकारी जग्गाको परिभाषाअन्तर्गत पर्ने देखिन्छ ।
५ । विपक्षीको जिकिरसमेत रहेको विवादको उक्त जग्गा नापी हुँदाको अवस्थामा जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) बमोजिमको प्रक्रिया पूरा गरी निवेदकको तर्फबाट कुनै कारबाही चलाएको देखिँदैन भने मिसिल संलग्न २०२१ सालमा तयार गरिएको फिल्डबुकको प्रतिलिपिबाट जोताहाको नाम, थर र वतन महलमा पर्ती भन्नेसमेत उल्लेख भई जग्गाधनीको नाम, थर र वतन महलमा खाली जनिएको देखिन्छ । सर्भे नापीका बखतमा जग्गाधनी महलमा पर्ती भन्ने उल्लेख भएको उक्त जग्गामा मिलिसियाका पालादेखि अर्थात् २००८ सालदेखि नै तत्कालीन शाही नेपाली सेनाले लङ्ग रेञ्ज बनाई निरन्तर भोग गरेको भन्ने प्रत्यर्थी नेपाली सेनाको जिकिरलाई वादीले तथ्ययुक्त रूपमा अन्यथा भनी खण्डन गर्न सकेको देखिँदैन । मिसिल संलग्न कागजात हेर्दा, सो जग्गामा २००८ सालदेखि नै नेपाली सेनाले लङ्ग रेञ्ज बनाई आएकोमा दर्ताका लागि मालपोत कार्यालय, कास्कीमा निवेदन परी उक्त पोखरा-११ को कि ।नं । ५३८ कित्ताफोड भई कायमी कि ।नं । ३३४६, ३३४७, ३३४८ समेतका जग्गा मिति २०४६।१०।२५ मा शाही नेपाली सेनाको नाउँमा दर्ता भएको देखिन्छ । उक्त जग्गा मिति २०४९।०९।२० मा भएको श्री ५ को सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार श्री ५ को सरकार, शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप अफ इण्डियाबिच भएको सम्झौताबमोजिम मेडिकल कलेज र अस्पतालको प्रयोगको लागि भनी ४९ वर्षका लागि मिति २०५२।०४।०३ मा सम्झौता भई सोही मुताबिक मणिपाल ग्रुपले संरचना तयार गरी प्रयोगमा लिएको देखिन्छ । यसबाट यी वादीले आफ्नो पिताको नाउँमा दर्ता भई भोग गरिरहेको भनी लिएको जिकिर पुष्टि हुने जस्तै हकभोगको प्रमाण, मालपोतलगायत कुनै तिरोको निस्सा वा बेनिस्सा हकभोग गरी आएको भनी तथ्ययुक्त प्रमाण यी पुनरावेदक वादीले पेस गर्न सकेको देखिँदैन ।
६ । वादीको उक्त जग्गामा भएको दाबी केवल तत्कालीन गण्डकी अञ्चल अदालतको मिति २०३१।०२।२४ मा भएको नक्सा मुचुल्काको न ।नं । ३९ र ४० निजका पिता नित्यानन्द बास्तोला भनी उल्लेख भएको बेहोरालाई स्रोतको रूपमा लिएको देखिन्छ । यसबाट यी पुनरावेदक वादीले आफ्नो साबिकको स्रोत के थियो, आफूहरूले सो जग्गा को सँगबाट खरिद गरी लिएका थिए भन्ने कुरा पनि कहीँकतै खुलाउन सकेको पनि देखिँदैन । यसरी साबिक स्रोत खुलाउन नसकेको, लामो समयदेखि नै सो जग्गामा निवेदकहरूको कुनै पनि किसिमको भोग पनि नरहेको र नापीको फिल्डबुकमा पर्ती जनिएको र नेपाली सेनाले लामो समयदेखि उपभोग गर्दै आइरहेको भन्ने देखिएकोले निज पुनरावेदक वादीको हक थियो भनी अनुमानका भरमा निजको नाउँमा कायम गर्न मिल्ने देखिँदैन । भोग स्वामित्व प्रथम दृष्टिगत प्रमाण हो (पोस्सेस्सन इस् थे पृमा फकिए एविदेन्के ओफ ओव्नेर्शिप्) भन्ने स्वामित्वसम्बन्धी अवधारणा रहिआएको पाइन्छ । निरन्तर भोगाधिकारसम्बन्धी यस अदालतबाट जनार्दन पाण्डेसमेत विरूद्ध नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिंहदरबारसमेत भएको (ने । का । प । २०७६, अङ्क ५, नि नं । १०२७५) मुद्दामा "कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्छ । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्त गरेको हुनुपर्छ । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्छ । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्नुपर्ने" भनी नजिरसमेत स्थापित भएको देखिन्छ । यसप्रकार जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ मा विवेचित कानूनी व्यवस्थाबमोजिम सरकारी जग्गा निर्विवाद रूपमा अटुट भोगको आधारमा नेपाली सेनाका नाउँमा मिति २०४६।१०।२५ मा उक्त जग्गा दर्ता भएको कुरालाई अन्यथा मान्न सकिएन ।
७ । २०३८ सालको दे ।पु ।नं । १८९६ र २०३९ सालको दे ।वि ।नं । १०४ को जग्गा खिचोला मुद्दा वादी विश्वनाथ उपाध्याय र प्रतिवादी टुमनाथ बास्तोलासमेत भएको सोही मुद्दाका वादी प्रतिवादीबिच चलेको देखिन्छ । तत् अवस्थामा नै तत्कालीन शाही नेपाली सेनाको भोग रहेको उक्त जग्गामा तत्कालीन शाही नेपाली सेनालाई प्रतिवादी बनाउन सकेको पनि पाइँदैन । सार्थक सरोकार रहेका पक्षहरूलाई थाहा जानकारी हुँदाहुँदै पनि प्रतिवादीसम्म पनि नबनाई उनाउ व्यक्तिहरूबिच चलेको मुद्दामा सिर्जित वा अभिव्यक्त प्रमाणले तेस्रो पक्ष (थर्ड पार्टी राईट) दखल गर्न सक्ने अवस्था रहँदैन । वादीले दाबीको जग्गाको स्रेस्तामा संवत् १९९१ सालको जाँचमा मोठ नं । ३५२ न । नं । ३९ उपल्लो पाटन भन्ने बिज ॥४ को लगत देखाएको पाइन्छ सो लगतको आधारमा कि ।नं । ५३८ को पूरै जग्गाको दाबी फिरादकर्ताको रहेको देखिन्छ । प्रत्यर्थी सालिकराम आचार्यसमेतले संवत् १९९१ सालको जाँचको मोठ नं । ३४६ विज माना ॥४ को जग्गा हालको कि ।नं । ४७० को भएको भनी प्रतिवाद गरेको देखिन्छ । यी दुवै लगतको स्रोत अवस्था हेर्दा, बिज माना ॥४ भन्ने देखिएकोमा उक्त मुद्दामा प्रत्यर्थीको सोही परिमाणको जग्गा ज ।रो । ३४-१४-३३४ भएको देखिन्छ भने पुनरावेदक वादीले कि ।नं ।५३८ को पूरै जग्गा क्षेत्रफल ८२१४ ।८० वर्गमिटर अर्थात् रो । २४८-४-०१४ क्षेत्रफल जग्गा माग दाबी गरेको पाइन्छ । यसरी दुवै मुद्दामा स्रोत क्षेत्रफल ॥४ भएकोमा पुनरावेदक वादीले दाबी गरेको कि ।नं । ५३८ को पूरै जग्गाको क्षेत्रफल २४८-४-०१४ भई अपत्यारिलो एवम् अस्वाभाविक देखिन आउँछ । त्यस्तै प्रकारले पुनरावेदक वादीको न ।नं । ३९ र न ।नं । ४० को हकमा साबिक कि ।नं । ५३८ मध्ये मालपोत कार्यालय, कास्कीबाट मिति २०५२।०८।१३ मा भएको स्थलगत रेखाङ्कन र मुचुल्काअनुसार न । नं । ३९ र ४० को जग्गा साबिक कि । नं । ५३८ कित्ताफोड भई कायम कि । नं । ३३४६, ३३४७ र ३३४८ रहेकोमा सो जग्गा हाल शाही नेपाली सेनाको नाउँमा कायम रही मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप अफ इण्डियाको भोगमा रहेको देखिन्छ ।
८ । यसप्रकार यी पुनरावेदक वादीले उक्त विवादित जग्गामा आफ्नो साबिकदेखिको हक भोग रहेको भन्ने कुनै मालपोत तिरो तिरेको रसिदलगायत ठोस प्रमाण पुर्याउन सकेको पाइँदैन । उक्त जग्गा नापीको फिल्डबुकमा जोताहाको महलमा ‘‘पर्ती’’ भनी जनिएको, जग्गाधनीको महल खाली रहेको तथा किसानको बेहोरामा पनि ‘‘पर्ती’’ भनी जनिएको देखिन्छ । नापीका समयमा पर्ती जनिएको सरकारी जग्गामा कुनै व्यक्ति विशेषले आफ्नो हक भोग छ भने हकभोग रहेको विश्वसनीय तथा तथ्ययुक्त प्रमाण पेस गर्न नसकेसम्म केवल फिराद र पुनरावेदनपत्रमा जिकिर लिएको भरमा अनुमानका आधारमा मात्र सरकारी जग्गालाई व्यक्तिको नाउँमा दर्ता कायम गर्न मिल्ने हुँदैन । सरकारी तथा सार्वजनिक जग्गाको सम्बन्धमा मालपोत ऐन, २०३४ को दफा २४(१) मा “सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता वा आवाद गर्न, गराउन हुँदैन" भन्दै सोही ऐनको दफा २४(२) मा "कसैले यो दफा प्राररम्भ हुनभन्दा अघि वा पछि कुनै सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने छ । त्यस्तो जग्गाको व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगतसमेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्ने छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्य राज्यको अभिभावकीय सिद्धान्त (डोक्तृने ओफ परेन्स् पतृअए) को विधिशास्त्रीय मान्यतामा आधारित रहेको छ । जसबमोजिम सबै जनताहरूको सम्पत्ति एवं नासोको रूपमा रहेका सडक, सरकारी घर, नदीनाला, जङ्गल, ताल, पोखरी, कुवा, पानी, पँधेरो, गौचर, चिहान, पाटी पौवा, खेल मैदान, पर्ती जग्गालगायतका प्राकृतिक स्रोत साधनहरूको संरक्षकत्वको जिम्मेवारी लिनुपर्दछ । यस्ता सम्पत्तिहरूको सार्वजनिक प्रयोजनको लागि मात्र उपभोगको प्रत्याभूत गराउनुपर्दछ भन्ने मान्यताअनुरूप वादी दाबीमा उल्लिखित सार्वजनिक पर्ती जग्गाको संरक्षण सम्बर्द्धन गर्नु राज्यको दायित्व भएकोले सोही आधारमा तत्कालीन ८ नं । नापी गोश्वाराबाट मिति २०६२।३।१० मा निर्णय भएको देखिन्छ ।
९ । यसरी पुनरावेदक वादीले उल्लेख गरेको लगतको आधारमा निजको हक प्रमाण नपुगेको सम्बन्धमा मिति २०४०।२।८ को सर्वोच्च अदालतको फैसलाबाट नै स्पष्ट भएको देखिन आउँछ । प्रत्यर्थी नेपाली सेना फुलबारी ब्यारेक श्री देवीदत्त गण साबिक न ।नं । ३९ र ४० उल्लेख भएको नक्सा मुचुल्कामा प्रतिवादी पनि नभएको र नाप नक्सा सर्जमिनमा साक्षीसम्म नभएको नाप नक्सालाई खम्बिर प्रमाण मानी वादीको फिराद दाबी तेस्रो पक्ष (थर्ड पार्टी) का लागि ग्रहणयोग्य प्रमाण मान्न सकिने देखिँदैन । कुनै सम्पत्ति व्यक्तिगत कायम हुन सो सम्पत्तिको साबिक स्रोत स्पष्टसँग खुल्नुपर्छ । सो सम्पत्ति क्रेताले कानूनबमोजिम प्राप्त गरेको हुनुपर्छ । प्राप्त गरेको सो सम्पत्तिमा धनीको निरन्तर रूपमा भोग रहेको हुनुपर्छ । तर यदि उक्त सम्पत्तिको स्रोत नै स्पष्ट छैन, सो सम्पत्तिमा धनीको कुनै किसिमको भोग पनि छैन र लामो समयदेखि सो सम्पत्ति सार्वजनिक उपभोगमा कायम रहिरहेको स्थिति छ भने सो सम्पत्ति व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक प्रकृतिको सरकारी सम्पत्ति नै भएको मान्नुपर्ने हुन्छ । नापीका समयमा पर्ती जनिएकोमा उक्त पर्ती जनिएका उपर यी पुनरावेदक वादीले कुनै उजुर गरी आफ्नो भन्ने प्रमाण पेस गरी आफ्नो नाउँमा दर्ता कायम गर्न नसकेको प्रस्तुत विवादको जग्गामा २००८ सालदेखि तत्कालीन शाही नेपाली सेनाले लामो अवधिसम्म अटुटरूपमा भोग गरेको भोगाधिकारका आधारमा समेत नेपाली सेनाको नाउँमा दर्ता हुन आएको र उक्त दर्ता कानूनसङ्गत नै देखिन आयो ।
१० । तसर्थ, अञ्चल अदालतबाट मिति २०३१।०२।२४ मा भएको नक्साको न ।नं । ३९ र ४० को जग्गा श्री सर्वोच्च अदालतबाट वादीको हक र दर्ता कायम हुने ठहर्याई मिति २०४०।०२।०८ गते फैसला भएकोमा सोही न ।नं । ३९ र ४० को जग्गा नै प्रस्तुत मुद्दाको सन्दर्भमा कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको नक्साको न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ भई उक्त न ।नं । का जग्गामा वादीको हक कायम हुने ठहरेकोले ती न ।नं । का जग्गा नेपाली सेनाको नाउँमा भएको दर्तासमेत बदर हुने भनी पुनरावेदन अदालत पोखराबाट मिति २०६७।११।१५ मा भएको फैसला मिलेको हुँदा सो हदसम्म सदर हुने र उपर्युक्तानुसार उक्त न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ का जग्गामा नेपाली सेनाको दर्ता बदर भई वादीको हक कायम हुनेसमेत ठहरेकोले सो जग्गामा वादीको भोगाधिकार लामो समयसम्म नरहेकोले सो जग्गामा वादीले चलनसमेत चलाइपाउँ भन्ने दाबी ठहर्दैन भन्ने पुनरावेदन अदालत पोखराको फैसला भने सो हदसम्म नमिलेको हुँदा सो उल्टी भई ती न ।नं । १७, १८, १९, २०, २१, २२, २३ र २४ का जग्गामा रहेको हेलिप्याड, बसपार्क, टेक्सी पार्क र पार्कसमेतलाई अन्यत्र स्थानान्तरण गरी उक्त जग्गामा निर्विवाद रूपले वादीले चलनसमेत चलाइपाउने भन्ने संयुक्त इजलासका माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी । को रायका साथै वादीको पुनरावेदन जिकिर र निजको तर्फबाट बहस पैरवी गर्नु हुने कानून व्यवसायीहरूको बहस जिकिरसँग समेत सहमत हुन सकिएन ।
११ । अतः उल्लिखित आधार, कारण, कानूनी व्यवस्थासमेतबाट पुनरावेदक वादी टुमनाथ बास्तोलाको दाबीको जग्गाको स्रोत केही उल्लेख गर्न नसकेको, भोगको अवस्था नै नदेखिएको, सो जग्गा २००८ सालदेखि नै निरन्तर रूपमा नेपाली सेनाको भोगमा भई नापी बखत सार्वजनिक निकायको रूपमा रहेको नेपाली सेनाका नाममा दर्ता हुन आएको, वादीको लगत स्रोतको क्षेत्रफल एवम् चार किल्ला मिल्न भिड्न नआएको, वादीले उल्लेख गरेको न ।नं । ३९ र ४० को नाप नक्सा मुचुल्कामा जग्गा भोग दर्ता नेपाली सेना साक्षी नबसेको एवम् प्रतिवादी नभएको, वादीको दाबी अस्पष्ट हुनुका साथै अकाट्य र वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन नआएको, सोही विवादको जग्गाबाटै नेपाल सरकारले मणिपाल कलेज अफ साइन्स र मणिपाल अस्पताललाई ४९ वर्षको लिजमा दिई भोग गरिरहेको समेतका प्रमाणका आधारमा फिराद दाबी पुग्न नसक्ने भनी कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा फैसला भएकोमा सो फैसला केही उल्टी गरी मिति २०६५।०६।१० मा भएको नाप नक्साअनुसारको हाल मणिपाल शिक्षण अस्पतालले उपभोग गर्दै आएको न ।नं । १७, १८, १९, २०, २१, २२ र २३ का जग्गामा वादीको हक कायम हुने भनी ठहर गरेको हदसम्मको तत्कालीन पुनरावेदन अदालत पोखराको मिति २०६७।११।१५ को फैसला मिलेको नदेखिँदा सो हदसम्म बदर भई वादी दाबी पुग्न नसक्ने गरी सुरू कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको फैसला सदर हुने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश डा । श्री कुमार चुडालको राय मिलेको देखिँदा उक्त राय सदर हुने ठहर्छ । वादी टुमनाथ बास्तोलाको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम तत्कालीन पुनरावेदन अदालत पोखराको फैसला उल्टी भई वादी दाबी पुग्न नसक्ने गरी सुरू कास्की जिल्ला अदालतबाट मिति २०६५।१२।०५ मा भएको फैसला सदर हुने ठहर गरी फैसला भएकोले वादीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा मिति २०६८।०९।२१ मा र ।नं । १६०२० मार्फत राखेको कोर्ट फी रू ।१,६०,०३३।– जफत हुने हुँदा केही गर्नुपरेन । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । ।१
सरोकारवालाले फैसलाको प्रतिलिपि माग गर्न आएमा नियमानुसार गरिदिनू । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । । ।२
प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गर्नू । । । । । । । । । ।३
प्रस्तुत मुद्दा दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू । । । । । । । । ।४
उक्त रायमा हामी सहमत छौं ।
का ।मु ।प्र ।न्या ।हरिकृष्ण कार्की
न्या ।ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत: नबिन आचार्य
इति संवत् २०७९ फागुन १८ गते रोज ५ शुभम् ।