निर्णय नं. ४८४४ - लेनदेन ।

निर्णय नं. ४८४४ ने. का. प. २०५० अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
२०४९ सालको दे. पु. नं. ८२०
फैशला मिति२०५०।९।१२।२
मुद्दाः लेनदेन ।
पुनरावेदक
वादीः जिल्ला नवलपरासी गा. वि. स. तिलकपुर वडा नं. ३ वस्ने पुर्णवासी थारु
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ. गा. वि. स. सनई वडा नं. ४ वस्ने शिब वालक पाठकको मु. स. गर्ने गजेन्द्र प्रसाद पाठक ।
§ नालेसमा राजिनामाको लिखत पारित गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने दावी नभै सावा ब्याज भराइ पाउँ भन्ने वादी दावी रहेकोमा पुनरावेदनमा नयाँ माग लिई आएको देखिदा पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्र. नं. ११)
पुनरावेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्बित नजीरः
आदेश
न्या. सुरेन्द्र प्रसाद सिंह : न्याय प्रशासन ऐन २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत वुटवलको मिति ०४९।३।४ को फैशला उपर पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ ।
२. विपक्षी शिव वालक पाठकले आफ्ना नाउमा दर्ता रहेको विभिन्न किताको ज. वि. २१८१३ राजिनामा पारित गरिदिने शर्तमा म बाट रु. ३५००३।५० लगि आफ्ने छोरा गजेन्द्र प्रसाद लाई साक्षी राखी २०४०।३।९ मा राजिनामाको लिखित गरिदिनु भएकोमा रजिष्ट्रेशन पारित गरि दिनुहास् भनि भन्दा आजभोली भन्दै आल टाल गर्दै आउनु भएकोले २०४४।१२।१५ गतेका दिन राजिनामा पारित गरिदिनुस् नत्र मेरो सांवा र व्याज दिनुस् भन्दा रुपैया पनि तिर्दिन र जग्गा पनि पास गरि दिन्न भनि जवाफ दिएकोले अन्यायमा परि नालिश दिएको छु । तसर्थ विपक्षीबाट सांवा र व्याज समेत दिलाई पाउँ भन्ने वादी पुर्णबासी थारुको फिराद दावी ।
३. फिराद दावी झुट्ठा हो । मैले जग्गा विक्रि गर्ने विचार गरि वादीसंग रु. ३५००३।५० लिई घर सारको राजिनामा गरिदिएको हुँ पछि मालपोत कार्यालयमा पारित गर्न जाउँ भनि मैले भन्दा रजिष्ट्रेशन दस्तुर नपुग भएकोले पछि पास गरौला जग्गा मैले भोग गरेको छु भनि भनेका हुन । यस प्रकार आफै पारित गर्न नजाने जग्गा आफुले भोग गरेको हुँदा सावा विपक्षीलाई तिर्न वुझाउन मन्जुर छु । व्याज तिर्न बुझाउन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. आदेश अनुसार वादीको साक्षी गोपिचन्द्र चौधरी, प्रत्यनारायण केवट र प्रतिवादीको साक्षी ठगई कोदरी, सत्यदेव पाण्डेको वक पत्र भई मिसिल संलग्न रहेको ।
५. यसमा लिखित गरिदिएमा अन्यथा जिकिर लिएको देखिदैन । व्याजका लिखतमा उल्लेख भएको जग्गा वादीले नै भोग गरेको हुदा सावा मात्र पाउने हुन भन्ने प्र. को साक्षीले वक पत्र गरेको देखिएको र वादीले फिराद पत्रमा जग्गा भोग गर्न पाएको छैन, वाली खाएको छैन भनि उल्लेख गर्न सकेको देखिदैन । यस्तो स्थितिमा लिखत बमोजिमको वादी दावीको सांवा रु. ३५००३।५० वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ । व्याज तर्फ दावी पुग्न सक्दैन भन्ने मिति २०४५।१२।१ को नवलपरासी जिल्ला अदालतको फैसला ।
६. राजिनामा पारित गरि नदिएपछि विना आधार प्रमाणको जग्गामा प्रवेस गरि भोगचलन गर्न पाउनेनै होईन । तसर्थ मैले जग्गा भोग गर्न पाएको छैन । लेनदेन व्यवहारको ४ नं. बमोजिम सावा र व्याज समेत भराई पाउने हुदा सुरुको फैशला उल्टीगरि व्याज पाउँ भन्ने समेत व्यहोराको वादी पुर्णवासी थारुको पुनरावेदक जिकिर ।
७. यसमा वादीको साक्षीको लेखाई वकाईको आधारमा समेत सुरुको फैशला विचारर्णिय हुँदा अ. वं. २०२ नं. बमोजिम विपक्षी प्रत्यर्थी झिकाइ आएपछि पेश गर्नु भन्ने २०४७।५।२५ को तत्कालीन लुम्वीनी अञ्चल अदालतको आदेश ।
८. वादीले फिरादमा लिखतमा उल्लेख भएका जग्गाहरु भोग गरेको छैन भन्ने दावी नलिएको हुँदा फिरादको मिति भन्दा अघिल्लो दिन सम्म भोग गरेको मान्नु पर्ने हुन्छ । २०४५।१।९ मा फिराद परि सकेपछी लिखतका जग्गाहरु वादीले भोग गरेको भन्न मिल्ने देखिएन। फिराद परेको मिति देखिको कानून बमोजिमको व्याज वादीलाई प्रतिवादीबाट भराईदिनु पर्नेमा सुरुले लिखतका जग्गाहरु फिराद गरिसकेपछि पनि भोग गरिरहेकै मानि व्याज भराई नदिने गरि गरेको हद सम्मको सुरु जिल्ला अदालतको मिति २०४५।१२।१ को इन्साफ नमिलेकोले केहि उल्टो हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत वुटवलको मिति २०४९।३।४ को फैसला ।
९. २०४०।३।९ मा शिव वालक पाठकले राजिनामा गरिदिएको विभिन्न कित्ताको जग्गा विगहा २८१३ जग्गा सो लिखित बमोजिम मैले नै पाउनु पर्ने हो । सो जग्गा निज शिव वालकको मृत्यु भै सकेपछि पनि निजकै नउमा दर्ता रहेको छ । पुनरावेन अदालत वुटवलको फैशलामा चित्त बुझेन भन्ने समेतको वादी पुर्णवासी थारुको पुनरावेदन ।
१०. नियन बमोजिमको दैनिक पेशि सुचीमा चडि पेश हुन आएको प्रस्तुत पुनरावेदन पत्रमा सांवा व्याज समेत भराई पाउँ भन्ने समेतको वादी दावी र फिरादीले लिखत बमोजिमका जग्गाहरु कमाई आएकोले व्याज वुझाउनु पर्ने होईन सावा मात्र बुझाउनु पर्ने हो भन्ने समेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत वुटवलको ईन्साफ मिले नमिलेको के हो हेरि निर्णय दिनु पर्ने हुन आयो ।
११. यसमा इन्साफ तर्फ विचार गर्दा पुनरावेदक वादीले आफ्ने फिरादमा विभिन्न कित्ताको जग्गा विगहा २१८१३ राजिनामा गरि लिने भनि शिववालक पाठकलाई रु. ३५००३।५० रकम दिई कागज गराएको, तर निजले सो राजिनमा लिखित समयमा पारित गरि नदिएकोले कपालीमा परिणत हुन आएपनि निजले सावा व्याज समेत नबुझाएको हुदा भराइ पाउँ भन्ने जिकिर लिएको देखिन्छ । पुनरावेदक अदालतले फैशला गर्दा फिरादको अघिल्लो मिति सम्म लिखतमा उल्लेखित जग्गाहरु वादीले नै कमाएको ठहर्याइ फिराद दर्ता मिति देखी कानून बमोजिमको व्याज र सावा समेत वादीले प्रतिवादी बाट भरि पउने ठहर गरेको देखिनछ । पुनरावेदकले ०४०।३।९ देखि फिराद मिति सम्म पनि जग्गा नकमाएकोले सो अवधिको पनि व्याज भराई पाउँ भन्ने जिकिर लिएको पाइदैन । ०४०।३।९ मा शिव वालक संग गरेको कागज पनि करार हो । सो अनुसार लिखतमा उल्लेख गरिएका जग्गाहरु मैले पाउनु पर्छ भन्ने जिकिर लिएको पाईन्छ । तर नालेशमा राजिनामाको लिखत पारित गरि मेरो नाउँमा दर्ता गरि पाउ भन्ने दावी नभई सावा व्याज भराई पाउँ भन्ने वादी दावी रहेकोमा पुनरावेदनमा नयाँ माग लिई आएको देखिदा पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालत वुटवलको फैशला मनासिव ठहर्छ । कोर्ट फी राखी पुनरावेदन परेको हुँदा केहि गर्नु परेन । फायल नियमानुसार गरि बुझाईदिनु ।
उक्त रायम सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
ईति सम्वत् २०५० साल पौष १२ गते रोज २ शुभम्