शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३५९ - प्रतिलिपि अधिकार उल्लङ्घन

भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १०

सर्वोच्च अदालत‚ संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०८०।२।२८

 

मुद्दा: प्रतिलिपि अधिकार उल्लङ्घन

 

०७२-CR-१७६३

पुनरावेदक  प्रतिवादी : नन्दराज भट्टराईको छोरा जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं ।१० घर भई हाल जिल्ला ललितपुर इमाडोल गाउँ विकास समिति वडा नं । ८ बस्ने गोपाल कृष्ण भट्टराईसमेत

विरूद्ध

प्रत्यर्थी  वादी : तनहुँ जिल्ला रूपाकोट गाउँ विकास समिति वडा नं । ३ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं । १० बानेश्वर बस्ने पुष्कर जोशीसमेतको जाहेरीले नेपाल सरकार

 

०७२-CR-१७७०

पुनरावेदक  प्रतिवादी : टेकबहादुर शाहको छोरा जिल्ला अर्घाखाँची डिभर्ना गाउँ विकास समिति वडा नं । ५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं । ३३ मैतिदेवी बस्ने भोजबहादुर शाहसमेत

विरूद्ध

प्रत्यर्थी  वादी : तनहुँ जिल्ला रूपाकोट गाउँ विकास समिति वडा नं ।३ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ।१० बानेश्वर बस्ने पुष्कर जोशीसमेतको जाहेरीले नेपाल सरकार

रचयिताको रचना रचयिताको प्रतिबिम्ब हुने । राष्ट्रिय र अन्तर्राष्ट्रिय  कानूनले नै रचयिताको आर्थिक र नैतिक अधिकारको ग्यारेन्टी गरेको देखिने । रचयिताको आर्थिक अधिकार कायम नरहनु र नैतिक अधिकार कायम रहनु दुई फरक विषय हुने । आर्थिक अधिकार हस्तान्तरण भए तापनि रचयिताको कामको जन्मदाता (पातेर्निती  मतेर्निती) को हैसियतले निजको नैतिक अधिकार निजमा नै रहिरहने । प्रतिलिपि अधिकारमा नैतिक अधिकार प्राप्त व्यक्तिको हैसियतले निजको व्यक्तित्व र मर्यादाको अधिकारसमेत रहने । यस अधिकारभित्र रचयिताको उत्पादन  सिर्जनाको अनैतिक प्रयोग वा दुरूपयोगबाट संरक्षणको अधिकारसमेत पर्ने । नैतिक अधिकार स्वाभाविक रूपमा नैतिक प्रकृतिको हुने । जब कुनै नैतिक गल्ती हुन्छ, त्यसको उपचार दण्डात्मक उपायहरूमा नभई नैतिक सुधार  (मोरल रेफोर्म्) र पुनर्स्थापना (रेस्टओरसन) मा हुने ।

(प्रकरण नं ।११)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री सुरेन्द्रकुमार खड्का र श्री कमलेश सुवेदी 

वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी तथा विद्वान् अधिवक्ता श्री राजकुमार सुवाल 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

प्रतिलिपि अधिकार ऐन, २०५९

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री भोजराज अधिकारी

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या ।सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन‚२०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परी सोही ऐनको दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- 

संक्षिप्त तथ्य

हामी जाहेरवालाहरू लेखक भई रचना गरेको ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२ नामक पुस्तकको ले-आउट डिजाइन विनेश चौधरी, रचना चित्र, उमेश अधिकारी, पाण्डुलिपि न्यू नेपाल पब्लिकेशन प्रा ।लि ।का मनोज सत्याललाई सो किताबको प्रकाशन, बिक्री वितरण गर्ने आर्थिक अधिकार मिति २०६७।६।२५ मा बिक्री गरेका थियौं, जुन पाण्डुलिपि २००९ मा न्यु नेपाल पब्लिकेसन प्रा । लि । ले प्रकाशित गरी बिक्री वितरण भई आएको अवस्थामा उक्त किताबमा मैले आफ्नो मौलिक शैक्षिक रचना, अङ्ग्रेजी व्याकरण विषयवस्तु रचनासमेत लेखी प्रकाशित भएकोमा स्ट्यान्डर्ड पब्लिसर एन्ड डिस्ट्रिब्युटर प्रा ।लि । एवं प्रतिवादी सम्झना पोखरेलसमेतले हामी जाहेरवालाहरूसँग निहित प्रतिलिपि अधिकार अनुमति नलिई अनधिकृत रूपमा रचना, किताबको नक्कल चोरी गरेर तोडमोड एवं केही अंश थपघट गर्नुको साथै प्रेफके समेत केही फरक पारी लेखकहरूमा टिका लामिछाने र सम्झना पोखरेल, गोपाल कृष्ण भट्टराई, कालीप्रसाद पोखरेल र डोरा लामाको नाम उल्लेख गरी सन् २०११ मा हाम्रो किताबसँग हुबहु मिल्ने स्ट्यान्डर्ड ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२ प्रकाशन एवं बिक्री वितरण गरी प्रतिलिपि अधिकारको उल्लङ्घन गर्नुको साथै रू ।८,००,०००।- हानि नोक्सानी पुर्‍याएको हुँदा निजहरूउपर कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पुष्कर जोशीसमेतको मिति २०६८।३।२६ को ४ थान जाहेरी दरखास्त ।

स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।का सञ्चालक संस्थापकहरूमा भोजबहादुर शाह, लक्ष्यबहादुर के ।सी ।, टुकराम ढकाल, शेरबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, मोहनबहादुर श्रेष्ठ र नवराज महतसमेत रहेको भन्नेसमेत बेहोराको कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौंको मिति २०६८।४।१२ को पत्र ।

प्रतिलिपि अधिकार उल्लङ्घन मुद्दाको अनुसन्धानको सिलसिलामा सम्झना पोखरेल, कालीप्रसाद पोखरेल र गोपालकृष्ण भट्टराईलाई पक्राउ गरी दाखिला गरेको भन्नेसमेत बेहोराको मिति २०६८।४।१९ को प्रहरी प्रतिवेदन ।

मसमेतका व्यक्तिहरूलाई स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले मिति २०६७।८।२६ गते सञ्जय सत्याल र पब्लिसर्सबिच भएको प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धीको बुँदा नं । ६ अनुसार यस प्रकाशनले प्रकाशन गरेको पाठ्यपुस्तक परिमार्जनको अधिकार प्रयोग गरी शुभराज रानाभाट, पुष्कर जोशी र कुमारबहादुर राईले लेख्नुभएको इङ्गलिस ग्रामर पुस्तकलाई पाठ्यक्रमअनुसार समयसापेक्ष परिमार्जन गर्ने गरी मसमेतलाई दैनिक रू ।१,०००।- पारिश्रमिक उपलब्ध गराउने लिखित पत्रको आधारमा कक्षा १, २, ३, ४ र ५ को इङ्लिस ग्रामर विषय परिमार्जन गरी पब्लिसरमा बुझाएका हौं । उक्त पुस्तकहरूमा केही परिवर्तन गरी समयसापेक्ष बनाइएको हो । सो कार्य गरेबापत मैले रू ।११,०००।- पारिश्रमिक पाएको छु । उक्त बुकहरूमा वृत्तेन्, रिभ्युएद अन्द एडिटएद ब्य भन्ने ठाउँमा मसमेतको नाम लेखिएको सम्बन्धमा थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी गोपालकृष्ण भट्टराईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६८।४।२० को बयान कागज ।

मसमेतका व्यक्तिहरूलाई स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले मिति २०६७।०८।२६ गते सञ्जय सत्याल र पब्लिसर्सबिच भएको प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धीको बुँदा नं । ६ अनुसार यस प्रकाशनले प्रकाशन गरेको पाठ्यपुस्तक परिमार्जनको अधिकार प्रयोग गरी शुभराज रानाभाट, पुष्कर जोशी र कुमारबहादुर राईले लेख्नुभएको इङ्लिस ग्रामर पुस्तकलाई पाठ्यक्रमअनुसार समयसापेक्ष परिमार्जन गर्ने गरी मसमेतलाई दैनिक रू । १,०००।- पारिश्रमिक उपलब्ध गराउने लिखित पत्रको आधारमा कक्षा १, २, ३, ४ र ५ को इङ्लिस ग्रामर विषयको किताब परिमार्जन गरी पब्लिसरमा बुझाएका हौं । उक्त पुस्तकहरूमा केही परिवर्तन गरी समयसापेक्ष बनाइएको हो । सो कार्य गरेबापत मैले रू । १३,०००।- पारिश्रमिक पाएको छु । उक्त बुकहरूमा वृत्तेन्, रिभ्युएद अन्द एडिटएद ब्य भन्ने ठाउँमा मसमेतको नाम लेखिएको सम्बन्धमा थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी कालीप्रसाद पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६८।४।२० को बयान ।

मसमेतका व्यक्तिहरूलाई स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले मिति २०६७।८।२६ गते सञ्जय सत्याल र पब्लिसरबिच भएको प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धीको बुँदा नं । ६ अनुसार यस प्रकाशनले प्रकाशन गरेको पाठ्यपुस्तक परिमार्जनको अधिकार प्रयोग गरी शुभराज रानाभाट, पुष्कर जोशी र कुमारबहादुर राईले लेख्नुभएको इङ्लिस ग्रामर पुस्तकलाई पाठ्यक्रमअनुसार समय सापेक्ष परिमार्जन गर्ने गरी मसमेतलाई दैनिक रू ।१,०००।- पारिश्रमिक उपलब्ध गराउने लिखित पत्रको आधारमा कक्षा १, २, ३, ४ र ५ को इङ्लिस ग्रामर विषय परिमार्जन गरी पब्लिसरमा बुझाएका हौं । उक्त पुस्तकहरूमा केही परिवर्तन गरी समयसापेक्ष बनाइएको हो । सो कार्य गरेबापत मैले रू । १३,०००।- पारिश्रमिक पाएको छु । उक्त बुकहरूमा वृत्तेन्, रिभ्युएद अन्द एडिटएद ब्य भन्ने ठाउँमा मसमेतको नाम लेखिएको सम्बन्धमा थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी सम्झना पोखरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको मिति २०६८।४।२० को बयान ।

प्रस्तुत मुद्दाको अनुसन्धानको सिलसिलामा सङ्कलित मिसिल संलग्न पुष्कर जोशीसमेतको ४ थान जाहेरी दरखास्त, कम्पनी रजिस्ट्रारको कार्यालयको पत्र, पक्राउमा परेका प्रतिवादीहरू सम्झना पोखरेल, कालीप्रसाद पोखरेल र गोपाल कृष्ण भट्टराईको बयान कागजसमेतका कागजात एवं जाहेरी दरखास्तसाथ प्राप्त किताबहरूसमेतको आधार प्रमाणहरूबाट प्रतिवादी सम्झना पोखरेल, कालीप्रसाद पोखरेल, गोपाल कृष्ण भट्टराई, टिका लामिछाने, डोरा लामा, भोजबहादुर शाह, लक्ष्यबहादुर के ।सी ।, टुकराम ढकाल, शेरबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, नवराज महत र सञ्जय सत्यालसमेतले प्रतिलिपि अधिकार धनी जाहेरवाला पुष्कर जोशीसमेतमा निहित प्रतिलिपि अधिकार उल्लङ्घन गरी रिभ्यु अन्द एडिट गरी गर्न लगाई स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले प्रकाशन एवं बिक्री वितरणसमेत गरी प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को उपदफा (१) को देहाय (क) र (ग) विपरीतको कसुर अपराधको उल्लङ्घन गर्नुको साथै उक्त स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले प्रकाशन एवं बिक्रीसमेत गरी रू ।८,००,०००।- बराबरको क्षति पुर्‍याएकोले प्रतिवादीहरू सम्झना पोखरेल, कालीप्रसाद पोखरेल, गोपाल कृष्ण भट्टराई, भोजबहादुर शाह, लक्ष्यबहादुर के ।सी ।, टुकराम ढकाल, शेरबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, नवराज महत र सञ्जय सत्याललाई प्रतिलिपि अधिकार ऐन, २०५९ को २५ को उपदफा (१) को देहाय (क) र (ग) को कसुर अपराधमा सोही ऐनको दफा २७ को उपदफा (१) बमोजिम सजाय गरी प्रतिवादीहरूले गरेको आपराधिक कार्यबाट जाहेरवालालाई पुग्न गएको क्षति रू ।८,००,०००।- सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम जाहेरवालालाई प्रतिवादीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।

स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले प्रतिदिन रू ।१,०००।- दरले रकम दिने गरी ३ हप्ताको समयभित्रमा किताबहरूमा भएको त्रुटि सच्याउनको लागि र करिकुलमअनुसार छ, छैन भनी परिमार्जन गर्ने र कुन अभ्यास थपघट गर्नुपर्ने भए सोसमेत गरिदिने भनी मेरो नाममा पत्र आएको र मैले अङ्ग्रेजीमा एमफिल गरेको हुँदा मैले पब्लिसरको पत्रसमेतका अडिटरहरूले पुस्तकहरूको अडिट गरी पुस्तकहरूलाई समयसापेक्ष परिमार्जित गरिदिएको हो । मसमेतले परिमार्जित गरेको अङ्ग्रेजी पुस्तकको किताब पहिले कुन लेखकले लेखेका थिए भन्ने विषयमा थाहा थिएन । मैले कुनै प्रतिलिपि अधिकार ऐनको उल्लङ्घन नगरेको हुँदा ममाथि लगाएको आरोप झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी सम्झना पोखरेलको सुरू अदालतमा गरेको बयान ।

परिमार्जन गरेको पुस्तकमा प्रकाशित गर्ने भनी मेरो नाम मैले राख्न लगाएको होइन । कसले प्रकाशित गरे मलाई थाहा भएन । मैले प्रकाशित नगरेको हुँदा ममाथि लगाएको आरोप झुठ्ठा हो । एक पुस्तकको परिमार्जितसम्म गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी कालीप्रसाद पोखरेलले सुरू अदालतमा गरेको बयान ।

म शिक्षण पेसामा काम गर्ने भएको र अङ्ग्रेजी विषयमा ज्ञान भएकोले स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर्सले हामीले न्यू नेपाल पब्लिकेसनबाट प्रतिलिपि अधिकारसमेत खरिद गरेकाले पुस्तकमा सामान्य त्रुटि सच्याई दिनुपर्‍यो भनी मलाई पत्र पठाएको हुँदा प्रतिदिन रू ।१,०००।- का दरले पारिश्रमिक लिने गरी मसमेतले पुस्तकमा भएका सामान्य त्रुटि शुद्धसम्म हेरी परिमार्जित गरिदिएका हौं । पुस्तकमा मसमेत लेखकमा नाम राख्ने भनेको होइन र मैले कुनै प्रतिलिपि अधिकार उल्लङ्घन नगरेको हुँदा ममाथि लगाएको अभियोग दाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी गोपाल कृष्ण भट्टराईले सुरू अदालतमा गरेको बयान ।

हामीले सञ्जय सत्यालमार्फत आर्थिक अधिकार सम्पूर्ण प्रतिलिपिसम्बन्धी अधिकारसमेत खरिद गरेका हौं । स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुसन प्व्त । ल्त्द । ले त्यस पुस्तकमा रहेको त्रुटिहरूलाई समयसापेक्ष संशोधन गर्ने क्रममा कर्मचारीबाट उक्त लेखकको नाम प्राविधिक त्रुटि भई समावेश नभई पाठ्यपुस्तक प्रकाशित भइसकेपछि राष्ट्रियस्तरको दैनिक पत्रिकामा क्षमा याचनासहित सूचना प्रकाशित गरेकोसमेतका कारणले जाहेरवालाको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको होइन । कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रमेशबहादुर कटुवालले सुरू अदालतमा गरेको बयान ।

मउपरको जाहेरी बेहोरा सुनेँ, हेरेँ । उक्त जाहेरी बेहोरा सत्य होइन किनकि सो पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सर्वप्रथमतः जाहेरवालाले सञ्जय सत्याललाई बिक्री गर्नुभएको र उक्त सञ्जय सत्यालबाट स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । ले ती पुस्तकहरूको आर्थिकसहितको प्रतिलिपि अधिकार खरिद गरेर ती पुस्तकहरूमा रहेका सामान्य त्रुटिहरू सच्याउनको लागि सम्बन्धित विज्ञहरूलाई हाम्रो पब्लिकेसनले जिम्मा दिई विज्ञहरूको सुझाव सङ्कलन गरी ती पुस्तकहरू प्रकाशित गर्दा भुलवश जाहेरवालाहरूको नाम छुट्न गएको हुँदा हामीहरूले तुरून्त त्यसको भुल सुधार गरी नागरिक दैनिक पत्रिकामा प्रकाशित गरी बजारमा वितरित पुस्तकहरूसमेत झिकाई संशोधन गरेका हौं । मसमेतले वहाँहरूले भनेजस्तो प्रतिलिपि अधिकारको उल्लङ्घन गरेका होइनौं । हामीहरूले भुल सुधार गर्दागर्दै वहाँहरूले किन जाहेरी दिनुभयो थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी महेन्द्रप्रसाद शर्माले सुरू अदालतमा गरेको बयान ।

मउपरको जाहेरी बेहोरा सुनेँ, हेरेँ । उक्त जाहेरी बेहोरा सत्य होइन । सो पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सर्वप्रथमतः जाहेरवालाले सञ्जय सत्याललाई बिक्री गर्नुभएको र उक्त सञ्जय सत्यालबाट स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । ले ती पुस्तकहरूको आर्थिकसहितको प्रतिलिपि अधिकार खरिद गरेर ती पुस्तकहरूमा रहेका सामान्य त्रुटिहरू सच्याउनको लागि सम्बन्धित विज्ञहरूलाई हाम्रो पब्लिकेसनले जिम्मा दिई विज्ञहरूको सुझाव सङ्कलन गरी ती पुस्तकहरू प्रकाशित गर्दा भुलवश जाहेरवालाहरूको नाम छुट्न गएको हुँदा हामीहरूले तुरून्त त्यसको भुल सुधार गरी नागरिक दैनिक पत्रिकामा प्रकाशित गरी बजारमा वितरित पुस्तकहरूसमेत झिकाई संशोधन गरेका हौं । मसमेतले वहाँहरूले भनेजस्तो प्रतिलिपि अधिकारको उल्लङ्घन गरेका होइनौं । हामीहरूले भुल सुधार गर्दागर्दै वहाँहरूले किन जाहेरी दिनुभयो भन्नेसमेत बेहोराको प्रतिवादी भोजबहादुर शाहले सुरू अदालतमा गरेको बयान ।

मउपरको जाहेरी बेहोरा सुनेँ, हेरेँ । उक्त जाहेरी बेहोरा सत्य होइन किनकि मैले प्रत्यक्षतः जाहेरवालाहरूलाई चिन्दिन । मैले उजुरीपश्चात् बुझेअनुसार जाहेरवालाहरूले पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्याललाई बिक्री गर्नुभएको रहेछ । सञ्जय सत्यालबाट मसमेतले सञ्चालन गरेको स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । ले सो पुस्तकको आर्थिक तथा प्रतिलिपि अधिकार खरिद गरेपनि ती पुस्तकहरूमा रहेका सामान्य त्रुटिहरू करेक्सन गर्न विज्ञहरूलाई लगाई विज्ञहरूको सुझाव मुताबिक सच्याई पुस्तकहरू बजारमा पठाएकोमा लेखकहरूको नाम भुलवश छुट्न गई अन्यथा हुन गएकोमा सोलाई सुधार गरी नागरिक दैनिक पत्रिकामा प्रकाशित गरी बजारबाट पुस्तक खिची जाहेरवालाहरूको नाम समावेश गरेर पुनः पुस्तकहरू प्रकाशन गरेका हौं । मसमेतले जाहेरवालाको प्रतिलिपि अधिकारको उल्लङ्घन गरेका होइनौं र सो गर्ने मनसाय पनि होइन । सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी गोपालप्रसाद आचार्यले सुरू अदालतमा गरेको बयान ।

उक्त जाहेरी बेहोरा झुठ्ठा हो, किनकि जाहेरी बेहोरा लेखिएअनुसारको प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । जाहेरवालाहरूबाट उक्त पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्यालले खरिद गर्नुभएको र वहाँले सो अधिकार स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । लाई बिक्री गर्नुभएको हो । सोहीबमोजिम हाम्रो प्रकाशनले ती पुस्तकहरूको सामान्य त्रुटिहरू विज्ञहरूबाट सुधार गर्न लगाई बजारमा बिक्रीका लागि पठाउँदा लेखक जाहेरवालाहरूको नाम भुलवश छुट्न गएछ । सो थाहा भएपछि नागरिक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भुल सुधार गरिएको र पुस्तकहरूमा वहाँहरूको नाम लेख्न छाप्न लगाएको हो । जाहेरवालाहरूलाई अवमूल्यन गर्ने कार्य हामीहरूबाट भएको होइन । वहाँहरूले किन उजुरी गर्नुभयो त्यो मलाई थाहा भएन । सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी टुकाराम ढकालले सुरू अदालतमा गरेको बयान ।

मउपरको जाहेरी बेहोरा सुनेँ । सो जाहेरीहरू झुट्टा हुन् किनकि जाहेरी बेहोरामा लेखिएअनुसारको प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । जाहेरवालाहरूबाट उक्त पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्यालले खरिद गर्नुभएको र वहाँले सो अधिकार स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । लाई बिक्री गर्नुभएको हो । सोहीबमोजिम हाम्रो प्रकाशनले ती पुस्तकहरूको सामान्य त्रुटिहरू विज्ञहरूबाट सुधार गर्न लगाई बजारमा बिक्रीका लागि पठाउँदा लेखक जाहेरवालाहरूको नाम भुलवश छुट्न गएछ । सो थाहा भएपछि नागरिक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भुल सुधार गरिएको र पुस्तकहरूमा वहाँहरूको नाम लेख्न छाप्न लगाएको हो । जाहेरवालाहरूलाई अवमूल्यन गर्ने कार्य हामीहरूबाट भएको होइन । वहाँहरूले किन उजुरी गर्नुभयो त्यो मलाई थाहा भएन । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्यबहादुर के ।सी ।ले सुरू अदालतमा गरेको बयान ।

जाहेरी बेहोरा सुनें, उक्त जाहेरी बेहोरा झुठ्ठा हो किनकि जाहेरीमा उल्लिखित प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । जाहेरवालाहरूबाट उक्त पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्याललाई प्रदान गर्नुभएको र सञ्जय सत्यालबाट कानूनबमोजिम सम्झौता गरी प्रतिलिपि अधिकारप्राप्त गरी हाम्रो प्रकाशनले ती पुस्तकहरूको सामान्य त्रुटिहरू विज्ञहरूबाट सुधार गर्न लगाई बजारमा बिक्री गर्न पठाएकोमा भुलवश लेखक जाहेरवालाहरूको नाम समावेश नहुन गएको रहेछ । सो थाहा भएपछि नागरिक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी भुल सुधार गरिएको र पुस्तकहरूमा वहाँहरूको नाम लेख्न छाप्न लगाएका हौं । जाहेरवालाहरूलाई अवमूल्यन गर्ने कार्य हाम्रो प्रकाशन तथा मसमेतले गरेका होइनौं भन्नेसमेत बेहोराको प्रतिवादी मोहनबहादुर श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।

जाहेरी बेहोरा सुनें, उक्त जाहेरी बेहोरा झुठ्ठा हो किनकि जाहेरीमा उल्लिखित प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । जाहेरवालाहरूबाट उक्त पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्याललाई प्रदान गर्नुभएको र सञ्जय सत्यालबाट कानूनबमोजिम सम्झौता गरी प्रतिलिपि अधिकार प्राप्त गरी हाम्रो प्रकाशनले ती पुस्तकहरूको सामान्य त्रुटिहरू विज्ञहरूबाट सुधार गर्न लगाई बजारमा बिक्री गर्न पठाएकोमा भुलवश लेखक जाहेरवालाहरूको नाम समावेश नहुन गएको रहेछ । सो थाहा भएपछि नागरिक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भुल सुधार गरिएको र पुस्तकहरूमा वहाँहरूको नाम लेख्न छाप्न लगाएका हौं । जाहेरवालाहरूलाई अवमूल्यन गर्ने कार्य हाम्रो प्रकाशन तथा मसमेतले गरेका होइनौं भन्नेसमेत बेहोराको प्रतिवादी शिव कार्कीले सुरू अदालतमा गरेको बयान ।

मउपरको अभियोग सुनेँ, उक्त अभियोग झुठ्ठा हो किनकि मैलेसमेत प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । जाहेरवालाहरूबाट उक्त पुस्तकहरूको आर्थिक तथा प्रतिलिपि अधिकार सञ्जय सत्याललाई प्रदान गर्नुभएको र सञ्जय सत्यालबाट कानूनबमोजिम सम्झौता गरी प्रतिलिपि अधिकारप्राप्त गरी हाम्रो प्रकाशनले ती पुस्तकहरूको सामान्य त्रुटिहरू विज्ञहरूबाट सुधार गर्न लगाई बजारमा बिक्री गर्न पठाएकोमा भुलवश लेखक जाहेरवालाहरूको नाम समावेश नहुन गएको रहेछ । सो थाहा भएपछि नागरिक दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भुल सुधार गरिएको र पुस्तकहरूमा वहाँहरूको नाम लेख्न छाप्न लगाएका हौं । जाहेरवालाहरूलाई अवमूल्यन गर्ने कार्य हाम्रो प्रकाशन तथा मसमेतले गरेका होइनौं भन्नेसमेत बेहोराको प्रतिवादी नवराज महतले सुरू अदालतमा गरेको बयान ।

मउपरको अभियोग सुनेँ, उक्त अभियोग मेरो हकमा झुठ्ठा हो । मैले जाहेरवालाहरूको प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको छैन । मैले जाहेरवालाहरूसँग सम्झौता गरेर नै प्रतिलिपि अधिकार खरिद गरेकोमा सो सम्झौतापत्रको अधिकार क्षेत्रभित्र नै रहेर स्ट्यान्डर्ड पुब्लिशेर अन्द दिस्तृबुसन प्व्त । ल्त्द । लाई बिक्री गरेको हुँ । मैले कसुर नगरेको हुँदा मलाई अभियोग माग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सञ्जय सत्यालले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी भोजराजका साक्षी चेत पोखरेल, प्रतिवादी सम्झना पोखरेलका साक्षी खगेन्द्र ढकाल, प्रतिवादी सञ्जय सत्यालका साक्षी खेमलाल पोखरेल र प्रतिवादी गोपाल कृष्ण भट्टराईका साक्षी नुतनदेव कृष्ण भट्टराईले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

प्रतिलिपि अधिकार मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर गरेको प्रमाणित भएको नदेखिँदा प्रतिवादीहरूले अभियोग माग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।५।१९ को फैसला ।

जाहेरी तथा अभियोग माग दाबीमा विपक्षी प्रतिवादीहरूले जाहेरवाला लेखकद्वयबाट परिमार्जन गराउनुपर्ने पुस्तकमा करारको सर्तबमोजिम परिमार्जन पनि नगराएको र सो गर्न अनुमति पनि नलिएको अवस्था प्रमाणित भइरहेको छ । उक्त तथ्य यिनै जाहेरवाला वादी र प्रतिवादीमध्येका सञ्जय सत्यालसमेत प्रतिवादी रहेको करारको यथावत परिपालना मुद्दामा वादी दाबीबमोजिम उल्लिखित पुस्तकहरू जाहेरवाला वादीहरूबाट परिमार्जन गराई मात्र प्रकाशन तथा बिक्री वितरण गर्न पाउने र उल्लिखित प्रक्रिया पूरा नगरेको, जाहेरवाला लेखकहरूको नाम समावेश नभएको पुस्तकहरू बिक्री वितरण रोकी जफत हुने गरी मिति २०६९।०५।१९ मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोबाट विपक्षीहरूबाट प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ७ तथा दफा ८ को उल्लङ्घन गरी कसुर गरेको प्रस्ट हुँदाहुँदै प्रतिवादीहरूलाई सफाइ दिने गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म बदर गरी सुरू अभियोग मागदाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस भएको वादी नेपाल सरकारको मिति २०७०।३।१९ को पुनरावेदनपत्र ।

यसमा ग्रम्मर फोर कोम्मुनिकसनस् का लेखक जाहेरवाला पुष्कर जोशीसमेतका व्यक्ति भएको र पुस्तकका लेखकले आफ्नो प्रतिलिपि अधिकारमध्येको आर्थिक अधिकार केही सर्तसहित प्रतिवादी सञ्जय सत्याललाई हस्तान्तरण गरेको देखियो । जाहेरवाला र सञ्जय सत्यालको बिचमा २०६७।६।२५ मा सम्पन्न करारनामाको सर्त नं । ५ मा ग्रम्मर फोर कोम्मुनिकसनस् को पुस्तक परिमार्जन गरी सम्पादन गर्नु पर्दा त्यसरी परिमार्जन र सम्पादन गर्ने कार्य लेखकबाट गराउनुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्थाको प्रतिकूल हुने गरी स्ट्यान्डर्ड ग्रम्मर फोर कोम्मुनिकसनस् का पुस्तकहरू प्रकाशन गरी लेखकको प्रतिलिपि अधिकार उल्लङ्घन भएको स्थितिमा प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला समग्र प्रमाण मूल्याङ्कनका आधारमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं । तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई हाजिर भए वा अवधि व्यतीत भएपछि नियमानुसार गरी लगाउका मुद्दाहरूसमेत साथै राखी पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७०।८।११ को आदेश ।

मिसिल संलग्न तथ्य र प्रमाणको विवेचनाबाट उल्लिखित पुस्तकहरूका रचयिता, लेखकहरूको प्रतिलिपि अधिकार ऐन, २०५९ द्वारा प्रदत्त नैतिक अधिकारको उल्लङ्घन हुने गरी पुस्तकहरूको परिमार्जन गरी निजहरूको उक्त पुस्तकहरूबाट नाम हटाई निजहरूको सट्टा अर्कै नाम राखी प्रकाशन गर्ने गराउने कार्यमा प्रतिवादीहरूको संलग्न रहेको देखिँदा काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।५।१९ मा वादी दाबी नपुग्ने ठहर्‍याई भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को उपदफा (१) को देहाय (क) र (ग) को कसुरमा सोही ऐनको दफा २७ को उपदफा (१) बमोजिम प्रतिवादी सञ्जय सत्याल, लक्ष्यबहादुर के ।सी ।, भोजबहादुर शाह, टुकाराम ढकाल, रमेशबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, मोहनबहादुर श्रेष्ठ, नवराज महत, गोपाल कृष्ण भट्टराई, कालीप्रसाद पोखरेल, सम्झना पोखरेललाई जनही रू । १०,०००।- जरिवाना तथा ऐ । ऐनको दफा २७ को उपदफा (२) बमोजिम जाहेरवालालाई प्रतिवादीहरूबाट दामासाहीले रू । २०,०००।- (बिस हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने ठहर्छ भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७०।११।४ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा लेखकहरूसँग सञ्जय सत्यालले प्रतिलिपि अधिकार सम्झौतामार्फत खरिद गरेको र सोही सम्झौताबमोजिम खरिद गरेको प्रतिलिपि अधिकार सञ्जय सत्यालले हामी निवेदकहरू भएको स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर्स प्रा ।लि ।लाई बिक्री गरेकोमा उक्त सम्झौताको दफा ५६ बमोजिम लेखकहरूलाई पुस्तक परिमार्जनको क्रममा उपस्थित गराइदिन अनुरोध गरी स्ट्यान्डर्ड पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स प्रा ।लि ।ले पठाएको पत्र मूल खरिदकर्ता सञ्जय सत्यालले बुझी निजले लेखकहरूलाई खोजतलास गर्दा सम्पर्क नभएको भनी अन्य निवेदकबाट परिमार्जन गराएको र छपाईको क्रममा मुद्रण त्रुटिले गर्दा लेखकहरूको नाम छुट्न गएको कम्पनीलाई जानकारी भई कम्पनीको तर्फबाट मिति २०६८।०३।२६ र मिति २०६८।०४।१३ मा क्षमा याचनासहित बजारमा गएको पुस्तक फिर्ता मगाई पुनः नाम समावेश गरी पुस्तक प्रकाशन गराएको तथ्यमा विवाद नभएपछि प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१) बमोजिम सम्झौताको सर्त उल्लङ्घन नभएको अवस्थामा उक्त ऐनको दफा २५ को उल्लङ्घन भएको भनी सुरू फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१)(क) को व्याख्याको प्रश्न विद्यमान छ ।

पुस्तक परिमार्जनको क्रममा मुद्दामा त्रुटि भएको तथ्य निर्विवाद रूपबाट देखिएको, सोबापत क्षमा याचनासमेत सार्वजनिक गरिसकेको र प्रस्तुत विवादित पुस्तककै सम्बन्धमा जाहेरवालासरह समान हैसियत राख्ने लेखकको दाबीसमेत नभएको अवस्थामा मुद्रण त्रुटिको विषयमा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१) को देहाय (क) (ख) (ग)(घ) विपरीतको कसुर ठहर गरी जरिवाना तथा हर्जानासमेत भराउने ठहर गरेको पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५२, ४५ मुलुकी ऐन, अ ।बं । १८४ (क), १८५ र ने ।का ।प । २०२९ नि ।नं ।६९७ पृष्ठ २९९ र ने ।का ।प । २०४० अङ्क १२ नि ।नं ।१८६३ पृष्ठ ९२१ मा प्रतिपादित सिद्धान्तसमेतको व्याख्याको प्रश्न विद्यमान छ ।

पुस्तक परिमार्जित गर्दा अनिवार्य रूपमा लेखक उपस्थित गराउनुपर्ने बाध्यात्मक अवस्था नभई मूल लेखक उपस्थित नभएमा अन्यबाट गराउने व्यवस्था सम्झौताको दफा ५ र ६ मा स्पष्ट व्यवस्था भएकोलाई नहेरी जरिवाना गर्ने गरी भएको फैसलामा प्रमाण ऐनको दफा ५२, ५४ को गम्भीर त्रुटि रहेको छ । पुस्तक परिमार्जन गरी प्रकाशन गर्दा १७ जना अन्य लेखकका पुस्तकसमेतमा छपाई त्रुटि भएको कुरा सार्वजनिक पत्रिकामार्फत क्षमायाचना गरिएकोमा अन्य कसैको दाबी नपरेको र प्रस्तुत मुद्दाकै सहलेखक कुमारबहादुर राईसमेतको कुनै उजुरी दाबी नरहेकोले प्रस्तुत मुद्दामा निजलाई समेत अ ।बं । १३९ नं ।बमोजिम बुझ्नुपर्नेमा बुझिएको छैन । प्रतिलिपि अधिकार ऐनको दफा २७(२) मा नोक्सानीको क्षतिपूर्ति भराउने व्यवस्था हो । कति प्रति किताब बिक्री भए, जाहेरवालालाई कति हानि भयो, उजुर नगर्ने सहलेखकलाई कति हानि भयो भन्ने प्रमाणबाट ठहर गर्नुपर्ने विषयमा हचुवाको आधारमा क्षतिपूर्ति अङ्क निर्धारण गरी सुरू फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसलामा उक्त ऐनको दफा २७(२) को व्याख्याको प्रश्न विद्यमान छ ।

प्रस्तुत मुद्दामा छपाई त्रुटि भई प्रकाशित भएका पुस्तक स्ट्यान्डर्ड पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स प्रा ।लि । बाट प्रकाशित भएको र सो कम्पनीउपर नै जाहेरी परेको अवस्थामा हामी निवेदकहरूलाई व्यक्तिगत रूपमा अभियोगपत्रमा प्रतिवादी बनाई दायर भएको अभियोगबाट सुरू फैसला उल्टी गरेको पुनरावेदन अदालतको फैसलामा कम्पनी ऐन, कम्पनीको दायित्व र सञ्चालकको व्यक्तिगत जवाफदेहीको विषयमा नै गम्भीर व्याख्याको प्रश्न विद्यमान रहेको प्रस्ट हुँदाहुँदै सुरू फैसला उल्टी गरी हामी निवेदकहरूलाई सजाय भई जाहेरवालालाई हर्जनासमेत भराउने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू फैसला सदर होस् भन्नेसमेत बेहोराको निवेदक प्रतिवादी गोपाल कृष्ण भट्टराईसमेतले र भोजबहादुर शाहसमेतले यस अदालतमा दिएको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने एकै बेहोराको अलग अलग दुई निवेदनपत्र ।

यसमा सम्झौताअनुसार नै भएको प्रकाशनमा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को त्रुटि गरी प्रतिवादीहरूलाई जरिवानासमेत गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०७०।११।४ को फैसलामा उल्लिखित ऐन र मुलुकी ऐन अ ।बं । १८४क तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार गर्नु भनी यस अदालतबाट मिति २०७३।१।१३ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदनपत्रसहितको मिसिल संलग्न कागजातहरू अध्ययन गरियो ।

पुनरावेदक प्रतिवादीहरूको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री सुरेन्द्रकुमार खड्काले मिति २०६७।०९।१० मा स्ट्यान्डर्ड पब्लिकअसन ले सञ्जय सत्याललाई पुस्तक परिमार्जनका लागि पत्र लेखेको र मिति २०६७।१०।१५ मा सञ्जय सत्यालले लेखकसँग सम्पर्क हुन नसकेको भनी जवाफ पठाएको हो । उक्त जवाफपछि सम्झौताकै सर्तअनुसार अन्य लेखकबाट परिमार्जन गरेको र मिति २०६८।०४।१३ मा लेखकको नाम छुट्न गएको भनी पछि नाम थपेर किताब प्रकाशन गरिएको हो । ग्रम्मर बूक कहिले पनि लेखकको रचना नभएको र हाल यस प्रकाशन (पब्लिकअसन) को किताब नै बन्द रहेको अवस्थामा स्ट्यान्डर्ड पब्लिकअसन को  सेयरहोल्डर (शरेहोल्डर) लाई प्रत्यर्थी बनाई मुद्दा दायर गरी सजाय गरेको नमिलेकोले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी मेरो पक्षलाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रतिवादीहरूमध्येका लक्ष्यबहादुर के ।सी । को तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कमलेश सुवेदीले स्ट्यान्डर्ड पब्लिकअसन लाई प्रतिवादी नबनाई जाहेरी दर्ता भएको र अभियोग पत्र र तत्कालीन पुनरावेदन अदालतको फैसलामा प्रतिवादीहरूको बदनियतपूर्ण काम कारबाहीबाट वादीको नैतिक अधिकार हनन भएको भन्ने बारेमा स्पष्ट खुलाउन सकेको देखिँदैन र मिति २०६८।०६।२५ मा नै पुस्तकहरूको आर्थिक अधिकारसहित प्रतिलिपि अधिकार हस्तान्तरण भइसकेको अवस्थामा आपराधिक दायित्व निर्धारण हुन सक्ने होइन । फौजदारी कसुरमा आपराधिक दायित्व निर्धारण हुन अनिवार्य हुनेमा सोतर्फ विचार नै नगरी मेरो पक्षलाई सजाय हुने गरी भएको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रत्यर्थी वादीको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले प्रस्तुत मुद्दामा आर्थिक  अधिकार सञ्जय सत्याललाई हुने र परिमार्जन गर्ने अधिकार लेखककोमा हुनुपर्ने हो । पुन: प्रकाशनमा लेखकको नाम नभएकोमा विवाद देखिँदैन । पुन: परिमार्जनको लागि लेखकलाई सम्पर्क गरेको भन्ने सूचना पाएको कुनै प्रमाण विपक्षीले पेस गरेको नदेखिँदा सम्पर्क नै नगरेको अवस्था हो । एउटा प्रकाशनमा भएको नाम बिल्कुल नै हटाउने गरेर विपक्षीले गरेको कार्य कानूनविपरीत रहेको छ । वारदात भइसकेपछि भुल सुधार भनी क्षमायाचना गरेको कार्य क्षमायाचना हुन सक्दैन । विपक्षीले गरेको कार्य कानूनविपरीत रहेकोले तत्कालीन पुनरावेदन अदालत पाटनले विपक्षीहरूलाई कसुर कायम गरी भएको फैसला मिलेको नै देखिँदा सदर कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

जाहेरवाला वादी पुस्कर जोशीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री राजकुमार सुवालले पुन: परिमार्जित गरी प्रकाशन गरेको पुस्तकमा लेखकको नाम नै हटाई पुस्तक पुन: प्रकाशन गरेको र लेखकको कोन्तेन्त भनी लेखेकोलाई पुब्लिशेर को प्रेफके भनी लेखिएको अवस्था छ । पुस्तक परिमार्जन गर्नका लागि सम्झौता पत्रअनुसार परिमार्जन गर्ने अधिकार विपक्षीलाई नभएको र विपक्षी स्ट्यान्डर्ड पब्लिकअसन ले करारको यथावत परिपालना गरेको अवस्था देखिँदैन । फौजदारी कसुरमा आपराधिक दायित्वमा कोही कसैले अपराध गरेपछि क्षमा माग्दैमा उन्मुक्ति प्राप्त नहुने हुँदा जाहेरी र अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

जाहेरवालाको तर्फबाट उपस्थित कानून व्यवसायी तथा प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरू र विद्वान् सहन्यायाधिवक्ताको बहस जिकिर सुनी यसमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

यसमा पुष्कर जोशीसमेतको जाहेरी दर्खास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू सञ्जय सत्यालसमेतले प्रतिलिपि अधिकार धनी जाहेरवाला पुष्कर जोशीसमेतमा निहित प्रतिलिपि अधिकार उल्लङ्घन गरी रिभ्यु अन्द एडिट गरी गर्न लगाई स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले प्रकाशन एवं बिक्री वितरणसमेत गरी प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को उपदफा (१) को देहाय (क) र (ग) विपरीतको कसुर अपराधको उल्लङ्घन गर्नुको साथै उक्त स्ट्यान्डर्ड पब्लिसर एण्ड डिस्ट्रिब्युटर प्रा ।लि ।ले प्रकाशन एवं बिक्रीसमेत गरी रू ।८,००,०००।- बराबरको क्षति पुर्‍याएकोले प्रतिवादीहरू सम्झना पोखरेल, कालीप्रसाद पोखरेल, गोपालकृष्ण भट्टराई, भोजबहादुर शाह, लक्ष्यबहादुर के ।सी ।, टुकराम ढकाल, शेरबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, नवराज महत र सञ्जय सत्याललाई प्रतिलिपि अधिकार ऐन, २०५९ को २५ को उपदफा (१) को देहाय (क) र (ग) को कसुर अपराधमा सोही ऐनको दफा २७ को उपदफा (१) बमोजिम सजाय गरी प्रतिवादीहरूले गरेको आपराधिक कार्यबाट जाहेरवालालाई पुग्न गएको क्षति रू ।८,००,०००।- सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम जाहेरवालालाई प्रतिवादीहरूबाट दिलाई भराइपाउँ भन्ने अभियोग दाबी रहेको देखियो । उक्त अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतले प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने ठहर गरेको फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सो अदालतबाट सुरू फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुने र प्रतिवादीहरूबाट जाहेरवालालाई हर्जानासमेत भराइदिने ठहर्‍याई भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूको तर्फबाट यस अदालतसमक्ष मुद्दा दोहोर्‍याई हेरिपाउँ निवेदन परी सो निवेदनमा यस अदालतबाट मिति २०७३।०१।१३ मा निस्सा प्रदान गर्ने आदेश भई पुनरावेदनको रोहमा यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

२ । अब, निर्णयतर्फ विचार गर्दा प्रमाणको रूपमा पेस हुन आएको पुष्करराज जोशी, कुमारबहादुर राई र शुभराज रानाभाटद्वारा लिखित ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२ नामक पुस्तक न्यू नेपाल पब्लिकअसन प्व्त । ल्त्द । काठमाडौं नेपालले पहिलो पटक २००९ मा प्रकाशन गरेको देखिन्छ भने सो पुस्तकको प्रतिलिपि अधिकार प्रकाशकमा रहेको पाइन्छ । मिसिल संलग्न मिति २०६७।६।२५ को प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धी सम्झौता प्रतिवादीमध्येका सञ्जय सत्याल प्रथम पक्ष र जाहेरवाला पुष्करराज जोशीसमेत दोस्रो पक्ष भई सम्पन्न भएको देखिन्छ । सो सम्झौता पत्रको सर्त नं । २ अनुसार जाहेरीमा उल्लेख गरेको ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२ नामक पुस्तकको लेखक जाहेरवालाहरूले आफूमा रहेको आर्थिक अधिकारसहितको प्रतिलिपि अधिकार प्रतिवादी बनाइएका सञ्जय सत्याललाई बिक्री गरेको देखिन्छ । सो सम्झौताको सर्त नं । ४ मा उक्त पुस्तकहरू सम्पादन गरी बिक्री वितरणलगायत सम्पूर्ण अधिकार प्रथम पक्षमा रहने, कुनै पनि समयमा जुनसुकै तरिकाले प्रकाशन गर्ने वा नगर्ने, अन्य कोही कसैले आफूले प्राप्त गरेको प्रतिलिपि अधिकार बिक्री गर्ने अधिकारसमेत प्रथम पक्षमा रहने भन्ने उल्लेख भएको देखिन्छ भने सर्त नं । ५ मा उक्त पुस्तकहरूको परिमार्जन वा सम्पादन समयमा प्रथम पक्षले द्वितीय पक्षलाई सोको जानकारी दिने छ र उक्त समयमा द्वितीय पक्ष स्वयं उपस्थित भई उक्त पुस्तक परिमार्जन एवं सम्पादन गर्नुपर्ने छ र उक्त जानकारीपश्चात् पनि द्वितीय पक्ष उपस्थित नभएमा प्रथम पक्ष आफैँ वा आफ्नो मानिसमार्फत सम्पादन एवं परिमार्जन गर्न सक्ने छ भनी उल्लेख भएको देखिन्छ ।

३ । उक्त सम्झौता पत्रअनुसार आफूले प्राप्त गरेको आर्थिक अधिकारसहितको प्रतिलिपि अधिकार बिक्री गर्न सक्ने आधारमा प्रथम पक्ष रहेका प्रतिवादी सञ्जय सत्यालले पनि मिति २०६७।८।२६ मा स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुतोर (प्व्त ।) ल्त्द । का अख्तियार प्राप्त सञ्चालक अध्यक्ष लक्ष्यबहादुर के ।सी ।सँग सम्झौता गरी उक्त आर्थिक अधिकारसहितको प्रतिलिपि अधिकार निजलाई बिक्री गरेको देखिन्छ । सो सम्झौताबाट स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुतोर (प्व्त ।) ल्त्द । ले आर्थिक अधिकारसहितको प्रतिलिपि अधिकार प्राप्त गरेपछि ग्रम्मर फोर कोम्मुनिकसन बूक्-२  सन् २०११ मा प्रकाशित गर्दा सो पुस्तकमा जाहेरवाला लेखकहरूको नाम उल्लेख गर्न छुटाएको देखिन्छ भने सो पुस्तकमा वृत्तेन्, रिभ्युएद अन्द एडिटएद ब्य्: टिका लमिछने, सम्झना पोखरेल्, गोपाल भट्टराई, काली प्द । पोखरेल्, डोरा लामा भनी यी प्रतिवादीहरूको नाम उल्लेख भएको देखिन्छ । प्रस्तुत पुस्तकका वास्तविक लेखक रहेका जाहेरवालाहरू पुष्करराज जोशी, कुमारबहादुर राई र शुभराज रानाभाटको नाम समावेश नभएको कारण भुल सुधारसम्बन्धी सूचना भनी नागरिक पत्रिकामा मिति २०६८।३।२६ मा लेखकहरूमा पर्न गएको आघातप्रति क्षमाप्रार्थी छौं भनी लेखकहरूको नाम समावेश गरी सूचना प्रकाशित भइसकेपछि जाहेरवाला पुष्कर जोशीसमेतको मिति २०६८।४।९ मा जाहेरी दर्ता भएको देखिन्छ । प्रथम पक्ष स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुतोर (प्व्त ।) ल्त्द । को तर्फबाट अख्तियारप्राप्त सञ्चालक अध्यक्ष लक्ष्यबहादुर के ।सी । र दोस्रो पक्ष सञ्जय सत्यालबिच मिति २०६७।८।२६ मा भएको प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धी सम्झौतापत्रको सर्त नं । २ अनुसार प्रथम पक्षले आर्थिक अधिकारसहितको प्रतिलिपि अधिकार खरिद गरेको र सोही सम्झौतापत्रको सर्त नं । ७ मा पुस्तकको सम्पूर्ण अधिकार प्रथम पक्षमा रहे तापनि भविष्यमा उक्त पुस्तकहरूका कुनै लेखकहरूबाट दाबी विरोध वा उजुरी परेमा त्यसको समाधान गर्ने दायित्व र जिम्मेवारी सबै दोस्रो पक्ष सञ्जय सत्यालको रहने भनी उल्लेख भएको देखिन्छ । मिति २०६९।९।१० मा स्टान्डर्ड पब्लिसर एण्ड डिष्ट्रिब्युटर प्रा ।लि । ले सञ्जय सत्याललाई पत्र लेखी पाठ्यपुस्तक परिमार्जनको लागि लेखकहरूलाई सूचना दिन पत्रसमेत पठाएकोमा लेखकहरूसँग फोनमार्फत सम्पर्क गर्दा सम्पर्क हुन नसकेको र लेखकहरूले सूचना पाएको देखिएन भन्ने मिति २०६७।१०।१५ को पत्रबाट देखिन आयो । जाहेरी दर्खास्तमा स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुसन (प्व्त ।) ल्त्द । ले कसुर गरेको भनी सो संस्थाउपर जाहेरी परेको देखिए पनि अभियोग पत्रमा स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुसन (प्व्त ।) ल्त्द । लाई प्रतिवादी बनाएको देखिँदैन । स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुसन (प्व्त ।) ल्त्द । लाई प्रतिवादी नबनाई सो संस्थाका सञ्चालकहरूलाई मात्र प्रतिवादी बनाएको र प्रकाशित पुस्तकमा लेखक जाहेरवाला लेखकको नाम छुट हुन गएकोमा क्षमायाचना गरी पछिल्लो प्रकाशनमा लेखकहरूको नाम समावेश गरी पुन: प्रकाशन गरेको कुरा मिसिल संलग्न पेस हुन आएको पुस्तकहरूबाट देखिन्छ । स्ट्यान्डर्ड पुब्लिशेर अन्द डिस्तृबुसन (प्व्त ।) ल्त्द । र सो संस्थाका सञ्चालकसमेतले आफूहरूबाट भएको भुलबाट जाहेरवाला लेखकहरूलाई पर्न गएको आघात प्रति क्षमायाचनासहित मिति २०६८।०३।२६ मा भुल सुधारसम्बन्धी सूचना प्रकाशन गरी पुस्तकमा निज जाहेरवाला लेखकहरूको नाम समावेश गरी पुस्तक पुन: प्रकाशन गरिसकेको अवस्था देखिन्छ ।

४ । सर्वप्रथम प्रतिलिपि अधिकार ऐन, २०५९ मा भएको कानूनी व्यवस्थालाई हेर्दा, प्रतिलिपि अधिकार ऐन, २०५९  को दफा २ (क) ले रचना र ऐ । २(ख) ले रचयिताको परिभाषा गरेको छ । ऐ । को दफा ६ (१) मा रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुने भनी उल्लेख गरेको छ भने ऐ । को दफा ७ मा रचनाको सम्बन्धमा रचयिता वा प्रतिलिपि अधिकारको धनीले रचनाको पुनरूत्पादन गर्ने, रचनाको अनुवाद गर्ने, रचनाको परिमार्जन वा संशोधन गर्ने, संयोजनलगायत रचनाको अन्य रूपान्तरण गर्ने रचनाको मूल र प्रतिलिपि सर्वसाधारणको लागि बिक्री वितरण वा बहालमा दिने, रचनाको प्रतिलिपि आयात गर्ने, मूल रचना वा सो रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्ने अधिकार प्राप्त गर्ने भन्ने व्यवस्था गरेको देखिन्छ ।

५ । अब रचयिताको नैतिक अधिकार सम्बन्धमा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ८ मा व्यवस्था रहेको पाइन्छ । ऐ । दफा ८ मा "कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई आफ्नो रचनाका प्रतिहरूमा वा आफ्नो रचना सार्वजनिक रूपमा प्रयोग गरिएमा त्यस्तो रचना आफ्नो नाम उल्लेख गर्न लगाउने, आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रूपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने, आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रूपमा प्रस्तुत गरी निजले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउने जस्ता कार्य रोक्ने, आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्ने नैतिक अधिकार प्राप्त हुने र त्यस्तो नैतिक अधिकार रचयिताको जीवनभर हस्तान्तरण नहुने साथै आफ्नो मृत्युपश्चात् लागु हुने गरी त्यस्तो अधिकार हस्तान्तरण गर्न इच्छ्याएको व्यक्ति वा हकवालामा सर्ने" भनी रचयिताको नैतिक अधिकारको सुनिश्चितता गरेको पाइन्छ । ऐ । को दफा २४ मा प्रतिलिपि अधिकारको हस्तान्तरण सम्बन्धमा प्रतिलिपि अधिकार धनीले आफूलाई प्राप्त आर्थिक अधिकारमध्ये सबै वा केही अधिकार लिखितरूपमा सम्झौता गरी अरूलाई हस्तान्तरण गर्न वा कुनै सर्त तोकी वा नतोकी प्रयोग गर्न अनुमति दिन सक्ने छ भनी व्यवस्था उल्लेख भएको पाइन्छ । 

६ । त्यस्तै प्रतिलिपिको विषयमा नैतिक अधिकारको सम्बन्धमा रहेको अन्तर्राष्ट्रिय कानूनी व्यवस्थालाई हेर्दा, जनवरी ११, २००६ मा बेर्ने उनिओन को सदस्य भई नेपालद्वारा हस्ताक्षर गरिएको बेर्ने कोन्वेन्सन १८८६ मा रहेको अन्तर्राष्ट्रिय कानूनी व्यवस्थालाई उल्लेख गर्न सान्दर्भिक देखिन्छ । यस महासन्धिको धारा ६(बिस्) मा रहेको "नैतिक अधिकार" सम्बन्धी व्यवस्थामा "मोरल् रिघ्त्स्: १।टो क्लैम् औथोर्शिप्; तो ओब्जेक्त् तो केर्तैन् मोदिफिकतिओन्स् अन्द् ओथेर् देरोगतोर्य् अक्तिओन्स्; २।अफ्तेर् थे औथोर्’स् देअथ्; ३। मेअन्स् ओफ् रेद्रेस्स् (१) इन्देपेन्देन्त्ली ओफ थे औथोर्’स् एकोनोमिक राईटस्, अन्द एवेन आफ्टर थे त्रन्स्फेर ओफ थे सैद राईटस्, थे औथोर शल्ल हवे थे राईट तो क्लैम औथोर्शिप ओफ थे वोर्क अन्द तो ओब्जेक्त तो अन्य दिस्तोर्सन, मुतिलसन ओर ओथेर मोदिफिकसन ओफ्, ओर ओथेर देरोगतोरी अक्सन इन रेलसन तो, थे सैद वोर्क्, व्हिच वोउल्द बे प्रेजुदिकिअल तो हिस् होनोर ओर रेपुतसन ।, (२) ठे राईटस् ग्रन्तेद तो थे औथोर इन अक्कोर्डअन्के विथ थे प्रेकेदिङ परग्राफ शल्ल्, आफ्टर हिस् देआठ, बे मैन्तैनेद्, अत लेअस्त उन्तिल थे एक्स्पिरी ओफ थे एकोनोमिक राईटस्, अन्द शल्ल बे एक्सेर्किसब्ले ब्य थे पर्सनस् ओर ईन्स्टिच्युसनस् औथोरिजेद ब्य थे लेगिस्लसन ओफ थे कोउन्त्री व्हेरे प्रोतेक्सन इस् क्लैमेद । होवेवेर्, थोसे कोउन्तृएस् व्होसे लेगिस्लसन, अत थे मोमेन्ट ओफ थेइर रतिफिकसन ओफ ओर अक्केस्सन तो थिस् अक्त्, दोएस् नोत प्रोविदे फोर थे प्रोतेक्सन आफ्टर थे देआठ ओफ थे औथोर ओफ अल्ल थे राईटस् सेत ओउत इन थे प्रेकेदिङ परग्राफ मे प्रोविदे थत सोमे ओफ थेसे राईटस् मे, आफ्टर हिस् देआठ, केअसे तो बे मैन्तैनेद । । ।" भनी उल्लेख भएको पाइन्छ अर्थात् नैतिक अधिकारअन्तर्गत रचयितालाई आफ्नो काममा लेखकत्व (औथोर्शिप्) दाबी गर्ने तथा आफ्नो सम्मान वा प्रतिष्ठाको प्रतिकूल हुने कार्यको सम्बन्धमा कुनै पनि विकृति, विरूपण वा अन्य संशोधन, वा अन्य अपमानजनक कार्यमा रोक लगाउन सक्ने अधिकार रहन्छ । त्यस्तै उक्त धाराले रचयिताको आर्थिक अधिकारभन्दा नैतिक अधिकार स्वतन्त्र छ (मोरल राईट इस् इन्देपेन्देन्त फ्रम थे एकोनोमिक राईट) भन्ने कुरा स्थापित गरेको पाइन्छ । यसको अर्थ रचयिताले आफ्नो आर्थिक अधिकार हस्तान्तरण वा बिक्री गरे तापनि आफ्नो सिर्जनामा निजको नैतिक अधिकार कायम नै रहन्छ । यस्तो नैतिक अधिकार रचयिताको मृत्युपश्चात् पनि रचयिताको आर्थिक अधिकार रहेसम्म कायम रहन्छ भन्ने व्यवस्थासमेत अन्तर्राष्ट्रिय कानूनमा रहेको छ । यस्तो अधिकारले रचयिताको उत्पादनको अनैतिक प्रयोग वा दुरूपयोगबाट समेत संरक्षण प्रदान गरेको छ । रचयिताको आफ्नो काममा पितृत्व (पातेर्निती) को मान्यता हुन्छ र प्रतिलिपिमा निहित आर्थिक अधिकारहरू हस्तान्तरण गरे तापनि पितृत्वताको अधिकार (राईट तो पातेर्निती) भने रचयितामा नै निहित रहन्छ । त्यसैगरी  गाईड तो थे बेर्ने कोन्वेन्सन फोर थे प्रोतेक्सन ओफ लितेररी अन्द अर्तिस्तिक वोर्क्स् (पेरिस, १९७१) को परा ६ बिस् ।१ मा "वोर्क इस् अ रेफ्लेक्सन ओफ थे पर्सनअलिती ओफ इत्स् क्रेअतोर्" भनेर विश्लेषण गरिएको पाइन्छ । रचयिताको व्यक्तित्व (पर्सनअलिती) र मर्यादा (दिग्निती) को रक्षा गर्ने हेतुले नैतिक अधिकारको सिर्जना गरिएको हो । नैतिक अधिकारअन्तर्गत विशेषाधिकार  लेखकत्वको अधिकार (राईट ओफ औथोर्शिप्), सम्मानको अधिकार (राईट तो इन्तेगृती), भ्रमपूर्ण मान्यता विरूद्धको अधिकार (राईट अगैन्स्त फल्से अत्तृबुसन) लगायत विभिन्न अधिकारहरू समावेश रहेका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २७ को उपधारा २ मा पनि "प्रत्येक व्यक्तिलाई आफू लेखक भएको कुनै पनि वैज्ञानिक, साहित्यिक वा कलात्मक उत्पादनबाट उत्पन्न हुने नैतिक र भौतिक हितहरूको संरक्षणबाट फाइदा पाउने अधिकार हुने छ" भन्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाले लेखक  रचयिताको आर्थिक अधिकारसहित प्रतिलिपिको अधिकार करारबमोजिम हस्तान्तरण गरेको  भएको भए तापनि रचयिताको नैतिक अधिकार सदैव रचयिताको हकमा नै रहने भनी सुनिश्चितता गरेको अवस्था छ ।

७ । अब रचयितामा निहित नैतिक अधिकारको संरक्षण सम्बन्धमा विचार गर्दा, बेर्ने कोन्वेन्सन, १८८६ को धारा ६बिस् को उपधारा (३) मा "ठे मेअन्स् ओफ रेडरेस्स् फोर सेफगुअर्दिङ थे राईटस् ग्रन्तेद ब्य थिस् आर्टिकल शल्ल बे गोवेर्नेद ब्य थे लेगिस्लसन ओफ थे कोउन्त्री व्हेरे प्रोतेक्सन इस् क्लैमेद्" भन्ने उल्लेख भएको देखिन्छ । उक्त महासन्धिको व्यवस्थाअनुसार नैतिक अधिकारको उल्लङ्घन भएको खण्डमा सोको उपचार र संरक्षण सदस्य राष्ट्रको राष्ट्रिय कानूनमा भएको व्यवस्थाबमोजिम प्राप्त गर्न सकिने देखियो । तसर्थ प्रस्तुत मुद्दामा प्रतिलिपि अधिकार ऐन, २०५९ मा रहेको कानूनी व्यवस्था नै हेर्नुपर्ने देखियो । मिसिल संलग्न अभियोगपत्र हेर्दा, पुनरावेदक प्रतिवादीले प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को  उपदफा (१) को देहाय (क) र (ग) को कसुर गरेको हुँदा सोही ऐनको दफा २७ को  उपदफा (१) र (२) बमोजिम सजाय मागदाबी रहेको देखिन्छ । ऐ । ऐनको दफा २५ को  उपदफा (१) को देहाय (क) मा रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको सर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा र देहाय (ग) मा अर्काको रचनाको स्वरूप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा ऐनबमोजिम संरक्षित अधिकारको उल्लङ्घन गरेको मानिने व्यवस्था रहेको पाइन्छ । ऐ । ऐनको दफा २७ (१) मा कसैले दफा २५ उल्लङ्घन गरेमा त्यस्तो उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको मात्राअनुसार दश हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने । । । त्यसरी प्रकाशन वा पुनरूत्पादन गरेको वा वितरण गरेको वा पुनरूत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुने र ऐ । दफा २७(२) मा संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत भराई दिनुपर्ने भनी संरक्षित अधिकारको उल्लङ्घनका सम्बन्धमा दण्ड सजायको व्यवस्था गरेको पाइन्छ । 

८ । प्रस्तुत मुद्दामा मिति २०६७।०६।२५ मा मूल रचयिताले आफ्नो आर्थिक अधिकारसहित प्रतिलिपि अधिकार हस्तान्तरण गर्न प्रथम पक्ष सञ्जय सत्यालसँग करार गरेको र सो करारको सर्तबमोजिम पुस्तक परिमार्जन एवं सम्पादन गर्नुपर्ने भएमा प्रथम पक्ष लेखक  रचयिताको उपस्थितिमा गर्नुपर्ने र निजलाई जानकारी दिनुपर्ने, जानकारीपश्चात् पनि उपस्थित नभएमा प्रथम पक्ष सञ्जय सत्याल आफैँ वा आफ्नो मानिसमार्फत सम्पादन एवं परिमार्जन गर्न सक्ने भनी उल्लेख भएको देखिन्छ । त्यसैगरी प्रतिलिपि अधिकार हस्तान्तरणसम्बन्धी प्रथम पक्ष स्टान्डर्ड पब्लिसर एण्ड डिष्ट्रिब्युटर प्रा ।लि । र दोस्रो पक्ष सञ्जय सत्यालबिच मिति २०६७।०८।२६ मा पुन: करार सम्झौता भएको देखिन्छ । उक्त करारको सर्त नं । ६ मा पुस्तकहरूको परिमार्जन वा सम्पादन गर्नुपर्ने अवस्था आई परेमा प्रथम पक्ष स्टान्डर्ड पब्लिसरले  द्वितीय पक्ष सञ्जय सत्यालसँग लेखकीय सहयोग लिन सक्ने छ भनी उल्लेख भएअनुसार नै उक्त पुस्तकहरू समयसापेक्ष परिमार्जन एवं सम्पादन गर्नका लागि स्टान्डर्ड पब्लिसरले लेखकहरूलाई उपस्थित गराइदिनु भनी सञ्जय सत्याललाई मिति २०६७।०९।१० मा पत्राचार गरेकोमा सो पत्रबमोजिम लेखकहरूसँग फोन सम्पर्क नभएको भनी मिति २०६७।१०।१५ मा स्टान्डर्ड पब्लिसरलाई जानकारी गरेको देखिँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले लेखकलाई सूचना तथा जानकारी गराउनको लागि कुनै पनि पहल नगरेको भनी मान्न मिल्ने देखिन आएन । 

९ । त्यसैगरी पुन: परिमार्जित पुस्तक प्रकाशन गर्दा भुलवश लेखकको नाम छुट्न गएकोले सोलाई सच्याउन प्रतिवादीहरूले नागरिक पत्रिकामा मिति २०६८।०३।२६ मा भुलसुधारसम्बन्धी सूचना प्रकाशित गरेको र मिति २०६८।०४।१३ मा मूल लेखकको नाम सच्याई बजारमा वितरित पुस्तकहरूसमेत झिकाई संशोधन गरेको भनी जरूरी सूचना प्रकाशित गरेको देखिँदा भुल हुन गएको कुरालाई तत्काल नै सच्याउनको लागि प्रतिवादीहरूले तदारूकता देखाएको देखिन्छ । 

१० । साथै ०६८ सालको मुद्दा नं । ३९-०६८-०५८९७ को वादी पुस्कर जोशी र प्रतिवादी सञ्जय सत्यालसमेत भएको करारको यथावत्‌ परिपालना भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०५।१५ मा फैसला भएको र सो फैसला अन्तिम भई लेखकहरूको अनुमति नलिई प्रकाशन नगर्नु भनी फैसला भएबाट लेखकको नैतिक अधिकारको समेत सम्मान भई निर्णय भएको र हाल उक्त पुस्तकहरूको प्रकाशनसमेत बन्द भएको देखिन्छ । पुस्तकहरूमा लेखकहरूको नाम भुलबस छुट्न गई प्रकाशन भएकोमा सार्वजनिक क्षमा मागी (पत्रिकामार्फत) पुस्तकहरू बजारबाट फिर्ता गरिसकेको देखिन्छ । परिमार्जन गरिएका पुस्तकहरूको परिमार्जन गरिएको पाण्डुलिपि हेर्दा ओरिगिनल औथोर बाट भएका गल्तीहरूलाई परिवर्तनसम्म गरेको र यस्ता गल्तीहरूको संख्यात्मक रूपमा पुस्तकमा हेर्दा पनि गल्तीहरूको संख्या निकै संख्यामा रहेकोले प्रतिवादीहरूले सो गल्तीहरूलाई सच्याई पुन: पुस्तक प्रकाशनसम्म गरेको देखिन्छ ।

११ । रचयिताको रचना रचयिताको प्रतिविम्ब हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले नै रचयिताको आर्थिक र नैतिक अधिकारको ग्यारेन्टी गरेको छ । रचयिताको आर्थिक अधिकार कायम नरहनु र नैतिक अधिकार कायम रहनु दुई फरक विषय हुन् । आर्थिक अधिकार हस्तान्तरण भए तापनि रचयिताको कामको जन्मदाता (पातेर्नित्य मतेर्निती) को हैसियतले निजको नैतिक अधिकार निजमा नै रहिरहन्छ । प्रतिलिपि अधिकारमा नैतिक अधिकारप्राप्त व्यक्तिको हैसियतले निजको व्यक्तित्व र मर्यादाको अधिकारसमेत रहन्छ । यस अधिकारभित्र रचयिताको उत्पादन  सिर्जनाको अनैतिक प्रयोग वा दुरूपयोगबाट संरक्षणको अधिकारसमेत पर्दछ । नैतिक अधिकार स्वाभाविक रूपमा नैतिक प्रकृतिको हुन्छ । जब कुनै नैतिक गल्ती हुन्छ, त्यसको उपचार दण्डात्मक उपायहरूमा नभई नैतिक सुधार (मोरल रेफोर्म्) र पुनर्स्थापना (रेस्टओरसन) मा हुन्छ । प्रस्तुत विवादमा व्यापारिक प्रकाशनबाट भएको कुनै मानवीय त्रुटि भएबाट रचयिताको नैतिक अधिकार उल्लङ्घन भएकोमा तुरून्त सच्याइएको, त्यसबाट प्रकाशित पुस्तकहरू यथाशक्य छिटो वितरणमा रोक लगाई लेखकको नैतिक अधिकारलाई सम्मान र संरक्षण गरेको देखिँदा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को उपदफा (१) को देहाय (क) र (ग) को कसुर देखिएन । तसर्थ प्रतिवादीहरूलाई फौजदारी दायित्वको कसीमा राखी जरिवाना गरिरहनुपर्ने वा क्षतिपूर्ति भराउन न्यायसम्मत देखिन आएन । प्रस्तुत मुद्दामा वादी रचयिताले आफ्नो आर्थिक अधिकार सम्झौतामार्फत हस्तान्तरण गरिसकेको अवस्था हुँदा निजको केवल नैतिक अधिकारको उल्लङ्घन भएको देखिन्छ । नैतिक अधिकार उल्लङ्घन भएकोमा त्यस्तो संशोधन वा सच्याइएको र क्षमायाचना गरिसकेको अवस्थामा प्रतिवादीहरूले प्रतिलिपि अधिकारअन्तर्गतको कसुर गरेको भनी कायम गर्नुपर्ने देखिएन । यिनै वादी पुस्कर जोशी र प्रतिवादी सञ्जय सत्यालसमेत भई चलेको करारको यथावत्‌ परिपालना मुद्दामा करारको परिपालना गर्नु भनी मिति २०६९।०५।१५ मा फैसलासमेत भइसकेकोले नैतिक अधिकारको सम्मान पनि भइसकेको देखिँदा फौजदारी सजाय गर्नुपर्ने देखिएन ।

१२ । तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्त महलको २०५ नं । मा "एकै मुद्दामा हार्ने झगडियामध्ये कसैको पुनरावेदन उजुर परेकोबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सो इन्साफ सजाय उल्टाई फैसला गर्दा पुनरावेदन उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजुर परेको छैन भनी सदर गरी दिन हुँदैन । पुनरावेदन उजुर नदिनेका हकमा समेत पुनरावेदन उजुर दिनेसरह उल्टाई छिनिदिनुपर्छ" भन्ने व्यवस्था रहेको र हालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (२) मा "तल्लो अदालतले गरेको फैसलाउपर कुनै खास कसुरदारको वा प्रतिवादीको मात्र पुनरावेदन परेको रहेछ र त्यस्तो पुनरावेदनको निर्णय गर्दा पुनरावेदन नगर्ने कसुरदार वा प्रतिवादीको हकमा तल्लो अदालतको फैसला फरकपर्ने देखिएमा पुनरावेदन सुन्ने अदालतले सोको कारण खुलाई त्यस्तो कसुरदार वा प्रतिवादीको हकमा पनि उपदफा (१) मा उल्लिखित अधिकारको प्रयोग गरी कानूनबमोजिम फैसला गर्न सक्ने छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।

१३ । प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलाउपर लक्ष्यबहादुर के ।सी ।समेत ९(नौ) जनाको यस अदालतमा पुनरावेदन परेकोमा कसुरबाट सफाइ पाउने ठहरी फैसला भएकोले पुनरावेदन नगर्ने प्रतिवादीहरूको हकमा समेत तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्त महलको २०५ नं । र हालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (२) आकर्षित हुने देखिँदा यस अदालतमा पुनरावेदन नगर्ने प्रतिवादीहरू सञ्जय सत्याल, रमेशबहादुर कटुवाल, शिव कार्की र मोहनबहादुर श्रेष्ठसमेतको हकमा माथि उल्लिखित आधार, कारण तथा कानूनी व्यवस्थासमेतका आधारमा निजहरूको हकमा समेत तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिन आएन ।

१४ । अत: माथि विवेचित तथ्य, आधार तथा कानूनी व्यवस्थाबाट प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू अदालतबाट भएको फैसला उल्टी गरी प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५ को उपदफा (१) को देहाय (क) र (ग) को कसुरमा सोही ऐनको दफा २७ को उपदफा (१) बमोजिम प्रतिवादीहरू सञ्जय सत्याल, लक्ष्यबहादुर के ।सी ।, भोजबहादुर शाह, टुकाराम ढकाल, रमेशबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, मोहनबहादुर श्रेष्ठ, नवराज महत, गोपाल कृष्ण भट्टराई, कालीप्रसाद पोखरेल र सम्झना पोखरेललाई जनही रू ।१०,०००।- जरिवाना तथा ऐ । ऐनको दफा २७ उपदफा (२) बमोजिम जाहेरवालालाई प्रतिवादीहरूबाट दामासाहीले रू ।२०,०००।- (बिस हजार रूपैयाँ) क्षतिपूर्ति भराइदिने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७०।११।०४ मा भएको फैसला नमिलेको हुँदा उल्टी भई प्रतिवादीहरू सञ्जय सत्याल, लक्ष्यबहादुर के ।सी ।, भोजबहादुर शाह, टुकाराम ढकाल, रमेशबहादुर कटुवाल, महेन्द्रप्रसाद शर्मा आचार्य, गोपालप्रसाद आचार्य, शिव कार्की, मोहनबहादुर श्रेष्ठ, नवराज महत, गोपालकृष्ण भट्टराई, कालीप्रसाद पोखरेल र सम्झना पोखरेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने र नगर्ने प्रतिवादीहरूले समेत अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएकोले तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७०।११।०४ को फैसलाबमोजिम प्रतिवादीहरू लक्ष्यबहादुर के ।सी ।समेतलाई लागेको जरिवाना र क्षतिपूर्तिको लगत कट्टा गर्नु भनी सम्बन्धित जिल्ला अदालतमा फैसलाको प्रतिलिपिसमेत राखी पठाइदिनू----------------------१

यस अदालतमा पुनरावेदन गर्दा प्रतिवादी महेन्द्रप्रसाद शर्मा आचार्यले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।६६७७ बाट मिति २०७१।०६।२७ मा, प्रतिवादी सम्झना पोखरेलले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।६६९८ बाट मिति २०७१।०६।२७ मा, प्रतिवादी कालीप्रसाद पोखरेलले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।६६९२ बाट मिति २०७१।०६।२७ मा, प्रतिवादी गोपाल कृष्ण भट्टराईले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।६६८२ बाट मिति २०७१।०६।२७ मा, प्रतिवादी गोपालप्रसाद आचार्यले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ)  र ।नं ।५८१४ बाट मिति २०७१।०६।०६ मा, प्रतिवादी नवराज महतले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।५८१० बाट मिति २०७१।०६।०६ मा, प्रतिवादी टुकाराम ढकालले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।५८०५ बाट मिति २०७१।०६।०६ मा, प्रतिवादी लक्ष्यबहादुर के ।सी ।ले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।५८०० बाट मिति २०७१।०६।०६ मा, प्रतिवादी भोजबहादुर शाहले जरिवाना रू ।१०,०००।– (दश हजार रूपैयाँ) र ।नं ।५७९५ बाट मिति २०७१।०६।०६ मा यस अदालतमा दाखिला गरेको देखिँदा निज प्रतिवादीहरूले कसुरबाट सफाइ पाउने ठहरेकोले सो रकम निजहरूले फिर्ता पाउने हुँदा नियमानुसार गरी फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाइदिनू ---------२

प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू --३

सरोकारवालाले नक्कल मागे नियमानुसार लाग्ने दस्तुर लिई नक्कल दिनू -----------------------------४

प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी सुरू तथा रेकर्ड मिसिल सम्बन्धित अदालतमा फिर्ता पठाइदिनू---------------------------------------------५

यो फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू----------६ 

 

उक्त रायमा सहमत छु ।

न्या ।हरिप्रसाद फुयाल

 

इजलास अधिकृत (उपसचिव) : हिरा माया अवाल

फैसला लेखनमा सहयोग गर्नेः मतिना शाक्य (शाखा अधिकृत)

इति संवत् २०८० साल जेठ २८ गते रोज १ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु