निर्णय नं. ११५१० - कर्तव्य ज्यान र जबरजस्ती करणी
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी
माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
फैसला मिति : २०८१।०३।१२
मुद्दाः कर्तव्य ज्यान र जबरजस्ती करणी
०७६–ऋच्–०९५६
पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला, ताराखोला गाउँपालिका, वडा नं.४ (साबिक तारा गा.वि.स. वडा नं.५) घर भई ऐ. गलकोट नगरपालिका, वडा नं.५, लामपाटा (साबिक हरिचौर गा.वि.स. वडा नं.२) बस्ने र हाल कारागार कार्यालय बागलुङमा कैद थुनामा रहेकी भविलाल वि.क.को बुहारी हिमलाल वि.क.को श्रीमती निशा रेग्मी वि.क.
विरूद्ध
प्रत्यर्थी / वादी : विमला दर्जी भन्ने विमला वि.क.को जाहेरीले नेपाल सरकार
०७६–ऋच्–१७९७
पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला, ताराखोला गाउँपालिका, वडा नं. ३ (साबिक हिल गा.वि.स., वडा नं.९) बाट ऐ. गलकोट नगरपालिका, वडा नं. ६ (साबिक हरिचौर गा.वि.स. वडा नं.३) घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैद थुनामा रहेको हिरासिंह निउरेको छोरा खिमबहादुर निउरे
विरूद्ध
प्रत्यर्थी / वादी : विमला दर्जी भन्ने विमला वि.क.को जाहेरीले जाहेरीले नेपाल सरकार
कुनै अभियोग लागेको अभियुक्तले अदालतसमक्ष बयान गर्दा आफूउपरको आरोपित कसुरमा इन्कारी बेहोराको बयान गर्दैमा वा अनुसन्धानको क्रममा भएको आफ्नो साबिती बयान बेहोरा आफ्नो स्वेच्छापूर्वक नभई अन्यथा किसिमले भएको हो भनी जिकिर लिँदैमा त्यसले स्वतः प्रमाणको ग्राह्यता प्राप्त गर्न नसक्ने । त्यस्तो इन्कारी वा जिकिरले प्रमाण ग्राह्यता प्राप्त गर्नको लागि कुनै तथ्यपरक एवम् निश्चयात्मक प्रमाण दिई वा प्रस्तुत गरी सो इन्कारी वा जिकिरलाई पुष्टि गर्न सक्नुपर्ने । यदि अभियुक्तको कुनै प्रमाण विनाको इन्कारी बयान वा बयान जिकिर रहे भएको अवस्थामा सङ्कलित भएको कुनै अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई पनि अदालतले निजका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने ।
(प्रकरण नं.१७)
एकीकृत कसुरको रूपमा सजायको मागदाबी लिइएका भिन्न भिन्न कसुरको हकमा तत्तत् कसुरमा सङ्कलित भएका सबुद प्रमाणहरूको आधारमा कसुर ठहर हुने वा नहुने निष्कर्ष निकाल्नुपर्ने । एकीकृत कसुर र सजायको मागदाबी लिइएका कसुरहरूमध्ये वारदातको कारण वा जरियाको रूपमा सजायको दाबी लिइएको कसुर नै ठहर नभएको अवस्थामा अन्य सम्बद्ध कसुरलाई ठहर गर्न र सजाय गर्न मिल्दैन भन्नु प्रमाण कानूनको सिद्धान्त र विधिशास्त्रीय मान्यताको प्रतिकूल हुने ।
(प्रकरण नं.१९)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विनोद कार्की तथा विद्वान् वैतनिक अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जन
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विनोद श्रेष्ठ
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
मुलुकी अपराध संहिता, २०७४
नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
सुरू फैसला गर्ने :
मा. जिल्ला न्या. श्री प्रकाशप्रसाद पण्डित
बागलुङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने अदालतः
माननीय न्यायाधीश श्री मोहनबहादुर
माननीय न्यायाधीश श्री हरिप्रसाद पौडेल
उच्च अदालत पोखरा‚ बागलुङ इजलास
फैसला
न्या.अब्दुल अजीज मुसलमान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः–
तथ्य खण्ड
विमला वि.क.ले इलाका प्रहरी कार्यालय, गलकोट, बागलुङमा दिएको प्रारम्भिक जाहेरी दरखास्तः मृतक जनकली वि.क. मेरो सहोदर आमा पर्नुहुन्छ २ छोरा र १ छोरीमध्ये म २१ वर्षको भएँ । मेरा भाइहरू ९ वर्ष र १९ वर्षको भए । मेरो बुबा कप प्रसाद वि.क. र मेरो भाइ सुरेश वि.क. रोजगारीको सिलसिलामा विदेशमा काम गर्दै आउनुभएको छ । हाम्रो स्थायी घर ताराखोला हो । अहिले जिल्ला बागलुङ, गलकोट नगरपालिका, वडा नं. ५ लामपाटामा मेरो मृतक आमा, मेरो भाइ र म बस्दै आएको ८/१० वर्ष भयो । हाम्रो घर परिवारमा कुनै किसिमको झै–झगडा भएको मलाई थाहा थिएन, मेरो बुबा पनि घरमा आउने जाने गरिरहनुहुन्छ । यस्तै क्रममा मिति २०७४/०६/२५ गते घरमा म, मेरो मृतक आमा र छिमेकी अन्टी नाता पर्ने बसेका थियौँ । यस्तै क्रममा मा ऐ.ऐ.६ जंगरा बस्ने खिमबहादुर निउरे मादक पदार्थ सेवन गरी हाम्रो घरमा आई मलाई रक्सी लागेको हुँदा मलाई मेरो घरमा पुर्याउन भनी मेरो मृतक आमा र अन्टी छाड्न गएकोमा निजकै घरमा बसी अर्को दिन बिहान ०८ः०० बजेको समयमा मैले निज अन्टीलाई मेरो आमा खोई भनी सोध्दा मैले जान भनेको तिमी जाउ म पछि आउँछु भनेको हुँदा घरमा नआएको हुँदा मैले आफन्त तथा वन जंगलमा समेत खो.त. गर्दा फेला पारेको थिएन । यस्तै क्रममा आज मिति २०७४/०६/२७ गते गलकोट नगरपालिका वडा नं. ५ स्थित दरम खोलामा मृत लास फेला परेको जानकारी पाएपश्चात् मलगायत अन्य स्थानीय मानिस तथा इलाका प्रहरी कार्यालय, गलकोट बागलुङका प्रहरी टोली उक्त घटना स्थलमा आई लासलाई पानीबाट बाहिर निकाली उक्त लासलाई हेर्दा मेरो आमाको रहेछ । मेरो भाइ र बुबा घरमा नभएको हुँदा यो जाहेरी मैले लिएर आएको छु । यसरी रातको समयमा मेरो मृतक आमा र छिमेकी अन्टी नाता पर्ने निज खिमबहादुर निउरेको घरमा छाड्न गएको हुँदा घरमा नआई ३ दिनपश्चात् मृत लास दरमखोलामा फेला परेको हुँदा घटनाको छानबिन गरी आवश्यक कारबाही गरी मृतक लास कानूनबमोजिम गरी दाह संस्कारको लागि मेरो जिम्मा पाउँ भन्नेसमेत बेहोराको विमला वि.क.ले इलाका प्रहरी कार्यालय, गलकोट, बागलुङमा मिति २०७४/०६/२७ मा दिएको प्रारम्भिक जाहेरी दरखास्त ।
घटनास्थल / लास जाँच मुचुल्काः जिल्ला बागलुङ, साबिक हरिचौर गा.वि.स., वडा नं. ६ हाल ऐ. गलकोट नगरपालिका वडा नं. ६ जंगाराको दरमखोलास्थित पूर्वमा हरिचौर–ताराखोला जाने कच्ची मोटरबाटो, पश्चिममा लाम्पाटा भन्ने ठाउँ, उत्तरमा चुनढुङ्गाको कच्ची पुल र दक्षिणमा क्रसरको ड्याम साइड । यति चार किल्लाभित्र पर्ने दरमखोलाको बिच भागमा ढुङ्गाले अड्याएर मुन्टोको भाग पानीमा, पेट र खुट्टाको भाग पानीबाहिर देखिएको, कपडा सबै माथितिर फर्केको, पूर्वमा टाउको, पश्चिममा खुट्टा भई उत्तानो अवस्थामा मृतक जनकली वि.क.को मृत लास देखिएको; उक्त मृत लासलाई पानीबाट बाहिर निकाली सुरक्षितसाथ ओल्टाई पल्टाई हेर्दा दाहिने आँखाको तल्लो भाग सुन्निएको र निलो डामसमेत रहेको; निधारको सिउँदोको भागमा १ इन्च लामो १/२ इन्च गहिरो नयाँ घाउ खत रहेको र नाकको डाँडीमा सामान्य कोतरिएको नयाँ खत रहेको भन्नेसमेत बेहोराको चार किल्लासहितको मिति २०७४/०६/२७ को घटनास्थल / लास जाँच मुचुल्का ।
शव परीक्षण प्रतिवेदनः च्भ्ीभ्ख्ब्ल्त् म्भ्त्ब्क्ष्ीक् (द्यचष्भा जष्कतयचथ या तजभ अबकभ चभनबचमष्लन अष्चअगmकतबलअभक या मभबतज,m भलतष्यल कयगचअभ या ष्लायचmबतष्यल)ः त्जभ बदयखझ भलतष्यलभम उभचकयल/व्बलबपबष् िद्य.प्. (मभअभबकभम) धबक ायगलम मभबम ष्ल तजझ ष्ममभि या म्बचबm प्जयबि (म्बचबm च्ष्खभच) ०ल २०७४/०६/२७ बचयगलम ०९ः०० ब्ः यल न्बपियत ल्ए–६, व्बलनबचब. ब्अययचमष्लन तय जष्कतयचथ, मभअभबकभम जबम अयलकगmभम उभिलतथ या बअियजय िबयिलन धष्तज तधय यतजभच उभचकयलक (१. प्जष्m द्यमच ल्ष्गचभ, बलम २. ल्ष्कब द्य.प्.) तष्िि बितभ लष्नजत ०ल २०७४/०६/२५–२६. त्जभ मभअभबकभम धबकm ष्ककष्लन कष्लअभ तजभल गलतष् िायगलम मभबम ष्ल म्बचबm च्ष्खभच (क्यगचअभः प्जष्m द्यमच ल्ष्गचभ, ल्ष्कब द्य.प्, बलम मबगनजतभच या मभअभबकभम द्यष्mबबि द्य.प्.). भ्ह्त्भ्च्ल्ब्ी भ्ह्ब्ःक्ष्ल्ब्त्क्ष्इल् (न्भलबचब िइदकभचखबतष्यल या तजभ मभबम दयमथ)ः …क्ष्लवगचष्भकः– १. ब् ष्लिभबच अगत ष्लवगचथ बदयगत ३ अm ष्ल भिलनतज ७ १.५ अm ष्ल मभउतज उचभकभलत यखभचm ष्ममभि ायचभजभबम भहउयकष्लन कअबउि. २. द्यचगष्कभ ७ कधभििष्लन उचभकभलत दभयिध चष्नजत यिधभच भथभ ष्मि. ३. ब्दचबकष्यल उचभकभलत यखभच मयचकगm या तजभ लयकभ. क्ष्ल्त्भ्च्ल्ब्ी भ्ह्ब्ःक्ष्ल्ब्त्क्ष्इल्ः ज्भबम बलम ल्भअप :– (१) कअबउि, कपगििः ष्लिभबच अगत ष्लवगचथ (३ अm भिलनतज ७ १.५ अm मभउतज) यखभचm ष्म ायचभजभबम भहउयकष्लन कअबउि. ल्य कअबउि ाचबअतगचभ (लय ३ कपगिि). (२) द्यचबष्ल बलम ख्भककभकिः ऋयलतगकष्यल उचभकभलत यखभच ाचयलतब ि७ यअअष्उष्तब ियिदभ (उचयदबदथि अयगउ ७ ऋयलतचभ–अयगउ ष्लवगचष्भक). क्धभििष्लन या तजभ दचबष्ल उचभकभलत. त्चबगmबतष्अ क्ब्ज्. (३) इचदष्तब,ि लबकब िबलम बगचब िअबखष्तष्भकः ल्ब्म्. (४) :यगतज यउभल, गउउभच तभभतज कजयधल, त्यलनगभ उचयतचगमभम, लय ाचयबतजष्लन ाचयm तजझ यगतज. (५) ल्भअप (बिचथलह, तजथचयष्म ७ ०तजभच ल्भअप कतचगअतगचभक)ः ल्ब्म्. ऋजभकत (त्जयचबह)ः च्ष्दक बलम अजभकत धबिि ७ म्ष्बउजचबनmः ल्य बदलयचmबष्तिष्भक मभतभअतभम. इभकयउजबनगकः ल्ब्म्. त्चबअजभब बलम दचयलअजष्, उभिगचब िअबखष्तष्भक ७ गिलनकः ल्य उचभकभलअभ या ायचतज ष्ल तजभ गिलनक ७ बष्च उबककबनभक. ल्य धबतभच–यिननभम गिलनक. ल्य जथउभच भहउबलकष्यल या तजभ गिलनक. ज्भबचत बलम उभचष्अबचमष्ब िकबअ (बलथ अयलतभलत ष्ल उभचष्अबचमष्ब िकबअ, अयलमष्तष्यल या ३ अयचयलबचथ बचतभचष्भक, खबखिभक बलम अजबmदभचक बलमm थयअबचमष्गmm गकत दभ यदकभचखभमः– ल्ब्म्. ब्दमयmभलः उभचष्तयलभब िबलम उभखिष्अ अबखष्तथः– ल्ब्म्. क्तयmबअज बलम अयलतभलत/क्mबिि ष्लतभकतष्लभः– ल्य उचभकभलअभ या धबतभच ष्ल तजभ कतयmबअज यच ष्लतभकतष्लभ. ीबचनभ ष्लतभकतष्लभ/ीष्खभच, नबिि दबिममभच, उबलअचभबकभ/क्उभिभल/प्ष्मलभथ, चभलब िउभखिष्क/न्भलष्तब ियचनबलक/ग्चष्लबचथ दबिममभच बलम गचभतजचबः– ल्ब्म्. क्उष्लब िऋयगिmलः– ल्ब्म्. इउष्लष्यल यच ऋयलअगिकष्यलः त्जझ यकत उचयदबदभि अबगकभक बचभ बक ष्कितभमः १. इउष्लष्यल यल अबगकभ या मभबतजः– (१) :यकत उचयदबदथि ब अबकभ या उयकतmयचतझ मचयधलष्लन (२) त्चबगmबतष्अ दचबष्ल ष्लवगचथ चभकगतिष्लन ष्ल दचबष्ल भमझब (३) त्चबगmबतष्अ दचबष्ल अयलअगककष्यल धष्तज उयकत अयलकगककष्खभ बउलभब बननचबखबतभम दथ बअियजय िचभकगतिष्लन ष्ल भितजब िचभकउष्चबतयचथ मभउचभककष्यल. २. इउष्लष्यल यल तष्mभ कष्लअभ मभबतजः– च्ष्नयचm यचतष्क कतबचतभम लयत अयmउभितभम; कय, तष्mभ कष्लअभ मभबतज १२–२४ जचक; जयधभखभच, दयमथ धबक ष्ल धबतभच (अयय िभलखष्चयलmभलत जभलअभ मगचबतष्यलm बथ दभ यिलनभच. क्ष्लअभ तजभचभ ष्क लय यियकभलष्लन या भउष्मभचmष्क ७ लबष्कि तष्mभ कष्लअभ ष्ल धबतभच ष्कm यकतथि दभायचभ २ मबथक भन्नेसमेत बेहोराको मिति २०७४/०६/२७ मा मृतक जनकली वि.क.को शव परीक्षण गर्ने गलकोट प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट बागलुङका डा. दीपेन्द्र प्रधान (म्च. म्ष्उभलमचब एचबमजबल) ले दिएको मिति २०७४/०६/३०को शव परीक्षण प्रतिवेदन ।
विमला वि.क.ले जिल्ला प्रहरी कार्यालय, बागलुङमा दर्ता गराएको किटानी जाहेरी दरखास्तः मेरो बुबा कब प्रसाद वि.क. विगत ८ वर्षदेखि वैदेशिक रोजगारको लागि खाडीको विभिन्न मुलुक गई हाल विगत ४ वर्षदेखि बहराइनमा हुनुहुन्छ । घरमा म, कान्छा भाइ र आमा सँगै थियौं । जेठो भाइ रोजगारको लागि भारतमा छ । मेरो बुबा मिति २०७३ को दशैंमा घरमा आई जग्गा किन्नको लागि रू.१,५०,०००।– आमालाई दिई पोखरा बस्ने फुपू गौमती वि.क.ले तीन लाख दिई जग्गा किन्ने तरखरमा हुनुहुन्थ्यो । मिति २०७४/०६/२५ गते साँझमा मेरो घरमा आमासँगै गाउँकै अन्टी निशा रेग्मी वि.क. आई खानपान गरी बस्नुभएको थियो । यस्तैमा रातको अन्दाजी ९ बजेतिर विपक्षी खण्डमा लेखिएका व्यक्ति खिमबहादुर निउरे मदिरा सेवन गरी हाम्रो घरमा आई ल मलाई रक्सी लेउ भन्दा मेरी आमाले हाम्रो घरमा रक्सी छैन भएको हामीले खाइसक्यौं थोरै मात्र छ भनी निजलाई एक गिलास रक्सी दिनुभयो । निजले सो रक्सी खाइसकेपछि मलाई रक्सी पनि लागेको छ, मलाई घरमा पनि छाडिदेउ, मेरो घरको दोकानमा रक्सी छ, घरमा कोही छैनन्, श्रीमती तातोपानी डुब्न गएकी छे, छोराबुहारी माथिल्लो घरमा सुत्छन् कोही हुँदैनन्, दोकानमा बसी रक्सी खाउँला रमाइलो गरौंला भनी मेरी आमा जान्न भन्दासमेत निशा रेग्मी वि.क.ले फकाइ रातको समयमा निज खिमबहादुर निउरको दोकानमा लगी उतै रक्सी खाई निज निशा रेग्मी वि.क.सँग पहिले अनैतिक काम गरेपश्चात् मृतक मेरी आमासँग अनैतिक सम्बन्ध राखी अप्राकृतिक करणी गर्न खोज्दा मेरी आमाले नमान्दा झगडा भई निज खिमबहादुर निउरेले मेरी आमालाई कुटपिट गरी दोकानमा राखेको धारिलो हतियार चक्कु लिई टाउकोमा हानी हत्या गरी लासलाई बोकेर नजिकैको दरमखोलामा लगी फाली कोही कसैलाई नभनी बसेका रहेछन् ।
मिति २०७४/०६/२५ का राति विपक्षीहरूले हत्या गरेकी मेरी आमाको लास मिति २०७४/०६/२७ मा हरिचौर बजारनजिक दरमखोलामा शंकास्पद रूपमा निधार टाउकोमा धारिलो हतियारले हानेको घाउसहित लास भेटिएपश्चात् इलाका प्रहरी कार्यलय हरिचौरमा हत्यारा पत्ता लगाई कारबाहीको लागि जाहेरी दिई तत्काल मेरो बुबा रोजगारीको सिलसिलामा विदेशमा रहनुभएकोमा हामी थाहा जानकारी नभएका केटाकेटी मान्छेलाई मृतक लास बुझ्न लगाई मैले बुझी काजक्रिया गरेका हौं । पछि उक्त घटनाको सम्बन्धमा बुझ्दै जाँदा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.को मिलोमतोमा जबरजस्ती करणीपश्चात् कर्तव्य गरी मारी दरमखोलामा फालेकोले निजहरूलाई कडा कारबाही गरिपाऊँ । मेरी आमाले बोक्ने कालो रङ्गको मोबाइल निज निशा रेग्मी वि.क.ले मिति २०७४/०६/२६ का बिहान घरमा ल्याई मलाई दिएकी हुन् । मैले मेरो आमा खोई भन्दा अहिले आउँछिन् भन्दै नबोली गएकी हुन् । मैले भाइलाई खिमबहादुर निउरेको दोकानमा आमा खोज्न पठाउँदा निज खिम बहाहदुर निउरेले यहाँबाट गएकी छिन् घरमा आउँछिन भनी पठाएका हुन् । यसरी अघिल्लो रातदेखि खिमबहादुर निउरेको घरमा गएकी मेरी आमा दिउँसोभरि घरमा नआएपश्चात् दिउँसो पुनः २ः३० बजेतिर भाइलाई खिमबहादुर निउरेको घरमा पठाई आमालाई कहाँ लानुभयो भनी सोध्दा मलाई थाहा छैन भनी भनेकाले निजहरू दुवैजनाको योजना र तयारीमा मेरी आमालाई मेरो घरबाटै फकाइ निज खिमबहादुर निउरेको घरमा लगी रक्सी खुवाई धारिलो हतियारले हानी हत्या गरी खिमबहादुर निउरेको छोरा सुमन निउरे तथा निजको श्रीमतीसमेतको सहयोगमा दरम खोलामा लगी फाली उक्त घटनाको बारेमा लुकाइ जबरजस्ती करणीपश्चात् हत्या गरेकाले माथि उल्लिखित दोषी र हत्यामा संलग्न अन्य व्यक्तिसमेतलाई खोजी गरी कडाभन्दा कडा सजाय गरी न्याय पाउँ भन्नेसमेत बेहोराको विमला वि.क.ले जिल्ला प्रहरी कार्यालय, बागलुङमा मिति २०७४/०७/१२ मा दर्ता गराएको किटानी जाहेरी दरखास्त ।
प्रतिवादीहरूलाई पक्राउ पुर्जी र थुनुवा पुर्जी दिइएकोः प्रतिवादी खिमबहादुर निउरे र निशा रेग्मी वि.क.लाई मिति २०७४/०७/१० मा जिल्ला प्रहरी कार्यालय, बागलुङबाट पक्राउ पुर्जी र थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दाको अनुसन्धान गरेको देखिएको ।
प्रतिवादी खिमबहादुर निउरेले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः मेरो घर जिल्ला बागलुङ, साबिक हिल गा.वि.स. वडा नं. ९ हाल ऐ. ताराखोला गाउँपालिका वडा नं. ३ मा हो । विगत २८ वर्षदेखि जिल्ला बागलुङ, साबिक हरिचौर गा.वि.स., वडा नं. ३ हाल गलकोट नगरपालिका, वडा नं. ६ जंगारामा घर बनाई सपरिवार कृषि तथा सानो खाजा खुवाउने होटल व्यवसाय गर्दै आइरहेको छु । मेरो होटलमा चिया खाजालगायत मादक पदार्थ रक्सी, बियर र अन्य सस्तो खालको सिसाको रक्सीसमेत राख्ने गर्छु । मसँगै पक्राउ परेकी निशा रेग्मी वि.क. र मृतक जनकली वि.क. निजको छोरी जाहेरवाली विमला वि.क. लाई म राम्रोसँग चिन्दछु । मेरो घर र निजहरू बस्ने घर नजिकै नजिकै पर्दछ । निजहरू प्रायः जसो रक्सी लिन भनी मेरो होटलमा आउने गर्थे । मेरो उमेर अन्दाजी १५ वर्ष हुँदादेखि मैले मादक पदार्थ रक्सी खान थालेको हुँ । मैले प्रायः जसो बिहानदेखि नै मादक पदार्थ सेवन गर्ने गर्थें । म रक्सी खाएर पसलमा बसिरहेको अवस्थामा जाहेरवाला, मृतक, मसँगै पक्राउमा परेकी निशा रेग्मी वि.क. लगायत अन्य पसलमा सामान लिन आउने महिलासँग म जिस्कने सामान दिने पैसा लिने समयमा निजहरूको हात समाउने जस्ता क्रियाकलाप मबाट हुने गर्थ्यो । यस्तैमा वारदात मिति २०७४/०६/२५ का दिन मैले बिहानैदेखि मादक पदार्थ रक्सी सेवन गरेको थिएँ । मलाई रक्सीको नशा लागिरहेको थियो । सो दिन मैले पहिलेदेखि चिनेको मेरो पुरानो गाउँ हिलको पुरन थापा भन्ने व्यक्ति बिहान अन्दाजी ०८ः३० बजे मेरो घरमा आए । निजले र मैले दिनको अन्दाजी १४ः०० बजेसम्म मेरो होटलमा बसी रक्सी खायौँ । त्यसपछि निज पुरन थापा त्यहाँबाट गए । म एकछिन मेरो घरअगाडि बसी कोठामा गई सुतेँ । छोरा सुमन निउरे र बुहारी पुष्पा निउरे दिनभरि पसलमा नै थिए । साँझ अन्दाजी १९ः३० बजे छोरा बुहारीले खाना खाई मेरो पसलदेखि नजिकै माथि रहेको घरमा सुत्न गए । त्यसपछि म उठी पसल बन्द गर्नुपर्यो भनी पसल बन्द गर्न लाग्दा जाहेरवाली विमला वि.क. र मसँगै पक्राउ परेकी प्रतिवादी निशा रेग्मी वि.क. रक्सी लिन भनी आए । मैले निजहरूलाई दुई बोतल रक्सी दिएँ । जाहेरवालीले दुई बोतल रक्सीको पैसा रू.१००।– (एक सय रूपैयाँ) मलाई दिइन् । मैले सो पैसा पसलमा राखी पसल बन्द गरेँ । निज जाहेरवाली र प्रतिवादी निशा रेग्मी वि.क. रक्सी लिई गइसकेका थिए ।
म साँझ अन्दाजी २०ः०० बजे मृतकको घरदेखि अन्दाजी ३०/३५ मिटरपर रहेको झारफुक गर्ने बलबहादुर रानाको घरतर्फ लागेँ । म निजको घरनजिकै अन्दाजी १५/१८ मिनेटमा पुगेकोमा निजको घरमा ढोका लगाएको देखी म जाहेरवालाको घरमा गई के के गरी बसेका छौ भित्र भन्दै म निजको घरभित्र पसेँ । म निजको घरभित्र पस्दा जाहेरवालाकी आमा मृतक जनकली वि.क. र मसँगै पक्राउ परेकी निशा रेग्मी वि.क.ले हामी त रक्सी खाँदै छौँ भनी भने । त्यसपछि मृतकले मलाई ल बस्नुहोस् भनी काठको पिर्का दिइन् र म पिर्कामा बसेपछि मृतकले मलाई रक्सी खानुहुन्छ दाइ भनी सोध्दा मैले खान्छु भनेपछि मलाई एक गिलास रक्सी दिइन् । निजको घरमा मासु रहेनछ । त्यसपछि मसँगै पक्राउ परेकी निशा रेग्मी वि.क.ले आफ्नो घरमा गई तीन चार टुक्रा मासु लिई मलाई दिइन् । त्यसपछि हामी तीनैजना भई रक्सी खायौँ । रक्सी खाँदासम्म साँझको अन्दाजी २१ः३० बजेको थियो । त्यसपछि मैले मलाई रक्सी लाग्यो अँध्यारो पनि भयो । मलाई पुल पारिसम्म पुर्याइदेऊ भनी भनेँ । बिहानैदेखि खाएकोले मलाई रक्सीको नशा पनि ज्यादै नै लागेको थियो । त्यसपछि मृतक र मसँगै पक्राउ परेकी निशा रेग्मी वि.क.ले मेरो एउटा एउटा पाखुरामा समाती मलाई पुल पारिसम्म ल्याइदिए । मलाई पुल पारीसम्म ल्याइदिएपछि निजहरू दुवैले मलाई समात्न छाडिदिए म भुइँमा लडेछु । त्यसपछि पुनः निजहरूले मेरो पाखुरामा समाई मेरो घर/होटल पसलसम्म पुर्याइदिए ।
हामीहरू घर/होटल पसलमा आइपुगेपछि मैले नै निजहरूलाई रक्सी खाने हो केटीहरू भनी सोधेँ । मृतकले खाने हो भन्नुभयो र हामीहरू तीनै जना म सुत्ने कोठाभन्दा अगाडिको खाली कोठामा रहेको टेबलसहितको बेञ्चमा बसी सो स्थानदेखि नजिकै होटलको किचनको भित्रको ढोका नजिकै रहेको ड्रमबाट रक्सी गिलासमा झिकी मृतक, म र निशा रेग्मी वि.क. भई रक्सी खाँदै एकले अर्कोको शरीरमा हात हाली जिस्कने हाँसो ठट्टा गरी अन्दाजी ३ बोतल जति रक्सी खायौँ । रक्सी खाएपछि अन्दाजी २४ः३० बजेतिर ल तिमीहरू जान सक्छौ भने जाउ जान सक्दैनौ भने एकछिन सुतेर जाउ भनेकोमा एकछिन सुत्ने भनी निज मृतक, म र निशा रेग्मी वि.क. म सुत्ने कोठामा गयौँ । म सुत्ने कोठामा गएपछि निशा रेग्मी वि.क.ले दुई वटा बियर झिकेर ल्याइन् र मृतकले र निशा रेग्मी वि.क.ले दुईवटा गिलासमा राखेर खाए । त्यसपछि अन्दाजी ०१ः०० बजे म मेरो कोठामा रहेको पलङमा सुतेँ भने पलङ नजिकै रहेको खाटमा मृतक कुनापट्टि र निशा रेग्मी वि.क. डिलपट्टि सुते । राति अन्दाजी ०३ः०० बजे मलाई निद्राले छाडी ब्युँझिएपछि मलाई करणी गर्न मन लाग्यो र मैले पहिला डिलपट्टि सुतेकी निशा रेग्मी वि.क.लाई करणी गरेँ । निजले कुनै प्रतिकार गरिनन् । निजलाई मैले करणी गरेको मृतकले थाहा पाएकी थिइन् ।
त्यसपछि म मेरो विस्तारामा नै गई आराम गरेँ । मलाई निद्रा लागेको थिएन । अन्दाजी ४५ मिनेटपछि म पुनः उठी मृतक जनकली वि.क.लाई करणी गर्न मृतकले लगाएको लुङ्गी माथि सार्न लाग्दा मृतकले मानिनन् । निजले नमानेपछि मैले जबरजस्ती गर्न थालेँ । यति गर्दा पनि निजले नमानेपछि निजको र मेरोबिचमा झगडा भयो । मैले मृतकको निधार तथा अनुहारमा हात मुक्काले तीन/चार पटक हानेँ र पसलको अगाडि रहेको किचन भान्सामा गई भान्सामा रहेको गाउँघरमा बनाएको काठको गोलो बिँड भएको अन्दाजी १ फिट जति लामो टुप्पो तिखो भएको धारिलो हतियार चक्कु लिई मृतकको निधारमा अन्धाधुन्ध २/३ पटक हानेँ । कहाँ कहाँ लाग्यो मलाई यकिन भएन । मैले मृतकको टाउकोमा धारिलो हतियार चक्कुले हानेको समयमा निशा रेग्मी वि.क.ले पछाडिबाट मृतकको हात समातेकी थिइन् । निजको टाउकोबाट रगत बग्न थालेपछि मैले र निशा रेग्मी वि.क.ले निज मृतक र निशा रेग्मी वि.क.सुतेको खाटमा बिच्छाइएको तन्नाले मृतकको घाउमा अँठ्याई रगत बग्न दिएनौँ । यतिकै अँठ्याई राखेको अन्दाजी ५/७ मिनेटपछि निज जनकली वि.क. सोही स्थानमा लडिन् । चल्न चलमलाउन छाडिन् । त्यसपछि मैले निज निशा रेग्मी वि.क.लाई अब यो मरी यसलाई यहाँ राख्नु हुँदैन; यहीँ राखियो भने अरूले थाहा पाउँछन् र हामीहरू फसिन्छ । यसलाई खोलामा लगी फालिदिनुपर्छ भनेपछि निज निशा रेग्मी वि.क. र म भई निजलाई सोही घाउ अँठ्याएको मृतकसमेत सुतेको खाटको तन्नामा राखी तन्नाले बेरी मैले टाउकोतिर र निशा रेग्मी वि.क.ले खुट्टातिर समाती मेरो होटल पसलदेखि ३०/३५ मिटर तल दरमखोलामा लगी खोलाको पानी बगिरहेको स्थानमा फाली निज निशा र म मेरो होटलमा आई सुती दुवै जना निदाएछौँ ।
मिति २०७४/०६/२६ का बिहान अन्दाजी ०६ः१५ बजेतिर बाहिरबाट ढोका ढकढक हानेको सुनेपछि म उठी निजलाई उठाई छोरा बुहारी उठेर आएजस्तो छ तिमी उठेर जाउ भनी निज निशा रेग्मी वि.क.लाई निजको घरतिर पठाई म पुनः मेरो कोठामा गई ढोका लगाई बिहानभरि सुतेँ । अन्दाजी १०ः३० बजेतिर उठी म आफ्नो गोठमा गई बाख्रालाई घाँस हालेँ र म घरभन्दा माथि रहेको पसलसम्म पुगेर अन्दाजी १०/१५ मिनेटपछि घरमा आई पुनः सुतेँ र दिनको अन्दाजी १४ः३० बजेतिर उठी घरअगाडि बसेँ । साँझ परेपछि म आफ्नै कोठामा गई बसेँ र सो साँझ छोरा बुहारीसँगै खाना खाई म सोही पसलमा सुतेँ भने छोरा बुहारी उपल्लो घरमा सुत्न गए । मैले उक्त २५ गते रातिको कुरा छोरा बुहारी कोही कसैलाई भनिनँ । भोलिपल्ट २७ गतेका बिहान अन्दाजी ०८ः०० बजेको समयमा उठी आफ्नो गोठमा गई भैँसी र बाख्रालाई घाँस हाली भकारा सोहोरिरहेको अवस्थामा मेरो घरदेखि माथि रहेको मेरो छिमेकी छोरा नाता पर्ने गंगाबहादुर रोकाले मेरो होटल पसलअगाडि आई मृतक जनकली वि.क.को मृत लास दरमखोलामा फेला पर्यो भनी मेरो पसल अगाडि तथा वरपर गाउँ छिमेकमा भनेपछि मेरो छोरा बुहारी तथा गाउँघरका अन्य छिमेकीहरू लास फेला परेको स्थानतर्फ गए । मैले भकारा सोहोरेपछि भैँसी दुहेर दुध लिएर पसलमा आएपछि हजुर जानुस् रे हजुरलाई प्रहरीले बोलाएको छ भनेपछि म र छोरा मृतक लास भेटिएको स्थानसम्म पुग्यौँ । म सो स्थानमा आइपुग्दा मसँगै पक्राउ परेकी निशा रेग्मी वि.क. पनि सोही लास फेला परेको स्थानमा आएकी रहिछन् । त्यहाँ पुगेपछि मलाई प्रहरीले मृतकले २५ गते राति तपाइँंसँग बसेर रक्सी खाएकी रहिछन् । तपाइँंसँग केही कुरा बुझ्नुपर्ने हुन्छ । तपाइँं इलाका प्रहरी कार्यालय, गलकोटसम्म जानुपर्यो भनी मलाई भने र निशा रेग्मी वि.क. र मलाई इलाका प्रहरी कार्यालय, गलकोटमा ल्याएका हुन् ।
प्रतिवादी निशा रेग्मी वि.क.लाई मैले करणी गरेको मृतकले देखेकी र मृतकलाई मैले करणी गर्न लाग्दा नदिएकीले निशा र मेरोबिचमा करणी भएको गाउँघरमा भनिदिएमा निशा रेग्मी वि.क. को र मेरो बेइज्जत हुने भएकोले मसमेतले मृतक जनकली वि.क.को हत्या गरी खोलामा फाल्नुपरेको हो । मृतकले लगाएका चप्पल मेरो पसलको अगाडिबाट भित्र प्रवेश गर्ने दायाँतर्फको ढोकाभित्र रहेछ । भोलिपल्ट मिति २०७४/०६/२६ मा अन्दाजी १०ः३० बजे म उठी गोठमा बाख्रालाई घाँस हाल्न जाने बेलामा देखेको हुँ । दुई दिनसम्म सो चप्पल त्यहीँ थिए । मैले फालिनँ, पसलमा नै हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७४/०७/१५ मा गरेको बयान ।
प्रतिवादी निशा रेग्मी वि.क.ले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः वारदात मिति २०७४/०६/२५ का साँझ अन्दाजी १८ः०० बजेको समयमा जाहेरवाला तथा मृतक जनकली वि.क.को घरमा कुखुरा भएकाले मृतक र मैले सो कुखुरा काटी आधा आधा गरी मेरो भाग घरमा लगेँ । आधा मासु मृतकले पकाउन थाल्नुभयो । मासु पाकिसकेपछि निजको घरमा रहेको एक बोत्तल रक्सी र मासु निज र मैले खायौं । रक्सी खाइसकेपछि यति रक्सीले पुगेन जाउ रक्सी खोजेर लिएर आउ भनी मृतकले भनेपछि म र मृतकको छोरी जाहेरवाली विमला वि.क. भई मसँगै पक्राउ परेका खिमबहादुर निउरेको प्रसंशा एण्ड प्रवेश होटलमा गई दुई बोत्तल रक्सी ल्याएर अन्दाजी २०ः०० बजेको समयमा आइपुग्यौं । त्यसपछि मृतक र म पुनः रक्सी र मासु खाई बसिरहेको अवस्थामा हामी आएको १५/२० मिनेटपछि खिमबहादुर निउरे आई भित्र पस्नुभयो । त्यसपछि मृतकले बस्नुस् भनी काठको पिर्का दिई दाइ रक्सी खानुहुन्छ भनी सोध्दा खान्छु भनेकोले निजलाई एक गिलास रक्सी दिनुभयो । मृतकको घरमा मासु सकिएको रहेछ र मैले मेरो घरबाट तीन टुक्रा मासु ल्याई निजलाई दिएपछि हामी तीनै जनाले रक्सी खायौं । रक्सी खाइसकेपछि अन्दाजी २१ः३० बजे निज खिमबहादुर निउरेले मलाई रक्सी लाग्यो अँध्यारो पनि भयो । मलाई पुल पारिसम्म पुर्याइदेऊ भन्नुभयो । त्यसपछि मृतक र म भई खिमबहादुर निउरेको एक एक पाखुरामा समाई पुल पारिसम्म पुर्याइदिएकोमा निज भुइँमा लड्नुभयो । त्यसपछि घरसम्म नै पुर्याएर फर्कौ भनी निजको घर/पसलसम्म पुर्याई दियौं ।
पसलमा पुगेपछि निजले रक्सी खाने हो केटीहरू भन्नुभयो । त्यसपछि निजको पसलमा रहेको बेन्चमा बसी नजिकै रहेको ड्रमबाट रक्सी गिलासमा झिकी हामीहरू तीनै जनाले अन्दाजी ३ बोत्तलजति रक्सी खाँदै जिस्किदै हाँसो ठट्टा गरी बस्यौं । त्यसपछि अन्दाजी २४ः३० बजेतिर एकछिन सुत्ने भनी निज खिमबहादुर निउरे सुत्ने कोठामा गयौँ । कोठामा गएपछि मृतकले र मैले दुईवटा बियर एउटा एउटा गिलासमा राखेर खायौं । सोही समयमा मैले भोलि खाने भनी पसलबाहिर दुईवटा बियर लुकाएर राखेकी थिएँ । त्यसपछि अन्दाजी राति ०१ः०० बजे निजको कोठामा रहेको पलङमा खिमबहादुर निउरे सुते भने सो पलङ नजिकै रहेको अर्को खाटमा मृतक कुनापट्टि र म डिलपट्टि सुत्यौं । राति अन्दाजी ०३ः०० बजे निज खिमबहादुर निउरे उठी हामीहरू सुतिरहेको खाटमा आई मलाई एक पटक करणी गरे । मलाई करणी गरेको मृतकले थाहा पाएकी थिइन् ।
त्यसको अन्दाजी ४५ मिनेटपछि निज खिमबहादुर निउरेले पुनः आई मृतक जनकली वि.क.लाई करणी गर्न खोज्दा निज मान्नु भएन । खिमबहादुर निउरे मृतकको नजिकै पुगी आफ्नो लुगा खोली लिङ्ग बाहिर निकालेको देखेकी हुँ । मृतकको लुङ्गी माथि सार्दै गरेका थिए निज मृतकले कट्टु लगाएकी थिइनन् । मृतक नमानेपछि निजहरूको बिचमा झगडा / विवाद भयो । त्यसपछि खिमबहादुर निउरेले मृतकको निधार तथा अनुहारमा हात मुक्काले हान्न थाल्नुभयो र केही समयपछि पसलको किचनमा गई काठको बिँड भएको चक्कु लिई आई मृतकको निधारदेखि माथि कपालको भाग सिउँदोमा हान्नुभयो । निजले चक्कुले हान्ने समयमा मैले पछाडिबाट मृतकको हात समातेकी थिएँ । निजले चक्कुले हानेपछि निज र म भई सोही हामीहरू सुतेको खाटको तन्नाले अँठ्याई रगत बग्न दिएनौं । अन्दाजी ५/७ मिनेटपछि निज लडिन् र चलमलाउन छाडिन् । त्यसपछि निज खिमबहादुर निउरेले अब यसलाई यहाँ राख्नु हुँदैन, अरूले थाहा पाउँछन् । यसलाई खोलामा लगेर फालिदिनुपर्छ भनेपछि निज र म भई मृतकको घाउमा अँठ्याएको तन्नामा राखी मैले मृतकको खुट्टातिर र खिमबहादुर निउरेले टाउकोतिर समाती खिमबहादुर निउरेको घरदेखि अन्दाजी ३०/३५ मिटर तल दरमखोलामा लगी खोलामा फाली निज खिमबहादुर निउरेको घरमा आई सुतिरहेकोमा २६ गते बिहान अन्दाजी ०६ः१५ बजेतिर उठी छोरा बुहारी आएजस्तो छ ढोका ढकढक हाने भनी निज खिमबहादुर निउरेले मलाई उठाएपछि म उठी आफ्नो घरमा गएकी हुँ । म घरमा जाने क्रममा मृतकको मोबाइल सोही कोठाको खाटमा रहेकाले मैले लगी गएकी र बिहान अन्दाजी ०७ः०० बजे मृतकको छोरालाई दिएकी हुँ । मृतकको छोरीले अन्टी आमा खोई भनी सोध्दा पछि आउनुहुन्छ भनेकी हुँ । त्यसपछि बिहानको खाना बनाई खाई दिनमा मृतकको छोरी विमला र म कल्पना वि.क.को धान काट्न गयौं । धान काटी साँझ अन्दाजी १८ः०० बजे घरमा आएपछि जाहेरवाली अहिलेसम्म आमा घरमा आउनु भएको छैन भनी खोज्न गइन् । भोलिपल्ट २७ गतेका बिहान अन्दाजी ०९ः०० बजे दरम खोलामा महिलाको मृत लास रहेको भनी हल्ला खल्ला भएको हो । लास हेर्न म खोलामा गइनँ । लास मोटर बाटोमा निकालेपछि मात्र मैले देखेकी हुँ ।
यसरी खिमबहादुर निउरे, म र मृतक जनकली वि.क. भई रक्सी खाई रमाइलो गरेको र खिमबहादुर निउरेले मलाई करणी गरेका र मृतकलाई करणी गर्न खोज्दा मृतकले करणी गर्न नदिएकी हुँदा हामीबिचमा भएको करणी सम्बन्धमा मृतकले बाहिर गाउँ समाजमा भनिदिएमा खिमबहादुर निउरे र मलाई समेत अफ्ठेरो पर्ने भएकाले मसमेतले निज जनकली वि.क.को कर्तव्य गरी मार्नुपर्ने अवस्था आएको हो भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.ले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७४/०७/१३ मा गरेको बयान ।
अनुसन्धानको क्रममा मृतक जनकली वि.क.का पति कपप्रसाद दमाई भन्ने कपप्रसाद वि.क.ले गरेको घटना विवरण कागजः मेरो घर जिल्ला बागलुङ, ताराखोला गाउँपालिका, वडा नं.५ (साबिक ताराखोला गा.वि.स., वडा नं. ७) हो । मेरो हजुरबुबाको नाम मनिराज वि.क. हो भने हाम्रो हजुरबुबाले परियार (दमिनी) विवाह गरेको हुँदा मेरो बुबा तथा मेरो नेपाली नागरिकताको प्रमाणपत्रमा दमाई थर उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएका छौँ । यस मुद्दाकी जाहेरवाली विमला वि.क. मेरो छोरी तथा मृतक जनकली वि.क. मेरो श्रीमती हुन् । यस मुद्दाका प्रतिवादीहरू खिमबहादुर निउरेलाई मैले चिन्दिनँ भने निशा रेग्मी वि.क. मेरो भाइ–भाइको बुहारी नाताकी पर्दछिन् । निज मृतक जनकली वि.क.सँग मेरो २४/२५ वर्ष पहिला हाम्रो जातीय तथा धार्मिक परम्पराअनुसार मागी विवाह भएको हो । हामीहरूबाट एक छोरी र दुई छोराहरूको जायजन्म भएको छ । जेठो छोरी २१ वर्ष, जेठो छोरा १८ वर्ष र कान्छो छोरा ७ वर्षको भए । मेरो घरको आर्थिक अवस्था कमजोर भएको हुँदा म विगत ५ वर्ष पहिलादेखि वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा जाने आउने गरिरहेको छु । मैले विगत ३ वर्ष पहिले जाहेरवाली मेरो जेठी छोरी, दुई छोरा र मृतक मेरो श्रीमतीलाई जिल्ला बागलुङ साबिक ताराखोला गा.वि.स. वडा नं. ७ हाल ऐ. ताराखोला गाउँपालिका वडा नं. ५ बाट साबिक हरिचौर गा.वि.स. २ हाल ऐ. गलकोट नगरपालिका वडा नं. ५ लाम्पाटा भन्ने स्थानमा ल्याई राखेको थिएँ । त्यस्तैमा मेरो जेठो छोरा पनि विगत २ वर्ष पहिलादेखि रोजगारीको सिलसिलामा भारतको हरियाणा भन्ने स्थानमा जाने आउने गरेका छन् । त्यस्तैमा म २०७३ सालको दशैँमा घरमा आई ३ महिना घरमा बसी पुनः रोजगारीको लागि बहराइन गएको हुँ । म विदेशमा रहँदा बस्दा पनि घर परिवार तथा भारतमा रहेका छोरासँग नियमित फोन सम्पर्क भई नै रहेको थियो । हामीहरूको पारिवारिक सम्बन्ध पनि राम्रै थियो भने गाउँघर तथा छिमेकमा पनि हामीहरूको राम्रै सम्बन्ध रहेको थियो र कोही कसैसँग रिसइवी केही थिएन ।
म रोजगारीको सिलसिलामा बहराइनमै रहेको अवस्थामा मेरो श्रीमती जनकली वि.क.लाई मिति २०७४/०६/२५का राति जिल्ला बागलुङ, साबिक हरिचौर गा.वि.स. वडा नं. २ हाल ऐ. गलकोट नगरपालिका वडा नं. ६, जंगारामा बस्ने वर्ष ५७ का खिमबहादुर निउरे र साबिक ताराखोला गा.वि.स. वडा नं. ५ हाल ऐ. ताराखोला गाउँपालिका वडा नं.४ घर भई साबिक हरिचौर गा.वि.स. वडा नं. २ हाल ऐ. गलकोट नगरपालिका वडा नं. ५ लाम्पाटा बस्ने वर्ष ३१ की निशा रेग्मी वि.क.समेतले मादक पदार्थ (रक्सी) सेवन गरी निज खिमबहादुर निउरेको घरमा लगी मादक पदार्थ रक्सी खुवाई निज खिमबहादुर निउरेले मृतक मेरो श्रीमती जनकली वि.क.लाई जबरजस्ती करणी गर्न खोज्दा मृतकले प्रतिकार गर्दा निज खिमबहादुर निउरे र निशा रेग्मी वि.क. दुवैजनाको योजना र तयारीमा जबरजस्ती करणीपश्चात् धारिलो हतियार चक्कुले हानी हत्या गरी दरमखोलामा लगी फालेको भन्ने टेलिफोनमार्फत मेरो गाउँका छिमेकीहरूले भनेपछि मात्र मैले उक्त वारदातको सम्बन्धमा थाहा पाएको हुँ ।
उक्त वारदातको बारेमा जानकारी पाएपछि म ३ दिनपछि नेपाल फर्की आएको हुँ । म घरमा आइपुग्दा मेरो जेठो छोरा सुरेश वि.क. पनि घरमा आइपुगेका थिए । मृतक मेरो श्रीमतीको लास केही कुराको थाहा जानकारी नभएकी मेरो छोरीको जिम्मामा बुझ्न लगाई दाहसंस्कार गर्न लगाइएको रहेछ । म घरमा आइपुगेपश्चात् उक्त वारदात के कसरी घटेको रहेछ भन्ने सम्बन्धमा बुझ्दा निज प्रतिवादीहरूको पूर्वयोजनाअनुसार वारदात मिति २०७४/०६/२५मा मृतक मेरो श्रीमती तथा जेठो छोरी र नाबालक कान्छो छोरासमेत रातको समयमा घरमा बसिरहेको अवस्थामा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.समेतले मेरो घरमा रहेको कुखुरा काट्न लगाई निज प्रतिवादी खिमबहादुर निउरेको घर पसलमा लोकल रक्सीसमेत लिन लगाई मेरो घरमा बसी मेरो श्रीमतीसमेतलाई रक्सी सेवन गराई मेरो घरमा बसी मादक पदार्थ (रक्सी) सेवन गरी पुनः निज प्रतिवादीहरूले मेरो श्रीमतीलाई निज खिमबहादुर निउरेको घरमा लगी मादक पदार्थ लोकल रक्सी तथा बियरसमेत खुवाई मृतक मेरो श्रीमती जनकली वि.क.लाई जबरजस्ती करणी गर्न खोज्दा मृतक मेरो श्रीमतीले प्रतिकार गर्न खोजेकोमा निज खिमबहादुर निउरेले आफ्नो घरको किचनमा रहेको काठको बिँड भएको धारिलो हतियार चक्कुले अन्धाधुन्ध प्रहार गरी निधार टाउकोमा हान्ने र निशा रेग्मी वि.क.ले मृतक मेरो श्रीमती जनकली वि.क.लाई चलबलाउन तथा प्रतिकारसमेत गर्न नपाउने गरी पछाडिबाट हात समाई हत्या गरी निज खिमबहादुर निउरेको विस्तारामा रहेको तन्नाले पोको पारी कर्तव्य गरी मारी कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घर नजिकै रहेको दरमखोलामा लगी फालेकाले निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको मृतक जनकली वि.क.का पति कपप्रसाद दमाई भन्ने कपप्रसाद वि.क.ले अनुसन्धानको क्रममा मिति २०७४/०७/२२मा गरेको घटना विवरण कागज ।
अनुसन्धानको क्रममा मृतक जनकली वि.क.को छोरा सुरेश वि.क.ले गरेको घटना विवरण कागजः यस मुद्दाकी जाहेरवाली विमला वि.क. मेरो दिदी तथा मृतक जनकली वि.क. मेरो आमा हुनुहुन्छ । यस मुद्दाका प्रतिवादीहरू खिमबहादुर निउरे मेरो छिमेकी हुन् भने निशा रेग्मी वि.क. मेरो आन्टी नाताकी पर्दछन् । मेरो मृतक आमा जनकली वि.क. र बुबा कपप्रसाद दमाई भन्ने कपप्रसाद वि.क.बाट दिदी, भाइ र मेरो जायजन्म भएको हो । हामीहरूको घरको आर्थिक अवस्था कमजोर भएको हुँदा मेरो बुबा विगत ५ वर्ष पहिलादेखि वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा जाने आउने गरिरहनुभएको थियो । बुबाले हामीहरूलाई विगत ३ वर्ष पहिले जिल्ला बागलुङ साबिक ताराखोला गा.वि.स. वडा नं. ७ हाल ऐ. ताराखोला गाउँपालिका वडा नं. ५ बाट साबिक हरिचौर गा.वि.स. २ हाल ऐ. गलकोट नगरपालिका वडा नं. ५ लाम्पाटा भन्ने स्थानमा ल्याई राखिदिनुभएको र म पनि विगत २ वर्ष पहिलादेखि रोजगारीको सिलसिलामा भारतको दिल्ली/हरियाणा भन्ने स्थानमा जाने आउने गरेको छु । त्यस्तैमा मेरो बुबा २०७३ सालको दशैँमा घरमा आई ३ महिना घरमा बसी पुनः रोजगारीको लागि बहराइन जानुभएको हो । बुबा विदेशमा रहँदा बस्दा पनि घर परिवारसँग नियमित फोन सम्पर्क भई नै रहेको थियो भने हामीहरूको पारिवारिक तथा गाउँघर एवम् छरछिमेकमा पनि राम्रै सम्बन्ध रहेको थियो र कोही कसैसँग रिसइवी तथा मनमुटाव केही थिएन । मिति २०७४/०६/२५का दिन म भारतको हरियाणामा नै थिएँ । मिति २०७४/०६/२७ का बिहान मेरो काका नाताका हिमलाल वि.क.ले टेलिफोनमार्फत उक्त वारदातको सम्बन्धमा जानकारी गराएपश्चात् तत्काल म नेपाल घर आएको हुँ । म घरमा आइपुग्दा मेरो आमाको मृत शवको दाहसंस्कार गरिसकेको थियो । म आई काजकिरिया गरेको हुँ ।
उक्त वारदात के कसरी घटेको रहेछ भन्ने सम्बन्धमा बुझ्दा, निज प्रतिवादीहरूको पूर्वयोजना र तयारीमा वारदात मिति २०७४/०६/२५ मा मृतक मेरो आमा तथा जाहेरवाली मेरो दिदी र नाबालक कान्छो भाइसमेत रातको समयमा घरमा बसिरहेको अवस्थामा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.समेतले हाम्रै घरमा रहेको कुखुरा काट्न लगाई निज प्रतिवादी खिमबहादुर निउरेको घरपसलमा लोकल रक्सीसमेत लिन लगाई हाम्रै घरमा बसी मृतक मेरो आमा जनकली वि.क.समेतलाई रक्सी सेवन गराई निज प्रतिवादीहरूसमेत हाम्रै घरमा बसी मादक पदार्थ (रक्सी) सेवन गरी पुनः निज प्रतिवादीहरूले मृतक मेरो आमालाई निज खिमबहादुर निउरेको घरमा लगी मादक पदार्थ लोकल रक्सी तथा बियरसमेत खुवाई मृतक मेरो आमा जनकली वि.क.लाई निज खिमबहादुर निउरेले जबरजस्ती करणी गर्न खोज्दा मृतकले प्रतिकार गर्न खोजेकोमा निज प्रतिवादी खिमबहादुर निउरेले आफ्नो घरको किचनमा रहेको काठको बिँड भएको धारिलो हतियार चक्कुले अन्धाधुन्ध प्रहार गरी निधार टाउकोमा हान्ने र निशा रेग्मी वि.क.ले मृतक मेरो आमा जनकली वि.क.लाई चलबलाउन तथा प्रतिकारसमेत गर्न नपाउने गरी पछाडिबाट हात समाई हत्या गरी निज खिमबहादुर निउरेको विस्तारामा रहेको तन्नाले पोको पारी मेरो आमा जनकली वि.क.लाई कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घर नजिकै रहेको दरमखोलामा लगी फालेकाले निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको मृतक जनकली वि.क.का छोरा सुरेश वि.क.ले अनुसन्धानको क्रममा मिति २०७४/०७/२२मा गरेको घटना विवरण कागज ।
अनुसन्धानको क्रममा मृतक जनकली वि.क.को छोरी जाहेरवाला विमला दर्जी भन्ने विमला वि.क.ले गरेको घटना विवरण कागजः मेरो भए गरेको सम्पूर्ण बेहोरा मिति २०७४/०७/१० मा यस कार्यालयमा पेस गरेको जाहेरी दरखास्तमा खुलाई लेखाइसकेकी छु । तत्काल म शोकाकुल एवम् भाव विह्वल अवस्थामा रहेकी हुँदा यस कार्यालयमा पेस गरेको जाहेरी दरखास्तमा मैले उक्त वारदातमा निज खिमबहादुर निउरेका छोरा सुमन निउरे तथा निजको श्रीमती पुष्पा निउरेसमेतको सहयोगमा कर्तव्य गरी मारी दरमखोलामा लगी फाली उक्त घटनाको बारेमा लुकाएको भनी भनेको भए तापनि पछि उक्त वारदात सम्बन्धमा बुझ्दै जाँदा निज सुमन निउरे तथा निजको श्रीमतीको संलग्नता रहेको नदेखिएको र पक्राउ परेका निज प्रतिवादीहरूले मेरो आमालाई पनि निज खिमबहादुर निउरेको घरमा लगी मादक पदार्थ लोकल रक्सी तथा बियरसमेत खुवाई मृतक मेरो आमा जनकली वि.क.लाई निज प्रतिवादी खिमबहादुर निउरेले जबरजस्ती करणी गरेको र पुनः अप्राकृतिक करणी गर्न खोज्दा मृतक मेरो आमाले प्रतिकार गर्न खोजेकोमा निज खिमबहादुर निउरेले आफ्नो घरको किचनमा रहेको काठको बिँड भएको धारिलो हतियार चक्कुले अन्धाधुन्ध प्रहार गरी निधार, टाउकोमा हान्ने र निशा रेग्मी वि.क.ले मृतक मेरो आमा जनकली वि.क.लाई चलबलाउन तथा प्रतिकार गर्नसमेत नपाउने गरी पछाडिबाट हात समाई हत्या गरी निज खिमबहादुर निउरे र निशा रेग्मी वि.क. भई निज खिमबहादुर निउरेको विस्तारामा रहेको तन्नाले पोको पारी कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घरदेखि नजिकै रहेको दरमखोलामा लगी फालेको हुँदा निज प्रतिवादीहरूलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्दछ भन्ने बेहोराको मृतकको छोरी विमला दर्जी भन्ने विमला वि.क.ले अनुसन्धानको क्रममा मिति २०७४/०७/२९मा गरेको घटना विवरण कागज ।
अनुसन्धानको क्रममा चन्द्रलाल दमाई, मन कुमारी परियार र कमला आलेले गरेका घटना विवरण कागजः वारदातको सम्बन्धमा टेलिफोनबाट सुनेर थाहा पाएको हो । उक्त वारदात के कसरी घटेको रहेछ भन्ने सम्बन्धमा बुझ्दा प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.को पूर्वयोजनाअनुसार वारदात मिति २०७४/०६/२५ मा मृतक तथा जाहेरवाली र मृतकको नाबालक कान्छो छोरासमेत रातको समयमा घरमा बसिरहेको अवस्थामा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.समेतले मृतकको घरमा रहेको कुखुरा काट्न लगाई निज प्रतिवादी खिमबहादुर निउरेको घरपसलमा लोकल रक्सीसमेत लिन लगाई मृतकको घरमा बसी रक्सी सेवन गरी मृतक जनकली वि.क.समेतलाई रक्सी सेवन गराई निज प्रतिवादीहरूले मृतकलाई निज खिमबहादुर निउरेको घरमा लगी पुनः मादक पदार्थ लोकल रक्सी तथा बियरसमेत खुवाई मृतक जनकली वि.क.लाई निज खिमबहादुर निउरेले जबरजस्ती करणी गर्न खोज्दा मृतकले प्रतिकार गर्न खोजेकोमा निज प्रतिवादी खिमबहादुर निउरेले आफ्नो घरको किचनमा रहेको काठको बिँड भएको धारिलो हतियार चक्कुले अन्धाधुन्ध प्रहार गरी निधार, टाउकोमा हान्ने र निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.लाई चलबलाउन तथा प्रतिकारसमेत गर्न नपाउने गरी पछाडिबाट हात समाई हत्या गरी निज खिमबहादुर निउरेको विस्तारामा रहेको तन्नाले पोको पारी कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घर नजिकै रहेको दरमखोलामा लगी फाल्ने कार्य गरेकाले निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने करीब एकै मिलान बेहोराका चन्द्रलाल दमाई, मन कुमारी परियार र कमला आलेले अनुसन्धानको क्रममा मिति २०७४/०७/२२ मा गरेका घटना विवरण कागज ।
घटनास्थल मुचुल्काः जिल्ला बागलुङ, साबिक हरिचौर गा.वि.स. वडा नं. ३, हाल गलकोट नगरपालिका, वडा नं. ६ जंगारा स्थित पूर्वमा प्रतिवादी खिमबहादुर निउरेको कच्ची घर, पश्चिममा हरिचौर–ताराखोला जाने कच्ची मोटर बाटो, उत्तरमा टेकबहादुर श्रीसको आवादी खेत र दक्षिणमा गुरूङ्दी खोला; यति चार किल्लाभित्र ढुङ्गा र माटोले बनेको टिनको छानो भएको पश्चिम मोहडा रहेको १ तले खिमबहादुर निउरेको छाप्रो (घर); उक्त छाप्रोमा निज खिमबहादुर निउरेले खाजा नास्ता तथा खुद्रा सरसामानहरूको पसल गरी बसेको र उक्त पसलको (घर) भित्र पसी हेर्दा खाजा नास्ता गरी बस्ने हलसहित चारओटा कोठाहरू रहेको; उक्त कोठाहरूमध्ये पूर्वतर्फको कोठामा बेड विस्तारासहितका दुईवटा काठका खाट रहेको; सोही कोठामा मिति २०७४/०६/२५का राति खिमबहादुर निउरे, निशा रेग्मी वि.क. र जनकली वि.क. बसी मादक पदार्थ सेवन गरी सो राति सोही कोठामा बसेको र सोही राति निज खिमबहादुर निउरे र जनकली वि.क.बिच एकापसमा विवाद भई निज जनकली वि.क.लाई खिमबहादुर निउरे र निशा रेग्मी वि.क. भई टाउकोमा धारिलो हतियार चक्कु प्रहार गरी कर्तव्य गरी सोही कोठामा मारेको भन्ने बेहोराको चार किल्लासहितको मिति २०७४/०७/२२ को घटनास्थल मुचुल्का ।
खानतलासी/बरामदी मुचुल्काः जिल्ला बागलुङ, साबिक हरिचौर गा.वि.स., वडा नं. ३ हाल गलकोट नगरपालिका, वडा नं. ६ जंगारा स्थित पूर्वमा प्रतिवादी खिमबहादुर निउरेको कच्ची घर, पश्चिममा हरिचौर–ताराखोला जाने कच्ची मोटर बाटो, उत्तरमा टेकबहादुर श्रीसको आवादी खेत र दक्षिणमा गुरूङ्दी खोला; यति चार किल्लाभित्र ढुङ्गा र माटोले बनेको छाप्रो (घर); उक्त छाप्रोमा निज खिमबहादुर निउरेको खाजा नास्ता तथा खुद्रा सरसामानहरूको पसल घरभित्र प्रवेश गरी हेर्दा खाजा नास्ता गर्ने कोठा हलसहितको चारवटा कोठाहरू रहेको; उल्लिखित कोठाहरू स्थानीय मानिसहरूको रोहबरमा रीतपूर्वक खानतलासी गर्दा उक्त घर पसलको भित्र छिर्ने मूल ढोका नजिकै मृतक जनकली वि.क.ले प्रयोग गर्ने भनिएको तल पछाडिको पाता कालो रंगको माथिपट्टिको पाता रातो रंगको कालो तना भएको, तनामा त्ीग्क् लेखिएको १ जोर चप्पल फेला परेको; सोही स्थानदेखि उत्तरतर्फ रहेको कोठा खानतलासी गर्दा उक्त कोठामा किराना पसलका सामान तथा भाँडावर्तनहरूलगायतका सरसामानहरू रहेको; उक्त कोठाको दक्षिणतर्फको कुनामा काठको बिँडसहितको लम्बाइ १३.५ इन्च भएको धारिलो फलामको चक्कु फेला परेको; उल्लिखित दशीका चिज वस्तुहरू स्थानीय मानिसहरूको रोहबरमा बरामद गरी उठाइएको भन्नेसमेत बेहोराको मिति २०७४/०७/२२को खानतलासी / बरामदी मुचुल्का ।
प्रतिवादी खिमबहादुर निउरेले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्बा बयानः मिति २०७४/०७/२२ को घटनास्थल मुचुल्का र खानतलासी/बरामदी मुचुल्का पढी बाची सुनाउँदा सुनी पाएँ । उक्त घटनास्थल मुचुल्कामा उल्लिखित चार किल्लाभित्र रहेको मेरो होटलको म सुत्ने कोठामा नै म र निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारेका हौं । बरामदी मुचुल्कामा उल्लेख भएअनुसार बरामद भई आएको चप्पल जनकली वि.क.को हो । उक्त चप्पल निज मेरो होटलमा मलाई पुर्याउन आउँदा लगाएर आएकी थिइन् । काठको बिँड भएको गाउँघरमा बनाएको धारिलो हतियार चक्कु प्रतिवादी निशा रेग्मी वि.क. र मसमेतले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मार्ने क्रममा मैले प्रयोग गरेको चक्कु हो । उक्त चक्कु मेरो होटलमा भएकोले वारदातमा प्रयोग गरेको हुँ । उक्त चक्कु र चप्पल मलाई देखाउँदा मैले हेरी चिनी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७४/०७/२९ मा गरेको ततिम्बा बयान ।
प्रतिवादी निशा रेग्मी वि.क.ले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको ततिम्बा बयानः मिति २०७४/०७/२२को घटनास्थल मुचुल्का र खानतलासी/बरामदी मुचुल्का पढी बाची सुनाउँदा सुनी पाएँ । उक्त घटनास्थल मुचुल्कामा उल्लिखित चार किल्लाभित्र रहेको मसँगै पक्राउमा परेका प्रतिवादी खिमबहादुर निउरेको होटलको निज सुत्ने कोठामा नै मसमेत भई मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारेका हौं । बरामदी मुचुल्कामा उल्लेख भएअनुसार बरामद भई आएको चप्पल जनकली वि.क.को हो भने काठको बिँड भएको फलामको धारिलो चक्कु प्रतिवादी खिमबहादुर निउरेको पसलमा रहेको र वारदात समयमा प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मार्नमा प्रयोग गरेको चक्कु हो । उक्त चक्कु र चप्पल मलाई देखाउँदा मैले हेरी चिनी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.ले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७४/०७/२९ मा गरेको ततिम्बा बयान ।
अभियोगपत्र मागदाबीः मिति २०७४/०६/२५ का साँझ प्रतिवादी खिमबहादुर निउरे मृतकको घरमा गई निशा रेग्मी वि.क., मृतक जनकली वि.क. र निज खिमबहादुर निउरे बसी लोकल रक्सी तथा मासु खाइसकेपछि खिमबहादुर निउरेले आफूलाई छोड्न घरसम्म जाउँ भनी मृतक जनकली वि.क. र निशा रेग्मी वि.क.लाई साथमा लिई आफ्नो पसलमा ल्याई आफू सुत्ने कोठामा लगी राखेको र सोही कोठामा बसी निज तीन जनाले नै पुनः सँगै बसी लोकल रक्सी तथा बियर खाई बसेका र रात छिप्पिँदै गई जताततै सुनसान भएपछि निज खिमबहादुर निउरेले मृतक जनकली वि.क.समेतलाई करणी गरेको र पुनः अप्राकृतिक करणी गर्न खोज्दा जनकली वि.क.ले नदिई प्रतिकार गरेकिले सो रात गरेको करणीका गोप्य कुरा बाहिर आउन सक्ने ठानी घटना गुपचुप राख्न यी दुवै प्रतिवादीहरूले जनकली वि.क.लाई मारौँ भन्ने मनसाय लिई प्रतिवादीमध्येका खिमबहादुर निउरेले आफ्नो पसलमा रहेको फलामको धारिलो चक्कु ल्याई प्रतिवादी निशा रेग्मी वि.क.ले जनकली वि.क.को पछाडिबाट हात समाती मार्नलाई सजिलो पारिदिई खिमबहादुर निउरेले सोही चक्कुले टाउको तथा अन्य भागमा प्रहार गरी पल्टाई कर्तव्य गरी मारी दुवै जनाले सोही कोठामा रहेको कपडा (तन्नाले) पोको पारी सोही राति नै कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घरदेखि केही तल रहेको दरमखोलामा लगी फालेको मिसिल संलग्न तथ्यहरू एवम् कागजातहरूबाट देखिँदा निज प्रतिवादीहरू खिमबहादुर निउरेले धार भएको जोखिमी हतियार चक्कुले निधार टाउकोमा प्रहार गरी हत्या गरेको उक्त कसुरजन्य कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.अनुसारको कसुर अपराध भएको हुँदा निज प्रतिवादी खिमबहादुर निउरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय हुन मागदाबी लिइन्छ ।
त्यस्तै अर्की प्रतिवादी निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.लाई खिमबहादुर निउरेले चक्कु हान्ने समयमा जनकली वि.क. का हात पछाडिबाट समाती चल्न चल्बलाउन नदिएको हुँदा वारदात भइरहेको ठाउँमा गई ज्यान मार्नलाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली समातिदिएकी हुँदा निज प्रतिवादी निशा रेग्मी वि.क.ले गरेको उक्त कसुरजन्य कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं.अनुसारको कसुर अपराध भएको हुँदा निज प्रतिवादी निशा रेग्मी वि.क.लाई ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम सजाय हुन अभियोग मागदाबी लिइएको छ ।
साथै प्रतिवादी खिमबहादुर निउरेले मृतकलाई मार्नुभन्दा पहिला जबरजस्ती करणी गरेको भन्ने मिसिल संलग्न कागजातहरूबाट पुष्टि भएको हुँदा जबरजस्ती करणी गरेकोतर्फ निज प्रतिवादीले गरेको उक्त कसुरजन्य कार्य मुलुकी ऐन, जबरजस्ती करणीका महलको १ नं. विपरीत ३(५) नं.अनुसारको कसुर अपराध भएकाले निज प्रतिवादी खिमबहादुर निउरेलाई सोही महलको ३(५) नं.बमोजिमसमेत सजाय हुन र निज प्रतिवादीले मृतक जनकली वि.क.लाई जबरजस्ती करणी गर्दा मृतकका आश्रित नाबालक छोरा छोरीलाई पर्न गएको शारीरिक तथा मानसिक क्षतिसमेत विचार गरी सोही महलको १० नं. तथा १०ग नं.बमोजिम उचित तथा मनासिब क्षतिपूर्ति प्रतिवादीबाट पीडितलाई दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र मागदाबी ।
प्रतिवादी खिमबहादुर निउरेले सुरू अदालतमा गरेको बयानः मिति २०७४/०६/२५ का दिनभर हिल गाउँका पूर्ण थापासँग बसेर रक्सी खाइयो । बेलुका खाना खाएपछि छोरा बुहारी आफ्नो कोठामा सुत्न गए । मलाई रक्सी लागेको हुनाले पसलमा बसिराखेको थिएँ । निशा र जनकली मेरो पसलमा रक्सी लिन आएर २ बोत्तल रक्सी लिएर साँझ ७ बजेतिर गए । कोइलर कुखुरा काटेका छौँ, अहिले आउनु है दाइ भनी जनकलीले मलाई भनिन् । म झाँक्रीलाई बोलाउन भनी गएकोमा निजको घरमा ढोका बन्द हुँदा म फर्किने क्रममा बाटोमा मृतक जनकलीको घर पर्ने हुँदा म तिनीहरूको घरमा पसेँ । मासु पकाएका रहेछन् । तीनै जनाले रक्सी र मासु खाइयो । रात पर्यो मलाई डर लाग्छ छाड्न हिँड भनेपछि तीनै जना मेरो घरमा गइयो ।
मेरो घरमा आएर २/३ गिलासजति रक्सी खाइयो । रातको १२/०१ बजिसकेकोले निजहरू घरमा जान डराए । म सुत्ने कोठामा २ वटा खाट थिए । मलाई निकै रक्सी लागेको हुँदा एउटा खाटमा मलाई सुताएर अर्को खाटमा निशा र मृतक सुते । बिहान ६ः०० बजेतिर बुहारीले ढोका ढकढक हानेपछि मैले निजहरूलाई उठाएर घरतर्फ पठाएँ । जाँदाखेरि अगाडि निशा गइन् भने पछाडि जनकली गएकी हुन् । घरतर्फ जानेबेलासम्म पनि जनकलीलाई रक्सी लागेको थियो । निशा मोटरबाटोबाट सरासर गइन् र घरमा नै पुगिन् भने जनकलीले मेरो घरको धारामा मुख धोएको मेरो छोरा बुहारीले देखी यति बिहानै कहाँबाट मुख धुन आइपुग्यौ भनी सोधेपछि उनी आत्तिएर भागिन् । उनको घरमा जान खोला तरेर जानुपर्दछ । मैले उनलाई उठाएर घरतर्फ पठाइसकेपछि कोठामा आई सुती दिउँसोतिर उठी पसलमा बसेँ । साँझ साथीहरूसँग रक्सी खाइयो र कहीँ नगई खाना खाएर सुतेँ । भोलिपल्ट म सुतिरहेकै अवस्थामा मृतकको छोरी विमला आएर मेरी आमा अस्ति बेलुका अङ्कलसँग यहाँ आउनु भएको हो । कहाँ जानुभयो, अझसम्म घरमा आउनुभएको छैन भनी मेरो छोरा बुहारीसँग भनेको मैले सुनेपछि म विस्ताराबाट उठेर भैँसी दुहेर आउने बित्तिकै लास खोलामा फेला पर्यो रे भन्ने कुरा सुनेर हामी पनि त्यसतर्फ गयौँ । म जाँदा लास खोला बाहिर निकालिसकेका थिए र प्रहरी पनि थिए । लास लिएर हामी पनि प्रहरी चौकीतिर गयौं । लास मलाई हेर्न नदिएकोले के कस्तो अवस्थामा थियो देखिनँ ।
अनुसन्धानका क्रममा मैले गरेको बयान बेहोरा देखाई सुनाउँदा देखेँ सुनेँ । भएको सहीछाप मेरो हो । मलाई प्रहरीले कुटपिट गरी तेरो छोरा, बुहारी र श्रीमतीलाई पनि मुद्दा लगाई फसाइदिन्छौँ भनी जबरजस्ती सहीछाप लगाएका हुन् । के के बेहोरा लेखे मलाई थाहा भएन । सो लेखिएको बेहोरा साँचो होइन । मैले जबरजस्ती करणी गरेको होइन । मलाई रक्सी लागेर उठ्नै नसकेको अवस्थामा थिएँ । मलाई निशा र जनकलीले खाटमा लगेर सुताएका हुन् । घटना विवरण कागज गर्ने मानिसहरू जाहेरवालाका मिलेमतोका मानिस भएकाले नभएको झुट्टा बेहोरा लेखाएका हुन् । मलाई प्रहरीले थुनेर राखेकाले बरामदी सामान कहाँबाट के कसरी ल्याए र ती सामान कस्का हुन् सो पनि थाहा छैन । अभियोगपत्रमा लेखिएबमोजिम मैले मारेको र जबरजस्ती करणी गरेको होइन । झुट्टा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/०८/०४ मा गरेको बयान ।
प्रतिवादी निशा रेग्मी वि.क.ले सुरू अदालतमा गरेको बयानः मिति २०७४/०६/२५ का बेलुका ८ः३० बजेतिर जाहेरवाली विमला वि.क. र म भई खिमबहादुर निउरेको पसलमा गएर २ बोत्तल रक्सी लिएर विमलाको घरमा गयौं । सोही साँझ जनकलीले कुखुरा काटी आधा आधा खाउँला भन्नु भएकाले कुखुरा काटेर आधा आधा गराएका थियौं । आधा मासु जनकलीले पकाउनुभएकोले ल्याएको रक्सी र मासु म, जनकली र विमला भई खान लागेको समयमा खिमबहादुर पनि रक्सी लागेको अवस्थामा आउनुभयो । जनकलीको घरमा मासु सकिएकोले मैले मेरो घरबाट मासु ल्याएर खिमबहादुरसमेत सबैले मासु र रक्सी खायौँ । रातको ९ बजिसकेको रहेछ; खिमबहादुरले अँध्यारो भयो मलाई डर लाग्छ छोड्न हिँड् भनेपछि दिदी जनकली र म भई खिमबहादुरलाई छोड्न गयौं । खिमबहादुरलाई निजको घरमा पुर्याएपछि एकछिन बसी २/३ गिलास जति रक्सी तीनै जनाले खायौं । बियर पनि दिदी जनकली र मैले खायौं । रातको १२/०१ बजेको र अँध्यारो भएकोले डर लागी घरमा जान नसकी हामी खिमबहादुरको घरमा नै बस्यौं । खिमबहादुर सुत्ने कोठामा २ वटा बेड थिए । एउटामा जनकली दिदी र म सुत्यौं भने अर्कोमा निज खिमबहादुर सुत्नुभयो । बिहान ६ः०० बजेतिर खिमबहादुर अङ्कलले हामीलाई उठाउनु भएकोले हामी उठ्यौं । म अगाडि अगाडि हिँडी घरमा पुगेँ । दिदी पछि पछि आउँदै हुनुहुन्थ्यो; घरमा जानुभएको रहेनछ । बाटोमा मेरो जेठानी दिदीको घर भएकोले सोही घरमा बस्नुभयो कि भन्ने लाग्यो । बिहान लगभग ८ः०० बजेतिर विमलाले आफ्नो भाइ र मेरो छोरीलाई खिमबहादुरको घरमा आमालाई हेर्न पठाएकी थिइन् । खिमबहादुरको घरमा आमा हुनुहुन्न भनी उनीहरू आएपछि खाना पकाई खाएर जाहेरवाली विमला र म धान काट्न गई दिनभर धान काटेर साँझ घरमा आएका हौँ । साँझमा विमला आमालाई खोज्नका लागि गएकीमा भेटाइनन् । जनकली दिदीको लास २७ गतेका दिन १० बजेको समयतिर दरम खोलामा भेटिएको हो । म जाँदा लासलाई खोलाबाट निकालिसकेका थिए । लासलाई मैले देख्दा टाउकोको माथिपट्टि अलिकति रगत लागेको र शरीरको अन्य भागमा केही चोटपटक थिएनन् ।
जाहेरी बेहोरामा लेखिएबमोजिम जनकली दिदीलाई मार्नको लागि मैले कुनै कार्य गरेकी होइन । जाहेरी बेहोरा झुट्टा हो । मैले अनुसन्धानका क्रममा गरेको बयान बेहोरा देखेँ सुनेँ । सोमा लेखिएको बेहोरा सो समयमा प्रहरीले मलाई कुटेकाले सो कुटाइको पीडामा मैले भनेकी हुँ । तर सोमा भएको सबै बेहोरा सत्य होइन । उक्त मेरो बयानमा लेखिएको खिमबहादुरले जनकलीलाई चक्कुले प्रहार गरी चोट लागी रगत आएपछि तन्नाले अँठ्याई निज चलबलाउन छाडेपछि सोही तन्नाले बेरी मैले खुट्टापट्टि र खिमबहादुरले टाउकोतिर समाती दरम खोलामा लगी फालेको भन्ने कुरा साँचो होइन । मलाई प्रहरीले यही भन भनेर कुटपिट गरी यसमा सही नगरे तेरा आफन्तसमेतलाई मुद्दा चलाउँछु भनी शारीरिक र मानसिक यातना दिई सो बयान कागजमा सही गराएका हुन् । मलाई प्रहरीले कुटपिट गरी नभए नगरेको कुरा भन्न लगाएकोले खिमबहादुरलाई पनि त्यस्तै गरी नभएको कुरा भन्न लगाएको हुनुपर्छ । घटना विवरण कागज गर्ने मानिसहरू जाहेरवालाका मिलेमतोका मानिस भएकाले नभएको झुट्टा बेहोरा लेखाएका हुन् । खानतलासी/बरामदी मुचुल्का के कसरी गराए मलाई थाहा भएन । बरामद भई आएका चक्कु र चप्पल को कसका हुन्, मलाई थाहा छैन । मैले कुनै अपराध नगरेकी हुँदा म निर्दोष छु । अभियोग मागदाबी झुट्टा भएकोले सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.ले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/०८/०४ मा गरेको बयान ।
सुरू अदालतको मुद्दा पुर्पक्ष एवम् प्रमाण बुझ्नेसम्बन्धी आदेशः तत्काल प्राप्त प्रमाणहरूबाट प्रतिवादी खिमबहादुर निउरे र निशा रेग्मी वि.क. कसुरदार होइनन् भनी विश्वास गर्न सकिने मनासिब आधार नदेखिएको हुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी ऐन, अ.बं. ११८ नं.को देहाय २ बमोजिम निज प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षको लागि ऐ.को १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय, बागलुङमा पठाई माननीय जिल्ला न्यायाधीश हाजिर भएपछि आदेश पुनर्विचारको लागि न्याय प्रशासन ऐन, २०७३को दफा २८ को उपदफा (३) बमोजिम इजलाससमक्ष पेस गर्नु भन्नेसमेत बेहोराको सुरू अदालतका निमित्त स्रेस्तेदारबाट मिति २०७४/०८/०४ मा भएको आदेश; तथा प्रतिवादी खिमबहादुर निउरे र निशा रेग्मी वि.क.लाई मुद्दा पुर्पक्षको लागि थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय, बागलुङमा पठाउने गरी मिति २०७४/०८/०४ मा निमित्त स्रेस्तेदारले गरेको आदेश मिलेकै देखिएकाले केही परिवर्तन गर्नु परेन । प्रस्तुत मुद्दामा प्रतिवादी चुक्ता भइसकेको र निरन्तर सुनुवाइ गर्नुपर्ने भएकोले मिति २०७४/१०/०८ का दिन जाहेरवालासमेतका सरकारी साक्षीहरू जिल्ला सरकारी वकिल कार्यालय बागलुङमार्फत झिकाई र प्रतिवादीका साक्षी निजहरूमार्फत झिकाई बुझी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०७४/०९/०४ को आदेश । साथै, अभियोगपत्रसाथ बरामद भई आएका चक्कुसमेतका सामानहरू जिन्सी खातामा आम्दानी बाँध्न छुट भएको देखिँदा जिन्सी खातामा आम्दानी बाँध्नु भन्ने बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०७४/०९/०५ को आदेश ।
जाहेरवाला विमला दर्जी भन्ने विमला वि.क.ले सुरू अदालतमा गरेको बकपत्रः इलाका प्रहरी कार्यालय, गलकोट बागलुङमा दिएको मिति २०७४/०६/२७ को जाहेरी दरखास्त, जिल्ला प्रहरी कार्यालय, बागलुङमा मिति २०७४/०७/१० मा दिएको जाहेरी दरखास्त र मिति २०७४/०७/२९ मा भएको घटना विवरण काजमा लेखिएको बेहोरा र सहीछाप मेरो हो । मिति २०७४/०६/२५ मा बेलुकाको समयमा मेरी आमा जनकली वि.क. र प्रतिवादी निशा रेग्मी वि.क.भई खिमबहादुर निउरेको घर पसलबाट रक्सी ल्याई हाम्रो आफ्नै घरको कुखुरा काटी सोको मासु र रक्सी खाई बसिरहेका थिए । सो साँझमा निशा अन्टी र म खिमबहादुर निउरेको घरमा रक्सी लिन गएका हौं । साढे नौ बजेतिर खिमबहादुर हाम्रो घरमा रक्सी खाएको अवस्थामा आए । तीनै जनाले त्यहाँ बसी मासु रक्सी खाए । मलाई रक्सी लाग्यो छोड्न हिँड भनी खिमबहादुरले भनेपछि मेरो आमा र निशा अन्टी निजलाई छोड्न गए । छोड्न जाने क्रममा रातिको समयमा नजानुहोस् गाह्रो भयो र पुर्याउन जाने हो भने पुलसम्म पुर्याई फर्केर आउनुहोस् भनी मैले आमा र निशा अन्टीलाई भनेकी हुँ । उनीहरूले हिँड कि हिँड भनी कर गरी आमालाई लगी गएका हुन् । राति १२ बजे मैले आमालाई फोन गर्दाखेरि आउँदै छु भन्नुभयो । त्यसपछि बिहान ६ः०० बजे निशा अन्टी घरमा आउनुभयो; तर आमा आउनु भएन । निशा अन्टीलाई आमा खोई भनेर सोध्दा थाहा छैन भन्नुभयो । पछि फेरि सोध्दाखेरि आउँदै हुनुहुन्छ भन्नुभयो । ८ः०० बजेतिर मेरो भाइलाई खिमबहादुरको घरमा हाम्रो आमा खोई भनी सोध्न पठाएँ । चप्पल नलगाइकन खाली खुट्टा ओरालो जानुभएको हो भनी खिमबहादुरको छोराले भने छ । मैले आफन्तहरूलाई फोन गरी आमाको सोधखोज गरेँ । कतै पनि आएकी छिन् भन्ने खबर पाइनँ । सो दिउँसो म र निशा अन्टी भई छिमेकी अङ्कल सोमे वि.क.कोमा धान काट्न गयौं । निज र मेरोबिचमा धान काट्ने समयमा केही कुराकानी भएनन्; उहाँ बोल्नु भएन । सो रात घरमा आई खाना नखाई सुतेँ ।
यी प्रतिवादीहरूले प्रहरीमा गरेको बयान बेहोरा सत्य साँचो हो । हामीहरूले नराम्रो काम गरेको कुरा बाहिर आफन्तहरूले र श्रीमान्ले थाहा पाउँछन् भनी मेरी आमालाई खिमबहादुर निउरे र निशा रेग्मी वि.क. भई मेरी आमालाई मारेका हुन् । खिमबहादुर निउरेको घरमा फेला परेका चप्पल मेरी आमाका हुन् । २५ गते राति घरबाट निस्किँदा आमाले तीनै चप्पल लगाउनु भएको थियो । खिमबहादुरको घरबाट हाम्रो घरसम्म आउने बाटो सजिलो छ । पुल तरेर आउनुपर्छ र लडेर दरम खोलामा खस्ने जस्तो ठाउँ छैन । साना बच्चाहरू पनि सोही बाटो भएर स्कुल आउने जाने गर्छन् । मेरी आमाको लास फेला परेको दरम खोला वर्षायाममा ठुलै हुन्छ । तर सो समयमा हामी खोला तरी वारिपारि गर्न सक्ने अवस्थामा थियो । आमाको मृत्यु भएको कुरा मिति २०७४/०६/२७ का बिहान थाहा पाएकी हुँ । त्यसपछि मृतक आमालाई हेर्दा शरीरमा कपडाहरू नभएको, टाउकोमा धारिलो हतियारले हानेको र घाँटीमा निलो भएको देखेकी हुँ । प्रतिवादी खिमबहादुर निउरे र निशा रेग्मी वि.क.भई मेरी आमा जनकली वि.क.लाई हत्या गरेका हुँदा निजहरू दुवैजनालाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको जाहेरवाला विमला दर्जी भन्ने विमला वि.क.ले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/१०/०८ मा गरेको बकपत्र ।
प्रतिवादी खिमबहादुर निउरेका साक्षी प्रेमबहादुर खत्रीले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०६/२७ मा म मृतकको लास रहेको स्थानमा गई हेर्दा लास उत्तानो अवस्थामा पूर्वतिर टाउको, पश्चिमतिर खुट्टा भएको ढुङ्गाको चेपमा अड्याएर राखेको अवस्थामा थियो । प्रतिवादी खिमबहादुरको घरबाट जनकली वि.क. तल झरेर घर जाने बेलामा चिप्लिएर लडेर मृत्यु भएको होला । ज्यान मारेको त होइनन् । यी प्रतिवादीहरूले ज्यानै नमारेकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेका साक्षी प्रेमबहादुर खत्रीले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/१०/०९ मा गरेको बकपत्र ।
प्रतिवादी खिमबहादुर निउरेका साक्षी जितबहादुर घर्तीले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०६/२७ मा म मृतकको लास रहेको स्थानमा गई हेर्दा लास ढुङ्गाको आडमा थियो । खुट्टा पश्चिमतिर फर्केको पानी बाहिर र टाउको पनि पानी बाहिर र शरीरको अन्य भाग पानीभित्र रहेको थियो । मृतक जनकली वि. क.लाई प्रतिवादी खिमबहादुर निउरेले कर्तव्य गरी मारेको होलान् जस्तो लाग्दैन । त्यसैले निजलाई सजाय हुनुपर्ने जस्तो मैले देख्दिन भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेका साक्षी जितबहादुर घर्तीले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/१०/०९ मा गरेको बकपत्र ।
प्रतिवादी निशा रेग्मी वि.क.का साक्षी सूर्यबहादुर कार्कीले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०७/२७ मा म मृतक जनकली वि.क.को लास रहेको स्थानमा गई हेर्दा लासलाई बाहिर ल्याई ढोकेर राखेका थिए । निज जनकलीको मृत्यु के कसरी भयो मलाई थाहा भएन । प्रतिवादी निशा रेग्मी वि.क.ले मारेकी होलिन् जस्तो मलाई लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.का साक्षी सूर्यबहादुर कार्कीले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/१०/०९ मा गरेको बकपत्र ।
प्रतिवादी निशा रेग्मी वि.क.का साक्षी हिमाल चालिसेले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०६/२७ का दिन म मेरै घरमा थिएँ । लास रहेको स्थानमा म गएको होइन । मृतक जनकली वि. क.को मृत्युका बारेमा मैले केही देखिनँ; भनेको सुनेको हुँ । प्रतिवादी निशा रेग्मी वि.क. र मृतक जनकली वि. क. खिमबहादुरको घरबाट निस्केको खिमबहादुरका छोरा बुहारीले देखेका रहेछन् । जनकलीले मुख धुन लागेको बेलामा उनलाई छाडेर निशा अगाडि गएकी रहिछन् । खिमबहादुरको घर अगाडि मोटर बाटो रहेको छ । मृतकले बढी रक्सी खाएकी हुनाले बाटोमा हिँड्न लाज लागेर खोलाको बाटो हिँड्दा अप्ठ्यारो चिप्ला ढुङ्गा भएकाले चिप्लिएर वा खोला बढ्ने घट्ने भइरहने हुनाले खोलाले बगाएर पनि मृत्यु भएको हुन सक्छ । मारेको कसैले पनि देखिएन । जनकली वि.क.लाई मारेको नहुँदा प्रतिवादीहरूलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.का साक्षी हिमाल चालिसेले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७४/१०/०९ मा गरेको बकपत्र ।
सुरू अदालतबाट भएको आदेशः जाहेरवालाबाहेकका अन्य वादी पक्षका साक्षीहरू कुनै विदेशमा भएको र कुनैको आफन्त बिरामी भई अस्पतालमा बस्नुपर्ने भएको कारणले तोकिएको दिनमा बकपत्र हुन नसकेको हुँदा पूर्वआदेशानुसार बकपत्र गराउनको लागि पुनः आदेश गरिपाउँ भन्ने जिल्ला सरकारी वकिल कार्यालय, बागलुङको च.नं. २७२ मिति २०७४/१२/२२ को पत्रानुसार प्रस्तुत मुद्दामा जाहेरवाला बाहेकका घटना विवरण कागज गर्ने मन कुमारी परियार, कमला आलेसमेतका सरकारी साक्षीहरू र मृतकको शव परीक्षण गर्ने जिल्ला स्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र गलकोट, बागलुङमा कार्यरत डा. दिपेन्द्र प्रधानलाई जिल्ला सरकारी वकिल कार्यालय, बागलुङमार्फत बकपत्रको लागि उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालय, बागलुङमा लेखी पठाई आएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०७४/१२/२२को आदेश ।
घटना विवरण कागज गर्ने मनकुमारी परियारले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०७/२२ मा भएको घटना विवरण कागजमा लेखिएको बेहोरा र सहीछाप मेरै हो । मेरो जेठानी मृतक जनकली वि.क.को घरमा निउरे आउनुभएको र तीनैजना मिलेर रक्सी मासु खाएर बेलुका निउरेको घरमा छाड्न जानुभएकोमा निशालाई जबरजस्ती हातपात गरेपछि मेरो जेठानीलाई हातपात गर्न जाँदा जेठानीले नमान्नु भएको कारण दुवैजना मिलेर मार्नुभएको हो । त्यही कारणले कडाभन्दा कडा सजाय हुनुपर्दछ । निउरेको घरमा चप्पल र चक्कुको प्रमाण भेटिएको हुँदा निजहरूले नै मारेका हुन् । लास रहेको ठाउँमा गई हेर्दा एक्लै गई मर्ने जस्तो ठाउँ छैन । आफैँ मरेको भए निजको शरीरमा कपडा हुनुपर्ने हो । शरीर पूरै नाड्गै थियो । लास खोलाको किनारमा ढुङ्गाको चरमा घोप्टो पारिएको थियो । टाउकोमा चक्कुको गहिरो चोट थियो भने नाकमा समेत चोट लागेको थियो । निउरे अङ्कलले जनकली वि.क.लाई हातपात गर्न जाँदा नमानेपछि निशाले पछाडिबाट हात समाती निउरेले किचनबाट चक्कु ल्याई मारी दुवैजना मिलेर फालेको हो भनी निशा र निउरे अङ्कलले कात्तिक २८ गतेका दिन मैले सोध्दा भनेका हुन् । सो कुरा मैले अनुसन्धानमा कागज गर्दा पनि भनेको हुँ लेखे नलेखेको थाहा भएन भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने मनकुमारी परियारले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७५/०१/२३ मा गरेको बकपत्र ।
घटना विवरण कागज गर्ने सुरेश वि.क.ले सुरू अदालतमा गरेको बकपत्रः मिति २०७४/०७/२२ मा भएको मेरो घटना विवरण कागजमा लेखिएको बेहोरा र सहीछाप मेरै हो । म रोजगारीको लागि भारतको हरियाणामा गएको थिएँ । मलाई मेरो अङ्कल हिमलाल वि.क.ले फोन गरेर तिम्रो ममी बित्नुभयो घरमा आउ भनेपछि म घरमा आएको हुँ । पोष्टमार्टम गरेपछि मरेको होइन मारेको भन्ने थाहा भएको हो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने सुरेश वि.क.ले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७५/०१/२३ मा गरेको बकपत्र ।
मृतक जनकली वि.क.को शव परीक्षण गर्ने डा. दिपेन्द्र प्रधानले सुरू अदालतमा गरेको बकपत्रः मृतक जनकली वि.क.को गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मैले गरेको पोष्टमार्टम रिपोर्टमा भएको बेहोरा र सहीछाप मेरो हो । कुनै पनि शव पानीबाट बरामद भइसकेपछि डुब्नुअगावै मरिसकेको (एयकत :यचतझ म्चयधलष्लन) अथवा डुबेर मरेको (ब्लतभ :यचतझ म्चयधलष्लन) भनेर छुट्टाउनुपर्नेमा मृतकको शव परीक्षण गरी हेर्दा पानीमा डुब्नुअगावै मरिसकेको देखिन्छ । एयकत :यचतझ म्चयधलष्लन भन्नाले पानीमा डुब्नुअगावै मृत्यु भइसकेको भन्ने बुझिन्छ । :यकत एचयदबदथि भन्नाले यस्ता चिह्नहरू ९०% केसहरूमा देखिने भएकोले यसो भनिएको हो । मादक पदार्थको विषयमा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले दिएको हिस्ट्रीको आधारमा उल्लेख गरिएको हो । मृतकको पेट र फोक्सोमा पानी जम्मा भएको थिएन । टाउकोमा लागेको चोटका कारण मस्तिष्कमा सुन्निएको र यसैको श्रृङ्खलाको रूपमा द्यचबष्ल ऋयलअगककष्यल अर्थात् टेम्प्ररी रूपमा मस्तिष्कले कुनै काम नगर्नु र त्यसैको शृङ्खलामा एयकत ऋयलअगककष्खभ ब्उलभब अर्थात् मस्तिष्कमा स्थित श्वास–प्रश्वास नियन्त्रण केन्द्रले क्षणिक रूपमा काम नगर्नु भन्ने बुझिन्छ । जसका कारण मृत्यु भएको भन्ने बुझिन्छ । मदिरा सेवन गरेको व्यक्तिमा त्चबगmबतष्अ द्यचबष्ल क्ष्लवगचथ हुँदा एयकत ऋयलअगककष्खभ ब्उलभब अन्यभन्दा दश गुणा बढी देखिने अनुसन्धानबाट बुझिएको र यस केशमा हिस्ट्रीको आधारमा मृतकले मदिरा सेवन गरेकोले यस बुँदालाई :बष्ल ऋबगकभ को सपोर्टिक कारणको रूपमा राखिएको हो भन्नेसमेत बेहोराको मृतकको शव परीक्षण गर्ने विशेषज्ञ डा. दिपेन्द्र प्रधानले सुरू बागलुङ जिल्ला अदालतमा मिति २०७५/०१/२३ मा गरेको बकपत्र ।
सुरू बागलुङ जिल्ला अदालतको फैसलाः प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.लाई कुटपिटसमेत गरी धारिलो हतियार फलामको लामो चक्कुले टाउकोमा प्रहार गरी मृतकको कर्तव्य गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.अनुसारको कसुर गरेको देखिन आएकोले निज प्रतिवादी खिमबहादुर निउरेलाई सोही १३(१) नं.बमोजिम नै सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । विद्यमान मुलुकी अपराध (सहिता) ऐन, २०७४ को परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १७८ (२) बमोजिम ज्यान मरेमा कसुरदारलाई जन्मकैदको मात्रै सजाय हुने व्यवस्था रहेको र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) को प्रतिबन्धात्मक व्यवस्थामा कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र हुने छ भन्ने व्यवस्था भएकोले प्रतिवादी खिमबहादुर निउरेलाई सर्वस्वको सजाय नहुने भई जन्मकैदको सजाय मात्र हुने ठहर्छ । जन्मकैदको सजायको हकमा हेर्दा मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ मा जन्मकैदको हद बढी भई मुलुकी ऐन, २०२० मा जन्मकैदको हद कम हुँदा निज प्रतिवादी खिमबहादुर निउरेलाई मुलुकी ऐन, २०२० बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । अर्की प्रतिवादी निशा रेग्मी वि.क.ले समेत मृतक जनकली वि.क.को दुवै हात समाती कर्तव्य गर्नमा संयोग पारिदिई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं.अनुसारको कसुर गरेको देखिन आएकोले निज प्रतिवादी निशा रेग्मी वि.क.लाई सोही १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी खिमबहादुर निउरेले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(५) नं.अनुसारको कसुर गरेकोले सोही ३(५) नं.बमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी सो कुरा पुष्टि हुने वस्तुनिष्ठ ठोस प्रमाणको अभावमा पुग्न सक्तैन ।
प्रतिवादी खिमबहादुर निउरेलाई सर्वस्वसहित जन्मकैद र प्रतिवादी निशा रेग्मी वि.क.लाई जन्मकैदको सजाय हुने ठहरी फैसला भएकोमा प्रतिवादीहरूले मृतक जनकली वि.क.लाई मार्नुपर्नेसम्मको पूर्वरिसइवी प्रतिवादीहरूको नदेखिएको; वारदातको दिनभन्दा अगाडिसम्म प्रतिवादीहरू र मृतकको बिचमा सौहार्दपूर्ण सम्बन्ध रहेको पाइएको; मृतकलाई मार्ने मनसाय लिई पूर्वयोजना वा षड्यन्त्र गरी प्रतिवादीहरूले मृतकलाई मारेको पनि नदेखिएको; क्रूर अमानवीय रूपमा मृतकलाई दुःख दिई वा ज्यादै पीडा हुने गरी मारेको पनि नदेखिएको; तत्कालै करणीको विषयलाई लिएर उठेको रिसबाट वादविवाद झैझगडा हुन गई हात हालाहाल भई तत्काल उठेको रिस थाम्न नसकी वारदातस्थलमा फेला परेको फलामको चक्कुले प्रतिवादी खिमबहादुर निउरेले प्रहार गर्दा मृतकको संवेदनशील अङ्ग टाउकोमा लाग्न गई मृतकको मृत्यु भएको पाइएको; प्रतिवादी निशा रेग्मी वि.क.ले समेत पूर्वयोजना बिना नै प्रतिवादी खिमबहादुर निउरेलाई कर्तव्य गर्नमा सहयोग पुर्याएको देखिन आएको; प्रतिवादी खिमबहादुर निउरे ५७ वर्षका वृद्धावस्थाका व्यक्ति देखिएका र प्रतिवादी निशा रेग्मी वि.क. ३१ वर्षकी युवा उमेरकी एक छोरा र एक छोरीकी आमा भई अझै पनि घरव्यवहार गर्नसक्ने उमेरकी महिला देखिन आएकीले प्रतिवादीहरूलाई ठहरेको सो सजाय चर्को पर्न जाने देखिएकोले प्रतिवादी खिमबहादुर निउरेलाई कैद वर्ष १२(बाह्र) र प्रतिवादी निशा रेग्मी वि.क.लाई कैद वर्ष १०(दश) गर्न उपयुक्त र मनासिब देखी मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम राय पेस गरेको छु भन्नेसमेत बेहोराको सुरू बागलुङ जिल्ला अदालतको मिति २०७५/०५/०४ को फैसला ।
सुरू अदालतको फैसलाबमोजिम प्रतिवादीहरूका नाममा कैदी पुर्जी जारी भएकोः सुरू बागलुङ जिल्ला अदालतको मिति २०७५/०५/०४ को फैसलाबमोजिम प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.लाई २० वर्ष कैद सजाय हुने भएकाले निज प्रतिवादीहरू मिति २०७४/०७/०९ देखि हिरासतमा बसेको देखिँदा सोही हिरासतमा बसेको मितिबाट कैद गणना हुने हुँदा निज प्रतिवादीहरूलाई मिति २०९४/०७/०८ सम्म कैदमा राखी ऐ.९ गते छुटी जाने गरी नियमानुसारको सिधा खान दिई कैदमा राख्नु भन्नेसमेत बेहोराको निज प्रतिवादीद्वयलाई बोधार्थ दिई निजहरूको नाममा सुरू बागलुङ जिल्ला अदालतबाट जारी भएको च.नं. ५३१ मिति २०७५/०६/२२को कैदी पुर्जी कारागार कार्यालय बागलुङलाई दिइएको भन्ने सुरू मिसिल संलग्न कैदी पुर्जीको प्रतिलिपि रहेको ।
प्रतिवादी खिमबहादुर निउरेले उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदनपत्र जिकिरः म पूर्णतः निर्दोष छु । मेराउपरका जाहेरी तथा अभियोगपत्र सबै झुठ्ठा हुन् । मैले मृतक जनकली वि.क.को कर्तव्य गरी हत्या गरेको होइन । मउपर जबरजस्ती करणीको झुठ्ठा अभियोगसमेत लगाइएको छ । अनुसन्धान र सोपश्वात् गरिएको अभियोजन नै पूर्वाग्रही रहेको र झुठ्ठासमेत रहेको देखिइरहेको अवस्थामा मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फैसला न्यायपूर्ण छैन । म मिति २०७४/०६/२५ का दिनभरि जसो पूर्ण थापाको घरमा बसेर मादक पदार्थ रक्सी खाई घरमा गई साँझ खाना खाई छोरा बुहारी आफ्नो कोठामा सुत्न गएकाले म मेरो घरमा रहेको पसलमा बसिरहेको समयमा निशा रेग्मी वि.क. र मृतक जनकली वि.क. आई साँझ ७ बजेतिर दुई बोतल रक्सी लिएर कुखुरा काटेकाले मलाई आउन भनी गएका हुन् । म झाँक्री बोलाउन भनी गएकोमा नभेटिएको र बाटोमा जनकली वि.क.को घर पर्ने भएकोले तीन जना भई बसी रक्सी मासु खाएका हौं । रात परिसकेकोले मलाई घरमा जान डर लागेकाले निशा रेग्मी वि.क.र मृतक जनकली वि.क. मलाई छाड्न भनी गएकामा मेरो घरमा पुनः तीनै जना भई रातिको १२/१ बजेसम्म रक्सी खाएका हौं । मलाई निशा र जनकलीले खाटमा लगेर सुताएका हुन् । २६ गते बिहान उठ्दा जनकलीलाई रक्सीले छोडेको थिएन र धङ्धङाउँदै धारोमा मुख धोई जनकली वि.क. मेरो घरबाट निस्की गएकी हुन् । म मेरो घरमा नै सुतिरहेको हुँ । निज मृतक जनकली वि. क.को घरमा जान खोला तर्नुपर्दछ । खोला तर्दा लडी मरी पानीमा परेकी हुन सक्छिन् ।
डर, धाक, धम्की दिई गराइएको अनुसन्धानको बयानलाई आधार मानी मलाई सजाय गर्न मिल्ने होइन । मृतकको शव परीक्षण गर्ने चिकित्सक डा. दिपेन्द्र प्रधानले मृतक पानीमा डुब्नुअगावै मरिसकेको भनी दिएको प्रतिवेदन र निजले गरेको बकपत्रलाई मेरा विरूद्धमा प्रमाणमा लिन मिल्दैन । दरमखोलामा मृतकको लास भेटिनुलाई मैले समेत कर्तव्य गरी मारेको भन्न मिल्दैन । निज कसरी मरिन् मलाई थाहा जानकारी छैन । निज चिनजानकी परिचित महिला भएको र निजसँग मेरो कुनै रिसइवीसमेत नभएको अवस्थामा केवल झुठ्ठा जाहेरी दिएकै भरमा मलाई पक्रने तथा जबरजस्ती तयार पारिएको बयान कागजमा सहीछाप गराउने गरी भएको कागजका आधारमा मसमेतलाई दोषी भन्न मिल्दैन । बरामदी मुचुल्कामा उल्लिखित समान मलाई फसाउन ल्याई मलाई झुठ्ठा मुद्दामा फसाइएको हो । मलाई जन्मकैदको सजाय गर्ने गरी भएको बागलुङ जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी झुठ्ठा अभियोग दाबीबाट फुर्सद दिलाई न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेले कारागार कार्यालय बागलुङमार्फत उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदनपत्र जिकिर ।
वादी नेपाल सरकारले उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदनपत्र जिकिरः मृतकलाई जबरजस्ती करणी गरेको कुरामा प्रतिवादी खिम बहादुर निउरे अधिकारप्राप्त अधिकारी एवम् अदालतमा समेत इन्कार रही बयान गरेका र अर्की प्रतिवादी निशा रेग्मी वि.क.को अधिकारप्राप्त अधिकारी एवम् अदालतको बयानबाट समेत प्रतिवादी खिमबहादुर निउरेले मृतकलाई जबरजस्ती करणी गरेको भन्ने देखिन आएन भनी सुरू फैसलामा लिइएको निर्णयाधार त्रुटिपूर्ण छ । किनभने यी प्रतिवादी खिमबहादुर निउरे, निशा रेग्मी वि.क. र मृतक जनकली वि.क.समेत ३ जना भई मिति २०७४/०६/२५ का रातिको समयमा मृतक जनकलीको घरमा बसी लोकल कुखुरो काटी रक्सी खाई रात छिप्पिँदै गएपछि खिमबहादुर निउरेलाई छाड्न मृतक जनकली र निशा भई खिमबहादुरको घरमा आएको कुरामा विवाद छैन । खिमबहादुरको घरमा समेत यी दुई जना प्रतिवादी र मृतकले सुरूमा लोकल रक्सी र त्यसपछी बियर खाई सो रात त्यहीँ बास बसेको कुरामा समेत कसैको विमति छैन । जहाँसम्म राति प्रतिवादी खिमबहादुर निउरेले निशा वि.क.लाई करणी गरेका र जनकली वि.क.लाई करणी गर्दाको अवस्थामा झगडा भई गोप्य कुरा बाहिर जाला भनी यी दुवैजना प्रतिवादीहरूले जनकली वि.क.लाई गरेको हत्या नै प्रस्तुत मुद्दामा विश्लेषण गर्नुपर्ने अवस्था छ ।
प्रतिवादी खिमबहादुर निउरेले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूले निशा वि.क.लाई करणी गरेको अन्दाजी ४५ मिनेटपछि पुनः उठी जनकली वि.क.लाई करणी गर्न निजले लगाएको लुङ्गी माथि सारी करणी गर्न थालेको र करणीकै सिलसिलामा निजले प्रतिकार गरी झगडा गरेको भनी साबित भएका छन् भने अर्की प्रतिवादी निशा रेग्मी वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूलाई करणी गरेको अन्दाजी ४५ मिनेटपछि जनकली वि.क.लाई करणी गर्न निज खिमबहादुर निउरेले निजको नजिकै पुगी आफ्नो तलको लुगा खोली निजको लुङ्गी माथि सार्दै गरेका थिए । मृतकले कट्टु लगाएकी थिइनन् । प्रतिवादी खिमबहादुर निउरेले मृतकलाई जबरजस्ती करणी गर्न लाग्दा निजको लिङ्ग बाहिर निकालेको देखेकी हुँ भनी बयान गरेकी छन् । रातको समयमा एक्ली र निरिह महिलालाई यी प्रतिवादीहरू दुवैजनाको सल्लाहमा जबरजस्ती करणी गर्न असम्भव नभएको हुँदा फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । जहाँसम्म मिसिल संलग्न अन्य प्रमाणहरूबाट पनि प्रतिवादी खिमबहादुर निउरेले मृतकलाई जबरजस्ती करणी गरेको वारदातसिद्ध हुन नआएको र वादी नेपाल सरकारले समेत प्रतिवादी खिमबहादुर निउरेले मृतकलाई मार्नुअगाडि जबरजस्ती करणी गरेको कुरा पुष्टि हुने भौतिक ठोस प्रमाण दाखिला गर्न सकेको नपाइएकोले प्रतिवादी खिमबहादुर निउरेले मृतकउपर जबरजस्ती करणी गरेको कुरा पुष्टि हुन सकेन । सोतर्फको अभियोग दाबीबाट प्रतिवादी खिमबहादुर निउरेले सफाइ पाउने ठहर्छ भन्ने निर्णयाधार पनि मिलेको छैन ।
प्रतिवादी खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले जनकली वि.क.लाई मार्नुपर्ने मूल कारण नै करणीको विषय हो । निशा रेग्मी वि.क.सँगको करणीपश्चात् रातकै समयमा यी प्रतिवादी खिमबहादुर निउरेले जनकली वि.क.लाई करणीका आसयले समाती निजका भित्री वस्त्रहरू खोलिदिएको र आफ्ना कपडाहरूसमेत खोलेको भन्ने कुरा स्वयम् प्रतिवादी खिमबहादुर निउरे र निशाको बयानबाट देखिन्छ । जबरजस्ती करणीको ठोस प्रमाण पीडितको भनाइ र पीडितको स्वास्थ्य परीक्षण नै मुख्य आधार प्रमाण हो । मृतक ३५/३६ वर्षको विवाहित २ छोरा छोरीको आमा भइसकेकी महिलालाई करणी गर्दा हुने यौनाङ्गमा गम्भीर लक्षण नहुने; पीडितमा पुरूष वीर्य र अन्य वस्तु निजलाई मारी खोलामा फालेको अवस्थामा उक्त वस्तुहरू पखालिने हुँदा भौतिक प्रमाण प्राप्त नभए तापनि मार्नुपर्ने कारण प्रतिवादीले खुलाइरहेको र सो प्रतिवादीहरूको बयानलाई विमला दर्जी भन्ने विमला वि.क.को किटानी जाहेरी दरखास्त, घटनास्थल लास जाँच मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन, मौकामा बुझिएका मानिसहरू कप प्रसाद दमाई भन्ने कप प्रसाद वि.क., मन कुमारी परियार, सुरेश वि.क., चन्द्रलाल दमाई कमला आलेसमेतका व्यक्तिहरूले गरेको घटना विवरण कागजसमेतका आधार प्रमाणहरूबाट जबरजस्ती करणीको वारदात खम्बिर रूपमा पुष्टि भइरहेको अवस्था हुँदा प्रतिवादी खिमबहादुर निउरेलाई जबरजस्ती करणीतर्फ सफाइ दिने गरी गरिएको सुरू बागलुङ जिल्ला अदालतको मिति २०७५/०५/०४ को त्रुटिपूर्ण फैसला बदर गरी अभियोग मागदाबीबमोजिम जबरजस्ती करणीमा कसुरदार ठहर गरी सजाय र पीडितका आश्रितलाई क्षतिपूर्तिसमेत भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारले उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदनपत्र जिकिर ।
उच्च अदालत पोखरा, बागलुङ इजलासको आदेशः सुरू बागलुङ जिल्ला अदालतबाट मिति २०७५/०५/०४ मा भएको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकार तथा प्रतिवादी खिमबहादुर निउरेको दोहोरो पुनरावेदन पर्न आएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ को प्रयोजनार्थ पर्न आएका पुनरावेदनपत्र एक अर्कालाई परस्पर सुनाई प्रतिवादी निशा रेग्मी वि.क.ले कारागार कार्यालय बागलुङमार्फत मिति २०७५/०९/०२ मा म्याद बुझी पुनरावेदन नगरेको देखिँदा पुनरावेदन नपर्ने प्रतिवादी निशा रेग्मी वि.क.को हकमा न्याय प्रशासन ऐन, २०७३ को दफा १०(३) तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५बमोजिम साधकको रोहबाट मुद्दा दर्ता गरी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको मिति २०७६/०२/०७ को आदेश ।
उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसलाः सुरू बागलुङ जिल्ला अदालतबाट पुनरावेदक प्रतिवादी खिमबहादुर निउरेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) को कानूनी व्यवस्थाअनुसार तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम जन्मकैद हुने गरी र प्रतिवादी निशा रेग्मी वि.क.को हकमा साधकको रोहबाट हेर्दा सोही ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैद हुने गरी मिति २०७५/०५/०४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । तत्कालीन मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिमको रायको हकमा हेर्दा अपराध गरेको अवस्थासमेतलाई विचार गर्दा प्रतिवादी खिमबहादुर निउरेको हकमा १२ (बाह्र) वर्ष कैद कायम हुने गरी व्यक्त भएको सुरूको राय मनासिब देखिएन । प्रतिवादी निशा रेग्मी वि.क.को हकमा सम्म १० (दश) वर्ष कैद सजाय कायम हुने गरी व्यक्त गरिएको सुरूको राय मनासिब ठहर्छ । अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी खिमबहादुर निउरेको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी निशा रेग्मी वि.क.को हकमा साधक जाँचको लागि श्री सर्वोच्च अदालतमा पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत पोखरा‚ बागलुङ इजलासको मिति २०७६/०४/०७ को फैसला ।
प्रतिवादी निशा रेग्मी वि.क.ले यस अदालतमा गरेको पुनरावेदनपत्र जिकिरः प्रत्यक्षदर्शी नरहेकी जाहेरवालीले शंका र अनुमानका भरमा दिएको जाहेरीलाई प्रमाणमा लिन मिल्दैन । पहिलो जाहेरी दिएको १५ दिन पछिको मिति उल्लेख भई १७ दिनपछि दर्ता भएको जाहेरीमा कुनै नयाँ र ठोस आधारहरू खुलाउन सकेको अवस्था पनि छैन । जाहेरी स्वयम्मा सुनी सुनाइ कथनमा आधारित रहेको तथा समयको लामो अन्तरालपश्चात् दर्ता भएको हुनाले त्यो घटनाको सत्यता वा वास्तविकतामा आधारित नभई केवल मलाई समेत फसाउने उद्देश्यबाट सुनियोजित तवरबाट अभिप्रेरित भई दिएको हुनाले निज जाहेरवालाले जाहेरी दरखास्तलाई समर्थन हुने गरी बकपत्र गरेको भनी आधार लिन मिल्दैन । जाहेरी दरखास्तमा लेखाएको बेहोरा, जाहेरवालाले गरेको घटना विवरण कागज र बकपत्रमा एकरूपता छैन । यसर्थ, सुनी सुनाइमा आधारित जाहेरी दरखास्त र सोही आधारमा भएको जाहेरवालाको बकपत्रलाई आधार मानी मलाई सजाय गरी बागलुङ जिल्ला अदालतबाट भएको फैसलालाई मेरा हकमा सुरू सदर गरी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसला बदरभागी छ ।
मिति २०७४/०६/२७ मा घटनास्थल मुचुल्का उठाइएको छ भने २०७४/०७/२२ मा बरामदी मुचुल्का उठाइएको छ । सो बरामदी मुचुल्कामा उल्लिखित चक्कुको परीक्षण गरिएको छैन र सो चक्कुले मृतकलाई मारेको भए स्वाभाविक रूपमा सो चक्कुमा पनि रगत लाग्दछ र सो परीक्षण गरिँदाका बखत पुष्टि पनि हुन्छ तर त्यस्तो परीक्षण नै गरिएको छैन । स्वास्थ्य परीक्षण प्रतिवेदन र डाक्टरको बकपत्र विवादित छ । मृतकको शवपरीक्षण प्रतिवेदनमा एयकतm यचतझ मचयधलष्लन तचबगmबतष्अ दचबष्ल ष्लवगचथ चभकगतिष्लन ष्ल दचबष्ल भमझब, तचबगmबतष्अ दचबष्ल अयलअगककष्यल धष्तज उयकत अयलअगककष्खभ बउलभब बननचबखबतभम दथ बअियजय िचभकगतिष्लन ष्ल भितजब िचभकउष्चबतयचथ मभउचभककष्यल भनी उल्लेख भएको छ । डाक्टरले शव परीक्षण गरी सोको आधारमा दिएको प्रतिवेदन विश्वसनीय छैन । निजले बकपत्र गर्दा स.ज. ७ मा “मादक पदार्थको विषयमा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले दिएको हिष्ट्रीको आधारमा उल्लेख गरिएको हो भनी बकपत्र गर्नुभएको छ भने सोही बकपत्रको स.ज. १३ मा गरिएको जिरहको जवाफमा “प्रहरीले लिएर आएको कागजको जानकारीको आधारमा हिष्ट्री लेखिएको हो; निजहरूलाई मैले बोलाएर सोधेको होइन । प्रहरीले दिएको नाममा उहाँहरूको नाम उल्लेख भएको हुँदा मैले पनि उल्लेख गरेको हो” भनी बकपत्र गर्नुभएको छ । डाक्टरको शव परीक्षण प्रतिवेदन स्वयम्मा विवादास्पद रहेको छ । घटना विवरण कागज गर्ने व्यक्तिहरू प्रत्यक्षदर्शी नभएको कुरा निजहरूकै कागज र बकपत्रबाट पुष्टि भएको छ । प्रत्यक्षदर्शीका रूपमा नरहेका अन्य व्यक्तिहरूले अनुमान, आशंका र सम्भावनाको आधारमा गरेका कुराहरूलाई आधार मानी मलाई सजाय गरी भएको फैसला कानूनसङ्गत नभएकोले बदरभागी छ ।
अनुसन्धान अधिकारीका समक्ष गरेको बयान र ततिम्बा बयान बेहोरा मैले भनेबमोजिम लेखिएको होइन । प्रहरीले मलाई कुटपिट गरेर विभिन्न किसिमका धाक, धम्की दिई डर त्रासमा पारी पहिल्यै लेखी ल्याएको कागजमा जबरजस्ती सहीछाप गराएको हो । शारीरिक मानसिक यातना दिई अनुसन्धानमा गराइएको मेरो बयान र त्यही प्रकृतिबाट सहप्रतिवादी खिमबहादुर निउरेलाई गराइएको बयानलाई आधार मानी मलाई सजाय गर्न मिल्ने होइन । सर्वोच्च अदालत बुलेटिन २०६० पूर्णाङ्क २६० पृष्ठ १२ र विभिन्न समयमा नेपाल कानून पत्रिकामा प्रकाशित श्री सर्वोच्च अदालतबाट भएको व्याख्या एवम् प्रतिपादित सिद्धान्तले सहअभियुक्तको पोल स्वतन्त्र प्रमाणले पुष्टि हुनुपर्दछ भने अनुसन्धानको बयानलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म प्रमाणमा लिन मिल्दैन । मेरो राजीखुसी बिना गराइएको बयान र सोही प्रकृतिबाट सहप्रतिवादीलाई बनाइएको बयानसमेतलाई प्रमुख आधार मानी गरिएको फैसला न्यायिक छैन । उक्त फैसला त्रुटिपूर्ण भएकाले बदर गरिपाऊँ । मेराउपरको जाहेरी तथा अभियोगपत्र सबै झुठ्ठा हुन् । मैले मृतक जनकली वि.क.को कर्तव्य गरी हत्या गरेकी होइन । मेराउपर हुँदै नभएको कथित झुठ्ठा जाहेरी दिई सोही आधारमा पूर्वाग्रही भई अनुसन्धान गरी अभियोग लगाइएको छ भन्ने कुरा मिसिलबाट देखिइरहेको अवस्थामा मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फैसला मेरा हकमा न्यायपूर्ण छैन ।
दरमखोलामा मृतकको लास भेटिनुलाई मैले समेत कर्तव्य गरी मारेको भन्न मिल्दैन । निजको मृत्यु कसरी भयो भन्ने सन्दर्भमा म स्वयम् जानकार छैन । केवल झुठ्ठा जाहेरी दिएकै भरमा मलाई पक्रने तथा जबरजस्ती तयार पारिएको बयान कागजका आधारमा मलाई केवल सँगै गएको बसेको भन्ने एक मात्र आधारमा दोषी भन्न मिल्दैन । बरामदी सामानको मैले प्रयोग गरी मृतकलाई मारेको भन्ने परीक्षणबाट समेत पुष्टि भएको छैन । प्रतिवादीहरूउपरको कसुर प्रमाणित हुन यो यो प्रतिवादीहरूको यस्तो यस्तो संलग्नतामा यसरी वारदात हुन गएको हो भनी स्पष्ट रूपले देखिनुपर्दछ । सङ्कलित प्रमाणहरू एकआपसमा समर्थित रही शंकारहित देखिनुपर्दछ । यस्तो नदेखिई सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण देखिई प्रतिवादीहरूले कसुर गरेको हो भन्ने ठोस प्रमाणको अभाव भएमा कसुरदार ठहऱ्याउन मिल्दैन । विश्वासिलो अकाट्य प्रमाणको अभावमा अनुमान, आशंका र सम्भावना जस्ता मनोगत प्रमाणलाई मात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन भनी विभिन्न समयमा श्री सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भई हालसम्म अवलम्बन गरी आएको सन्दर्भमा बागलुङ जिल्ला अदालतबाट मिति २०७५/०५/०४ मा मलाई जन्मकैद हुने गरी भएको फैसलालाई सदर गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७६/०३/१८ को फैसला कानूनसङ्गत नभएको, प्रमाणको उचित विवेचना हुन नसकेको र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई अवलम्बन गर्न अस्वीकार गरिएको समेतका आधार कारणबाट म अन्यायमा परेको हुनाले उक्त त्रुटिपूर्ण फैसला बदर उल्टी गरी झुठ्ठा अभियोग दाबीबाट सफाइ दिलाई न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी निशा रेग्मी वि.क.ले यस अदालतमा गरेको पुनरावेदनपत्र जिकिर ।
प्रतिवादी खिमबहादुर निउरेले यस अदालतमा गरेको पुनरावेदनपत्र जिकिरः म पूर्णतः निर्दोष छु । मेराउपरका जाहेरी तथा अभियोगपत्र सबै झुठ्ठा हुन् । मैले मृतक जनकली वि.क.को कर्तव्य गरी हत्या गरेको होइन । मउपर जबरजस्ती करणीको झुठ्ठा अभियोगसमेत लगाईएको छ । अनुसन्धान र सोपश्चात् गरिएको अभियोजन नै पूर्वाग्रही र झुठ्ठासमेत देखिइरहेको अवस्थामा मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फ़ैसला मेरा हकमा न्यायपूर्ण छैन । म मिति २०७४/०६/२५मा दिनभर पूर्ण थापाको घरमा बसेर मादक पदार्थ रक्सी खाएको र घरमा गई साँझ खाना खाई छोरा बुहारी आफ्नो कोठामा सुत्न गएकोमा म मेरो घरमा रहेको पसलमा बसिरहेको समयमा निशा रेग्मी वि.क. र मृतक जनकली वि.क. मेरो पसलमा आई साँझ ७ बजेतिर दुई बोतल रक्सी लिएर कुखुरा काटेकाले मलाई आउन भनी गएका हुन् । म झाँक्री बोलाउन भनी गएकोमा नभेटिएको र बाटोमा जनकली वि.क.को घर पर्ने भएकोले तीन जना भई बसी रक्सी मासु खाएका हौं । रात परिसकेकोले मलाई घरमा जान डर लागेकाले निशा रेग्मी वि.क. र मृतक जनकली वि.क. मलाई छाड्न भनी गएकामा मेरो घरमा पुनः तीनैजना भई रातिको १२/०१ बजेसम्म रक्सी खाएका हौं । मलाई निशा र जनकलीले खाटमा लगेर सुताएका हुन् । २६ गते बिहान उठ्दा जनकलीलाई रक्सीले छोडेको थिएन र धङ्धङाउँदै धारोमा मुख धोई जनकली वि.क. मेरो घरबाट निस्की गएकी हुन् । म मेरो घरमा नै सुतिरहेको हुँ । निज मृतक जनकली वि.क.को घरमा जान खोला तर्नुपर्दछ । खोला तर्दा लडी मरी पानीमा परेकी हुन सक्छिन् ।
मृतक जनकलीको मृत्युमा मेरो कुनै संलग्नता नै छैन । २६ गते दिउँसो पनि घरमै साथीहरूसँगै रक्सी खाएको र साँझ घरमा नै सुतेको हुँ । सोको भोलिपल्ट विमला वि.क.आई आमा घरमा जानुभएको छैन भनेपछि थाहा पाएको हुँ । पछि खोलामा मृतक भेटिएको भनेको थाहा पाएकाले त्यहाँ जाँदा प्रहरीसमेत आइसकेका रहेछन् । अनुसन्धान अधिकारीका समक्ष गरेको बयान र ततिम्बा बयान बेहोरा मैले भनेको होइन । प्रहरीले मलाई कुटपिट गरेर तेरो छोरा बुहारी र श्रीमतीलाई मुद्दा लगाइदिन्छौं भनी मलाई डर, धाक, धम्की देखाई लेखिएको कागजमा जबरजस्ती सहीछाप गराएका हुन् । त्यस्तो अनुसन्धानमा गराइएको मेरो बयान र त्यही प्रकृतिबाट सहप्रतिवादी निशा रेग्मी वि.क.लाई गराइएको बयानलाई आधार मानी मलाई सजाय गर्न मिल्ने होइन ।
जाहेरवाली विमला वि.क.ले २०७४/६/२७ मा नै इलाका प्रहरी कार्यालय, गलकोट, बागलुङमा जाहेरी दिएकी छन् । त्यो जाहेरी दिँदा मसमेतले कर्तव्य गरेको भनी भन्न सकेकी छैनन् । केवल घटनाको छानबिन गरिपाउन माग गरेकी छन् । सोही दिन नै घटनास्थल तथा लास जाँच भएको छ । तत्काल मलाई शंकासम्म गर्न सकिएको छैन । तर तिनै जाहेरवालीले मिति २०७४/७/१०को मिति राखी जिल्ला प्रहरी कार्यालय, बागलुङमा दिएको जाहेरी मिती २०७४/७/१२ मा दर्ता भएको छ । उक्त पछिल्लो जाहेरीमा मेराउपर हुँदै नभएका झुठ्ठा कुराहरू उल्लेख गरी जाहेरी दिइएको छ । ती सबै जाहेरीका कुराहरू झुठ्ठा हुन् । प्रत्यक्षदर्शी नरहेकी जाहेरवालीले शंका र अनुमानका भरमा दिएको जाहेरीलाई प्रमाणमा लिन मिल्दैन । मेरा साक्षीहरू प्रेमबहादुर खत्री तथा जितबहादुर खत्रीले मेरो निर्दोषिता पुष्टि हुने गरी बकपत्र गरिदिनुभएको छ । सोको विस्तृत विवेचना नगरी जाहेरवालीको झुठ्ठा जाहेरीलाई मात्र विवेचना गरी गरिएको फैसलामा प्रमाणको उचित मूल्याङ्कन गर्न सकिएको छैन ।
मृतकको शव परीक्षण प्रतिवेदनमा एयकतm यचतझ मचयधलष्लन तचबगmबतष्अ दचबष्ल ष्लवगचथ चभकगतिष्लन ष्ल दचबष्ल भमझब, तचबगmबतष्अ दचबष्ल अयलअगककष्यल धष्तज उयकत अयलअगककष्खभ बउलभब बननचबखबतभम दथ बअियजय िचभकगतिष्लन ष्ल भितजब िचभकउष्चबतयचथ मभउचभककष्यल भनी उल्लेख भएको कुरा र शव परीक्षण गर्ने चिकित्सक डा. दिपेन्द्र प्रधानले मृतकको शव परीक्षण गरी हेर्दा पानीमा डुब्नुअगावै मरिसकेको भन्ने गरी भए गरेको बकपत्रलाई मेरा विरूद्धमा प्रमाणमा लिन मिल्दैन । डाक्टरले शव परीक्षण गरी सोको आधारमा दिएको प्रतिवेदन शंकास्पद रहेको छ । निजले बकपत्र गर्दा स.ज. ७ मा “मादक पदार्थको विषयमा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले दिएको हिष्ट्रीको आधारमा उल्लेख गरिएको हो भनी बकपत्र गर्नुभएको छ भने सोही बकपत्रको स.ज. १३ मा गरिएको जिरहको जवाफमा “प्रहरीले लिएर आएको कागजको जानकारीको आधारमा हिष्ट्री लेखिएको हो; निजहरूलाई मैले बोलाएर सोधेको होइन । प्रहरीले दिएको नाममा उहाँहरूको नाम उल्लेख भएको हुँदा मैले पनि उल्लेख गरेको हो” भनी बकपत्र गर्नुभएको छ । डाक्टरको शव परीक्षण प्रतिवेदन स्वयम्मा विवादास्पद रहेको अवस्थामा सोतर्फ उच्च अदालत पोखरा, बागलुङ इजलासबाट समेत कुनै विवेचना नै नगरी त्यस किसिमका मानिसले गरेको बकपत्रलाई मेरा विरूद्धमा आधार तर्क लिई मलाई समेत सजाय गर्ने गरी भएको फैसला प्रमाणको व्याख्या तथा विवेचनाको सन्दर्भमा गम्भीर त्रुटिपूर्ण भई बदरभागी छ ।
दरमखोलामा मृतकको लास भेटिनुलाई मैले समेत कर्तव्य गरी मारेको भन्न मिल्दैन । निज कसरी मरिन मलाई थाहा छैन । मैले निजलाई कर्तव्य गरी मारेको होइन । केवल झुट्ठा जाहेरी दिएकै भरमा मलाई पक्रने तथा जबरजस्ती तयार पारिएको बयान कागजमा सहीछाप गराउने गरी भएको कागजका आधारमा मसमेतलाई दोषी भन्न मिल्दैन । बरामदी मुचुल्कामा उल्लिखित सामानबारे मलाई अदालतमा बयान गराउँदा सो बरामदी समान को कसका हुन् कहाँबाट प्रहरीले ल्याए मलाई थाहा छैन भनी बयान गरेको छु । कहाँबाट ल्याई मलाई झुठ्ठा मुद्दामा फसाइएको हो । यसतर्फ त्रुटिपूर्ण तर्क गर्न मिल्ने होइन । मृतकको मृत्यु कसरी भयो मलाई थाहा छैन । निज रक्सीको सुरमा लडी खोलामा परी मरिन् वा अरू कसैको कुनै कर्तव्यबाट मरिन् म घरमा बसेको मानिसलाई थाहा हुने कुरा भएन । मबाट कर्तव्य भएको भनी मलाई जन्मकैदको सजाय गर्न मिल्ने होइन । तसर्थ, बागलुङ जिल्ला अदालतबाट मलाई जन्मकैदको सजाय गर्ने गरी मिति २०७५/०५/०४ मा भएको फैसला सदर गरी १२ वर्ष कैद कायम हुने गरी व्यक्त भएको सुरूको राय मनासिब देखिएन भनी श्री उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७६/०३/१८ मा भएको फैसला गर्दा लिइएका आधारहरू तथ्य, न्याय, कानून, नजिर र फौज्दारी न्यायका मान्य सिद्धान्तका विपरीत भई त्रुटिपूर्ण र अन्यायपूर्ण रहेकाले उक्त फैसलालाई बदर उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी खिमबहादुर निउरेले यस अदालतमा गरेको पुनरावेदनपत्र जिकिर ।
यस अदालतको आदेशः अदालतमा प्रतिवादी इन्कार रही बयान गरेको, जाहेरवालाले शंका र अनुमानको आधारमा जाहेरी दिएको, शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण यकिन रूपमा नखुलाई विरोधाभाषपूर्ण देखिएको अवस्थामा यी प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी दोषी ठहर गर्ने गरी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७६/०३/१८ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७८/११/०१ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न रहेका कागज प्रमाणहरू हेरी अध्ययन गरियो ।
पुनरावेदक / प्रतिवादी निशा रेग्मी वि.क.को तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जनले देहायबमोजिम बहस गर्नुभयोः–
प्रतिवादी निशा रेग्मी वि.क.ले अदालतमा बयान गर्दा सहप्रतिवादी खिमबहादुर निउरे र मृतक जनकली वि.क. सँगसँगै बसेर खाएको तथ्यलाई सम्म स्वीकार गरेको भए तापनि कसुरमा इन्कार रहेको अवस्था छ ।
जाहेरी दरखास्तलाई हेर्ने हो भने जाहेरवालाले मृतकको मृत्युको बारेमा छानबिन गरिपाउँ भनी दिएको जाहेरीको धेरै समयको अन्तरालपछि किटानी जाहेरी दिएको अवस्था रहेको छ भने यी प्रतिवादीले मृतक जनकली वि.क.लाई मार्नुपर्नेसम्मको कारण उल्लेख भएको देखिँदैन ।
मृतकले अत्यधिक रक्सी सेवन गरी हिँड्नु नै मृत्युको कारण देखिन्छ ।
यी प्रतिवादीलाई अनुसन्धानको क्रममा जबरजस्ती ढङ्गले गराईएको साबिती बयान मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको अवस्था छैन ।
घटना विवरण कागज गर्ने मानिसहरूले देखेको आधारमा नभई सुनेको आधारमा कागज गरिदिएको र सोही आधारमा बकपत्र गरिदिएको अवस्था रहेकोले त्यस्तो सुनी जान्ने प्रमाण अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन ।
प्रतिवादी निशा रेग्मी वि.क. मृतक जनकली वि.क.लाई कर्तव्य गरी मार्नमा संलग्न रहेको भन्ने कुरा मिसिल संलग्न तथ्य र प्रमाणबाट पुष्टि हुन सकेको अवस्था नदेखिँदा निज प्रतिवादीको हकमा सुरू बागलुङ जिल्ला अदालतले कसुरदार ठहर गरी कैद सजाय गर्ने गरी गरेको फैसलालाई सदर गर्ने गरी गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला मिसिल संलग्न तथ्य र प्रमाणको समुचित मूल्याङ्कन नगरी भएको त्रुटिपूर्ण फैसला देखिँदा सो फैसला उल्टी गरी निज प्रतिवादी निशा रेग्मी वि.क.लाई आरोपित कसुरबाट सफाइ हुनुपर्दछ ।
त्यसैगरी, पुनरावेदक / प्रतिवावादी खिमबहादुर निउरेका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री विनोद कार्कीले देहायबमोजिमको बहस प्रस्तुत गर्नुभयोः–
मृतक जनकली वि.क.को लास दरमखोलामा पाइएको छ । निज मृतकले अत्यधिक मात्रामा सेवन गरेको रक्सीको नसा लागिरहेको अवस्थामा निज आफ्नो घर/पसलबाट दरमखोलाको बाटो गरी निजको घरतर्फ जाँदै गरेको अवस्थामा लडेर खोलामा खसी मृत्यु भएको हुनसक्छ भन्ने प्रतिवादी खिमबहादुर निउरेको भनाइ रहेको छ । शव परीक्षण प्रतिवेदनबाट समेत मृतकले प्रसस्त मात्रामा रक्सी सेवन गरेको भन्ने देखिएको छ ।
पहिलोपटक मिति २०७४/०६/२७ मा दिएको जाहेरी किटानी जाहेरी नभई मृतकको मृत्युको बारेमा छानबिन गरिपाउँ भनी दिएको देखिन्छ भने मृतक जनकली वि.क., प्रतिवादी खिमबहादुर निउरे र प्रतिवादी निशा रेग्मी सँगै बसेर रक्सी मासु खाएको र खिमबहादुर निउरेलाई निजको घरमा पुर्याउन आई त्यहीँ बास बसेको आधारमा जाहेरवालीले शंकाको भरमा वारदात भएको धेरै समयको अन्तरालपछि सोचविचार गरी (बतभच त्जयगनजत) प्रतिवादीहरूउपर दिएको किटानी जाहेरीको आधारमा कसुर कायम गर्न र सजाय गर्न मिल्दैन ।
प्रतिवादी खिमबहादुर निउरेले मृतकसँग निजको घरमा सँगै बसेर रक्सी मासु खाएको र आफूलाई रक्सी लागेकोले पुर्याउन आएका मृतक जनकली वि.क. र सहप्रतिवादी निशा रेग्मी वि.क. रातको समयमा फर्किन नसकी आफ्नै घर पसलमा सुती भोलिपल्ट बिहानै उठी निजहरूको घरतर्फ जाने बाटोमा लागेको भन्नेसम्मको तथ्यलाई अदालतसमक्ष बयान गर्दासमेत स्वीकार गरेको भए तापनि आरोपित कसुरमा इन्कार रहेको अवस्था छ ।
अनुसन्धानको क्रममा भएको प्रतिवादी खिमबहादुर निउरेको साबिती बयान निजलाई डर, धाक, धम्की दिई गराइएको भन्ने निजको कथन रहेको र सो साबिती लाई पुष्टि गर्ने अन्य स्वतन्त्र प्रमाण नभएकोले त्यस्तो साबितीलाई प्रमाणको रूपमा ग्रहण गरी निज प्रतिवादीलाई कसुरदार कायम गरी सजाय गर्न मिल्दैन ।
प्रस्तुत मुद्दामा वादी पक्षले प्रमाणको रूपमा प्रस्तुत गरेका कुनै पनि साक्षी चश्मदिद वा प्रत्यक्षदर्शी नभई सुनिजान्ने मानिस भएकाले निजहरूको भनाइ अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन ।
शव परीक्षण प्रतिवेदनमा विशेषज्ञको रायमा मृत्युको कारणमा बढी सम्भावना मृत्युपछि डुबेको हुनसक्ने (ःयकत उचयदबदथि ब अबकभ या उयकतmयचतझ मचयधलष्लन) भनिएको छ भने शव परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञले अदालतमा बकपत्र गर्दासमेत सो कुरालाई अन्यथा भन्न सकेका छैनन् । सम्भावना भनी दिएको रायको आधारमा कर्तव्य ज्यान जस्तो जघन्य कसुरमा सजाय गर्न मिल्दैन । शव परीक्षण प्रतिवेदन र प्रतिवेदन दिने विशेषज्ञ डाक्टरको बकपत्र नै विरोधाभाषपूर्ण रहेकाले त्यसलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन ।
प्रस्तुत मुद्दाको जरिया जबरजस्ती करणी हो । जबरजस्ती करणी नै ठहर नभएपछि कर्तव्य ज्यान ठहर हुन सक्दैन ।
सुरू जिल्ला अदालतले यी प्रतिवादीलाई जन्मकैदको सजाय गरी निजको उमेर अवस्थासमेतलाई मध्यनजर गरी मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम घटी कैद सजाय गर्ने गरी व्यक्त गरेको रायलाई सदर गर्न उच्च अदालतले इन्कार गरेको छ । जबकि समान आधार (भ्त्रगब िँययतष्लन) मा प्रतिवादी निशा रेग्मी वि.क.को हकमा व्यक्त गरिएको रायलाई मनासिब मानी सदर गरिएको छ । जुन कुरा कानूनको समान संरक्षणको सिद्धान्त (भ्त्रगब िएचयतभअतष्यल या बिध) को विपरीत रहेको छ ।
यसरी प्रतिवादी खिमबहादुर निउरेउपरको अभियोग दाबी गढाउ हुनसक्ने तथ्ययुक्त प्रमाण नहुँदासमेत निज प्रतिवादीलाई कसुरदार कायम गरी जन्म कैदको सजाय गर्ने गरेको सुरू बागलुङ जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसलामा तथ्य र प्रमाणको यथोचित मूल्याङ्कन हुन नसकी त्रुटिपूर्ण देखिँदा सो फैसला उल्टी गरी निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिनुपर्दछ ।
साथै, प्रत्यर्थी/वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विनोद श्रेष्ठले देहायबमोजिमको बहस प्रस्तुत गर्नुभयोः–
मृतक जनकली वि.क.की छोरी जाहेरवाला विमला वि.क.ले आफ्नो आमाको लास दरमखोलामा भेटिनासाथ नजिकको प्रहरी कार्यालयमा मृत्युको बारेमा छानबिन गरिपाउँ भनी जाहेरी दिई लास बुझी सत्गत गरी काजक्रिया सकेपछि किटानी जाहेरी दिएको अवस्था रहेकोले त्यसलाई सोच विचार गरिदिएको जाहेरी भन्न मिल्दैन ।
प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.लाई प्रहार गर्न प्रयोग गरेको चक्कु निज प्रतिवादीको घर पसलबाट बरामद भई सोलाई प्रतिवादीहरूले सनाखत गरेको अवस्था छ भने मृतकले लगाएको चप्पलसमेत सोही घर पसलबाटै बरामद भई सोलाई प्रतिवादीहरू र जाहेरवालासमेतले सनाखत गरेको अवस्था छ ।
अनुसन्धानको क्रममा घटना विवरण कागज गर्ने मन कुमारी परियारले अदालतमा बकपत्र गर्दा वारदातका बारेमा आफूले निज प्रतिवादीहरूलाई सोधपुछ गर्दा दुवैजनाले वारदातलाई स्वीकार गरेको भनी बकपत्र गरिदिएको अवस्था छ ।
अनुसन्धानको क्रममा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान स्वेच्छाले स्वतःस्फूर्त रूपमा गरेको पुष्टि हुन आएको छ । यदि सो बयान डर, धाक, धम्की वा दबाब दिई गराएको भए प्रतिवादीलाई जबरजस्ती करणीतर्फ पनि साबित गराउन सक्ने हुन्थ्यो । सो बयान शव परीक्षण प्रतिवेदनसमेतबाट समर्थित छ भने सो बयानलाई अन्यथा पुष्टि गर्ने प्रमाणसमेत प्रतिवादीहरूले पेस गर्न सकेको अवस्था छैन ।
यसरी प्रतिवादीहरूले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारी दरमखोलामा लगी फालेको पुष्टि हुन आएकोले निजहरूको पुनरावेदन जिकिरबमोजिम निजहरूलाई सफाइ हुनुपर्ने होइन । निज प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७६/०३/१८को फैसला सदर हुनुपर्दछ ।
यसमा, यी प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क. तथा मृतक जनकली मिति २०७६/०६/२५ का राति मृतक जनकली वि.क.को घरमा बसी रक्सी र मासु खाएपछि रक्सीको नशा लागेका प्रतिवादी खिमबहादुर निउरेलाई पुर्याउन निजको घर/पसलमा आई तीनै जना त्यहीँ बसी पुनः रक्सीसमेत खाई सोही घर पसलमा अलग अलग खाटमा रहेका विस्तारामा निज प्रतिवादी एक्लै तथा प्रतिवादी निशा रेग्मी वि.क. र मृतक जनकली वि.क. सँगै सुतिरहेको अवस्थामा प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.समेतलाई करणी गरेको र पुनः अप्राकृतिक करणी गर्न खोज्दा निज जनकली वि.क.ले प्रतिकार गरेकीले सो रात गरेको करणीका गोप्य कुरा निज जनकली वि.क.बाट बाहिर आउने ठानी निजलाई मारौँ भन्ने मनसाय लिई प्रतिवादीमध्येका खिमबहादुर निउरेले आफ्नो पसलमा रहेको फलामको धारिलो चक्कु ल्याई प्रतिवादी निशा रेग्मी वि.क.ले जनकली वि.क.को पछाडिबाट हात समाती मार्नलाई सजिलो पारिदिई खिमबहादुर निउरेले सोही चक्कुले टाउको तथा अन्य भागमा प्रहार गरी पल्टाई कर्तव्य गरी मारी दुवैजनाले सोही कोठामा रहेको कपडा (तन्नाले) पोको पारी सोही राति नै कोही कसैले नदेख्ने गरी प्रतिवादी खिमबहादुर निउरेको घरदेखि केही तल रहेको दरमखोलामा लगी फालेकोले सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.अनुसारको कसुर भएको हुँदा निज प्रतिवादी खिमबहादुर निउरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजाय हुन तथा प्रतिवादी खिमबहादुर निउरेले चक्कु हान्ने समयमा प्रतिवादी निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.का हात पछाडिबाट समाती चल्न चल्बलाउन नदिई मार्नलाई संयोग पारिदिएकी हुँदा निज प्रतिवादी निशा रेग्मी वि.क.ले गरेको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं.अनुसारको कसुर भएको हुँदा निज प्रतिवादी निशा रेग्मी वि.क.लाई सोही १३(४) नं.बमोजिम सजाय गरिपाऊँ । साथै प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.लाई मार्नुभन्दा पहिला जबरजस्ती करणी गरेको समेत पुष्टि हुन आएकोले निज प्रतिवादी खिमबहादुर निउरेलाई ऐ. जबरजस्ती करणीको महलको १ नं. विपरीत ३(५) नं.अनुसार जबरजस्ती करणीको कसुरमा सोही ३(५) नं.बमोजिमसमेत सजाय गरी निज प्रतिवादीबाट सोही महलको १० नं. तथा १०ग नं.बमोजिम पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ ।
उपर्युक्तानुसारको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी खिमबहादुर निउरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. को कसुरमा सोही नं. तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) तथा केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा दफा ३९ (२) (ख) को व्यवस्थाबमोजिम समेत जन्म कैद (२० वर्ष) को सजाय हुने तर जबरजस्ती करणीतर्फसमेत सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी पुग्न नसक्ने ठहर गरी निज प्रतिवादीको हकमा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १८८ नं.बमोजिम १२ (बाह्र) वर्ष मात्र कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त राय तथा प्रतिवादी निशा रेग्मी वि.क.लाई उक्त ज्यानसम्बन्धी महलको १३(४) नं.अनुसारको कसुरमा सोही १३(४) नं.बमोजिम जन्म कैद (२० वर्ष) को सजाय ठहर गरी उक्त १८८ नं.बमोजिम १० (दश) वर्ष मात्र कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त रायसहितको सुरू बागलुङ जिल्ला अदालतबाट मिति २०७५/०५/०४ मा भएको फैसलामा प्रतिवादी खिमबहादुर निउरेलाई जबरजस्ती करणीको कसुरतर्फ सफाइ दिएको हदसम्म वादी नेपाल सरकार र आफूलाई कर्तव्य ज्यानको कसुरमा कसुरदार ठहर गरी सजाय गरेको हदसम्म प्रतिवादी खिमबहादुर निउरेको चित्त नबुझी सो फैसलाउपर उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दर्ता भई पुनरावेदनको रोहबाट र प्रतिवादी निशा रेग्मी वि.क.को सो फैसलाउपर पुनरावेदन नपरेकोले निजको हकमा साधक जाँचको लागि दर्ता भई साधकको रोहबाट पेस भई मिति २०७६/०३/१८ मा फैसला भएको देखिन्छ । उक्त उच्च अदालत पोखरा, बागलुङ इजलासबाट फैसला हुँदा प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.लाई सुरू बागलुङ जिल्ला अदालतबाट जन्म कैद (२० वर्ष) को सजाय हुने गरी भएको फैसला सदर हुने; अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर र आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी खिमबहादुर निउरेको पुनरावेदन जिकिर पुग्न नसक्ने तथा अ.बं. १८८ नं.बमोजिम प्रतिवादी खिमबहादुर निउरेको हकमा १२ (बाह्र) वर्ष मात्र कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त भएको सुरू अदालतको राय मनासिब नदेखिने र प्रतिवादी निशा रेग्मी वि.क.को हकमा १० (दश) वर्ष मात्र कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त भएको सुरू अदालतको राय मनासिब देखिने भनी ठहर भएको फैसलाउपर चित्त नबुझी प्रतिवादीहरू निशा रेग्मी वि.क. र खिमबहादुर निउरेको यस अदालतमा पुनरावेदन परेको र वादी नेपाल सरकारले सो फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको देखियो । पुनरावेदक प्रतिवादीहरूले आफूहरू निर्दोष भएकोले आरोपित कसुरबाट सफाइ पाउँ भन्ने जिकिर लिई यस अदालतमा दायर गरेको उक्त पुनरावेदन इजलाससमक्ष पेस हुँदा उच्च अदालत, पोखरा बागलुङ इजलासबाट मिति २०७६/०३/१८ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रत्यर्थी वादी नेपाल सरकारको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको जानकारी दिई पेस गर्नु भनी यस अदालतबाट मिति २०७८/११/०१ मा भएको आदेशबमोजिम वादी नेपाल सरकारसमेतको प्रतिनिधित्व भई प्रस्तुत मुद्दा सुनुवाइको लागि पेस हुन आएको देखियो ।
उपर्युक्तानुसारको तथ्य र पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू एवम् प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले उपर्युक्तानुसार गर्नुभएको तर्कपूर्ण बहस जिकिर सुनी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भन्ने प्रश्नको निरूपण गरी निर्णय दिनुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा मूलतः पुनरावेदक प्रतिवादीहरू दुवै जनाले आफूहरूले आरोपित कसुर नगरेको हुँदा आफूहरूलाई सजाय गर्ने गरी सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला तथ्य र प्रमाणको समुचित विवेचना एवम् मूल्याङ्कन नगरी भएकोले सो फैसलालाई उल्टी गरी आरोपित कसुरबाट सफाइ पाउँ भनी यस अदालतमा दायर गरेको पुनरावेदनपत्रमा जिकिर लिएको पाइन्छ । प्रतिवादीहरूले लिएको उक्त जिकिरलाई सम्बोधन गरी न्याय निरूपण गर्नुपर्ने भएकाले प्रतिवादीहरूले अभियोग मागदाबीबमोजिमको आरोपित कसुर गरेका हुन् वा होइनन् भन्ने मूल प्रश्नतर्फ केन्द्रित रही हेर्दा प्रस्तुत मुद्दाको उठान वा अनुसन्धानको सुरूवात दरम खोलामा मृतक जनकली वि.क.को लास भेटिएपछि निज मृतककी छोरी जाहेरवाली विमला वि.क.ले आफ्नो आमाको मृत्युको घटना सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गरिपाउँ भनी मिति २०७४/०६/२७ मा इलाका प्रहरी कार्यालय, गलकोट, बागलुङमा दिएको प्रारम्भिक जाहेरी दर्खास्तबाट भएको देखिन्छ । सोही मितिमा मृतक जनकली वि.क.को शव भेटिएको स्थान दरमखोलामा घटनास्थल/लास जाँच मुचुल्का हुनुको साथै गलकोट प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट, बागलुङबाट मृतकको शव परीक्षण भएपछि मृतकको शव सत्गतको लागि जाहेरवाली विमला वि.क.लाई बुझाएको मिसिल संलग्न कागजातबाट देखिन्छ । तत्पश्चात् उक्त गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्राप्त मिति २०७४/०६/३० को शव परीक्षण प्रतिवेदनसहितका कागजातहरूसमेत आवश्यक कारबाहीको लागि भनी इलाका प्रहरी कार्यालय, गलकोटले च.नं. १३४ मिति २०७४/०७/०७ को पत्रसाथ जिल्ला प्रहरी कार्यालय, बागलुङमा पठाएकोमा मिति २०७४/०७/१० मा जिल्ला प्रहरी कार्यालय, बागलुङबाट प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.को नाममा पक्राउ पुर्जी जारी भई सोही मितिमा निज प्रतिवादीहरूलाई पक्राउ गरी थुनुवा पुर्जीसमेत दिई निज प्रतिवादीहरूउपर अनुसन्धान कार्य सुरू भएको अवस्थामा जाहेरवाली विमला वि.क.ले यी प्रतिवादीहरूले आफ्नो आमालाई मिति २०७५/०६/२५ का राति आफ्नो घरबाट प्रतिवादी खिमबहादुर निउरेको घरमा लगी गएकोमा सोही राति कर्तव्य गरी मारी दरम खोलामा लगी फालेको खुल्न बुझिन आएकोले निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउन मृतक आमाको शव बुझी दाहसंस्कार एवम् काजक्रिया सम्पन्न गरी जाहेरी दिन आएको भनी मिति २०७४/०७/१२ मा जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी बेहोराको जाहेरी दिएको देखियो ।
३. जाहेरवाली विमला वि.क.ले मिति २०७६/०६/२७ मा इलाका प्रहरी कार्यालय, गलकोट, बागलुङमा दिएको जाहेरी दरखास्तमा मिति २०७६/०६/२७ का राति आफूसमेत आफ्नो घरमा बसिरहेको अवस्थामा प्रतिवादी खिमबहादुर निउरे मादक पदार्थ सेवन गरी आई आफूलाई रक्सी लागेकोले आफ्नो घरमा पुर्याइदिन भनेकोले आफ्नो आमा र छिमेकी अन्टी नाता पर्ने प्रतिवादी निशा वि.क.समेत भई खिमबहादुर निउरेलाई पुर्याउन निजको घरमा गएकोमा त्यहीँ बसी भोलिपल्ट बिहान निशा रेग्मी घरमा आएपछि ८ बजेको समयमा आफ्नो आमा खोई भनी सोध्दा तिमी जाउ म पछि आउँछु भनेकी छन् भन्ने जवाफ दिएकीमा आफ्नो आमा घरमा नआएपछि आफन्त तथा जंगलमा समेत खोजतलास गर्दा फेला नपरेकोमा मिति २०७४/०६/२७ मा दरम खोलामा मृत लास फेला परेको हुँदा घटनाको छानबिन गरी आवश्यक कारबाही गरिपाउँ भनी प्रारम्भिक रूपमा मृत्युको घटनाको बारेमा छानबिन गर्न माग गरेको देखिन्छ ।
४. त्यस्तै जाहेरवाली विमला वि.क.ले आफ्नी मृतक आमाको लास बुझी सतगत एवम् काजक्रिया सम्पन्न गरिसकेपछि यी प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.उपर दिएको मिति २०७४/०७/१२ को किटानी जाहेरी दरखास्तमा छानबिन गरिपाउँ भनी पहिले दिएको जाहेरी दरखास्तमा उल्लिखित तथ्यगत सूचनाको अन्तरवस्तुसँग फरक नपर्ने गरी सिलसिलेवार रूपमा जाहेरी बेहोरा लेखाएको देखिन आएको छ । उक्त किटानी जाहेरी दरखास्तमा मिति २०७४/०६/२५ का साँझमा आफ्नो घरमा आफ्नो आमा र प्रतिवादी निशा रेग्मी वि.क. खानपान गरी बसिरहेको अवस्थामा राति ९ बजेतिर प्रतिवादी खिमबहादुर निउरे मदिरा सेवन गरेको अवस्थामा आई रक्सी मागेकोमा आमाले एक गिलास रक्सी दिएकोमा खाइसकेपछि निजले आफूलाई रक्सी लागेकोले आफ्नो घरसम्म पुर्याइदेउ; श्रीमती तातोपानी डुब्न गएकीले घरमा नभएकी र छोरा बुहारीहरू माथिल्लो घरमा सुत्न जाने हुँदा घरको दोकानमा बसी रक्सी खाउँला रमाइलो गरौंला भनेकोमा आफ्नो आमाले जान्न भन्दासमेत प्रतिवादी निशा रेग्मी वि.क.ले फकाइ निज खिमबहादुर निउरेको दोकानमा लगी गएकोमा मिति २०७४/०६/२६ का बिहान निशा रेग्मी वि.क.ले आफ्नो आमाले बोक्ने कालो रङ्गको मोबाइल ल्याई आफूलाई दिएकीले आमा खोई भनी सोध्दा आउँछिन् भन्दै नबोली गएकीमा आमा नआएपछि खोज्नको लागि भाइलाई खिमबहादुर निउरेको घरमा पठाउँदा निजले यहाँबाट गएकी छिन् आउँछिन् भनी पठाएकोमा दिउँसोसम्म पनि आमा नआएपछि दिउँसो २.३० बजेतिर आफ्नो भाइ खिमबहादुर निउरेको घरमा गई आमालाई कहाँ लैजानुभयो भनी निजसँग सोध्दा थाहा छैन भनेको हुँदा निज खिमबहादुर निउरे र निशा रेग्मी वि. क. दुवैजनाको योजना, तयारी र मिलेमतोमा आफ्नो घरबाट आमालाई फकाइ लगी रक्सी खाई खुवाई जबरजस्ती करणीसमेत गरी धारिलो हतियारले हानी हत्या गरी निज खिमबहादुर निउरेको छोरा सुमन निउरे तथा निजको श्रीमतीसमेतको सहयोगमा दरमखोलामा लगी फालेको बुझिन आएको छ । निज खिमबहादुर निउरेले पहिले निशा रेग्मी वि.क.सँग अनैतिक काम गरेपछि आफ्नो आमासँग अनैतिक सम्बन्ध राखी अप्राकृतिक करणी गर्न खोज्दा आफ्नो आमाले नमानेको कारण झगडा भई निज खिमबहादुर निउरेले आफ्नो आमालाई कुटपिट गरी दोकानमा राखेको धारिलो हतियार चक्कुले टाउकोमा हानी कर्तव्य गरी मारी दरमखोलामा लगी फालेकोले निज प्रतिवादीहरूसमेतलाई कारबाही गरिपाउँ भन्ने बेहोरा उल्लेख भएको पाइन्छ । उक्त जाहेरी दरखास्तमा अपराध गर्ने व्यक्तिको नाम, थर, वतनमा यी प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.को मात्र विवरण उल्लेख गरी जाहेरी दरखास्तको पेटबोलीमा प्रतिवादी खिमबहादुर निउरेका छोरा सुमन निउरे र निजकी श्रीमतीसमेतको सहयोगमा मृतकलाई दरमखोलामा लगी फालेकोले निजहरूलाई समेत कारबाही गरिपाउँ भनी उल्लेख भएको देखिन्छ । जाहेरवालीले कारबाही गरिपाउँ भनी जाहेरी दरखास्तको पेटबोलीमा लेखिएका सुमन निउरे तथा पुष्पा निउरेउपर अनुसन्धान अधिकारीले निजहरूलाई सोधपुछ गर्ने वा घटना विवरण कागज गराउनेसमेतको कुनै अनुसन्धानमूलक कार्य गरेको देखिएको छैन भने जाहेरवालीले अनुसन्धान अधिकृतसमक्ष मिति २०४४/०७/२९ मा गरेको घटना विवरण कागजमा आफ्नो आमाको कर्तव्य गरी मारी दरम खोलामा लगी फाल्नमा प्रतिवादी खिमबहादुर निउरेका छोरा सुमन निउरे तथा निजकी श्रीमती पुष्पा निउरेसमेतको सहयोग रहेको भनी तत्काल शोकाकुल एवम् भावविह्वल अवस्थामा जाहेरी दरखास्तमा लेखाए तापनि पछि वारदात सम्बन्धमा बुझ्दै जाँदा निज सुमन निउरे तथा पुष्पा निउरेको संलग्नता नदेखिएको भनी कागज गरिदिएको देखिएबाट सोही आधारमा निजहरूउपर कुनै अनुसन्धान कार्य नभएको रहेछ भनी मान्नुपर्ने देखिन आयो ।
५. मृतक जनकली वि.क.को शव दरमखोलामा भेटिएपछि तत्काल जाहेरवालीले आफ्नो आमाको मृत्युको बारेमा छानबिन गरिपाउँ भनी प्रारम्भिक रूपमा दिएको जाहेरी दरखास्त र पछि दिएको किटानी जाहेरी दरखास्तमा उल्लिखित तथ्यगत बेहोरामा कुनै तात्त्िवक अन्तर देखिएको छैन भने बेहोरासमेत सिलसिलेवार रूपमा लेखिएको देखिन्छ । घटनास्थल/लासजाँच मुचुल्काबाट मृतकको लास दरमखोलाको बिच भागमा ढुङ्गाले अड्याएर टाउकोको भाग पानीमा पूर्वतर्फ तथा पेट र खुट्टाको भाग पानी बाहिर पश्चिमतर्फ भई उत्तानो अवस्थामा रहेको, निज मृतकको नाकको डाँडीमा कोतरिएको खत रहेको, आँखाको तल्लो भाग सुन्निएको र निलडाम रहेको तथा निधारको सिउँदोको भागमा १ इन्च लामो १/२ इन्च गहिरो नयाँ घाउ खत रहेको भन्ने देखिन आएको छ । उक्त मुचुल्कामा मृतकको लास उक्त खोलामा रहेको मृतकको घरतर्फ जाने बाटो वा मृतकको घरतर्फ जानको लागि खोला तर्नुपर्ने स्थान वा सो बाटो वा खोला तर्नुपर्ने स्थानको आसपासमा रहेको भन्ने केही पनि उल्लेख नभएको देखिएबाट प्रतिवादी खिमबहादुर निउरेले जिकिर लिएजस्तो मृतक जनकली वि.क.को मृत्यु खोला तर्दा वा खोलाको बाटो हिँड्दा चिप्लिएर वा लडेर भएको हुनसक्छ भनी अनुमान गर्न वा निष्कर्ष निकाल्न सकिने स्थिति रहेन ।
६. त्यसै गरी मिसिल संलग्न रहेको मिति २०७६/०६/३० को शव परीक्षण प्रतिवेदनमा प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क. तथा जाहेरवाली विमला वि.क.लाई जानकारीको स्रोत उल्लेख गर्दै “मृतकले यी प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.सँगै मिति २०७४/०६/२५ को राति अबेरसम्म प्रसस्त मात्रामा मादक पदार्थ रक्सी सेवन गरेको त्यसपछि निज हराएको र मिति २०७४/०६/२७ का बिहान करिब ९ः०० बजेको समयमा दरमखोलाको बिच भागमा निजको मृत शरीर भेटिएको” भनी उल्लेख भएको तथ्य यी प्रतिवादीहरूले अनुसन्धानको क्रममा एवम् अदालतसमक्ष गरेको बयान तथा जाहेरवाली विमला वि.क.ले जाहेरी दरखास्तमा उल्लेख गरेको तथा अदालतसमक्ष बकपत्र गर्दा उल्लेख गरेको तथ्यसँग सारतः मेल खाएको देखिन्छ ।
७. साथै उक्त शव परीक्षण प्रतिवेदनको भ्ह्त्भ्च्ल्ब्ी भ्ह्ब्ःक्ष्ल्ब्त्क्ष्इल् (न्भलभचब िइदकभचखबतष्यल या तजभ मभबम दयमथ) मा “निधारको मध्य भागमा खप्पर र छालाको बिचमा रहेको मासु नै देखिने गरी ३ से.मि. लम्बाइ र १.५ से.मि. गहिराइ भएको रेखात्मक आकारमा काटिएको घाउचोट रहेको; दायाँ आँखाको तल्लो ढकनीको तलपट्टि निलडाम र सुन्निएको तथा नाकको डाँडीमा कोतरिएको घाउचोट रहेको (…क्ष्लवगचष्भकः– १. ब् ष्लिभबच अगत ष्लवगचथ बदयगत ३ अm ष्ल भिलनतज ७ १.५ अm ष्ल मभउतज उचभकभलत यखभचm ष्ममभि ायचभजभबम भहउयकष्लन कअबउि. २. द्यचगष्कभ ७ कधभििष्लन उचभकभलत दभयिध चष्नजत यिधभच भथभ ष्मि. ३. ब्दचबकष्यल उचभकभलत यखभच मयचकगm या तजभ लयकभ)” भन्नेसमेतको बेहोरा उल्लेख भएको; क्ष्ल्त्भ्च्ल्ब्ी भ्ह्ब्ःक्ष्ल्ब्त्क्ष्इल् मा “निधारको मध्य भागमा खप्पर र छालाको बिचमा रहेको मासु नै देखिने गरी ३ से.मि. लम्बाइ र १.५ से.मि. गहिराई भएको रेखात्मक आकारमा काटिएको घाउचोट रहेको (ष्लिभबच अगत ष्लवगचथ (३ अm भिलनतज ७ १.५ अm मभउतज) यखभचm ष्म ायचभजभबम भहउयकष्लन कअबउि); फोक्सोमा पानी नरहेको र फोक्सो जति फुल्नुपर्ने हो त्योभन्दा बढी फुलेको समेत नदेखिएको (ल्य धबतभच–यिननभम गिलनक, ल्य जथउभच भहउबलकष्यल या तजभ गिलनक); पेट र आन्द्रामा पानी रहेको नदेखिएको (ल्य उचभकभलअभ या धबतभच ष्ल तजभ कतयmबअज यच ष्लतभकतष्लभ)” भन्नेसमेतको बेहोरा उल्लेख भएको तथा इउष्लष्यल यल अबगकभ या मभबतज मा “एकदमै बढी सम्भावना मृत्युपछि डुबेको (ःयकत उचयदबदथि ब अबकभ या उयकतmयचतझ मचयधलष्लन); टाउकोमा लागेको घातक चोटका कारण मस्तिष्कमा सुन्निएको (त्चबगmबतष्अ दचबष्ल ष्लवगचथ चभकगतिष्लन ष्ल दचबष्ल भमझब); र टाउकोमा लागेको घातक चोटका कारण मस्तिष्क सुन्निन गई त्यसैको शृङ्खलामा अस्थायी रूपमा मस्तिष्कले कुनै काम गर्न नसकेको (द्यचबष्ल ऋयलअगककष्यल) अवस्थामा मस्तिष्कमा स्थित श्वास–प्रश्वास नियन्त्रण केन्द्रले क्षणिक रूपमा काम नगर्ने अवस्था (एयकत ऋयलअगककष्खभ ब्उलभब) मदिरा सेवनको कारणबाट झनै बढ्न गएको (त्चबगmबतष्अ दचबष्ल अयलअगककष्यल धष्तज उयकत अयलकगककष्खभ बउलभब बननचबखबतभम दथ बअियजय िचभकगतिष्लन ष्ल भितजब िचभकउष्चबतयचथ मभउचभककष्यल)” भन्ने बेहोरा उल्लेख भई मृत्युको मुख्य कारण टाउकोमा लागेको घातक चोट भएको भन्ने देखिन्छ ।
८. उक्त शव परीक्षण प्रतिवेदनको समग्र रूपमा अध्ययन गर्दा मृतकको फोक्सोमा पानी नरहेको र फोक्सो जति फुल्नुपर्ने हो त्योभन्दा बढी फुलेको समेत नदेखिएको एवम् मृतकको पेट र आन्द्रामा पानी रहेको नदेखिएकोले मृतकको मृत्यु पानीमा डुबेर भएको भन्न सकिने स्थिति देखिँदैन भने मृतकको टाउको स्थित निधारको मध्य भागमा रेखात्मक आकारमा काटिएको घातक घाउचोटका कारण मस्तिष्क सुन्निन गई (त्चबगmबतष्अ दचबष्ल ष्लवगचथ चभकगतिष्लन ष्ल दचबष्ल भमझब) मस्तिष्कले काम गर्न नसकेको कारणबाट मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आएको छ । घटनास्थल / लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, तथा प्रतिवादीहरूले मौकामा गरेको साबिती बयान बेहोराबाट समेत मृतक जनकली वि.क.लाई मृत्युपश्चात् खोलामा लगी निजको शरीरलाई ढुङ्गाले अडेससमेत लगाई निजको टाउको खोलाको पानीमा डुब्ने गरी उत्तानो अवस्थामा राखिएको भन्ने तथ्यसमेत स्पष्ट रूपमा स्थापित हुन आएको छ ।
९. जहाँसम्म मृतक जनकली वि.क.को शव परीक्षण प्रतिवेदनमा उल्लिखित “एकदमै बढी सम्भावना मृत्युपछि डुबेको (ःयकत उचयदबदथि ब अबकभ या उयकतmयचतझ मचयधलष्लन) …” भनी शव परीक्षण गर्ने विशेषज्ञले मृत्युको कारण सम्बन्धमा दिएको राय (इउष्लष्यल यल अबगकभ या मभबतज) सम्भावनाको आधारमा दिएको हुँदा त्यस्तो रायलाई प्रमाणको रूपमा ग्रहण गर्नु हुँदैन भनी प्रतिवादीहरूले लिएको पुनरावेदन जिकिर तथा विद्वान् कानून व्यवसायीहरूले लिएको बहस जिकिर छ सोका सम्बन्धमा हेर्दा मृतक जनकली वि.क.को शव परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञ डाक्टरको बकपत्र हेर्दा “कुनै पनि शव पानीबाट बरामद भइसकेपछि डुब्नुअगावै मरिसकेको (एयकत :यचतझ म्चयधलष्लन) अथवा डुबेर मरेको (ब्लतभ :यचतझ म्चयधलष्लन) भनेर छुट्टाउनुपर्नेमा मृतकको शव परीक्षण गरी हेर्दा पानीमा डुब्नुअगावै मरिसकेको देखिन्छ । :यकत एचयदबदथि भन्नाले यस्ता चिह्नहरू ९०% केसहरूमा देखिने भएकोले यसो भनिएको हो । मादक पदार्थको विषयमा खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले दिएको हिस्ट्रीको आधारमा उल्लेख गरिएको हो । प्रहरीले लिएर आएको कागजको जानकारीको आधारमा हिष्ट्री लेखिएको हो । मृतकको पेट र फोक्सोमा पानी जम्मा भएको थिएन । टाउकोमा लागेको चोटका कारण मस्तिष्कमा सुन्निएको र यसैको श्रृङ्खलाको रूपमा द्यचबष्ल ऋयलअगककष्यल अर्थात् टेम्प्ररी रूपमा मस्तिष्कले कुनै काम नगर्नु र त्यसैको शृङ्खलामा एयकत ऋयलअगककष्खभ ब्उलभब अर्थात् मस्तिष्कमा स्थित श्वास–प्रश्वास नियन्त्रण केन्द्रले क्षणिक रूपमा काम नगर्नु भन्ने बुझिन्छ । जसका कारण मृत्यु भएको भन्ने बुझिन्छ । मदिरा सेवन गरेको व्यक्तिमा त्चबगmबतष्अ द्यचबष्ल क्ष्लवगचथ हुँदा एयकत ऋयलअगककष्खभ ब्उलभब अन्यभन्दा दश गुणा बढी देखिने अनुसन्धानबाट बुझिएको र यस केशमा हिस्ट्रीको आधारमा मृतकले मदिरा सेवन गरेकोले यस बुँदालाई :बष्ल ऋबगकभ को सपोर्टिक कारणको रूपमा राखिएको हो भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । यसरी मृतकको पेट र फोक्सोमा पानी जम्मा भएको थिएन भनी उल्लेख भएको बकपत्र बेहोराले मृतक जनकली वि.क.को मृत्यु पानीमा नडुब्दै भएको भन्ने शव परीक्षण प्रतिवेदनलाई थप पुष्टि गरेको पाइएबाट समेत शव परीक्षण प्रतिवेदनमा “एकदमै बढी सम्भावना मृत्युपछि डुबेको (ःयकत उचयदबदथि ब अबकभ या उयकतmयचतझ मचयधलष्लन)” भन्ने शब्दावली प्रयोग भएकै आधारमा प्रतिवादीहरू र निजका कानून व्यवसायीहरूले जिकिर लिएजस्तो सम्भावनाको आधारमा दिएको विशेषज्ञको राय भनी मान्न र त्यसलाई प्रमाणको रूपमा लिन नमिल्ने भन्न सकिने देखिएन । मृतक जनकली वि.क.को मृत्यु पानीमा डुबेपछि भएको नभई पानीमा नडुब्दै टाउको स्थित निधारको मध्य भागमा रेखात्मक आकारमा काटेर लागेको घातक चोटका कारण मस्तिष्क सुन्निएर मस्तिष्क स्थित श्वास–प्रश्वास नियन्त्रण केन्द्रले काम गर्न नसकी भएको हो भन्ने तथ्य विशेषज्ञ डाक्टरको शव परीक्षण प्रतिवेदन र बकपत्रसमेतबाट अकाट्य रूपमा स्थापित हुन आएको हुँदा शव परीक्षण गर्ने विशेषज्ञ डाक्टरको शव परीक्षण प्रतिवेदन र सो प्रतिवेदनलाई पुष्टि हुने गरी अदालतसमक्ष भएको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने नै देखिन आयो ।
१०. अब, मृतक जनकली वि.क.को मृत्यु के कसरी को कसको कर्तव्यबाट भएको हो भन्ने कुराको निर्क्यौल गर्नुपर्ने देखियो । त्यसतर्फ हेर्दा मिति २०७४/०६/२७ मा दरमखोलामा मृतक जनकली वि.क.को शव फेला परेपछि जाहेरवाली विमला वि.क.ले आफ्नो आमाको मृत्युको बारेमा छानबिन गरी आवश्यक कारबाही गरिपाउँ भनी सोही मितिमा दिएको जाहेरी दरखास्त र यी प्रतिवादीहरूउपर दिएको मिति २०७४/०७/१२ मा दर्ता भएको किटानी जाहेरी दरखास्तसमेतमा प्रतिवादी खिम बहादुर निउरेलाई निजको घरपसलमा पुर्याउन भनी यी प्रतिवादीहरूले मृतक जनकली वि.क.लाई समेत लिई गएकोमा मृतक जनकली वि.क. त्यहाँबाट आफ्नो घरमा फर्की आएको अवस्था देखिएको छैन भने निजले बोकी गएको मोबाइल मिति २०७४/०६/२६ का बिहान प्रतिवादी निशा रेग्मी वि.क.ले लगी मृतकका छोराछोरीलाई दिएको र सो बखत जाहेरवालीले आफ्नो आमा खोई भनी सोध्दा पछि आउँछिन् भनी अरू केही नबोली गएको भन्ने उल्लेख भएको छ । मृतक जनकली वि.क.को मोबाइल निज सुतेको खाटमा नै रहेकाले आफूले लगी निज मृतकको छोरालाई दिएकी हुँ भनी प्रतिवादी निशा रेग्मी वि.क.ले अनुसन्धानको क्रममा गरेको बयानमा खुलाएको देखिन्छ । तर के कुन कारणले सो मोबाइल आफूले लगेर दिनुपरेको हो भन्ने कुरा भने निज प्रतिवादीले कहीँकतै लेखाउन खुलाउन सकेको देखिँदैन । मृतक जनकली वि.क.की छोरी जाहेरवाली र छोरासमेतले आफ्नी आमाको बारेमा सोधपुछ गर्दा यी प्रतिवादीहरूले आफूसँगै गई बसेकी जनकली वि.क.लाई पहिले पछि आउँछिन भन्ने र पछि कहाँ गइन् थाहा छैन भन्ने जस्ता फरक फरक जवाफ दिने गरेको पाइयो । मृतक जनकली वि.क.का छोराछोरीहरू निजको खोजतलास गर्न गाउँघर एवम् जंगलमा जाँदासमेत निज प्रतिवादीहरू साथ लागी खोजतलास गर्न नगएको र खोजतलास गर्ने तत्परतासमेत नदेखाएको पाइन्छ । प्रतिवादीहरूले मृतक जनकली वि.क.लाई कर्तव्य गरी नमारेको भए आफूहरूसँग साथ लागी गएपछि आफ्नो घरमा नफर्किएकी मृतकको खोजतलास गर्न हिँड्नुपर्ने वा खोजतलास गर्ने तत्परता देखाउनुपर्नेसम्मको न्यूनतम मानवीय व्यवहारसमेत गरे देखाएको नपाइएकोले निज प्रतिवादीहरूले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारेका होइनन् भनी अनुमान गर्न सकिने स्थितिसमेत रहेन ।
११. प्रतिवादीहरू दुवै जनाले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारी दरमखोलामा लगी फालेको भनी सिलसिलेवार रूपमा करिब एकै मिलान बेहोराको साबिती बयान गरेको पाइन्छ । प्रतिवादीहरूले गरेको उक्त साबिती बयानमा मिति २०७४/०६/२५को राति जाहेरवालीको घरमा निजकी आमा मृतक जनकली वि.क. र प्रतिवादी निशा रेग्मी वि.क. रक्सीसमेत खानपिन गरी बसिरहेको अवस्थामा प्रतिवादी खिमबहादुर निउरे मादक पदार्थ सेवन गरेको अवस्थामा पुगी रक्सी मागी एक गिलास रक्सी खाएपछि आफूलाई रक्सी लागेकोले आफ्नो घरपसलमा पुर्याइदेउ भनेपछि मृतक जनकली वि.क. र प्रतिवादी निशा रेग्मी वि.क. दुई जना भई प्रतिवादी खिमबहादुर निउरेको एउटा/एउटा पाखुरामा समाती निजको घरपसलमा पुर्याएपछि त्यहीँ बसी तीनै जना जिस्किने हाँसो ठट्टा गर्ने गर्दै ३ बोतलजति रक्सी खाई तीन जना नै सुत्न भनी प्रतिवादी खिमबहादुर निउरेको कोठामा गएपछि मृतक जनकली वि.क. र निशा रेग्मी वि.क.ले दुई बोतल बियर खाएको भन्ने उल्लेख भएको पाइन्छ ।
१२. त्यसपछि अन्दाजी १ः०० तिर प्रतिवादी खिमबहादुर निउरे एउटा खाटमा तथा मृतक जनकली वि.क. र प्रतिवादी निशा रेग्मी वि.क. नजिकै रहेको अर्को खाटमा सुतेकोमा राति ३.०० बजेतिर प्रतिवादी खिमबहादुर निउरे उठी गई अर्को खाटको डिलपट्टि सुतेकी प्रतिवादी निशा रेग्मी वि.क.लाई करणी गरी आफू सुतेको खाटमा नै गई आराम गरी ४५ मिनेटपछि पुनः उठी गई अर्को खाटको कुनापट्टि सुतेकी मृतक जनकली वि.क.लाई करणी गर्न निजले लगाएको लुङ्गी माथि सार्न लाग्दा निजले नमानेपछि झगडा हुँदा प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.को निधार तथा अनुहारमा हात मुक्काले तीन चार पटक हानेको र त्यसपछि नजिकै रहेको भान्सामा गई त्यहाँ रहेको काठको बिँड भएको १ फिटजति लामो धारिलो हतियार चक्कु ल्याई सो चक्कुले मृतकको अनुहारमा अन्धाधुन्ध २/३ पटकसम्म हानेको र त्यसरी चक्कुले हान्ने अवस्थामा प्रतिवादी निशा रेग्मी वि.क.ले पछाडिबाट मृतक जनकली वि.क.को हात समातेकोमा मृतक जनकली वि.क.को टाउकोबाट रगत बग्न थालेपछि प्रतिवादी निशा रेग्मी वि.क. र मृतक सुतेकै खाटमा बिच्छाइएको तन्नाले मृतकको घाउमा अँठ्याई रगत बग्न नदिई निज मरी भने फसिन्छ, खोलामा लगी फाल्नुपर्दछ भनी सल्लाह गरी सोही तन्नामा राखी बेरी प्रतिवादी खिमबहादुर निउरेले टाउकोतिर र प्रतिवादी निशा रेग्मी वि.क.ले खुट्टातिर समाती सो घरपसलदेखि तलपट्टि रहेको दरमखोलामा लगी खोलाको पानी बगिरहेको स्थानमा फाली पुनः त्यहीँ आई सुतेको भन्ने प्रतिवादीहरूले गरेको उक्त बयान बेहोराबाट नै देखिन आएको छ ।
१३. त्यसका अतिरिक्त भोलिपल्ट अर्थात मिति २०७४/०६/२५ का बिहान ६ः१५ बजेतिर प्रतिवादी खिमबहादुर निउरे उठी प्रतिवादी निशा रेग्मी वि.क.लाई उठाई निज निशा रेग्मी वि.क.ले आफूसमेत सुतेको खाटमा रहेको मृतक जनकली वि.क.को मोबाइल लगी आफ्नो घरतर्फ गई मृतकको छोरी जाहेरवाली विमला वि.क.लाई दिएको र सो घटनाको बारेमा कोही कसैलाई नबताई बसेकोमा मिति २०७४/०६/२७ का बिहान मृतक जनकली वि.क.को शव दरमखोलामा भेटिएपछि प्रहरीले बोलाएको छ भनेपछि घटनास्थलतर्फ गएको, शव हेर्नको लागि सो शवको नजिकमा नगएको र शव परीक्षणको लागि अस्पतालमा लैजाने क्रममा प्रहरीले जाउँ भनेपछि सँगै गएको हो । मृतकले करणी गर्न नदिएकी र आफूहरूबिच भएको करणी सम्बन्धमा थाहा पाएकीले सो कुरा गाउँ समाजमा भनिदिएमा बेइज्जत हुने र अफ्ठेरो पर्ने भएकोले निजलाई मार्नुपर्ने अवस्था आएको हो । प्रतिवादी खिमबहादुर निउरेको घरपसलबाट बरामद भई आएको चप्पल जनकली वि.क.को हो भने काठको बिँड भएको धारिलो फलामको चक्कु मृतक जनकली वि.क. लाई मार्न प्रयोग भएको हो भन्ने बेहोरासमेत प्रतिवादीहरूको उक्त बयानमा उल्लेख भएको पाइन्छ । यसरी प्रतिवादीहरूले मौकामा गरेको उक्त बयान बेहोराको सिलसिला र जाहेरवाली विमला वि.क.ले आफ्नो किटानी बेहोराको जाहेरीमा उल्लेख गरेको बेहोराको सिलसिला सारतः मेल खाएको देखिँदा किटानी जाहेरी दरखास्त केही ढिलो गरी परे पनि जाहेरवालीले शंकाको भरमा वारदात भएको धेरै समयको अन्तरालपछि सोचविचार गरी (बतभच त्जयगनजत) प्रतिवादीहरूउपर दिएको किटानी जाहेरीको आधारमा कसुर कायम गर्न र सजाय गर्न मिल्दैन भन्ने विद्वान् कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन ।
१४. प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा मृतक जनकली वि.क.लाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको भन्ने आरोपित कसुरमा इन्कार रही अनुसन्धानको क्रममा भएको आफ्नो बयान बेहोरालाई आफ्नो इच्छाविपरीत प्रहरीले कुटपिट गरी धाकधम्की दिई डर त्रासमा पारी पहिल्यै लेखी ल्याएको कागजमा सहीछाप गराएको हो भनी बयान गरेको पाइन्छ । तथापि, निज प्रतिवादीहरूले मृतक जनकली वि.क.समेत प्रतिवादी खिमबहादुर निउरेलाई निजको घरपसलसम्म पुर्याउनको लागि गएको र त्यहीँ बसी सँगै रक्सी र वियरसमेत खाई त्यहीँ सुतेको भन्ने तथ्यलाई स्वीकार नै गरेको पाइन्छ । प्रतिवादी खिमबहादुर निउरेले आफ्नो बयानमा भोलिपल्ट बिहान उठी निशा रेग्मी वि.क. अगाडि र जनकली वि.क. पछाडि गएकी हुन् । जनकली वि.क.ले आफ्नो घरको धारामा मुख धोएको आफ्नो छोरा बुहारीले देखी यति बिहानै कहाँबाट मुख धुन आइपुग्यौ भनी सोधेपछि उनी आत्तिएर भागेकी हुन् भनी लेखाएको पाइन्छ भने प्रतिवादी निशा रेग्मी वि.क.ले बिहान ६ः०० बजेतिर खिमबहादुरले उठाएपछि उठी आफू अगाडि अगाडि हिँडी घरमा पुगेको र जनकली पछि पछि आउँदै गरेकोमा घरमा जानुभएको रहेनछ भनी लेखाएको देखिन्छ । निज प्रतिवादीहरूको उक्त बयान बेहोराबाट बिहान उठी अघि पछि हुँदै गएको भनिएका प्रतिवादी निशा रेग्मी वि.क. र मृतक जनकली वि.क.लाई बाटोमा देखे भेटेको भन्ने कुनै चश्मदिद गवाहसमेत यी प्रतिवादीहरूले दिनसकेको अवस्था छैन भने जनकली वि.क.ले प्रतिवादी खिमबहादुर निउरेको घरको धारामा मुख धोएको देखी सोध्ने भनिएकी निज प्रतिवादीकी छोराबुहारीलाई साक्षी राखी सो कुरा पुष्टि गराउन सक्नेमा सोसमेत गर्न सकेको देखिएन । साथै मृतक जनकली वि.क.को मृत्यु यी प्रतिवादीहरूको कर्तव्यबाट भएको हो भन्ने कुरा मौकामा प्रतिवादी खिमबहादुर निउरेको घरपसलमा भएको खानतलासी/बरामदी मुचुल्काबाट बरामद भई दसीको रूपमा पेस भएका मृतक जनकली वि.क.ले लगाएका चप्पल र काठको बिँड भएको धारिलो फलामको चक्कु तथा मौकामा घटना विवरण कागज गर्ने जाहेरवालीसमेतका मानिसहरूले अदालतसमक्ष गरिदिएको बकपत्रसमेतबाट थप पुष्टि हुन आएको छ ।
१५. प्रतिवादीहरूले अनुसन्धानको क्रममा भएको आफ्नो बयान बेहोरालाई आफ्नो इच्छाविपरीत प्रहरीले कुटपिट गरी धाकधम्की दिई डर त्रासमा पारी पहिल्यै लेखी ल्याएको कागजमा सहीछाप गराएको हो भन्ने जिकिर लिएको भए तापनि प्रहरीले आफूहरूलाई के कस्तो कुटपिट गरेको र के कस्तो धाक धम्की दिई डर, त्रासमा पारेको हो भन्ने कुरा वस्तुनिष्ठ तवरले लेखाउन खुलाउन सकेको देखिँदैन । यदि प्रतिवादीहरूलाई त्यसरी पहिल्यै लेखेर ल्याइएको बयानमा सहीछाप गराएको भए निजहरूको सो बयान भएपछि क्रमशः मिति २०७४/०७/१६, २०७४/०७/२३ र २०७४/०७/३० मा निजहरूलाई प्रहरी हिरासतमा राख्ने गरी अदालतबाट म्याद थप हुँदाका बखत सो बेहोरा खुलाई कुटपिटबाट निलडाम चोटपटक परेको भए सोको परीक्षणसमेत गराइपाउँ भनी अदालतमा लिखित रूपमा निवेदन दिन वा जानकारी गराउन सक्नेमा त्यस्तो निवेदन दिएको वा जानकारी गराएको समेत मिसिलबाट देखिन आएन ।
१६. घटनास्थल लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, खानतलासी बरामदी मुचुल्का, अनुसन्धानको क्रममा भएको प्रतिवादीहरूको साबिती बयान, प्रतिवादीहरूको अदालतसमक्ष भएको बयान, शव परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञ डा.ले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.को कर्तव्यबाट जनकली वि.क.को मृत्यु भएको पुष्टि भइरहेको अवस्थामा जाहेरवाली र मौकामा घटना विवरण कागज गर्ने मानिसहरूले अदालतसमक्ष गरिदिएको बकपत्रले थप पुष्टि गरेकोसम्मको अवस्था हुँदा जाहेरवाली र घटना विवरण कागज गर्ने मानिसहरू घटना भए गरेको प्रत्यक्ष देख्ने चश्मदिद गवाह नभएकोले निजहरूले अनुमान, आशंका र सम्भावनाको आधारमा गरेको बकपत्रलाई प्रमाणको रूपमा लिन मिल्दैन भन्ने प्रतिवादीहरूको जिकिर मनासिब देखिन आएन । यसका साथै प्रतिवादी खिमबहादुर निउरेका साक्षी प्रेमबहादुर खत्रीले मृतकको लास रहेको स्थानमा गई हेर्दा लास उत्तानो अवस्थामा पूर्वतिर टाउको, पश्चिमतिर खुट्टा भएको ढुङ्गाको चेपमा अड्याएर राखेको अवस्थामा थियो । जनकली वि.क. प्रतिवादी खिमबहादुरको घरबाट तल झरेर घर जाने बेलामा चिप्लिएर लडेर मृत्यु भएको होला भनी बकपत्र गरेको देखिन्छ । निजको बकपत्रमा एकातिर लास ढुङ्गाको चेपमा अड्याएर राखेको अवस्थामा थियो भनिएको छ भने अर्कोतिर चिप्लिएर लडेर मृत्यु भएको होला भनी विरोधाभाषपूर्ण बकपत्र गरेको देखिन्छ । निजै प्रतिवादीका साक्षी जितबहादुर घर्तीले मृतकको लास ढुङ्गाको आडमा थियो । मृतक जनकली वि.क.लाई प्रतिवादी खिमबहादुर निउरेले कर्तव्य गरी मारेका होलान् जस्तो लाग्दैन भनी गरेको बकपत्रबाट समेत मृतकको लास ढुङ्गामा अडेस लगाई राखिएको भन्ने देखिन्छ भने खिमबहादुर निउरेले कर्तव्य गरी मारेका होलान् जस्तो लाग्दैन भनी अनुमानसम्म गरेको देखिन्छ । त्यसै गरी प्रतिवादी निशा रेग्मी वि.क.का साक्षी सूर्यबहादुर कार्कीले जनकली वि.क.को मृत्यु के कसरी भयो आफूलाई थाहा नभएको र निशा रेग्मी वि.क.ले मारेकी होलिन् जस्तो आफूलाई नलागेको भनी बकपत्र गरेको देखिन्छ भने निजका अर्का साक्षी हिमाल चालिसेले मृतक जनकली वि.क.को लासलाई आफूले देखेको होइन भनेको सुनेको हो र मृत्युको बारेमा केही थाहा नभएकोले निज चिप्लएर वा खोलाले बगाएर मृत्यु भएको हुनसक्छ भनी बकपत्र गरेको देखिन्छ । यसरी प्रतिवादीहरूका साक्षीहरूले गरेका उक्त बकपत्रहरूमा केवल अनुमानका भरमा यी प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मारेका होइनन् कि भन्नेसम्मको कथन रहेको भए तापनि मृतक जनकली वि.क.लाई यी प्रतिवादीहरूले कर्तव्य गरी मारेका होइनन् भनी सप्रमाण किटानीसाथ भन्न सकेको अवस्थासमेत देखिएन ।
१७. कुनै अभियोग लागेको अभियुक्तले अदालतसमक्ष बयान गर्दा आफूउपरको आरोपित कसुरमा इन्कारी बेहोराको बयान गर्दैमा वा अनुसन्धानको क्रममा भएको आफ्नो साबिती बयान बेहोरा आफ्नो स्वेच्छापूर्वक नभई अन्यथा किसिमले भएको हो भनी जिकिर लिँदैमा त्यसले स्वतः प्रमाणको ग्राह्यता प्राप्त गर्न सक्दैन । त्यस्तो इन्कारी वा जिकिरले प्रमाण ग्राह्यता प्राप्त गर्नको लागि कुनै तथ्यपरक एवम् निश्चयात्मक प्रमाण दिई वा प्रस्तुत गरी सो इन्कारी वा जिकिरलाई पुष्टि गर्न सक्नुपर्दछ । यदि अभियुक्तको कुनै प्रमाणविनाको इन्कारी बयान वा बयान जिकिर रहे भएको अवस्थामा सङ्कलित भएको कुनै अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई पनि अदालतले निजका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । माथिका प्रकरणहरूमा विवेचना गरिएअनुसार प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा केवल आरोपित कसुरमा इन्कार रही अनुसन्धानको क्रममा भएको साबिती बयानलाई आफ्नो इच्छाविपरीत प्रहरीले कुटपिट गरी धाकधम्की दिई डर त्रासमा पारी पहिल्यै लेखी ल्याएको कागजमा सहीछाप गराएको हो भन्ने जिकिर लिएको भए तापनि सो इन्कारी बेहोरा र जिकिरलाई पुष्टि गर्ने कुनै पनि तथ्यपरक एवम् निश्चचयात्मक प्रमाण दिन वा पेस गर्न सकेको नदेखिँदा प्रमाणविनाको त्यस्तो इन्कारी बयान तथा बयान जिकिरलाई प्रमाणको रूपमा ग्रहण गर्न सक्ने स्थिति रहेन । यसै सन्दर्भमा चार्ल्स गुरूमुख शोभराज वि. नेपाल सरकार (ने.का.प. २०६७ अङ्क ५ नि.नं. ८३७८) भएको कर्तव्य ज्यान मुद्दामा प्रतिपादित सिद्धान्त समेत प्रस्तुत मुद्दामा आकर्षित हुने देखिन्छ ।
१८. प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले जाहेरी बेहोरा पुष्टि हुने गरी मौकामा गरेका साबिती बयान अन्यथा प्रमाणित हुन नसकेको र सो बयान बेहोरा परस्परमा मिलेको देखिएको, शव परीक्षण प्रतिवेदनबाट मृतक जनकली वि.क.को फोक्सो र पेटमा पानी नभएको भन्ने देखिई निजको मृत्यु पानीमा डुबेर नभई टाउको निधारमा प्रहार भएको घातक चोटका कारण भएको भन्ने देखिन आएको, प्रतिवादीहरूको मौकाको साबिती बयान लास जाँच प्रकृति मुचुल्का, खानतलासी/बरामदी मुचुल्का तथा जाहेरवालीसमेतका घटना विवरण कागज गर्ने मानिसहरूले अदालतसमक्ष गरेका बकपत्रबाट समर्थित भएको, प्रतिवादी खिमबहादुर निउरेको घरपसलबाट बरामद भई दसीको रूपमा पेस भएका मृतक जनकली वि.क.ले लगाउने गरेका चप्पल तथा मृतकलाई मार्न प्रयोग भएको काठको बिँड भएको धारिलो फलामको चक्कुलाई प्रतिवादीहरूले सनाखत गरिदिएका, मृतक जनकली वि.क.ले प्रयोग गर्ने गरेको मोबाइल प्रतिवादी निशा रेग्मी वि.क.ले लगी मृतकको छोरी जाहेरवाला विमला वि.क.लाई दिएको समेतका आधार, कारण र प्रमाणबाट मृतक जनकली वि.क.लाई यी प्रतिवादीहरूले कर्तव्य गरी मारेर दरमखोलामा लगी लासलाई ढुङ्गाको अडेस लगाई पानीमा राखेको स्पष्ट रूपमा पुष्टि हुन आएको छ । जहाँसम्म प्रस्तुत मुद्दाको जरिया जबरजस्ती करणी भएकोले जबरजस्ती करणी नै ठहर नभएपछि कर्तव्य ज्यान ठहर हुन सक्दैन भनी विद्वान् कानून व्यवसायीले लिनुभएको बहस जिकिर छ त्यसतर्फ हेर्दा, कुनै व्यक्तिले एउटै वारदात वा घटनामा एकभन्दा बढी कसुर गर्न सक्ने र कसुरको बहुआयामिक स्वरूप हुन सक्ने (ःगतिष्मष्mभलकष्यलब िायचmक या इााभलअभ) कुरालाई प्रचलित नेपाल कानूनले समेत स्वीकार गरेको छ ।
१९. मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ मा कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसुर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसुर गरेको मानिने र सोही आधारमा एकीकृत कसुरबापत थप सजाय गर्न सकिने व्यवस्थासमेत गरिएको पाइन्छ । त्यसरी एकीकृत कसुरको रूपमा सजायको मागदाबी लिइएका भिन्न भिन्न कसुरको हकमा तत्तत् कसुरमा सङ्कलित भएका सबुद प्रमाणहरूको आधारमा कसुर ठहर हुने वा नहुने निष्कर्ष निकाल्नुपर्ने प्रमाण कानूनको सिद्धान्त र विधिशास्त्रीय मान्यताको सार हो । यसर्थ एकीकृत कसुर र सजायको मागदाबी लिइएका कसुरहरूमध्ये वारदातको कारण वा जरियाको रूपमा सजायको दाबी लिइएको कसुर नै ठहर नभएको अवस्थामा अन्य सम्बद्ध कसुरलाई ठहर गर्न र सजाय गर्न मिल्दैन भन्नु प्रमाण कानूनको सिद्धान्त र विधिशास्त्रीय मान्यताको प्रतिकूल हुन जान्छ । त्यसैले विद्वान् कानून व्यवसायीको उक्त बहस जिकिरसँग सहमत हुन सकिएन । यस स्थितिमा “अदालतमा प्रतिवादी इन्कार रही बयान गरेको, जाहेरवालाले शंका र अनुमानको भरमा जाहेरी दिएको, शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण यकिन रूपमा नखुलाई विरोधाभाषपूर्ण देखिएको अवस्थामा यी प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भनी दोषी ठहर गर्ने गरी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७६/०३/१८ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने” भन्ने आधार लिई प्रत्यर्थी झिकाउने गरी भएको यस अदालतको संयुक्त इजलासबाट भएको मिति २०७८/११/०१ को आदेशमा लिइएका उक्त आधारसँग यो इजलास सहमत हुन सकेन ।
२०. अब, प्रतिवादीहरू खिमबहादुर निउरे र निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.लाई कर्तव्य गरी मारी दरमखोलामा लगी फालेको पुष्टि हुन आई कसुरदार ठहर भएको अवस्थामा उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको मिति २०७६/०४/०७ को फैसलाबमोजिम निज प्रतिवादीहरूलाई हुने ठहर भएको सजाय मिलेको छ छैन भनी हेर्नुपर्ने भएकोले उक्त फैसला हेर्दा; प्रतिवादी निशा रेग्मी वि.क.लाई सुरू बागलुङ जिल्ला अदालतले तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(४) नं.बमोजिमको कसुरमा सोही नं.बमोजिम जन्मकैदको सजाय हुने ठहर गरी ऐ. अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १० (दश) वर्ष कैद सजाय कार्यान्वयन गर्न मनासिब हुने भनी व्यक्त गरेको रायको हकमा सो जन्मकैदको सजाय ठहर गरेको हदसम्म सदर गरी १० (दश) वर्ष कैद सजाय कार्यान्वयन गर्न मनासिब हुने भनी व्यक्त भएको राय मनासिब देखिँदा साधक जाँचको लागि सर्वोच्च अदालतमा पेस गर्नु भन्ने उल्लेख भएको देखिन्छ भने प्रतिवादी खिमबहादुर निउरेलाई सुरू बागलुङ जिल्ला अदालतले तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.बमोजिमको कसुरमा सोही नं. तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) तथा केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को खण्ड (ख) को कानूनी व्यवस्थाबमोजिम जन्मकैदको सजाय हुने ठहर गरी ऐ. अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १२ (बाह्र) वर्ष कैद सजाय कार्यान्वयन गर्न मनासिब हुने भनी व्यक्त गरेको रायको हकमा सो जन्मकैदको सजाय ठहर गरेको हदसम्म सदर गरी १२ (बाह्र) वर्ष कैद सजाय कार्यान्वयन गर्न मनासिब हुने भनी व्यक्त भएको रायलाई मनासिब देखिएन भन्ने उल्लेख भई सो राय कायम नरहने गरी फैसला भएको देखिन्छ ।
२१. प्रतिवादीहरूले गरेको कसुर र सजायको मागदाबी लिइएको कानूनी व्यवस्थालाई हेर्दा तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. मा “कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको लागि उद्योग गर्न हुँदैन” भन्ने उल्लेख भएको पाइन्छ भने ऐ.महलको १३(१) नं.मा “धार भएको वा नभएको जोखमी हतियार गैह्रले हानी, रोपी, घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन् । सर्वस्वसहित जन्मकैद गर्नुपर्छ” भन्ने र ऐ.महलको १३(४) नं.मा “जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वारदात भइरहेको ठाउँमा गै मार्नालाई संयोग पारदिना निमित्त मर्ने मानिसको ज्युमा हातहाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ” भन्ने उल्लेख भएको पाइन्छ । त्यसैगरी न्यायकर्ताको चित्तले देखेमा घटी सजाय गर्न सक्नेसम्बन्धी उक्त अ.बं.१८८ नं.मा भएको कानूनी व्यवस्था हेर्दा “सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमको चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिन चर्को हुने भनी घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ । यसरी उक्त अ.बं.१८८ नं.मा उल्लिखित कानूनी व्यवस्थाको उद्देश्य वा मकसद कसुर हुँदाको अवस्था, परिस्थिति र कसुरदारको भूमिकासमेतको विश्लेषण गर्दा कसुरदारलाई सोबमोजिमको सजाय गर्दा चर्को पर्ने हुन्छ भन्ने कुरा न्यायकर्ताको चित्तमा लागेमा न्यायोचित हुने गरी घटी सजायको राय प्रस्ताव गरी पुनरावेदन सुन्ने अदालतमा जाहेर गर्न सक्ने र अन्तिम निर्णय दिने न्यायकर्ताले पनि त्यस्तो अवस्था देखेमा वा निजलाई पनि त्यस्तो कुरा चित्तमा लागेमा ऐनले हुने सजायमा घटाई न्यायोचित सजाय तोक्न सक्दछ भन्ने रहेको देखिन्छ ।
२२. प्रस्तुत मुद्दामा उक्त अ.बं.१८८ नं.मा भएको कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा हेर्दा, प्रतिवादी निशा रेग्मी वि.क.को हकमा सुरू अदालतले गरेको जन्मकैदको सजाय र घटी कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त गरेको रायलाई सदर गरी साधक जाँचको लागि सर्वोच्च अदालतमा पठाउने गरी गरेको उच्च अदालतको उक्त फैसलाउपर प्रतिवादी निशा रेग्मी वि.क.को पुनरावेदन परेको कारणले साधकको रोहबाट नभई पुनरावेदनको रोहबाट नै प्रस्तुत मुद्दा पेस भएकोले साधक जाँचको लागि प्रेषित विषयमा समेत पुनरावेदनको रोहबाट नै निरूपण गर्नुपर्ने देखियो । यस सन्दर्भमा विचार गर्दा यी प्रतिवादी निशा रेग्मी वि.क.को मृतक जनकली वि.क.सँग पूर्वरिसइवी रहे भएको भन्ने देखिन खुल्न आएको छैन । प्रतिवादी खिमबहादुर निउरेले यी प्रतिवादी निशा रेग्मी वि.क.लाई करणी गरेपछि मृतक जनकली वि.क.लाई समेत करणी गर्न जाँदा निजले प्रतिकार गरेको कारणले निज मृतक जनकली वि.क.ले आफूहरूबिच भएको करणीको विषयमा गाउँ समाजमा भनिदिएमा बेइज्जत हुने भई अफ्ठेरोसमेत पर्नसक्ने सोचविचार गरी प्रतिवादी खिमबहादुर निउरेको सल्लाहअनुसार निज प्रतिवादीले धारिलो हतियार चक्कु ल्याई मृतक जनकली वि.क.को टाउकोमा प्रहार गर्ने क्रममा यी प्रतिवादी निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.का हात पछाडि लगी समाती मार्नलाई संयोगसम्म पारिदिएको र प्रतिवादी खिमबहादुर निउरेसँग मिलेर मृतकलाई दरमखोलामा लगी फाल्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरेकोसम्म देखिन आएको छ । निज प्रतिवादी निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.उपर कुनै पनि प्रकारले चोट पुग्ने गरी प्रहार गरेको भन्ने देखिन नआएको र केवल मृतक जनकली वि.क.बाट आफ्नो बेइज्जत हुने कार्य हुन नपाओस् भन्नका लागिसम्म सहयोगी कर्ता (क्भअयलमबचथ ब्अतयच) को रूपमा भूमिका निर्वाह गरेको देखिन आएको छ । यस स्थितिमा उक्त अ.बं. १८८ नं.को कानूनी व्यवस्था र न्यायको रोहबाट हेर्दा निज प्रतिवादीलाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने तथा निजको हकमा व्यक्त भएको रायबमोजिम घटी सजाय गर्दासमेत कानूनको उद्देश्य र मकसद पूरा हुनसक्ने देखिँदा निजको हकमा सुरू जिल्ला अदालतले उक्त अ.बं. १८८ नं.को कानूनी व्यवस्थाबमोजिम १० (दश) वर्ष कैद सजाय कार्यान्वयन गर्न मनासिब हुने भनी व्यक्त गरेको रायलाई मनासिब हुने ठहर गरेको उच्च अदालतको फैसला कानून र न्यायको रोहमा मनासिब नै देखिँदा निज प्रतिवादी निशा रेग्मी वि.क.लाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने भए तापनि तत्काल प्रचलित मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम १० (दश) वर्ष कैद सजाय गर्न मनासिब हुने देखिन आयो ।
२३. त्यसैगरी, प्रतिवादी खिमबहादुर निउरेको हकमा हेर्दा, निज प्रतिवादीले पहिले प्रतिवादी निशा रेग्मी वि.क.लाई करणी गरेकोमा केही समयपछि मृतक जनकली वि.क.लाई करणी गर्न खोज्दा निजले प्रतिकार गरेको कारणले पहिले हात र मुक्काले प्रहार गरेको र पछि आफू र प्रतिवादी निशा रेग्मी वि.क.बिच भएको करणीको बारेमा जनकली वि.क.ले गाउँ समाजमा भनिदिएमा आफूहरूको बेइज्जत हुने र अफ्ठेरो पर्नसक्ने ठानी जनकली वि.क.लाई मार्ने मनसायपूर्वक भान्छा कोठामा भएको काठको बिँड भएको धारिलो हतियार फलामको चक्कु ल्याई प्रतिवादी निशा रेग्मी वि.क.ले मृतक जनकली वि.क.को हात पछाडि लगी समात्ने र निज प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.को टाउको स्थित निधारमा सो चक्कुले अत्यधिक रक्तस्राव हुने गरी घातक चोट प्रहार गरेको कारणले मृतक जनकली वि.क.को मृत्यु भएको देखिन आएको छ । यसरी प्रतिवादी खिमबहादुर निउरेले मृतक जनकली वि.क.ले आफूलाई करणी गर्न नदिएको कारण निजलाई पहिले लात मुक्काले हानी त्यसपछि मार्ने मनसायपूर्वक धारिलो हतियार चक्कुले निर्ममतापूर्वक प्रहार गरी मार्ने कार्य गरी मुख्य कसुरदार (एचष्लअष्उब िइााभलमभच) को भूमिका निर्वाह गरेको देखिँदा निज प्रतिवादीको हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १२ (बाह्र) वर्ष कैद सजाय कायम गर्न मनासिब हुने भनी सुरू जिल्ला अदालतले व्यक्त गरेको रायलाई मनासिब देखिएन भनी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको फैसला मनासिब नै देखिन आएकोले निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरेको मिलेको छैन भन्ने पुनरावेदन जिकिर र विद्वान् कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन । निज प्रतिवादी खिमबहादुर निउरेउपर तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने अभियोग मागदाबी रहेकोले ऐ. दण्ड सजायको महलको ६ र ७ नं.बमोजिम जन्मकैदको २० वर्ष कायम गरी सो कैद सजाय र सर्वस्व वा सर्वस्व हुन नसकेमा सोबापत १८ महिना कैद सजाय कायम गरी सजाय हुने देखिन्छ । तर हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वसहित जन्मकैदको व्यवस्था नरहेको र ऐ.को दफा ४०(२) मा यो संहिता प्रारम्भ भएपछि सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी प्रत्याभूति रहेको तथा ऐ.को दफा १७७(२) मा ज्यान मार्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने भन्ने व्यवस्था रहेकोले सोही कानूनी व्यवस्थाहरूको आधारमा निज प्रतिवादीलाई सर्वस्वको सजाय नभई जन्मकैदको सजाय मात्र हुने देखिन्छ । साथै सोही संहिताको दफा ४१ मा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको समेतका तोकिएका कसुरहरूको हकमा कसुरदारलाई जन्मकैदको सजाय गर्दा जीवित रहेसम्म कैद गर्नुपर्ने छ भन्ने र दफा ४२ मा दफा ४१ मा उल्लिखित अवस्थामा बाहेक जन्मकैदको सजाय गणना गर्दा पच्चिस वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्ने छ भन्ने कानूनी व्यवस्था रहे भएको देखिन्छ । त्यसका अतिरिक्त केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को खण्ड (ख) मा “कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम नै गर्नुपर्ने छ । तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ” भन्ने कानूनी व्यवस्था रहे भएको देखिन्छ । यस स्थितिमा प्रतिवादी खिमबहादुर निउरेउपरको अभियोग मागदाबीको कानूनी व्यवस्था र संहिताबद्ध कानूनमा सङ्क्रमणकालीन अवस्थामा सजाय गर्ने सम्बन्धमा भए गरेका उक्त कानूनी व्यवस्थाहरूसमेतले निर्देशित गरेअनुरूप निज प्रतिवादी खिमबहादुर निउरेलाई जन्मकैद (२० वर्ष) को सजाय हुने देखिन आयो ।
२४. जहाँसम्म मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम समान आधार (भ्त्रगब िँययतष्लन) मा घटी कैद सजाय गर्ने गरी प्रतिवादी निशा रेग्मी वि.क.को हकमा व्यक्त भएको सुरू अदालतको रायलाई मनासिब मानी सदर गरिएको अवस्थामा प्रतिवादी खिमबहादुर निउरेको हकमा सुरू अदालतबाट व्यक्त भएको रायलाई मनासिब देखिएन भनी सदर गर्न इन्कार गर्नु कानूनको समान संरक्षणको सिद्धान्त (भ्त्रगब िएचयतभअतष्यल या बिध) को विपरीत हुने भनी विद्वान् कानून व्यवसायीले लिनुभएको बहस जिकिर छ सो सम्बन्धमा हेर्दा सुरू जिल्ला अदालतबाट यी दुवैजना प्रतिवादीलाई घटी कैद सजाय गर्ने गरी राय व्यक्त गर्दा लिइएका आधारहरू समान नभई फरक फरक नै देखिन्छन् भने मृतक जनकली वि.क.लाई कर्तव्य गरी मार्ने कार्यमा प्रतिवादीहरूको भूमिका पनि फरक फरक नै रहेको देखिन्छ । प्रतिवादी खिमबहादुर निउरेको भूमिका मुख्य कर्ता (एचष्लअष्उब िब्अतयच) को रूपमा देखिन्छ भने प्रतिवादी निशा रेग्मी वि.क.को भूमिका सहयोगी कर्ता (क्भअयलमबचथ ब्अतयच) को रूपमा देखिन्छ । यस स्थितमा सुरू अदालतबाट प्रतिवादीहरू दुवैजनालाई घटी कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त भएको रायमध्ये एकजनाको हकमा सदर गर्नु र एकजनाको हकमा सदर गर्न इन्कार गर्नु कानूनको समान संरक्षणको सिद्धान्त (भ्त्रगब िएचयतभअतष्यल या बिध) को विपरीत हुने भनी विद्वान् कानून व्यवसायीले लिनुभएको बहस जिकिरसँग सहमत हुन सकिएन ।
२५. तसर्थ, माथि विवेचित तथ्य, कानून र आधार प्रमाणहरूबाट पुनरावेदक प्रतिवादी खिमबहादुर निउरेको हकमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) समेतको कानूनी व्यवस्थाअनुसार तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम जन्मकैदको सजाय हुने र सोही मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १२ (बाह्र) वर्ष कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त भएको सुरू अदालतको राय मनासिब देखिएन भनी र प्रतिवादी निशा रेग्मी वि.क.को हकमा सोही ज्यानसम्बन्धी महलको १३(४) नं.बमोजिम जन्मकैदको सजाय हुने र सोही मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १० (दश) वर्ष कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त भएको सुरू अदालतको राय मनासिब हुने ठहर्याई भएको उच्च अदालत पोखरा‚ बागलुङ इजलासको मिति २०७६/०४/०७ को फैसला मिलेकै देखिँदा सदर भई प्रतिवादी खिमबहादुर निउरेलाई जन्मकैद (२० वर्ष) को सजाय र प्रतिवादी निशा रेग्मी वि.क.लाई जन्मकैद (२० वर्ष) को सजाय हुनेमा उक्त मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं.बमोजिम १० (दश) वर्ष कैद सजाय हुने ठहर्छ । आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिल–खण्डबमोजिम गर्नू ।
तपसिल–खण्ड
माथि ठहर–खण्डमा लेखिएबमोजिम उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला सदर भई प्रतिवादी खिमबहादुर निउरेलाई जन्मकैद (२० वर्ष) को सजाय हुने र प्रतिवादी निशा रेग्मी वि.क.लाई १० (दश) वर्ष कैद सजाय हुने ठहरेकाले सुरू अदालतमा कायम रहेको निज प्रतिवादीहरूका नाउँको कैदको लगत यस फैसलाबमोजिम अद्यावधिक गरी यस मुद्दाको रोहमा सुरू एवम् पुनरावेदन फैसलाबमोजिम हुने ठहरेको कैद सजाय असुलउपर गर्ने प्रयोजनको लागि कारागारमा पठाइएका प्रतिवादीहरूका नाउँमा रीतपूर्वकको संशोधित कैदी पुर्जी जारी गरी कानूनबमोजिम फैसला कार्यान्वयन गर्नु भनी लगत रहेको सुरू जिल्ला अदालतलाई लेखी यो फैसलाको प्रमाणित प्रतिलिपिसमेत मिसिल संलग्न राखी सुरू मिसिल एवम् पुनरावेदन मिसिल सम्बन्धित अदालतमा पठाइदिनू………………………………………………१
यो फैसलाको प्रमाणित प्रतिलिपिसहितको जानकारी कैदमा रहेका पुनरावेदक प्रतिवादीहरूलाई र प्रत्यर्थी वादी नेपाल सरकारको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिनू……………………………..२
प्रस्तुत मुद्दाका सरोकारवाला पक्षले यो फैसलासमेतका मिसिल संलग्न कागजातको नक्कल माग गरे कानूनबमोजिम नक्कल दिनू…………………………३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसलाको विद्युतीय प्रति यस अदालतको मुद्दा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी नियमानुसार मिसिल बुझाइदिनू……………………………………………..४
उक्त रायमा सहमत छु ।
न्या.डा. नहकुल सुवेदी
इजलास अधिकृत (उपरजिस्ट्रार)ः टीकाराम आचार्य
इति संवत् २०८१ साल असार १२ गते रोज ४ शुभम् ।