निर्णय नं. १६३३ - ज्यान

निर्णय नं. १६३३ ने.का.प. २०४० अङ्क ३
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४० सालको फौ.सा.नं. १३४
फैसला भएको मिति : २०४०।३।३१।६ मा
वादी : श्री ५ को सरकार
विरूद्ध
प्रतिवादी : अलि खाँ मुसलमान
मुद्दा : ज्यान
(१) वारदातको दिन प्रतिवादीले आफू अन्यत्र छु भनी करणी गरेको र मारेको होइन भनी अदालतमा इन्कारी भए तापनि वारदातको दिन अन्यत्र भएको कुरा प्रमाणित हुनआएको छैन । यस्तो अवस्थामा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको मनासिव ठहर्ने ।
(प्रकरण नं. १७)
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ साधक जाँचको लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. यही २०३४ साल मंसीर ११ गते बिहान खाना खाई अन्दाजी १२ बजे तिर दाउरा खोज्न भनी मोहना पार झोडीयामा गएकी मेरो सहोदर छोरी बर्ष १४ कि सर्केनी तामाड्ड समयमा घर नआउँदा कहाँ गई भनी १३ गते बिहान मेरो श्रीमती र म समेत मोहनादेखि (साविक पेज नं. ९०) उत्तर बडरा गाउँदेखि पश्चिम खोज्दै जाँदा सो ठाउँमा उक्त छोरी भएको मेरो श्रीमती लालमाया तामाड्डले देखी निज रोएको आवाज सुनी म त्यसतर्फ गई हेर्दा कर्तव्य गरी मारेको शंका लागी लास कुरुवा राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. मृतक सर्मेनी तामाड्डले लगाएको ब्लाउज केही तल खुस्किएको पेटीकोट च्यातिई योनीको माथि सरेको, धोती लास अन्दाजी एकबित्ता जति पर रहेको, लास उत्तर दक्षिण उत्तानो भइरहेको एक हात माथि अर्को हात खापी पेटमाथि रहेको, दुवै खुट्टा बसे झैं गरी पछाडि फर्केको, बायाँ खुट्टा जराको मुनी च्यापिएको हातका औंला केही मात्रामा खुम्चिएको, मुखबाट जिव्रो केही बाहिर निस्के जस्तो देखिएको, योनीबाट प्रसस्त मात्रमा रगत निस्केको तथा योनी च्यातिए जस्तो देखिएको, गुद्वारबाट मल ननिस्केको, सो ठाउँमा योनीबाट निस्केको रगत बगेको, मृतकले लगाएको पेटीकोट र निजले ओड्ने गरेको पछ्यौरा निजको मलद्वारले च्यापिएको, सो कपडाहरूमा रगत बगेको, निजको बायाँ आँखा केही चिजले खाई नभएको, दुवै खुट्टा घुँडा मुनी पनि कुनै चिजले खाएको घाउ भएको, घाँटी निर च्यापे जस्तो देखिएको, बायाँ हातको नाडीमा छाला केही मात्रामा खुल्सिए जस्तो देखिएको, मृतक सर्किनी तामाड्डको लासको नाकमा बुलाकी कानमा रिड्ड दुवै हातमा हरियो र रातो रवरको चुरा लगाएको, कपालको रौं खुला भई केही मात्रामा मुख छोपिएको भन्ने समेत व्यहोराको कृष्णबहादुर समेत १३ जनाले गरी दिएको लासप्रकृति मुचुल्का ।
४. २०३४।९।११ गतेको दिन जाहेरवालाकी छोरी सर्केनी तामाड्डनीको मृत्यु भएको हो । बुझिएसम्म मृतकलाई कर्तव्यबाट मारेकोमा पूर्ण विश्वास लाग्छ तर कहाँ बस्ने के नाउँ जात गरेको व्यक्तिहरूले मारेका हुन् आजसम्म खुल्न नआएबाट भन्न सक्दिन भन्ने समेत व्यहोराको जवान १३ को सरजमीन मुचुल्का ।
५. २०३४ साल चैत्र ३१ गतेका दिन भन्सार बटान बस्ने तुलसीदेवी मगरनीको मोहनापार दाउरा खोज्न गएको बखत नाउँ नजानेको व्यक्तिले पैसाको लालचा देखाई करणी गर्ने उद्देश्य गरिरहेको छ निजलाई पक्री कारवाही गरिपाउँ भनी मौखिक प्रतिवेदन गरेकीले पत्ता लगाउँदा भारत बरेली घर भई ढुंगा फोड्ने काम गर्ने अली खाँलाई फेला परी दाखिला गराएको छु सर्केनी तामाड्डनीलाई करणीको जरियाबाट ज्यान मारेको मुद्दामा यो अली खाँ उपर पूर्ण विश्वास लागेकोले तुलसीदेवी समेतलाई सनाखत गराई पाउँ भन्ने हे.कं.हर्कबहादुरको प्रतिवेदन ।
६. २०३४।९।११ गतेको बिहान खानाको लागि दाउरा खोज्न गएकी बर्ष १४ कि छोरी सर्केनी लालझाडीतिर गएकी थिई फर्की नआएकोले खोजतलास गर्दा १३ गते बिहान भन्सार देखि १ माइल पश्चिम खेतको आडमा लास फेला परेको हो मृतक छोरीलाई कर्तव्यबाट नै मारेको हो यस कार्यालयमा ल्याइएको अली खाँलाई देखेँ निजले अगाडि पनि लालझाडीतर्फ दाउरा खोज्न जाने आइमाईहरूसँग वादविवाद गरेको कुरा सुनेँ छोरीलाई अली खाँ समेतका व्यक्तिहरूले करणी गरी सो कुरा प्रचारमा आउँछ कि भनी अपराधीबाट बच्नलाई ज्यान मारी दिएको हुनुपर्छ भन्ने समेत व्यहोराको लालमाया तामाड्डनी र भीमबहादुर तामाड्डको २०३५।१।३ गतेको कागज ।
७. २०३४।१२।३० गते म मोहना पारी दाउरा खोज्न गएको बखत टिम्बर जाने बाटोको खम्बानेर आज देखाएको अली खाँले बाटो रोकी बिँडी पिउँछ्यौ भनी बिँडी र पैसा देखाई विभिन्न वादविवाद गरेकाले डरले भागी टिम्बर तर्फ गएँ निज भन्सार तर्फ गएका हुन् । २०३४।१२।३१ गतेका दिन मेरो डेराको नजिक चिया पसलमा मलाई जड्डलमा दाउरा खोज्न जाउँ भनेकाले मौखिक भनी पक्राउ गराएकी हुँ भीमबहादुरको छोरीलाई पक्राउ भएका अली खाँ समेतका व्यक्तिहरूले जबरजस्ती करणी गरेकोले करणीको जरियाबाट मृत्यु भएको हुनुपर्छ उक्त अपराधमा अली खाँ उपर पूर्ण विश्वास (साविक पेज नं. ९१) लाग्छ भन्ने समेत व्यहोरोको तुलसीदेवी समेत ४ जनाले मिति २०३५।१।३ मा गरेको कागज ।
८. ४ डिसेम्बर १९७७ अर्थात २०३४ साल पौष महीनाको शुरू दिनदेखि लालझारीको टिम्बरको लकडी काट्ने काम गरिरहेको थियो । डिसेम्बरको २६ तारिख अर्थात २०३४ साल पौष ११ गतेको दिन लकडी काट्ने काम गरी सकेपछि भन्सारतर्फ आइमाई भेटिन्छन् कि भनी गएको थिएँ । बर्ष १४।१५ को केटीलाई पहिलेदेखि देखेको थियो मोहनापारी झाडीमा उक्त केटीले दाउराको भारी राखी नदीमा हात खुट्टा धुन गएकी थिई म सो ठाउँमा पुगी सोधपुछ गरेँ, बिँडी दिए, केटीले बिँडी खान इन्कार गरी भाग्ने प्रयास गरी पैसा लिने कान्छी भनेँ, निज नबोली दाउरा राखेको ठाउँमा पुगी । मेरो साथमा कोही थिएन बेलुकी ६,७ बजेको समय हुँदो हो केटीलाई समाती निजले ओड्ने पछ््यौराले निजको मुख छोपी जड्डलको खोलामा लगी जबरजस्ती करणी गरेँ । कराउने प्रयास गर्दा मुखमा पछ्यौरा कोची एक हातले घाँटी दबाई एक हातले हात पक्री दोवारा करणी गर्दा गदौ घाँटी दबाई मुखमा रुमाल कोचारेको पिरबाट केटीको मृत्यु भएछ । मृत्यु भएपछि दाउरा राखेको नजिक खोल्सामा बोकी ल्याएँ छोपे जस्तो पारी लासको माथि दाउराको भारीले योनीलाई छोपे झैं गरी राखी दिएको हुँ भोलिपल्ट भारत बरेली गई बसेँ । चैत्रको शुरूतिर धनगढी आई ढुंगा फोड्ने काम गरी खाने गरेको थिएँ भन्नेसमेत व्यहोराको अली खाँले मिति २०३५।१।३ मा गरेको कागज।
९. २०३४।१२।३१ गते म र ससुरा कंचनपुर पुनर्वास जानलागेको अवस्थामा लालझाडीको जड्डलमा डाँकाहरूले ससुराको खल्तीबाट रू.६५०। लिई मलाई बन्दूक ताकी जड्डलभित्र लगे रातारात हिडाई भारत भिरा गुरुचरण भन्नेको घरमा राखी राति गुरुचरण आई एकपटक करणी गरे त्यसपछि चिनपुर गाउँमा लगे रातदिन गरी सबैले करणी गर्थे । मैले चिनेको अली खाँले तिन रात करणी गरेको हो मेरो गरगहना ६ तोला सुन गुरुचरण, ज्ञानप्रकाश, काका सिं, अली खाँ समेत अरू नाम नचिनेका दशजनाले बाँडी लिएका हुन् । डाँकाहरूको पञ्जाबाट फुर्सद पाई बलौटी ठानामा बयान गरेकी हुँ भन्ने समेत व्यहोराको टिकावतीको कागज ।
१०. संकलित सबूत, पोष्टमार्टम, सरजमीन र तुलसीदेवी समेतको सनाखतबाट भीमबहादुरको छोरीको २०३४।९।११ गते अली खाँले जबरजस्ती करणी गर्दागर्दै मुत्यू हुनआएको कुरा सिद्ध हुनआयो । २०३४।१२।३१ गते कंचनपुर जान भनी गएका टिकावती र निजको १० जना डाँकाहरूले पक्री नगदी रु.६५०। गरगहना समेतको टिकावतीलाई भारत भिरा समेत विभिन्न ठाउँमा राखी २७ दिनपछि छोडिएको अपहरण गर्दा अली खाँ पनि थियो भनी निजले सनाखत गरी दिएकोमा कंचनपुर जिल्लाको लालझारीमा वारदात भएकोले छुट्टै कारवाही र भीमबहादुरको छोरी सर्केनीलाई जबरजस्ती करणी गरी करणीको जरियाबाट घटनास्थलमै मृत्यु भएकोले निज अली खाँले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं.को अपराध गरेको सिद्ध हुनआएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायको माग दावी साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
११. मृतक सर्केनी तामाड्डसँग जबरजस्ती करणी गरी ज्यान मारी फालेको छैन यहाँ आएको २ महीना जति भयो घटना पौष महीनामा घटेको हो जाहेरी दरखास्त र सरजमीन मुचुल्कामा लेखेको कुरा झुठ्ठा हो प्रहरीमा गरेको बयान राजीखुशीले गरेको होइन प्रहरीले कुटपिट गरी त्यस्तो बयान गराएका हुन प्रहरीमा टिकावतीबाट सनाखत गराएको छ त्यो मेरो सामुन्नेमा गराएको होइन टिकावती गोतामेलाई अपहरण गरी करणी गरेको होइन । प्रहरी प्रतिवेदन अनुसारको अपराध नगरेकोले सजायको भागी हुन नपर्ने हो भन्ने समेत व्यहोराको अली खाँको अदालतमा गरेको बयान । (साविक पेज नं. ९२)
१२. २०३४ साल बैशाख मसान्तको कुरा हो म र ससुरा कंचनपुर पुनर्वास जानलागेका थियौं । लालझाडीको जड्डलमा २ जना मानिस बसिरहेका थिए ससुरालाई ४,५ लाठी खुट्टामा हिर्काई जड्डलतर्फ लगे मलाई समाती चार दिन पछि भिरा नजिकको गाउँमा लगी गुरुचरणको घरमा बास बसाएका हुन । ५।६ दिन त्यहीँ बसेपछि लखीमपुर लिई गएका हुन जड्डलमा बसेका मानिस मध्ये १ अली खाँ हुन अरू सबै व्यहोरा प्रहरीमा लेखाई दिएको छु भन्ने समेत व्यहोराको टिकावतीको बकपत्र ।
१३. छोरीको ज्यान मारेको मुद्दामा थुनामा रहेको प्र.लाई मैले नचिनेकाले निज उपर शंका गर्नसक्दिन । प्रहरीमा अपराध गरेमा सावित भएबाट मारेको हुन सक्तछ बर्ष १४ कि छोरी मोहनापार गएको फर्की नआउँदा खोजी गर्न जाँदा खाल्टोमा पूर्व उत्तर सिरान पारी दाउराको भारीले योनी छोपिएको कारणबाट कर्तव्यबाट मर्न भएको हुनसक्छिन भन्ने समेत व्यहोराको जाहेरवाला भीमबहादुरको बकपत्र ।
१४. मृत सर्केनी मरेको वारदात मितिमा हामी जि.बरेली खरीदामा गल्ला काम गर्ने काममा प्र.अली खाँ समेत ८।१० जना मानिस मजदूर काम गथ्र्यौ अली खाँ राम्रो आचरणको मानिस हो सनाखत कागज झुठ्ठा हो भन्ने समेत व्यहोराको जमिल अहमदको बकपत्र ।
मृतक सर्केनी तामाड्डनी मरेको वारदात मितिमा बरेलीमा गल्ला काम गर्ने गाडा चलाउने काममा अली खाँ समेतका मानिस काम गथ्र्यौं । अली खाँ मृतक मरेको ठाउँमा गएको छैन सनाखत गर्ने भीमबहादुर समेतको कागज झुठ्ठा हो अली खाँले मारेको शंका लाग्दैन राम्रो स्वभावको मानिस हुन भन्ने समेत प्र.का साक्षी रफीक अहमदले गरेको बकपत्र ।
१५. नावालकलाई दुई दुईपल्ट जबरजस्ती करणी गर्दा एक हातले घाँटीमा थिची मुखमा कपडा कोच्दा मान्छे मर्नसक्छ भनी सम्झन स्वभाविकै हुनेमा निज अलि खाँले यी सब कुरा थाहा पाउँदा पाउँदै मानिस मर्ने सम्मको काम गरिसकेको देखिँदा अन्य काम गर्दा वा ज्यान मर्छ भन्ने कुरा थाहा नपाए सर्केनी तामाड्डनीलाई त्यसरी निर्मम व्यवहार गरेको होला भन्न नसकिने स्थिति देखिँदा निज अली खाँ मुसलमानलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने कैलाली जिल्ला अदालतको फैसला ।
१६. शुरू जि.अ.ले अभियुक्तले अपराध गरेकै ठहर्याई ज्यानसम्बन्धी १३(२) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिवै देखिएकोले साधक सदरको लागि स.अ.मा जाहेरी गरी पठाउने भन्ने मिति २०३९।५।३।४ मा सु.प.क्षे.अ.ले गरेको फैसला ।
१७. साधक जाँचको लागि आएको प्रस्तुत मुद्दामा प्रतिवादी अली खाँ मुसलमान सर्केनी तामाड्डलाई जबरजस्ती करणी गरेको र मारे तर्फ अधिकार प्राप्त अधिकारी प्रहरीसमक्ष सावित देखिन्छ । प्रहरीमा भएको उक्त साविती राजीखुशीबाट भएको होइन कुटपिटबाट भएको भन्ने प्रतिवादीको भनाई भएकोमा प्रहरीमा भएको साविती राजीखुशीबाट भएको होइन भन्ने प्रमाण प्रतिवादीले दिनसकेको पाइँदैन । वारदातका दिन प्रतिवादीले आफू अन्यत्र छु भनी सर्केनी तामाड्डनीलाई करणी गरेको र मारेको होइन भनी अदालतमा इन्कारी भए तापनि वारदातको दिन अन्यत्र भएको कुरा प्रमाणित हुनआएको छैन । यस्तो अवस्थामा प्र.अली खाँ मुसलमानलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको शुरू जि.अ.को इन्साफ सदर गर्दै साधक जाहेर गरेको, सु.प.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । साधक तहबाट आएकोले कसैलाई केही गर्न परेन । मिसिल नियमबमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इतिसम्वत् २०४० साल आषाढ ३१ गते रोज ६ शुभम् । (साविक पेज नं. ९३)