शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८१० - जवरजस्ती करणी

भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक:

निर्णय नं. ७८१०     ने.का.प.२०६४ अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

सम्वत २०५९ सालको फौ.पु.नं.: २९०६

फैसला मितिः २०६४।१।२३।१

 

मुद्दा :जवरजस्ती करणी ।

 

पुनरावेदक/प्रतिवादीः जिल्ला सर्लाही छतौना गा. वि. स. वडा नं. १ बस्ने राकेश कुमार सिंह 

विरूद्ध

प्रत्यर्थी/वादीः हिमाली गोलेको जाहेरीले नेपाल सरकार   

 

§  जिल्ला अदालत र पुनरावेदन अदालत दुवैले जवरजस्तीकरणीको महलको १० नं. र अंश वण्डाको महलको फरक छुट्याउन सकेको देखिएन । जवरजस्ती करणीको महलको १० नं. को व्यवस्था अन्तर्गत प्राप्त हुने अंश अंशियारको हैसियतले नैसर्गिक अधिकार स्वरुप अंश वण्डाको महल बमोजिम सम्पत्ती पाउने होईन । जवरजस्ती करणीबाट पीडित भएको कारण पीडितलाई मानव, मनोवैज्ञानिक, शारि, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी क्षतिपूर्ति स्वरुप प्राप्त हुने सम्पत्ती हो ।

(प्रकरण नं. ९४)

§  १० नं. को कार्यान्वयनमा दण्ड सजायको महलको नं. ४६ को कार्यविधि अपनाउन नपर्ने ।

§  कानूनमा नलेखिए पनि अन्तिम फैसला भएपछि जिल्ला अदालतले आफैले पीडित जाहेरवालीलाई फैसलाको जानकारी गराई अदालत आफैले फैसला कार्यान्वयन गरी आधा अंश दिलाई दिनु पर्छ त मात्र पीडितले अदालतबाट न्याय पाउन सक्छ । जवर्जस्तीकरणीको १० नं. लाई तत्कालनि संविधानको धारा ११(३) र वर्तमान संविधानको धारा १३(३) को प्रतिन्धात्मक वाक्यांशको संरक्षण प्राप्त व्यवस्था मानि अदालतले अन्तिम फैसला हुनासाथ आफ्नै Initiative मा फैसला कार्यन्वयन गरी आधा सम्पत्ती दिलाई दिनु पर्ने ।

(प्रकरण न ९५)

·         र्जस्तीकरणीको महलको १० नं. को पछिल्लो संशोधन पूर्वक अन्य मुद्दाहरूमा तत्कालिन संविधानको धारा ११(३) को प्रतिन्धात्मक वाक्याशका व्यवस्था, धारा २६(९) को व्यवस्था र वर्तमान संविधानको धारा १३(३) को प्रतिन्धात्मक वाक्याश र धारा २० ले महिलालाई दिएको हकको व्यवस्थालाई साकार पार्न जवरजस्ती करणीको १० नं. को व्यवस्था अनुसार जाहेरवाली पीडितलाई पुनरावेदकको आधा अंश दिलाउन देहाय बमोजिम गर्नु  पर्नेः 

 

(क)     यो फैसला प्राप्त भएपछि दोलखा जिल्ला अदालतले जाहेरवालीलाई झिकाई                                         जाहेरवालीलाई यो फैसला उपलव्ध गराउनका साथै जवरजस्तीकरणीको तत्कालिन                           व्यवस्था अनुरप पुनरावेदकको भागको सम्पत्तीबाट जाहेरवालीले आधा अंश पाउने                            निजको कानूनी अधिकार भएको कुरा जानकारी गराउनु ।

(ख)     यो फैसला भएको मिति पछी पुनरावेदकले आफ्नो अंश लाग्ने सम्पत्ती अंशियार                               मध्येको कसैलाई कुनै व्यहोराले हक छाडी दिएको भए पनि ति कागजहरूलाई मुद्दा             परेपछी श्रृजना गरेको कागज मानी त्यसलाई मान्यता नदिई यो मुद्दा यस                                         अदालतबाट अन्तिम फैसला भएको मिति सम्मको पुनरावेदकको भागको आधा                     सम्पत्ती जाहेरवालीलाई दिलाई दिनु ।

(ग)                 पुनरावेदकको वतन सर्लाही जिल्ला भन्ने देखिएकोले पुनरावेदकको सम्पत्ती सर्लाही                                     वा अन्य जुनसुकै जिल्लामा रहेको भए पनि ती जिल्ला अदालत र अन्य                                                कार्यालयहरूले प्रस्तुत मुद्दा आफ्नै जिल्लामा परे सरह गरी दोलखा जिल्ला                                               अदालतलाई सहयोग गर्ने ।

(प्रकरण नं. ९६)

 

§  नागरिकहरूको जीउ धन ज्यानको सुरक्षाको लागि अपराधी पक्रनको लागि अनुसन्धान गर्नको लागि प्रहरी कानून बमोजिम नागरिकहरूको घर भित्र प्रवेश गर्न सक्छ त्यसमा विवाद हुँदैन । तर विना कारण नागरिकको घरमा प्रवेश गरी प्रहरी आफैले अपराध गर्ने अधिकार प्रहरीलाई प्राप्त नहुने ।

(प्रकरण नं. ९८)

§  आफ्नो ओहदाको र Uniform को आडमा पीडित जाहेरवालीको परिवारको मानव अधिकारको गम्भीर हनन गरेकोले पुनरावेदकलाई मानव अधिकारको हननको अपराधमा प्रहरी ऐन बमोजिम कारवाही गर्नु भनी महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षकलाई यो फैसलाको एक प्रति पठाई दिने ।

(प्रकरण नं. १००).

 

निवेदक तर्फबाटः विद्धान अधिवक्ताहरू श्री कृष्ण सापकोटा, श्री हरिहर दाहाल र श्री लभकुमार       मैनाली

विपक्षी तर्फबाटः विद्धान सहन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल,

अवलम्बित नजीरः

फैसला

न्या.वलराम के.सी.:पुनरावेदन अदालत पाटनको मिति २०५८।८।१९ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

२.    मिति २०५६।२।२६ गते जाने २७ गते लाग्ने रात १२.२५ बजे प्रहरीले माओवादीलाई पाल्छौं अरे भन्दै बुबालाई कुट्न थाले र परिवारका अन्य सदस्यहरूलाई पनि सोधपुछ गर्दै थिए । मलाई बोलाएर काका सुत्ने कोठामा लगे र बस भनेकाले डरले चुप लागि वसे, बुबालाई कता लगी राखे भन्न सक्दिन । राती ३ जेको समयमा तत्काल नचिनेका प्र.स.नि. राकेश कुमार सिंहले ढोका लगाई कसैलाई आउन नदिई तेरो घरमा माओवादी कतिजना आउँछन्, के गर्छन् भनी सोध्दै मेरो शरीर, तिघ्रा, स्तन समेत समाउन लाग्दा र कराउन भाग्न खोज्दा पेस्तोल देखाई बोल्न चल्न नदिई मलाई जबरजस्ती करणी गरेको हुँदा राती त्यही बसी करणीको पिडाले उठ्न नसकी बिहान बिस्तारै उठी आमालाई बताए तसर्थ निजलाई कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको हिमाली गोलेको २०५६।२।२६ को जाहेरी दरखास्त ।

३.    २०५६।२।२९ को वरामदी मुचुल्का घरको कोठामा दुईवटा खाट रहेको सोही खाट माथि पीडित हिमाली गोलेलाई जवरजस्तीकरणी गरेको हो भनी हिमाली गोलेको जाहेरी अनुसार मुचुल्का लेखी लेखाई दिएका हौ भन्ने उपस्थितका मानिसहरूले गरी दिएको घटनास्थल मुचुल्का।

(Torned 'Bra' (Black) at different site. White suspicious stains marks front and back side of blue "Petikot' and torned. Scratching marks on opper and lateral part of right breast. Hymen completely tear which are red and painflu. Impression: sexual act ……..)

४.    पीडित हिमाली गोलेको स्वास्थ्य परीक्षण गर्दा कालो ब्रा. च्यातिएको, निलो पेटिकोटमा सेतो दाग चिन्ह देखिएको, योनीको पर्दा फाटेको, रातो र पिडाजनक रहेको भेजिनल स्वाब परीक्षणको लागि सुरक्षित छ यौनजन्य कार्य भएको भन्ने समेत ब्यहोराको २०५६।२।३ को परीक्षण रिपोर्ट ।

५.    मिति २०५६।२।२६ गते राती सुतेका थियौ । राती अं. १२.३० जेको समयमा प्रहरी जस्तो मानिसहरू आएर एक एक जनालाई माओवादीहरू कति जना पालिस भन्दै दाई रामबहादुरको घरमा लगेर राखे, दाईको छोरीहरूलाई पनि कुटपिट गरेर सोध्दै थिए । जाहेरवाली हिमाली गोलेलाई मेरो घरमा लगेर थुनेर राखेछन् । हामीलाई बाहिर निस्कन नदिई अरु प्रहरीहरूलाई हामी भएको ठाउँमा राखी जाहेरवालीलाई सोधपुछ गर्छु भनि कोठामा लगी जवरजस्तीकरणी गरेछन् सो कुरा ऐ. ३० गते मात्र थाहा भएको हो भन्ने समेत ब्यहोराको राते गोलेको कागज ।

६.    मिति २०५६।२।२६ गते राती सबै जना सुतेका थियौं । रातीको अं. १२.३० जेको समयमा घर बाहिरबाट मानिसले बोलाएको हुँदा पति रामबहादुर उठेर बत्ती बाली ढोका खोल्नु भयो, हेर्दा प्रहरी जस्ता ९, १० जना थिए हामीलाई पालै पालोसँग  माओवादी कति छन् कहाँ छन् भनी कुटपिट गर्दै सोध्न लागे छोरीहरूलाई पनि सोधे जाहेरवाली हिमाली गोलेलाई कता लगे केही थाहा भएन पछि अर छोरीहरूले काका रातेको घरमा लगेको छ भनि ताए रातभर छोरी आईनन् ऐ. २७ गते बिहान हिमाली म भएको ठाउँमा आई राती अर प्रहरीहरू सुतेपछि प्र. स. नि. राकेश कुमार सिंहले मलाई जवरजस्तीकरणी गरे भनेको हुँदा थाहा पाएको हो भन्ने समेत व्यहोराको काइली गोलेको कागज र साईलो गोले, प्रिती गोले, रामबहादुर गोले समेतको सोही मिलानको अलग्गै कागज ।

७.    मिति २०५६।२।२६ गते जाँदा राती प्रहरीहरू आएर जेठा बाबुको घरबाट हिमाली गोलेलाई लिएर आएका रहेछन् बुबा आमालाई बाहिर लखेटे म दिदीसँग  थिए तिमी पनि बाहिर जाउ भन्नु भयो म बाहीर आउँदा आमा बसी राख्नु भएको रहेछ केही समयपछि मलाई निन्द्रा लागेको हुँदा दिदी हिमाली भएको ठाउँमा जाँदा पछि नाम थाहा भएका प्र.स.नि. राकेश कुमार सिंह भनिस् भने मार दिन्छु भन्दै रहेछन् निज सुत्न गए म दिदीसँग सुते निजले के गरे मैले देखिन भन्ने समेत ब्यहोराको मन्दी गोलेको कागज ।

८.    म जि. प्र. का. दोलखाको प्र. स. नि. पदमा कार्यरत छु । प्र. ना. उ. ज्यूको मौखिक आदेशानुसार गा. वि. स. गौरीमुदी वस्ने छवी लामालाई माओवादीहरूले कुटपिट गरेर राम बहादुरको घरमा वास वसेर गए भन्ने बुझिएकोले तिम्रो कमाण्डमा एकटोली लिएर गई बुझेर आउँ भनी २०५६।२।२६ गते खटी गै निज रामबहादुरको घरमा रातीको १२ बजे तिर पुगी निजहरूलाई उठाई सोधपुछ गरी निजको छोरी हिमाली गोलेलाई राते गोलेको घरमा पठाई हामीहरू निजहरूकै घरमा सुतेका हौं । निजहरूलाई मैले पेस्तोल देखाई ल जवरजस्ती करणी गरेको होईन छैन जाहेरवाली तथा रामबहादुरलाई एक दुई थप्पड हानेको हो भन्ने समेत ब्यहोराको प्र. स. नि. राकेश कुमार सिंहको प्रहरी समक्षको बयान कागज ।

९.    मिति २०५६।२।२६ गते प्र. स. नि. राकेश कुमारको कमाण्डमा गैरीपुदी गा. वि. स. तर्फ गस्ती खटिई गै रातीको १२.०० बजे तिर रामबहादुरको घरमा पुगी निजहरूलाई उठाई राकेश कुमारले सोधपुछ गर्नुभयो । मलाई र अरु ४ जना प्र. ज. हरूलाई यही सुत भनेर राकेश समेत राते गोलेको घरमा जानु भएको थियो राती के गरे मलाई थाहा भएन पछि जाहेरी परेपछि मात्र थाहा भएको हो भन्ने समेत व्यहोराको प्र. ह. गोविन्द खत्रीको कागज ।

१०.    मिति २०५६।२।२६ गते प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा गैरीपुदी गा. वि. स. तर्फ गस्ती गएको र रातको १२ बजे तिर राम हादुरको घरमा पुगी घर धनीलाई बोलाउनु भयो हामी चारैतिर ड्युटी बस्यौं रामबहादुर तथा निजको श्रीमती र छोरीहरूलाई सोधपुछ गर्नुभयो र प्र. हरू गोविन्द खत्री समेत हामी सोही ठाउँमा ड्युटी गरेर सुत भनी अरु प्र. ह. तथा प्र. ज. लाई लिएर राते गोलेको घरमा जानु भएको थियो राती के भयो सो कुरा थाहा भएन पछि जाहेरी परेपछि मात्र करणी भएको थाहा पाएको हो भनी प्र. व. केशव थापाले लेखाई दिएको कागज ।

११.    मिति २०५६।२।२६ गते प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा गैरीमुदी गा. वि. स. तर्फ गस्ती खटिई गएकोमा रातीको अं. १२ बजे तिर राम हादुर गोलेको घरमा पुगी घर धनीलाई उठाई सोधपुछ गर्न लाग्नु भयो हामी चारै तिर ड्युटी स्यौं करिव २ घण्टा जति सोधपुछ गरेपछि प्र. ह. गोविन्द खत्री लगात राम हादुरको घरमा छाडेर हामीलाई राते गोलेको घरमा लगी घरको बुइगलमा राख्नुभयो, निज तल सोधपुछ गर्दै थिए जाहेरवाली रातेको घरमा छन् भन्ने केही थाहा भएन करि १ घण्टा पछि हामीसँगै आउनुभयो मानिस कराएको कुनै आवाज सुनिएन पछि जाहेरी परेपछि मात्र थाहा भएको हो भन्ने समेत व्यहोराको प्र. ज. चेतराज उप्रेतीको कागज ।

१२.   मिति २०५६।२।२४ गते प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा गस्ती गएका थियौं । रातीको अं. १२ बजेको समयमा गैरीमुदी गा. वि. स. बस्ने राम हादुरको घरमा पुगेका थियौं । हामीलाई चारैतिर ड्युटी स्नु भन्नुभयो र घर धनीलाई बोलाएर सोधपुछ गर्दै थिए करिव २ घण्टा पछि प्र. ह. गोविन्द खत्री समेतलाई सोही घरमा छाडेर अरु सबैजना राते गोलेको घरमा गए राती के गरे मलाई केही थाहा भएन जाहेरी परेपछि करणी भएको भन्ने थाहा भयो भन्ने समेत व्यहोराको प्र. ज. दिनेश थापाको कागज ।

१३.   जि. प्र. का. दोलखाबाट मिति २०५६।२।२६ गते प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा गैरीमुदी गा. वि. स. तर्फ गएका थियौं । राम हादुर गोलेको घरमा माओवादीह बास वस्छन् भन्ने जानकारी भए अनुसार रातीको १२ जे तिर पुगी हामीलाई चारै तिर ड्यूटी बस्नु भन्नुभयो र घर धनीलाई बोलाएर सोधपुछ गरी करिव २ घण्टा पछि प्र. ह. गोविन्द खत्री लगायत म समेत ५ जनालाई सोही ठाउँमा छाडी निज प्र. स. नि. समेतको टोली राते गोलेको घरमा गएका थिए राती के कसो भयो मलाई केही थाहा भएन । जाहेरी परेपछि मात्र करणी भएको कुरा थाहा भयो भन्ने समेत ब्यहोराको प्र. ज. अमनाथ खड्काको कागज ।

१४.   मिति २०५६।२।२६ गते प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा एक टोली खटी गै रातीको १२ बजे निजको घरमा पुगी हामी चारै तिर ड्यूटी वस्यौं । प्र. स. नि. राकेश कुमार सिंहले घर धनीलाई बोलाएर सोधपुछ गर्नुभयो २ घण्टा जति सोधपुछ गरेपछि प्र. ह. गोविन्द खत्री समेतलाई सोही राम हादुरको घरमा छाडेर म लगायत राते गोलेको घरमा गयौं निज प्र. स. नि. ले तिमीहरू बुईगलमा गएर बस भन्नुभयो र आफू तल सोधपुछ गर्न लाग्नु भएको थियो । १½ घण्टा पछि हामी भएको ठाउँमा आउनु भएको थियो सो समयमा मानिस कराएको आवाज सुनिएन । ऐ. २७ गते खाना खाएर हिडेका हौं पछि जाहेरी परेपछि मात्र करणी भएको भन्ने थाहा भयो भन्ने समेत व्यहोराको प्र. ह. जित हादुर चौधरी, प्र. ज. कृष्णजंग तामाङ्ग, प्र. ज. सोवित थापा र प्र. ज. घनश्याम वनको एकै मिलानको पृथक पृथक बयान कागज ।

१५.   मिति २०५६।२।२५ गते माईती गएको थिए २६ गते बेलुका बुबा राम हादुर तथा हिनी हिमाली गोले समेत खाना खाएर सुतेका थियौं । रातीको अं. १२ जेको समयमा घर बाहिरबाट मानिसले बोलाएको हुँदा बुबाले ढोका खोल्नु भयो हेर्दा प्रहरीको पोशाक लगाएका मानिस रहेछन् । बुबाले ढोका खोलेपछि सबै ठाउँमा हेरर बुबालाई घर बाहिर लगेर सोधपुछ गरे मलाई पनि काका राते गोलेको घरमा लगेर कोठामा एक्लै राखी, पेश्तोल तेर्साई काका काकीलाई बाहिर पठाई सोधपुछ गरेपछि मलाई सुत भने मलाई दिशा लाग्यो दिशा गरेर आउनु भनेर उम्केर गएर बुबाको घरमा से हिनी हिमाली गोलेलाई काका रातेको घरमा लगेर राखेछन् । ऐ. २७ गते हिनीले आमासँग जबरजस्ती करणी भएको कुरा बताए पछि थाहा भयो भन्ने समेत व्यहोराको नविना लामाको कागज ।

१६.    मिति २०५६।२।२६ गते राती हाल नाम थाहा भएका प्रहरीहरू आएर नविना लामालाई मेरो घरको कोठामा ल्याई सोधपुछ गरे नविना लामा गएपछि जाहेरवाली हिमाली गोलेलाई ल्याएपछि हामी सबैलाई बाहिर पठाई कोठा भित्र एक्लै सोधपुछ गर्दै थिए । आधा घण्टा पछि कोठामा जाँदा हाल नाम थाहा भएका अ.स.ई. राकेश कुमार सिंह कोठामै रहेछन् । हिमालीलाई हामीसँग हिड्न सक्छेस् भन्दै थिए । हिमाली रोई रहेकी थिईन केही समयपछि वुईगलमा सुत्न गएँ, निज पुन हातमा टर्च बोकेर आई हिमाली सुतेको ठाउँमा हेरी गएका हुन् । जाहेरवालीलाई करणी भएको कुरा पछि थाहा भएको हो निजले हिमाली गोलेलाई जरजस्ती करणी गरेको हुनुपर्छ भन्ने समेत ब्यहोराको नरमाया गोलेको कागज ।

१७.   प्रतिवादीले उक्त कार्य मु. ऐन जरजस्ती करणीको नं. १ द्धारा निषेधित कसूर अपराध गरेको देखिन आएकोले निजलाई ऐ. महलको नं. ३ बमोजिम सजाय गरी जाहेरवालीलाई प्रतिवादीबाट ऐ. महलको नं. १० बमोजिम आधा अंश दिलाई दिन समेत माग दावी लिएको अभियोग पत्र ।

१८.   जाहेरवाली समेतको घरमा राती १२ जे पुगी निज समेत निजका बाबु आमालाई सोधपुछ गरी एक दुई थप्पड हिर्काएकोले त्यस्तो जाहेरी दिएको हुनुपर्छ । मैले जवरजस्ती करणी गरेको छैन मैले कसूर अपराध नगरेकोले सजाय पाउनु पर्ने होईन भन्ने समेत व्यहोराको प्रतिवादी राकेश कुमार सिंहले अदालतमा गरेको बयान ।

१९.    जवरजस्ती करणी भएको हो होईन मलाई थाहा छैन । जाहेरवालीले जाहेरी दिएपछि मात्र थाहा पाएको हुँ राकेशले करणी गरे जस्तो लाग्दैन भन्ने समेत प्रतिवादीका साक्षी जितबहादुर चौधरीले गरेको वकपत्र ।

२०.   हिमाली गोलेलाई म कहाँ लिएर आए म आमा बस्ने घरमा गएर सुते प्रतिवादीले जवरजस्ती करणी गरेको हो, होईन भन्ने बारेमा म त्यहाँ थिइन मैले देखिन भन्ने समेत व्यहोराको वादीको साक्षी राते गोलेको वकपत्र ।

२१.   जेष्ठ २६ गते राती म नानी बिरामी भएर माईती घर मै थिए राती १० जे ११ जना प्रहरी टोली आउनु भएको रहेछ । मलाई काकाको कोठामा लगी छातीमा पेस्तोल तेर्साई मलाई सुत भन्नुभयो म ट्वाइलेट गएर फर्कदा हिमाली गोलेलाई लगिसकेका रहेछ । हामी सुत्यौ भोलीपल्ट उज्यालो भएपछि बहिनी आईन र रोएर आफूलाई बलात्कार गरेको र पिटेको कुरा हामीलाई ताइन् भन्ने समेत ब्यहोराको वादी तर्फका साक्षी नविना गोलेले गरेको वत्रपत्र ।

२२.   हिमाली गोलेलाई प्रतिवादीले जरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको वादीका साक्षी मन्दी गोलेको वकपत्र ।

२३.   २०५६।२।२६ गते राती मलाई राकेश कुमार सिंहले काकाको घरमा लगेर मलाई कुट्यो पेस्तोल देखायो कराईस् भने तलाई म कस्तो सजाय दिन्छु भनेर मलाई जवरजस्ती आक्रमण गर्यो । म रोए चिन्तित भए सबैलाई निकाली मलाई मात्र राखे एकपटक लात्कार गरे भन्ने समेत व्यहोराको जाहेरवाली हिमाली गोलेको वकपत्र ।

२४.   प्रतिवादीले जबरजसती करणी गरेको हो श्रीमतीले भनेर थाहा पाए भन्ने समेत व्यहोराको वादीका साक्षी रामबहादुर गोलेको वकपत्र ।

२५.   हिमाली गोले मेरो आफ्नै काईली छोरी हुन्,रजस्ती करणी गरेको हो पहिला बोलाई कुटेर निकाल्यो अनि छोरीलाई निकालेर काकाको कोठामा लग्यो भोलीपल्ट कुटेर लात्कार गर्यो भनी बेसरी रोयो भन्ने समेत ब्यहोराको साक्षी काईली गोलेको बकपत्र ।

२६.   प्र. स. नि. राकेश कुमार सिंहको कमाण्डमा गैरीमुदी गा. वि. स. वडा नं. १ को राम हादुर गोलेको घरमा गएको हो र वहाँले घर भित्र भएका मानिसलाई पालैपालो सोधपुछ गर्न लाग्नु भयो सोधपुछ गर्ने क्रममा हिमाली गोलेलाई रामबहादुरको घरबाट राते गोलेको घरमा ल्याउनु भयो सोधपुछ गर्न बाबु आमासग राख्नु हुँदैन केही कुरा बुझ्न बाँकी छ भन्नुभयो । हिमाली गोलेले जाहेरी दिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा आएपछि मात्र थाहा भएको हो भन्ने समेत व्यहोराको प्र. ह. गोविन्दबहादुर खत्रीले गरेको बकपत्र ।

२७.   हिमाली गोले मेरो दिदी नाता पर्छ । प्रतिवादीले जवरजस्ती आक्रमण गरेको हो । दिदीले भनेको सुनेको हो भन्ने समेत ब्यहोराको वादी तर्फका साक्षी प्रित गोलेको वकपत्र ।

२८.   हामी हिमाली गोलेको घरमा गई डिउटी बस्यौं । प्र.स.नि. र २ जना हवल्दार साहेवहरूले सोधपुछ गर्न थाले २ जे राती तिर असई साप र हामी राते गोलेको घरमा गयौं चेतराज उप्रेतीलाई पहिला डिउटी खटाई अ.स.ई. साहेव समेत त्यही पल्टियौं पछि एक्कासी ४ जेर १० मिनेट जाँदा उठी अ.स.ई. साहेव समेतसँग  हुनुहुन्थ्यो । म निदाएकोले जवरजस्ती करणी गरेको थाहा भएन भन्ने समेत ब्यहोराको वादी प्रतिवादीका साक्षी सोवित थापाले गरेको बकपत्र ।

२९.   रामबहादुर गोलेको घरमा प्र. स. नि. राकेश कुमार सिंह प्र. ह. जितबहादुर चौधरी र गोविन्द खत्री समेत भै उक्त घरमा रहेका मानिसहरूसँग सोधपुछ गर्दै हुनुहुन्थ्यो अं. २ बजे राती पश्चात हामीलाई सत्न जाऔं भनी प्र. स. नि. लगायत ६ जना राते गोलेको घरमा सुत्न गयौं म निदाउँदा अं. २.४५ बजे भएको थियो बिझिदा अं. ४ बजेको थियो । बिउँझिदा प्र. स. नि. लगायत सबै जना बिस्तारामै थिए । हामीले अफिसमा आएपछि मात्र थाहा पाएको हो भन्ने समेत ब्यहोराको वादी प्रतिवादीको साक्षी कृष्ण जंग तामाङ्गले गरेको वकपत्र ।

३०.   राकेश कुमार सिंहले घरवालाहरूलाई सोधपुछ गर्न लाग्नुभयो । मलाई थाहा भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा लिखित दिई सकेको छु भन्ने समेत ब्यहोराको वादी प्रतिवादीका साक्षी दिनेश थापाले गरेको बकपत्र ।

३१.   अन्दाजी रातको १२ बजे पुगे सोधपुछको क्रममा असई साप र हवलदार जानुभयो र म रातीको २ बजे तिर राते गोलेको घरमा सुत्न गएको हो । ४ बजे उठेको हो कागज पढेपछि सो ब्यहोरा थाहा पाएको हो मैले नदेखेको व्यहोरा लेखिएछ भनेको हुँ भन्ने समेत ब्यहोराको वादी प्रतिवादीका साक्षी घनश्याम वनले गरेको वकपत्र ।

३२.   राम बहादुरको घरमा पुगेपछि अ. स. ई. साहेवहरूले राम हादुर गोलेलाई सोधपुछ गर्न लाग्यो म दुईबजे तिर सुते ५ बजे उठेर डिउटी गरे राते गोलेको घरमा गएर स्यौं अफिसमा आएपछि राकेश कुमारले जवरजस्ती करणी गर्यो भन्ने कुरा थाहा पाईयो भन्ने समेत व्यहोराको वादी प्रतिवादीका साक्षी अमनाथ खड्काले गरेको बकपत्र ।

३३.   राम बहादुर गोलेको घरमा माओवादी आउँछन् भन्ने प्र. ना. उ. को आदेशले पठाईएकोले रातीको १२ बजे जेष्ठ २६ गते गैरमुदी गा.वि.स. मा पुगेको हो । ३ जना कमाण्डरले राम बहादुर गोले र उसका परिवारहरूलाई सोध्नुभयो । सुत्नको लागि हामी राते गोलेको घरमा गयौं । म साढे ३ बजे सुतेर बिहान ६ बजे उठ्दा रजस्ती करणीमा जाहेरी परेको छ अरे भन्ने कुरा अफिस मै थाहा पाएको हो भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी चेतराज उप्रेतीले गरेको वकपत्र ।

३४.   १२.१५ बजे तिर राम बहादुर गोलेको घरमा पुगी राकेश कुमार सिंहले राम बहादुर गोलेलाई सोधपुछ गरी सकेपछि हामी अं. २.०० बजे देखि सुत्ने व्यवस्था मिलाई राकेश कुमार सिंहले एक टोली लिई राते गोलेको घरमा जानुभयो म जिल्ला प्रहरी कार्यालयमा जेष्ठ २७ गते आई पुगेपछि थाहा पाएको हो भन्ने समेत व्यहोराको वादी प्रतिवादीका साक्षी दिपक नेपालीले गरेको वकपत्र र केशव थापाको वकपत्र समेत मिसिल सामेल रहेको ।

३५.   मैले २०५६।२।२८ मा परीक्षण गरे अनुसार पाईएका प्रमाण राखेर जाँच प्रतिवेदन २०५६।२।३१ मा जिल्ला प्रहरी कार्यालय दोलखामा पठाएको भन्ने समेत ब्यहोराको डा. मेडिकल अफिसर डा. झलक शर्मा गौतमको बकपत्र ।

३६.   प्रतिवादी राकेश कुमार सिंहले जाहेरीमा लेखीएका रितसँग वर्ष १८ को जाहेरवाली हिमाली गोलेलाई डर धाक देखाई बोल्न चल्न समेत नदिई जरजस्ती करणी गरेको सिद्ध हुन आएकोले निज प्रतिवादीले जरजस्ती करणीको १ नं. विपरीत अभियोग दावीको कसूर गरेको देखिदा निजलाई सोही महलको ३ नं. बमोजिम कैद बर्ष ४ हुने तथा ऐ. को १० नं. बमोजिम प्रतिवादीको आधा अंश जाहेरवाली पडितलाई दिलाई दिने ठहर्छ भन्ने दोलखा जिल्ला अदालतको मिति २०५७।११।९ को फैसला ।

३७.   मुद्दाका तथ्य प्रमाण कानूनी व्यवस्था, न्यायका मान्य सिद्धान्त समेतका आधारमा मैले कुनै पनि कसूर नगरेको प्रमाणित हुँदा हुँदै पनि मलाई कसूरदार ठहर गरी दोलखा जिल्ला अदालतले गरेको फैसला त्रुटीपूर्ण भएको हुनाले बदर गरी वादी दावीबाट सफाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन जिकिर ।

३८.   पडित हिमाली गोलेलाई जवरजस्ती करणी गरिएको भनीएको राते गोलेको घरमा वारदातको समयमा मौजुद रहेका घरधनी राते गोले र नरमायाले प्रहरीमा कागज गर्दा करणीको कुरा आफहरूले मौकामा थाहा पाएको नभई २९ र ३० गते मात्र थाहा पाएको भनी मौकामा व्यक्त गरेको देखिएको, पीडितको जाहेरी दरखास्त पर्नु भन्दा अगावै प्रहरीको पत्र बिना पडितको शारिक जाँच गरी प्रमाणित गरेकोमा हाईमेन च्यातिएको भने पनि पीडितको लुगामा रगत पाईएको नदेखिएको समेत कारणहरूबाट जवरजस्ती करणी गरेको प्रत्यक्ष तथा तथ्ययुक्र प्रमाणको अभाव रहेको अस्थामा पुनरावेदकलाई कसूरदार ठहर्याएको दोलखा जिल्ला अदालतको फैसला प्रमाण मूल्यांकनको राहेमा त्रुटीपूर्ण देखिदा अ. वं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकील कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

३९.   पुनरावेदक प्रतिवादी राकेश कुमार सिंहलाई चार बर्ष कैद गरी निजको आधा अंश पीडित जाहेरवालीलाई दिलाई दिने समेत ठहराएको दोलखा जिल्ला अदालतको मिति २०५७।११।९ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको २०५८।८।१९ गतेको फैसला ।

४०.   मलाई हराई गरिएको फैसलाबाट नजिर सिद्धान्तहरू एवं कानूनको ब्याख्याको परिपालना नभएको प्रश्नमा गम्भिर कानूनी त्रुटी भएको कुराको पुष्टी हुने भएकोले प्रस्तुत मुद्दा दोहोर्याई हेरी उक्त मितिको फैसला बदर गरी वादी दावीबाट सफाई पाउँ भन्ने समेत यस अदालतमा परेको दोहोर्याई पाउँ भन्ने निवेदन पत्र ।

४१.   "Cotton swab do not match with the allelic pattern of amplified DNA of the blood sample said to be of suspect and of the blood sample said to be of miss Hemali Gole" भन्ने  DNA परीक्षणको निष्कर्ष देखिंदा पीडित पक्षको योनीबाट लिइएको वस्तु पीडितसँग मिल्न नआएकोमा पुनरावेदन अदालतले प्रतिवादीको रगतको DNA सँग हुबहु मेल खान्छ भनी DNA प्रतिवेदन विपरीतमा गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी देखिदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरीएको छ भन्ने यस अदालतको आदेशानुसार प्रस्तुत मुद्दा यस अदालतमा दर्ता हुन आएको ।

४२.   प्रतिवादी कैद थुनामुक्त भई तारेखमा रहेको र वारेश राख्ने अनुमति दिईएको मिसिलबाट देखिएको ।

४३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन समेतको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता कृष्ण सापकोटा, लभ कुमार मैनाली, हरिहर दाहालले DNA Report समेतको कारणबाट मेरो पक्षलाई सफाई दिने पर्याप्त आधारहरू छन् । पुनरावेदन अदालत समेतले सफाई दिनु पर्नेमा कसूर ठहर गरेको मिलेको छैन । सो फैसला उल्टी गरी प्रतिवादीलाई सफाई दिनु पर्छ भनी तथा प्रत्यर्थी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता व्रजेश प्याकुरेलले DNA रिपोर्ट समेत मिसिल संलग्न प्रमाणबाट प्रतिवादी कसूरदार हुन भन्ने पुष्टी भईरहेको हुँदा पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर होस् भनी गर्नु भएको बहस समेत सुनियो ।

४४.   यसमा प्रतिवादी राकेश कुमार सिंहले पीडितलाई जवरजस्ती करणी गरेकोले जवरजस्ती करणीको १ नं. विपरीत ऐ. को ३ नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई आधा अंश समेत दिलाई भराई पाउँ भन्ने समेत अभियोग दावी भएको प्रस्तुत मुद्दामा देहायका बिषयमा निर्णय गर्न पर्ने  देखियो ।

४५.   जाहेरवाली हिमाली गोलेको शरीरमा जवर्जस्ती करणी भएको प्रमाणीत हुन सकेको छ, छैन ? यदि छ भने प्रतिवादी प्र. स. नी. राके कुमारले नै जाहेरवाली हिमाली गोलेलाई जवर्जस्ती करणी गरेको भन्ने आरोप प्रमाणीत हुन सकेको छ, छैन ? यदि कसूर प्रमाणीत भएको छ भने प्रतिवादीलाई कति सजाय हुनु पर्ने हो ?

४६.   प्रस्तुत मुद्दा जाहेरवालीलाई पुनरावेदक प्रतिवादीले जवर्जस्ती करणी गरेको भन्ने मुद्दा हो । जवरजस्ती करणीको महल अन्तर्गतको अपराध सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची १ मा समावेश भएको महिलाविरूद्ध हुने गम्भिर प्रकृतिको फौज्दारी अपराध हो । महिलाहरू विरूद्ध हुने गम्भीर अपराध भएको कारण यो अपराध सरकार वादी मुद्दा भई प्रहरीद्धारा अपराधको अनुसन्धान भई राज्यकै तर्फबाट अनुसन्धान, अभियोजन र अन्तिम अस्था र अन्तिम अदालतसम्म पनि मुद्दाको प्रतिरक्षा समेत सरकारकै तर्फबाट हुने मुद्दा हो ।

४७.   जवरजस्ती करणीको अपराध महिला विरूद्ध हुने गम्भीर अपराध भएपनि न्यायका मान्य सिद्धान्त अनुसार कसूर प्रमाणित गर्ने भार वादीमा रहन्छ र हाम्रो नेपाल कानूनले पनि यस्तो फौज्दारी अपराधमा कसूर प्रमाणित गर्ने भार वादीमा तोकेको छ । फौज्दारी अपराधमा पहिलो कुरा अभियोग लगाउने वादीले अपराध भएको हो, होईन भन्ने कुरा र दोश्रो कुरा अपराध भएको भए जसले अपराध गर्यो भनी राज्यले अभियोग लगाएको छ वादीको नाताले उसैले आफले लगाएको अभियोग प्रमाणित गर्नु पर्दछ । अन्यथा Benefit of doubt goes to the accused भन्ने न्यायको मान्य सिद्धान्त अनुसार अभियुक्त वा प्रतिवादी कसूरदार मानिदैन ।

४८.   प्रस्तुत पुनरावेदन सम्बन्धमा मिसिल हेर्दा पुनरावेदक प्रतिवादी वहालवाला प्रहरी भन्ने देखिन्छ । पुनरावेदक प्रतिवादी राकेश कुमारले २०५६।२।२६ गते राती पीडित जाहेरवालीलाई जवरजस्ती करणी गर्यो भन्ने जाहेरवालीको किटानी जाहेरी परी सोही जाहेरीको आधारमा अनुसन्धान भै पुनरावेदक उपर जवरजस्ती करणीको महलको ३ नं. ले सजाय गरी ऐ. को १० नं. अनुसार पुनरावेदकको अंशबाट जाहेरवालीलाई आधा अंश समेत दिलाई पाउँ भन्ने अभियोग माग दावी भएको देखियो ।

४९.   फौज्दारी अपराधमा सवभन्दा पहिलो कुरा अपराध भयो भएन भन्नेकुरा अर्थात Corpus delicti प्रमाणित गर्नुपर्छ सो महत्त्वपूर्ण हुन्छ अपराध भयो भन्ने अर्थात Corpus delicti निर्विवाद र शंकारहित तवरबाट प्रमाणित गर्नपर्ने वादीको पहिलो कर्तब्य हो । अपराध भएको भन्ने अर्थात Corpus delicti कुरा प्रमाणित गरेपछी आफूले अभियोग लगाएको अभियुक्तले नै अपराध गरेको भन्ने प्रमाणति गर्नु पर्दछ ।

५०.   अ, सो सम्बन्धमा हेर्दा प्रस्तुत मुद्दा जाहेरवालीलाई प्रतिवादी पुनरावेदकले जवरजस्ती करणी गरेको भन्ने जवरर्जस्ती करणी मुद्दा भएकोले पीडितको शरीरमा जवर्जस्ती करणी भएको भन्ने के कस्तो प्रमाण पेश हुन सकेको छ भन्ने हेर्न पर्ने हुन आयो । अपराध प्रमाणित गर्ने प्रमाण र आधार घटेको अपराध, अपराध भएको ठाउँ, समय, वातावरण, मौसम र अनुसन्धानकर्ताको अनुभव र कार्यकुशलतामा भर पर्ने कुरा हो तर पनि एउटा मान्य कुरा के हो भने जवरजस्ती करणीको अपराधमा पीडित तथा अभियुक्तको शरिर जाँचको प्रयोगशाला परीक्षण र Victim स्वयंको Testimony मात्र पनि महत्त्वपूर्ण प्रमाण हो यसमा दुईमत हुन सक्दैन । प्रस्तुत मुद्दामा हेर्दा पुनरावेदकले आफूलाई जवरजस्ती करणी गरेको भनी जाहेरवाली Victim आफैले किटानी जाहेरी दिएको देखियो ।

५१.   यस्तो प्रमाण यस मुद्दामा के छ भनी हेर्दा जाहेरवालीको मिति २०५६।२।१२ मा चिकित्सकबाट दोलखा हेल्थपोष्टमा शरिर परीक्षण भएको देखियो । दोलखा हेल्थपोष्टको मेडिकल अफिसरले जाँच प्रतिवेदन दिएको देखिन्छ । प्रतिवेदन हेर्दा जवरजस्ती करणीमा देखिने र हुने सबै चिन्हहरू पीडितको शरीरमा देखिएको भन्ने जाँच प्रतिवेदनबाट स्पष्ट देखिन्छ । जाँच प्रतिवेदनमा जाहेरवालीले लगाएको द्यचब विभिन्न ठाउँमा च्यातिएको देखिन्छ । पीडितले लगाएको पेटीकोटमा white suspicious stains marks front and back side of  blue pettikot are torned भन्ने उल्लेख छ । यसैगरी scratching marks on upper and lateral part of right breast भन्ने देखिन्छ । Hymen completely teared which are red and painfull भन्ने उल्लेख छ र जाच्ने मेडिकल अफिसर जो विशेषज्ञ हो उसले आफ्नो Finding को आधारमा impression मा Sexual  Act भन्ने प्रष्ट प्रतिवेदन दिएको देखिन्छ ।

५२.   मेडिकल अफिसरले पीडित जाहेरवालीलाई जाच परीक्षण गरेपछि प्रयोगशालामा परीक्षणको लागि पीडितको लुगाहरूलाई र पीडितबाट निकालीएको swabs of vaginal secreting are preserved भन्ने प्रतिवेदनमा उल्लेख भएको पदार्थ र कपडा प्रयोगशाला परीक्षणको लागि जिल्ला प्रहरी कार्यालय दोलखाले २०५६।३।४ गते केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला महाराजगञ्जमा परीक्षणको लागि पठाइएको देखियो । अनुसन्धानकर्ताबाट प्रयोगशालाबाट बैज्ञानिक परीक्षणको लागि पठाएको Exibit-1 को A 93 cm. long stained blue cotton Petikot enveloped and labelled दोलखा जिल्ला गैरीमुदी गा. वि. स. बस्ने हिमाली गोलेको and sealed भन्ने र exibit -3 को A stained yellow coloured cotton underwear kept in a carbon box and labeled भनी Pack गरी जाँचको लागि पठाएकोमा जवरजस्ती करणी मुद्दामा अभियुक्त राकेश कुमार सिंह and sealed दुवै जाँच हुँदा दुवै exibit  1 and 3 मा exibit no 1 and 3 were stained by human semen पाईएको भन्ने central police science laboratory को २२०३२०५६ को प्रतिवेदनबाट स्पष्ट देखिन्छ ।

५३.   मिसिल संलग्न ३०१२९९ को office of the director and chemical eximiner central forensic science laboratory Calcutta को प्रतिवेदनबाट पनि सो सम्बन्धमा भारतको forensic laboratory बाट समेत २०५६।२।२८ मा पीडित जाहेरवाली तथा पुनरावेदक दुवैबाट संकलन गरिएको पदार्थ परीक्षण भएको देखियो । भारतको ल्याव्रोटरी कलकत्ताको जाँच प्रतिवेदनबाट समेत पीडितले लगाएको पेटीकोटमा semen पाएको भन्ने देखिन्छ । प्रतिवेदनमा semen stains  on exibit 1 (Petikot of the victim) have originated from (Mr. Rakesh Kumar exbit-4) भन्ने स्पष्ट उल्लेख भएको देखिन्छ । 

५४.   प्रयोगशाला परीक्षणबाट प्राप्त प्रतिवेदनलाई मौकामा पीडितलाई जाँच गर्ने मेडिकल अफिसर झलक शर्माको मिति २०५७।१०।५ को वकपत्रबाट पनि प्रमाणित भएको देखिन्छ । वकपत्रको स. ज. ४ मा मेडिकल अफिसरले २०५६।२।२९ गते आफैले पीडित र प्रतिवादीको स्वास्थ्य परीक्षण गरेको भन्दै पुनरावेदकको शरीरबाट यौन क्रियाकलाप सम्बन्धी प्रमाणहरू देखिएको र पीडितको २०५६।२।२८ मा स्वास्थ्य परीक्षण गर्दा पीडितको पेटीकोटमा सेतो दाग देखिएको योनीको झिल्ली च्यातिएको रातो र दुख्ने खालको भेटिएको भन्ने वकपत्र गरेको देखिन्छ।

५५.   फौज्दारी अपराधमा अभियोग लगाउने वादी अर्थात Prosecution  ले अपराध भएको हो भन्ने नै पहिला शंकारहित तवरबाट प्रमाणित गर्न सक्नु पर्छ । अपराध नै नघटीकन कोही पनि अपराधी नै  हुँदैन । जवरजस्तीकरणीको अपराधमा पीडितमा जवरजस्ती करणी भएको भन्ने निर्विवाद रुपले स्थापित र प्रमाणित हुनु पर्छ । अ प्रस्तुत मुद्दामा पीडित जाहेरवालीको शरीर परीक्षणबाट पीडित जाहेरवालीमा जवरजस्ती करणी भएको भन्नेमा विवाद भएन । जवरजस्ती करणी भएको भन्ने कुरा वादीले शंकारहित तबरले प्रमाणित गरेको देखियो ।

५६.   पीडित जाहेरवालीलाई जवर्जस्ती करणी भएको भन्ने प्रमाणित भएपछि जाहेरवालीलाई पुनरावेदक प्रतिवादीले नै जवरजस्ती करणी गरेको भन्ने आरोपका सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादी अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा आफ उपर लागेको अभियोगमा इन्कारी भै आफ्नो निर्दोषिताको जिकीरको बयान गरेको देखिन्छ । त्यसैगरी अदालत समक्ष बयान गर्दा पनि पुनरावेदकले पीडित जाहेरवालीलाई जवरजस्तीकरणी गरेको भन्ने अभियोगमा इन्कार भै not guilty plea लिई बयान गर्नुको साथै आफले पीडितलाई जवरजस्तीकरणी गरेको होईन भनी आफ्नो तर्फबाट साक्षीहरू समेत दिएको देखिन्छ ।

५७.   हाम्रो प्रमाण ऐन, २०३१ को दफा २५ मा फौज्दारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीमा हुनेछ भन्ने व्यवस्था भएको छ । नेपाल अन्तरीम संविधान, २०६३ को धारा २४ को उपधारा ५ तथा ७ को व्यवस्था, नेपालले हस्ताक्षर गरी अनुमोदन समेत भएको नेपाल सन्धी ऐन, २०४७ को दफा ९ अनुसार नेपाल कानून सरह लागु भैसकेको, International Covenant on civil and Political Rights 1966 को धारा १४(२) (३) को खण्ड (g)  को व्यवस्था तथा वकीलहरूको अन्तर्राष्ट्रिय सगठन सन् १९२७ मा स्थापित The International des Avocats  को धारा १० खास गरी धारा १० को खण्ड (i)  तथा धारा ११ को व्यवस्थाहरू र यस अदालतले बेलाबेलामा स्थापित गरेका सिद्धान्त एवं न्यायको मान्य सिद्धान्तहरू समेतको आधारमा फौज्दारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादीमा रहन्छ । अनुसन्धान अधिकारी प्रहरी समक्ष अनुसन्धानको सिलसिलामा कसूर गरेको भनी सावितै भए पनि प्रहरी समक्षको साविति बयान बाहेक अन्य प्रमाण संकलन हुन सकेको छैन भने प्रहरी समक्षको सावितिले मात्र अभियुक्तलाई दोष ठहर गर्न मिल्दैन ।

५८.   फौज्दारी मुद्दामा the onus of proof lies on the plaintiff  र कसूर प्रमाणित गर्न नसकेमा शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौज्दारी न्यायको मान्य सिद्धान्त हामीले संविधानको धारा १००(१) मार्फत नेपालको Criminal Law मा incorporate गरीसकेको कारण समेतले गर्दा राज्यले सरकार वादी भै चलाउने मुद्दामा आफले अभियोग लगाई prosecute गरेको अभियुक्त उपरको आरोप शंका रहित तवरले प्रमाणित गर्ने भार वादी अर्थात आफैमा रहने कुरामा विवाद हुन सक्दैन ।

५९.   अ सो सन्दर्भमा पुनरावेदन अदालतले पुनरावेदकलाई सजाय गरेको मिलेको छ, छैन भनी जाँच्न पुनरावेदक प्रतिवादी उपर जाहेरवालीलाई जवरजस्तीकरणी गरेको भनी लगाइएको अभियोग प्रमाणित गर्न के कस्ता प्रमाण मिसील संलग्न रहेछ भनी हेर्न पर्ने हुन आयो । पुनरावेदक प्रतिवादीले आफूलाई जवरजस्ती करणी गर्यो भन्ने जाहेरवालीको किटानी जाहेरी दरखास्त परेको देखिन्छ । जाहेरीको व्यहोरा हेर्दा २०५६।२।२६ गते जाने २७ गते लाग्ने रात पुनरावेदक समेतको प्रहरीहरू समेत आएर बुबालाई तिमी माओवादीलाई पाल्छौ रे भनेर कुट्न लागे त्यसपछि घरमा अर परिवारलाई पनि बोलाउँदै सोध्न लागे । मलाई पनि बोलाएर काका सुत्ने कोठामा लगी खाटमा बसीराख भनी मलाई राखे । मेरो वावु आमा अरुलाई कहाँ लगे के गरे मलाई थाहा भएन । मलाई डर लाग्यो । पुनरावेदक आएर मलाई राखेको कोठामा ढोका लगाएर अरु कोही आउन नदिई तिमीहरूकोमा माओवादी कतिजना आउँछन् के गर्छन् भन्दै मेरो स्तन, शरिर तथा तिघ्रामा समाए म कराउन भाग्न लाग्दा मलाई कुटपिट गरी पेस्तोल देखाई मार्छु भनेर जवरजस्ती करणी गरे । करणीको पिडाले उठ्न नसकी सोही ठाउँमा बसेर उज्यालो भएपछि गएर आमालाई सबै कुरा भने भनी घटनाको सबै विवरण सहितको जाहेरी दिनुका साथै शान्ति सुरक्षा गर्ने जस्तो जिम्मेवार व्यक्तिले सुरक्षा गर्नुपर्नेमा पेस्तोल देखाई मलाई जवरजस्ती करणी गरेकोले कारवाही गरी पाउँ भनी किटानी जाहेरी दरखास्त दिएको देखियो । 

६०.   प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरू तथा खडा गरिएको मुचुल्कामा बस्ने साक्षीहरूको अदालतमा सोधपुछ र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ तमात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुरा विश्वासयोग्य हुन्छ । जाहेरवालीको २०५६।५।४ गते दोलखा जिल्ला अदालतमा वकपत्र भएको देखिन्छ । वकपत्रको क्रममा जाहेरवालीले स. ज. ४ मा जाहेरीकै व्यहोरा दोहोर्याई पुनरावेदकले काकाहरूलाई कहाँ लग्यो । काका काकीलाई घरबाट बाहिर निकाल्यो अनि कुट्यो र पेस्तोल देखाई कराइस चिच्याइस भने सजाँय गर्छु भनी काकाको घरमा लगी मलाई जवरजस्ती करणी गर्यो भनी वकपत्र गरेको देखिन्छ । उज्यालो भएपछि आफ्नो घरमा गएर दिदी र आमालाई सबै कुरा भने भन्ने वकपत्रबाट देखिन्छ । जाहेरवालीको बकपत्रलाई जाहेरवालीको दिदी, आमा, बाबु, काका र काकी लगायतका अन्य परिवारको वकपत्रबाट समेत corroborate गरेको देखिन्छ। जाहेरवालीले वकपत्रमा पुनरावेदकले आफूलाई जवरजस्ती करणी गरी गएपछी उज्यालो भएपछि घर गएर दिदी आमा लगायतलाई जवरजस्तीकरणीको सबै घटना बताए भनी वकपत्र गरेको देखिन्छ । दिदी नाताकी मन्दी गोलेको २०५६।५।३ मा वकपत्र भएको देखियो । आमा काईली गोलेको २०५६।५।६ गते वकपत्र भएको देखियो । पुनरावेदकले जवरजस्ती करणी गरेपछि बिहानी भएपछि दिदी र आमालाई घर गएर सबै कुरा भने भन्ने जाहेरवालीको बयान एवं वकपत्रबाट देखिन्छ ।

६१.    आमा बाटुली गोलेको वकपत्रको स. ज. ६ मा पुनरावेदकले पहिला बुबालाई कुट्यो घरबाट वाहिर निकाल्यो अनि छोरीलाई निकालेर काकाको कोठामा लग्यो आउँछ होला भनेको आएन भोलीपल्ट छोरी आई र मलाई कुट्यो अनी जवरजस्ती करणी गर्यो भनेर छोरी रोई भन्ने बकपत्रबाट देखिन्छ । स. ज. ७ मा छोरीको शरिरमा घाउँ चोट हेरिएन तर कुटेकोले १५ दिन जति ज्वरो आएर असार महीना भरी काम गर्न सकेन भन्ने बकेको देखिन्छ । जाहेरवालीको पिता रामबहादुर गोलेको वकपत्रको स. ज. ७ मा छोरीलाई राती लत्कार गरेको कुरा छोरीले रुदै कराउँदै भनेपछि थाहा पाए भनी वकपत्र गरेको देखिन्छ । पिताले स. ज. ९ मा पुनरावेदकले मलाई समेत कुटपिट गरेकोले म पनि घाइते भए भनी बकेको वकपत्रबाट देखिन्छ । यसैगरी अनुसन्धानका सिलसिलामा बुझिएका जाहेरवालीका अन्य परिवारका सदस्यहरूको वकपत्रबाट पनि जाहेरवालीलाई पुनरावेदकले जवरजस्तीकरणी गरेको प्रमाणित भएको देखियो ।

६२.   प्रहरीले बुझेको नविना गोले जो वादीको साक्षी हो र जाहेरवालाको परिवारको सदस्य पनि भन्ने देखिन्छ । नविना गोलेले वकपत्रको स. ज. ४ मा घटना विवरण विस्तृत वताउँदै वारदात भएको राती पुनरावेदकहरूले पहिला आफूलाई जाहेरवालीलाई करणी गरेको कोठामा लगेर सुताई पेस्तोल छातीमा राखी धम्क्याउँदै हप्काउँदै करणी गर्न चाहेको तर पेट दुखेकोले ट्वाईलेट गएर भागेको कारणले मात्र बचेको भन्ने देखिन्छ । वकपत्रमा भोलीपल्ट बहिनी जाहेरवाली आएर रुदै आफूलाई पुनरावेदकले वलत्कार गर्यो भनी स. ज. ४ मा लेखाएकोबाट समेत जाहेरवालीलाई पुनरावेदकले जवरजस्ती करणी गरेको प्रमाणति हुन्छ ।

६३.   पुनरावेदकको नेतृत्वमा गस्ती गर्न जाने मध्येका अमनाथ खड्काको वकपत्र पनि महत्त्वपूर्ण छ । यी अमनाथले वकपत्रको स. ज. ६ मा हामीलाई त्यहाँ केही थाहा भएन, अफिसमा आएपछि मात्र थाहा भएको हो, राकेश कुमारले जवरजस्ती करणी गर्यो भन्ने कुरा थाहा पाईयो भनी वकपत्र गरेको  देखिन्छ । पीडित जाहेरवाली लगायतका पीडितका परिवारहरू जसलाई वादीले आफ्नो साक्षीको रुपमा प्रस्तुत गरेको छ र जसको वकपत्र भएको छ ती सब प्रस्तुत मुद्दामा जाहेरवालीलाई पुनरावेदकले जवरजस्ती करणी गरेको भन्ने अभियोग ठहर गर्न सहायक हुने प्रमाण हुन् ।

६४.   जाहेरवाली आफै पीडित व्यक्ति हुन् । जाहेरवालीलाई बसेको ठाउँबाट उठाई जोडीएको काकाको घरमा लगी जवरजस्ती करणी गरिएको भन्ने देखिन्छ । रातको समयमा सपरिवार बसेको ठाउँबाट जाहेरवालीलाई इच्छा विपरीत जवर्जस्ती थर्काउँदै धम्क्याउँदै लगेको घटनासगै एउटै घरमा बसेको परिवारका सदस्य सबैले देख्ने थाहा पाउने कुरा हो । राती बेपत्ता पारी जवरजस्ती करणी गरी छाडेपछि भोलिपल्ट बिहान आफ्नो घरमा आउनु र आफ्नो सतित्व कुमारीत्व नास गरीसकेको कुरा आफ्नै दिदी आमा बाबुलाई भन्नु स्वभाविक हो । परिवारका सबै सदस्यले परिवारकै माझबाट जाहेरवालीलाई लगेको आफ्नै आँखाले देखेको र भोलीपल्ट बिहान पीडित जाहेरवालीले रातको घटनाबारे सबै विवरण भनेको सुन्ने र देख्ने परिवारका सम्पूर्ण सदस्य यस प्रकारको मुद्दाको लागि महत्त्वपूर्ण प्रमाण हो । जाहेरवाली एवं जाहेरवालीको परिवारका सदस्यहरू स्वभावत हुने साक्षीहरू अर्थात  natural witness मात्र होईन । ती साक्षीहरू Direct and Original Witness पनि हुन् । प्रमाण ऐन, २०३१ को परिच्छेद ३ मा प्रमाणमा लिन हुने र नहुने कुराहरूको व्यवस्था भएको छ । दफा ८ मा साक्षीले अदालत समक्ष वकेको कुराहरू प्रमाणमा लिन हुन्छ भन्ने स्पष्ट व्यवस्था भएको छ । दफा ३८ मा कलिलो उमेर अति वृद्ध तथा शारीरिक वा मानसिक रोग वा अरु यस्तै कारणले गर्दा आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने र जवाफ दिन नसक्ने व्यक्ति बाहेक अन्य जो सुकैपनि साक्षी हुन सक्ने भन्ने कानूनी व्यवस्था स्पष्ट छ । यसले गर्दा जाहेरवाली र जाहेरवालीको ती परीवारहरू जो वृद्ध र मानसिक रोग लागेका छैनन् । ती परिवारलाई साक्षी हुन नसक्ने भन्न प्रश्नै आउँदैन ।

६५.   साक्षी भनेको वारदात वा घटनासँग सम्बन्धित र घटनाको बारेमा प्रत्यक्ष देख्ने वा थाहा पाउने व्यक्ति हो । रातीको समयमा घरमा कुनै घटना वा अपराध हुन्छ भने घर परिवारका सदस्य, घरमा काम गर्ने व्यक्ति, घरको सुरक्षा गर्ने संरक्षक लगायत त्यतिबेला घरमा रहेका व्यक्तिहरू नै महत्त्वपूर्ण प्रमाण हो । विकसित राष्ट्रमा जस्तो सि. सि. टि. भि. फिट गरिएको रहेछ भने सि. सि. टि. भि. ले खिचेको फोटो महत्त्वपूर्ण प्रमाण हो । अपराध भएको कुनै Passers By ले देखेछ भने त्यो Passers By पनि महत्त्वपूर्ण प्रमाण हो । घटना घटेपछि घरका परिवारले हल्ला गरेछन् र वरपरका छिमेकीले मद्दतको लागि आएछन् र छिमेकीले कानुन तोड्ने अपराधी देखेछन् भने छिमेकीहरू पनि महत्त्वपूर्ण प्रमाण हो । अपराध गरी भागेपछि गस्ती प्रहरीले भेटेर पक्राउ गरेछ भने गस्ती प्रहरी महत्त्वपूर्ण प्रमाण हो । अपराध गर्दा घरको ऐना फोड्दा वा ताला फोड्दा ढोका खोल्दा हातले छोएको हातको छाप वा खुट्टा छापहरू वा जुत्ताले कुल्चीएको छाप डाम महत्त्वपूर्ण प्रमाण हुन्छ । प्रमाण यो यस्तो हुन्छ भनी यत्तीमै सिमीत गर्न मिल्दैन । वारदात अनुसार प्रमाणहरू हुन्छन् । 

६६.   प्रमाण अपराध हुँदाको समय, स्थान, स्था, प्रकृति, मौसम, वातावरण र सवुद प्रमाण संकलन गर्ने काममा खटिएका अनुसन्धानकर्ताको इमान्दारतिा, वृद्धिमत्ता, विवेक, कला, अनुभव, सिप तालिम, जोश, ज्ञान, जाँगर, अध्ययन, लगनशिलता लगायत राज्यले अनुसन्धान अधिकारीलाई उपलव्ध गराइएको सुविधाको आधारमा भर पर्ने र संकलन हुने कुरा हो । यसरी संकलीत प्रमाण नै मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायक हुन्छ ।

६७.   प्रस्तुत मुद्दामा हेर्दा पीडित जाहेरवालीलाई अनुसन्धानकर्ताले समयमा नै मेडिकल अफिसर कहाँ स्वास्थ्य परीक्षणको लागि पठाई पीडितको शारीरिक जाँच परिक्षण गराएको देखियो। मेडिकल अफिसरले पनि जाँच गरी आफ्नो स्पष्ट राय दिई पीडितले करणी हुँदा लगाएको लुगामा पाइएका प्रमाण चिन्हहरू संकलन गरी Swab of vaginal secretion समेत preserve गरी त्यसलाई प्रयोगशाला परीक्षणको लागि पठाएको देखियो । त्यतिमात्र नभई अरु बढी परीक्षणको लागि भारतको AdvancedWell equipped laboratory मा समेत परीक्षणको लागि पठाई परीक्षण गराएको देखियो । यी सबै अर्थात पीडित लगायत पीडितका परिवारका सदस्यहरू प्रमाण ऐन, २०३१ को दफा १० का साक्षीहरू हुन् भने मौकामा पीडितलाई जाँच्ने डाक्टर पनि महत्त्वपूर्ण प्रमाण देखियो ।

६८.   जाहेरवाली पीडित घटनाबाट पीडित व्यक्ति हो । जाहेरवालीको दिदी आमा, बुबा र परिवारको अन्य सबै सदस्यहरू घटना देख्ने र थाहा पाउने व्यक्तिहरू हुन् । देख्ने भन्नाले करणी भएको देख्ने होईन । करणी यस्तो अपराध हो करणीको क्रियामा देख्ने साक्षी by chance मात्र पाइएला । जबर्जस्ती करणीको अपराधमा जवर्जस्ती करणी गर्ने अगाडि वा तयारी र करणी पश्चात Victim ले ताएका कुराहरू नै Original  Direct प्रमाणहरू हुन् ।  प्रमाण ऐन, २०३१ को दफा १० मा कुनै काम घटना वा अवस्थाका सम्बन्धमा त्यस्तो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्ष रुपले देख्ने वा थाहा पाउने व्यक्ति वा त्यस्तो व्यक्ति काम घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि र पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ भन्ने कुरा उल्लेख छ । प्रमाण ऐन, २०३१ को उक्त व्यवस्था अनुसार अपराधबाट पीडित व्यक्ति तथा अपराध देख्ने वा थाहा पाउने दुवै थरीका व्यक्तिहरू साक्षी हुन् भन्ने व्यवस्था  भएको देखिन्छ । तसर्थ यस मुद्दामा पीडित जाहेरवाली र निजको घरको सपरीवार प्रमाण ऐन, २०३१ को दफा १० को प्रत्यक्ष प्रमाणहरू हुन् ।

६९.   हाम्रो प्रजातान्त्रिक व्यवस्था जहाँ अदालत स्वतन्त्र छ, जहाँ अभियोग लगाउने अर्थात Prosecution machinary अदालतबाट बिलकुल अलग छ जहाँ मानव अधिकार र मौलिक हकहरूको संरक्षणको संवैधानिक व्यवस्था भएको छ जहाँ संविधानमा नै अदालतले न्यायसम्पादन गर्दा संविधान कानून र न्यायका मान्य सिद्धान्तमा रही न्याय सम्पादन गर्नेछ भन्ने व्यवस्था भएको छ त्यस्तो देशमा फौज्दारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादीमा रहनु स्वभाविक हो र वादीले कसूर प्रमाणित प्रमाणको आधारमा नै गर्ने हो ।

७०.   अ सो सम्बन्धमा हेर्दा पीडित जाहेरवालीले पुनरावेदकले आफूलाई जवरजस्ती करणी गर्यो भनी किटानी जाहेरी दिएको छ । पीडितको मौकामा स्वास्थ्य परीक्षण हुँदा पीडितले लगाएको लुगाहरू र पिडतिको vagina को परीक्षण गर्दा जवरजस्ती करणी भएको प्रमाणहरू भेटिएको हुँदा जाहेरवाली आफै घटनाबाट पीडित व्यक्ति भन्ने कुरामा विवाद भएन । पीडित, जस उपर अपराध भएको छ जसले झुट्टा वक्न पर्ने कुनै कारण छैन भने उ भन्दा बढी महत्त्वपूर्ण प्रमाण के हुन सक्छ ? यही कारणले गर्दा हाम्रो प्रमाण सम्बन्धी कानूनले प्रमाण ऐन, २०३१ कोदफा १०(१)(ख) मा पीडितलाई विशेष महत्त्वपूर्ण साक्षीको रुपमा राखेको छ । पीडितलाई प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) अनुसार साक्षीको रुपमा राख्नुको पछाडि केही महत्त्वपूर्ण कारणहरू छन् । पीडित आफै अपराधको शिकार भएको कारण झुठ्ठा वक्दैन । पीडितको एउटै लक्ष्य आफू उपर अन्याय गर्नेलाई सजाँय गराउन नै हुन्छ । त्यसैले त्यस्तो अपराधको पीडितले कहिले पनि सच्चा अपराधीको वदला अरुलाई सजाय दिलाउन चाहदैन अर्थात पीडितले वास्तविक दोषीलाई उन्मुक्ति दिएर अरुलाई सजाय गराउन चाहदैन ।

७१.   अपराधबाट पीडित सच्चा Victim ले खास अपराधीलाई जोगाई अपराधीको वदलामा अरुलाई substitute गर्दैन भन्ने मान्यतामा अपराधबाट पीडित व्यक्ति महत्त्वपूर्ण प्रमाण मानिन्छ। यी कारणहरूले गर्दा दफा १०(१)(ख) मा पितलाई महत्त्वपूर्ण साक्षीको रुपमा राखिएको छ । जबरजस्ती करणी मुद्दामा Rare Case हरूमा मात्र पीडितको जाहेरी वकपत्र, बयान र भनाईलाई अन्य थप प्रमाणले समर्थन गर्न आवश्यक पर्ने अवस्था हुन सक्छ । जवर्जस्तीकरणी मुद्दामा त अवस्था कस्तो हो भन्ने कुरा १८ औं शताब्दीमा Black Stone ले भनेका छन् । पीडितको Testimony विश्वासलायक नहुने अवस्था को वारेमा १८ औं शताब्दीमा विश्व प्रशिद्ध कानूनविद एवं िहास विद William Black Stone ले देहाय बमोजिम भनेको पाईन्छ । If she be of evil fame and stand unsupported by others, If she concealed the injury for any considerable time after she had the oppertunity to complain, if the place where the act was alleged to be committed was where it was possible she might have been heard and she made no out cry, these and the like circumstances carry a strong but not conclusive presumption that her testimony is false or feigned. Willim Black ले भनेको उपरोक्त अवस्थाको पीडितको भनाई र घटना हेर्ने हो भने त्यस्तो अवस्थामा पीडितको बयान वा वकपत्रलाई समर्थन गर्ने अन्य स्वतन्त्र प्रमाणहरू आवश्यक पर्छ यसमा विवाद हुन सक्दैन । त्यति मात्र होईन त्यस्तो अवस्थाको करणीलाई जवर्जस्ती नभई consensual inter course हो कि पनि भन्न पर्ने हुन्छ ।

७२.   पीडित जाहेरवाली उल्लेखीत ठेगानाको स्थानीय ब्यक्ति भन्ने देखिन्छ । पुनरावेदक प्रतिवादी अर्को जिल्लाको व्यक्ति भए पनि प्रहरी सेवाको भएकोले नोकरीको कारण दोलखामा पुगेको देखिन्छ । जाहेरवाली र पुनरावेदक उक्त मिति भन्दा अगाडि एक आपसमा चिनजान भएको पनि देखिदैन । पीडित जाहेरवाली गाउँघरको एक सिधासाधी भोलिभाली केटी देखिन्छ । बकपत्र हेर्दा प्रहरी आएको भन्ने बित्तिकै पीडित जाहेरवाली प्रहरी देखि डराउने खालको स्वभावको भन्ने देखिन्छ । गाउँघरका कम पढेका महिलाहरूको यस्तो स्वभाव सामान्य हो । गाउँ घरमा मात्र होईन शहरी क्षेत्रमा नै पनि प्रहरी देख्दा डराउने प्रचलन अझै बाँकी छ । पुनरावेदक स्वयंले पीडित समक्ष पुरानो चिनजानको दुस्मनी भएको केही भनेको छैन । यसरी चिनजान नै नभएको कुनै रिसइवी नै नभएको पीडितले विना कारण पुनरावेदकले आफलाई जवरजस्ती करणी गर्यो भनी आरोप लगाउने प्रश्ननै आउँदैन । त्यसैगरी पीडितको दिदी आमा बुबा र परीवारका सदस्य लगायत अन्य नातेदारहरूले पनि पुनरावेदकलाई झुट्टा आरोप लगाउन पर्ने कुनै कारण देखिदैन । यी स कारणले गर्दा पीडितको जाहेरी, पीडितको शारीरिक परीक्षण तथा पीडितले अदालत समक्ष गरेको बकपत्रबाट जाहेरवाली हिमाली गोले प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिमको साक्षी सवुद प्रमाण भएको देखिएको र निजले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालत समक्ष उपस्थति भई दफा ५०, बमोजिम वकेको कुरा दफा १० बमोजिम प्रमाणमा लिन हुने प्रमाण भएकोले सोही आधारमा प्रस्तुत मुद्दामा वादीले दफा २५ बमोजिम प्रतिवादी पुनरावेदक उपर लगाएको अभियोग Beyond reasonable doubt प्रमाणित गरेको देखियो । पीडित जाहेरवालीका साथै पीडितका नातेदार एवं मेडिकल अफिसर समेतको वकपत्रबाट पुनरावेदक उपरको अभियोग निर्विवाद रुपले Beyond reasonable doubt प्रमाणित भएकोले पीडित जाहेरवालीलाई जवरजस्ती करणी गरेको ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको देखियो ।

७३.   अ सजायका सम्बन्धमा विचार गर्दा पुनरावेदकलाई जवरजस्तीकरणीको महलको ३ नं. बमोजिम ४ बर्ष कैद हुने ठहर गरेको देखिन्छ । तत्कालिन कानूनी व्यवस्था अर्थात तत्कालिन जवरजस्तीकरणीको महलको ३ नं. अनुसार जवर्जस्ती करणी ठहरमा कसूरदारलाई ३ देखि ५ बर्ष सम्म कैद हुन सक्ने र १० नं. अनुसार पीडितलाई कसूरदारको अंशबाट आधा अंश पनि दिलाई दिने व्यवस्था भएको देखिन्छ तर पुनरावेदन अदालतले पुनरावेदकलाई ४ बर्ष मात्र कैद गरेको देखियो । पुनरावेदक प्रतिवादी साधारण आमनागरिकको जिउज्यान, धन सम्पत्तिको संरक्षण गर्ने राज्यले नियुक्त गरेको प्रहरी सेवाको व्यक्ति हुन् । यस्तो संवेदनशिल र महत्त्वपूर्ण कर्तब्य भएको वहालवाला प्रहरी ओहदाधारीले जाहेरवालीलाई अरु कसैले वलात्कार गर्न लागेको अवस्थामा भेटेको भए त जाहेरवालीलाई वचाउन पर्नेमा पुनरावेदक आफैले जाहेरवालीलाई वलात्कार जस्तो गम्भिर अपराध गरेकोमा पनि पुनरावेदकलाई ४ बर्ष मात्र सजाय गरेको मिल्यो मिलेन ? पुनरावेदन अदालतले अपनाएको Sentencing policy कानून र न्याय सम्मत भयो भएन हेर्न पर्ने हुन आयो ।

७४.   फौज्दारी अपराधमा सवुद प्रमाणबाट दोषी हो, होईन ? प्रमाण केलाई प्रमाणको आधारमा दोषी भन्ने ठहर गरेपछी सजाय कति गर्ने र किन गर्ने भन्ने बारे न्यायीक मन र सद्विवेक लगाई निर्णय गर्नुपर्छ । सवुद प्रमाणबाट दोषी ठहर गर्न सकिने पर्याप्त प्रमाणको आधारमा दोषी ठहर गरीसकेपछि कानूनमा सजायको हद न्यनतम देखि अधिकतम सम्म वा न्यूनतम नतोकी अधिकतम मात्र तोकिएको रहेछ भने न्यूनतम र अधिकतमको बीच वा न्यूनतम वा अधिकतम पुरै सजाय मध्येमा कुन र कती सजाय गर्ने भन्ने सम्बन्धमा अपराधको गाम्भिर्यता अपराधीको चरित्र, पीडितलाई पुग्न गएको क्षति आदि हेरेर आधार र कारण सहित अपराध माफीकको सजाय तोक्नु पर्छ । फौज्दारी अपराधमा कम सजाय गर्दैमा वा हदैसम्मको पुरै सजाय गर्दैमा ends of justice meet गरिदैन । सजाय गर्नुको उद्देश्य र कारणमा retribution, justice deterrence, reformationprotection हो भनिन्छ । आजको विश्वमा सजाय गर्नुको उद्देश्य उपरोक्त सबै प्रयोजनको लागि हो भनिन्छ । अपराध माफीकको सजाय हुनु पर्दछ भन्ने नै सजायको उद्देश्य हो ।

७५.   सजाय गर्नुको मुख्य उद्देश्य जसले अपराध गर्छ उसलाई अपराधको गम्भीर्यता माफीकको सजाय त छदैछ भविष्यमा सम्भावित अपराध गर्नेलाई र अरु जो सुकैले पुनः अपराध नगरोस् भन्ने उद्देश्यले अपराध माफीकको सजाय तोक्नु पर्छ भनिन्छ । यो दण्डको Deterrence Theory को मान्य सिद्धान्त हो भने Reformative Approach ले उ पुनः दण्ड मार्फत सुधार भई पुन समाजमा re-socialise भन्ने हुन्छ ।

सजाय तोक्ने अर्थात दण्ड नीतिको सम्बन्धमा १७८० का बेलायतको R vs stratton को मुद्दामा The fundamental rule of criminal judicature is that the measure of punishment should be in proportion to the malignity appearing in the intention of the offender  भनीएको छ ।

७६.   हल्सवेरीको खण्ड ४८३ मा सजाय तोक्दा देहायको कुराहरू विचार गर्नुपर्छ भन्ने उल्लेख छ ।

(a)               It's nature and circumstances in which it was committed

(b)               The Degree of deliberation shown by the offender

(c)                The fact that the crime was a highly organized one in which a number of offenders took part.

(d)               The provocation which the offender has received if the crime is one of violence

(e)               The antecedents of the offender up to the time of sentence his age and character, the     fact that he is danger to the public and  whether such danger is due to mental     disturbance or immaturity and may decrease or disappear

(f)                 Particular circumstances such as the prevalence of a particular offence

(g)               The abuse of a position in a public service

७७.     सजाय कति गर्ने भन्ने सम्बन्धमा सन् १९०८ को R vs Wearer को मुद्दामा बेलायतको उच्च अदालतले It is the practice of criminal court generally to punish persistent offenders more severely than those who have not been previously convicted or have not committed other offences भन्ने ब्याख्या गरेको देखिन्छ । सन् १९५५ को R vs. Mccarthy को मुद्दामा It is not right to be guided merely by previous convictions and it is a well recognized principle that a severe sentence for a triflign offence cannot be justified merely on the ground that the offender has had many previous convictions भन्ने ब्याख्या भएको देखिन्छ । तर सन् १९०८ को R vs. Spencer को मुद्दामा A first hand offender may commit so heinous an offence that a severe sentence is properly imposed. भन्ने ब्याख्या भएको पनि देखिन्छ ।

७८.   जवरजस्तीकरणीको अपराध गम्भीर अपराध हो । हाम्रो जस्तो समाज जहाँ रुढीवादीले ग्रस्त छ जहाँ शिक्षाको अभाव छ संविधानले महिलाहरूको हक हित उत्थान, जागरण, अधिकार र अवसरको लागि संविधान कानून र सरकारी नितीले जतिसुकै सहुलियतको व्यवस्था गरे पनि गाउँ घर समाजले जवर्जस्ती करणीबाट पिडति महिलालाई counselling को सेवा दिनु सहानुभूति पुर्वक हेर्नुको वदला उल्टै पीडितको चरीत्र एवं व्यक्तित्व माथि Stigma लगाइन्छ । आफू उपर भएको अपराधीक कार्य उल्टै आफ्नो व्यक्तित्व विकासमा taboo को रुपमा देखापर्ने प्रचलन पूर्ण रुपमा अन्त्य भैसकेको छैन । हाम्रो समाज यति conservative छ कि, विवाहिता महिलाको जवरजस्ती करणी  भएमा पति या घर परिवारले उनलाई accept नगर्न सक्छ त्यसै गरी अविवाहिता महिला माथि जवरजस्ती करणी भएको छ भने वैवाहीक जीवन कायम गर्न वाधा उतपन्न हुन सक्छ । Conservative  समाज, रुडीबुडीको प्रचलन शिक्षाको कमी, पौराणीक चालचलन एवं गलत मान्यता, चेतनाको अभाव ठिक बेठिक गुणदेष छुट्याउन सक्ने क्षमता ज्ञानको अभाव र महिलालाई as a sex commodity ठान्ने र महिला पुरुष समान होईन भन्ने गलत र खराव धारणाले हेर्ने पौराणीक र रुढीबादीले ग्रस्त प्रचलन आदि कुरितीको कारणले गर्दा यस्तो अवस्था सृजना हुन गएको हो ।

७९.   हाम्रो रुडीबुडी समाजमा जवजस्ती करणीले महिलाहरूको पारिवारीक र वैवाहिक सम्बन्धमा नै अपुरणीय क्षति पुर्याउन सक्छ । हाम्रो जस्तो conservative समाजमा जवर्जस्ती करणीले महिलाको व्यक्तित्व विकासमा ठलो वाधक वन्दछ । जवर्जस्ती करणीको महलको नं. १० को आधा अंश क्षेतिपूर्ति स्वरुप दिलाइने रकम जतिसुकै ठूलो भएपनि माथि उल्लेखीत क्षती सम्पतीले पूर्ति गर्न सक्दैन तसर्थ जवर्जस्तीकरणीबाट पीडित महिलाको medical examination  बाट जवर्जस्ती करणी भएको प्रमाणित भएको र पीडित स्वयं अदालतमा उपस्थित भई मुद्दा हेर्ने अधिकारी समक्ष आफू उपर भएको अपराधको सम्बन्धमा सत्य कुराको विस्तृत वकपत्र गरेको अवस्थामा त्यस्तो बकपत्रलाई अदालतले प्रमाणमा लिई अदालतले सजाय तोक्दा पीडीत महिलालाई पर्न गएको आजीवन अपूरणीय क्षतीलाई समेत ध्यानमा राखी उपयुक्त सजाय तोक्नु पर्छ । यही कुरालाई ध्यानमा राखी जवरजस्तीकरणीको महलको नं. ३ र १० मा महत्त्वपूर्ण संशोधन भएको छ ।

८०.   पुनरावेदकलाई पुनरावेदन अदालतबाट भएको सजायको मात्रा पुनरावेदकको कसूर र पुनरावेदक प्रहरी सेवाको कर्मचारी भएकोले पुनरावेदकको समाज प्रतिको जिम्मेवारी र कर्तब्यको अनपातमा ठिक भयो भएन भन्ने निष्कर्शमा पुग्नु अगाडि जवर्जस्तीकरणीको अपराधमा सजायको विकासको ऐतिहासिक क्रम अर्थात evolution of punishment एकपटक विश्लेषण गर्न उचित देखिन्छ ।

८१.   अमेरिकाको Connecticut राज्यको University of Hartford  को Criminology को प्रोफेसर Charles W DeanResearch associate mary de Bruyn Kop को The Crime and The Consequences of Rape  को भाग २ Historical Background of Rape मा देहाय बमोजिम उल्लेख  छ ।

Records show that rapist were subject to punishment as far back as thousands of years before Christ. The code of Hammurabi which was Carved in Babylyon around 1900 B.C. on an obelisk of black stone decreed that men should be punished if they raped. The early Hebrews Considered rape a crime as did Assyrians. All these early civilization meted out punishment according to their own systems of justice. Justice however was a double edges word back then for not only was there punishment for the criminal but also for the victim.

Under the code of Hammurabi the Babylonians considered a married woman who was raped to be guilty of adultery bound her to the rapist and threw them both in the river. Both the assailant and the victim could be saved from death however the husband if he wised could pull his wife from the water in which case the king would pardon the adulterer. The Hebrews also considered some women to be responsible for their own rape. A married women who was raped was stoned to death along with her assailant at the gates of the city. The same punishment was dealt a virgin who was raped within the city walls the reasoning being that she could have cried out and been heard and  rescued if she had wanted.

The Assyrians went one step further of they also punished the wife of the rapist. If a man raped a virgin her father was entitled to take the wife of the ravisher. Rape was a crime to be sure but not against the women only against the women's father or husband since it was his property that has been damaged.  

८२.   मध्य युग भन्दा अगाडि पनि जवरजस्तीकरणीलाई अपराध मानिएको तर सजाय भने अपराधी एवं पीडित दुवैलाई हुने गरेको भन्ने देखिन्छ । मध्ययुग तिर आएपछि भने बेलायतमा धारणा वदली पीडित स्वास्नी मानिसले अदालतमा आफू मुद्दा लिएर जान सक्ने व्यवस्था भएको देखिन्छ । सन् १०६६ ताका बेलायतमा राजा William The Conqueror राजा भएपछि प्रचलनमा रहेको जवरजस्ती करणी गर्ने अपराधीलाई मृत्यदण्ड बढी भयो भनी कानून शंसोधन गरिय तर न्याय भने कता कता Barbarice हुन पुगेको देखिन्छ । मृत्यदण्डको सजाय संशोधन गरियो तर अभियुक्तलाई सजाय Castration वा Loss of one’s Eyes को व्यवस्था भई विकल्पको रपमा पीडितलाई अपराधीले विवाह गरी Clergy को पदमा मन्जुर गरेमा आँखा र Testicle जोगिने सजायको व्यवस्था भएको भन्ने देखिन्छ ।

८३.   १३ औं शताव्दीको अन्त्य तिर आएर बेलायतमा सजाँयमा सुधार गरी जवरजस्तीकरणीको अपराधलाई पहिलो पल्ट समाज विरूद्धको अपराध Crime against society than woman herself मानी महिलाले नालिस गर्ने हक तथा हदम्याद आदि समेतको व्यवस्था भएको भन्ने देखिन्छ । महिला विरूद्ध हुने जवरजस्ती करणी जस्तो गम्भीर अपराधमा महिलाहरूले न्याय पाउन शताब्दीयौ संघर्ष गर्न परेको देखिन्छ ।

८४.   जवरजस्तीकरणीको अपराधलाई एवं क्रमले महिला विरूद्ध हुने गम्भीर अपराध मानी यसको कानूनी कारवाहीको र सजायको विकास भएको देखिन्छ ।

८५.   जवरजस्ती करणीको अपराधमा प्रमाणको मूल्यांकन सम्बन्धमा केही यता आएर अदालतको दृष्टिकोणमा केही परिवर्तन देखिन्छ । महिलाहरूको शारिरमा शारीरिक हमलाको कुनै घाउँचोट वा दाग नदेखिएमा जवरजस्तीकरणीको अपराध हुन सक्दैन भन्ने दृष्टिकोण वा धारणा थियो । करणीको अपराध हुन शरिरमा घाउँ चोट हुनुपर्ने भन्ने गलत धारणाले वास्तविकता बुझ्न सकेको थिएन । महिला उपर भएको जवरजस्तीकरणीले पीडितमा पर्ने गम्भिर र दुरगामी शारीरिक, मानसिक, मनोवैज्ञानिक, पारिवारिक, सामाजिक, आर्थिक, बौद्धिक र चारित्रक असर प्रति अदालतहरूले त्यति दिलचस्पी दिने गरेको थिएन । वास्तवमा अदालतहरू संवेदनशिल देखिएनन्। तर केही दशक यता आएर यो धारणा केही बदलिएको देखिन्छ । केही अगाडिको Rape Jurisprudence हेर्ने हो भने पीडित महिलाको Testimony मात्र अदालतले विश्वास गर्ने गर्दैन थिए। जवरजस्ती करणीले महिलाको शारिरिक शरिर जुन महिलाको अनुमति र इच्छा विपरीत छुन सम्म पनि नहुने invoilable body हो, जवर्जस्तीकरणीले त्यस्तो invoilable body को अपरहरणका साथै लामो समय सम्म पीडित महिलाको मनोबैज्ञानिक Violence समेत हुन पुग्छ ।

८६.   महिला उपर हुने जवरजस्ती करणीले पीडितमा पर्ने गम्भीर र दुरागामी शारीरिक एवं मनौवैज्ञानिक, मानसिक, पारिवारिक, सामाजिक, वौद्धिक, आर्थिक र चारित्रिक असर प्रति अदालतहरूले त्यति ध्यान दिने गरेको थिएन । केही दशक अगाडि सम्मको जवरजस्ती करणी सम्बन्धीको मुद्दामा स्थापित स्वतन्त्र न्यायपालिका भएको हाम्रो छिमेकी राष्ट्रको अदालतहरूको प्रमाणको मूल्यांकन र दण्ड व्यवस्था हेर्दा महिला जो आफै पीडित हो उसको Testimony लाई खास महत्व दिएको देखिदैन ।

८७.   हाम्रो सम्बन्धमा पनि धेरै फैसलाहरू छन् र भारतको एउटा चर्चित Tukaram Vs. State of Maharastha को मुद्दालाई लिन सकिन्छ । उक्त मुद्दालाई Mathura Rape Case पनि भनिन्छ । उक्त मुद्दामा पनि प्रस्तुत मुद्दाका अभियुक्त वहालवाला वर्दिवाला प्रहरी कर्मचारी भएजस्तै उक्त मुद्दामा पनि प्रहरी कर्मचारी नै अभियुक्त भएको Custodial Rape Case नै थियो । उक्त मुद्दामा पीडितको Testimony लाई पीडीतले मौकामा विरोध नगरेको र मद्दत नमागिएको भन्ने आधारमा अदालतले consencual rape ठहर्यायो । जवरजस्तीकरणी होईन भन्ने ठहर भयो । उक्त मुद्दामा समाजमा व्यापक असन्तुष्टी भएपछी अन्ततोगत्वा भारतको जवरजस्ती करणी सम्बन्धी कानून नै संशोधन गरी custodial rape case मा पीडितको शरीरमा करणी भएको भन्ने प्रमाणित भएमा र पीडित महिलाले आफ्नो मन्जुरी नलिई ईच्छा विपरीत करणी गरेको भनेमा त्यस्तो करणी मन्जुरी नलिई ईच्छा विपरीत राजिखुशी विना करणी भएको मानिने गरी custodial rape  मा प्रमाणको भार अभियुक्तमा सारीयो । त्यसपछि जवरजस्तीकरणीका सम्बन्धमा पीडीतको जाहेरी बयान एवं वकपत्र आदि trustworthy विश्वासिलो भएमा पीडितको बयान महत्त्वपूर्ण प्रमाण मानिन्छ भनी भारतको सर्वोच्च अदालतले १९९८ मा Ranjit Hazarika Vs. State of  Assam को मुद्दामा जवरजस्ती करणीको अपराधमा पिडतिको शारीरिक जाँच र पीडितको भनाईको प्रमाणलाई देहाय बमोजिम ब्याख्या गरेको देखिन्छ ।

The mere fact that no injury was found on the private parts of the prosecution or her hymen was found to be intact does not belie the statement of the prosecutri as she nowhere stated that she bled per vagina as a result of the penetration of the penis in her vagina. She was subjected to sexual intercourse in a standing posture and that itself indicated the absence of any injury on her parts. To constitute the offence of rape penetration however light is sufficient. The prosecutionde posed about the performance of sexual intercourse by the appellant and her statement has remained un challenged in the cross examination, Neither the non rupture of the hymen nor the absence of injuries on her private parts there of belies. The testimony of the prosecutrix particularly when we find that in the cross examination of the prosecutrix nothing has been brought out to doubt her verasity or to suggest as to why she would fasely implicate the appellant and put her own reputation at stake. The opinion of the Doctor that no rape appears to have been committed was based only on the absence of rupture of the hymen and injuries on the private parts of the prosecutrix. The opinion can not throw out an otherwise cogent and trustworthy evidence of the prosecutirx. Besides the opinion of the Doctor appears to be based on no reason  भन्ने ब्याख्या भएको देखिन्छ ।

८८.   यसैगरी सन् १९९६ को State of Punjab Vs. Gurmis Sing  भएको अर्को जबरजस्ती करणी मुद्दामा भारतको सर्वोच्च अदालतले The court must while evaluating evidence remains alive to the fact that inacase of rape no self respecting women would come forward in a court just to make a humiliating statement against her honour such as is involved in the commission of rape or her. The testimony of the victim in such cases is vital unless there are compelling resons which necessitate looking for corroboration of her statement. The courts should find no difficulty to act on the testimony of a victim of sexual assault alone to convict an accused where her testimony inspires confidence and is found to be reliable. The evidence of a victim of sexual assault stands almost on par with the evidence of an injured witness to an  extent is even more reliable.  Just as a witness who has sustained some injury in the occurrence which is not found to be self inflicted is considered to be a good witness in the sense that he is least likely to shield the real culprit the evidence of a victim of a sexual offence is entitled to great weight absence of corroboration notwithstanding भन्ने ब्याख्या भएको देखिन्छ ।

८९.   वास्तवमा जबरजस्ती करणी भनेको महिलाको inviolable body जुन अनतिक्रम्य छ, यस्तो शरिरको कुमारित्व वा सतित्व जे होस् यस्तो अमूल्य सम्पत्तिको नाश गर्नु हो । माथि उल्लेखीत भारतको सर्वोच्च अदालतको जवरजस्तीकरणी बाट पीडित महिला जो आफै अपराधको शिकार वनेका छन् यदि साक्षी परीक्षण हुँदा विश्वासिलो छ भन्ने उसको भनाईको आधार महत्वपुर्ण र प्रमाणमा लिन हुने भन्दै जवरजस्तीकरणी भनेको पीडितको शारिरिक स्वास्थ्यको अवस्था होईन जवरजस्ती करणी एउटा अपराध हो । अर्थात rape is not a medical condition but a crime भन्ने निष्कर्षमा पुगी जवरजस्ती करणी सम्बन्धी अर्थात भारतको rape law को ब्याख्या भएको देखिन्छ । हुन पनि हो जसरी कुनै ज्यान मार्ने उद्योग मुद्दामा ज्यान मार्न उद्योग गरिएको पीडित घाईते यदि उचित र समयमै उपचारबाट वाँच्न सफल भएमा उ जती महत्त्वपूर्ण प्रमाण अरु सायद नहोला यही कारणले गर्दा अदालत समक्ष गरेको वकपत्रलाई महत्त्वपूर्ण प्रमाणमा लिईन्छ । त्यसैगरी जवर्जस्ती करणीबाट पीडितको वकपत्र मात्र पनि प्रमाणमा लिन नहुने कुनै कारण नै हुँदैन । कुनै एकान्त ठाउँमा कुनै एक महीलालाई कसैले जबरजस्ती करणी गर्यो भने को चश्मदित गवाह खोज्ने ? यदी पीडितको medical जाँचबाट करणी भएको प्रमाणित भएको छ र पीडितले अभियुक्तलाई झुट्टा आरोप लगाउन पर्ने कुनै कारण छैन भने पीडितको वकपत्रलाई मात्र प्रमाणमा लिन नमिल्ने भन्ने प्रश्न नै आउँदैन । यही कारणले गर्दा witnessed are weighted not counted भनिएको हो । भारतको सर्वोच्च अदालतले गरेको ब्याख्या अनुकरणीय छ । प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) मा घटनाबाट पीडित व्यक्तिले बकेको कुरा प्रमाणमा लिन हुने व्यवस्था यही कारणले गरिएको हो ।

९०.   जवर्जस्ती करणी जस्तो गम्भीर अपराधमा माथि उल्लेखीत प्रमाणहरूबाट प्रमाणित भएमा सजाय तोक्दा जवरजस्तीकरणीको मलको नं. ८ मा भएको जवरजस्ती करणी गर्नेबाट आफ्नो धर्म नष्ट हुनबाट वच्न त्यस्तो व्यक्तिलाई एक घण्टा भित्र मारेमा पनि खतवात नलाग्ने व्यवस्था र १० नं. को तत्कालिन व्यवस्था अनुसार जवरजस्ती करणी गर्नेबाट आधा अंश दिलाई दिने व्यवस्थाको साथै जवरजस्ती करणीबाट पीडित महिलालाई पेशामा र मानसिक, मनौवैज्ञानिक, शारीरिक, सामाजिक, बौद्धिक, चारित्रीक, पारिवारिक र आर्थिक लगाएत विभिन्न पक्षमा पर्ने दूरगामी र स्थायी असर समेतलाई ध्यानमा राखी उचीत सजाय तोक्न पर्छ तवमात्र न्यायको उद्देश्य प्राप्त हुन्छ ।

९१.    यहाँ माथि उल्लेखीत बेलायतको अदालतले स्थापित गरेका विभिन्न सिद्धान्त मध्ये २ वटा सिद्धान्त महत्त्वपूर्ण र प्रसिद्ध छन् । Nature and circumstance in which it was committed / the abuse of a position in a public service यस मुद्दाको लागि महत्वपुर्ण छ । पुनरावेदक वहालवाला प्रहरी कर्मचारी हो । प्रहरीको कर्तब्य र धर्म प्रहरी ऐनले नागरिकको सत्य सेवा सुरक्षा गर्ने भनेको छ । प्रहरीको कर्तब्य नागरिकहरूको ज्यू, धन र ज्यानको संरक्षण गर्नु हो । प्रहरीको कर्तब्य यो भन्दा बढी विवेचना हुन आवश्यक छैन । आपत विपतमा परेको वेलामा, अन्यायमा परेको बेलामा, शंकटमा परेको बेलामा खतरामा परेको बेलामा, जीउ ज्यान र सम्पत्ती खतरामा परेको बेलामा, शान्ति र व्यवस्था कायम राख्ने राज्यको अधिकार सम्पन्न Uniform लगाएको प्रहरी देख्नासाथ खतरामा परेका नागरिकले आफूलाई सुरक्षित महसुस गर्दछन् । प्रहरीको पद जनताले आफू सुरक्षित महसुस गर्ने पद हो । संकटमा परेका सबै नागरिकलाई सुरक्षा प्रदान गरी शंकटबाट बचाउने ताकत र अधिकार Uniform लाई प्राप्त हुन्छ । राज्यले नागरीकलाई संकटबाट वचाई सुरक्षित गर्ने Police Power अन्तर्गत प्राप्त आफ्नो अधिकार र कर्तब्य त्यही Uniform धारी प्रहरी मार्फत प्रयोग गर्दछ । माथि उल्लेखित अधिकार र कर्तब्य भएको प्रहरीले रातीको समयमा Uniform को आडमा अपराधिक उद्देश्यले पीडित जाहेरवालीको घरमा अनधिकृत प्रवेश गरी पीडित जाहेरवाली र पीडित जाहेरवालीको परिवारलाई कुटपिट गरि, धम्क्याई कर्तब्य पालनाको सिलसिलामा प्रयोग गर्न दिएको हतियार पेस्तोल अधिकार ओहदा र Uniform समेतको गलत र दुरूपयोग गरी परिवारको बीचबाट जाहेरवालीलाई अपहरण रहको नाटकीय ढंगले टपक्क टिपेर अर्को घरमा लगी कुटपीट गरी मार्ने सम्मको धम्की दिई घरबाट बाहिर भित्र कसैलाई पनि आउन जान नदिनु भन्ने आफ्नो मातहतका प्रहरीहरूलाई आदेश दिई ओहोदा, Uniform हतियार तथा ताकतको आडमा पीडित र पीडितको परिवारहरूको समेत मानवअधिकार हनन गरी सम्पूर्ण प्रहरी फोर्स प्रति नै आमनागरिकको जनविश्वास लोप हुने गरी जाहेरवालीलाई एक प्रकारले Police Custody सरहमा लिई Crime against Humanity को अपराध भन्न सकिने जवरजस्ती करणी गरेको यस्तो जघन्य अपराधमा पनि पुनरावेदकलाई Leniency देखाई ४ बर्ष मात्र कैद सजाय गरी जाहेरवालीले आधा अंश पाउँ भनी आफैले दरखास्त दिए मात्र आधा अंश दिलाई दिने भनी गरेको शुरु जिल्ला अदालतको फैसला र त्यसलाई सदर गर्ने पुनरावेदन अदालत दुवै अदालतको फैसला कैद सजायको हकमा जिल्ला एवं पुनरावेदन दुवै अदालतको स्वविवेक उचित भएको भन्न सकिदैन ।

९२.   पुनरावेदकले हतियार सहित Uniform लगाएको अवस्थामा हतियार बोकेको र Uniform लगाएका अन्य आफ्ना junior कर्मचारीलाई sentry को रुपमा बाहिर राखी पीडित जाहेरवालीलाई custody मा लिई जवर्जस्तीकरणी गरेको भन्ने Beyond reasonable doubt  प्रमाणित भएको प्रस्तुत वारदातलाई Custodial Rape मान्नु पर्दछ । आफ्नो पद र Uniform को आडमा भएको यस्तो Custodial Rape को अपराधमा सजाय तोक्दा अदालतले Leniency देखाउन नहुने थियो । बेलायतको R Vs. Stratton को मुद्दामा अदालतले आफ्नो Sentencing policy,The abuse of a position in a public service मा पनि आधारित गर्नुपर्छ भनी यहि कारणले भनेको हो । पुनरावेदक Public Servant भईकन आफ्नो Position को दुरूपयोग गरी गरेको यस्तो जघन्य अपराधमा पनि फैसलाको ठहर खण्डमा कुनै कारण उल्लेख नगरी जवाफदेही अपराधको गाम्भिर्यता अपराधबाट पीडितलाई पर्न गएको आजीवन र अपुरणय क्षतीलाई ध्यानमा राखी न्यायाधीशले सद्विवेक लगाई प्रयोग गर्न दिएको स्वविवेकीय अधिकार प्रयोग गरी अपराध माफिकको सजाय गर्न पर्नेमा ४ बर्ष मात्र कैद सजाय गरेकोलाई पुनरावेदन अदालतले स्ववीवेकीय अधिकार ठिक ठाउँमा प्रयोग गरेको मान्न सकिएन ।आईन्दा पुनरावेदन अदालतले सजाय तोक्दा माथिका कुराहरूलाई विचार गर्नु ।

९३.   कैद सजाय मात्र होईन जवरजस्ती करणीको महलको १० नं. अनुसार पीडित जाहेरवालीलाई पुनरावेदकको सम्पत्तीबाट आधा अंश दिलाई दिन पीडित जाहेरवालीले दरखास्त दिएमा मात्र कारवाही अगाडी बढाउने ठहर पनि ऐनको मनशाय विपरित देखियो । तल्लो अदालतहरूले जवर्जस्तीकरणकिो महलको १० नं. को सम्बन्धमा गरेको आदेश ऐनको व्यवस्था र उद्देश्य विपरित देखियो । यदी जवर्जस्तीकरणीको महलको १० नं. को कानूनी व्यवस्थाका सम्बन्धमा पुनरावेदन एवं जिल्ला अदालतले अर्थ गरे सरह गर्ने हो भने, पीडीत महीला वर्गले न्याय पाउन सक्दैनन् पीडित महिलालाई आफ जाहेरवाली भएको मुद्दाको अन्तिम फैसला भएको थाहा हुँदैन । पीडित महिलालाई जवर्जस्तीकरणीको महलको १० नं. को व्यवस्था थाहा हुँदैन । पीडित महिलालाई अभियुक्तको सम्पत्ती कहाँ कती के के छन् थाहा हुने कुरो होईन । अन्तिम अदालतबाट पनि मुद्दा हारेपछि जवरजस्ती करणीको महलको कार्यान्वयन हुन नदिन अभियुक्तले आफ्नो नामको सम्पत्तीमा आफूले हक छाड्ने संभावना पनि वढी हुन्छ ।

९४.   जिल्ला अदालत र पुनरावेदन अदालत दुवैले जवरजस्तीकरणीको महलको १० नं. र अंश वण्डाको महलको फरक छुट्याउन सकेको देखिएन । जवरजस्ती करणीको महलको १० नं. को व्यवस्था अन्तर्गत प्राप्त हुने अंश अंशियारको हैसियतले नैसर्गिक अधिकार स्वरुप अंश वण्डाको महल बमोजिम सम्पत्ती पाउने होईन । जवरजस्ती करणीबाट पीडित भएको कारण पीडितलाई मानविय, मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी क्षतीपूर्ति स्वरुप प्राप्त हुने सम्पत्ती हो ।

९५.   १० नं. को कार्यान्वयनमा दण्ड सजायको महलको नं. ४६ को कार्यविधि अपनाउन पर्ने पनि होईन । कानूनमा नलेखीए पनि अन्तिम फैसला भएपछि जिल्ला अदालतले आफैले पीडित जाहेरवालीलाई फैसलाको जानकारी गराई अदालत आफैले फैसला कार्यान्वयन गरी आधा अंश दिलाई दिनु पर्छ तव मात्र पीडितले अदालतबाट न्याय पाउन सक्छ । जवर्जस्तीकरणीको १० नं. लाई तत्कालिन संविधानको धारा ११(३) र वर्तमान संविधानको धारा १३(३) को प्रतिवन्धात्मक वाक्यांशको संरक्षण प्राप्त व्यवस्था मानी अदालतले अन्तीम फैसला हुनासाथ आफ्नै Initiative मा फैसला कार्यन्वयन गरी आधा सम्पत्ती दिलाई दिनु पर्छ ।

९६.   अतः पुनरावेदकले जाहेरवालीलाई जवरजस्तीकरणी गरेको अभियोग वादीले Beyond Reasonable Doubt प्रमाणित गरेकोले तर Quantum of Punishment मा वादीको पुनरावेदन नपरेकोले त्यस तर्फ विचार गर्न परेन, फैसला सदर हुन्छ । सो मुद्दा लगायत जवर्जस्ती करणीको महलको १० नं. को पछिल्लो संशोधन पूर्व अन्य मुद्दाहरूमा तत्कालिन संविधानको धारा ११(३) को प्रतिवन्धात्मक वाक्याँशका व्यवस्था, धारा २६(९) को व्यवस्था र वर्तमान संविधानको धारा १३(३) को प्रतिवन्धात्मक वाक्याँश र धारा २० ले महिलालाई दिएको हकको व्यवस्थालाई साकार पार्न जवरजस्ती करणीको १० नं. को व्यवस्था अनुसार जाहेरवाली पीडितलाई पुनरावेदकको आधा अंश दिलाउन देहाय बमोजिम   गर्नु ।

(क)   यो फैसला प्राप्त भएपछि दोलखा जिल्ला अदालतले जाहेरवालीलाई झिकाई                                                 जाहेरवालीलाई यो फैसला उपलव्ध गराउनका साथै जवरजस्तीकरणीको तत्कालिन                                    व्यवस्था अनुरुप पुनरावेदकको भागको सम्पत्तीबाट जाहेरवालीले आधा अंश पाउने                                     निजको कानूनी अधिकार भएको कुरा जानकारी गराउनु ।

(ख)   यो फैसला भएको मिति पछि पुनरावेदकले आफ्नो अंश लाग्ने सम्पत्ती अंशियार                           मध्येको कसैलाई कुनै व्यहोराले हक छाडी दिएको भए पनि ती कागजहरूलाई मुद्दा                      परेपछी श्रृजना गरेको कागज मानी त्यसलाई मान्यता नदिई यो मुद्दा यस                                      अदालतबाट अन्तिम फैसला भएको मिति सम्मको पुनरावेदकको भागको आधा                           सम्पत्ती जाहेरवालीलाई दिलाई दिनु ।

(ग)   पुनरावेदकको वतन सर्लाही जिल्ला भन्ने देखिएकोले पुनरावेदकको सम्पत्ती सर्लाही                                   वा अन्य जुनसुकै जिल्लामा रहेको भए पनि ती जिल्ला अदालत र अन्य                                                 कार्यालयहरूले प्रस्तुत मुद्दा आफ्नै जिल्लामा परे सरह गरी दोलखा जिल्ला                                                अदालतलाई सहयोग गर्ने ।

            ९७.   पुनरावेदकले अदालतमा बयान गर्दा पनि स. ज. ४ मा जाहेरवालीलाई आतंककारीसँग सम्बन्धीत भएको त्यसैले एक दुई थप्पड हानेको भनी अदालतमै सावित भै बयान गरेको र पीडितको दिदी लगायत अन्य नाताको परिवारलाई पनि पुनरावेदकले कुटपिट गरेको भन्ने स्पष्ट देखियो । जाहेरवाला र निजको परिवार रातको समयमा सुतिरहेको घरमा भित्र पुनरावेदक बिना जायज कारण प्रवेश गरेको देखिन्छ । मिसिल र प्रमाणबाट हेर्दा पुनरावेदक आफैले जाहेरवालीको सम्पूर्ण परिवारलाई हप्काई, दप्काई कुटी Terrorise गरेको स्पष्ट सँग प्रमाणित भएको देखिन्छ । पुनरावेदकले आफ्नो पिटाईलाई Justify गर्न जाहेरवालीलाई आतंककारीको संज्ञा दिएको देखिन्छ तर आतंककारी नै भए पनि कुटी Terrorise गर्ने अधिकार कानूनले दिदैन । जाहेरवालीको परिवार आतंककारीसँग सम्बन्धित भएको भन्ने पुनरावेदकसँग आएका अदालतमा आएर बकपत्र गर्न अन्य प्रहरीहरूबाट समेत समर्थित हुँदैन ।

९८.   पुनरावेदकले जाहेरवालीलाई मात्र होईन निजको पिता दिदी लगायतलाई पनि कुटपिट गरेको भन्ने मिसिलबाट प्रष्ट देखिन्छ । यसबाट आतंककारीको नियन्त्रणको नाममा पुनरावेदकले सामान्य नागरिक पीडित जाहेरवालीको घरमा बिनाकारण प्रवेश गरी पीडित जाहेरवाली उपर जवरजस्ती करणीको अपराध गर्नुको साथै पीडित एवं पीडितको अन्य परिवारलाई कुटी मानसिक एवं शारीरिक यातना समेत दिई जाहेरवालीको परिवारको समेत यातना विरूद्धको हक अपरहण गरी मानव अधिकारको गम्भीर उल्लंघनको अपराध गरेको स्पष्टै देखियो । प्रहरी Uniform को आडमा पुनरावेदक कानूनको संरक्षक नै अर्थात Protector of the Law and order  नै Breaker of the Law and order भएको देखिन्छ । पुनरावेदकको ज्यादतीले जाहेरवालीको सम्पूर्ण परिवारको वैयक्तिक स्वतन्त्रता अपहरण गरेको देखिन्छ । नागरिकहरूको ज्यू धन ज्यानको सुरक्षाको लागि अपराधी पक्रनको लागि अनुसन्धान गर्नको लागि प्रहरी कानून बमोजिम नागरिकहरूको घर भित्र प्रवेश गर्न सक्छ त्यसमा विवाद हुँदैन । तर विना कारण नागरिकको घरमा प्रवेश गरी प्रहरी आफैले अपराध गर्ने अधिकार प्रहरीलाई प्राप्त हुँदैन । 

९९.       नागरीकहरूको घर भित्र प्रवेश गर्न जायज कारण र आधार चाहिन्छ । सन् १७५३ मा बेलायतको तत्कालिन प्रधानमन्त्री William Pitt ले गरीव नागरिकको लागि पनि गोपनीयता र स्वतन्त्रता कति महत्त्वपूर्ण हुन्छ भन्ने वारे भनेको एउटा भनाई उल्लेख हुन आवश्यक देखियो, उनी भन्छन् :The poorest may in his collage bid defiance to all the force of the crown. It may be trail it's roof may shake, the wind may blow through it, the storm enter, the rain may enter but the king of England cannot enter, all his forces does not cross the threshold of that ruined tenement बेलायतमा विना कारण प्रहरी प्रवेश गर्न नपाउने आफ्नो गोपनियताको हकलाई Common Law Right भनिन्छ । हाम्रो संविधानले पनि यही हक संरक्षित गरेको छ ।

१००.   अतः पुनरावेदकको उक्त कार्य अर्थात विना कारण जाहेरवालीको घरमा प्रवेश गरी जाहेरवालीको परिवारलाई कुटपिट गर्ने कार्य प्रहरी ऐन, २०१२ को दफा ३४ (ढ) को समेत कसूर भएको र त्यस्तो कार्य जवरजस्ती करणीको अपराध भन्दा भिन्दै र अर्कै अपराध भएको र प्रहरी ऐन, २०१२ को दफा ३५ ले पनि त्यस्तो अपराधमा दफा ३६ बमोजिम सजाय हुने व्यवस्था भएको देखिन्छ । यस तर्फ महान्यायाधीवक्ता आफै सजग भै उचित कानूनी कारवाही अगाडि बढाउन पर्छ, त्यसो भएको देखिएन । प्रहरीबाट भएको यस्तो गम्भीर मानव अधिकार हननमा पुनरावेदकलाई कारवाही नहुने हो भने Impunity लाई बढवा दिएको भन्न पर्ने हुन्छ तर यस अदालतले त्यसो हुन दिदैन । तसर्थ पुनरावेदकले आफ्नो ओहदाको र Uniform को आडमा पीडित जाहेरवालीको परिवारको मानव अधिकारको गम्भीर हनन गरेकोले पुनरावेदकलाई मानव अधिकारको हननको अपराधमा प्रहरी ऐन बमोजिम कारवाही गर्नु भनी महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षकलाई यो फैसलाको एक प्रति पठाई दिनु । साथै जवरजस्ती करणीको महलको १० न. कार्यन्वयन गरी यस अदालतलाई जानकारी दिनु भनी दोलखा जिल्ला अदालतलाई पनि लेखी पठाउनु । लैङ्गिक समानता कायम गर्ने केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०६३ ले जवरजस्ती करणीको महलको १० नं. संशोधन गर्नु अगाडिको मुद्दाहरूमा फैसला कार्यान्वयनको सम्बन्धमा यसलाई जवरर्जस्तीकरणीको महलको १० नं को ब्याख्या मानी यही अनुसार गर्नु । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

 उक्त रायमा सहमत छु ।

 

न्या.ताहिर अलि अन्सारी

 

ईति सम्बत २०६४ साल बैशाख २३ गते रोज १ शुभम् –––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु