शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२२८ - ठगी

भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक:

नेकाप २०७१, अङ्क ८, नि.नं.९२२८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७१।३।२३।२

०६९–CR–०६९५

 

मुद्दा : ठगी ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, गोटीखेल गाउँ विकास समिति वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, इचङ्गुनारायण गाउँ विकास समिति वडा नं. ६ घर भई हाल कारागार शाखा, नख्खुमा कैदमा रहेका मुरारी घिमिरे

विरूद्ध

प्रत्यर्थी/वादी : अक्कलरत्न शाहीको जाहेरीले नेपाल सरकार

 

§  ठगीको कसुर गरेको भनी प्रमाण स्वरूप जाहेरवालाले पेस गरेको तमसुक कागजले प्रतिवादीउपरको आरोप खण्डन गर्ने अवस्था सिर्जना भएमा न्यायको रोहमा अदालतले प्रमाण सङ्कलन र मूल्याङ्कन गर्ने कार्यमा पक्षले सहयोग नगर्ने मात्र नभई अदालतप्रतिको जनआस्थामा समेत गिरावट आउने कुरालाई बिर्सन हुँदैन । यसरी उन्मुक्ति दिँदा पीडितलाई न्याय परेको अनुभूति नहुने ।

(प्रकरण नं. )

§  ठगीको ३ नं. मा प्रयोग भएकोठगिनेठगी गर्नेशब्दले नै ठग्ने कार्य अर्थात ठगीको कसुरको पूर्णतालाई जनाउने हुन्छ । तसर्थ यस व्यवस्थाले ठगी गर्ने व्यक्तिलाई कसुरबाट उन्मुक्ति दिन खोजेको अर्थ लगाइनु मुनासिब हुँदैन । कुनै कार्य अपराध हुने भनी कानूनले परिभाषित गरेको हुन्छ भने त्यसलाई प्रत्यक्ष वा परोक्षरूपमा घुमाउरो अर्थ गरी अवैध विषयलाई वैधमा रूपान्तरण गर्ने प्रयास गर्नुहुँदैन । ठगीको ३ नं. को यस व्यवस्थाले ठगिने व्यक्तिको धनलाई हदम्याद वा अन्य कारणले अन्यायमा पर्न सक्ने सम्भावनालाई रोक्नका लागि सुरक्षित र व्यवस्थित गर्न मात्र खोजिएको भनी अर्थ गर्नु उपयुक्त हुन्छ । ठग्ने उद्देश्यरहित भई विशुद्धरूपमा कागज गरी वा नगरी लेनदेन गरेको विषयमा रकम दिने पक्षले समयमा नदिएमा वा धिङ्न्याई गरेमा निजलाई पक्री भाखा तमसुक गराएको अवस्थामा यो कानूनी व्यवस्था आकर्षित हुन सक्ने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय होमबहादुर राउत क्षेत्री र रामप्रसाद ढुंगेल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ठगीको महलको १, , ४ नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री लेखनाथ ढकाल

पुनरावेदन तहमा फैसला गर्ने  :

            मा.न्या.श्री एकराज आचार्य

            मा.न्या.श्री सत्यराज गुरूङ

                                   

फैसला

            न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () () बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०६८/१०/३ को फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भन्ने प्रतिवादीको निवेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यसप्रकार रहेको छ :

            विभिन्न मितिमा मुरारी घिमिरेले मलाई जग्गा मिलाइदिन्छु भनी प्रलोभनमा पारी मबाट पटकपटक गरी रू.३७ लाख रूपैयाँ लिएकोमा पछि जग्गासमेत नमिलाएको र पैसा माग गर्दा आज भोलि भन्दै आलटाल गर्दै रहे । पछि मलाई पटकपटक विभिन्न मितिमा आफ्नो खातामा पैसा नै नभएको बाउन्स चेक दिई ठगी गरेकोले मलाई ठगी गरेको रकम रू. ३७ लाख रूपैयाँ प्रतिवादीबाट दिलाई भराई पाउनको साथै कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।

            मैले मिति २०५४ सालदेखि घर जग्गा खरिद बिक्रीसम्बन्धी काम गर्दै आएकोमा सोही क्रममा जाहेरवालासँग मेरो २०६६ सालमा चिनजान भएको हो । मलाई पैसाको आवश्यकता परेकोले मैले निजसँग एक हप्तामा रू.१ लाख रूपैयाँ ब्याज दिने गरी रू.५ लाख रूपैयाँ सापट लिई गएको हो । त्यसपछि एक हप्तापछि निजलाई रू.१ लाख ब्याज र रू. ५ लाख रूपैयाँ साँवा दिँदा मलाई पुनः नगदको आवश्यकता परेकोले निजबाट पुनः रू.५ लाख रूपैयाँ लिई गएको हो । मैले जाहेरवालालाई उक्त रकमको चलनचल्ती अनुसारको ब्याज दिँदै आइरहेको थिएँ । २०६६ साल फागुन महिनामा जाहेरवालाबाट पुनः रू.५ लाख रूपैयाँ लिई आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेको थिएँ । सो रकमको ब्याजसमेत निजलाई दिँदै आइरहेको थिएँ । पछि मैले निजलाई समयमा ब्याज दिन नसकेपछि मैले जाहेरवालालाई झुक्याई विभिन्न मितिमा फ्रड चेक दिई निजलाई ठगी गरेको हुँ । जाहेरवालालाई मैले साँवा ब्याजसमेत गरी रू. १९ लाख रूपैयाँ मात्रै तिर्नुपर्ने हो भन्ने प्रतिवादी मुरारी घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            जाहेरवालालाई प्रतिवादीले राम्रो ठाउँको जग्गा मिलाइदिन्छु भनी विभिन्न प्रलोभनमा पारी निजबाट पटकपटक गरी रू. ३७ लाख रूपैयाँ लिई गएको र पछि जग्गासमेत नमिलाई पैसा माग्दा आजभोलि भन्दै आलटालसमेत गरेको  हो । पछि विभिन्न मितिमा पटकपटक गरी जाहेरवालालाई झुक्याई फ्रड चेक दिई ठगी गरेको हो । प्रतिवादीले ठगी गरेको रकम रू. ३७ लाख जाहेरवालालाई दिलाई भराई दिनुको साथै निजलाई कानूनबमोजिम कडा कारवाही

हुनुपर्छ भन्ने राकेश तण्डुकारसमेत तीन जनाले गरेको एकै मिलानको घटना विवरण कागज ।

            प्रतिवादी मुरारी घिमिरेले जाहेरवालाबाट पटकपटक गरी रू. ३७ लाख रूपैयाँ लिएको र पछि उक्त रकम नतिरी रकम दिनसमेत आलटाल गरी आफ्नो खातामा रकम नहुँदा नहुँदै फ्रड चेक दिई ठगी गरेको भन्ने मिसिल संलग्न कागजातहरूबाट खुल्न आएकोले प्रतिवादी मुरारी घिमिरेलाई मुलुकी ऐन, ठगीको महलको १ नं. को कसुरमा सोही महलको ४ नं.बमोजिम सजाय हुनुको साथै जाहेरवालाको बिगो रू. ३७ लाखसमेत प्रतिवादीबाट जाहेरवालालाई दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

            जाहेरवालाले मलाई १९ लाखको कपाली तमसुक कागज मिति २०६७//१६ मा गराएका छन् । मैले ३७ लाख रूपैयाँ लिएको होइन, ३७ लाख भनी किन उल्लेख गरेका हुन्, थाहा भएन । १९ लाख रूपैयाँको कपाली तमसुक गर्दा म सहमत थिएँ । अब पनि उनी सहमत हुन्छन् भने म १९ लाख रूपैयाँ तिर्न तयार छु । कारोबार १५ लाखको हो । ३७ लाख रूपैयाँ ठगी गरेको होइन भन्ने प्रतिवादीले अदालतमा गरेको बयान ।

            प्रतिवादीलाई अ.बं. १८८ नं. को देहाय दफा ५ र १० नं.बमोजिम रू. ३० लाख वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नु र दिन नसके नियमानुसार सिधा खर्च र अ.बं१२१ नं. बमोजिम थुनुवा पुर्जी दिई जिल्ला कारागार शाखा, नख्खुमा लेखी पठाइदिनु भन्ने थुनछेक आदेश ।

            प्रतिवादीले म जग्गा मिलाइदिन्छु धापाखेलको जग्गा प्लटिङ भएपछि दिन्छु भन्यो, पछि आएर धापाखेलको जग्गा महँगो भयो, अलिकति पैसा थप्नुपर्यो भन्यो । मलाई जग्गा चित्त बुझ्यो, कति चाहिन्छ भनी सोद्धा रू. १९ लाख भन्यो, मैले दिएँ । पछि आएर भिमढुङ्गाको जग्गा देखाई दियो, सो जग्गा मलाई चित्त बुझेन । तपाईंलाई पैसै दिन्छु भनी एकमुष्ट गरी रू.३७ लाखको कागज गरिदियो, पैसा दिएको छैन । निजले ठगी गरेकाले उक्त रकम पाउँ भनी जाहेरवालाले गरेको बकपत्र ।

            सस्तोमा जग्गा मिलाई दिन्छु भनेर पटकपटक गरी रू. ३७ लाख रूपैयाँ मुरारी घिमिरेले जाहेरवालासँग लिएको मञ्जुर गर्दै मेरो उपस्थितिमा जावलाखेलमा कागज गरिदिएको थियो । लगभग ३/४ महिनाअगाडि रू. ५ लाखको चेक र रू. १ लाख गरी रू. ६ लाखको चेक मेरो अगाडि दिएको हो । कागज भएको मिति याद भएन भन्ने बुझिएका पुरूषोत्तम शाहीले अदालतमा गरेको बकपत्र ।

            प्रतिवादीले घर जग्गा मिलाइ दिन्छु भनी जाहेरवालासँग विभिन्न मितिमा जम्मा रू. ३७ लाख लिएको र जग्गा पास गरिदिनुहोस् भन्दा आलटाल गरी खातामा मौज्दात रकम नभएको चेक दिई ठगी गरेको कार्यलाई ठगीको महलको १ नं. ले कसुर अपराधभित्र समावेश गरेकै देखिएकोले प्रतिवादी मुरारी घिमिरेलाई ऐ. १ नं. को कसुरमा ऐ. महलको ४ नं.बमोजिम ठगी लिएको बिगो रू.३७ लाख प्रतिवादीबाट जाहेरवालालाई भराई बिगोबमोजिम जरिवाना

र कसुरको मात्रा अनुसार ३(तीन) वर्ष कैद सजाय हुने ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०६८//९ गतेको फैसला ।

            जाहेरवालासँग जग्गा दिने सर्तमा मैले रकम लिएको होइन । कर्जा लिएको हो । त्यसको केही साँवा ब्याज जाहेरवालालाई बुझाएको पनि हो । जाहेरवालाले मलाई पटकपटक धम्की दिई मिति २०६७//२५ मासमेत गरी विभिन्न मितिमा रू. १९ लाखको चेक कटाउन लगाएका  हुन् । चेक काट्दाका बखत मेरो खातामा रकम छैन भन्ने जाहेरवालालाई जानकारी थियो । त्यसरी चेक कटाई सकेपछि पुनः मलाई जबर्जस्ती मिति २०६७//६ मा रू. ३७ लाखको तमसुक कागज गराएका हुन् । अदालतबाट विपक्षीले मबाट लिएको रकमका सम्बन्धमा कुनै विवेचना नै गरिएको छैन । कुमार पोखरेलको खाताबाट भुक्तानी हुने गरी विपक्षीले लिएको रकमका सम्बन्धमा पनि कुनै कुरा बुझिएको छैन । रू. ३७ लाखको बिगो कायम हुनै नसकेकोमा पनि जबर्जस्ती रूपमा रू. ३७ लाख रकम ठगी गरेको भनी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन ।

            प्रतिवादीले जाहेरवालासँग रूपैयाँ लिई रू. ३७ लाख रूपैयाँको तमसुकसमेत गरिदिएको तथ्य स्थापित भएको छ । स्वयम्पुनरावेदक प्रतिवादीले बयान गर्दा रू. १९ लाख रूपैयाँ लिएको भनी स्वीकार गरेको र आफ्नो खातामा पैसा नभएकोमा भुक्तानी हुन नसक्ने रकम भुक्तानीको लागि भनी झुक्याई चेकसमेत दिएको हुनुका साथै रूपैयाँबापत जग्गासमेत प्रतिवादीले जाहेरवालालाई पास गरी नदिएको हुँदा जाहेरवालाबाट लिएको रूपैयाँ ललाई फकाई गरी लिई ठगी खाने नियत राखेको देखिएकाले प्रतिवादीले अभियोग दावीबमोजिम ठगीको कसुर गरेको शङ्कारहित तवरले पुष्टि हुन आयो । तसर्थ ललितपुर जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८/१०/३ को फैसला ।

            मैले जाहेरवालासँग पटकपटक गरी रू. ३७ लाख लिएको भनी जाहेरीमा उल्लेख गरे तापनि कुन कुन मितिमा के कति रकम के कसरी दिएको भनी स्पष्टरूपमा खुलाउन सकेका छैनन् र जाहेरीसाथै उक्त लिखत पेस

गर्न सकेका छैनन् । उक्त लिखत मलाई अ.बं. ७८ नं.बमोजिम सुनाई सोको प्रक्रिया पूरा गरिएको छैन । मैले बयान गर्दा रू.१९ लाख लिएको स्वीकार गरेको भन्ने होइन । रू.१९ लाखको कागज गराएका हुन् भनेको हो । लेनदेनको कागज भएपछि लेनदेनको महलअनुसार हुने र चेक अनादर भएको विषयमा विनिमय अधिकार पत्र ऐन, २०३४ बमोजिम कारवाही हुने विषय हो । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण रहेको हुँदा मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीले यस अदालतमा पेस गरेको   निवेदन ।

            जाहेरवाला र प्रतिवादीबीच मिति २०६७//६ मा भएको तमसुकसमेतको आधारमा पटकपटक लेनदेन भएको देखिएको साथै ठगीको ३ नं. मा ठगिनेले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको रहेछ भने साहु आसामी सरह हुन्छ भन्ने व्यवस्था भैरहेको हुँदा पुनरावेदन अदालत, पाटनको फैसलामा ठगीको ३ नं., .बं. १८४क नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को त्रुटि भएको तथा प्रतिपादित नजिरविपरीतसमेत भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () () को आधारमा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको भन्ने यस अदालतको मिति २०६९/१०/१२ को आदेश ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री होमबहादुर राउत क्षेत्री र श्री रामप्रसाद ढुंगेलले प्रतिवादीको जाहेरवालालाई ठगी गर्ने नियत छैन, जाहेरवालालाई समयसमयमा रकम बुझाएका पनि छन्, लिएको रकममध्ये नपुग हुने रकम तिर्न तयार पनि छन्, जाहेरवालाले भनेको समयमा र निजले भनेबमोजिम तमसुक कागजमा सही पनि गरेको अवस्था छ, यसरी जाहेरवाला र प्रतिवादीबीच भएको कारोबारको विषय लेनदेन व्यवहारको महलअन्तर्गत हुने स्थितिमा ठगीको महलअन्तर्गत कारवाही नै हुनुपर्ने होइन, तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीलाई सफाइ दिलाइ पाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

            प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले जाहेरवाला र प्रतिवादीबीच भएको कारोबारमा जाहेरवालालाई जुनसुकै बेला प्रतिवादीले झुक्याएको अवस्था छ, आफूसँग जग्गा नभएको प्रतिवादीले जाहेरवालालाई जग्गा दिन्छु भनी पटकपटक नगद रूपैयाँ निजबाट लिएको स्वीकारै गरेकै छन्, आफूसँग नभएको नगद बैङ्कबाट झिक्न भनी चेक काटी जाहेरवालालाई झुक्याएका पनि छन्, प्रतिवादीले लेनदेनको विषय भने तापनि सोबमोजिम रकम बुझाउन खोजेको पनि देखिँदैन । यसरी प्रतिवादीले जाहेरवालालाई जग्गा दिलाइदिने बहानामा पटकपटक नगद रकम लिने र झुक्याउने कार्य गरेको स्पष्ट देखिएको हुँदा पुनरावेदन अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

            विद्वान् कानून व्यवसायीहरू तथा सरकारी वकिलको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा  प्रतिवादीले मलाई राम्रो जग्गा मिलाइ दिन्छु भनी पटकपटक गरी रू. ३७ लाख रकम लिएकोमा रकम पनि फिर्ता नदिएको र जग्गा पनि दिलाइ दिएन । रकम माग्न जाँदा बैङ्कमा नगद मौज्दात नभए पनि पटकपटक झुट्ठा चेक दिइ मलाई झुक्यानमा पारी ठगी गरेको भनी जाहेरी दिएपश्चात प्रस्तुत मुद्दाको उठान भएको र सोही अनुसार अभियोगपत्र पेस भएपछि प्रतिवादीले अदालतमा आई बयान गर्दा जाहेरवालाबाट निजले भनेजति रकम आफूले नलिएको तर केही रकमसम्म लिएको हो । ठगी गर्ने मनसाय होइन । जाहेरवालालाई जग्गा दिलाइदिने आश्वासन दिएको पनि होइन भनी व्यहोरा उल्लेख गरेको देखियो । सुरू अदालतले यी प्रतिवादीको हकमा अभियोग दावीबमोजिम कसुर गरेको भनी गरेको फैसलालाई पुनरावेदन अदालतबाटसमेत सदर भएपछि प्रतिवादीले यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिएकोमा यस अदालतबाट प्रस्तुत मुद्दामा दोहोर्याउने निस्सा प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको देखिन्छ ।

            पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन दिंदा जाहेरवालाबाट मैले लिएको रकम केही बुझाइसकेको छु, प्रतिवादी र मबीच भएको कारोबार साहु आसामी सरहको हो । विशुद्धरूपमा देवानी प्रकृतिको विषयमा ठगीको महल आकर्षित हुने होइन भनी उल्लेख गरेको देखिएको  र विद्वान कानून व्यवसायीहरूको बहस जिकिर पनि त्यसतर्फ केन्द्रित भएको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूमा निर्णय दिनुपर्ने देखिन आयो :

()   प्रतिवादीले अभियोग दावीबमोजिम ठगीको कसुर गरेको हो होइन ?

()   प्रतिवादीले जाहेरवालाबाट रकम लिएको विषय साहु आसामी सरहको हो होइन ?

 

            . सर्वप्रथम पहिलो प्रश्नतर्फ विचार गर्दा, ठगीको कसुर हुनका लागि मुलुकी ऐन, ठगीको महलको १ नं. ले अन्य कुराका अतिरिक्त जाल परिपञ्च गरी वा अरू जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी चल

अचल धनमाल लिए दिए दिलाएको हुनुपर्ने कुराको उल्लेख गरेको छ । अब, यो व्यवस्थामा भएका विषयहरू प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुन्छ वा हुँदैन भन्नेतर्फ हेर्दा यी प्रतिवादीले जाहेरवालालाई कृषि विकास बैङ्, लगनखेल शाखाको खाताबाट विभिन्न मितिमा रू. /५ लाखका तीनवटा चेक र रू. ४ लाखको एउटा चेक दिएकोमा कुनै पनि चेकबाट उल्लिखित रकम भुक्तानी पाउन नसकेको भन्ने जाहेरी परेको देखिन्छ । यस कुरालाई प्रतिवादीले अदालतकै बयानमा पनि अन्यथा भन्न सकेको पाइएन । जाहेरवालाले जबर्जस्ती चेक काट्न लगाएका हुन् भने तापनि करकापतर्फ यी प्रतिवादीले मुद्दा दिएको भन्ने देखिएको पनि छैन । रू. १९ लाख रूपैयाँ जाहेरवालालाई दिन सहमत छु भनी अदालतमा आई बयान गर्ने प्रतिवादीले रू. ३७ लाखको तमसुकमा सहीछाप किन गरेका हुन् भन्ने कुरासमेत निजले स्पष्ट पार्न सकेको पाइएन । तमसुकमा परेको सहीछाप मेरो होइन भनी भन्न नसकेको अवस्थामा यी प्रतिवादीले जाहेरवालासँग रकम नलिइकन सहीछाप गरे होलान् भनी अनुमान गर्न सकिने पनि  भएन । अनुसन्धानको क्रममा बुझिएका र तमसुकमा समेत साक्षी बसेका पुरूषोत्तम शाहीले अदालतमा आई बकपत्र गर्दा सस्तोमा जग्गा मिलाइ दिन्छु भनी पटकपटक गरी रू. ३७ लाख रूपैयाँ प्रतिवादीले अक्कल शाहीसँग लिएको मञ्जुर गर्दै मेरो उपस्थितिमा जावलाखेलमा कागज गरिदिएको हो भनी बकपत्र गरिदिएको पाइयो । प्रतिवादीले आफ्नो सफाइमा साक्षी सबुद अदालतमा पेस गरी बकपत्र गर्न सकेको अवस्था पनि छैन । आफूले जाहेरवालालाई पटकपटक केही रकम बुझाएको भनी उल्लेख गरे तापनि रकम बुझाएको देखिने कुनै भरपाई वा रकम बुझाएको देखिने अन्य प्रमाण कागज प्रतिवादीले पेस गर्न सकेको पनि देखिएन ।

            . यसरी जाहेरवालाबाट पटकपटक यी प्रतिवादीले रकम लिएको कुरा निजले स्वीकार गरेको, बैङ्कबाट नगद मौज्दात नभएकोमा पटकपटक झुट्ठा चेक भुक्तानीको लागि भनी जाहेरवालालाई दिएको, तमसुकमा भएको कागजमा सहीछाप मेरो होइन भनी प्रतिवादीले भन्न नसकेको, सस्तोमा जग्गा पाइन्छ कि भनी प्रतिवादीको भनाइ गफलतमा परी जाहेरवालाले पटकपटक रकम निजलाई दिएको भन्ने देखिएको अवस्थामा यी प्रतिवादीले ठगीको कसुर गरेका होइनन् भन्न सकिने भएन ।

            . जहाँसम्म यी प्रतिवादीले जाहेरवालाबाट नगद लिएको कार्यलाई लेनदेन व्यवहारअन्तर्गत मान्नुपर्ने हुन्छ कि भन्ने दोस्रो प्रश्न छ, सोतर्फ हेर्दा दुबै पक्षबीच सामान्यरूपमा लेनदेनको कारोबार मात्र भएको छ वा उक्त कारोबारमा अन्य उद्देश्य पनि निहित रहेको छ, सोबारे विचार गर्नु जरूरी हुन्छ । ठगीको महलको ३ नं. लेठगिनेले ठगी गर्नेलाई पक्री भाखा तमसुक गराई राखेको रहेछ भने साहु आसामी सरह हुन्छभन्ने व्यवस्था गरेको छ । प्रस्तुत मुद्दामा प्रतिवादीले रू. १९ लाख लिएको भनी मिति २०६७//१६ मा र रू. ३७ लाख लिएको भनी मिति २०६७//६ मा भाखा तमसुक गरेको पनि देखिन्छ । जाहेरवालाले प्रतिवादीको कसुर पुष्टि गर्नका लागि पेस गरेको मिसिल संलग्न यही तमसुकलाई आधार मानी प्रतिवादीले ठगीको कसुर गरेका होइनन्, लेनदेनको व्यवहार मात्र गरेको हो भनी निष्कर्षमा पुग्नु मुनासिब हुन्छ, हुँदैन भन्ने विषय निकै विचारणीय हुन्छ । ठगीको कसुर गरेको भनी प्रमाण स्वरूप जाहेरवालाले पेस गरेको यी तमसुक कागजले प्रतिवादीउपरको आरोप खण्डन गर्ने अवस्था सिर्जना भएमा न्यायको रोहमा अदालतले प्रमाण सङ्कलन र मूल्याङ्कन गर्ने कार्यमा पक्षले सहयोग नगर्ने मात्र नभई अदालतप्रतिको जनआस्थामा

समेत गिरावट आउने कुरालाई बिर्सन हुँदैन । यसरी उन्मुक्ति दिँदा पीडितलाई न्याय परेको अनुभूति त हुँदैन नै, समाजमा यस प्रकारबाट गरिने ठगीले समेत प्रोत्साहन पाउने कुरालाई नकार्न पनि सकिँदैन ।

            . यस बाहेक ठगीको ३ नं. मा प्रयोग भएकोठगिनेठगी गर्नेशब्दले नै ठग्ने कार्य अर्थात ठगीको कसुरको पूर्णतालाई जनाउने हुन्छ । तसर्थ यस व्यवस्थाले ठगी गर्ने व्यक्तिलाई कसुरबाट उन्मुक्ति दिन खोजेको अर्थ लगाइनु मुनासिब हुँदैन । कुनै कार्य अपराध हुने भनी कानूनले परिभाषित गरेको हुन्छ भने त्यसलाई प्रत्यक्ष वा परोक्षरूपमा घुमाउरो अर्थ गरी अवैध विषयलाई वैधमा रूपान्तरण गर्ने प्रयास गर्नुहुँदैन । ठगीको ३ नं. को यस व्यवस्थाले ठगिने व्यक्तिको धनलाई हदम्याद वा अन्य कारणले अन्यायमा पर्न सक्ने सम्भावनालाई रोक्नका लागि सुरक्षित र व्यवस्थित गर्न मात्र खोजिएको भनी अर्थ गर्नु उपयुक्त हुन्छ । ठग्ने उद्देश्यरहित भई विशुद्धरूपमा कागज गरी वा नगरी लेनदेन गरेको विषयमा रकम दिने पक्षले समयमा नदिएमा वा धिङ्न्याई गरेमा निजलाई पक्री भाखा तमसुक गराएको अवस्थामा यो कानूनी व्यवस्था आकर्षित हुन सक्दछ । तर प्रस्तुत मुद्दामा विषयवस्तु त्यस्तो छैन । जग्गा सस्तोमा दिलाउने प्रलोभन र झुक्यानमा पारी जाहेरवालाबाट रकम लिएकोमा विवाद छैन । जाहेरवालालाई मिलाइदिने भनिएको जग्गा प्रतिवादीको नाममा रहे भएको भन्ने पनि देखिन आउँदैन ।  प्रतिवादीले जाहेरवालालाई दिएको चेक पटकपटक भुक्तानी हुनसकेको छैन । प्रतिवादीले अदालतको बयानमा राखेका आफ्ना साक्षीहरू अदालतमा उपस्थित हुन सकेका त छैनन् । यसबाहेक तमसुक कागजमा साक्षी बसेकी प्रतिवादीकी श्रीमती विमला घिमिरेको उल्लेख पनि प्रतिवादीले कतै गरेको देखिँदैन । प्रतिवादीले जाहेरवालालाई पटकपटक गरी केही रकम दिएको भनी जिकिर लिए तापनि आफ्नो सफाइमा सोको भरपाई लगायतको अन्य कुनै प्रमाण प्रतिवादीले पेस गर्न सकेका छैनन् । यी सबै तथ्यहरूको सूक्ष्मरूपले मूल्याङ्कन नगरी भाखा तमसुक भएको भन्ने आधारमा मात्र प्रतिवादीले गरेको ठगीको कसुरबाट निजलाई उन्मुक्ति दिन मिल्दैन ।

            . अतः माथि विवेचना गरिएबमोजिम यी पुनरावेदक प्रतिवादीले ठगीको कसुर गरेको देखिँदा निजलाई ठगीको १ नं. को कसुरमा ऐ. ४ नं. बमोजिम सजाय गरी जाहेरवालाई बिगो भराउने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६८/१०/३ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

           

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल असार २३ गते रोज २ शुभम् ।

इजलास अधिकृत : अनिल कुमार शर्मा

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु