निर्णय नं. ६२९२ - अंश चलन

निर्णय नं. ६२९२ ने.का.प.२०५३ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत् २०५१ सालको दे.पु.नं. २६०३
फैसला मितिः २०५२।१२।१२।२
मुद्दाः अंश चलन ।
निवेदक
प्रतिवादीः का.जि. वालकुमारी गा.वि.स.वडा नं. ६ वस्ने गंगा वहादुर महर्जन ।
विरुद्ध
विपक्षी
वादीः ऐ.का.न.पा.वडा नं. १९ वस्ने राम महर्जन ।
§ वादीले आफ्नो पिताको मृत्यु पश्चात आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पति विक्री गरेको देखिंदा व्यवहार प्रमाणवाट वादी प्रतिवादी वीच वण्डा भइसकेको देखिन आउने।
(प्र.नं. १५)
§ अंशवण्डाको ३० नं. ले आफ्नो अफ्नो भागको अचल छुटृाछुटै भाग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भइसकेको ठहरेमा वण्डापत्र रजिष्ट्रेशन नभएको वा घटीवढी असल कमसल भएको भन्न नपाउने गरेको र वादी प्रतिवादीले आ-आफ्नो भागको अचल छुटृा छुटै भाग विक्री व्यवहार गरेको व्यवहार प्रमाणवाट पुष्टि भएको देखिंदा वादीले प्रतिवादीवाट अंश भाग छुट्याई लिन पाउने अवस्था देखिन नआउने ।
(प्र.नं. १६)
निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल ।
विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडे ।
अबलम्वित नजीरः
फैसला
न्या. कृष्ण कुमार वर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भएको उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः
२. वाजे जुद्धवीर महर्जनका दुइ छोरा जेठो म फिरादीको पिता तेजविर, कान्छो विपक्षी सैंचा महर्जन भएको मेरो पिता २०११ सालमा र आमा १९९० सालमा परलोक भएको निजहरुको अंश हक खाने म फिरादी एक मात्र भएको । वावु आमा म फिरादी सानै हुंदा परलोक भएकाले विपक्षी काका सैंचा महर्जन, निजको छोरा गंगा वहादुर, समेतले घरमा वस्न नदिएवाट वाध्य भई भारततर्फ गै २७ वर्षपछि २०४३ सालमा स्वदेश फर्की विपक्षीहरु कहां गई मेरो वावुको अंश भाग माग गर्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलार्ई मानो छुटिृएको मिति कायम गरी विपक्षीहरुवाट सम्पुर्ण सम्पत्तिको तायदाती लिई २ भागको १ भाग अंश दिलार्ई चलन समेत चलार्ई पाउं भन्ने वादीको फिराद दावी ।
३. म जुद्धबीरको नाती सैंचाको छोरा हुं मेरो अंशको श्रोत सैंचा हो भने विपक्षीको अंशको श्रोत तेजवीर हुन । वादीलार्ई म उपर फिराद गर्ने हकदैया छैन । म वावा सैंचा महर्जनवाट अगाडि नै अंश लिई भिन्न बसेको व्यक्ति हुं । बाबाले मलार्ई वालकुमारी गा.पं. वडा नं.१(ख) कि.नं. ८१ र ८३ को जग्गा ०३८।९।२० मा पास गरी दिनु भएवाट पनि म भिन्न भै वसेको भन्ने स्पष्ट देखिन्छ । हामीहरुको अंशमा परम्परा देखि चली आएको मुद्दा गुठी छ, त्यसमा भिन्न नभई पालो लिन पाइदैन। वादीको पिताको समयमा १९९३ सालमा नै उक्त गुठीमा प्रवेश गरी पालो लिएको कुरा गुठीको नाइके शेर वहादुर महर्जनलार्ई वुझेमा पनि प्रष्ट हुन्छ । यसवाट वादी अघि नै भिन्न बसेको भन्ने स्पष्ट हुन्छ । यस्तै वादीले आफ्नो नाउंमा जग्गा दर्ता नामसारी समेत गरी २०११।५।१७ मा मोहनलाल महर्जनलाई दिएका छन् । वादीले आफ्नो वावुको अंश सम्पति लिई खाई सकेपछि पुनः अरुको उस्कावटमा लागि झुटृा कुरा उल्लेख गरी दिएको फिराद खारेज गरी वादीलार्ई नै सजाय गरी पाउं भन्ने प्रतिवादी गंगा वहादुर महर्जनको प्रतिउत्तर पत्र ।
४. वावा परलोक भएपछि विपक्षीका पिता र म हामी दाजुभाईको वीचमा आपसी मत भिन्न भई पहिल्यै आफ्ना आफ्ना आर्जन खाई निजी गर्ने गरी भिन्नै भई वसी आएका थियौं । वादीलार्ई मैले अंश दिनुपर्ने होइन । विपक्षीको पिताले अंश लिई सकेपछि निजको मृत्यु भएकोले विपक्षीलार्ई मैले पाली आएकोमा पछि आफ्नो अंशको सम्पत्ति वेच विखन गरी विदेश भारततर्फ गएकोमा मैले पालेको आधार लिई अंशमा दावा गरेको सम्म हो । विपक्षी पिताको भागमा परेको घरमात्र निजको मृत्युपछि र हाल प्रतिवादी गंगा वहादुर महर्जनले भोगचलन गरी आएका छन् । अरु कुनै सम्पति मेरो जिम्मामा नभै विपक्षीको जिम्मामा गै सकेकोले मैले अंश दिनु नपर्ने हुंदा म उपरको झुटृा दावीवाट अलग फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सैंचा महर्जनको प्रतिउत्तर पत्र ।
५. १९९३ सालमा वादीका वावु र प्रतिवादीका वीचमा अंशवण्डा भइसकेको छ । गंगा वहादुरले राम वहादुर संग अंश लिनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी रामकृष्ण महर्जन र वम वहादुरले शुरु अदालतमा गरेको वकपत्र ।
६. वादीका पिता र प्रतिवादीका वीचमा अंशवण्डा हुंदा कुन कुन के कति जग्गा कसैका नाउंमा वण्डा भई दाखिल दर्ता भएको थियो भन्ने कुरा प्रतिवादीले खूलाउन सकेको पाइदैन । वादीले विक्री गरेको भनेको हकमा वादी र प्रतिवादीहरु वीचमा विक्री व्यवहार भएको पनि देखिदैन, स्वयं प्रतिवादीका साक्षीले वकपत्र गर्दा गंगा वहादुरले राम वहादुरवाट अंश पाउनु पर्ने भनी वकेको छ, यि सव आधार प्रमाणवाट वादी र प्रतिवादीका वीचमा कानुन वमोजिम अंशवण्डा भै सकेको रहेछ भन्न सकिने अवस्था नदेखिंदा र वादीले प्रतिवादीवाट अंश पाउने देखिन आएवाट फिराद परेको दिनलार्ई मानो छुटिृएको मिति कायम गरी सो भन्दा अघिल्लो दिन २०४४।५।१६ गते सम्मको अंशवण्डा हुने चल अचल सम्पतिको तायदाती फांटवारी लिई नपुग कोर्टफी समेत वादीवाट दाखिल गराइ पेश गर्नु भन्ने शुरु जि.अ.को मिति ०४६।३।२० को आदेश ।
७. प्रतिवादी जिकिर अनुसार वादीले वा निजका पिताले अंश लिई दिई छुटृी भिन्न भएको तथ्य सवुदको अभावमा व्यवहार प्रमाणवाट वादी प्रतिवादी छुटृी भिन्न भएको मान्न मिल्ने देखिएन, तायदातीमा उल्लेखित सम्पती निजी आर्जनवाट प्राप्त गरेको यकिन सवुद गुज्रीन नआएकोले सवुदको अभावमा निजी आर्जनवाट जोडेको जग्गा हो भन्ने पुष्टि हुदैन, तायदातीमा उल्लेखित सम्पत्ती मध्ये २ खण्डको १ खण्ड अंश प्रतिवादीवाट वादीले पाउने ठहर्छ । वादीले अंशमा पाएको सम्पत्ती जग्गामा वादीलार्ई चलन समेत चलार्ई दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति ०४६।७।६ को फैसला ।
८. शुरु जि.अ. ले अंश पाउने ठहराई गरेको फैसलामा मेरो चित्त वुझेन । १९९० सालमा वादीको वावु र मेरो वावुको वीच दर्ता फोड भएको मा.पो.का. काठमाडौंको साविक मोठ लगत पाना नं. १९५२ वुझी पाउं । अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणवाट छुटृी भिन्न भएको देखिएकोलार्ई अंशवण्डाको कागज नभएपनि मान्यता दिएको छ । शुरु जि.अ. को फैसलामा उपर्युक्त वमोजिमको त्रुटी गरी २ पटक अंश पाउने गरी अन्यायपूर्ण भएको फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी गंगा वहादुर महर्जनको तत्कालिन वा.अं.अ. मा परेको पुनरावेदन पत्र ।
९. यसमा १९९० सालमा वादीको वावु र पुनरावेदकको वावु वीच दर्ता फोड भएको भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा सूरुको इन्साफ विचारणीय हुंदा अ.वं. २०२ नं. अनुसार विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने तत्कालिन वा.अं.अ. को मिति ०४७।५।१७ को आदेश ।
१०. शुरु जि.अ. ले २ भागको १ भाग अंश वादीले वण्डा गरी छुट्याई लिन पाउने भनी गरेको मिति २०४६।७।६ को फैसला मिलेकै देखिंदा सो इन्साफ सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको २०५०।१।३ को फैसला ।
११. पुनरावेदन अदालतको फैसलामा कानुन व्याख्याको गम्भीर त्रुटि हुनुको साथै सम्मानित अदालतवाट प्रतिपादित कानुनी सिद्धान्त नजीर समेतको पालना नगरी शुरु जि.अ.को त्रुटिपूर्ण फैसला सदर गर्ने गरी भएको उल्लेखित त्रुटिपूर्ण फैसला सम्मानित अदालतवाट दोहोर्याई हेरी वदर गरी न्याय पाउं भन्ने समेत व्यहोराको प्र. गंगा वहादुर महर्जनको यस अदालतमा परेको निवेदन ।
१२. अंशवण्डाको ३० नं. को परिप्रेक्ष्यमा र सर्वोच्च अदालतवाट विभिन्न मुद्दामा सो ३० नं.को व्याख्या समेत भइसकेको परिप्रेक्ष्यमा पुनरावेदन अदालत पाटन समेतको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) समेतको त्रुटि भएको देखिंदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियम वमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको २०५१।१०।६ को आदेश ।
१३. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले व्यवहार प्रमाणवाट आ आफ्नो भागको सम्पति भोग गरी खाई आएकोमा अंशवण्डाको ३० नं. ले छुटिृ भिन्न भएको मान्नू पर्ने हुन्छ, १९९० साल देखि नै वावुहरुले आ आफ्नो भागको सम्पति भोग गरी आई अन्य व्यक्तिहरुलार्ई विक्री गरेको र २०११ सालमा वादीका नाममा नामसारी भै वादीले २०१८ सालमा जग्गा विक्री गरेको देखिएको छ । अतः प्रमाणको मुल्याङ्कन गरी शुरु जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी मेरो पक्षको प्रतिउत्तर जिकिर वमोजिम गरीपाउं भनी र प्रत्यर्थी वादीको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडेले मेरो पक्षको नाममा जग्गा रहेको स्थिति छैन, विक्री व्यवहार भन्ने कुरा जसको नाममा छ उसवाट हुने भएकाले सगोलमै हुंदा पनि दर्ता श्रेस्ता भएको व्यक्तिले विक्री गर्ने अवस्था हुन्छ, कानुन वमोजिम रीतपुर्वकको वण्डा पत्रको लिखत नभएको हुंदा मेरो पक्षले अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरी पाउं भनी वहस प्रस्तुत गर्नु भयो ।
१४. मिसिल अध्ययन गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनका लागि निम्न लिखित प्रश्नमा विचार गर्नु पर्ने हुन आएको छः
(१) वादी प्रतिवादी वीच छुटृी भिन्न भैसकेको अवस्था छ, छैन ?
(२) वादीले प्रतिवादीवाट अंश भाग छुट्याई लिन पाउने हो होइन ?
१५. यसमा विपक्षीहरु समक्ष मेरो पिताले पाउने अंश भागको घरजग्गा मलार्ई दिनु पर्यो भन्दा नदिएकाले फिराद परेको अघिल्लो दिनलार्ई मानो छुटिृएको मिति कायम गरी वण्डा गर्नु पर्ने श्री सम्पतिको विवरण प्रतिवादीहरुवाट लिइ २ भागको १ भाग अंश भाग दिलार्ई भराई चलन चलार्ई पाउं भन्ने वादी दावी भएकोमा वादीले आफ्नो नाउंमा दर्ता नामसारी समेत गरी २०११।५।१७ मा जग्गा मोहनलाल महर्जनलार्ई दिएको समेत हुंदा व्यवहार प्रमाणवाटै अंशवण्डाको ३० नं. ले अंश भैसकेको अंश दिन पर्ने होइन भन्ने प्रतिवादीहरुको प्रतिवाद रहेको देखिन्छ । वादीका पिता तेजवीर र प्र.गंगा वहादुरका पिता सैंचा भएको कुरामा विवाद देखिदैन । मालपोत कार्यालय काठमाडौंको मिति २०४९।९।६ को पत्र साथ प्राप्त लगतको उतारवाट तेजवीर र सेवाका नाममा समान तिरो र क्षेत्रफलको जग्गा छुटै दर्ता कायम भएको देखिन आउंछ । तेजविरको मृत्यु पश्चात तेजवीरका नामको जग्गा २०११।५।१६।४ मा वादीको नाममा नामसारी भै दर्ता सरेको देखिन्छ । मिसिल संलग्न रहेको लिखतवाट मिति २०११।५।१७ मा मोहनलाल महर्जनलाई वादी राम वहादुर महर्जनले भोग वन्धकी दिएको देखिनुको अतिरिक्त यिनै वादी राम वहादुर महर्जनले मिति २०१८।९।१३ मा नाती महर्जनलाई फाछ्र्ये पत्र र मिति २०१८।४।१३ मा पार्वती महर्जनलार्ई राजिनामा रजिष्ट्रेशन गरी दिएको पाइन्छ।
यसरी वादीले आफ्नो पिताको मृत्यु पश्चात आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पति वीच गरेको देखिंदा व्यवहार प्रमाणवाट वादी प्रतिवादी वीच वण्डा भइसकेको देखिन आयो ।
१६. अंशवण्डाको ३० नं. ले अफ्नो भागको अचल छुट्टै छुट्टै भाग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भइसकेको ठहरेमा वण्डापत्र रजिष्ट्रेशन नभएको वा घटीवढी असल कमसल भएको भन्न नपाउने गरेको र वादी प्रतिवादीले आ-आफ्नो भागको अचल छुट्टै छुट्टै भाग विक्री व्यवहार गरेको व्यवहार प्रमाणवाट पुष्टि भएको देखिंदा वादीले प्रतिवादीवाट अंश भाग छुट्याई लिन पाउने अवस्था देखिन आएन । यस स्थीतिमा प्रतिवादीवाट अंश भाग दिलार्ई भराई पाउं भन्ने वादीको दावी नपुग्ने ठहर गर्नु पर्नेमा वादीले तायदातीमा उल्लेखित सम्पतिवाट द्द भागको ज्ञ भाग अंश छुट्याई लिन पाउने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ र सो लार्ई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको नदेखिंदा उल्टी हुन्छ । अंश भाग दिलार्ई भराई पाउं भन्ने वादीको दावी नपुग्ने ठहर्छ। अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए वमोजिम शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ उल्टी भै वादीको दावी नपुग्ने ठहरेकाले शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४६।७।६ को फैसलाले प्रतिवादीहरुवाट वादी राम महर्जनलाई भराउने गरेको कोर्टफिको लगत र वादी राम महर्जनलाई अंश भाग छुट्याई चलन समेत चलार्ई दिने गरी राखेको लगत कटृा गर्नु भनी शुरु का.जि.अ. मा लेखि पठाई दिनु..१
माथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकोले पुनरावेदन अदालत पाटनको मिति २०५०।१।३ को फैसलाले प्रतिवादी गंगा वहादुर महर्जनद्वारा राखेको धरौटी कोर्टफि रु.४२०। वादीलार्ई भराई दिन राखेको लगत कटृा गर्नु भनी र उक्त धरौटी कोर्टफि रु.४२०। फिर्ता पाउं भनी प्र.गंगा वहादुर महर्जनले कानुनका म्याद भित्र दरखास्त गरेमा कानुन वमोजिम निजलार्ई फिर्ता दिनु भनी शुरु का.जि.अ. मा लेखी पठाई दिनु...२
माथि इन्साफ खण्डमा लेखिए वमोजिम हुने ठहरेकोले प्रतिवादीले यस अदालतमा दाखिल गरेको कोर्टफि रु. १२६। र तत्कालिन वा.अं.अ. मा पुनरावेदन गर्दा दाखिल गरेको कोर्ट फि रु. ६३। समेत जम्मा कोर्टफि रु.१८९। वादी राम महर्जनवाट भराई पाउं भनी निज वादीको यसै सरहदको जेथा देखाई कानुनका म्यादभित्र प्र.गंगा वहादुर महर्जनले दरखास्त गरेमा कानुन वमोजिम भराइ दिनु भनी शुरु का.जि.अ.मा लगत दिनु...३
मिसिल नियमानुसार गरी वुझाई दिनु...............४
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत् २०५२ साल चैत्र १२ गते रोज २ शुभम......