शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२५३ - करकाप

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।३।२।२

०६६-CR-०२९६

 

मुद्दा : करकाप ।

 

पुनरावेदक/वादी : जमिर महतोको छोरा, बारा जिल्ला, अमृतगन्ज गा.वि.. वडा नं ८ बस्ने रामजीप्रसाद कुशवाहा

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : स्व. भागवतप्रसाद यादवको छोरा, बारा जिल्ला, कचोर्वा गा.वि.. वडा नं ७ बस्ने विजयप्रसाद यादव

 

§  लेनदेन मुद्दाको मिति २०६०।११।१६ को लिखत यी पुनरावेदकले स्वेच्छाबाट सही छाप गरिदिएको नभै निजलाई अपहरण गरी प्रतिवादीहरूले आफ्नो कब्जामा राखी करकापबाट जबर्जस्ती सही गराएको लिखत भन्ने कुरा पुष्टि हुने ।

(प्रकरण नं.)

§  आफूद्वारा जबर्जस्ती कपाली तमसुक लेख्न लगाएका हुन् भनी मिति २०६१।७।२५ मा जिल्ला प्रहरी कार्यालय, बारामा कागज गरेका र विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकाले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिने ।

(प्रकरण नं.)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ताद्वय रामबन्धु शर्मा तथा रामपुकार महतो

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता राजीव आचार्य

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २४ नं.

§  मुलुकी ऐन, दण्ड सजायको महलको १२ नं.

§  प्रमाण ऐन, २०३१ को दफा ३४()

 

सुरू फैसला गर्ने अदालत :

            मा.जि.न्या.श्री उमेशराज पौडेल

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या. श्री केशरीराज पण्डित

            मा.न्या. श्री गिरीराज पौडेल

 

फैसला

            न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार छ :

            २०६१ साल असोज १८ गतेका दिन आफ्नो उपचार गराउन कामदार मजदुर जयनाथ दास तत्मालाई साथै लिई भारतको मोतिहारीमा डाक्टर आशुतोष साहकहाँ गई उपचार गराई त्यहाँबाट २०६१।६।१९ मा घरतर्फ आउने क्रममा नेपाल सरहदभित्रै विपक्षीहरूमध्ये मनोज यादव, प्रमानन्द जैसवाल, विश्वनाथ यादव, दिनानाथ राय, संजय यादव, उमेशकुमार यादव, रामभजनसमेतले आआफ्ना हातमा बन्दुक, खुकुरी, फर्सासमेत देखाई मलाई रोकी कुटपीटसमेत गरी बाँधी आँखमा पट्टी बाँधी मोटरसाइकलमा बसाली प्रतिवादीमध्येका विश्वनाथ यादवको मूल घर अगरवा लगी मलाई कोठामा थुनी २०६१।६।१९ देखि ६।२९ गतेसम्म त्यहीँ राखे । मसँग रहेको जयनाथ दास उम्की मेरो दाजु चन्द्रिका कुशवाहालाई जानकारी दिँदा दाजुले जिल्ला प्रहरी कार्यालय, बारामा २०६१।६।२१ गते हुलिया जाहेरी दिनुभएको र F.M. रेडियोबाट सुनी थाहा पाएपछि मलाई आँखामा पट्टी बाँधी मोटरसाइकलमा बसाली कचोर्वा वडा नं ७ विजय यादवको गोठघरमा लगी राखे । २०६१।६।३० का दिन विजयप्रसाद यादव र अन्य प्रतिवादीहरूले लालबाबुलाई बोलाई लेखनदास लक्ष्मणप्रसाद श्रीवास्तवलाई बोलाई ल्याउन लगाए । के कस्तो कागज गराउनुपर्ने हो भनी लक्ष्मणप्रसादले सोध्दाप्रतिवादी विजयप्रसाद यादवले तीनप्रति नेपाली कागजमा एकप्रति विजयप्रसाद यादवलाई, एकप्रति मङ्गल राय यादवलाई र एकप्रति सियारामप्रसाद यादवलाई धनी बनाई कपाली तमसुक लेख्न लगाई मनेर सही छाप गराउन

आउँदा मैले सही छाप गर्न इन्कार गर्दा ममाथि पेस्तोल, फर्सा देखाएकाले डरको कारण मैले शिरपुछारमा लेखात्मक र रेखात्मक सही गरी दिएँ ।  सो कागज एकप्रति विजयप्रसाद यादवलाई, एकप्रति मङ्गल राय यादवलाई तेस्रोप्रति सियारामप्रसाद यादवलाई प्रतिवादी लक्ष्मणप्रसाद यादवले दिएका हुन् । मसँग सही छाप गराइएका ती तमसुकमा के कति रकम थैली लेखिएको थियो अङ्क छोपेकाले हेर्न नसकी जोरजुलुम, करकाप गरी मसँग उल्लिखित कागजमा सही छाप गराइसकेपश्चात् सबै प्रतिवादीहरूले एकमुख भै यहाँ भए गरेको घटना, काम कारवाही तथा कागजको बारेमा कसैलाई केही भनेमा ज्यानसमेत मारी दिने धम्की दिएका थिए ।

अनि २०६१।६।३० का दिन मलाई मोटरसाइकलमा बसाली खजानीको सिमानामा ल्याई दिउँसो २:०० बजेतिर छाडिदिएकाले करकापसँग गराएको कागज विपक्षीहरूबाट फिर्ता दिलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको रामजीप्रसाद कुशवाहाको फिरादपत्र ।

            प्रतिवादीहरूले मेरो इच्छा विरूद्ध मलाई डरत्रासमा पारी तीनप्रति कपाली तमसुक लेख्न लगाएको हुँदा सो सम्बन्धमा मैले जिल्ला प्रहरी कार्यालय, बारामा बयान गर्दा सम्पूर्ण व्यहोरा उल्लेख गरेको छु । करकापको वारदात मेरो इच्छाविपरीत भए गरेकाले मैले सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मणप्रसाद श्रीवास्तवले मिति २०६१।११।१७ मा दिएको प्रतिउत्तरपत्र ।

            जुन वारदातको सम्बन्धमा प्रस्तुत फिराद दायर भएको हो सो वारदातको अवस्थामा हामी प्रतिवादीहरू उपस्थित नै नरहेको, जोरजुलुम, जबर्जस्तीसँग कागज गराउँदा वादीले कुनै किसिमको प्रतिवाद गरेनन् होला वा बाँच्ने प्रयास गरेनन् होला भनी मान्न, भन्न, पत्याउन मिल्ने होइन । २०६१।६।३० गतेका दिन अन्य प्रतिवादीहरूसँग हाम्रो भेटघाट भएको छैन र उक्त मितिका दिन हामी घरमा नै रहेकाले हामीउपरको दावी झुट्ठा हुँदा वादी दावी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी लंगटराय यादव र सियारामप्रसादको संयुक्त प्रतिउत्तरपत्र ।

            उक्त मिति २०६१।६।३० गतेका दिन यस मुद्दाका अन्य प्रतिवादीहरूसँग हाम्रो भेटघाट छैन । उक्त मिति समयमा हामी आफ्नो घरद्वारमै थियौं । विपक्षीसँग हामीले उक्त मितिमा कुनै प्रकारको कागज गर्न लगाएको नहुँदा हामीसमेतलाई प्रतिवादी बनाई दायर भएको प्रस्तुत मुद्दा खारेजभागी छ । विपक्षीले म प्रतिवादी विजयप्रसाद यादवसँग २०६०।११।१६ मा रू.,५१,०००।ऋण लिनुभएकोमा भाखा नाघेपश्चात पटकपटक ताकेता गर्दा पनि नबुझाउनुभएबाट मैले मुद्दा गर्ने कुरा गर्दा सोबाट बच्नको लागि यो झुट्ठा मुद्दा दिएका हुन् । २०६०।११।१६ मा कपाली तमसुक लेखी दिएका हुन् । २०६१।६।३० मा विपक्षीलाई करकापमा पारी लेखेको होइन छैन भन्नेसमेत व्यहोराको प्रतिवादी विजयप्रसाद यादव र लक्ष्मणप्रसाद श्रीवास्तवको संयुक्त प्रतिउत्तरपत्र ।

            २०६१।६।३० गतेका दिन यस मुद्दाका अन्य प्रतिवादीहरूसँग हाम्रो भेटघाट छैन । उक्त मिति समयमा हामी आफ्नो घरद्वार मै थियौं । विपक्षीसँग हामीले उक्त मितिमा कुनै प्रकारको कागज गर्न लगाएको नहुँदा वादी दावी

खारेजभागी छ भन्नेसमेत व्यहोराको प्रतिवादी विश्वनाथ राय यादव, रामअशिष यादव, संजयप्रसाद यादव, उमेशकुमार यादव, बडाबाबु भन्ने लालबाबु यादव, मनोजप्रसाद यादव, परमानन्दप्रसाद जैसवार र दिनानाथ राय यादवसमेतको संयुक्त प्रतिउत्तरपत्र ।

            वादीको साक्षी राधा मोहनप्रसाद कुशवाहा र प्रतिवादीहरूको साक्षी रामपुकारप्रसाद यादव, रामचन्द्र राय यादवले गरेको बकपत्रहरू मिसिल साथ रहेको ।

            प्रतिवादी विजयप्रसादको साक्षीले २०६०।११।१६ गते आइतबारका दिन विजयप्रसाद यादवसँग वादीले रू.,५१,०००।- कर्जा लिएको भनी बकपत्र गरेकोमा २०६०।११।१६ गतेका दिन आइतबार नभई शनिबार परेको देखिँदा निज साक्षीको बकपत्र झुट्ठा देखिएको र लेनदेन मुद्दाको दावीको लिखतको दिन मिति २०६०।११।१६।१ उल्लेख भएको देखिए पनि उक्त दिन आइतबार नभै शनिबार परेको देखिन्छ । उक्त मितिमा यी वादीले प्रतिवादीसँग  कर्जा लिई लिखत गरी दिएको भए त्यसरी लिखतमा रोज फरक पर्न सक्ने अवस्था नरहने हुँदा सो लिखत धेरैपछि अगाडिको काल्पनिक मिति राखी खडा गरेको कारणबाट त्यसरी रोज फरक पर्न गएको भनी मान्नुपर्ने देखिन आएकाले परिस्थितिजन्य अवस्थालाई दृष्टिगत गर्दा लेनदेन मुद्दाको दावीको लिखत सद्दे लिखत भन्ने देखिन नआई यी वादीलाई करकापमा पारी सही छाप गराएको पुष्टि हुन आएको र उक्त कार्यबाट लेनदेन मुद्दाको वादी विजयप्रसादलाई मात्र प्रत्यक्ष फाइदा हुन जाने देखिन आएकाले करकापसँग कागज गराउने निज विजयप्रसाद यादवलाई दण्ड सजायको महलको १२ नं ले रू.,०००।- जरिवाना हुने र करकापसँग लिखत लेख्न लगाएको भन्ने देखिने स्पष्ट एवम्ठोस प्रमाणको अभावमा अन्य प्रतिवादीहरू समेतको संलग्नता रहेको नदेखिँदा अन्य प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू बारा जिल्ला अदालतबाट मिति २०६४।३।३२ मा भएको फैसला ।

            लिखत लेख्ने लेखनदास लक्ष्मणप्रसादले वारिस रामभजनमार्फत स्वतन्त्ररूपमा दावीबमोजिम कुनै वारदात भएको छैन । लिखत कर्जा लेनदेन भएपछि मैले लेखको हुँ भनी २०६१।१२।२९ मा पेस गरेको प्रतिउत्तर व्यहोरालाई बेवास्ता गरी लक्ष्मण लेखनदासको कथित व्यहोराको प्रतिउत्तर वादीको कथनलाई मात्र आधार मानी भएको सुरू फैसला बदरभागी छ । न्यायकर्ताज्यूले लिएको तर्क सम्बन्धमा हेर्दा विवादको मुख्य विषय आइतबार वा शनिबार भन्ने नभई विवादित कागज लेख्ने लक्ष्मणप्रसादले २०६०।११।१६ को कपाली लेनदेन भएको बेला मैले लेखेको हुँ भनी सम्मानित जिल्ला अदालतमा उपस्थित भई प्रतिवाद गरी सकेपछि साक्षीले बकपत्र गर्दा भएको सामान्य गल्तीलाई असामान्य ढङ्गले फैसलामा गलत व्याख्या गरी भएको फैसला बदर गरी हक इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विजयप्रसाद यादवको पुनरावदेनपत्र ।

            प्रतिवादी लक्ष्मणप्रसाद श्रीवास्तवतर्फबाट एकै मुद्दामा पृथकपृथक व्यहोरा उल्लेख गरी प्रतिउत्तर परेको देखिएको, मिति २०६१।११।१७ को प्रतिउत्तर मैले अर्कै कामको लागि दिएको लिफामा किर्ते व्यहोरा लेखी प्रतिउत्तर लगाएको हुँदा किर्तेमा सजाय गरिपाउँ भनी दिएको किर्ते मुद्दामा दावी नपुग्ने ठहरी भएको सुरूको फैसला सदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएको, वादीका साक्षीले बकपत्र गर्दा करकापसँग कागज गराएको देखेको भन्न नसकी वादीले भनेर थाहा पाएको हुँ भनेको, वादीको भनाई र प्रतिवादी लक्ष्मणप्रसाद वास्तवले प्रहरीमा गरेको कागजमा मेल नखाएको साथै वादीले करकापको वारदात प्रमाणित हुने सबुद प्रमाण पेस गरी पुष्टि गराउन सकेको नदेखिँदा सुरू बारा जिल्ला अदालतले करकाप ठहर्याएको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसला ।

            मैले मउपर विपक्षी विजयप्रसाद यादवले दायर गरेको लेनदेनको लिखत मितिमा निजसँग कुनै ऋण नलिएको, मलाई जबर्जस्ती करकाप गरी गराएको कागज मुलुकी ऐन, .बं. २४ नं. ले बदरभागी छ । प्रतिवादीहरूले मलाई २०६१।६।१९ मा अपहरण गर्दा उम्कन सफल भएका जयनाथ दास तत्माले मेरा दाजु चन्द्रिकाप्रसादलाई जानकारी गराएपछि निज दाजुले २०६१।६।२१ मा जिल्ला प्रहरी कार्यालय, बारामा मेरो हुलियासमेत खुलाई हुलिया दरखास्त दिएको कुरा प्रमाणित भएको अवस्था छ । लेखक लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा मिति २०६१।७।२५ मा गरेको कागजले पनि मलाई करकाप गरी ३ वटा कागजमा सही छाप गराएको कुरा प्रमाणित भएको अवस्था छ । उक्त प्रहरीमा गरेको कागजलाई निजले मिति २०६१।११।१७ मा प्रस्तुत मुद्दामा फिराएको प्रतिउत्तरले समेत पुष्टि गरेको छ । पछि विजयप्रसाद यादवको भनाइमा लागी दिएको मिति २०६१।१२।२९ को प्रतिउत्तरपत्रको व्यहोरा प्रमाण ऐन, २०३१ को दफा ३४ ले विवन्धित भै कानूनी मान्यता पाउन सक्तैन । विपक्षीले लेनदेन मुद्दामा पेस गरेको मिति २०६०।११।१६ को कपाली तमसुकको मिति २०६०।११।१६ रोज १ लेखिएको छ । सो मितिमा रोज १ नै नपरी शनिबार परेको कुरा सो लिखत मितिको पात्रोले प्रमाणित गरेको छ । मेरा साक्षीको बकपत्र सही र विपक्षीका साक्षीको बकपत्र झुट्ठा भन्ने कुरा प्रमाणित हुँदाहुँदै पनि मिसिल संलग्न सबुद प्रमाणको सही मूल्याङ्कन नगरी गरिएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ फैसला बदर गरी सुरू जिल्ला अदालतको मिति २०६४।३।३२ को फैसला सदर गरी न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादी रामजीप्रसाद कुशवाहाले यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

            यसमा वादीलाई मिति २०६१।६।१९ मा अपहरण गरेको भनी वादीका दाजु चन्द्रिकाप्रसादले मिति २०६१।६।२२ मा जिल्ला प्रहरी कार्यालय, बारामा हुलिया जाहेरी दरखास्त दिएको तथा विवादित मिति २०६०।११।१६ को कपाली तमसुक लेख्ने भनिएका लक्ष्मणप्रसाद श्रीवास्तवले मिति २०६१।७।२५ मा जिल्ला प्रहरी कार्यालय, बारामा कागज गर्दा प्रतिवादीहरूले मिति २०६१।६।३० गते मलाई बोलाई लगी कागज बनाई दिनुहोस् भनी डर त्रास देखाएको कारण कागज लेखी दिएको हुँ । सबै कपाली तमसुकमा छ महिनाजति अगाडिको मिति राख्न लगाएका हुन् भनी प्रस्तुत मुद्दा र लगाउको लेनदेन मुद्दापर्नुभन्दा अगावै सो व्यहोरा उल्लेख गरी कागज गरी दिएको पाइएको र प्रस्तुत मुद्दामा समेत मिति २०६१।११।१७ मा सोही व्यहोराको प्रतिउत्तर फिराएको पाइन्छ । विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकाले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिन आएको हुँदा यस स्थितिमा सुरूको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।९।२८ को आदेश ।

            विपक्षीले म प्रतिवादीसँग २०६०।११।१६ मा रू.,५१,०००।ऋण लिनु भएकोमा भाखा नाघेपश्चात पटकपटक ताकेता गर्दा पनि नबुझाउनुभएबाट मैले मुद्दा गर्ने कुरा गर्दा सोबाट बच्नको लागि यो झुट्ठा मुद्दा दिएका हुन् । २०६०।११।१६ मा निजले स्वेच्छाले कपाली तमसुक लेखी सही छाप गरी दिएको कुरा लक्ष्मणप्रसाद श्रीवास्तवको २०६१।१२।२९ को प्रतिउत्तरपत्रले पुष्टि गरेको छ । २०६१।६।३० मा विपक्षीलाई करकापमा पारी लिखतमा सही छाप गराएको नहुँदा पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको प्रतिवादी विजयप्रसाद यादवको लिखित जवाफ ।

            नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ताद्वय श्री रामबन्धु शर्मा तथा श्री रामपुकार महतोले मेरो पक्षलाई विपक्षी विजयप्रसाद यादवसमेतले अपहरण गरी विपक्षी लक्ष्मणप्रसाद श्रीवास्तवबाट तीनप्रति कपाली तमसुक लेखाई डरधाकमा पारी करकापबाट तीनवटा तमसुकमा जबर्जस्ती सही गराएपछि मात्र छाडिदिएको अवस्था छ । लिखत लेख्ने लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा मिति २०६१।७।२५ मा गरेको बयान कागज र निजले मिति २०६१।११।१७ मा दिएको प्रतिउत्तरपत्रले सो कुरा पुष्टि गरिरहेको अवस्था छ । त्यस्तै विपक्षी विजयप्रसाद यादवले मेरो पक्षउपर दायर गरेको ०६६-CI-०४०५ को लेनदेन मुद्दामा दावी गरिएको मिति २०६०।११।१६।१ को लिखतको बारमा आइतबार लेखिएको छ सो मितिमा शनिबार   पर्दछ । यस तथ्यले पनि हतारमा करकापबाट लिखत गराउने क्रममा अगाडिको मिति राख्दा त्रुटि हुन गएको कुरा पुष्टि भएको अवस्थामा प्रमाणको मूल्याङ्कन नै नगरी करकाप नठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दावीबमोजिम इन्साफ पाउनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

            प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री राजीव आचार्यले मेरो पक्षसमेतले करकापबाट लिखतमा वादीको सही छाप गराएको कुरा प्रमाणित गर्ने प्रमाण मिसिल सामेल छैन, लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा मिति २०६१।७।२५मा गरेको बयान कागज र निजले मिति २०६१।११।१७ मा दिएको प्रतिउत्तरपत्रलाई खण्डन गरी मिति २०६१।१२।२९ मा प्रतिउत्तर दिएका छन् भने मिति २०६१।११।१७ मा दिएको प्रतिउत्तरपत्र जग्गासम्बन्धी कामको लागि दिएको लिफा गलत काममा प्रयोग गरेको भनी किर्ते मुद्दा दायर गरेबाट पनि निजको उक्त कागज र प्रतिउत्तरलाई प्रमाणमा लिन मिल्दैन । पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

            दुबैतर्फका विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको तर्कपूर्ण बहससमेतलाई दृष्टिगत गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसला मिलेको छ वा छैन र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने कुराको निर्णय दिनुपर्ने देखिन आयो ।

. यसमा मलाई विपक्षीहरूले मिति २०६१।६।१९ मा उपचार गरी घरतर्फ आउने क्रममा जबर्जस्ती पक्री कुटपीट गरी थुनी राखी मिति २०६१।६।३० का दिन तीन प्रति कपाली तमसुकमा जबर्जस्ती करकापबाट सही छाप गराई छाडिदिएको हुँदा मलाई करकापमा पारी गराइएका कागज बदर गरी विपक्षीहरूलाई कडा कारवाही गरिपाउँ भन्ने मुख्य फिराद दावी र प्रतिवादीमध्येका लक्ष्मणप्रसाद श्रीवास्तवले आफूलाई प्रतिवादी विजयप्रसाद यादवसमेतले करबलमा पारी तीनप्रति कपाली तमसुक लेख्न लगाएका हुन्, मैले वादीलाई करकाप गरेको होइन भनी र अन्य प्रतिवादीहरूले कसुरमा इन्कार गरी प्रतिउत्तर जिकिर लिएको देखिन्छ । प्रतिवादीहरूले वादीलाई करकाप गरी कागज गराएको ठहर गरेको सुरू बारा जिल्ला अदालतले फैसला उल्टी गरी करकापको वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर वादी रामजीप्रसाद कुशवाहाको यस अदालतमा पुनरावेदन पर्न आएको पाइयो ।

            . यी पुनरावेदक वादीलाई प्रतिवादीहरूले मिति २०६१।६।१९ मा जबर्जस्ती अपहरण गरी आफ्नो कब्जामा लिएको कुराको जानकारी हुनासाथ वादीका दाजु चन्द्रिकाप्रसाद यादवले मिति २०६१।६।२२ मा जिल्ला प्रहरी कार्यालय, बारामा दिएको हुलिया जाहेरी दरखास्तबाट देखिन्छ । प्रतिवादीमध्येका लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा मिति २०६१।७।२५ मा कागज गर्दा रामजीप्रसाद कुशवाहा मिति २०६१।६।१९ मा अपहरणमा परेको कुरा सुनेको हुँ । किन कसले अपहरण गरे सोतर्फ मैले कुनै चासो दिइन र मलाई मिति २०६१।६।३० मा म आफ्नै घरमा बसिरहेको अवस्थामा जिल्ला बारा, अमृतगन्ज गा.वि.. वडा नं. २ मौवाहीटोल बस्ने दिनानाथ यादवको छोरा बडाबाबु भन्ने लालबाबु यादव आई बोलाई भारतको अगरवा भन्ने ठाउँ नेपाल भारतको सिमाना नजिकैको गाउँमा विश्वनाथ यादव भन्नेको घरमा लगी रामजीप्रसाद कुशवाहा ऋणी बनाई रू.,४५,०००।, रू.,५१,०००। र रू.,४९,०००। को तीनवटा कागज लेख्न लगाए एउटा लिखतमा विजयकुमार यादव र दुईवटामा रौतहट जिल्लाबासी मैले नचिनेका व्यक्ति धनी बनाई लेखिएको थियो । ती कागजमा लिखत लेखिएको मिति २०६१।६।३० भन्दा छ महिनाजति अगाडिको मिति राखिएको थियो । मैले डरत्रासको कारणबाट कागज लेखिदिएको हुँ भनी विस्तृत विवरणसहित कागज गरेको मिसिल संलग्न बयान कागजबाट देखिन्छ । सो बयान कागजलाई समर्थन गर्दै निज लक्ष्मणप्रसाद श्रीवास्तवले प्रस्तुत मुद्दामा समेत मिति २०६१।११।१७ मा सोही व्यहोराको प्रतिउत्तर फिराएको पाइन्छ । आफूले मिति २०६१।११।१७ मा फिराएको प्रतिउत्तर मैले दिएको होइन वादी रामजीप्रसाद कुशवाहालाई अर्कै जग्गासम्बन्धी कामको लागि दिएको लिफामा किर्ते वारिसनामा खडा गरी प्रतिउत्तर लगाएको हुँदा विपक्षीहरूलाई किर्तेमा सजाय गरिपाउँ भनी यिनै लक्ष्मणप्रसाद श्रीवास्तवले यी पुनरावेदक रामजीप्रसाद कुशवाहासमेतउपर दायर गरेको किर्ते मुद्दामा वादी दावी पुग्न नसक्ने ठहरी सुरू बारा जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६६।४।१३ मा फैसला भै अन्तिम भएको देखिन्छ ।

. मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २४ नं. माकागज गराउँदा कसैलाई पनि जोरजुलुम करकाप गरी कागज गराउनुहुँदैन, गरे बदर हुन्छभन्ने उल्लेख भएको देखिन्छ । प्रमाण ऐन, २०३१ को दफा ३४() माकुनै व्यक्तिले लेखेर, वचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैनभन्ने उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थासमेतबाट प्रतिवादी लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा गरेको उक्त बयान र प्रस्तुत मुद्दामा निजले दिएको मिति २०६१।११।१७ को प्रतिउत्तरलाई इन्कार गर्न निज विवन्धित भएको प्रष्ट छ ।

. यसरी प्रतिवादीमध्येका लक्ष्मणप्रसाद श्रीवास्तवले जिल्ला प्रहरी कार्यालय, बारामा गरेको बयान, प्रस्तुत

मुद्दामा मिति २०६१।११।१७ मा दिएको प्रतिउत्तरपत्र, वादीका साक्षी राधामोहनप्रसाद कुशवाहाको बकपत्र र चन्द्रिकाप्रसादले जिल्ला प्रहरी कार्यालय, बारामा दिएको जाहेरीसमेतका कागज प्रमाणबाट यी पुनरावेदक वादी रामजीप्रसाद कुशवाहाउपर प्रतिवादी विजयप्रसाद यादवले दायर गरेको ०६६-CR-०४०५ लेनदेन मुद्दाको मिति २०६०।११।१६ को लिखत यी पुनरावेदकले स्वेच्छाबाट सही छाप गरिदिएको नभै निजलाई अपहरण गरी प्रतिवादीहरूले आफ्नो कब्जामा राखी करकापबाट जबर्जस्ती सही गराएको लिखत भन्ने कुरा पुष्टि हुन आएको   देखिन्छ ।

. तसर्थ उल्लिखित तथ्य एवम्बुँदा प्रमाणसमेतबाट रामजीप्रसाद कुशवाहाले आफूलाई अपहरण गरी करकापसँग गराएको भनी दावी लिएको देखिएको र निजको दाजु चन्द्रिकाप्रसाद कुशवाहाले यी वादीलाई अपहरण गरेको भनी मिति २०६१।६।२१ मा जाहेरी दरखास्त दिई विवादित तमसुकका लेखक लक्ष्मणप्रसाद श्रीवास्तवले वादीलाई ऋणी बनाई आफूद्वारा जबर्जस्ती कपाली तमसुक लेख्न लगाएका हुन् भनी मिति २०६१।७।२५ मा जिल्ला प्रहरी कार्यालय, बारामा कागज गरेका र विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकाले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिन आएको परिप्रेक्षमा उक्त लिखत करकापबाट तयार भएको भन्ने देखिँदा बारा जिल्ला अदालतबाट मिति २०६४।३।३२ मा विवादित लिखत करकापबाट भएको ठहर्याई भएको फैसला उल्टी गरी करकापको वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसला मिलेको नदेखिँदा उल्टी भै मिति २०६०।११।१६ को तमसुक करकापबाट तयार भएको ठहरी विपक्षी विजयप्रसाद यादवलाई मुलुकी ऐन, दण्ड सजायको महलको १२ नं. बमोजिम रू.१०००। एकहजार जरिवाना गरेको बारा जिल्ला अदालतको मिति २०६४।३।३२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसला उल्टी भै बारा जिल्ला अदालतको मिति २०६४।३।३२ को फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसलाले राखेको लगत कट्टा गरी सुरू फैसलाबमोजिम गर्नु भनी सुरू बारा जिल्ला अदालतमा लेखी पठाउनू .........................

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू .....

 

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र

 

इति संवत् २०७१ साल असार २ गते रोज २ शुभम् ।

 

इजलास अधिकृत : सूर्यप्रसाद रेग्मी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु