शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२४९ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।६।२२।४

०६८-CR-१३३१

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : रूकुम जिल्ला, शोभा गा.वि.. वडा नं. ४ घर भै हाल कारागार कार्यालय, रूकुममा थुनामा रहेकी सीता भन्ने लालहीरा कामी

विरूद्ध

प्रत्यर्थी/वादी : कर्मासिंह भन्ने काप्चे कामीको जाहेरीले नेपाल सरकार

 

§  प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुट्दै कुटेन कि जस्ता कुरा कमन ल मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने अथवा साङ्घातिक कुटपीट गर्ने मनसाय भै सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपीट गरेमा सबै प्रतिवादी समानरूपमा सहभागी भएको मानिने र समान सजायका भागीदार हुने अवस्था रहने ।

§  पश्चिमा फौजदारी कानून र मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को फरक भनेको, १३ नं. आकर्षित हुनको लागि  प्रतिवादीले मर्ने मानिसको जीउमा हात हालेको कुरा प्रमाणित हुनैपर्ने देखिन्छ । जुन कुरालाई कमन लले अनिवार्य मानेको छैन । जीउमा हात हालेको प्रमाणित भएको अवस्थामा प्रतिवादीले एक मुक्का हान्यो वा धेरैपटक हान्यो, खुकुरी वा बन्दुक जस्तो साङ्घातिक हतियारले हान्यो वा सामान्य लौरो, छडी आदिले कुट्यो भन्ने कुरालाई पश्चिमा कानून झैं उक्त १३ नं. ले महत्त्वहीन कुरा मानेको देखिने ।

(प्रकरण नं. )

§  प्रतिवादीले मृतकलाई कुटपीट गरी सिकिस्त बनाएको र मृतकको मृत्युको परिणामको बीचमा अरू कुनै स्वतन्त्र घटना घटेको र सो  कारण प्रभावकारी वा निर्णायकरूपमा मृतकको मृत्युको कारण भएको भन्ने कुनै पनि कुरा भए घटेको देखिँदैन । यी प्रतिवादीको सो फल्ट (fault) सँग मृतकको मृत्युको सम्बन्ध connection स्थापित हुने ।

(प्रकरण नं. )

§  नारी आफ्नो गरिमा, स्वतन्त्रता र इज्जतको कुरामा लान्छित हुन चाहँदैनन् । यो उनीहरूको शारीरिक स्वायत्तता (autonomy) भित्र पर्ने कुरा हो । यी कुराहरूमा उनीहरू अत्यन्त संवेदनशील हुन्छन् । पुनरावेदिका आफैँले मृतकसँग वारदातको कारण झिकेकी वा निहुँ खोजेकी छैनन् । वारदातले यो रूप र परिणाम लिने कुरा पुनरावेदिकाको पूर्वजानकारीमा छैन । पुनरावेदिकाको गोप्य कुरा प्रकाशमा आउनुको अर्थ निजको पारिवारिक जीवनमा सङ्कटको ग्रहण लाग्नु हो । यी कारणलगायत पुनरावेदिकाको नाबालक छोरी रहेकी र पुनरावेदिकाले अदालतमा समेत साँचो कुरा गरेर न्याय सम्पादनमा सहयोग गरेकी समेतको अवस्थाले गर्दा पुनरावेदिका थप सहानुभूतिको पात्र हुने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विश्वप्रकाश भण्डारी

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, .बं. १८८ नं.

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री अर्जुन अधिकारी

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.मु.न्या. श्री विश्वनाथ जोशी

            मा.न्या. श्री मिहिरकुमार ठाकुर

           

फैसला

न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९() अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यस प्रकार छ :

            मिति २०६६।३।२४ गते बिहान अन्दाजी ७ बजेको समयमा म मेरो भिनाजु जितलाल कामीको डेरा रूकुम खलङ्गा गाउँ विकास समिति वडा नं. , पातुखोलामा रहेको मोहन खड्काले होटल गर्ने घरको माथिल्लो तलामा जाँदा निज भिनाजुलाई बेहोस भई सुतेको अवस्थामा देखेपछि जिल्ला स्वास्थ्य कार्यालय, रूकुममा लगी उपचार गराउने क्रममा मिति २०६६।३।२४ गते राति भिनाजु जितलाल कामीको मृत्यु भएको   हो । निज भिनाजु मिति २०६६।३।२३ गते राति खलङ्गा १ पातुखोला स्थित छिवाङी होटलमा बास बसेको समयमा सोही होटलको एउटै कोठामा बसेका जिल्ला रूकुम, शोभा गाउँ विकास समिति वडा नं. ४ बस्ने सीता भन्ने लालहीरा वि., जिल्ला सल्यान कोटबारा गाउँ विकास समिति वडा नं. ४ बस्ने टेकबहादुर वलीसमेतले मिति २०६६।३।२३ गते राति जितलाल कामी सीता कामीलाई बलात्कार गर्न गएको भन्ने आरोप लगाई टेकबहादुर वलीसमेतले लात, मुक्का, छातासमेतले कुटपीट गरी घाइते बनाएकाले सोही चोटका कारण भिनाजु जितलालको मृत्यु भएकाले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको कर्मासिंह भन्ने काप्चे कामीको जाहेरी दरखास्त ।

रूकुम खलङ्गा गाउँ विकास समिति वडा नं. १ पातुखोला स्थित खर्के बस्नेतको छिवाङी होटलको तल्लो तलाको पश्चिमतर्फको कोठामा सुतेको अवस्थामा जितलाल कामीलाई कुटपीट गरिएको सो घटनास्थलमा डोको छेउमा कालो रङ्गको सेतो डण्डी भएको समात्ने भाँचिएको अवस्थामा रहेको छाता रहेको भन्ने घटनास्थल मुचुल्का ।

मृतकको मृत्यु टाउकाको चोटको कारणबाट भएको (cause of death is head injury) भन्ने शव परीक्षण प्रतिवेदन ।

            मेरो लोग्ने लालधन वि.. रोगजारको सिलसिलामा मलेसिया जानुभएको र निजले घर खर्चको लागि रूकुम खलङ्गा बजारमा मेरो नाममा पैसा पठाउनुभएकाले सो पैसा लिनको लागि म, ससुरा मनरूप कामी र ऐ.. बस्ने चुकेनी रोकासमेत भई मिति २०६६।३।२३ गते बेलुका खलङ्गा बजारमा आई खलङ्गा १ पातुखोलामा रहेको खर्के बस्नेतको होटलमा बसेको बखत मैले टेकबहादुर वलीलाई बोलाएको हुँदा निज पनि सोही होटलमा बास बस्न आई मेरो ससुरा र टेकबहादुर वलीले रक्सी सेवन गर्दै थिए । सोही बखत राति नौ बजेतिर जितलाल कामी हामी रहेको कोठामा आई परिचय गरी निजसमेत सोही कोठामा बसे । जितलालले

पहिला नै रक्सी सेवन गरी आएका थिए । परिचयको क्रममा जितलाल कामीसँग मेरो ससुरा र टेकबहादुर वलीको वादविवाद भयो । राति अलगअलग ३ वटा खाट जोडेर बिस्तरा बनाई सुतेकोमा मध्य रातको १ बजेको समयमा टेकबहादुर वली म सुतेको खाटमा आई मसँग यौन सम्बन्ध राखी गएको सो कुरा मृतक जितलाल कामीले थाहा पाएका रहेछन् र निज म सुतेको खाटमा गै मेरो शरीर छाम्न लागेपछि मैले टेकबहादुर वलीसँग मलाई बलात्कार गर्न लाग्यो भनेपछि टेकबहादुर आए र मैले बत्ती बालें, त्यसपछि जितलालसँग विवाद भयो । मैले जितलाललाई चप्पलले हानेँ र टेकबहादुरले पनि हात, मुक्का र छाताले जितलालको विभिन्न शरीरमा हाने र जितलालले टेकबहादुर वलीलाई हाने । त्यसपछि जितलालले मैले गल्ती गरें माफ गर्नुहोस् भनी रू.५० हजार दिन्छु भनेर जितलाल विक बाहिर गै रू १८०० दिएर ढोग गरे । बाँकी

पैसा भोलि दिउँला प्रहरीलाई खबर नगरे भने त्यसपछि जितलालले पुनः मलाई टेकबहादुर वली धर्मदाइ रहेनछ तिम्रो लोग्ने रहेछ तिमीहरू दुईजना लागेर कुटपीट गर्यौं यो कुरा बाहिर नभन्नु भनेपछि हामी दुबैजना टेकबहादुर र मैले पुनः जितलाल विकलाई हात, मुक्का र भित्तामा टाउको ठोकाई कुटपीट गर्यौं । टेकबहादुरले हान्दा छातासमेत भाँच्चिएको थियो । जितलाल सिकिस्त हुँदै गएपछि टेकबहादुर वलीले घाइतेलाई बाहिर लिएर   गए । त्यतिखेर अं बिहानको ४ बजेको थियो होला । जितलालको मृत्यु हामीहरूको कुटपीटबाट नै भएको हो । कुटपीट गर्दाको अवस्थामा चुकेनी रोका र मेरो ससुरा मनरूप कामीसमेत ब्यूँझे । जितलालसँग जरिवाना गरेको रकम ससुरा मनरूप विकलाई राख्न दिएको छु । होटल मालिक खर्के बस्नेतले समेत राति कुटपीट गरेको कुरा थाहा पाएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी सीता भन्ने लालहीरा कामीले गरेकी बयान ।

            लालधन वि..ले मलेसियाबाट आफ्नो श्रीमती सीता भन्ने लालहीरा कामीको नाममा खलङ्गा बजारमा पैसा पठाएकाले उक्त रकम लिन निज सीता भन्ने लालहीरा कामी, निजको ससुरा मनरूप कामी र म

चुकेनी रोका घरबाट आई मिति २०६६।३।२३ गते खलङ्गा १ पातुखोलास्थित छिवाङी होटलमा आई बसेका र सोही बखत टेकबहादुर वली र जितलाल कामीसमेत उक्त होटलमा आई मादक पदार्थ रक्सी सेवन गरी हामी बसेको कोठामा सुतेका हुन् । राति अन्दाजी १ बजेको समयमा म सँगै सुतेकी सीता भन्ने लालहीरा कामीले मलाई आमाजू अलिपर सर भनेकी हुन् र मलाई सन्चो छैन भनी म भित्तातिर छेउ लागेर सुतें । केही क्षणपश्चात हामी सुतेको खाट हल्लियो । मैले लालहीरा कामीलाई किन खाट हल्लियो भनी सोद्धा सल्यानी दाइ मसँग सुत्न आएका छन् हल्ला नगर्नुहोस् ससुराले थाहा पाउछन् कसैलाई नभन्नु भनिन् र मैले पनि हुन्छ भनें । केही समयपछि टेकबहादुर वली आफ्नो खाटमा सुत्न गए । त्यसको केही वेरपछि कोठामा हो हल्ला भएको सुनी ब्यूँझिँदा जितलाल वि.. लाई टेकबहादुर वली र बुहारी लालहीरा कामीले कुटपीट गरिरहेका थिए । मैले किन कुटपीट गरेको भन्दा बुहारी लालहीरा कामीले जितलाल कामीले मलाई समात्न आयो त्यसैले कुटपीट गरेका हौं भनिन् र जितलालले माफी मागी रू.१८०० दिए त्यसपछि जितलालले अघि दाइ भन्थिस् टेके त तेरो पोइ पो रहेछ भन्दै जितलाल कोठा बाहिर जाने बेलामा किन त्यसो भनिस् भन्दै टेकबहादुर वली र सीताले पुनः कुटपीट गरी सिकिस्त बनाएपछि टेकबहादुर वली र जितलाल विक ढोका बाहिर गएका हुन् । निज जितलालको सोही कुटपीटको कारण उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी चुकेनी रोकाको बयान कागज ।

मेरो छोरा धनलाल वि..ले मलेसियाबाट बुहारी सीता भन्ने लालहीराको नाममा खलङ्गा बजारमा पैसा पठाएकाले उक्त रकम लिन म, बुहारी सीता भन्ने लालहीरा कामी र चुकेनी रोका घरबाट आई मिति २०६६।३।२३ गते रूकुम खलङ्गा १ स्थित पातुखोलामा रहेको छिवाङी होटलमा बास बसेको अवस्थामा टेकबहादुर वली र मृतक जितलाल कामीसमेत हामीसँगै एकै कोठामा सुतेका हौं । राति अन्दाजी २ बजेको समयमा हल्ला भएको सुनी उठ्दा बुहारी सीता भन्ने लालहीरा कामी र टेकबहादुर वलीले जितलाल कामीलाई कुटपीट गरिरहेका थिए । जितलाल कामीले मेरो गल्ती भयो भनी माफी मागी बाहिर गै रू. ,८००।- ल्याई बुहारीलाई ढोग गरी जरिवाना गराएका हुन् । सो रूपैयाँ बुहारीले मलाई राख्न दिएका हुन् । जितलालको मृत्यु टेकबहादुर र बुहारी लालहीराले गरेको कुटपीटको कारणबाट भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी मनरूप कामीको बयान कागज ।

मिति २०६६।३।२३ गते प्रतिवादी सीता भन्ने लालहीरा कामी निजको ससुरा मनरूप कामी र चुकेनी रोका सो होटलमा आई कोठा लिई बसेका थिए । सोही दिन राति टेकबहादुर वली र मृतक जितलाल कामीसमेत आई निजहरूसँग एउटै कोठामा बसेका हुन् । राति ३ बजेतिर म खसी काट्न भनी उठेको समयमा निजहरू सुतेको कोठामा होहल्ला भै झगडा भएको ढोका बाहिरबाट सुनेको हुँ । भोलिपल्ट बिहान सीता भन्ने लालहीरा कामीले राति जितलाल वि..ले मलाई समात्न आएकाले टेकबहादुर वलीको सहयोग लिई कुटपीट गरेका हौँ भनेकी थिइन् । निजहरूले गरेको कुटपीटको कारणबाट नै जितलालको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको खर्के बस्नेतले गरेको बयान कागज ।

मिति २०६६।३।२३ गते राति प्रतिवादी लालहीरा कामी, निजको ससुरा मनरूप कामी, आमाजू चुकेनी रोका, टेकबहादुर वली र मेरा दाजु मृतक जितलाल कामीसमेत रूकुम खलङ्गा १ स्थित छिवाङी होटलको एउटै कोठामा बास बसी सुतेको बखत मध्यरातमा जितलाल कामीलाई सीता वि.. ले बलात्कार गर्न आयो भन्ने आरोप लगाई प्रतिवादी टेकबहादुर वली र लालहीरा कामीसमेतले लात, मुक्का, छाता र चप्पलसमेतले कुटपीट गरी घाइते बनाई उठबस गर्न लगाई रू. १८००।- (एक हजार आठ सय) जरिवाना लिई माफी माग्न लगाएको र भोलिपल्ट बिहान दाजु जितबहादुर कामीलाई बेहोस अवस्थामा फेला पारी जिल्ला स्वास्थ्य कार्यालय, रूकुममा लगी उपचार गर्ने क्रममा सोही राति ११:१५ बजेको समयमा निज दाजु जितलाल कामीको सोही चोटपीरको कारणबाट मृत्यु भएकाले प्रतिवादीहरूलाई हदैसम्मको कारवाही हुनुपर्छ भन्नेसमेत

व्यहोराको तुलबहादुर कामीले गरेको घटना विवरण कागज ।

मिति २०६६।३।२४ गते बिहान मोहन खड्कासँग भेट हुँदा आज मेरो होटलमा बस्ने एक जना ग्राहक बोल्दै बोल्दैन । छाती मात्र पुटुकपुटुक गर्छ के भयो होला भन्दा मैले आज भोलि समय ठीक छैन झाडा पखालाको प्रकोप छ डाक्टर बोलाएर उपचार गराउ भनेँ । दिउँसो फेरि भेट हुँदा निज मोहन खड्काले जितलाल कामीलाई टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीसमेतले छिवाङी होटलमा बास बसेका बखत कुटपीट गरेको खुल्न आएको छ भनी मलाई बताएकाले थाहा पाएको हुँ । निज घाइते अवस्थामा रहेका जितलाल कामीको उपचारको क्रममा मिति २०६६।३।२४ गते राति मृत्यु भएको हो भन्नेसमेत व्यहोराको दामोदर के.सी. ले गरेको घटना विवरण कागज ।

रूकुम खलङ्गा-, पातुखोलामा रहेको मेरो होटलमा मिति २०६६।३।२४ गते बिहानको समयमा चुलोमा आगो सल्काउँदै गरेका बखत मृतक जितलाल कामी आफू सुत्ने कोठामा जान लाग्दा मलाई आज किन टाउको दुखिराखेको छ साथै वान्ता पनि भइरहेको छ बिरामी भएको छु भनेकाले केही समयपछि महेश खड्कालाई जाउ छोरा माथि जितलाल अङ्कललाई हेरेर आउ भनी पठाएकोमा छोरा महेश खड्का माथि कोठामा गई हेरेर फर्की आई बुबा अङ्कल बोलाउँदा पनि बोल्नुहुन्न, चाल पनि गर्नु हुन्न कोठामा वान्ता गर्नुभएको छ भनी छोराले मसँग भनेपछि मैले तुरून्त मेडिकलवाला दिपेन्द्र पुनलाई बोलाई ल्याएँ । उहाँले स्लाइन पानीसमेत चढाई छिट्टै अस्पतालमा लैजानुहोस् भनी फर्किनुभयो र प्रतिवादी सीता भन्ने लालहीरा कामीले छिवाङी होटलका मालिककी स्वास्नी संगमलाई सङ्केत गरी आज राति यी मान्छेले मलाई बलात्कार गर्न खोजेको बखत टेकबहादुर वली र मसमेतले मर्ने गरी कुटेका छौं भनी भनेपछि सो कुरा प्रचार भएको हो । जितलाल कामीको उपचार गराउने क्रममा सोही राति ११:१५ बजेको समयमा सोही चोटको कारणबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मोहन खड्काले गरेको घटना विवरण कागज ।

मिति २०६६।३।२४ गते बिहानको समयमा मोहन खड्का मेरो मेडिकलमा आई आफ्नो होटलमा डेरा गरी बस्ने जितलाल कामी विरामी छन् केही बोल्दैनन् के भएको हो हेरिदिनुपर्यो भनी बोलाएकाले निजको साथमा गई हेर्दा जितलाल कामी बेहोस अवस्थामा थिए । नाडी नचलिरहेको थियो छेउमा वान्ता गरेका थिए । मैले सामान्य उपचार गरी स्लाइन पानीसमेत चढाई ठीकै छ होस आयो भने औषधि दिउँला होस आएन भने जिल्ला स्वास्थ्य कार्यालय, रूकुममा लगी उपचार गराउनु भनी मेडिकलतर्फ फर्कि आएँ । पछि निजलाई जिल्ला स्वास्थ्य कार्यालय, रूकुममा उपचार गराउने क्रममा मिति २०६६।३।२४ गते राति मृत्यु भएको कुरा मैले भोलिपल्ट २५ गते सुनी थाहा पाएको हुँ । जितलाल कामीलाई खर्के बस्नेतको होटलमा बास बसेका बखत प्रतिवादी टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीसमेतले लात, मुक्का, चप्पल, छातासमेतले कुटपीट गरी घाइते बनाएको कुरा मैले पछि थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको दिपेन्द्रबहादुर पुनको घटना विवरण कागज ।

मृतक जितलाललाई टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीले कुटपीट गरी घाइते बनाएको र सोही कुटपीटको कारणबाट जितलाल कामीको मृत्यु भएको भन्ने कुराको तथ्य निर्विवादरूपमा पुष्टि हुन आएकाले प्रतिवादी टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३() नं. बमोजिमको कसुर अपराध भएको र प्रतिवादी मनरूप कामी, चुकेनी रोका र खर्के बस्नेतले टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीले जितलाल कामीलाई कुटपीट गरी घाइते बनाउँदाको अवस्थामा देखी थाहा पाई निजहरूकै मत सल्लाहमा पसी अरू कुरा केही नगरी हेरी रही मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७() नं. बमोजिमको कसुर अपराध गरेकाले प्रतिवादी टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम र प्रतिवादी मनरूप कामी, चुकेनी रोका र खर्के बस्नेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७() नं. बमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोगपत्र ।

म सुतेको कोठामा ३ वटा खाट थिए । एउटा खाटमा प्रतिवादी टेकबहादुर वली, अर्को खाटमा मेरो ससुरा र मृतक जितलाल वि.. र अर्को खाटमा म, मेरी छोरी र मेरी आमाजू सुतेका थियौँ । सोही रातको अ.:०० बजेतिर म सुतेको ठाउँमा मेरो धर्मदाइ प्रतिवादी टेकबहादुर वली यौन सम्पर्क गर्न भनी आएका हुन् । उनलाई त्यसबेला मैले ससुरा ननिदाएको जस्तो मानेर अहिले जानुहोस् ससुरा बिउँतै हुनुहुन्छ भनेर

पठाइदिएँ । त्यसपछि पुनः १०।१५ मिनेटपछि निज टेकबहादुर वली म सुतेको ठाउँमा आई मसँग सुती यौन सम्पर्क कार्यसमेत सम्पन्न गरेर पुनः आफ्नो खाटमा गै सुतेका हुन् । त्यसपछि करिब १०।१२ मिनेटपछि निज मृतक जितलाल वि.. पनि म सुतेको ठाउँमा आई मेरो कोमल अङ्गमा हात लगाई यौन सम्पर्कसमेत गर्ने प्रयास गरेकाले मैले सो कुरा थाहा पाई धर्मदाइ टेकबहादुर वलीलाई सो कुरा बताएँ र म सुतेको ठाउँबाट उठेर सुरूमा मैले चप्पलले २।३ पटक गालामा हानेँ । अनि निज मृतकले पनि २।३ पटक हातले खुट्टामा हानेको हो । सोही बेला मेरो धर्मेदाइ भन्ने टेकबहादुर वली उठेर निज मृतकलाई टाउको समाती सिमेन्टको घरको भित्तामा टाउको २ पटक जति ठोकाएका हुन् । त्यसपछि निज टेकबहादुरले छाताको डण्डीसमेतले हानेका हुन् । निज मृतकले भयो मैले गल्ती गरेँ म तिमीलाई मान्छु पैसा लिएर आउँछु भनेर आफ्नो डेरामा गएका र जम्मा रू.१८००।- दिएका हुन् । त्यसपछि मृतक बाहिर निस्कने बेलामा टेकबहादुर वलीलाई तँ त उसको दाइ रहेनछस् पोइ वा लोग्ने रहेछस् भनेर भनेका हुन् । त्यसपछि टेकबहादुर वली पुनः झोक्किएर मृतकलाई एकपटक लातले हानेका हुन् र कोठाबाट बाहिरसम्म पुर्याएर निज टेकबहादुर वली पुनः कोठाभित्र सुतेका हुन् । मृतकलाई हामीले मैले मार्नै भनेर हानेको होइन रक्सी धेरै खाएको थियो । यसमा अरू कसैको संलग्नता छैन । रक्सीको कारणले पनि मरेको हुनसक्छ । प्रहरीको बयानमा टेकबहादुर वली मसँग सुतेको कुरा आमाजूलाई थाहा थियो ससुरालाई नभनिदिनु होला भनेकी होइन अलि पर सर आमाजू भनेकी मात्र हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी सीता भन्ने लालहीरा कामीले अदालतसमक्ष गरेको बयान ।

राति सुतेको अवस्थामा गानगान गुनगुनको आवाजले म बिउँतिएकी हुँ । त्यसैबेला सीताले मलाई अलि पर सर भनेकी हो । किन सर्ने भन्दा यहाँ मान्छे आएकोछ भनेर भनेकी हो । त्यसपछि टेकबहादुर र लालहीराका बीचमा शारीरिक सम्बन्ध भएको थाहा पाएकी हुँ । त्यसको लगत्तै पछाडि हल्लाखल्ला सुनें । हल्लाखल्ला अलि बढी भएको हुनाले के भयो त भनेर हेर्दा प्रतिवादी टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीले मृतक जितलाल कामीलाई हानिरहेको देखेकी हुँ । त्यसपछि निजहरूको कुटपीटबाट जितलाल कामी सिकिस्त भएर बाहिर गएका हुन् । त्यसपछि गल्ती भयो माफी माग्छु भनेर जितलाल कामीले रू. १८००।- दिएर बुहारीलाई ढोगी माफी मागेका हुन् । त्यसपछि जितलाल र टेकबहादुर बाहिर गएका र टेकबहादुर मात्र फर्केका हुन् । मृतकलाई मार्नमा प्रतिवादी सीता भन्ने लालहीरा कामी र प्रतिवादी टेकबहादुर वलीको हात छ अरू कसैको संलग्नता छैन । मृतकलाई लालहीराले दुईपटक चप्पलले र टेकबहादुरले सामान्य कुटपीट गरेको कारणले जितलालको मृत्यु हुन सक्छ भन्नेसमेत व्यहोराको चुकेनी रोकाले अदालतसमक्ष गरेको बयान ।

म सुत्न गएको बेलामा मसमेत बसेको कोठामा मृतक जितलाल वि.. पनि आएको हुँदा प्रतिवादी टेकबहादुर वली, बुहारी लालहीरा कामी र मृतक जितलाल बसेका थिए । त्यसपछि निदाइसकेपछि सोही रातको अ.२।३ बजेतिर बुहारी, टेकबहादुर वली र जितलाल वि.. बीचमा कुटपीट हुँदा मात्र हल्ला भएकाले ब्यूँझिदा थाहा पाएको हुँ । त्यसपछि मृतक जितलाल वि..लाई बाहिर जाँदा देखेको हुँ । ककसले कति पटक कहाँकहाँ हाने मलाई केही थाहा भएन । निज मृतकलाई प्रतिवादी सीता भन्ने लालहीरा कामी र टेकबहादुर वलीले नै हानेकाले मरेको होला भन्नेसमेत व्यहोराको प्रतिवादी मनरूप कामीले अदालतसमक्ष गरेको बयान ।

मैले उक्त घटनास्थलमा कुटपीट घटना हुँदा देखे सुनेको केही पनि होइन । बिहान करिब ३:०० बजेतिर खसी काट्न जाने बेलामा सामान्य कुराकानी गर्दा मात्र सुनेको हुँ । निज मृतकलाई ककसले हाने कसरी मारे मलाई केही थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी खर्के बस्नेतले अदालतमा गरेको बयान ।

            निज मृतक हाम्रो होटलमा बस्ने भएकाले मृतक झाडा पखालाको बिरामी परे भन्ने  सुनेर म निज मृतकको कोठामा गएँ । त्यहाँ जाँदा मृतकले कोठामा वान्ता गरेका थिए र उनी अचेत अवस्थामा थिए । त्यसपछि हामीहरूले मेडिकलका डाक्टरलाई लिएर स्लाइन पानी दिएका हौं । प्रतिवादी सीता वि..ले छिवाङी होटलको साहुनीसँग ए दिदी, त्यो दाइलाई मैले र मेरो धर्मदाइ टेकबहादुर वलीले बेस्सरी कुटेका हौं भनेर भनेको मैले सुनेको हुँ । त्यस भन्दा अरू मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने सुशीला खड्काले गरेको बकपत्र ।

उक्त घटना सम्बन्धमा मलाई केही थाहा छैन । होटेल मालिक मोहन खड्का मलाई मृतक जितलाल कामी रक्सी खाएर बेहोस भएका र वान्ता पनि गरेका छन् भनी बोलाउन आएको हुँदा उक्त घटनास्थलतिर गएको हुँ । म त्यहाँ पुग्दा मृतक बेहोस् अवस्थामा थियो । मृतक होशमा आउँछ कि भनेर मैले स्लाइन चढाएको हुँ । त्यसपछि म घरतिर फर्किएको हुँदा अरू मलाई केही पनि थाहा छैन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने दीपेन्द्र पुनले गरेको बकपत्र ।

प्रतिवादी वारदातको राति मृतकलाई के कसरी कुन समयमा सीता भन्ने लालहीरा कामीसमेत ककसले कुटपीट गरेका हुन् सो कुरा म र मेरो लोग्ने खर्के बस्नेत सुत्ने घर अलग भएकाले मैले केही थाहा पाएको होइन । सोको भोलिपल्ट मृतकको मृत्यु भैसकेपछि प्रतिवादी सीता भन्ने लालहीरा कामीले मैले मृतकलाई हिजो साँझ हानी कुटपीट गरेको हुँ भनी भनेकाले मात्र थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने तुलसा बस्नेतले गरेको बकपत्र ।

प्रतिवादी सीता भन्ने लालहीरा कामीलाई अभियोग माग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १ नं. को कसुरमा ऐजन १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ र प्रतिवादीहरू मनरूप कामी, चुकेनी रोका, खर्के बस्नेतउपरको वादी नेपाल सरकारको अभियोग दावी पुग्न सक्तैन भन्ने रूकुम जिल्ला अदालतको मिति २०६७।१२।७ को फैसला ।

सुरू अदालतबाट मलाई कसुरदार ठहराई फैसला गर्दा जाहेरी व्यहोरा र जाहेरवालाले अदालतमा गरेको बकपत्रलाई प्रमाण लिए पनि निज जाहेरवाला प्रत्यक्षीदर्शी नभएको हुँदा निजको जाहेरी तथा बकपत्र मेरो विरूद्ध प्रमाण लाग्ने होइन । त्यस्तै मृत्युको कारण head injury भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भए पनि मैले त्यसरी मृतकलाई कुटपीट गरेको कुरा कुनै प्रमाणबाट पुष्टि हुन सकेको छैन । मौकाको घटनास्थल मुचुल्का र लास जाँच प्रतिवेदन एक आपसमा विरोधाभास अवस्थामा रहेको, वारदात घटनाका सम्बन्धमा केही थाहा नभएको मानिसहरूको बकपत्रलाई आधार लिइएको तथा वादी दावी पूर्णरूपमा स्वीकार नगरेको अवस्थामा मेरो एक प्रकारको तथ्यको स्वीकारोक्तिलाई संबद्ध प्रमाणसमेत नबुझी अ.बं. १८४ नं. को गलत व्याख्या गरी मलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गरेको सुरू फैसला उल्टी गरी घटना घट्दाको परिस्थितिसमेतलाई दृष्टिगत गरी इन्साफ पाउँ भन्ने प्रतिवादी सीता भन्ने लालहीरा कामीको पुनरावेदनपत्र ।

मौकाको जाहेरी घटनामा को कसको संलग्नता छ भनी उल्लेख गरी दिएको तथ्यलाई वास्ता नगरिएको, प्रतिवादी लालहीरा कामीको बयानबाट वारदातका समयमा प्रतिवादीहरू चुकेनी रोका, मनरूप कामी र खर्के बस्नेतको उपस्थिति रहेको भन्ने देखिएको तर निजहरू मृतकलाई बचाउनतर्फ नलागी चुप लागी मतलबमा रहे पसेकोसम्ममा साबित नै रहेको समेतका आधारबाट प्रतिवादीहरू मनरूप कामी, चुकेनी रोका, खर्के बस्नेतसमेतले अभियोगदावीको कसुर गरेको पुष्टि हुँदाहुँदै सफाइ दिएको सुरू फैसला उल्टी गरी अभियोगदावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी टेकबहादुर वलीका हकमा अ.बं. १९० नं. बमोजिम मुद्दा मुलतबीमा राखी प्रतिवादीहरू मनरूप कामी, चुकेनी रोका र खर्के बस्नेतसमेतलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७() नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई प्रतिवादी सीता भन्ने लालहीरा कामीलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहराई निज महिला भएको, धर्मे दाइ भनिएका टेकबहादुर वलीसँग यौन सम्पर्क गरेको थाहापाई सँगै कोठामा ससुरा र अमाजूसमेत सुतेको अवस्थामा मृतकले पनि यौनसम्पर्क गर्न खोजेपछि सोबाट बच्नका लागि यी प्रतिवादीसमेतले कुटपीट गरेको अवस्था र धारिलो हतियार प्रयोग नगरेको स्थितिसमेतको अपराध गर्दाको अवस्था र परिस्थितिसमेतलाई विचार गर्दा निज प्रतिवादी लालहीरा कामीका हकमा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुन मनासिब देखी राय लगाएको समेत सुरू रूकुम जिल्ला अदालतको मिति २०६७।१२।७ को फैसला मनासिबै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६८।८।११ को फैसला ।

मैले अभियोगमा पूर्ण स्वीकारोक्ति गरी बयान गरेको छैन । जाहेरवालाको भिनाजु मृतक जितलाल विकलाई मिति २०६६।३।२४ गते भेटी सोधपुछ गर्दा मृतकले सन्चो छैन टाइफाइड भएजस्तो लाग्छ भनेको पछि सीता भन्ने लालहीरा कामीलाई मृतक जितमान कामीले मिति २०६६।३।२३ गते राति बलात्कार गर्न आएको आरोपमा सीता भन्ने लालहीरा र टेकबहादुरले लात मुक्का र छाताले कुटपीट गरेको सुनेको आधारमा जाहेरी दिएको कुरा मिति २०६६।३।२५ गते जिल्ला प्रहरी कार्यालय, रूकुममा दिएको जाहेरीमा उल्लेख छ भने अदालतमा बकपत्र गर्दा वारदात घटना सम्बन्धमा केही थाहा भएन वारदातको भोलिपल्ट

मृतकलाई बिरामी सुतेको अवस्थामा मात्र फेला पारेको हुँ के भयो भनी सोध्दा ज्वरो आएको भनेका हुन् पछि बुझ्दा मृतकको मृत्यु कुटपीटबाट भएको हो भनी बकपत्र गरेबाट जाहेरी दरखास्त तथा निज जाहेरवालाको बकपत्र मेरो विरूद्धमा प्रमाण लाग्न नसक्ने अवस्थामा प्रमाणमा लगाई फैसला गरेको मिलेन । मेरो संवेदनशील अङ्गमा मृतकले हात हालेको कारणबाट मृतकलाई हातपात मात्र गरेको हो । त्यसबाट मृतकको मृत्यु भएको होइन र त्यसमा मार्ने उद्देश्य पनि नरहेकाले सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादी सीता भन्ने लालहीरा कामीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम आजको दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलको अध्ययन भै पुनरावेदिकाका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विश्वप्रकाश भण्डारीले मृतकले पुनरावेदिकालाई करणी गर्नका लागि निजको यौनाङ्गसमेत छामछुम गर्दा पुनरावेदिकाले प्रतिकार गर्ने कुरा नारी स्वभावजन्य

स्वाभाविक प्रतिक्रिया हो । यसलाई कानूनले पनि मानेको र कम सजाय वा सजाय नै नहुने विधिशास्त्रको अवधारणा रहेको सन्दर्भमा पुनरावेदिकालाई निजले गरेकी कार्यसँग कुनै तालमेल नहुने गरी चर्को सजाय भएको साथै पुनरावेदिकाबाट भएको सामान्य कुटपीट कै कारणले मृतकको मृत्यु भएको तथ्य स्थापित हुन नसकेकाले पुनरावेदन अदालतसमेतको इन्साफ उल्टी गरी या अत्यन्त कम सजाय या सफाइ नै दिलाई इन्साफ पाउँ भनी गर्नुभएको बहस सुनियो ।

अब पुनरावेदन अदालतको फैसला मिले नमिलेको र पुनरावेदिकाको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो त्यसमा निर्णय दिनुपर्ने भै निर्णयतर्फ विचार गर्दा करणी गर्नका लागि पुनरावेदिकाको संवेदनशील अङ्गमा मृतकले हात हाल्ने काम गरेकाले मृतकलाई हातपात मात्र गरेको, मार्ने उद्देश्यले नहानेको, आफ्नो कुटाइको कारणबाट मृतकको मृत्यु नभएको, अत्यधिक रक्सी सेवन गरेकाले निजको मृत्यु भएको हुन सक्नेसमेतको

अवस्था रहेकोले सफाइ पाउनुपर्ने भन्ने पुनरावेदिकाको मूल पुनरावेदन जिकिर देखिन्छ भने कसुरको अनुपातमा १० वर्षको कैद सजाय चर्को भएकाले त्यसलाई कम गरियोस् भन्ने निजतर्फका विद्वान् अधिवक्ताको बहस जिकिर पनि रहेको देखिन्छ ।

प्रस्तुत वारदातमा पुनरावेदिकाको के भूमिका रह्यो, सो भूमिका मृतकको मृत्युको कारण भयो भएन र पुनरावेदिकालाई भएको सजाय कसुरको अनुपातमा मिलेको छ छैन यी प्रश्नहरूमा विचार गर्नुपर्ने देखियो ।

. मृतक जितलाल कामीले पुनरावेदिकाको शरीर छाम्न लागेपछि निजले टेकबहादुर वलीसँग मृतकले बलात्कार गर्न लागेको कुरा गरेकी, पुनरावेदिका र टेकबहादुरको जितलालसँग विवाद भएको, पुनरावेदिकाले जितलाललाई चप्पलले हानेकी र टेकबहादुरले पनि हात, मुक्का र छाताले जितलालको विभिन्न शरीरमा हानेका, जितलालले पनि टेकबहादुर वलीलाई हानेका त्यसपछि जितलालले माफी मागीरू.५० हजार दिने कबुल गरी बाहिर गै रू.१८०० ल्याई सो दिई बाँकी पैसा भोलि दिउँला प्रहरीलाई खबर नगर भनेका र जितलालले टेकबहादुर वली पुनरावेदिकाको धर्मदाइ रहेनछ लोग्ने रहेछ भनेपछि टेकबहादुर र पुनरावेदिकाले पुनः जितलाललाई हात, मुक्काले कुटपीट गरी भित्तामा टाउकोसमेत ठोकाइ दिएका र सो क्रममा छातासमेत भाँच्चिएको, जितलाल सिकिस्त हुँदै गएपछि टेकबहादुर वलीले घाइतेलाई बाहिर लिएर गएको भन्नेसमेतका व्यहोरा उल्लेख गरी पुनरावेदिकाले मौकामा बयान गरेकी देखिन्छ । यी पुनरावेदिकाले अदालतमा समेत मौकाको बयान भन्दा खासै भिन्न बयान गर्न सकेकी देखिन्नन् । आफूले सुरूमा मृतकलाई चप्पलले २।३ पटक गालामा हानेकी र अरू कुटपीट प्र टेकबहादुरले गरेका र मृतकलाई हामीले, मैले मार्नै भनेर हानेको होइन रक्सी धेरै खाएको थियो रक्सीको कारणले पनि मरेको हुन सक्छ भनी आफ्नो कुटपीटको संलग्नताको मात्रा कम रहेको भन्नेसम्म देखाउन खोजेकी पाइन्छ । तर सोही कोठामा रहेकी प्रतिवादी चुकेनी रोकाले कोठामा हो हल्ला भएको सुनी ब्यूझिँदा जितलाललाई टेकबहादुर वली र बुहारी लालहीरा कामीले कुटपीट गरिरहेका थिए । जितलालले माफी मागी रू.१८०० दिए त्यसपछि जितलालले अघि दाइ भन्थिस् टेके त तेरो पोइ पो रहेछ भनी जितलाल कोठा बाहिर जाने बेलामा किन त्यसो भनिस् भन्दै टेकबहादुर वली र सीताले पुनः कुटपीट गरी सिकिस्त बनाए भनी मौकामा र अदालतमा समेत प्रतिवादी टेकबहादुर वली र सीता भन्ने लालहीरा कामीले मृतक जितलाल कामीलाई हानिरहेको देखेकी हुँ । त्यसपछि निजहरूको कुटपीटबाट जितलाल कामी सिकिस्त भएर बाहिर गएका हुन् । त्यसपछि गल्ती भयो माफी माग्छु भनेर जितलाल कामीले रू.१८००।- दिएर बुहारीलाई ढोगी माफी मागेका हुन् । त्यसपछि जितलाल र टेकबहादुर बाहिर गएका र टेकबहादुर मात्र फर्केका हुन मृतकलाई मार्नमा प्रतिवादी सीता भन्ने लालहीरा कामी र प्रतिवादी टेकबहादुर वलीको हात छ अरू कसैको संलग्नता छैन भनी मौकाको व्यहोरालाई समर्थन गर्दै बयान गरेकी र स्वयम्यी पुनरावेदिकाले अदालतमा बयान गर्दा मौकाको बयानका अन्य कुरा आफूले भनेकी होइन भन्न नसकी सिर्फ टेकबहादुर वली मसँग सुतेको कुरा आमाजूलाई थाहा थियो ससुरालाई नभनिदिनु होला भनेकी होइन अलि पर सर आमाजू भनेकी मात्र हुँ भन्ने कुरामा सम्म आफ्नो असहमति व्यक्त गरेकी देखिन्छिन् । यी सब कागजहरूबाट पुनरावेदिका र प्र.टेकबहादुरले मृतकलाई सिकिस्त पारी कुटपीट गरेको कुरा शङ्कारहित तवरबाट प्रमाणित भएको पाइन्छ ।

. मृतकको शरीरमा पुनरावेदिका एक्लैले प्रहार गरेकी र त्यसबाट मृतकलाई केही नभै घटनामा पूर्णविराम लागेको र टेकबहादुरले पनि अलगथलग स्वतन्त्ररूपमा एक्लै मृतकलाई कुटेको भए पुनरावेदिकाले अभियोग दावीबाट सफाइ पाउनुपर्छ भन्ने निजको जिकिर मनासिब हुनसक्थ्यो । तर घटनाको उठान त्यसरी भएको देखिंदैन । यहाँ यी दुईजना प्रतिवादीहरू एकसाथ रहेका, एक धारणा बनाई मृतकसँग विवाद

गरेका, सो क्रममा पुनरावेदिकाले मृतकलाई कुटपीट गरी वारदातको सुरूआत गरेकी, त्यसपछि मृतकले माफी मागेको र रू.५० हजार दिउँला भनेर बाहिर गएपछि केही समयको लागि वारदात रोकिएको एक चरणको अवस्था छ । दोस्रो चरणमा मृतकले पुनरावेदिकालाई रू.१८००।- समेत दिएको, मृतक जितलालले टेकबहादुर वली पुनरावेदिकाको धर्मदाइ रहेनछ लोग्ने रहेछ भनेपछि टेकबहादुर र पुनरावेदिकाले पुनः जितलाललाई हात, मुक्काले कुटपीट गरी भित्तामा टाउकोसमेत ठोकाइदिएका र सो क्रममा छातासमेत भाँच्चिएको र जितलाल सिकिस्त हुँदै गएको भनी थप वारदातसमेत घटेको देखिन्छ ।

. प्रतिवादीहरूले गुट बनाई संयुक्तरूपमा गरेको वारदातलाई संयुक्त वारदात (joint enterprise) अथवा joint venture भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुट्दै कुटेन कि जस्ता कुरा common law मा प्रासङ्गिक हुँदैनन् । ज्यान लिने अथवा साङ्घातिक कुटपीट गर्ने मनसाय भै सो सन्दर्भमा समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपीट गरेमा सबै प्रतिवादी समानरूपमा सहभागी भएको मानिने र समान सजायका भागीदार हुने अवस्था रहन्छ । यो अवधारणालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को शीर व्यहोरामा रहेकोअरूको ज्यान मार्ने गैह्र कुरा गर्दाभन्ने वाक्यांशले समेटेको देखिन्छ । पश्चिमा फौजदारी कानून र उक्त १३ नं. को फरक भनेको १३ नं. आकर्षित हुनको लागि प्रतिवादीले मर्ने मानिसको जीउमा हात हालेको कुरा प्रमाणित हुनैपर्ने देखिन्छ । जुन कुरालाई कमन लले अनिवार्य मानेको छैन । जीउमा हात हालेको प्रमाणित भएको अवस्थामा प्रतिवादीले एक मुक्का हान्यो वा धेरैपटक हान्यो, खुकुरी वा बन्दुक जस्तो साङ्घातिक हतियारले हान्यो वा सामान्य लौरो, छडी आदिले कुट्यो भन्ने कुरालाई पश्चिमा कानून झैं उक्त १३ नं. ले महत्त्वहीन कुरा मानेको देखिन्छ । १३ नं ले felony murder rule constructive intent अर्थात् Sometimes crimes may be satisfied by proof of the basic Mens Rea of a lesser offence than that charged – this is sometimes called ‘constructive’ crime भन्ने सिद्धान्तलाई स्वीकार गरेको कुरा स्मरण रहोस् ।

. अब पुनरावेदिकासमेतको उक्त कुटाइ मृतकको मृत्युको कारण भए नभएको भन्नेतर्फ विचार गर्दा मृतकको मृत्यु टाउकोको चोटको कारणबाट भएको भन्ने शव परीक्षण प्रतिवेदन देखिन्छ यी प्रतिवादीले मृतकलाई कुटपीट गरी सिकिस्त बनाएको मृतकको मृत्युको परिणामको बीचमा अरू कुनै स्वतन्त्र घटना घटेको सो कारण प्रभावकारी वा निर्णायकरूपमा मृतकको मृत्युको कारण भएको भन्ने कुनै पनि कुरा भएघटेको देखिँदैन यी प्रतिवादीको सो fault सँग मृतकको मृत्युको सम्बन्ध (connection) स्थापित उक्त chain of causation लाई कुनै intervening acts or events ले भङ्ग गरेको भनी पुनरावेदिकाले देखाउन सकेकी पाइँदैन

. मृतकको मृत्यु टाउकोको चोटको कारणबाट भएको भन्ने कुरा शव परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट मृतकको मृत्यु अत्यधिक रक्सी सेवनबाट भएको मान्न मिल्दैन एकछिनलाई पहिलेदेखि नै मृतकले अत्यधिक रक्सी सेवन गरेकाले पुनरावेदिकासमेतको कुटपीट, अत्यधिक रक्सीसेवन राम्रो उपचार नभएको समेतका समष्टि कारणबाट मृतकको मृत्यु भएको कुटपीट मात्र कारण नरहेको भनी मान्ने हो भने पनि प्रस्तुत वारदातमा मृतकको मृत्यु रक्सीसेवनबाट मात्रै हुन नसक्ने भन्ने निष्कर्ष अन्यथा हुन सक्ने देखिँदैन त्यसपछिको बाँकी दुई अवस्था पुनरावेदिकासमेतले सिर्जना गरेकीले त्यसको परिणामबाट निजले उन्मुक्ति पाउने अवस्था रहँदैन साथै अत्यधिक रक्सीसेवन गरेका मृतकलाई त्यस किसिमले साङ्घातिक कुटपीट गरेमा निजको ज्यान जाने प्रबल सम्भावना रहने कुरा सामान्य समझको मानिसले थाहा पाउने बुझ्ने कुरा भएकाले सो आधारमा समेत उत्पन्न दुष्परिणामको जवाफदेही पुनरावेदिकाले व्यहोर्नुपर्ने देखिन्छ यो कुरा पीडितको शारीरिक वा मानसिक रोग, अवस्था आदिको प्रतिवादीले हेक्का राख्नुपर्छ त्यसलाई बेवास्ता गरी प्रतिवादीले कुनै काम कुरा गरेमा त्यसको जिम्मेवार प्रतिवादी हुने भन्ने सिद्धान्तबाट समर्थित हुन्छ मृतकको खप्पर अण्डा जस्तो कमजोर त्यहाँ एक बक्सिङ हानेमा मृतकको मृत्यु हुन्छ भनी थाहा पाउने प्रतिवादीले मृतकलाई मार्नका लागि खुकुरीले काट्नुपर्ने वा बन्दुक ताक्नुपर्दैन त्यही कुरा प्रस्तुत वारदातको

हकमा भन्न सकिन्छ यद्यपि मृतकको मृत्यु मृतकको रक्सी सेवनबाट भएको नभै दुबै प्रतिवादीको संयुक्त कुटाइको प्रभाव (cumulative effect) बाट भएको कुरा शव परीक्षण प्रतिवेदनबाट प्रमाणित भएको कुरा माथि उल्लेख भएकै

. अब पुनरावेदिकालाई .बं. १८८ नं लगाई १० वर्ष कैद गर्ने भन्ने सजाय चर्को भयो भन्ने जिकिरमा विचार गर्दा रातको समयमा निदाई सुतेकी पुनरावेदिकासमक्ष मृतक आई निजले पुनरावेदिकाको शरीर छामछुम गरेका, त्यस कुरामा वादविवादसमेत गरेका, पुनरावेदिकाको लोग्ने प्रतिवादी टेकबहादुर भएको भनी सबैका सामु भनेर पुनरावेदिकालाई लान्छित गरेका पुनरावेदिका चरित्रहीन बजारू आइमाई हुन् जसले जोसँग पनि यौनसम्पर्क गर्न सक्ने जस्तो व्यवहार गरेका जस्ता मृतकको व्यवहार कुनै पनि नारीको लागि असह् हुन्छ चरित्रहीन नारी पनि आफ्नो गरिमा, स्वतन्त्रता इज्जतको कुरामा लान्छित हुन चाहँदैनन् यो उनीहरूको शारीरिक स्वायत्तता autonomy भित्र पर्ने कुरा हो यी सब कुरामा उनीहरू अत्यन्त संवेदनशील हुन्छन् पुनरावेदिका आफैँले मृतकसँग वारदातको कारण झिकेकी वा निहुँ खोजेकी छैनन् वारदातले यो रूप परिणाम लिने कुरा पुनरावेदिकाको पूर्व जानकारीमा छैन पुनरावेदिकाको गोप्य कुरा प्रकाशमा आउनुको अर्थ निजको पारिवारिक जीवनमा सङ्कटको ग्रहण लाग्नु हो यी सब कारण पुनरावेदिकाको नाबालक छोरी रहेकी पुनरावेदिकाले अदालतमा समेत लगभग साँचो कुरा गरेर न्याय सम्पादनमा सहयोग गरेकीसमेतको अवस्थाले गर्दा यी पुनरावेदिका थप सहानुभूतिको पात्र भएकी कुरामा यो इजलास विश्वस्त तसर्थ यी पुनरावेदिकालाई भएको १० वर्षको कैदमा वर्ष घटाउनु उपयुक्त हुने भन्ने यो इजलासको निष्कर्ष

. तसर्थ प्रतिवादी सीता भन्ने लालहीरा कामीलाई अभियोगदावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई सुरू रूकुम जिल्ला अदालतबाट मिति २०६७।१२।७ मा भएको फैसला सदर गरी पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६८।८।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ माथि उल्लेख भएबमोजिम पुनरावेदिका प्रतिवादीलाई मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम कैद वर्ष हुन्छ अरूमा तपसिलबमोजिम गर्नू

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी सीता भन्ने लालहीरा कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद भै मुलुकी ऐन .बं. १८८ नं. बमोजिम (आठ) वर्ष मात्र कैद सजाय हुने ठहरेकाले निजलाई सर्वस्वसहित जन्मकैद गर्ने गरी राखेको लगत कट्टा गरी (आठ) वर्षको कैदको लगत ठेकी कैद असुल गर्नु भनी सुरू रूकुम जिल्ला अदालतमा लेखी पठाउनू -----

फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ----------------------

 

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र

                                                           

इति संवत् २०७१ साल असोज २२ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : रामप्रसाद भट्टराई

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु