शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९११९ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ

फैसला मिति : २०७१।३।२०।६

०७०-RC-००७०

 

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी : जिल्ला कारागार कार्यालय, धनकुटाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला धनकुटा, बुढीमोरङ गाउँ विकास समिति वडा नं. ७ बस्ने भुपाल लिम्बु 

 

§  मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा विभिन्न कारणहरूमध्ये के कस्ता कारणहरूको विद्यमानता भन्ने कुराहरू खुलाई न्यायकर्ताले सजाय घटाउने राय व्यक्त गरेको हुनुपर्दछ मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर न्यायकर्तालाई चित्तमा लागेको भन्ने मात्र आधारमा सजाय कम गर्न मिल्दैन साथै न्यायकर्तालाई  चित्तमा लाग्ने भन्ने कुरा                                                    निरपेक्षरूपमा मनोगत हुन सक्तैन न्यायकर्ताले कानूनबमोजिम  निर्धारण भएको सजायलाई कम गर्दा सजाय कम हुनुपर्ने आधार कारणहरूको विश्लेषण गरी  निष्कर्षमा पुगेको हुनुपर्ने

(प्रकरण नं. १६)

§  पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई मुलुकी ऐन, ..१८८ नं. बमोजिम वर्ष मात्र कैद हुन भनी जाहेर गरेको साधक रायको सम्बन्धमा .बं. १८८ नं. को कानूनी व्यवस्था  सो को प्रयोगका सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा निर्धारण भएका आधार कारणहरूको विवेचना नै नगरी प्रतिवादीले विगतमा गरेको आपराधिक कार्य हाल प्रस्तुत वारदातमा गरेको कार्यबाट हुन गएको आपराधिक कार्यको अवस्था, प्रस्तुत घटनाको परिस्थिति वारदातको अवस्था हेर्दा भवितव्य हो कि जस्तो नदेखिएकाले यस्तो पटक पटक ज्यान मार्ने जस्तो कार्य गर्ने व्यक्तिलाई कानूनले हुने सजाय भन्दा घटी सजाय गर्दा न्याय, कानून एवम्‍ ‍ पीडित निजको परिवारप्रति न्याय नहुने हुँदा अन्य लगाउ मुद्दामा व्यक्त भएको आधार उल्लेख गरी पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुको हकमा व्यक्त गरेको रायसँग सहमत हुन नसकिने

(प्रकरण नं. २१)

 

वादीको तर्फबाट :

प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

§  नेकाप २०६१, अङ्क , नि.नं.७३९९, पृष्ठ ७६९

§  नेकाप २०६४, अङ्क , नि.नं.७८७१, पृष्ठ १०२४

§  नेकाप २०६५, अङ्क १०, नि.नं.८०२९, पृष्ठ १२७९

§  नेकाप २०६९, अङ्क , नि.नं.८८५३, पृष्ठ १०१३

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री रामचन्द्र राई

पुनरावेदन तहमा फैसला गर्ने :-

            मा.न्या.श्री शम्भुबहादुर खड्का

            मा.न्या.श्री बिदुरबिक्रम थापा

                     

फैसला

न्या.देवेन्द्रगोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई साधक जाँचका लागि दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ ठहर यस प्रकार रहेको छ :

            जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ६ स्थित पूर्वमा निशान भगवती मन्दिर, पश्चिममा पक्की सडक, उत्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन, दक्षिणमा जिल्ला प्रशासन कार्यालयको भवन यति चार किल्लाभित्र रहेको जिल्ला कारागार कार्यालय, धनकुटाको पुस्तकालय कोठामा भुपाल लिम्बुले सार्वजनिक अपराध मुद्दामा थुनामा रहेका क्षितिज थेवेलाई सब्जी काट्ने फलामको टुप्पो नभएको सात इन्च लामो छुरी प्रहार गरी घाइते बनाएको घटनास्थलसहितको चार किल्ला विवरण ठीक छ । उक्त घटनास्थलबाट फलामको छुरी प्रहरीले बरामद गरेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

            मिति २०६६।८।२५ गते बिहान ९ बजेको समयमा बुढीमोरङ ठेगाना भएको कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको समय समयमा बेहोस हुने मानसिक सन्तुलन ठीक नभएको जस्तो गर्ने भुपाल लिम्बुले केही सार्वजनिक अपराध मुद्दामा कैदमा रहेका क्षितिज थेवेलाई पेटमा छुरा प्रहार गरी सिकिस्त बनाएकोले निजलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकोमा निज घाइते क्षितिज थेवेको उपचारको क्रममा मिति २०६६।९।१० गते बिहान अन्दाजी तीन बजेको समयमा मृत्यु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ भन्नेसमेत व्यहोराको जिल्ला कारागार कार्यालय, धनकुटाको पत्र ।

            जिल्ला कारागार कार्यालय, धनकुटामा केही सार्वजनिक अपराध मुद्दामा मिति २०६६।६।१ गतेदेखि पुर्पक्षको लागि थुनामा रहेको मेरो छोरा वर्ष १८ को क्षितिज थेवेलाई सोही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भुपाल लिम्बुले मिति २०६६।८।२५ गते बिहान अन्दाजी ८:४५ बजेको समयमा धारिलो घातक हतियारले पेटमा प्रहार गरी सख्त घाइते

बनाएकोले निजको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा उक्त अस्पतालमा मिति २०६६।९।१० गते बिहान अन्दाजी ३:०० बजेको समयमा निज क्षितिज थेवेको मृत्यु भएको हुँदा भुपाल लिम्बुलाई कारवाही गरी क्षतिपूर्तिसमेत उपलब्ध गराई पाउँ भन्नेसमेत व्यहोराको मृतकको आमा रेश्मा थेवेको जाहेरी दरखास्त ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा म ड्युटिमा बसिरहेको अवस्थामा कारागार कार्यालयभित्र एक्कासी छुरा हान्यो भनी कैदी/थुनुवाहरूले हल्ला खल्ला गरेको सुनी हतारहतार घटनास्थलतर्फ गई हेर्दा थुनुवा मिलन खड्कासमेतले भुपाल लिम्बुलाई समाई नियन्त्रणमा लिएको र घाइते क्षितिज थेवेलाई कारागारको मूल प्रवेशद्वारमा ल्याउँदै गरेको देखेको हुँ । त्यसपछि हाम्रो कमान्डर र कारागार प्रशासनसमेतले घाइतेको उपचार गर्न धनकुटा अस्पतालमा लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगी उपचार गराइरहेको अवस्थामा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा निज क्षितिज थेवेको मृत्यु भएको हो । भुपाल लिम्बुले  कारागारको भान्सामा नियमित सब्जी काट्न प्रयोग गर्ने छुरीले मृतक क्षितिज थेवेलाई प्रहार गरी हत्या गरेको हो । यसमा अन्य कोही कसैको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रहरी जवान भोलानाथ ढुंगानाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा म ड्युटिमा बसिरहेको अवस्थामा कारागार कार्यालयभित्र एक्कासी छुरा हान्यो भनी कैदी/थुनुवाहरूले हल्ला खल्ला गरेको सुनी हतारहतार घटना स्थलतर्फ गई हेर्दा थुनुवा मिलन खड्कासमेतले भुपाल लिम्बुलाई समाई नियन्त्रणमा लिएका र घाइते क्षितिज थेवेलाई कारागारको मूल प्रवेशद्वारमा ल्याउँदै गरेका थिए । त्यसपछि हाम्रो कमान्डर र कारागार प्रशासनसमेतले घाइतेलाई उपचारको लागि धनकुटा अस्पतालमा लगी उपचार गराएकोमा सो अस्पतालमा निजको उपचार हुन नसकी थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगिएको हो । निज घाइतेको उपचार गराइरहेको अवस्थामा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा मृत्यु भएको हो । निज भुपाल लिम्बुले नै कारागारको भान्सामा नियमित सब्जी काट्न प्रयोग गर्ने छुरीले मृतक क्षितिज थेवेलाई प्रहार गरी हत्या गरेको हो भन्नेसमेत व्यहोराको प्रहरी जवान वीरेन्द्रकुमार मण्डलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा म आफ्नै ब्यारेकमा बसिरहेको थिएँ । सोही समयमा ड्युटिमा खटिएका प्रहरी कर्मचारीले घटनाको बारेमा जानकारी गराएपछि म तथा जेलरसमेत घटनास्थलमा गई घाइतेलाई तत्काल उपचारको लागि धनकुटा अस्पतालमा लगिएकोमा उक्त अस्पतालमा निजको उपचार हुन नसकी थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगी उपचार गराउने क्रममा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा घाइते क्षितिज थेवेको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रहरी सहायक निरीक्षक मानबहादुर वि..ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा ड्युटिमा खटिएका प्रहरी कर्मचारीले घटनाको बारेमा जानकारी गराएपछि सुरक्षा कमान्डर र मसमेतले घटनास्थलमा गई घाइते क्षितिज थेवेलाई उपचारको लागि धनकुटा अस्पतालमा लगी उपचार गराउँदा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगी उपचार गराइरहेको अवस्थामा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा घाइते क्षितिज थेवेको मृत्यु भएको भनी सुरक्षामा खटिएको प्रहरी कर्मचारीले जानकारी गराउँदा थाहा पाएको हुँ । निज भुपाल लिम्बुले नै कारागारको भान्सामा नियमित सब्जी काट्न प्रयोग गर्ने छुरीले मृतक क्षितिज थेवेलाई प्रहार

गरी कर्तव्य गरी हत्या गरेको हो भन्नेसमेत व्यहोराको कारागार कार्यालय, धनकुटाका निमित्त जेलर नरेन्द्रकुमार आचार्यले गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा कारागार कार्यालयको कैदी थुनुवाहरूको पुस्तकालय कोठामा मैले क्षितिज थेवेसँग चुरोट सल्काउन लाइटर माग्दा सोही विषयमा सामान्य वादविवाद भएको हो । भान्सामा नियमितरूपमा सब्जी काट्ने छुरीले मैले नङ काटी रहेको अवस्थामा निज क्षितिज थेवे गुनगुन गरेको सुनी मैले हातमा बोकेको छुरीले एक्कासी प्रहार गर्नासाथ मलाई कैदीहरूले समाई नियन्त्रणमा लिएका हुन्। मैले छुरी प्रहार गरेपछि क्षितिज थेवे घाइते भएकाले निजको उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा निज घाइते क्षितिज थेवेको मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ । मैले नै छुरा प्रहार गरी मृतकको कर्तव्य गरी हत्या गरेको हुँ । यसमा कोही कसैको संलग्नता छैन । बरामद फलामको छुरी देखाउँदा देखें र हेरी सनाखतसमेत गरें । उक्त छुरीले नै मैले क्षितिज थेवेलाई प्रहार गरी घाइते बनाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी भुपाल लिम्बुले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा क्षितिज थेवेलाई प्रतिवादी भुपाल लिम्बुले सब्जी काट्ने छुरीले प्रहार गरी घाइते बनाएकोले निजलाई तत्काल उपचारको लागि धनकुटा अस्पतालमा लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगी उपचार गराइरहेको अवस्थामा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा घाइते क्षितिज थेवेको मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ । निज भुपाल लिम्बुले नै कारागारको भान्सामा नियमित सब्जी काट्न प्रयोग गर्ने छुरीले  क्षितिज थेवेलाई प्रहार गरी कर्तव्य गरी हत्या गरेको हो । यसमा अन्य कोही कसैको संलग्नता छैन भन्नेसमेत व्यहोराको जिल्ला कारागार कार्यालय, धनकुटाका कैदी/थुनुवाहरूको चौकीदार दिलबहादुर बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

            मिति २०६६।८।२५ गते बिहान अन्दाजी ९:०० बजेको समयमा क्षितिज थेवे पुस्तकालय कोठामा कराएको आवाज सुनी हतारहतार गई हेर्दा निज घाइते अवस्थामा रहेका थिए । प्रतिवादी भुपाल लिम्बुले बाँया हातमा छुरी लिएको र उक्त छुरीले पुन: क्षितिज थेवेलाई प्रहार गर्न खोज्दा मसमेतले समाई निजलाई नियन्त्रणमा लिई राखेको हो । निज क्षितिज थेवेलाई उपचारको लागि कारागार प्रशासन र प्रहरीहरू भई अस्पताल लगेकोमा उपचारको क्रममा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा घाइते क्षितिज थेवेको मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ । निज भुपाल लिम्बुले मृतक क्षितिज थेवेलाई छुरी प्रहार गरी कर्तव्य गरी हत्या गरेको हो भन्नेसमेत व्यहोराको थुनुवा मिलन खड्काले गरेको कागज ।

प्रतिवादी भुपाल लिम्बुले कारागारभित्र सब्जी काट्न राखेको छुरीले केही सार्वजनिक अपराध मुद्दाका थुनुवा क्षितिज थेवेलाई प्रहार गरी सख्त घाइते बनाएको हो । घाइते क्षितिज थेवेलाई उपचारको लागि अस्पतालमा लगिएकोमा उपचारको क्रममा मिति २०६६।९।१० गते अन्दाजी ३:०० बजेको समयमा निजको मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ । भुपाल लिम्बुले क्षितिज थेवेको पेट कोखामा छुरी प्रहार गरी मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सोही कारागारमा रहेका कैदी बन्दी इन्द्रबहादुर थापासमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।

            मृतक क्षितिज थेवेको नाकबाट रगत निस्किएको, बाँयापट्टी कोखामा १ इन्च लम्बाई, /२ इन्च चौडाई र १ इन्च गहिरो प्वाल परेको देखिएको र पेटमा ८ इन्च लम्बाई काटी टाँका लगाएको, सोमा गोलो प्वाल देखिएको भन्नेसमेत व्यहोराको मृतक क्षितिज थेवेको लास जाँच मुचुल्का ।

            "Cause of death is due to septicemia as a result of infected part of gastrointestinal tract due to stab wound of abdomen" भन्ने उल्लेख भएको मृतक क्षितिज थेवको शव परीक्षण प्रतिवेदन ।

            प्रतिवादी भुपाल लिम्बुले क्षितिज थेवेलाई कैदी थुनुवाहरूको भान्सामा नियमित सब्जी काट्न प्रयोग गर्ने फलामको छुरीले पेट कोखामा प्रहार गरी घाइते बनाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३() नं. बमोजिमको कसुर गरेको देखिन आएको हुँदा प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

            जाहेरीलगायतका पत्रहरू ठीक हुन् । मिति २०६६।८।२५ गते कारागार कार्यालयको कैदी थुनुवाहरूको पुस्तकालय कोठामा मैले क्षितिज थेवेसँग चुरोट सल्काउन लाइटर मागेको थिएँ । निजले लाइटर नदिएपछि सोही विषयमा सामान्य वादविवाद भएको थियो । निज क्षितिज थेवे गुनगुन गरेको सुनेपछि रिस उठी मैले क्षितिज थेवेलाई भान्सामा नियमितरूपमा सब्जी काट्ने धारिलो चुप्पीले पेटमा प्रहार गरेकोमा उपचारको क्रममा निजको मत्यु भएको हो । मौकामा बुझिएका मानिसहरूले लेखाएको व्यहोरा ठीक हो । यसमा अरू कसैको संलग्नता छैन । मैले घटना घटाएको हुँदा अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी भुपाल लिम्बुले धनकुटा जिल्ला अदालतमा गरेको बयान ।

            वारदात मिति २०६६।८।२५ मा म आफ्नो ब्यारेकमा थिएँ । ड्युटिमा रहेका भोलानाथ ढुंगानाले भुपाल लिम्बुले तरकारी काट्ने कर्दले क्षितिज थेवेलाई प्रहार गर्यो भनेपछि उक्त स्थानमा गई हेर्दा मिलन खड्काले घाइते अवस्थामा क्षितिजलाई ढोकासम्म ल्याइरहेको थियो । निज क्षितिज थेवेलाई उपचारको लागि धनकुटा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकी घोपा क्याम्प, धरानमा लगिएको हो । त्यहाँ उपचारको क्रममा क्षितिज थेवेको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने मानबहादुर वि..ले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

            प्रतिवादी भुपाल लिम्बुले क्षितिज थेवेलाई छुराले हानेको मैले देखेको होइन । सुनेको मात्र हुँ । म कारागारभित्र टि.भी.कोठामा थिएँ । उक्त मितिमा भएको कागजको व्यहोरा र सहीछाप मेरो नै हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने शेरबहादुर थापाले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

            वारदात मिति २०६६।८।२५ गते मलगायतका केही व्यक्तिहरू क्यारिमबोर्ड खेलिरहेको अवस्थामा कारागारभित्रबाट एक्कासी ऐय्या भन्ने आवाज सुनियो । मिलन खड्कालगायत ३/४ जनासमेत भई प्रतिवादी भुपाल लिम्बुको हातबाट चक्कु खोसेको हो । घाइतेलाई तत्काल उपचार गर्न बाहिर निकालेको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने रोशन बोहोराले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

            वारदात मिति २०६६।८।२५ गते घटना भएको समयमा म कारागारको आगनमा थिए । भित्र एक्कासी ऐय्या भनेको आवाज सुनेपछि कोठातर्फ जाँदा भुपाल लिम्बुको हातमा रगताम्मे भएको कर्द थियो । मैले दुबै जनालाई समाती बाहिर निकाल्ने क्रममा अन्य साथीहरूसमेत आई भुपालको हातमा रहेको कर्द खोसेका हौं । क्षितिज थेवेको उपचारको क्रममा मृत्यु भयो भनी सुनेको हुँ भन्ने व्यहोराको वादीका साक्षी मिलन खड्काले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदातको समयमा म कारागारको २ नं. पोष्ट हाई पइन्टमा ड्युटिमा थिएँ । एक्कासी काट्यो भन्ने आवाज आएपछि छतमा आई हेर्दा मिलन खड्कालगायत २-३ जना कैदीहरूले भुपाल लिम्बुलाई समाती बाहिर आगनमा ल्याएका थिए । निज भुपालले बायाँ हातमा सब्जी काट्ने कर्द समाइरहेको देखेको हुँ भन्नेसमेत व्यहोराको वादीका साक्षी प्रहरी जवान भोलानाथ ढुंगानाले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

            वारदात भएको समयमा म कारागार परिसरमै रहेको थिएँ । वारदातपश्चात घाइते क्षितिज थेवेलाई उपचारको लागि अस्पताल लगिएको हो । मौकामा गरेको कागज व्यहोरा मेरै हो भन्ने व्यहोराको मौकामा कागज गर्ने निमित्त जेलर नरेन्द्रकुमार आचार्यले धनकुटा जिल्ला अदालतमा गरेको बकपत्र ।

            प्रतिवादी भुपाल लिम्बुले क्षितिज थेवेलाई छुरी प्रहार गरी हत्या गरेको मिसिलबाट देखिन्छ तापनि यसै मिसिलबाट प्रतिवादी भुपाल लिम्बु मन मस्तिष्कको रोगी भई उपचार गराई रहेको देखिइरहेकोले निज प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन सक्ने अवस्थाको नभई मगज बिग्रेको देखिन आएको हुँदा प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिम खतवात लाग्न वा निजलाई कुनै प्रकारको सजाय हुन सक्ने देखिँदैन । निज प्रतिवादीले कुनै कसुर अपराध नगरेको सरह खतवात नलागी निजलाई अभियोग दाबीबाट सफाइ दिई छुटकारा दिने ठहर्छ

भन्नेसमेत व्यहोराको धनकुटा जिल्ला अदालतको मिति २०६९।२।१ को फैसला ।

            विष्णुमाया इवा लिम्बुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भुपाल लिम्बु भएको कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय, धनकुटामा थुनामा रहेका प्रतिवादी भुपाल लिम्बुले मिति २०६६।८।२५ गते बिहान ९ बजेको समयमा केही सार्वजनिक अपराध मुद्दामा उक्त कारागार मै थुनामा रहेका क्षितिज थेवेलाई पेटमा छुरा हानी घाइते बनाएपछि उपचारका लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगी उपचार गराउँदै गर्दा मिति २०६६।९।१० गते क्षितिज थेवेको मृत्यु भएको तथ्य स्थापित भएकोमा प्रतिवादीको पहिले नै मानसिक सन्तुलन बिग्रेकोले नै उक्त वारदात घटाएका हुन् भन्ने जिल्ला अदालतको फैसलामा लिइएको आधार तर्कसङ्गत नहुँदा बदरभागी छ । मौकामा कागज गर्ने प्रहरी सहायक निरीक्षक मानबहादुर विश्वकर्मा र कारागारकै कैदी बन्दीहरू इन्द्रबहादुर थापासमेतले प्रतिवादी भुपाल लिम्बुले क्षितिज थेवेलाई फलामको सब्जी काट्ने कर्दले प्रहार गरी घाइते बनाएको हो भनी लेखाई दिएकोसमेतका मिसिल संलग्न प्रमाणको मूल्याङ्कन गरिएको छैन । प्रतिवादी भुपाल लिम्बुको मगज बिग्रेको कारण निजले उक्त वारदात घटाएको भनी अभियोग दावीबाट सफाइ दिइएको छ । सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादीको मानसिक अवस्थामा केही खराबी देखिएको भए तापनि प्रतिवादीलाई अपराधबाट पूर्ण उन्मुक्ति दिइएको छैन । उल्लिखित तथ्य एवम्‍ ‍ प्रमाणहरूबाट वारदात हुँदाका बखत प्रतिवादी भुपाल लिम्बुको मगज बिग्रेको कारण उक्त वारदात भएको नभई मृतक क्षितिज थेवेसँग कारागारभित्रै विवाद परेपछि तरकारी काट्ने छुरी लिई प्रतिवादी भुपाल लिम्बुले निजलाई प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा क्षितिज थेवेको मृत्यु भएको पुष्टि भई रहेको हुँदा धनकुटा जिल्ला अदालतबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी प्रतिवादी भुपाल लिम्बुलाई सुरू अभियोग मागदावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले पुनरावेदन अदालत, धनकुटामा दायर गरेको पुनरावेदनपत्र ।

            यसमा कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दाको अवस्थामा मगज बिग्रेको वा बहुलाएको कारणले आफूले गरेको कामको परिणाम बुझ्न नसक्ने भएको तथ्य प्रमाणित भएमा मात्र निजलाई खतवात लाग्न वा सजाय हुन नसक्ने भन्ने मुलुकी ऐन, दण्ड सजायको महलको १ नम्बरले कानूनी व्यवस्था गरेकोमा प्रतिवादीले सोसम्बन्धी कुनै प्रमाण पेस गर्न नसकेको अवस्थामा प्रतिवादीलाई सजाय नगर्ने गरी धनकुटा जिल्ला अदालतबाट भएको फैसला प्रमाणको मूल्याङ्कनसमेतबाट फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६९।९।३ मा भएको आदेश ।

            प्रतिवादीको मानसिक अवस्था बिग्रिएको भनी शङ्कारहित रूपबाट पुष्टि हुन नसकेको अवस्थामा दण्ड सजायको महलको १ नम्बरको आधार लिई प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिने गरी धनकुटा जिल्ला अदालतबाट मिति २०६९।२।१ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्छ । साथै यसै लगाउको विष्णुमाया इवा लिम्बुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी यिनै भुपाल लिम्बु भएको फौ.पु.नं. ५ को कर्तव्य ज्यान मुद्दामा प्रतिवादीलाई ठहरेबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को हुन जाने देखिएकाले ५ वर्ष मात्र कैदको सजाय हुन कारण र आधार खुलाई राय जाहेर गरिएको र प्रस्तुत मुद्दाको समग्र परिवेश उक्त मुद्दा भन्दा भिन्न रहे भएकोसमेत नदेखिँदा प्रस्तुत मुद्दामा पनि प्रतिवादीलाई कम सजाय हुनु नै न्यायोचित हुने देखिएको हुँदा प्रतिवादी भुपाल लिम्बुलाई ५ वर्ष कैदको सजाय हुन अदालती बन्दोवस्तको १८८ नम्बरबमोजिम राय जाहेर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।१।२२ को फैसला ।

            वादी नेपाल सरकार र प्रतिवादी भुपाल लिम्बु भएको कर्तव्य ज्यान मुद्दामा धनकुटा जिल्ला अदालतबाट भएको फैसला उल्टी हुने ठहरी पुनरावेदन अदालत, धनकुटाबाट मिति २०७०।१।२२ मा भएको फैसला साधक जाँचका लागि पुनरावेदन अदालत, धनकुटाको च.नं. १०२५ मिति २०७०।९।३० को पत्रद्वारा प्राप्त भई प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता भएको रहेछ ।

            वादी नेपाल सरकार प्रतिवादी भुपाल लिम्बु भएको कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत, धनकुटाबाट प्रतिवादी भुपाल लिम्बुका नाममा जारी पुनरावेदनको म्याद तामेल भएको मिति २०७०।५।९ देखि मिति २०७१।३।१९ सम्म प्रतिवादी भुपाल लिम्बुको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिँदैन भन्ने पुनरावेदन दर्ता शाखाको जवाफ सहितको पत्र मिसिल सामेल रहेछ ।

नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी भुपाल लिम्बुले कारागारको भान्सामा प्रयोग हुने छुरीले क्षितिज थेवेको पेट कोखामा प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा निज क्षितिज थेवेको मृत्यु भएकाले निज प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ () नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदावी भएकोमा प्रतिवादीले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउन नसक्ने गरी मगज बिग्रेको देखिँदा मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिम खतवात नलागी अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको धनकुटा जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परी पुनरावेदन अदालत, धनकुटाबाट प्रतिवादीलाई सफाइ दिने ठहर गरेको धनकुटा जिल्ला अदालतको फैसला उल्टी भई प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई मुलकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम ५ वर्ष कैदको राय व्यक्त भई साधक जाँचका लागि पेस हुन आएको रहेछ ।

अब प्रस्तुत मुद्दामा धनकुटा जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादी भुपाल लिम्बुलाई अभियोग मागदावीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई अदालती बन्दोवस्तको १८८ नं. बमोजिम ५ वर्ष कैद हुन राय व्यक्त गरेको फैसला मिले नमिलेको सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

            . निर्णयतर्फ विचार गर्दा, कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय, धनकुटामा थुनामा रहेका प्रतिवादी भुपाल लिम्बुले केही सार्वजनिक अपराध मुद्दामा थुनामा रहेका क्षितिज थेवेलाई चुरोट सल्काउन लाइटर माग्दा नदिएको रिसमा पेट कोखामा छुरी प्रहार गरी घाइते बनाएको र निज घाइते क्षितिज थेवेको उपचारको क्रममा मृत्यु भएको हुँदा निज प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३() नं. को कसुरमा सोही महलको १३() नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोग मागदावी रहेछ ।

. मिति २०६६।८।२५ गते बिहान ९ बजेको समयमा बुढीमोरङ ठेगाना भएको कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको भुपाल लिम्बुले केही सार्वजनिक अपराध मुद्दामा सोही कारागारमा थुनामा रहेका क्षितिज थेवेलाई कारागारमा

तरकारी काट्न प्रयोग हुने छुरी कर्दले पेट कोखामा प्रहार गरी घाइते बनाएपछि निज घाइते क्षितिज थेवेलाई उपचारका लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएकोमा उपचारको क्रममा मिति २०६६।९।१० गते बिहान अन्दाजी तीन बजेको समयमा घाइते क्षितिज थेवेको मृत्यु भएकाले निज भुपाल लिम्बुलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको रेष्मा थेवे सुब्बाको जाहेरी दरखास्त परेको देखिन्छ ।

. प्रतिवादी भुपाल लिम्बुले वारदातको समयमा आफू कारागारको पुस्तकालय कोठामा रहेको अवस्थामा क्षितिज थेवेसँग चुरोट सल्काउन लाइटर माग्दा नदिएकाले अचानक रिस उठी क्षितिज थेवेलाई कारागारमा सब्जी काट्न प्रयोग हुने धारिलो छुरी कर्दले निज क्षितिज थेवेको पेट कोखामा प्रहार गरेको हुँ । सोही चोटबाट घाइते भएका क्षितिज थेवेको उपचारका क्रममा मृत्यु भएको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई स्वीकार गर्दै अदालतमा बयान गर्दा मृतक क्षितिज थेवेसँग कुनै पूर्व रिसइबि थिएन । चुरोट सल्काउन लाइटर माग्दा नदिएकाले अचानक रिस उठी क्षितिज थेवेलाई सब्जी काट्ने धारिलो छुरी कर्दले पेटमा घोची मारेको हुँ भनी आरोपित कसुरमा साबित भई बयान गरेको छ ।

. क्षितिज थेवेको बाँयापट्टि कोखामा १ इन्च लम्बाई, /२ इन्च चौडाई, १ इन्च गहिरो प्वाल परेको र पेटमा ८ इन्च लम्बाई टाँका लगाएको, सोमा गोलो प्वाल देखिएको भन्ने लास जाँच मुचुल्का  Cause of death is due to septicemia as a result of infected part of gastrointestinal tract due to stab wound of abdomen" भन्ने उल्लेख भएको शव परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको छ ।

. मौकामा तत्काल घटनास्थलमा पुगी प्रतिवादी भुपाल लिम्बुलाई नियन्त्रणमा लिने उक्त कारागारमा थुनामा रहेका मिलन खड्काले प्रतिवादी भुपाल लिम्बुको बाँया हातमा सब्जी काट्ने छुरी कर्द रहेको, निज प्रतिवादी भुपाल लिम्बुले उक्त छुरीले क्षितिज थेवेलाई एकपटक प्रहार गरी घाइते बनाई पुन: हान्न खोज्दा आफूले निज प्रतिवादी भुपाल लिम्बुलाई नियन्त्रणमा लिएको भनी अदालतमा उपस्थित भई मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गरी बकपत्र गरेको देखिन्छ । वारदातमा प्रयोग भएको छुरीलाई सनाखत गरी सोही छुरीले क्षितिज थेवेलाई पेट कोखामा प्रहार गरेको हुँ भनी प्रतिवादीले बयान गरेको छ । त्यसैगरी मौकामा बुझिएका मानबहादुर वि., शेरबहादुर थापा र रोशन बोहरासमेतका व्यक्तिहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान व्यहोरालाई समर्थन गर्दै अदालतमा उपस्थित भई प्रतिवादी भुपाल लिम्बुले छुरी प्रहार गरी घाइते भएका क्षितिज थेवेको उपचारको क्रममा मृत्यु भएको हो भनी गरेको बकपत्र मिसिल सामेल रहेको देखिन्छ ।

            . प्रतिवादी भुपाल लिम्बुले आफूसँग कारागारमा रहेका थुनुवा क्षितिज थेवेसँग चुरोट सल्काउन लाइटर माग्दा नदिएको कारणले रिस उठी कारागारमा सब्जी काट्न प्रयोग हुने तत्काल निज प्रतिवादी भुपाल लिम्बुले नङ काटिरहेको छुरीले क्षितिज थेवेको पेट कोखामा प्रहार गरी घाइते बनाएपछि उपचारको क्रममा निज क्षितिज थेवेको मृत्यु भएको भन्ने प्रतिवादीउपरको किटानी जाहेरी, क्षितिज थेवेलाई छुरी प्रहार गरेको हुँ भनी प्रतिवादी भुपाल लिम्बुले गरेको साबिती बयान, घटनास्थल मुचुल्का, वारदातमा प्रयोग भएको छुरीलाई प्रतिवादीले गरिदिएको सनाखत, मिसिल संलग्न शव परीक्षण प्रतिवेदनमा उल्लिखित मृत्युको कारण, घटना वारदात देख्ने मिलन खड्कासमेतका मानिसहरूले मौकामा गरेको बयान तथा अदालतमा गरेको बकपत्रसमेतका मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादी भुपाल लिम्बुले कसुर अपराधमा साबित भई गरेको बयानसमेत समर्थित भइरहेको हुँदा क्षितिज थेवेको मृत्यु प्रतिवादी भुपाल लिम्बुको कर्तव्यबाट भएको पुष्टि हुन आउँदछ ।

            . क्षितिज थेवेको मृत्यु प्रतिवादी भुपाल लिम्बुको कर्तव्यबाट भएको अवस्थामा निजलाई के कस्तो सजाय हुने हो भन्ने सम्बन्धमा विचार गर्दा, धनकुटा जिल्ला अदालतले प्रतिवादी भुपाल लिम्बुको मानसिक अवस्था ब्रिगिएको भन्ने आधारमा मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिम निज प्रतिवादीलाई अभियोग दावीबाट सफाइ दिएकोमा पुनरावेदन अदालत, धनकुटाले उक्त फैसला उल्टी गरी प्रतिवादी भुपाल लिम्बुलाई सर्वस्वसहित जन्मकैदको सजाय गरी अ.बं. १८८ नं. बमोजिम ५ वर्ष कैदको राय व्यक्त गरेको देखिन्छ ।

. मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. मा "कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतवात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्तैन" भन्ने कानूनी व्यवस्था रहेको छ ।

१०. मुलुकी ऐन, दण्ड सजायको महलको १ नम्बरबमोजिमको सुविधा पाउन अभियुक्त मानसिक रूपमा असामान्य अवस्थाको भई ठीक र बेठीक छुट्याउन नसक्ने वा आफ्नो वा अर्काको हित अहित छुट्याउन नसक्ने गरी बौलाएको प्रमाणित हुनुपर्दछ । मानसिक सन्तुलन ठीक रहेको अवस्थामा गरेको आपराधिक कार्यको लागि दण्ड सजायको महलको १ नं. आकर्षित हुन सक्तैन । कसुर वारदात स्थापित भएको अवस्थामा त्यस्तो वारदात हुँदाको समयमा मानिसकरूपले असन्तुलित भई गरेको वा कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्था थियो भन्ने कुराको प्रमाणित गर्ने भार सो दावी लिने पक्षमा रहन्छ । वारदातको अवस्थामा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको भनी प्रतिवादीले वारदातपश्चात अनुसन्धान अधिकारी र पछि अदालतमा बयान गर्दा जिकिर लिएको र सोलाई पुष्टि हुने प्रमाण

पेस गरेको देखिदैन । मानसिक अवस्था कहिले ठीक र कहिले बेठीक हुने अभियुक्तले मानसिक सन्तुलन ठीक भएको अवस्थामा कसुर गरेको रहेछ भने त्यस्ता अभियुक्तको हकमा दण्ड सजायको महलको १ नं. आकर्षित हुन सक्तैन । कुनै कसुर अपराधमा संलग्न अभियुक्तले वारदात हुँदाको अवस्थामा मानसिक सन्तुलन ठीक नभएको कारणले आपराधिक कार्य गरेको हो भन्ने कुरा मिसिल संलग्न सबुद प्रमाणबाट शङ्कारहित रूपले पुष्टि नभएसम्म त्यस्ता अभियुक्तले दण्ड सजायको महलको १ नं. बमोजिम सुविधा पाउन सक्ने अवस्था हुँदैन ।

११. यस सन्दर्भमा यस अदालतबाट भिमप्रसाद काफ्लेको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी चेतराज काफ्ले भन्ने चेतन काफ्ले भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६४, अङ्क ८, निर्णय नं. ७८७१, पृष्ठ १०२४) "मुलुकी ऐन, दण्ड सजायको महलको १ नम्बरको व्यवस्था प्रयोग हुनका लागि वारदात गर्दाको अवस्थामा अभियुक्तले आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक अवस्था बिग्रिएको हुनुपर्दछ" भनी व्याख्या भएको छ । त्यसैगरी पुनरावेदक सुदर्शन अर्याल र केशवराज आर्चायको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा  (नेकाप २०६५, अङ्क १०, निर्णय नं. ८०२९, पृष्ठ १२७९) "मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. बमोजिमको सजायबाट उन्मुक्ति पाउनका लागि घटना हुनु भन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्व आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगबारे निदान र उपचार गराएको भए सोको तथ्यपूर्ण आधार र प्रमाण तथा घटनापश्चात निजको व्यवहार र आचरण, तत्सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थाबारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएका तथ्यपूर्ण एवम्वैज्ञानिक कारण सहितको प्रतिवेदनसमेतलाई विचार गर्नुपर्ने हुन्छ" भनी व्याख्या भएको छ ।

            १२. यी प्रतिवादी भुपाल लिम्बुले धनकुटा कारागारमा केही सार्वजनिक अपराध मुद्दामा थुनामा रहेका क्षितिज थेवेलाई छुरी प्रहार गरी कर्तव्य गरी मारेको अवस्था छ । प्रतिवादी वारदात मितिभन्दा पहिलादेखि नै कारागारमा थुनामा रहेको र सोही अवस्थामा प्रतिवादीको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भई उक्त प्रतिष्ठानबाट मिति २०६६।८।२३ मा तयार भएको प्रतिवादी भुपाल लिम्बुको डिस्चार्ज समरीमा "प्राप्त जानकारी, MSE जाँच र भर्ति हुँदाको अवलोकनबाट खुट्टाको समस्याको बारेमा चिन्ता बाहेक अरू हिसाबले बिरामीको हालको मानसिक अवस्था सामान्य देखिन्छ" भन्ने उल्लेख भएको मिसिल संलग्न डिस्चार्ज समरीको प्रतिलिपिबाट देखिन्छ । मिति २०६६।८।२५ मा प्रतिवादीले प्रस्तुत वारदात घटाउनु भन्दा २ दिनअगाडिको प्रतिवादीको स्वाथ्य परीक्षणसम्बन्धी डिस्चार्ज समरीबाट यी प्रतिवादीको मानसिक अवस्था सामान्य रहेको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी र अदालतमा गरेको बयान सामान्य समझ भएको व्यक्तिले आफूलाई सोधिएको प्रश्न राम्ररी बुझी जवाफ दिने प्रकृतिको  रहेको छ । वारदात हुँदाको अवस्थामा आफूले गरेको कार्यको प्रकृति र परिणाम छुट्याउन नसक्ने गरी प्रतिवादी भुपाल लिम्बुको मानसिक सन्तुलन बिग्रिएको नभई सामान्य अवस्थाको देखिएकाले धनकुटा जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग मागदावीबमोजिम प्रतिवादी भुपाल लिम्बुलाई सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्याएको पुनरावेदन अदालत, धनकुटाको फैसला अन्यथा देखिन आएन ।

            १३. पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुलाई सर्वस्वसहित जन्म कैदको सजाय ठहर गरी अ.बं. १८८ नं. बमोजिम ५ वर्ष मात्र सजाय हुन व्यक्त गरेको रायका सम्बन्धमा विचार गर्दा पुनरावेदन अदालत, धनकुटाबाट अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गर्दा लगाउको मुद्दामा आधार र कारणहरू उल्लेख गरिएको र प्रस्तुत मुद्दाको समग्र परिवेश पनि उक्त मुद्दा भन्दा भिन्न नरहेको भन्दै प्रस्तुत मुद्दामा प्रतिवादीलाई ५ वर्ष कैद हुन राय व्यक्त गरेको देखिन्छ । उक्त राय व्यक्त गर्दा  मुलुकी ऐन, .बं. १८८ नं. मा भएको कानूनी व्यवस्थाबमोजिम प्रतिवादीलाई सजाय चर्को हुने आधार र कारणहरू खुलाएको पाइँदैन ।

१४. मुलुकी ऐन, .बं. १८८ नं. ले "सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएमा मुद्दामा साबित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुपर्दछभन्ने व्यवस्था रहेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाले इन्साफ गर्ने अधिकारीलाई भवितव्य हो कि भन्न हुनेसम्मको शङ्काले वा अपराध गर्दाको अवस्था विचार गर्दा कानूनबमोजिम सजाय गर्दा चर्को हुने देखिएमा सोको कारण र आधारहरू उल्लेख गरी सजाय कम हुनुपर्ने राय व्यक्त गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ ।

१५. यस अदालतबाट पुनरावेदक शान्ति वि.. र वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६१, अङ्क ६, निर्णय नं. ७३९९, पृष्ठ ७६९.बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा न्यायकर्ताले विचार गर्नुपर्ने भनी देहायबमोजिमका आधार र कारणहरू निर्धारण गरेको  पाइन्छ :

. मार्नेसम्मको मनसाय राखी इवी अदावत लिई पूर्व योजना बनाई हत्या भएको छ, छैन ?

. क्रूरता र यातनापूर्वकको हत्या

. अपराधको प्रकृति र मात्रा

. अपराध गर्ने व्यक्तिको उद्देश्य र सामाजिक पृष्ठभूमि

. अपराध हुनुपर्ने परिस्थिति

. अपराध गर्ने व्यक्तिको उमेर

. अपराध गर्ने व्यक्तिको शारीरिक, मानसिक, आर्थिक अवस्था

. पीडित पक्षको राय वा भावना

. पीडित पक्ष वा समाजलाई हुन गएको हानि वा नोक्सानी

. अपराधीको विगतको आपराधिक प्रवृत्ति

. अदालतमा साँचो कुरा गरी न्यायिक प्रक्रियालाई सहयोग गरे, नगरेको

. कसुर गरेकोमा पश्चातापको भाव आए, नआएको

. कसैको बहकाव वा दबाबमा अपराध गरे वा नगरेको,

. यस्तै मुद्दाको तथ्यगत अवस्थाबाट देखिने अन्य उपयुक्त कारणहरू आदि ।

 

            १६. मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा माथि उल्लेख भएका विभिन्न कारणहरूमध्ये के कस्ता कारणहरूको विद्यमानता रहेको छ भन्ने कुराहरू खुलाई न्यायकर्ताले सजाय घटाउने राय व्यक्त गरेको हुनुपर्दछ । मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर न्यायकर्तालाई चित्तमा लागेको भन्ने मात्र आधारमा सजाय कम गर्न मिल्दैन । साथै न्यायकर्तालाई चित्तमा लाग्ने भन्ने कुरा निरपेक्षरूपमा मनोगत हुन सक्तैन । न्यायकर्ताले कानूनबमोजिम निर्धारण भएको सजायलाई कम गर्दा सजाय कम हुनुपर्ने आधार र कारणहरूको विश्लेषण गरी निष्कर्षमा पुगेको हुनुपर्दछ ।

१७. यसै सन्दर्ममा यस अदालतबाट पुनरावेदक बीरमान लुङ्गेली (मगर) र वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६९, अङ्क ६, नि.नं. ८८५३, पृष्ठ १०१३) .बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउन र दण्ड निर्धारण गर्दा अपराध गर्ने व्यक्तिको पारिवारिक र सामाजिक पृष्ठभूमि, हत्या सुनियोजितरूपले योजनाबद्धरूपमा भएको हो वा होइन, हत्या क्रूरतापूर्वक भएको छ वा छैन अपराधको प्रकृति र त्यसको समाजमा पर्ने असर तथा अपराध गर्ने व्यक्तिको शारीरिक वा मानसिक अवस्थासमेतलाई विचार गर्नुपर्ने हुन्छ भनी व्याख्या भएको छ । अपराधको प्रकृति र अभियुक्तको आपराधिक पृष्ठभूमि, अपराध गर्ने तरिका, अभियुक्त र पीडितको सम्बन्ध, अभियुक्तको मानसिक अवस्था, अभियुक्तको उमेर र आचरण जस्ता केही खास अवस्थाहरूलाई विचार गरी न्यायकर्ताले त्यस्ता आधार र कारणहरूको विवेचना गरी अ.बं. १८८ नं. बमोजिम सजाय घटाउन राय व्यक्त गर्नुपर्ने हुन्छ । मिसिलमा निहित त्यस्ता आधार र कारणहरूको विवेचना नगरी अ.बं. १८८ नं. बमोजिम सजाय घटाउन पाउने अधिकार न्यायकर्ताको निरपेक्ष स्वविवेकीय अधिकार होइन । सजाय घटाउने राय व्यक्त गर्दा त्यस्तो रायलाई समर्थन गर्ने आधार र कारणहरू मिसिलमा भएको कुरा न्यायकर्ताले व्यक्त गरेको रायबाट नै स्पष्ट देखाउन सक्नुपर्दछ ।

१८. प्रस्तुत मुद्दामा प्रतिवादीको हकमा कम सजायको राय व्यक्त गर्दा मिसिलमा निहित आधार र कारणहरूको विवेचना नगरी लगाउको मुद्दाको सन्दर्भसम्म उल्लेख गरिएको छ । प्रत्येक मुद्दामा वारदातको परिस्थिति र अवस्था फरक फरक हुने हुँदा अ.बं. १८८ नं. को प्रयोग गर्दा मुद्दा अनुसार सजाय चर्को हुनुका आधार र कारणहरू स्पष्टरूपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

१९. प्रतिवादी भुपाल लिम्बुले कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवस्थामा चुरोट सल्काउन लाइटर नदिएको विवादमा सोही कारागारमा थुनामा रहेका थुनुवा क्षितिज थेवेमाथि छुरी प्रहार गरेको र सोही चोट पीरको कारण उपचारका क्रममा निज क्षितिज थेवेको मृत्यु भएको अवस्था छ । प्रतिवादी विगतमा पनि हत्या जस्तो जघन्य कसुरमा संलग्न रहेको र कारागारमा थुनुवाको रूपमा रहँदा पनि विगतमा गरेको कार्यप्रति पश्चातापको भाव नआई पुनआपराधिक कार्य गरेको र चुरोट सल्काउन लाइटर नदिएको भन्ने सामान्य विषयमा प्रतिवादीले आफैँले विवाद गरेपछि पीडित गुनगुन गरेको सुनी छुरी कर्द पेट कोखा जस्तो संवेदनशील स्थानमा प्रहार गरेको अवस्था छ । वारदातको अवस्था भवितव्य हो कि भन्न हुने सम्मको जस्तो पनि नदेखिएको र पटकपटक ज्यान मार्ने जस्तो अपराधमा संलग्न रहेको प्रतिवादीको आपराधिक पृष्ठभूमि देखिँदा निज प्रतिवादी भुपाल लिम्बुको हकमा सजाय कम हुनुपर्ने मनासिब, युक्तिसङ्गत र वस्तुनिष्ठ आधार र कारणहरू निहित रहेको देखिँदैन ।

२०. अत: माथि विभिन्न प्रकरणमा विवेचित आधार र कारणहरूबाट प्रतिवादी भुपाल लिम्बु कसुरमा साबित रहेको र निजको मानसिक अवस्था ठीक नभएको भनी मिसिल संलग्न ठोस सबुद प्रमाणबाट पुष्टि हुन नसकेकाले निज भुपाल लिम्बुलाई दण्ड सजायको महलको १ नं. को आधार लिई अभियोग दावीबाट सफाइ दिने गरी धनकुटा जिल्ला अदालतबाट मिति २०६९।२।१ मा भएको फैसला उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।१।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

            २१. साथै पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई मुलुकी ऐन, ..१८८ नं. बमोजिम ५ वर्ष मात्र कैद हुन भनी जाहेर गरेको साधक रायको सम्बन्धमा अ.बं.१८८ नं. को कानूनी व्यवस्था  र सो को प्रयोगका सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा निर्धारण भएका आधार र कारणहरूको विवेचना नै नगरी प्रतिवादीले विगतमा गरेको आपराधिक कार्य र हाल प्रस्तुत वारदातमा गरेको कार्यबाट हुन गएको आपराधिक कार्यको अवस्था, प्रस्तुत घटनाको परिस्थिति र वारदातको अवस्था हेर्दा भवितव्य हो कि जस्तो नदेखिएकाले यस्तो पटकपटक ज्यान मार्ने जस्तो कार्य गर्ने व्यक्तिलाई कानूनले हुने सजाय भन्दा घटी सजाय गर्दा न्याय कानून एवम्‍ ‍ पीडित र निजको परिवारप्रति न्याय नहुने हुँदा अन्य लगाउ मुद्दामा व्यक्त भएको आधार उल्लेख गरी पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुको हकमा व्यक्त गरेको रायसँग सहमत हुन सकिएन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

प्रतिवादी भुपाल लिम्बु के, माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीलाई दण्ड सजायको १ नं. को आधार लिई अभियोग दावीबाट सफाइ दिने गरी धनकुटा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत, धनकुटाको फैसला सदर हुने र पुनरावेदन अदालत, धनकुटाबाट प्रतिवादीलाई ५ वर्ष कैदको सजाय हुन भनी अ..१८८ नं. बमोजिम व्यक्त गरेको राय कायम रहन नसक्ने ठहरेकाले प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको लगत कसी सजाय असुल गर्नु भनी धनकुटा जिल्ला अदालतमा लेखी पठाउनू --------------------

प्रस्तुत फैसलाको जानकारी प्रतिवादी भुपाल लिम्बुलाई दिनू  -----------------------------

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइ दिनू ------------------

 

उक्त रायमा सहमत छु ।

न्या. रामकुमार प्रसाद शाह

 

इति संवत्२०७१ साल असार २० गते रोज ६ शुभम् ।

इजलास अधिकृत : भद्रकाली पोखरेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु