निर्णय नं. ११४२८ - अंश चलन
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।११।२९
०७६–ऋक्ष्–००४७
मुद्दाः– अंश चलन
पुनरावेदक / वादी : जिल्ला बारा गा.वि.स. अमृतगंज वडा नं.४ परिवर्तित ऐ. सिम्रौनगढ नगरपालिका वडा नं.२ बस्ने स्व. फुलियादेवी तत्वीनको मु.स.गर्ने प्रतिभाकुमारी दाससमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ बस्ने राम अयोध्या दासको छोरा अनुठा दास तत्मासमेत
अदालतमा अंश मुद्दा दायर भएपछि फैसलाबमोजिम अंशबन्डा छुट्याई लिन दिन कानूनले निश्चित म्यादभित्र निवेदन दिनुपर्ने र म्यादभित्र निवेदन परेमा अदालतले फैसलाबमोजिम बन्डा छुट्याइदिनुपर्ने । म्यादभित्र बन्डा छुट्याइपाउँ भनी दरखास्त नदिई जहिलेसुकै दरखास्त दिई सोही फैसला कार्यान्वयन गराउन पाइने अवस्थासमेत नदेखिने ।
म्यादभित्र दरखास्त नपरी म्याद नाघेमा फैसला कार्यान्वयन हुन नसकी कोही व्यक्ति निरअंशी हुन नहुने मान्यताबमोजिम अन्य उपचारको माध्यमबाट अदालतमा नालिस दिन सकिने । एक पटक अंश मुद्दा दायर भई अंश पाउने ठहरी फैसला भएकोमा कानूनले तोकेको म्यादभित्र दरखास्त नदिएका कारण फैसलाबमोजिम बन्डा छुट्याई लिन बाँकी रहेको अवस्थामा अंश नामसारी दर्ता वा अंश दर्ता मुद्दा जस्ता वैकल्पिक मार्गबाट अदालतमा फिराद दिन सकिने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेशकुमार पौडेल तथा विद्वान् अधिवक्ता श्री देविराम उपाध्याय
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान् अधिवक्ता श्री दलबहादुर धामी
अवलम्बित नजिर :
ने.का.प.२०५७, अङ्क १२, नि.नं.६९६०
ने.का.प.२०६६, अङ्क ८, नि.नं.८२०९
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः–
मा. न्यायाधीश श्री नारायणप्रसाद पोखरेल
बारा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः–
माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर
पुनरावेदन अदालत हेटौडा
फैसला
न्या.हरिप्रसाद फुयाल : पुनरावेदन अदालत हेटौंडाको मिति २०७२/१२/१२ को फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई हेरिपाउँ भनी वादीको निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः–
यस फैसलाको पूर्णपाठ हेर्नका लागि
https://supremecourt.gov.np/publication/materials/103390.pdf मा click गरी
पृष्ठ ८६२ देखि ८७५ सम्म हेर्नुहुन अनुरोध गरिन्छ ।