शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२०७ - सवारी ज्यान (अङ्गभङ्ग)

भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।५।१०।३

०६७–CR–००६९

 

मुद्दा : सवारी ज्यान (अङ्गभङ्ग)

 

पुनरावेदक/वादी : तिलबहादुर लिम्बुको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला सुनसरी, मधेली गाउँ विकास समिति वडा नं.३ बस्ने कालु चौधरी

 

§  लापरवाहीको मापदण्डले नै प्रतिवादीलाई समेटेको छ । सवारी कसुरका कसुरदारलाई कडा सजाय गरी कसुरदारबाट थप कसुर नहोस्भन्ने परिणाम प्राप्त गर्नका लागि सजायको निरोधात्मक सिद्धान्तको प्रयोग गर्नु अनिवार्य हुने ।

§  सवारी दुर्घटनाको दुष्परिणाम जनधनको ठूलो क्षति भएको र जीवनको रक्षा राज्य तथा फौजदारी न्यायको मूल दायित्व भएकाले  यसमा काबुभन्दा बाहिरको परिस्थिति नदेखिएसम्म दयामाया गर्नु भनेको जनसाधारणको जीवनरक्षाको दायित्वबाट पन्छिनु  हो ।

§  जति ज्यान लिए पनि फरक पर्दैन, न सवारी अनुमतिपत्र रद्द हुन्छ न खासै आर्थिक भार पर्छ, सजाय पनि साङ्केतिक वा आलङ्कारिक मात्र हुन्छ भन्ने सन्देश प्रवाहित हुनु भनेको अराजकता र दण्डहीनताको सूत्रपात हुनु हो । नेपालमा हवाई दुर्घटना र सडक दुर्घटनाको कहाली लाग्दो अवस्थाले नेपालको अन्तर्राष्ट्रिय छवि पूरै धमिलिएको छ । कानून र फौजदारी न्यायको सही प्रयोग गरेर यसलाई दुरूत्साहन गर्नु अदालतको दायित्व हो । प्रतिवादी चालकको यस्तो हँकाइलाई चरम अक्षमता र गैरजिम्मेवारीपूर्ण हँकाइ भन्नुपर्छ । यसबाट निजको हँकाइको स्तर सक्षम र सतर्क चालकको हँकाइको स्तर भन्दा निक्कै तल्लो रहेको मान्नुपर्ने ।

(प्रकरण नं. २९)

§  मृतकले चलाएको मोटरसाइकल प्रतिवादी चालकले देखेपछि पनि ट्रकलाई नियन्त्रण गर्न नसकी उल्लिखित ट्रक गलत साइडमा गई रूखमा गई ठोक्किएको र सो दौरान  सडकमा २४ फिटसम्म ब्रेकको डाम लागेको देखिनुबाट निजको हँकाइको स्तर सक्षम र सतर्क चालकको हँकाइको स्तर भन्दा निक्कै तल्लो रहेको भन्ने निष्कर्षमा पुगिने ।

§  प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिमको कसुर गरेको देखिँदा सोही दफा १६१() बमोजिम सजाय गर्नुपर्नेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() अन्तर्गतको कसुर कायम गरी २९ दिन कैद र रू.,०००।- जरिवाना गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गरी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म नमिलेकाले केही उल्टी भै प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिमको कसुरमा सोही दफा १६१() बमोजिम २ वर्ष कैद हुने ।

(प्रकरण नं. ३२)

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान्उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान्अधिवक्ताद्वय टीकाराम भट्टराई र प्रबल शर्मा

 

अवलम्बित नजिर :

§  नेकाप २०४२ को पृष्ठ ३३६

§  नेकाप २०४३ को पृष्ठ ७१८

§  नेकाप २०५६ को पृष्ठ ३७८

§  नेकाप २०६८ को पृष्ठ १२३५

सम्बद्ध कानून :

§  सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(), १६१(), १६१()

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री बालकृष्ण उप्रेती

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री डम्बरबहादुर शाही

मा.न्या.श्री सत्यराज गुरूङ

 

फैसला

            न्या.गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार छ :

मिति २०६३।११।११ गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ८ तीनकुने भन्दा मुनि कोशी राजमार्गको सेउती पुल नजिक धरानबाट इटहरीतर्फ गइरहेको को १ ख १०४५ नं. को ट्रकले इटहरीबाट धरान जाँदै गरेको को ३ प ४८७० नं. को मोटरसाइकललाई ठक्कर दिएको भन्ने घटनास्थल  मुचुल्का ।

            मिति २०६३।११।११ गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा धरान नगरपालिका वार्ड नं. ८ तीनकुने भन्दा मुनि कोशी राजमार्गको सेउती पुल नजिक चारकोशे जङ्गलमा धरानबाट इटहरीतर्फ गइरहेको को १ ख १०४५ नं. को ट्रक इटहरीतर्फबाट धरान आउँदैगरेको को ३ प ४८७० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेरो सहोदर भतिजो सचिन लिम्बुको घटनास्थलमै मृत्यु भएको र सो मोटरसाइकलको पछाडि बस्ने रेलिङ लिम्बु घाइते भएकाले उक्त ट्रक चालक प्रतिवादीलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने तिलबहादुर राईको जाहेरी ।  

            मिति ०६३।११।११ गते दिउसो अन्दाजी १२:३० बजेको समयमा मैले चलाएको को १ ख १०४५ नं. को ट्रक धरानबाट इटहरीतर्फ गइरहेको अवस्थामा सेउती पुल नजिक पुग्दा इटहरीतर्फबाट धरानतिर आउँदै गरेको सचिन लिम्बुले चलाएको को ३ प ४८७० नं. को मोटरसाइकल बढी गतिमा आई मैले चलाएको ट्रकमा ठक्कर लागि दुर्घटना भएको हुँदा मैले ट्रकमा एक्कासी ब्रेक हान्दा ट्रक मोडिएर रूखमा ठोक्किन पुगी रोकियो र मोटरसाइकल

दुर्घटनाग्रस्त भै चालक सचिनको घटनास्थलमै मृत्य भएको र पछाडि बस्ने रेलिङ लिम्बुको उपचार भइरहेको छ भन्ने प्रतिवादी कालु चौधरीको अनुसन्धानको क्रममा भएको बयान ।

को १ ख १०४५ नं. को ट्रकको हर्न, ब्रेक, क्लज, साइडलाइटहरूसमेत ठीक दुरूस्त हालतमा रहेको भन्ने प्रहरी हवलदार रूद्र कटुवालको प्रतिवेदन ।

मिति ०६३।११।११ गते धरान नगरपालिका वडा नं. ८ सेउती पुल नजिक को १ ख १०४५ नं. को ट्रक गाडी र को ३ प ४८७० नं. को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेकामध्ये चालक सचिन लिम्बुको मृत्यु भएको र पछाडि बस्ने रेलिङ लिम्बु घाइते भै उपचार भैरहेको छ भन्ने सुनी थाहा पाएको हो भन्ने वस्तुस्थिति मुचुल्का ।

मिति २०६३।११।११ गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा मैले तरहरा बस्ने टेकराज लिम्बुबाट किनेको को ३ प ४८७० नं. को मोटरसाइकल धरान नगरपालिका वडा नं. १५ बस्ने सचिन लिम्बुले चलाई म पछाडि बसी इटहरीबाट धरानतर्फ जाँदैगर्दा घटनास्थल मुचुल्कामा उल्लिखित स्थानमा पुग्दाको अवस्थामा धरानतर्फबाट इटहरीतिर आउँदै गरेको को १ ख १०४५ नं. को ट्रक गाडीले एक्कासी हाम्रो मोटरसाइकलमा ठक्कर दिई दुर्घटना हुँदा सचिन लिम्बुको मृत्यु भएको र म घाइते भएको हुँ, मेरो उपचारमा लागेको खर्च र लाग्ने खर्च दिइसकेको तथा मोटरसाइकल मर्मत गरी चालु हालतमा सवारीधनीका तर्फबाट दिइसकेको छ भन्ने घाइते रेलिङ लिम्बुको कागज ।

प्रतिवादी चालक कालु चौधरीले आफूले चलाएको को १ ख १०४५ नं. को ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिई मोटरसाइकल चालक सचिन लिम्बुको घटनास्थलमै मृत्यु भएको, मोटरसाइकल पछाडि बस्ने रेलिङ लिम्बुको खुट्टाको हड्डी भाँचिएर अङ्गभङ्ग भएको कार्य सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() अनुसारको कसुर हुँदा सोही दफाबमोजिम सजाय हुन तथा अङ्गभङ्गतर्फ सोही ऐनको दफा १६२() अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

धरानबाट को १ ख १०४५ नं. को खाली ट्रक आफ्नो साइडबाट लिई आइरहेको, घटनास्थलमा आइपुग्दा अर्को दिशाबाट आएको मोटरसाइकल एक्कासी मेरो साइडमा आएपछि दुर्घटना भएको हो, जसमा मोटरसाइकल चालकको मृत्यु भएको र मोटरसाइकल पछाडि बस्नेको खुट्टा भाँचिएको, दुर्घटना मेरो गल्तीले नभई मोटरसाइकल चालकको गल्तीबाट दुर्घटना भएको हो भन्ने प्र.कालु चौधरीको सुरू अदालतमा भएको बयान ।

भतिजो सचिन लिम्बुको मृत्यु प्रतिवादीले कुदाएको ट्रकको ठक्करबाट भएको हो । सो समय मोटरसाइकल पछाडि बस्ने रेलिङ लिम्बुको खुट्टा भाँचिएको हो भन्ने जाहेरवालाको बकपत्र ।

मृतक सचिन लिम्बुले चलाएको मोटरसाइकल आफ्नै साइडमा कुदिरहेकोमा एक्कासी ट्रक हाम्रो साइडमा आई मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको हो । ट्रक चालकको लापरवाहीको कारण दुर्घटना भै सचिन लिम्बुको मृत्यु भयो र मेरो खुट्टा भाँचिएको हो भन्ने पीडित घाइते रेलिङ लिम्बुको बकपत्र ।

घटनास्थल प्रकृति मुचुल्काबाट उत्तर दिशाबाट आएको ट्रकले दक्षिण दिशाबाट गएको मोटरसाइकललाई सडकको बीच भागमा ठक्कर दिएको भन्ने देखिएको छ । सो मुचुल्कामा ट्रकको टायर घस्रेको २४ फिट लामो डाम देखिएबाट बचाउने प्रयासमा ट्रक चालक नलागेको भन्न सकिएन । जाहेरवालाको बकपत्रबाटसमेत ट्रकको गति तीव्र भएको भन्ने देखिएको र ट्रकको मेकानिकल परीक्षणबाट ट्रक राम्रो अवस्थामा देखिँदा प्रतिवादी कालु

चौधरीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() को कसुरमा सोहीबमोजिम तजविजी २९ दिन कैद र रू.,०००।- जरिवाना हुने ठहर्छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६२() तर्फको दावी पुग्न सक्तैन भन्ने सुनसरी जिल्ला अदालतको मिति २०६५।८।३० को फैसला ।

सुरू जिल्ला अदालतको फैसलामा चित्त बुझेन ट्रकको टायरले २४ फिट घर्षण गरेको कुरामा विवाद छैन । यसबाट ट्रक अनियन्त्रित गतिमा रहेको र चालकले जानीजानी लापरवाही गरेको प्रष्ट हुन्छ । मोटरसाइकलको पछाडि बस्ने रेलिङ लिम्बुको खुट्टा भाँचिई अङ्गभङ्ग भएको कुरा पुष्टि भैरहेको अवस्थामा अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय नगरेको सुरूको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।

            मिति २०६३।११।११ मा धरानबाट इटहरीतर्फ आएको ट्रक र विपरीत दिशाबाट आएको मोटरसाइकल एक आपसमा ठोक्किन गई दुर्घटना भएको कुरामा विवाद छैन । प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारी र अदालतमा समेत मोटरसाइकलसँग दुर्घटना भएको र मोटरसाइकलका चालक सचिन लिम्बुको मृत्यु भई रेलिङ लिम्बु घाइते भएको कुरा स्वीकार गरी बयान गरेको पाइन्छ । ट्रकको मेकानिकल परीक्षण गर्दा ट्रकको अवस्था राम्रो रहेको देखिएको छ । प्रतिवादीले जानीजानी लापर्वाहीपूर्वक गाडी चलाएको भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा ट्रक चालक प्रतिवादीले दुर्घटनाबाट बचाउनका लागि ब्रेक लगाई सावधानी अपनाएको कुरा ट्रकमा ब्रेक लागी २४ फिटसम्म टायर घर्षण भएको सडकको डामले देखाउँछ । अभियोग दावीबमोजिम प्रतिवादीले जानीजानी दुर्घटना गराएको मिसिल प्रमाणबाट नदेखिएको अवस्थामा प्रतिवादीलाई दावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर न्यायसङ्गत देखिएन । सुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।८।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।७।८ को फैसला ।

            प्रतिवादी कालु चौधरीले हाँकेको को १ ख १०४५ नं. को ट्रकले को ३ प ४८७० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सचिन लिम्बुको घट्नास्थलमै मृत्यु भएको र रेलिङ लिम्बुको खुट्टा भाँचिई घाइते भएको कुरामा कुनै विवाद छैन । घटनापूर्व ट्रक चालकले ब्रेक लगाउँदा २४ फिटसम्म लामो टायर घर्षण भएको चिन्ह देखिएबाट ट्रकको गति अत्यधिक रहेको सहजै अनुमान गर्न सकिन्छ । अत्यधिक गतिका कारणले ट्रकलाई चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको स्पष्ट छ । यान्त्रिक  परीक्षण प्रतिवेदनबाट ट्रक राम्रो अवस्थामा रहेको प्रमाणित भएकै छ । यान्त्रिक रूपले ठीक अवस्थामा रहेको गाडीमा ब्रेक लगाउँदा उपयुक्त समयमा नरोकिई (नियन्त्रित नभई) लामो दूरीसम्म घर्षण भई दुर्घटना हुनुले अनियन्त्रित गतिका कारणले दुर्घटना भएको पुष्टि भएको छ । उपयुक्त समयमा ब्रेकसमेत लगाई गाडी नियन्त्रण गर्नसमेत नसक्ने गरी गाडी चलाई सोही कारणबाट दुर्घटना गराई एकजनाको मृत्यु र एकजनाको अङ्गभङ्ग भएको अवस्थामा चालकले लापरवाहीपूर्वक गाडी चलाएको देखिन नआएको भनी प्रमाणको त्रुटिपूर्ण मूल्याङ्कन गरिएको छ । प्रत्यक्षदर्शी घाइते

रेलिङ लिम्बुको कागज तथा बकपत्रमा ट्रक चालकको लापरवाही थियो भनी उल्लेख भएको पाइन्छ । ट्रक तत्काल कन्ट्रोल हुन नसकी सडकबाहिर पुगेको घटनास्थलबाट देखिन्छ । पुनरावेदन अदालत, विराटनगरको फैसलामा प्रमाणको मूल्याङ्कनसम्बन्धी त्रुटि भएको देखिँदा मुद्दा दोहोर्याई हेरी प्रतिवादीलाई सुरू अभियोग मागदावीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको निवेदनपत्र ।

            यसमा प्रतिवादी कालु चौधरीले हाँकेको ट्रकले सचिन लिम्बुले चलाएको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको र उक्त मोटरसाइकलको पछाडि बस्ने रेलिङ लिम्बु

घाइते भएको अवस्था छ । ट्रक चालक कालु चौधरीले ब्रेक लगाउँदा सडकमा चौबीस फिट लामो टायर घर्षणको चिह्न देखिएको पाइन्छ । घाइते रेलिङ लिम्बुको बकपत्रबाट ट्रक अत्यधिक गतिमा रहेको कारण सवारी दुर्घटना भएको भनी लेखाएबाट ट्रक चालकको लापरवाहीको कारणले सवारी दुर्घटना भएको हुँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() र १६२() अनुसार सजाय नगरी प्रतिवादी कालु चौधरीलाई सोही ऐनको दफा १६१() बमोजिम मात्र सजाय गरी अङ्गभङ्गतर्फ केही नबोलिएबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(), १६२() र अ.बं. १९२ नं. समेतको त्रुटि विद्यमान देखिँदा पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६६।७।८ मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२()() अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । प्रस्तुत मुद्दाको रेकर्ड सुरू र भए प्रमाण मिसिलसमेत झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।४।१७ को आदेश ।

            नियमबमोजिम पेस भएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान्उपन्यायाधिवक्ता श्री कृष्णमोहन कोइरालाले प्रतिवादीले चलाएको ट्रकको गति अत्यधिक रहेको कुरा ब्रेक लगाउँदा सडकमा टायर घस्रेको डामको लम्बाई २४ फिट देखिएको तथ्यबाट पुष्टि हुन्छ । यान्त्रिक रूपले दुरूस्त ट्रक नियन्त्रण गर्न नसक्ने गरी लापरवाहीपूर्वक हाँकेको कारण दुर्घटना भै भएको अभियोगदावीको वारदात सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() भित्र पर्नेमा प्रतिवादीलाई सो ऐनको दफा १६१() बमोजिम सजाय गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

            प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्अधिवक्ताद्वय श्री टीकाराम भट्टराई र श्री प्रबल शर्माले प्रतिवादीले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको नभै मृतकले चलाएको मोटरसाइकले ट्रकलाई ठक्कर

दिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() को अवस्था विद्यमान छैन । यसमा जानीजानी लापरवाही गरी वा चालकको गल्तीबाट प्रस्तुत दुर्घटना भएको भन्न नमिल्ने हुँदा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१()बमोजिम सजाय गरेको सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

            अब पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन, पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

. निर्णयतर्फ विचार गर्दा प्रतिवादी कालु चौधरीले को१ख १०४५ नं को ट्रक अति तीव्र गतिमा उच्च लापरवाहीका साथ चलाएको कारणबाट नियन्त्रण गर्न नसकी विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिई सडकको किनाराको रूखमा आफ्नो सवारी ठोक्काई रोकिएको कुरा घटनास्थल मुचुल्काबाटसमेत देखिएको सो वारदातमा सचिन लिम्बुको घटनास्थलमा नै मृत्यु भएको र रेलिङ्ग लिम्बुको खुट्टाको हड्डी भाँचिएर अङ्गभङ्ग भएकाले निज प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() र दफा १६२() नं. अनुसार सजाय गरिपाउँ । किरिया र उपचार तथा मोटरसाइकलको क्षतिपूर्तिसमेत लिइसकेकाले सोतर्फ मागदावी नरहेको भन्ने व्यहोराको प्रतिवादी विरूद्धको अभियोगदावी देखिन्छ ।

. सुरू ट्रकको टायर घस्रेको २४ फिट लामो डाम देखिएबाट बचाउने प्रयासमा ट्रक चालक नलागेको भन्न सकिने अवस्था नरहेको जाहेरवालाले अदालतमा गरेको बकपत्रमा समेत मोटरसाइकलको गति तीव्र थियो भनी लेखाएको अवस्थामा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिम सजाय हुनु न्यायोचित नहुने र प्र. ले चलाएको ट्रक तथा मृतकले चलाएको मोटरसाइकल ठोक्किन गै दुर्घटना भै सचिन लिम्बुको मृत्यु भएबाट निजलाई ऐ. ऐनको दफा १६१()बमोजिम सजाय हुने ठहर्छ भनी सुरू अदालतबाट फैसला भएको र प्र. ले दुर्घटनाबाट बचाउनका लागि ब्रेक लगाई सावधानी अपनाएको कुरा २४ फिटसम्म घर्षण भएको सडकको डामले देखाएको समेतबाट प्रतिवादीले जानीजानी दुर्घटना गराएको प्रमाणित नभएको भन्नेसमेतका सुरूकै आधारलाई उल्लेख गर्दै पुनरावेदन अदालत, विराटनगरबाट सुरू फैसला सदर भएको  पाइन्छ ।

. उक्त फैसलामा चित्त नबुझाई यान्त्रिक अवस्था ठीक रहेको गाडीमा ब्रेक लगाएमा उपयुक्त समयमा रोकिनुपर्नेमा ट्रकको गति अत्यधिक रहेको कारणबाटै त्यसमा ब्रेक लगाउँदा ट्रक नियन्त्रमा नरही सडकमा २४ फिट सम्म घर्षण भएको, नियन्त्रणमा रहन नसक्ने गरी गाडी चलाउनु चालकको लापरवाही भएको, चालकले लापरवाहीका साथ ट्रक चलाएको कुरा रेलिङ्ग लिम्बुको बकपत्रबाट देखिएको समेतका मिसिलका प्रमाणहरूको त्रुटिपूर्ण मूल्याङ्कन गरी सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी अभियोगदावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर देखिन्छ ।

. अब वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने नपुग्ने त्यसमा निर्णय गर्नुपर्ने देखियो । तत्सम्बन्धमा कमन ल मुलुकको अग्रणी बेलायतको सवारी कसुरसम्बन्धी कानूनका बारेमा विद्वान्स्मिथ र होगानको क्रिमिनल ल तेह्रौं संस्करण २०११ को अध्याय ३३ मा उल्लेख भएबमोजिम बेलायतको the Road Traffic Act, 1991 को दफा 2A (1) …a person is to be regarded as driving dangerously if, (and, subject to subsection (2) below, only if) – (a) the way he drives falls far below what would be expected of a competent and careful driver, and (b) it would be obvious to a competent and careful driver that driving in that way would be dangerous.

(2) A person is also to be regarded as driving dangerously for the purposes of sections 1 and 2 above if it would be obvious to a competent and careful driver that driving the vehicle in its current state would be dangerous.

(3) In sub-sections (1) and (2) above ‘dangerous’ refers to danger either of injury to any person or of serious damage to property; and in determining for the purposes of those sub-sections what would be expected of, or obvious to, a competent and careful driver in a particular case, regard shall be had not only to the circumstances of which he could be expected to be aware but also to any circumstances shown to have been within the knowledge of the accused.

(4) In determining for the purposes of sub-section (2) above the state of a vehicle, regard may be had to anything attached to or carried on or in it and to the manner in which it is attached or carried भनी सो दफाले खतरनाक हँकाइ driving dangerously कसुरको परिभाषा गरेको देखिन्छ ।

. विद्वान्स्मिथ र होगानको विचारमा चालक thoughtless मात्र देखिएमा न्यूनतम् deliberately put at risk the persons or properties of others देखिएमा अधिकतम्सजाय गर्नु sentencing policy अनुरूप हुनेछ ।

. बेलायतको Crown Prosecution Service ले उल्लेख गरेको खतरनाक हँकाइको उदाहरणभित्र speed, which is highly inappropriate for the prevailing road or traffic conditions … or similar, in circumstances where the driver was avoidably and dangerously distracted by that  भन्नेसमेतका हँकाइ परेको देखिन्छ ।

. स्मिथ र होगानलगायतका विद्वान्हरू र बेलायती अदालतले प्रतिवादीले आफ्नो क्षमताले भ्याएसम्म इमानदारी र होशियारीका साथ सवारी चलाएको भन्ने कुराबाट सवारी हँकाइसम्बन्धी कसुरको मूल्याङ्कन हुने नभै

यसको निरूपण वस्तुगत आधारमा हुने कुरा बारम्बार दोहोर्याएको पाइन्छ । प्रतिवादीको एकपटकमात्रको हँकाइ जस्तो कि D pressed the accelerator accidently in mistake for the brake अथवा was unaware of the defect in the vehicle, or that he thought the load was secure पनि far below the standard of driving of a competent and careful driver that it constitutes dangerous driving अर्थात्‍ If no competent and careful driver would have done such a thing देखिएमा प्रतिवादीले हजारौं पटक राम्ररी सवारी चलाई आएको उसको इतिहासले उसलाई निर्दोष साबित गर्न सक्ने देखिँदैन । Competent and careful driver को स्तर अनुसार सवारी चलाउनुपर्ने absolute दायित्वका अतिरिक्त यदि निज चालक the tendency of a car to swerve to the right when braked hard जस्ता सवारीको त्रुटिका सम्बन्धमा व्यक्तिगतरूपमा जानकार aware रहेमा निजको निजी जानकारीमा रहेको यस्तै कुराको जानकारी पाउने competent and careful driver लाई त्यस्तो tendency रहेको कार चलाउनु खतरनाक हुने कुरा प्रष्ट obvious भएमा समेत निज चालक दोषी ठहरिन सक्ने देखिन्छ । यो मापदण्डले सवारी हँकाइ वस्तुगत objective हिसाबबाट उपयुक्त हुनुपर्ने स्तरका अतिरिक्त चालकले चलाएको सवारीको सम्बन्धमा निजको निजी जानकारीमा रहेको कुरासमेतको आत्मगत Subjective आधारसमेतलाई अङ्गालेको देखिन्छ । 

. बेलायतको उक्त कानूनको दफा २ मा careless and inconsiderate driving को व्यवस्था भएको पाइन्छ । हेलचक्र्याइँ, असावधानीको आरोप प्रमाणित गर्ने सरकारउपर रहने कठिन भारको कारणले careless and inconsiderate driving सम्बन्धी दफा २ मा negligence शब्दको प्रयोग without due care and attention, or without reasonable consideration for other persons using the road or place, भनी due care and attention, or without reasonable consideration जस्ता शब्दहरूको प्रयोग भएको र The Road Safety Act, 2006 को दफा ३० ले दफा 3ZA  राखेर प्रष्टताको लागि (2) A person is to be regarded as driving without due care and attention if (and only if) the way he drives falls below what would be expected of a competent and careful driver. (3) In determining for the purposes of sub-section (2) above what would be expected of a careful and competent driver in a particular case, regard shall be had not only to the circumstances of which he could be expected to be aware but also to any circumstances shown to have been within the knowledge of the accused भनी  माथि उल्लेख भएअनुरूप वस्तुगत र आत्मगत दुबै आधार राखी यो कसुरको परिभाषा गरेको छ । Dangerous driving को कसुरसम्बन्धी दफा २ मा पनि recklessness\negligence भन्ने शब्दहरूको प्रयोग नभएको स्मरणीय छ ।

१०. Dangerous driving को objective मापदण्ड झैं careless and inconsiderate driving को हकमा पनि Lord Hewart CJ अनुसार an objective standard, impersonal and universal, fixed in relation to the safety of other users of the highway. It is in no way related to the degree of proficiency or degree of experience attained by the individual driver (mcCrone v Riding, 1938) आवश्यक पर्ने देखिन्छ । Lord Diplock ले Lawrence 1981 मा यो कसुरलाई an ‘absolute offence’, in the sense in which that term is commonly used to denote an offence for which the only mens rea needed is simply that the prohibited physical act (actus reus) done by the accused was directed by a mind that was conscious of what his body was doing, it being unnecessary to show that his mind was also conscious of the possible consequences of his doing it गर्नुभएको व्याख्या महत्त्वपूर्ण छ । यी दुई अर्थात् negligence careless driving (मेरो विचारमा dangerous driving पनि) को फरकको बारेमा विद्वान्स्मिथ र होगानले The general basis on which persons are punished for offences of negligence is that they could have done better, whereas people may be punished for offences of absolute liability even though they have taken all reasonable care भनी बडो सटीक तर्क दिनुभएको देखिन्छ ।

     ११. Overtaking on the inside; driving inappropriately close to another vehicle; inadvertently driving through a red light; emerging from a side road into the path of another vehicle; tuning a car radio; using a hand-held mobile phone or other hand-held electronic equipment when the driver was avoidably distracted by that use; and selecting and lighting a cigarette or similar when the driver was avoidably distracted by that use जस्ता हँकाइ careless driving हुन सक्ने भनी Crown Prosecution Service ले उदाहरणहरू प्रस्तुत गरेको देखिन्छ ।  

१२. सवारी हँकाइको कारणबाट मानिस मरेमा त्यस्तो चालकउपर कर्तव्य ज्यान (with intent to kill or do grievous bodily harm), ज्यान manslaughter, causing death by dangerous driving, causing death by careless driving, causing death by careless driving while intoxicated, causing death while driving unlawfully Aggravated Vehicle-Taking Act 1992 अन्तर्गतको सवारी कसुर आदिमा अवस्थानुसार अभियोग दायर गर्न सकिने  देखिन्छ ।

१३. जनताको ठूलो सङ्ख्याले सडक दुर्घटनाबाट मानिस मरेमा gross negligence manslaughter को अभियोग लगाउनुपर्ने विचार व्यक्त गरेको भए तापनि a risk of serious injury होइन कि risk of death from the manner of the driving देखिएमा वा कुनै सवारी साधनको प्रयोग आक्रमणको लागि ‘or to cause fright and death results’ को लागि भएमा वा hit-and-run cases where the death did not arise from the manner of the defendant’s driving but the subsequent failure to comply with the duty to stop under 170 of the Road Traffic Act, 1988 following an accident वा सडक वा सार्वजनिक स्थलभन्दा बाहिर भएको दुर्घटनामा वा आत्महत्या गर्नको लागि आफ्नो सवारीलाई अर्को सवारीसँग जानीजानी ठोक्काएको अवस्थाहरूमा मात्र manslaughter को अभियोग उपयुक्त हुने भन्ने Crown Prosecution Service को विचार देखिन्छ । 

१४. उक्त ऐनको दफा १ ले causing death by dangerous driving को कसुरमा १४ वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको पाइन्छ ।

१५. उक्त ऐनको दफा 2B मा causing death by careless driving को कसुरमा बढीमा ५ वर्ष कैद वा जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको पाइन्छ । यो कानूनको निर्माण to fill the perceived gap created when an offender was found not guilty of causing death by dangerous driving because his driving had not fallen far enough below the standard of the competent driver. This offence brings sharply into focus the question of whether punishment ought to be based on the fault of the actor or the consequences resulting. Note that the distinction between this offence and that in s 2A is that there is no need to prove that it was obvious to a competent and careful driver that driving would create a risk of harm to person or property भन्ने उद्देश्यका लागि भएकाले कुनै पनि अवस्थामा सवारी चलाउनेको कारणबाट मानिस मरेको वारदातमा चालकले सजाय पाउनैपर्ने बेलायती कानूनको अभीष्ट देखिन्छ ।

१६. उक्त ऐनको दफा 3A ले causing death by careless or inconsiderate driving when under the influence of drink or drugs भन्ने नशाले मातेको अवस्थाको चालकबाट हुने दुर्घटनालाई समेटी त्यसमा १० वर्षसम्मको कडा कैद सजायको व्यवस्था गरेको   देखिन्छ ।

१७. यसरी When no fatality is involved, the sentence for these offences are relatively low, but a death will have a dramatic effect on the gravity of the offence भन्ने कारणबाट यो कानूनले कर्ताको दोष नभै कर्ता वारदातको कारण भए नभएको भन्ने causation खोज्दछ र causation मात्रैबाट कसुर ठहर हुने देखिन्छ ।  

१८. The Road Safety Act, 2006 को दफा २१ causing death while driving unlawfully सँग सम्बन्धित छ । यसमा बढीमा २ वर्षसम्म कैद वा जरिवाना वा दुबै सजायको व्यवस्था रहेको देखिन्छ । यस सम्बन्धमा विद्वान्् स्मिथ र होगानले These are stark examples of constructive liability offences where the punishment is for consequences (death) unrelated to the manner of the driving or any fault involved in driving. All that needs to be proved is that the defendant was driving when he did not have a valid license or insurance or had been disqualified from driving, and was involved in a fatal collision. Even if D’s driving was flawless and the collision was solely the fault of another, or even if V was solely at fault in running out in front of D, D will be convicted of the statutory homicide offence. For example, in Williams 2010, the Recorder directed the jury on the basis that the Crown did not have to prove there was any fault in the manner of W’s driving. The CA held that for an offence under s 3ZB fault was not required भनी व्यक्त गर्नुभएको विचारबाट causation प्रमाणित हुने बित्तिकै अरू कुरामा आँखा चिम्लेर यो कसुरलाई बेलायतको न्याय व्यवस्थाले strict liability को दर्जा दिएको देखिन्छ । 

१९. सवारी दुर्घटनालगायतमा मुद्दा दायर गर्ने अधिकार पाएको बेलायतको Crown Prosecution Service (CPS) ले प्रकाशित गरेको मुद्दा दायरसम्बन्धी नीतिगत प्रतिवेदन Policy for Prosecuting Cases of Bad Driving को दफा 5.22 मा … The fact that a defendant genuinely believed that in the circumstances his or her driving was not dangerous is irrelevant र दफा 5.41 मा Driving that may simply fall below the standard to be expected of a competent and careful driver in certain conditions may fall far below the required standard in other conditions and become dangerous. For example, there may be evidence of poor visibility, adverse weather conditions or difficult geography, such as a blind corner भनी उल्लेख भएको महत्त्वपूर्ण छ ।

२०. सन २०१३ को Driving Serious Offences को प्रतिवेदनमा The Sentencing Guidelines Council recommends that prolonged, persistent and deliberate bad driving and consumption of substantial amounts of drugs or alcohol should put offenders into the most serious category of causing death by dangerous driving and be given jail terms of at least seven years. A combination of these features of dangerous driving – particularly if accompanied by aggravating factors, failing to stop or a very bad driving record - should attract sentences towards the maximum of 14 years.

२१. The Council recommends that where death follows careless driving, a custodial sentence of up to 3 years is likely, with higher sentences where there is a combination of aggravating factors. However, where the driving involved “momentary inattention” and there were no aggravating factors, an offender should be given a community sentence, which could include a curfew requirement.

२२. Where death results from an offence involving driving unlicensed, disqualified or uninsured, the maximum sentence possible is two years. 

Justice minister, Crispin Blunt, said “The Government believe that it is vital to ensure that the criminal law is fully effective in addressing dangerous driving and its all too often appalling consequences.”

२३. For the vast majority of other dangerous driving cases, the maximum penalty of two years imprisonment provides the court with sufficient and proportionate powers to punish offenders. The Government do not agree with those who consider that the maximum penalty for dangerous driving should be raised at large. However, we are aware of the strong feelings about sentencing for dangerous driving cases that cause very severe injuries. 

२४. नेपालमा विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३ मा सवारी दुर्घटना भै कुनै मानिसको जीउज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएमा सवारीको चालक आदिले त्यस्तो मानिसको उपचारको लागि तुरून्त व्यवस्था गर्नुपर्ने व्यवस्था भने दफा १६१ को उपदफा () ज्यान मार्ने मनसायका साथ कुनै मानिसलाई किची, ठक्कर दिई वा दुर्घटना गराई मानिस मार्ने वारदातसँग सम्बन्धित देखिन्छ । उक्त १६१ दफाको उपदफा () कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भै सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुनगएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ भनी तथा ऐ. को उपदफा () मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुनगएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनी उल्लेख भएको पाइन्छ । उक्त ऐनको दफा १६७ मा दफा १६१ र १६२ मा लेखिएको अवस्थामा बाहेक अन्य अवस्थामा चालकको काबुबाहिरको परिस्थितिबाट दुर्घटना भई कुनै हानि नोक्सानी पुग्नगएको रहेछ भने त्यस्तो सवारी चलाउने चालकलाई कुनै सजाय हुनेछैन भनी उल्लेख

भएको पाइन्छ । बेलायतको कानूनले सवारी हँकाइको परिणामस्वरूप हुने मृत्युको वारदातमा कायम हुन सक्ने murder; manslaughter; causing death by dangerous driving; causing death by careless or inconsiderate driving; causing death by careless and inconsiderate driving when under the influence of drink or drugs लगायतका कसुरलाई नेपालको कानूनमा उपरोक्त दफा १६१ खासगरी सोको उपदफा () र उपदफा () ले समेटेको देखिन्छ । दफा १६१ को उपदफा () मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा भन्ने वाक्यांश रहेको पाइन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा दफा १६७ राख्नुपर्ने कुनै औचित्य देखिँदैन । सवारी चालकको सवारी हँकाइलाई उक्त ऐनले कसुरभित्र पार्न नसकेको अवस्थामा चालकले स्वतः उन्मुक्ति पाउने अवस्था रहँदारहँदै दफा १६७ को निर्माणले ऐनको प्रयोगमा जटिलता थप्नु बाहेक अरू कुनै गाँठो फुकाएको पाइँदैन ।

२५. साररूपमा एकै प्रकारको तथ्य भएको सवारी कसुरमध्ये सर्वोच्च अदालतले कुनैमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६() नं को सजायकुनैमा ऐ. को १३ नं को सजाय र कुनैमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (), उपदफा (र उपदफा (को सजाय गरेको तर्फ यस अदालतको संयुक्त इजलासको ०७०–CR–०९३४ को सवारी ज्यान मुद्दाको फैसलामा विस्तृत उल्लेख छ । सजायको हकमा केही अलमल भए पनि चालकको सवारी हँकाइसम्बन्धी दायित्वका बारेमा ती नजिरहरू सख्त

देखिन्छन् । तीमध्ये नेकाप २०४२ को पृष्ठ ३३६ मा प्रकाशित फैसलामा ५० गज परबाटै सडकमा ट्रक अडाएको देखेपछि गति कम गरी साइड लिनुपर्ने । होशियारिसाथ नहाँकेमा दुर्घटना हुने कुरा चालकलाई थाहा हुँदाहुँदै स्पष्टतः लापरवाही एवम्‍ ‍ हेलचेक्र्याइँ गरी बस चलाएको देखिएकाले आपराधिक दायित्वबाट पन्छिन नपाउने, . २०४३ को पृष्ठ ७१८ मा सडकको उत्तरपट्टि घाँसमा १० फिटसम्म ब्रेकको डाम देखिएबाट नियन्त्रणभित्रको रफ्तारमा गाडी चलाएको भन्न नसकिने । भारी बोकेको मानिस आएको देख्दादेख्दै नियन्त्रणमा नरहने रफ्तारमा दायाँ साइडबाट गाडी चलाएको सवारी ऐन, २०२० को दफा ५१ विपरीत हुने, . २०५६ को पृष्ठ ३७८ मा बेसाइडबाट ट्रक चलाई मारेकोले १३()बमोजिम सजाय गरी ५ वर्षको राय लगाएको मनासिब तथा ऐ. २०६८ को पृष्ठ १२३५ मा प्र ले चलाएको जीपले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएबाट सवारी ज्यानको कसुर भएको देखिन्छ । उक्त घटना बुटवल न.पा.को नाङ्ग्लो रेस्टुरेन्टदेखि दक्षिण सडकमा भएको र सो समयमा केटाकेटीहरू भैलो खेलिरहेको भन्नेसमेत देखिएबाट बाटोमा धेरै मानिसहरूको उपस्थिति र साँझको समयसमेत भएको र  प्र ले रक्सीसमेत खाएकोले ३५ किमिको गति सामान्य नभै अत्यधिक नै देखियो । पूर्ण होशियारीका साथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउनु निजको दायित्व हो । निजले सोबमोजिम सवारी नचलाई सवारीउपर नियन्त्रण कायम गर्न नसकी जिपलाई गलत साइडमा लगी स्कुटरलाई ठक्कर दिएको कार्य दफा १६१() भित्र पर्ने देखिँदा सुरूले दफा १६१() बमोजिम सजाय गरेको उल्टी गरी सो () बमोजिम २ वर्ष कैद गरेको पु.वे.. सदर भन्नेसमेतका फैसलाहरूबाट चालकले सडकमा अरू सवारिसाधनलगायतका वस्तु, मानिस, जन्तु आदि, सडकको अवस्था, मौसम, समयलगायतका यावत कुरा हेर्न सक्नुपर्ने मात्र होइन सडक प्रयोग गर्ने वा गर्न सक्ने अरू सवारिसाधन तथा मानिसलगायतको गति र रूझान (disposition tendency)समेतको अन्दाज गरी होशियारीसाथ सवारी नियन्त्रण गर्न सक्ने गरी सवारी चलाउनुपर्ने दायित्व पूरा गर्नुपर्ने सो नगरे सवारी कसुर हुने भन्ने कुरा स्पष्ट गरेको देखिन्छ । 

२६. उक्त राष्ट्रिय अन्तर्राष्ट्रिय सवारी कसुरसम्बन्धी कानून र विधिशास्त्रको रोहमा यस मुद्दामा विचार गर्दा यसमा दुर्घटना भएलगत्तै २०६३।११।११ मा भएको घटनास्थल मुचुल्काबाट दुर्घटनामा परेको मोटरसाइकल राजमार्गको बीचको सेतो धर्कामा रहेको र मोटरसाइकलदेखि पश्चिमपट्टि किनारमा २५ फिटको दूरीमा रगत रहेको भनी उल्लेख भएको व्यहोराबाट मोटर साइकल पश्चिमतिर आफ्नो साइडमा रहेको देखिन्छ तर देब्रे अर्थात पूर्व साइडमा रहनुपर्ने विवादित ट्रक दाहिने अर्थात गलत साइड पश्चिमपट्टि मात्रै गएको नभै सो पनि कटाई रूखमा सम्म ठोक्किन पुगेको देखिन्छ ।

२७. प्रतिवादी कालु चौधरीले मिति २०६३।११।२१ मा गरेको मौकाको बयानको जवाफ ९ मा मोटरसाइकलमा डबललोड भई बढी रफ्तारमा आई मैले चलाई ल्याएको उक्त नं को ट्रक ब्रेक लगाउँदालगाउँदै मोटरसाइकल सडकको बीच भागमा मेरो ट्रकको अगाडिको भागले ठक्कर लागीमैले बढी भन्दा बढी आफ्नो ट्रकमा ब्रेक लगाउँदा रोडको पश्चिमपट्टि पेटीमा गई ट्रक रूखमा ठोक्किएको हो भनी उल्लेख गरेको व्यहोराबाट घटनास्थल मुचुल्का समर्थित भएको देखिन्छ । यस अवस्थामा यी प्रतिवादीले अदालतमा बयान गर्दा मोटरसाइकल आफ्नो साइड छाडी एक्कासी मेरो ट्रकको बम्परमा ठक्कर दिँदाभन्ने र पुनः एक्कासी मोटरसाइकल बढी स्पिडमा चलाई मेरो ट्रकमा ठोकाएको हो भनी मोटरसाइकलको गल्ती देखाएको भए पनि जवाफ ५ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा लेखिएको व्यहोरा मैले भने अनुसार नै लेखिएको हो भनी लेखाएबाट यी प्रतिवादीको मौकाको बयान प्रतिवादी विरूद्ध प्रमाण लाग्ने देखिन्छ ।

२८. यै दुर्घटनामा परी घाइते भएका रेलिङ्ग लिम्बुले को१ख १०४५ नं को ट्रकले एक्कासी आई हामीले चढेको मोटरसाइकलमा ठक्कर दिएको ट्रक चालकको लापरवाहीबाट यो दुर्घटना भएको हो, ओरालो बाटोमा ट्रक बढी तीव्र गतिमा आएको थियो भनी मौकामा कागज तथा अदालतमा बकपत्र गरेको पाइन्छ ।

प्रतिवादी विरूद्धका ती सब प्रमाणहरूबाट प्रतिवादी चालकले सडक खाली रहेको कारणबाट साइड छाडी बढी गतिमा ट्रक चलाएको र मृतकले चलाएको मोटरसाइकल देखेपछि ट्रकलाई साइडमा ल्याउन र नियन्त्रण गर्न सक्नुपर्नेमा सो गर्न नसकी उल्लिखित ट्रक झन उल्टो साइडमा गै रूखमा ठोक्किएको र सो दौरान सडकमा २४ फिटसम्म ब्रेकको डाम लागेको कुरा निर्विवाद तवरबाट प्रमाणित हुन्छ ।

२९. प्रतिवादी कालु चौधरीले चलाएको सवारी साइकल वा बयलगाडा नभै ट्रक जस्तो भारी गाडी हो जसको सामान्य ठक्कर मात्र प्राणघातक हुन सक्छ । हलुका सवारीको चालक अनुमतिपत्र भन्दा यसको चालक अनुमतिपत्र पाउनका लागि कानूनले थप योग्यता निर्धारण गरेको हुन्छ । ट्रक जस्तो ठूलो र जोखिमपूर्ण सवारी चलाउने चालकसँग सोही अनुपातमा होशियारी, सावधानी र दक्षताको अपेक्षा गरिन्छ । गाडीको अवस्था अचानक बेठीक भएको वा अचानक सम्हाल्नै नसक्ने गरी पहिरो, ढुङ्गा आदि खसेको वा हावा हुरी आएको समेतको कुनै कुरा रहेको देखिँदैन । त्यसैगरी कमिला, अरिङ्गाल, मौरी आदिले चालकलाई चिलेको वा कसैले हुत्याएको, ढुङ्गा आदि हानेको वा चालक अचानक बेहोश भएको वा हाच्छिउँ आएको जस्ता शारीरिक वा मानसिक वा दैवी वा काबुभन्दा बाहिरको अवस्था रहेको कुरालाई प्रतिवादीले प्रमाणित गर्न सकेको छैन । यस अवस्थामा बाटोमा यो यस्तो छ, बाटोको छेउछाउमा अचानकबाट कोही दौडेर आउन सक्छन्वा बाटोमा हिंड्न सक्छन्यसर्थ यो गाडीको यत्तिको गतिलाई यति मिटरको दूरीमा नियन्त्रित गर्न सकिन्छ र मैले यति दूरिसम्मको सडकलाई सजिलै हेरेर सवारीलाई नियन्त्रणमा लिन सक्छु भनी अरू सडक प्रयोगकर्ताको सुरक्षासमेत विचार गरी सवारी चलाउनुपर्ने भनी सवारी विधिशास्त्रले competent and careful सक्षम र सतर्क चालकसँग अपेक्षा राखेको हुन्छ ।

यी सबको पूर्वानुमान गर्न नसक्ने, बाटो र छेउछाउको परिदृश्य हेर्न र विचार गर्न नसक्ने, हेरेपछि सवारीलाई त्यस अनुरूप आफ्नो नियन्त्रणमा राख्न नसक्ने चालकलाई competent and careful चालक मान्न सकिँदैन । माथि उल्लेख भएबमोजिम बेलायतमा causing death by dangerous driving because his driving had not fallen far enough below the standard of the competent driver प्रमाणित हुन नसकेको अवस्थामा पनि चालक उम्कन नसकोस्भन्नका लागि no need to prove that it was obvious to a competent and careful driver that driving would create a risk of harm to person or property भनी causing death by careless driving मा अनिवार्यतः सजाय गर्नका लागि the Road Traffic Act, 1991 को दफा 2B को तर्जुमा भएको परिप्रेक्ष्यमा अभियोगदावीको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() मा त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई भन्ने प्रावधान नलाग्ने कुनै कारण छैन । यहाँ लापरवाहीको मापदण्डले नै प्रतिवादीलाई समेटेको छ । सवारी कसुरका कसुरदारलाई कडा सजाय गरी कसुरदारबाट थप कसुर नहोस्भन्ने परिणाम प्राप्त गर्नका लागि सजायको निरोधात्मक सिद्धान्तको प्रयोग गर्नु अनिवार्य नै हुन्छ । सवारी दुर्घटनाको दुष्परिणाम जनधनको ठूलो क्षति भएको र जीवनको रक्षा राज्य तथा फौजदारी न्यायको मूल दायित्व भएकाले यसमा माथि उल्लिखित काबुभन्दा बाहिरको परिस्थिति नदेखिएसम्म दयामाया गर्नु भनेको जनसाधारणको

जीवनरक्षाको दायित्वबाट पन्छिनु हो । जति ज्यान लिए पनि फरक पर्दैन, न सवारी अनुमतिपत्र रद्द हुन्छ न खासै आर्थिक भार पर्छ, सजाय पनि साङ्केतिक वा आलङ्कारिक मात्र हुन्छ भन्ने सन्देश प्रवाहित हुनु भनेको अराजकता र दण्डहीनताको सूत्रपात हुनु हो । नेपालमा हवाई दुर्घटना र सडक दुर्घटनाको कहालीलाग्दो अवस्थाले नेपालको अन्तर्राष्ट्रिय छवि पूरै धमिलिएको छ । कानून र फौजदारी न्यायको सही प्रयोग गरेर यसलाई दुरूत्साहन गर्नु अदालतको दायित्व हो । प्रतिवादी चालकको यस्तो हँकाइलाई चरम अक्षमता र गैरजिम्मेवारीपूर्ण हँकाइ

भन्नुपर्छ । यसबाट निजको हँकाइको स्तर सक्षम र सतर्क चालकको हँकाइको स्तर भन्दा निक्कै तल्लो रहेको मान्नुपर्ने हुन आयो ।

३०. मृतकले चलाएको मोटरसाइकल प्रतिवादी चालकले देखेपछि पनि ट्रकलाई नियन्त्रण गर्न नसकी उल्लिखित ट्रक गलत साइडमा गई रूखमा गई ठोक्किएको र सो दौरान  सडकमा २४ फिटसम्म ब्रेकको डाम लागेको देखिनुबाट निजको हँकाइको स्तर सक्षम र सतर्क चालकको हँकाइको स्तर भन्दा निक्कै तल्लो रहेको भन्ने निष्कर्षमा यो इजलास पुगेको छ । प्रतिवादी चालकले अरू सडक प्रयोगकर्ताको सुरक्षाको कुनै ख्याल नगरी उच्चस्तरको अक्षमता, दोष, कमी गरी जानीजानी लापरवाही गरी सवारी चलाएको सम्बन्धमा माथि राम्रै विवेचना भैसकेको यस अवस्थामा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा सवारी चलाउनेलाई आकर्षित हुने उक्त दफा १६१ को उपदफा () पुनरावेदक प्रतिवादी कालु चौधरीलाई लाग्ने कानूनसम्मत आधार रहेको पाइएन । 

३१. अब रेलिङ्ग लिम्बुको खुट्टाको हड्डी भाँचिएर अङ्गभङ्ग भएको तर्फ प्रतिवादीलाई सफाइ दिएको मिलेन भन्ने वादीको अर्को पुनरावेदन जिकिरमा विचार गर्दा रेलिङ्ग लिम्बुको २३।२।०७ मा १ बजे भएको घाजाँच फारममा fracture वा dislocation उल्लेख नभै incised wound at parietal region 4x1x1cm, pelvis, right femur तथा type of injury मा grievous भनी incised wound  सम्म उल्लेख भएको त्यस्तो घाखत अङ्गभङ्गभित्र नपर्नुका अतिरिक्त कदाचित परेको मानेमा पनि त्यसपछि निजको थप जाँच आदि भै निको भए नभएको काम लाग्ने नलाग्ने जस्ता निर्णयका लागि आवश्यक कुराको वादीले कुनै प्रमाण दिन सकेको देखिँदैन । रेलिङ्ग लिम्बुको मौकाको कागजमा औषधि उपचारमा भएको खर्च सम्पूर्ण ट्रकधनीले मलाई दिसकेको छ भनिरहेको व्यहोराबाट निजको औषधि उपचार ट्रकधनीबाट भएको देखिन्छ । यस अवस्थामा अङ्गभङ्गतर्फको अभियोगदावी पुग्न नसक्ने देखिँदा पुनरावेदन अदालतसमेतको सो हदसम्मको फैसला मिलेकै देखियो । 

३२. तसर्थ माथि विवेचना गरिएका आधार कारण र प्रमाणहरूबाट प्रतिवादी कालु चौधरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिमको कसुर गरेको देखिँदा सोही दफा १६१() बमोजिम सजाय गर्नुपर्नेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() अन्तर्गतको कसुर कायम गरी २९ दिन कैद र रू.,०००।- जरिवाना गरी सुनसरी जिल्ला अदालतबाट भएको फैसला सदर गरी पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६६।७।८ मा भएको फैसला सो हदसम्म नमिलेकाले केही उल्टी भै प्रतिवादी कालु चौधरीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिमको कसुरमा सोही दफा १६१() बमोजिम २ वर्ष कैद हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसला केही उल्टी भै प्रतिवादी कालु चौधरीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१() बमोजिमको कसुरमा सोही दफा १६१() बमोजिम २ (दुई) वर्ष कैद हुने ठहरेकाले सुरू फैसलाको तपसिल खण्डको देहाय दफा १ मा उल्लिखित लगतको सट्टा प्रतिवादी कालु चौधरीको नाउँमा २ (दुई) वर्ष कैदको लगत राखी निज प्रतिवादी हिरासतमा बसेको अवधि कट्टा गरी बाँकी कैद असुल गर्नु भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू --------------------

सुरू फैसलाको तपसिल खण्डको देहाय दफा २ मा उल्लिखित लगत कट्टा गरी प्रतिवादीले धरौट बापत जेथा जमानत राखेको जिल्ला सुनसरी, सोनापुर गाउँ विकास समिति वडा नं. /क कि.नं. १० को ज.वि. --१५ जग्गा प्रतिवादीलाई लागेको कैद असुल भएपछि कानूनबमोजिम फुकुवा गरिदिनु भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाउनू --------------------

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ---------------------- 

 

उक्त रायमा सहमत छु ।

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत्२०७१ साल भदौ १० गते रोज ३ शुभम् ।

इजलास अधिकृतः कृष्णप्रसाद पौडेल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु