निर्णय नं. ८७६७ - भ्रष्टाचार

ने.का.प. २०६९, अङ्क २
निर्णय नं. ८७६७
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री सुशीला कार्की
फौ.पु.नं. २०६४–CR–०४६६, ०५६९, ०४८९
फैसला मितिः २०६८।१०।२५।४
मुद्दा : भ्रष्टाचार ।
पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. २७ घर भै राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखा कार्यालयको तत्कालीन प्रबन्धक श्रीकृष्ण श्रेष्ठ समेत
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, गोठाटार गा.वि.स. वडा नं. ८ घर भै राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखा कार्यालयको तत्कालीन लेखा अधिकृत भरतबहादुर बस्नेत
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
पुनरावेदक प्रतिवादीः जि.काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १ घर भै राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखा कार्यालयको तत्कालीन प्रवन्धक वीरेन्द्रनाथ लोहनी
विरुद्ध
प्रत्यर्थी वादीः नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या.श्री भूपध्वज अधिकारी
मा.न्या.श्री कोमलनाथ शर्मा
मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
§ शाखा प्रबन्धक जस्तो जिम्मेवार ओहदामा बसेको पदाधिकारीले ऋण प्रवाह गर्दा अनिवार्य रुपमा धितो लिई सुरक्षित रुपमा लगानी गर्नुपर्ने पदीय कर्तव्यविपरीत विना धितो एउटै पार्टीलाई पहिलेदेखिको ऋण असूल हुन बाँकी रहेकै अवस्थामा पटक–पटक एल.सी.खोल्दै थप ऋण प्रवाह गर्नुबाट निजले असल नियत साथ सो विवादित प्रतीतपत्रहरू खोलेको नदेखिई ऋणी प्रतिवादीसँग मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पुर्याउने समेतको वदनियत राखी सो कार्य गरेको मान्नु पर्ने ।
(प्रकरण नं.६)
§ Advanced on Credit तर्फको Back to Back एल.सी. खोल्दा ऋणीको फर्मले निर्यात गरेको सामानको रकम आयातकर्ताबाट प्राप्त भएपछि एल.सी.को रकम भुक्तानी दिनुपर्नेमा आयातकर्ताले रकम भुक्तानी नगर्दै एल.सी.को रकम भुक्तानी गरेको अवस्थामा बैंकको लिनुपर्ने रकम सुरक्षित गर्नेतर्फ चासो दिएको भन्न नसकिने ।
(प्रकरण नं.१०)
§ पहिला नै प्रवाह भएको ऋणबापत राखिएको धितोलाई नै पछिबाट एल.सी. खोल्दा आधार बनाई एकपछि अर्को गर्दै थप एल.सी. खोली अनबरत रुपमा ऋण प्रवाह गर्ने तर त्यसरी ऋण प्रवाह गर्दा सो ऋण र बैंकले ऋण असूल गर्नुपर्ने गरी तोकिएको म्यादसम्म हुन आउने ब्याज समेत खाम्न सक्ने गरी छुट्टाछुट्टै धितो भने नलिनुबाटै प्रतिवादीको असल नियत रहेको मान्न नसकिने ।
(प्रकरण नं.१२)
§ ऋणको कारोवारमा ऋण प्रवाह गर्ने पदाधिकारीको कामकारवाही प्रचलित कानूनको रीत पुर्याई असल नियतका साथ बैंकको लगानी सुरक्षित गर्ने गरी भएको हो होइन भन्ने तथ्यबाट मात्रै त्यस्तो पदाधिकारीको असल वा वदनियत स्थापित हुने ।
§ पछाडि ऋण असूल भएको भन्ने मात्र आधारबाट तत्कालको अवस्थामा प्रतिवादीले अनियमित तवरबाट गरेको ऋण प्रवाहको कार्यको दायित्वबाट उन्मुक्ति पाउन नसक्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र नारायणबल्लभ पन्त तथा विद्वान अधिवक्ताहरू हिरा रेग्मी, कुमारमणि कोइराला, जगदीशचन्द्र पाण्डे
प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
o भ्र्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), ८ र २९, २९(२)
o भ्र्र्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४)
फैसला
प्र.न्या.खिलराज रेग्मीः विशेष अदालत, काठमाडौंको मिति २०६४।३।१२ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीहरूको तर्फबाट पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार रहेको छ :–
राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय, प्रशासन विभागबाट मिति २०५८।४।१९ को निर्णयानुसार भनी राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बानेश्वर तथा मुख्य शाखा कार्यालय काठमाडौंबाट कारोवार गर्ने ग्राहक मेसर्स नेपाल प्रोफेशनल गार्भेन्ट प्रा.लि.सम्बन्धी फाइलहरू उक्त विभागको प.सं. १४।२१।३७ च.नं. १३२ मिति २०५८।५।२९ को पत्रबाट प्राप्त हुन आएको र टिप्पणी आदेशअनुसार उक्त गार्मेन्टका मुख्य सञ्चालक केवलकृष्ण खन्ना एक्कासी बेपत्ता भएको कारणबाट कारखाना सञ्चालनमा अवरोध खडा भएको र उक्त ग्रार्मेन्टको कर्जा सम्बन्धमा केन्द्रीय कार्यालयको पटक पटकको निर्णयबाट सीमा निर्धारण गरिएकोमा सो कार्यालयबाट स्वीकृत सीमा र नीति नियमको अधीनमा रही बैंकको कर्जा पूर्ण रुपले सुरक्षित हुने गरी भाखा म्याद नाघेका कर्जालाई नियमित गराई मात्र स्वीकृत सीमाभित्र कर्जा सुविधा कारोवार गर्नु गराउनु पर्नेमा सो अनुसार नगरी बैंकका कर्मचारी र ऋणीको मिलेमतोमा बैंकलाई हानि नोक्सानी पुर्याई ऋणी तथा कर्मचारीलाई गैरकानूनी फाइदा हुने गरी स्वीकृत सीमा नघाई वदनियतपूर्वक कर्जा लिनुदिनु गरी भ्रष्टाचारजन्य कार्य गरेको तथा ऋणीले बैंकलाई दिएको अत्यन्तै न्यूत धितो (सुरक्षण) बाट बैकले लिनुपर्ने कूल कर्जा पूर्णतया असुरक्षित रहेकोले बैंक नियम विपरीत बैंकलाई हानि नोक्सानी हुने किसिमबाट कामकारवाही गर्ने कर्मचारीउपर कडा कानूनी कारवाही गर्नुपर्ने राय सहितका कागजातहरू मिति २०५८।६।६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुन आएको ।
राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाबाट मेसर्स नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.लाई कर्जा लगानी भएको सम्बन्धमा मिति २०५८।५।२९ मा कागजातसहित अनुरोध भै पेश भएकोमा आयोगको मिति २०५८।७।१ को आदेशानुसार फिर्ता पठाई मिति २०५९।१।३१ मा प्राप्त प्रतिवेदनअनुसार राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयबाट दिइएका निर्देशन उल्लघंन गरी म्याद नाघेको लेना रकम चुक्ता वा नियमित गराउनु पर्नेमा नगराई बारम्वार नयाँ कर्जा प्रदान गर्दै ए.ओ.सी. (Advevance on credit) कर्जा, विलम्व भुक्तानी सुविधा कर्जा, पूर्व निर्यात कर्जा र एफ.वि.एन.तर्फ समेत निज ग्राहक प्रोफेशनल गार्मेन्ट प्रा.लि.सँग २०५९।१।३० सम्म साँवा रु.७,२०,७७,७६४।३८ एवं ब्याज रु.४,४२,१३,३०९।९२ लेना रकम बाँकी रहेको र धितो रु.१,३०,२१,५८८। बराबरको पारीत गरी लिएको, कर्जा कमिटीका प्रबन्धक, एकाउन्टेन्ट र कर्जा फाँटको इञ्चार्ज रहने व्यवस्था कर्जा कारोवार व्यवस्थपन प्रणाली, २०५० मा भएकोमा एकाउन्टेन्टको उपस्थिति बेगर नै कर्जा स्वीकृति गरेको र पटक पटक गरी २७ वटा एल.सी. खोलेकोमा हरेक एल.सी.को म्याद भुक्तानीपछि पनि साँवा ब्याज बाँकी रहेको, धितो सुरक्षण ज्यादै न्यून रहेको, धितोमा राखिएको सम्पत्तिबाट साँवा ब्याज असूलउपर हुन नसक्ने देखिएको, भाखा नाघेको कर्जा अत्यधिक रहेको, भाखा नाघेको रकम चुक्ता नहुँदै अर्को कर्जा दिएको, कारोवार नियमानुसार नभएको वदनियतपूर्ण तवरबाट कर्जा लिनुदिनु गरी बैंकलाई हानि नोक्सानी पुर्याउने कार्य भएको भन्ने प्रारम्भिक छानबीन बिबरण ।
निर्यात बिल खरीद (Foreign Bill Negotiation, FBN) तर्फ जम्मा रु.१८,१२,८८२।८१ बराबरको बिल नेगोसिएशन गरेको, नेगोसिएशन गर्दा कामको भिडभाडले गर्दा दृष्टि पुग्न नसकी कागजात छूट भएको, गलत मनशायले निर्यात बिल खरीद गरिएको होइन । पूर्व निर्यात कर्जातर्फ मैले तीनवटा कर्जाको रु.३६ लाख कर्जा दिनुअघि धितो पास भएको, पुरानो र विश्वासिलो पार्टी हुँदा पुरानो लेना बाँकी हुँदाहुँदै नयाँ कर्जा दिएको, शाखामा कामको बोझ भएकोले प्रक्रियागत त्रुटि भएको तथा सोमा दृष्टि पुग्न नसकेको, पार्टीको विश्वसनियताले गर्दा सम्बन्धित मूल निर्यात प्रतीतपत्रको बिल खरीद गर्दा कै रकमबाट आफ्नो लेना असूलउपर नगरेको र यसमा कुनै किसिमको मिलेमतो नभएको । आयात प्रतीतपत्र युसान्सतर्फ प्रबन्धकको हैसियतले २२ थान एओसीमा रु.५,४१,३५,४८२।९२ लेना बाँकी रहेको, सो मध्ये ८ थान एओसीमा रु.२,७७,२९,२६१।५६ सीमाभित्र नपरेकोले केन्द्रीय कार्यालयबाट समर्थन गराएको, सबै एओसी युसान्स एल.सी.मा खोलिएको, खोलिएका युसान्स लोकल, इन्डियन र विदेशी भएका, बैंकको एउटै शाखाबाट Applicant र Benificiary को तर्फबाट लोकल युसान्स एल.सी. खोलिएको तर युसान्स एल.सी.खोल्न नमिल्ने भन्ने जानकारी नभएको, Back to back L/C मा बैंकको लेखा रकम बाँकी रहेको तर कसरी बाँकी रहन गयो भन्ने थाहा नभएको, भुक्तानीको लागि तरताकेता गरेको, मिलेमतो नभएको । बिलम्व भुक्तानी सुविधातर्फ–प्रवन्धकको हैसियतले पार्टीको सीमा र सुरक्षणको आधारमा विलम्व भुक्तानी सुविधाअन्तर्गत रु.४२,७०,३६१।२७ कर्जाका कागजातमा दस्तखत गरेको, सरुवा भएकोले लेना रकमको लागि ताकेता नगरेको, बैंकको हित चिताई काम गरेको भन्ने समेत व्यहोराको प्रतिवादी दीलिपकुमार श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।
ए.ओ.सी. तर्फ–प्रबन्धकको हैसियतले सीमाभित्र रही रु.२६,७८,३९५।२० का तीनवटा एओसीमा दस्तखत गरेको, कर्मचारीको अभावले प्रक्रियामा केही छूट भएको, Maturity Date भित्र एल.सी.को निर्यात गर्ने बैंकलाई भुक्तानी पठाउनु सामान्य प्रक्रिया भएको, ग्राहकको ठूलो कारोवारले गर्दा पुरानो बाँकी हुँदाहुँदै नयाँ एल.सी.खोलेको, असूलीको ताकेता समेत हुँदा मिलेमतो नभएको भन्ने समेत व्यहोराको प्रतिवादी श्रीकृष्ण श्रेष्ठले अनुसन्धानको क्रममा गरेको बयान ।
एफ बि.एन. तर्फ– तीनवटा बिलको जम्मा रु.२८,८५,९५४।८४ खरीद गरेको । खरीद गर्दा राम्ररी हेरी जाँची बुझी गर्नु भनी फाँटलाई पठाएको, पुरानो पार्टी र विश्वासको आधारमा कारोवार गरेको, एल.सी.सम्मन्धी पूर्व अनुभव नभएको, मेरो मिलेमतो र वदनियत छैन । पूर्व निर्यात कर्जातर्फ एउटा कर्जामा दस्तखत गरेको प्रक्रियागत कुराहरूमा फाँटबाट दृष्टि नपुर्याएको, लेना रकम असूल गर्ने बेलामा सरुवा भएकोले बाँकी थाहा नभएको र असल नियतले गरेको भन्ने समेत व्यहोराको प्रतिवादी वीरेन्द्रनाथ लोहनीले अनुसन्धानको क्रममा गरेको बयान ।
एफ.वि.एन तर्फ– रु.२६,५०,२००। बराबरको बिल मैले नेगोसिएशन गरेको, सो गर्दा एकाउन्टेन्टको कामको चापले प्रक्रियागत कुरा छूट हुन् गएको, केन्द्रले समयमै निरीक्षण गरी गल्ती सच्याउन निर्देशन नदिएको, आफूलाई थाहा भएसम्म हित चिताई काम गरेको । पूर्व निर्यात कर्जा– १० लाखको दुईवटा कर्जा कागजातमा फाँटबाट प्रबन्धक समक्ष पेश गर्दा बीचमा दस्तखत गरेको, कामको भिडभाडले Shipment Date नाघ्दा पनि दृष्टि नपुगेको, मूल निर्यात प्रतीतपत्रबाट निर्यात बिल खरीद गर्दा असूल गर्नुपर्ने रकम सम्बन्धमा सम्बन्धित फाँटले जानकारी नदिएकोले छुटेको । ए.ओ.सी. तर्फ स्वीकृत सीमा भएका पार्टीलाई आयात प्रतीतपत्र नं. ३३।२३३ को Back to Back L/C मा दस्तखत गरेको, यसमा कसरी Due रहन गयो भन्नेतर्फ थाहा नभएको Due रहन गएको रकम ग्राहक ऋणीबाट असूलउपर गर्नुपर्ने, कुनै किसिमको मिलेमतो नभएको भन्ने समेत व्यहोराको प्रतिवादी भरतबहादुर बस्नेतले अनुसन्धानको क्रममा गरेको बयान ।
एफ.वि.एन तर्फ– फाँटबाट प्रबन्धकसमक्ष पेश हुन आएका निर्यात बिल खरीद डकुमेन्टमा पुच्छ्रे दस्तखत गरी US$ 91,392.00 को बिल खरीद भएको मध्ये हाल भहस्असूलउपर गर्न बाँकी रु.२७,४७,०६०।३४ रहेको, कामको भिडले गर्दा प्रमिसरी नोटमा दस्तखत नभएको, अङ्ग पुर्याई मात्र खरीद गरिएको डकुमेन्टका बिल अफ लेडिङ्ग पछि Misplace भएको हुनसक्ने, कुनै किसिमको वदनियत, अनुचित मिलेमतो नभएको । पूर्व निर्यात कर्जा तर्फ–प्रबन्धक समक्ष पेश हुन आएका चारवटा कर्जाका कागजातमा दस्तखत गरेकी, कामको भिडले प्रमिसरी नोटमा प्रक्रिया नपुगेको, जानाजान बैंकको अहित हुने काम नगरेको, ए.ओ.सी.तर्फ–मैले एल.सी.नं. ३२।५८७ का भौचरमा दस्तखत गरेको, मेरो सरुवा भएकोले वि.वि.नि.फाराम ४ बारे थाहा नभएको, बैकको लेना रकम बुझाउन ताकेता गरेको, कुनै किसिमको मिलेमतो नभएको भन्ने समेत व्यहोराको प्रतिवादी गीता पराजुलीले अनुसन्धानको क्रममा गरेको बयान ।
एफ.वि.एन तर्फ– FBN को लागि प्राप्त भएका जम्मा रु.१,५४,२२,५६५। बराबरको बिल खरीद गरिएको, कामको भिडभाडले बिलहरूमा केही कागजात छूट भएको, Bill of Ladingको अभावमा कार्गो रिसिप्टको आधारमा पनि निर्यात बिल खरीद गर्ने प्रावधान भएको, बैंकको लेना रकम भुक्तानीको लागि ताकेता गरी कुनै किसिमको अनुचित, वदनियत तथा मिलेमतो नगरेको । पूर्व निर्यात कर्जा तर्फ–मैले ४ वटा कर्जाबाट रु.४१ लाख बराबरको ऋण लगानीका कागजात तयार गर्दा दस्तखत गरेको, कर्जाको लागि धितो पारीत गरिदिएको, कामको भिडले गर्दा प्रक्रियागत त्रुटि भएको, निर्यात बिल खरीद (FBN) गर्दाको रकम सम्बन्धित मूल निर्यात प्रतीतपत्रको शीर्षकमा नघटाए पनि अन्य कारोवारमा घटाएको र कुनै मिलेमतो नगरेको । ए.ओ.सी. तर्फ–१० वटा एओसीको रु.२,०१,२६,१८८।४५ मा मैले दस्तखत गरेको, सबै एओसी युसान्समा खोलिएको, यसको लागि छुट्टै सीमा स्वीकृत नगरिएको, छुट्टै धितो पनि नभएको, ठूलो पार्टी भएकोले पुरानो लेना बाँकी हुँदाहुँदै नयाँ एल.सी. खोलेको, लेना रकम असूलीको लागि ताकेता गरेको कामको भिडले गर्दा प्रक्रियागत त्रुटि भएको, मिलेमतो नभएको, विलम्ब भुक्तानी कर्जातर्फ–स्वीकृत सीमाको अधीनमा रही विलम्ब भुक्तानी सुविधा अन्तर्गत २ वटा कर्जाका रु.४२,५६,३९९।६७ का कागजात दस्तखत गरेको, कामको भिडले गर्दा कागजातमा रीत नपुगेको, सामान भेटिएकोले अपचलन नभएको, कुनै किसिमको मिलेमतो नभएको भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा महेन्द्रभक्त प्रधानाङ्गले गरेको बयान ।
राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाका पार्टी नेपाल प्रोफेशनल ग्रामेन्ट प्रा.लि.का प्रमुख सञ्चालक भारतीय नागरिक केवलकृष्ण खन्ना समेतको संयुक्त लगानीमा स्थापित उद्योगलाई आ.व. २०५२।५३ देखि शाखा अख्तियारी अन्तर्गत कारोवार गर्दै गराउँदै आर्थिक वर्ष २०५४।५५ सम्ममा बैंकको केन्द्रीय कार्यालयबाट विभिन्न शीर्षकमा देहायबमोजिमको कूल रु.५ करोड सीमा स्वीकृत भएकोमा विभिन्न समयमा कर्जा/सुविधा प्रदान गरेकोमध्ये २०५८ पौष मसान्तसम्म निम्न शीर्षकमा बैंकको रकम असूलउपर नभई बाँकी रहेको देखिन्छ ।
उद्देश्य सीमा स्वीकृत रकम उपभोग रकम कैफियत
पूर्व निर्यात कर्जा रु.०.५० करोड ०.४६ करोड
टि.एल.कर्जा रु.०.५० करोड ०.४३ करोड
आयात प्रतीतपत्र (Aoc) रु.३:०० करोड
(क) विदेशी ४.८५ करोड रु.५.५७ करोड(बढी सीमा उपभोगको समर्थन प्राप्त)
(ख) भारतीय ०.२१ करोड
(ग) लोकल ०.५१ करोड
(४) एफ.वि.एन. रु.०.५५ करोड
पार्टीलाई प्रथम पटक आ.व. २०५३।५४ को लागि बैंकको व्यवसाय विभागको पत्र संख्या बैं.ब्य.वि.ख. ९१।७६।३२ च.नं. १५३३ मिति २०५३।१२।७ को पत्रानुसार आयात प्रतीतपत्र तथा बैंक जमानत (वण्डेड वेयर हाउस) मा क्रमशः रु.३ करोड र रु.१ करोड गरी कूल रु.४ करोडको सीमा स्वीकृत गर्दा उक्त सीमा रकमलाई पूर्णरुपमा सुरक्षित रहने गरी पर्याप्त अचल सम्पत्ति धितो पास गराएर मात्र कारोवार गराउने उल्लेख भएको देखिन्छ । त्यसैगरी आ.व. २०५४।५५ मा उपर्युक्तबमोजिमको रु.५ करोड सीमा स्वीकृत गर्दा धितो सुरक्षण लिनुको अलावा सम्पूर्ण सञ्चालकहरूबाट व्यक्तिगत जमानत समेत पनि लिनु पर्ने निर्देशन भएकोमा व्यक्तिगत जमानत लिएको नदेखिएको ।
शाखाले धितो सुरक्षणबापत उक्त प्रा.लि.को नाममा रहेको ललितपुर जिल्ला इमाडोल गा.वि.स. ५ मा रहेको जग्गामा निर्मित घर, टहरा समेतको जम्मा रु.२ करोड ५० लाख मूल्याङ्कन गरी रु.१ करोड ३० लाखमा बैंकको नाउँमा मिति २०५५।२।१८ मा मात्र रजिष्ट्रेशन पास गरेको । शाखाको मिति २०६१।४।१२ को पत्रानुसार बैंक स्वयंले सकार गर्ने प्रयोजनको लागि मूल्याङ्कन समितिको निर्णयबमोजिम रु.१ करोड ९७ लाख मूल्य कायम भएको देखिन्छ । पार्टीले बैंकलाई २०५८ पौष मसान्तसम्म साँवा रु.७ करोड १० लाख बुझाउन बाँकी रहेको र बैंकले उल्लिखित मूल्यमा सकार गरी लिंदा कूल साँवा रु.५ करोड १३ लाख असूलउपर हुन नसक्ने अवस्थामा रहेको छ । साथै उक्त पार्टीसँग कारोवार गर्दा उद्देश्यअनुरूप निम्नानुसार बिसंगतिहरू देखिएका छन् ।
Pre-export Loan अन्तर्गत पार्टीलाई आ.व. २०५३।५४ मा बैंकको केन्द्रीय कार्यालयबाट रु.१ करोड सीमा स्वीकृत भएकोमा विभिन्न मितिमा कर्जा प्रदान भई कर्जा संख्या ५ बाट कूल साँवा रु.४६ लाख हाल बाँकी भई असूलउपर गर्नुपर्ने देखिन्छ । उक्त कर्जा बाँकी रहेको सन्दर्भमा शाखाले सम्बन्धित कर्जाअन्तर्गतको FBN (Foreign Bill Negotiation) गर्दा पूर्व निर्यात कर्जाको रकम चुक्ता गरेपश्चात् मात्र बाँकी रकम पार्टीलाई भुक्तानी दिनुपर्ने सामान्य बैकिङ्ग प्रचलन समेत पालना नगरेको, निर्यात गरिने सामान चलान गरिने दिन (Shipment Date) मा पूर्व निर्यात कर्जा प्रदान गरेको, उक्त कर्जा प्रदान गर्दा छुट्टै धितो सुरक्षण नलिई उक्त पार्टीसंग समग्रमा धितो लिएको (सबै कर्जाको हिसाव गर्दा धितोले नखामेको) आदि जस्ता महत्वपूर्ण कुरामा विसंगतिका कारणले गम्भीर त्रुटि भई कर्मचारीहरूको संलग्नतामा रु.४६ लाख असूलउपर नभई बाँकी रहेको देखिन्छ ।
कर्जा नं. ३३।१४ बैंक अफ न्यूयोर्कबाट प्राप्त मूल निर्यात प्रतीतपत्र नं. १००२९२६०७ को आधारमा मिति २०५४।६।२० मा रु.१५ लाख कर्जा प्रदान भएको, सो असूलउपर बाँकी हुँदाहुँदै बैंकको केन्द्रीय कार्यालयको निर्देशन विपरीत Foreign Bill Negotiation गर्दा प्रस्तुत शीर्षकको कर्जा चुक्ता गराई बाँकी रहेको रकम मात्र पार्टीलाई भुक्तानी दिनुपर्ने सामान्य बैंकिङ्ग प्रचलन समेत पालना नगरी पूरै रकम भुक्तानी गरेको, कर्जाको लागि प्राप्त प्रमिसरी नोटको तमसुकमा बंैकका आधिकारिक ब्यक्तिको तर्फबाट दस्तखत नगरी नगराई बेरीतपूर्वक अनियमित तरिकाले कर्जा प्रवाह गरी हाल बैंकले साँवा रु.१५ लाख असूलउपर गर्न बाँकी रहेको देखिन्छ ।
कर्जा नं. ३३।१६ बैंक अफ न्यूयोर्कबाट प्राप्त मूल निर्यात प्रतीतपत्र नं. १००२९२६०६ को आधारमा मिति २०५४।६।२० मा रु.५ लाख पूर्व निर्यात कर्जा बापत कर्जा दिएको, सोही निर्यात प्रतीतपत्रको डकुमेन्ट नेगोसिएशन गर्दा सम्बन्धित पूर्व निर्यात कर्जा चुक्ता गराई बाँकी रकममात्र भुक्तानी दिनुपर्ने सामान्य वैंकिङ्ग प्रचलन समेत पालना नगरी पुरै रकम पार्टीलाई भुक्तानी दिएको, प्रमिसरी नोटको पेटवोलीमा के.के.खन्नाको नाम भई सही गर्ने ठाउँमा कुसुम खन्नाले सही गरेको कागजातलाई मान्यता दिएको र तमसुक एवं प्रमिसरी नोटमा बैंकको तर्फबाट दस्तखत नै नगरी अनियमित तरिकाले कर्जा प्रवाह गरी हाल बैंकको साँवा रु.५ लाख असूलउपर गर्न बाँकी रहेको देखिन्छ ।
कर्जा नं. ३३।१७ संघाई बैंकिङ्ग कर्पोरेशन लिमिटेड, हङकङ्ग WFH 32374404F को पत्रको आधारमा मिति २०५४।७।१० मा रु.७ लाख पूर्व निर्यात कर्जा बापत कर्जा दिएको, सोही निर्यात प्रतीतपत्रको डकुमेन्ट नेगोसिएशन गर्दा सम्बन्धित पूर्व निर्यात कर्जा चुक्ता गराई बाँकी रकम मात्र भुक्तानी दिनुपर्ने सामान्य बैकिङ्ग प्रचलन समेत पालना नगरी पूरै रकम पार्टीलाई भुक्तानी दिएको र प्रमिसरी नोटमा बैंकको तर्फबाट दस्तखत नै नगरी अनियमित तरिकाले कर्जा प्रवाह गरी बैंकलाई साँवा रु.७ लाख हानि नोक्सानी पुर्याएको देखिन्छ ।
कर्जा नं. ३३।१८ सिटी बैंक अफ न्यूयोर्कबाट प्राप्त मूल निर्यात प्रतीतपत्र नं. ५८१७१०१०४७ को आधारमा मिति २०५४।८।१२ मा रु.१४ लाख कर्जा प्रवाह गर्दा प्रमिसरी नोटमा बैंकको तर्फबाट सहिछाप नगरी नगराई तमसुक फाईलमै नराखी बैंकले निर्धारण गरेको कर्जा प्रक्रियाको अङ्ग नपुर्याई बेरीतपूर्वक कर्जा प्रवाह गरेको, सोही निर्यात प्रतीतपत्रको डकुमेन्ट नेगोसिएशन गर्दा सम्बन्धित पूर्व निर्यात कर्जा चुक्ता गराई बाँकी रकम मात्र भुक्तानी दिनुपर्नेमा सामान्य बैंकिङ्ग प्रचलनलाई बेवास्ता गरी पुरै रकम पार्टीलाई भुक्तानी दिई अनियमित कार्य गरेको देखिन्छ । साथै, निर्यात प्रतीतपत्रमा सामान तयार गरी मिति २०५४।८।१२ मा चलान गरी सक्नुपर्नेमा सोही दिनमा सामान तयार गर्न बढीमा ३ महिनाको लागि पूर्व निर्यात कर्जा प्रवाह गरी बैंकको नीति नियम विपरीत बैंकलाई रु.१४ लाख हानि नोक्सानी पुर्याएको देखिन्छ ।
कर्जा नं. ३३।२९ बैंक अफ न्यूयोर्कबाट प्राप्त मूल निर्यात प्रतीतपत्र नं. १००२९३१६० को आधारमा पूर्व निर्यात कर्जा बापत २०५५।२।१८ मा रु.५ लाख कर्जा प्रदान भएको र सोही प्रतीतपत्रको डकुमेन्ट नेगोसिएशन गर्दा पूर्व निर्यात कर्जा चुक्ता गराएर मात्र बाँकी रहेको रकम पार्टीलाई भुक्तानी गर्नुपर्नेमा सो नगरी पुरै रकम पार्टीलाई भुक्तानी गरेको, निर्यात प्रतीतपत्रमा सामान चलान गरी सक्नु पर्ने मिति २०५५।२।१६ अवधि नै २ दिन नाघेपछि मिति २०५५।२।१८ मा कर्जा प्रदान गर्नु गम्भीर त्रुटि भएको र प्रमिसरी नोटको पेटवोलीमा के.के.खन्नाको नाम भई सही गर्ने ठाउँमा कुसुम खन्नाले सही गरेकोलाई मान्यता दिई नियम विपरीत भई बैंकलाई रु.५ लाख हानि नोक्सानी पुर्याएको देखिन्छ ।
निर्यात बिल खरीदः अन्तर्गत साँवा रु.५४,९४,८२१।८४ पार्टीबाट असूलउपर गर्नुपर्ने देखिन्छ । कारोवार गर्दा पूर्व निर्यात कर्जासँग सम्बन्धित कर्जा भुक्तानी गरेपछि मात्र बाँकी रकम भुक्तानी गर्नुपर्नेमा नगरेको, निकासीकर्ताले प्रज्ञापनपत्रमा घोषित मूख्य बैंक (नेपाल राष्ट्र बैंक) द्वारा स्वीकृत विदेशी विनिमयमा तोकिएको अवधिभित्र भुक्तानी ल्याउनको लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ (क) मा व्यवस्था भए मुताविक ६ महिना भित्रमा विदेशी मुद्रा प्राप्त हुनुपर्नेमा नभएको, सबै विदेशी मुद्रा प्राप्त नभई Short Fall भएको सन्दर्भमा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागको इ.प्रा.परिपत्र संख्या १८६ मिति २०५३।५।७ अनुसार जानकारी गराउनु पर्नेमा नगराई विदेशी मुद्रा अपचलन समेत गर्नमा बैंकका कर्मचारीहरूको संलग्नताबाट अनियमित तवरले निर्यात बिल खरीद भए गरेको देखिन्छ ।
एफविएन ३२।६२१ मिति २०५४।१।२९ मा DM 16113.60 (रु.५,३७,२२७।४०) बराबरको निर्यात बिल खरीद गर्दा उक्त बैंकको आन्तरिक लेखा परीक्षण तथा निरीक्षण निर्देशिका, २०५२ को दफा १५.२.१७ कन्साइनी बैंक नभई विदेशी पार्टी भएकोमा अन्य माथबर पार्टीको ग्यारेन्टी लिएर मात्र नेगोसिएशन गर्नुपर्ने निर्देशन हुँदाहुँदै स्वामित्ववाला (Consignee) L/C Applicant विदेशी पार्टी (Gantex Moden GMBH) उल्लेख भएको डकुमेन्ट अन्य माथवर पार्टीको ग्यारेन्टी बिना खरीद गर्नु निर्देशिकाविपरीत भएको, हाल रु.३७,२६१।७६ मात्रको कम विदेशी मुद्रा Short भएको, उक्त Shortभएको विदेशी मुद्रा राष्ट्र बैंकलाई जानकारी नगराएको, सो रकम असूलीको लागि प्रयास नगरेको र प्रमिसरी नोट तमसुक गराउँदा बैंकको तर्फबाट एकाउन्टेन्ट प्रबन्धकले दस्तखत नगरी ऋणीको दस्तखतको आधारमा नेगोसिएशन गरी बैंकलाई हाल रु.३७,२६१।७६ हानि नोक्सानी पुर्याई अनियमित गरेको देखिन्छ ।
एफविएन ३२।७०१ तारिख 1-7-1997 मा US$ 26816.15 बराबरको रु.१५,२१,८६१।३४ को सामान विराटनगर भन्सार कार्यालयबाट निर्यात भएको निर्यात बिल खरीद गर्दा अन्य कागजातको अतिरिक्त Bill of Lading सहित संलग्न कागजातको आधार लिनुपर्नेमा बिल अफ लेडिङ्ग बिना Union freight Pvt. Kathmandu को कार्गो रिसिप्टको आधारमा नेगोसिएशन गरी अनियमित भएको, उक्त विदेशी मुद्रा डकुमेन्ट नेगोसिएशन गरेको मितिले ६ महिना भित्रमा नेपाल भित्रिनु पर्नेमा हालसम्म नभित्री विदेशी मुद्रा अपचलन भएको, विदेशी मुद्रा नेपाल भित्र्याउन प्रयास नगरेको, प्रमिसरी नोट, तमसुक गराउँदा ऋणी के.के.खन्नाको दस्तखत गराई पेटबोलीमा रकम, मिति नखोली, साक्षी नराखी बैंकको तर्फबाट एकाउन्टेन्ट, प्रबन्धकको दस्तखत नगराई बेरीतपूर्वकको बिल खरीद गरी बैंकलाई रु.१५,२१,८६१।३४ हानि नोक्सानी पुर्याउनुका साथै सो बराबरको विदेशी मुद्रा नेपालमा भित्रिनु पर्नेमा नभित्रिई मुद्रा अपचलन समेत भई अनियमित कार्य गरेको देखिन्छ ।
एफबिएन ३३।४५ मिति २०५४।४।३० मा US$ 12752.00बराबर हुने रु.६९,१५,५१४। को डकुमेन्ट नेगोसिएशन गर्दा एयर वे बिलमा Sty No. 9553 to 9558/9589, 9591 हुनुपर्नेमा अन्यथा हुँदा पनि Airway Bill मा एल.सी.नं. ९०१।७५०।२४ हुनुपर्नेमा अन्यथा भएकोलाई स्वीकार गरी डकुमेन्ट खरीद गरेको, Visa Certificate, निर्यात प्रज्ञापनपत्र, Opener ले खोलेको एल.सी.को कागज संलग्न गरी बिल खरीद गर्नुपर्नेमा नगरेको र नेगोसिएशन गरेको मितिले ६ महिना भित्रमा विदेशी मुद्रा नेपाल भित्रिनु पर्नेमा कुनै प्रयास नभएको, प्रमिसरी नोट तमसुकमा ऋणी के.के.खन्नाको मात्र दस्तखत भई बैंकको तर्फबाट एकाउन्टेन्ट/ मेनेजरले दस्तखत नगरी बेरीतपूर्वक बिल खरीद कार्य गरी बैंकको नीति नियम विपरीत अनियमित गरेकोले हाल रु.२,५३,७५९।७१ असूलउपर गर्न बाँकी देखिन्छ ।
एफबिएन ३३।३७३ मिति २०५५।१।८ मा US$ 42000.00 बराबर हुने रु.२६,५०,२००। को डकुमेन्ट नेगोसिएशन गर्दा Shipped on Board छाप लगाएको बिल अफ लेडिङ्ग समेत संलग्न हुनुपर्नेमा सो नभई Shipping Agent लाई मालसामान बुक गराएको कागजात संलग्न भएको, Opener ले खोलेको एल.सी.कपी हुनुपर्नेमा नभएको, ६ महिनाभित्रमा उक्त विदेशी मुद्रा भित्रिनु पर्नेमा अध्यापि नभित्रिई विदेशी मुद्रा अपचलन भएको, भित्र्याउने तर्फ कुनै प्रयास नभएको, प्रमिसरी नोटको पेटबोलीमा रकम नै नखुलाई बेरीतपूर्वक कार्य गरी बैंकलाई रु.२६,५०,२००। हानि नोक्सानी पुर्याएको समेत देखिन्छ ।
एफबिएन ३३।३७७ मिति २०५४।१।१३ मा US$ 49392.00 बराबर हुने रु.३१,१६,६३५।२० रकमको बिल खरीद गरेको मध्ये हाल रु.९६,८६०।३४ बराबरको विदेशी मुद्रा प्राप्त नभई Short भएकोमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको नदेखिनु, उक्त रकम असूलउपरको लागि कुनै प्रयास नगर्नु, Maerskline को Shipper Memorande “not part of Bill of lading” व्यहोरा उल्लिखित आयातकर्ताको अनुरोध विपरीत Shipped on Board नभएको Combined Transport Bill of lading को आधारमा Bill Negotiation गरी अनियमित गर्नु, प्रमिसरी नोटको पेटवोलीमा रकम उल्लेख नभई बैकको तर्फबाट प्रबन्धकको दस्तखत नहुनु आदि जस्ता बेरीतपूर्वकको कार्य भई हाल रु.९६,८६०।३४ हानि नोक्सानी पुर्याई नियमविपरीत भएको देखिन्छ ।
एफबिएन ३३।२६७ मिति २०५४।१०।८ मा US$ 33075.00 बराबर हुने रु.२०,६७,१८७।५० को बिल खरीद गरेकोमा वाणिज्य बैंकको केन्द्रीय कार्यालयबाट गरिएको निरीक्षण प्रतिवेदनमा पूरै लेना रकम नेपाल भित्रिन बाँकी रहेको उल्लेख भएकोमा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको च.नं. १३५८ मिति २०६१।७।२६ को पत्रानुसार केही रकम भित्रिई रु.१,३८,८९४।५० को यु.एस.डलर २६३३।४० Short भएको, उक्त Short भएको रकम बारे नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको, उक्त रकम भुक्तानीको लागि कुनै प्रयास नगरेको, सामान चलान गरेको बिल अफ लेडिङ्ग हुनुपर्नेमा सोको अभावमा बिल खरीद गर्ने कार्य गरेको, प्रमिसरी नोटको पेटबोलीमा रकम उल्लेख नगरी रोहबरमा बैंकको तर्फबाट दस्तखत नभएको आदि जस्ता अङ्ग नपुर्याई बेरीतपूर्वक डकुमेन्ट खरीद गरी हाल बैंकलाई रु.१,३८,८९४।५० हानि नोक्सानी पुर्याई नियमविपरीत कार्य गरेको देखिन्छ ।
बिलम्व भुक्तानी कर्जा (Trust Loan): अन्तर्गत पार्टीलाई आ.व. २०५३।५४ मा बैंकको केन्द्रीय कार्यालयबाट रु.५० लाख सीमा स्वीकृत भएकोमा हाल उक्त पार्टीसँग साँवा रु.४२ लाख ५६ हजार असूलउपर गर्नुपर्ने देखिन्छ । उक्त पार्टीको हाल बाँकी रहेको साँवा रकमलाई दृष्टिगत गर्दा सीमा स्वीकृत भित्र नै भएको देखिए तापनि पार्टीको कुल सीमा उपभोग रजिष्टर शाखाले उपलव्ध गराउन नसकेकोले के कति कारोवार भएको भन्न सकिने स्थिति नरहेको । उक्त कर्जा प्रदान गर्दा सम्बन्धित आयात प्रतीतपत्रको कागजातहरू फायलमा नभई पार्टीको निवेदन, तमसुक आदि मात्र संलग्न गरी कर्जा प्रदान गरेको, टि.एल.कर्जा प्रदान गर्दा बैंकको बैंक ब्यवसाय विभागको परिपत्र नं. ३१।०४८।०४९ मिति २०४८।१२।३० को दफा (क) अनुसार छुट्टै धितो सुरक्षण लिनु पर्नेमा नलिई (समग्रमा लिएको धितोलाई आधार मानी जुन धितो कर्जालाई पुग अपुग के हुने भन्ने ध्यान नै नदिई) विसंगति तवरले बैंकका कर्मचारीहरूको संलग्नताबाट निम्नानुसार कर्जा प्रदान भएको देखिन्छ ।
कर्जा नं. ३३।२३ र ३३।२४ मध्ये मिति २०५४।९।१ मा कर्जा नं. ३३।२३ बाट रु.१४,८४,२६६।२७ कर्जा प्रवाह गर्दा शाखाबाट खोलिएका आयात प्रतीतपत्रअन्तर्गतका कुनै पनि कागजातहरू प्रस्तुत कर्जा फाईलमा नभएको, तमसुक र निवेदन मात्र संलग्न गरी कर्जा प्रवाह भएको, संलग्न भएको तमसुकमा बैंकको तर्फबाट कसैले पनि दस्तखत नगरेको, प्रतीतपत्र कारोवारको कागजातहरू नभएको, सामान आयात गरेको भन्सार प्रज्ञापन पत्र नभएको, डकुमेन्ट छुटाएको मितिले बढीमा ३ महिनाभित्रमा पनि भन्सार कार्यालयबाट सामान छुटाएको वि.वि. फाराम नं. ४ बैंकमा पेश गर्नुपर्नेमा प्राप्त भएको फाईलमा नभेटिएकोले अनुसन्धानको क्रममा उक्त शाखासँग आवश्यक कागजातहरू पत्रद्वारा माग गरिएकोमा टि.एल.कर्जा नं. ३३।२३ सँग सम्बन्धित Invoice तथा एयर वे बिल प्राप्त भएको तर कर्जा नं. ३३।२४ अन्तर्गत रु.२७,७२,१३३।१३ कर्जा प्रवाह गर्दा उपर्युक्त बमोजिम बेरीतपूर्वकको तमसुक र निवेदन मात्र फायलमा भएको, अन्य आवश्यक कागजातहरूको सम्बन्धमा पत्राचार गर्दा अन्य कुनै पनि कागजात फेला नपरेको भनी उक्त शाखाको मिति २०६१।१२।१० को पत्रबाट जानकारी प्राप्त भएको । तसर्थ उपर्युक्त बमोजिमका बैंकको नीति नियम विपरीत बेरीतपूर्वक कार्य भएको कारणले बैंकलाई साँवा रु.४२,५६,३९९।४० हानि नोक्सानी पुर्याएको देखिन्छ ।
आयात प्रतीतपत्र (ए.ओ.सी): अन्तर्गत युसान्स एल.सी.खोल्दा न्यूनतम् नगद मार्जिन बाहेक बाँकी रकमका लागि पुरै थप सुरक्षण लिएर शाखा कार्यालयले नै सीमाभित्र आयात प्रतीतपत्र खोल्न सक्ने बैंकको बैंक ब्यवसाय विभागको पत्र संख्या बि. ७।५।२९ को परिपत्र नं. ५।०५०।५१ मिति २०५०।४।२१ को दफा ६ को उपदफा (५) मा व्यवस्था भएकोमा समग्रमा लिइएको नपुग धितो सुरक्षणकै आधारमा युसान्स एल.सी.खोलेको बैंकको नीति नियम तथा परिपत्रको विपरीत देखिन्छ । साथै ए.ओ.सी. अन्तर्गत बैंकको केन्द्रीय कार्यालयबाट रु.३ करोड सीमा स्वीकृत भएकोमा संख्या २७ बाट निम्नानुसार उपभोग गरी सीमा स्वीकृत भन्दा रु.२ करोड ५७ लाख बढी कारोवार गराएको भए तापनि शाखाले समर्थन माग गरेअनुसार केन्द्रीय कार्यालयले पटक पटक गरी रु.२.७७,२९,२६१।५६ सम्मको स्वीकृति प्रदान भएको देखिँदा निज पार्टीको कूल सीमा नाघे/ननाघेको बारे सीमा उपभोग रजिष्टर शाखाले उपलव्ध गराउन नसकेको हुँदा विस्तृत अनुसन्धान हुन नसके तापनि उज्राती रकमलाई हेर्दा सीमाभित्र कारोवार गरेको देखिन्छ ।
एओसी कर्जा संख्या साँवा रकम
विदेशी २० ४,३४,७०,४३१।६६
ब्याक टु ब्याक ३ ४९,९७,९१९।८८
भारतीय ३ २१,४८,१९१।६०
स्वदेशी (लोकल) १ ५१,००,०००।००
जम्मा २७ ५,५७,१६,५४३।१४
उपर्युक्तबमोजिम कर्जा प्रवाह गर्दा कुन–कुन समयमा के कति रकम सीमाभन्दा बढी उपभोग भयो भन्ने सन्दर्भमा तत्कालीन समयमा उक्त शाखाले नियतबश जानाजानी व्यक्तिगत सीमा उपभोग रजिष्टर वेपत्ता (दमपच) पारी आयोगलाई उपलब्ध गराउन नसकेको, उक्त कुरा बैंकको केन्द्रीय कार्यालयको निरीक्षण प्रतिवेदनमा पनि उल्लेख भएको, ए.ओ.सी.का पुराना रकम असूलउपर गर्न ऋणीलाई सामान्य पत्राचार मात्र गरी प्रभावकारी कदम नअपनाई बैंकको लेना रकम बाँकी हुँदाहुँदै सामान्य बैकिङ्ग प्रचलनविपरीत विसंगति तवरले नयाँ प्रतीतपत्र खोलिएको, पूरै सीमा उपभोग भई सकेको अवस्थामा पनि केन्द्रीय कार्यालयबाट समर्थन माग गर्ने भनी कारोवार गराईएको, ब्याक टु ब्याक एल.सी.खोल्दाको अवस्थामा आयात गर्ने कच्चा पदार्थ कपडाको भुक्तानी उक्त कपडाबाट तयारी कपडा बनाई निर्यात गरी प्राप्त हुने भुक्तानीबाट गर्नुपर्ने नेपाल राष्ट्र बैंकको इ.प्रा.परिपत्र नं. १५४ मिति २०५१।१२।१९ मा उल्लेख हुँदाहुँदै विदेशी मुद्रा प्राप्त नभए तापनि ब्याक टु ब्याक एल.सी.को रकम भारतमा भुक्तानी गरिएको, स्वेदशी एओसीमा ३६० साईटको युसान्स एल.सी.खोल्न पाउने बैंकको नीति, नियम, निर्देशिका, परिपत्र नभएको, बैंकको क्रेडिट डिपार्टमेन्ट भ्यालीको प.सं. २।०७।२०६१।६२ मिति २०६१।८।८ बाट जानकारी प्राप्त भएकोमा प्रावधानविपरीत गम्भीर प्रकृतिको कार्य भएको देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्रको रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
ए.ओ.सी.विदेशी एल.सी.नं. ३१।६७५ तारिख ५–५–१९९६ मा US$ 1.10 लाख र संशोधनसहित US$ 118500.00को भारतबाट कपडा आयात गर्न युसान्स एल.सी.खोलोकोमा विभिन्न मितिमा ४ बटा वि.वि.फाराम जारी गरिएकोमा US$ 85,210.40 मात्रको भन्सारबाट सामान छुटाई प्रमाणित गरी सक्कल वि.वि.नि.फाराम नं. ४ फिर्ता प्राप्त भएको तर US$ 33,289.60 को वि.वि.नि.फाराम नं. ४ प्राप्त नभएकोले सामान नेपाल भित्रिएको प्रमाण पेश नभई विदेशी मुद्रा अपचलन भएको र बैंकले सम्बन्धित Beneficiary लाई US$ 39,055.17 भुक्तानी दिईसकेको र सो बरावरको रु.२०,३७,८६१।२४ अध्यापि असूलउपर नभई बैंकलाई हानि नोक्सानी पुर्याएको देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।११६ ऋणीको अनुरोधमा सन ५–९–१९९६ मा US$ 57,00.00 कपडा भारतबाट आयात गर्न ४५ दिनको युसान्स एल.सी.खोलिएकोमा Maturity Date भित्र ग्राहकसँग डकुमेन्टको भुक्तानी लिन तत्परता नदेखाएको, विदेशी बैंकलाई भुक्तानी पठाई सोही दिनमा ग्राहकको नाममा एओसी खर्च जनाउन पर्नेमा नजनाई बैंकको लेना हिसाव यथार्थ नहुने कार्य गरी अर्थात विदेशी बैंकलाई २०५३।१२।१३ मा भुक्तानी पठाई सकेपछि मिति २०५४।३।१८ मा मात्र ग्राहकको एओसी हिसावमा खर्च गरेको र अध्यापि साँवा रु.३,८१,२२६।९६ ग्राहकबाट असूलउपर हुन बाँकी देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।४८१ ऋणीको अनुरोधमा तारिख २५–३–१९९७ मा यु.एस.डलर ४३,८००.०० मूल्यको कपडा भारतबाट आयात गर्न ३० दिनको युसान्स एल.सी.खोलिएकोमा रकम सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले सीमाभित्र परे नपरेको यकीन हुन नसकेको, भन्सार कार्यालयबाट सामान छुटाउन वि.वि.फा.नं. ४ जारी गरेकोमध्ये यु.एस.डलर ४,७६५.९७ र यु.एस.डलर १,२७२ को सामान नेपाल भित्रिएको प्रमाण भन्सार कार्यालयबाट प्राप्त नभएको, Maturity Date भित्र ग्राहकबाट लेना रकम असूल गर्न तत्परता नदेखाई रु.१८,६८,३४९।३६ साँवा अध्यापि बाँकी रहेको देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।५०२ ऋणीको अनुरोधमा सन् २–४–१९९७ मा US$ 1,25,715.00 मूल्यको कपडा भारतबाट आयात गर्न ४५ दिनको युसान्स एल.सी.खोलिएकोमा Maturity Date भित्र ग्राहकसँग डकुमेन्टको भुक्तानी लिने तत्परता नदेखाएको, जारी गरिएका वि.वि.नि.फा.नं. ४ मध्ये ग्क्४ घद्ध।द्दड को सक्कल प्रति फिर्ता प्राप्त नभएकोले सामान नेपाल भित्रिएको नदेखिएको Maturity Date नाघेपछि विदेशी बैंकलाई भुक्तानी पठाएको, भुक्तानी लिने तत्परता नदेखाई अनियमितता भएकोले साँवा रु.२७,३८,९४५।९३ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।५५२ ऋणीको अनुरोधमा सन् १–५–१९९६ मा भारतबाट सामान आयात गर्न US$ 49,255.00 को ४५ दिनको युसान्स एल.सी.खोलिएकोमा रकम सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले सीमाभित्र परे नपरेको यकीन हुन नसकेको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा.४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रिएको पुष्टि नभएको, Maturity Date भित्र ग्राहकबाट असूल नगरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.१९,९१,१७३।३० असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।५८७ ऋणीको अनुरोधमा सन् १९–५–१९९७ मा हङकङ्गबाट कपडा आयात गर्न US$28,172.76 को ३० दिनको युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले सीमाभित्र परे नपरेको यकीन हुन नसकेको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा.४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रिएको पुष्टि नभएको, Maturity Date भित्र ग्राहकबाट असूलउपर नगरी विदेशी बैंकलाई भुक्तानी पठाई अनियमित गरेको र हाल साँवा रु.१४,४१,५२४।०२ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।६०४ ऋणीको अनुरोधमा सन् २९–५–१९९७ मा भारतबाट कपडा आयात गर्न US$ 70,000.00को ४५ दिनको युसान्स एल.सी.खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले सीमाभित्र परे नपरेको यकीन हुन नसकेको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा.४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रिएको पुष्टि नभएको, Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई सोही दिनमा ग्राहकको नाउँमा एओसी खर्च जनाउन पर्नेमा नजनाई यथार्थ खर्च नदेखाई अनियमित भएको साँवा रु.२५,३४,६४२।८३ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।६५३ ऋणीको अनुरोधमा सन् २०–६–१९९७ मा हङकङ्गबाट कपडा आयात गर्न US$ 65,750.00 को ९० दिनको युसान्स एल.सी.खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा.४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रियो नै भन्ने स्पष्ट आधार नभई विदेशी मुद्रा अपचलन समेत भएको Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई सोही दिनमा ग्राहकको नाउँमा एओसी खर्च जनाउन पर्नेमा नजनाई यथार्थ खर्च नदेखाई अनियमित भएको साँवा रु.३५,५८,२०२।५० असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।६९३ ऋणीको अनुरोधमा सन् ११–७–१९९७ भारतबाट कपडा आयात गर्न US$ 35,800.00को ३० दिनको युसान्स एल.सी. सीमाभित्र नपरेकोले केन्द्रीय कार्यालयबाट समर्थन माग्ने गरी खोलिएकोमा बैंकको व्यवसाय विभागको मिति २०५४।४।४ बाट समर्थन प्राप्त भएको । शाखाले सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा.४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रिएको पुष्टि नभएको, Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई अनियमित भएको साँवा २०,०९,७८९।८५ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१९ ऋणीको अनुरोधमा सन् २५–७–१९९७ हङकङ्गबाट कपडा आयात गर्न US$ 28,230.79 को ३० दिनको युसान्स एल.सी.खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई सोही दिनमा ग्राहकको नाउँमा एओसी अर्च जनाउनु पर्नेमा खर्च नदेखाई अनियमित भएको साँवा रु.१७,६५,५३१।२१ असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१२१ ऋणीको अनुरोधमा सन् ९–९–१९९७ भारतबाट कपडा आयात गर्न US$ 40,900.00को ६० दिनको युसान्स एल.सी.खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको भारतबाट तयारी पोशाकका कच्चा पदार्थ मगाउँदा नेपालको तयारी पोशाक उद्योग संघको सिफारिश लिनुपर्नेमा नलिएको, Maturity Date भित्र ग्राहकबाट लेना रकम असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई सोही दिनमा ग्राहकको नाउँमा एओसी खर्च जनाउनु पर्नेमा खर्च नदेखाई अनियमित भएको साँवा रु.२,०७,५३९।२७ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१३३ ऋणीको अनुरोधमा सन् ११–९–१९९७ सिंगापुरबाट सिलाई मेशिन आयात गर्न US$ 8250.00 को १८० दिनको युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा. ४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रियो नै भन्ने स्पष्ट आधार नभई विदेशी मुद्रा अपचलन समेत भएको, Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई अनियमित भएको साँवा ३,०१,९००।३९ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१३४ ऋणीको अनुरोधमा सन् ११–९–१९९७ सिंगापुरबाट जेनेरेटर मेशिन आयात गर्न US$ 47,91.00 को १८० दिनको युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, भन्सार कार्यालयबाट सामान छुटाउन जारी गरिएका वि.वि.नि.फा. ४ पनि प्रमाणित भै फिर्ता प्राप्त नभएकोले नेपालमा सामान भित्रियो नै भन्ने स्पष्ट आधार नभई विदेशी मुद्रा अपचलन समेत भएको, Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी पठाई अनियमित भएको साँवा २,७६,१८६।७० असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१७७ ऋणीको अनुरोधमा सन् ३–१०–१९९७ पाकिस्तानबाट कपडा आयात गर्न US$ 1,27,500.00 को युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमाभित्र नपरेकोले केन्द्रीय कार्यालयबाट समर्थन माग्ने गरी खोलिएकोमा केन्द्रीय कार्यालयको मिति २०५४।८।११ को पत्रबाट समर्थन प्राप्त भएकोले सीमा उपभोग सम्बन्धमा अनियमित भएको देखिँदैन तर ग्राहकबाट असूलउपर गर्न तत्परतानदेखाई विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा २८,६३,९५४।६७ अनियमित भएकोले असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१४३ ऋणीको अनुरोधमा सन् १४–९–१९९७ भारतबाट कपडा आयात गर्न US$ 1,64,880.00 को ६० दिने युसान्स एल.सी.सीमाभित्र नपरेकोले केन्द्रीय कार्यालयबाट समर्थन माग्ने गरी खोलिएकोमा केन्द्रीय कार्यालय, बैंक व्यवसाय विभागको मिति २०५४।१२।१९ को पत्रबाट समर्थन प्राप्त भएकोले सीमा उपभोग सम्बन्धमा अनियमित भएको देखिँदैन तर कच्चा पदार्थको रुपमा आयात गरिने Fabric कपडा आयात गर्नु पूर्व नेपाल तयारी पोशाक संघको सिफारिश लिनुपर्नेमा नलिएको, परिवत्र्य विदेशी मुद्रा भुक्तानी गर्ने गरी भारतको उत्पादनकर्ता/फर्म/कम्पनीबाट मात्र कपडा आयात गर्न पर्नेमा अन्य व्यक्ति/फर्म (Village Connection Exporter) बाट आयात गरेको, पुरानो लेखा बाँकी हुँदाहुँदै पुनः एल सी.खोली Maturity Date भित्र ग्राहकबाट असूलउपर गर्न तत्परता नदेखाई विदेशी बैंकलाई भुक्तानी दिएको रकम मध्ये US$ 5433.23 को निज ग्राहकको नाममा एओसी खर्च देखाउनु पर्नेमा नदेखाई बैंकको स्टेटमेन्टको आधार लिई नियमविपरीत कार्य भएको, बैंकको लेना रकम यथार्थ नदेखिएको, यसरी अनियमित गरी नोक्सानी पुर्याएको सावाँ रु.८४,८१,२३०।१८ अनियमित भएकोले असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१४४ ऋणीको अनुरोधमा सन् १६–९–१९९७ सिंगापुरबाट सिलाई मेशिन आयात गर्न US$ 99,355.00 को १८० दिने युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमाभित्र नपरेकोले कन्द्रीय कार्यालयबाट समर्थन माग्ने गरी खोलिएकोमा केन्द्रीय कार्यालय, बैंक व्यवसाय विभागको मिति २०५४।१२।१९ को पत्रबाट समर्थन प्राप्त भएकोले सीमा उपभोग सम्बन्धमा अनियमित भएको देखिँदैन । ऋणीले कागज स्वीकार गरेको ६ महिना (प्रतीतपत्रमा तोकिएको दिन अनुसार) ११ जून १९९८ मा Maturity Date पुग्नेमा Maturity Date भन्दा पहिले १२।५।१९९८ शाखाले सम्बन्धित विदेशी बैंकलाई टेलेक्समार्फत् भुक्तानी पठाएको तर ग्राहकबाट लेना रकम असूलउपर गर्न शाखाबाट कुनै तत्परता नदेखाई अनियमित भएको साँवा ३८,१३,५६०।८४ असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।१७९ ऋणीको अनुरोधमा सन् ३–१०–१९९७ हङकङ्गबाट कपडा आयात गर्न US$ 28,200.00 को ४५ दिनको युसान्स एल.सी. सीमाभित्र नपरेकोले कन्द्रीय कार्यालयबाट समर्थन माग्ने गरी खोलिएकोमा केन्द्रीय कार्यालय, बैंक व्यवसाय विभागको मिति २०५४।११।१८ को पत्रबाट समर्थन प्राप्त भएकोले सीमा उपभोग सम्बन्धमा अनियमित भएको देखिँदैन । तर Maturity Date भित्र ग्राहकबाट लेना रकम असूलउपर गर्न कुनै प्रयास नगरी अनियमितता गरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा १७,९४,९३९। असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।२३१ ऋणीको अनुरोधमा सन् २९–१०–१९९७ पाकिस्तानबाट कपडा आयात गर्न US$ 57,096.60 को १५ दिनको युसान्स एल.सी.सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको Maturity Date भित्र ग्राहकबाट लेना रकम असूलउपर गर्न कुनै प्रयास नगरी अनियमितता गरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.१७,२८,६६०।१३ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३३।२६१ ऋणीको अनुरोधमा सन् १७–११–१९९७ पाकिस्तानबाट कपडा आयात गर्न US$ 60,496.00को युसान्स एल.सी. खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, ग्राहकबाट चुक्ता हुन बाँकी रहेको रकम Maturity Date भित्र शाखाले चुक्ता गराउन कुनै प्रभावकारी कदमको प्रयास नगरी विदेशी बैंकलाई भुक्तानी पठाई अनियमित भएको साँवा रु.१२,०२,०९५।२८ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेका देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
ए.ओ.सी. (भारतीय) एल.सी.नं. ३१।१०० ऋणीको अनुरोधमा सन् १२–०२–१९९६ भारतबाट कपडा आयात गर्न भा.रु.५ लाखको युसान्स एल.सी.खोलिएकोमा व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, Maturity Date भित्र लेना रकम असूलउपर गर्न कुनै प्रयास नगरी अनियमितता गरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.५९,३०२।२४ असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।६६ ऋणीको अनुरोधमा सन् ३१–३–१९९७ मा भारतबाट कपडा आयात गर्न भा.रु.६,७५,८४०। को ४५ दिने युसान्स एल.सी.खोलिएकोमा पछि संशोधन गरी ६ लाख थप गरिएको, व्यक्तिगत सीमा उपभोग रजिष्टर उपलब्ध नहुनाले के कति सीमा उपभोग भयो भनी यकीन गर्न नसकिएको, Maturity Date भित्र लेना रकम असूलउपर गर्न कुनै प्रयास नगरी अनियमितता गरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.१४,०९,७६०।२४ असूलउपर गर्न पर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
एल.सी.नं. ३२।६९ ऋणीको अनुरोधमा सन् १८–४–१९९७ मा भारतबाट कपडा आयात गर्न भा.रु.१० लाखको ४५ दिने युसान्स एल.सी.खोलिएकोमा एल.सी. खोल्दा Payment Upon Presentation of Document गर्ने भनी At Sight रहेकोमा निवेदनको आधारमा Draft drawn on 45 days sight भनी संशोधन गरी मिलेमतो गरेको, Shipment Date 15-5-1997 भएकोमा सोको ५ दिन म्याद नाघेपछि संशोधन गरेको, भारतबाट सामान (कपडा) आयात गरेको निस्सा (प्रज्ञापन पत्र) नभएको, Maturity Date भित्र लेना रकम असूलउपर गर्न कुनै प्रयास नगरी अनियमितता गरी विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.६,७९,१२४।१२ असूलउपर गर्नुपर्ने देखिन्छ । साथै यस्तो प्रतीतपत्र खोल्दा छुट्टै सुरक्षण जमानत नलिई समग्र सुरक्षणलाई आधार मानेको र यसरी आधार मान्दा ऋणीको ऋण र प्रतीतपत्र रकमले सुरक्षण खाम्छ/खाम्दैन स्पष्ट उल्लेख गरेको देखिन्न । यसर्थ यसमा थप सुरक्षण लिई ऋण सुरक्षित राखेको देखिएन ।
व्याक टु ब्याक एल.सी. अन्तर्गत तयारी पोशाक उद्योगहरूले आफ्नो उद्योगको लागि निर्यात आर्जनको ५० प्रतिशत सम्मको रकमले मात्र खाम्ने गरी भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी हुने गरी कपडा आयात गर्न पाइने नेपाल राष्ट्र बैंकको मिति २०५३।२।२४ को इ.प्रा.परिपत्र संख्या १७६ को परिपत्रानुसार आवश्यक कच्चा पदार्थ कपडा ब्याक टु ब्याक प्रतीतपत्रको माध्यमबाट पनि आयात गर्ने व्यवस्था रहेको । आयात गरिएका कच्चा पदार्थ (कपडा) को भुक्तानी उक्त कपडाबाट तयारी पोशाक बनाई निर्यात गरेपछि प्राप्त हुने भुक्तानीबाट गर्नुपर्ने नेपाल राष्ट्र बैंकको मिति २०५१।१२।१९ को इ.प्रा.परिपत्र संख्या १५४ मा व्यवस्था भएको र देहाय बमोजिमको ३ वटा ब्याक टु ब्याक एल.सी.खोल्दा विदेशबाट विदेशी मुद्रा प्राप्त भएपछि मात्र कपडा आयात गरिएबापतको भुक्तानी गर्ने एल.सी. मा शर्त (This credit is opened against exoprt L/C and payment will be released after receipt of export doc’s by this credit opening bank) राखिएकोमा सो शर्तको विपरीत विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने रकम प्राप्त नभए तापनि बैंक स्वयंले एओसी खातामा खर्च जनाई विदेशी मुद्रा भारतमा भुक्तानी गरेकोले नेपाल राष्ट्र बैंकको नीति नियमविपरीत भई हाल रु.४९,९७,९१९।८८ पार्टीबाट असूलउपर हुन् वाँकी देखिन्छ । यस्तै किसिमको प्रतीतपत्रको लागि लिनुपर्ने सुरक्षण पुरानो सुरक्षणले खाम्छ/ खाम्दैन स्पष्ट नगरी र छुट्टै सुरक्षण नराखी ग्राहकको नाउँमा ऋण राखी भुक्तानी पठाउँदा बैंकलाई हानि नोक्सानी पार्ने देखिन्छ ।
एल.सी.नं. ३२।३७९ अन्तर्गत ५ पटक गरी ग्क्४ ज्ञ,ठण्,डढढ।टड को ब्याक टु ब्याकका कागजात प्राप्त भई सम्बन्धित बेनिफिसियरीलाई भुक्तानी भएको । सोमध्ये ४ पटकको कागजातको लागि भन्सार कार्यालयबाट सामान छुटाउनको लागि वि.वि.नि.फाराम नं. ४ जारी भएको र सामान नेपाल भित्रिएको निस्सा प्राप्त भएको तर US$ 50,113.76 कागजातको वि.वि.नि.फाराम जारी नभएको र सामान नेपाल भित्रिएको प्रमाण नभएको, ब्याक टु ब्याक अन्तर्गतको भुक्तानी विदेशबाट विदेशी मुद्रा प्राप्त भएपछि नियमानुसार भुक्तानी पठाउनु पर्नेमा शाखा स्वयंले ए.ओ.सी. हिसाव खर्च जनाई US$ 50,513.76 भारतको बेनिफिसियरीलाई भुक्तानी हुनुले नियम विपरीत भई रु.२५,९६,९०४।५२ उज्राती हुनु तथा सामान नेपाल नभित्रिई विदेशी मुद्रा भुक्तानी हुनु विदेशी मुद्रा अपचलन भएको स्पष्ट देखिन्छ । यस्तै किसिमको प्रतीतपत्रको लागि लिनु पर्ने सुरक्षण पुरानो सुरक्षणले खाम्छ/खाम्दैन स्पष्ट नगरी र छुट्टै सुरक्षण नराखी ग्राहकको नाउँमा ऋण बाँकी राखी भुक्तानी पठाउँदा बैंकलाई हानि नोक्सानी पार्ने नियत स्पष्ट देखिन्छ ।
एल.सी.नं. ३२।४३८ अन्तर्गत US$ 50,040.00 को भारतबाट कपडा आयात गर्ने गरी ब्याक टु ब्याक एल.सी.खोलिएकोमा २ पटक गरी US$ 36,981.24 को कागजात प्राप्त भई सम्बन्धित बेनिफिसियरीलाई भुक्तानी भएको । सो मध्ये US$ 5,201.76 बराबरको सामान आयात गर्न वि.वि.नि. फाराम नं. ४ जारी भएको र सामान नेपाल भित्रिएको निस्सा प्राप्त भएको तर बाँकी US$ 31,779.48 का लागि वि.वि.नि.फाराम जारी नभएको र सामान नेपाल भित्रिएको प्रमाण नभएको, ब्याक टु ब्याक अन्तर्गतको भुक्तानी विदेशबाट विदेशी मुद्रा प्राप्त भएपछि नियमानुसार भुक्तानी पठाउने एल.सी.को शर्तमा भएकोमा शाखा स्वयंले ए.ओ.सी. हिसाव खर्च जनाई US$ 31,779.48 भारतको बेनिफिसियरीलाई भुक्तानी हुनु र रु.१७,६४,६८९।०८ उज्राती हुनु नियमविपरीत हुनुका साथै सामान नेपाल नभित्रिई विदेशी मुद्रा भुक्तानी हुनु विदेशी मुद्रा अपचलन भएको देखिन्छ । यस्तै किसिमको प्रतीतपत्रको लागि लिनुपर्ने सुरक्षण पुरानो सुरक्षणले खाम्छ/खाम्दैन स्पष्ट नगरी र छुट्टै सुरक्षण नराखी ग्राहकको नाउँमा ऋण बाँकी राखी भुक्तानी पठाउँदा बैंकलाई हानि नोक्सानी पार्ने नियत देखिन्छ ।
एल.सी.नं. ३२।२३३ यस अन्तर्गत सन् ६–११–१९९७ मा US$ 55m000.00 को भारतबाट कपडा आयात गर्ने गरी ब्याक टु ब्याक एल.सी.खोलिएकोमा ३ पटक गरी US$ 57,632.28 को कागजात प्राप्त भई एल.सी. खुलेको रकम भन्दा US$ 2,632.28 अधिकको समेत सम्बन्धित बेनिफिसियरीलाई भुक्तानी भएको । सो मध्ये US$ 21,506.60 का लागि वि.वि.नि.फाराम जारी गरेको तर सामान नेपाल भित्रिएको निस्सा नभएको । शाखाले विदेशी मुद्रा प्राप्त भएपछि नियमानुसार भारतमा भुक्तानी पठाउनु पर्नेमा प्राप्त नभई ए.ओ.सी. हिसाब खर्च जनाई बाँकी रहेको US$ 15,154.13 भुक्तानी हुनु नियमविपरीत हुनुका साथै रु.५,६९,६८३।०९ बराबरको विदेशी मुद्रा अपचलन भएको देखिन्छ । यस्तै किसिमको प्रतीतपत्रको लागि लिनुपर्ने सुरक्षण पुरानो सुरक्षणले खाम्छ/खाम्दैन स्पष्ट नगरी र छुट्टै सुरक्षण नराखी ग्राहकको नाउँमा ऋण बाँकी राखी भुक्तानी पठाउँदा बैंकलाई हानि नोक्सानी पार्ने नियत देखिन्छ ।
एओसी.स्वेदशी (लोकल): कर्जा (एओसी) नं. ३३।०२ मा नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि. लाई मिति २०५४।५।५ मा १० प्रतिशत नगद मार्जिनमा भक्तपुर ठिमीका निर्यातकर्ता एस.डि.इम्पेक्सबाट रु.५१ लाखको मेशिनरी सामान तथा सोसँग सम्बन्धित अन्य मेशिन आयात गर्न पूरा सीमा उपभोग भइसकेको अवस्थामा समेत केन्द्रीय कार्यालयबाट निर्देशन भएकोले खोली समर्थन माग्ने भन्ने उक्त शाखाका शाखा प्रबन्धकको तोक आदेशमा ३६० दिनको Sight को युसान्स एल.सी.खोलेको देखिन्छ । सो आधारमा निर्यातकर्ता एस.डि.इम्पेक्सले बिल अफ एक्सचेन्ज इन्भ्वाइस र प्याकिङ्ग लिष्ट संलग्न गरी ४।९।१९९७ देखि २।१०।१९९७ सम्म ५ पटक डकुमेन्ट नेगोसिएशनका लागि बानेश्वर शाखामै पेश गरेकोमा ४ पटक प्रेषित कागजातमा एकाउन्टेन्ट भरतबहादुर बस्नेत र व.स.महेन्द्रभक्त प्रधानाङ्गको दस्तखतबाट बिल नेगोसिएशन गरेको तर एक पटक प्रेषित कागजातमा भने कर्मचारी कसैको पनि बिना दस्तखत बिल खरीद भएको देखिन्छ । उक्त शाखाले केन्द्रीय कार्यालयबाट समर्थन प्राप्त भैसकेपछि मिति २०५५।११।४ मा सम्बन्धित बेनिफिसिरीलाई भुक्तानी गरेको देखिन्छ ।
विभिन्न उद्देश्यअनुसारका कर्जाहरू र ती कर्जा कारोवारमा संलग्न कर्मचारीहरू र तिनीहरूको संलग्नताबाट बैंकलाई हानि नोक्सानी हुन् गएको रकमको विवरण ।
राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको च.नं. १३५८ मिति २०६१।७।२६ को पत्रानुसार नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.को २०६१ असोजसम्मको असूल हुन बाँकी (Outstanding) रकम यसप्रकार रहेको छ–
कर्जा शीर्षक कर्जा नं. साँबा बाँकी ब्याज बाँकी
ए.ओ.सी.लोकल ३३।२ ४८,७४,८६९।०० ६८,२१,६६१।००
ए.ओ.सी.भारतीय ३१।१०० ५९,३०७।२४ ६८,००९।२०
ए.ओ.सी.भारतीय ३२।६६ ४,०९,७६०।२४ २०,८१,०६३।००
ए.ओ.सी.भारतीय ३२।६९ ६,७९,१२४।१२ ०,३०,४४७।००
ए.ओ.सी.विदेशी ३१।६७५ २२,३७,८६१।२४ ०,०२,४४३।००
ए.ओ.सी.विदेशी ३२।११६ ३,८१,२२६।९६ ४,७३,०९६।००
ए.ओ.सी.विदेशी ३२।३७९ ५,९६,९०४।५२ ४,४३,०८०।००
ए.ओ.सी.विदेशी ३२।४३८ १७,६४,६८९।०८ ६,४८,५५०।००
ए.ओ.सी.विदेशी ३२।४८१ १८,६८,३४९।३६ २,३२,८७८।००
ए.ओ.सी.विदेशी ३२।५०२ ७,३८,९४५।९३ ३६,३७,०२३।००
ए.ओ.सी.विदेशी ३२।५५२ १९,९१,१७३।३० ८,७८,१५५।००
ए.ओ.सी.विदेशी ३२।५८७ १४,४१,५२८।०२ २९,७३,६६८।००
ए.ओ.सी.विदेशी ३२।६०४ २५,३४,६४३।८३ १,४९,१२९।००
ए.ओ.सी.विदेशी ३२।६५३ ३५,५८,२०२।५० ६६,५७,३५३।००
ए.ओ.सी.विदेशी ३२।६९३ २०,०९,७९८।८५ २६,१३,१६०।००
ए.ओ.सी.विदेशी ३२।६९५ ५,८४,३६०।०० १०,१७,३०४।००
ए.ओ.सी.विदेशी ३३।१९ १७,६५,३३१।२१ ३६,२७,६१८।००
ए.ओ.सी.विदेशी ३३।१२१ २०,७५,३९३।२७ ६,०५,७३४।००
ए.ओ.सी.विदेशी ३३।१३३ १,०१,९००।३९ १,५६,,६२८।००
ए.ओ.सी.विदेशी ३३।१३४ २,७६,१८६।७० ४,४१,७२१।००
ए.ओ.सी.विदेशी ३३।१४३ ८४,८१,२३०।१८ १,५८,६९,२४४।००
ए.ओ.सी.विदेशी ३३।१४४ ३८,१३,५६०।८४ ५०,८९,१०८।००
ए.ओ.सी.विदेशी ३३।१७७ २८,६३,९५४।६७ ५०,५२,४३४।००
ए.ओ.सी.विदेशी ३३।१७९ १९,१९,४३०।०० २२,३०,९२८।००
ए.ओ.सी.विदेशी ३३।२३१ १७,२८,६६०।१३ ३०,२७,१६१।००
ए.ओ.सी.विदेशी ३३।२३३ ५,६९,६८३।०९ ७,९९,६९१।००
ए.ओ.सी.विदेशी ३३।२६१ ३१,८२,०५८।०२ १९,२७,५४८।००
टि.आर ३३।२३ १४,८४,२६६।२७ २६,०४,६२०।००
टि.आर. ३३।२४ २७,७२,१३३।१३ ४८,६४,५७९।००
पि.एक्स.एल. ३३।१४ १५,००,०००।०० २२,६५,२५८।००
पि.एक्स.एल. ३३।१६ ५,००,०००।०० ७,५४,४९६।००
पि.एक्स.एल. ३३।१७ ७,००,०००।०० १०,५६,२८०।००
पि.एक्स.एल. ३३।१८ १४,००,०००।०० २१,११,६६९।००
पि.एक्स.एल. ३२।२९ ५,००,०००।०० ७,३७,०५०।००
निर्यात विल खरीद ३२।६२१ ३७,२६१।७६ –
निर्यात विल खरीद ३२।७०१ १५,२१,८६१।३४ –
निर्यात विल खरीद ३३।४५ २,५३,७५९।७१ –
निर्यात विल खरीद ३३।२६७ १,३८,८९४।५० –
निर्यात विल खरीद ३३।३७३ २६,५०,२००।०० –
निर्यात विल खरीद ३३।३७७ ९६,८६०।३४ –
निर्यात विल खरीद ३४।०३ १००।०० –
जम्मा ७,१०,७३,४६९।७४ १०,८९,५८७९६।२०
कर्जा कारोवारमा भएका तथ्यगत वस्तुस्थिति, कानूनी प्रावधान तथा बैंकलाई हानि नोक्सानी पुर्याउने मनसायबाट निम्न कर्मचारीहरू तथा ऋणीहरूको सम्बन्धमा निम्न अनुसारको कसूरको सजाय तथा विगो असूली समेतको माग दावी लिइएको छ :–
प्रतिवादी दीलिपकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको प्रवन्धक हुँदाको अवधिमा प्रतिवादी नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.,इमाडोल, ललितपुरका मुख्य सञ्चालक केवलकृष्ण खन्नासँग पूर्व निर्यात कर्जातर्फ कर्जा नं. ३३।१४, ३३।१७ र ३३।१८ बाट रु.३६,००,०००। एफबिएन कर्जातर्फ नं. ३३।४५, ३२।६२१,३२।७०१, बाट रु.१८,१२,८८२।८१, एओसी तर्फ कर्जा नं. ३३।१९, ३३।१४३, ३३।१२१,३२।५५२, ३२।५८७, ३३।१७९, ३३।२३१, ३३।१७७, ३३।१४४, ३२।५०२, ३३।२६१, ३२।६९, ३२।६६, ३२।३७९, ३२।४३८, ३२।६५३, ३२।४८१, ३२।६९३, ३२।६९५, ३३।१३३, ३२।६०४, ३३।१३४ र लोकलतर्फ ३३।०२ समेत २३ वटाबाट रु.५,४१,३५,४८२।९२ तथा टिएल कर्जातर्फ कर्जा नं. ३३।२३ र ३३।२४ बाट रु.४२,७०,३६१।२७ समेत साँवा रु.६,३८,१८,७२७। को कर्जा कारोवार गरेको रहेछ भन्ने आयोगमा उपलव्ध भएको कागजातहरूबाट देखिन आउँछ । यी प्रतिवादीले निम्न शीर्षकमा कर्जा कारोवार गर्दा निम्न कार्य गरेको देखियो :–
पूर्व निर्यात कर्जा तर्फः यी प्रतिवादीले पूर्व निर्यात कर्जा प्रवाह गर्दा छुट्टै धितो नलिई कर्जा लगानी गरी पुरानो बैंकको बाँकी लेना रकम असूल पनि नगरी नयाँ नयाँ कर्जा प्रवाह गरी एकमाथि अर्को गरी तीनवटा कर्जा दिएको पाइन्छ । जुन उद्देश्यका लागि जुन एल.सी. नम्वरबाट पूर्व निर्यात कर्जा दिएको हो, सो नम्वरको सो उद्देश्य पूरा भई सामान निर्यात गरेपछि ऋणी केवलकृष्ण खन्नाले एफ.वि.एन गराउँदा पाएको रकमबाट पनि बैंकको लेना असूलउपर नगरी सम्पूर्ण रकम ऋणीको खातामा जम्मा गरी दिई बैंकको लेना असूल नगर्ने वदनियतपूर्व मनसाय राख्दै थप कारोवार गराई राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा १२ र नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्रको पालना नगरेको ।
एफ.वि.एन. (Foreign Bill Negotiation) तर्फः मूल निर्यात प्रतीतपत्रबाट गएको पूर्व निर्यात कर्जामा लिन बाँकी रहेको रकम असूल गरेर मात्र बाँकी रकम ऋणीलाई दिनुपर्नेमा सबै रकम ऋणीको खातामा जम्मा गरी दिई बैंकलाई जानीजानी हानि नोक्सानी पुर्याउने उद्देश्य राखेको पाइयो । एफ.बि.एन. गर्दा कतिपय बिलहरूमा अनिवार्य रुपमा Bill of Lading, एयर वे विल संलग्न गरी Shipment Date भित्र पठाएको हुनुपर्नेेमा सो नभएको अबस्थामा पनि प्रक्रिया नपुर्याएर बिल खरीद गरी कानूनी प्रक्रियाहरू नपुर्याएको समेत पाइयो । आयात गर्दा पार्टीले बिदेशी आयातकर्ताबाट प्राप्त हुने भनिएको रकम बैंकमा दाखिला गराउने प्रयास नगरिएको र रकम प्राप्त भएको जानकारी नहुँदा नहुँदै पनि थप अन्य बिलहरू नेगोसिएशन गरी बैंकलाई पूर्णरुपले हानि नोक्सानी गराई राष्ट्रिय वाणिज्य बैंक, बैंक व्यावसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र समेतको उल्लघंन गरेको ।
टि.एल.(Truts Receipt Loan) तर्फः टि.एल.कर्जा दिएका बखत छुट्टै धितो लिनु पर्नेमा छुट्टै धितो नलिई कर्जा दिएको पाइयो । पहिले ऋणीले लिएको टि.एल.कर्जा भुक्तानी नभएको अवस्थामा पनि थप अर्को टि.एल.कर्जा बिना धितोमा प्रवाह गरेको देखियो । टि.एल.कर्जा दिन प्रमिसरी नोट र तमसुक तयार गर्दा सम्पूर्ण प्रक्रिया पुर्याई आधिकारिक व्यक्तिले सहिछाप गरी तयार पार्नुपर्नेमा कुनै प्रक्रिया नपुर्याई रित पूर्वकको कागजात नै नबनाई कर्जा दिई राष्ट्रिय वाणिज्य बैंक, बैंक ब्यवसाय विभागको परिपत्र नं. २६ मिति २०५३।१२।८ समेतको परिपत्रको उल्लघंन गरेको ।
ए.ओ.सी. (Advace on Credit) कर्जा तर्फः युसान्स एल.सी.खोल्दा धितो नलिई खोल्न नहुनेमा त्यस्तो छुट्टै धितो नलिई एल.सी.खोलेको देखियो । साथै ऋणीको आयात निर्यात गरिएको सामान पार्टीलाई पछि बैंकले पाउनु पर्ने रकम असूल हुनसक्ने गरी अन्य कुनै सुरक्षण गरिएको पनि नदेखिएको हुँदा बैंकलाई प्रत्यक्ष रुपमा नोक्सान हुने कुरा जानाजानी युसान्स एल.सी.खोलिएको रहेछ भन्ने स्पष्ट हुन आएको छ । ऋणीलाई रु.३ करोडको मात्र सीमा स्वीकृत भएकोमा रु.५,४१,३५,४८२।९२ कर्जा लगानी गरी सीमाको ठाडै उल्लघंन गरी पछि मात्र सीमा स्वीकृतिको लागि केन्द्रमा पठाई स्वीकृति लिएपनि तत्काल दूषित मनसाय राखी पार्टीसँग वदनियतपूर्ण कारोवार गरी पार्टी समेतलाई फाइदा पुर्याउने उद्देश्य राखेको पुष्टि हुन आयो । त्यसका साथै ३ करोड मात्र स्वीकृत सीमा रहेको अवस्थामा पनि कर्जा सुरक्षित हुने धितो लिएर मात्र कर्जा दिनुपर्नेमा रु.१ करोड ३० लाख मात्रको धितोमा रु.५,४१,३५,४८२।९२ दिएबाट निजको दुराशय प्रष्ट हुन्छ । ए.ओ.सी.कर्जा रकम पुरानो बाँकी हुँदाहुँदै पटक पटक थप गरी २२ वटा एल.सी.खोली दिई बैंकले असूल गर्नुपर्ने रकम असूलउपर नगरी हानि नोक्सानी पारेको देखिन्छ । कानून र बैंकमा प्रचलनमा पनि नरहेको लोकल एल.सी.खोली दिएको र सोमा पनि Beneficiary र Applicant दुवैको निमित्त एउटै बैकबाट एल.सी. खोली खोलाई बैंक ठग्ने कार्यलाई सहयोग पुर्याएको पुष्टि हुन्छ । ब्याक टु ब्याक एल.सी.खोल्दा खोलाउँदा पार्टीले निर्यात गरेको सामानबापत बिदेशी आयातकर्ताबाट रकम प्राप्त भएपछि मात्र बैंकले खोलिदिएको एल.सी.बापत रकम भुक्तानी गर्नुपर्नेमा त्यस्तो रकम प्राप्त नहुँदै अथवा त्यस्तो रकम प्राप्त भएको प्रमाण नभइकन एल.सी.को रकम भुक्तानी गरी दिएको तर आफ्नो बाँकी भुक्तानी गराउनेतर्फ धितो सुरक्षणको उचित व्यवस्था गरेको समेत देखिन आएन । ए.ओ.सी.कर्जा खाता चढाउँदा बैंकले एल.सी. भुक्तानी गरिदिएकै दिनमा चढाउनु पर्नेमा ढिलो गरी चढाई बैंकले प्राप्त गर्ने ब्याजमा समेत नोक्सानी पुर्याएको प्रष्ट देखिन्छ । त्यस्तै गरेर पार्टीलाई स्वीकृत भएको ब्यक्तिगत सीमा उपभोग रजिष्टर राखी सीमा उल्लघंन भए नभएको के हो र के कति बाँकी छ ? थप कर्जा दिंदा समेत हेर्नु जाँच्नु पर्ने बैंकको व्यवस्था भएकोमा पार्टीलाई जहिले जति पनि कर्जा दिने मनसाय राखी सो रजिष्टर नै लुकाएको वा नष्ट पारिएको समेत देखिन आई राष्ट्रिय वाणिज्य बैंक कर्जा कार्य नीति तथा सिफारिश विभागको च.नं. ३७६ मिति २०५८।१।२० को परिपत्र नं. २६ मिति २०५३।१२।८ र ऐजन बैंकको परिपत्र नं. ३२ मिति २०५८।३।१२ को परिपत्र समेतको उल्लघंन गरेको देखियो ।
माथि उल्लेख गरेका गैरकानूनी, अनियमित तथा वदनियतपूर्ण कार्यबाट बैकलाई रु.१६,४८,८२,७३७। हानि नोक्सानी गरी प्रतिवादी दीलिपकुमार श्रेष्ठले बैंक सम्बन्धी ऐन, नियम निर्देशिका, कार्यविधि, परिपत्र लगायतका बाध्यात्मक रुपले पालना गरिनुपर्ने प्रावधानहरू उल्लंघन गरी आफू र ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने वदनियतले कानूनको जानजानी पालना नगरी कर्जा प्रदान गरिएका विभिन्न शीर्षकहरूमा असूलउपर गर्नुपर्ने साँवा रु.६,३८,१८,७२७। र २०६१ असोज मसान्तसम्मको ब्याज रु.१०,१०,६४,०१०। समेत गरी जम्मा रु.१६,४८,८२,७३७। बैंकलाई हानि नोक्सानी पुर्याई भ्रष्टाचारजन्य कसूर गरेकोले तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ को दफा ७(२), १३ तथा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को खण्ड (छ) (ज), (झ) तथा उपदफा ३ र दफा १२ तथा १७ बमोजिम सजाय गरी बैँकलाई पुग्न गएको हानि नोक्सानी प्रतिवादी समेतबाट असूलउपर गरिपाऊँ ।
प्रतिवादी श्रीकृष्ण श्रेष्ठको कार्यकालमा प्रतिवादीमध्येको प्रोफेशनल गार्मेन्ट प्रा.लि.का मुख्य सञ्चालक केवलकृष्ण खन्नासँग ए.ओ.सी. तर्फ कर्जा नं. ३१।१००, ३१।६७५ र ३२।११६ बाट साँवा रु.२६,७८,३९५।२० को कारोवार भएको भन्ने बैंकबाट उपलव्ध गराइएको कागजातबाट देखिन्छ । यी प्रतिवादीले ऋणीसँग कर्जा कारोवार गर्दा गराउँदा तीनवटा ए.ओ.सी. मा दस्तखत गरेकोमा ती ए.ओ.सी. लाई युसान्स एल.सी. खोलिदिंदा ऋणीसंग छुट्टै पृथक धितो लिनुपर्नेमा त्यस्तो धितो नै नलिई एल.सी.खोलिदिएको देखिन्छ । तर आयात गरेको सामान सम्बन्धित पार्टीलाई रिलिज गरिदिए पछि बैंकले पाउनु पर्ने रकम प्राप्त हुने गरी सुरक्षण लिएको देखिँदैन । ए.ओ.सी.कर्जामा पुरानो बाँकी छँदाछँदै पटकपटक एल.सी.खोली दिँदै गएर पुरानो कर्जा असूल गर्ने प्रयास गरेको पनि देखिन आउँदैन । ए.ओ.सी. कर्जाको लेजरमा चढाउँदा बैंकले एल.सी.भुक्तानी गरेको दिन ए.ओ.सी. खातामा हिसाबमा चढाउनु पर्ने ढिलो गरी चढाई बैंकले प्राप्त गर्ने ब्याज रकममा समेत हानि नोक्सानी पुर्याउने नियत राखेको प्रष्ट देखिन आयो । पार्टीलाई स्वीकृत भएको सीमा उपभोग रजिष्टर राखी सीमा उल्लघंन भए नभएको के हो ? के कति रकम बाँकी छ, सो कर्जा दिंदा हेर्नु जाँच्नु पर्ने भन्ने बैंकको व्यवस्था भएकोमा सो तर्फ समेत ध्यान नदिई ऋणी पार्टीलाई कर्जाको रकम बढाएर दिंदै जाने मनसायबाट उक्त रजिष्टर लुकाई वा नष्ट गरिएको समेत हुँदा यी प्रतिवादी श्रीकृष्ण श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक, कर्जा कार्यनीति तथा सिफारिश विभागको च.नं. ३७३ मिति २०५८।१।२० को परिपत्र नं. २६ मिति २०५३।१२।८ को परिपत्र र सोही बैंकको परिपत्र नं. ३२ मिति २०५८।३।१२ को परिपत्र समेत उल्लघंन गरेको देखियो ।
अतः प्रतिवादी श्रीकृष्ण श्रेष्ठले प्रतिवादी केवलकृष्ण खन्नासंग मिलेमतो गरी आफू तथा अन्य प्रतिवादी ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले कानूनको जानाजानी पालना नगरी बैंकबाट साँवा रकम रु.२६,७८,३९५।२० लगानी गरी सो साँवा र २०६१ असोज मसान्तसम्म हुन आउने ब्याज रकम रु.५५,४३,५४८।२० गरी विगो रु.८२,८१,९४३।४० बैंकलाई हानि नोक्सानी पुर्याएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) तथा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (छ), (ज), (झ) तथा उपदफा ३ र दफा १२ बमोजिम सजाय गरी बैंकलाई हानि नोक्सानी भएको विगो प्रतिवादी समेतबाट भराई पाऊँ ।
प्रतिवादी वीरेन्द्रनाथ लोहनी राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको प्रबन्धक भई प्रतिवादीमध्येको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि. इमाडोल ललितपुरका मुख्य सञ्चालक केवलकृष्ण खन्नासँग ऋण कारोवार गर्दा पूर्व निर्याततर्फ कर्जा नं. ३३।२९ बाट रु.५,००,०००।, FBN तर्फ कर्जा नं. ३३।३७३, ३३।३७७, ३३,३६७ बाट रु.२८,८५,९५४।८४ समेत साँवा रु.३३,९५,९५४।८४ को कारोवार भएको भन्ने बैंकबाट उपलब्ध गराइएको कागजातहरूबाट देखिन आउँछ । यी प्रतिवादी समेत भई ऋणी केवलकृष्ण खन्नासँग कारोरावर गर्दाको अवस्थामा निम्न शीर्षकमा निम्नबमोजिम कसूर गरेको पाइयो ।
पूर्व निर्यात कर्जा (Pre-export Loan) तर्फः प्रतिवादी केवलकृष्ण खन्नाको उद्योगसंग २०५३ सालदेखि आयात प्रतीतपत्र कारोवार गर्नको लागि गार्मेन्टको घरजग्गा धितो राखी कारोवार गर्दै आएको तर पूर्व निर्यात कर्जाको लागि छुट्टै धितो नलिई यो कर्जालाई असुरक्षित पारेको कुरा रेकर्डबाट देखिन आउँछ । यसैगरी पूर्व निर्यात कर्जा लिने ऋणीको सामान निर्यात भएपछि सो को डकुमेन्ट फोरन बिल नेगोसिएशन गरी प्राप्त हुने रकमबाट ऋणीलाई भुक्तानी दिंदाकै अवस्थामा बैंकको लेना असूल गर्नुपर्ने पदीय कर्तव्य रहेका यी प्रतिवादी वीरेन्द्रनाथ लोहनीले असूल गर्नेतर्फ ध्यान नदिई बैंकमा लामो समयदेखि कार्यरत् कर्मचारी भएर पनि आफूले कुनै कुरा जाँचबुझ नगरी अरुको भरमा यी ऋणीसँग कर्जा कारोवार गरेको पाइन्छ । जसले गर्दा आफू र ऋणीलाई लाभ र बैंकलाई हानि नोक्सानी पार्ने मनसाय रहेको स्पष्ट हुन आएबाट राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा १२ तथा नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्रको पालना गरेको समेत पाईएन ।
एफ.बि.ए.न. Foreign Bill तर्फः एफ.बि.एन. गर्दा निर्यात प्रतीतपत्रबाट बैंकले प्रवाह गरेको पूर्व निर्यात कर्जाको रकम कटाएर बाँकी रहेको रकम भुक्तानी गर्नुपर्नेमा सो रकम बारे कुनै सोधखोज नै नगरी एफ.बि.एन.बाट प्राप्त पुरै रकम पार्टीको खातामा जम्मा गरिदिने कार्य गरी गराई बैंकको लेना असूल गर्ने प्रयत्न गरेको पाइएन । जसबाट बैंकको रकम असूल नहुँदै थप एफ.बि.एन. गरी Outstanding बढाउँदै लग्ने कार्यमा संलग्न रहेको समेत पाइयो । एफ.बि.एन. गर्दा प्रक्रियागत रुपमा पुर्याउनु पर्ने डकुमेन्टहरू जस्तै बिल अफ लेडिङ्ग/एयर बेज बिल संलग्न गरी Shippment Date को पालना गर्नमा समेत विचार पुर्याउनु पर्नेमा सोको बेवास्ता गरी बिल खरीद गरेको पाइयो ।
यसरी हेर्दा यी प्रतिवादी वीरेन्द्रनाथ लोहनीले प्रबन्धकको हैसियतले तीनवटा बिल खरीद गरेपनि फाँटलाई राम्ररी हेरी बुझी जाँची खरीद गर्न पठाएको भनी भने पनि र पुरानो पार्टी हुँदा विश्वासको आधारमा कारोवार गरेको भनी पूर्व निर्यात कर्जाको रकम पार्टीसँग एफ.बि.एन. गर्दा समेत असूल नगरेको व्यहोरा स्वीकार गरी वयान गरेको समेतबाट बैंकको हित चिताई काम गर्नुपर्ने दायित्व भएका यी प्रतिवादी वीरेन्द्रनाथ लोहनीले बैंकको कर्जा रकम लगानी असूली गर्दा समेत कानून, नीति नियम, परिपत्र र निर्देशनको उल्लघंन गरी पटक पटक कर्जा प्रवाह गर्न संलग्न भएको देखिएकोले निज समेतको संलग्नताबाट साँवा तथा ब्याज समेत विगो रु.४१,२३,००४।८४ बैंकलाई गैरकानूनी हानि नोक्सानी र ऋणी तथा यी प्रतिवादीलाई गैरकानूनी लाभ हुने गरी भ्रष्टाचारजन्य कार्य गरेको देखियो ।
अतः निज प्रतिवादी वीरेन्द्रनाथ लोहनीले आफू र ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले कानूनको जानाजानी पालना नगरी बैंकको साँवा रु.३३,८५,९५४।८४ र २०६१ असोज मसान्तसम्मको व्याज रु.७,३७,०५०। समेत गरी जम्मा रु.४१।२३,००४।८४ बैंकलाई हानि नोक्सानी पुर्याई भ्रष्टाचारजन्य कसूर गरेकोले तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफ ७(२), १३ तथा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को खण्ड (छ), (ज), (झ) तथा उपदफा ३ र दफा १२ तथा १७ बमोजिम सजाँय गरी बैंकलाई पुग्न गएको हानि नोक्सानी प्रतिवादी समेतबाट असूलउपर गरिपाऊँ ।
प्रतिवादी लेखा अधिकृत भरतबहादुर बस्नेतले राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको प्रबन्धक र सहायक समेत भै नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.इमाडोल ललितपुरका मुख्य सञ्चालक केवलकृष्ण खन्नालाई कर्जा प्रवाह गर्दा निर्यात कर्जा नं. ३३।१६ मा प्रबन्धकको हैसियतबाट रु.५,००,०००। र वीरेन्द्रनाथ लोहनी प्रबन्धक भएको अवधिमा सहायक भै कर्जा नं. ३३।२९ बाट रु.५,००,०००। एफ.बि.एन.तर्फ नं. ३३।२७३ बाट रु.२६,५०,२००। र ए.ओ.सी. तर्फ प्रबन्धकको हैसियतले कर्जा नं. ३३।२३३ बाट रु.५,६९,६८३।०९ समेत साँवा रु.४२,१९,८८३।०९ को कारोवार भएको भन्ने आयोग समक्ष उपलब्ध कागजात पत्रहरूबा देखिन आयो । यी प्रतिवादी भरतबहादुर बस्नेतले निम्न शीर्षकमा निम्न बमोजिमको कार्य गरेको पाइयो ।
पूर्व निर्यात कर्जा (Pre-export Loan) तर्फः यी प्रतिवादीले छुट्टै धितो नलिई एउटा कर्जा लगानी गरी बैंकको पुरानो बाँकी लेना रकम असूलउपर गरेर मात्र नयाँ कर्जा दिनुपर्नेमा पुरानो कर्जा असूल नै नगरी एकमाथि अर्को कर्जा लगानी गरेको देखियो । जुन उद्देश्यको लागि पूर्व निर्यात कर्जा दिएको हो सो उद्देश्य पूरा भई सामान निर्यात पछि ऋणीले पाएको रकमबाट पूर्व निर्यात कर्जाको बाँकी असूल नगरी सम्पूर्ण रकम ऋणीको खातामा जम्मा गरिदिई राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा १२ र नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्रको पालना गरेको पाइएन ।
Foreign Bill Negotiation तर्फः एफ.वि.एन. गर्दा मूल निर्यातपत्रबाट गएको पूर्व निर्यात कर्जाको बैंकको लिन बाँकी रकम असूल गरेर मात्र बाँकी रहेको रकम भुक्तानी दिनुपर्नेमा ती सबै रकम ऋणीको खातामा जम्मा गरिदिएको देखियो । एफ.वि.एन.गर्दा अनिवार्य रुपमा संलग्न हुनुपर्ने Bill of ladingएयर बेज बिल संलग्न गरी Shipment Date भित्र पठाएको हुनुपर्नेमा सो प्रक्रिया नपुर्याएको अवस्थामा Bill खरीद गर्दा कानूनको उल्लघंन गरेको पाइयो । एकपटक एफ.वि.एन. गर्दा पार्टीले विदेशी आयातकर्ताबाट प्राप्त हुने भनिएको रकम बैंकमा दाखिल गराउने प्रयत्न नगरेको र रकम नै प्राप्त नभएको जानकारी हुँदाहुँदै थप अन्य बिलको नेगोसिएशन गरेर बैंकलाई हानि नोक्सानी पार्ने दूषित मनसाय राखी राष्ट्रिय वाणिज्य बैंक ब्यवसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र समेतको पालना गरेको पाइएन ।
ए.ओ.सी. कर्जा तर्फः ब्याक टु ब्याक एल.सी.खोल्दा पार्टीले निर्यात गरेको सामानको रकम आयातकर्ताबाट प्राप्त भएपछि मात्र एल.सी.को रकम भुक्तानी गर्नुपर्नेमा आयातकर्ताबाट रकम प्राप्त नहुँदै अथवा सोको प्रमाण प्राप्त नहुँदै एल.सी.को रकम भुक्तानी गरी बैंकको लेनातर्फ सुरक्षण गर्ने कुनै मनसाय राखेको देखिएन । बैंकले एल.सी.को रकम भुक्तानी गरेकै दिन ए.ओ.सी.खातामा चढाउनु पर्नेमा ढिलो गरी चढाई बैंकले प्राप्त गर्ने ब्याजमा समेत नोक्सानी पारेको देखियो । व्यक्तिगत सीमा उपभोग रजिष्टरबाट सीमा उल्लघंन भयो भएन ? के कति कर्जा बाँकी छ ? भन्ने जाँचबुझ गर्नुपर्नेमा सो रजिष्टर उपलब्ध नगराएर लुकाएको वा नष्ट पारिएकोबाट अत्याधिक कर्जा लिनेदिने मनसाय राखेको देखिँदा यी प्रतिवादी भरतबहादुर बस्नेतले राष्ट्रिय वाणिज्य बैंक कर्जा कार्यनीति तथा सिफारिश विभागको च.नं. ३७६ मिति २०५८।१।२० को परिपत्र नं. २६, मिति २०५३।१२।८ को परिपत्र ऐजन बैंकको परिपत्र नं. ३२ मिति २०५८।३।१२ को परिपत्र समेतको उल्लंघन गरेको देखियो ।
अतः निज प्रतिवादी भरतबहादुर बस्नेतले आफू तथा अन्य प्रतिवादी ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने वदनियतले कानूनको जानाजानी पालना नगरी राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी हुने कार्य गरेको हुँदा निज समेत संलग्न भई गरेको ऋण प्रवाहबाट गरेको असूलउपर गर्नुपर्ने साँवा रु.४२,१९,८८३।०९ र २०६१ असोज मसान्तसम्मको ब्याज रु.२२,९१,२३७। समेत जम्मा विगो रु.६५,११,१२०।०९ बैंकलाई हानि नोक्सानी पारी भ्रष्टाचारजन्य कसूर गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (छ), (ज), (झ) तथा उपदफा ३ र दफा १२ तथा १७ बमोजिम सजाय गरी विगो समेत भरी भराई पाऊँ ।
प्रतिवादी सहलेखा अधिकृत गीता पराजुलीले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको सहायकको हैसियतले प्रतिवादीमध्येको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.का मुख्य सञ्चालक केवलकृष्ण खन्नासँग पूर्व निर्यात कर्जातर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३३।१७ र ३३।१८ तथा प्रबन्धक वीरेन्द्रनाथ लोहनीको कार्यकालमा कर्जा नं. ३३।२९ बाट गरी रु.२६ लाख, एफ.बि.एन. तर्फ प्रबन्धक वीरेन्द्रनाथ लोहनीको कार्यकालमा सहायकको हैसियतले बिल नं. ३३।३७३ र ३३।३७७ बाट रु.२७,४७,०६०।३४ र ए.ओ.सी.तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा सहायक भई ए.ओ.सी.नं. ३२।५८७ बाट रु.१४,४१,५२८।०२ समेत साँवा रु.६७,८८,५८८।३६ को कारोवार भएको भन्ने आयोग समक्ष उपलव्ध कागजपत्रहरूबाट देखिन आयो । यी प्रतिवादी गीता पराजुलीले निम्न शीर्षकमा निम्न बमोजिमको कार्य गरेको रहेछ :–
पूर्व निर्यात कर्जा (Pre-export loan) तर्फः यी प्रतिवादीले छुट्टै धितो नलिई एउटा कर्जा लगानी गरी बैंकको पुरानो लेना बाँकी रकम असूलउपर गरेर मात्र नयाँ कर्जा दिनुपर्नेमा पुरानो कर्जा असूल नै नगरी एकमाथि अर्को कर्जा लगानी गरेको देखियो । जुन उद्देश्यको लागि पूर्व निर्यात कर्जा दिएको हो सो उद्देश्य पूरा भई सामान निर्यात पछि ऋणीले पाएको रकमबाट पूर्व निर्यात कर्जाको बाँकी असूल नगरी सम्पूर्ण रकम ऋणीको खातामा जम्मा गरिदिई राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा १२ र नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्रको पालना गरेको पाइएन ।
एफ.बि.एन. Foreign Bill Negotiation) तर्फः एफ.बि.एन. गर्दा सोको मूल निर्यात प्रतीतपत्रबाट बैंकले प्रवाह गरेको पूर्व निर्यात कर्जाको रकम कटाएर बाँकी रहेको रकम भुक्तानी गर्नुपर्नेमा सो रकम बारे कुनै सोधखोज नै नगरी एफ.बि.एन.बाट प्राप्त गरेको रकम पार्टीको खातामा जम्मा गरिदिने कार्य गरी गराई बैंकको लेना असूल गर्ने प्रयत्न गरेको पाइएन । जसबाट बैंकको रकम असूल नहुँदै थप एफ.बि.एन. परी outstanding बढाउँदै लग्ने कार्यमा रहेको समेत पाइयो । एफ.बि.एन.गर्दा प्रक्रियागत रुपमा पुर्याउनु पर्ने डकुमेन्टहरू जस्तै बिल अफ लेडिङ्ग/एयर वे बिल संलग्न गरी Shippment Date को पालना समेतमा बिचार पुर्याउनु पर्नेमा सो को बेवास्ता गरी बिल खरीद गरेको पाइयो ।
ए.ओ.सी. Advace on Credit कर्जा तर्फः यी प्रतिवादी गीता पराजुलीको ऋणीसँग कर्जा कारोवार गर्दा गराउँदा एउटा ए.ओ.सी.मा दस्तखत गरेकोमा ती ए.ओ.सी. लाई युसान्स एल.सी. खोली दिंदा ऋणीसँग छुट्टै पृथक धितो लिनुपर्नेमा त्यस्तो धितो नै नलिई एल.सी. खोली दिएको देखिन्छ । साथै आयात गरेको सामान सम्बन्धित पार्टीलाई सामान रिलिज गरिदिए पछि बैंकले पाउनुपर्ने रकम प्राप्त हुने गरी सुरक्षण राखिएको देखिँदैन । ए.ओ.सी. कर्जाको लेजरमा चढाउँदा बैंकले एल.सी.भुक्तानी गरेको दिन ए.ओ.सी. खाता हिसावमा चढाउनु पर्नेमा ढिलो गरी चढाई बैंकले प्राप्त गर्ने ब्याज रकम हानि नोक्सानी पुर्याउने नियत राखेको प्रष्ट देखिन आयो । पार्टीलाई स्वीकृत भएको सीमा उपभोग रजिष्टर राखी सीमा उल्लघंन भए नभएको के हो ? के कति रकम बाँकी छ , सो कर्जा दिँदा हेर्नु जाँच्नु पर्ने भन्ने बैंकको ब्यवस्था भएकोमा सो तर्फ समेत ध्यान नदिई ऋणी पार्टीलाई कर्जाको रकम बढाएर दिँदै जाने मनसायबाट उक्त रजिष्टर लुकाई वा नष्ट गरिएको समेत हुँदा यी प्रतिवादी गीता पराजुलीले राष्ट्रिय वाणिज्य बैंक, कर्जा कार्यनीति तथा सिफारिश विभागको च.नं. ३७३ मिति २०५८।१।२० को परिपत्र नं. २६ मिति २०५३।१२।८ को परिपत्र र सोही परिपत्र नं. ३२ मिति २०५८।३।१२ को परिपत्र समेत उल्लंघन गरेको देखियो ।
अतः निज प्रतिवादी गीता पराजुलीले आफू तथा अन्य प्रतिवादी ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने वदनियतले कानूनको जानीजानी पालना नगरी राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी पर्ने कार्य गरेको हुँदा निज समेत संलग्न भई गरेको ऋण प्रवाहबाट गएको असूलउपर गर्नुपर्ने साँवा रु.६७,८८,५८८।३६ र २०६१ असोज मसान्तसम्मको ब्याज रु.६८,७८,६६७। समेत जम्मा रु.१,३६,६७,२५५।३६ भ्रष्टाचार गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), तथा २९ र हाल प्रचलित भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (छ), (ज), (झ) तथा उपदफा ३ र दफा १२ तथा १७ बमोजिम सँजाय गरी बैंकलाई हानि नोक्सानी भएको विगो प्रतिवादीबाट समेत भराई पाऊँ ।
प्रतिवादी महेन्द्रभक्त प्रधानाङ्गले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको सहायक भई प्रतिवादी मुख्य सञ्चालक केवलकृष्ण खन्नाको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.को लागि ऋण कारोवार समेत गर्दा पूर्व निर्यात कर्जातर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३३।१४, ३३।१७, ३३।१८ बाट रु ३६ लाख, प्रबन्धकको हैसियतले काम गर्ने भरतबहादुर बस्नेतको कार्यकालमा ३३।२९ बाट रु.५,००,०००। समेत गरी ४१,००,०००।, एफ.बि.एन तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको पालमा ३३।४५, ३२।६२१, ३२।७०१, बाट रु.१८,१२,८८२।८१ प्रबन्धक वीरेन्द्रनाथ लोहनीको कार्यकालमा ३३।२६७ बाट रु.१,३८,८९४।५० समेत गरी जम्मा रु.१९,५१,७७७।३१ र ए.ओ.सी. तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३३।०२ (लोकल एल.सी.) ३३।१९, ३३।२३१, ३३।१७७, ३३।२६१, ३२।६९, ३२।४८१, ३२।६९३, ३२।६९५ समेत ९ थानबाट रु.१,९५,५६,५०५।३६ र प्रबन्धकको हैसियतमा काम गर्ने भरतबहादुर बस्नेतको पालामा ए.ओ.सी. नं. ३३।२३३ बाट रु.६,६९,६८३।०९ समेत गरी २,०१,२६,१८८।४५ तथा टि.एल.कर्जा तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३३।२३ र ३३।२४ बाट रु.४२,७०,३६१।२७ समेत गरी साँवा रु.३,०४,४८,३२७।०३ को कारोवार भएको भन्ने बैंकबाट उपलब्ध गराइएको कागजातबाट देखिन्छ ।
उक्त कर्जा प्रवाह गर्दा निज महेन्द्रभक्त प्रधानाङ्ग समेतको संलग्नता देखियो । उक्त कारोवार गर्दा प्रक्रियागत त्रुटि हुन पुगेको, विश्वासिलो पार्टी भएको र बैंकको पुरानो लेना असूल नगरेको भनी बयान गरी स्वीकार गरेबाट राष्ट्रिय वाणिज्य बैंकको हित चिताई काम गर्नुपर्ने दायित्व भएको यी प्रतिवादीले बैंकको रकम लगानी गर्दा नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्र, राष्ट्रिय वाणिज्य बैंक व्यवसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र र ऐजन बैंकको बैंक व्यवसाय विभागको परिपत्र नं. २६ मिति २०५३।१२।८ को परिपत्र समेतको कानून, नीति, नियम र निर्देशनको समेत उल्लंघन गरी कर्जा प्रवाह गर्ने काममा संलग्न भएको देखिएकोले निज समेतको संलग्नताबाट आफू तथा ऋणीलाई गैरकानूनी लाभ पुर्याउने र राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले कानूनको जानीजानी पालना नगरी राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी पर्ने कार्य गरेको हुँदा निज समेत संलग्न भई गरेको ऋण प्रवाहबाट गएको असूलउपर गर्नुपर्ने साँवा रु.३,०४,४८,३२७।०३ र २०६१ असोज मसान्तसम्मको व्याज रु.४,२८,०६,८०४। समेत जम्मा रु.७,३२,५५,१३१।०३ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२) र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (छ), (ज), (झ) तथा उपदफा ३ र दफा १२ तथा १७ बमोजिम सजाय गरी बैंकलाई पुग्न गएको हानि नोक्सानी प्रतिवादी समेतबाट असूलउपर गरिपाऊँ ।
प्रतिवादी बालप्रसाद न्यौपानेले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको सहायक भई प्रतिवादी मुख्य सञ्चालक केवलकृष्ण खन्नाको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.को लागि ऋण कारोवार समेत गर्दा ए.ओ.सी. तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३२।६०४, ३२।५५२, ३२।६५३, ३२।५८७, ३३।१२१, ३३।१९, ३३।१३३, ३३।१३४, ३३।१४३, ३३।१४४, ३३।१७७, ३३।१७९ समेत १२ थानबाट रु.२,६५,२२,५५९।८७ र टि.एल.कर्जा तर्फ निज प्रबन्धककै कार्यकालमा कर्जा नं. ३३।२३ र ३३।२४ बाट रु.४२,७०,३६१।२७ समेत गरी साँवा रु.३,०७,९२,९२१।१४ को कारोवार भएको भन्ने बैंकबाट उपलब्ध गराईएको कागजातबाट देखिन्छ ।
उक्त कर्जाहरू प्रवाह गर्दा बालप्रसाद न्यौपानेले राष्ट्रिय वाणिज्य बैंकको हित चिताई काम गर्नुपर्ने दायित्व भएको र बैंकको रकम लगानी गर्दा राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा १२, नेपाल राष्ट्र बैंकको परिपत्र नं. ३१ मिति २०४८।१२।३० को परिपत्र, राष्ट्रिय वाणिज्य बैंक व्यवसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र ऐजन बैंकको बैंक ब्यवसाय विभागको परिपत्र नं. २६ मिति २०५३।१२।८ को परिपत्र समेतको कानून, नीति, नियम र निर्देशनको समेत उल्लघंन गरी कर्जा प्रवाह गर्ने गराउने काममा संलग्न भएको देखिएकोले उक्त कार्यका सम्बन्धमा आयोगबाट निजलाई आफ्नो व्यहोरा जानकारी गराउनको लागि उपस्थित हुनु भनी पटक पटक सूचना गर्दा समेत उपस्थित हुन् नआउनुको साथै निजको कार्यालय राष्ट्रिय वाणिज्य बैंकमा समेत लामो समयदेखि अनुपस्थित रहेको भन्ने जानकारी हुन आएबाट निजउपरको आरोप स्वीकार गरी बसेको समेत देखिँदा निज समेतको संलग्नताबाट आफू तथा ऋणीलाई गैरकानूनी लाभ पुर्याउने र राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने वदनियतले कानूनको जानीजानी पालना नगरी राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी पार्ने कार्य गरेको हुँदा निज समेत संलग्न भई गरेको ऋण प्रवाहबाट गएको साँवा रु.३,०७,९२,९२१।१४ र २०६१ असोज मसान्तसम्मको व्याज रु.५,३४,३४,१८२। समेत जम्मा रु.८,४२,२६,१०३।१४ भ्रष्टाचार गरेको देखिएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (छ), (ज) (झ) तथा उपदफा ३ र १२ तथा १७ बमोजिम सजाँय गरी बैंकलाई पुग्न गएको हानि नोक्सानी प्रतिवादी समेतबाट असूलउपर गरिपाऊँ ।
प्रतिवादी प्रोफेशनल गार्मेन्ट प्रा.लि.इमाडोल, ललितपुरका मुख्य सञ्चालक केवलकृष्ण खन्नाले आर्थिक वर्ष २०५२।०५३ साल देखि २०५८ सालसम्ममा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाका प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यावधिमा पूर्व निर्यात कर्जातर्फ– कर्जा नं. ३३।१४, ३३।१७, ३३।१८ बाट रु.३६,००,०००।, प्रबन्धक वीरेन्द्रनाथ लोहनीको कार्यकालमा कर्जा नं. ३३।२९ बाट रु.५,००,०००। र लेखा अधिकृत भरतबहादुर बस्नेतको कार्यकालमा कर्जा नं. ३३।१६ बाट रु.५,००,०००।, एफ.बि.एन तर्फ प्रबन्धक दीलिपकुमार श्रेष्ठको कार्यावधिका नं. ३३।४५, ३२।६२१ , ३२।७०१ बाट रु.१८,२१,८८२।८१, प्रबन्धक वीरेन्द्रनाथ लोहनीको कार्याबधिमा नं. ३३।३७३, ३३।३७७, ३३।२६७ बाट रु.२८,८५,९५४।८४ र ए.ओ.सी.कर्जा तर्फ श्रीकृष्ण श्रेष्ठको कार्यावधिमा कर्जा नं. ३१।१००, ३१।६७५, ३२।११६ बाट रु.२६,७८,३९५।२०, प्रतिवादी दीलिपकुमार श्रेष्ठको कार्यावधिमा कर्जा नं. ३३।१९, ३३।१४३, ३३।१२१, ३२।५५२, ३२।५८७, ३३।१७९, ३३।२३१, ३३।१७७, ३३।१४४, ३२।५०२, ३३।२६१, ३२।६९, ३२।६६, ३२।३७९, ३२।४३८, ३२।६३५, ३२।४८१, ३२।६९३, ३२।६९५, ३३।१३३, ३२।६०४, ३३।१३४ र लोकल तर्फ ३३।०२ समेत २३ वटा कर्जाबाट रु.५,४१,३५,४८२।९२, भरतबहादुर बस्नेतको पालामा कर्जा नं. ३३।२३३ बाट ५,६९,६८३।०९ र टि.एल.कर्जा तर्फ दीलिपकुमार श्रेष्ठको कार्यकालमा कर्जा नं. ३३।२३ र ३३।२४ बाट रु.४२,७०,३६१।२७ गरी साँवा रु.७,१०,७३,४६९।७४ र ब्याज तर्फ रु.१०,८९,५८,७९६।२० समेत जम्मा साँवा व्याज रु.१८,००,३२,२६५।९४ कर्जा कारोवार गरेको रहेछ भन्ने तालिका अनुसारको विवरणबाट देखिन आयो ।
पूर्व निर्यात कर्जा (Pre-export Loan) तर्फः प्रतिवादीले कर्जा लिंदाकै अवस्थामा धितो राखेको ललितपुर जिल्ला इमाडोल ५ स्थित कित्ता नं. ८३२, ८३३ र २८ को जग्गा र सो जग्गामा बनेको घर, गोदाम, टहरा, कारखाना समेत धितो राखी बढी मूल्यमा मूल्याङ्कन गराई मुख्य सञ्चालक केवलकृष्ण खन्नाले रजिष्ट्रेशन नं. १५५० बाट मिति २०५४।७।३ मा र सो प्रा.लि.का अख्तियार प्राप्त शैलेन्द्रकुमार सिंहले रजिष्ट्रेशन नं. ६०६६ मिति २०५५।२।१८ मा बैंकका नाउँमा एउटै जग्गा दोहोरा पारीत गरी वदनियतपूर्ण कार्य गर्ने मनसाय राखेको पाइयो । त्यसमा पनि सो जग्गाको मूल्याङ्कनको ५० प्रतिशत मार्जिन कटाउँदा बाँकी रु.२१,५८८। बढी मूल्यमा पारीत गराएको देखियो । कर्जा प्राप्त गर्दा रोहबरमा बैंकका तर्फबाट र साक्षी समेतको दस्तखत नगरे, नगराएको, कर्जा तमसुकमा पूरा विवरण नभएको, प्रमिसरी नोटमा गार्मेन्टको तर्फबाट आधिकारिक दस्तखत गर्ने व्यक्तिको नाउँमा यी प्रतिवादी केवलकृष्ण खन्ना लेखिए पनि दस्तखत भने कुसुम खन्नाले गरेको देखिन्छ । तर निज कुसुम खन्ना आधिकारिक वा अधिकारप्राप्त व्यक्ति देखिन नआउँदा नआउँदै पनि बैंकका कर्मचारीहरू समेतको मिलेमतोमा कारोवार गरे गराएको देखिन्छ ।
निर्यात बिल अथवा कागजातहरू नेगोसिएशन गरेको रकमबाट पूर्व निर्यात कर्जाहरूको चुक्ता गर्नुपर्ने ऋणीको कर्तव्य एवं दायित्व हुँदाहँुदै पनि कर्जा चुक्ता गरी शुद्ध व्यवहार गरेको पाइएन । मूल निर्यात प्रतीतपत्रमा Shipment Date उल्लेख भएको मिति भित्र सामान निर्यात गरेमा मात्र भुक्तानी मिति कायम हुने भएकोले कर्जा लिंदा निर्यात प्रतीतपत्रको Shipment Date बढाई कर्जा लिनुपर्नेमा सो नगरी भुक्तानी मिति समाप्त हुने दिनमा नै ऋण लिई दूषित कार्य गरेको पाइयो । ऋण लिई सामान निर्यात गर्ने उद्देश्य रहेको देखिएन । यसका साथै एउटा कर्जाको भुक्तानी म्याद नाघी चुक्ता नगर्दै नयाँ कर्जा लिँदै गएको देखिन्छ ।
एफ.बि.एन (Foreign Bill Negotiation) तर्फः मूल निर्यात प्रतीतपत्रबाट प्रवाह भएको कर्जाको Outstanding चुक्ता गरेर मात्र बाँकी रकम भुक्तानी लिनुपर्नेमा पुरै रकम भुक्तानी लिई बैंकलाई हानि नोक्सानी पुर्याउने प्रष्ट मनसाय राखेको पाइयो । एफ.वि.एन. गर्दा अनिवार्य रुपमा संलग्न राख्नु पर्ने Bill of Lading र एयरवेज बिल र Shipment Date अनुरूप पुग्ने गरी पठाएको हुनुपर्नेमा सामान पुग्ने अवधि समाप्त भएपछि बिल खरीद गराई कानून उल्लंघन भएको देखिन्छ । एफ.बि.एन. गर्दा विदेशी आयातकर्ताबाट प्राप्त हुने भनिएको रकमबाट बैंकमा कर्जा भुक्तानी गर्ने गराउने कार्य नगरेको र त्यसरी रकम प्राप्त भएको छैन भन्ने जानकारी हुँदाहुँदै पनि बैंकका कर्मचारीसंगको आपसी गठमेलमा थप अन्य बिलहरूको नेगोसिएशन गराई बैंकलाई पूर्ण हानि नोक्सानी पार्ने वदनियत राखी कारोवार गर्दै रहेकोले राष्ट्रिय वाणिज्य बैंक, बैंक ब्यवसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र समेतको पालना गरेको पाइएन ।
टि.एल.Trust Receipt Loan) तर्फ कर्जा लिँदा यी प्रतिवादीले छुट्टै धितो राख्नुपर्नेमा नराखी कर्जा लिएको, पहिलो टि.एल.कर्जाको रकम भुक्तानी नगरी थप कर्जा लिएको देखिन्छ । त्यसै गरी टि.एल.कर्जा लिदा आधिकारिक व्यक्तिको दस्तखत समेत नगरेको पाइन्छ ।
ए.ओ.सी. (Advace on Credit) तर्फ यी प्रतिवादीले युसान्स एल.सी.खोल्दा छुट्टै धितो बिना खोल्न नपाउनेमा धितो नराखी एल.सी.खोलेको देखियो । आयातित सामान पार्टीलाई बैंकले पाउनुपर्ने रकमका लागि कुनै प्रकारले सुरक्षण दिएको पाइएन । बैंकलाई नोक्सान हुन्छ भन्ने जानीजानी बैंकका कर्मचारीहरूसंग वदनियतपूर्ण मिलेमतो गरी युसान्स एल.सी.खोलेको देखिन्छ । एल.सी.बापत स्वीकृत भएको सीमाभन्दा अत्याधिक धेरै रकमको कर्जा लिई थप सीमा स्वीकृत भई नआउँदै थप कर्जा प्राप्त गरी बैंकलाई नोक्सान भएको पाइयो ।
अतः प्रतिवादीबाट कर्मचारीहरूसंगको वदनियतपूर्ण मिलेमतोमा आफू तथा अन्य प्रतिवादीहरूलाई गैरकानूनी लाभ पुर्याउने र राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले कानूनको जानीजानी पालना नगरी बैंकसँग गरेको शर्त कवुलियत, सम्झौता समेत पालना नगरी बैंकलाई तिर्ने बुझाउने नियत नराखी कर्जा लिई भ्रष्टाचारजन्य कसूर गरी बैंकबाट लिएको साँवा रकम रु.७,१०,७३,४६९।७४ र सोको २०६१ साल आश्विन मसान्तसम्मको हुन आउने ब्याज रु.१०,८९,५८,७९६।२० गरी विगो रु.१८,००,३२,२६५।९४ (अठार करोड बत्तीस हजार दुईसय पैसठ्ठी पैसा चौरानब्बे) गैरकानूनी रुपमा बैंकलाई हानि नोक्सानी र आफूलाई गैरकानूनी लाभ पुर्याएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र ९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय गरी विगो समेत भरी भराउ गरिपाऊँ भन्ने समेत व्यहोराको आरोपपत्र ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको बयान मेरो हो । प्रतिवादीमध्येका नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.इमाडोल ललितपुरका नाउँमा मैले नै प्रतीतपत्र खोली दिएको हुँ । उक्त कम्पनीका नाउँमा तीनवटा प्रतीतपत्र खोली दिएको हो । मेरो कार्यकालमा उक्त कम्पनीसँग कारोवारमा रु.२६,७८,३९५।२० को प्रतीतपत्र खोलिदिएको हो । उपरोक्त युसान्स एल.सी.खोल्दा धितो लिनु पर्ने बैंकको नियममा व्यवस्था नभएको हुँदा छुट्टाछुट्टै धितो नलिएको हो । नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.बैंकको पुरानो ग्राहक भएको र विगतमा बैंकसंग बार्षिक १० करोडसम्मको कारोवार गर्ने गरेको तथा मेरो कार्यकाल पछि पनि ५ करोडभन्दा बढीको रकम भुक्तानी गरी सकेको छ । मेरो कार्यकालमा लेखिएका उल्लिखित ३ वटा प्रतीतपत्रहरू पुरानो होइन । मलाई बैंकले दिएको सीमा अख्तियार रु.७०,००,०००। भित्र नै पर्ने हुँदा उक्त तीनवटा प्रतीतपत्रहरू नियमानुसार नै खोलेको हो । बैंकले आफ्नो विदेश स्थित बैंकमा खर्च जनाएको मिति देखि नै ब्याज गणना गर्ने हुँदा ढिलो ए.ओ.सी.लेजरमा चढाउँदैमा बैंकलाई ब्याज नोक्सान हुँदैन । प्रतीतपत्र कारोवार शुरु भएदेखि नै ग्राहकको व्यक्तिगत सीमा रजिष्टर राख्ने व्यवस्था थिएन । तसर्थ नष्ट वा लुकाएको भन्ने कुरै आउँदैन र सो सम्बन्धमा बैंकको आन्तरिक निरीक्षण सुपरिवेक्षण साथै नेपाल राष्ट्र बैंक समेतबाट कुनै कैफियत जनाएको छैन । मैले राष्ट्रिय वाणिज्य बैंक कर्जा कार्यनीति तथा सिफारिश विभागको च.नं. ३७३ मिति २०५८।१।२० को परिपत्र नं. २६ मिति २०५३।१२।८ को परिपत्र र सोही बैकको परिपत्र नं. ३२ मिति २०५८।३।१२ को परिपत्र समेत उल्लंघन गरेको देखियो भन्ने सम्बन्धमा मैले मिति २०५३।७।१६ मा उक्त कार्यालयबाट कन्द्रीय कार्यालय कर्जा असूली विभागमा सरुवा भैसकेको हुँदा मेरो लागि उपरोक्त परिपत्रहरू मेरो कार्यकाल पछि जारी भएको हुँदा मलाई आरोप लगाउन मिल्ने होइन । मैले बैंकको नीति निर्देशन नियम, परिपत्रको सीमामा रही बैंकको हित चिताई कार्य गरेको हुँदा अभियोग माग दावीबमोजिम मलाई सजाय हुनुपर्ने होइन र मबाट भराई पाउनु पर्ने पनि होइन भन्ने व्यहोराको प्रतिवादी श्रीकृष्ण श्रेष्ठले विशेष अदालतमा गरेको बयान ।
प्रतिवादी श्रीकृष्ण श्रेष्ठबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम रु.५,००,०००। नगद धरौट माग भएकोमा निजले नगद रु.५,००,०००। धरौटी राखी तारिखमा रहेको ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको बयान मेरो हो । म भन्दा पहिलादेखि कार्यरत् प्रबन्धकहरूबाट प्रक्रियागत रुपमा शुरुवात गरी रहेको पूर्व निर्यात कर्जा तथा एफ.बि.एन.को कारोवार म भन्दा पहिलेदेखि नै कार्यरत् कर्मचारीहरूले सोही प्रक्रियाबाट काम भै रहेको भन्ने जानकारी गराएअनुसार नै नियमानुसार निरन्तरता दिएको हुँ । धेरै पहिला देखि कारोवार गरी बार्षिक करिव १० करोडसम्म कारोवार गर्ने विश्वासिलो पार्टी भएको भन्ने कुरा सम्बन्धित फाँटबाट जानकारी भएकोले निज उद्योग, धन्दा, व्यापार राम्रोसँग चली बैंकलाई नाफा गराउने उद्देश्य राखी असल नियतबाट काम गरेकोले बैंकलाई हानि र व्यापारीलाई फाइदा पुर्याउने काम नगरेको । ६ महिनाभित्रमा असूल गरी सक्नु पर्ने भन्नेमा म लगानी भएको डेढ महिना भित्रै सरुवा भै गएकोले पछि आउने प्रबन्धक एवं कर्मचारीहरूले असूल गर्नुपर्ने हो । म आफूले एल.सी.सम्बन्धी तालिम प्राप्त नगरेको र काम पनि नगरेको अवस्थामा भैरहकै पुराना सम्बन्धित फाँटका कर्मचारीहरूबाट बुझी काम गर्नुपर्ने अवस्था भएको र कुनै वदनियत नभई असल नियतले मैले काम गरेको हुँ । पूर्व निर्यात कर्जामा रु.५,००,०००। कर्जा गएकोमा यस कारोवारका लागि रु.पचास लाखको सीमा भएको, कुसुम खन्नालाई अख्तियारनामा भएकोले कारोवार गराइएको, पूर्व निर्यात कर्जा ३३।२९ चुक्ता भैसकेको भन्ने बुझिन आएको, बिल अफ व्याण्डिङ नभएको सम्बन्धमा Fright Cargo Reciept is allowed भन्ने शर्त उल्लेख भएको हुँदा सोही शर्तबमोजिम एल.सी.स्वीकारेको, प्रमिसरी नोटको सम्बन्धमा ऋणीको दस्तखत भएको कारण उक्त कर्जा सुरक्षित हुने गर्दछ । मैले बैंकलाई हानि नोक्सानी नपुग्ने र बैंकलाई फाइदा पुर्याउन आफ्नै कार्यकालमा जग्गा मात्रै बैंकको नाममा धितो रजिष्ट्रेशन भएकोमा घर, फ्याक्ट्री सवै बैंकको नाममा धितो पास गराई बैंकलाई हानि नोक्सानी हुनबाट बचाएको हो । अतः मैले अभियोग दावीअनुसारको कसूर नगरेकोले मलाई सजाँय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी वीरेन्द्रनाथ लोहनीको विशेष अदालतमा भएको बयान ।
प्रतिवादी वीरेन्द्रनाथ लोहनीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम रु.३,००,०००। धरौट माग भएकोमा निजले सो माग भएको धरौटबापत जेथा जमानी दिई तारिखमा रहेको ।
पूर्व निर्यात कर्जा नं. ३३।१६ को हकमा निमित्त प्रबन्धक भै रु.५,००,०००। कर्जा प्रवाहमा संलग्न भएको भनिएकोमा नेपाल प्रोफेशनल गार्मेन्टको सीमा रु.५०,००,०००। पचास लाख भएको, सो गार्मेन्टले विलम्ब भुक्तानी सुविधा सीमा रु.५०,००,०००। (पचास लाख) गरी रु.एक करोडको लागि सीमा स्वीकृत भएको, यसको लागि धितो सुरक्षण इमाडोलको घर जग्गा १,३०,२१,५८८। एक कारोड तीस लाख एक्काइस हजार पाँच सय अठासी बैंकको पक्षमा पारीत गरी राखेको हुँदा धितो सुरक्षित भै सीमा भित्रैको कारोवारलाई अन्यथा भनेर ममाथि मुद्दा लगाउन मिल्ने नै होइन । साथै कर्जा नं. ३३।१६ र ३३।२९ को कर्जा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको प.सं. च.नं. २२५२ मिति २०६१।१०।२० मा गार्मेन्टले दिएको धितो सकार गरी रु.१०,००,०००। (दश लाख) चुक्ता भैसकेको छ । एफ.बि.एन. ३३।३७३ एफ.बि.एन गर्दा मूल निर्यात प्रतीतपत्रबाट गएको पूर्व निर्यात कर्जाको बैंकको लेना रकम असूल गरेर मात्र बाँकी रहेको रकम भुक्तानी दिनुपर्नेमा ती सबै रकम ऋणीको खातामा जम्मा गरी दिएको भन्ने आरोप सन्दर्भमा निम्न कारणले गर्दा मलाई आरोप लगाउन मिल्दैन । एफ.बि.एन. गर्दा प्रतीतपत्र फाँट र प्रबन्धकमा पुगेपछि अन्तिम टुंगो लाग्ने र म बीचको एकाउन्टेन्टले गरेको पुच्छ्रे दस्तखतले नीतिगत रुपमा कुनै असर नपारी प्रक्रियासम्म पुर्याउने कार्यमा प्रबन्धकले आदेश दिने कागजमा सही भै आएपछि मैले भौचर र तमसुकमा सहीसम्म गरेको हुन सक्छ । एफ.बि.एन. गरी केही रकम लिई आफ्नो उद्योगको काम पनि चलोस भनी ऋणीले बिल बेच्ने भएकोले यसबाट रु.२६,५०,२००। सबै ऋणीको खातामा जम्मा नगरी रु.१२,०२,७६३। मात्र सदर भएको देखिन्छ । पूरै जम्मा गरेको भन्न मिल्दैन । राष्ट्रिय वाणिज्य बैंक व्यवसाय कार्य नीति तथा सिफारिश विभागको च.नं. ९८ मिति २०५५।९।१६ को परिपत्र पालना नगरेको भन्न मिलेन । विओएल ए.वि.संलग्न भएको अवस्थामा मैले पछि पुच्छ्रे दस्तखत गरेकोमा सोसम्बन्धी सम्पूर्ण कागजात सम्बन्धित फाँटमा रहने हुँदा आरोप मलाई लगाउन नमिल्ने र ए.ओ.सी. कर्जा नं. ३३।२३३ मैले नियमानुसार खोली दिएको हो, यसको बाँकी रकम भुक्तानी गर्ने बेलामा मेरो सरुवा भै सकेको छ । पोष्टिङ्ग, चेकिङ्ग,आवश्यक कागजात, रजिष्टर भए सम्बन्धित फाँटले नै गर्ने भएकोले निरीक्षणकर्तालाई उक्त रजिष्टर किन उपलव्ध गराउन सकेनन मेरो सरुवा भै सकेपछि मलाई थाहा हुने कुरा भएन । तसर्थ म निर्दोष भएकोले अभियोग दावीबाट सफाइ पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी भरतबहादुर बस्नेतले विशेष अदालतमा गरेको बयान ।
प्रतिवादी भरतबहादुर बस्नेतबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम २,००,०००। धरौट माग भएकोमा निजले नगदै धरौटी राखी तारिखमा रहेको ।
मउपरको आरोप झूठा हो बैंकको कारोवार भनेको नाफामूलक हो र यसमा विश्वासको वातावरण हुनुपर्छ त्यसैअनुरूप मैले पुरानो व्यवसायीलाई मेरो अवधिमा निरन्तरता दिएको हुँ । उक्त पार्टीले बानेश्वर शाखालाई राम्रो आम्दानी गराएबापत २०५३ पुसको अर्ध वार्षिक खाता बन्दीमा पुरस्कृत शाखा हो । कसैलाई हानि नोक्सानी तथा लाभ पुर्याउने वदनियत मेरो थिएन, होइन । मैले बैंकको हित चिताई प्रबन्धकको हैसियतले उक्त पार्टीसँग कारोवार गरेको र मेरो समयमा नै उक्त फर्मको अचल सम्पत्ति बैंकको नाउँमा पास गराई कर्जा सुरक्षित गराएको हुँ । A.O.C./F.B.N शीर्षकमा थप सुरक्षण आवश्यक नभए तापनि उक्त फर्मको सम्पूर्ण सम्पत्ति मेरै समयमा सुरक्षणबापत लिएको हुँ । शाखाको सबैभन्दा ठूलो विश्वाससिलो ग्राहकले शाखालाई बढी आय गराउने भएकोले विश्वासको आधारमा असल नियत राखी कारोवार भएको हो । मैले उक्त शाखामा २०५३।७।१३ देखि २०५४।९ सम्म काम गरेको हुँ र सो समयमा करोडौं रुपैया बैंकमा जम्मा गराएको छु । लोकल एल.सी.ओपनिङ्ग बैंक र नेगोसियटिङ्ग बैंक एउटै हुन् नपाउने कुनै स्पष्ट परिपत्र नभएको हाल पनि बैंकहरूले उपरोक्तअनुसार कारोवार गरिरहेको भन्ने समेत व्यहोराको प्रतिवादी दीलिपकुमार श्रेष्ठले विशेष अदालतमा गरेको बयान ।
प्रतिवादी दीलिपकुमार श्रेष्ठबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम रु.२५,००,०००। धरौट माग भएकोमा निजले रु.२५,००,०००। बापत जेथा जमानत दिई तारिखमा रहेको ।
प्रतिवादीका साक्षी झिकाई बुझ्नु भन्ने विशेष अदालतको आदेशअनुसार प्रतिवादीले साक्षी उपलव्ध गराएको मिसिलमा नदेखिएको ।
प्रतिवादीहरू गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग, बालप्रसाद न्यौपाने र केवलकृष्ण खन्नाले विशेष अदालतबाट जारी भएको म्यादमा हाजीर नभै शुरुम्यादै गुजारी बसेको मिसिलबाट देखिन्छ ।
प्रतिवादी केवलकृष्ण खन्ना प्रबन्धक सञ्चालक रहेको प्रोफेशनल गार्मेन्ट प्रा.लि.का नाममा विभिन्न शीर्षकअन्तर्गत दावीबमोजिमको कर्जा लगानी भएको देखिएको र यो यति रकम बुझाएको अर्थात् तिर्न बुझाउन बाँकी छैन भनी निज प्रतिवादी केवलकृष्ण खन्नाले अदालतमा उपस्थित भई प्रमाण पेश गर्न सकेको नदेखिएको अवस्थामा निजले विभिन्न शीर्षकमा दावीबमोजिमको कर्जा उपभोग गरी राष्ट्रिय वाणिज्य बैंकलाई साँवा व्याज समेत जम्मा रु.१८,००,३२,२६५।९४ गैरकानूनी हानि नोक्सानी पुर्याएको पुष्टि हुन आयो ।
अर्का प्रतिवादी दीलिपकुमार श्रेष्ठले आफूले प्रवाह गरेको कर्जा असूली तर्फ खासै चासो नदेखाएको, ऋणीको नाममा बैंकमार्फत् आएको रकमबाट आफ्नो लेना असूल गर्नुपर्नेमा सो नगरी पुनः ऋणीकै खातामा एल.सी.खोली एल.सी.को Beneficiary र Applicant दुवैको निमित्त एउटै बैंकबाट एल.सी.खोली ब्याक टु ब्याक एल.सी.खोल्दा पार्टीले निर्यात गरेको सामानबापत रकम प्राप्त भएपछि मात्र एल.सी.बापतको रकम भुक्तानी गर्नुपर्नेमा यस्तो रकम प्राप्त भएको प्रमाण बिना नै एल.सी.को रकम भुक्तानी गरेको, पार्टीलाई स्वीकृत भएको व्यक्तिगत सीमा उपभोग रजिष्टर फेला नपरेको समेतको अवस्थामा यी प्रतिवादीले सद्नियत साथ बैंकको हित चिताई कर्जा लगानी गरे गराएको भन्ने अवस्थामा नहुँदा यी प्रतिवादीले आरोपित कसूर गरेका होइनन् भन्ने अवस्था रहेन ।
अर्का प्रतिवादी श्रीकृष्ण श्रेष्ठले पहिला लगानी भएको कर्जा असूल नहुँदै थप कर्जा प्रवाह भएको मिसिल संलग्न प्रमाण कागजबाट देखिन्छ । पार्टीलाई स्वीकृत भएको सीमा उपभोग गरेको स्पष्ट देखिने गरी रेकर्ड राखिएको पनि देखिँदैन । ए.ओ.सी.कर्जा चढाउँदा एल.सी.भुक्तानी गरेकै समयमा चढाउनु पर्नेमा ढिलो गरी चढाउँदा बैंकलाई प्राप्त हुने व्याजमा कमी आउन जाने समेतका कामकारवाहीबाट प्रतिवादीको कामकारवाही असल नियतबाट भएको भनी भन्न सकिने अवस्था रहेन । यी प्रतिवादीले आफूले दावीको कर्जा लगानी गर्दा बैंक ऐन नियम तथा परिपत्रहरूको पूर्ण रुपमा पालना नगरी कर्जा प्रवाह गरेको र उक्त कर्जा असूलउपर हुन नसकी बैंकलाई हानि नोक्सानी पर्न गएको समेतबाट प्रतिवादी श्रीकृष्ण श्रेष्ठले आरोपित कसूर गरेका होइनन् भन्न सकिने अवस्था रहेन ।
प्रतिवादी वीरेन्द्रनाथ लोहनीले प्रोफेशनल गार्मेन्टसँग कारोवार गर्दा प्रतीतपत्र कारोवार गर्नका लागि राखेकै धितोबाटै पूर्व निर्यात कर्जा कारोवार गरेकोमा छुट्टै धितो लिएको देखिँदैन । अर्को तर्फ फरेन विल नेगोसिएशन गरी बैंकमार्फत् प्राप्त हुने रकमबाट बैंकको लेना असूल नगरी सम्पूर्ण रकम ऋणीलाई भुक्तानी दिएको देखिँदा बैंकको लेना असूलीतर्फ यी प्रतिवादीको चासो रहेको नदेखिएको अवस्था समेतबाट ऋणी प्रतिवादीसँगको बैकिङ्ग कारोवारमा यी प्रतिवादीको वदनियत रहेको स्पष्ट हुन आउँछ । पार्टीसँग कारोवार गर्दा बैंकको लेना असूली तथा प्रवाह गरेको कर्जाको सुरक्षण तर्फ ध्यान नदिएको र प्रक्रिया समेतको पूर्ण पालना भएको नदेखिएको, बैंकको पुरानो कर्जा असूल नहुँदै FBN बाट प्राप्त सम्पूर्ण रकम प्रतिवादीको खातामा जम्मा गरी दिई ऋणी प्रतिवादीलाई सुविधा पुर्याई बैंकको पुरानो कर्जा असूलीतर्फ चासो नदेखाएको तथा पुरानो कर्जा असूल नहुँदै सोही पुरानो धितोको आधारमा ऋणी प्रतिवादीलाई थप कर्जा उपलब्ध गराएको समेतबाट ऋणी प्रतिवादीलाई लाभ र बैंकलाई हानि गैरकानूनी हानि पुर्याउने कार्यमा यी प्रतिवादी समेतको संलग्नता रहेको पुष्टि हुन आएको ।
प्रतिवादी भरतबहादुर बस्नेतले ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई कर्जा उपलव्ध गराउँदा बैंकको पुरानो ऋण रकम लिन बाँकी रहेकै अवस्थामा थप कर्जा उपलव्ध गराएको मिसिल संलग्न प्रमाण कागजातबाट देखिन्छ । यी प्रतिवादी समेत संलग्न रही बैंकको पूर्व निर्यात कर्जा तर्फको लेना बाँकी रहेकै अवस्थामा एफ.वि.एन. बापत ऋणीलाई प्राप्त रकम बैंकको लेना बाँकीमा कट्टा नगरी सोझै ऋणीलाई भुक्तानी गरेको देखिएको अवस्थामा यी प्रतिवादीले बैंकको लेनातर्फ चासो नदिई ऋणी प्रतिवादीलाई सुविधा प्रदान गरी बैंकलाई नोक्सानी पुग्न गएको, ब्याक टु ब्याक एल.सी.खोल्दा निर्यात गरेको सामानको रकम प्राप्त भएपछि मात्र एल.सी.बापतको रकम भुक्तानी दिनुपर्नेमा निर्यात गरेको सामानको रकम प्राप्त हुने प्रमाण समेत प्राप्त नहुँदै एल.सी.बापतको रकम भुक्तानी दिएको, बैंकबाट लगानी भएको कर्जाबापत यथोचित सुरक्षण लिएको नदेखिएको तथा बैंकको लेना रकम असूली तर्फ खासै चासो देखाएको समेत नदेखिएको अवस्थमा यी प्रतिवादी समेतले बैंकको नीति नियम तथा परिपत्रको पूर्ण पालना नगरी बैंकको लगानी सुरक्षित र असूलीको ग्यारेन्टीतर्फ विचारै नगरी ऋणी प्रतिवादीलाई लाभ तथा बैंकलाई हानि पुर्याएको हुँदा यी प्रतिवादीले आरोपित कसूर गरेको देखिन आयो ।
अन्य प्रतिवादीहरू गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग तथा बालप्रसाद न्यौपानेले समेत ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई बैंक ऐन, नियम तथा परिपत्रको उल्लंघन गरी पुरानो कर्जा असूल नहुँदै कमजोर धितोबाट थप कर्जा सुविधा प्रदान गरेको देखिन आउँछ । आफूउपर लागेको आरोपको अदालतमा उपस्थित भई सप्रमाण खण्डन गर्नुपर्ने दायित्व भएका यी प्रतिवादीहरू अदालतबाट जारी भएको म्यादमा समेत अदालतमा उपस्थित नभई शुरु म्यादै गुजारी बसेको र प्रतिवादीहरू समेत संलग्न भई प्रवाह गरेको कर्जा सम्पूर्ण असूल भएको भन्ने पनि मिसिल संलग्न प्रमाणबाट नदेखिँदा पुरानो कर्जा असूली नहुँदै भिन्न–भिन्न शीर्षकमा नयाँ कर्जा लगानी गरेको, एउटै धितोबाट धितोले खाम्न नसक्ने कर्जा लगानी गरेको, बैंकको लेना असूलीतर्फ बैंकका कर्मचारी प्रतिवादीहरूबाट चासो नरहेको बैंकको लेना बाँकी भएको अवस्थामा एफ.बि.एन. बापत ऋणीलाई बैंक मार्फत् रकम प्राप्त हुँदा समेत ऋण असूलीतर्फ चासो नदिई उक्त रकम ऋणी प्रतिवादीलाई नै भुक्तानी गरेको देखिएकोले प्रतिवादीले आरोपित कसूर गरेका होइनन् भन्न सकिने अवस्था रहेन । तसर्थ प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, दीलिपकुमार श्रेष्ठ, वीरेन्द्रनाथ लोहनी, भरतबहादुर बस्नेत, गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग तथा बालप्रसाद न्यौपानेले राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याई कसूर अपराध गरेको र प्रतिवादी केवलकृष्ण खन्नाले बैंकका कर्मचारीसँग मिलेमतो गरी कमसल धितो राखी बैंकबाट दावीको रकम गैरकानूनी तवरबाट लिई खाई मासी उक्त रकम तिर्नेतर्फ चासो नदेखाई बैंकलाई हानि नोक्सानी पुर्याएको देखिँदा यी प्रतिवादीहरूले एक आसपमा मिलेमतो गरी वाणिज्य बैंकलाई गैरकानी हानि पुर्याएको पुष्टि हुन्छ । तर प्रतिवादी केवलकृष्ण खन्नाले विभिन्न शीर्षक मार्फत् बुझी लिएको साँवा व्याज रु.१८,००,३२,२६५।५१ कर्मचारीसंग असूल गर्नु न्यायोचित हुने देखिँदैन । प्रतिवादी केवलकृष्ण खन्नाले आफूले बैंकबाट लिएको कर्जामध्ये यो यति रकम बुझाए भनी सोको प्रमाण पेश गर्न सकेको पनि देखिएन । तसर्थ दावीको साँवा प्रतिवादी केवलकृष्ण खन्नाले बुझी लिएको देखिएको र अन्य बैंकका कर्मचारी प्रतिवादीहरूले यो यति रकम लिए खाए भन्ने आरोप नभै बैंकको नियम कानून तथा परिपत्रको पालना नगरी ऋणी प्रतिवादीलाई गैरकानूनी लाभ पुर्याए भन्ने आरोपपत्रबाट देखिएको हुँदा उक्त दावीको विगो प्रतिवादी केवलकृष्ण खन्नाबाट असूलउपर गर्नुपर्ने देखिन्छ । तसर्थ आरोपपत्र माग दावीबमोजिमको कार्य गरी विगो रु.१८,००,३२,२६५।९४ को गैरकानूनी हानि नोक्सानी पुर्याई प्रतिवादी केवलकृष्ण खन्नाले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ को र प्रतिवादी दीलिपकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, वीरेन्द्रनाथ लोहनी, भरतबहादुर बस्नेत, गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग र बालप्रसाद न्यौपानेले सोही ऐनको दफा ७(२) को कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी केवलकृष्ण खन्नाबाट विगो भराई निजलाई सोही ऐनको दफा ८ बमोजिम २ (दुई) बर्ष कैद हुन्छ । प्रतिवादी दिलिपकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, वीरेन्द्रनाथ लोहनी, भरतबहादुर वस्नेत, गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग र वालप्रसाद न्यौपानेलाई सोही ऐनको दफा ७(२) र २९(२) बमोजिम जनही रु.५०००। का दरले जरीवाना हुन्छ भन्ने विशेष अदालत, काठमाडौंको २०६४।३।१२ को फैसला ।
विशेष अदालतको फैसलामा चित्त बुझेन । एल.सी.को कारोवार धितो राखी गरिने होइन । सम्बन्धित ब्यापारीको ख्याति, हैसियत र विश्वासमा बैंकले एल.सी.खोल्ने हो । त्यसैले एल.सी.को सामान्य सिद्धान्तविपरीत व्याख्या गरी धितो नलिई ऋण प्रवाह गरेको भन्ने विशेष अदालतको निर्णयाधार गलत छ । ऋणी उद्योगले राखेको धितो बैंकले लिलाम गरी रकम असूल गरिसकेको कुरा मिति २०६१।१०।२० को च.नं.२२५२ को पत्रबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेकोमा सोलाई प्रमाणमा लिइएको छैन । ऋणी उद्योगलाई मैले शुरुमा ऋृण प्रवाह गरेको हो । त्यसपछिका कर्जाहरू मबाट प्रवाह भएका छैनन् । वानेश्वर शाखाबाट २०५३।७।१६ मा म सरुवा भएपछि प्रवाह भएका ऋण सम्बन्धमा पहिलेको ऋण चुक्ता नगरी नयाँ ऋण प्रवाह गरेको भनी पूर्वाग्रहपूर्ण तवरले अभियोग लगाइएको छ । म पछिका शाखा प्रबन्धकहरूले मेरो पालामा प्रवाह भएको ऋणको रकम चुक्ता भएको देखाउनु पर्नेमा नयाँ ऋण रकम चुक्ता गराएको कारण मेरो पालामा प्रवाह भएको ऋण रकम बक्यौता देखिएको मात्र हो । म सरुवा भएपछि क्रमशः दीलिपकुमार श्रेष्ठ र वीरेन्द्रनाथ लोहनी बानेश्वर शाखामा कार्यरत् रहेका हौं । अभियोगत्रमा यो तथ्यलाई लुकाई अरुको पालामा प्र्रवाह भएको ऋणका सम्बन्धमा मलाई अभियोग लगाइएको छ । रु.२६,७८,३९५।२० को बिगोको हकमा मलाई अभियोग लगाइएको र सो अभियोगमा मिति २०५३।१२।८, २०५८।१।२० र २०५८।३।१२ मा परिपत्रहरू उल्लघंन गरेको भनिएको छ । तर म मिति २०५३।७।१६ मा सरुवा भएपछि भएका उपर्युक्त परिपत्रहरू उल्लघंन गरी मैले ऋण प्रवाह गरेको छैन । तसर्थ मउपर आधारहीन रुपमा अभियोग लगाइएको र त्यस्तो अभियोपत्रका आधारमा मलाई विशेष अदालतले रु.५०००। जरीवाना गर्ने गरी फैसला गरेको हुँदा सो फैसला त्रुटिपूर्ण भै बदरभागी छ । तसर्थ, उक्त फैसला बदर गरी सफाइ पाऊँ भन्ने प्रतिवादी श्रीकृष्ण श्रेष्ठको पुनरावेदन पत्र ।
विशेष अदालतको फैसलामा चित्त बुझेन । विशेष अदालतले अभियोग दावीको रकम खाए मासेको भनी ठहर गरेको नभई बैंकको नीति, नियम र परिपत्र पालना नगरेको भन्ने आधारमा मलाई जरीवाना गरेको छ । सो फैसला प्रमाण ऐन, २०३१ को दफा २५ विपरीत छ । पूर्व निर्यात कर्जाबापत रु.५० लाख र ऋण अन्तर्गत रु.५० लाख गरी कूल रु.१ करोडको ऋण प्रवाह सीमा स्वीकृत भएकोमा ऋणी कम्पनीको ललितपुर, इमाडोलस्थित कि.नं.८३३, ८३२ र २८ को घर जग्गा मार्जिन कट्टा गरी रु.१,३०,००,०००। (एक करोड तीस लाख) धितो जमानत लिई पछि बैंकले सकार गरिसकेको हुँदा धितो नलिएको भन्ने विशेष अदालतको निर्णयाधार त्रुटिपूर्ण छ । पूर्व निर्यात कर्जामा रु.५०,००,०००। (पचास लाख) को सीमा भएकोमा म प्रबन्धक र सहायक रहँदा रु.१०,००,०००। (दश लाख) कर्जा प्रवाहमा दस्तखत गरेकोमा सो रकम प्रवाह गर्दा सीमा उल्लघंन गरी वदनियतपूर्वक ऋण दिएको मान्नु त्रुटिपूर्ण छ । कर्जा प्रवाह गर्दा FBN बाट प्राप्त रकम असूल नगरी फिर्ता गरेको भन्ने निष्कर्ष समेत गलत छ । साथै ३३।१६ र ३३।२९ को रु.१०,००,०००। (दश लाख) कर्जा चुक्ता भैसकेको भन्ने रा.बा.बैंक बानेश्वर शाखाको च.नं.२२५२ मिति २०६१।१०।२० को पत्रले पुष्टि FBN भइरहेको छ । FBN बापतको पूर्व निर्यात कर्जाको प्राप्त रकम असूल गरी फिर्ता गर्ने दायित्व ममा थिएन । सोको तोक आदेश मैले गरेको होइन । LC NO १३२०६५ को FBN को रकमबाट पूर्व निर्यात कर्जा प्र्रवाह भएको छैन । साथै FBN ३३।३७३ को पूरै रकम ऋणीको खातामा गएको छैन । सोको तोक आदेश मैले गरेको पनि होइन । उक्त FBN ३३।३७३ को रकम ताकेता गर्न म सरुवा भएपछि मैले गर्ने होइन । २०५५।१।८ मा सम्पन्न कारोवारमा २०५५।६।१६ को परिपत्र पालना नगरेको भन्नु त्रुटिपूर्ण हुन्छ ।
Back to Back LC को रकम कारोवार हुँदा म सरुवा भैसकेकोले सो रकम असूलउपर गर्न मैले तदारुखता नदेखाएको भन्न मिल्दैन । LC रकम खातामा चढाउने कार्य LC फाँटको हो । व्यक्तिगत सीमा उपभोग रजिष्टर्ड हराएको भन्ने तर्क पनि त्रुटिपूर्ण छ । सो रजिष्टर्ड मैले नभई सहायक प्रबन्धकले जिम्मा लिने हो । निर्यात कर्जा नं.३३।१६ मा प्रबन्धकको हैसियतबाट रु.५,००,०००। र कर्जा नं.३३।२९ मा सहायकको हैसियतबाट रु.५,००,०००। ३३।३७३ बाट रु.२६,५०,२००। ३३।२३३ बाट रु.५,६९६८३।०९ समेतको रकम असूल भई शून्यमा रहेको भनी च.नं.२२२२। मिति २०६१।१०।२०को पत्रबाट खुलाई पठाएकोलाई मूल्याङ्कन गरिएको छैन । तसर्थ विशेष अदालतले प्रमाणको उचित मूल्याङ्कन नगरी मलाई जरीवाना गरेको इन्साफ बदरभागी हुँदा बदर गरी झूठा अभियोगदावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी भरतबहादुर बस्नेतको पुनरावेदन ।
विशेष अदालतको फैसलामा चित्त बुझेन । अभियोग दावीमा रु.४१२३००४।८४ बराबरको रकम हानि नोक्सानी पुर्याएको भनेपनि सो रकम यो यसप्रकारले मासे खाएको भन्न सकेको छैन । ऋणी कम्पनीले प्रतीतपत्र कारोवार गर्दा राखेको धितोबाट पूर्व निर्यात कर्जाको कारोवार गरेको कारणले मात्र भ्रष्टाचार ठहर गर्न मिल्दैन । पूर्व निर्यात कर्जा प्रवाह गर्दा ऋणी कम्पनीको भुक्तानी क्षमता र विश्वसनीयता हेरेर ऋण दिइने हुँदा त्यसमा वदनियत हुँदैन । ऋणीको घरजग्गा धितो राखी कर्जा प्र्रवाह भएको भन्ने कुराको मूल्याङ्कन नगरी हचुवा निर्णयाधार लिइएको छ । ऋणी कम्पनीले कर्जा चुक्ता गर्ने बारेमा केन्द्रीय कार्यालयमा मिति २०५७।१०।३ मा निवेदन दिइरहेको अवस्थामा सोतर्फ केही मूल्याङ्कन भएको छ । FBN बापत प्राप्त हुने रकमबाट बैंकको लेना असूल नगरेको भन्ने निर्णयाधार पनि गलत छ । FBN ३३।३७३ मार्फत प्राप्त रु.२६,५०,२००। मा कर्जाबापत कट्टा गरी रु.१२,०२,७६३। मात्र पार्टीलाई भुक्तानी दिएको छ । FBN ३३।३७७ मा रु.३१,१६,६३५।२० प्राप्त भएकोमा रु.९६,८६०। मात्र बाँकी भई अरु रकम चुक्ता भइसकेको छ । त्यसैगरी FBN ३३।२६७ को रु.२०६७१८७।५० मध्ये रु.१,३८,८९४। मात्र बाँकी भई अधिकांश रकम असूल भएकोमा त्यसलाई प्रमाणमा लिइएको छैन । मिति २०५४।८।२० देखि २०५५।२।२० सम्म मात्र म बानेश्वर शाखामा कार्यरत् रहेको, मेरो कार्यकालमा धितो लिई कर्जा लगानी गरेको र सम्बन्धित ऋणी कम्पनीबाट रु.५० करोड रकम असूलउपर गरेको तथ्यलाई नहेरी भएको फैसला त्रुटिपूर्ण छ । FBN ३३।२९ को रु.५०,००,०००। सीमा भित्रै रही प्र्रवाह भएकोमा सो रकम असूल भइसकेको भन्ने च.नं.२२५२ मिति २०६१।१०।२० को पत्रबाटै स्पष्ट हुन्छ । सो कुराको मूल्याङ्कन गरिएको छैन । FBN ३३।३७७ को रु.३१,१६,६३५।२० मध्ये रु.९६८६०।३४ मात्रै बाँकी रहेकोमा सो रकम पनि विभिन्न शुल्कबापत सम्म बाँकी रहेको हो । FBN ३३।३७३ को रु.२६,५०,२००। को कारोवार मिति २०५५।१।८ मा भएकोमा सोको असूल गर्ने म्याद ६ महिना रहेको र म २०५५।२।२० मा सरुवा भएको हुँदा म स्वयंले ताकेता गर्ने भन्ने हुँदैन । मैले गरेको कारोवारमध्ये PXL तर्फ पूरै असूल भइसकेको र FBN तर्फ धेरै असूल भई न्यून रकम मात्रै बाँकी रहेको अवस्थामा मलाई कसूरदार कायम गर्न मिल्दैन । अतः विशेष अदालतको फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादी वीरेन्द्रनाथ लोहनीको पुनरावेदनपत्र ।
प्रतिवादीले धरौट रकम फिर्ता दिएको कार्यबाट भ्रष्टाचारको कसूर गरेको भन्ने अभियोग दावीअनुसार विशेष अदालतबाट कसूरदार ठहरी सजाय भएको देखिन आयो । पुनरावेदकले रकम लिनु दिनु गरी वदनियत चिताई भ्रष्टाचार गरेको भन्ने कुराको यकीन गरी सो कुरालाई पुष्टि गरेको नदेखिएको र प्रतिवादीको वदनियत, लापरवाहीले भ्रष्टाचारजन्य कार्य भएको कुरा प्रमाणित नभएको अवस्थामा भ्र्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अनुसारको कसूर ठहर गरी विशेष अदालत काठमाडौंबाट भएको फैसला नेकाप २०५२, नि.नं.६०७५ र ने.का.प.२०५४, नि.नं.६४४८ मा प्र्रतिपादित सिद्धान्त समेतको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिंदा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई लगाउको फौ.पु.नं.४६६ र ४८९ का मुद्दा समेत साथै राखी पेश गर्नु भन्ने मिति २०६८।५।२० को आदेश ।
नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी श्रीकृष्ण श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता श्री हिरा रेग्मीले मेरो पक्षको हकमा अभियोग लगाउँदा कायम गरिएको बिगो असूल भइसकेको भन्ने राष्ट्रिय वाणिज्य बैंकको मिति २०६१।१०।२० च.नं.२२५२ को पत्रबाट लेखिएकोमा सो कुरा नहेरी सीमा नघाई ऋण प्रवाह गरेको ठहर गरिएको छ । ऋण लगानीको सीमा नाघेको कुनै वस्तुगत प्रमाण छैन । रजिष्टर्ड हराएको भन्ने अभियोग लगाइएको छ । रजिष्टर्डको जिम्मा लिने कर्मचारीको हकमा मात्र सो अभियोग स्थापित हुने हो । मेरो पक्ष बैंकको प्रबन्धक भएकोले रजिष्टर्ड निजले राख्ने र हराउने भन्ने हुँदैन । २०५३।७।१६ मा बानेश्वर शाखाबाट अन्यत्र सरुवा भएपछि ऋणी कम्पनीलाई प्रवाह गरिएको ऋणको सम्बन्धमा अभियोग लगाई बिगो कायम गर्नु त्रुटिपूर्ण छ । सरुवा भएपछि जारी भएका परिपत्र उल्लंघन गरी ऋण प्रवाह गरेको भन्ने आधार नै गलत भएको र गलत आधारमा कसूरदार कायम गरी जरीवाना गर्ने गरेको विशेष अदालतको फैसला नमिलेको हुँदा सो फैसला उल्टी गरी सफाइ पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी भरतबहादुर बस्नेतको तर्फबाट विद्वान अधिवक्ता श्री कुमारमणि कोइरालाले कर्जाको सीमा उल्लघंन गरेको भनी विशेष अदालतले दोषी ठहर गरेकोमा पूर्व निर्यात कर्जाको सीमा रु.५०,००,०००। (पचास लाख) र TRC अन्तर्गत रु.५०,००,०००। (पचास लाख) गरी जम्मा रु.१,००,००,०००। (एक करोड) को सीमा रहेकोमा मेरो पक्षको हस्ताक्षरबाट केवल रु.१०,००,०००। (दश लाख) मात्र ऋण प्र्रवाह भएको, सो बापत ऋणीको धितो लिई सकार समेत भैसकेको कुरालाई मूल्याङ्कन नगरी हचुवाको भरमा कसूरदार कायम गरी जरीवाना गर्ने गरी विशेष अदालतबाट भएको फैसला नमिलेको हुँदा उल्टी गरी सफाइ हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
पुनरावेदक प्रतिवादी वीरेन्द्रनाथ लोहनीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सुशीलकुमार पन्त र श्री नारायणबल्लभ पन्त तथा विद्वान अधिवक्ता श्री जगदीशचन्द्र पाण्डेले हाम्रो पक्ष शाखा प्रमुख हुँदाको अवधिमा प्र्रवाह भएको ऋण चुक्ता गर्ने विषयमा ऋणी कम्पनी स्वयम्ले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा मिति २०५७।१०।३ मा निवेदन दिइरहेको हुँदा ऋण असूली गर्नेतर्फ उदासीन रहेको भन्ने विशेष अदालतको निर्णयाधार गलत छ । FBN मार्फत प्राप्त रकमहरू मध्ये पनि अधिकांश असूल भई नगन्य रकम बाँकी रहेको भन्ने च.नं.२२५२ मिति २०६१।१०।२० को पत्रबाट स्पष्ट भैरहेकोमा सो कुरालाई बेवास्ता गरी FBN को रकम ऋणी कम्पनीलाई नै भुक्तानी दिएको भन्ने विशेष अदालतको ठहर त्रुटिपूर्ण छ । अभियोग लगाउँदा आधार लिएका परिपत्रहरू हाम्रो पक्ष बानेश्वर शाखाबाट मिति २०५५।२।२० मा सरुवा भइससकेको हुँदा निजको हकमा आकर्षित हुन सक्दैनन् । तसर्थ हाम्रो पक्षको पालामा भएको ऋण लगानी रकमहरूमध्ये अधिकांश रकम असूल भएको कुरा मिसिलबाट देखिंदा देखिंदै आत्मपरक रुपमा ऋण असूल गर्ने तर्फ चासो नदेखाएको भनी जरीवाना गर्ने गरेको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले प्रतिवादीहरूले ऋणी कम्पनीलाई ऋण दिंदा ऋणको सीमा नघाई पुरानो बक्यौता असूल नगरी बारम्बार ऋण थप्दै गएको तर असूलउपर गर्ने तर्फ चासो नदेखाएको कारणले ऋण लगानी भएको रकम जोखिममा परी राष्ट्रिय वाणिज्य बैंकलाई हानि नोक्सानी पुर्याएको कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भैरहेको अवस्था हुँदा पुुनरावेदक प्रतिवादीहरूलाई कसूरदार कायम गरी जरीवाना गर्ने गरेको विशेष अदालतको फैसला कानूनसम्मत् छ । तसर्थ सो फैसला अन्यथा परिवर्तन गर्नुपर्ने आवश्यकता नहुँदा सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस जिकीर सुनी सम्पूर्ण मिसिल अध्ययन गरियो । यसमा विशेष अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी श्रीकृष्ण श्रेष्ठले आफू राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको प्रबन्धक रहेका बखत ऋणी प्रतिवादीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले पटक पटक गरी साँवा रकम रु.२६,७८,३९५।२० लगानी गरी सो साँवा तथा सोको २०६१ असोज मसान्तसम्मको ब्याज रु.५५,४३,५४८।२० समेत गरी जम्मा बिगो रु.८२,८१,९४३।४० बराबर बैंकलाई हानि नोक्सानी पुर्याएको, अर्का पुनरावेदक प्रतिवादी भरतबहादुर बस्नेतले आफू प्रबन्धक र सहायकको हैसियतमा सोही शाखामा कार्यरत् रहँदाको अवधिमा पटक–पटक गरी अर्का ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि पुर्याउने वदनियतले साँवा रु.४२,१९,८८३।०९ र सोको २०६१ असोज मसान्तसम्मको ब्याज रु.२२,९१,२३७। समेत कुल रु.६५,११,१२०।०९ बिगो हानि नोक्सानी पुर्याएको, त्यस्तै अर्का पुुनरावेदक प्रतिवादी वीरेन्द्रनाथ लोहनीले सोही शाखाको प्रबन्धक रहँदाको अवधिमा ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने वदनियतले पटक–पटक गरी साँवा रु.३३,८५,९५४।८४ र सोको २०६१ असोज मसान्तसम्मको हुने ब्याज रु.७,३७,०५०। समेत जम्मा रु.४१,२३,००४।८४ बराबरको रकम हानि नोक्सानी पुर्याएको भन्दै साविक भ्र्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), १३ २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (छ) (ज) (झ) सोही उपदफा (३), दफा १२ र १७ समेतबमोजिम सजाय हुन् माग दावी लिई अभियोगपत्र पेश भएको देखिन आउँछ ।
त्यसैगरी प्रतिवादीहरूमध्ये दिलिपकुमार श्रेष्ठले विगो रु.१६,४८,८२७३७। प्रतिवादी गीता पराजुलीले विगो रु.१,३६,६७,२५५। प्रतिवादी महेन्द्रभक्त प्रधानाङ्गले बिगो रु.७,३२,५५,१३१।०३, प्रतिवादी बालप्रसाद न्यौपानेले बिगो रु.८,४२,२७,१०३।१४ बराबरको रकम ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई लगानी गर्दा ऋणीलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी नोक्सानी पुर्याउने वदनियतपूर्वक लगानी गरी भ्रष्टाचार गरेको भन्दै सोही आधारमा निजहरूउपर सजाय हुुनुपर्दछ भन्ने अभियोग रहेको देखिन्छ ।
ऋणी प्रतिवादी केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि. ले आ.ब.२०५२।०५३ देखि २०५८ सम्ममा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाबाट प्रबन्धक श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत, वीरेन्द्रनाथ लोहनी, .दीलिपकुमार श्रेष्ठ समेतको कार्यकालमा पटक पटक कर्जा लिएको कूल विगो १८,००,३२,२६५।९४ नतिरी आफूलाई गैरकानूनी लाभ र बैंकलाई गैरकानूनी हानि नोक्सानी पुर्याएको भन्दै निज प्रतिवादी केवलकृष्ण खन्नाउपर साविक भ्र्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र २९ तथा हाल प्रचलित भ्र्र्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन् भनी अभियोग लगाइएको देखियो ।
प्रतिवादीमध्येका केवलकृष्ण खन्ना, गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग र बालप्रसाद न्यौपानेले शुरु म्यादै गुजारी बसेका, निजहरूमध्ये केवलकृष्ण खन्नालाई २ बर्ष कैद गरी निजबाट विगो रु.१८,००,३२,२६५।९४ भराई पाउने र प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत, वीरेन्द्रनाथ लोहनी तथा अन्य प्रतिवादीहरू दीलिपकुमार श्रेष्ठ, गीता पराजुली, महेन्द्रभक्त प्रधानाङ्ग र बालप्रसाद न्यौपानेलाई जनही रु.५०००। जरीवाना हुने गरी विशेष अदालतबाट फैसला भएकोमा सो फैसलाउपर प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत र वीरेन्द्रनाथ लोहनीको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश भएको देखियो र मूलतः पुनरावेन सम्बन्धमा विचार गर्नुपर्ने दखिन आयो ।
३. मिसिल संलग्न अभियोगपत्र लगायतका कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदक प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत र वीरेन्द्रनाथ लोहनीउपर एउटै कारोवारको बिषयमा अभियोग लगाइएको नभई निजहरू राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखामा प्रबन्धक रहँदाको अवधिमा निजहरूले अर्का प्रतिवादी केवलकृष्ण खन्ना प्रमुख सञ्चालक रहेको फोफेशनल गार्मेन्ट प्रा.लि.लाई विभिन्न समयमा ऋण प्रवाह गरेको छुट्टाछुट्टै कारोवारको बिषयमा अभियोग लगाइएको अवस्था हुँदा सर्वप्रथम पुनरावेदक प्रतिवादी श्रीकृष्ण श्रेष्ठको हकमा लठाइएको अभियोगदावी एवं निजको पुनरावेदन जिकीरका सन्दर्भमा विचार गर्नुपर्ने हुन आएको छ । सो सम्बन्धमा हेर्दा पुुनरावेदक प्रतिवादी श्रीकृष्ण श्रेष्ठ प्रबन्धक रहेको समयमा निजको दस्तखतबाट राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बानेश्वरमार्फत ऋणी प्रतिवादी केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्ट्स प्रा.लि.को नाममा एल.सी.नं.३१।१०० बाट मिति सन् १९९६।२।१२ मा युसान्स एल.सी.खोलिएकोमा सोबापत विदेशी बैंकलाई भुक्तानी पठाएको साँवा रु.५९३०७।२४ असूल हुन नसकेको भन्ने देखिन्छ । त्यसैगरी एल.सी.नं.३१।६७५ बाट मिति सन् १९९६।५।५ मा यु.एस.डलर १,१८,५००। को युसान्स एल.सी.खोलिएकोमा यु.एस.डलर ५,२१०।४० मात्रको सामान आयात भई यु.एस.डलर ३३,२९।६० को सामान आयात नै नभई अपचलन भएको तथा बैंकले सम्बन्धित Beneficiary लाई यु.एस.डलर ३९०५५।१६ भुक्तानी दिएको हुँदा सो बराबरको रु.२२,३७,८६१।२४ असूल हुन बाँकी रहेको देखिन्छ । एल.सी. नं.३२।११६ बाट सन् १९९६।९।५ मा यु.एस.डलर ५७,५००। को युसान्स एल.सी. खोलिएकोमा सो बापतको रु.३,८१,२२६।९६ ऋणी प्रतिवादीबाट असूलउपर हुन नसकेको भन्ने देखिन्छ । यसरी प्रतिवादी श्रीकृष्ण श्रेष्ठको दस्तखतबाट खोलिएका उपर्युक्त एल.सी.नं. ३१।१००, ३१।६७५ र ३२।११६ बाट ऋणी प्रतिवादी केवलकृष्ण खन्नासंग AOC कर्जाबापत कुल रु.२६,७८,३९५।२० लगानी भएको तथ्यमा कुनै विवाद देखिन आएन ।
४. उपर्युक्तबमोजिमका एल.सी.बाट ऋण प्रवाह गर्दा ऋणी प्रतिवादी केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्ट प्रा.लि.का नाममा खोलिएका अन्य विभिन्न मितिका एल.सी. मार्फत लगानी भएको रकम भुक्तानी हुन बाँकी नै रहेको र त्यस्तो पूर्व मितिको एल.सी. मार्फत लगानी गरिएको रकम असूल नहुँदै प्रतिवादी श्रीकृष्ण श्रेष्ठको दस्तखतबाट खोलिएका ३१।१००, ३१।६७५ र ३२।११६ को एल.सी. मार्फत अभियोग दावीमा उल्लिखित कूल रु.२६,७८,३९५।२० रकम उही पार्टीलाई थप कर्जा प्रवाह गरेको देखिन आउँछ । त्यसरी एल.सी. मार्फत ऋण प्रवाह गर्दा ऋणी कम्पनीको लागि राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयले तोकिदिएको विभिन्न कारोवारतर्फको ऋण लगानीको हद अर्थात् सीमा समेत प्रतिवादी कार्यरत् शाखा कार्यालयमा उपलब्ध गराइएको तथ्य मिसिल संलग्न कागजातहरूबाट देखिन्छ । तर उक्त ऋणी कम्पनीलाई पटक पटक ऋण प्रवाह गर्दा विभिन्न शीर्षकको अधिकतम् सीमा के कति हो भन्ने तर्फ प्रतिवादीले यथासमयमा ध्यान दिई आफूले ऋण प्रवाह गर्नु पूर्व सो सीमा वा हद स्वयं देखिने गरी कुनै अभिलेख राखेको वा सो ऋण कारोवारलाई त्यस्तो सीमासंग भिडाई यकीन गरेको भन्ने देखिदैन । यसका अतिरिक्त पुनरावेदक प्रतिवादीले ऋणी प्रतिवादीसंग AOC कारोवार गर्दाका अवस्थामा सोभन्दा अगाडि विभिन्न समयमा एल.सी. खोली प्रवाह गरिएको विभिन्न शीर्षकको ऋणको असूलीतर्फ कुनै कारवाही गरेको पनि देखिँदैन । त्यस्तो पुरानो ऋण बाँकी छँदाछँदै आफ्नो कार्यकालमा थप एल.सी. खोली एउटै ऋणी पार्टीलाई पटक पटक ऋण प्रवाद गर्दै जाँदा आफूले प्रवाह गरेको ऋण एवं पहिलेदेखिको बक्यौता ऋण असूलउपर हुनसक्ने गरी ऋणीको अचल सम्पत्ति छुट्टै धितो लिएको अवस्था पनि देखिँदैन । उल्लिखित एल.सी. मार्फत ऋणी प्रतिवादीलाई कर्जा प्रवाह गरेको मितिमै सो कर्जा प्रवाहको अभिलेख अध्यावधिक रुपमा राख्नुपर्नेमा सो नगरी रकम भुक्तानी गरेको मितिभन्दा पछाडि मात्र सो कारोवार सम्बन्धित खातामा प्रविष्टि (Posting) गरेको अवस्था समेत मिसिल संलग्न राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त छानबीन प्रतिवेदन सहितका प्रमाण कागजहरूबाट देखिएको छ । यस्तो स्थितिमा ऋणी प्रतिवादीबाट ऋण प्र्रवाह भएकै दिन देखि बैंकलाई प्राप्त हुने ब्याज समेतमा नकारात्मक असर पुगेको अवस्था देखिएको छ ।
५. पुनरावेदक प्रतिवादीले आफ्नो कार्यकालमा एल.सी.खोली रकम लगानी गर्दा सोभन्दा अगाडि सोही पार्टीलाई पटक–पटक ऋण लगानी भई असूल हुन बाँकी रहेको कुरा थाहा नपाएको भन्ने अवस्था पनि देखिँदैन । यसरी आफ्नो पालामा ऋण लगानी गर्दा आफूले लगानी गरेको सो ऋणलाई सुरक्षित रुपमा असूलउपर गर्ने प्रयोजनको लागि प्रचलित ऐन, नियम एवं बैंकिङ्ग नीति, निर्देशन र परिपत्रहरू बमोजिम ऋणी प्रतिवादीको अचल सम्पत्ति छुट्टै रुपमा धितो लिई मात्र ऋण लगानी गर्नुपर्ने दायित्व पुनरावेदक प्रतिवादीको हो भन्ने कुरामा कुनै विवाद हुन सक्तैन । तर आफ्नो कार्यकालमा खोलिएका Advanced on Credit कर्जाका प्रतीतपत्रहरूको रकमको ऋण प्रवाह गर्नु पूर्व सोही पार्टीलाई आफ्नो बैंकबाट पूर्व मितिहरूमा प्रवाह भएका ऋणहरू चुक्ता भएको छ, छैन र आफूले थप कारोवार गर्दा बैंकको सम्पत्ति पछि सुरक्षित रुपमा असूल हुने अवस्था छ, छैन भन्नेतर्फ सचेत भई त्यसरी ऋण प्रवाह गरेको सबै कारोवारहरूको पारदर्शी, यथार्थपरक र विश्वसनीय रुपमा हिसाव किताब राखी थप ऋण प्रवाह गर्नु औचित्यपूर्ण भएमा मात्रै एउटै पार्टीलाई थप एल.सी. खोली ऋण प्रवाह गर्नुपर्ने हुन्छ । तर विवादित एल.सी.मार्फत् प्रवाह गरेको ऋण रकमको सम्बन्धित खाता बही ऋण प्रवाह गरेकै मितिमा नराखी ढिलो गरी खातामा हिसाव चढाएको भन्ने प्राप्त प्रमाणहरूबाट देखिँदा ऋण लगानीमा जिम्मेवारीपूर्वक काम भएको पाइदैन ।
६. यसका अतिरिक्त पुनरावेदक प्रतिवादीले आफ्नो कार्यकालमा प्रतिवादीमध्येकै केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्टस् प्रा.लि.लाई एल.सी.मार्फत् ऋण प्रवाह गर्दा त्यसको अधिकतम सीमा वा हद के कति हो भन्ने तथ्य स्पष्ट रुपमा देखिने गरी सीमा उपभोग रजिष्टर राखी ऋणको सीमा नाघेको छ वा छैन हेरी जाँची सीमाभित्रै रहेको र पहिलेको ऋण असूल भई वा असूल हुने गरी सुरक्षित गरिएको भन्ने देखिए पछि थप धितो लिई कर्जा प्रवाहको लागि थप एल.सी.खोल्नु पर्नेमा त्यस्तो सीमा उपभोग रजिष्टर सम्बन्धमा उचित ध्यान नदिई एकपछि अर्को रुपमा एल.सी. थप खोली असुरक्षित तवरले ऋण प्रवाह गरेको देखिन्छ । त्यसरी छुट्टै धितो नदिई प्रवाह भएको ऋण सदैव जोखिममा पर्ने भन्ने कुरा यी पुनरावेदकलाई थाहा नहुने भन्ने हुँदैन । बैंकको शाखा प्रबन्धक जस्तो जिम्मेवार ओहदामा बसेको पुनरावेदक प्रतिवादीले आफूले ऋण प्रवाह गर्दा अनिवार्य रुपमा धितो लिई सुरक्षित रुपमा लगानी गर्नुपर्ने पदीय कर्तव्यविपरीत विना धितो एउटै पार्टीलाई पहिलेदेखिको ऋण असूल हुन बाँकी रहेकै अवस्थामा पटक–पटक एल.सी.खोल्दै थप ऋण प्रवाह गर्नुबाट निजले असल नियत साथ सो विवादित प्रतीतपत्रहरू खोलेको नदेखिई ऋणी प्रतिवादीसँग मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पुर्याउने समेतको वदनियत राखी सो कार्य गरेको मान्नु पर्ने हुन्छ ।
७. जहाँसम्म निज पुनरावेदक प्रतिवादी मिति २०५३।७।१६ सम्ममात्र बानेश्वर शाखामा रहेको हुँदा अभियोग दावीमा उल्लेख गरेको परिपत्र सो मितिभन्दा पछाडि जारी भएको हुँदा पछि गरिएको परिपत्र उल्लंघन गरेको भन्न मिल्दैन भन्ने निज तर्फका विद्वान कानून व्यवसायीको तर्क रहेको छ, सो सम्बन्धमा विचार गर्दा राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय, बैंक व्यवसाय विभागको मिति २०४८।१२।३० को परिपत्र नं. ३१।०४८।०४९ मार्फत् मातहतका शाखा कार्यालयहरूका प्रबन्धकलाई सम्बोधन गरी दिएको निर्देशनमा आयात प्रतीतपत्र कारोवार गर्ने बैंकका विश्वस्त ग्राहकले प्रतीतपत्र खोली झिकाएको सामान नेपाल सीमासम्म आइसकेपछि बढीमा ९० दिनभित्र प्रतीतपत्रको रकममा मार्जिन कटाई हुने साँवा ब्याज बुझाउने गरी तोकिएको लिखत गराई ग्राहकको योग्यता बुझी विलम्व भुक्तानी सुविधा प्रदान गर्ने र यसरी दिइने सुविधा पूर्णतः ग्राहकको विश्वनीयतामा भर पर्ने हुँदा यस्तो सुविधायुक्त प्रतीतपत्र खोल्दा नै सो रकम खाम्ने सुरक्षण लिनुपर्ने छ । सुरक्षणबापत बैंक मुद्दती रसिद, नेपाल सरकारको विकास ऋणपत्र, बचतपत्र अथवा बैंकलाई मान्य हुने अचल सम्पत्ति रीतपूर्वक लिनुपर्ने छ । सुरक्षणबापत अचल सम्पत्ति भएमा ग्राहकको विश्वसनीयता र कारोवार हेरी मूल्याँकित रकमको ५० देखि ७० प्रतिशतसम्म सुविधा दिन सकिने भनी स्पष्ट निर्देशन दिएको देखिन्छ । सोही विभागको मिति २०५०।४।२१ को परिपत्र नं. ५।०५०।५१ समेतबाट विलम्व भुक्तानी वा युसान्स आयात प्रतीतपत्र खोल्नु पर्दा न्यूनतम् नगद मार्जिन बाहेक बाँकी रकमका लागि पूरै थप सुरक्षण लिएर मात्र सीमाभित्र रही आयात प्रतीतपत्र खोल्न सकिने भनी निर्देशन दिइएको देखिन आउँछ ।
८. उल्लिखित परिपत्रहरूको पालना गर्नुपर्ने जिम्मेवारी पुनरावेदक प्रतिवादी समेतको भएको भन्नेमा कुनै विवाद छैन । तत्पश्चात् जारी भएको च.नं. २६ मिति २०५३।१२।८, च.नं. २०५८।१।२० तथा च.नं. ३२ मिति २०५८।३।१२ का परिपत्रहरूले समेत माथि उल्लिखित २०४८।१२।३० को परिपत्र र २०५०।४।२१ को परिपत्रलाई अन्यथा गरेको नभई थप निर्देशनहरू दिएको भन्ने देखिन्छ । यस्तो अवस्थामा २०४८।१२।३० को परिपत्रद्वारा एल.सी.खोल्दा सुरक्षण लिई ऋण रकम असूल हुने आधार खडा गरी मात्र लगानी गर्नुपर्ने गरी शाखा प्रबन्धकहरूलाई निर्दिष्ट गरिरहेको व्यवस्था निरन्तर कायमै रहेको अवस्था देखियो । तर विवादित एल.सी.खोल्दा सोअनुरूप सुरक्षणको उचित व्यवस्था नै नगरी हचुवा आधारमा ऋण प्रवाह गरेको र त्यसरी प्रवाह गरिएको रकमको साँवा व्याज असूलउपर हुन नसकी बैंकलाई प्रत्यक्ष रुपमा हानि नोक्सानी समेत पर्न गएको देखियो । तसर्थ पुनरावेदक प्रतिवादी श्रीकृष्ण श्रेष्ठले Advanced on Credit (AOC) कर्जा नं. ३१।१००, ३१।६७५ र ३२।११६ मार्फत् प्रवाह गरेको ऋणको कारोवार असल नियतसाथ भएको नदेखिँदा अभियोग दावीबाट सफाइ पाउनु पर्छ भन्ने निजको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन ।
९. अर्का प्रतिवादी भरतबहादुर बस्नेतको हकमा विचार गर्दा निज राष्ट्रिय वाणिज्य बैंक , बानेश्वर शाखाको लेखा अधिकृत पदमा कार्यरत् रहेको भन्ने देखिएको र निजले शाखाको प्रबन्धकको हैसियतमा पूर्व निर्यात कर्जा तर्फ रु.५,००,०००। (पाँच लाख) र ए.ओ.सी.तर्फ ५,६९,६८३।०९ तथा सहायकको हैसियतबाट पूर्व निर्यात तर्फ रु.५,००,०००। (पाँच लाख) र Foreign Bill negotiation (FBN) तर्फ रु.२६,५०,२००। समेत गरी कूल रकम रु.४२,१९,८८३।०९ ऋणी प्रतिवादी केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्टस्लाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने अभियोग देखिन्छ । मिसिल अध्ययन गर्दा निर्यात तर्फको कर्जा नं. ३३।१६ मार्फत् प्रबन्धकको हैसियतमा रु.५,००,०००। सहायकको हैसियतमा कर्जा नं. ३३।७९ बाट रु.५,००,०००। तथा Foreign Bill Negotiation तर्फ कर्जा नं. ३३।२७३ बाट रु.२६,५०,२००। र Advanced on Credit तर्फ प्रबन्धककै हैसियतले कर्जा नं. ३३।२३३ बाट रु.५,६९,६८३।०९ समेत जम्मा साँवा रु.४२,१९,८८३।०९ ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई ऋण प्रवाह गरेको देखिन्छ । सो कारोवार गरेको तथ्यलाई अनुसन्धानको क्रममा र अदालतमा समेत प्रतिवादीले स्वीकार गरेको र त्यसरी ऋण प्रवाह गर्ने सिलसिलामा पूर्व निर्यात तर्फ छुट्टै धितो लिनुपर्ने परिपत्रको व्यवस्था अनुसार छुट्टै धितो लिएको देखिँदैन । निजले सो ऋण दिनु भन्दा अगाडि भएका विभिन्न कारोवारबाट प्रवाह भएको ऋण रकम असूल हुन बाँकी नै रहेको अवस्थामा त्यसरी पूर्व निर्यात कर्जा शीर्षकमा एल.सी.खोली थप ऋण दिएको देखिन्छ ।
१०. त्यसैगरी Foreign Bill Negotiation तर्फको कारोवारमा पनि पूर्व ऋण असूल हुन बाँकी हुँदै थप ऋण दिएको र त्यस्तो FBN कारोवारमा अनिवार्य रुपमा संलग्न हुनुपर्ने Bill of Lading, Airways Bill लगायतका कागजातहरू संलग्न गरी Shipment Date भित्र पठाएपछि त्यस्तो Foreign Bill खरीद गर्नुपर्नेमा सो कागजातहरूको अभावमै Bill खरीद गरी बैंकिङ्ग नीति नियम र प्राप्त परिपत्रहरूको विपरीत उक्त कारोवार गरेको देखिन आउँछ । Advanced on Credit तर्फको Back to Back एल.सी. खोल्दा ऋणी प्रतिवादीको फर्मले निर्यात गरेको सामानको रकम आयातकर्ताबाट प्राप्त भएपछि एल.सी.को रकम भुक्तानी दिनुपर्नेमा आयातकर्ताले रकम भुक्तानी नगर्दै एल.सी.को रकम भुक्तानी गरेको देखिएको हुँदा त्यस्तो कारोवारबाट प्रतिवादीले बैंकको लिनुपर्ने रकम सुरक्षित गर्नेतर्फ चासो दिएको भन्न सकिदैन ।
११. उल्लिखित एल.सी.नं. हरूबाट ऋण प्रवाह गर्दा ऋणी प्रतिवादीको फर्मले लिएको सोभन्दा अगाडिका कर्जाहरूको रकम असूल हुन बाँकी नै रही साँवा र ब्याज बढ्दै गइरहेको देखिँदा देखिँदैको अवस्थामा त्यस्तो पूर्व कारोवार रकम असूल नगरी थप एल.सी.खोली एक माथि अर्को कारोवारबाट ऋण रकम थप गर्दै जाँदा समग्रमा आफू कार्यरत् बैंकको लगानी असुरक्षित हुन् गई हानि नोक्सानी हुन्छ भन्ने तथ्य पुनरावेदकलाई जानकारी नहुने विषय होइन । तर पुनरावेदक प्रतिवादीले आफ्नो पालामा एल.सी.खोली ऋण प्रवाह गर्दा ऋणी पार्टीको अधिकतम सीमा, लगानी गरिएको ऋणको स्थिति, सो ऋण असूल हुनसक्ने अवस्था र त्यसबापत अनिवार्य रुपमा लिनुपर्ने धितो वा सुरक्षण लिनेतर्फ चासो नदेखाई केवल पार्टीको विश्वसनीयता रहेको भन्ने आधारले मात्र ऋण प्रवाह गरेको देखिन्छ । यसका अतिरिक्त एउटै पार्टी वा फर्मलाई पटक पटक थप ऋण प्रवाह गर्दा पहिलेको ऋणबापतको साँवा व्याज असूलीतर्फ कारवाही गरी वा आफूले थप ऋण दिँदा पहिलेको साँवा व्याज कट्टा गरी मात्र ऋण थप गर्नुपर्ने सामान्य बैकिङ्ग नियम समेतलाई वेवास्ता गरी पुरानो बक्यौता माथि थप ऋण प्रवाह गरेबाट पुनरावेदक प्रतिवादीले असल नियत साथ विवादित कारोवार गरेको भन्ने देखिएन ।
१२. जहाँसम्म पुनरावेदक प्रतिवादीको पालामा प्रवाह गरिएको ऋण असूल भएको हुँदा कसूर कायम हुन सक्तैन भन्ने निज तर्फका विद्वान कानून व्यवसायीको तर्क छ सो बारेमा विचार गर्दा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय बानेश्वरको च.नं. २२५२ मिति २०६१।१०।२० को पत्रबाट ऋणी प्रतिवादी केवलकृष्ण खन्नालाई विभिन्न एल.सी. खोली प्रवाह गरिएको ऋणहरू मध्ये यी पुनरावेदक प्रतिवादीको पालामा खोलिएका विवादित एल.सी. नं. ३३।१६, ३३।७९, ३३।२७३ समेतको साँवा ब्याजको रकम मध्ये ऋणी प्रतिवादीको धितो मूल्याङ्कन गरी बैंकले सकार गर्दाका बखत उपर्युक्त एल.सी.को साँवा ब्याज पूरै असूल हुन सकेको भन्ने नदेखिई बैंकको बक्यौता रहिरहेको भन्ने देखिएको छ । सोबाट पनि विवादित एल.सी.हरू खोल्दा प्रचलित ऐन, नियम र परिपत्रअनुरूप ऋणीको अचल सम्पत्तिको वास्तविक मूल्याङ्कन नगरी प्रवाह भएको ऋण जोखिमयुक्त अवस्थमा नै प्रवाह गरिएको भन्ने देखिन आउँछ । पहिला नै प्रवाह भएको ऋणबापत राखिएको धितोलाई नै पछिबाट एल.सी. खोल्दा आधार बनाई एकपछि अर्को गर्दै थप एल.सी. खोली अनबरत रुपमा ऋण प्रवाह गर्ने तर त्यसरी ऋण प्रवाह गर्दा सो ऋण र बैंकले ऋण असूल गर्नुपर्ने गरी तोकिएको म्यादसम्म हुन आउने ब्याज समेत खाम्न सक्ने गरी छुट्टाछुट्टै धितो भने नलिनुबाटै प्रतिवादीको असल नियत रहेको मान्न सकिदैन ।
१३. यसका अतिरिक्त प्रतिवादीले ऋण प्रवाह गर्दाको बखत प्रचलित कानून एवं बैंकिङ्ग नीति, नियम र परिपत्रको पालना भएको थियो वा थिएन भन्ने प्रमुख विषय हुन आउँछ । आफूले कारोवार गर्दाका बखत आफ्नो पदीय कर्तव्य अनुरूपको जिम्मेवारी पूरा नगरी लापरबाहीपूर्वक ऋण प्रवाह गरेकोमा केही साँवा रकमसम्म असूल भएपनि बैंकको लेना बाँकी नै देखिएको अवस्थामा पछिबाट ऋण असूली भएको भन्ने मात्र आधारले सो कामकारवाहीले वैधता प्राप्त गर्ने वा प्रतिवादीको असल नियत स्थापित हुन्छ भन्ने होइन । मूलतः ऋणको कारोवारमा ऋण प्रवाह गर्ने पदाधिकारीको कामकारवाही प्रचलित कानूनको रीत पुर्याई असल नियतका साथ बैंकको लगानी सुरक्षित गर्ने गरी भएको हो होइन भन्ने तथ्यबाट मात्रै त्यस्तो पदाधिकारीको असल वा वदनियत स्थापित हुने गर्दछ । प्रस्तुत विवादमा पुनरावेदक प्रतिवादीले गरेको कारोवारमा बैकिङ नीति नियम र परिपत्रहरूको पालना भएको भन्ने देखिँदैन । तसर्थ पछाडि ऋण असूल भएको भन्ने मात्र आधारबाट तत्कालको अवस्थामा प्रतिवादीले अनियमित तवरबाट गरेको ऋण प्रवाहको कार्यको दायित्वबाट प्रतिवादीले उन्मुक्ति पाउन सक्ने हुँदैन । अतः मिसिल प्रमाणबाट प्रतिवादी भरतबहादुर बस्नेतको पालामा भएका विवादित कर्जाको कारोवारमा मिति २०४८।१२।३० को परिपत्र नं. ३१ समेतको पालना भएको भन्ने नहुँदा निजले गरेको कारोवार असल नियत साथ भएको मान्न मिल्ने र अभियोग दावीबाट पूर्णतः सफाइ पाउन सक्ने देखिएन ।
१४. पुनरावेदक प्रतिवादी वीरेन्द्रनाथ लोहनीको हकमा विचार गर्दा निज राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको प्रबन्धक रहेको समयमा ऋणी प्रतिवादी केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्टस् प्रा.लि.को नाममा पूर्व निर्यात कर्जा तर्फ र Foreign Bill Negotiation समेत तर्फ गरी विभिन्न एल.सी.खोली कूल रु.३३,८५,९५४।८४ को ऋण प्रवाह गरेको र त्यसरी ऋण प्रवाह गर्दा छुट्टै धितो नलिई बैंकको लगानी असूल नहुने गरी ऋण दिएको हुँदा बैंकलाई हानि नोक्सानी पुग्न गएको भन्ने मुख्य अभियोग दावी रहेको देखिन्छ ।
१५. मिसिलको अध्ययन गर्दा पुनरावेदक प्रतिवादीको पालामा पूर्व निर्यातकर्जा तर्फ कर्जा नं. ३३।२९ बाट रु.५,००,०००। Foreign Bill Negotiation तर्फ कर्जा नं. ३३।३७३, ३३।३७७ र ३३।३६७ समेतबाट जम्मा रु.२८,८५,९५४।८४ गरी कूल साँवा रु.३३,८५,९५४।८४ को कारोवार गरिएको देखिन्छ । सो मध्ये पूर्व निर्यात कर्जातर्फको कारोवारमा छुट्टै धितो राखिएको देखिँदैन । सो पूर्व निर्यात कर्जा लिने ऋणी प्रतिवादीको सामान निर्यात भई सोको प्रमाणहरू प्राप्त भएपछि Foreign Bill Negotiation गरी प्राप्त हुने रकमबाट ऋणी प्रतिवादीलाई भुक्तानी गर्दा बैंकको लिन बाँकी रकम असूल गरी बाँकी रकममात्र फिर्ता गर्नुपर्ने कर्तव्य पुनरावेदक प्रतिवादी समेतको रहेको तथ्यमा विवाद छैन । तर त्यसरी बैंकको लिनुपर्ने रकम असूल नै नगरी ऋणी प्रतिवादीलाई पूर्व निर्यात कर्जाको पूरै रकम प्रवाह गरेको देखिन्छ ।
१६. त्यसै गरी Foreign Bill Negotiation तर्फको कारोवार हेर्दा सो कारोवारको सिलसिलामा ऋणी प्रतिवादीले पूर्व निर्यात कर्जा बापत लिएको ऋण रकम कटाई बाँकी हुन आउने रकम मात्र भुक्तानी गर्नुपर्ने बैकिङ्ग नीति एवं परिपत्र रहेको देखिन्छ । तर FBN को कर्जामा सो अनुरूप पूर्व निर्याततर्फको कर्जा रकम कटाउने सम्बन्धमा कुनै कारवाही नगरी FBN बाट प्राप्त सबै रकम ऋणी प्रतिवादीको खातामा जम्मा गरिदिएको र त्यसबाट बैंकको कूल असूल हुनुपर्ने रकम (Outstanding) बढ्दै गएको अवस्था देखिन्छ । FBN कारोवारमा अनिवार्य रुपमा हेर्नुपर्ने Bill of lading, Airways Bill र Shipment Date समेतमा विचार पुर्याएर मात्रै सो बापतको रकम सम्बन्धित पार्टीलाई भुक्तानी गर्नुपर्नेमा सो प्रक्रियातर्फ पुनरावेदक प्रतिवादीले ध्यान दिई प्रक्रियासम्मत् रुपमा सो शीर्षकको रकम भुक्तानी गरेको देखिँदैन । यी समग्र अवस्थाहरूबाट पुनरावेदक प्रतिवादी वीरेन्द्रनाथ लोहनीले ऋणी प्रतिवादी केवलकृष्ण खन्नासँगको बैकिङ्ग कारोवारमा आफू कार्यरत् बैंकको लेना असूलीतर्फ ध्यान नदिई पुरानो लेना रकम बाँकी नै रहँदारहँदै एकपछि अर्को हुने गरी समग्रमा आफू कार्यरत् बैंकको लेना बक्यौता (Outstanding) बढाउँदै जाने कार्यमा प्रत्यक्ष रुपमा सरिक भई बैंकलाई हानि नोक्सानी र ऋणी प्रतिवादीलाई अनुचित रुपमा फाइदा पुग्ने कार्यमा संलग्न रहन गएको देखिँदा निज प्रतिवादी समेतले आरोपित अभियोगबाट पूर्णतः उन्मुक्ति पाउने अवस्था देखिएन ।
१७. अतः माथि विवेचना गरिएका आधार प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत र वीरेन्द्रनाथ लोहनीको पालामा प्रतिवादीमध्येका केवलकृष्ण खन्ना मुख्य सञ्चालक रहेको नेपाल प्रोफेशनल गार्मेन्टस् प्रा.लि.का नाममा गरिएका कर्जाको कारोवाहरूमा बैंकिङ्ग नियम नीति एवं मिति २०४८।१२।३० को परिपत्र नं. ३१।०४८।०४९ र तत्पश्चात् जारी भएका विभिन्न परिपत्रहरू समेतको पालना नभई अनियमित रुपमा कर्जा प्रवाह गरी राष्ट्रिय वाणिज्य बैंकलाई गैरकानूनी रुपमा हानि नोक्सानी र ऋणी प्रतिवादीलाई गैरकानूनी लाभ पुग्न गएको देखिँदा पुनरावेदक प्रतिवादीहरू श्रीकृष्ण श्रेष्ठ, भरतबहादुर बस्नेत र वीरेन्द्रनाथ लोहनीलाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) को कसूरमा सोही ऐनको दफा ७(२) र २९(२) बमोजिम जनही रु.५०००। (पाँच हजार) जरीवाना गर्ने गरेको विशेष अदालतको मिति २०६४।३।१२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दावीबाट पूर्ण सफाइ पाऊँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.सुशीला कार्की
संवत् २०६८ साल माघ २५ गते रोज ४ शुभम् ।
इजलास अधिकृतः विदुर कोइराला