शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२०३ - बर्खास्ती बदर

भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक:

निर्णय नं. ६२०३                            ने.का.. २०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५० सालको दे.पु. नं. ११८५

फैसला मितिः- २०५३।४।२९

 

मुद्दा : बर्खास्ती बदर 

 

पुनरावेदक/ प्रतिवादीः-  सूर्य टोबाको कम्पनी प्रा.लि. सिमरा, बारा ।

विरुद्ध

प्रत्यर्थी/वादीः- जिल्ला मकवानपुर, हटिया गा.वि.. वडा नं. ३ बस्ने गोबिन्द नेपाल ।

    

नेपाल कानून बमोजिम एउटा वारदातमा सजाय दिनु पर्ने सम्मको अपराध देखिए एक पटक सम्म सजाय दिन सकिने हुन्छ अर्को पटक सोही वारदातमा पुनः सजाय गर्न मिल्ने नदेखिंदा व्यवस्थापन पक्षले उही वारदातलाई लिएर पछिल्लो पटक बर्खास्त गर्ने गरेको निर्णय कानून सम्मत नभएको ।

      (प्र.नं. १२)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः-  विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे ।

प्रत्यर्थी वादी तर्फबाटः- ×

अबलम्बित नजीरः-  ×

फैसला

न्या. केदारनाथ आचार्यः- पुनरावेदन अदालत हेटौंडाको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत  मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार  छः-

2.                                   विपक्षी कम्पनीले मलाई वर्खास्ती गर्ने गरी २०४८।१।२३ मा वर्खास्त पत्र काटेको छ । २०४७।१२।२७ मा कारखानाबाट कर्मचारीलाई जबर्जस्ती बसमा चढ्न लगाएको कारखाना भित्र जान बाध्य तुल्लाएको बेइज्जत गरेको व्यवस्थापन विरुद्ध नारा लगाएको तालाबन्दी भएको कारखानाको ढोका फोडेको अधिकारीहरुलाई अपहरण गरेको जस्ता निराधार मनगडन्ते आरोप लगाई मलाई बर्खास्त गरिएको र मैले विपक्षी कम्पनीलाई स्पष्टीकरण दिंदा दिंदै वर्खास्त गरेको पहिला पटक नसिहत दिनु पर्ने व्यवस्था गरिएकोमा सो को स्पष्टीकरण दिंदा दिंदै ध्यान नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत गई एउटै विषयमा एउटै आरोपमा वर्खास्त गर्नु नेपालको संविधान पूर्णतया उल्लघन गरेकोले बर्खास्त पत्र बदर भागी छ बदर गरी पाऊँ भन्ने उजूरी पत्र ।

3.                                  विपक्षीले २०४७।१२।२७ गते बिहान कम्पनीको बस जबर्जस्ती कारखानाबाट लिई कम्पनीका पदाधिकारी श्री सेयद अलिनूजा श्री पि.के. घोष र श्री एम. रगाराव समेत स्थित निवास स्थान नं. ३ मा बिहान ६.४५ बजे जबर्जस्ती प्रवेश गरी अभद्र व्यवहार गर्दै कारखाना जाने बाध्य तुलाएकोले मजदूर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को उपदफा () को देहाय () () () को खराब आचरण गरे बापत २०४८।१।२३ मा बर्खास्त गरिएको ।

4.                                  विपक्षीले पेश गरेको स्पष्टीकरणमा बसमा चढी वीरगंज पुगेको स्वीकार गरेको समेतबाट मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा () अनुसार बर्खास्त गरेको हो निजको उजूरी दाबी तथ्य हीन भएकोले उजूरवालाको उजूरी दावी खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

5.                                  कम्पनीमा २०४७।१२।२४ मा हडताल भएको थियो भनी उजुरवालाको साक्षीको बकपत्र ।

6.                                  वीरगंजबाट अपहरण गरी सिमरा लगेको भने प्रतिवादीको साक्षीको बकपत्र ।

7.                                  २०४७।१२।२७ को घटना बापत प्रतिवादी कम्पनीले गरेको वर्खास्ती बदर गरी पाऊँ भन्ने उजुर दाबी पुग्न नसकेको २०४८।१।२३ को वर्खास्ती सदर कायम रहने ठहर्छ भन्ने २०४८।१२।१९ मा श्रम कार्यालय नारायणी अञ्चलले गरेको   फैसला ।

8.                                  विपक्षी कम्पनीले म उपर गरेको व्यवहार सरासर गैर कानूनी छ मलाई वर्खास्ती हुने गरी गरेको निर्णय बदर गरी इन्साफ पाऊँ भन्ने पुनरावेदन पत्र ।

9.                                  २०२ नं. अनुसार प्रत्यर्थीलाई झिकाई पेश गर्नु भन्ने आदेश ।

10.                               सूर्य टोबाको कम्पनीले एकै हप्ताभित्र एकै वारदातलाई लिएर एकपछी अर्को सजाय दिइएको देखिन्छ । नसिहत पनि सजायकै एउटा अंग भएकोले नसिहत पाउने कर्मचारीलाई सुध्रिने यथेष्ट मौका नदिई एकतर्फी रुपमा एकपछि अर्को सजाय थप गर्दे जाने कार्यलाई मनासिव हो भन्न मिल्दैन । नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा २ को देहाय () () () को आधारमा नसिहद दिए पश्चात् यसरी कामदार कर्मचारीहरुलाई खराब आचरणको संज्ञा दिंदै एउटै वारदातमा एउटा सजाय दिई सकेपछि पुनः अर्को सजाय दिन मिल्ने देखिंदैन तसर्थ श्रम कार्यालय नारायणी अञ्चल वीरगंजको मिति २०४८।१२।२९ को निर्णय उल्टी भै वर्खास्ती बदर कायम रहन नसक्ने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको फैसला ।

11.                                 मजदूर पक्षबाट भएको २०४०।१२।२४ को कथित हडताललाई नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५२ तत्सम्बन्धी नियमावली, २०१९ एवं कम्पनीको निर्देशन लिई हडताल गरेको भन्ने तथ्य मिसिलबाट समर्थित छैन । २०४७।१२।२५ गते दिनको २.२५ बजेको समयमा मजदूर पक्षले कम्पनीका निमित्त कारखाना व्यवस्थापक समेतलाई हहातपात गालीगलौज एवं अपशब्द गरेको कुरा प्रतिवेदनबाट पुष्टि भै रहेको छ, स्पष्टीकरणको जवाफ सन्तोषजनक रुपमा दिन सकेको छैन, साक्षीहरुको बकपत्रबाट पनि अपराध घटेको कुरा प्रमाणित छ, २०४७।१२।२४ र २०४७।१२।२५ को वारदात बेग्लाबेग्लै हो । उक्त मितिमा भएको हडतालको कानूनी मान्यता प्राप्त गरेको छैन । पुनरावेदन अदालत हेटौंडाले २०४७।१२।२५ को घटनालाई २०४७।१२।२४ कै घटनाको अग्रस्वरुप मानी एउटै कसूरको संज्ञा दिएको मिलेको छैन नसिहद र वर्खास्ती बीचको समय अन्तराल यति नै हुनु पर्छ भन्ने व्यवस्था छैन, कम्पनीले पूर्वाग्रह राखी सजाय गरेको भन्ने तथ्यको प्रमाणित पनि छैन दुई बेग्ला बेग्लै कसूर प्रमाणित भएकोले नसिहद र वर्खास्ती दुबै अलग अलग सजाय गरिएको हो । पुनरावेदन अदालतको फैसला अ.बं. १८४क तथा १८५ नं. अनुसार त्रुटिपूर्ण र मनोगत भएकाले उक्त निर्णय बदर गरी विपक्षीलाई दिइएको वर्खास्ती यथावत सदर कायम गरी पाऊँ भन्ने समेत सूर्य टोबाको कम्पनीको तर्फबाट परेको पुनरावेदन पत्र ।

12.                                नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरेले प्रस्तुत मुद्दाको वारदात एउटै नभई अलग अलग हो, अलग अलग वारदात बापत अलग अलग सजाय भएकोमा एउटै वारदात भएको ठहराई एउटै सजाय मात्र हुने भनी पुनरावेदन अदालत हेटौंडाले गरेको इन्साफ मिलेको नहुँदा बदर हुनु पर्दछ भनी  गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत हेटौंडाको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा मिति २०४७।१२।२४ देखि २०४८।१।१५ गते सम्म मजदूर पक्ष र व्यवस्थापन पक्ष बीच मतभेद भै हडताल भएको तथ्य २०४८।१।१५ का दिन वीरगंज स्थित उद्योग वाणिज्य संघको भवनमा मजदुर प्रतिनिधि व्यवस्थापन प्रतिनिधि र श्रम अधिकृत समेत भै समझदारी कायम भएको र हडताल टुटेको भन्ने देखिन्छ । सोही समझदारी हुने क्रममा व्यवस्थापन पक्षले कामदारहरुलाई कारवाही गर्न पाउने भनी निर्णय भएको र सो अनुरुप २०४८।१।१६ का दिन नसिहद तर्फ कारवाही भै नसिहतको सजाय दिइएको देखिन्छ । सोही समझदारीमा निर्णय लिए मध्ये व्यवस्थापन पक्षले कुनै पनि कारवाही गर्न पाउने भनी निर्णय लिएको र सोही अनुरुप २०४८।१।१६ का दिन नसिहत तर्फ कारवाही उठाई नसिहत दिएको देखिन्छ । २०४८।१।१६ पछि अर्को वारदात भएको देखिन आउदैन । एकपटक उही वारदात बापत नसिहत दिइसकेपछि पुनः उही वारदातलाई आधार लिएर व्यवस्थापन पक्षले बर्खास्त गर्ने तर्फको कारवाही उठाई बर्खास्त गर्न पाउने भन्ने कुरा देखिंदैन । नेपाल कानून बमोजिम एउटा वारदातमा सजाय दिनु पर्ने सम्मको अपराध देखिए एक पटकसम्म सजाय दिन सकिने हुन्छ अर्को पटक सोही वारदातमा पुनः सजाय गर्न मिल्ने नदेखिंदा व्यवस्थापन पक्षले उही वारदातलाई लिएर पछिल्लो पटक वर्खास्त गर्ने गरेको निर्णय कानून सम्मत नभएकोले शुरुको फैसला बदर हुने गरी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सो फैसलामा कुनै परिवर्तन गरिरहन नपर्ने भई सदर हुने ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वी बहादुर सिंह

 

इति सम्बत् २०५३ साल श्रावण २९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु