निर्णय नं. ७०१२ - अंश चलन

निर्णय नं. ७०१२ ने.का.प. २०५८ अङ्क ५/६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत् २०५४ सालको दे.पु.नं. ४१६५
फैसला मितिः २०५७।११।२४।४
मुद्दाः अंश चलन ।
पुनरावेदक
वादीः जि.वांके मनिकापुर गा.वि.स. वडा नं. ४ वस्ने वावुलाल भन्ने जानकीप्रसाद वाहुन ।
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ए.वस्ने वांके विहारी वाहुन समेत ।
§ वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन र प्रतिवादी वांके विहारी वाहुन अंशियार दाजु भाइ भएको कुरामा कुनै विवाद रहेको देखिएको छैन । प्रतिवादी वांके विहारी वाहुनको विवाह नेपालमा भै दाजु भाइ दुवै जना नेपाल आउंदाको अवस्था निजहरु छुटृी वेगल भै सकेको भन्ने सवूद प्रमाण कुनै नदेखिएको र नेपालमा आइसकेपछि २०१८ र २०२१ सालमा जग्गा किन्दाको अवस्थामा निजहरु दुवै जनाले नेपाली नागरिकता लिइ नसकेको स्थितिमा वांकेविहारीको स्वास्नी चन्द्रावती नेपाली नागरिक भएकीले निजको नाउंमा जग्गा राजिनामा गरि लिएको सम्म देखिन आउंछ । सम्बन्धित लिखतहरुमा निज चन्द्रावतीको माइती मावलीवाट दिएको भन्ने नदेखिएकोले निजको दाइजोको सम्पत्ति निजको नाउंमा रहेको भन्ने देखिन आउंदैन । पछि वादी र प्रतिवादी दाजुभाईले भारतमा रहेको आआफ्नो सम्पत्ति विक्रि गरे नगरेको कुरावाट तदउप्रान्त किनिएको सम्पत्ति भिन्न भैसकेपछि किनेको हो कि भन्ने अनुमान हुन सक्छ । तर सो भन्दा अघिनै नेपाल सरहदमा रहेको सम्पत्ति आफ्नै परिवार चन्द्रावतीको नाममा पहिले नै किनि राखेकोमा निजहरु छुटृी भिन्न भएको अवस्था किनि लिएको अनुमान गर्नुपर्ने समेत देखिदैन । यस स्थितिमा पुनरावेदक वादीले २०३५।२।८ मा जग्गा कमाउने सम्बन्धमा गरि दिएको लिखत मात्रको आधारले वादी प्रतिवादी वीच अंशवण्डा भएको ठोस सवूद प्रमाण वेगर वण्डा भैसकेको ठहराउन नमिल्ने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ताव्दय श्री सुधानाथ पन्त र श्री वावुराम गिरी
विपक्षी प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री महेशकुमार थापा
अवलम्वित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।६।२५ को फैसला उपर मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. स्व. स्वामी दयाल वाहुनको २ छोरा जेठा प्र. वांके विहारी वाहुन, कान्छा म फिरादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन भएकोमा वावुको मृत्यु पछि भारत देखु पुर्वामा भएको पुर्खौली जायजात विक्रि गरि नेपाल अधिराज्यभित्र वांके जिल्लामा जग्गा खरिद गरि दाजु प्र. वांके विहारीले आफ्नो श्रीमती प्र. चन्द्रावतीका नाउंमा उक्त जग्गा राखी हामी संगोलमा वसी आएको, २०४८ साल भाद्र महिना देखि खानपिन सम्म छुट्याई वसेका छौं । २०४८ कार्तिक महिनामा मेरो अंश हकमा पर्ने सम्पत्ति छुट्याई दिन प्रतिवादीले इन्कार गरेकोले अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमध्ये २ भागको १ भाग अंश दिलाइ पाउं भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. मेरो देवर वादी र मेरो लोग्ने वांकेविहारी वाहुन समेतको पुर्खौली घर जग्गा विदेश भारतमा थियो । मेरो विवाह निज वांके विहारी संग भैसकेपछि मेरो आमाले वांके मनिकापुर गा.वि.स.वडा नं. ४ को दर्ता नम्वरी जग्गामा घर वनाई प्रतिवादी वांके विहारी वसोवास गरेको र सो अवस्थामा वादी भारतकै गाउंमा वसोवास गर्दथे । म चन्द्रावतीले पाएको दाइजो पेवावाट खरिद गरि लिएको जग्गाहरु निजी तवरले भोगचलन गरी आएकी छु । वादी र प्रतिवादी वांकेविहारी समेतले भारतको जग्गा विक्रि गरेपछि म चन्द्रावतीले कुनै जग्गा खरिद गरेको होइन। फिराद जिकिर झुठृा हो भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीहरुका साक्षीका वकपत्रहरु र पेश भएको अंशको फाँटवारी थान २ समेत मिसिल संलग्न रहेको ।
५. २०३५।२।८ गतेको ठेक्काको कागजमा परेको ल्याप्चे सहिछाप मेरो हो, कागजको व्यहोरा जालसाजी हो भन्ने समेत व्यहोराको वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुनले गरेको वयान ।
६. ठेक्काको कागज जालसाजी भनेको झुठृा हो । सादा कागजमा ल्याप्चे सहिछाप गराएको होइन छैन भन्ने समेत व्यहोराको प्र. वांकेविहारी वाहुनको वयान ।
७. वादीले आफ्नो पैतृक सम्पत्ति नेपालमा ल्याई प्रतिवादीहरुसंग मिलाई साथ सगोलमा वसेको भन्ने कुनै लिखत प्रमाणव्दारा समर्थित गराउन सकेको नहुँदा र वादीका दाजु प्र. वांके विहारी वाहुनका नाउंमा कुनै सम्पत्ति रहे भएको समेत नहुँदा प्र. चन्द्रावती वाहुनका नाउंको सम्पत्ति वादीले वण्डा पाउन सक्ने कानूनतः अवस्था नहुँदा अंशवण्डा पाउं भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने वांके जिल्ला अदालतवाट भएको फैसला ।
८. प्र. वांकेविहारी वाहुन र म एका सगोलका दाजु भाई भएको र भारतको पैतृक सम्पत्ति विक्रि गरि प्र. वांके विहारी वाहुनकी श्रीमती प्र. चन्द्रावतीका नाउंमा नेपालमा जग्गा खरिद गरेकोमा सो सम्पत्ति मेरो अंश हक लाग्दछ । प्र. चन्द्रावतीको नाउंमा रहेको सम्पत्तिलाई स्त्री अंश धनको १, ४ नं. अनुसारको सम्पत्ति हो भनि ठहर गर्न र ऐ.को ५ नं. को विशेष सुविधा समेत दिन मिल्ने होइन । प्र. चन्द्रावतीले पेश गरेको २०३५।२।८ को लिखत किर्ते हो । वादी दावी वमोजिम प्र.हरुवाट अंश हक पाउने ठहराइ पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
९. प्र. मध्येकी चन्द्रावतीको माइती नेपाल भित्र भै निजको विवाह भारतीय नागरिक संग भएपनि नेपाल भित्र माइतीको सम्पत्तिको कारणवाट पनि वस्नुपर्ने वाध्यता सहज अनुमान भित्र पर्ने र भारतको विक्रि भएको सम्पत्तिवाट चन्द्रावतीको नाउंको सम्पत्ति खरिद भएको भन्ने वादीको कथन प्रमाणित भै नरहेकोले शुरु जिल्ला अदालतले लिएको प्रमाण वुँदा समेतको आधारमा चन्द्रावतीको नाउको सम्पत्तिवाट वादीले अंश नपाउने ठहर भएको वांके जिल्ला अदालतको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत, नेपालगंजको २०५२।६।२६ को फैसला ।
१०. शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, नेपालगंजको फैसला तथ्य कानून तथा सर्वोच्च अदालतवाट प्रतिपादित नजिर सिद्धान्तको गम्भीर त्रुटि भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क), (ख) वमोजिम दोहोर्याई हेरी सुफत न्याय पाउं भन्ने समेतको वादीको निवेदन पत्र ।
११. यस्मा प्रतिउत्तर जिकिर हेर्दा मिति २०२१।६।२ गते जग्गा खरिद गरेको भन्ने देखिने र पुर्खौली सम्पत्ति भएको भारतको वैजु पूर्वा गाउंको प्रतिवादीको हिस्साको जग्गा वेची सकेको नदेखिंदा वादी प्रतिवादी दुवै भाई सगोलमा रहेछन भन्ने आधार पुग्न अएको देखिदैन । इंसं. १९७८ फर्वरी तिर मात्र आफ्नो भागको जग्गा वेचि आएको भन्ने देखिन आएवाट एका सगोलका दाजु भाई नभएको भन्ने स्थिति समेतको अभाव र २०२१ सालमा जग्गा खरिद गर्दा दाजु भाइ अंश भई छुटृी भिन्न भएको भन्ने प्रमाण समेत पुग्न आएको नदेखिने स्थितिमा आफ्नो श्रीमती चन्द्रावतीको नाउंमा रहेको सम्पत्ति संगोलको सम्पत्तिवाट वढे वढाएको होइन रहेछ भन्ने आधार प्रमाण समेत पुग्न नआएको अवस्थामा पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।६।२५ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ र अंशवण्डाको १८ नं. को व्याख्या सम्बन्धी त्रुटी देखिन आएवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गतको त्रुटिको आधारमा प्रस्तुत मुद्दा दोहोर्याई दिने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतवाट मिति २०५४।७।२९ मा भएको आदेश ।
१२. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फवाट रहनु भएका विव्दान अधिवक्ताव्दय श्री सुधानाथ पन्त र श्री वावुराम गिरीले वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन र प्रतिवादी मध्येका वांके विहारी वाहुन दुई भारतीय नागरिक हुन । यिनीहरु नेपाल प्रवेश गरी प्रतिवादी वांके विहारीले प्रतिवादी चन्द्रावती वाहुन जो नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरि निजकै नाउंमा २०२१ सालमा नेपालमा जग्गा खरिद गरी सगोलमा भोग चलन गरि आएका हुन । चन्द्रावतीको नाउंमा खरिद गरेको लिखतमा दाइजो पेवावाट खरिद गरेको भन्ने उल्लेख नभएको र वादी प्रतिवादी विच अंशवण्डा भैसकेको कुनै सवुद पेश भएको पनि छैन । सगोलको सम्पत्ति जस्को नाममा भएपनि सवैको अंश हक लाग्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्यवस्था समेतवाट वादीले अंश पाउनु पर्नेमा अंश नपाउने ठहराएको फैसला उल्टी हुनुपर्दछ भनि वहस प्रस्तुत गर्नुभयो । विपक्षी प्रतिवादी तर्फवाट उपस्थित विव्दान अधिवक्ता श्री महेश कुमार थापाले १९७८ मा वादी प्रतिवादी दुइ दाजुभाइले भारतमा रहेको सम्पत्ति विक्रि गरेको देखिन्छ । वादीका दाजु वांके विहारीका नाउंमा कुनै सम्पत्ति रहे भएको देखिएको छैन । भाउजुका नाममा रहेको सम्पत्तिमा देवर यी वादीले अंश पाउन सक्ने कुनै कानूनी व्यवस्था समेत नहुँदा वादीले अंश नपाउने ठहराएको पुनरावेदन अदालत समेतको फैसलाहरु सदर हुनुपर्दछ भनि वहस प्रस्तुत गर्नुभयो ।
१३. यसमा निर्णय तर्फ बिचार गर्दा वादी वावुलाल भन्ने जानकीप्रसाद वाहुन र प्रतिवादी वांके विहारी वाहुन अंशियार दाजु भाइ भएको कुरामा कुनै विवाद रहेको देखिएको छैन । प्रतिवादी वांके विहारी वाहुनको विवाह नेपालमा भै दाजु भाइ दुवै जना नेपाल आउंदाको अवस्था निजहरु छुटृी वेगल भै सकेको भन्ने सवूद प्रमाण कुनै नदेखिएको र नेपालमा आइसकेपछि २०१८ र २०२१ सालमा जग्गा किन्दाको अवस्थामा निजहरु दुवै जनाले नेपाली नागरिकता लिइ नसकेको स्थितिमा वांकेविहारीको स्वास्नी चन्द्रावती नेपाली नागरिक भएकीले निजको नाउंमा जग्गा राजिनामा गरि लिएको सम्म देखिन आउंछ । सम्बन्धित लिखतहरुमा निज चन्द्रावतीको माइती मावलीवाट दिएको भन्ने नदेखिएकोले निजको दाइजोको सम्पत्ति निजको नाउंमा रहेको भन्ने देखिन आउंदैन । पछि वादी र प्रतिवादी दाजुभाईले भारतमा रहेको आआफ्नो सम्पत्ति विक्रि गरे नगरेको कुरावाट तदउप्रान्त किनिएको सम्पत्ति भिन्न भैसकेपछि किनेको हो कि भन्ने अनुमान हुन सक्छ । तर सो भन्दा अघिनै नेपाल सरहदमा रहेको सम्पत्ति आफ्नै परिवार चन्द्रावतीको नाममा पहिले नै किनि राखेकोमा निजहरु छुटृी भिन्न भएको अवस्था किनि लिएको अनुमान गर्नुपर्ने समेत देखिदैन । यस स्थितिमा पुनरावेदक वादीले २०३५।२।८ मा जग्गा कमाउने सम्बन्धमा गरि दिएको लिखत मात्रको आधारले वादी प्रतिवादी वीच अंशवण्डा भएको ठोस सवूद प्रमाण वेगर वण्डा भैसकेको ठहराउन मिल्ने देखिएन । वादी दावी वमोजिम मिसिल संलग्न रहेको तायदातीमा उल्लेखित सम्पत्तिवाट आधा अंश पाउने ठहराउनु पर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु वांके जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी हुने ठहर्छ । माथि लेखिए वमोजिम यसै मिसिल संलग्न मिति २०४९।८।२ मा प्रतिवादी चन्द्रावती वाहुनीको मु.स.गर्ने रामअभिलाख शर्मा वाहुनले पेश गरेको तायदातीको सम्पत्ति मध्ये प्रतिवादीले २ भागको १ भाग अंश पाउने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादीवाट वादीले २ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहरेकोले मिसिल संलग्न द.नं. ८१३ मिति २०४९।५।२४ मा वादीले आफ्नो जिम्मामा केहि सम्पत्ति नभएको भनि तायदाती पेश गरेको र द.नं. १७६९, मिति २०४९।८।२ मा प्रतिवादीले पेश गरेको तायदातीमा उल्लेखित देहाय वमोजिको चल अचल सम्पत्तिवाट २ भागको १ भाग अंश छुट्याई पाउं भनि ऐनको म्याद भित्र दरखास्त दिए कानून वमोजिम वण्डा छुट्याई दिनु र वादीका अंश भागमा पर्ने जग्गा वादीका नाममा दर्ता गरी दिनु भनि सम्बन्धित कार्यालयमा लेखि पठाउनु भनि शुरु वांके जिल्ला अदालतमा लेखि पठाई दिनु ................ १
जि.वांके मनिकापुर गा.वि.स. वडा नं. ४ रामे ववरपुरवा गाउंमा भएको तिरो नलाग्ने घरवास मिन्हाको सडक वाटो सो पूर्व, कृपाराम वाहुनको जग्गा सो पश्चिम कृपारामको जग्गा सो उत्तर हरिवंश समेतको घर देखि दक्षिण, यति ४ किल्ला भित्रको पूर्व तर्फ उत्तर दक्षिण ६० फुट, पश्चिम तर्फ उत्तर दक्षिण ५७ फुट, दक्षिण तर्फ पूर्व पश्चिम ५४ फिट, उत्तर तर्फ पूर्व पश्चिम ५७ फिटको जग्गा मध्ये उत्तर तर्फ र दक्षिण तर्फ वनेको एक एक तले पक्कि घर कोठाहरु र पश्चिम फुसको घर र विचमा भएको आंगन जग्गा र चर्ची आएको अगुवार जग्गा समेत मोल विगो रु.१,२६,०००। देहायको जग्गा स्व. आमा चन्द्रावती वाहुनीको नाममा दर्ता रहेको :
जिल्ला बाँके, मनिकापुर गा.वि.स.वडा नं. ५
कि.नं. क्षेत्रफल किसिम मोहीको नाम थर
२२० ०१४ दो. कुन्जविहार कायस्ठ
जिल्ला बाँके, मनिकापुर गा.वि.स.वडा नं.४(क)
कि.नं. क्षेत्रफल किसिम मोहीको नाम थर
१३ ०४११ अ. वांके विहारी वाहुन
६३ ० ३२ अ. ,,
७० ० ११४ अ ,,
७३ ० ८८ अ. ,,
७८ ० ३ ९ दो. ,,
८० ० ४१९ दो. ,,
९० ० ८२ अ. पर्ति
९२ ० १०१४ अ. वांके विहारी
९९ ० २३ अ. पर्ति
१०० ० ७१९ अ. ,,
१०३ ० ४२ दो. वांके विहारी
११० ० १२१९ अ. ,,
१२५ ० ५ ४ दो. महादेव चमार
१२८ ० २१६ सि. ,,
१३० ० १७१४ दो. ,,
१३२ ० ६० दो. ,,
२०६ ० ५१ अ. ,,
२०५ ० १६० अ. वांके विहारी
जम्मा ६०६०१ (ज.वि)
माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकोले वादीले शुरु वांके जिल्ला अदालतमा फिराद साथ राखेको कोर्टफी रु.२५। र २०४९।८।१० मा दाखिल गरेको कोर्टफी रु.२८८५। वादीले पुनरावेदन अदालत नेपालगंजमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफि रु.४३२।७५ साथै यस अदालतमा राखेको कोर्टफी रु.४३२।७५ समेत जम्मा रु.३७७५।५० फिर्ता पाउं भनि ऐनका म्याद भित्र दरखास्त दिए कानून वमोजिम गरि फिर्ता दिनु भनि शुरुमा लेखि पठाउनु ............ १
मिसिल नियम वमोजिम गरि बुझाई दिनु ..... १
उक्त रायमा म सहमत छु ।
न्या.गोपालप्रसाद खत्री
इति संवत् २०५७ साल फाल्गुन २४ गते रोज ४ शुभम ..............................