निर्णय नं. ११५१६ - सम्पत्ति शुद्धीकरण
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल
फैसला मिति : २०८०।११।०२
०७८–ऋच्–०२३६
मुद्दाः सम्पत्ति शुद्धीकरण
पुनरावेदक / प्रतिवादी : भारत देश उत्तर प्रदेश प्रान्त जिल्ला बहराइच तहसिल नानपारा ग्राम सहजनवा बस्ने रामफल पाठकको नाति चन्द्रिकाप्रसाद पाठकको छोरा रभिस तथा रविस पाठक भन्ने रविश चन्द्र पाठक
विरूद्ध
प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अधिकारप्राप्त अनुसन्धान अधिकृतद्वय शाखा अधिकृत सुरज घिमिरे र प्रहरी निरीक्षक प्रदिप थापाको प्रतिवेदन तथा विशेष सरकारी वकील कार्यालय, माइतिघर, काठमाडौंको निर्णयले नेपाल सरकार
सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (उचभमष्अबतभ यााभलअभक) र त्यस्तो कसुरबाट प्राप्त सम्पत्तिको विद्यमानता हुनुपर्ने । सम्बद्ध कसुरबाट प्राप्त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्पत्ति आपराधिक कार्यबाट प्राप्त भएको होइन भनी उक्त सम्पत्तिलाई वैध देखाउन (बउउभबच तय दभ भिनष्तष्mबतभ) गरिने कार्य नै सम्पत्ति शुद्धीकरणको कसुर हुने । अपराधबाट सिर्जित सम्पत्तिलाई वैध गराउने कार्यले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गर्ने र वैध गराइएको सम्पत्तिले अर्थतन्त्रमा क्रमबद्ध असर (चष्उउभि भााभअतक) पुर्याउने भएकाले सम्पत्ति शुद्धीकरणको कसुरलाई गम्भिर प्रकृतिको कसुरका रूपमा लिइने ।
(प्रकरण नं.२)
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई सह–अपराध भनी उल्लेख भए तापनि ऐ. ऐनको दफा २९ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई स्वतन्त्र कसुर (कतबलमबयिलभ यााभलकभ) रूपमा लिएको देखिने । सम्बद्ध कसुरमा अभियोजन नभए तापनि सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही हुने गरी ऐनको दफा ३ ले गरेका व्यवस्थाभन्दा फरक प्रावधान गरी दफा २९ बमोजिम स्वतन्त्र कसुरमा मात्रै पनि कारबाही चलाउन सक्ने गरी ऐनमा विधायिकी मनसाय व्यक्त भएकोले कुनै प्रतिवादीलाई सम्बद्ध कसुरमा अभियोजन नचलाइएको कारणले मात्र निजलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोजन गर्न नमिल्ने नेदेखिने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपाने
अवलम्बित नजिर :
ने.का.प.२०७२, अङ्क ५, नि.नं.९४०६
सम्बद्ध कानून :
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
सदस्य मा.न्या.श्री अब्दुल अजीज मुसलमान
सदस्य मा.न्या.श्री बालेन्द्र रूपाखेती
सदस्य मा.न्या.श्री नित्यानन्द पाण्डेय
विशेष अदालत काठमाडौं
फैसला
न्या.हरिप्रसाद फुयाल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यस प्रकार रहेको छः–
तथ्य खण्ड
मिति २०७५।११।२२ को दिन बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ पासाङ ल्हामु मार्ग सडक खण्डमा भारत जिल्ला ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा भारत देश जिल्ला बहराइच थाना रूपैडीया सहजनवा बस्ने रामफल पाठकको नाति, चन्द्रिका पाठकको छोरा वर्ष ३० को रविश चन्द्र पाठकले चलाइ पछाडि बसेका बाँके जिल्ला, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ बस्ने वर्ष १२ को छोटु भन्ने नितेश तिवारी र प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठक दुवैको साथबाट कम्मर, पाइन्ट, जुता मोजामा लुकाइ राखेको रू.१,०००।– दरको ३१ गड्डी प्रति गड्डीको १००।– थानको हुने रू.३१,००,०००।–, रू.५००।– दरको को ८ गड्डी प्रति गड्डी १००।– दरको हुने रू.४,००,०००।–, फुटकर रू.१०००।– दरको १९ थानको रू.१९,०००।– र फुटकर रू.५००।– दरको ५० थानको रू.२५,०००।– गरी जम्मा रू.३५,४४,०००।– (पैंतीस लाख चौवालिस हजार) बरामद भएको भन्ने बेहोराको जिल्ला प्रहरी कार्यालय, बाँके नेपालगन्जबाट खटिएका प्रहरी टोलीले खडा गरेको खानतलासी बरामदी मुचुल्का ।
मिति २०७५।११।२२ को साँझ बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ पासाङ ल्हामु मार्ग सडक खण्डमा भारत देश जिल्ला बहराइच थाना रूपैडीया सहजनवा बस्ने वर्ष ३० को रविश चन्द्र पाठकले चलाएको ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल प्रहरीद्वारा चेकजाँचको क्रममा रोकी सोही मोटरसाइकल पछाडि बसेका बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ बस्ने वर्ष १२ को छोटु भन्ने निकेश तिवारीसमेतलाई शंका लागि तलासी गर्दा निजहरूको साथबाट नेपाली रूपैयाँ जम्मा रू.३५,४४,०००।– (पैंतीस लाख चौवालिस हजार) नगद फेला परेको र उक्त रकम बरामद गरी बरामद गरिएको दसीसहित निजहरूलाई पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि यसै प्रतिवेदन साथ दाखिला गरेको भनी प्र.नि. दिपक मल्लसमेतको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय, बाँके, नेपालगन्जमा मिति २०७५।११।२२ मा चढाएको प्रहरी प्रतिवेदन ।
मिति २०७५।११।२२ को दिन बाँके जिल्ला, नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ स्थित पासाङ ल्हामु मार्गमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले भारत देश, जिल्ला बहराइच, थाना रूपैडिया सहजनवा बस्ने रामफल पाठकको नाति चन्द्रिका पाठकको छोरा वर्ष ३० को रविश चन्द्र पाठकले चलाएको र पछाडि बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ बस्ने वर्ष १२ को नाबालक छोटु भन्ने नितेश तिवारीसमेत सवार भएको ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा निजहरूले कम्मरको भाग खल्ती र जुत्ताको मोजाभित्र लुकाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रू.१,०००।– र रू.५००।– दरका नोट गरी जम्मा रू.३५,४४,०००।– (पैंतीस लाख चौवालिस हजार) जाँच गर्ने क्रममा फेला पारी बरामद गरी निजहरूलाई समेत नियन्त्रणमा लिई यस कार्यालयमा दाखिला गरेकोले छोटु भन्ने नितेश तिवारी नाबालक देखिएकोले निजलाई आवश्यक परे उपस्थित गराउने गरी निजको अभिवाभकको जिम्मा छाडिएको, बरामद ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, बाँकेको नियन्त्रणमा राखी सुरक्षित रहेको र निज रविश चन्द्र पाठकलाई बरामद नगद रू.३५,४४,०००।– सहित सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार कारबाहीको पत्रसाथ संलग्न रहेका कागजातसहित पठाइएको भन्ने जिल्ला प्रहरी कार्यालय बाँकेको प.स.२०७५/७६ च.नं.४५९९ मिति २०७५।११।२३ को उजुरी पत्र ।
म १५/२० दिनदेखि मासिक रू.१०,०००।– पाउने गरी धिरज तिवारीको नेपालगन्ज जमुनाहा स्थित किराना पसलमा काम गर्दै आएको छु । धिरज तिवारीसँग एक / डेढ वर्ष पहिलादेखि चिनजान थियो । म आफ्नो भारत स्थित घरदेखि नै दैनिक आवतजावत गरी पसलमा काम गर्ने गर्दथेँ । उक्त बरामद भएको रकम मलाई मेरो साहुले दिएको हो । त्यो मेरो पैसा होइन । मलाई नेपालगन्ज स्थित पासाङ ल्हामु मार्गमा प्रहरीले चेकजाँचका क्रममा मिति २०७५।११।२२ का दिन पक्राउ गरेको हो । जमुनाहबाट हामी हिँड्दा साहुले दिएको नगद रू.३५,४४,०००।– (पैंतीस लाख चवालिस हजार) छ भन्ने कुरा थाहा थियो तर उक्त रकम बोकी हिड्ने क्रममा निकेश र मेरो साथमा के–कति रकम रहेको छ भन्ने कुरा थाहा थिएन । चेकजाँचका क्रममा प्रहरीले रकम बरामद गरी गणना गर्ने क्रममा आफूसँग बरामद भएको रकम रू.१६,४४,००००।– (सोह्र लाख चवालिस हजार) रहेको कुरा थाहा पाएँ । बाँकी १९ लाख रकम निकेश तिवारीसँग रहेछ । तिमीहरू पैसा लिएर नेपालगन्ज स्थित त्रिभुवन चोक आसपासमा जानु म त्यहीँ भेट्नेछु भनी साहु धिरज तिवारीले भनेबमोजिम हामी गएका थियौं । उक्त रकम निज साहुले कहाँबाट ल्याएका हुन, को–कसलाई के–बापत दिन भनी हामीलाई बोकाइ पठाएका हुन् भन्ने बारेमा मलाई थाहा भएन । उक्त दिन मेरो मोटरसाइकल पञ्चर भएकाले मैले आवतजात गर्न मेरो साथी भारतीय नागरिक विपिनको मोटरसाइकल रूपेडियाबाट लिएको थिएँ । उक्त ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल मैले नै चलाई हिँडिरहेको अवस्थामा चेकजाँच हुँदा रकमसहित पक्राउ परेको ठिक साँचो हो । घटनास्थलमा म पक्राउ परेपछि रकमको स्रोतको बारेमा मलाई यकिन नभएपछि मैले साहुजी धिरज तिवारीलाई फोन गरी बोलाएँ तर वहाँ हालसम्म पनि सम्पर्कमा आउनुभएको छैन । उक्त रकम मैले नेपालमा कुनै पेसा, व्यापार व्यवसाय गरी आर्जन गरेको रकम होइन । उक्त रकम मेरो साहुको हो भन्ने बेहोराको प्रतिवादी रविश चन्द्र पाठकले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
उजुरी प्रतिवेदन, खानतलासी तथा बरामदी मुचुल्का र जाँचबुझको क्रममा भएको बयानसमेतको आधारमा प्रतिवादी रविश चन्द्र पाठकको नेपालमा कुनै पनि व्यापार व्यवसाय रहे भएको नदेखिनु, निजको साथबाट बरामद भएको रकम दिनुपर्ने भनिएको व्यक्तिको नाम, थर ठेगाना र सम्पर्क नम्बर खुलाउन नसक्नु, यी आरोपीलाई रकम दिई पठाउने भनिएका व्यक्ति धिरज तिवारी भएको कुरा निजकै बयानबाट खुल्न आए तापनि निज हालसम्म उक्त रकम मेरो हो भनी दाबी गर्न नआउनु र साथमा नाबालक छोटु भन्ने नितेश तिवारीसमेतलाई मोटरसाइकल पछाडि राखी बरामद गरिएको रकम बोक्न लगाउनुसमेतका तथ्यगत आधारबाट बरामद गरिएको रकमउपर थप अनुसन्धान गर्नुपर्ने देखिएकोले उक्त रकम सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २ को खण्ड (श) सँग सम्बन्धित अनुसूचीको सम्बद्ध कसुरको खण्ड १ को (भ) मा उल्लिखित कसुर गरेको देखिँदा प्रस्तुत उजुरीउपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ को उपदफा (१) बमोजिम अनुसन्धान हुन उपयुक्त देखिएको भन्नेसमेत बेहोराको मिति २०७५।१२।१८ को सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पेस गरिएको प्रारम्भिक जाँचबुझ प्रतिवेदन ।
मैले रविश चन्द्र पाठकलाई विगत ४/५ महिना पहिलादेखि मेरो बाबु उमाशंकर तिवारीको नेपालगन्ज जमुनाहा भन्सार कार्यालय नजिक रहेको सानो किराना पसलमा आउने जाने क्रममा चिनेको हुँ । निजसँग मेरो कुनै नाता सम्बन्ध छैन । मिति २०७५।११।२२ का दिन प्रहरीले रविश चन्द्र पाठक र मसमेत बाट बरामद भएको नेपाली रकम रू.३५,४४०००।– को कस्को हो र कसलाई दिनको लागि लगेको हो मलाई केही थाहा छैन । उक्त रकम मलाई रविश चन्द्र पाठकले जमुनाहाको नेपालको सिमानाबाट बोक्न लगाएका हुन् । नेपालगन्जतर्फ जाने क्रममा बरामदी मुचुल्कामा उल्लेख भएको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल र नगद नेपाली रू.३५,४४०००।– मिति २०७५।११।२२ को साँझ बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ स्थित पासाङ ल्हामु मार्ग सडक खण्डमा प्रहरीले बरामद गरेको हो । उक्त रकम बोकेबापत मैले के–कति रकम पाउथे त्यो पनि मलाई थाहा छैन । मलाई मेरो साथमा पैसा राखी मोटरसाइकल पछाडि बस भनी रविश चन्द्र पाठकले भनेको हो र म बसेको हुँ । मेरो साथमा के–कति रकम राखिदिएका थिए त्यो पनी मलाई थाहा भएन । धिरज तिवारी मेरो सहोदर जेठो दाइ हुन । उक्त बरामद रकम दाई धिरज को हो वा होइन सो बारेमा मलाई थाहा भएन भन्ने बेहोराको बाल बिज्याँइकर्ता छोटु भन्ने नितेश तिवारीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
बरामद गरिएको रकमका धनी भनिएका धिरज तिवारीको सम्बन्धमा उपस्थित गराइदिन भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिति २०७६।१।२५ मा जिल्ला प्रहरी कार्यालय अपराध अनुसनधान तथा कारबाही शाखा, बाँकेलाई पत्र लेखी पठाइएकोमा आफ्नो कार्यालय तथा मातहतसमेतको वडा एरियामा खोजतलास गर्दा फेला नपरेको, निज भारततर्फ गएको भन्ने बुझिन आएको छ । साथै यस कार्यालय तथा मातहतसमेतको वडा एरियामा फेला परेमा उपस्थित गराइने छ भन्ने बेहोराको मिति २०७६।१।२६ मा जिल्ला प्रहरी कार्यालयम, बाँकेबाट प्राप्त पत्र ।
बरामद गरिएको भारतीय ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकलका धनी भनिएका भारतीय नागरिक विपिनलाई उपस्थित गराइदिन भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिति २०७६।१।२५ मा जिल्ला प्रहरी कार्यालय अपराध अनुसनधान तथा कारबाही शाखा, बाँकेलाई पत्र लेखी पठाइएकोमा उक्त कार्यालयबाट आफ्नो कार्यालय तथा मातहतसमेतमा खोजतलास गर्दा फेला नपरेको साथै निज भारतीय नागरिक रहेकोले यस कार्यालय तथा मातहतसमेतको वडा एरियामा फेला परेमा उपस्थित गराइने भन्ने बेहोराको बरामद गरिएको भारतीय ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकलका धनी भनिएका भारतीय नागरिक विपिनको सम्बन्धमा मिति २०७६।१।२६ को जिल्ला प्रहरी कार्यालय, बाँकेबाट प्राप्त पत्र ।
प्रतिवादीहरू रभिस तथा रविश चन्द्र पाठक भन्ने रविश चन्द्र पाठक, नाबालक छोटु भन्ने नितेश तिवारी र धिरज तिवारीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा सोही ऐनबमोजिम सजायको मागदाबी लिई निजहरूउपर मुद्दा चलाउने गरी विभागसमक्ष पेस भएको मिति २०७६।१।२० को रायसहितको अनुसन्धान अधिकृतहरूको अनुसन्धान प्रतिवेदन ।
प्रतिवादी छोटु भन्ने नितेश तिवारी र प्रतिवादी रविश चन्द्र पाठक दुवैको साथबाट गरी जम्मा रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार) बरामद हुन आएकोले प्रतिवादीहरू छोटु भन्ने नितेश तिवारी र रविश चन्द्र पाठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २(श) सँग सम्बन्धित अनुसूची–१ को देहाय (भ) बमोजिमको सम्बद्ध कसुर तथा सोही ऐनको दफा ३(१) को देहाय (क), (ख) र (ग) बमोजिमको निषेधित कार्य गरे गराएउपर सोही ऐनको दफा ३ को उपदफा (१) र (३) बमोजिमको कसुर गरेको र ऐ. दफा २८(१) बमोजिम प्रतिवादीले बरामद सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेकोसमेतका आधार र कारणहरूबाट प्रतिवादीहरू रविश चन्द्र पाठक भन्ने रविश चन्द्र पाठक र प्रतिवादी छोटु भन्ने नितेश तिवारीबाट बरामद भएको स्रोत नखुलेको जम्मा रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार) लाई बिगो कायम गरी निजहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सजाय गरी बरामद भएको नगद रूपैयाँ र मोटरसाइकल जफत गरिपाऊँ । साथै, प्रतिवादी नितेश तिवारी १२ वर्षको नाबालक भएको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(२) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(२) बमोजिम तथा फरार प्रतिवादी धिरज तिवारीको आय स्रोत र आर्थिक अवस्थाको तुलनामा बरामद भएको रकम अस्वाभाविक देखिएको तथा उक्त रकम के–कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने प्रमाण पेस गर्न नसकेको आधार र कारणबाट एवम् सहअभियुक्तको पोलयुक्त बयान बेहोरासमेतबाट निजको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २(श) सँग सम्बन्धित अनुसूची–१ को देहाय (भ) बमोजिमको सम्बद्ध कसुर तथा सोही ऐनको दफा ३(१) को देहाय (क), (ख) र (ग) बमोजिमको निषेधित कार्य भएको हुँदा सोही ऐनको दफा ३ को उपदफा (१) र (३) बमोजिमको कसुर गरेको र ऐ. दफा २८(१) बमोजिम प्रतिवादीले सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेकोसमेतका आधारमा प्रतिवादी धिरज तिवारीउपर बरामद हुन आएको रकम रू.३५,४४,०००।– लाई बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ३०(१) बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको मिति २०७६।२।५ को अभियोग मागदाबी ।
धिरज तिवारीले भारतीय नम्बरको मोटरसाइकलमा म र सँगै गएका छोटु भन्ने नितेश तिवारीलाई रू.३५,४४,०००।– नेपाली रूपैयाँ दिई निजको पसलबाट नेपालगन्ज स्थित त्रिभुवन चोकमा एकजना मानिस आउँछ, त्यसलाई रकम दिने हो रूपैयाँ लिएर हिँड म पछिपछि आउँछु भनेकोले मैले सो रकम लिई नेपालगन्ज स्थित त्रिभुवन चोकमा हिँडेको बेलामा पासाङ ल्यामु मार्गमा प्रहरीले पक्राउ गरी रकम बरामद गरेको हो । उक्त रकम मेरो होइन । धिरज तिवारीले कहाँबाट ल्याएका हुन् मलाई थाहा भएन । नितेश तिवारीलाई पनि पैसा लिएर हिँडेको थाहा थियो । निजले रू.१५ लाख जति समातेका थिए । दुवैको मिलाउँदा रू.३५,४४,०००।– हो । बरामदी भारतीय नम्बर प्लेटको ग्ए३२ व्त्८२४४ नं. को मोटरसाइकल विपिनको हो । निजको घर भारत रूपैडिया हो । थर र फोन नम्बर थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी रभिस भन्ने रविश चन्द्र पाठकले विशेष अदालत समक्ष गरेको बयान ।
मिति २०७५।११।२२ को बरामदी मुचुल्कामा भएको बेहोरा ठिक हो । सहीछाप मेरो हो । मबाट बरामद भएको नेपाली उन्नाइस लाख रूपैयाँ हो । उक्त रकम मलाई प्रतिवादी रविश चन्द्र पाठकले दिएका हुन् । उक्त रकम कहाँ लैजाने भन्ने बारेमा मलाई निजले केही भनेका थिएनन । मोटरसाइकलको नम्बर र मालिक को हुन मलाई थाहा छैन । मैले सम्पत्ति शुद्धीकरण ऐनबमोजिमको कसुर गरेको छैन । रविश चन्द्र पाठकले बोकाएको झोलामा पैसा थियो भने मलाई पहिला थाहा भएको भए बोक्ने नै थिइन । पछि मात्र थाहा पाएको हो भन्नेसमेत बेहोराको प्रतिवादी छोटु भन्ने नितेश तिवारीले विशेष अदालतसमक्ष गरेको बयान ।
विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(२)(ख) बमोजिम प्रतिवादी रविश चन्द्र पाठकलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी र प्रतिवादी छोटु भन्ने नितेश तिवारी १२ वर्षको नाबालक रहेको देखिँदा निजको हकमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(२), बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ र ३६(२) समेतका कानूनी प्रावधानको परिप्रेक्ष्यमा अदालतबाट खोजी भएका बखत उपस्थित गराउने सर्तसहितको कागज गराई निज प्रतिवादीको बाबुको जिम्मा लगाइदिनु भन्नेसमेत बेहोराको मिति २०७६।२।६ को विशेष अदालतको आदेश ।
प्रतिवादी धिरज तिवारीका नाममा विशेष अदालतबाट बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ को वतनमा म्याद जारी भएकोमा मिति २०७६।३।९ मा निज आफैँले उक्त म्याद बुझी लिई म्यादमा हाजिर नभई सुरू म्याद गुजारी बसेको ।
रविश चन्द्र पाठक धिरज तिवारीको पसलमा काम गर्ने मानिस हो । पैसा धिरज तिवारीले रविश चन्द्र पाठक र नितेश तिवारीलाई त्रिभुवन चोकसम्म पुर्याइदिनुस् भनेर पठाउनु भएको हो । रविशचन्द्र पाठकले मालिक धिरज तिवारीले भनेको काम गरेको हो । आरोप दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रविश चन्द्र पाठकको साक्षी धर्मेन्द्र कुमार बर्माले विशेष अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी धिरज तिवारीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ३ को उपदफा (१) अनुसारको निषेधित कार्य गरी उपदफा (३) अनुसारको कसुर गरेकोमा ऐ. ऐनको दफा ३० को उपदफा (१) बमोजिम निजलाई बरामद बिगोको दोब्बर हुने रू.७०,८८,०००।– (सत्तरी लाख अठासी हजार रूपैयाँ) जरिवाना र तजबिजी ३ (तीन) वर्ष कैद सजाय हुने ठहर्छ । सहप्रतिवादी प्रतिवादी रविश चन्द्र पाठकले प्रतिवादी धिरज तिवारीलाई कसुर गर्न मद्दत गरी मतियारको भूमिका निर्वाह गरेको देखिएकोले निज प्रतिवादी रविश चन्द्र पाठक भन्ने रविश चन्द्र पाठकलाई ऐ. ऐनको दफा ३० को उपदफा (२) अनुसार कसुर गर्ने व्यक्तिलाई भएको सजायको आधा हुने १ (एक) वर्ष ६ (छ) महिना कैद र रू.३५,४४,०००।– (पैंतिस लाख चौवालिस हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ । प्रतिवादी रविश चन्द्र पाठकसमेतबाट बरामद भएको रू.३५,४४,०००।– (पैंतिस लाख चौवालिस हजार) र उक्त कसुरमा प्रयोग भई आरोप पत्रसाथ पेस भएको ग्ए ३२ व्त्८२४४ नम्बरको मोटरसाइकल जफतसमेत हुने ठहर्छ । प्रतिवादी छोटु भन्ने नितेश तिवारीको हकमा ऐ. दफा ३ को उपदफा (२) अनुसारको मतियारको कसुर गरेको देखिई ऐ. दफा ३० को उपदफा (२) बमोजिम प्रतिवादी रविशचन्द्र पाठकसरह कै सजाय हुने देखिएकोमा निज १२ वर्षको नाबालक रहेको देखिएको र गम्भीर कसुरको मतियार रहेको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (२) बमोजिम २(दुई) महिना कैद गर्नुपर्ने देखिएकोमा निजको उमेर, परिपक्वताको स्थिति, स्कुल अध्ययन गरिरहेको अवस्थासमेतका पक्षलाई विचार गर्दा, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (५) बमोजिम छोटु भन्ने नितेश तिवारीको हकमा उक्त कैद सजायलाई स्थगन गरिदिएको छ भन्नेसमेत बेहोराको मिति २०७७।१२।१७ को विशेष अदालत काठमाडौंको फैसला ।
विशेष अदालत काठमाडौंले फैसला गर्दा मेरा साहु धिरज तिवारीलाई मुख्य कसुरदार कायम गरी मलाई मतियार कायम गरी १ वर्ष ६ महिना कैद सजाय र रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार रूपैयाँ) ठहर गरेको अवस्था छ । उक्त रकम मलाई साहुले भनेकोले मैले बोकेको मात्र हो । साहुले आदेश दिएबमोजिम आफ्नो साथमा रकम लिएर हिँड्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) अनुसारको कसुर कायम हुने होइन । उक्त रकम मेरो नभएको भनी मेरा साक्षीले सुरू अदालतसमक्ष गरेको बकपत्रसमेतबाट पुष्टि हुन आउँछ । सुरू अदालतले मेरा साहु धिरज तिवारीलाई ऐ. ऐनको उपदफा (१) को कसुर गरेको भनी कसुरदार कायम गरेको छ । प्राप्त भएको रकम मेरा साहु धिरज तिवारीको भएको भनी ठहर गर्दै निजले नै ऐ. ऐनको उपदफा (१) मा उल्लिखित कार्यहरू गरेको भनी निणर्य गरेको छ । ऐ. ऐनको उपदफा (२) मा उल्लेख भएबमोजिमको कुनै कार्य गरी मैले मेरा साहुलाई उपरोक्त उपदफा (१) मा उल्लेख भएबमोजिमको कार्य सम्पादनमा मेरोसमेत सहभागितालाई भएको हुनुपर्छ भनी उपदफा (२) को उद्देश्य रहेको छ । उक्त फैसलामा उल्लेख गरेअनुसार मैले केही पनि गरेको छैन । साहुले अह्राएबमोजिम रकम साथमा लिएर नेपालगन्ज स्थित त्रिभुवन चोक आसपासमा गएकोसम्म हो । साहुले अहाएको काम गर्नु मेरो जिम्मेवारी भएको अवस्थामा उपदफा (२) बमोजिमको कसुरमा मलाई कसुरदार कायम गर्न मिल्दैन । कुनै पनि आपराधिक कार्य हुनका लागि आपराधिक कार्य (बअतगक चभगक) र आपराधिक मन (mभलक चभब) दुवै तत्त्वका विद्यमानता अनिवार्य हुनुपर्दछ । यी दुवैमध्ये कुनै पनि तत्त्व मैले सम्पादन गरेको सम्पूर्ण कार्यमा कहीँकतै विद्यमान रहेको अवस्था छैन । साहुले दिई पठाएको रूपैयाँ के–कस्तो स्रोतबाट प्राप्त रूपैयाँ हो, के–कुन प्रयोजनमा प्रयोग गर्ने हुने हो भन्ने मलाई थाहा हुने कुरा भएन । अभियोग दाबीकै आधारमा कसुर कायम हुने होइन । उक्त कुरा मिसिल संलग्न भौतिक प्रमाणहरूबाट पुष्टि पनि हुनुपर्दछ । उक्त रकम मेरो नभएको र मैले साहुले अह्राएको काम मात्र गरेको अवस्थामा मसमेतलाई मतियार कायम गरी कैद र जरिवाना ठहर गरेको विशेष अदालत काठमाडौंको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदाबीबाट पूर्ण रूपमा सफाई दिलाई पाउँ भन्ने बेहोराको प्रतिवादी रविशचन्द्र पाठकले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
यसमा यी पुनरावेदक प्रतिवादी अर्का प्रतिवादी धिरज तिवारीको पसलमा काम गर्ने कामदार भएको तथा बरामद भएको रकम पसलको साहुले आदेश दिएबमोजिम निजले लुकाई हिँडेको भन्ने मिसिलबाट देखिन आएको र यी पुनरावेदक प्रतिवादीलाई उक्त रकम साहुले गैरकानूनी स्रोतबाट आर्जन गरी लुकाउने वा छल्ने उद्देश्यले बोकाई पठाएको हो भन्ने थाहा जानकारी पाउन सक्ने अवस्थासमेत नदेखिएकोमा यी प्रतिवादीउपर समेत कसुर ठहर गरेको विशेष अदालत काठमाडौंको मिति २०७७।१२।१७ को फैसला सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को व्याख्याको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०८०।५।६ को यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपानेले यी प्रतिवादीले चलाएको ग्ए ३२ व्त् ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा नाबालक नितेश तिवारीलाई पछाडि राखेको अवस्थामा निजहरूको साथबाट रू.३५,४४,०००।– बरामद भएको, बरामद भएको रकमको वैधानिक स्रोत देखाई पुष्टि गर्न नसकेको हुँदा विशेष अदालत काठमाडौंले कसुरदार ठहर्याई सजाय गरेको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
प्रतिवादी छोटु भन्ने नितेश तिवारी र प्रतिवादी रविश चन्द्र पाठक दुवैको साथबाट जम्मा रू.३५,४४,०००।– बरामद हुन आएकोले प्रतिवादीहरू छोटु भन्ने नितेश तिवारी र रविश चन्द्र पाठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २(श) सँग सम्बन्धित अनुसूची–१ को देहाय (भ) बमोजिमको सम्बद्ध कसुर तथा सोही ऐनको दफा ३(१) को देहाय (क), (ख) र (ग) बमोजिमको निषेधित कार्य गरे गराएउपर सोही ऐनको दफा ३ को उपदफा (१) र (३) बमोजिमको कसुर गरेको र ऐ. दफा २८(१) बमोजिम प्रतिवादीले बरामद सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेको समेतका आधार र कारणहरूबाट प्रतिवादीहरू रविश चन्द्र पाठक भन्ने रविश चन्द्र पाठक र प्रतिवादी छोटु भन्ने नितेश तिवारीबाट बरामद भएको स्रोत नखुलेको रकम रू.३५,४४,०००।– लाई बिगो कायम गरी निजहरूलाई ऐ. ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय गरी बरामद भएको नगद रूपैयाँ र मोटरसाइकल जफत गरिपाऊँ । साथै, प्रतिवादी नितेश तिवारी १२ वर्षको नाबालक भएको देखिँदा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(२) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(२) बमोजिम सजाय गरिपाऊँ । प्रतिवादी धिरज तिवारी कसुरमा संलग्न रही मौकामा फरार रहेकोले निजको हकमा समेत सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २(श) सँग सम्बन्धित अनुसूची–१ को देहाय (भ) बमोजिमको सम्बद्ध कसुर तथा सोही ऐनको दफा ३(१) को देहाय (क) (ख) र (ग) बमोजिमको निषेधित कार्य भएको हुँदा सोही ऐनको दफा ३ को उपदफा (१) र (३) बमोजिमको कसुर गरेको र सोही ऐनको दफा २८(१) बमोजिम प्रतिवादीले सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेको समेतका आधारमा प्रतिवादीउपर बरामद हुन आएको रकम रू.३५,४४,०००।– लाई बिगो कायम गरी ऐ. ऐनको दफा ३०(१) बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको अभियोग मागदाबी रहेको देखिन्छ । विशेष अदालत काठमाडौंले मिति २०७७।१२।१७ मा प्रतिवादी धिरज तिवारीलाई रू.७०,८८,०००।– जरिवाना र ३ वर्ष कैद सजाय, प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकलाई मतियार कायम गरी निजको साथबाट बरामद भएका मोटरसाइकल रकम रू.३५,४४,०००।– बरामद गरी रू.३५,४४,०००।– जरिवाना र १ वर्ष ६ महिना कैद सजाय र नाबालक नितेश तिवारीलाई २ महिना कैद स्थगन हुने ठहर्याई फैसला गरेको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई विशेष अदालतको फैसला उल्टी गरी अभियोग मागदाबीबाट सफाई पाउँ भनी प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखियो ।
प्रस्तुत मुद्दामा मुख्य अभियुक्त प्रतिवादी धिरज तिवारीलाई विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) बमोजिमको निषेधित कार्य गरी उपदफा (३) बमोजिमको कसुर गरेकोले उक्त ऐनको दफा ३० को उपदफा (१) बमोजिम रू.७०,८८,०००।– जरिवाना र ३ वर्ष कैद सजाय ठहरेकोमा यी प्रतिवादी फरार नै रहेको देखिन्छ । बालबिज्याईकर्ता नितेश तिवारीलाई २ महिना कैद गरी उक्त कैद स्थगन गरेको फैसलाउपर निजको तर्फबाट यस अदालतमा पुनरावेदन परेको नदेखिँदा सोतर्फ थप विवेचना गरिरहनु परेन । प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकलाई विशेष अदालत काठमाडौंले मतियारको रूपमा कसुरदार ठहर गरेउपर निजको पुनरावेदन परी प्रस्तुत मुद्दा इजलाससमक्ष पेस हुन आएको देखिन्छ ।
उल्लिखित तथ्य, कागजात एवम प्रमाणहरूको अध्ययन गरी प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ताको बहस जिकिरसमेत सुनी देहायका सम्बन्धमा निर्णय दिनुपर्ने देखियोः
क) प्रतिवादी रविश भन्ने रविशचन्द्र पाठकको सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा संलग्नता रहेको छ, छैन ?
ख) विशेष अदालत काठमाडौंको मिति २०७७।१२।१७ को फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
निर्णयतर्फ विचार गर्दा, मिति २०७५।११।१२ मा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ स्थित पासाङ ल्हामु मार्गमा प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकले चलाएको ग्ए ३२ व्त् ८२४४ नम्बरको विदेशी मोटरसाइकल र सोको पछाडि बसेको नाबालक नितेश तिवारीलाई नियन्त्रणमा लिई चेक गर्दा निजहरूको साथबाट जम्मा नेपाली रकम रू.३५,४४,०००।– बरामद भएको देखिन्छ । उक्त बरामद भएको रकमको वैधानिक स्रोत देखाई पुष्टि गर्न नसकेको कारणबाट प्रतिवादीहरूउपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१) को देहाय (क), (ख) र (ग) बमोजिमको निषेधित कार्य गरी ऐ. को उपदफा (१) र (३) बमोजिमको कसुर गरेकोले ऐ. को दफा २८(१) समेतको अवस्था देखिएको हुँदा ऐ. को दफा ३० को उपदफा (१) बमोजिम सजाय मागदाबी लिई प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
अब पहिलो प्रश्न अर्थात् प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकको सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा संलग्नता रहेको छ छैन भन्ने विषयको निर्क्योल गर्नु अघि सम्पत्ति शुद्धीकरण भनेको के हो ? के–कस्ता कार्यहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरअन्तर्गत राखिएको छ ? सम्पत्ति शुद्विकरणका चरणहरू के–के हुन ? सम्पत्ति शुद्धीकरणको सम्बन्धमा नेपाल कुन कुन अन्तराष्ट्रिय सन्धिहरूको पक्ष राष्ट्र रहेको छ ? नेपालको सन्दर्भमा सम्पत्ति शुद्धीकरणसम्बन्धी के–कस्ता कानूनी व्यवस्था रहेका छन ? भन्ने प्रश्नहरूमा विवेचना गर्नुपर्ने देखिन आयो ।
२. सामान्यतया कसुरबाट आर्जित सम्पत्ति (उचयअभभमक या अचष्mभ) लाई वैध सम्पत्तिको रूपमा रूपान्तरण गर्ने प्रक्रिया नै सम्पत्ति शुद्धीकरण हो । कतिपय कसुरहरूमा खास कसुरका अतिरिक्त कसुरबाट आर्जित सम्पत्ति (उचयअभभमक या अचष्mभ) गरेको विषय पनि जोडिएको पाइन्छ । यस्ता मूल कसुर सम्बन्धित कानूनबमोजिम अनुसन्धान र अभियोजनयोग्य हुन्छन् तर मूल कसुरबाट आर्जित गैरकानूनी सम्पत्तिको हकमा सम्बन्धित कानून मौन रहने भएकाले सम्पत्ति शुद्धीकरण निवारण कानून (बलतष्–mयलभथ बिगलमभचष्लन बिध) को उदभव र विकास भएको पाइन्छ । संयुक्त राष्ट्र सघंको बहुउद्देशीय संगठित अपराध विरूद्धको महासन्धि २००० (ग्लष्तभम ल्बतष्यलक ऋयलखभलतष्यल ब्नबष्लकत त्चबलकलबतष्यलब िइचनबलष्शभम ऋचष्mभ, २०००) को दफा ६(१)(क) अनुसार मनी लाउन्डरिङ भन्नाले सम्पत्तिको गैरकानूनी उत्पत्ति लुकाउने वा लुकाउने उद्देश्यले वा अपराधमा संलग्न व्यक्तिलाई कानूनी नतिजाबाट बच्न मद्दत गर्ने उद्देश्यले त्यस्तो सम्पत्ति अपराधको आय हो भन्ने जानीजानी सम्पत्तिको सम्बन्धमा वास्तविक प्रकृति, स्रोत, स्थान, स्वभाव, आवागमन वा स्वामित्व वा अधिकारहरू लुकाउने वा अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्तिको स्रोत लुकाउन सहयोग गर्ने कार्य भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै सम्पत्ति शुद्धीकरणको कसुरमा गैरकानूनी वा आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्तिलाई विभिन्न क्रियाकलापहरूको माध्यममार्फत वैध सम्पत्तिमा रूपान्तरण गरी अर्थतन्त्रका औपचारिक माध्यमहरूमा समाहित गर्ने गरिन्छ । सम्पत्ति शुद्धीकरण प्राविधिक रूपले परिभाषित कसुर भएको र यसलाई दोस्रो चरणको कसुर भनी व्याख्यासमेत गरिन्छ । सामान्यतः सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (उचभमष्अबतभ यााभलअभक) र त्यस्तो कसुरबाट प्राप्त सम्पत्तिको विद्यमानता हुनु आवश्यक मानिन्छ । सम्बद्ध कसुरबाट प्राप्त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्पत्ति आपराधिक कार्यबाट प्राप्त भएको होइन भनी उक्त सम्पत्तिलाई वैध देखाउन (बउउभबच तय दभ भिनष्तष्mबतभ) गरिने कार्य नै सम्पत्ति शुद्धीकरणको कसुर हो । अपराधबाट सिर्जित सम्पत्तिलाई वैध गराउने कार्यले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गर्ने र वैध गराइएको सम्पत्तिले अर्थतन्त्रमा क्रमबद्ध असर (चष्उउभि भााभअतक) पुर्याउने भएकाले सम्पत्ति शुद्धीकरणको कसुरलाई गम्भीर प्रकृतिको कसुरका रूपमा लिइन्छ । के–कस्तो कसुरहरू सम्बद्ध कसुरभित्र पर्दछन् भन्ने सन्दर्भमा सम्बन्धित राष्ट्रको सम्पत्ति शुद्धीकरण निवारणको लागि बनेको ऐनमा नै परिभाषित गरिएको पाइन्छन् । समग्रमा मूल कसुरबाट आर्जित सम्पत्तिको प्राप्ति, प्रयोग र नियन्त्रण गर्ने, त्यस्तो सम्पत्तिलाई लुकाउने वा सो सम्पत्तिको व्यवस्थापन गर्न गरिने कार्यलाई सम्पत्ति शुद्धीकरणको कसुर भनी मान्ने गरेको पाइन्छ ।
३. कसुरबाट प्राप्त गैरकानूनी सम्पत्तिलाई विभिन्न चरणहरूमा वर्गीकरण गरी विभिन्न प्रक्रियामार्फत शुद्धीकरण गर्ने गरिन्छ । सम्पत्ति शुद्धीकरणका प्रक्रियाहरूलाई पहिलो चरणमा रकम राख्ने (उबिअझभलत) अर्थात् सम्पत्ति शुद्धीकरण कर्ताले गैरकानूनी तथा अवैध रूपमा कसुरबाट प्राप्त सम्पत्तिलाई कुनै पनि बैंक तथा वित्तिय संस्थामा जम्मा गर्ने कार्य गर्दछ । यस चरणमा शुद्धीकरण गर्ने व्यक्तिले ठुलो रकमलाई सानो सानो रकममा खण्डीकरण गरी विभिन्न बैंक तथा वित्तिय संस्थामा जम्मा गर्ने र झिक्ने कार्य गर्न सक्दछ । यस अवस्थामा शुद्धीकरण गर्ने व्यक्तिको मनसाय शुद्धीकरण गर्नुपर्ने रकम एक स्थानबाट अर्को स्थानमा पुर्याउनु भन्ने मानिन्छ । दोस्रो चरणमा रकमको तहकीकरण गर्ने (बिथभचष्लन) अर्थात् सम्पत्ति शुद्धीकरणको दोस्रो चरणमा सम्पत्ति शुद्धीकरण कर्ताले कसुरबाट प्राप्त सम्पत्तिलाई विभिन्न वित्तिय कारोबार गर्दै बहुचक्रिय वित्तिय कारोबारमा परिणत गर्दछ । शुद्धीकरण कर्ताले शेयर, डिबेन्चर, चल अचल सम्पत्तिको खरिद, बिक्री गर्ने, अस्पताल, मन्दिरहरू बनाउने वा चन्दा दिने, देशभित्र वा बाहिर रहेका आफन्तहरूको नाममा रकम स्थानान्तरण गर्ने जस्ता कार्यहरू देखाएर अवैध रकमको तहकीकरण गर्दछ । तेस्रो चरणमा सम्पत्तिको एकीकृत (ष्लतभनचबतष्यल) अर्थात् शुद्धीकरणकर्ताले भिन्न व्यक्ति वा स्थानमा भएको रकमलाई एकीकृत वा वैधानिक क्षेत्रमा प्रवाह गर्ने कार्य गर्दछ । यो चरणमा शुद्धीकरणकर्ताले मुख्यतया घरजग्गा कारोबार, व्यापार, व्यवसाय, संस्थागत क्षेत्र आदिमा लगानी गर्ने जस्ता क्रियाकलापहरू गर्ने गर्दछन् । यसरी यी चरणहरूको माध्ययमबाट कसुरबाट आर्जन गरेको सम्पत्तिको वैधानिकीकरण (भिनष्तष्mष्कबतष्यल) गर्ने गरिन्छ ।
४. सम्पत्ति शुद्धीकरणको अपराधले राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाउनुका साथै अन्तराष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्दछ । सम्पत्ति शुद्धीकरणले पारदर्शिता घटाउने, आर्थिक स्थायित्व कमजोर पार्ने, विदेशी विनिमेय दर अस्थिर बनाउने, अपचलन बढाउने, बजारमा अस्थिरता ल्याउने, विदेशी तथा स्वदेशी लगानी विकर्षण गर्ने, व्यापार घाटा बढाउने, नियमन, निरीक्षण, सुपरीवेक्षणलाई कमजोर पारी अन्त्यमा अपराध र अपराधीलाई नै शक्तिशाली बनाउने गर्दछ । त्यसैले आजको विश्वमा सम्पत्ति शुद्धीकरणलाई निवारण गर्नका लागि अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय पहलहरू भइरहेका देखिन्छन । यसै सम्बन्धमा सम्पत्ति शुद्धीकरणको निवारणको पहलको लागि संयुक्त राष्ट्र सघंले लागु औषध तथा मनोद्विपक पदार्थको अवैधानिक ओसारपसार विरूद्धको महासन्धि, १९८८ (ग्लष्तभम ल्बतष्यलक ऋयलखभलतष्यल बनबष्लकत क्ष्ििष्अष्त त्चबााष्अ ष्ल ल्बचअयतष्अ म्चगनक बलम एकथअजयतचयउष्अ क्गदकतबलअभक, १९८८) निर्माण गरिएको पाइन्छ । उक्त महासन्धिको धारा ३ को उपधारा १ को (ख) को (अ) मा कुनै सम्पत्ति कसुरबाट आर्जित सम्पत्ति हो भन्ने जानीजानी सो सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने वा छल्ने वा त्यस्ता कसुरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले त्यस्तो सम्पत्तिको रूपान्तरण वा हस्तान्तरण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण भनिन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यसका साथै नेपाल संयुक्त राष्ट्र सङ्घको आतङ्कवादमा वित्तीय लगानी दमनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९९९, संयुक्त राष्ट्र सङ्घको बहुदेशीय सङ्गठित अपराध विरूद्धको महासन्धि, २०००, संयुक्त राष्ट्र सङ्घको भ्रष्टाचार विरूद्धको महासन्धि, २००३, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको आतङ्कवाद दमन विरूद्धको महासन्धि, १९८७ र सोको आतङ्कवादमा वित्तीय लगानी दमनसम्बन्धी प्रोटोकल, २००४, बिमस्टेकको अन्तर्राष्ट्रिय आतङ्कवाद, बहुराष्ट्रिय संगठित अपराध तथा लागु औषधको गैरकानूनी ओसारपसारसम्बन्धी महासन्धि, २००९ जस्ता महासन्धिहरूको पक्ष राष्ट्र भएको देखिन्छ ।
५. सम्पत्ति शुद्धीकरण कसुरको गाम्भीर्य र यसले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पार्ने नकरात्मक प्रभावलाई मध्यनजर गरेर ग्लष्तभम ल्बतष्यलक इााष्अभ यल म्चगनक बलम ऋचष्mभ (ग्ल्इम्ऋ) ले एउटा :यमभ िःयलभथ ीबगलमभचष्लन या एचयअभभमक या ऋचष्mभ बलम त्भचचयचष्कत ँष्लबलअष्लन द्यष्िि, २००३ निर्माण गरी सबै राष्ट्रहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून बनाउन सहयोग गर्ने प्रयास गरेको देखिन्छ । सम्पत्ति शुद्धीकरणको सन्दर्भमा अन्तराष्ट्रिय सहकार्य गर्नका निम्ति सन् १९८९ मा न्७ राष्ट्रहरूको पहलमा अन्तर–सरकारी संस्थाको रूपमा फाइनान्सियल एक्सन टास्क फोर्स (ँब्त्ँ) गठन गरेको पाइन्छ । सम्पत्ति शुद्धीकरणको निवारणका निम्ति यस संस्थाले ४० वटा अन्तर्राष्ट्रिय मान्यता (च्भअयmmभलमबतष्यलक) मार्फत सदस्य राष्ट्रहरूको सम्पत्ति शुद्धीकरण निवारण गर्न बनेको कानूनी व्यवस्थाको मूल्याङ्कन गरी सुदृढ गर्न प्राविधिक सहायता प्रदान गर्ने गरेको पाइन्छ । नेपाल सन् २००२ देखि उक्त संस्थाको क्षेत्रीय संजाल एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (ब्एन्) को सदस्य रहि आएको पाइन्छ। उक्त ँब्त्ँ ले निर्देश गरेको मान्यताअनुरूप सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी व्यवस्था सुदृढ नगरेको अवस्थामा ँब्त्ँ ले सम्बन्धित राष्ट्रहरूलाई न्चभथष्कित र द्यबिअपष्कित समेत गर्न सक्ने देखिन्छ । सन् २००८–२०१४ सम्म नेपाल ँब्त्ँ को न्चभथष्कित मा सुचीकृत भएको दृष्टान्तसमेत पाइन्छ । यसरी ँब्त्ँ को न्चभथष्कित मा पर्ने मुलुकहरूको अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानी जस्ता क्षेत्रहरूमा प्रत्यक्ष असर परी समग्र अर्थतन्त्रमा नै नकरात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।
६. अब नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी के–कस्ता कानूनी व्यवस्था रहेका छन् भन्ने सन्दर्भमा हेर्दा, अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्ने सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्य रहेको भनी उक्त ऐनको प्रस्तावनामा उल्लेख गरेको पाइन्छ । कसुरबाट आर्जित सम्पत्तिको गैरकानूनी स्रोत (ष्ििष्अष्त यचष्नष्ल) लुकाई सही सद्धे सम्पत्तिमा रूपान्तरण वा हस्तान्तरण गरी भोगचलन गर्ने कार्यमा रोक लगाउनु उक्त ऐन ल्याउनु पछाडिको विधायिकी मनसाय देखिन्छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१) मा कुनै व्यक्तिले (क) सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने, (ख) कसुरदाबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, (ग) कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने कार्यहरू गर्नु वा गराउनु हुँदैन भनी उल्लेख गरेको पाइन्छ । ऐ. दफाको उपदफा (२) मा कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरूत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुँदैन भनी उल्लेख गरेको पाइन्छ । ऐ. दफाको उपदफा (३) मा कसैले उपदफा (१) र (२) मा उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर हुनेछ भनी उल्लेख गरेको पाइन्छ । माथि उल्लिखित कानूनी व्यवस्था गरिनु पछाडि विधायिकाको मनसाय देशमा आर्थिक सुरक्षा र स्थायित्व कायम गर्नु, अन्य अपराधहरू जस्तै मानव तस्करी, आतङ्कवादमा लगानी जस्ता कसुरहरूको नियन्त्रण गर्नु, अपराधको संजालहरूको विनाश गर्नु, अन्तराष्ट्रिय समुदायमा विश्वसनीयता कायम गर्न अन्तराष्ट्रिय मानकहरूको पालना गर्ने, कानूनी र पारदर्शी आर्थिक गतिविधिहरूको विकास गरी देशमा वैदेशिक लगानी आकर्षित गर्नु आदि रहेको देखिन्छ । मुलतः स्रोत नखुलेको, गैरबैंकिङ पद्धतिबाट मुख्य कसुदार आफैँ वा नजिकका कुनै व्यक्तिमार्फत ऐनले निषेध गरेको कार्यलाई निषेध र सजाय गर्नको लागि नै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनको निर्माण गरिएको देखिन्छ । नेपालको सम्पत्ति शुद्धीकरण निवारण ऐनले पनि ग्लष्तभम ल्बतष्यलक ऋयलखभलतष्यल बनबष्लकत क्ष्ििष्अत त्चबााष्अ ष्ल ल्बचअयतष्अ म्चगनक बलम एकथअजयतचयउजष्अ क्गदकतबलअभक, १९८८ ले गरेको परिभाषालाई नै सम्पत्ति शुद्धीकरणको कसुर भनी परिभाषित गरेको पाइन्छ । सम्पत्ति शुद्धीकरण हुनका लागि सम्पत्ति शुद्धीकरणकर्ताले सम्बद्ध कसुर गरेको हुनुपर्ने विषयलाई नेपालको ऐनले पनि अङ्गीकार गरेको पाइन्छ । यद्यपि सोही ऐनको दफा २९ मा सम्बद्ध कसुरमा मुद्दा नचलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर मा मुद्दाको अभियोजन गर्न सकिने अपवादको अवस्थालाई नेपालमा कसुरजन्य कार्यको रूपमा उल्लेख गरेको देखिन्छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को अनुसूची खण्डमा प्रचलित कानूनअन्तर्गत सङ्गठित आपराधिक समूह र गैरकानूनी वा धुत्र्याइँपूर्वकको असुलीमा सहभागी हुनेसम्बन्धी कसुर, विध्वंशात्मक कार्यलगायत आतङ्कवादसम्बन्धी कसुर, जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर, बाल यौन शोषणलगायत जुनसुकै प्रकारको शोषणसम्बन्धी कसुर, लागु औषध तथा मनोद्वीपक पदार्थको गैरकानूनी ओसारपसारसम्बन्धी कसुर गरी जम्मा ३६ (छत्तीस) वटा कसुरहरूलाइ सम्बद्ध कसुरअन्तर्गत राखेको पाइन्छ ।
७. अब प्रतिवादी रविश भन्ने रविशचन्द्र पाठकको सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा संलग्नता थियो वा थिएन भन्ने सन्दर्भमा विचार गर्नुपूर्व प्रस्तुत मुद्दाका प्रमुख कसुरदार साहु धिरज तिवारीलाई सम्पत्ति शुद्धीकरणको कसुरदार ठहर गरेको सन्दर्भमा विवेचना गर्नुपर्ने देखिन्छ । यसै सम्बन्धमा यसै अदालतबाट पुनरावेदक / प्रतिवादी माधवकुमार भगत र प्रत्यर्थी / वादी अनुसन्धान अधिकृत क्षेत्रबहादुर भण्डारीसमेतको प्रतिवेदनले नेपाल सरकार भएको ०७०–ऋच्–१२४० को सम्पत्ति शुद्धीकरण मुद्दामा अपहरण, भ्रष्टाचार, आतङ्कवाद, राजस्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति भूमिगत रूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस, आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्था (एचभखभलतष्खभ :भबकगचभक) को प्रयोजनार्थ सम्पत्ति शुद्धीकरण ऐन आएको हो । सम्पत्ति शुद्धीकरण आफैँमा सम्बद्ध कसुर (एचभमष्अबतभ यााभलअभ) होइन अपितु मूल कसुरको सह–उत्पादन (द्यथ एचयमगअत) को रूपमा सह–अपराध (क्भअयलमबचथ इााभलअभ) हो । मूल कसुरलाई लुकाई छिपाई त्यसबाट आर्जित सम्पत्तिलाई लुकाउन शुद्धीकरण गरिएको कसुर यस ऐनअन्तर्गत पर्ने।सम्पत्ति शुद्धीकरण एउटा बहुआयामिक वित्तीय अपराध (ःगतिष्–म्ष्mभलकष्यलब िँष्लबलअष्ब िऋचष्mभ) पनि हो । मूल अपराध लुकिने हुनाले शुद्धीकरणको अपराध भएपछि उसले मूल अपराध गर्यो वा गरेन र उसको अपराध गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिँदैन भन्ने सिद्धान्तसमेत प्रतिपादन भइसकेको पाइन्छ । प्रस्तुत मुद्दामा धिरज तिवारीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २(श) सँग सम्बन्धित अनुसूची–१ को खण्ड भ बमोजिमको सम्बद्ध कसुर गरी आर्जन गरेको सम्पत्तिको शुद्धीकरण गरेको देखिन्छ । उक्त खण्डबमोजिमको कसुरमा अभियोजन नगरी वा कसुरदार ठहर नगरी निजले सम्पत्ति शुद्धीकरणबमोजिमको कसुर गरेको मान्न मिल्ने वा नमिल्ने भनी हेर्नुपर्ने देखिन्छ । सोही ऐनको दफा २९ मा प्रचलित कानूनबमोजिम सम्बद्ध कसुरमा मुद्दा नचलेको वा चलेकोमा पनि नठहरेको कारणले मात्र कुनै सम्पत्ति कसुरबाट प्राप्त सम्पत्ति भएको देखिएमा सोको सम्बन्धमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन भनी उल्लेख गरेको पाइन्छ । यसरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई सह–अपराध भनी उल्लेख भए तापनि दफा २९ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई स्वतन्त्र कसुर (कतबलमबयिलभ यााभलकभ) रूपमा लिएको देखिन्छ । सम्बद्ध कसुरमा अभियोजन नभए तापनि सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही हुने गरी ऐनको दफा ३ ले गरेका व्यवस्थाभन्दा फरक प्रावधान गरी दफा २९ बमोजिम स्वतन्त्र कसुरमा मात्रै पनि कारबाही चलाउन सक्ने गरी ऐनमा विधायिकी मनसाय व्यक्त भएको पाइन्छ । यस परिप्रेक्ष्यमा कुनै प्रतिवादीलाई सम्बद्ध कसुरमा अभियोजन नचलाइएको कारणले मात्र निजलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोजन गर्न नमिल्ने भनी देखिँदैन ।
८. अब प्रतिवादी रविश भन्ने रविशचन्द्र पाठकको सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा संलग्नता थियो वा थिएन भनी विचार गर्दा, मिति २०७५।११।१२ मा निजको साथबाट रकम बरामद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा र सुरू अदालतसमक्ष गरेको बयानमा स्वीकार गरेको देखिन्छ । उक्त बरामद भएको रकम निजका साहु धिरज तिवारीले लगिदिन अह्राएकोले बोकेको मात्र हुँ, के–कति रकम क–कस्लाई दिनको लागि साहुले ठिक पारेका हुन थाहा भएन भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेकोमा सोही तथ्यलाई पुष्टि हुने गरी सुरू अदालतसमक्ष बयान देखिन्छ । निज प्रतिवादीले केही रकम निजको कम्मरमा बाँधेको अवस्थामा रहेको, केही जुत्ता–मोजामा घुसारेको तथा केही रकम पाइन्टबाट समेत बरामद भएको बरामदी मुचुल्काबाट खुल्न आएको देखिन्छ । त्यसैगरी प्रतिवादीले उक्त बरामद गरिएको रकम निजको साहुको हो भनी जिकिर लिए तापनि निज साहुले उक्त रकम आफ्नो हो भनी सकार गर्न आएको वा निज प्रतिवादीले उपस्थित गराएको अवस्था देखिँदैन । प्रतिवादीले आफ्नो साथबाट बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा सो रकम गैरकानूनी तरिकाबाट आर्जन गरी शुद्धीकरण गर्ने प्रयोजनले साथमा राखी अन्त कतै लैजाने क्रममा प्रतिवादीलाई प्रहरीले रकमसहित बरामद गरेको देखिन्छ । साहुको रकम हो भन्ने जानीजानी यी प्रतिवादीले आफ्नो साथमा अवैधरूपमा बोकी हिँडेको र उक्त रकमको बारेमा आफूलाई थाहा नभएको भनी शंकारहित तवरबाट पुष्टिसमेत गर्न नसकेको अवस्थामा यी प्रतिवादीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१) बमोजिम सम्पत्ति शुद्धीकरणको पहिलो चरणको रकम राख्ने कसुरमा संलग्नता भएको तथ्यमा विवाद देखिएन ।
९. प्रस्तुत कसुरमा संलग्न रहेका अर्का बाल बिज्याईकर्ता नितेश तिवारीले आफ्नो साथबाट बरामद भएको रकम रू.१९,००,०००।– (उन्नाइस लाख) रविश चन्द्र पाठकले दिएका हुन भनी यी प्रतिवादीलाई पोल गरी सुरू अदालतसमक्ष बयान गरेको देखिन्छ । प्रतिवादीले रकम निजको शरीरको विभिन्न भागमा लुकाई लैजाँदै गरेको अवस्था साधारण प्रकृतिको नभई असाधारण प्रकृतिबाट लुकाई छिपाई लैँजादै गरेको अवस्थामा बरामद भएको भन्ने मिसल संलग्न कागजातबाट देखिन्छ । साथै, यी प्रतिवादीले साहुको आदेशबमोजिमको काम गरेको र निजले यस्तो कार्य अज्ञानतावश गरेको हो भनी मान्न मिल्ने अवस्था र परिस्थिति देखिँदैन । कसुरमा संलग्न बाल बिज्याईँकर्ता नितेश तिवारीको बयानबाट समेत उक्त बरामद रकमको बारेमा यी प्रतिवादी पहिलेदेखि नै जानकार थिए भन्ने तथ्य पुष्टि हुन आउँछ । कसुरको मुख्यकर्ताको रूपमा साहु धिरज तिवारी देखाएको भए तापनि निजले गरेको कार्य कानूनतः क्षम्य हुने प्रकृतिको देखिँदैन । यी प्रतिवादीले प्रमुख कर्तालाई गैरकानूनी कार्यमा सहयोग गरेको र उक्त रकम लुकाई छिपाई ओसार पसार गरी मुख्य कसुदारलाई सहयोग गरेको भन्ने मिसिल संलग्न कागज प्रमाणहरूबाट पुष्टि भएको देखिन्छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३०(२) ले सम्पत्ति शुद्धीकरणको कसुरमा सहयोग गर्ने मतियारसमेतलाई सजायको प्रवन्ध गरेको देखिन्छ ।
१०. अब दोस्रो प्रश्न अर्थात प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकलाई विशेष अदालत, काठमाडौंले तजबिजी ३(तीन) वर्ष कैद सजाय र रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार रूपैयाँ) जरिवाना ठहर्याएको फैसला मिलेको छ वा छैन भन्ने सन्दर्भमा विचार गर्दा, विशेष अदालतले प्रतिवादी रविश भन्ने रविश चन्द्र पाठकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (२) बमोजिम सजाय गरेको देखिन्छ । उक्त ऐनको सोही दफाको उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भन्ने व्यवस्था उल्लेख गरेको पाइन्छ । सोही दफाको उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमध्ये षड्यन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसुर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय हुनेछ” भन्ने उल्लेख गरेको पाइन्छ । यद्यपि भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिका जस्ता मुलुकको सम्पत्ति शुद्धीकरण निवारण कानूनले सम्पत्ति शुद्धीकरण प्रक्रियाका मतियार वा सहयोगीलाई मुख्य कसुरदारसरह नै सजायको व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीले गैरकानूनी रूपमा आर्जित रकमलाई लुकाउन सहयोग गरेको भन्ने मिसिल संलग्न कागजातबाट पुष्टि भएको अवस्थामा निजको संलग्नता, कसुरको प्रकृति, कसुरमा संलग्न बालबिज्याईकर्ताले प्रतिवादीको कसुरमा संलग्नता पुष्टि हुने गरी गरेको पोल बयान र प्रतिवादीसमेतको साथबाट रकम बरामद भएको अवस्थामा सम्पत्ति शुद्धीकरणको कसुरमा बरामद रकमको वैधानिक स्रोत पुष्टि गर्ने भार प्रतिवादीमा नै निहित रहेको अवस्थामा यी मतियारसमेतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित कार्यमा मुख्य कसुरदारलाई गैरकानूनी रूपमा आर्जित रकम लुकाउने, छिपाउने, एकठाउँबाट अर्को ठाउमा स्थाननान्तरण गर्ने कार्यमा सहयोग गरी उक्त कसुर सम्पन्न गर्नका लागि मतियारको भूमिका निर्वाह गरेको अवस्थामा बरामद गरिएको रकमका सम्बन्धमा प्रमाणको भार स्वयम आफैँले पुर्याउनुपर्ने देखिन्छ ।
११. यी प्रतिवादीको साथबाट रकम बरामद भएको देखिएको, रकम बरामद भएको तथ्यलाई निजले मौकामा र सुरू अदालतसमक्ष गरेको बयानमा स्वीकार गरेको देखिएको, सो रकमको बारेमा निजलाई केही थाहा थिएन भन्ने जिकिर वस्तुनिष्ठ कागज प्रमाणहरूबाट पुष्टि हुन नसकेको लगायतका आधार कारणहरूबाट यी प्रतिवादीले मुख्य कसुरदारलाई गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउन सहयोग गरी मतियारको भूमिका निर्वाह गरेको देखिँदा यी प्रतिवादीले बरामद रकम आफ्नो नभई साहुको आदेशबमोजिम आफूले जिम्मेवारी निर्वाह गरेको, रकम के–कस्तो स्रोतबाट सिर्जित भएको र के–कहाँ लगेर विनियोजन गर्ने भन्ने बेहोरा आफूलाई स्पष्ट जानकारी नभएको भन्ने जिकिर लिए तापनि कानूनबाट निषेधित र नियन्त्रित कार्य गरी कसुरजन्य कार्य गर्नेलाई कानूनले छुट नदिने, कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने फौजदारी न्यायशास्त्रको सर्वमान्य सिद्धान्तसमेतको आलोकबाट विशेष अदालत काठमाडौंले यी पुनरावेदक प्रतिवादी रविश चन्द्र पाठकलाई सम्पत्ति शुद्धीकरणको कसुरमा मतियारको भूमिका निर्वाह गरेको भनी मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय ठहर गरेको फैसला न्याय, कानून र प्रमाण मूल्याङ्कनको रोहमा अन्यथा देखिएन । अभियोग मागदाबीबाट पूर्ण रूपमा सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१२. तसर्थः माथि उल्लिखित आधार, कारण, कानूनी व्यवस्था तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको रोहमा विशेष अदालत काठमाडौंबाट मिति २०७७।१२।१७ मा यी प्रतिवादी रविश चन्द्र पाठकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (२) बमोजिम यी प्रतिवादीको साथबाट बरामद भएको ग्ए ३२ व्त् ८२४४ नम्बरको विदेशी नम्बर प्लेट भएको मोटरसाइकल जफत हुने, बरामद गरिएको रकम रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार रूपैयाँ) जफत हुने र यी प्रतिवादीलाई बिगोबमोजिम रू.३५,४४,०००।– (पैंतिस लाख चवालीस हजार रूपैयाँ) जरिवाना र १(एक) वर्ष ६(छ) महिना कैद सजाय गरेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहित फैसला भएको जानकारी थुनामा रहेका प्रतिवादी र महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको प्रति यस अदालतको सफ्टवेयर प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.बालकृष्ण ढकाल
इजलास अधिकृतः सुस्मिता भट्टराई
इति संवत् २०८० साल फाल्गुण २ गते रोज ४ शुभम् ।