शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७५८ - कर्तव्य ज्यान

भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक:

ने.का.प. २०६९,            अङ्क १

निर्णय नं ८७५८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६७–CR–१०७९, १०८०, १०८१, १०८२, १०८३, १०८४, १०८५

फैसला मितिः २०६८।११।२६

मुद्दाःकर्तव्य ज्यान 

पुनरावेदक वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. १५ बस्ने जसमान लिम्बू समेत

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भै हाल कारागार कार्यालय       राजविराजमा थुनामा रहेको चुचु भन्ने दीपक राई समेत

 

विरुद्ध

प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय,   मोरङ्ग विराटनगरमा थुनामा रहेको राजकुमार राई

विरुद्ध

पुनरावेदक वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भई हाल कारागार    कार्यालय, नख्खुमा थुनामा रहेको जसमान लिम्बू

विरुद्ध

प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय,   नख्खुमा थुनामा रहेको दिवस लिम्बू

विरुद्ध

प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १५ घर भई हाल कारागार    कार्यालय, सप्तरीमा थुनामा रहेको श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू

विरुद्ध

प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय,   वीरगञ्जमा थुनामा रहेको बलजीत भन्ने राजकुमार तामाङ

विरुद्ध

प्रत्यर्थी वादीः कुमारी लिम्बूको जाहेरीले नेपाल सरकार

 

शुरू अदालतमा फैसला गर्नेः

मा.न्या. श्री पुरुषोत्तम भण्डारी

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री विनोदप्रसाद ढुंगेल

मा.न्या. श्री सुरेन्द्रवीर सिँह बस्न्यात

 

§  कुनै वारदातमा एकजना भन्दा बढी व्यक्ति सामूहिक रुपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निक्र्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रुपले कसूरदार हुन भन्ने अबधारणा न्यायिक हुन नसक्ने 

(प्रकरण नं.३)

§  धेरैजना व्यक्ति संलग्न रहेको वारदातमा एकभन्दा बढी व्यक्ति मुख्य अभियुक्त (Principal Offender) हुनसक्ने र सहायक अभियुक्त (Accessory Offender) पनि धेरै जना हुन सक्ने कुरालाई फौजदारी विधिशास्त्रले आत्मसात गरेको पाइने 

§  कुनै कर्तव्य ज्यानको अपराधमा एकजना भन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यता (Gravity) समेतलाई विचार गर्नुपर्ने 

(प्रकरण नं.५)

§  एक्लो व्यक्तिलाई हातहतियारले सुसज्जित समूहले आक्रमण गरी विभत्स तवरले पटकपटक हानी काटी मारेको, आपूmले समेत मारेको कुरालाई स्वीकार गरेको एवं अन्य स्वतन्त्र प्रमाणबाट समेत विभत्स तरीकाले मारेको पुष्टि भइरहेको अवस्थामा सजाय कम हुनुपर्छ भन्ने जिकीर मनासिव देखिन नआउने 

(प्रकरण नं.२३)

§  अभियोजन पक्षले आफूले अभियोग लगाएको व्यक्तिको तथ्यपरक ढंगले पहिचान गरी अभियोग लगाउनु उसको कर्तव्य तथा दायित्वको सीमाभित्र पर्दछ । हरेक अभियुक्तको बाबुको नाम, स्पष्ट ठेगाना (वडा नं., टोल, घर नं. आदि), उमेर खुलाई अभियोग लगाउनु अभियोजन पक्षको मूलभूत कर्तव्य हुने 

(प्रकरण नं.४०)

§  अनुसन्धानको क्रममा वस्तुगत ढंगले कसूरदारको पहिचान नगरी अभियोग पेश गरेको, जाहेरी तथा अभियोग उल्लिखित ठेगाना तथा उमेर फरक भएको प्रमाणबाट पुष्टि भएको, व्यक्ति नै फरक भनी सप्रमाण जिकीर लिएकोमा अदालतबाट समेत पुर्पक्षको क्रममा सनाखत गराई पुष्टि नगरेको स्थितिमा केवल नाम मिलेको आधारमा मात्र कसूरदार ठह¥याउन नमिल्ने 

(प्रकरण नं.४४)

§  कुनै वारदातस्थलमा कसैको भौतिक उपस्थिति (Physical Presence) हुँदैमा वारदातमा संलग्नता थियो भनी ठहर्‍याउनु न्यायसंगत नहुने 

§  मौकामा कागज गर्दा वारदातस्थलमा देखेको भने पनि अदालतमा आई बकपत्र गर्दा वारदातमा संलग्नता थियो भनी नभनेको स्थितिमा सुनेको आधारमा दिएको जाहेरी दरखास्त र वारदातस्थलमा थिए भन्ने भनाइका आधारमा मात्र कसूरमा संलग्न रहेको भनी मान्नु अनुमानमा आधारित हुन जान्छ । यसरी ठोस प्रमाणको अभावमा अनुमानको लिस्नु चढेर कसूरदार ठहर्‍याउन नमिल्ने 

(प्रकरण नं.४५)

 

वादी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र विद्वान उपन्यायाधिवक्ता योगराज बराल

प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू डा.रजितभक्त प्रधानाङ्ग, कृष्ण सापकोटा र निर्मला शाक्य, मानबहादुर रुम्दाली, भोजेन्द्रबहादुर खत्री, यमुना भट्टराई

अवलम्बित नजीरः

§  नेकाप २०६३, फागुन, नि.नं. ७७८८, पृ.१४६४

§  नेकाप २०६७, पुस, नि.नं. ८४६१, पृ.१५३१

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(१), (३), (४), १६, १७ (१), (२) र (३)

 

फैसला

न्या.प्रेम शर्माः पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी एवं प्रतिवादी दुबैतर्फबाट यस अदालतसमक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ९ स्थित बगैचालाइन सडकको सेन्टर लाइन भन्दा २० फीट उत्तरमा रगतको फाल्सा देखिएको, सो स्थानदेखि ५० मीटर पश्चिममा रहेको पुलमाथि रगतको फाल्सा देखिएको र रगत लागेको खुकुरी, फलामको रड तथा फलामको पाइप समेत फेला परेको भन्ने मिति २०६०।७।१४ गतेको घटनास्थल मुचुल्का 

धरान नगरपालिका वडा नं. ३ स्थित शकुन्तला राईको छोरा राजकुमार राईको कोठामा बसेका जसमान लिम्बूलगायतका व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न नाप आकारका खुकुरी थान दुई र तरवार थान चार समेत बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का 

२०६०।७।१४ गते विष्णु लिम्बूलाई कर्तव्य गरी फरार रहेका प्रतिवादी जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, जसमान लिम्बू, सुरज राई, मोहित मगर, कान्छी भन्ने दीपचन्द्र राई समेतलाई वारदातमा प्रयोग गरेका हातहतियारसहित फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि पेश गरेको भन्ने समेत प्र.ना.नि. भैरवबहादुर लिम्बूको प्रतिवेदन 

मिति २०६०।७।१४ गते दिउसो ३ बजे सुनाम संस्कृति परिवारले आयोजना गरेको देउसी कार्यक्रममा भाग लिई उद्घोषकको भूमिका निर्वाह गरिरहेको मेरो छोरा विष्णु लिम्बूलाई पूर्व रिसइवीको कारण श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू र रमेश राई समेतको निर्देशनमा जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, बलजीत तामाङ, राजकुमार राई, कुशल लिम्बू, मोहित मगर, दिवस लिम्बू, दीपचन्द्र राई, राजु राई, सुरज राई, राजकुमार राई, अमित आले मगरलगायतका प्रतिवादीहरूले धारिलो हतियार खुकुरी समेत प्रहार गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको मृतककी आमा कुमारी लिम्बूको जाहेरी दरखास्त 

अनुहारमा रगत लागेको, टाउको तथा ढाड, कोखालगायतका शरीरका विभिन्न भाग तथा अङ्गमा धारिलो हतियारले काटी हड्डी समेत काटिन गएको र टाउकोमा गिदी समेत निस्केको भन्ने ११ वटा भन्दा बढी चोट भएको भन्ने समेत व्यहोराको मृतक विष्णु लिम्बूको लास प्रकृति मुचुल्का 

मृतक विष्णु लिम्बू, रतन लिम्बू र चित्र लिम्बू समेतले मिति २०६०।७।१३ गते श्रीप्रसाद भन्ने पूर्ण लिम्बूलाई काटी मरणासन्न पारेकोले निज विष्णु लिम्बू, रतन लिम्बू र चित्र लिम्बूलाई खोजतलास गर्दै गएको अवस्थामा घटनास्थलमा पुग्दा विष्णु लिम्बूलाई मात्र फेला पारी जसमान लिम्बूले विष्णु लिम्बूलाई समूहबाट बाहिर निकाले पछि मैले तरवारले टाउकोमा प्रहार गर्दा भूर्इँमा ढल्न गएकोले जाहेरीमा उल्लेख भएका सबै साथीहरूले बोकी ल्याएको हातहतियारले विभिन्न अङ्गमा प्रहार गर्दा मर्छ कि भनी भागेका हौँ, हामीले प्रहार गरेकै चोटबाट मृत्यु भएको हो । पूर्णबहादुरको निर्देशनमा दीपक राई, सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, बलजीत तामाङ, राजकुमार राई, कुशल लिम्बू, दीपचन्द्र राई, सुरज राई, रोशन राई र अमित आले समेत भई प्रहार गरिएको हो भन्ने समेत व्यहोराको जन्जु श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज 

हाम्रो टोलको पूर्णबहादुर लिम्बूलाई मृतकसमेतले मिति २०६०।७।१३ गते हतियार प्रयोग गरी घाइते बनाएकोले हामीलाई बोलाई अब यसलाई छाड्नु हुँदैन खोजेर मारेर आउनु भनी पूर्णबहादुरले आदेश दिएको र खुकुरी तरवारसमेत दिएको तथा हाम्रो समेत विष्णु लिम्बूसँग पुरानो रिसइवी भएको हुँदा हतियार जम्मा पारी खोजतलास गर्दै जाँदा फेला पारी मृतकलाई जन्जु श्रेष्ठले पहिले र मैले पनि प्रहार गरी सोही चोटकै कारणबाट जाहेरवालाको छोरा विष्णु लिम्बूको मृत्यु भएको हो । उक्त घटनामा सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, मोहित मगर, सार्के तामाङ, राजकुमार राई, कुशल लिम्बू, मोहित मगर, दिवस लिम्बू, दीपचन्द्र राई, सुरज राई, राजकुमार राई र अमित आले समेत गएका थियौँ भन्ने समेत व्यहोराको चुचु भन्ने दीपक राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

मिति २०६०।७।१३ गते चित्र लिम्बू समेतले श्रीप्रसादलाई काटी घाइते पारी घरमा ल्याएको छ, हेर्न जाऊँ भनी साथीहरूले भनेको हुँदा निजको घरमा गै हेर्दा काटेको रहेछ, निज श्रीप्रसाद भन्ने पूर्णबहादुरले मलाई साथ दिनुपर्छ मलाई काट्नेहरूलाई तिमीहरू गएर ज्यान मारेर आउनु भनी पाँच थान हतियार समेत दिई आदेश दिएको र मृतकसँग हाम्रो पहिलादेखि नै रिसइवी भएको हुँदा हामी मौका खोजी रहेको बेला घटनास्थलमा विष्णुलाई फेला पारी जसमान लिम्बूले हात समाई केही साइडमा निकाली हामीमध्येका जन्जु श्रेष्ठले शुरुमा पछाडिबाट टाउकोमा प्रहार गर्दा भूईंमा ढलेकोले मैले गर्धन समेत शरीरको विभिन्न भागमा चार पटक काटी भागी लुकी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । हामीले प्रहार गरेको कारणबाट नै विष्णु लिम्बूको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी सुरज राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

मिति २०६०।७।१३ गते चित्र, रतन र विष्णु लिम्बूले हाम्रो गाउँको दाई श्रीप्रसाद भन्ने पूर्णबहादुरलाई हतियार प्रहार गरी सख्त घाइते पारेको छ भनी थाहा पाई चुचु भन्ने दीपक राई, जन्जु श्रेष्ठ, सुमन लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, मोहित मगर, सुरज राई, राजकुमार राई, पाना भन्ने कुशल लिम्बू, दिवस लिम्बू, कान्छी भन्ने दीपचन्द्र राई, बलजीत तामाङ, अमित आले मगर र रोशन राईलगायतका मानिसहरू जाँदा निज श्रीप्रसादले चित्र लिम्बू, रतन लिम्बू, विष्णु लिम्बूले मलाई घाइते पारेको हुँदा निजहरूलाई खोजी गरी ज्यानै मारी देऊ भनी वचन दिई निजले गितारको खोलमा लुकाई राखेको तीन थान तरवार दुई थान खुकुरी दिए पछि उक्त हतियार र फलामको रड बोकी खोजी गर्दै जाँदा देउसी नाच भइरहेको ठाउँमा विष्णु लिम्बूलाई देखी हात मिलाउने वाहनामा बाहिर ल्याई जन्जु श्रेष्ठले पछाडिबाट टाउकोमा प्रहार गर्नासाथ चुचु भन्ने दीपक राईले समेत बोकेको तरवारले प्रहार गरिसकेपछि मैले पनि खुकुरी निकाली विष्णु लिम्बूको घाँटीको भागमा र अन्य साथीहरूले पालैपालो गरी प्रहार गर्दा विष्णु लिम्बू मर्यो होला भनी म समेत त्यस ठाउँबाट भागेका थियौँ, २०६०।७।१५ गतेका दिन त्यसै विषयमा सल्लाह गर्दागर्दै प्रहरी आई पुगी पक्राउ गरी ल्याएको हो भन्ने समेत प्रतिवादी जसमान लिम्बूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज 

मलाई रतन, चित्र र विष्णु लिम्बूले हतियार प्रहार गरी घाइते बनाएकोले मैले प्रतिकार गर्न सकिन, निजलाई खोजी गरी जहाँ भेट्छौ त्यही ज्यान मारिदिनु भनी पूर्णबहादुर लिम्बूले भनेको र हतियार समेत दिएकोले हामीले हुन्छ भनी पाँच थान हतियार लिई जन्जु श्रेष्ठ, दिवस लिम्बू, सुरज राई र जसमान लिम्बू समेत भै रतन, चित्र र विष्णु लिम्बूलाई खोजी गरी रहेको अवस्थामा विष्णु लिम्बूलाई फेला पारी जसमान लिम्बूले बोलाई वर ल्याई सबैभन्दा पहिला जन्जु श्रेष्ठले तरवारले प्रहार गरेको त्यसपछि मलगायतका अन्य साथीहरूले समेत पालैपालो आफ्नो साथमा बोकेको हतियारले प्रहार गर्दा विष्णु लिम्बू लडेपछि म¥यो होला भनी त्यहाँबाट भागेको हौँ, पछि प्रहरीले पक्राउ गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्रतिवादी अमित आले मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज 

श्रीप्रसाद भन्ने पूर्णबहादुरलाई चित्र, रतन र विष्णु लिम्बूले धारिलो हतियार प्रहार गरी घाइते पारेको हुँदा बदला लिनुपर्छ, खोजी गरेर ज्यानै मारिदिनु भनी पूर्णबहादुरले वचन तथा हतियार समेत दिई आदेश दिएको हुँदा प्रतिवादीमध्येका जन्जु श्रेष्ठको लिडरशीपमा योजना मिलाउँदा मैले समेत समर्थन गरी साथीहरूलाई उक्साएको हो । सबै जनाले हातहतियार समेत लिई खोजतलास गर्दै जाँदा विष्णु लिम्बूलाई फेला पारी हामीमध्ये जसमान लिम्बूसँग निजको परिचय हुँदा हात मिलाउने निहँुमा केही साइडमा निकाली कुराकानी गर्ने वहाना बनाइरहेको अवस्था जन्जु श्रेष्ठले पछाडिबाट टाउकोमा तरवारले प्रहार गर्दा भूईंमा ढल्न गै अन्य प्रतिवादीहरूले साथमा बोकेको हतियारले जत्रतत्र शरीरमा प्रहार गर्दा निज विष्णु लिम्बू म¥यो होला भनी हामी त्यहाँबाट भागेका हौं । मेरो हात घाइते भएको हुँदा मसँग हतियार थिएन र मैले हतियार प्रहार गरिन, तर म पनि समूहमा थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी कान्छी भन्ने दीपचन्द्र राईको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज 

पूर्णबहादुरलाई विष्णु लिम्बूको समूहले काटकोमा हेर्न जाँदा पूर्णबहादुरले मार्नु भनी वचन तथा हतियार दिएको र मृतक विष्णु लिम्बूसँग हाम्रो पुरानो रिसइवी भएको र यसलाई बदला लिनुपर्छ मार्नुपर्छ भनेको हुँदा मैले पनि आफ्नो घरमा भएको एउटा खुकुरी बोकी साथीहरूसँग खोजी गर्दै जाँदा देउसी खेलिरहेको अवस्थामा विष्णुलाई फेला पारी जसमान लिम्बूले हात मिलाउने निहुँ गरी समूहबाट बाहिर निकाली सबैभन्दा पहिले जन्जु श्रेष्ठले प्रहार गरी ढलेपछि चुचु राईले प्रहार गरेको र त्यसपछि मैले पनि साथमा लिएको खुकुरीले चार पटक प्रहार गरें । मेरो खुकुरीमा रगत लागी बोक्न अप्ठ्यारो भएकोले सोही ठाउँमा फ्याकेकोमा पछि प्रहरीले बरामद गरी ल्याएको हो । हामीले पूर्व रिसइवीको कारण विष्णु लिम्बूलाई हतियार प्रहार गरी कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी मोहित मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज 

पूर्णबहादुर लिम्बूलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा प्रहार गरेको र रगत धेरै बगेको, टाउकोलगायत विभिन्न साइडमा चोटपटक देखिएको उक्त चोटको कारण मर्नसक्ने सम्भावना नभएको, औषधि सेवन गरी आराम गर्न सल्लाह दिएको भन्ने समेत व्यहोराको मिति २०६०।७।१३ को घा जाँच केश फाराम र डिस्चार्ज रिपोर्ट 

मिति २०६०।७।१४ गते म पनि विष्णु लिम्बू सँगै थिएँ, त्यहाँ जसमान लिम्बू नाम गरेको व्यक्ति आई हात मिलाउने निहुँमा विष्णु लिम्बूलाई समूहबाट बाहिर निकाली इशारा गरी साथीहरूलाई बोलाए । हतियारसहित आएका सबै प्रतिवादीहरूको समूहका जन्जु श्रेष्ठले पहिले पछाडिबाट तरवारले टाउकोमा प्रहार गर्दा शुरुमा विष्णु दाई भाग्न खोज्नु भयो, भाग्दाभाग्दै सबैले शरीरको जत्रतत्र भागमा धारिलो हतियार प्रहार गरी रगताम्मे भै शिथिल भएपछि निजहरू भागेका हुन् । उक्त वारदातमा जन्जु, दीपक राई, जसमान लिम्बू, कुशल लिम्बू, सुरज राई, दीपचन्द्र राई समेतका १५/१६ जना थिए । रमेश राई पनि थिए । तर, उनको हातमा हतियार थिएन भन्ने समेत व्यहोराको प्रत्यक्षदर्शी नैना राईले गरेको कागज 

विष्णु लिम्बूलाई टाउको, घाँटी, ढाडलगायतको शरीरको विभिन्न भागमा धारिलो हतियारले गहिरो चोट हुने गरी प्रहार गरेको कारणबाट (Hemorrhagic shock and injury to vital organs (Lung & Brain), as a result multiple injuries caused by Sharp weapons) मृत्यु भएको भन्ने समेत व्यहोराको लास जाँच प्रतिवेदन । साथै उक्त प्रतिवेदनबाट मृतकको शरीरमा लागेको चोटपटक, घा खतहरू निम्नानुसार उल्लेख भएकोः

§  Incised wound on right Palm 7×2×1.5 cm.

§  Stab wound 3 × 1.5× cavity deep Cut injury.

§  Stab would of 4 x 1.5x cavity deep cut injury.

§  Incised wound of 13x8x bone deep on right shoulder.

§  Incised wound of 8x2.5x muscle deep on the back and right side of the neck.

§  Contused abrasion of 7x0.5 cm on right shoulder.

§  Incised wound 4.5x2x2 cm on right side of forehead.

§  Incised wound of 11x4 cm x cavity deep on back abdomen on right side.

§  Stab wound of 5x2.5 cm x cavity deep back of chest.

§  Incised wound of 2x1 cm on back of right thumb.

§  Incised wound 7x0.5 cm on occipital region on.

§  Incised wound in shape 8 cm x 8 cm on left parietal region of scalp.

 

मिति २०६०।७।१४ गते सुनाम संस्कृति परिवारको आयोजनामा सञ्चालन भएको देउसी कार्यक्रममा मैले अपरेटरको र विष्णु लिम्बूले उद्घोषकको भूमिका निभाइरहेको अवस्थामा जाहेरीमा उल्लिखित प्रतिवादीहरू मध्ये जसमान लिम्बूले बोलाई लगेको र अरु प्रतिवादीहरूले घेराउ गरी जन्जु श्रेष्ठले पहिले तरवारले टाउकोमा प्रहार गरी रन्थनिदै भाग्न खोज्दा समेत तरवार, खुकुरी फलामको रड जस्ता धारिलो हतियारले प्रहार गरी प्रतिवादीहरू त्यहाँबाट हतियार समेत प्रदर्शन गर्दै भागेको र त्यही चोटको कारण विष्णु लिम्बूको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मनोज श्रेष्ठले गरेको घटना विवरण कागज 

२०६० सालको देउसी कार्यक्रममा शान्तिपथका केटाहरूको समूह आएर हाम्रो कार्यक्रमलाई घेरा हाली जसमान लिम्बूले विष्णु लिम्बूलाई साईडमा बोलाई अन्य साथीहरूलाई इशारा गरी बोलाई प्रतिवादीहरूको समूह आई जन्जुले पहिले टाउकोमा तरवार प्रहार गरे, विष्णु भाग्न खोज्दा नछाडि सबैले पालैपालो धारिलो हतियार प्रहार गर्दा रगताम्मे भएपछि अब मर्यो होला भनी त्यहाँबाट भागेको हो, भाग्दा हामीलाई रतन र चित्र लिम्बूको टाउको चाहिन्छ भन्दै हतियार समेत प्रदर्शन गर्दै रमेश दाईले बोलायो भन्दै त्यहाँबाट भागेको हो भन्ने प्रत्यक्षदर्शी गौतम श्रेष्ठले लेखाइदिएको घटना विवरण कागज 

२०६०।७।१४ गते देउसी कार्यक्रम गर्दै थियौँ । विष्णु लिम्बू उक्त कार्यक्रमको सञ्चालन गरिरहेका थिए । म आफ्नै धुनमा हेरिरहेको अवस्थामा १५÷१६ जना प्रतिवादीहरू आई अगाडि बढे, जसमानले बोलाएपछि पुनः फर्किएर आए एक्कासी जन्जु समेतले विष्णु लिम्बूलाई तरवार, खुकुरी प्रहार गरेर भागे । घाइतेको ढुकढुकीसम्म भएकोले भ्यानमा हाली उपचारको लागि घोपा क्याम्पमा पु¥याउँदा मृत्यु भैसकेको भनी डाक्टरले घोषित गरी दिएको हुँदा आमालाई खबर गरेको हो भन्ने समेत व्यहोराको बुझिएका कुमार लिम्बू, वीरबहादुर लिम्बू र महल लिम्बू समेतले खुलाइदिएको घटना विवरण कागज 

मिति २०६०।७।१४ गते सुनाम संस्कृति परिवारले सञ्चालन गरेको देउसी कार्यक्रममा म पनि समावेश थिएँ, कार्यक्रम चलिरहेको बेलामा विष्णु लिम्बू माइक भएको स्थानमा थियो र एकजना जसमान लिम्बू नाम गरेको व्यक्ति आई विष्णु लिम्बूसँग हात मिलाएको देखो, म आफ्नो धुनमा नाच हेरिरहेको बेला होहल्ला भयो र मान्छे भागाभाग भए, म उठी हेर्दा हातमा तरवार खुकुरी र फलामको रड जस्ता औजारहरूले विष्णु लिम्बूलाई काटी भूईंमा लडिरहेको अवस्थामा प्रहार गरिरहेको देखो, म समेत अत्तालिएर वारदातस्थलमा जाँदा रगताम्मे पारी विष्णु लिम्बूलाई त्यही छाडी हतियार फ्याँके र कसैले साथमा नै लिएर प्रतिवादीहरू भागे, मैले चिनेका जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, सुरज, दिवस, जसमान, राजकुमार राई, सुमन, सार्के र बलजीत समेतका जाहेरीमा उल्लिखित मानिसहरूले सो वारदात घटाएको हो भन्ने समेत व्यहोराको इन्द्रबहादुर लिम्बू समेतका मानिसहरूले खुलाई लेखाइदिएको वस्तुस्थिति मुचुल्का 

यसमा श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको आदेशले प्रतिवादीहरूले तरवार, खुकुरी जस्ता धारिलो हतियार तथा रड समेत प्रयोग गरी मृतक विष्णु लिम्बूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र प्रतिवादी जन्जु श्रेष्ठ, दीपक राई, सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, वलजीत तामाङ, राजकुमार राई, कुशल राई, मोहित मगर, दिवस लिम्बू, दीपचन्द्र राई, सुरज राई, रोशन राई, राजकुमार राई र अमित आले मगरलाई ऐ. ऐनको १३(१) बमोजिम र प्रतिवादी रमेश राईलाई सोही ऐनको दफा १३(४) बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी 

मृतक विष्णु लिम्बूसँग दुई वर्षदेखि रिसइवी थियो । उसको समूहले पूर्णबहादुरलाई कुटपीट गरेको हुँदा पूर्णबहादुरको निर्देशनमा २०६०।७।१४ गतेका दिन कट्टी र खुकुरी समेतका हतियारमध्ये कट्टीले एक पटक दिवस लिम्बूले मृतकको टाउकोमा हान्यो, निज रन्थनियो र अर्को पटक फेरि दिवसले नै हान्यो, विष्णु लिम्बू भूईंमा लड्यो, त्यसपछि हामी सबैले हानेका हौँ, मैले टाउकोमा रडले हाने । निज विष्णु लिम्बूको हामीहरूले कुटपीट गरेको कारणबाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी चुचु भन्ने दीपक राईले अदालतमा गरेको बयान 

प्रहरीमा भएको बयान मेरै हो । दुई वर्ष अगाडि विष्णु लिम्बूले छुरीले मेरो हातमा काटेको थियो सोही रिसइवी थियो । निजको समूहले पूर्णबहादुर लिम्बूलाई काटेकाले हामी सबैले मिति २०६०।७।१४ गते विष्णु लिम्बूलाई काटेको हो । सोही कारण निजको मृत्यु भएको हो, मार्न काटेको होइन । दिवस लिम्बूले विष्णु लिम्बूलाई टाउकोमा हाने र हामी सबैले ड्यामडुम हान्यौँ, निज मरेको थिएन, हामी त्यहाँबाट भाग्यौं । जाहेरीअनुसार कुटेका हौँ, निजलाई मार्ने उद्देश्यले कुटेका त हौइनौँ मरिहालेछ । झगडा मिलाउन जाँदा घटना घटेको हो भन्ने समेत व्यहोराको जन्जु श्रेष्ठले अदालतमा गरेको बयान 

२०६०।७।१४ गते प्रतिवादी दिवस लिम्बूले मलाई कट्टी लिएर आइज भनी पठायो, म कट्टी लिन भनी राजकुमार राईको घरमा गएँ र निजले राखेको कट्टी लिएर जादैँ गर्दा, घटनास्थलमा पुग्दापुग्दै साथीहरूले विष्णु लिम्बूलाई काटी सकेका रहेछन् । विष्णु लिम्बूलाई हस्पिटल लाँदै थिए । मैले कट्टी त्यहीँ छाडी भागो, मैले हतियार प्रहार गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुरज राईको अदालतमा भएको बयान 

मैले मृतक विष्णु लिम्बूलाई धारिलो हतियार प्रहार गरी मारेको होइन, किन मउपर जाहेरी दिए म जान्दिन, बरामद भएको हतियार मबाट बरामद भएको होइन । अन्य प्रतिवादीहरूले किन मलाई समेत पोल गरे जान्दिन, घटना भएको बेला म आफ्नै घरमा छु प्रहरीमा भएको बयान मैले भनेबमोजिम लेखिएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कान्छी भन्ने दीपचन्द्र राईले अदालतमा गरेको बयान 

पहिले विष्णु लिम्बू समेतले हाम्रो साथी श्रीप्रसाद, दीपचन्द्रलाई काटेका रहेछन्, त्यो कुरा मिल्न भनी हामी सबै प्रतिवादीहरूले हातहतियार समेत लिएर गयौँ । विष्णु लिम्बूले पनि हतियार लिएर गएका रहेछन् । तरवार बोकेर जाने र प्रहार गर्ने दिवस लिम्बू हो । खुकुरी प्रहार गर्ने सार्के तामाङ र सुमन लिम्बू हो । तरवारले प्रहार गर्नेमा बलजीत तामाङ र छुरी हान्ने रोशन लिम्बू हुन् । घटनास्थलमा पुगेपछि हाम्रो साथीहरूलाई तरवारले काट्न शुरु गरे, हामीमध्ये कुशल लिम्बूले बोकेको तरवारले विष्णुलाई काटे, विष्णु रन्थनियो । हामी सबैले पालैपालो कुट्न थाल्यौँ । मैले पनि कुटो मरेको थिएन, पछि मरेछ । हामीहरूले तरवारले काटेको कारणबाट नै मृत्यु भएको हो, खासमा रतन समेतलाई काट्न गएकोमा पहिला विष्णु फेला पर्यो उसैलाई काटेको हो भन्ने समेत व्यहोराको मोहित मगरले अदालतमा गरेको बयान 

दिवस लिम्बू र जन्जु श्रेष्ठ समेत भएर धारिलो हतियार प्रयोग गरी कर्तव्य गरी मारेको भन्ने सुनेको हुँ । मिति २०६०।७।१४ मा म आफ्नो दोकानमा थिएँ । फिल्मको चक्का लिन क्यासेट सेन्टर जादै गर्दा केटाहरू भागेर आउँदै गरेका थिए । के भएछ भनी घटनास्थल जाँदा पुलिसले समात्छ भनी भागो । प्रतिवादीहरूले हतियार प्रयोग गरी मारेको हो । मैले हतियार प्रयोग गरी कर्तव्य गरी मारेको होइन । जन्जु र दिवस समेत भै मारेको भन्ने सुनेको हुँ । प्रहरीमा भएको बयान मैले भनेबमोजिम लेखिएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी अमित आले मगरले अदालतमा गरेको बयान 

घटना भएको दिन म मेरै घरमा थिएँ, झगडा मिल्न जाऊँ भनी जन्जु श्रेष्ठ र दीपक राई आएका थिए, म गइन । मैले विष्णु लिम्बूलाई हतियार प्रयोग गरी कर्तव्य गरी मारेको होइन, कसले मारे मलाई थाहा छैन । म घरमा नै बसेको थिएँ, घटनास्थलमा गएको थिइन । प्रहरीले मैले नभनेको कुरा लेखाएका हुन, मलाई समेत किन पोल गरे म जान्दिन, मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी जसमान लिम्बूले अदालतमा गरेको बयान 

घटना भएको दिन धरान ६ स्थित निकेतन स्कूलको चौरीमा मेला लागेको थियो । सो मेलाको संयोजक म हुँ । मेरो निर्देशनमा विष्णु लिम्बूलाई कुटपीट गरेको होइन, त्यहाँ वादविवाद झगडा समेत भएको थिएन, जाहेरवाला तथा प्रतिवादीहरूलाई चिन्दिन, किन मेरो नाम समेत जाहेरीमा लेखाए निजै जानून् । विष्णु लिम्बूलाई को कसले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी रमेश राईले अदालतमा गरेको बयान 

मिति २०६०।७।१४ गते भन्दा एकहप्ताअगाडि काठमाडौँ गएको थिएँ, दुई महिना काठमाडौँ बसी फर्किआएँ, मलाई श्रीप्रसादको भाई भनी पक्राउ गरेका हुन्, म घटनास्थलमा नभै काठमाडौँ गएको हुँदा म घटनामा संलग्न थिइन । मृतक तथा प्रतिवादीहरू कसैलाई पनि चिन्दिन । मृतकलाई को कसले मारेको हो थाहा छैन । मेरो नाम सुमन लिम्बू होइन विजय लिम्बू हो भन्ने समेत व्यहोराको प्रतिवादी सुमन लिम्बू भन्ने बिजय लिम्बूले अदालतमा गरेको बयान 

जाहेरीमा उल्लेख भएका दीपक, जन्जु, सुमन, मोहित मगर, दिवस लिम्बू, सुरज राई र अमित आले मगर मिति २०६०।७।१४ गते विहान १० बजे मसँग भेट भै आज श्रीदाईलाई काट्ने मानिसलाई काट्नुपर्छ जाऊँ भनेका थिए र मैले नचिनेका अन्य १५/१६ जनासँग भेट भै सल्लाह भएको थियो । सो कुरामा सहमत भै म पनि सगैँ गएको हो । मैले हतियार बोकेको र मृतकलाई हानेको होइन । सांस्कृतिक कार्यक्रम भैरहेको ठाउँमा विष्णु लिम्बूलाई भेटेर जन्जु र दीपकले खुकुरी हानेछन्, म पछाडि हुँदा हानेको देखिन, म पुग्दा विष्णुको अनुहारबाट रगत बगिरहेको देखें मैले काटेको होइन, म मार्नमा सहमतमात्र थिएँ । मेरो घरबाट प्रतिवादीहरू पक्राउ परेको र हतियारसमेत बरामद भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार राईले अदालतमा गरेको बयान 

जाहेरीमा उल्लिखित मिति समयमा म काठमाडौँमा थिएँ । कसरी कसले जाहेरवालाको छोरालाई कर्तव्य गरी मारे मलाई केही थाहा छैन । म उक्त वारदातमा संलग्न छैन । मैले कुनै कसूर अपराध गरेको छैन । प्रतिवादीहरू मध्ये राजकुमार राईलाई मात्र चिन्दछु । मोहित मगरलाई चिन्दिन । किन मेरो नाम लेखाए थाहा भएन । मेरो नाम राजकुमार तामाङ हो, बलजीत तामाङ होइन भन्ने समेत व्यहोराको प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङले अदालतमा गरेको बयान 

घटना घटेको दिन म घनकुटाको बुढीमोरङ्गमा थिए । उक्त दिन अन्य प्रतिवादीहरूसँग थिइन । आरोप त मलाई लागेको छ, दिवस लिम्बू भन्ने धेरै जना छन् । वडा नं. ७ र १५ मा पनि छन् । मेरो घर धरान नगरपालिका वडा नं. ३ मा छ, मृतकलगायत प्रतिवादीहरू कसैलाई पनि म चिन्दिन । मेरो घर अभियोगमा लेखिएको धरान न.पा. वडा नं. १७ वा प्रहरीको पत्रमा लेखेको वडा नं. ७ मा छैन । विष्णु लिम्बूलाई मसमेत भै मारेको होइन, मलाई किन पोल गरे म जान्दिन, कर्तव्य गरी मार्नेमा मेरो संलग्नता छैन भन्ने समेत व्यहोराको पक्राउ गरी उपस्थित गराइएका प्रतिवादी दिवस लिम्बूले अदालतमा गरेको बयान 

प्रतिवादी रमेश राईको साक्षी राजकुमार तामाङले रमेश राई उक्त वारदातमा थिएनन् हामी सँगै थियौँ । उनी समाज सेवा गर्ने तथा राजनीतिज्ञ भएकाले कसैले झुठा उजूर गरेका होलान्, उनी निर्दोष छन् भनी गरेको बकपत्र 

म घटनास्थलमा नै थिएँ । जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, सुरज राई, बलजीते भन्ने राजकुमार, विजय भन्ने सुमन लिम्बू, कान्छा भन्ने राजेन्द्र, कुशल, दिवस लिम्बू र मोहित मगर समेतले खुकुरी, कट्टी, तरवार, बञ्चरो जस्ता हतियार प्रहार गरी विष्णु लिम्बूलाई मारेका हुन् । मैले प्रत्यक्ष रुपमा देखेको हुँ । प्रहरीमा भएको कागज मेरै हो । सनाखत कागज पनि मेरै हो समेत व्यहोराको मौकामा कागज गर्ने नैना राईले अदालतमा गरेको बकपत्र 

जाहेरी मैले नै दिएकी हुँ । जाहेरीमा उल्लिखित व्यक्तिहरूले मेरो छोरालाई तरवार खुकुरी समेत प्रहार गरी मारेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाली कुमारी लिम्बूले अदालतमा आई गरेको बकपत्र 

मलाई साक्षी राख्ने दिवस लिम्बूको घर धरान न.पा. वडा नं. ३ मा मात्र छ । उनी २०६०।७।१० मा भाइटिका लगाएर १२ गते धनकुटा, बुढीमोरङ्ग गएका हुन् । घटना हुँदा धरानमा थिएनन् । मलाई साक्षी राख्ने धरान१७ का होइनन् । दिवस लिम्बू धरान६ तथा १७ मा पनि छन्, तर म चिन्दिन भनी प्रतिवादी दिवस लिम्बूको साक्षी अन्जना लिम्बूले अदालतमा गरेको बकपत्र 

मलाई साक्षी राख्ने विजय लिम्बूको अर्को नाम छैन । उनी ६ गते नै काठमाडौँ गएका थिए । घटना घटेको दिन उनी काठमाडौमा भएकोले उनले हतियार प्रयोग गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी विजय लिम्बूको साक्षी भीम सुब्बाले गरेको बकपत्र 

जसमान लिम्बूले विष्णुलाई बोलाई लगेको र मोहित, जन्जु, जसमान, सुमन, चुचुको सम्म नाम थाहा छ, अरु १५/१६ जना भई विष्णुलाई तरबार, खुकुरी समेतले हानि काटी मारेका हुन् । प्रहरीमा भएको कागज मेरै हो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने मनोज श्रेष्ठले अदालतमा गरेको बकपत्र 

प्रहरीमा भएको कागज मेरै हो । जन्जु, चुचु, मोहित, जसमान र सुमनलाई चिनेको हो अरुको नाम थाहा छैन । विष्णुलाई जन्जुले पहिले प्रहार गरेको र सोपछि पालैपालो सबैले प्रहार गरेका हुन् भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने गौतम श्रेष्ठले अदालतमा उपस्थित भै गरेको बकपत्र 

मेरो नाम जाहेरीमा परेको हो, तर घटना भएको दिन म घरमा नै बसिरहेको हुँदा झगडा भएको ठाउँमोस् म गइन, अरु प्रतिवादीसँग सधैँ सँगै हिड्ने साथी भएकाले यो समेत थियो भनी मेरो नाम उल्लेख गरेका हुन्, म वारदातमा थिइन । उनीहरू साथी भएकाले मेरो नाम लिएको हुनसक्छ तर म थिइन । कर्तव्य गरी मार्नमा मेरो संलग्नता छैन, मार्नेमा अमित, जन्जु, जसमान समेतका मानिस थिए भन्ने कुरा सुनेको हुँ । मैले होइन भन्ने समेत व्यहोराको प्रतिवादी कुशल राईले अदालतमा गरेको बयान 

म काठमाडौँमा ट्याक्सी चलाउने हुँदा वारदात मितिमा काठमाडौँमा थिएँ । मसमेत भै मृतक विष्णु लिम्बूलाई कर्तव्य गरी मारेको होइन । कसले मारे मलाई थाहा छैन । म जाहेरवाला र मृतकलाई चिन्दिन, किन मेरो नाम समेत पोल गरे निजै जानून् । बलजीत मेरो भाइ हो, जन्जु, चुचु, जसमान, अमित र मोहित बाहेक अन्य प्रतिवादीहरूलाई म चिन्दिन, किन पोल गरे कुनै रिसइवी पनि थिएन । मृतक मरेको कुरा काठमाडौँमा सुनेको हुँ भन्ने समेत व्यहोराको सार्के भन्ने सारक तामाङको अदालतमा भएको बयान 

मिति २०६०।७।१४ गते श्रीराईको घरमा सुरज, जन्जु, चुचु, दिवस, बलजीत, सुमन, जसमान, सार्के र मोहित समेतका साथीसँग भेट भएको थियो । मेरो भाई श्रीलिम्बूलाई काटेकोले काट्ने मानिस खोज्दै जाँदा बाटोमा विष्णु लिम्बूलाई भेटेको हुँदा मसमेत भै काटेको हो, मैले खुकुरी, जन्जुले कट्टी, चुचुले कट्टी बोकेर गएका थियौँ र जाहेरीमा उल्लिखित सबै प्रतिवादीहरूले खुकुरी बोकेका थिए ककसले काटे, कुटे धेरै जना हुँदा छुट्याउन सक्तिन, अन्य प्रतिवादीहरूको बयान सुनो ठीकै लेखाएका हुन्, वारदातमा मेरो समेत संलग्नता थियो । जाहेरी दिएको ठीकै हो भन्ने समेत प्रतिवादी रोशन लिम्बूको अदालतमा भएको बयान 

प्रतिवादीहरू मध्ये जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, रोशन लिम्बूलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने, प्रतिवादी जसमान लिम्बूलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद हुने, प्रतिवादीहरू दिवस लिम्बू, राजकुमार राई, बलजीत भन्ने राजकुमार तामाङलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने, प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, विजय भन्ने सुमन लिम्बू, अमित आले मगर, कुशल राईलाई ज्यानसम्बन्धीको १७(२) नं. बमोजिम जनही ५ वर्ष कैद हुने, प्रतिवादीहरू सुरज राई र कान्छी भन्ने दीपचन्द्र राईलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम जनही १ वर्ष ८ महिना कैद हुने, प्रतिवादी रमेश राईले आरोपित कसूरबाट सफाइ पाउने र प्रतिवादीहरू रोशन राई, श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू र राजकुमार राईका हकमा अ.वं. १९० नं. बमोजिम मुद्दा मुल्तवी रहने भनी शुरु सुनसरी जिल्ला अदालतबाट मिति २०६२।२।२ मा भएको फैसला 

मलाई रतन, चित्र र विष्णु लिम्बू समेतले हतियार प्रहार गरी घाइते बनाएकोले म उपचारको लागि हस्पिटलमा भर्ना भएको र घरमै आई घाइते अवस्थामा आराम गरिरहेको हुँदा मैले विष्णु लिम्बूलाई मार्नुपर्छ भनी निर्देशन दिएको होइन, के कुन आधारले मउपर जाहेरी दिएका हुन् म जान्दिन । मिति २०६०।७।१४ गते प्रतिवादीमध्येका रोशन लिम्बूमात्र मेरो घरमा आएका थिए र हतियार लगे जस्तो लाग्यो । मैले हतियार दिएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूले शुरु अदालतमा गरेको बयान 

मुख्य भै वचन दिएको कुरा प्रमाणित भएकोले प्रतिवादी पूर्णबहादुर लिम्बूलाई ज्यानसम्बन्धीको १३ (४) नं. अनुसार जन्मकैद हुने ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतबाट मिति २०६२।८।६ मा भएको फैसला 

शुरुले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्‍याएको फैसलामा चित्त बुझेन । मत सल्लाहमा वारदातस्थलमा विना हतियार गएँ, काट्ने कुट्ने केही नगरी हात छोडिन । विष्णु लिम्बू रगतपच्छे भएको देखेर भागो । यसबापत मलाई सजाय होस् म सो हदसम्म सावित नै भएको छु । ज्यानसम्बन्धीको १७(३) नं. अनुसार सजाय भोग्न तयार छु, सोबमोजिम सजाय गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार राईको पुनरावेदन, अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

मिसिल प्रमाणबाट मैले कसूर अपराध गरेको कुरा पुष्टि नभएको अवस्थामा विना प्रमाण अनुमान र शंकालाई आधार बनाई मलाई जन्मकैद हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जसमान लिम्बूको पुनरावेदन, अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

म उपर ज्यानसम्बन्धीको १३(३) नं. को अभियोग माग दावी भए तापनि मैले ज्यान मार्ने कुनै कार्य नगरेको, मृतकसँग पूर्व रिसइवी नभएको, जाहेरीमा धरान वडा नं. ७ बस्ने दिवस लिम्बू भनिएको छ भने अभियोगपत्रमा धरान वडा नं. १७ बस्ने दिवस लिम्बू र वर्ष १८ को भनिएको छ । मेरो घर धरान न.पा. वडा नं. ३ मा मात्र छ । मेरो उमेर २५ वर्ष हो । दिवस लिम्बू नाम गरेका व्यक्तिहरू अन्यत्र पनि छन् । यस स्थितिमा नाम मिलेकै भरमा शुरु जिल्ला अदालतले मलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय गरेको फैसला न्यायिक मनको अभावमा भएको हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिवस लिम्बूको पुनरावेदन, अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

मृतक विष्णु लिम्बूलाई हामीले केही बदला लिन कुटेको हौँ । मार्न चाहेर मारेको होइन । मर्छ भन्ने गरी हामीले काटेका होइनौँ । मृतकले हामीलाई काटेको र मिल्न भनी जाँदा झैझगडा भै घटना घटेको हो, नहुने काम गरेपछि सजाय भोग्न तयार छु । शुरुले ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जन्जु श्रेष्ठको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र 

मिसिल प्रमाणबाट प्रत्यर्थी प्रतिवादीहरूले अभियोग माग दावीबमोजिम कसूर अपराध गरेको पुष्टि भइरहेकोमा प्रतिवादी रमेश राईलाई सफाइ दिएको र अन्य प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम नगरी घटी सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्मको फैसला बदर गरी सबै प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदन पत्र 

शुरु जिल्ला अदालतले हामी प्रतिवादी चुचु भन्ने दीपक राई र मोहित मगरलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद, म प्रतिवादी वलजीत भन्ने राजकुमार तामाङलाई ऐ. १३(३) नं. बमोजिम जन्मकैद र हामी प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, अमित आले मगर र कुशल राईलाई ऐ. १७(२) नं. बमोजिम ५ वर्ष कैद सजाय गर्ने गरेको शुरु फैसला मिलेको छैन । मिसिल संलग्न सबूद प्रमाणबाट हामीले अपराध गरेको कुरा स्थापित भएको छैन । शुरुको उक्त फैसला बदरभागी हुँदा उल्टी गरी इन्साफ गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू चुचु भन्ने दीपक राई, मोहित मगर, अमित आले मगर, बलजीत भन्ने राजकुमार तामाङ, कुशल राई, सार्के भन्ने सारक तामाङको पुनरावेदन, अदालत विराटनगरमा परेको संयुक्त पुनरावेदन पत्र 

मैले अभियोग दावीबमोजिम ज्यान मार्न वचन दिएको भन्ने कुरा अन्य प्रतिवादीहरूले पोल गरेको बाहेक कतैबाट नदेखिएको अवस्थामा शुरुले मलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको पुनरावेदन, अदालत विराटनगरमा परेको पुनरावेदन पत्र 

पुनरावेदन नगर्ने प्रत्यर्थीहरू सुरज राई, कान्छी भन्ने दीपचन्द्र राई, रमेश राई र विजय भन्ने सुमन लिम्बूका हकमा छलफल गर्न बमोजिम झिकाउनु र पुनरावेदन परेका वादी प्रतिवादीहरूका हकमा एक अर्कालाई सुनाई जानकारी दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन, अदालत विराटनगरको मिति २०६३।८।२७ को आदेश 

जो जसले जुन प्रकारको हतियार प्रयोग गरी मृतक विष्णु लिम्बूलाई सांघातिक रुपमा आक्रमण गरी कर्तव्य गरेका छन्, शुरु सुनसरी जिल्ला अदालतबाट सो कुराको विवेचना गरी भएको फैसलालाई अन्यथा मान्नु पर्ने देखिन आएन । पुनरावेदक प्रतिवादी जसमान लिम्बूका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(४), पुनरावेदक प्रतिवादीहरू जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, रोशन लिम्बूले जोखिमी हतियार प्रयोग गरी मृतकलाई घोची मारेको देखिँदा निजहरूलाई ऐ. १३(१), पुनरावेदक दिवस लिम्बू, राजकुमार राई, बलजीत भन्ने राजकुमार तामाङका हकमा ऐ. १३(३) नं. बमोजिम सजाय हुने ठहर गरेको, पुनरावेदक प्रतिवादीहरू मध्येका सार्के भन्ने सारक तामाङ, विजय भन्ने सुमन लिम्बू, अमित आले मगर र कुशल राईका हकमा ऐ. १७(२) नं. पुनरावेदक प्रतिवादीमध्येका सुरज राई, कान्छी भन्ने दीपचन्द्र राईका हकमा ऐ. १७(३) नं. बमोजिम सजाय गरेको र प्रतिवादीमध्येका रमेश राईका हकमा सफाइ पाउने ठहर गरेको मिति २०६२।२।२ को फैसला र पुनरावेदक प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूका हकमा वचन आदेश दिएको अवस्था हुँदा निजका हकमा ऐ. १३(४) नं. बमोजिम सजाय गरेको मिति २०६२।८।३ को शुरु सुनसरी जिल्ला अदालतको फैसला समेत मिलेकै हुँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दामा मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१), १३(३), १३(४) को कसूर कायम भै सजाय भएका प्रतिवादीहरूका हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १० र मुलुकी ऐन अ.वं. १८६ नं. बमोजिम सम्मानीत श्री सर्वोच्च अदालतमा साधक जाहेर समेत हुने ठहर्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला 

मुलुकी ऐन ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम सजायको माग दावी भएकोमा वचन दिने प्रतिवादी रमेश राईलाई सफाइ दिएको त्रुटिपूर्ण छ । प्रतिवादी जसमान लिम्बूले मृतकलाई हतियार प्रहार गरेको तथ्य पुष्टि भइरहेको हुँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार सर्वस्वसहित जन्मकैद गर्नुपर्नेमा उक्त महलको १३(४) नं. अनुसार जन्मकैद गर्ने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण छ । प्रतिवादीहरू बलजीत भन्ने राजकुमार तामाङ, राजकुमार राई र दिवस लिम्बू उपर प्रतिवादी जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, जसमान लिम्बू, सुरज राई, रोशन लिम्बू र अमित आले मगरले बयानमा मृतकलाई हतियार प्रहार गरेको भनी पोल गरी लेखाएको, प्रतिवादीमध्येका दिवस लिम्बूले मृतकलाई प्रहार गरेको काठको बिँड भएको तरवार बरामद भई प्रतिवादी जन्जु श्रेष्ठ, समेतले सनाखत गरेको समेतका प्रमाणहरूबाट प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङ, राजकुमार राई र दिवस लिम्बू समेतले मृतकलाई हतियार प्रहार गरेको तथ्य पुष्टि भइरहेको हुँदा निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय गर्नुपर्नेमा १३(३) नं. अनुसार जन्मकैद मात्र गर्ने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण छ 

प्रतिवादी विजय भन्ने सुमन लिम्बू, सार्के भन्ने सारक तामाङ, कुशल राई, अमित आले मगर, कान्छी भन्ने दीपचन्द्र राई र सुरज राईले समेत मृतकलाई हतियार प्रहार गरेको तथ्य पुष्टि भइरहेकोले निजहरूलाई समेत मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद गर्नुपर्नेमा प्रतिवादी विजय भन्ने सुमन लिम्बू, सार्के भन्ने सारक तामाङ, कुशल राई र अमित आले मगरलाई उक्त महलको १७(२) नं. अनुसार ५/५ वर्ष, कैद तथा प्रतिवादी सुरज राई र कान्छी भन्ने दीपचन्द्र राईलाई उक्त महलको १७(३) नं. अनुसार १ वर्ष ८ महिना कैद गर्ने गरी भएको शुरु फैसला नै सदर गरी पुनरावेदन, अदालत विराटनगरबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला सो हदसम्म बदरभागी छ । अतः उल्लिखित आधार एवं प्रमाणहरूबाट पुनरावेदन अदालतबाट विरुद्ध खण्डका प्रतिवादीहरू मध्ये प्रतिवादी रमेश राईलाई सफाइ दिने तथा अन्य १० जना प्रतिवादीहरूको हकमा अभियोग दावी परिवर्तन गर्ने गरी गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले उक्त फैसला सो हदसम्म बदर गरी निज प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र 

अनुसन्धानका क्रममा बयान गर्दाको साविती स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा प्रमाणमा लिन मिल्ने होइन । सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्दा अपनाउनु पर्ने मापदण्डअनुरूप प्रमाण ग्रहण गरिएको छैन । स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको सहअभियुक्तको पोलले प्रमाणको मान्यता राख्न सक्ने होइन । बारदातका चश्मदित प्रमाण भनी वादीबाट पेश गरिएका नैना राई, गौतम श्रेष्ठ, मनोज श्रेष्ठको बकपत्रमा एकरुपता छैन । निर्विवाद रुपले एकनाससँग देख्ने मानिसहरूको बकपत्रमा सामाञ्जस्यता नभएको अवस्थामा ग्रहण गरिएको निर्णयाधार त्रुटिपूर्ण छ । ठोस र स्वतन्त्र सबूद प्रमाणको अभावमा शंकाको भरमा दोषी ठहर गर्न मिल्दैन । प्रतिवादीमध्ये म दीपक राईले रड पाइपले ढाडमा हिर्काएको हो भनी आफ्नो दोष स्वीकार गरी बयान गरेको छु । मैले हिर्काएको रड पाइपको चोटको कारणबाट मृत्यु भएको होइन भन्ने कुरा लास जाँच प्रतिवेदनबाट स्पष्ट भएको छ । मृत्युको कारण बन्न पुगेको घाचोट लगाउने व्यक्ति भनी पहिचान भइरहेका अवस्थामा मलाई सर्वस्वसहित जन्मकैद गर्ने ठह¥याएको कुरा न्यायसंगत छैन । त्यसैगरी प्रतिवादीमध्ये म मोहित मगरले हिर्काएको चोटबाट मृत्यु भएको होइन भन्ने स्पष्ट हुँदाहुँदै सर्वस्वसहित जन्मकैद गर्ने ठह¥याएको इन्साफ मिलेको छैन । घटनाको प्रकृति र प्रतिवादीहरूको उमेर जस्ता कुरालाई पूर्णतः बेवास्ता गरी सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ त्रुटिपूर्ण हुँदा शुरु तथा पुनरावेदन अदालतको फैसलामाथि पुनर्विचार गरी न्यूनतम् सजाय हुने राय सहितको फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी चुचु भन्ने दीपक राई र मोहित मगरको संयुक्त पुनरावेदन पत्र 

म वारदातस्थलमा पुग्नुअघि नै अरुले घटना घटाएको देखी भागेको हुँ । मेरो अनुसन्धानको सिलसिलामा कुनै बयान भएको छैन । अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा कुन प्रतिवादीले कस्तो बयान दिएका कारणले मलाई जन्मकैद हुनुपर्ने हो भन्ने केही उल्लेख नगरी सबै प्रतिवादीहरूको विरुद्धमा गोश्वारा रुपमा लिइएको निर्णयाधार मिलेको छैन । मैले कुन हतियारले मृतकलाई सांघातिक आक्रमण गरेको छु भन्ने कुरा कहीँ कतैबाट खुल्दैन । सुनसरी जिल्ला अदालतको फैसलामा समेत मैले हतियार प्रहार गरेको कुरा उल्लेख छैन । यस सम्बन्धमा विवेचना गर्दा म उपरको अभियोग दावी र फैसला अन्य प्रतिवादीहरूलाई भएको सजाय र कायम भएको कसूर समेत परस्पर मिलेको छैन । केही प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम कसूर कायम गरी सोहीबमोजिम सजाय गरी सकेपछि अन्य प्रतिवादीहरूलाई १३(३) नं. को कसूर र सोबमोजिमको सजायको परिकल्पना गर्न सकिन्न । अतः मलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने गरी भएको शुरु सुनसरी जिल्ला अदालतको मिति २०६२।२।२ गतेको त्रुटिपूर्ण फैसलालाई सदर गर्ने गरी पुनरावेदन, अदालत विराटनगरबाट भएको मिति २०६४।८।१९ गतेको फैसला केही उल्टी गरी मैले गरेको गल्तीअनुसार हुने ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम मात्र सजाय हुने गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार राईको पुनरावेदन पत्र 

अदालतमा र प्रहरीमा सावित हुने जन्जु श्रेष्ठ र मोहित मगरले २०६० सालमा विष्णु लिम्बूले हामीलाई काटेको हुँदा सोही रिस फेर्न हामीले काटेका हौँ भनी बयान गरेबाट पनि जन्जु समेतको व्यक्तिसँग मृतक विष्णु लिम्बू ग्याङ्गफाइट हुँदा लागेको चोटबाट मृतकको मृत्यु भएको भन्ने निर्विवाद रुपमा स्थापित भैरहेको छ । अनुसन्धानमा बुझिएका मानिसहरूमा नैना राईले म निवेदकले मृतक विष्णु लिम्बूलाई कार्यक्रमस्थलमा पुगी हात मिलाई अगालो हाली बाहिर ल्याई अन्य प्रतिवादीहरूलाई प्रहार गर्न सजिलो बनाइ दिएको भन्ने कतै उल्लेख गरेको छैन । साथै अनुसन्धानमा बुझिएका मानिसहरूमा बीरबहादुर लिम्बू, कुमार लिम्बू र माइली लिम्बूलगायतका मानिसलाई अभियोजन पक्षले अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकेको हुँदा प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रक्रिया नपुर्‍याएकोले निजहरूले अनुसन्धानको सिलसिलामा गरेको कागजलाई प्रमाणमा लिन मिल्दैन । शुरु जिल्ला अदालतको फैसलालाई नै सदर गरी मेरो पुनरावेदन जिकीर नपुग्ने गरी भएको फैसला न्यायिक मनको अभाव हुनुको साथै तथ्यको उचित रुपमा विश्लेषण नगरिएको हुँदा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको विपरीत भएकोले उक्त फैसला उल्टी गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जसमान लिम्बूको पुनरावेदन पत्र 

जाहेरी दरखास्तमा जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ७ बस्ने वर्ष १८ को दिवस लिम्बू वारदातमा संलग्न भनिएको व्यक्ति म होइन । मेरो घर जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ मा पर्दछ भने मेरो उमेर २५ वर्ष हो । धरान नगरपालिका वडा नं. ७ बस्ने वर्ष १८ को दिवस लिम्बू म होइन । मेरो घर बसोबास धरान नगरपालिका वडा नं. ३ भानुस्मृति पथबाहेक अन्य कुनै ठाउँमा रहेको छैन । यसरी मेरो वडा तथा गाउँ टोल नै फरक भई मिलेको छैन । जाहेरी दरखास्तमा उल्लिखित दिवस लिम्बू र म पुनरावेदक प्रतिवादी दिवस लिम्बू एकै व्यक्ति भएको भन्ने कुराको वादी नेपाल सरकारले कुनै प्रमाणबाट पुष्टि गर्न सकेको छैन । मैले अदालतमा बयान गर्दा दिवस लिम्बू भन्ने धरानमा धेरै जना छौं, वडा नं. ७, १५ मा पनि छन् । तर, विष्णु लिम्बूलाई म समेत भएर मारेको होइन, मलाई नाम मिलेको कारणबाट मात्र पक्राउ गरेको हो, मेरो संलग्नता छैन भनी बयान गरेको छु । मैले जाहेरी दरखास्तमा उल्लेख गरिएको दिवस लिम्बू भन्ने आरोपित व्यक्ति म होइन भनी प्रमाण ऐन, २०३१ को दफा १४ अनुसारका लिखतहरू पेश दाखिल गरिरहेको अवस्थामा सो लिखत र मेरो बयानको वास्ता नै नगरी मलाई सजाय गर्ने गरी फैसला गरिएको छ । अदालतमै बयान गर्ने भनिएका दीपक राई, मोहित मगर र रोशन लिम्बूले पनि आफ्नो सम्पूर्ण बयानमा धरान वडा नं. ७ बस्ने दिवस लिम्बू कसूरमा संलग्न थिए भन्ने अदालतमा बयान गरेका छन् । मेरो इन्कारी बयानलाई ठोस लिखत प्रमाणबाट पुष्टि गरिरहेको हुँदा मलाई कसूरदार ठह¥याएको सुनसरी जिल्ला अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन, अदालत विराटनगरको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिवस लिम्बूको पुनरावेदन पत्र 

मिति २०६०।७।१३ गते मलाई विष्णु लिम्बूले शरीरको जताततै काटेर घाइते बनाएपछि म धरान स्थित वी.पी कोइराला अस्पतालमा उपचार गराई घरमा औषधि, स्लाईन लिई डाक्टरको सल्लाहअनुसार अर्धचेत अवस्थामा आराम लिइरहेको थिएँ । त्यस्तो गम्भीर अवस्थामा मलाई भेट्न आएका साथीहरूलाई मलाई यसरी काट्यो, जाओ सबै मिलेर त्यसलाई मार भनेको भरमा मृतक विष्णु लिम्बूलाई मारेको भन्ने अभियोग अन्यायपूर्ण छ । निज मृतकसँग मेरो झगडाको कारण मलाई पोल गर्नु सामान्य कुरा हो । तर, म त्यस्तो अवस्थामा रहेको बेला मैले नै मार्न लगाएको भनी पूर्वाग्रही भई फैसला गरिएको छ । अन्य प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा पोल गरेको भन्ने आधारमा मलाई सजाय गरिएको छ । प्रहरीले हिरासतमा राखी कुटपीट र डर त्रासमा पारी उक्त बयान लिएको हो । प्रतिवादीहरू कसैले पनि अदालत समक्षको बयानमा मैले मार्न लगाएको कुरा लेखाएका छैनन् । वादी पक्षलाई मात्र समर्थन गरी मलाई जन्मकैद सजाय गरिएको शुरु सुनसरी जिल्ला अदालत र पुनरावेदन, अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको पुनरावेदन पत्र 

अनुसन्धानका क्रममा बयान गर्दाको सावितीलाई स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा प्रमाणमा लिन मिल्ने होइन । सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्दा अपनाउनु पर्ने मापदण्डअनुरूप प्रमाण ग्रहण गरिएको छैन । स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको सहअभियुक्तको पोलले प्रमाणको मान्यता राख्न सक्दैन । वारदातको चश्मदित प्रमाण भनी वादीबाट पेश गरिएका नैना राई, गौतम श्रेष्ठ, मनोज श्रेष्ठको बकपत्रमा एकरुपता छैन । ठोस र स्वतन्त्र सबूद प्रमाणको अभावमा शंकाको भरमा दोषी ठहर गर्न मिल्दैन । अभियोगपत्रमा मेरो नाम उल्लेख छैन । मलाई प्रहरीद्वारा अदालतमा उपस्थित गराउँदैका अवस्थामा आफ्नो नाम बलजीत तामाङ होइन भनी बयान गरिरहेको र मेरो नाम बलजीत हो भन्ने कुनै सबूद प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा म राजकुमार तामाङ नै बलजीत हो भनी दोषी ठहर गर्ने गरेको फैसला मिलेको छैन । जाहेरवाली तथा सहअभियुक्तहरू समेत कसैले पनि मलाई पोल गरेको छैन । जाहेरी दरखास्तमा अभियुक्त भनी नदेखिएको, अभियोग पत्रमा उनाउ व्यक्तिको नाम, वतन लेखाइरहेको अवस्थामा अदालतले मलाई दोषी ठहर गर्ने गरेको इन्साफ न्यायका सिद्धान्तका आधारमा नमिलेको हुँदा मलाई सजाय गर्ने गरी भएको शुरु तथा पुनरावेदन अदालतको फैसला बदर गरी अभियोग माग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङको पुनरावेदन पत्र 

नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकार तथा प्रतिवादीहरूको पुनरावेदनपत्रसहित शुरु तथा पुनरावेदन अदालतको मिसिल संलग्न कागजात अध्ययन गरियो 

पुनरावेदक वादी नेपाल सरकारको प्रतिनिधित्व गर्दै इजलाससमक्ष उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान नायवमहान्यायाधिवक्ता श्री पे्रमराज कार्की र विद्वान उपन्यायाधिवक्ता श्री योगराज बरालले आफ्नो बहस आरम्भ गर्दै प्रतिवादीहरूले खुकुरी, तरबार, रड जस्ता हतियार प्रहार गरी मृतकलाई मारेको तथ्य लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन तथा प्रतिवादीहरूको मौकाको बयान व्यहोरा तथा प्रत्यक्षदर्शीको कागज व्यहोराबाट पुष्टि भएको र प्रतिवादीहरूको प्रहारबाट पर्न गएका बहु चोट (लतिपलीनजुरेस) को कारणबाट मृतकको मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट प्रमाणित भएको देखिन्छ । प्रत्यक्षदर्शीको कागजमा प्रतिवादी रमेश राईको नाम उल्लेख भएको हुँदा निजको भूमिका वचन दिने व्यक्तिको रुपमा रहेको भन्ने पुष्टि भइरहेको हुँदा निज प्रतिवादी रमेश राईलाई समेत अभियोग मागबमोजिम सजाय हुनु पदर्छ । जन्जु श्रेष्ठ, दीपक राई, मोहित मगर, रोशन लिम्बू, राजकुमार राई समेतका प्रतिवादीहरू अदालतमा समेत कसूरमा सावित रही सबैले हतियारले काटेको हो भनी बयान गरी एक अर्काको संलग्नता पुष्टि गरेका छन् । तसर्थ प्रतिवादीहरू जसमान लिम्बू, राजकुमार राई, बलजीत भन्ने राजकुमार तामाङ, दिवस लिम्बू, सुरज राई, कान्छी भन्ने दीपचन्द्र राई, अमित आले मगर, सुमन लिम्बू, कुशल लिम्बू, सार्के भन्ने सारक तामाङ समेत मुख्य अभियुक्त भएको र यी प्रतिवादीहरूले समेत मृतकलाई चोट प्रहार गरेको पुष्टि भएको अवस्थामा निजहरूलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम नै सजाय हुनुपर्नेमा ज्यानसम्बन्धीको १३(३), १३(४), १७(२), र १७(३) नं. बमोजिम गरिएको सजाय त्रुटिपूर्ण रहेको हुँदा अभियोग माग दावीअनुरूप सजाय हुनुपदर्छ भनी बहस जिकीर प्रस्तुत गर्नुभयो 

प्रतिवादीमध्येका दिवस लिम्बूको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू डा. श्री रजितभक्त प्रधानाङ्ग, श्री कृष्ण सापकोटा र श्री निर्मला शाक्यले मिसिल संलग्न प्रमाणबाट वारदातमा दिवस लिम्बूको संलग्नता रहेको भन्ने पुष्टि भएको छैन । दिवस लिम्बूलाई नाम मिलेको कारणले मात्र पक्राउ गरिएको छ । जाहेरी दरखास्तमा धरान नगरपालिका वडा नं. ७ बस्ने वर्ष १८ को दिवस लिम्बूको नाम उल्लेख गरिएकोमा र अभियोग पत्रमा ऐ.ऐ. वडा नं. १७ बस्ने दिवस लिम्बू भन्ने उल्लेख गरिएको छ । यी पुनरावेदक दिवस लिम्बूको मतदाता नामावली, नागरिकताको प्रमाणपत्र, बसाइ सराईको प्रमाणपत्र, विद्यालयको सिफारिशपत्र समेतका प्रमाणबाट यी दिवस लिम्बू धरान नगरपालिका वडा नं. ३ बस्ने दिवस लिम्बू हुन् र वारदातको समयमा निजको उमेर १८ वर्ष नभै २५ वर्ष भएको भन्ने पुष्टि भएको छ । वारदातमा संलग्न छैन भनी बयान गरेको र वारदातमा संलग्न दिवस लिम्बू यी व्यक्ति हुन होइनन् भनी सनाखत समेत गराइएको छैन । एउटै नाम भएका धेरै व्यक्ति हुनसक्ने वास्तविकतातर्फ ध्यानै नदिई अभियोजन पक्षबाट अभियुक्तको यकीन पहिचान नगरी अपराधी बनाएको पाइन्छ । वस्तुनिष्ठ आधारमा यी दिवस लिम्बू वारदातमा संलग्न हुन होइनन् भन्ने यथार्थता निक्र्यौल नगरी वारदातमा नै संलग्न नभएका यी दिवस लिम्बूलाई अभियोग दावीबमोजिम सजाय गरेको हुँदा शुरु तथा पुनरावेदन अदालतबाट भएको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा कानूनसंगत छैन । प्रमाणको उचित मूल्याङ्कन गरी उक्त फैसला उल्टी गरी अभियोगबाट उन्मुक्ति पाउनु पर्दछ भनी तर्कपूर्ण बहस प्रस्तुत गर्नुभयो 

प्रतिवादीहरू जसमान लिम्बू र सुरज राईको तर्फबाट विद्वान अधिवक्ताद्वय डा. श्री रजीतभक्त प्रधानाङ्ग र श्री कृष्ण सापकोटाले प्रतिवादी जसमान लिम्बूलाई ज्यानसम्बन्धीको १३(४) नं. को कानूनी व्यवस्था जीउमा हात हालेर वा समातेर राखी मार्नमा संयोग पारिदिएको अवस्थामा मात्र आकर्षित हुन्छ । जसमान लिम्बूले जीउमा हात हालेर पक्री संयोग पारिदिएको कतै तथा कसैबाट खुल्न आएको छैन । आपूm वारदातस्थलमा नै उपस्थित नभएको भनी जसमानले अदालतमा बयान गरेका छन् । अरुले गरेको पोललाई एकमात्र आधार बनाई तथ्ययुक्त स्वतन्त्र प्रमाणबाट सो पोल पुष्टि नभएको अवस्थामा निजलाई सजाय गर्ने गरेको फैसला न्यायसंगत मान्न मिल्दैन । त्यस्तै प्रतिवादी सुरज राईको प्रत्यक्ष संलग्नता पुष्टि नभएको अवस्थामा निजको हकमा शुरु र पुनरावेदन अदालतको इन्साफ अन्यथा गरिरहनु अर्थहिन हुँदा सदर हुनुपदर्छ भनी बहस प्रस्तुत गर्नुभयो 

प्रतिवादी राजकुमार राईको तर्फबाट विद्वान अधिवक्ता श्री मानबहादुर रुम्दालीले मेरो पक्ष घटना घटिसकेपछि मात्र वारदातस्थलमा पुगेको हो । मृत्युको कारणसँग मेरो पक्षको सामिप्यता छैन । धारिलो हतियारले प्रहार गरेको कारणले मृतकको मृत्यु भएको छ । तर, प्रतिवादी राजकुमार राईले हतियार प्रहार गरेको भन्ने देखिदैन । मेरो पक्षले के कुन कार्य गरेको हो कोही कसैबाट खुलेको छैन । यस स्थितिमा शुरुको फैसला सदर गर्ने गरेको निर्णयानुसार मेरो पक्षलाई ठहर गरेको कसूरमा तादम्यता छैन । मेरो पक्षको वारदातस्थलमा उपस्थिति सम्म रहेको हुँदा सो कसूर अनुसार ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय हुनुपर्दछ भन्ने बहस गर्नुभयो 

यस्तै प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको तर्फबाट विद्वान अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्रीले मेरो पक्ष वारदातस्थलमा उपस्थित नभएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट अकाट्य रुपमा पुष्टि भएको छ । घटनास्थलमा उपस्थित भएर वचन दिएमा मात्र ज्यानसम्बन्धीको १३(४) नं. आकर्षित हुने हो । घटनास्थलमा उपस्थित नै नभएको व्यक्तिलाई ज्यानसम्बन्धीको १३ नं. बमोजिम सजाय गर्न मिल्दैन । बिहान यिनको घरमा केही प्रतिवादीहरू आए पनि वचन दिएको होइन । वचन दिएको कुरा अदालतमा कसैले भन्न सकेका छैनन् । केवल प्रहरीमा भएको बयानलाई आधार बनाई सजाय गर्न मिल्ने होइन । एकछिनलाई मेरो पक्षले वचन दिएको मान्ने हो भने पनि अन्य प्रतिवादीहरू स्वयम् स्थिति र घटनाको परिणाम आंकलन गर्न सक्षम छन् । बिहान भेट भएकोमा दिउँसो मात्र घटना घटेकाले यिनैको वचन वास्तविक रुपमा कार्यान्वयन भएको भनी निष्कर्षमा पुग्न मिल्दैन । तत्काल घटनास्थलमा प्रत्यक्षः उपस्थित भई वचन दिएको अवस्था नहुँदा र ज्यानसम्बन्धीको १३(४) नं. को आशयविपरीत भएको फैसला बदर गरी अभियोजन दावीबाट पूर्णतः उन्मुक्ति पाउनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो 

प्रतिवादी चुचु भन्ने दीपक राई, मोहित मगर र राजकुमार तामाङको तर्फबाट विद्वान अधिवक्ता श्री यमुना भट्टराईले मृतकसँग यी प्रतिवादीहरूको पूर्व रिसइवी रहेको कुरा कतैबाट खुलेको छैन । यिनै व्यक्तिको चोटको कारण मृतकको मृत्यु भएको भन्ने वस्तुगत रुपमा खुलेको पाइदैन । दीपक राई ग्यारेजमा मजदूरी गर्ने व्यक्ति हुन् । मोहित मगर घर परिवार नभएको बेवारिसे अवस्थाको कलिलो केटा हो । यी प्रतिवादीहरूको उमेर समेतलाई विचार गरी मुलुकी ऐन, अदालती वन्दोवस्तको १८८ नं. मा भएको व्यवस्थाअनुसार सजाय कम गर्नेतर्फ अदालत संवेदनशील हुनु पर्दछ । त्यस्तै जाहेरी दरखास्तमा राजकुमार तामाङको नाम नै उल्लेख छैन । जाहेरीमा स्पष्ट नाम र ठेगाना नै नभएको व्यक्तिलाई कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागीदार बनाउनु हुदैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो 

निर्णय सुनाउनका लागि आज पेश भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न संकलित प्रमाण कागजात, पुनरावेदन पत्रमा उठाइएका विषय, कानून व्यवसायीहरूले गर्नुभएको वहस जिकीर तथा पेश गर्नु भएको बहस नोट समेतलाई अध्ययन गरी तथ्यको विश्लेषण तथा विवेचना गरी शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेको छ छैन सोही सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने देखिन आयो 

निर्णयतर्फ विचार गर्दा सर्वप्रथम प्रस्तुत मुद्दामा मिति २०६०।७।१४ गते सुनाम संस्कृति परिवारले आयोजना गरेको देउसी कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गरिरहेको मेरो छोरा विष्णु लिम्बूलाई पूर्व रिसइवीको कारण श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू र रमेश राई समेतको निर्देशनमा जन्जु श्रेष्ठ र चुचु भन्ने दीपक राईलगायतका प्रतिवादीहरूले धारिलो हतियार तरवार, खुकुरी समेत प्रहार गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त, श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको आदेशले तरवार, खुकुरी जस्ता धारिलो हतियार तथा रड समेतले प्रहार गरी मृतक विष्णु लिम्बूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र प्रतिवादी जन्जु श्रेष्ठ, दीपक राई, सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, वलजीत तामाङ, राजकुमार राई, कुशल राई, मोहित मगर, दिवस लिम्बू, दीपचन्द्र राई, सुरज राई, रोशन राई, राजकुमार राई, अमित आले मगरलाई ऐ. ऐनको १३(१) बमोजिम र प्रतिवादी रमेश राईलाई सोही ऐनको दफा १३(४) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावीमा प्रतिवादी रमेश राईले सफाइ पाउने, प्रतिवादी जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, रोशन लिम्बूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद, प्रतिवादी दिवस लिम्बू, राजकुमार तामाङ र राजकुमार राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद, जसमान लिम्बू र पूर्णबहादुर लिम्बूलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद, विजय भन्ने सुमन लिम्बू, सार्के भन्ने सारक तामाङ, अमित आले मगर, कुशल राईलाई ज्यानसम्बन्धीको १७(२) नं. बमोजिम जनही ५ वर्ष कैद एवं सुरज राई र कान्छी भन्ने दीपचन्द्र राईलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम जनही १ वर्ष ८ महिना कैद सजाय हुने भनी शुरु सुनसरी जिल्ला अदालतले गरेको फैसला पुनरावेदन, अदालत विराटनगरबाट सदर भएको देखिन आयो 

अनुहारमा रगत लागेको, टाउको तथा ढाड, कोखालगायतका शरीरका विभिन्न भाग तथा अङ्गमा धारिलो हतियारले काटी हड्डी समेत काटिन गएको र टाउकोमा गिदी समेत निस्केको भन्ने १२ वटा घाउ चोट भएको भन्ने समेत व्यहोराको मृतक विष्णु लिम्बूको लास प्रकृति मुचुल्का र “Hemorrhagic shock and injury to vital organs (Lung & Brain), as a result multiple injuries caused by sharp weapons” भन्ने मृत्युको कारण खुलेको लास जाँच प्रतिवेदन भएबाट विष्णु लिम्बूको मृत्यु स्वाभाविक रुपमा नभई धारिलो हतियारहरूको प्रहारबाट भएको प्रचूर चोटका कारण भएको देखिँदा कर्तब्यबाट नै भएकोमा विवाद गर्ने ठाउँसम्म पनि देखिन आउदैन 

अब, प्रस्तुत मुद्दामा वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकीर तथा संकलित प्रमाणको मूल्याङ्कन गर्दै को कसको कर्तव्यबाट मृतक विष्णु लिम्बूको मृत्यु भएको हो, अभियोग लगाइएका प्रतिवादीहरू को कसको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ, को को सजायका भागीदार देखिन्छन् र कसको निर्दोषिता प्रमाणित हुन्छ, वारदातमा संलग्नताको विस्तृत विवेचना गरी पुनरावेदन, अदालत विराटनगरको फैसला कानूनसंगत छ छैन भन्ने सम्बन्धमा निर्णयबिन्दूमा पुग्नुपर्ने देखिन आएको छ । यस सन्र्दभमा वादी तथा प्रतिवादी पक्षका कानून व्यवसायीबाट बहसको क्रममा उठाइएका विभिन्न प्रतिपादित सिद्धान्त तथा कानूनी पक्षहरूको समेत विवेचना हुन आवश्यक देखिन आएको छ, जसअनुसार प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निराकरण हुनुपर्ने देखियोः

१)    मृतकको मृत्यु को कसको के कस्तो संलग्नतामा भएको हो ? वारदातमा संलग्नताको पुष्टि भएको खण्डमा कसूरको गाम्भीर्यता (Gravity) अनुसार के कस्तो सजाय हुने हो ?

२)    पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेको छ छैन ? र वादी तथा प्रतिवादीहरूको पुनरावेदन जिकीर कुन हदसम्म विचारणीय देखिन्छ ?

२. सर्वप्रथम जाहेरी दरखास्त, अभियोग माग दावी, वादीको पुनरावेदन जिकीरलाई मुद्दामा भएको तथ्यको कसीमा पहिलो प्रश्नतर्फ विचार गर्दा जिल्ला सुनसरी, धरान९ स्थित बगैचालाइन सडक सेन्टरको २० फीट उत्तरमा घटना घटेको स्थान रहेको र सो स्थानमा रगत लागेको खुकुरी, फलामको रड तथा फलामका पाइपहरू फेला परेको भन्ने घटनास्थल प्रकृति एवं बरामदी मुचुल्का रहेको, मृतकको टाउकोलगायत शरीरका विभिन्न भाग तथा अङ्गमा धारिलो हतियारले काटेका विभिन्न ११ वटाभन्दा बढी चोट देखिएको भन्ने लास प्रकृति मुचुल्का रहेको र लास जाँच प्रतिवेदनमा, “Multiple injuries caused by Sharp Weapons” भन्ने उल्लेख हुनका अतिरिक्त सरस्वती राईको घरबाट हतियार बरामद गरिएको बरामदी मुचुल्का भएबाट मृतक विष्णु लिम्बूलाई कुट्ने र काट्ने कार्यमा एकभन्दा बढी व्यक्तिहरू संलग्न रहेको कुरामा विवाद गरिरहनु पर्ने देखिएन 

३. प्रस्तुत वारदातमा धेरैजना व्यक्ति संलग्न रहेको तथ्य माथि विवेचना गरी सकिएको छ । कुनै वारदातमा एकजना भन्दा बढी व्यक्ति सामूहिक रुपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निक्र्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रुपले कसूरदार हुन भन्ने अबधारणा न्यायिक हुन सक्दैन् । यस्तो धेरै जना व्यक्ति संलग्न भएकोमा एकभन्दा बढी मुख्य अपराधी Principal Offender) र सहायक अपराधी (Secondary Offender or Accessory) हुन सक्ने हुँदा संलग्न व्यक्तिको भूमिकाको आधारमा सम्बन्धित व्यक्तिलाई आपराधिक दायित्व बहन गराउनु पर्ने मान्यता फौजदारी विधिशास्त्रले राख्दछ । फौजदारी कानूनसँग सम्बन्धित प्रसिद्ध ज्ञाताहरूको भनाइ हेर्ने हो भने Dr. Sue Titus Reid ले आफ्नो पुस्तक Criminal Law (2009) मा मुख्य अभियुक्तका बारेमा, “Perpetrator are those who, with the requisite means rea, actually commit criminal acts or who directly responsible for those acts” भनी उल्लेख गरेकी छिन् । त्यसै गरी William Wilson ले आफ्नो पुस्तक Criminal Law (2008) मा “Principal Offender” का बारेमा, “A person is termed the perpetrator or principal if he commits the crime with the relevant Means rea” भनी परिभाषा गरेका छन । उनले आपराधिक मनसायबाट मुख्य अभियुक्त र सहायक अभियुक्त छुट्याउन सकिने धारणा राख्दै के भनेका छन भने, “In Particular, the element to be established differs according to whether the accessed is a principal or an accessory. An accessory need not be shown to have mens rea for ther substantive offence, only that he intended to assist ther principal in his commission of it” यसै गरी C.M.V. Clarkson K.M. Keeting को आफ्नो पुस्तक Criminal Law: Case and Materials (1998) मा, “Principal offender is usually described as the one whose act is the most immediate cause of actus reus and there may be more than one principal offender: two or more defendants may fatally stab a victim” भनी मुख्य अपराधी र सहायक अपराधी पनि धेरैजना हुने विचार व्यक्त गरेका छन 

४. फौजदारी विधिशास्त्रका अर्का प्रख्यात विद्वान Andrew Ashworth ले आफ्नो पुस्तक Principles of Criminal Law (2009) मा, “The Simplest way of drawing this distinction is to say that a person is a principal whose acts falls within the legal definition of crime, whereas an accomplice (some time called an accessory or secondary party) is any one who aids, abets, counsels, or procure a principal. It does not follow from this that where two or more persons one involved in an offence, one must be principal and others accomplices. Two or more persons can be co-principal so long as together they satisfy the definition of the substantive offence and each of them inflicted wounds on victim with required fault” भनी उल्लेख गरेको पाइन्छ 

५. उपरोक्त विद्वानहरूको विद्धतापूर्ण उल्लेखन मनन् गर्दा धेरैजना व्यक्ति संलग्न भएको वारदातमा मुख्य अभियुक्त घोषणा गर्नका लागि निजको कार्य आपराधिक मनसाय (Means rea) सहितको हुनुपर्छ र सहयोगी अथवा मतियारको कार्यमा मनसाय नहुन सक्छ भन्ने देखिन्छ । साथै धेरैजना व्यक्ति संलग्न रहेको वारदातमा एकभन्दा बढी व्यक्ति मुख्य अभियुक्त (Principal offender) हुनसक्ने र सहायक अभियुक्त (Accessory Offender) पनि धेरै जना हुन सक्ने कुरालाई फौजदारी विधिशास्त्रले आत्मसात गरेको पाइन्छ । यस परिप्रेक्ष्यमा कर्तव्य ज्यानसम्बन्धी अपराधका सम्बन्धमा हाम्रो फौजदारी कानूनमा भएको व्यवस्था पनि कसूरको मात्राअनुसार सजाय गर्नुपर्ने सिद्धान्तमा आधारित रहेको छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको व्यवस्था यस सन्दर्भमा विशिष्ठ रहेको छ । धेरैजना संलग्न भएको वारदातमा मुख्य व्यक्ति, आदेश दिने, मत सल्लाहमा रहेको, संयोग पारिदिने, समूहमा सामेल भई प्रहार गर्ने आदि फरकफरक कार्यमा संलग्न हुनसक्ने र सोही मात्राअनुरूप संलग्न व्यक्तिले दण्डको दायित्व व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ । यसबाट एकजना भन्दा बढी पनि मुख्य अभियुक्त हुन सक्ने अवस्था पनि रहन्छ भने मुख्य अभियुक्तको तुलनामा अन्य अभियुक्तको आपराधिक कार्यको गाम्भीर्यता (Gravity) कम हुन सक्ने देखिन्छ । कुनै कर्तव्य ज्यानको अपराधमा एकजना भन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यता (Gravity) समेतलाई विचार गर्नुपर्ने हुन्छ 

६. विधि निर्माणकर्ताले ज्यानसम्बन्धी महलका विभिन्न नम्बरमा अपराधको प्रकृति, अपराध गर्दा प्रयोग गरेका हतियार, हतियार प्रहार गरेको तरीका समेतको मूल्याङ्कन गरी सजायमा समेत विविधता हुनसक्ने व्यबस्था गरेको पाइन्छ । यसै परिप्रेक्ष्यमा प्रस्तुत वारदातमा सामीप्यता राख्ने मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा भएको दफावार कानूनी व्यवस्था हेर्दा धार भएको वा नभएको जोखमी हतियार प्रहार गरी ज्यान मारेमा जति जना भै हतियार छाडेका छन् उती जना ज्यानमारा ठहर्ने भनी १३(१) नं. मा उल्लेख छ । सो प्रावधानको अलावा लाठा ढुङ्गा र साधारण सानातिना हातहतियार प्रहार गरी वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोट्ले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्ने र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा यकीन हुन नआएमा उक्त कसूरको भागीदार समान रुपमा सबै प्रतिवादी हुने गरी १३(३) नं. मा कसूरको दायित्वमा स्पष्ट लक्ष्मणरेखा कोरेको छ । अर्कोतर्फ सोही महलको १३(४) नं. ले ज्यान मार्नमा बचन दिनेलाई वा वारदात भैरहेको ठाउँमा गै मार्नलाई संयोग पारिदिने व्यक्ति पनि सोही कसूरको मात्राअनुसार सजायको भागीदार हुने व्यवस्था गरेको छ । त्यसैगरी सोही महलको १६ नं. मा ज्यान मार्न मुख्य भै षड्यन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउने तथा १७ नं. को देहाय (१), (२) र (३) मा ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भै बचन पनि नदिने, हातहतियार पनि नछोड्ने जीउमा पनि नछुने ज्यान अपराधका मतियारलाई ज्यान मार्नमा निजहरूले खेलेको भूमिकाको आधारमा कसूरको दायित्व बहन गर्नुपर्ने गरी पृथकपृथक दायित्व निर्धारण गरेको पाइन्छ । प्रस्तुत मुद्दामा यिनै विवेचित कानूनी व्यवस्थाको सेरोफेरोमा हेर्दा कुन प्रतिवादी कुन कानूनी व्यवस्थाबमोजिम दण्डको भागीदार हुने हो र निजहरूको हकमा कस्तो प्रकृतिको दण्ड आकर्षित हुने हो त्यो विषयमा निरोपण गर्नुपर्ने देखिएको छ 

७. अब, माथि उल्लिखित कानूनी व्यवस्था र मृतक विष्णु लिम्बूलाई कर्तव्य गरी मार्ने कार्यमा आरोपित प्रतिवादीहरू मध्ये को कसको के कस्तो आपराधिक भूमिका रहेको छ विचारणीय प्रश्न हुन आएको छ । उपरोक्त कानूनी व्यवस्था र प्रतिवादीहरूको कसूरजन्य कार्यको सामीप्यता समेतलाई विचार गरी कुन प्रतिवादीलाई कुन मात्राअनुसारको सजाय हुने हो भन्ने सम्बन्धमा अपराधको अनुपात (Gravity of Crime), अपराध गर्दाको अवस्था (Situation), सामूहिक रुपमा गरेको आपराधिक कार्यको जटिलता र त्यसमा पृथकपृथक व्यक्तिको भूमिका तथा दिइने दण्ड समेत पृथकपृथक रुपमा केलाई निस्कने निष्कर्षलाई आत्मसात् गरी फौजदारी विधिशास्त्रको दृष्टिकोण एवं हाम्रो कानूनी व्यवस्थालाई मनन् गरी संकलित सबूद् प्रमाणको आधारमा त्यस्तो वारदातमा संलग्न हरेक व्यक्तिको भूमिका अर्थात् आपराधिक कार्य (Actus reus) खुट्याई सोहीअनुसारको दायित्व तोक्नु न्यायकर्ताको मुख्य र महत्वपूर्ण कार्य हो । हुलमुलमा सामेल भएको, संगै हिडेको, संगै बसेको भन्ने जस्ता सतही कुरामा मात्र भर परी समान कसूरदार ठहर्‍याउनु न्यायोचित हुन आउँदैन । हरेक व्यक्तिको आपराधिक कार्य अर्थात् भूमिकाको मूल्याङ्कन गरी वास्तविक निचोड निकाल्नु पर्दछ । प्रस्तुत मुद्दामा यसै परिवृत्तमा आधारित रही निर्णयमा पुग्नु अपरिहार्य देखिएको छ 

८. मिति २०६०।७।१४ गते घटना घटेकोमा प्रहरीको सक्रियतामा सोको भोलिपल्ट बिहानै सो घटनामा संलग्न रहेको आरोपमा जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, जसमान लिम्बू, सुरज राई, मोहित मगर र कान्छी भन्ने दीपचन्द्र राई समेत प्रतिवादी राजकुमार राईको घरबाट केही हातहतियारसहित पक्राउ परेका र मिति २०६०।७।१४ गते दिउसो ३ बजे सुनाम संस्कृति परिवारले आयोजना गरेको देउसी कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गरिरहेको मेरो छोरा विष्णु लिम्बूलाई पूर्व रिसइवीको कारण श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू र रमेश राई समेतको निर्देशनमा जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, सुमन लिम्बू, जसमान लिम्बू, रोशन लिम्बू, सार्के तामाङ, बलजीत तामाङ, राजकुमार राई, कुशल लिम्बू, मोहित मगर, दिवस लिम्बू, दीपचन्द्र राई, राजु राई, सुरज राई, राजकुमार राई र अमित आले मगरलगायतका प्रतिवादीहरूले धारिलो हतियार खुकुरी समेत प्रहार गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाऊँ भनी मृतककी आमा कुमारी लिम्बूले जाहेरी दिएपश्चात् घटनाको अनुसन्धान अगाडि बढेको देखिन्छ 

९. मृतक विष्णु लिम्बू सुनाम संस्कृति परिवार भन्ने संस्थासँग आवद्ध रही भिक्टोरिया चोकको समूहमा संलग्न रहेको र निजको हत्यामा आरोपित व्यक्तिहरू पृथक समूहसँग आवद्ध रहेको भन्ने मिसिल संलग्न विभिन्न व्यक्तिहरूको कथनबाट देखिन्छ । मृतक विष्णु लिम्बू, रतन लिम्बू तथा चित्र लिम्बू समेत भई प्रस्तुत वारदात भएको अघिल्लो दिन मिति २०६०।७।१३ गते आरोपित समूहका श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूलाई कुटपीट गरेको र काटेको भन्ने प्रतिवादी जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू, रोशन लिम्बू र राजकुमार राई समेतको बयान तथा मौकामा भएको पूर्णबहादुृर लिम्बूको घा जाँच केश फारामबाट पुष्टि हुन आएको छ । तसर्थ विगत दुई वर्ष अघिदेखि नै मृतकको समूहसँग प्रतिवादीहरूको आपसी मनमुटाव भै समूहगत रिसइवी ब्याप्त थियो भन्ने प्रतिवादीहरूको बयान व्यहोराबाट नै खुल्न आएको हुँदा मृतकलाई कुट्ने, पिट्ने तथा काट्ने कार्य गर्नुपर्ने सम्मको कारण (Cause) विवादरहित रुपमा पुष्टि भएको छ 

१०. अनुसन्धानको क्रममा तत्काल पक्राउ परेका जन्जु श्रेष्ठले मृतक विष्णु लिम्बू, रतन लिम्बू र चित्र लिम्बू समेतले मिति २०६०।७।१३ गते श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूलाई काटी मरणासन्न पारेकाले निजहरूलाई खोजतलास गर्दै जाँदा विष्णु लिम्बूलाई फेला पारी जसमान लिम्बूले हात मिलाउने निहुँमा समूहबाट बाहिर निकालेपछि मैले तरवारले टाउकोमा हानो, निज भूईंमा ढलेपछि जाहेरीमा उल्लिखित सबैले पालैपालो खुकुरी एवं तरवारले हानेको र मर्छ कि भनी भागी गयौँ । हामीले हानेको चोटबाट निजको मृत्यु भएको भनी अधिकारप्राप्त अधिकारी समक्ष बयान गरी अदालतमा समेत सोही व्यहोरालाई समर्थन गरी कसूर गरेकोमा पूर्ण सावित भै बयान गरेको पाइन्छ । त्यसै गरी अनुसन्धानको क्रममा फरार रही अदालतमा हाजीर भई बयान गर्ने प्रतिवादी रोशन लिम्बूले सुरज राई, जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, दिवस, बलजीत, सुमन, जसमान, सार्के र मोहित मगर समेत श्रीप्रसादको घरमा भेला भई सरसल्लाह गरी जन्जु श्रेष्ठ, चुचु र म समेत भई मृतकलाई काटेको हो । जाहेरीमा उल्लिखित सबैले हातहतियार बोकेका थिए, कसले हाने, धेरैजना भएकोले छुट्याउन सक्दिन भनी हतियार समेत सनाखत गरी कसूरमा सावित रही बयान गरेका छन् । यी प्रतिवादीहरू जन्जु श्रेष्ठ र रोशन लिम्बूलाई सुनसरी जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय भएउपर परेको पुनरावेदनमा पुनरावेदन, अदालत विराटनगरबाट सदर फैसला भएकोमा निजहरूको म्यादभित्र पुनरावेदन नपरी साधकको रुपमा साधक नं. ०६५–RC–००८९ मार्फत् पेश भै यस अदालतबाट मिति २०६६।१०।५ मा साधक सदर भै अन्तिम भएकाले निजहरूका सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने आवश्यकताको अन्त्य हुन आएको छ । साथै फरार प्रतिवादीहरू रोशन राई र राजकुमार राईको हकमा शुरुबाट मुल्तवी राखेको देखिँदा सो सम्बन्धमा कानूनअनुरूप हुने नै हुँदा यहाँ विचार गरिरहन परेन 

११. अब, वादी नेपाल सरकार तथा पुनरावेदन गर्ने प्रतिवादीहरूको पुनरावेदन जिकीरलाई दृष्टिगत गर्दै प्रस्तुत वारदातमा ककसको के कस्तो संलग्नता रहेको छ, कसूरको गाम्भीर्यताअनुसार प्रतिवादीहरूलाई गरेको सजाय मिलेको छ छैन सोतर्फ प्रत्येक प्रतिवादीको हकमा सुक्ष्म रुपमा विवेचना गरी निष्कर्षमा पुग्न उचित हुने हुँदा सर्वप्रथम प्रतिवादी जसमान लिम्बूको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले मृतकलाई हात मिलाउने बहानामा समूहबाट बाहिर ल्याई मार्नमा संयोग मिलाई आले समेत खुकुरीले प्रहार गरेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम नै सजाय हुनुपर्छ १३(४) नं. बमोजिम सजाय गरेको मिलेको छैन भनी वादीको र उक्त वारदातमा आफू जाँदै नगएकोले सफाइ पाउनुपर्छ भनी यी प्रतिवादीको पुनरावेदन परेको पाइन्छ । समग्र घटनाको स्थिति अध्ययन गर्दा घटना घटेको भोलिपल्ट नै अर्का प्रतिवादी राजकुमार राईको घरबाट पक्राउ परेका यी प्रतिवादी अनुसन्धानको क्रममा बयान गर्दा हात मिलाउने बहानामा मृतकलाई बोलाएको र आफूले पनि हानेको भनी कसूरमा सावित रहेका छन् । अनुसन्धानको क्रममा बयान गर्ने जन्जु श्रेष्ठ, दीपक राई, अमित आले मगर र दीपचन्द्र राईले पनि यी प्रतिवादीले हात मिलाउने बहानामा मृतकलाई समूहबाट बोलाई बाहिर ल्याएको र निजले पनि खुकुरी प्रहार गरेको भनी पोल गरेका छन् । तर, अदालतमा बयान गर्दा यी प्रतिवादी जसमान लिम्बू कसूरमा पूर्ण रुपमा इन्कार रही बयान गरेको देखिन आउँछ । अदालतमा इन्कारी बयान गरी अपराध गरेको अस्वीकार गरे पनि त्यसको सत्यता परीक्षण गर्दा प्रत्यक्षदर्शी नैना राई, मनोज श्रेष्ठ, गौतम श्रेष्ठ, महल लिम्बू तथा ईन्द्रबहादुर लिम्बूले मौकामा कागज गर्दा यी प्रतिवादी वारदातमा संलग्न रहेको प्रत्यक्ष देखेको भनी कागज गरेको र अदालतमा समेत नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले मौकामा भएको कागजको व्यहोरा समर्थन गर्दै बकपत्र गरेका छन् । यसका साथै प्रतिवादी राजकुमार राईको घरबाट मौकामा अन्य प्रतिवादीहरू हतियारसँगै पक्राउ पर्दा यी प्रतिवादी पनि सँगै पक्राउ परेका छन् । उल्लिखित वस्तुनिष्ठ तथ्यबाट प्रस्तुत वारदातमा यी प्रतिवादीको संलग्नतालाई इन्कार गर्न सकिने ठाउँ देखिँदैन । यसबाट यी प्रतिवादी जसमान लिम्बू मृतक विष्णु लिम्बूलाई मार्ने कार्यमा कुनै न कुनै रुपमा संलग्न रहेको देखिन आउँछ 

१२. अब, उक्त वारदातमा यी प्रतिवादीको के कस्तो संलग्नता रहेको छ र मृतकलाई मार्ने कार्यमा के कस्तो भूमिका रहेको छ सो सम्बन्धमा हेर्दा यी प्रतिवादीले मृतकलाई सांस्कृतिक कार्यक्रमस्थलबाट हात मिलाउने बहानामा बोलाई निजको समूहबाट बाहिर ल्याई अल्मल्याई मार्नमा संयोग मिलाई दिएको तथा खुकुरीले प्रहार गरेको भन्ने अभियोग रहेको छ । यी प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जाहेरीमा उल्लिखित सबै जना बीच मृतकलाई मार्ने कुरामा सल्लाह भएको तथा दीपक र जन्जु समेतका सबैजनाले तरवार खुकुरी समेतका हातहतियार तथा रड समेत बोकी वारदातस्थलमा गएको, मैले हात मिलाउने बहानामा ग्रुपबाट बाहिर ल्याई अल्मल्याएको तथा जन्जु र दीपकले हानेपछि मैले खुकुरीले घाँटीमा प्रहार गरेको हो भनी बयान गरेको पाइन्छ । तर, अदालतमा बयान गर्दा घटनास्थलमा जादै नगएको भनी कसूरमा पूर्णतः इन्कार रही बयान गरेका छन् । अनुसन्धानको क्रममा गरेको साविती बयानको विपरीत अदालतमा इन्कार रहेपछि संकलित अन्य स्वतन्त्र प्रमाणद्वारा पुष्टि हुनुपर्ने हुन्छ । अब, यी प्रतिवादीको संलग्नता रहे नरहेको सम्बन्धमा सम्पूर्ण घटनाको प्रत्यक्षदर्शी प्रमुख गवाहस्वरुप उपस्थित भै बकपत्र गर्ने नैना राई, मनोज श्रेष्ठ, महल लिम्बू र वीरबहादुर लिम्बू तथा सहअभियुक्तहरूको ब्यहोरा विश्लेषण गर्नुपर्ने हुन आयो । अनुसन्धानको क्रममा कागज गर्ने वारदातस्थलमा उपस्थित प्रत्यक्षदर्शी नैना राई, मनोज श्रेष्ठ तथा गौतम श्रेष्ठले यी प्रतिवादीले मृतकलाई हात मिलाउँदै समूहबाट बाहिर लगी हतियारसहितका अरु प्रतिवादीहरूलाई बोलाएको र सबैले पालैपालो हानेको हो भनी लेखाएकी र अदालतमा समेत सोही कुरालाई समर्थन गर्दै बकपत्र गरेको पाइन्छ । यस्तै अनुसन्धानको क्रममा घटना विवरण कागज गर्ने महल लिम्बूले पनि मृतकलाई यी प्रतिवादीले बोलाई लगेको भनी लेखाएका छन् भने ईन्द्रबहादुर लिम्बूले वस्तुस्थिति मुचुल्काको कागज गर्दा जसमानको संलग्नता रहेको उल्लेख गरेका छन् । सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, अमित आले मगर र दीपचन्द्र राईले हात मिलाउने बहाना पारी बोलाएको र खुकुरीले हानेको भनी अनुसन्धानको क्रममा भएको बयानमा लेखाएको र प्रहरीमा भएको बयान व्यहोरा आफूले नै लेखाएबमोजिमको हो भनी जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई र मोहित मगरले अदालतमा समेत यी प्रतिवादीको पूर्ण संलग्नताको पुष्टि गरेका छन् । यसको अलावा सहअभियुक्त रोशन लिम्बूले यी प्रतिवादीको नाम किटान गर्दै जाहेरीमा उल्लिखित सबै प्रतिवादीले हतियार बोकेका थिए भनी मौकामा फरार रही अदालतमा बयान गरेको अवस्था छ । मृतकको घाँटीमा समेत काटेको घा चोट रहेको भन्ने लास जाँच प्रतिवेदनमा प्रष्टरुपमा देखिएको छ । सो घाउ चोटपटक यी प्रतिवादीको प्रहारबाट भएको होइन भनी प्रमाणित गर्ने आधार मिसिलमा पाउन सकिएन । प्रत्यक्षदर्शी तथा सहअभियुक्तहरूको अदालतमा भएको बयान एवं बकपत्रबाट यी प्रतिवादीले अनुसन्धानको क्रममा गरेको बयानलाई शंकारहित तवरबाट परपुष्ट्याँई (Corroboration) गरेको देखियो 

१३. यसरी प्रत्यक्षदर्शी भै घटना विवरण तथा वस्तुस्थिति कागज गर्ने व्यक्तिहरूले यी प्रतिवादी जसमान लिम्बूले मृतकलाई कार्यक्रमस्थलबाट हात मिलाउने बहानामा बोलाएको र सबै प्रतिवादीहरूले हतियार प्रहार गरेको भनी बकपत्र गरेको, सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई र मोहित मगरले हात मिलाउने बहाना पारी यी प्रतिवादीले मृतकलाई बोलाएको र खुकुरीले हानेको भनी अनुसन्धानको क्रममा भएको बयान समर्थन गरी अदालतमा बयान गरेको तथा रोशन लिम्बूले यी प्रतिवादी समेतका सबैसँग हतियार थियो भनी अदालतमा बयान गरेको, मृतकको घाँटीमा काटेको चोट रहेको, हतियारसहित यी प्रतिवादी पक्राउ परेको समेत तथ्यबाट खुकुरी बोकेर गएका यी प्रतिवादीले मृतकलाई हानेनन् होला भनी विश्वास गर्न सकिएन । यसबाट यी प्रतिवादीले हात मिलाउने बहानामा मृतकलाई उसको समूहबाट बाहिर ल्याई कुट्ने पिट्ने तथा काट्ने वातावरण बनाइदिने अर्थात् संयोग मिलाई दिनुका अतिरिक्त स्वयंले पनि खुकुरीले हानेको भन्ने तथ्य प्रमाणित हुन आयो 

१४. अतः उल्लिखित प्रत्यक्षदर्शीको भनाई एवं अदालतमा भएको सहअभियुक्तहरूको बयान ब्यहोराबाट यी प्रतिवादी जसमान लिम्बू अन्य प्रतिवादीहरू सँगै सामेल भई मृतक रहेको स्थानमा गई हात मिलाउने बहानामा मृतकलाई समूहबाट बाहिर ल्याई, समाती अल्मल्याई राखी मार्नमा संयोग मिलाई अग्रणी भूमिका निर्वाह गरेका तथा स्ययंले पनि जोखिमी हतियार खुकुरी प्रहार गरेको पुष्टि हुन आयो । त्यसो हुँदा यी प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. मा वर्णित अवस्थाको कसूर गरेको ठहर्छ । यी प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर सो हदसम्म मनासिवै देखिन आयो । तसर्थ ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेको देखिएन, उक्त फैसला सो हदसम्म उल्टी भई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुन्छ । अभियोग दावीबाट सफाइ पाउनुपर्छ भन्ने यी प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन 

१५. अर्का प्रतिवादी राजकुमार राईको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीउपर समेत मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुन माग दावी लिई अभियोग दायर भएको पाइन्छ । शुरु जिल्ला अदालतबाट यी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरेकोमा पुनरावेदन, अदालत विराटनगरबाट सो फैसला सदर भएकोले सो उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम नै सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारको र मैले कर्तव्य गरी ज्यान मार्ने कार्य नगरेको, मत सल्लाहमा मात्र सामेल भएकोले ज्यानसम्बन्धी १७(३) नं. अनुसारको सजाय हुनुपर्छ भनी यी प्रतिवादीको पुनरावेदन परेको देखियो । यस परिप्रेक्ष्यमा यी प्रतिवादीको संलग्नता के कस्तो रहेको छ, पुनरावेदन अदालतको फैसला मिलेको छ छैन, वादी तथा प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने देखियो 

१६. जाहेरीमा मृतकलाई मार्ने कार्यमा संलग्न रहेको भनी किटानीका साथ नाम उल्लेख गरिएका यी प्रतिवादी अनुसन्धानको क्रममा फरार रहेको पाइन्छ । अदालतमा आई बयान गर्दा जन्जु श्रेष्ठ, दीपक राई, सुमन लिम्बू, मोहित मगर, जसमान लिम्बू, दिवस लिम्बू अमित आले र सुरज राई समेत १५÷१६ जनासँग श्रीप्रसादलाई कुट्ने काट्नेलाई काट्नुपर्छ भनी सल्लाह गरेको र मार्ने कुरामा सहमत भई साथै गएको भनी बयान गरेका छन् । तर हतियार बोकेको र आफूले काटेको÷हानेको होइन भनी आंशिक रुपमा मात्र कसूर स्वीकार गरेको देखिन्छ । अनुसन्धानको क्रममा बयान गर्दा यी प्रतिवादीले पनि मृतकलाई हतियारले प्रहार गरेको भनी बयान गर्ने सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई तथा मोहित मगरले अदालतमा उक्त बयानलाई समर्थन गर्दै बयान गरेका छन् । अर्का सहअभियुक्त सुरज राईले अदालतमा बयान गर्दा वारदातमा यी प्रतिविादीको पनि संलग्नता थियो भनी स्पष्ट रुपमा लेखाएका छन् । यसरी सहअभियुक्तहरूले यी प्रतिवादीले समेत हतियार प्रहार गरेको भनी पोल गर्नुपर्ने कुनै कारण देखिँदैन । यसको अलावा मौकामा कागज गर्ने प्रत्यक्षदर्शी ईन्द्रबहादुर लिम्बू र महल लिम्बूले वारदातमा यी प्रतिवादी प्रत्यक्ष संलग्न रहेको कुरा प्रष्टसँग लेखाएका छन् । यसबाट यी प्रतिवादी मृतकलाई मार्ने मत सल्लाहमा मात्र सामेल भएको नभई अन्य सहअभियुक्तहरूसँग वारदातस्थलमा साथै गई मृतकलाई आक्रमण गर्ने कार्यमा समेत सहभागी भएको संकलित प्रमाणबाट देखिन आउँछ 

१७. यी प्रतिवादीले मत सल्लाहमा लागी संगै गएको हो, हतियार बोकेको र प्रहार गरेको होइन भनी गरेको बयान र पुनरावेदन जिकीरतर्फ हेर्दा वारदातको दिन बिहान १० बजेतिर मार्ने काट्ने सल्लाह भएको भनिएको छ, तर वारदात दिनको ३ बजेमात्र घटेको छ । यी प्रतिवादीमा मृतकलाई मार्नेसम्मको मनसाय नभएको भए यति लामो समयपछि वारदातस्थलमा जानुपर्ने स्पष्ट कारण देखिँदैन । फेरि काट्ने मार्ने योजना, सल्लाहमा बसेको व्यक्ति त्यस्तो सल्लाहअनुसारको कार्य सम्पन्न गर्न जाँदा निःशस्त्र गए होलान् भनी विश्वास वा पत्यारलायक मान्न सकिँदैन । अर्कोतर्फ मौकामा कागज गर्ने यी प्रतिवादीकी दिदी सरस्वती राईले घटना घटेको राति भाई (यी प्रतिवादी) अन्य साथीहरू सँगै आएको थियो । मैले वास्तै गरिन । भोलिपल्ट प्रहरी आई पक्राउ गरी हतियार समेत बरामद गरी लगेको हो भनी लेखाएकी छिन् । यसै तथ्यलाई परपुष्ट्याई (Corroboration) हुने गरी यिनै प्रतिवादीको कोठाबाट दुई थान खुकुरी र चार थान तरवार समेत छ थान हतियार तथा यी प्रतिवादी बाहेक जन्जु श्रेष्ठ, दीपक राई, मोहित मगर, सुरज राई दीपचन्द्र राई र जसमान लिम्बू गरी छ जना पक्राउ परेको अवस्था छ । यसबाट प्रस्तुत वारदातमा मृतकलाई काट्ने मार्ने सल्लाहमा यी प्रतिवादी सहभागी भई वारदातमा हतियारसहित सहभागी भई आफूले समेत प्रहार गरी हातहतियार सहित अन्य अपराधीहरूलाई आफ्नो कोठामा ल्याई लुकाउने कार्यमा समेत संलग्न भएको देखियो । अतः प्रस्तुत वारदातमा यिनको संलग्नता मुख्य अभियुक्त (Principal Offender) सरहको देखियो । मत सल्लाहमा मात्र संलग्न भएको, प्रत्यक्ष वारदातमा संलग्न भएको नहुँदा निर्दोष रहेको भन्ने कथन मिथ्या सावित हुन आयो । यसर्थ यी प्रतिवादी राजकुमार राईलाई अभियोग दावीअनुसार ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजम सर्वश्वसहित जन्मकैद गर्नुपर्नेमा १३(३) नं. बमोजिम जन्मकैदको सजाय गरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला सो हदसम्म मिलेको देखिएन । कम सजाय हुनुपर्छ भन्ने यी प्रतिवादी राजकुमार राईको पुनरावेदन जिकीर कुनै पनि वस्तुनिष्ठ आधारबाट समर्थित हुन नआएको हुँदा पुनरावेदन जिकीर निरर्थक देखिन आउँछ 

१८. अब, प्रतिवादी चुचु भन्ने दीपक राई र मोहित मगरले आपूmले हतियार प्रहार नगरेको र आपूmले हानेको चोटको कारण नै मृतकको मृत्यु भएको भन्ने नखुलेकोमा पनि सर्वश्वसहित जन्मकैद गरेको सजाय मिलेको छैन कम सजाय हुनुपर्छ भनी यस अदालतमा परेको संयुक्त पुनरावेदनउपर विवेचना गरी निजहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन सोतर्फ निर्णय दिनुपर्ने देखियो । पुनरावेदक चुचु भन्ने दीपक राईको सम्बन्धमा हेर्दा यी प्रतिवादी मौकामा अर्का प्रतिवादी राजकुमार राईको घरबाट हतियारसहित पक्राउ परेका र अनुसन्धान अधिकारीसमक्ष कसूरमा पूर्ण सावित रही बयान गर्दै वारदातको सृङ्खलाबद्ध कडी तथा विवरण लेखाएका छन् । निजको उक्त बयानमा पूर्णबहादुरलाई मृतकको ग्याङ्गले काटेकोले हेर्न गएकोमा पूर्णले कारवाही गर भनी वचन दिएको, मृतकसँग दुई वर्षअघिदेखि रिसइवी रहेकोले जन्जु श्रेष्ठ समेत भई वारदातस्थलमा गएको हो । जन्जुले पहिले हिर्काएपछि दोस्रो पटक मैले तरवारले मृतकलाई ढाडमा हिर्काएको हो भनी बयान गरेका छन् । साथै निजको उपरोक्त कथनको सत्यतामा कसी लगाउन लासजाँच प्रतिवेदनमा मृतकका शरीरमा परेका घा चोटपटक मिलाउँदा ढाडमा घारिलो हतियारबाट परेका गम्भीर प्रकृतिका घातक चोटहरू देखिन्छन्, जसबाट यी प्रतिवादीको भनाइलाई परपुष्ट्याँइ गरेको देखिन्छ । निजको यस बयानलाई सहअभियुक्तहरू जन्जु श्रेष्ठ, जसमान लिम्बू, अमित आलेमगर तथा मोहित मगरले अनुसन्धानको क्रममा बयान गर्दा पुष्टि गरेका छन् । यसबाहेक प्रत्यक्षदर्शी नैना राई, महल लिम्बू, बीरबहादुर लिम्बू, नुमीता लिम्बू, ईन्द्रबहादुर लिम्बू तथा गौतम श्रेष्ठले यी पुनरावेदक पनि वारदातमा संलग्न रहेको भनी अनुसन्धानको क्रममा कागज गर्दा लेखाई तीमध्ये नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले नाम नै किटान गरी अदालतमा समेत बकपत्र गरिदिएका छन् । अदालतमा बयान गर्दा समेत यी प्रतिवादीले दुई वर्षअघिदेखि मृतकसँग रिसइवी थियो, मैले रडले टाउको र ढाडमा हानेको हो, म समेतले हानि मारेको हो भनी कसूर अपराध स्वीकार गरेको अवस्था रहेको छ । साथै अदालतमा बयान गर्दा सहअभियुक्तहरू सुरज राई, राजकुमार राईले संलग्नता रहेको भनी तथा रोशन लिम्बूले यी पुनरावेदकले हतियारले नै प्रहार गरेको भनी किटान गरिदिएको पाइन्छ । उपरोक्त तथ्ययुक्त प्रमाणको आधारबाट यी पुनरावेदकले उक्त वारदातमा सक्रिय भूमिका निर्वाह गरेको पुष्टि हुन्छ 

१९. मैले रडले मात्र हानेको हो र मृत्युको कारण सो होइन, तसर्थ कम सजाय हुनुपर्छ भन्ने यी पुनरावेदकको जिकीर रहेबाट सोतर्फ हेर्दा यी प्रतिवादीले मृतकको टाउको र ढाडमा रडले हिर्काएको र म समेतले हानि मारेको हो भनी अदालतमा बयान गर्दा कसूरमा सावित रहेका छन् । मृतकको शरीरमा विभिन्न ११ वटा भन्दा बढी ठाउँमा काटेको र अन्य चोटपटक समेत लागेको र सोही चोटहरूको कारण मृत्यु भएको भन्ने लास जाँच मुचुल्का र लास जाँच प्रतिवेदनबाट पुष्टि भएको छ । यी प्रतिवादी दुईवटा खुकुरी र चारवटा तरवारसहित अन्य प्रतिवादीहरू सँगै एकसाथ पक्राउ परेका छन । यसबाट निजसँग हतियार थिएन भनी मान्न मिल्ने देखिएन । अदालतमा बयान गर्ने सहअभियुक्त रोशन लिम्बूले यी प्रतिवादीले हतियारले हानेको भनी किटान नै गरेका छन् । यसबाट प्रस्तुत वारदातमा यी पुनरावेदकको भूमिका मुख्य अभियुक्त (Principal Offender) को रहेको पुष्टि हुन्छ 

२०. एकछिनलाई टाउको र ढाडमा रडले हानेको भन्ने यी प्रतिवादीको भनाईलाई स्वीकार्ने हो भने पनि टाउको जस्तो शरीरको संवेदनशील भागमा फलामको रडले हान्दा मानिसको मृत्यु हुँदैन भन्नु अस्वाभाविक हुन्छ । सामान्य विवेक भएका व्यक्तिले रड जस्तो वस्तुले टाउकोमा हान्दा मृत्यु हुनसक्छ भन्ने कुरा आंकलन गर्न सक्छ भन्ने कुरामा विवाद गर्ने ठाउँ रहदैन । पूर्व रिसइवी रहेको र यी पुनरावेदक समेतको साथी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूमाथि मृतकको समूहबाट अघिल्लो दिन आक्रमण भएकोले मृतक समेतलाई मारी सोको वदला लिने दुराशयपूर्ण मनसायले प्रेरित भै पुनरावेदकमा अन्तर्निहीत रहेको अदालतमा भएको निजको स्वःस्पूmर्त बयानबाट नै पुष्टि हुन्छ । त्यसमाथि यी पुनरावेदकले म समेतले हानि मारेको हो भनी स्वीकारै गरेको अवस्था छ । एक्लो व्यक्तिलाई हातहतियारले सुसज्जित १५/१६ जनाको समूहले आक्रमण गरी विभत्स तवरले हानि काटी ज्यान मार्नु जस्तो जघन्य अपराध गरेको मिसिल संलग्न तथ्यले पुष्टि गरेको र यी पुनरावेदकले समेत मारेको कुरालाई स्वीकार गरिरहेको एवं अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा सजाय कम हुनुपर्छ भन्ने जिकीर मनासिव देखिन आएन । यसर्थ, यी पुनरावेदकलाई अभियोग दावीबमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसलामा कुनै त्रुटि देखिन आएन । कम सजाय हुनुपर्छ भन्ने यी प्रतिवादीको पुनरावेदन जिकीर घटनाको प्रकृति र स्वरुप हेर्दा कम सजाय गर्नु न्यायसंगत नहुँदा सो जिकीर पुग्न सक्दैन 

२१. अब अर्का प्रतिवादी पुनरावेदक मोहित मगरको पुनरावेदन जिकीर सम्बन्धमा हेर्दा यी प्रतिवादी समेत मौकामा सहअभियुक्त राजकुमार राईको घरबाट हतियारसहित पक्राउ परेका र अनुसन्धान अधिकारीसमक्ष कसूरमा पूर्ण सावित भई बयान गर्दै घटनाक्रम लेखाएका छन । निजको उक्त बयानमा पूर्णबहादुरलाई मृतकको ग्याङ्गले काटेकोले हेर्न गएकोमा पूर्णबहादुरले मार्न वचन र हतियार दिएको, मैले खुकुरीले दाहिने गर्धन, कोखा र टाउकोमा हानेको, सबै प्रतिवादीहरूले हतियारले हानेको भनी बयान गरेका छन् । निजको यस बयानलाई अन्य सहअभियुक्तहरू जन्जु श्रेष्ठ, जसमान लिम्बू, तथा दीपक राईले अनुसन्धानको क्रममा बयान गर्दा पुष्टि गरेका छन् । यसबाहेक प्रत्यक्षदर्शी महल लिम्बू, बीरबहादुर लिम्बू, नुमीता लिम्बू, इन्द्रबहादुर लिम्बू तथा गौतम श्रेष्ठले यी पुनरावेदक पनि वारदातमा संलग्न रहेको भनी अनुसन्धानको क्रममा कागज गर्दा लेखाई नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले नामै किटान गरी अदालतमा समेत बकपत्र गरिदिएका छन् । अदालतमा बयान गर्दा यी पुनरावेदकले आफ्नो कार्य (Act) सामान्य फेरबदल गरी कसूरमा सावित रही बयान गरेका छन् । अदालतमा बयान गर्दै प्रतिवादीहरू सबैले हतियार लिएर रतन समेतलाई खोज्दै गएको, उनीहरूको ग्याङ्गको विष्णु भेटियो, पहिले उनीहरूले काट्न थाले र हामीले पनि काट्यौँ कुट्यौँ, मैले पनि ढाडमा र खुट्टामा काटो, पहिलेदेखि नै झगडा थियो, उसैलाई काट्न गएको त होइन, ऊ फेला प¥यो, उसैलाई काटेको हो भनी कसूरमा सावित रही बयान गरेको देखिन्छ । साथै अदालतमा बयान गर्दा सहअभियुक्तहरू सुरज राई तथा रोशन लिम्बूले यिनको प्रत्यक्ष संलग्नता रहेको भनेका तथा प्रतिवादी राजकुमार राईले यी पुनरावेदकले हतियारले नै प्रहार गरेको भनी किटान पोल गरिदिएको देखिन्छ । यसर्थ उपरोक्त तथ्यबाट यी पुनरावेदकले उक्त वारदातमा मूख्य भूमिका निर्वाह गरेको पुष्टि हुन्छ 

२२. मैले हानेको चोटबाट मृत्यु भएको होइन भन्ने स्पष्ट हुँदाहुँदै सर्वश्वसहित जन्मकैद हुने होइन, घटनाको प्रकृति र प्रतिवादीको उमेर समेतलाई विचार गरी कम सजाय हुनुपर्छ भन्ने यी पुनरावेदकको जिकीर रहेबाट सोतर्फ हेर्दा यी प्रतिवादीले मैले ढाडमा र खुट्टामा खुकुरीले काटेको हो भनी अदालतमा बयान गर्दा स्वीकार गरेका छन् । मृतकको शरीरमा विभिन्न ११ वटा भन्दा बढी ठाउँमा काटेको घाउ भएको सो समेतको चोटबाट मृतकको मृत्यु भएको भन्ने लास जाँच मुचुल्का र लास जाँच प्रतिवेदनबाट पुष्टि भएको छ । यी प्रतिवादी दुईवटा खुकुरी र चारवटा तरवार समेत तथा अन्य प्रतिवादीहरू सँगै पक्राउ परेका छन । खुकुरीले काटेको कुरा यी प्रतिवादीले अदालतमा नै स्वीकार गरेको पाइन्छ । यस स्थितिमा यी प्रतिवादीले पनि काटेको कुरामा विवाद भएन । साथै अदालतमा बयान गर्ने सहअभियुक्त राजकुमार राईले यी प्रतिवादीले हतियारले हानेको भनी किटान नै गरेको हुँदा प्रस्तुत वारदातमा यी पुनरावेदकको भूमिका मुख्य अभियुक्त (Principal Offender) को रहेको पुष्टि हुन्छ 

२३. मृतकको समूहसँग पूर्व रिसइवी रहेको र यी पुनरावेदक समेतको साथी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बू माथि मृतकको समूहले अघिल्लो दिन आक्रमण गरेकोले मृतक समेतलाई मारी सोको बदला लिने मनसाय यी पुनरावेदकमा रहेको अदालतमा भएको निजको बयानबाट पनि पुष्टि हुन्छ । त्यसमाथि यी पुनरावेदकले म समेतले हानि मारेको हो भनी स्वीकारै गरेको अवस्था छ । श्रीप्रसाद भन्ने पूर्णप्रसाद लिम्बूले घटना घटेको दिन विहान उनलाई भेटन जाने यी प्रतिवादी समेतलाई आपूmलाई कुट्ने काट्नेलाई कारवाही गर्नु भनी आदेश दिएको भन्ने मिसिल संलग्न तथ्यबाट देखिन्छ । तर, घटना भने दिनको ३ बजे तिरमात्र घटेको छ । यी प्रतिवादीले आफ्नो उमेर १७ वर्ष भनी अदालतमा गरेको बयानमा लेखाएका छन् । यसबाट यी प्रतिवादी आपूmले गर्न गइरहेको कार्यको परिणाम प्रति हेक्का राख्न सक्ने उमेरको भएको मान्नु पर्दछ । घटना घटाउने योजना बनेको ५/६ घण्टापछि मात्र सो योजनालाई कार्यरुप दिएको देखिँदा सो समयभित्रमा यस्तो भयानक अपराध गर्न हुन्छ हुँदैन भनी पटकपटक सोच्न र निर्णय गर्न सकिने हुन्छ । मृतकको समूहका व्यक्तिले पहिले काट्न थालेकाले काटेको हो भनी बयान गरे पनि यी पुनरावेदकबाहेक अन्य कसैले त्यस्तो भएको भनी नभनेको र समूहसमूहबीच हानाहान भएको भन्ने अन्य कुनै कुराबाट प्रमाणित हुन नआएबाट यी पुनरावेदकको उक्त भनाई विश्वासलायक देखिएन । एक्लो व्यक्तिलाई हातहतियारले सुसज्जित १५/१६ जनाको समूहले आक्रमण गरी विभत्स तवरले पटकपटक हानि काटी मारेको मिसिल संलग्न तथ्यले पुष्टि गरेको र यी पुनरावेदक आफूले समेत मारेको कुरालाई स्वीकार गरिरहेको एवं अन्य स्वतन्त्र प्रमाणबाट समेत विभत्स तरीकाले मारेको पुष्टि भइरहेको अवस्थामा सजाय कम हुनुपर्छ भन्ने जिकीर मनासिव देखिन आएन । यी पुनरावेदक कसैको वहकाउमा वा लहैलहैमा लागेर वारदातमा संलग्न भएको नभै श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको घरमा छलफल भई योजनावद्ध रुपमा ५/६ घण्टा पछि पनि आफै उत्प्रेरित भई अगाडि सरी हतियार लिई गई आपूm जस्तै जवान उमेर भएको मृतकलाई विभत्स तरिकाले मारी जीवन नै अन्त्य गर्ने कार्यमा संलग्न भएको देखिँदा सजायमा छूट दिन सकिएन । यसर्थ यी पुनरावेदक मोहित मगरलाई अभियोग दावीबमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला कानूनसंगत नै देखिँदा कम सजाय गरिपाऊँ भन्ने निजको पुनरावेदन जिकीर निरर्थक हुँदा पुग्न सक्दैन 

२४. पुनरावेदक प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको अभियोग दावीबाट सफाइ पाउनु पर्छ भन्ने पुनरावेदन जिकीर सम्बन्धमा विचार गर्दा यी प्रतिवादी मौकामा फरार रही अदालतमा उपस्थित भई बयान गरेका छन् । अदालतमा बयान गर्दा म अघिल्लो दिन विष्णु लिम्बू समेतका व्यक्तिहरूले आक्रमण गरी काटी घाइते बनाएकाले उपचार गराई घटना घटेको दिन घाइते अवस्थामा घरमै थिएँ । मैले मृतकलाई मार्नु भनी अन्य प्रतिवादीहरूलाई निर्देशन र हतियार दिएको होइन । उक्त दिन मेरो घरमा रोशन लिम्बू र मेरो साथी प्रताप लिम्बू मात्र आएका थिए, रोशन लिम्बूले हतियार लगे जस्तो लाग्यो, बिजय लिम्बू भाई हो, रोशन लिम्बू र अरु पनि साथी हुन । विष्णुलाई मारेपछि मसँग एकलाख दिनु नभए तपाईको निर्देशनमा मारेको भन्छौँ भनेका थिए मैले नदिएकाले पोल गरेका हुन । मृतकको समूहसँग पुरानो रिसइवी थियो भनी बयान गरेका छन् 

२५. यी प्रतिवादीले आफैले मार्नु भनी आदेश र हतियार दिएको होइन भनी बयान गरे पनि मिति २०६०।७।१३ मा भएको घटनामा घाइते भई अस्पतालमा उपचार गराई सोही दिन अस्पतालबाट डिस्चार्ज भएर घरमा गएको देखिन्छ । सोको भोलिपल्ट अर्थात् वारदात घटेको दिन बिहान जन्जु श्रेष्ठलगायतका निजका साथीहरू यी पुनरावेदकलाई हेर्न भेटन घरमा गएको एकरुपमा पुष्ट्याँई भएको छ । आफ्ना साथीहरू घाइते विरामीलाई हेर्न जानु स्वाभाविकै हो । सहअभियुक्तहरू जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई, मोहित मगर, सुरज राई, जसमान लिम्बू, अमित आले मगर र कान्छी भन्ने दीपचन्द्र राईले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मृतकलाई कारवाही गर्नु भनी यी पुनरावेदकले आदेश तथा हतियार दिएको कुरा स्पष्टसँग उल्लेख गरेका छन् । मौकामा बयान गर्दै सहअभियुक्त जन्जु श्रेष्ठले रतन, विष्णु र चित्र समेतका भिक्टोरिया चोकका केटाहरूलाई मार्नु भनी पूर्णबहादुरले वचन दिएको हो भनी लेखाएको, चुचु भन्ने दीपक राईले पूर्णलाई मृतकको ग्याङ्गले काटेकोले सुमन लिम्बूसहित हेर्न जाँदा पूर्णबहादुरले कारवाही गर्नु भनी वचन दिएको हो भनी लेखाएको, पूर्णबहादुरले वचन र हतियार दिएको हो भनी मोहित मगरले, पूर्णबहादुरले मृतकलाई मार्न भनी पाँच थान हतियार दिई पठाएको भनी सुरज राईले, पूर्णलाई मृतकको ग्याङ्गले काटेकोले हेर्न दीपक, जन्जु, सुमन, रोशन र सार्के समेत भई गएकोमा निजले मृतकलाई मारिदेऊ भनी वचन दिएपछि सबैले एकएक थान हतियार लिई गएको हो भनी जसमान लिम्बूले, पूर्णबहादुरले हतियार तथा वचन दिएको भनी अमित आले मगरले तथा पूर्णबहादुरले मार्न वचन तथा हतियार दिएको हो भनी कान्छी भन्ने दीपचन्द्र राईले लेखाएको पाइन्छ । अनुसन्धान अधिकारीसमक्ष भएको उपरोक्तानुसारको बयानलाई जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई र मोहित मगरले अदालतमा समेत स्वीकार गर्दै हतियार दिएको हो भनी जन्जु श्रेष्ठले, पाँच थान हतियार दिएको हो भनी मोहित मगरले अदालतमा किटानी बयान गरेको पाइन्छ । यस कुरालाई मौकामा फरार रही अदालतमा उपस्थित भई बयान गर्ने सहअभियुक्तहरू रोशन लिम्बू र राजकुमार राईको कथनबाट थप पुष्टि हुन्छ । अन्य सहअभियुक्तहरूले यी प्रतिवादीलाई वचन र हतियार दिएको हो भनी पोल गर्नुपर्ने कुनै कारण पुष्टि हुँदैन । एकलाख रूपैयाँ नदिए नाम पोल्छौँ भनी भनेका थिए, नदिएकाले पोल गरेका हुन भनी यी प्रतिवादीले लिएको जिकीरको कुनै सान्दर्भिकता देखिँदैन । यी पुनरावेदकले मृतकलाई मार्ने कार्यमा कुनै भूमिका निर्वाह नगरेको भए सहअभियुक्तहरूले रू. एकलाख माग गर्नुपर्ने कारण पर्दैन । अन्य प्रतिवादीहरूले मान्छे मार्नेसम्मको कार्य गरेपश्चात् लुक्ने भाग्नेतर्फ नलागी यी पुनरावेदकसँग रूपैयाँ माग गर्दै हिडे होलान् भनी विश्वास गर्न सकिएन । उपरोक्त तथ्यबाट यी पुनरावेदकलाई अघिल्लो दिन आक्रमण भए विरुद्ध मृतकको समूहसँग बदला लिने कुरामा यिनको घरमा सरसल्लाह छलफल भएको कुरा पुष्टि भइरहेको देखिन्छ । यसबाट यी पुनरावेदक आफू घाइते भए पनि कुनै न कुनै रुपमा मृतक विष्णु लिम्बूको हत्यामा संलग्न भएको तथ्य स्थापित भएको छ 

२६. अब, यी पुनरावेदकको प्रस्तुत वारदातमा के कस्तो भूमिका रहेको छ र शुरु तथा पुनरावेदन अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने भनी भएको फैसला मिलेको छ छैन सोतर्फ विचार गर्दा घटना घटेको दिन बिहान यी पुनरावेदकको घरमा रोशन लिम्बू, जसमान लिम्बू, जन्जु श्रेष्ठ र दीपक राईलगायतका अन्य सहअभियुक्तहरू जम्मा भेला भएको कुरा निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा गरेको बयानबाट पुष्टि भएको छ । यी प्रतिवादी घाइते भई उपचार गराई घरमै रहे बसेको समयमा आफूलाई हेर्न आएका साथीहरूसँग आफूलाई अघिल्लो दिन काट्ने तथा पूर्व रिसइवी भएका विपक्षीहरूलाई व्यक्तिहरूलाई कारवाही गर्ने कुरा भएन होला भनी मान्न सकिँदैन । साथै यसरी छलफल भएको कुरा सहअभियुक्तहरूले स्वीकार नै गरेको अवस्था छ । अन्य सहअभियुक्तहरूको अदालतमा समेत बयान, संकलित अन्य प्रमाण तथा मिसिल संलग्न तथ्यबाट यी प्रतिवादीसमेत संलग्न भई मृतकसमेतको समूहलाई काट्ने विषयमा छलफल सरसल्लाह गरी आवश्यक पर्ने हतियारको जोहो समेत गरी कार्यरुप दिएको पुष्टि हुन्छ । यसरी यी पुनरावेदक प्रतिवादीले घाइते अवस्थामा घरमा नै बसी अन्य साथीहरूलाई बोलाई विपक्षी समूहसँग कसरी बदला लिने भन्ने आफ्नो नेतृत्वमा सरसल्लाह गरी आफू छायाँमा बसी खुकुरी, तरवार जस्ता घातक हतियार र जनशक्तिको व्यवस्थापन गरी काट्न मार्न लगाएको कसूर गरेको देखिन आयो 

२७. उपरोक्त विवेचनाबाट प्रष्फुटित यी पुनरावेदक प्रतिवादीले गरेको कसूर मुलुकी ऐन, ज्यानसम्बन्धी महलमा उल्लिखित कसूरमध्ये कुन कसूरमा सामिप्यता राख्दछ भनी विवेचना गर्नुपर्ने देखियो । पुनरावेदक प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूउपर ज्यानसम्बन्धीको १३(४) नं. को अभियोग मागदावी रहेको देखिन्छ । वारदातस्थलमा यी प्रतिवादीको प्रत्यक्ष भौतिक उपस्थिति (Physical Presence) रहेको देखिँदैन । यस स्थितिमा उक्त कानूनी व्यवस्था हेर्दा उक्त दफामा जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गई मार्नालाई संयोग पारिदिनानिमित्त मर्ने मानिसको जीउमा हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । कसूरको यस अवस्थाका सम्बन्धमा सार्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अवलोकन गर्दा ज्यानसम्बन्धीको १३(४) नं. को कसूर कायम हुनका लागि वारदातस्थलमा उपस्थित भई ज्यान मार्नका लागि वचन दिएको वा वारदातस्थलमा उपस्थित भई मार्नलाई संयोग पारिदिन मर्ने मानिसको जीउमा हात हाली समाउने वा पक्रने कार्य गरेको तथ्य स्थापित हुनुपर्ने देखिन आउँछ समेत भनी गणेश पण्डित बिरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा (स.अ. बुलेटिन, २०६८, मंसिर, पृष्ठ. ३) भौतिक उपस्थितिको अनिवार्यतालाई इङ्गित गरी यस अदालतबाट व्याख्यान भएको हुँदा यस सम्बन्धमा थप विवेचना गरिरहन परेन । मिसिल अध्ययन गर्दा वारदातका समयमा यी पुनरावेदक प्रतिवादी वारदातस्थलमा उपस्थित नरही अघिल्लो दिनको घटनामा घाइते भई उपचार गराई घाइते अवस्थामा घरमै रहेको भन्ने तथ्य विवादरहित रुपमा स्थापित भएको पाइन्छ । निज वारदातस्थलमा उपस्थित भएको भन्ने कसैबाट शंकासम्म पनि व्यक्त गरेको पाइँदैन । निज स्वयम वारदातस्थलमा अनुपस्थित रहेको स्थितिमा निजउपरको ज्यानसम्बन्धीको १३(४) नं. को आरोपित कसूर स्थापित हुनसक्ने देखिएन । तथापि यी पुनरावेदक प्रतिवादीको मृतकको समूहसँग पूर्व रिसइवी रहेको र वारदात हुनुभन्दा एकदिन अगाडि नै मृतकको समूहबाट सांघातिक आक्रमण भएको कारण मृतकलाई काट्ने मनसाय राखी योजना बनाई जन्जु श्रेष्ठ समेतका अन्य प्रतिवादीहरूसँग सरसल्लाह गरी मृतकको समूहसँग बदला लिन र आफ्नो मार्ने उद्देश्य पूरा गर्न हातहतियार समेतको व्यवस्था मिलाई दिएको देखियो । निजको प्रस्तुत कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको १६ नं. मा परिभाषित गरेअनुसारको ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षडयन्त्र गरी ज्यान मार्ने काम गर्न लगाएको कसूरअनुसारको भएको सिद्ध हुन आयो । यसर्थ यी प्रतिवादीको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. को कसूरमा जन्मकैद सजाय हुने ठहर गरेको शुरू सुनसरी जिल्ला अदालतको फैसला केही उल्टी भै ज्यानसम्बन्धीको महलको १६ नं. बमोजिम १० वर्ष कैद सजाय हुन्छ । अभियोग दावीबाट सफाइ पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्दैन 

२८. अव ज्यानसम्बन्धी महलको १७(२) बमोजिम ५ वर्ष कैद अर्थात् समान सजाय भएको सार्के तामाङ, अमित आलेमगर, कुशल राई र सुमन लिम्बूलाई गरेको सजाय मिलेको नहुँदा यी प्रतिवादीहरूलाई पनि ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम नै सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर रहेतर्फ विवेचना गर्दा सर्वप्रथम प्रतिवादी सार्के भन्ने सारक तामाङ मौकामा फरार रही अदालतमा आई बयान गर्दा वारदातको दिन काठमाडौँमा रहेको भनी कसूरमा इन्कार रहेको देखिन्छ । अदालतमा बयान गर्दा जाहेरवाला र मृतकलाई नचिनेको र जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक, जसमान र मोहितलाई चिन्दछु, किन पोल गरे थाहा छैन भनी बयान गरेको पाइयो । मौकामा बयान गर्ने सहअभियुक्त जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू तथा मोहित मगरले यी प्रतिवादीले पनि हतियार प्रहार गरेको हो भनी बयान गरेको पाइन्छ भने यी प्रतिवादीले आफू घटना घटेको दिन काठमाडौँमा रहेको भनी अदालतमा अन्यत्र रहे भएको (Alibi) जिकीर लिएका छन् । तर, सोको यथार्थता पुष्टि हुने कुनै प्रमाण पेश गर्न सकेको पाइँदैन । यस स्थितिमा अन्य स्वतन्त्र प्रमाणद्वारा वारदातमा यी प्रतिवादीको संलग्नता छ छैन भनी सूक्ष्म रुपमा मनन् गर्दा प्रत्यक्षदर्शी नैना राई, मनोज श्रेष्ठ तथा गौतम श्रेष्ठले मौकामा एवं अदालतमा समेत यी प्रतिवादीको नाम कतै पनि उल्लेख गर्न सकेका छैनन् । तर, अर्का प्रत्यक्षदर्शी इन्द्रबहादुर लिम्बूले यी प्रतिवादी पनि संलग्न थिए भनी मौकामा कागज गरेका छन् त्यसै गरी सहअभियुक्तहरू मोहित मगर र रोशन लिम्बूले अदालतमा समेत यी प्रतिवादी वारदातमा संलग्न रहेको भनी पोल गरेको देखिँदा यी प्रतिवादीले लिएको अन्यत्र रहे भएको जिकीर पुष्ट्याँइ हुन नआई वारदातमा संलग्न रहेको देखिन आयो । यसबाट यी प्रतिवादी समेत उक्त वारदातमा संलग्न भई मृतकलाई मार्ने काट्ने कार्यमा लागेको भन्ने सहअभियुक्तहरू रोशन लिम्बू र मोहित मगर, मौकामा कागज गर्ने महल लिम्बू एवं इन्द्रबहादुर लिम्बूको भनाईबाट पुष्टि हुन्छ । तर, यी प्रतिवादीले के कुन हतियारले हाने भन्ने तथ्यगत तवरबाट पुष्टि हुन सकेको छैन । अनुसन्धानको क्रममा कागज गर्ने तथा अदालतमा बयान गर्ने तथा बकपत्र गर्ने कसैले पनि यी प्रतिवादीले यो यस्तो हतियारले आक्रमण गरेको हो भनी भन्न सकेको पाइदैन । यसबाट यी प्रतिवादी वारदातस्थलमा समूहमा गएको तथा मृतकलाई भाग्न उम्कन नपाउने किसिमले घेरा हाल्ने, छेक्ने कार्यमा संलग्न भई मार्नेसम्मको संयोग पार्ने कार्य अर्थात् सहयोगीको भूमिका निर्वाह गरेको देखिन आएकाले सो कसूरमा ज्यानसम्बन्धी १७(२) नं. बमोजिम ५ (पाँच) वर्ष कैद गरेको निर्णयलाई अन्यथा भन्न मिलेन । ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसूर पुष्टि हुन नआएकाले ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन 

२९. अर्का प्रतिवादी अमित आलेमगर अनुसन्धानको क्रममा सावित भई अदालतमा इन्कार रहेका छन् । अदालतमा बयान गर्दा अरु प्रतिवादीहरू भागेर आउँदा के रहेछ भनी हेर्न जाँदा प्रहरीले समात्छ कि भनी भागो, मैले हानेको होइन भनेका छन् । तर सहअभियुक्त जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू र मोहित मगरले अनुसन्धानको क्रममा यी प्रतिवादीले पनि हतियारले हानेको हो भनी पोल गरेका र अर्का सहअभियुक्त राजकुमार राईले अदालतमा बयान गर्दा अमित आलेमगर पनि वारदातमा संलग्न रहेको भनी पोल गरेको देखिन्छ । साथै मौकामा कागज गर्ने प्रत्यक्षदर्शी महल लिम्बू र वीरबहादुर लिम्बूले जाहेरीमा उल्लिखित जन्जु श्रेष्ठ समेतका व्यक्तिहरूले मृतकलाई काटेको हो भनी लेखाएको देखिन्छ । जाहेरी दरखास्तमा यी प्रतिवादीको नाम किटान गरी पोल गरेको अवस्थामा शंका गर्नुपर्ने ठाउँ देखिदैन । यसबाट यी प्रतिवादी वारदातमा संलग्न रहेनछन् भनी मान्न सकिएन । अब, मृतकलाई मार्ने कार्यमा यी प्रतिवादीले के कस्तो आपराधिक भूमिका खेलेका छन् भन्नेतर्फ विचार गर्दा मौकामा कागज गरी अदालतमा समेत बकपत्र गर्ने व्यक्तिहरू नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले यी प्रतिवादीले यो कार्य गरे भनी लेखाउन सकेको पाइँदैन । धेरैजना व्यक्तिहरू सामेल रहेको वारदातमा कतिपय अवस्थामा प्रत्येक व्यक्तिको कार्य हुबहु देख्न पनि सम्भव हुँदैन । तर, उपरोक्त व्यक्तिहरूको भनाइलाई दृष्टिगत गर्दा वारदातमा संलग्न भएको कुरालाई इन्कार गर्न पनि सकिँदैन । अदालतमा आई बयान गर्ने सहअभियुक्त राजकुमार राईले यी प्रतिवादीको पनि वारदातमा संलग्नता रहेको भनेको, तर यो यस्तो हतियारबाट मृतक माथि प्रहार गरेको भन्ने खुलाउन नसकेबाट यी प्रतिवादी पनि अन्य सहअभियुक्तहरू सँगै वारदातस्थलमा गई मृतकलाई भाग्न उम्कन नदिने गरी घेरा हाली मृतकलाई मार्न आपूmसँगै गएका अरु साथीहरूलाई संयोग मिलाउने कार्य गरेको पुष्टि हुन आयो । यी प्रतिवादीले मृतकलाई हतियारसमेतले प्रहार गरेको भन्ने कसैबाट खुल्न नआएकोले अभियोग दावी पुष्टि हुने अकाट्य आधार देखिएन । तर, वारदातस्थलमा उपस्थित भई मृतकलाई घेरा हाली भाग्न उम्कन नसक्ने अवस्था सिर्जना गरी मार्न संयोग पारी सहयोगीको भूमिका निर्वाह गरेको देखिन आयो । यसर्थ प्रस्तुत वारदातमा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (२) नं. मा वर्णित कसूरमा ५ (पाँच) वर्ष कैद गर्ने गरेको सजाय अन्यथा देखिन आएन । यी प्रतिवादीउपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर निरर्थक देखिँदा पुग्न सक्दैन 

३०. अर्का प्रतिवादी कुशल राई अनुसन्धानको क्रममा फरार रहेकोमा अदालतमा बयान गर्दा कसूरमा इन्कार रहेको पाइन्छ । अदालतमा बयान गर्दा वारदातको दिन म घरमै थिएँ । प्रतिवादी जन्जु, जसमान, सुमन, अमित र दिवस साथी भएकाले पोल गरेको हुनुपर्छ, मैले अपराध गरेको छैन भनी बयान गरेका छन् । अनुसन्धानको क्रममा बयान गर्ने सहअभियुक्त जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू र मोहित मगरले अनुसन्धानको क्रममा यी प्रतिवादीले पनि हतियारले हानेको हो भनी पोल गरेको र अदालतमा बयान गर्दा सहअभियुक्त मोहित मगरले यिनको संलग्नता रहेको भनी पोल गरेको देखिन्छ । साथै मौकामा कागज गर्ने प्रत्यक्षदर्शी नैना राईले यी प्रतिवादीले पनि हतियार बोकेको भनी पोल गरे पनि अदालतमा भने वारदातमा संलग्न रहेको भनी बकपत्र गरेकी छिन् । अर्का प्रत्यक्षदर्शी महल लिम्बूले अनुसन्धानको क्रममा कागज गर्दा जाहेरीमा उल्लिखित जन्जु श्रेष्ठ समेतका व्यक्तिहरूले मृतकलाई काटेको हो भनी कागज गरे पनि यी प्रतिवादीको नाम किटानीसाथ उल्लेख गर्न सकेका छैनन् । जाहेरी दरखास्तमा यी प्रतिवादीको पनि नाम किटान गरी पोल गरेको अवस्था छ । जाहेरी स्वयम्मा एक स्वतन्त्र प्रमाण नभए पनि सोमा उल्लिखित तथ्यलाई अन्य संकलित स्वतन्त्र प्रमाणले समर्थन गरेको देखिँदा वारदातमा निजको उपस्थिति थिएन भनी मान्ने अवस्था देखिएन । अव, मृतकलाई मार्ने कार्यमा यी प्रतिवादीको के कस्तो आपराधिक भूमिका रहेको छ भन्नेतर्फ विवेचना गर्दा मौकामा कागज गरी अदालतमा समेत बकपत्र गर्ने व्यक्तिहरू नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले यी प्रतिवादीले यो कार्य गरे भनी लेखाउन सकेको पाइँदैन । धेरैजना व्यक्तिहरू सामेल रहेको वारदातमा प्रत्येक व्यक्तिको एकएक क्रिया सूक्ष्म रुपमा चित्रण गर्न सम्भव पनि हुँदैन । तर, वारदातमा संलग्न भएको कुरा पुष्टि भएको हुँदा यी प्रतिवादी अन्य सहअभियुक्तहरू सँगै वारदातस्थलमा गई मृतकलाई भाग्न उम्कन नदिने गरी घेरा हाली मृतकलाई मार्न आपूmसँगै गएका अरु साथीहरूलाई संयोग मिलाउने कार्यमा संलग्न भएको पुष्टि हुन आयो । मृतकलाई हतियार समेतले प्रहार गरेको भन्ने वस्तुगत आधारमा पुष्टि हुन नआएकोले अभियोग दावी पुष्टि हुने आधार देखिएन । तर, वारदातस्थलमा उपस्थित भई मृतकलाई घेरा हाली भाग्न उम्कन नसक्ने अवस्था सिर्जना गरी मार्न संयोग पारी सहयोगीको भूमिका निर्वाह गरेको पुष्टि भएकाले प्रस्तुत वारदातमा यी प्रतिवादी कुशल राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. मा वर्णित कसूरमा ५ (पाँच) वर्ष कैद गर्ने गरेको सजाय अन्यथा देखिन आएन । ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन 

३१. अर्का प्रतिवादी विजय भन्ने सुमन लिम्बूको सम्बन्धमा विचार गर्दा यी प्रतिवादी अनुसन्धानको क्रममा फरार रहेकोमा अदालतमा उपस्थित भई बयान गर्दा अन्यत्र रहे भएको जिकीर (Alibi) लिई कसूरमा इन्कार रहेका छन् । अदालतमा बयान गर्दा वारदातको दिन काठमाडौँमा थिएँ, जाहेरवाला, मृतक एवं प्रतिवादीहरूलाई चिन्दिन, को कसले मारे थाहा छैन मलाई किन पोल गरे थाहा छैन भनी बयान गरेको देखिन्छ । मौकामा बयान गर्ने सहअभियुक्त जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू तथा मोहित मगरले यी प्रतिवादीले पनि हतियार बोकेको र प्रहार गरेको हो भनी बयान गरेका छन । यी प्रतिवादीले आफू घटना घटेको दिन काठमाडौँमा रहेको भनी जिकीर लिए पनि वस्तुनिष्ठ रुपमा सो पुष्टि हुने कुनै प्रमाण पेश गरेका छैनन् । तसर्थ स्वतन्त्र रुपमा प्रमाणद्वारा समर्थित नभएकोले अन्यत्र रहे भएको कथन निराधार देखिन आयो । यस स्थितिमा अन्य स्वतन्त्र प्रमाणद्वारा वारदातमा संलग्न रहे नरहेको भन्ने विश्लेषण गरी निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा मौकामा कागज गर्ने प्रत्यक्षदर्शी नैना राई, महल लिम्बू, मनोज श्रेष्ठ तथा गौतम श्रेष्ठले मौकामा कागज गर्दा वारदातमा संलग्न रहेको भनी लेखाई अदालतमा समेत यी प्रतिवादीको संलग्नता देखाएका छन् । त्यसै गरी सहअभियुक्तहरू मोहित मगर, राजकुमार राई र रोशन लिम्बूले समेत अदालतमा बयान गर्दा यी सुमन लिम्बू वारदातमा संलग्न रहेको भनी पोल गरेको अवस्था हुँदा यी प्रतिवादीले लिएको अन्यत्र रहे भएको जिकीर पुष्टि हुन आएन । यी प्रतिवादी समेत उक्त वारदातमा संलग्न रहेको तथ्य सहअभियुक्तहरू राजकुमार राई, रोशन लिम्बू र मोहित मगर तथा मौकामा कागज गरी अदालतमा समेत आई बकपत्र गर्ने नैना राई, मनोज श्रेष्ठ, महल लिम्बू एवं गौतम श्रेष्ठको भनाईबाट पुष्टि हुन्छ । यसको अलावा आफ्नो दाजु श्रीप्रसाद भन्ने पूर्णबहादुरलाई अघिल्लो दिन मृतक समेतको समूहले आक्रमण गरी घाइते बनाएकोमा सोको बदला लिने कार्यमा सहभागी भएनन् होला भनी मान्न नसकिने हुँदा समेत प्रस्तुत वारदातमा यी प्रतिवादी संलग्न रहेनछन् भनी मान्न सकिएन । अव, मृतकलाई मार्ने कार्यमा यी प्रतिवादीको के कस्तो आपराधिक भूमिका रहेको छ भन्नेतर्फ हेर्दा मौकामा कागज गरी अदालतमा समेत बकपत्र गर्ने व्यक्तिहरू नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले यी प्रतिवादी वारदातमा संलग्न रहेको भनी खुलाए पनि यो यस्तो कार्य गरे भनी लेखाउन सकेको पाइँदैन । तर, वारदातमा संलग्न भएको कुरा पुष्टि भै सकेको हुँदा यी प्रतिवादी अन्य सहअभियुक्तहरू सँगै वारदातस्थलमा गई मृतकलाई भाग्न उम्कन नदिने गरी घेरा हाली मृतकलाई मार्न आपूmसँगै गएका अरु साथीहरूलाई संयोग पारिदिने कार्यमा संलग्न भएको पुष्टि हुन आयो । मृतकलाई हतियारसमेतले प्रहार गरेको भन्ने वस्तुगत आधारमा पुष्टि हुन नआएकोले अभियोग दावी पुष्टि हुने आधार देखिएन । तर वारदातस्थलमा उपस्थित भई मृतकलाई घेरा हाली भाग्न उम्कन नसक्ने अवस्था सिर्जना गरी मार्न संयोग पारिदिएको देखिन आएकाले प्रस्तुत वारदातमा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (२) नं. मा वर्णित कसूरमा ५ (पाँच) वर्ष कैद गर्ने गरेको सजाय अन्यथा देखिन आएन । ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन 

३२. प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङलाई शुरु तथा पुनरावेदन अदालतबाट ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद गरेको मिलेको छैन । निजलाई १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुनुपर्छ भन्ने नेपाल सरकारको र मृतकलाई मार्ने कार्यमा म संलग्न नभएकाले पूर्ण सफाइ पाउनुपर्छ भन्ने निजको पुनरावेदन सम्बन्धमा विचार गर्दा यी प्रतिवादी अनुसन्धानको क्रममा फरार रहेकोमा अदालतमा उपस्थित भई बयान गर्दा कसूरमा इन्कार रहेका छन् । अदालतमा बयान गर्दा वारदातको दिन काठमाडौँमा थिएँ । जाहेरवाला, मृतकलाई चिन्दिन, प्रतिवादीमध्येको राजकुमार राईलाई मात्र चिन्दछु, को कसले मारे थाहा छैन, मोहित मगरलाई म चिन्दिन निजले मलाई किन पोल गरे थाहा छैन भनी कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । मौकामा बयान गर्ने सहअभियुक्त जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू तथा मोहित मगरले यी प्रतिवादीले पनि हतियार बोकेको र प्रहार गरेको हो भनी बयान गरेका छन् । यी प्रतिवादीले घटना घटेको दिन आफू काठमाडौँमा रहेको भनी अन्यत्र रहे भएको जिकीर लिए पनि सो पुष्टि हुने कुनै प्रमाण पेश गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा अन्य स्वतन्त्र प्रमाणद्वारा वारदातमा संलग्न रहे नरहेको भन्ने तर्फ विचार गर्नुपर्ने हुन आयो । प्रत्यक्षदर्शी महल लिम्बू र इन्द्रबहादुर लिम्बूले मौकामा कागज गर्दा वारदातमा संलग्न रहेको भनी लेखाई यी प्रतिवादीको संलग्नता देखाएको पाइन्छ । त्यसै गरी सहअभियुक्तहरू मोहित मगर र रोशन लिम्बूले अदालतमा बयान गर्दा समेत यी प्रतिवादी राजकुमार तामाङ वारदातमा संलग्न रहेको भनी पोल गरेको अवस्था हुँदा वारदातको दिन काठमाडौँमा रहेको भनी यी प्रतिवादीले लिएको अन्यत्र रहे भएको को जिकीर पुष्टि हुन आएन । यी प्रतिवादी समेत उक्त वारदातमा संलग्न रहेको तथ्य सहअभियुक्तहरू रोशन लिम्बू र मोहित मगरको अदालतमा भएको बयान समेतबाट पुष्टि हुन्छ । उपरोक्त तथ्यबाट प्रस्तुत वारदातमा यी प्रतिवादी संलग्न रहेनछन् भनी मान्न सकिएन । अव, मृतक विष्णु लिम्बूलाई मार्ने कार्यमा यी प्रतिवादीको के कस्तो आपराधिक भूमिका रहेको छ भन्नेतर्फ हेर्दा मौकामा कागज गरी अदालतमा समेत बकपत्र गर्ने व्यक्तिहरू नैना राई, मनोज श्रेष्ठ र गौतम श्रेष्ठले यी प्रतिवादीको नाम उल्लेखन गर्न सकेको पाइँदैन । अदालतमा बयान गरी पोल गर्ने सहअभियुक्तहरू रोशन लिम्बू तथा मोहित मगरले यी प्रतिवादीको संलग्नता देखाए पनि यो यस्तो कार्य गरे भनी स्पष्ट रुपमा खुलाउन सकेको देखिँदैन । उपरोक्त तथ्य एवं सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू र मोहित मगर समेतले गरेको पोल, प्रत्यक्षदर्शीहरू नैना राई, गौतम श्रेष्ठ, मनोज श्रेष्ठले गरेको कागज तथा बकपत्रमा व्यक्त गरेको भनाई हेर्दा वारदातमा यी प्रतिवादी राजकुमार तामाङको संलग्नता प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, अमित आले मगर, कुशल राई, विजय भन्ने सुमन लिम्बूको भूमिका समान अवस्था रहेको देखिन्छ । निजहरूको भन्दा बढी वा फरक आपराधिक कार्य यी प्रतिवादीबाट भएको कतैबाट पुष्टि हुन आएन । यसबाट यी प्रतिवादी पनि अन्य सहअभियुक्तहरू सँगै वारदातस्थलमा गई मृतकलाई भाग्न उम्कन नदिने गरी घेरा हाली मृतकलाई मार्न आफूसँगै गएका अरु साथीहरूलाई संयोग मिलाउने कार्यमा संलग्न भएको अर्थात् सहयोगीको भूमिका निर्वाह गरेकोसम्म पुष्टि हुन आयो । वारदातमा संलग्न अन्य अभियुक्तहरू, प्रत्यक्षदर्शी तथा अनुसन्धानबाट यी प्रतिवादीले मृतकलाई हतियार समेतले प्रहार गरेको भन्ने वस्तुगत आधारमा पुष्टि हुन सकेको पाइएन । तसर्थ उपरोक्त तथ्यबाट यी प्रतिवादीउपर लिएको मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. को अभियोग दावी कानूनसंगत देखिएन 

३३. संक्षेपमा प्रस्तुत वारदातमा यी प्रतिवादीको भूमिका प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, अमित आलेमगर, कुशल राई र विजय भन्ने सुमन लिम्बूको भूमिकासँग समान रहेको पुष्टि हुन आई वारदातस्थलमा उपस्थित भई मृतकलाई घेरा हाली भाग्न उम्कन नसक्ने अवस्था सिर्जना गरी मार्न संयोग पारिदिएको मात्र देखिन आएको र मृतकलाई हतियारले प्रहार गरेको भन्ने पुष्टि नभएकाले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने भनी शुरुले गरेको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेको देखिएन । वारदातमा यी प्रतिवादी राजकुमार तामाङको भूमिका प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, अमित आलेमगर, कुशल राई र विजय भन्ने सुमन लिम्बूको भूमिकासँग समान प्रकृतिको भै समान भूमिका निर्वाह गरेको पुष्टि भएकाले पुनरावेदन अदालतको फैसला केही उल्टी भई उपरोक्त प्रतिवादीहरू सरह मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ (२) नं. मा वर्णित कसूरमा ५ (पाँच) वर्ष कैद हुन्छ । ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको तथा अभियोग दावीबाट पूर्ण उन्मुक्ति पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्दैन 

३४. प्रतिवादी सुरज राईको सम्बन्धमा विचार गर्दा यी प्रतिवादी समेत मृतक विष्णु लिम्बूलाई हतियार प्रहार गरी कर्तब्य गरी मार्ने कार्यमा संलग्न रहेकोले ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भनी अभियोग पेश गरेकोमा १७(३) नं. बमोजिम सजाय गरेको मिलेको छैन भनी वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको देखिन्छ । मौकामा पक्राउ परी बयान गर्दा यी प्रतिवादी कसूरमा सावित भएका छन्, तर अदालतमा बयान गर्दा दिवसले तरवार लिन राजकुमार राई कहाँ पठाएकोमा तरवार लिएर आउँदा साथीहरूले मृतकलाई काटिसकेका थिए, मृतकलाई अस्पताल लैजादै थिए, मैले हानेको होइन भनी बयान गरेको देखिन्छ । सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू, अमित आलेमगर र मोहित मगरले समेत अनुसन्धानको क्रममा बयान गर्दा यी प्रतिवादीलाई पोल गरेको पाइन्छ भने अदालतमा बयान गर्दा भने सहअभियुक्तहरू राजकुमार राई र रोशन लिम्बूले मात्र पोल गरेको र सोमा पनि मतसल्लाहमा समावेश भएको मात्र भनेको देखिन्छ । जाहेरी दरखास्तमा यी प्रतिवादीको नाम स्पष्ट रुपमा किटान गरेको र मौकामा कागज गर्ने प्रत्यक्षदर्शी स्वतन्त्र व्यक्तिहरूले जाहेरीमा उल्लिखित सबै व्यक्तिहरू संलग्न रहेको भनी लेखाइदिएको देखिन आउछ । मौकामा कागज गर्ने सरस्वती राईका अनुसार यी प्रतिवादी घटना घटेको भोलिपल्ट अन्य सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, मोहित मगर, दीपचन्द्र राई र जसमान लिम्बूसहित अर्का प्रतिवादी राजकुमार राईको घर कोठाबाट पक्राउ परेका छन् । यसबाट यी प्रतिवादी अरु प्रतिवादीहरू सँगै वारदातमा संलग्न भई राजकुमार राईको घरमा लुकेर बसेको देखिन्छ । तसर्थ उक्त वारदातमा यी प्रतिवादीको प्रत्यक्ष संलग्न रहेको नदेखिए पनि अप्रत्यक्ष रुपमा संलग्न रहेकोमा विवाद भएन 

३५. अव, उक्त वारदातमा यी प्रतिवादीको भूमिका के रहेछ भनी मूल्याङ्कन गर्दा मौकामा कागज गर्ने प्रत्यक्षदर्शीहरू नैना राई, महल लिम्बू, नुमीता लिम्बू, वीरबहादुर लिम्बू र इन्द्रबहादुर लिम्बूले समेत यी प्रतिवादीको नाम उल्लेख गर्न सकेको देखिँदैन । न त उनीहरूले अदालतमा नै आई यी प्रतिवादीको नाम भन्न सकेका छन् । यी प्रतिवादी सँगै पक्राउ परेका सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, मोहित मगर, दीपचन्द्र राई र जसमान लिम्बूले अदालतमा बयान गर्दा यी प्रतिवादीको नाम उल्लेख गरी वारदातमा संलग्न रहेको भनी पोल गर्न सकेका छैनन् । अदातलमा बयान गर्दा राजकुमार राई र रोशन लिम्बूले मात्र यी प्रतिवादी पनि संलग्न रहेको भनेका छन् तापनि यिनले के कस्तो कार्य गरेको भनी भन्न नसकी मौन रहेको पाइन्छ । यी प्रतिवादीसमेत पक्राउ पर्दा बरामद गरिएका सबै छ थान हतियार वारदातमा प्रयोग भए नभएको कुरा यकीन गरिएको अवस्था छैन । ती छ थान हतियारमध्ये एक थान यी प्रतिवादीको भएको कुरा यी प्रतिवादीले स्वीकारै गरेका छन्, तर आपूm हतियार लिएर घटनास्थल पुग्दा अरुले काटी सकेका रहेछन् भनी बयान गरेको अवस्था छ । यसरी आपूmले हतियार प्रहार नगरेको भनी अदालतमा जिकीर लिएको, सँगै पक्राउ परेका सहअभियुक्तहरूले अदालतमा बयान गर्दा किटानी पोल नगरेको, अर्का प्रतिवादी रोशन लिम्बू र राजकुमार राईले पनि संलग्न रहेको मात्र भनी बयान गरेको अवस्थामा जाहेरवालीले जाहेरी समर्थन गर्दै बकपत्र गरेको कारणले मात्र अन्य स्वतन्त्र प्रमाणको अभावमा अभियोग दावीअनुसार यी प्रतिवादीले पनि हतियार प्रहार गरेको भनी मान्न मिल्ने देखिएन । उपरोक्त विवेचित तथ्यबाट यी प्रतिवादी मृतक विष्णु लिम्बूलाई आपूmले समेत हतियार प्रहार गरी मार्ने कार्यमा संलग्न भएको पुष्टि नभए पनि काट्ने मार्ने मतसल्लाहमा सामेल भई वारदातस्थल सम्म गएको र घटनापछि अन्य मुख्य अभियुक्तहरू सँगै लुकेर बसेको देखियो । अभियोजन पक्षको अनुसन्धान, सहअभियुक्तहरूको कथन तथा प्रत्यक्षदर्शीहरू कसैको भनाइबाट यी प्रतिवादीबाट हतियार प्रहार भएको पुष्टि हुन आएन । तसर्थ शुरु सुनसरी जिल्ला अदालतबाट मतियारको कसूरमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम एक वर्ष आठ महिना कैद सजाय गरेको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेकै देखियो । यी प्रतिवादीको हकमा स्ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन 

३६. शुरु तथा पुनरावेदन अदालतबाट ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम नै सजाय गरिएका अर्का प्रतिवादी कान्छी भन्ने दीपचन्द्र राईलाई गरिएको सजाय मिलेको छैन, निजलाई पनि ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन सम्बन्धमा विचार गर्दा यी प्रतिवादी समेत घटना घटेको भोलिपल्ट विहान जन्जु श्रेष्ठ, दीपक राई, मोहित मगर, दीपचन्द्र राई र जसमान लिम्बूसहित अर्का प्रतिवादी राजकुमार राईको घर कोठाबाट पक्राउ परेका छन् । अनुसन्धानको क्रममा बयान गर्दा यी प्रतिवादीले समूहसँग मतसल्लाह भएको, वारदातस्थलमा गएको, पूर्णबहादुरले मार्न वचन तथा हतियार दिएको तर मेरो हात घाइते भएकाले मैले हतियार प्रहार गरिन भनी बयान गरेका छन् भने अदालतमा बयान गर्दा आफू  वारदातस्थलमा नै नगएको भनी बयान गरेका छन । तर सहअभियुक्तहरू जन्जु श्रेष्ठ, दीपक राई, जसमान लिम्बू र मोहित मगरले तथा प्रत्यक्षदर्शी नैना राई र बीरबहादुर लिम्बूले यी प्रतिवादीसमेत वारदातमा संलग्न भएको भनी पोल गरेबाट एवं अरु अभियुक्तहरू सँगै राजकुमार राईको कोठामा लुकेर बसेको अवस्थामा पक्राउ परेबाट उक्त वारदातमा यी प्रतिवादीको उपस्थिति रहेनछ भनी मान्न मिल्ने देखिएन 

३७. यी प्रतिवादीको मृतक विष्णु लिम्बूलाई मार्ने कार्यमा के कस्तो संलग्नता रहेको छ भनी हेर्दा यसरी मौकामा इन्कार रहेपछि अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गराउनु पर्नेमा अभियोजन पक्षबाट सो गरेको देखिँदैन भने अदालतमा बयान गर्दा अन्य सहअभियुक्तहरूले यी प्रतिवादीको संलग्नता रहेको कुरा खुलाउन सकेको देखिँदैन । मौकामा कागज गरी अदालतमा बकपत्र गर्ने प्रत्यक्षदर्शी नैना राईले यी प्रतिवादीको संलग्नता रहेको भने पनि के कुन कार्य गरी मृतकलाई मार्न उन्मूख थिए सो वास्तविकता खुलाउन सकेको पाइँदैन । यसरी मौकामा बयान गर्दा साथै गएको, तर हतियार प्रहार नगरेको भनी कसूरमा इन्कार रहेकोमा पनि अन्य स्वतन्त्र प्रमाणद्वारा पुष्टि गर्न नसकेको, अन्य सहअभियुक्तहरू लगायत मौकामा कागज गर्ने प्रत्यक्षदर्शीहरूले अदालतमा बयान बकपत्र गर्दा यी प्रतिवादीले यो यस्तो कार्य गरेको भनी स्पष्ट खुलाई पोल गर्न सकेको नदेखिएकाले यी प्रतिवादीको हकमा मुख्य अभियुक्तको कसूर प्रमाणित हुन आएन । तर, मृतक विष्णु लिम्बूलाई मार्ने मतसल्लाहमा बसी अन्य अभियुक्तहरू सँगै वारदातस्थलमा गएको देखियो । अभियोजन पक्षको अनुसन्धान, सहअभियुक्तहरूको कथन तथा प्रत्यक्षदर्शीहरू कसैको भनाईबाट पनि यी प्रतिवादीबाट हतियार प्रहार भएको भन्ने पुष्टि हुन आएन । तसर्थ, शुरु सुनसरी जिल्ला अदालतबाट मतियारको कसूरमा ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम एक वर्ष आठ महिना कैद सजाय गरेको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला मिलेकै देखियो । यी प्रतिवादीको हकमा समेत ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन 

३८. अब, अभियोगपत्रमा प्रतिवादी बनाइएका दिवस लिम्बूको सम्बन्धमा विचार गर्दा यी प्रतिवादी उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुन माग दावी लिएको देखिन्छ । शुरुले ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजाय हुने भनी गरेको फैसला पुनरावेदन, अदालत विराटनगरबाट सदर भएउपर १३(१) नं. बमोजिम सजाय हुनुपर्ने भनी वादी नेपाल सरकार र अभियोग लगाइएको व्यक्ति आफू नहुँदा पूर्णरुपेण सफाइ पाउनु पर्छ भनी यी प्रतिवादीको पुनरावेदन प्रस्तुत हुन आएको देखिन्छ । यसमा यी पुनरावेदकले घटनामा संलग्न भनिएको व्यक्ति नै म होइन, मेरो ठेगाना तथा उमेर प्रतिवादी बनाइएको व्यक्तिसँग मिल्दैन भनी जिकीर लिएको अवस्था हुँदा यी पुनरावेदक र अभियोग लगाइएका प्रतिवादी एकै व्यक्ति हुन होइनन् भन्ने पहिचानको मूल प्रश्न (Question of Identity) उपस्थित भएकाले सो तर्फ विवेचना हुन आवश्यक देखियो 

३९. शुरुमा जाहेरी दरखास्तमा धरान नगरपालिका वडा नं. ७ बस्ने वर्ष १८ को दिवस लिम्बू भनी उल्लेख भएकोमा अभियोग पत्रमा धरान नगरपालिका वडा नं. १७ बस्ने वर्ष १८ को हाल बाबुको नाम खुल्न नआएको दिवस लिम्बू भन्ने वतन उल्लेख गरी माग दावी गरेको पाइन्छ । इलाका प्रहरी कार्यालय धरानले वडा प्रहरी कार्यालयलाई मानिस पक्राउ गर्ने भन्ने च.नं. ९०० मिति २०६०।७।२५ को पत्रमा तथा वडा प्रहरी कार्यालय धरानको च.नं. १५० मिति २०६०।८।३ को मानिस फेला नपरेको भन्ने पत्रमा वडा नं. ७ शान्तिपथ बस्ने दिवस लिम्बू भनिएको र मिति २०६०।९।३ मा सुनसरी जिल्ला अदालतबाट जारी वारेण्टमा धरान १७ बस्ने वर्ष १८ को दिवस लिम्बू भनी म्याद जारी भएको पाइन्छ । सहअभियुक्तहरू दीपक राई, जन्जु श्रेष्ठ, सुजन राई, मोहित मगर, अमित आले मगर, राजकुमार राई तथा रोशन लिम्बूले दिवस लिम्बू वारदातमा संलग्न रहेको, तरवार लिन गएको र तरवारले हानेको भनी अदालतमा बयान गरेका छन् । त्यसै गरी वस्तुस्थिति मुचुल्कामा बस्ने प्रत्यक्षदर्शी इयसर््न्द्रबहादुर लिम्बूले पनि दिवस लिम्बू समेत वारदातमा संलग्न रहेको भनी लेखाएका छन् । यसबाट दिवस लिम्बू नाम गरेको व्यक्ति वारदातमा संलग्न रहेको भन्नेमा विवाद भएन । तर यी पुनरावेदक दिवस लिम्बू नै जाहेरी दरखास्तमा उल्लिखित, अभियोगपत्रमा आरोपित तथा सहअभियुक्तहरूले पोल गरेका दिवस लिम्बू हुन होइनन् भन्ने विवाद उत्पन्न भएको देखिन्छ । यी पुनरावेदकलाई प्रहरीद्वारा पक्राउ गरी धरान नगरपालिका वडा नं. ७ बस्ने दिवस लिम्बू, वर्ष १८ भनी उल्लेख गरी मिति २०६१।६।११ मा अदालतमा बुझाएको तथ्य मिसिल संलग्न पत्रबाट देखिन आउँछ । अदालतमा बयान गर्दा यी पुनरावेदकले मेरो नाम दिवस लिम्बू, बाबुको नाम गोविन्दप्रसाद लिम्बू, घर सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. ३ भानुस्मृति पथमा पर्छ र वर्ष २५ को भएभनी बयान गरेको अवस्था छ । यसरी जाहेरी दरखास्त र अभियोगपत्रमा उल्लेख गरिएको ठेगाना र उमेर भन्दा फरक विवरण उल्लेख गरेको अवस्थामा अभियोजन पक्ष तथा अदालतबाट समेत जाहेरी तथा अभियोगपत्रमा उल्लिखित एवं सहअभियुक्तहरूले पोल गरेको दिवस लिम्बू र प्रहरीले पक्राउ गरी ल्याएका यी पुनरावेदक एउटै व्यक्ति हुन वा होइनन् भनी सनाखत गरी गराई पहिचान गर्नुपर्नेमा सो तर्फ नतः अनुसन्धानकर्ता र अभियोजनकर्ताको ध्यान आकृष्ट भएको देखिन्छ भने नतः अदालत पनि सो विरोधाभासको वास्तविकता निक्र्यौल गर्नेतर्फ उन्मूख भएको पाइन्छ 

४०. अभियोजन पक्षले आफूले अभियोग लगाएको व्यक्तिको तथ्यपरक ढंगले पहिचान गरी अभियोग लगाउनु उसको कर्तव्य तथा दायित्वको सीमाभित्र पर्दछ । हरेक अभियुक्तको बाबुको नाम, स्पष्ट ठेगाना (वडा नं., टोल, घर नं. आदि), उमेर खुलाई अभियोग लगाउनु अभियोजन पक्षको मूलभूत कर्तव्य हो । अभियोग लगाइएको दिवस लिम्बूको हकमा धरान नगरपालिका वडा नं. १७ बस्ने हाल बाबुको नाम थाहा नभएको, वर्ष १८ को दिवस लिम्बू भन्ने उल्लेख गरेर अभियोग पेश गरेकोमा पक्राउ गर्दा धरान नगरपालिका वडा नं. ७ बस्ने दिवस लिम्बूलाई पक्राउ गरी पेश गरिएको छ । अभियोगपत्रमा पूर्व उल्लिखित ठेगाना संशोधनको माग समेत भए गरेको देखिँदैन । एउटै नाम भएका व्यक्ति धेरै जना हुन सक्ने कुरालाई नकार्न नसकिने हुँदा कसूरमा संलग्न व्यक्तिको सही रुपमा पहिचान गरेर मात्र अभियोग लगाउनु अभियोजन पक्षको दायित्व हो । तर, अभियोजन पक्षले यी पुनरावेदकको हकमा निजको नाम, ठेगाना र उमेर स्पष्टसँग यकीन गर्न सकेको देखिन आएन 

४१. यसै गरी वडा नं. ७, धरान बस्ने वर्ष १८ को प्रतिवादी दिवस लिम्बूलाई उपस्थित गराइएको भनी अदालतमा ल्याइएकोमा अदालतले बयान गराउँदा धरान नगरपालिका वडा नं. ३ भानुस्मृति पथमा बस्छु वर्ष २५ को भए भनी यी पुनरावेदकले बयान गरी अभियोग पत्रमा तथा प्रहरीद्वारा उल्लिखित ठेगाना भन्दा फरक ठेगाना र उमेर देखाएपछि अदालत स्वयंले पनि अभियोग लगाइएको व्यक्ति र पक्राउ गरी ल्याएको व्यक्ति एकै हो होइन पहिचान गर्नु पर्दथ्यो । यसका लागि अभियोजन पक्षलाई स्पष्ट गर्न लगाउने वा अन्य सहअभियुक्तहरू वा जाहेरवाला वा प्रत्यक्षदर्शीबाट सनाखत गराउन सक्नु पर्दथ्यो । यी पुनरावेदकको हकमा त्यस्तो कुनै प्रक्रिया अबलम्बन गरी कसूरदार हो होइन भनी पहिचान गर्ने कार्य गरेको देखिँदैन । अभियोगपत्रमा उल्लिखित ठेगाना, उमेर आदि जस्ता वस्तुगत विवरण फरक परेकोमा ती विवरणको साङ्गोपाङ्गो नलगाई केवल नाम मिलेकै आधारमा मात्र कसूरदार ठहर गरी अदालतले आफ्नो उत्तरदायित्व पूणरुपेण पालना नगरेको अवस्थाको प्रतिफल पक्षले व्यहोर्न वाध्य पारिनु न्यायिक मान्यताविपरीत हुन जान्छ 

४२. यी पुनरावेदकले अदालतमा बयान गर्दा बाबुको नाम गोविन्दप्रसाद लिम्बू, ठेगाना धरान नगरपालिका वडा नं. ३, भानुस्मृति पथ र उमेर २५ वर्ष लेखाएकोमा सो कुरा धनकुटा जिल्ला प्रशासन कार्यालयबाट मिति २०५६।५।३१ मा जारी ना.प्र.नं. १७२२÷६ बाट निजको जन्म मिति २०३६।११।२७ देखिएबाट वारदात हुँदाको मिति २०६०।७।१४ मा यी दिवस लिम्बूको उमेर २३ वर्ष नाघी २४ वर्षमा हिडिरहेको देखिएको, मिति २०५७।२।३१ मा जारी मतदाता परिचय नं. २८१५९१४ बाट निजको बाबुको नाम गोविन्दप्रसाद लिम्बू र ठेगाना धरान नगरपालिका वडा नं. ३, भानुस्मृति पथ घर नं. क२९० भन्ने देखिएको, धरान नगरपालिकाबाट मिति २०५३।६।२ मा जारी बसाई सराई प्रमाणपत्रबाट धनकुटा जिल्ला बुढीमोरङ्ग ३ बाट मिति २०४५।२।४ मा धरान नगरपालिका वडा नं. ३ मा बसाई सरी आएको देखिएको तथा यी पुनरावेदकले अध्ययन गरेको विद्यालयबाट जारी प्रमाणपत्रमा धरान नगरपालिका वडा नं. ३ बस्ने भनी ठेगाना उल्लेख गरेबाट यी पुनरावेदकले बयानमा उल्लेख गरेको ठेगाना तथा उमेर नै वास्तविक वतन तथा उमेर रहेछ भनी अदालत विश्वस्त हुनुपर्ने देखियो । यसबाट जोहरी तथा अभियोगपत्रमा उल्लिखित दिवस लिम्बूको नाम मात्र यी पुनरावेदकसँग मिल्न गएको तर ठेगाना, गाउँटोल तथा उमेर मिल्न भिड्न नआई यी व्यक्ति अभियोगपत्रमा प्रतिवादी बनाइएको व्यक्ति भएको पुष्टि हुन आएन 

४३. अभियोग लगाइएको व्यक्तिको पहिचान सही रुपमा हुनुपर्ने र अभियुक्तको पहिचानमा शंका रहेको अवस्थामा सर्वोच्च अदालतबाट त्यस्तो विवादित प्रश्नमा के कस्ता सिद्धान्तहरू प्रतिपादन भएका छन् भनी हेर्दा राजेन्द्र महर्जन विरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा चाकु महर्जनको कुनै यकीनै नगरी हचुवाको भरमा चाकु महर्जन भनी अर्का व्यक्ति यी राजेन्द्र महर्जनलाई अभियोग लगाई कसूरदार बनाएको पाइन्छ । यस्तो प्रतिवादीको सम्बन्धमा यकीन नगर्दा अर्कोलाई मुद्दा चलाउने र सजाय हुन सक्ने अवस्था रहन्छ । यस्तो निश्चितताको अभावमा मुद्दा चलाउन र कसूरदार बनाउन नमिल्ने हुँदा प्रतिवादी राजेन्द्र महर्जनले प्रस्तुत मुद्दाबाट सफाइ पाउने भनी निर्णय भई प्रतिवादीको पहिचानका लागि अभियोजन पक्षलाई निर्देशन समेत जारी गरेको पाइन्छ । (नेकाप २०६३, फागुन, नि.नं. ७७८८, पृष्ठ १४६४) त्यस्तै बिक्रम महर्जन विरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा प्रत्यक्षदर्शी मनोज महर्जन र जाहेरवाला चन्द्र अवाले समेतले अदालतको आदेशानुसार पुनरावेदक बिक्रम महर्जन नै अभियोगपत्रमा उल्लिखित विक्रम महर्जन हुन् भनी यकीन गर्न नसकेको र सहअभियुक्त लेकमान महर्जनले दुपाट बस्ने बिक्रम महर्जन वारदातमा संलग्न रहेको भनी किटानी रुपमा अनुसन्धान अधिकारीसमक्ष बयान गरेको तथा अभियोग पत्रमा उल्लिखित बिक्रम महर्जन यिनै पक्राउ गरी ल्याएका पुनरावेदक बिक्रम महर्जन हुन् भन्ने पुष्टि हुने कुनै तथ्ययुक्त ठोस सबूद प्रमाण वादी पक्षले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा केवल जाहेरवालाको जाहेरीलाई मात्र आधार मानी ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अभियोगमा विना आधार प्रमाण यी पुनरावेदकको मृतकलाई मार्नमा संलग्नता थियो भन्न नसकिने भनी निर्णय भएको देखिन्छ । (नेकाप २०६७, पुस, नि.नं. ८४६१, पृ. १५३१) यसै गरी उमेश गुरुङ्ग विरुद्ध नेपाल सरकार भएको पुनरावेदन नं. ०६६CR०७०७/०६७–CR–०५१८ को कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा एउटै नाम भएका धेरै व्यक्ति हुन सक्ने भएकोले कसूरमा संलग्न रहेको व्यक्ति पहिचान नगरी नाम मिलेकै आधारमा प्रमाण बिना अभियोग लगाउनु अभियोजन पक्षको दायित्व नहुने भनी यस अदालतबाट मिति २०६८।४।२५ मा फैसला भई सिद्धान्त प्रतिपादन भएको छ । गोफ्लि गुरुङ्ग विरुद्ध सगरमाथा निकुञ्ज कार्यालय सोलुखुम्बु समेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा प्रतिवादी गोफ्ले गुरुङ्गको नाममा गोकुले, मनाङ्गीलगायतका विभित्र उपनाम तथा विश्लेषण रहे पनि यी रिट निवेदक गोफ्ली गुरुङ्ग र प्रतिवादी बनाइएको गोफ्ले गुरुङ्ग मनाङ्गीका तीनपुस्ते कहींकतैबाट खुल्न र आपसमा मिल्न भिड्न नआएसम्मको अवस्थामा यी दुई व्यक्ति एकै हुन भत्रेमा शंका रहन जाने र त्यस्तो शंकाको सुविधा अभियुक्तले पाउने, फिराद दायर हुँदा नै गोफ्ले मनाङ्गी भनी प्रतिवादी कायम गरेकोमा निज प्रतिवादीको उमेर, तीनपुस्ते र घरबासको ठेगाना उल्लेख नगरी बालाजु पेट्रोल पम्प भत्रेसम्म उल्लेख भएकोमा निवेदकको नाम, नागरिकता तथा पूर्जालगायत सम्पूर्ण कागजातहरूमा गोफ्ली गुरुङ्ग भई निजको ठेगानामा काठमाडौँ पकनाजोल१६ उल्लेख भएको देखिन्छ । यसरी यकीन नभएको ठेगाना र विवादास्पद नामको आधारमा मुद्दा चलाई उनाउ व्यक्तिलाई पक्राउ गरी कारवाही गरेको देखिँदा, शुरूमा मुद्दा चल्दाको प्रतिवादी यिनै व्यक्ति हुन् भत्रे यकीन नभएको अवस्थामा जो सुकैलाई पनि जुनसुकै अवस्थामा पक्राउ गरी थुनामा राख्नु संविधान र कानूनविपरीत हुने भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको पाइन्छ । (स.अ. बुलेटिन, २०६८ माघ, पृष्ठ ३१)

४४. अतः माथि विवेचित तथ्य तथा नजीर सिद्धान्तका समेत आधारमा प्रस्तुत वारदातमा दिवस लिम्बू नाम गरेको व्यक्तिको संलग्नता रहेको भए पनि प्रस्तुत वारदातमा संलग्न दिवस लिम्बू र यी पुनरावेदक दिवस लिम्बू एउटै व्यक्ति हुन भनी शंकारहित तवरबाट भन्न सकिने अवस्था देखिएन । अनुसन्धानको क्रममा वस्तुगत ढंगले कसूरदारको पहिचान नगरी अभियोग पेश गरेको, जाहेरी तथा अभियोग उल्लिखित ठेगाना तथा उमेर फरक भएको प्रमाणबाट पुष्टि भएको, व्यक्ति नै फरक भनी सप्रमाण जिकीर लिएकोमा अदालतबाट समेत पुर्पक्षको क्रममा सनाखत गराई पुष्टि नगरेको स्थितिमा केवल नाम मिलेको आधारमा मात्र कसूरदार ठह¥याउन मिल्ने हुँदैन । व्यक्तिको पहिचानको प्रश्न उठेकोमा पनि शुरु सुनसरी जिल्ला अदालत तथा पुनरावेदन, अदालत विराटनगरबाट निर्णय गर्दा त्यसतर्फ यथेष्ट विवेचना भएको पाइएन । अभियोग लगाइएका दिवस लिम्बू र यी पुनरावेदक एउटै व्यक्ति हुन भन्ने तथ्य शंकारहित तवरबाट पुष्टि हुन नआएको अवस्थामा शंकाको सुविधा प्रतिवादीतर्फ आकृष्ट हुन्छ । शंकाको भरमा कसूरदार ठह¥याउन नमिल्ने फौजदारी विधिशास्त्रको सर्वमान्य सिद्धान्तअनुसार पनि यी पुनरावेदकलाई कसूरदार ठह¥याउन मिलेन । मृतक विष्णु लिम्बूलाई मार्ने कार्यमा धरान नगरपालिका वडा नं. ३ भानुस्मृति पथ बस्ने गोविन्दप्रसाद लिम्बूको छोरा यी पुनरावेदक दिवस लिम्बू संलग्न भएको देखिएन । त्यसो हुँदा यी पुनरावेदकले अभियोग दावीबाट उन्मुक्ति पाउने देखियो । वादी नेपाल सरकारको यी प्रतिवादीको हकमा लिएको त्रुटिपूर्ण अधुरो अनुसन्धानको लाभ समेत आफ्नो पक्षले पाउनु पर्ने भन्ने तर्क तथा पुनरावेदन जिकीरसँग यो इजलास सहमत हुन सकेन 

४५. अब अन्त्यमा, यस वारदातमा प्रतिवादी रमेश राईको संलग्नता रहे नरहेको सम्बन्धमा विचार गर्दा जाहेरी दरखास्तमा यी प्रतिवादी रमेश राईको निर्देशनमा हत्या गरेको भन्ने उल्लेख भएको पाइन्छ । सोही जाहेरी व्यहोरालाई एकमात्र आधार बनाई यी प्रतिवादीउपर मृतकलाई मार्ने आदेश दिएको भन्ने अभियोग माग दावी लिइएकोमा शुरु तथा पुनरावेदन अदालतबाट सफाइ दिएको अवस्था रहेको छ । यी प्रतिवादीले मौकामा फरार रही अदालतमा उपस्थित भई बयान गर्दा आपूm वारदातमा संलग्न नरहेको भनी कसूर अपराधमा पूर्णतः इन्कार रही बयान गरेको पाइन्छ । अन्य सहअभियुक्तहरू कसैले पनि यी प्रतिवादीको संलग्नता रहेको थियो भनी पोलसम्म पनि गर्न सकेको देखिँदैन । प्रत्यक्षदर्शी नैना राईले रमेश राई पनि सो स्थानमा थिए तर निजसँग हतियार थिएन भनी लेखाएको र गौतम श्रेष्ठले रमेश दाईले बोलायो जाऊँ भन्दै प्रतिवादीहरू भागेका हुन् भनी लेखाएको अवस्था छ । तर, निजहरू अदालतमा आई बकपत्र गर्दा यी प्रतिवादीको संलग्नताका बारेमा मौन रहेका छन् । अनुसन्धानको क्रममा एवं अदालत समेतमा कसूरमा सावित रहेका सहअभियुक्तहरू जन्जु श्रेष्ठ, चुचु भन्ने दीपक राई र मोहित मगरले वारदातमा प्रतिवादी रमेश राईको संलग्नता नरहेको भनी स्पष्ट रुपमा निजको असंलग्नताको पुष्ट्याँई गरेका छन् । त्यसै गरी अनुसन्धानको क्रममा कसूरमा सावित रहेका जसमान लिम्बू, सुरज राई, अमित आले मगर र दीपचन्द्र राईले समेत वारदातमा प्रतिवादी रमेश राईको संलग्नता नरहेको भनी बयान गरेको देखिन्छ । कसूरमा सावित भई वारदातमा संलग्न व्यक्तिहरूको नाम उल्लेख गर्ने उपरोक्त प्रतिवादीहरूले यी प्रतिवादी रमेश राईको संलग्नता भएको भए पोल नगर्नुपर्ने औचित्य तथा कारण कतैबाट खुल्न आएको देखिदैन । अदालतमा आई कसूर स्वीकार गर्ने प्रतिवादीहरू रोशन लिम्बू र राजकुमार राई पनि यिनको संलग्नताको सम्बन्धमा मौन रहेको देखिन्छ । वारदातस्थल मेला लागेको र साँस्कृतिक कार्यक्रम भइरहेको सार्वजनिकस्थल रहेको छ । यस्तो स्थानमा जो सुकै पनि जान सक्छन् । सो कार्यक्रममा उक्त मेलाका संयोजक रहेका यी प्रतिवादी रमेश राई नजाने अवस्था समेत रहदैन, निज पनि गएका हुनसक्छन् । तसर्थ प्रत्यक्षदर्शी नैना राईले उक्त स्थानमा थिए, तर हतियार थिएन भनी अनुसन्धानको क्रममा लेखाए पनि सो कुराले वारदातमा निजको संलग्नता पुष्टि हुँदैन । त्यस्तै अर्का प्रत्यक्षदर्शी गौतम श्रेष्ठले रमेश दाईले बोलायो जाऊँ भन्दै प्रतिवादीहरू हिडेका हुन भने पनि मृतकलाई मार्न बोलाएकै हुन भन्ने निर्विवाद तथ्य कतै उजागर हुन आउँदैन भने अर्कोतर्फ प्रतिवादीहरूले नाम लिएको रमेश दाई यिनै प्रतिवादी हुन भनी अनुमान गर्न मिल्दैन । वास्तविकतामा यदि कुनै वारदातस्थलमा कसैको भौतिक उपस्थिति (Physical Presence) हुँदैमा वारदातमा निजको पनि संलग्नता थियो भनी ठह¥याउनु न्यायसंगत हुदैन । वारदातमा उपस्थित भै त्यस्तो व्यक्तिले कुनै आपराधिक कार्य गरेको वा वारदातमा संलग्न रहेको स्वतन्त्र एवं विश्वसनीय प्रमाणबाट पुष्टि हुनुपर्दछ । यसमा मौकामा कागज गर्ने प्रत्यक्षदर्शी वीरबहादुर लिम्बू, इन्द्रबहादुर लिम्बू तथा कुमार लिम्बूले यी प्रतिवादी पनि वारदातस्थलमा थिए भनी भन्न सकेका छैनन् । मौकामा कागज गर्दा वारदातस्थलमा देखेको भने पनि नैना राई र गौतम श्रेष्ठले अदालतमा आई बकपत्र गर्दा वारदातमा यी प्रतिवादीको संलग्नता थियो भनी नभनेको स्थितिमा सुनेको आधारमा दिएको जाहेरी दरखास्त र वारदातस्थलमा थिए भन्ने भनाइका आधारमा मात्र कसूरमा संलग्न रहेको भनी मान्नु अनुमानमा आधारित हुन जान्छ । यसरी ठोस प्रमाणको अभावमा अनुमानको लिस्नु चढेर कसूरदार ठह¥याउन मिल्ने देखिएन । प्रस्तुत वारदातमा प्रतिवादी रमेश राईको संलग्नता पुष्टि हुन नआएकाले अभियोग दावीबाट सफाइ पाउने ठह¥याएको शुरु तथा पुनरावेदन अदालतको फैसला अन्यथा गर्नुपर्ने कुनै आधारबाट समर्थित हुन आएन । अकाट्य प्रमाणको अभाव देखिँदा अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर कुनै पनि तथ्य तथा कानूनी प्रावधानले सहयोग गर्न सक्ने देखिएन 

४६. अतः माथि प्रकरण प्रकरणमा विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादी जसमान लिम्बूको सम्बन्धमा गरिएको विवेचनाबाट निजले मृतकलाई हात मिलाउने बहानामा समूहबाट बाहिर ल्याई अल्मल्याई राखी मार्नामा संयोग पारी आपूmले समेत खुकुरीले प्रहार गरेको पुष्टि हुन आएकाले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहरेकाले शुरु सुनसरी जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद मात्र हुने ठहर गरेको सजाय सदर गरेको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला सो हदसम्म केही उल्टी भई निज जसमान लिम्बूलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ, सजायबाट उन्मुक्ति पाउनुपर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्दैन । त्यस्तै प्रतिवादी राजकुमार राईको सम्बन्धमा गरिएको विवेचनाबाट निज मुख्य अभियुक्त देखिएकाले निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्नुपर्नेमा १३(३) नं. बमोजिम जन्मकैद गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भै निज राजकुमार राईलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कम सजाय हुनुपर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको सम्बन्धमा माथि विवेचना गरिएबमोजिम निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम सजाय गरेको सुनसरी जिल्ला अदालतको मिति २०६२।८।६ को फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला नमिलेकोले केही उल्टी भई निज श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूलाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम १० (दश) वर्ष कैद सजाय हुने ठहर्छ । अभियोग दावीबाट सफाइ पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रतिवादी चुचु भन्ने दीपक राई र मोहित मगरलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद, प्रतिवादी विजय भन्ने सुमन लिम्बू, सार्के भन्ने सारक तामाङ, अमित आले मगर र कुशल राईलाई ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५ (पाँच) वर्ष कैद, प्रतिवादी सुरज राई र कान्छी भन्ने दीपचन्द्र राईलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम एक वर्ष आठ महिना कैद सजाय हुने तथा प्रतिवादी रमेश राईले अभियोग दावीबाट सफाइ पाउने ठहर गरेको सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुन्छ । प्रतिवादी विजय भन्ने सुमन लिम्बू, सार्के भन्ने सारक तामाङ, अमित आले मगर, कुशल राइर्, सुरज राई र कान्छी भन्ने दीपचन्द्र राई तथा रमेश राईलाई समेत सर्वश्वसहित जन्मकैद हुनुपर्छ भन्ने वादी नेपाल सरकारको तथा सजाय कम हुनुपर्छ भन्ने प्रतिवादीहरू चुचु भन्ने दीपक राई र मोहित मगरको पुनरावेदन जिकीर पुग्न सक्तैन । पुनरावेदक प्रतिवादी दिवस लिम्बूको सम्बन्धमा माथि गरिएको विवेचनाअनुसार अभियोगपत्रमा आरोपित दिवस लिम्बू यिनै पुनरावेदक दिवस लिम्बू हुन भनी तथ्ययुक्त रुपमा प्रमाणित नभएको हुँदा जिल्ला सुनसरी, धरान नगरपालिका वडा नं. ३ भानुस्मृति पथ बस्ने गोविन्दप्रसाद लिम्बूको छोरा पुनरावेदक यी दिवस लिम्बूले सफाइ पाउने ठहर्छ । यी दिवस लिम्बूउपरको वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्तैन । अर्का प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङको सम्बन्धमा गरिएको विवेचनाबाट यी प्रतिवादीको कसूर अन्य प्रतिवादीहरू सार्के भन्ने सारक तामाङ, अमित आले मगर, कुशल राई तथा विजय भन्ने सुमन लिम्बूले गरेको कसूरको अनुपातमा मात्र संलग्न रहेको पुष्टि हुन आएकाले निज राजकुमार तामाङलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन, अदालत विराटनगरको मिति २०६४।८।१९ को फैसला मिलेको नदेखिँदा केही उल्टी भै ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहर्छ । यी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको तथा अभियोग दावीबाट सफाइ पाउनुपर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्तैन । अरु तपसीलबमोजिम गर्नू 

 

तपसील

o   माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी जसमान लिम्बूको हकमा शुरुको इन्साफ सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला केही उल्टी भई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहरेकाले कैदको हकमा शुरुले राखेको लगत कायमै राखी निजको अंश सर्वश्व गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .........             १

o   माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी राजकुमार राईको हकमा शुरुको इन्साफ सदर गरेको पुनरावेदन, अदालत विराटनगरको फैसला केही उल्टी भई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहरेकाले कैदको हकमा शुरुले राखेको लगत कायमै राखी निजको अंश सर्वश्व गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .........             २

o   माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी बलजीत भन्ने राजकुमार तामाङको हकमा शुरु तथा पुनरावेदन अदालतको फैसला केही उल्टी भई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहरेकोमा निज मिति २०६१।४।२८ देखि कैदमा बसेको देखिई मिति २०६६।४।२७ मा निजको हकको कैद भुक्तान भै सकेकोले थुनाबाट मुक्त गरिदिनु भनी यस अदालतको मिति २०६८।११।२६ को आदेशले च.नं. ६१९८ मिति २०६८।११।२६ को पत्रले निज थुनाबाट छुटी गएकोले निजको नाममा शुरुको फैसलाअनुसार राखेको लगत कट्टा गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .......    ३

o   माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी श्रीप्रसाद भन्ने पूर्णबहादुर लिम्बूको हकमा शुरु तथा पुनरावेदन अदालतको फैसला केही उल्टी भई निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम १० (दश) वर्ष कैद हुने ठहरेकोले निज मिति २०६२।२।२५ देखि प्रहरी हिरासतमा र सुनसरी जिल्ला अदालतको मिति २०६२।२।२७ को आदेशले थुनामा बसेको देखिँदा मिति २०७२।२।२४ गतेसम्म कैदमा राखी थुनामुक्त गर्ने गरी लगत कायम गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .... ......   ४

o   माथि इन्साफ खण्डमा लेखिएबमोजिम जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. ३ भानूस्मृती पथ बस्ने गोविन्दप्रसाद लिम्बूको छोरा पुनरावेदक दिवस लिम्बूले सफाइ पाउने ठहर भई यस अदालतको मिति २०६८।११।२६ को आदेशले यस अदालतको च.नं. ६१९७ को पत्रबमोजिम थुनाबाट छुटी गएकोले उक्त ठेगानाको सो व्यक्तिको नामको लगत कट्टा गर्नू भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू .....       ५

o   माथि लेखिएदेखि बाहेकका अन्य प्रतिवादीबादीको हकमा शुरु सुनसरी जिल्ला अदालतबाट मिति २०६२।८।६ मा भएको फैसलाअनुसार राखेको लगत कायमै रहने हुँदा सोहीबमोजिम गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाई दिनू ... ६

o   दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ....  ७

उक्त रायमा सहमत छु 

न्या.प्रकाश वस्ती

इति संवत् २०६८ साल फागुन २६ गते रोज ६ शुभम्

इजलास अधिकृत : अशोककुमार बस्नेत

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु