निर्णय नं. ७२५९ - लिखत वदर

निर्णय नं. ७२५९ ने.का.प. २०६० अङ्क ७.८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
सम्वत् २०५७ सालको दे.पु.नं... ६२४२
फैसला मितिः २०६०।२।२६।२
मुद्दा: लिखत वदर ।
पुनरावेदक
वादीः का.जि. गोठाटार गा.वि.स. वडा नं. ३ वस्ने शालिकराम दाहाल
विरुद्ध
विपक्षी
प्रतिवादीः भ.पु.जि. कटुन्जे गा.वि.स. वडा नं. ४ घर भै हाल का.जि. गोठाटार गा.वि.स. वडा नं. ३ वस्ने चिनु तिमिल्सिना समेत
§ आफ्नो अंश भागमा आउने सम्पत्ति शेषपछि खान पाउने गरि वकसपत्र गरि दिन कानूनले वन्देज लगाएको नदेखिएकोले छोरी चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वक्सपत्र कानूनसम्मत देखिने ।
§ मुलुकी ऐन, स्त्री अंशधनको २ नं. मा भिन्न भएका सधुवा वा विधुवा स्वास्नीमानिसले आफ्नो हकको चलमा सवै र अचलमा आधासम्म आफूखुस गर्न पाउने, सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल सवै आफूखुस गर्न पाउंछन भन्ने कानूनी व्यवस्था गरेको पाइदा विपक्षी चिनु तिमल्सिनालाई शेषपछिको वकसपत्र गरिदिंदा आमा क्षेत्र कुमारीले पुनरावेदक वादीको मन्जुरी लिएको भन्ने नदेखीदा निजको हक सम्म विवादीत शेषपछिको वकसपत्र वदर हुने ।
§ अंश मुद्दामा कायम भएको ३ भागको १ भाग मध्ये आधा आमा क्षेत्र कुमारीले आफूखुस गर्न पाउने वाहेक आधामा आमा क्षेत्र कुमारी, फिराद नगर्ने छोरा झंकप्रसाद र यि पुनरावेदक वादी समेतको ३ भाग मध्ये पुनरावेदक वादीको १ भाग मात्र विवादीत मिति २०५१।१०।११।४ को शेषपछिको वकसपत्र वदर हुने ।
(प्र.नं. १३ र १४)
पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री शंभु थापा
विपक्षी प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. विपक्षी मध्येकी चिनु तिमिल्सिना म फिरादीकी दिदी हुन । निजको विवाह भै सकेको भएतापनि निज माईती गाउंमानै वसि आएकी छिन् । आमा क्षेत्र कुमारी र भाई झंकप्रसादले म फिरादी उपर यसै अदालतमा अंश मुद्दा दिएकोमा घ अंशियार कायम भई मिति ०४०।११।१५ मा मानो छुट्टिएको मिति कायम भै बण्डागर्नु पर्ने श्रीसम्पत्तिको तायदाती फांटवारी पेश भएको छ । मुद्दा किनारा हुन वांकीकै अवस्थामा आमा क्षेत्र कुमारीको २०५१ साल चैत्र ५ गते देहान्त भएकोले यस अवस्थामा जम्मा २ अंशियार मात्र वांकी रहेको हुंदा मृत आमाको अंश भाग नलाग्ने निश्चितै थियो । आमा क्षेत्र कुमारीबाट मर्नु भन्दा अगावै विपक्षी चिनु तिमिल्सिनाले शेषपछिको वक्सपत्र पारित गराई लिएको र सो वक्सपत्रको नाताले आमा क्षेत्र कुमारीको मुद्दा सकार गर्न अदालतमा निवेदन दिएकी छन भन्ने हल्ला सुनि २०५२।३।१२ मा नक्कल सारी हेर्दा असक्त विमारी आमाबाट विपक्षी मध्ये मोज राज रिमाल लेखक साक्षी हुने विपक्षी मध्येका हेमराज भण्डारी र देवराम भण्डारी फडके साक्षी वस्ने भई मिति २०५१।१०।११ मा आमाबाट शे.व. पारित गराई सोको शे.व. को प्रतिलिपि राखी ३५ दिन भित्रै उक्त आमाको अंश मुद्दा सकार गर्न धरौटी तारेखमा वसेको थाहा हुन आएको छ । नाताकायमको र मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गरेपनि विपक्षी चीनुले मुद्दा सकार गर्न पाउने होइन अंश मुद्दा किनारा हुन वांकी नै छ । वादी मध्येकी मुख्य आमा क्षेत्र कुमारीको मृत्यु भै सकेकोले आमाको अंश बण्डाको ५ नं. ले अंश भोग लाग्ने प्रश्न आउदैन । आमाको भाग जति पनि वादी मध्येका भाई झंकप्रसाद र म फिरादी समेतमा वरावर लाग्ने उक्त अंश बण्डाकै ५ नं. ले निर्विवाद छ । यस अवस्थामा मिति २०५१।१०।११ मा विपक्षी चिनु तिमिल्सिनाले होस ठेगाना नभएको आमाबाट गराई लिएको शेषपछिको वकसपत्र गरि दिना साथ आमा स्वर्गे भैसक्नु भएकोले निजलाई प्रतिवादी वनाउन मिलेन त्यस्तो मेरो हकहितमा प्रतिकूल असर पर्ने गरि २०५१।१०।११ मा प्रतिवादी मध्ये चिनु तिमिल्सिनाले गराई लिएको शे.व. आमाका भागबाट मेरो भागमा आउने हदसम्म जालसाजी घोषित गरि पाउं भनि जालसाजी तर्फ आजै छुटै फिराद गरेको छु, यसबाट मिति ०५१।१०।११ को यस्तो दुषित शेषपछिको वक्सपत्र, आमाको भागबाट म फिरादीको भाग हिस्सा लाग्ने आधी सम्म वदर गरि पाउं भन्ने समेत व्यहोराको फिराद दावि ।
३. अंश मुद्दाको वादी मध्येकी आमा क्षेत्र कुमारीको मु.स. गर्ने वादी म र अर्को वादी झंकप्रसादले ३ भागको २ भाग अंश पाउने गरि यसै अदालतबाट ०५३।५।१४ मा फैसला भैसकेको छ । आमाले मलाई आफ्नो जीवनकालमा उत्तराधिकारी दैयादार खडा गरि वक्सपत्र दिनु भएको सो वकसपत्र अनुसार मुद्दा सकार गर्न पाउने सर्वोच्च अदालत लगायतबाट सिद्धान्त प्रतिपादित भै सकेको छ । शेषपछिको वकसपत्रबाट मुद्दा सकार गर्न नपाउने भन्ने सम्वन्धमा वादीले छुट्टै उजुर विरोध गरि ०५३।५।५ को आदेशलाई अन्यथा प्रमाणीत गराउन सकेको छैन । अदालतले बण्डा नगर्दे वक्सपत्र दिन पाउने भनी ऐन नजिरको उल्लेख गर्न नसकेको शेषपछिको वकस दिन लिन नपाउने कानूनले रोक लगाएको छैन । आमा क्षेत्र कुमारी होस ठेगान नभएको भनि वादीले भन्दैमा हुने कुरा पनि होइन । त्यस्तो कुनै प्रमाण वादी संग छैन । होस ठेगान नभएको मानिसले दिएको वक्सपत्र पारित गर्ने कार्यालय उपर उजुर विरोध छैन । ०५१।१०।११ को दुषित शे.व. भन्ने उल्लेख गरेको तर दुःषित भन्न एकिन कुन कानून हो खुलाउने नसकेको आदि सम्म वदर गरि पाउं भन्ने निचोड दावि देखियो । त्यो आधी सम्म भन्ने पनि कुनै कानूनले व्यवस्था गरेको छैन र सगोलको छोरा हुं, मेरो साक्षी मंजुरी विना भएको वक्सपत्र वदर गरी पाउं भन्ने दावि लिन पनि वादीले नसकेको यस्तो झुठो फिराद खारेज गरि पाउं भन्ने समेत व्यहोराको प्रतिवादी चिनु तिमिल्सिनाको प्रतिउत्तरपत्र ।
४. हामी प्रतिवादीहरुले लिखत लेख्ने साक्षी सनाखत वस्ने गरेकोबाट वादीको हक जति हामीहरुको तर्फबाट कुनै काम कुरा भएको छैन । पारित गर्ने कार्यालयको उपर पनि दावि छैन । वादीले वदर गरि पाउं भन्ने दावि लिएको क्षेत्र कुमारी दिने चिनु तिमिल्सिना पाउने गरि भएको ०५१।१०।११ को वक्सपत्रको आधारमा वादी क्षेत्र कुमारीको स्वर्गवास पछि यसै अदालतको ०५३।५।५ को आदेशानुसार चिनु तिमिल्सिनाको नाउंमा मुद्दा सकारगर्ने कार्य भैसकेको लेखाई वादीले अन्यथा गराउन नसकेको मु.स. गर्ने वादी चिनु तिमिल्सिनी र प्रतिवादी यो मुद्दाका वादी शालिकराम भएको अंश मुद्दामा वादी क्षेत्र कुमारीको मु.स. गर्ने चिनु तिमिल्सीनाले यसै अदालतको ०५३।३।१४ को फैसलाले अंश पाउने ठहर भैसकेको छ । त्यसो हुंदा वक्सपत्र लिखतको सम्वन्धमा वदर गरि पाउं भन्ने वादी दावीको कुनै औचित्य छैन । वादी दावी निरर्थक हो । फिराद दावि खारेजभागी छ भन्ने समेत व्यहोराको प्रतिवादी हेम राज भण्डारी र भोजराज रिमालको संयुक्त प्रतिउत्तरपत्र ।
५. प्रतिवादी मध्येका वेदराम भण्डारीका नाउंको ३० दिनको म्याद मिति ०५३।७।२०।३ मा तामेल भएकोमा सो म्याद गुजारी वसेको देखिएको ।
६. क्षेत्रकुमारीले आफ्ना अंश भागको सम्पत्ति वक्सपत्र गरि दिन कानूनतः पाउने भएको र सोही वमोजिम छोरीलाई शेषपछिको लिखत गरि दिएको देखिंदा यसमा वादी दावी पुग्न सक्तैन । लिखत वदर होस भन्ने समेतको वादीको फिराद दावि पुग्न नसकने ठहर छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५३।११।१३ को फैसला ।
७. शुरु जिल्ला अदलतले वादी दावि पुग्न नसक्ने ठहराएको फैसला उपर मेरो चित्त वुझेन । शुरुले फिरादमा दावि गरिए अनुसार मिति २०५१।१०।११ को दिने क्षेत्र कुमारी लिने चिनु तिमिल्सिना भै पारित गरिएको शेषपछिको वक्सपत्रको गैर कानूनी लिखत म पुनरावेदकका हक जति वदर नहुने गरि गरिएको जिल्ला अदालतको फैसला वदर गरि इन्साफ पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
८. विवादित लिखत जालसाजीपूर्वक भएको भनि यि पुनरावेदक वादीले जालसाजीमा छुट्टै र लिखत वदरमा प्रस्तुत मुद्दा दायर गरेको पाइन्छ । जालसाजीपूर्व खडा भए गरेको विवादित लिखत वदर गरि पाउं भन्ने नै प्रस्तुत मुद्दामा वादीको दावि र पुनरावेदन जिकिर रहेको पाइन्छ । लगाउको दे.पु.नं. ९६९ को जालसाजी मुद्दामा विवादित लिखत जालसाजी नठहरि वादी दावि पुग्न नसक्ने ठहर्याएको शुरुको फैसला सदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएको र सो फैसलामा आधार लिएका वुंदा प्रमाण समेतबाट विवादित लिखत वदर हुन सक्ने अवस्थाको नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको मिति ०५३।११।१३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर छ भन्ने समेतको पुनरावेदन अदालत पा६नको मिति २०५५।६।२ को फैसला ।
९. विवादको लिखत सदर वा वदरले आमाको अंश भागमा कुनै असर पर्ने भन्ने अवस्था छैन। जिवित अंशीयार वीचको अंशबण्डा हुनुपूर्व नै मृत्यु भएको अवस्थामा अंश भाग जिवित अंशीमा विलय हुन्छ । मरिसकेको व्यक्तिलाई अंशी कायम गरि वादी दावा नपुग्ने ठहर गरेको फैसला अ.वं. १८४ क को व्याख्या सम्वन्धी प्रश्न निहित छ । अंश मुद्दाको निर्णय हुनु पूर्व नै स्वर्गारोहण भएको र अंशियार परिवर्तन भएकोमा सोही वमोजिम लिखत वदर हुनु पर्ने भनि लिएको दावीलाई अर्थको अनर्थ गरि क्षेत्र कुमारीको नैसर्गिक अंश हक भनि गरिएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,५४ समेतको त्रुटी छ । लिखत आमा विरामी परी अस्वस्थ अवस्थामा गराई लिएको छ । छोरा हुने, सधवा स्वास्नीमानिसले आफ्नो अंश हकको सम्पत्ति सम्पूर्णको हस्तान्तरण गर्दा छोराको मन्जुरी लिनुपर्ने वाध्यात्मक व्यवस्था स्त्री अंशधनको २ नं. मा रहेको छ सो वमोजिम स्व. आमाले छोराहरुको मन्जुरी लिएको छैन । तसर्थ शुरु का.जि.अ.ले वादी दावी नपुग्ने गरि गरेको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान हुंदा मुद्दा दोहोर्याई हेरी कवादी दावी वमोजिम इन्साफ पाउं भन्ने समेतको ययस अदालतमा परेको निवेदन।
१०. अंशियार मध्येका शालिकराम दाहालले आमा क्षेत्र कुमारीबाट शेषपछिको वकसपत्र पाउने चिनु तिमल्सिना समेत उपर लिखत वदर गराई पाउन दावी गरेको देखिन्छ । स्त्री अंश धनको २ नं. को कानूनी व्यवस्था हेर्दा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको सम्पत्ति दिनु पर्दा छोराको मन्जुरी लिएको, हुनुपर्नेमा विधवा आमा क्षेत्र कुमारीले छोरी चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वकसपत्रमा वादीको मन्जुरी नरहेको र लिखत वदरमा नालिस परेको अवस्थामा आधि आफूखुस गर्न पाउने र मुद्दा नगर्ने छोरा झम्कप्रसाद समेतको हक वाहेक ४ खण्ड मध्ये १ खण्ड लिखत वदर हुनु पर्नेमा सो हदसम्म लिखत वदर नगरी लिखत सदर कायम गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला स्त्री अंशधनको २ नं. र यस अदालत संयुक्त इजलास बाट पुनरावेदक वादी शिवपुजन कलवार वि. स्वामीनाथ कलवार भएको २०५२ सालको दे.पु.नं. ३४५८ को मुद्दामा मिति २०५४।९।८ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) समेतको आधारमा मुद्दा दोहोर्याई हेरिने निस्सा प्रदान गरिएको ५ भन्ने समेतको यस अदालतको आदेश ।
११. नियम वमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढि यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री शम्भुथापाले आमा क्षेत्र कुमारी समेतले दायर गरेको अंश मुद्दामा ३ अंशियार कायम भएतापनि अंश मुद्दा किनारा नहुदै आमा क्षेत्र कुमारीको परलोक भएकोले जीवित अंशियार वीच मात्र बण्डा हुनु पर्ने अवस्था छ । आमा क्षेत्र कुमारीले वकसपत्र लिखत गरि दिन पाउने नै अवस्थामा पनि स्त्री अंशधनको २ नं. वमोजिम आधिसम्म आफूखुस गर्न पाउने आधा भन्दा वढि छोराको मन्जुरी वेगर शेषपछिको वकसपत्र गरि दिन नपाउनेमा कानून विपरीत भएको लिखत वदर हुनु पर्नेमा सदर गरेको शुरु तथा पुनरावेदन अदालतको फैसला स्त्री अंशधनको विपरीत हुनुको साथै सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्तको समेत वेवास्ता गरिएको हुंदा सो फैसला उल्टी भै वादी दावी विमोजिम लिखत वदर हुनु पर्दछ भनि गर्नु भएको वहस र विपक्षी तर्फबाट विद्धान अधिवक्ता श्री गुरुप्रसाद वरालले आमा क्षेत्र कुमारी जिवित छंदाकै अवस्थामा आफ्नो अंश भागको सम्पत्ति मेरो पक्ष चिनु तिमल्सिनालाई शेषपछिको वक्सपत्र गरि दिएको सो वक्सपत्र उपर अंशीयार मध्येको झंकप्रसादको नालेस नपरेको अवस्थामा क्षेत्र कुमारीले आफ्नो अंश छुट्याई लिन पाउने नैसर्गिक हक भएको र आफुले पाउने अंश हकको सम्पत्ति शेषपछि छोरीले पाउने गरि दिन पाउने नै हुंदा लिखत वदर नहुने ठहराएको शुरु तथा पुनरावेदन अदालतको फैसला मिलेकै हुंदा सदर हुनुपर्दछ भनि गर्नु भएको वहस समेत सुनियो ।
१२. प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा शुरु काठमाडौं जिल्ला अदालतले लिखत वदरमा वादी दावी नपुग्ने ठहराएको फैसला सदर गरेको पुनरावेदन अदालत पा६नको इन्साफ मिलेको छ वा छैन ? सोही कुरामा निर्णय दिनुपर्ने देखिन आयो ।
१३. यसमा आमा क्षेत्र कुमारी र भाई झंकप्रसादले म फिरादी उपर अंश मुद्दा दिएकोमा ३ अंशीयार कायम भई तायदाती फांटवारी पेश भई मुद्दा किनारा हुन वांकी रहेको अवस्थामा आमा क्षेत्र कुमारीले देहान्त नहुदै विपक्षी चिनु तिमल्सिनालाई शेषपछिको वकसपत्र पारित गरी दिएको सो लिखत वमोजिम आमाको भागबाट मेरो भागमा पर्न आउने आधा लिखत वदर गरि पाउं भन्ने वादी दावी देखिन्छ । आफ्नो अंश भागको सम्पत्ति शेषपछिको वकसपत्र गरि दिन कुनै कानूनले रोक नलगाएकोले वादी दावी खारेज गरि पाउं भन्ने समेतको प्रतिउत्तर जिकिर रहेको पाइयो । पुनरावेदक वादी र विपक्षी प्रतिवादी वीच अंश मुद्दा परी ३ अंशीयार कायम भएको भन्ने कुरामा विवाद देखिएन । अंश मुद्दा परि तायदाती फांटवारी दाखिल भैसकेको अवस्थामा अंशियार मध्येकी क्षेत्र कुमारीले छोरी चिनु तिमिल्सीनालाई शेषपछिको वकसपत्र गरिदिएको भनने देखिन्छ । आफ्नो अंश भागमा आउने सम्पत्ति शेषपछि खान पाउने गरि वकसपत्र गरि दिन कानूनले वन्देज लगाएको नदेखिएकोले छोरी यि चिनु तिमिल्सिनालाई गरि दिएको शेषपछिको वक्सपत्र कानूनसम्मत नै देखियो । सो शेषपछिको वकसपत्र गरि दिंदा पुनरावेदक वादीको मन्जुरी लिनुपर्ने वा आफूखुस गर्न पाउने के हो भन्ने सम्वन्धमा विचार गर्दा मुलुकी ऐन, स्त्री अंश धनको २ नं. मा भिन्न भएका सधुवा वा विधुवा स्वास्नीमानिसले आफ्नो हकको चलमा सवै र अचलमा आधासम्म आफूखुस गर्न पाउने, सधवा वा विधवाले उमेर पुगेका छोराहरु भए छोराहरुको मन्जुरी लिई अचल सवै आफूखुस गर्न पाउंछन भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । विपक्षी चिनु तिमल्सिनालाई शेषपछिको वकसपत्र गरिदिंदा आमा क्षेत्र कुमारीले पुनरावेदक वादीको मन्जुरी लिएको भन्ने नदेखीदा निजको हक सम्म विवादीत शेषपछिको वकसपत्र वदर हुने स्थिति देखियो।
१४. अव वादी दावी वमोजिम आधा आफूखुस गर्न पाउने वाहेकको आधी लिखत वदर हुने हो वा होइन भन्नेतर्फ हेर्दा अंश मुद्दामा कायम भएको घ भागको ज्ञ भाग मध्ये आधा आमा क्षेत्र कुमारीले आफूखुस गर्न पाउने वाहेक आधामा आमा क्षेत्र कुमारी, फिराद नगर्ने छोरा झंकप्रसाद र यि पुनरावेदक वादी समेतको घ भाग मध्ये पुनरावेदक वादीको ज्ञ भाग मात्र विवादीत मिति २०५१।१०।११।४ को शेषपछिको वकसपत्र वदर हुने देखीन आयो । तसर्थ शुरु काठमाडौं जिल्ला अदालतले शेषपछिको वकसपत्र गरि दिंदा कानून वमोजिम मन्जुरी लिनुपर्ने वादीको मन्जुरी नभएको अवस्थामा विवादीत लिखत मध्ये आधामा घ भागको ज्ञ भाग लिखत वदर हुने ठहर गर्नुपर्नेमा वादी दावी नपुग्ने ठहराएको फैसला सो हदसम्म उल्टी ठहराउनु पर्नेमा सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ नमिलेकोले केही उल्टी भै दावीको शेषपछिको वकसपत्र मध्ये आधामा ३ भागको १ भाग लिखत वदर भै वादीको कायम हुने ठहर छ । अरु तपसिलका कुरामा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम दावीको शेषपछिको वकसपत्र लिखत आधा मध्ये ३ भागको १ भाग वदर भई वादीको कायम हुने ठहरेकाले वादीले शुरुमा फिराद गर्दा दाखिल गरेको कोर्टफि रु.१००। अरु दस्तुर रु.६०। समेत जम्मा रु.१६०। पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा दाखिल गरेको कोर्ट फि रु.१५। र यस अदालतमा दाखिल गरेको कोर्टफि रु.१५। समेत जम्मा रु.१९०। मा आधा रु.९५। मध्ये ३ भागको १ भाग रु.३१।६६ वादीले प्रतिवादीबाट भराई पाउने हुंदा भराई पाउं भनि ऐनका म्याद भित्र प्रतिवादीको यसै सरहदको जायजात देखाई दरखास्त परे केही दस्तुर नलिई प्रतिविादीबाट वादीलाई भराई दिन लगत राख्नु भनि शुरु काठमाडौं. जिल्ला अदालतमा लेखी पठाई दिनु..... १
विवादीत शेषपछिको वकसपत्र लिखत आधा मध्ये ३ भागको १ भाग वदर भएको जानकारी सम्वन्धित मालपोत कार्यालयलाई दिन लगत राख्नु भनि शुरु का.जि.अ.मा लेखी पठाई दिने .. २
दायरी लगत कट्टा गरि मिसिल नियम वमोजिम वुझाई दिनु .... ३
उक्त रायमा सहमत छु ।
न्या.चन्द्रप्रसाद पराजुली
इति सम्वत् २०६० साल जेष्ठ २६ गते रोज २ शुभम्................