शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२३२ - अंश दर्ता

भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक:

नेकाप २०७१, अङ्क ८, नि.नं.९२३२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।४।१६। ६

०६७-CI-०८७५

 

मुद्दाः अंश दर्ता ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति विसहरिया वडा नं. ६ बस्ने रामवरण साहसमेत

विरूद्ध

प्रत्यर्थीवादी : .. बस्ने मोहरी देवी

 

§  बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजी आर्जनको रूपमा स्वीकार गरिने भए तापनि एकासगोलको अंशियारबाट अन्यत्र अरूको नाउँमा गई निजबाट पुनः बकसपत्रको  रूपमा एकासगोलको अंशियारको नाउँमा हस्तान्तरण भई आएको अवस्थामा त्यस्तो बकसपत्रलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने हुँदा सगोलकै  मान्नुपर्ने

)प्रकरण नं.(

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्अधिवक्ता मिथिलेशकुमार सिंह

प्रत्यर्थी/वादीको तर्फबाट :

अवलम्बित नजिर :

§  नेकाप २०५४, नि.नं. ६३०३, पृष्ठ१

सम्बद्ध कानून :

§  प्रमाण ऐन, २०३१ को दफा ६

 

सुरू तहमा फैसला गर्ने :

        मा.जि.न्या.श्री नरेन्द्र शिवाकोटी

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री अली अकबर मिकरानी            

मा.न्या.श्री थीरबहादुर कार्की

               

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६६।९।६ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य ठहर यसप्रकार रहेको छः

मूल पुर्खा स्व.रामेश्वर साहको चार भाइ छोराहरूमा जेठा मेरा पति स्व. रामएकवाल साह, माहिला विपक्षी स्व. रामेश्वर साह, साहिँला विपक्षी शम्भू साह, कान्छा विपक्षी चन्दर साह हुन रामवरण साहको पत्नी तारावती देवी, शम्भू साहको पत्नी अलोधैन देवी चन्दर साहको पत्नी  रमलकुमारी साह हुन् मेरो पति रामएकवाल साह मिति २०६३।९।३ गतेमा आफ्नो कालगतिले परलोक भैसक्नुभएको मेरा छोरीहरूमध्ये तीन बहिनीको विवाह भैसकेको कान्छी छोरी जिवछी देवीको विवाह हुन बाँकी हामी वादी प्रतिवादीहरूबीच भाउजु देवर देउरानी नाता सम्बन्ध पर्छ हामीहरू एकासगोलमा नै बस्दै आएका थियौं भाग बन्डा लाग्ने पैतृक सम्पत्ति विपक्षी देवरहरू, देउरानी तथा मेरो नाउँमा मेरो पति जीवित रहँदाकै अवस्थामा परिवारमा हित्त चित्त नमिल्दा मिति २०५२।११।१५ गते नै चुलो मानो छुट्टी अलग बसेको हो व्यवहार चलाउन कठिन भै घर सम्पत्ति सबैले रीतपूर्वक बन्डा गरी लिउँ दिउँ भन्दा मिति २०६२।२।१ का दिन पञ्च भलाद्मीका सामुन्ने हामी अहिले अंश  छुट्याउँदैनौं भनी विपक्षीहरूले जवाफ दिएको हुँदा विपक्षीहरूबाट अंश बन्डाको २०।२१।२३।२४ नं. बमोजिम चल अचल सम्पत्तिको तायदाती लिई मिति २०५२।११।१५ लाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई एक भाग अंश मलाई दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद दावी

विपक्षी वादीले देखाएको नाता पुस्तावलीमा कुनै विवाद छैन बन्डा गर्नुपर्ने चल अचल पैतृक सम्पत्ति नहुँदा अंशबन्डा हुनपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी तारावती साह प्रतिवादी रामवरण साहको संयुक्त प्रतिउत्तर जिकिर

विपक्षीले देखाएको नाता पुस्तावलीमा विवाद छैन हामी वादी प्रतिवादीहरू एकासगोलमा नरहेको हुँदा हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रमलकुमारी साह चन्दर साहको संयुक्त प्रतिउत्तर जिकिर

नाता पुस्तावलीमा विवाद छैन हामी एकासगोलमा नरहेको हुँदा वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी शम्भू साह अलोधैनदेवी साहको संयुक्त प्रतिउत्तर जिकिर

प्रतिवादीमध्येकी रमलकुमारीले फाँटवारीमा उल्लिखित कि.नं.७४ लछुमन यादवबाट २०३८।१२।१२ मा कि.नं.१९५, २१८, २१९, ५१४ का जग्गा निजका पिता सिताराम साहबाट मिति २०५६।१२।१६ को पारित बकसपत्रको लिखतबाट प्राप्त गरिएको त्यसै गरी कि.नं. २९४ को जग्गा मिति २०५८।५।२७ को बकसपत्रबाट प्राप्त जग्गा प्राप्त गर्ने अंशियारको निजी हुने भै आफूखुसी गर्न पाउने कानूनी व्यवस्था रहेको पाइँदा उक्त कि.नं. ७४, १९५, २१८, २१९, २९४, ५१४ का जग्गासम्म बन्डा हुन सक्ने देखिएन सो बाहेकका फाँटवारीमा उल्लिखित जग्गा विभिन्न मितिमा राजीनामाबाट प्राप्त भएका दाइजो पेवाको भनी जिकिर लिए पनि दाइजो पेवा प्राप्त गरेको स्रोतको प्रमाण पेस नभएको निजी आर्जनको स्रोतको प्रमाणको रूपमा प्रस्तुत हुन नसकेबाट उल्लिखित कि.नं. बाहेकका अन्य सम्पत्तिबाट भागको भाग अंश वादीले पाउने ठहर्छ भन्ने सुरू सप्तरी जिल्ला अदालतको मिति २०६५।३।९ को फैसला

हामी प्रतिवादीहरूले पुर्ख्यौली सम्पत्ति केही नभएकाले नपाएको तथा हालको सम्पत्ति बाबु वा कसैको नामबाट हाम्रा नाममा हस्तान्तरण भई नआएको हाम्रा नाममा रहेको सम्पत्ति विभिन्न व्यक्तिबाट खरिद गरी निजी आर्जनको हो भन्ने तथ्य प्रमाणमा रजिस्ट्रेसन लिखतहरूसमेतले पुष्टि गरिरहेको परिप्रेक्ष्यमा पनि हाम्रा नामको सम्पत्तिमा बन्डा लगाउने ठहर गरिएको सप्तरी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा फैसला बदर गरी वादी दावी नपुग्ने ठहर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तारावती साहको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र

विपक्षी वादी मोहरी देवीले विभिन्न समयमा आफ्ना नाउँका जग्गा राजीनामा पारित गरिदिँदा उक्त लिखतका व्यहोरामा अरू कसैको हक नलाग्ने मेरो एकलौटी हक भोग भन्ने व्यहोरा लेखाइदिएको उक्त बिक्री व्यवहारमा हाम्रो मन्जुरीसमेत नलिएका कुरालाई अदालतबाट ख्याल गरिएको

छैन रमलकुमारीको नाउँ दर्ताका कि.नं. ५१७ १७५ को जग्गा ललिताबाट बकसपत्रबाट पाएको भन्ने कुरा स्रेस्ताबाट पुष्टि भई आफूखुस गर्न पाउने हुँदा सो जग्गासमेत बन्डा हुने रमलकुमारीले नै रामचन्द्र यादवबाट मिति २०४७।१२।३० मा राजीनामा पारित गरी लिएको कि.नं. ५२९ को जग्गा दाइजो पेवाको रकमबाट लिइएको कुरा स्रेस्ताबाट पुष्टि भइरहेकोमा सोसमेतलाई बन्डा हुने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी  रमलकुमारी साह चन्दर साहको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र

पुनरावेदक वादीले .नं. १५१३ मिति २०४९।६।१४ गतेमा हालको बकसपत्रबाट प्राप्त गरेको  जिल्ला सप्तरी, गाउँ विकास समिति विषहरिया वडा नं. कि.नं. ३८० को -११-  मध्ये उत्तरबाट हाल कि.नं. ५४४ को --१७ जग्गामा कसैको अंश हक नपुग्ने हुँदा उक्त जग्गामा प्रतिवादीहरूसमेतको अंश ठहरी सुरू फैसला भएकोमा आंशिक उल्टी गरी मैले रिझ खुसबापत पाएको जग्गा प्रतिवादीहरूको अंश हक नलाग्ने गरी इन्साफ  गरिपाउँ भन्नेसमेत व्यहोराको वादी मोहरी देवीको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र

यसमा पुनरावेदक वादीले पुनरावेदनपत्र साथ दिएको कि.नं. ५४४ को हालै देखिएको बकसपत्रबाट प्राप्त गरेको देखिँदा सो जग्गासमेत बन्डा लाग्ने गरी भएको सप्तरी जिल्ला अदालतको मिति २०६५।३।९ को फैसला प्रमाण मूल्याङ्कनको आधारमा फरक पर्न सक्ने देखिँदा .बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरू झिकाई आएपछि वा अवधि नाघेपछि पेस गर्नु भन्ने आदेश

विपक्षी पुनरावेदकले हालको बकसपत्रबाट प्राप्त गरेको भनेको कि.नं. ५४४ को --१७  जग्गा वादीले आफ्ना वारिसमार्फत बन्डा लाग्ने स्वीकार गरी तायदाती फाँटवारी पेस गरी हाल आएर हाम्रो मिलेमतोमा वारिसले तायदातीमा बकसपत्र उल्लेख गर्न छुटाएको भन्ने व्यहोरा झुट्ठा हो वारिसले गरेको काम कारवाही आफैले गरेको मान्नुपर्ने हुँदा उक्त कि.. ५४४ को जग्गा सबैको अंश लाग्ने भनी गरेको फैसला न्यायोचित हुँदा सदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रत्यर्थी तारावती साह, शम्भू साह, अलोधैनदेवी साह रामवरण साहको संयुक्त लिखित प्रतिवाद

रमलकुमारी साहको नाउँको दर्ता कि.नं.५१७ १७५ को बकसपत्रका हकमा नबोली विपक्षीले सुरू तहमा स्वीकार गरेको कुरालाई हाल आएर हामीलाई झिकाउने गरी भएको आदेश सबैको लागि समान कानूनको विपरीत भयो भन्नेसमेत व्यहोराको रमलकुमारी चन्दर साहको संयुक्त लिखित जवाफ

तारादेवी, रमलकुमारी साह चन्दर साहका नाउँमा दर्ता रहेका जग्गाहरू निजको निजी आर्जनको भन्ने मिसिल संलग्न सबुद प्रमाणबाट नदेखिँदा एकासगोलका अंशियारको नाउँका जग्गा अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नुपर्ने तथा एकासगोलको अंशियारबाट अन्यत्र गई पुनः बकसपत्रको माध्यमबाट एकासगोलको अंशियारमध्येको रमलकुमारी साहको नाउँमा आएको जग्गा निजी मान्न मिलेन सगोलको मान्नुपर्ने देखिन्छ उक्त कि.नं. २९४, २१९ ५१४ का जग्गाहरूसमेत सुरू फैसलामा समावेश गरी वादीले भागको भाग अंश पाउने देखिन्छ अतः पुनरावेदक मोहरी देवीको कि.नं.५४४ को जग्गामा बन्डा लाग्ने रमलकुमारी साहको कि.नं. २९४, २१९ ५१४ को जग्गामा बन्डा नलाग्ने भनी गरेको सप्तरी जिल्ला अदालतबाट मिति २०६५।३।९ मा भएको फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।९।६ को फैसला

हामी प्रतिवादीहरूको नाउँमा कुनै पुर्ख्यौली सम्पत्ति आएको छैन हामी तथा वादीबीच अंश लगाउनुपर्ने सम्पत्ति नै नरहेको अवस्था वादी स्वयम्ले जग्गा जमिन बिक्री गर्दा आफूबाहेक अरू कसैको अंश हक नलाग्ने भनी उल्लेखसमेत गरेको तथा अंशियारकै बीचमा जग्गा हस्तान्तरण गरेको हुँदा हामीहरूबीच अंश बन्डा भैसकेको प्रष्ट हुन्छ तर -आफ्नो नाउँको निजी आर्जनको मात्र सम्पत्ति भई बिक्री व्यवहार गरिरहेको अवस्थामा समेत हाम्रो नाउँको सम्पत्तिबाट बन्डा लाग्ने गरी गरेको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी फिराद दावी नपुग्ने ठहर गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तारावती साह, अलोधैनदेवी, शम्भू साह रामवरण साहको यस अदालतमा परेको पुनरावेदनपत्र

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री मिथिलेशकुमार सिंहले यी प्रतिवादीहरूको नाउँमा बाबु बाजेको नाउँबाट पैतृक सम्पत्ति आएको कहीं कतैबाट देखिँदैन निजहरूको  निजी आर्जनबाट प्राप्त गरेको सम्पत्तिमा समेत बन्डा लाग्ने गरी पुनरावेदन अदालतबाट त्रुटिपूर्ण फैसला भएको वादीले जग्गा जमिन बेच बिखन गर्दासमेत आफ्नो मात्र अंश लाग्ने भनी गरेको हुँदा यी प्रतिवादीहरूको सम्पत्तिबाट समेत बन्डा लाग्ने गरी गरेको पुनरावेदन अदालतको फैसला बदर गरी फिराद दावी नपुग्ने ठहर गरिपाउँ भनी गर्नु भएको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छैन भनी निर्णय गर्नुपर्ने देखिन आयो

. यसमा वादी मोहरीदेवीले देखाएको  पुस्तावलीमा दुबै पक्षको विवाद रहेको देखिँदैन मूल पुरूष स्व. रामेश्वर साहको चार भाइ छोराहरू भएकोमा स्व. राम एकवालकी श्रीमतीवादी मोहरीदेवी भएको निजले प्रतिवादीहरूसँग अंश माग्दा नदिएको हुँदा बन्डा छुट्याई पाउँ भनी फिराद दावी गरेको देखियो प्रतिवादीहरूले पुस्तावलीमा स्वीकार गरे तापनि वादीलाई अंश दिनुपर्ने सम्पत्ति नरहेकाले अंश दिनुपर्ने होइन भनी प्रतिउत्तर फिराएको मा कि.नं. ७४, १९५, २१८, २१९, २९४ ५१४ का जग्गाबाहेक अन्य जग्गाबाट भागको भाग अंश लाग्ने गरी सुरू अदालतबाट फैसला भएको

देखिन्छ आफ्नो स्वआर्जन तथा बकसपत्रबाट समेत प्राप्त सम्पत्तिमा बन्डा लाग्ने गरी भएको फैसला नमिलेको भनी प्रतिवादीहरू तथा बकसपत्रबाट प्राप्त कि.नं. ५४४ को जग्गासमेत प्रतिवादीहरूलाई बन्डा लाग्ने गरी भएको फैसला नमिलेको भनी वादीले पुनरावेदन अदालतमा पुनरावेदन गरेको पुनरावेदन अदालतबाट फैसला हुँदा एकासगोलका अंशियारका नाउँमा रहेको जग्गा सगोलकै मान्नुपर्ने तथा सगोलको अंशियारबाटै अन्यत्र गई पुनः बकसपत्रबाट आएको जग्गामा बन्डा लाग्नुपर्ने बकसपत्रबाट प्राप्त धनमा बन्डा नलाग्ने भन्दै सुरूको फैसला केही उल्टी गरेकोमा पुनरावेदन अदालतको उक्त फैसला त्रुटिपूर्ण भएकोले अंश बन्डा नलाग्ने गरी फैसला गरिपाउँ भनी केही प्रतिवादीहरूको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो

. यी वादी प्रतिवादीहरूको पुस्तावलीमा विवाद नरहेको प्रस्तुत अवस्थामा वादी प्रतिवादीहरूबीच अंश बन्डा भएको अवस्था नदेखिएको प्रतिवादीहरूले समेत आफूहरूबीच पहिले नै अंशबन्डा भै सकेको भन्ने यथोचित प्रमाण पेस गरी पुष्टि गर्न नसकेको अवस्था हुँदा सगोलको सम्पत्तिबाट वादी मोहरीदेवीले भागको भाग अंश पाउनुपर्ने भन्ने कुरामा विवाद

रहेन जहाँसम्म बकसपत्रबाट प्राप्त गरेको तथा निजी आर्जनसमेत बन्डा लाग्ने गरी फैसला

भएको भन्ने पुनरावेदन जिकिर त्यस सम्बन्धमा विचार गर्दा प्रमाण ऐन, २०३१ को दफा मा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने भन्ने कानूनी व्यवस्था रहेको त्यसैको पृष्ठभूमिमा यस अदालतबाट सगोलको अंशियारमा जसको नाउँमा रहेको सम्पति भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नुपर्ने प्रमाण ऐन, २०३१ को दफा () ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादीको हुने, (ने.का.. २०५४, नि.नं. ६३०३, पृष्ठ ) भनी सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ प्रस्तुत अवस्थामा प्रतिवादीहरूले निजी आर्जनको भनेका जग्गाहरूको आर्जनको प्रष्ट स्रोत खुलाउन सकेको नपाइएको हुँदा सगोलको अंशियारको नाउँमा रहेको जग्गालाई अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नुपर्ने भन्ने पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न सकिने अवस्था छैन त्यस्तै गरी बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजी आर्जनको रूपमा स्वीकार गरिने भए तापनि एकासगोलको अंशियारबाट अन्यत्र अरूको नाउँमा गई निजबाट पुनः बकसपत्रको  रूपमा एकासगोलको अंशियारको नाउँमा हस्तान्तरण भई आएको अवस्थामा त्यस्तो बकसपत्रलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने हुँदा सगोलकै मान्नुपर्ने अवस्था हुन्छ प्रतिवादीमध्येकी रमलकुमारीको नाउँमा बकसपत्रमार्फत मिति २०५६।१२।१६मा निजको बाबु सिताराम साहबाट आएको कि.नं. ५१४ २१९ को जग्गा तथा मिति २०५८।५।२७मा निजको बाबु सिताराम साहबाटै आएको कि.नं. २९४  को जग्गामध्ये कि.नं. ५१४ २१९ को जग्गा सगोलकी अंशियार वादी मोहरीदेवीबाट सिताराम साहको नाउमा गएको देखिएको तथा कि.नं. २९४ को जग्गा प्रतिवादी सम्भू साहको नाउँबाट सिताराम साहको नाउँमा गएको

देखिन्छ यसरी सगोलको अंशियारबाटै अरूको नाउँमा गई पुनः बकसपत्रको माध्यमबाट एक अंशियार रमलकुमारीको नाउँमा आएको कि.नं. ५१४,२१९ २९४ बाट बन्डा लाग्ने वादीले बकसपत्रबाट पएको  कि.नं.५४४ को जग्गालाई बन्डा नलाग्ने गरी पुनरावेदन अदालत, राजविराजबाट मिति २०६६।९।६ मा भएको फैसला मिलकै देखिँदा सदर हुने ठहर्छ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न

सक्तैन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू

 

उक्त रायमा सहमत छु

न्या. ओमप्रकाश मिश्र

 

इति संवत् २०७१ साल साउन १६ गते रोज शुभम्

इजलास अधिकृतः सुमन कुमार न्यौपाने

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु