शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३४९ - करार वमोजिम गरी पाउँ ।

भाग: ४६ साल: २०६१ महिना: असार अंक:

निर्णय नं.४३४९     ने.का.प.२०६१       अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत

सम्वत २०५६ सालको दे.पु.नं. ५३८६

फैसला मितिः २०६१।३।३।३

 

मुद्दा :करार वमोजिम गरी पाउँ ।

 

पुनरावेदक

वादीः का.जि.का.म.पा.वडा नं. ९ वस्ने सरस्वतीदेवी अर्याल 

विरुद्ध

विपक्षी

वादी : का.जि.का.म.पा. वडा नं. ४ वस्ने चन्दाकुमारी श्रेष्ठ

 

§  एकाको नाउँको जग्गा अर्को व्यक्तिको नाममा नामसारी दर्ता गरी दिनको लागि कानून वमोजिमको लिखत गरी हक छाडी नदिएसम्म सो कार्यान्वयन हुनसक्ने अर्थात कानूनले तोकेको प्रक्रिया पूरा गरेको हक हस्तान्तरणको लिखत बेगर यस्तो व्यहोराको शर्तनामाको कागजको आधारमा मात्र अचल सम्पत्ति दर्ता नामसारी गर्न नमिल्ने ।

§  प्रचलित कानूनले अन्यत्र सम्पत्ति हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने कार्य विपक्षीले पालना नगरी केवल शर्तनामाको आधारमा मात्र एकाको नामको जग्गा अर्को व्यक्तिको नाममा कि.का. गरी नामसारी गरी दिने भन्ने शर्त कार्यान्वयन हुन सक्ने अवस्था देखिएन । करारको लिखतमा रजिष्ट्रेशन पारित गरि दिनेछु भन्ने शर्त  पनि नभएको समेत बाट जग्गा तर्फको शर्त पूरा गर्नुपर्ने आवश्यकता देखिएन । तसर्थ, वादीले दावी गरेको प्रतिवादीको नाउँको जग्गा मध्येबाट कि.का. गरी ०० जग्गा वादीको नाउँमा दर्ता नामसारी गरी गराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिन नआउने ।

§  रुपैंया लिनुदिनु गर्ने र रुपैंया लिने दिने सम्वन्धमा कबुलियत शर्त गर्ने कार्य घरसारमा समेत हुन सक्ने र त्यसको लागि कानूनले कुनै बाधाविरोध नगरेको अवस्थामा सो सम्वन्धमा प्रतिवादीले राखेको शर्त वा कबुलियतबाट निजले निभाउनु पर्ने दायित्व निभाउन नपर्ने भन्न नमिल्ने ।

§  विवादित शर्तनामा कागज सद्दे साँचो ठहरिएको अवस्थामा रुपैंया फिर्ता गर्ने सम्वन्धमा प्रतिवादीले गरेको कबुल निजले पालना गर्नुपर्ने दायित्व निवेदकको हुने कुरामा विवाद नहुँदा वादीले दावी गरेको मध्ये रु.१,५०,०००/– प्रतिवादीबाट वादीले भरी पाउदैन भन्न मिल्ने अवस्था नहुने ।                  

(प्र.नं. १७ र १८)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री महेश कुमार नेपाल

विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डे

अवलम्वित नजिरः

 

फैसला

            न्या.वद्रीकुमार वस्नेतः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

            २.    मेरो का.म.न.पा. वडा नं. २३(ख) कि.नं. १ को क्षे.फ. ०१ जग्गाको मोही गोपालप्रसाद ढकाल भएको जग्गा मध्ये उत्तरतर्फबाट क्षे.फ. ०० जग्गामा फिरादीबाट ०५०//२४ मा र.नं. ४०८६ बाट हा.व. पारित गरी दिएको थिएँ । सोही दिन फिरादीकै घर वैठकमा बसी सर्तनामा भएकोमा दुवै लिने दिनेका पति किनारामा साक्षी वस्नु भएको थियो । मोही गोपालप्रसादको नाति विनोदप्रसाद ढकालले र इन्दीरा ढकालले मोही नामसारी गरी पाउँ भनी मुद्दा दायर गरेको अवस्थामा मैले हा.व. गरी दिंदा कि.का. भै साविक कि.नं. १ बाट चन्द्रकुमारीको नाममा कि.नं. ९२९ र मेरा नाउँमा कि.नं. ९३० को ०० कायम भएको  थियो । विपक्षीलाई दिएको कित्ताको मोही लगत कट्टा गराउने निजबाट र मेरो बाँकी कित्ताको मबाट भू.सु.का.मा कारवाही चली ०५१/११/८ मा छोरीलाई र नातिलाई मोही कायम गर्न नमिल्ने भनी निर्णय गरेपछि पु.वे.अ. पाटनमा पुनरावेदन परेकोमा सदर गरी ०५३/१०/११ मा निर्णय भएको थियो । सो फैसला वमोजिम विपक्षीले निजको कि.नं. ९२९ को जोत लगत कट्टा गरिसकेकोले करार वमोजिम जग्गा र पैसा दिनुहोस् भन्दा नदिएकोले फिराद गर्न आएको छु । करार वमोजिम विपक्षीले मलाई दिनु पर्ने रु.१,५०,०००/– र विपक्षीको कि.नं. ९२९ को ०० जग्गा मध्येबाट दक्षिण तर्फबाट मेरो जग्गामा मिल्ने गरी क्षे.फ. ०० जग्गा कि.का. गरी सो जग्गा चलन चलाई नगद रु.१,५०,०००/– समेत भराई दिलाई पाउँ भन्ने फिरादपत्र ।

            ३.    मिति २०५०//२४ मा हा.व. पारित भएको लिखत मितिभन्दा अगाडि भएको सरोकार नै नभएको लिखतबाट दावी  पुग्ने होइन । विपक्षीले मलाई ६ आना जग्गा हा.व. पास गरी दिएपछि सोही जग्गाबाट विपक्षीले १ आना जग्गा र रु. १,५०,०००/– म बाट पाउने होइन । वादी दावी खारेज गरी पाउँ भन्ने समेतको चन्दा कुमारी श्रेष्ठको प्रतिउत्तरपत्र ।

            ४.    करारनामा बकसपत्र पारित भएका दिन भएको होइन धेरै दिन अगाडि तयार गरिएको बकसपत्र पास भएपछि रद्द गरिएको हो । गते खाली राखिएको ठाउँमा आफैंले कि.नं. लेखी जालसाजी किर्ते गरेको हो भन्ने समेतको प्र.वा. श्यामकृष्ण शर्माले गरेको वयान ।

            ५.    दुवै पक्षमा श्रीमती साक्षी बसी सहिछाप गरेको कागजलाई किर्ते भन्न मिल्दैन । लिखत सद्दे हो भन्ने वादी वा. रामनाथ अर्यालले गरेको वयान ।

            ६.    बकसपत्र पारित भएको दिन करारनामा लेखेको वादी प्रतिवादी सहि गरी वादी प्रतिवादीका पति साक्षी बसेको हो भन्ने वादीका साक्षी गणेशवहादुर हमालले बकेको बकपत्र ।

            ७.    करारनामा भएको हो करार अनुसार कागज रद्ध गरी रजिष्ट्रेशन गर्ने भनी प्रतिवादीसंग ल्याएको कागज च्याती वादीसंग भएको कागज नल्याएकोले च्यातिएन । घरमा गएर च्याती दिन्छु भनेका थिए सो कागज नच्याती फिराद गरेको हो भन्ने समेत प्रतिवादीका साक्षी रविन्द्र धितालले बकेको बकपत्र ।

            ८.    सर्तनामा गरी सहिछाप गरेपछि रद्द भएको भनि जिकिर लिंदैमा ठोस सवुद प्रमाण विना रद्द भएको भन्न मान्न मिल्दैन । तसर्थ जालसाजी भन्ने प्रतिवादीको जिकिर पुग्न सक्दैन । वादी दावी वमोजिमको जग्गा र रुपैंया प्रतिवादीबाट वादीले फिर्ता पाउने ठहर्छ साथै वादीको नाममा दर्ता पनि हुने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

            ९.    लिखतको औचित्य भित्र प्रवेश नै नगरी हचुवाको भरमा जालसाजीको प्रमाण पेश गर्न नसकेको कारण औल्याउँदै लिंदै नलिएको कानूनले दिनै नमिल्ने रुपैंया तथा जग्गालाई घरसारको वेरीत कागजको आधारमा फिर्ता हुने दिने तथा कानूनी व्यवस्थाको विपरीत मेरा नाउँबाट विपक्षीका नाउँमा दर्ता समेत हुने र मेरो हक भोग चलनको जग्गा विपक्षीले चलन समेत पाउने ठह¥याई न्यायिक मनको प्रयोग सम्म नगरी गरेको शुरु का.जि.अ.को मिति ०५५//२ को फैसला उल्टाई बदर गरी न्याय पाउँ भन्ने समेतको पुनरावेदक प्रतिवादीको पुनरावेदनपत्र ।

            १०.    यसमा करार लिखतको आधारमा जग्गा दर्ता समेत गर्ने गरी ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति ०५५//२ को फैसला करारीय सिद्धान्तको प्रश्नमा व्याख्यात्मक त्रुटी गरेको भई सो इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेतको आदेश ।

            ११.    आदेशानुसार म्याद जारी भई प्रत्यर्थी समेत उपस्थित भएको रहेछ । दुई पक्षले पूरा गर्नुपर्ने करारीय दायित्व एक पक्षले मात्र पूरा गरेन भनी निज माथि दायित्व सुम्पन मिल्ने समेत नदेखिंदा शुरु काठमाडौं जिल्ला अदालतले शर्त वमोजिम जग्गा फिर्ता दिने रुपैंया समेत भराई दिने ठहर गरेको शुरु का.जि.अ.को मिति ०५५//२ को फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको ०५६//२१ को फैसला ।

            १२.   मोही सम्वन्धी विवाद भएको कारण लिखत पारित हुँदाका बखत मै करार भएको र करार अनुरुप म पुनरावेदकले मुद्दा गरी मोही लगत कट्टा भएको  छ । करार भएको तथ्यलाई स्वीकार गरेको अवस्थामा करारका पक्षहरु बीच तय भएका शर्तहरुलाई कुनै पक्षले उल्लंघन गरेको अवस्थामा ऐनको म्याद भित्र फिराद परेको अवस्थामा दायित्व बहन गर्न नपर्ने भन्न मिल्दैन । भएको करारलाई जालासाजी घोषित गरी पाउँ भनी परेको फिरादमा पुनरावेदन अदालत समेतबाट जालसाजी नठहरी फैसला भएको छ । पुनरावेदन अदालत पाटनको त्रुटीपूर्ण फैसला बदर गरी शुरु फैसला कायम राखी पाउँ भन्ने समेतको वादी सरस्वतीदेवी अर्यालको यस अदालतमा परेको पुनरावेदन ।

            १३.   यसमा जग्गाको हक हस्तान्तरणसंग सम्वन्धित करारीय लिखतको शर्त वमोजिम मोही लगत कट्टा भएमा वादीले हस्तान्तरण गरिदिएको जग्गा मध्ये ०० जग्गा र रु. १,५०,०००/– वापस पाउने र मोही लगत कट्टा नभएमा यस सम्वन्धमा वादीले दावी नगर्ने अभिप्राय रहेको देखिन आउँछ । करारीय लिखतको शर्त वमोजिम मोही लगत कट्टा भै सकेको स्थितिमा शुरु काठमाडौं जिल्ला अदालतले शर्त वमोजिम जग्गा फिर्ता दिने रुपैंया समेत भराई दिने ठह¥याएको फैसला उल्टी गरेको पुनरावेदन अदालत पाटनको इन्साफ फरक पर्न सक्ने देखिंदा मुलुकी ऐन अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६०//१६ को आदेश ।

            १४.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री महेशकुमार नेपालले करार अनुरुप मोही लगत कट्टा भइसकेको अवस्थामा करारीय दायित्वबाट विपक्षीले पन्छन मिल्दैन । करार भएको तथ्य स्थापित भएको स्थितिमा सोको शर्तहरु विपक्षीले पालना नगरेकोले फिराद परेको अवस्था छ । करारीय लिखतको शर्त वमोजिम मोही लगत कट्टा भै सकेको हुँदा शर्त वमोजिम जग्गा र रुपैंया फिर्ता दिनु पर्दछ । पुनरावेदन अदालत पाटनको फैसला बदर गरी पाउँ भनी र विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद पाण्डेले विपक्षी स्वयं वादी भई मोही लगत कट्टा मुद्दा गरेको छैन । विवादित करारमा साल र महिनासम्म उल्लेख छ गते रोज छैन । साथै कि.नं. खाली राखेर पछि कलमको मसीले भरेको अवस्था छ । यस्तो गैरकानूनी कागजबाट फिराद गर्न मिल्दैन । हा.व. लिखत अनुसार जग्गा तथा रुपैंया फिर्ता गर्नुपर्ने शर्त छैन । घरसारको कथित कागजको आधारमा अचल सम्पत्ति फिर्ता हुन सक्तैन । कथित लिखतलाई करार नै हो भनी माने पनि प्रचलित नेपाल कानूनको विरुद्धमा भएको करार स्वतः वदर हुन्छ । पुनरावेदन अदालत पाटनको फैसला सदर गरी पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।

            १५.   उपरोक्त बहस समेत सुनी पुनरावेदन सहितको मिसिल कागजातहरु अध्ययन गरी यसमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन साथै पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

            १६.    निर्णयतर्फ विचार गर्दा यसमा विपक्षीको नाममा रहेको कि.नं.  ९२९ को जग्गा मध्ये दक्षिण तर्फबाट क्षे.फ. ०० जग्गा र रु.१,५०,०००/– नगद समेत मलाई दिनुपर्ने दायित्व विपक्षीले पूरा नगरेकोले मिति ०५० मार्ग महिनामा गरिदिएको शर्तनामा वमोजिम उल्लेखित  ०० जग्गा कि.का. गरी मेरो नाउँमा नामसारी गरी पाउँ साथै रु.१,५०,०००/– रुपैंया समेत भराई पाउँ भन्ने फिराद दावी देखिन्छ । विवादको शर्तनामा कागजको व्यहोरा हेर्दा विवादको जग्गाको मोही लगत कट्टा सम्वन्धमा मुद्दा परिरहेको र मोही लगत कट्टा भएको अवस्थामा प्रतिवादीले वादीबाट बकसपत्र लिएको कि.नं. ९२९ को जग्गा मध्ये दक्षिण तर्फबाट ०० जग्गा र रु.१,५०,०००/– नगद समेत प्रतिवादीले वादीलाई फिर्ता दिने शर्त रहेको देखिन्छ । उल्लेखित शर्तनामा कागजबाट प्रतिवादीले दुईवटा शर्त राखेको देखिन आयो । जसअनुसार पहिलो शर्तनामामा उसले आफ्नो नाउँको जग्गाबाट ०० जग्गा कि.का. गरी वादीलाई दिने भन्ने र दोश्रो शर्त अनुसार रु.१,५०,०००/– नगद वादीलाई फिर्ता दिने भन्ने शर्त भएको पाइयो । यस्तो अवस्थामा सर्वप्रथम प्रतिवादीले गरेको शर्त वमोजिम वादीलाई निजले ०० जग्गा कि.का. गरी नामसारी गराई दिनुपर्ने हो होइन भन्ने सम्वन्धमा सर्वप्रथम विचार गर्नुपर्ने देखिन आयो ।

            १७.   सो सम्वन्धमा विचार गर्दा यसमा प्रतिवादी चन्दा कुमारी श्रेष्ठको नाममा दर्ता रहेको जग्गा मध्ये ०० जग्गा वादीको नाममा कि.का. गरी नामसारी गरिदिने भन्ने शर्तनामा भएको देखिन आएपनि यसरी एकाको नाउँको जग्गा अर्को व्यक्तिको नाममा नामसारी दर्ता गरी दिनको लागि कानून वमोजिमको लिखत गरी हक छाडी नदिएसम्म सो कार्यान्वयन हुन सक्ने अर्थात कानूनले तोकेको प्रक्रिया पूरा गरेको हक हस्तान्तरणको लिखत बेगर यस्तो व्यहोराको शर्तनामाको कागजको आधारमा मात्र अचल सम्पत्ति दर्ता नामसारी गर्न मिल्ने देखिंदैन । अर्कोतर्फ करार गर्दाका अवस्थामा आफुसंग भएको वा कानून वमोजिम करार गर्न पाउने र प्रचलित ऐनको विपरीत नहुने गरी मात्र करार गर्न पाउने अवस्था हो । प्रचलित कानूनले अन्यत्र सम्पत्ति हकहस्तान्तरण गर्दा अपनाउनु पर्ने कार्य विपक्षीले पालना नगरी केवल शर्तनामाको आधारमा मात्र एकाको नामको जग्गा अर्को व्यक्तिको नाममा कि.का. गरी नामसारी गरी दिने भन्ने शर्त कार्यान्वयन हुन सक्ने अवस्था देखिएन । करारको लिखतमा रजिष्ट्रेशन पारित गरि दिनेछु भन्ने शर्त  पनि नभएको समेत बाट जग्गा तर्फको शर्त पूरा गर्नुपर्ने आवश्यकता देखिएन। तसर्थ, वादीले दावी गरेको प्रतिवादीको नाउँको जग्गा मध्येबाट कि.का. गरी ०० जग्गा वादीको नाउँमा दर्ता नामसारी गरी गराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिन नआउने ।

            १८.   अब, प्रतिवादीले गरेको दोश्रो शर्त वमोजिम वादीलाई रु. १,५०,०००/– नगद फिर्ता दिनुपर्ने हो, होइन भन्ने सम्वन्धी दोस्रो प्रश्न तर्फ विचार गर्दा यसमा विवादित शर्तनामा लिखतमा प्रतिवादीले वादीलाई रु. १,५०,०००/– नगद फिर्ता दिने शर्त भएको र सो सर्तलाई दुवै पक्षले मञ्जूर गरेको अवस्था देखिन्छ । रुपैंया लिनुदिनु गर्ने र रुपैंया लिने दिने सम्वन्धमा कबुलियत शर्त गर्ने कार्य घरसारमा समेत हुन सक्ने र त्यसको लागि कानूनले कुनै बाधाविरोध नगरेको अवस्थामा सो सम्वन्धमा प्रतिवादीले राखेको शर्त वा कबुलियतबाट निजले निभाउनु पर्ने दायित्व निभाउन नपर्ने भन्न मिल्ने देखिंदैन । त्यसमा पनि विवादित शर्तनामा कागज सद्दे साँचो ठहरिएको अवस्थामा रुपैंया फिर्ता गर्ने सम्वन्धमा प्रतिवादीले गरेको कबुल निजले पालना गर्नुपर्ने दायित्व निवेदकको हुने कुरामा विवाद भएन । तसर्थ वादीले दावी गरेको मध्ये रु.१,५०,०००/– प्रतिवादीबाट वादीले भरी पाउदैन भन्न मिल्ने अवस्था भएन । अतः माथि उल्लेखित तथ्यहरुका आधारमा शुरुको फैसला उल्टी गरी सम्पूर्ण वादी दावी पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले केही उल्टी भै जग्गा कि.का. गरी दर्ता गरी पाउँ भन्ने तर्फको वादी दावी नपुग्ने र नगद तर्फको वादी दावी वमोजिम नगद प्रतिवादीबाट रु.१,५०,०००/– वादीले फिर्ता पाउने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा ठहरे वमोजिम हुने भएकोले पुनरावेदन अदालत पाटनको फैसला तपसील नं. १ र शुरु जिल्ला अदालतको फैसलाको तपसील नं. १ ले राखेको लगत कायम नरहने हुँदा सो लगतहरु कट्टा गर्नु भनी पुनरावेदन अदालत र शुरु अदालतमा लेखी पठाई दिनु .... १

शुरु जिल्ला अदालतको फैसलाको तपसील नं. २ ले कायम गरेको लगत मध्ये कि.नं. ९२९ को जग्गा मध्येबाट ०० जग्गा वादीलाई फिर्ता दिने तर्फको लगत कायम नरहने सो तर्फको लगत कट्टा गर्नु र रु.१,५०,०००/– वादीलाई भराई दिने तर्फको लगत भने कायम नै रहने हुँदा     सो कायम राख्नु भनी शुरुमा लेखी पठाई दिनु .. २

पुनरावेदक वादी सरस्वतीदेवी अर्याल के माथी इन्साफ खण्डमा लेखीए वमोजिम प्रतिवादीबाट रु. ४,२७०/– कोर्ट फी भराई पाउने हुँदा प्रतिवादीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा मिति २०५५//१ मा र.नं. १७३ बाट रु.४,५७०/– धरौटी राखेको देखिंदा उक्त धरौटी मध्येबाट रु.४,२७०/– फिर्ता पाउँ भनी वादीको कानूनको म्याद भित्र दरखास्त परे कानून वमोजिम गरी निजलाई फिर्ता दिनु भनी र सो धरौटी रकम मध्ये रु.३००/– प्रतिवादी चन्द्रकुमारी श्रेष्ठले फिर्ता पाउँ भनी कानूनको म्याद भित्र दरखास्त गरे निजलाई कानून वमोजिम गरी रु.३००/– फिर्ता दिनु भनी पुनरावेदन अदालत पाटनमा लेखी पठाई दिनु ......३

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति संवत २०६१ साल असार ३ गते रोज ३ शुभम .............. ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु