निर्णय नं. ११४९० - जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
फैसला मिति : २०८०।०६।२४
०७६–ऋच्–०३१६
मुद्दाः जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित ईनर्वा (च) को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने उसमान मियाको छोरा नुर अल्हक भन्ने नुरल हकसमेत
मुद्दा अदालतमा प्रवेश गरेपश्चात् प्रहरीलगायत अनुसन्धान अधिकारीहरूबाट सङ्कलित प्रमाणसमेतका प्रमाणहरू प्रमाण ग्राह्यताको कसीमा (तयगअज कतयलभ या बमmष्ककष्दष्ष्तिथ या भखष्मभलअभ) परीक्षण हुने । अदालतले फौजदारी मुद्दामा साक्षी परीक्षणका सर्वमान्य विधि प्रयोग गर्दै प्रमाणको ग्राह्यताको यकिन गर्ने । प्रमाण विधिशास्त्रमा ग्राह्यताको कोणबाट सामान्यतया प्रमाणहरूलाई ग्राह्य प्रमाण (बमmष्ककष्दभि भखष्मभलअभ), अग्राह्य प्रमाण (लयल–बमmष्ककष्दभि भखष्मभलअभ) र कि त ग्राह्य वा कि त अग्राह्य (भष्तजभच बमmष्ककष्दभि यच लयल–बमmष्ककष्दभि) भन्ने वर्गीकरण गर्ने । अभियोजन पुष्टि हुन ग्राह्य प्रमाणको प्राचुर्यता हुनुपर्ने भएकोले अदालतले प्रमाण परीक्षणको विधि जाहेरवाला वा विशेषज्ञको बकपत्र, अनुसन्धानमा सङ्कलित प्रमाणको वैज्ञानिक परीक्षण, वस्तुस्थितिका मानिसहरूले व्यक्त गरेका रायको सच्याईको पुनर्पुष्टिलगायतका आवश्यकीय विधिहरूसमेत अवलम्बन गर्दै सङ्कलित प्रमाण ग्राह्य हुन् वा अग्राह्य हुन् सोको यकिन गरिने ।
(प्रकरण नं.४)
फौजदारी मुद्दामा कतिपय साक्षीहरू वा पीडिति स्वयंले पनि मुद्दाको सुनुवाइको क्रममा अनुसन्धान तहकिकातमा व्यक्त गरेको बेहोराभन्दा विपरीत बेहोरा व्यक्त (जयकतष्भि कतबतझभलत) गर्न सक्ने अवस्था देखिने । अदालतले त्यस्ताविपरीत कथनसमेतका सम्पूर्ण अवस्थालाई समग्र मुद्दाको रोहबाट जाँच गरी ग्रहणयोग्य वा ग्राह्य गर्न नसकिने प्रमाणको रूपमा अवलम्वन गर्न सक्ने । विशेषतः विपरीत कथनको अवस्था आर्थिक लेनदेन वा सामाजिक राजनीतिक प्रभाव वा धाकधम्की वा अन्य प्रभावका कारणले हुन सक्ने सन्दर्भमा अदालत सचेत रहनुपर्ने ।
पीडित बालबालिका भएमा वा रोगग्रस्त भएमा वा गरिबी वा अन्य दबाबका कारणले विपरीत हुनपर्ने स्थिति हुन सक्नेतर्फ झनै गम्भिर हुनुपर्ने । साथसाथै फौजदारी जस्तो गम्भीर आरोपका मुद्दामा कोही पनि निरपराध व्यक्ति दण्डको भागिदार हुन नपरोस् र शंकारहित कसुरदारले सजायबाट उन्मुक्ति पनि नपाओस् भनी फौजदारी न्यायका मान्य सिद्धान्तलाई हरक्षण शीर्ष स्थानमा राखिने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ तथा विद्वान् अधिवक्ताहरू श्री नवराज तिमिल्सिना र श्री विमला खनाल
अवलम्बित नजिर :
ने.का.प.२०६२, अङ्क ११, नि.नं.७६२६
ने.का.प.२०६७, अङ्क २, नि.नं.८३११
ने.का.प.२०७२, अङ्क ५, नि.नं.९३९३
ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७२
सम्बद्ध कानून :
नेपालको संविधान
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री महेन्द्रबहादुर कार्की
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
माननीय न्यायाधीश श्री मदन पोख्रेल
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज
फैसला
न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :–
तथ्य खण्ड
मिति २०७४।३।२६ गते रातको २३ः०० बजे देखी ऐ.२७ गते बिहान ०४ः०० बजेको समयसम्म जिल्ला पर्सा साबिक वीरगन्ज उ.म.न.पा.वडा नं.१९ हाल परिवर्तित वीरगन्ज म.न.पा.वडा नं.१६ बस्ने तैयव हुसैन, नुर अल्हक र महम्मद तबरेजसमेतको व्यक्तिहरूले एक जना मुस्लिम जातिको महिलालाई फकाई फुल्याई बल जबरजस्ती सामूहिक रूपमा करणी गरी घर अगाडि सडकमा लगी छोडी भागेकोमा स्थानीय व्यक्तिहरूले पीडितको उद्धार गरी राखेको सूचना प्राप्त हुनासाथ घटनास्थलमा गई पीडितको उद्धार गरी विपक्षीहरूलाई पक्राउ गरी दाखिला गराउन भएको मौखिक आदेशानुसार मेरो कमाण्डमा खटिई गएको प्रहरी टोलीले पीडित महिलालाई उद्धार गरी निजको नाम, थर परिवर्तित गरी ईनर्वा (च) राखी फरार रहेका तैयब हुसैन, नुर अल्हक र महम्मद तबरेजलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी दाखिला गरेको भन्ने बेहोराको प्र.ना.नि. सुर्यप्रसाद पौडेलको प्रतिवेदन ।
मिति २०७४।३।२७ गते बिहान मैले श्रीमान्लाई भेट्न र श्रीमान्को लागु औषध केशको सम्बन्धमा वकिलसँग कुराकानी गर्न भारतको बेतिया जान भनी तय गरी ऐ. २६ गते बेलुकी १८ः०० बजेको समयमा माइती घरबाट गाडी चढी करिब १९ः०० बजेको समयमा वीरगन्ज घण्टाघर चौकमा पुगी रक्सौलतर्फ जाने टेम्पु खोज्दा रात परी सकेकोले नपाई आत्तिदै बसी रहेको बेला विपक्षीमध्येका तैयव हुसैन म भएको ठाउँ नजिक आई तिमी मुस्लिम जातको महिला रहेछौं । म पनि मुस्लिम जातको हो रातको समयमा कहाँ जान लागेको भनी सोधेपछि मैले भारत जान लागेको भनी दिएपछि निजले मलाई फकाई फुल्याई गरेपछि रात परेकोले निजको कुरामा विश्वास गरी हुन्छ भनी निजको साथमा जि. पर्सा वीरगन्ज, म.न.पा.वडा नं.१६ स्थित घरकोठामा पुगेँ । मैले घरमा कोही पनि छैन भनी सोध्दा निज तैयब हुसैनले आफन्तको घरमा श्रीमती छोरा छोरी गए होलान् आई हाल्छन् तिमी बस्दै गर भन्दै कोठामा लिई गए । निजले मलाई कोठामा राखी केही समय बाहिरतिर गई आउँछु भनी गई करिब २१ः०० बजेको समयमा विपक्षीमध्येका नुर अल्हक र महम्मद तबरेजसमेतका दुई जना साथीहरूलाई साथमा लिई घर कोठामा आएपछि मैले तैयब हुसैनलाई तपाईको श्रीमती खोई त भन्दा निज आई हाल्छ भनी निजहरू अर्को कोठामा गफ गर्न थाले । म अर्का कोठामा बसी सुतिरहेको अवस्थामा रातको करिब २३ः०० बजेको समयमा तैयब हुसैन, नुर अल्हक र महम्मद तबरेज म सुतिरहेको खाटसहितको ओछ्यानमा आई मलाई पक्री समाती ज्यान मारिदिने धाक धम्की दिई कुटपिट गरी जबरजस्ती सामूहिक रूपमा पालै पालो ऐ. २७ गते बिहान ०४ः०० बजेसम्म जबरजस्ती करणी गरी मलाई सडकमा ल्याई छोडी भागेको हुँदा विपक्षीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरी पीडितले पाउने क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने बेहोराको परिवर्तित ईनर्वा (च) को जाहेरी दरखास्त ।
जिल्ला पर्सा वीरगन्ज म.न.पा. वडा नं.१६ स्थितमा तैयव हुसैनको ३ (तिन) तले पक्की घरभित्र प्रवेश गरी तैयव हुसैन सुत्ने खुल्ला अवस्था पश्चिम मोहडा भएको कोठाभित्र प्रवेश गरी हेर्दा कोठाको पश्चिम र उत्तर भित्तामा टसाएर बक्स पलङ्ग राखिएको, बक्स पलङ्गमाथि डस्ना रही तन्ना लगाएको र पलङ्गको उत्तरतर्फ अन्य कपडाहरूको पोकाहरू छरप्रस्ट अवस्थामा रहेको, पलङ्गको पश्चिमतर्फ छेउको भागमा रातो कपडा रहेको र पलङ्गको मुनि औषधी नभएको श्भलभनचब–१० लेखिएको ट्याब्लेटको पत्ता रहेकोमा ओछयानमा रहेको फिक्का निलोमा गुलाबी फुल बुट्टेदार तन्ना र सोही तन्नामाथि रहेको रातो रंगको टालोमा तरल पदार्थ लागेको जस्तो देखिएकोले २ वटा कपडाहरू र औषधी नभएको ट्याब्लेट पत्ता बरामद गरिएको सोही पलङ्गमाथि मिति २०७४।३।२६ गते देखी ऐ.२७ गते बिहानसम्म तैयव हुसैन, नुर अल्हक र महम्मद तबरेजसमेत भई जाहेरवाला ईनर्वा (च) लाई पटक–पटक सामूहिक करणी गरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।
म, तैयव हुसैन र नुर अल्हक भन्ने नुरल हकसमेत गाउँकै चिनेजानेका साथीहरू हौं । मिति २०७४।३।२६ गते रातको करिब २१ः०० बजेको समयमा म र नुर अल्हक भन्ने नुरल हक घरनजिक सडकमा गफ गरी बसेको अवस्थामा तैयव हुसैन आई मैले भारततिर जान लागेको एक जना मुस्लिम महिलालाई घण्टाघर चौक सडकबाट फकाई फुल्याई घरमा ल्याई राखेको छु भनेपछि हामीहरूले पनि रोमान्स गर्नुपर्छ भनी तीनै जना तैयव हुसैनको घरमा गई गफ गरी बसी रातको २३ः०० बजेको समयमा ईनर्वा (च) सुतेको कोठामा गई तीनै जना भई पलङ्गमा सुतिरहेको ईनर्वा (च) लाई ज्यानसम्म मारिदिने धाक धम्की दिई कुटपिट गरी पालै–पालो रातैभरि सामूहिक रूपमा जबरजस्ती करणी गरी ऐ. २७ गते बिहान ०४ः०० बजे अन्तिम पटक जबरजस्ती करणी गरेका हौं । सोही दिन गाउँघरमा घुमफिर गर्दा बिहान ०६ः०० बजेको समयमा हामीहरू प्रहरी टोलीद्वारा पक्राउमा परेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी महम्मद तबरेजको बयान ।
म, तैयव हुसैन र महम्मद तबरेजसमेत गाउँकै चिनेजानेका साथीहरू हौं । मिति २०७४।३।२६ गते रातको करिब २१ः०० बजेको समयमा म र महम्मद तबरेज घर नजिक सडकमा गफ गरी बसेको अवस्थामा तैयव हुसैन आई मैले भारततिर जान लागेको एक जना मुस्लिम महिलालाई घण्टाघर चौक सडकबाट फकाई फुल्याई घरमा ल्याई राखेको छु, भनेपछि हामीहरूले पनि रोमान्स गर्नुपर्छ भनी तीनै जना तैयव हुसैनको घरमा गई गफ गरी बसी रातको २३ः०० बजेको समयमा ईनर्वा (च) सुतेको कोठामा गई तिनै जना भई पलङ्गमा सुतिरहेको ईनर्वा (च) लाई ज्यानसम्म मारिदिने धाक धम्की दिई कुटपिट गरी पालै–पालो रातै भरी सामूहिक रूपमा जबरजस्ती करणी गरी ऐ.२७ गते बिहान ०४ः०० बजेको समयमा अन्तिम पटक जबरजस्ती करणी गरेका हौं । सोही दिन गाउँघरमा घुमफिर गर्दा बिहान ०६ः०० बजेको समयमा हामीहरू तीनैजना प्रहरी टोलीद्वारा पक्राउ परेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी नुर अल्हक भन्ने नुरल हकको बयान ।
म तथा मसँगै पक्राउ परेको साथीहरू नुर अल्हक भन्ने नुरल हक र महम्मद तबरेजसमेत गाउँकै चिनेजानेका साथीहरू हौं । मिति २०७४।३।२६ गते बेलुकी १९ः०० बजेको समयमा घुमफिर गदै वीरगन्ज घण्टाघर चौक सडकमा पुग्दा जाहेरवाला ईनर्वा (च) लाई देखी निजलाई शारीरीक सम्पर्क राख्न मन लागि मैले मुस्लिम समुदायको महिला रातको समयमा भारत जान हुँदैन मेरो घरमा हिँड भोलि जाउ बास दिन्छु भनी फकाई फुल्याई घरमा लगी राखी रातको २१ः०० बजेको समयमा साथीहरू महम्मद तबरेज र नुर अल्हक भन्ने नुरल हकसमेतलाई भेटी ईनर्वा (च) सँग रोमान्स गर्ने सल्लाह गरी मेरो घरमा आई केही समय गफ गरी रातको २३ः०० बजेको समयमा हामीहरू तीनै जना ईनर्वा (च) सुतेको कोठामा गई ईनर्वा (च) लाई ज्यानसम्म मारी दिने धाक धम्की दिई कुटपिट गरी पालै पालो रातैभरि सामूहिक रूपमा जबरजस्ती करणी गरी ऐ. २७ गते बिहान ०४ः०० बजेको समयमा अन्तिम पटक जबरजस्ती करणी गरेका हौं । सोही दिन गाउँघरमा घुमफिर गर्दा बिहान ०६ः०० बजेको समयमा हामीहरू तीनै जना पक्राउ परेका हौं भन्नेसमेत बेहोराको प्रतिवादी तैयब हुसैनको बयान ।
क्ष्लवगचष्भक यल तजभ दयमष्भक लयत कभभल, यउष्लष्यल बदयगत ष्लवगचष्भक यल दयमथ लयत कभभल, यउष्लष्यल बदयगत अयलमष्तष्यल या नभलष्तब ियचनबलक लयचmब िभन्नेसमेत बेहोराको प्रतिवादी महम्मद तबरेजको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
क्ष्लवगचष्भक यल तजभ दयमष्भक लयत कभभल, यउष्लष्यल बदयगत ष्लवगचष्भक यल दयमथ लयत कभभल, यउष्लष्यल बदयगत अयलमष्तष्यल या नभलष्तब ियचनबलक लयचmब िभन्नेसमेत बेहोराको प्रतिवादी नुर अल्हकको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
क्ष्लवगचष्भक यल तजभ दयमष्भक लयत कभभल, यउष्लष्यल बदयगत ष्लवगचष्भक यल दयमथ लयत कभभल, यउष्लष्यल बदयगत अयलमष्तष्यल या नभलष्तब ियचनबलक लयचmब िभन्नेसमेत बेहोराको प्रतिवादी तबरेज हुसैनको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
पीडित ईनर्वा (च) को ल्य यदखष्यगक भहतभचलब िष्लवगचष्भक भहअभउत या बिअभचबतष्यल यल ायगचअजभततभ“ भन्नेसमेत बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मेरो वास्तविक नाम मोहम्मद तैयब हुसैन हो । प्रायजसो मुस्लिमहरूको नामको अगाडि मोहम्मद लेखिने भएकोले कुनै फरक पर्दैन होला भनी लागि मैले आफ्नो नामको अगाडि मोहम्मद नलेखी तैयब हुसैन मात्र लेखाइदिएको हो भन्ने बेहोराको तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसैनको ततिम्बा बयान ।
मिति २०७४।३।२६ गते पीडित ईनर्वा (च) लाई भारततिर जान लागेको अवस्थामा वीरगन्ज घण्टाघर चौक नजिक सडकबाट विपक्षीमध्येका मोहम्मद तैयव हुसैनले फकाई फुल्याई आफनो घरमा लगी राखी विपक्षीमध्येका नुरल हक र महम्मद तबरेजसमेतसँग सर–सल्लाह गरी तीनै जना भई सोही रातिको २३ः०० बजेदेखि ऐ.२७ गते बिहान ०४ः०० बजेसम्म पटक–पटक सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने कुरा सुनेको हो भन्ने बेहोराको लखन साहसमेतले गरिदिएको घटना विवरण कागज ।
प्रतिवादीहरू महम्मद तबरेज, नुर अल्हक भन्ने नुर हक र तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसैनसमेतले ज्यानै मारिदिने धाकधम्की दिई कुटपिट गरी डर त्रास र जोरजुलुममा पारी जाहेरवाला पीडित परिवर्तित ईनर्वा (च) लाई सामूहिक रूपमा पटक पटक जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३(४) र ३(क) नं. अनुसारको कसुर अपराध देखिँदा निज प्रतिवादीहरू महम्मद तबरेज, नुर अल्हक भन्ने नुर हक र तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसैनलाई सोही महलको ३(४) नं. बमोजिम सजाय हुनका साथै सामूहिक रूपमा जबरजस्ती करणी गरेकोले ३(क) नं.बमोजिम थप सजाय हुन र सोही महलको १० नं. अनुसार निज प्रतिवादीहरूबाट पीडितलाई पर्न गएको शारीरिक तथा मानसिक क्षतिलाई विचार गरी मनासिब क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
जाहेरवालासँग विगत केही वर्षदेखि चिनजान रहेको र निजसँग पहिला अवैध सम्बन्ध हुने गरेको तर विगत १ वर्षदेखि म मधुमेहको बिरामी भई निजसँग सम्बन्ध राख्न छोडेको तथा निज आर्थिक रूपमा कमजोर भएकोमा मैले बेला बेलामा आर्थिक सहयोग गर्ने गरेको थिएँ । निजले मसँग पैसा मागेको र मैले पैसा नदिएको कारण सोही रिसइवीले जाहेरी दिएकी हुन । मौकाको बयान बेहोरा मेरो होइन । प्रहरीले पहिलादेखि नै लेखिराखेको कागजमा सहीछाप गराएका हुन् । मैले उक्त जबरजस्ती करणीको कार्य नगरेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी तैयब हुसेन भन्ने मोहम्मद तैयब हुसेनले सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०७४।०३।२७ गते साथीहरूसँग घण्टाघरमा चिया खाइरहेकोमा जाहेरवाला र प्रहरीसँगै आई पक्राउ गरी लगेको हो । मौकाको बयान बेहोरा मेरो होइन । प्रहरीले पहिलादेखि नै लेखिराखेको कागजमा सहीछाप गराएका हुन् । मैले उक्त जबरजस्ती करणी जस्तो गलत कार्य नगरेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी महम्मद तबरेजले सुरू अदालतसमक्ष गरेको बयान ।
मिति २०७४।०३।२७ गते घण्टाघर नजिकैबाट पक्राउ गरेको हो । तैयब हुसेन भन्ने मोहम्मद तैयब हुसेनसँग जाहेरवालाले रू.१,०००।– मागेकोमा निजले सो रूपैयाँ नदिएकाले प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पहिलादेखि नै लेखिराखेको कागजमा जबरजस्ती सहीछाप गराएका हुन । मैले जबरजस्ती करणी गरेको छैन । अभियोग दाबी गलत हो सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी नुर अल्हक भन्ने नुरल हकले सुरू अदालतसमक्ष गरेको बयान ।
मुद्दा पुर्पक्षका क्रममा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन अ.बं.११८ को देहाय २ अनुसार प्रतिवादीहरूलाई पुर्पक्षको निमित्त थुनामा राख्नुपर्ने भएकाले कानूनबमोजिमको थुनुवा पुर्जी दिई पुर्पक्षको निमित्त थुनामा राख्न कारागार कार्यालयमा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू अदालतको मिति २०७४।०४।१८ को आदेश ।
जाहेरवाला ईनर्वा (च), घटनाविवरणका राजेश कुमार गुप्ता, लखन साह, अब्दुल अजिम अंसारी, घटनास्थल मुचुल्काका सितवसन्त महतो, प्रभु साह कानु, अच्छेलाल साह, प्रतिवादी नुर अल्हक भन्ने नुरल हकको साक्षी अब्दुल गनी, प्रतिवादी महम्मद तबरेजको साक्षी अरसद अलि र प्रतिवादी तैयब हुसेन भन्ने मोहम्मद तैयब हुसेनको साक्षी ताहीर हुसेनले गरेको बकपत्र ।
मिसिल संलग्न तरल पदार्थ लागेको जस्तो फिक्का निलोमा गुलावी रंगको फुल बुट्टेदार तन्ना र रातो रंगको टालोको परीक्षण प्रतिवेदनमा क्झभल अयगमि लयत दभ मभतभअतभम यल भहजष्दष्त लय.१ र ज्गmबल कझभल धबक मभतभअतभम यल भहजष्दष्त लय २. ज्यधभखभच कउभचm अभििक धभचभ लयत ायगलम भन्ने बेहोरा उल्लेख भएको अवस्था छ त्यस सम्बन्धमा विचार गर्दा परीक्षण प्रतिवेदनमा परीक्षणको लागि पठाइएको रातो रंगको टालो थान–१ मा ज्गmबल कझभल धबक मभतभअतभम भनी लेखिए तापनि ज्यधभखभच कउभचm अभििक धभचभ लयत ायगलम भनी समेत लेखिएको देखिन्छ भने सो ज्गmबल कझभल को द्ययियम न्चयगउ खुल्न नसकेको अवस्थामा सो ज्गmबल कझभल यी प्रतिवादीहरूकै हो भन्न सकिने र पुष्टि हुन सक्ने अवस्था नदेखिएको, स्वयं पीडित जाहेरवालाले आफूलाई यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेका छैनन् भनी यस अदालतमा बकपत्र गरिदिएको समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट यी प्रतिवादीहरू महम्मद तबरेज, नुर अल्हक भन्ने नुरल हक र तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसैनलाई मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३(४) र ३(क) नं. को कसुरमा सोही महलको ३(४) नं. बमोजिम सजाय हुनका साथै सामूहिक रूपमा जबरजस्ती करणी गरेकोले ३(क) नं.बमोजिम थप सजाय हुन र सोही महलको १० नं. अनुसार क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेतको वादी नेपाल सरकारको अभियोग माग दाबी पुग्न नसक्ने भई यी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतको मिति २०७४।९।२६ को फैसला ।
मौकामा जाहेरवालालाई सामूहिक जबरजस्ती करणी गर्ने यिनै प्रतिवादीहरू पक्राउ परी निजहरूको स्वास्थ्य परीक्षण हुँदा र निजहरूले करणी गर्दा तरल पदार्थ लागेको जस्तो देखिएको रातो रंगको टालोमा लागेको ज्गmबल कझभल धबक मभतभअतभम भनी उल्लेख भएको अवस्थामा सो ज्गmबल कझभल यिनै प्रतिवादीको भएको स्पष्ट भइरहेको सो वारदातमा यी प्रतिवादीहरूबाहेक अन्य कोही उपस्थित नरहेको अवस्थामा प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
परीक्षण प्रतिवेदनमा परीक्षणको लागि पठाइएको रातो रंगको टालो थान–१ मा ज्गmबल कझभल धबक मभतभअतभम भनी लेखिए तापनि ज्यधभखभच कउभचm अभििक धभचभ लयत ायगलम भनी लेखिएको देखिन्छ भने सो ज्गmबल कझभल को द्ययियम न्चयगउ खुल्न नसकेको अवस्थामा सो ज्गmबल कझभल प्रतिवादीहरूकै हो भन्न सकिने र पुष्टि हुन सक्ने अवस्था देखिँदैन भनी लेखी आएको पाइन्छ । त्यसैगरी मौकामा घटना विवरण कागज गर्ने अब्दुल अजीज अन्सारी, लखन साह, अच्छेलाल साह, राजेशकुमार गुप्ताले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा पीडिता जाहेरवालालाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको होइनन् । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो भनी मौकाको कागजलाई खण्डन गरी बकपत्र गरेका छन् भने पीडिता भनिएकी परिवर्तित नाम इनर्वा (च) स्वयम सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादीहरूले आफूलाई जबरजस्ती करणी गरेका होइनन् । प्रतिवादी तैयवसँग रूपैयाँ माग गर्दा नदिएको रिसइवीले झुठ्ठा जाहेरी दिएको भनी मौकाको जाहेरी दरखास्तको प्रतिकूल हुने गरी बकपत्र गरेकोबाट प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम जाहेरी दरखास्त र घटना विवरण कागजलाई प्रमाणमा लिन मिलेन भने उमेर पुगेकी विवाहिता जाहेरवालालाई प्रतिवादीहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबी प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम शंका रहित तवरबाट पुनरावेदक वादी पक्षबाट प्रमाणित गर्न सकेको देखिन आएन । यस्तो अवस्थामा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहरी सुरू जिल्ला अदालतबाट भएको फैसलालाई अन्यथा गरिरहनुपर्ने नदेखिँदा दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ, प्रतिवादीहरू महम्मद तवरेज, नुर अल्हक भन्ने नुरल हक र मोहमद तैयब हुसैनले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७४।९।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको मिति २०७५।४।३० को फैसला ।
प्रतिवादीहरूले रातको समयमा आफूलाई पालैपालो जबरजस्ती करणी गरेका हुन् भनी पीडितले किटानी जाहेरी दिएको अवस्था छ भने पीडितलाई जबरजस्ती करणी भएको र तत्काल गई पीडितलाई उद्दार गरी प्रतिवादीहरू पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदनसमेत रहेको पाइन्छ । घटना स्थलमा फेला परेको कपडामा भएको नमुना परीक्षण गर्दा जगmबल कझबल धबक मभअतभम भन्ने उल्लेख भएको र खभनष्लब ायगचअजभततभ ीबअभचबतभम भन्ने बेहोरा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट यी प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने कुरा वैज्ञानिक प्रमाणले समेत पुष्टि गरेको अवस्थामा जगmबल कझभल प्रतिवादीको हो भन्न नसकिने भन्ने आधार लिई प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । पीडितको प्रतिवादीहरूउपरको मौकाको किटानी जाहेरी, प्रतिवादीहरूको मौकाको साबिती बयान, मेडिकल परीक्षण प्रतिवेदन, प्रहरी प्रतिवेदन र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका प्रमाणहरूबाट प्रतिवादीहरूले कसुर गरेको पुष्टि हुँदाहुँदै पनि प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण भएकोले प्रस्तुत मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर भएको निवेदन ।
प्रस्तुत मुद्दाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ‘ज्गmबल कझभल धबक मभतभअतभम यल भहजष्दष्त ल्य. २ जयधभखभच कउभचm अभििक धभचभ लयत ायगलम’ भनी उल्लेख भएको तथ्यको आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी निर्णय भएको देखिन्छ । वीर्य (क्उभचm) पुरूषको वीर्यथैली (क्झष्लब िख्भकष्अभि) मा पाईने अर्धतरल पदार्थ हो, जहाँ अण्डकोषद्वारा उत्पादित पुरूष प्रजननकोषहरू (क्उभचmबतयशयब; उयउगबिचथि तभचmभम बक ‘क्उभचm) को विकास र सञ्चिती हुन्छ । मानव शरीर विज्ञान क्रिया (ज्गmबल उजथकष्ययिनथ) को कतिपय अवस्थामा वीर्यथैली (क्झष्लब िखभकष्अभि) मा स्पर्म सेलहरूको अनुपस्थिति रहन सक्ने कुरालाई चिकित्सा साहित्य (ःभमष्अब िीष्तभचबतगचभ) ले स्वीकार गरेको अवस्था छ । यसको अर्थ यौनजन्य क्रियाबाट पुरूष स्खलित हुँदा निस्कने सिमेनमा कउभचm अभिि हुनैपर्ने बाध्यात्मक स्थिति रहँदैन भन्ने हो प्रयोगशाला परीक्षणबाट सिमेनको उपस्थिति रहेको भन्ने देखिँदा पनि त्यसमा स्पर्म सेल नभएकै कारणबाट प्रतिवादीले सफाइ पाउने गरी उच्च अदालत जनकपुर, वीरगन्ज इजलासबाट मिति २०७५/०४/३० मा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत तथा ने.का.प. २०६६ अङ्क ६, नि.नं. ८१७९ मा प्रतिपादित सिद्धान्त प्रतिकूल देखिएकोले सो फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमको अवस्था विद्यमान रहेको हुँदा मुद्दा दोहोऱ्यााई हेर्न अनुमति प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७६।४।१२ को आदेश ।
वारदात स्थलमा फेला परेको कपडामा भएको ज्गmबल क्झभल प्रतिवादीकै हो भनी र पीडितको जबरजस्ती करणी भएको हो भनी किटानी साथ चिकित्सकीय प्रतिवेदन नरहेको तथा घटना विवरण कागज गर्ने व्यक्तिले सुरू अदालतमा आई पीडित जाहेरवालालाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेको तथा स्वयं जाहेरवालाले समेत अदालतमा आई प्रतिवादीहरूले मलाई जबरजस्ती करणी गरेका होइनन् भनी लेखाई दिएको अवस्था रहेको हुँदा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट भएको मिति २०७५/४/३० को फैसला मिलेकै हुँदा सदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको तैयव हुसैन भन्ने मोहमद तैयब हुसैन, नुर अल्हक भन्ने नुरूल हक र महमद तवरेजको यस अदालतमा पेस भएको एकै मिलान बेहोराको लिखित प्रतिवाद ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयको लागि पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहालले प्रतिवादीहरूले रातको समयमा आफूलाई पालैपालो जबरजस्ती करणी गरेका हुन् भनी पीडितले किटानी जाहेरी दिएको र तत्काल पीडितलाई उद्दार गरी प्रतिवादीहरूलाई पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदन रहेको तथा घटना स्थलमा फेला परेको कपडामा भएको नमुना परीक्षण गर्दा जगmबल कझभल धबक मभतभअतभम भन्ने उल्लेख भएको र खबनष्लब ायगचअजभततभ ीबअभचबतभम भन्ने बेहोरा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट यी प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने कुरा वैज्ञानिक प्रमाणले समेत पुष्टि गरेको अवस्थामा जगmबल कझभल प्रतिवादीको हो भन्न नसकिने भन्ने आधार लिई प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । पीडितको प्रतिवादीहरूउपरको मौकाको किटानी जाहेरी, प्रतिवादीहरूको मौकाको साबिती बयान, मेडिकल परीक्षण प्रतिवेदन, प्रहरी प्रतिवेदन र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतका प्रमाणहरूबाट प्रतिवादीहरूले कसुर गरेको पुष्टि हुँदाहुँदै पनि प्रतिवादीहरूलाई सफाइ दिने ठहर गरी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादी नुर अल्हक भन्ने नुरल हक, मोहम्मद तबरेज र तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसेनको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ तथा विद्वान् अधिवक्ताहरू श्री नवराज तिमिल्सिना र श्री विमला खनालले वारदात स्थलमा फेला परेको कपडामा भएको ज्गmबल क्झभल प्रतिवादीहरूकै हो भनी नखुलेको, पीडितको स्वास्थ्य जाँच प्रतिवेदनबाट पीडितउपर जबरजस्ती करणी भएको हो भनी किटानी साथ उल्लेख नभएको, घटना विवरण कागज गर्ने व्यक्तिले सुरू अदालतमा आई पीडित जाहेरवालालाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको होइन भनी बकपत्र गरेको तथा स्वयं जाहेरवालाले समेत अदालतमा आई प्रतिवादीहरूले मलाई जबरजस्ती करणी गरेका होइनन् भनी लेखाइदिएको अवस्थामा यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी भन्न सकिने अवस्था नरहेको हुँदा यी प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी भएको उच्च अदालतको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा प्रतिवादीहरू महम्मद तबरेज, नुर अल्हक भन्ने नुर हक र तैयब हुसैन भन्ने मोहम्मद तैयब हुसैनसमेतले ज्यानै मारिदिने धाकधम्की दिई कुटपिट गरी डर, त्रास र जोरजुलुममा पारी जाहेरवाला पीडित परिवर्तित ईनर्वा (च) लाई सामूहिक रूपमा पटकपटक जबरजस्ती करणी गरी मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३(४) र ३(क) नं. अनुसारको कसुर अपराध देखिँदा निज प्रतिवादीहरूलाई सोही महलको ३(४) नं. बमोजिम सजाय हुनका साथै सामूहिक रूपमा जबरजस्ती करणी गरेकोले ३(क) नं.बमोजिम थप सजाय हुन र सोही महलको १० नं. अनुसार क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू पर्सा जिल्ला अदालतले परीक्षण प्रतिवेदनमा परीक्षणको लागि पठाइएको रातो रंगको टालो थान–१ मा ज्गmबल कझभल धबक मभतभअतभम भनी लेखिए तापनि ज्यधभखभच कउभचm अभििक धभचभ लयत ायगलम भनी लेखिएको देखिन्छ भने सो ज्गmबल कझभल को द्ययियम न्चयगउ खुल्न नसकेको अवस्थामा सो ज्गmबल कझभल यी प्रतिवादीहरूकै हो भन्न सकिने र पुष्टि हुन सक्ने अवस्था नदेखिएको, स्वयं पीडित जाहेरवालाले आफूलाई यी प्रतिवादीहरूले जबरजस्ती करणी गरेका छैनन् भनी अदालतमा बकपत्र गरी दिएको समेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट यी प्रतिवादीहरूले जाहेरवालालाई जबरजस्ती करणी गरेको भनी पुष्टि नभएको अवस्थामा यी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई मिति २०७४।९।२६ मा फैसला गरेकोमा उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज इजलासमा पुनरावेदन परी उक्त अदालतले सुरू फैसला सदर गरी मिति २०७५।४।३० मा फैसला गरेकोमा उक्त फैसला चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट अभियोग माग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी यस अदालतमा दोहोर्याई पाउँको निवेदन परी यस अदालतबाट अनुमति प्रदान भई निर्णयार्थ आज यस इजलासमा पेस भएको देखियो ।
उल्लिखित तथ्यगत बेहोरा, पुनरावेदन जिकिर र बहस बुँदा भएको प्रस्तुत मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसला मिलेको छ वा छैन? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दाको निरूपणका सन्दर्भमा देहायका सवालहरूको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखिन आउँछ ।
मुद्दामा तथ्यगत अवस्था के कस्तो रहेको देखिन्छ ?
पीडितको विपरीत बकपत्र (ज्यकतष्भि क्तबतझभलत) को विधिशास्त्रीय एवम् प्रमाण ग्राह्यतासम्बन्धी अवधारणा र मान्यता के कस्तो रहे भएको देखिन्छ ?
प्रस्तुत मुद्दामा प्रतिवादीउपर कसुर कायम गर्न पर्याप्त प्रमाण पुग्छ पुग्दैन ?
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट भएको फैसला मिलेको छ, छैन ?
२. प्रस्तुत मुद्दाको तथ्यगत अवस्था हेर्दा, केन्द्रीय प्रहरी फरेन्सिक साइन्स ल्याबरोटोरीको मिति २०७४।०६।२६ को परीक्षण प्रतिवेदनबाट वारदात स्थलबाट बरामद भएको भनिएको तन्नामा क्झभल अयगमि लयत दभ मभतभअतभम भनी उल्लेख भएको तथा वारदात स्थलमा फेला परेको भनी परीक्षणको लागि पठाइएको रातो रंगको टालोमा ज्गmबल कझभल धबक मभतभअतभम भनी ज्यधभखभच कउभचm अभििक धभचभ लयत ायगलम भनी उल्लेख भएको देखिन्छ । सो ज्गmबल कझभल को द्ययियम न्चयगउ खुल्न नसकेको भनी प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । साथै नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जबाट भएको जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन हेर्दा ल्य यदखष्यगक ष्लवगचष्भक भहअभउत या बिअभचबतष्यल यल ायगचअजभततभ भनी उल्लेख भएको देखिन्छ । सोही अस्पतालबाट भएको प्रतिवादीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत यी प्रतिवादीहरूको यौन अंगमा ल्यत कभभल बलथ तथउभ या बदलयचmबष्तिष्भक भनी उल्लेख भएको देखिन्छ । मौकामा घटना विवरण कागज गर्ने अब्दुल अजीज अन्सारी, लखन साह, अच्छेलाल साह, प्रभु साह कानू, सितवसन्त महतो, राजेश कुमार गुप्ताले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा पीडित जाहेरवालालाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको होइनन् । जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो भनी मौकाको कागजलाई खण्डन गरी बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरूले मौकामा साबिती बयान गरेता पनि सुरू अदालतमा इन्कारी बयान गरेको अवस्था छ । पीडित भनिएकी परिवर्तित नाम इनर्वा (च) ले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादीहरूले आफूलाई जबरजस्ती करणी नगरेको, प्रतिवादी तैयव हुसैनसँग रू. २०,०००/– लिन पर्ने भएकोले वारदात मितिका दिन पैसा माग्न जाँदा निज हुसैनले कुटपिट गरेकाले एउटा निवेदन दिएर प्रहरीले निजलाई पक्राउ गरेको हो । निजहरू कसैले जबरजस्ती करणी गरेका छैनन् रिसइवीले झुठ्ठा जाहेरी दिएको भनी मौकाको जाहेरी दरखास्तको खण्डन गरी बकपत्र गरेको देखिन्छ ।
३. प्रस्तुत मुद्दामा सङ्कलित प्रमाणको प्राचूर्यता एवम् प्रमाण मूल्याङ्कन तथा प्रमाण ग्राह्यतासम्बन्धी दोस्रो सवालका सम्बन्धमा हेर्दा देवानी प्रकृतिका मुद्दामा न्यायिक निष्कर्षमा पुग्न प्रमाणको सन्तुलन र प्रचुरतामा (एचभउयलमभचबलअभ या भखष्मभलअभक) बढी केन्द्रित हुन्छ भने फौजदारी कसुरसम्बन्धी विवादको निरूपणका खास खास र आधारभूत अवधारणा रही आएको पाइन्छ । जस्तै, फौजदारी कसुरसम्बन्धी प्रमाण शास्त्रको निर्देशित मार्ग र सर्व–स्वीकार्य अवधारणा नै आरोपित कसुरको शंकारहित तवरबाट पुष्टि हुनुपर्ने (एचयखभम नगष्तिथ दभथयलम चभबकयलबदभि मयगदत); शंकाको सुविधा अभियुक्तले पाउने (द्यभलभाष्तक या मयगदत नयभक तय तजभ बअअगकभम); दश अपराधी छुटुन् तर एकजना पनि निरपराध व्यक्ति सजायको भागिदार हुन नपरोस् (क्ष्त ष्क दभततभच तजबत तभल नगष्तिथ उभचकयलकm बथ भकअबउभ तजयगनज तजबत लय यलभ ष्ललयअभलत कगााभच) आदि रहे भएका देखिन्छन् । प्रस्तुत मुद्दामा पनि जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरसम्बन्धी विवाद निहित रहेकोले न्याय निरूपण गर्दा फौजदारी न्यायका मान्य सिद्धान्त एवम् प्रमाण ग्राह्यताको कोणलाई मनन गर्नुपर्ने हुन्छ । फौजदारी कसुरसम्बन्धी विषयको खास प्रकृति एवम् आवश्यकताअनुसार अनुसन्धान तहकिकातको दायित्व राज्यले वहन गर्ने आम प्रचलन र कानूनी बन्दोबस्त रहेको पाइन्छ । नेपालको संविधानको धारा २० मा वर्णित न्यायसम्बन्धी हक, धारा २१ बमोजिम अपराध पीडितको हक, धारा २२ बमोजिमको यातना विरूद्धको हकसमेतका मौलिक हकको बृहद् आयामको रोह एवम् प्रचलित अन्य कानून एवम् न्यायका मान्य सिद्धान्तका जगमा फौजदारी कसुरसम्बन्धी विवादको निरूपण र न्याय निष्पादन हुने गर्दछ ।
४. यसै क्रममा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले वर्णित गरेका फौजदारी कसुरसम्बन्धी मुद्दाको अनुसन्धान तहकिकात तोकिएको प्रहरी कार्यालयको अनुसन्धान अधिकारीले सम्पन्न गर्ने र नेपालको संविधानको धारा १५८ बमोजिम महान्यायाधिवक्ता वा महान्यायाधिवक्ताबाट मातहतका सरकारी वकिल कार्यालयलाई प्रत्यायोजित अधिकारबमोजिमका अधिकारीले अभियोजन गर्ने कानूनी व्यवस्था रहे भएको देखिन्छ । अतएवः प्रचलित कानूनको अधीन र मार्ग निर्देशनमा रही मूलतः प्रहरी कार्यालयले जाहेरी दरखास्त लिने, अरोपितलाई पक्राउ गर्ने, बयान लिने, सोधपुछ गर्ने, वस्तुस्थितिका मानिसहरूको घटना सम्बन्धमा कागज गराउनेलगायतको तहकिकात गरी प्रमाण सङ्कलन गरी सरकारी वकिलसमक्ष अनुसन्धान प्रतिवेदन पठाउने कार्य सम्पन्न गर्ने गरिएको पाइन्छ । तत्पश्चात् सम्बन्धित सकारी वकिल कार्यालयले सङ्कलित प्रमाणको मूल्याङ्कन (भ्खष्मभलतष्ब ित्भकत) गर्दै सबुद प्रमाणका आधारमा सम्बन्धित अदालतसमक्ष अभियोजन गर्ने गरेको पाइन्छ । प्रस्तुत जबरजस्ती करणी जस्तासमेतका मुद्दा साधिकार अदालतमा दायर भई अदालती कारबाही प्रारम्भ भएपछि अनुसन्धानमा सङ्कलित प्रमाण परीक्षण गर्ने, थप प्रमाण बुझ्ने लगायतका तमाम कार्य सम्पन्न गरेपछि अदालत न्यायिक निष्कर्षमा पुग्ने गर्दछ । अनुसन्धान, तहकिकात एवम् जाँचबुझका बखत सङ्कलित प्रमाणहरू प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम थुनछेकको प्रयोजनार्थ लागिसम्म तत्क्षणमा प्रमाणमा लिन सकिन्छ । मुद्दा अदालतमा प्रवेश गरेपश्चात् प्रहरीलगायत अनुसन्धान अधिकारीहरूबाट सङ्कलित प्रमाणसमेतका प्रमाणहरू प्रमाण ग्राह्यताको कसीमा (त्यगअज कतयलभ या बमmष्ककष्दष्ष्तिथ या भखष्मभलअभ) परीक्षण हुने गर्दछ । तत्सम्बन्धमा अदालतले फौजदारी मुद्दामा साक्षी परीक्षणका सर्वमान्य विधि प्रयोग गर्दै प्रमाणको ग्राह्यताको यकिन गर्ने गर्दछ । प्रमाण विधिशास्त्रमा ग्राह्यताको कोणबाट सामान्यतया प्रमाणहरूलाई ग्राह्य प्रमाण (ब्मmष्ककष्दभि भखष्मभलअभ), अग्राह्य प्रमाण (ल्यल–बमmष्ककष्दभि भखष्मभलअभ) र कि त ग्राह्य वा कि त अग्राह्य (भ्ष्तजभच बमmष्ककष्दभि यच लयल–बमmष्ककष्दभि) भन्ने वर्गीकरण गर्ने गरिन्छ । अभियोजन पुष्टि हुन ग्राह्य प्रमाणको प्राचुर्यता हुनुपर्ने भएकोले अदालतले प्रमाण परीक्षणको विधि जस्तै जाहेरवाला वा विशेषज्ञको बकपत्र, अनुसन्धानमा सङ्कलित प्रमाणको वैज्ञानिक परीक्षण, वस्तुस्थितिका मानिसहरूले व्यक्त गरेका रायको सच्याइको पुनर्पुष्टिलगायतका आवश्यकीय विधिहरूसमेत अवलम्बन गर्दै सङ्कलित प्रमाण ग्राह्य हुन् वा अग्राह्य हुन् सोको यकिनन् गर्ने गर्दछ ।
५. अब प्रमाण ग्राह्यताको उपर्युक्त कसीमा अनुसन्धानमा व्यक्त बेहोराविपरीतको अदालतसमक्ष हुने ज्यकतष्भि क्तबतझभलत का सम्बन्धमा हेर्दा, सर्वोच्च अदालतले विभिन्न मुद्दाहरूमा मुद्दा विशेषको प्रकृति एवम् परिवेशसमेतको आधारमा व्याख्या एवम् प्रमाण विधिशास्त्रको विकाससमेत गरेको देखिन्छ । तत् सम्बन्धमा केही प्रतिनिधिमूलक सर्वोच्च अदालतका व्याख्याहरूको अवलोकन उचित देखिन आउँछ । प्रस्तुत मुद्दाको तथ्यगत अवस्था जस्तो स्थितिमा पीडित स्वयंले गरेको ज्यकतष्भि क्तबतझभलत लाई सोही मुद्दाको समग्र अवस्थासँग अवलोकन गरी यकिन निर्धारण गर्नुपर्ने हुन आउँछ । जाहेरी दरखास्तमा पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी किटानी रूपले उल्लेख भए तापनि पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा “ल्य यदखष्यगक भहतभचलब िष्लवगचष्भक भहअभउत या बिअभचबतष्यल यल ायगचअजभततभ“ भनी उल्लेख भएको र बरामद भएको तन्ना र रातो रंगको टालोको परीक्षणमा “क्उभचm अभिि अयगमि लयत दभ ायगलम“ भनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टबाट देखिन आएको छ । “विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैं स्वच्छ (ऋचथकतब िऋभिबच) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनुसमेत न्यायोचित नहुने…… “ भनी (नेपाल सरकार वि. विनय मानन्धर भएको कर्तव्य ज्यान मुद्दा ने.का.प.२०६७, अङ्क २, नि.नं. ८३११) भएको व्याख्या यस मुद्दामा पनि सान्दर्भिक हुने देखिन्छ । उल्लिखित सिद्धान्तसमेतका आधारमा पीडितको शारीरिक परीक्षण प्रतिवेदन विश्वसनीय भई पीडित स्वयंले प्रतिवादीहरूले आफूलाई जबरजस्ती करणी नगरेको र जाहेरी दरखास्त रिसइवीले दिएको भनी अदालतसमक्ष गरेको बकपत्रको अवस्थालाई ग्रहणयोग्य प्रमाणमा लिन मिल्ने नै देखियो । अन्य सबुद प्रमाणसमेतबाट जबरजस्ती करणी प्रमाणित नभएको तथा पीडित जाहेरवालाले अदालतमा प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको होइन भनी प्रतिकूल बकपत्र गरेको अवस्थाको सम्बन्धमा “प्रतिवादीले जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुनसक्ने अवस्था हुँदैन, सो कुरा मिसिल संलग्न अन्य स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नुपर्दछ“ (नेपाल सरकार वि. गोपाल राना भएको जबरजस्ती करणी ने.का.प. २०७६, अङ्क १ नि.नं. १०१७२) भनी यस अदालतबाट व्याख्या भएको पाइन्छ । बस्तुतः वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा केवल किटानी जाहेरी दरखास्तको आधारमा मात्रै प्रतिवादीले जबरजस्ती करणीको आरोपित कसुर गरेका हुन् भनी विश्वास गर्न सकिने अवस्था रहन आउँदैन ।
६. निश्चय पनि पीडित वा जाहेरवाला वा वस्तुस्थितिका मानिसहरूको अनुसन्धानमा व्यक्त गरेको बेहोराभन्दा प्रतिकूल बकपत्र (ज्यकतष्भि क्तबतझभलत) मात्र अभियुक्तलाई सफाइ प्रदान गर्ने हदसम्मको निश्चयात्मक प्रमाण (ऋयलअगिकष्खभ भ्खष्मभलअभ) नहुने सम्बन्धमा यसै अदालतबाट समेत विभिन्न मुद्दाहरूमा व्याख्या भएको पाइन्छ । जस्तै, नेपाल सरकार विपक्षी स्वस्ती बराल भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा (ने.का.प. २०६२ अङ्क ११ नि.नं.७६२६) “घटनास्थलमा देखिएको काँचको चुरा, रौं, घटनास्थलमा मडारिएको भन्ने तत्काल मौकाको कागज तथा सोलाई समर्थन गरी गरेको पीडितलगायतका मौकाका व्यक्तिको बकपत्र तथा स्वयम् आफूले दिएको मौकाको परीक्षण प्रतिवेदनमा उल्लिखित बेहोरालाई निष्प्रभावी बनाउन वा वास्तविक अपराधीलाई छुट्न सक्नेसम्मको अवस्था सिर्जना हुने र पहिले आफूले दिएको परीक्षण प्रतिवेदन विरूद्धको बकपत्रले प्रमाणको स्थान ग्रहण नगर्ने“ भनी व्याख्या भएको देखिन्छ र उक्त मुद्दामा पीडितको उमेर १३ वर्षको देखिन आउँछ । त्यस्तै सुब्बा भन्ने धनराज खड्का विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दामा जसमा पीडिता कान नसुन्ने, बोल्न नसक्ने अपाङ्ग रहेको देखिन्छ सो मुद्दामा (ने.का.प. २०७२, अङ्क ५, नि.नं. ९३९३) “सङ्कलित सबुद एवम् प्रमाणहरूबाट जबरजस्ती करणीको वारदात स्थापित भई प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट प्रतिवादी कसुरदार देखिएको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो पूर्व भनाई प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्र प्रतिवादीलाई उन्मुक्ति दिने आधार हुन नसक्ने“ भनी फैसला भएको देखिन्छ । तर प्रस्तुत मुद्दाहरूका तथ्यसमेत हेर्दा पीडितको प्रतिकूल बकपत्रलाई हृदयंगम गरिएको र त्यस्ता बकपत्र मुद्दाको समग्र सन्दर्भको रोहबाट प्रमाण ग्राह्य गर्ने वा नगर्ने भनी निष्कर्षमा पुगेको देखिन्छ । पीडित स्वयंको प्रतिकूल बकपत्र पनि मुद्दाको तमाम तथ्यसँग मेल नखाएमा वा पीडित नाबालक भई अभिभावक संरक्षकसमेतको दबाब प्रभावमा परेको देखिएमा वा पीडित वा जाहेरवालालाई आर्थिक वा अन्य दबाब प्रभावमा पारी प्रतिकूल बकपत्र गर्न प्रेरित गरेको मिसिल कागजातबाट आभाष वा शंकास्पद भएमा मुद्दामा अन्य तथ्यबाट प्रतिवादीको कसुर शंकारहित तवरबाट स्थापित हुन जान्छ भने त्यस्ता प्रतिकूल वा विपरीतार्थ बकपत्र (ज्यकतष्भि क्तबतझभलत) लाई इन्कार गर्न सकिने अवस्था रहन्छ ।
७. यस्तै जबरजस्ती करणी मुद्दामा पीडिताको अदालतसमक्ष हुनसक्ने प्रतिकूल बकपत्र (ज्यकतष्भि क्तबतझभलत) का सम्बन्धमा भारतीय अदालतका अभ्यासहरू हेर्दा, क्जभष्पज श्बपष्च ख्क. क्तबतभ या द्यष्जबच (ब्क्ष्च् १९८३ क्ऋ ९११) को मुद्दामा उल्लेख भएको देखिन्छ कि “भ्खभल तजयगनज ब खष्अतष्m या चबउभ अबललयत दभ तचभबतभम बक बल बअअयmउष्अिभ, यल बअअयगलत या ब यिलन षिभ या वगमष्अष्ब िमभअष्कष्यलक तजभ भखष्मभलअभ या तजभ खष्अतष्m ष्ल ब चबउभ अबकभ ष्क तचभबतभम बmयिकत ष्पिभ तजभ भखष्मभलअभ या बल बअअयmउष्अिभ चभत्रगष्चष्लन अयचचयदयचबतष्यल. क्भअतष्यल १३३ या तजभ भ्खष्मभलअभ ब्अत कबथक तजबत बल बअअयmउष्अिभ कजबिि दभ ब अयmउभतभलत धष्तलभकक बनबष्लकत बल बअअगकभम उभचकयल बलम ब अयलखष्अतष्यल ष्क लयत ष्ििभनबm िभचभथि दभअबगकभ ष्त उचयअभभमक गउयल तजभ गलअयचचयदयचबतभम तभकतष्यलयचथ या बअअयmउष्अिभ. द्यगत तजभ चगभि या उचबअतष्अभ ष्क तजबत ष्त ष्क उचगमभलत तय यियप ायच अयचचयदयचबतष्यल या तजभ भखष्मभलअभ या बल बअअयmउष्अिभ दथ यतजभच ष्लमभउभलमभलत भखष्मभलअभ. त्जष्क चगभि ष्क दबकभम यल जगmबल भहउभचष्भलअभ बलम ष्क ष्लअयचउयचबतभम ष्ल ष्ििगकतचबतष्यल (द) तय क्.११४ या तजभ ब्अत. त्जभचझ गकत दभ बल ष्लमष्अबतष्यल ष्ल तजभ अयगचकभ या तजभ वगमनझभलत बलम ष ष्ल ब नष्खभल अबकभ तजभ वगमनभ ाष्लमक तजबत तजभचभ ष्क लय लभभम ायच कगअज अयचचयदबतष्यल, जभ कजयगमि नष्खभ चभबकयलक ायच मष्कउभलमष्लन धष्तज तजभ लभअभककष्तथ ायच कगअज अयचचयदयचबतष्यल. द्यगत ष ब अयलखष्अतष्यल ष्क दबकभम यल तजभ भखष्मभलअभ या ब उचयकभअगतचष्ह धष्तजयगत बलथ अयचचयदयचबतष्यल धष्िि लयत दभ ष्ििभनब ियल तजबत कयभि नचयगलम. क्ष्ल तजभ अबकभ या ब नचयधल–गउ बलमm बचचष्भम धयmबल ष्त ष्क बधिबथक कबाभ तय ष्लकष्कत यल कगअज अयचचयदयचबतष्यल. ध्जभचभखभच अयचचयदयचबतष्यल ष्क लभअभककबचथ ष्त कजयगमि दभ ायचm बल ष्लमभउभलमभलत कयगचअभ दगत ष्क लयत लभअभककबचथ तजबत भखभचथ उबचत या तजभ भखष्मभलअभ या तजभ खष्अतष्m कजयगमि दभ अयलाष्चmभम ष्ल भखभचथ मभतबष् िदथ तजभ ष्लमभउभलमभलत भखष्मभलअभ. क्गअज अयचचयदयचबतष्यल अबल दभ कयगनजत ाचयm भष्तजभच मष्चभअत भखष्मभलअभ यच अष्चअगmकतष्ब िभखष्मभलअभ यच ाचयm दयतज.“ त्यस्तै प्रकारले च्बखष्लमचब प्गmबच म्भथ ख्. क्तबतभ या इचष्ककब (ब्क्ष्च् १९७७, क्ऋ १७०) भएको मुद्दामा भनिएको छ कि “’त्जभ भखष्मभलअभ या जयकतष्भि धष्तजलभकक ष्ल लयत लभअभककबचष्थि तय दभ चभवभअतभम भष्तजभच ष्ल धजयभि यच ष्ल उबचत बलम तजझ भचभ ाबअत तजबत ब धष्तलभकक ष्क मभअबिचभम जयकतष्भि मयभक लयतm बपभ जष्m बल गलचभष्बिदभि धष्तलभकक कय बक तय भहअगिमभ जष्क भखष्मभलअभ ाचयm अयलकष्मभचबतष्यल बतियनभतजभच.“
८. यसरी अन्य देशमा भएका अदालतका उपर्युक्त फैसलाहरूका केही दृष्टान्तहरूले समेत दिशानिर्देश गर्दछन् कि विशेषतः फौजदारी मुद्दामा कतिपय साक्षीहरू वा पीडित स्वयम्ले पनि मुद्दाको सुनुवाइको क्रममा अनुसन्धान तहकिकातमा व्यक्त गरेको बेहोराभन्दा विपरीत बेहोरा व्यक्त (ज्यकतष्भि क्तबतझभलत) गर्न सक्ने अवस्था देखिन सक्छ । तर पनि अदालतले त्यस्ता विपरीत कथनसमेतका सम्पूर्ण अवस्थालाई समग्र मुद्दाको रोहबाट जाँच गरी ग्रहणयोग्य प्रमाण (ब्मmष्ककष्दभि भ्खष्मभलअभ) वा ग्राह्य गर्न नसकिने (ल्यल–बमmष्ककष्दभि भ्खष्मभलअभ) को रूपमा अवलम्बन गर्न सक्दछ । विशेषतः ज्यकतष्भि क्तबतझभलत को अवस्था आर्थिक लेनदेन वा सामाजिक राजनीतिक प्रभाव वा धाकधम्की वा अन्य प्रभावका कारणले हुन सक्ने सन्दर्भमा अदालत सचेत रहनुपर्ने हुन आउँछ । त्यसमा पनि पीडित बालबालिका भएमा वा रोगग्रस्त भएमा वा गरिबी वा अन्य दबाबका कारणले ज्यकतष्भि हुनुपर्ने स्थिति हुन सक्नेतर्फ झनै गम्भीर हुनुपर्ने हुन आउँछ । साथसाथै फौजदारी जस्तो गम्भीर आरोपका मुद्दामा कोही पनि निरपराध व्यक्ति दण्डको भागीदार हुन नपरोस् र शंका रहित कसुरदारले सजायबाट उन्मुक्ति पनि नपाओस् भनी फौजदारी न्यायका मान्य सिद्धान्तलाई हरक्षण शीर्ष स्थानमा राखिन्छ । फौजदारी न्यायका यिनै मान्य सिद्धान्तका आलोकमा देहायका अवयव र अवधारणालाई निःसर्त मनन गर्नुपर्ने हुन आउँछ । जस्तैः–
क. अभियुक्त उपरको अभियोग शंकारहित तवरबाट पुष्टि हुनुपर्ने (एचयकभअगतष्यल तय उचयखभ ष्तक अबकभ दभथयलम चभबकयलबदभि मयगदत)
ख. कसुर पुष्टि नभएसम्म अभियुक्तको निर्दोषिताको अनुमान (एचभकगmउतष्यल या ष्ललयअभलत गलतष् िउचयखभम नगष्तिथ)
ग. प्रमाणको भार दाबी गर्ने पक्षमा रहने (इलगक या उचयया ष्भिक यल उबिष्लतषा बलम लभखभच कजषतक)
घ. शंका जतिसुकै बढी भए तापनि प्रमाणको रूप धारण गर्न नसक्ने (भ्खभल जष्नजभकत मभनचभभ या कगकउष्अष्यल अबललयत तबपभ उबिअभ या भखष्मभलअभ) आदि ।
९. अब प्रस्तुत मुद्दामा पीडित परिवर्तित नाम इनर्वा (च) ले सुरू अदालतमा उपस्थित भई बकपत्र गर्दा प्रतिवादीहरूले आफूलाई जबरजस्ती करणी नगरेको, प्रतिवादी तैयव हुसैनसँग रू.२०,०००/– लिनपर्ने भएकोले वारदात मितिका दिन पैसा माग्न जाँदा निज हुसैनले कुटपिट गरेकाले प्रहरीमा निवेदन दिएकोले निजलाई पक्राउ गरेको हो । निजहरू कसैले जबरजस्ती करणी गरेका छैनन् । रिसइवीले झुठ्ठा जाहेरी दिएको भनी मौकाको जाहेरी दरखास्तको खण्डन गरी गरेको ज्यकतष्भि क्तबतझभलत सम्बन्धमा हेर्दा, निज पीडिताको उमेर १९ वर्ष ११ महिना भन्ने देखिँदा साबिक मुलुकी ऐनबमोजिम साबालिग भन्ने देखिन आउँछ । निज पीडिताको शारीरिक परीक्षण गर्दा “ल्य यदखष्यगक भहतभचलब िष्लवगचष्भक भहअभउत या बिअभचबतष्यल यल ायगचअजभततभ“ भनी उल्लेख भएको देखिन आउँछ । घटनास्थल प्रकृति मुचुल्कासमेतका तत्कालका प्रमाणबाट पनि पीडितालाई जबरजस्ती करणी भएको भन्ने निश्चयात्मक र प्रत्यक्ष प्रमाण रहे भएको देखिँदैन । प्रस्तुत मुद्दाको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् (ख्ष्अतष्m जभचकभाि ष्क मष्चभअत भखष्मभलअभ) नै भएको र निजलाई जाहेरी बेहोरा र मौकाको कागजातभन्दा विपरीत बकपत्र गर्न प्रभाव दबाब पारेको भन्ने देखिने अन्य तथ्यगत प्रमाणसमेत मिसिल कागजातबाट देखिन आउँदैन ।
१०. यी जाहेरवाला तथा प्रतिवादीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनले यी जाहेरवाला तथा मौकामा घटना विवरण कागज गर्ने मानिसहरूको सुरू अदालतको बकपत्र र प्रतिवादीहरूको सुरू अदालतको बयान बेहोरालाई समर्थन गरेको देखिन्छ । यौन उत्तेजना आउने औषधीको प्रयोग गरी प्रतिवादीहरूले रातभरि जबरजस्ती करणी गरे भन्ने अभियोग माग दाबीलाई समर्थन हुने प्रतिवादीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदन नभएको समेतको अवस्थामा यी जाहेरवालाउपर जबरजस्ती करणी भयो भनी मान्न सकिने अवस्था देखिँदैन । उमेर पुगेकी विवाहिता जाहेरवालालाई प्रतिवादीहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरे भन्ने सम्बन्धमा अन्य स्वतन्त्र ठोस प्रमाणले पुष्टि गर्न नसकेको अवस्थामा जाहेरवालाको बकपत्रलाई नै प्रत्यक्ष र भरपर्दो (म्ष्चभअत बलम च्भष्बिदभि) प्रमाणको रूपमा लिनुपर्ने देखिन्छ । जबरजस्ती करणीको घटनामा पीडित र पीडकबाहेकका व्यक्तिहरूको उपस्थिति विरलै हुने अवस्थामा पीडितको बयान तथा बकपत्र नै मुख्य प्रमाणको रूपमा रहेको पाइन्छ ।
११. अतः जाहेरवालाले नै झुठा उजुरी दिएको भनी स्वीकारेको, प्रतिवादीहरूले सुरू अदालतमा इन्कारी बयान गरेको तथा घटना विवरण कागजका मानिसहरूले समेत उक्त मौकाको घटना विवरण कागजको खण्डन गरी सुरू अदालतमा बकपत्र गरेको अवस्थामा यी जाहेरवालालाई प्रतिवादीहरूले सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने अभियोग माग दाबी प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम शंकारहित तवरबाट पुनरावेदक वादी पक्षबाट प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिने गरी सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७४।९।२६ मा भएको फैसला सदर गरेको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।०४।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृतः ललित सापकोटा
इति संवत् २०८० साल असोज २४ गते रोज ४ शुभम् ।