निर्णय नं. ४८४९ - उत्प्रेषण ।

निर्णय नं. ४८४९ ने.का.प. २०५१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत् २०४९ सालको रिट .नं २३३४
आदेश मिति :२०५०।११।१६।२
विषय :उत्प्रेषण ।
निवेदक :ल.पु.जि. ललितपुर न.पा. वडा नं. २ झम्सीखेल वस्सने कृष्णनाथ शर्मा
विरुद्ध
विपक्षी :सञ्चालन समिति नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ ।
महाप्रवन्धक नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ ।
नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौ ।
§ ६ वर्ष सम्मको निवृत्रिभरण अग्रिम एकमुष्ट लिई सकेको स्वेच्छिक अवकाश प्राप्त कर्मचारीले सो ६ वर्ष अवधि व्यतीत भएपछि फेरी निवृत्तिभरण पाउन सक्ने नसक्ने के हो सो परिप्रेक्षयमा हेर्दा निवेदकले स्वेच्छिक अवकाश मिति २०४२।३।६ देखि प्राप्त गरेको सो वखत प्रचलित कानुनमा के कस्तो कानूनी प्रवाधान रहेछ भन्ने सन्दर्भमा ने.बै.लि. कर्मचारी नियमावली, २०३१ को नियम ५.३ (२) मा कर्मचारीले आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ट लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ६ वर्षसम्मको माल एकमुष्ठ रकम दिइनेछ भन्ने व्यवस्था भएको र यसै प्रसंगमा नियम ५.३ (१) मा २० वर्षसम्म अटुट सेवा गरेको कर्मचारीले मासिक निवृत्तिभरण पाउने छैन भन्ने प्रावधान रहेको देखिन्छ । साथै निवेदकले सोही नियमावलीको नियम ५.१ (२) बमोजिम स्वेच्छिक अवकास लिएको कर्मचारिले नियम ५.३ (१) अनुसार पाउने मासिक निवृतिभरण नलिई नियम ५.३ (२) अन्तरगत आजिवन निवृतिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ठ एकमुष्ट लिन चाहेमा नियम ५.३ (१) को व्यवस्था अनुसारको बढीमा ६ वर्षसम्मको एकमुष्ट रकम मात्र दिइनेछ भन्ने प्रवधान अनुसार निवेदक आफै स्वेच्छाले आजिवन निवृतिभरणको सट्टामा एक मुष्ट ६ वर्ष को अवधि समाप्त भैसकेपछि पुनः मासिक निवृतिभरण पाउने सो नियमावलीमा व्यवस्था भएको नदेखिएकोले ने. बैं. लि का महाप्रबन्धकको निर्णय बदर गर्नुपर्ने अवस्था विद्यमान नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ।
(प्र.नं. ६)
निवेदक तर्फबाट : विद्वान अधिवक्त श्री शिव प्रसाद रिजाल
विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल
अवलम्बित नजीर :
आदेश
न्या.ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तरर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. निवेदक विपक्षी बैंकमा अविछिन्न रुपले ३६ वर्ष सम्म सेवा गरी निवृत्तिभरण प्राप्त एक भू.पू कर्मचारी हुँ । मैले २०४२ सालमा बैंकको तत्कालीन नियमावली अनुसार स्वेच्छिक अवकश लिएको थिँए अवकाश लिँदाको वखत वहाल ने.बैं. लि. कर्मचारी नियमावली २०३१ (२०४२ साल जेष्ठ सम्मको संशोधन) अन्तर्गत ६ वर्षसम्मको निवृत्तिभरणको रकम एकमुष्ट अग्रिम रुपमा प्राप्त गरेको थिए । अग्रिम निवृत्तिभरणको म्याद समाप्त भए प्रश्चात मासिक निवृत्तिभरणको निम्ती विपक्षी महाप्रवन्धकज्यु समक्ष निवेदक दिँदा एकमुष्ट निवृत्तिभरण उपलब्ध गराई सकेको र यस्तोमा पुनः मासिक निवृतिभरण दिने व्यवस्था यस बैंकको नियमावलीमा नभएकोले निवृतिभरण दिन नमिल्ले भनी जानकारी गराइयो । विपक्षी महाप्रवन्धकज्युको उक्त निर्णय विपक्षी बैंकको नियमावली विपरीत भएको हुँदा निज उपरको पुनरावेदन सुत्र सञ्चालन समिती समक्ष यो निर्णयको विरुद्ध मिति २०४८।८।२२ गते निवेदन पेश गरेका थिए । मेरो निवेदकको सम्बन्धमा विपक्षी सञ्चालक समितिबाट कुनै पनि कारबाही भएन । विपक्षी महाप्रवन्धकज्युबाट नै पुनः मिति २०४८।११।२३ गते मासिक निवृत्तिभरण दिन नमिल्ने भनी पत्र प्राप्त भएकोले विपक्षीको उक्त काम कारवाही उपर अन्य उपचारको अभावमा समनित अदालतको असाधारण अधिकार क्षेत्रको शरणमा आएको छु । निवृत्तिभरणलाई पनि उपदान सरह एकमुष्ट लिई सकेपछि पुनः प्राप्त गर्न नमिल्ने भनी गणना गर्न मिल्दैन निवृतिभरण र उपदान सैद्धान्तिक रुपबाट अलग अलग व्यवस्थाहरु हुन् । एउटा निश्चित समयावधि सम्म बैंकलाई सेवा पुर्याई कुनै व्यक्तिले अवकाश प्राप्त गर्दछ भने उसको अवकाशको साथसौ निवृतिभरणो सुविधा समेत प्राप्त गर्दछ भने उसको अवकाशको साथसाथै निवृत्तिभरणको सुविधा समेत प्राप्त गरेको हुन्छ । जुन सुविधा उसको मृत्यु पर्यन्तसम्म रहन्छ । तत्काल नियमावलीको नियम ५.३ (२) अनुसार पाउने एकमुष्ट रकम कर्मचारीकै आफ्नो निवृत्रिभरणको रकम हो । उक्त रकम अविष्यमा मासिक रुपमा लिनुको साटो ६ वर्षसम्म अग्रिम रुपमा लिएको मात्र हो । यदि उक्त रकम नलिएको खण्डमा भविष्यमा मृत्यु पर्यन्तसम्म मासिक निवृत्तिभरण पाएनछ भन्ने केबल अग्रिम रुपमा लिएकै कारणबाट उक्त सुविधाबाट कसैलाई पनि बचित गर्न मिल्दैन । निवेदकले बाचुञ्जेल सम्म पपाउने सुविधालाई ६ पर्षमा सिमित गर्न परिकल्पना नियमावलीले गरेको कल्पना गर्न मिल्दैन । अतः उललेखित आधारबाट उत्प्रेषण परमादेश लगायतको आदेश जारी गरी विपक्षीहरुको मलाई मासिक निवृतिभरण दिन नमिल्ने भनी गरिएको निर्णय तथा सो सम्बन्धित अन्य कामकारवाही वदर गरी मलाई मासिक निवृत्तिभरण दिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
३. यसमा के कसो भएको हो निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखित जवाफ मगाई प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशबाट भएको आदेश बमोजिम प्राप्त हुन आएका लिखित जवाफहरुको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
४. पेन्सन पाउँ भनी विपक्षीको मिति २०४८।५।२३ कोनिवेदनमा २०४२।३।६ गतेदेखि स्वेच्छिक अवकास लिई स्वेच्छिक अवकाश लिए वापत ६ वर्षको पेन्सान पनि १ मुष्ट पाएको थिए भन्ने कुरालाई स्वीकार गर्दै सो अवधि समाप्ति भएको हुँदा प्रचलित स्वेच्छिक अवकाशको नियम अनुसार २०४८।३।६ देखि पेन्सन पाउँ भन्ने उल्लेख भएकोमा २०४२।३।६ देखि लागु हुने गरी तत्कालीन कर्मचारी नियवाली २९३१ के नियम ५.१(२) बमोजिम स्वेच्छिक अवकाश दिएको तथा सोही नियमको ५.३ (१) अनुसार पाउने निवृत्तिभरणको सट्टा ५.३ (२) बमोजिम ६ वर्षको एमुष्ट निवृतिभरण उपलब्ध गराई सकिएको र यस्तो पुनमासिक निवृत्तिभरण दिने व्यवस्था यस बैंकको नियमावलीमा नभएकोले मासिक निवृत्तभरण दिन नमिल्ने भन्ने समेत व्यहोराको मिति ०४८।७।११ को पत्र यस बैंकबाट विपक्षीलाई पठाई सकेपछि त्यसमा विपक्षीको चित्त नवुझेको भए सो निर्णय माथि तत्काल रिट निवेदक दिनु पर्नेमा दिन नसकी सो माथी सञ्चालक समितिमा पुनरावेदन लाग्ने यस बैंकको कर्मचारी नियमावलीमा कुनै कानूनी व्यवस्था नभएकोमा गलत बाटो अपनाई सञ्चालन समितिमा निवेदन दिनु भएको र सो निवेदनको जवाफ मिति ०४८।११।२३ को पत्रबाट पठाउँदा सो पत्रमा मिति ०४८।७११ को पत्र प्राप्त भएकै होला । उक्त पत्रबाट दिएको जवाफमा कुनै परिवर्तन गर्न पर्ने नदेखिएको भन्ने समेत उललेखअ भएकोमा सो कुरालाई यर्थाथ रुपमा उदृत नगरी मिति २०४८।१।२३ गते मासिक निवृत्तभरण दिन नमिल्ले भनी पत्र प्राप्त भएको भनि आफुलाई चाहे जस्तो कुरा आफु स्यमंले कल्पना गरी रित निवेदकको प्रक्ररण १ मा उल्लेख गर्नु भएकाले निवेदक सफा हात तथा शुद्ध मनसायले रिट निवेदन नदिनु भएको साथै करीव ६ महिना अनुचित विलम्ब गरी रिट दिएकोले खारेज गरिपाउँ, मासिक निवृत्तभरणको सट्टा स्वयं विपक्षीले नै नियम ५ (३) (२) बामोजिम ६ वर्षको एकमुष्ट निवृत्तभरण लिने इच्छा प्रकट गरी रोज्नु भएको थियो र उक्त नियम ५.३ (२) मा लिन चाहेमा भन्ने शब्दको प्रयोग भई कर्मचारिको इच्छामा व्यक्त गरी राजी आजीवनको निवृत्तभरणको सट्टा एकमुष्ट रकम लिई सो सुविधा उपभोग समेत गरी सक्नु भएकोले उक्त रकम भविष्यमा मासिक रुपमा लिनुभएकोले साटो ६ वर्ष सम्मको अग्रिम रुपमा लिएको मान्नाले भन्ने लिएको जिकिर आधारहीन छ । आजीवन मासिक निवृत्तभरण लिने वा यसको सट्टा एकमुष्ट लिने भन्ने उक्त नियममा कानूनी प्रावधान भएकोमा सो मध्ये एकमुष्ट लिने स्वयं वीपक्षीले नै इच्छा प्रकट गरी रोजी ६ वर्षको एकमुष्ट निवृत्तीभरण रकम लिई सो सुविधा उपयोग समेत गरी सक्नु भएको र त्यसरी एकमुष्ट दिँदा निजको इच्छा विरुद्ध जवरजस्ती दिएको भन्ने विपक्षीले जिकिर पनि लिन नसक्नु भएकोले उक्त नलिएको खण्डमा भविष्यमा मृत्यु पर्यन्त सम्म मासिक निवृत्तिभरण पाइन्छ भन्ने केबल अग्रिम रुपमा लिएको कारणबाट व्यहोरी रहन पर्ने पनि होइन भनी लिएको तर्फ जिकिर पनि सो नियम ५.३(२) को विपरित भई गैरकानूनी छ । सञ्चालक समितिबाट विपक्षीको निवेदनमा कुनै पनि कारवाही भएन भन्ने कुरा रिट निवेदकको प्रकरण १ मा उल्लेख गरी स्वीकार समेत गर्नु धएबमे र विपक्षीले देखाउन नसक्नु भएकोले सञ्चालक समितिलाई विपक्षी वनाउनु पर्ने कुनै अवस्था तथा स्थिति पनि नभएकोमा अनुचित विलम्बको सिद्धान्तलाई छल्न सकिन्छ भन्ने उद्देश्यबाट विपक्षी सम्म बनाएको हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोरा को. ने. बैं. लि. को सञ्चालक समिति, ऐ को प्रधान कार्यालय तथा आफ्नो हकमा समेत का. मु. महाप्रवन्धक अम्वेश्वरलाल राजभण्डारीको सयुक्त लिखित जवाफ ।
५. नियम बमोजिम पेशि चढी निर्णयाथ इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिभक्तन श्री शिव प्रसाद रिजालले ने.बैं. लि. का कर्मचारी नियमावली, २०३१ को नियम ५.३ (२) अनुसार पाउने एक मुष्ट ६ वर्ष सम्मको रकम कर्मचारी कै निवृत्तीभरणको रकम हो । मासिक रुपमा लिनुको साटो ६ वर्ष सम्मको अग्रिम रुपमा लिन पाउने व्यवस्था उक्त नियमले गरेको देखिन्छ । ६ वर्ष सम्मको एकमुष्ट अग्रिम रुपमा निवृत्तभरण लिएको कारणबाटै जीवन पर्यन्त पाउने निवृत्तभरणको सुविधाबाट मेरो पक्षलाई बचित गर्न नमिल्ने हुँदा रिट निवेदक माग बमोजिम गरी पाउँ भनी बहस गर्नु भयो । विपक्षी ने. बैं. लि. प्रधान कार्यलय समेतको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चुडाभणीराज सिंह मल्लले निवेदकले तत्कालीन ने. बैं. लि. कर्मचारी नियमावली, २०३१ के नियम ५.१ (२) वमोजिम स्वेच्छिक अवकाश लिएको र निजले मासिक निवृत्तकरण को सट्ट नियम ५.३ (२) बमोजिम ६ वर्षको एकमुष्ट निवृत्तभरण लिई सकेकोमा पुनः मासिक निवृत्तिभरण दिने व्यवस्था बैंकको नियमावलीमा नहँदा रिट खारेज गरी पाउँ भनी गर्नुभएको वहस जिकिर समेत सुनियो ।
६. यसमा रिट निवेदक कृष्णनाथ शर्माले तत्काल प्रचलित नेपाल बैंक .लि. कर्मचारी नियमावली, २०३१ बमोजिम ५ वर्षसम्मको निवृत्तभरणको रकम एकमुष्ट अग्रिम रुपमा लिएकोमा विवाद छैन । सोअग्रिम ६ वर्ष सम्मको एकमुष्ट लिएको निवृत्तीभरण ६ वर्ष वितिसकेपछि मासिक निवृत्तीभरण पाउँ भन्ने रिट निवेदनको मुख्य दावी देखिन्छ । ६ वर्ष सम्मको निवृत्तीभरण अग्रिम एकमुष्ट लिई सकेको स्वेच्छिक अवकाश प्राप्त कर्मचारीले सो ५ वर्ष अवधि व्यतीत भएपछि फेरी निवृत्तीभरण पाउन सकने नसक्ने के हो सो परिप्रेक्षमा हेर्दा निवेदकले स्वच्छिक अवकाश मिति २०४२।३।६ देखि प्राप्त गरेको र सो बखत प्रचलित कानुनमा के कस्तो कानूनी प्रावधान रहेछ भन्ने सँर्दभमा ने.बै. लि. कर्मचारी नियमावली, २०३१ के नियम ५.३ (२) मा कर्मचारीले आजीवन निवृत्तीभरणको सट्टा अग्रिम रुपमा एकमुष्ट लिन चाहेमा नियम ५.३ को उपनियम (१) अनुसार बढीमा ५ वर्षसम्म अटुट सेवा गरेको कर्मचारीले मासिक निवृत्तिभरण पाउने छन् भन्ने प्रावधान रहेको देखिन्छ । साथै निवेदकले सोही नियमावलीको नियम ५.१ (२) बमोजिम स्वेच्छिक अवकाश लिएको कर्मचारीले नियम ५.३ (२) अन्तरर्गत आजिवन निवृत्तिभरणको सट्टा अग्रिम रुपमा एकमुष्ट लिन चाहेमा नियम ५.३ (१) को व्यवस्था अनुशारको बढिमा ६ वर्ष सम्मको एकमुष्ट रकम मात्र दिइने छ भन्ने प्रावधान अनुसार निवेदक आफै स्वेच्छाले आजिवन निवृत्तिभरणको सट्टामा एकमुष्ट ६ वर्ष सम्मको रकम अग्रिम लिईसकेको देखिन्छ यसरी अग्रिम ६ वर्षको रकम लिईसकेको अवकास प्राप्त कर्मचारीले सो ६ वर्षको अवधी समाप्त भई पुनः माशिक निवृत्तिभरण पाउने सो नियमावलीमा व्यवस्था भएको नदेखिएकोले ने. बैं. लि. का महाप्रवन्धकको निर्णय बदर गर्नु पर्ने अवस्था विद्यामान नहुदाँ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरि बुझाईदिनु ।
उक्त म रायमा सहमत छु ।
न्या. कृष्ण कुमार बर्मा
इति सम्बत २०५० साल फाल्गुन १६ गते रोज २ शुभम् ।