शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१३६ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री सुशीला कार्की

फैसला मिति M २०७०।८।२४

२०६७-CR-५५०

 

मुद्दा M कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी M दुर्गादेवी बस्नेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी M जिल्ला सल्यान, सेजवाल टाकुरा गा.वि.स. वडा नं. ९ बस्ने शेरबहादुर बस्नेत

 

२०६७-CR-८५५

पुनरावेदक/प्रतिवादी M जिल्ला सल्यान, सेजवाल टाकुरा गा.वि.स. वडा नं. ९ घर भै हाल कारागार कार्यालय, सल्यानमा थुनामा रहेकी भागीरथी बस्नेत

विरूद्ध

प्रत्यर्थी/वादी M दुर्गादेवी बस्नेतको जाहेरीले नेपाल सरकार

 

२०६७-CR-०९९१

पुनरावेदक/प्रतिवादी M जिल्ला सल्यान, सेजवाल टाकुरा गा.वि.स. वडा नं. ९ बस्ने शेरबहादुर बस्नेत

विरूद्ध

प्रत्यर्थी/वादी M दुर्गादेवी बस्नेतको जाहेरीले नेपाल सरकार

                  

  • वस्तुतः सजाय निर्धारण दण्डको सिद्धान्तमा आधारित प्रक्रिया र विधि हो । गम्भर प्रकृतिका अपराध गरेबापत सर्वस्वसहित जन्मकैद वा जन्मकैद हुने मुद्दामा कानूनले तोकेको सजाय तोक्दा कसूरदारलाई चर्को पर्ने अवस्था भएमा यस्तो अधिकारको प्रयोग गर्न सकिने भए पनि कैद सजाय निर्धारणको विधि न्यायोचित हुन जरूरी हुने ।
  • सजायको उद्देश्य कसूरदारलाई दण्डित गर्ने, त्यस्तो कसूर गर्नबाट अरूलाई निरूत्साहित गर्नु र कानूनको अधीनमा रही कसूरदारमा अपराधको बोध गराई सुधारको बाटोतर्फ लाग्न प्रेरित गर्नु हो । तजबिजी अधिकारको प्रयोग गर्दा दण्डसम्बन्धी आधारभूत सिद्धान्तलाई अत्यन्त हलुको ढङ्गले लिन नमिल्ने
  • तजबिजी अधिकारको प्रयोग गरी कसूरदारलाई विधायिकी मनसायविपरीत हुने गरी अति हलुको, निरर्थक र निष्प्रभावी प्रकृतिको वा अति चर्को सजाय तोक्ने हो भने सजायले आफ्नो उद्देश्य र तात्पर्य गुमाउने
  • नाममात्रको सजाय गर्ने हो भने सजाय सजाय नै हुँदैन । अति चर्को सजाय गर्ने हो भने कसूर र सजायको अनुपात नमिली उद्देश्य पराजीत हुन्छ । यसले न्यायलाई परास्त गर्छ । अपराधको न्यूनीकरण, अपराधीमा दण्डको अनुभूति तथा पीडितलाई राहत महशस गराउने दायित्वसमेत सजाय निर्धारणसँग सन्निहिहुने

(प्रकरण नं.९)

  • कसूर गर्दाको परिस्थितिको मात्र आधारमा कसूरलाई क्षम्य वा कम गम्भर बनाउने कोशिस गर्ने हो भने आपराधिकताले बढावा पाउने वा अपराध बोध नहुने तथा सजायको प्रभाव नपर्ने भई कसूरको पुनरावृत्तिको पनि सम्भावना हुन्छ । कसूरको मात्रा र कसूरदारउपर तोकिएको सजायको असरको वाञ्छनियताबीचको सामञ्जस्यतालाई विवेकसङ्‍गतरूपमा विचार गरेरमात्रै अ.बं. १८८ नं. नम्बरको प्रयोग गर्नुपर्ने
  • यो व्यवस्थाको अति वा विकृत उपयोग भएमा कानूनले निर्धारित सजायको प्रयोजन नै निरर्थक हुन सक्ने हुनाले अति कठोर वा उदारता होइन, उपयुक्त र पर्याप्त सजाय तोक्ने हिसाबले हेर्न जरूरी छ । जुन हदसम्म सजाय तोक्न पर्ने हुन्छ त्यो नै पर्याप्तता हो र जुन जति मात्रामा सजाय गरे पनि सजायको उद्देश्य हासिल हुने हो त्यो नै उपयुक्त सजाय मान्नुपर्ने

(प्रकरण नं.११)

 

 

पुनरावेदक/वादीका तर्फबाट M विद्वान उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहाल

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ताद्वय रामप्रसाद अर्याल तारा खनाल

पुनरावेदक/प्रतिवादीका तर्फबाट M

अवलम्बित नजीर M

सम्बद्ध कानून M

  • ज्यानसम्बन्धी महलको १३(), १७(), १७(), अ.बं.१८८ नं.

 

सुरू तहमा फैसला गर्ने M            मा.जि.न्या.श्री शिवप्रसाद भेले ।

पुनरावेदन तहमा फैसला गर्ने M मा.न्या.श्री वीरसिंह महरा ।

मा.न्या.श्री सलाहुद्दीन अख्तर सिद्धिकी ।

 

 

फैसला

          न्या.कल्याण श्रेष्ठ M न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम  यसै अदालतको अधिकारक्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–        

          जेठी बुहारी भागीरथी र माहिलो छोरा शेरबहादुर बस्नेतबीच करणी लिनुदिनु भई जन्मेको छोरालाई २०६५ साल मङ्‍सिर १४ गते रातको समयमा निज माहिलो छोरा शेरबहादुर बस्नेत र जेठी बुहारी भागीरथी बस्नेतको मिलोमतोबाट जीवित बच्चालाई भागीरथीकै घरको पूर्वतर्फ शेरबहादुरको तोरीबारीमा कर्तव्य गरी मारी लास गाडेको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको दुर्गादेवी बस्नेतको जाहेरी दरखास्त ।

          कपडाले घाँटी थिचिएको डाम भएको लासलाई बोरामा राखी गाडेको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लास प्रकृति विवरण मुचुल्का ।

          २०६३ सालदेखि होटल सञ्चालन गर्दै आएकोमा काम गर्ने मानिस कोही पनि नहुँदा भाउजू भागीरथी बस्नेतलाई होटलमा बोलाई होटल सञ्चालन गर्ने क्रममा भाउजू भागीरथी बस्नेतसँग हिमचिम बढ्दै गएकोले हामीहरूको सहमतिमा पटकपटक यौनसम्पर्क भएको हो सोही यौनसम्पर्कको कारण २०६४ सालमा भाउजूको पेटमा गर्भ रहन गएको रहेछ सो कुरा ४÷५ महिनापछिमात्र थाहा पाई बच्चा फाल्ने सम्बन्धमा डाक्टरसँग सल्लाह गर्दा डाक्टरले ७  महिना पुगिसकेको हुँदा यस्तो अवस्थामा केही गर्न सकिँदैन भनेकाले घरमा फर्की आएको हुँ । दिन बित्दै जाँदा भाउजूबाट मिति २०६५÷÷१४ गते बच्चा जन्मेको रहेछ । भाउजूले मरेको बच्चा जन्मेको छ के गर्ने भनेपछि तत्काल गाउँ घरमा हो हल्ला होला भनी घरमा गई पुनः रातको समयमा भाउजूको घरमा प्लाष्टिकको सिमेन्टको बोराभित्र रहेको बच्चालाई मेरै तोरीको बारीमा लगी खाडल खनी रातको १२.०० बजेतिर म एक्लैले गाडेको हुँ । मैले बच्चालाई मारेको होइन बच्चा जन्मेपछि भाउजूले कर्तव्य गरी मार्नुभएको हो, मैले बच्चाको लास दबाउने काम गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

          मेरो लोग्ने बलबहादुर बस्नेतले कान्छी श्रीमती विवाह गरी ६ वर्ष अगाडिदेखि भारतमा बस्दै आइरहनुभएको छ । २०६३ साल चैत्र महिनातिर मेरो माहिलो देवर शेर बहादुरबस्नेतले सञ्चालन गरेको होटलमा निज देवरलाई काममा सघाउनका निमित्त काम गर्दै आएकोमा हामीहरूबीच एकआपसमा राजीखुशीले करणी लिनुदिनु भइरहेको र मेरो पेटमा गर्भ रही २०६५ साल मङ्‍सिर १४ गते दिउँसो बच्चा जन्मेकोमा जन्मेको केही समयपश्चात सिमेन्टको प्लाष्टिकको बोरामा राखेकी र साँझ देवर घरमा आएपछि निजलाई सबै कुरा बतासकेपछि निज देवर शेरबहादुर बस्नेतले लास आफ्नै तोरीबारीमा लगी गाड्नुभएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भागीरथी बस्नेतले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

          प्रतिवादी भागीरथी बस्नेत र शेरबहादुर बस्नेत देवर भाउजूबीच अवैध सम्बन्ध भई बच्चा जन्मिएको हुँदा आफूले गरेको अपराध लुकाउनको लागि दुबैजनाको मिलोमतोबाट बच्चालाई मारेका हुन् भन्नेसमेत व्यहोराको कमलबहादुर बस्नेत, साउनी बस्नेत, लिला बस्नेत, तोला सिंह बस्नेत, बिर्के वि.क.समेतले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।

          प्रतिवादी शेरबहादुर बस्नेत तथा भागीरथी बस्नेतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा ४ नं. मा परिभाषित कसूर गरेको हुँदा निजहरू दुबै जनाला ऐ.महलको १३(३) नं. तथा ४ नं. बमोजिम थप सजाय हुनसमेत मागदावी लिएको अभियोगपत्र माग दावी ।

          देवर शेरबहादुर बस्नेतले सञ्चालन गर्नुभएको होटलमा मैले सघाउँदै आएकोमा राजीखुशीले करणी लिनुदिनु भैराखेको र मेरो पेटमा गर्भ रहेको, सो कुरा ६ महिनापछि देवर शेरबहादुरलाई भन्दा जन्मेको बच्चा पालनपोषण गरौला भनी भन्नुभएको थियो । २०६५ साल मङ्‍सिर १४ गते दिउँसो छोरा जन्मिएको हो । जन्मिएको उक्त जातक बच्चा रोई कराई नगर्ने र श्वास प्रश्वास पनि नफेर्ने भएको हुनाले बच्चा मरेको जस्तो लागी सो बच्चालाई कपडाले बेरी राखी राखेँ । त्यतिखेर मलाई धेरै खुन परेको थियो । साँझ ५ बजेतिर देवर शेरबहादुर बस्नेत मेरो घरमा आएपछि बच्चा मरिसकेको छ भनी मैले भन्दा मरेको भए किन राख्ने भन्नुभयो । खुन परेको अवस्थामा म वेहो भएकी र उक्त जातक बच्चालाई देवर शेरबहादुर बस्नेतले खाडल खनी गाड्नुभएछ । कुन ठाउँमा र कति बजेको समयमा बच्चालाई गाड्नुभएको हो मलाई थाहा भएन, पछि प्रहरी गएपछि मृतक बच्चाको खोजतलास गर्दा देवर शेरबहादुर बस्नेतको तोरीबारीमा गाडेको थाहा पाएँ भन्ने प्रतिवादी भागीरथी बस्नेतले सल्यान जिल्ला अदालतमा गरेको बयान ।

          मिति २०६४ साल चैत्र महिनादेखि हामी देवर भाउजूबीच यौन सम्पर्क हुँदै आएको अवस्थामा प्रतिवादी भागीरथीको पेटमा मेरो करणी वीर्यबाट गर्भ रहन गै २०६५ साल मङ्‍सिर १४ गते दिउँसो २.०० बजे प्रतिवादी भागीरथीको गर्भबाट बच्चा जन्मिएछ । सो समयमा म घरमा नभएको हुनाले जिउँदो जन्मिएको वा मृत अवस्थामा जन्मिएको हो मलाई थाहा भएन । म गाउँबाट साँझको ५÷६ बजेतिर भाउजूको घरमा जाँदा भाउजूले बच्चा जन्मियो, मरेको छ भन्नुभयो । म त्यहाँबाट उठेर आफ्नो घरमा गइसकेपछि खाना खाएँ, जहान, केटाकेटी सुताई सकेपछि फेरि म भाउजू भागीरथीको घरमा गएर मैले आफ्नो साथमा लिएको कोदालोले मृत अवस्थामा रहेको बच्चालाई खाल्डो खनेर गाडी दिएको हुँ । मृतक बच्चालाई मार्नमा मेरो कुनै संलग्नता छैन भन्ने प्रतिवादी शेरबहादुर बस्नेतले सल्यान जिल्ला अदालतमा गरेको बयान ।

          जाहेरवाला दुर्गादेवी बस्नेत, मौकामा बुझिएका तोला सिंह बस्नेत, लिला बस्नेत, घटना तथा लास प्रकृति मुचुल्कामा कागज गर्ने डोटीराम रेउले, प्रतिवादीका साक्षी धनबहादुर थापा, रोम प्रकाश थापासमेतले अदालतमा बकपत्र गर्दा बच्चा जन्मेको देखिन, मृत अवस्थामा बच्चा जन्मेको थियो भनी बकपत्र गरेको ।

          प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. तथा दफा ४ नं. को कसूर गरेको देखिन आएकोले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादी शेरबहादुर बस्नेत र प्रतिवादी भागीरथी बस्नेतलाई जन्म कैदको सजाय हुने ठहर्छ । लास जाँच नहुँदै गाड्ने प्रतिवादी शेरबहादुर बस्नेतलाई सोही महलको ४ नं. बमोजिम ६ महिना थप कैद हुन्छ । देवर भाउजूको बीचमा अनैतिक सम्बन्ध भई गर्भ रही लोकलाजबाट बच्न शिशु मारेको देखिँदा यस्तो अवस्था विचार गर्दा उक्त सजाय चर्को हुने देखिँदा निज प्रतिवादीहरू जना २ लाई जनही ३ वर्षका दरले कैद हुन मनासिब देखिएकोले अ.बं. १८८ नं. बमोजिम यो राय व्यक्त गरेको छु भन्ने सल्यान जिल्ला अदालतबाट मिति २०६६÷÷१० मा भएको फैसला ।

          म भागीरथी बस्नेतले अभियोग दावीबमोजिमको कसूर नगरेको तथ्य वादीका सम्पूर्ण साक्षी र मेरा साक्षीको बकपत्रबाटसमेत पुष्टि भएको र आफूले जन्माएको बच्चालाई मारेकी होइन । त्यसैगरी पुनरावेदक प्रतिवादी म शेरबहादुर बस्नेतले भागीरथी बस्नेतले जन्माएको मरेको बच्चा बोरामा छ भनी बताएपछि उक्त बच्चाको लासलाई बारीमा लगी गाडेको हुँ । मेरो इन्कारी बयानलाई वादी तथा मेरा साक्षीबाट पुष्टि भैरहेको अवस्थामा सुरू अदालतबाट कसूरदार ठहर्‍याई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर बस्नेत र भागीरथी बस्नेतको पुनरावेदन अदालत, तुल्सीपुरमा परेको पुनरावेदनपत्र ।

          प्रतिवादीमध्ये शेरबहादुर बस्नेतले कसूरमा इन्कार रही बयान गरेको र सह अभियुक्त भागीरथी बस्नेतले गरेको बयानमा पनि निज प्रतिवादीलाई बच्चा मार्ने कसूर गरेको भनी पोल गरेको नदेखिएको अवस्थामा निज शेरबहादुर बस्नेतलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्ने ठहर्‍याई सुरूबाट भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि सरकारी वकील कार्यालयलाई पेशीको जानकारी दिन भन्ने पुनरावेदन अदालत, तुलसीपुरको आदेश ।

          प्रतिवादी शेरबहादुर बस्नेत मृतक नवजात बालकको हत्याका मतलबीसम्मका कसूरदार देखिएका र हत्या भएको लास दबाउने, गाड्ने कार्य गरेको देखिइरहेबाट निजलाई ज्यान सम्बन्धीको १३(३) नं. को कसूर सजाय गर्ने गरेको हदसम्मको सुरू सल्यान जिल्ला अदालतको फैसला नमिलेकोले त्यति हदसम्म उल्ट भई निज प्रतिवादी शेरबहादुरलाई ज्यानसम्बन्धी महलको १७(२) नं. अनुसार कैद वर्ष १ र ऐ.महलको ४ नं. बमोजिम थप ६ महिना कैद हुने र अर्का प्रतिवादी भागीरथीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजाय गर्ने गरेको हदसम्मको फैसला मिलेकै हुँदा निजको हकमा सुरू इन्साफ सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६७÷÷७ मा भएको फैसला ।

भाउजूले मरेको बच्चा जन्मेको भनेकीले बोरामा रहेको शिशुको लासलाई खाल्डो खनेर गाडी दिएको हुँ, बच्चालाई मार्नमा मेरो कुनै संलग्नता छैन । मेरो इन्कारी बयान विपक्षी वादीका साक्षीहरूको बकपत्र तथा मेरा साक्षीको बकपत्रबाट समेत पुष्टि भएको छ । सहअभियुक्त भागीरथीको मौकाको तथा अदालतको बयानमा समेत बच्चाको मृत्युमा मेरो कुनै संलग्नता नरहेको भन्ने उल्लेख भएको अवस्थामा ज्यान सम्बन्धीको १७(२) नं. तथा ४ नं. बमोजिम थप कैद हुने ठहर्‍याई भएको पुनरावेदन अदालत, तुलसीपुरको फैसला प्रमाण ऐन, २०३१ को दफा २३, २५, २७ र ५४ प्रतिकूल हुँदा उक्त फैसला उल्टी गरी झुट्ठा अभियोग दावीबाट फुर्सद दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी शेरबहादुर बस्नेतले यस अदालतसमक्ष गरेको पुनरावेदन ।

          अवैध यौन सम्बन्धबाट बस्न गएको गर्भ फ्ँयाक्ने उद्देश्यले दुबै प्रतिवादी डाक्टरसमक्ष पुगेको र ७ महिनाको गर्भ फ्ँयाक्न डाक्टरले सहयोग नगरेपछि यी दुबै देवर भाउजूले एकआपसमा सल्लाह गरी बच्चालाई मारेको भन्ने तथ्यबाट सहजै अनुमान गर्न सकिन्छ । भाउजूसँगको अनैतिक सम्बन्ध रहेपछि सामाजिक बेइज्जतीका कारण यी प्रतिवादी मार्ने कार्यमा अनभिज्ञ रहेको भनी विश्वास गर्न सकिने अवस्थै देखिँदैन । जाहेरवाली र प्रतिवादीका साक्षीहरूले बच्चा जन्मदा मृत अवस्थामा जन्मेको भनी बकपत्र गरेपनि उक्त बकपत्र Autopsy Report बाट सो बच्चा जिउँदै जन्मिएको र जन्मिसकेपछि मात्र कर्तव्य गरी मारेको भन्ने पुष्टि भएकोले प्रतिवादी शेरबहादुर बस्नेतको हकमा ज्यान सम्बन्धीको १७(२) नं. बमोजिम कसूर ठहर गरी भएको पुनरावेदन अदालत, तुलसीपुरको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला सो हदसम्म उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतसमक्ष परेको पुनरावेदन ।

म सुत्केरी महिलालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखी आफै तयार पारेको बयानमा मेरो सहीछाप गराएका र उक्त बयान मेरो अदालतको बयानबाट खण्डन भैसकेको अवस्थामा सो बयानलाई प्रमाणमा लिई तथा मेरो अदालतसमक्षको वास्तविक बयानलाई र मेरा साक्षी तथा जाहेरवालीको बकपत्रलाई प्रमाणमा नलिई अभियोग दावीबमोजिम कसूरदार ठहर्‍याई भएको उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को देहाय २ तथा दफा २५ विपरीत रहेको छ । म प्रसव पीडाले आफ्नो जीउज्यान नै स्याहार गर्न नसकेको अवस्थामा अवैध बच्चाको स्याहार गर्न नसकेकोले बच्चाको मृत्यु भएकोमा घटना घट्दाको अवस्था परिस्थितिलाई नजर अन्दाज गरी तथा उक्त वारदात मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ र ६ नं. अन्तर्गतको देखिइरहेको अवस्थामा घटनाको वास्तविकता बुझ्दै नबुझी अभियोग दावीबमोमिज कसूरदार ठहर्‍याई भएको सुरू सल्यान जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर हुने ठहर्‍याई भएको पुनरावेदन अदालत, तुलसीपुर को फैसला अ.बं. १८४क ज्यानसम्बन्धीको ५, ६ नं. तथा प्रमाण ऐन, २०३१ को दफा १८, २५, २७ र ५४ को प्रतिबन्धात्मक वाक्यांश तथा सम्मानत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको समेत प्रतिकल हुँदा उक्त फैसला उल्टी गरी झुट्ठा अभियोग दावीबाट फुर्सद दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी भागरथी बस्नेतको यस अदालतसमक्ष परेको पुनरावेदन ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेशीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा सुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरियो । वादी नेपाल सरकारका तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले प्रतिवादीहरू देवर भाउजको बीचमा अवैध करणी लेनदेनभै जन्मेको जातक दुबैजनाको मिलेमतोमा मारी प्रतिवादी शेरबहादुर बस्नेतले खाल्टो खनी गाडेको भन्ने कुरा जाहेरी दरखास्त, मौकामा बुझिएका मानिसहरूको भनाईबाट पुष्टि भैरहेको अवस्थामा प्रतिवादी शेर बहादुरलाई मतलवीसम्मको कसूरदार ठहर गरी गरेको पुनरावेदनको फैसला नमिलेको हुँदा बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । पुनरावेदक प्रतिवादी भागरथी बस्नेतका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद अर्याल, श्री तारा खनालले बच्चा मरेको जन्मेपश्चात लोकलाजको कारण लाससम्म दबाएको कसूरमा ज्यानसम्बन्धी महलको १३(३) को कसूरमा सजाय गर्ने गरेको इन्साफ नमिलेको हुँदा उल्टी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

मिसिल संलग्न कागजात तथा विद्वान कानून व्यवसायीहरूको बहस जिकीरसमेतका आधारमा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूमा सीमित रही निर्णय दिनुपर्ने देखियो ।

 

  • प्रतिवादी भागरथी बस्नेतले जन्माएको जातक मरेको जन्मेको हो वा जीवितै जन्मेको र यदि जन्मेपश्चात कर्तव्य गरी मारेको हो भने को कसको कर्तव्यले निज जातकको मृत्यु भएको हो
  • पुनरावेदन अदालत, तुल्सीपुरले गरेको फैसला मिलेको छ वा छैन, पुनरावेदकहरूको पुनरावेदन जिकर पुग्न सक्ने हो वा होइन

 

यसमा प्रतिवादीहरू शेरबहादुर बस्नेत तथा भागीरथी बस्नेतले मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १ नं. तथा ४ नं. मा परिभाषित कसूर गरेको हुँदा निजहरू दुबै जनालाई सोही ज्यानसम्बन्धीको महलको १३(३) नं. तथा ४ नं. बमोजिम थप सजाय माग दावी भएको अभियोगपत्र रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. तथा दफा ४ नं. को कसूरमा सोही महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय हुने र लास जाँच नहुँदै गाड्ने प्रतिवादी शेरबहादुर बस्नेतलाई सोही महलको ४ नं. बमोजिम ६ महिना थप कैद हुने ठहर भई निज प्रतिवादीहरू जना २ लाई जनही ३ वर्षका दरले कैद हुन मनासिब देखिएकोले अ.बं.१८८ नं. बमोजिम राय व्यक्त भएको सल्यान जिल्ला अदालतको फैसलाउपर पुनरावेदन अदालत, तुलसीपुरबाट प्रतिवादी शेरबहादुर बस्नेतको हकमा ज्यानसम्बन्धीको १३ (३) नं. को कसूर सजाय गर्ने गरेको हदसम्मको केही उल्टी भई ज्यानसम्बन्धी महलको १७(२) नं. अनुसार कैद वर्ष १ र ऐ.महलको ४ नं.बमोजिम थप ६ महिना कैद हुने र अर्का प्रतिवादी भागीरथी बस्नेतको हकमा सुरू इन्साफ सदर हुने ठहर गरेको उपर वादी नेपाल सरकार तथा प्रतिवादीहरूको यस अदालतसमक्ष अलगअलग पुनरावेदन पर्न आएको देखियो ।

2. अब पहिलो प्रश्नको रूपमा रहेको प्रतिवादी भागीरथी बस्नेतले जन्माएको जातक मरेको जन्मेको हो वा जीवितै जन्मी जन्मेपश्चात कर्तव्य गरी मारेको हो भन्ने सम्बन्धमा हेर्दा वारदातको मिति २०६५÷÷१४ गतेका दिन दिउँसो २ बजे नवजात शिशु जन्मिएपछि देवरसँगको अवैध यौन सम्बन्धबाट गर्भ रहेकोले लोकलाजका कारण कपडाको डोरीले कसी मारेर सिमेन्टको प्लाष्टिकको बोरामा राखेको र साँझ ५ बजे देवर आउँदा त्यो लास दवाउन भनेको, राती निज देवरले लास दवाएको भनेको छ भने प्रतिवादी पुनरावेदक शेरबहादुरले मृतक बालक जन्मदा आफू त्यहाँ नभएको र साँझ ५ बजे भाउजूले बच्चा जन्मेको र मरेको छ भनेकाले रात कसैलाई नभनी आफैले लगी बारीमा गाडेको भनी प्रतिवादीहरूले मौकाको बयानमा उल्लेख गरेको देखिएको छ । भागीरथीको गर्भ रहेको थाहा पाएपछि गर्भ पतन गराउन खोज्दा डाक्टरले ७ महिनाको बच्चा जन्मेपछि त बाँच्न पनि सक्छ भनेकाले गर्भ पतन गराउन नसकेको तथ्यसमेत सो बयानमा स्वीकारेको अवस्था छ । मौकाको बयानलाई यी प्रतिवादीहरूले अन्यथा भन्न सकेको समेत छैन । जहाँसम्म जाहेरवालीले अदालतमा आई प्रतिवादी कसूरदार होइनन् भनी बकेको भनाई छ त्यसतर्फ हेर्दा आफै प्रहरी कार्यालयमा गै निवेदन दर्ता गराउने व्यक्तिलाई प्रहरीले आफै लेखी सही गराएको भन्ने तर्क यथार्थरूपमा मान्न सकिने अवस्था रहँदैन । घटनास्थल लासजाँच मुचुल्कामा रातो कपडाको डोरीले घाँटी कसिएको, U आकारको डाम तथा घाउसमेत रहेको भनी उल्लेख भएको पाइन्छ । जातकको Autopsy Report हेर्दा मृत्युको कारणमा Asphyxial death due to cloth's rope around the neck भनी उल्लेख भएको समेतबाट प्रतिवादी भागीरथी बस्नेतले जन्माएको जातक मृत जन्मेको नभै जीवित जन्मेको बालकको हो भन्ने कुरा पुष्टि हुन आउँछ ।

3. अब को कसको कर्तव्यले निज जातकको मृत्यु भएको हो भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी भागीरथी बस्नेतले मौकामा गरेको बयानमा कपडाको डोरीले घाटीमा बाँधी गाँठो पारेको कारण बच्चाको मृत्यु भएको भनी उल्लेख गरेको पाइन्छ । निजले अदालतसमक्ष बयान गर्दा बच्चा रोइ कराई नगरेको र श्वासप्रश्वास नभएको कारण मरेको ठानेको भनेको भएपनि मरे नमरेको यकन खुलाउन पनि नसकेको र कपडाले बेरी राखेको भनी उल्लेख गरेकोबाट मौकाको यानलाई अन्यथा भन्न नसकेको अवस्थामा निजको मौकाको यान प्रमाणयोग्य मान्नुपर्ने हुन्छ । निजको उक्त कथन मृतक बालकको Autopsy Report मा उल्लेख भएको मृत्युको कारणबाटसमेत समर्थित भईरहेको अवस्था विद्यमान देखिन्छ । प्रतिवादी भागीरथी बस्नेतका साक्षीहरू प्रत्यक्षदर्शी नभएका सुनिजानेको भरमा अनुमान गरी व्यक्त गरेको कुराहरू प्रतिवादीको बयानसँगसमेत मेल खाने नदेखिँदा त्यसमा विश्वाससमेत गर्न सकिने स्थिति छैन । यस्तो अवस्थामा पुनरावेदक प्रतिवादीतर्फका कानून व्यवसायीले प्रतिवादी भागीरथी बस्नेतले समेत आरोपित कसूरबाट सफा पाउनुपर्ने भन्ने तर्कसँग सहमत हुन सकिएन । प्रतिवादी भागीरथी बस्नेतले जन्मदिएको बच्चा जिउदै जन्मिएपश्चात यी प्रतिवादी भागीरथीकै कर्तव्यबाट मरेको कुरा पुष्टि हुन आउँछ ।

3. अर्का प्रतिवादी पुनरावेदक शेरबहादुर बस्नेतका हकमा विचार गर्दा निजको मौकाको बयानमा प्रतिवादी निजको भाउजू नाता पर्ने भागीरथीसँगको अवैध यौन सम्पर्कबाट गर्भ रहेको थाहा पाई गर्भ पतन गराउन खोज्दा डाक्टरबाट ७ महिनाको बच्चा जन्मेपछि बाँच्न सक्छ भनी मनाही गरेको कुरा स्वीकार गरी व्यहोरा लेखाएको पाइन्छ । यी प्रतिवादी नवजात बालकलाई मार्नमा प्रत्यक्षरूपमा सहभाग भएको भन्ने कुरा कहिँकतैबाट खुल्न आएको अवस्था नभए पनि अवैध करणी गरेको र गर्भधारण हुँदा हाडनाताबाट जोगिनलाई निज पनि प्रयासरत रहेको मिसिल संलग्न प्रमाणहरूबाट देखिईरहेको छ । बच्चा जन्मिसकेपछि प्रतिवादी भागीरथीले निज शेरबहादुरलाई बोलाएको र निजको मिलेमतोमा जिउदो जन्मेको बच्चालाई प्रतिवादी भागीरथीले मारी प्रतिवादी शेरबहादुरले आफ्नो बारीमा खाल्टो खनी गाडेको भन्ने कुरा निज प्रतिवादीहरूको वयानबाट देखिएको छ । जाहेरवालाले खुलाएको माहिलो छोरा शेरबहादुर बस्नेत र जेठी बुहारी भागीरथीबीच अवैध करणी लेनदेनभै रहेको गर्भबाट जन्मेको जिउदो बच्चा दुबैको मिलेमतोमा मारी गाडेको भन्ने कथनबाटसमेत पुष्टि भैरहेको पाइन्छ । यस्तो स्थितिमा निज प्रतिवादी शेरबहादुर बस्नेतको हकमा ज्यानसम्बन्धीको १७(२) नं. आकर्षित हुने नभई ऐ. १७(३) नं. आकर्षित हुने हुँदा निजको हकमा ज्यान सम्बन्धीको १७(२) नं. बमोजिम कैद र्ष १ गर्ने गरेको हदसम्म पुनरावेदन अदालत, तुलसीपुरको फैसला नमिलेको हुँदा सो हदसम्म उल्टी भई निज प्रतिवादी शेरबहादुर बस्नेतलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कैद वर्ष २/ (दुई वर्ष छ महिना) हुने र ऐ.महलको ४ नं. बमोजिम थप ६ महिना कैद हुनेसमेत ठहर्छ । निज प्रतिवादी शेरबहादुर बस्नेतलाई समेत ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरी पाऊँ भन्ने वादी नेपाल सरकारको तथा सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी शेरबहादुर बस्नेतको पुनरावेदन जिकर पुग्न सक्दैन ।

4. प्रतिवादी भागीरथी बस्नेतले जन्मदिएको बच्चा जिउदै जन्मिएपश्चात यी प्रतिवादी भागीरथीकै कर्तव्यबाट मरेको कुरा पुष्टि हुन आएको हुँदा निजको हकमा ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजाय गर्ने गरेको हदसम्मको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६७÷÷७ को फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने पुनरावेदक प्रतिवादी भागीरथी बस्नेतको पुनरावेदन जिकीर पुग्न सक्दैन ।

5. सुरू सल्यान जिल्ला अदालतबाट यी प्रतिवादी भागीरथी बस्नेतका हकमा समेत अ.बं. १८८ नं. बमोजिम ३(तीन) वर्ष कैदको सजाय हुने राय व्यक्त गरेको र सो रायसमेत पुनरावेदन अदालतबाट सदर भएको देखियो । सुरू तथा पुनरावेदन अदालतबाट व्यक्त गरिएको राय मिले नमिलेको के रहेछ अ सो सम्बन्धमा समेत निर्णय दिनुपरेको छ ।

6. उपरोक्तबमोजिम राय व्यक्त गर्दा सुरू सल्यान जिल्ला अदालतले देवर भाउजूको बीचमा अनैतिक सम्बन्ध भई गर्भ रही लोकलाजबाट बच्न शिशु मारेको देखिएको र यस्तो अवस्था विचार गर्दा उक्त सजाय चर्को पर्ने देखिएको भन्ने मुख्य आधार लिई उक्त राय व्यक्त गरेको देखियो ।

7. अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा यी प्रतिवादीले माहिलो देवर प्रतिवादी शेरबहादुर बस्नेतसँग भएको करणीबाट गर्भ रहन गएको, महिनावारी रोकिई रहने गरेकोले महिनावारी रोकिएको थाहा नभएको र गर्भ रहेको थाहा भएपछि बच्चालाई जन्म दिने कुरा भएको, २०६५÷÷१३ का दिन साँझ ८ बजे व्यथा लागी भोलिपल्ट दिउँसो २ बजे बच्चा जन्मिएको त्यसपछि जन्मेको केही समयपश्चात गाउँलेहरूको लोकलाजको कारण रगत लतपतिएको कपडाको डोरीले निज बालकको घाँटीमा बाँधी मारेकी हुँ भनी जीवित जन्मेको बच्चा मारेकोमा स्वीकार गरेको देखिन्छ । अदालतसमक्षको बयानमा २०६५÷÷१४ गते दिउँसो छोरा जातक बच्चा जन्मिएको, जन्मिएको उक्त जातक बच्चा रोइकराई नगर्ने र श्वासप्रश्वास नभएको हुनाले मरेको जस्तो लागी सो बच्चालाई कपडाले बेरी राखेको जातक जन्मेपछि रोइकराई नगरेको हुनाले बच्चा मरेजस्तो लागेको हुनाले प्लाष्टिकको बोरामा राखिदिएको र बच्चाको घाँटीमा कपडाको डोरीले बाँधी मारेको भनी जातक बच्चालाई आफूले मारेको कुरा स्वीकार गरेको देखिन्छ । उक्त वारदातमा अरू कसैको सहयोग नलिई आफूले नै जातक मारेको कुरा स्वीकार गरी न्यायिक प्रक्रियालाई सहयोग गरेकोसम्म देखिन्छ । यस्तो अवस्थामा निजले कसूर स्वीकार गरी अदालतलाई न्यायिक प्रक्रियामा सहयोग गरेबापत मुलुकी ऐन, अ.बं.१८८ नं. को कानूनी प्रावधानका आधारमा निजका हकमा ३(तीन) वर्षको कैद सजायको राय व्यक्त भएको देखिन आयो ।

8. माहिलो देवर प्रतिवादी शेरबहादुरसँगको आफूखुशी गरेको करणीबाट उक्त गर्भ रहेको वस्तुस्थितिबाट देखिन्छ । देवर र आफूबीच भएको स्वेच्छिक करणीबाट गर्भ रही जीवितरूपमा जातक जन्मेको अवस्था मिसिलबाट देखिन्छ । निजको बयानबाटै देवरसँगको करणीबाट आफ्नो गर्भ रहेपछि उक्त जातकलाई जीवितरूपमै जन्माउनेसम्मको सल्लाह भएको कुरालाई यी प्रतिवादीले बयानका रोहमा व्यक्त गरेको देखिन्छ । जातक जन्मिसकेपछि गाउँलेको लोकलाजका कारणबाट बच्ने हिसाबले उक्त जन्मेको जातक सालनालसहित रक्ताम्य रहेकोमा आफूसँग रहेको कपडाले बाँधी जातकको हत्या गरेको र सो हत्या आफूले नै गरेको भनी निजले कसूर स्वीकार गरी बयान गरेको देखिन्छ । यसरी जीवित जातकलाई जन्मिसकेपछि निजको घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको कार्य ज्यानसम्बन्धीको १३(३) नं. को कसूर गरेको देखिन आउँछ । अ.बं. १८८ नं. मा भएको कानूनी प्रावधानलाई हेर्दा सर्वस्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा साबित ठहरे पनि हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भै घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नुपर्नेसमेतको व्यवस्था भएको देखिन्छ ।

9. विधायिकाद्वारा निर्दिष्ट कानूनी प्रावधानले सजाय निर्धारण गर्दा सजाय तोक्ने अधिकारीमा निहीत अधिकारको प्रयोगलाई विवेकसम्मत बनाउन ठाउँ दिएको देखिन्छ । वस्तुतः सजाय निर्धारण दण्डको सिद्धान्तमा आधारित प्रक्रिया र विधि हो । गम्भर प्रकृतिका अपराध गरेबापत सर्वस्वसहित जन्मकैद वा जन्मकैद हुने मुद्दामा कानूनले तोकेको सजाय तोक्दा कसूरदारलाई चर्को पर्ने अवस्था भएमा यस्तो अधिकारको प्रयोग गर्न सकिने भए पनि कैद सजाय निर्धारणको विधि न्यायोचित हुन जरूरी हुन्छ । सजाय निर्धारण गर्दा कसूरदारको कसूरको गम्भर्यता हेरी निर्धारण गर्नु वाञ्छनय हुन्छ । सजायको उद्देश्य कसूरदारलाई दण्डित गर्ने, त्यस्तो कसूर गर्नबाट अरूलाई निरूत्साहित गर्नु र कानूनको अधीनमा रही कसूरदारमा अपराधको बोध गराई सुधारको बाटोतर्फ लाग्न प्रेरित गर्नु हो । तजबिजी अधिकारको प्रयोग गर्दा दण्डसम्बन्धी आधारभूत सिद्धान्तलाई अत्यन्त हलुको ढङ्गले लिन मिल्दैन । तजबिजी अधिकारको प्रयोग गरी कसूरदारलाई विधायिकी मनसायविपरीत हुने गरी अति हलुको, निरर्थक र निष्प्रभावी प्रकृतिको वा अति चर्को सजाय तोक्ने हो भने सजायले आफ्नो उद्देश्य र तात्पर्य गुमाउँछ । नाममात्रको सजाय गर्ने हो भने सजाय सजाय नै हुँदैन । अति चर्को सजाय गर्ने हो भने कसूर र सजायको अनुपात नमिली उद्देश्य पराजीत हुन्छ । यसले न्यायलाई परास्त गर्छ । अपराधको न्यूनीकरण, अपराधीमा दण्डको अनुभूति तथा पीडितलाई राहत महशस गराउने दायित्वसमेत सजाय निर्धारणसँग सन्निहित हुन्छ ।

10. सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका कसूरदारहरूलाई उक्त विधायिकी व्यवस्थाले प्रन्ध गरेको सजाय तोक्दा चर्को पर्ने भएमा कम सजाय गर्न सकिने भए पनि त्यस्तो सजाय निर्धारणको आधार मनासि र न्यायोचित हुन आवश्यक हुन्छ । यस्ता अधिकतम सजाय हुने कसूरमा संलग्न प्रतिवादीहरूलाई अति कम सजाय तोक्दा पनि निजहरूमा कानून मिच्ने र न्यून सजायको फाइदा उठाई निरन्तर अपराधमा लागिरहने सम्भावनालाई नकार्न सकिन्न । यी सबै कुराहरूमा अ.बं. १८८ नं. बमोजिमको राय अभिव्यक्त गर्दा विचार गर्नु जरूरी छ ।

11. यी प्रतिवादीले अभियोगबमोजिमको कसूर स्वीकार गरी न्यायिक प्रक्रियालाई सघाएको देखिन्छ । कसूरको प्रकृतिबाट कानूनले जन्मकैदको सजाय पनि तोकेको छ तर कसूरको प्रकृति, कसूर गर्दाको परिस्थिति आदि कुराले कसूरदारको अपराधिक मनोदशा वा प्रवृत्तिलाई स्पष्ट गर्ने गर्छ । प्रतिवादी भागीरथी बस्नेत र शेरबहादुर बस्नेत भाउजू र देवरको नाताको देखिने र प्रतिवादी भागीरथीको लोग्ने धेरै लामो समयदेखि भारतमा बसी निजसँग टाढा रहेको अवस्थामा यौन सम्बन्ध कायम रहेको अवस्था देखिन्छ । जैविक आवश्यकता र पारिवारिक परिस्थितिलाई यो हदसम्म बुझ्न सकिन्छ । अवैध यौन सम्बन्धबाट जन्मेको अवस्थामा प्रतिवादी भागीरथीले सामाजिक र पारिवारिकरूपमा लाञ्छित हुने अवस्था पनि बुझ्न सकिन्छ तथापि गर्भ पतन गराउन सक्ने हदसम्मको उपाय नगर्ने, बच्चा जन्मेमा देखभाल गर्नेलगायतका कुरा पनि गर्ने अनि जन्मेपछि बालकलाई जुन ढङ्गले साङ्‍घातिकरूपमा घाँटी थिची हत्या गरिएको छ त्यो मातृत्वलाई सुहाउने कुरा पनि होइन । कसूर गर्नुपर्ने परिस्थिति एउटा हो तर कसूरको शैली र कसूरदारको व्यवहार पनि त्यत्तिकै विचारणीय हुन्छ । त्यसैले कसूर गर्दाको परिस्थितिको मात्र आधारमा कसूरलाई क्षम्य वा कम गम्भर बनाउने कोशिस गर्ने हो भने आपराधिकताले बढावा पाउने वा अपराध बोध नहुने तथा सजायको प्रभाव नपर्ने भई कसूरको पुनरावृत्तिको पनि सम्भावना हुन्छ । त्यसैले कसूरको मात्रा र कसूरदारउपर तोकिएको सजायको असरको वाञ्छनियताबीचको सामञ्जस्यतालाई विवेकसङ्‍गतरूपमा विचार गरेरमात्रै अ.बं. १८८ नं. नम्बरको प्रयोग गर्नुपर्ने हुन्छ । यो व्यवस्थाको अति वा विकृत उपयोग भएमा कानूनले निर्धारित सजायको प्रयोजन नै निरर्थक हुन सक्ने हुनाले अति कठोर वा उदारता होइन, उपयुक्त र पर्याप्त सजाय तोक्ने हिसाबले हेर्न जरूरी छ । जुन हदसम्म सजाय तोक्न पर्ने हुन्छ त्यो नै पर्याप्तता हो र जुन जति मात्रामा सजाय गरे पनि सजायको उद्देश्य हासिल हुने हो त्यो नै उपयुक्त सजाय मान्नुपर्ने हुन्छ । यो हरेक न्यायकर्ताले विचार गर्नुपर्ने कुरा हो ।

12. प्रस्तुत मुद्दामा आफूले धारण गरेको गर्भबाट जीवितै जन्मेको बालकलाई प्रतिवादी भागीरथीले डोरीले घाँटीमा बाँधी गाँठो पारेको र सिमेन्टको बोरामा राखेको भन्ने निजको प्रारम्भिक बयानमा देखिन्छ । यस्तो कार्यले निजभित्रको पराधिकताको हदलाई प्रष्ट गर्ने हुनाले सामाजिक लोकलाजको जे कारण भए पनि यस्तो पराधिक प्रवृत्ति र शैली पनि कम आपत्तिपूर्ण नहुने हुनाले सुरू तथा पुनरावेदन अदालतले प्रस्ताव गरेजस्तो ज्यादै कम सजाय निर्धारण गरी यी प्रतिवादीलाई छाड्नु पनि मनासि देखिन आएन । कर्तव्य गरी जातक मारेको र जन्मकैदको सजायसम्मको कसूर गरेको अवस्थामा सुरू तथा पुनरावेदन अदालतबाट अ.बं. १८८ नं. बमोजिम ३(तीन) वर्ष राय व्यक्त गरेको सजाय अत्यन्त न्यून रहेको देखियो । तथापि यी प्रतिवादीलाई निजले गरेको कसूरबमोजिमको सजाय गर्दा चर्को पर्ने देखिएको छ । कसूर गर्दाको परिस्थिति, गर्भ पतनको सेवा लिन नसकेको अवस्था, सामाजिक लाञ्छनाको भयसमेतको स्थिति विचार गर्दा अब अ.बं. १८८ नं. बमोजिम निजलाई कैद वर्ष १०(दश) को सजाय निर्धारण गर्दा पनि ऐनको मनसाय पूरा हुने भै निजका हकमासमेत सो सजाय  पर्याप्त हुने देखिएकोले निजको हकमा सुरू तथा पुनरावेदन अदालतको रायको हकमा परिवर्तन भै निजलाई १०(दश) वर्ष कैद ठहराउनु मनासि देखियो ।

13. माथि विवेचित आधार कारणहरूसमेतबाट यी पुनरावेदक प्रतिवादी भागीरथी बस्नेतले आफ्नै देवरसँगको अवैध करणी सम्बन्धबाट जन्मेको जातकलाई सामाजिक लोकलाजका कारण मार्नुपर्नेसम्मको परिस्थिति सिर्जना भई सो जातकको कर्तव्य गरी मारेको मिसिल संलग्न कागजात प्रमाणबाट देखिईरहेको हुँदा निजलाई जन्मकैदको सजाय गर्दा चर्को पर्ने देखिई कैद वर्ष १० (दश) गर्दासमेत ऐनको उद्देश्य पूरा हुने देखिँदा निज प्रतिवादी भागीरथी बस्नेतलाई अ.बं.१८८ नं. बमोजिम १० -दश_ वर्ष कैदको सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्न

तपसि

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी शेरबहादुर बस्नेतलाई कैद वर्ष ३ (तीन वर्ष) हुने ठहर भएको हुँदा निज प्रतिवादी शेरबहादुर बस्नेत पुनरावेदन अदालत, तुलसीपुरको फैसला बमोजिम १ र्ष ६ महिना कैद भुक्तान गरी मिति २०६७।२।१८ मा छुटी गएको देखिँदा बाँकी कैद १ वर्ष ६ महिना (एक वर्ष छ महिना) बेरूजु हुँदा लगत कसी असूल उपर गर्नु भनी सुरू सल्यान जिल्ला अदालतमा लेखी पठाउन–––

प्रतिवादी भागीरथी बस्नेतको हकमा पुनरावेदन अदालतको फैसला सदर भई रायको हकमा १० (दश) वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले सोहीबमोजिमको संशोधित कैदीपूर्जी निज प्रतिवादी भागीरथी बस्नेतलाई दिनु भनी सुरू सल्यान जिल्ला अदालतमा लेखी पठाई दिनू ––––

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू –––––

 

उक्त रायमा सहमत छु ।

न्या.सुशीला कार्की

 

इति संवत् २०७० साल मङ्‍सिर २४ गते रोज २ शुभम् ............

 

जलास अधिकृतः विष्णुप्रसाद गौतम÷आत्मदेव जोशी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु