शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३८५ - अदालतको अवहेलना

भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक:

निर्णय नं.             ने.का.प.२०५४          अङ्क ५

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश नरेन्द्र वहादुर न्यौपाने

सम्वत् २०५३ सालको निवेदन नं.  ..३६६८

फैसला मितिः २०५३।५।२२।३

 

मुद्दा : अदालतको अवहेलना ।

पुनरावेदक/वादीः धनकुटा जिल्ला मुर्ति ढुंगा गा.वि.स.वडा नं. ५ घर भई हाल का.जि.का.न.पा.वडा नं. ३१ वागवजार वस्ने श्याम वावु काफ्ले समेत

विरुद्ध

विपक्षी : सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सर्वोच्च अदालत रामशाहपथ काठमाडौ समेत ।

 

§  सर्वोच्च अदालत निवेदन प्रतिवेदन शाखा के, यसमा निवेदन साथ पेश हुन आएको वर्ष १ अंक ३२० मिति २०५३।९।२९ को लोकपत्रमा प्रकाशित विवादित अविश्वास प्रस्ताव पास भएको छैन । शिर्षकको अन्तरवार्तामा व्यक्त गरिएका कुरा प्रकाशित समाचारको सन्दर्भमा नै भनिएको देखिन्छ र कुनै पनि पदाधिकारीको आफ्नो निजी व्यक्तित्व पनि हुने कुरामा संखा गर्न सकिदैन र तथ्यको उदघोषणलाई अन्यथा भनी अर्थ गर्न मिल्ने होइन यसरी उक्त अन्तर्वार्तामा तथ्यको सम्म भएको गरेको देखिंदा प्रस्तुत निवेदनवाट केही कारवाही गरी रहनु नपर्ने ।                  

(प्र.नं १)

 

निवेदक तर्फवाटः

विपक्षीतर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

            न्या. नरेन्द्र वहादुर न्यौपानेः सर्वोच्च अदालत निवेदन प्रतिवेदन शाखा के, यसमा निवेदन साथ पेश हुन आएको वर्ष १ अंक ३२० मिति २०५३।९।२९ को लोकपत्रमा प्रकाशित विवादित अविश्वास प्रस्ताव पास भएको छैन । शिर्षकको अन्तरवार्तामा व्यक्त गरिएका कुरा प्रकाशित समाचारको सन्दर्भमा नै भनिएको देखिन्छ र कुनै पनि पदाधिकारीको आफ्नो निजी व्यक्तित्व पनि हुने कुरामा संखा गर्न सकदैन र तथ्यको उदघोषणलाई अन्यथा भनी अर्थ गनृ मिल्ने होइन यसरी उक्त अन्तर्वार्तामा तथ्यको सम्म भएको गरेको देखिंदा प्रस्तुत निवेदनवाट केही कारवाही गरी रहनु परेन । निवेदन तामेलीमा राखि दिने ।

 

इति सम्वत् २०५३ साल भाद्र २२ गते रोज ३ शुभम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु