निर्णय नं. ४८४७ - उत्प्रेषण

निर्णय नं. ४८४७ ने. का. प. २०५१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् :२०४७ सालको रिट नं.१३३२
आदेश मिति :२०५०।११।२३।२
विषय : उत्प्रेषण
निवेदक : का.न.पा.वडा नं. १६ वस्ने सानुबाबु पुतवार
विरुद्ध
विपक्षी : काठमाण्डौं नगरपालीका कार्यलय धर्मपथ काठमाडौ ।
ऐ ऐ को नक्सा फाँटका का.जि. मनमैंजु गाउँ विकास समिति वडा नं. ९ वस्ने वीरबहादुर थापा मरी मु.स गर्ने युद्धवहादुर थापा क्षेत्री र युद्धवहादरस थापा क्षेत्रि पनि मरी मु.स गर्ने रणकुमारी थापा ।
ऐ ऐ को मु. स. गर्ने पुण्य बहादुर थापा ।
ऐ ऐ प्रेम भक्त थापा ।
ऐ ऐ साङला गा. वि. स. वडा नं ४ बस्ने भुवनेश्वरी उपाध्याय ।
का. न. पा. वडा नं १६ पकनाजोल बस्ने लालश्री गुरुङ ।
§ साधारण अधिकार क्षेत्रबाट हेरिने लिखित वदर सम्वन्धी विषयमा असधारण अधिकार क्षेत्र अन्तर्गत रहि हेर्न नमिल्ने ।
(प्र. नं. ११)
§ नगरपालिकाबाट नक्सा पास भई चित्त नबुझ्ने पक्षले नगरपालीका ऐन, २०४७ को दफा ४८ बमोजिम जि. वि. स. मा उजुर गर्न पाउने कानूनी व्यवस्था समेत भएको देखिदा अन्य उपचारको बाटो छदा छदै रिट क्षेत्र अवलम्बन गरेको देखिदा प्रस्तुत रिट खारेज हुने।
(प्र. नं. ११)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट :विद्वान बरिष्ठ अधिवक्त श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा अवलम्बीत नजीर :
आदेश
न्या. हरि प्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ अन्तर्गत दायर हुन आएको रिट निवेदकको संक्षिप्त जिकीर यस प्रकार रहेछ :
२. हाम्रा पिताजी ज्यापुचा भन्ने श्रीमान पुतवार धनी र ऋणी विपक्षी विर बहादुर थापा क्षेत्री भएको मिति २००९।७।२६।६ र. नं. ११९० मा उल्लेखित जग्गा मै नापी हुँदा का. जि. बालाजु गा. पं. वडा नं. २ (क) कि. नं. १३२ को क्षेत्रफल २-१२-० र ऐ गा. पं. वडा नं. २ (ख) कि. नं. १ क्षे. फ. २-३-२ कायम भएकोले विपक्षी वीर बहादुरको नाममा रहेको लगत र सो संग सम्बन्धीत सवै निर्णय पत्र व्यवहार वदर गरी पाउन सर्वोच्च अदालतमा रिट चलिरहेकोमा कि. नं. १३२ को जग्गामा हामीहरुको ५ वटै पक्कि घर मौजुद हुँदा हुँदै लिने दिने विपक्षीहरु मिलि कि. नं. १३२ को जग्गा मध्य ०-५-० जग्गालाई कि. नं. ६५९ कायम गरी विपक्षी लालश्री गुरुङले विपक्षी का. न. पा. नक्सा फाटमा मिति २०४७।१०।८ मा नक्सा दर्खास्त दिनु र विपक्षी न. पा. बाट हामीलाई थाहानै नदिई हामीलाई बुझ्दै नबुजी मिति २०४७।११।१२ गते बाट नक्सा पास हुनु गैर कानूनी छ । मिति २०४७।१०।९।४ को सूचना मुचुल्का र मिति २०४७।१०।२४।५ को खर जमिन मुचुल्का प्रचलित कानून विपरीत हुदा मिति २०४७।११।१२ मा विपक्षी लालश्री गुरुङको नाममा पास भएको नक्सा उत्प्रेषणको आदेशद्वारा बदर गरि रिट निवेदनको अन्तीम टुंगो नलागे सम्म हाल कुनै पनि काम कारवाही नगर्नु नगराउनु भनि विपक्षीका नममा अन्तिम आदेश समेत जारी गरि पाउँ भन्ने रिट निवेदन पत्र ।
३. यसमा विपक्षीहरु बाट लिखित जवाफ मगाई अन्तरीम आदेशको लागि छलफलको निम्ती का. न. पा. लाई ७ सात दिनको सूचना दिनु भन्ने यस अदालत १ न्यायाधिशको इजलासको आदेश ।
४. रिट निवेदकलाई अपुरणिय क्षेती हुने स्तिति नदेखिएबाट अन्तरिम आदेश जरी गर्न मिलेन कानून बमोजिम गर्नु भन्न यस अदलत संयुक्त इजलासको आदेश ।
५. मैले भुवनेश्वरी उपाध्याय संग हा. व. गरी लिएको मा मेरो दर्ता भोग सम्बन्धमा कुनै अदालतमा नालेस छैन । कि. नं. १३२ बाट जतिसुकै लिखत भई हस्तान्तरण भएता पनि निजलाई सो विषय उपर नालेस गर्ने हकदैया छैन । मैले का. न. पा. मा मिति २०४७।१०।८ मा नक्सा दर्खास्त दिई मिति २०४७।११।१२ मा नक्सापास गरेको कुनै गैर कानूनी छैन । विपक्षीलाई बुझ्नु पर्ने कुनै औचित्य नहुदा विपक्षीको कानूनी एवं सम्पति सम्बन्धी मौलिक हक अधिकार हनन् नभएकोले रिट निवेदन पत्र खारेज गरि पाउँ भन्ने लालची गुरुङको लिखित जवाफ ।
६. लालश्री गुरुङको ज. ध. प्र. पूर्जा र हा. व. लिखित कतैबाट वदर नभएकोले ज. ध. प्र. पूर्जा प्राप्त व्यक्तिले दिएको नक्सा दर्खास्त यस न. पा. एवं नक्सा फाट समक्ष विपक्षीको कुनै उजुरी निवेदन पभएको र सार्वजतिक सूचना, सरजमिन समेतमा कसैको उजुरी नपरेकोले नक्सा गरिएको हुँदा रिट निवेदन पत्र खारेज गरि पाउँ भन्ने का. न. पा. र नक्सा फाटको संयुक्त लिखित जवाफ ।
७. हामी लिखित जवाफवालाको ससुरा तथा वाजे वीर बहादुर थापाका नाममा २०३५ सालमा गुठी सस्थानले उक्त जग्गा दर्ता गरि ज. अ. प्र. पुर्जा समेत पाई सकेको हो । विपक्षीको पिताको नाममा विवाद उठाईएको जग्गा दर्तानै छैन । २००९ राजीनामा गराई श्री मान पुत्रवारको नामसारी भएको भनी विवाद उठाईएको कि. नं. १३२ र कि. नं. १ संग भिड्ने जग्गा छैन । विपक्षीले देखाएको श्रोत का. जि. त्र. गुठी ११।१ नं. को खेत हो । सर्भे नापीमा बालाजु गा. प. वडा नं.२ (ख) कि.न.४१ र ३४ को जग्गा हुँदा सो भिडाई विपक्षीका पिताले फौज कुमारीलाई मिति २०२५।११।२८ गतेमा राजीनामा गरी दिएका छन् । कि.नं. ४१ को जग्गा निवेदक शारदा प्रसाद घिमिरेलाई मिति २०३६।१०।१८ मा राजिनामा गरेका छन् । कि.नं. १ र १३२ मा उजुर गर्ने हकदैया नै छैन । विपक्षीको हकदैवा विहिन एवं गलत वाटो प्रयोग गरी सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको हुँदा रिट निवेदन पत्र खारेज गरि पाउँ भन्ने रणकुमारी र प्रेम भक्त थापाको संयुक्त लिखित जवाफ ।
८. भुवनेश्वरी र पुण्य वहादुर थापाले यस अदालतवाट जारी भएको म्याद भित्र उपस्थित नभई म्यादै गुजारी वसेको छ ।
९. नियम बमोजिम दैनिक पेशि सुचिमा चढि इजलाश समक्ष पेश भएको फाइल अध्ययन गरि निवेदकलाई इजलाशवाट वारम्वार पुकार गर्दा पनि उपस्थित नभएको र विपक्षि तफवाट उपस्थित विद्वान व.अधिवक्त श्री सर्वज्ञरत्न तुलाधर र अनुपराज शर्माले ज.ध.प्र.पु.र हा.व को लिखित वदर नभएकोले कानुनि प्रक्रिया पुरा गरी न. पा वाट नक्सा पास भएको हो यदि न.पा.को निर्णय चित्त नवुझेमा जि.वि.स मा उजुर गर्ने व्यवस्थाको वैकल्पीक उपचारको व्यवस्था हुँदा असाधारण अधिकार क्षेत्र गुर्हान नमिल्ने हुँदा रिट निवेदन पत्र खारेज हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१०. निवेदकको माग बमोजिमको आदेश जारी हुन पर्ने नपर्ने के हो ? सोको निणर्य दिनुपर्ने हुन आयो ।
११. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी लालश्री गुरुङले नगरपालिकामा नक्सा दरखास्त दिई विपक्षी न. पा बाट हामीलाई थाहा नै नदिई बुझ्दै नबुझी सूचना, मुचुल्का र सरजमिन मुचुल्का कानुन विपरित गरी लालश्री गुरुङका नाममा पास भएको नकसा उत्प्रेषणको आदेशद्धारा वदर गरिपाउा भने रिट निवेदन जिकिर गएको देखिन्छ । निवेदकलाई उजुर गर्ने हकदैयामै छैन । ज.ध.प्र. पूजी र हा.व. लिखित कर्तवाट वदर नभएकोले ज.घ.प्र.पूर्जा प्राप्त व्यक्तिले भन्दा दरखास्त दिएकोले रिट निवेदपत्र खारेज गरिपाउँ भन्ने लिखित जवाफ भएको पाईन्न । लालश्री गुरुङको दात्रा भुवनेश्वी भुवनेशवरीको दाता वीर वहादुर रहेकोमा दाताको लिखित सम्बन्धमा उजुर नगरी रिट क्षेत्रमा प्रवेश गरेको पाइयो । साधारण अधिकार क्षेत्रवाट हेरिने लिखत बदर सम्बन्धी विषयमा असाधारण अधिकार क्षेत्र अन्तरगत रहि हेर्न मिलेन । नगरपालिकाबाट नक्सापास भइ चित्त नवुझ्ने पक्षले नगरपालिका ऐन, २०४७ को दफा ४८ बमोजिम जिल्ला विकास समितिमा उजुर गर्न पाउने कानुनी व्यवस्था समेत भएको देखिँदा अन्य उपचारको वाटो छदा छदै रिट क्षेत्र अवलम्बन गरेको देखिदा प्रस्तुत रिट खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी वुझाइ दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव
इति सम्वत् २०५० साल फाल्गुन २३ गते रोज २ शुभम्