शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८४८ - भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको)

भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक:

निर्णय नं. ७८४८    ने.का.प.२०६४ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

सम्वत् २०५६ सालको फौ.पु.नं....१९८७, २२०८

फैसला मितिः २०६३।१२।१९।२

 

मुद्दाः भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा ढी मोल लिई आलु रकम समेत हिनामिना गरेको) ।

 

पुनरावेदक

प्रतिवादीः सिरहा जिल्ला सिरहा गा.वि.स.वडा नं. २ स्ने अशोक शाह

विरद्ध

प्रत्यर्थी

वादीः नेपाल सरकार, विशेष प्रहरी विभाग

 

पुनरावेदक

प्रतिवादीः जिल्ला महोत्तरी गा.वि.स. वनौली ९ स्ने तहु दास

विरूद्ध

प्रत्यर्थी

वादीः नेपाल सरकार, विशेष प्रहरी विभाग

 

§  कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्न्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति घट्न गएको वा न्यून हुन पुगेको वा मासिएको भएपनि भ्रष्टाचार ठहर्नका लागि नेपाल कानून वा आफूले गरेको शपथ, शर्त वा कवुलियत संझौता जानी जानी पालना नगर्नु, सुविधा वा अधिकार दुरूपयोग गर्नु, लापरवाही वा वद्नियत वा जालसाजी तत्वहरूको अनिवार्यता भई त्यस्तो कार्य गरेको हुनु जरुरी देखिने ।

(प्रकरण नं.४५)

§  आफ्नो यान स्वहस्ताक्षरबाट लेखिदैमा त्यस्ता लेखक प्रतिवादीहरूले आफ्नो लेखात्मक बयानमा स्वेच्छाले आफ्नो राजीखुशीपूर्वक नै लेखे होलान भन्न सकिने स्थिति नभई निजहरू उपर शारीरिक तथा मानसिक एवं त्यस्तै अन्य प्रकारले डर, धाक, धम्की एवं अनुचित दवाव पार्न सक्दैन भनी अनुमान गर्न सकिने अवस्था नहुने ।

(प्रकरण नं.४६)

§  भ्रष्टाचारको कसूर गरेको भन्ने प्रमाणको भार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोजन पक्षले खम्विर गराउन सकेको समेत नदेखिई सोको पुष्टयाई गर्ने शंकारहित र दुविधारहित ठोस, स्पष्ट, भरपर्दो र तथ्यपूर्ण प्रमाण समेत रहे भएको नदेखिदा भ्रष्टाचार जस्तो व्यक्ति मात्रको नैतिकतासँग सम्बन्धित अभियोगमा कसूरदार ठहर्‍याउन न्यायोचित समेत नहुने।

(प्रकरण नं.४७)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्धय श्री कमल नारायण दाश तथा श्री सतिस झा

प्रत्यर्थी वादी तर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलल

अबलम्वित नजीरः

 

फैसला

            न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौडाले गरेको फैसला उपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

२.    यस कृषि शाखा बाराको अड्डा प्रमुख कृ.वि.अ. श्री अशोक साहले ०४० साल कार्तिक महिनामा आलुको बीउ जम्मा २५० क्वीन्टल विराटनगर कोल्ड स्टोरेजबाट रु.३२०।प्रति क्वीन्टलका दरले खरिद गरी रु.४००।प्रति क्वीन्टलमा कृषकहरूलाई बेची प्रति क्वीन्टल रु.८०। का दरले रु.२,०००। ढी रकम लिइएको, विराटनगर देखि कलैया सम्मको दुई पटककको ढुवानी वापतको ट्रक भाडा रु.५,६००।मा रु.४,०००। मात्र लागेको रु.१,६००।निजले नै मिलाएर खाएको, ज्वाला आर्ट कलैयासँग मिलोमतो गरी आ.व. ०३९।४० मा रु.३,३६८।मासेको, २०३९ साल आश्विनमा आलु बीउ खरीद गरेको देखिएको र २०४० साल वैशाखमा मात्र स्टोर दाखिला गरेको रु.२६,८२०। को रकम भ्रष्टाचार गरेको, पटक पटक गरी गाडी मर्मत गर्ने निहुँमा रकम भ्रष्टाचार गरेको, त्यस्तै मलखाद वितरण कार्डमा समेत व्यापक भ्रष्टाचार गरी जनताको श्रमको शोषण र नेपाल सरकारको सम्पत्तिको ठूलो क्षति पुर्‍याएको भन्ने राजभक्त कर्मचारीहरू लेखिएको वेनामी उजुरी ।

३.    कृषि शाखा बाराको लागि पटक पटक गरी संघको प्रेसबाट मसलन्द सामान छपाई गरी सोको पटक पटक भुक्तानी समेत पाउँदै आएको देखिन्छ र यस संघको रेकर्ड अनुसार मिति ०३८।२।११ को मसलन्द छपाई वापतको रु.२२०।मिति ०३८।१०।२० को उ.वि.नं. १।२३ अनुसार सं ३५,०००। को ।५० का दरले रु.१७,५००।को कार्ड उपलव्ध गराइएकोमा रु.१०६।नगद प्राप्त भएको र रु.१७,३९४।उधारोमा गएकोमा उक्त रकम मध्ये रु.८,८७४।३१ भुक्तानी प्राप्त भएको तथा कार्डको भुक्तानी पाउन बाँकी रहेको रकम रु.८,५१९।९९ मिति ०३९।९।२९ मा मसलन्द सामान छपाई भएको रु.१,३३१।को भुक्तानीको लागि हाल बिल भरपाई उक्त कार्‍यालयमा पठाइएको छ । भुक्तानी प्राप्त हुन नआएकोले बाँकी रकम र.१३३। समेत जम्मा रु.८,८७२।६९ भुक्तानी पाउन बाँकी रहेको छ भन्ने समेत व्यहोराको बारा जिल्ला साझा संघ लि. कलैयाको मिति ०४१।५।१० को पत्र।

४.    कृषि शाखा बारालाई आलु बीउ बिक्री गरिएको विवरण सहितको गणेश कोल्ड स्टोरेज प्रा.लि. ( विराटनगर)को मिति ०४१।४।३२ को पत्र ।

५.    आ.व. ०४०।४१ मा आलुको बीउ ५६११/२ बोरा राष्ट्रिय आलु बाली विकास कार्यक्रम खुमलटारद्धारा मान्यता प्राप्त गणेश कोल्ड स्टोरेज विराटनगरबाट विभिन्न मितिमा प्रति बोरा रु.१६०। मा खरिद गरी झिकाइएको, आ.व. ०३९।४० मा कलैया स्थित ज्वाला आर्टबाट मिति मितिमा जम्मा ९१ थान साईनवोर्ड वनाए वापत रु.८,७०८।आ.व. ०३९।४० का लागि कृ.अ. श्री महेन्द्रप्रसाद चौधरीलाई गणेश कोल्ड स्टोरेज विराटनगरबाट ३०१ बोरा आलु बीउ दुई ट्रक लोड ढुवानी वापत रु.५,६०६। वजरंग कैरीयर्स विराटनगरलाई भुक्तानी दिइएको, आलुको बीउ यहाँबाट बिक्री गर्दा राष्ट्रिय आलु बाली विकास कार्‍याक्रमद्धारा निर्धारित दर रेटमा कृषि विकास बैँकको सप्लाई अडर (कुपन) तथा सोझै नगदमा बिक्री वितरण गर्ने गरेको, नगदमा थोरै खरिद गर्नेको नामावली नभएको भन्ने समेत व्यहोराको कृषि शाखा बारा (कलैया) को मिति ०४१।५।८ को पत्र।

६.    माग अनुसार ०३९।४० र ०४०।४१ को पंजिका बमोजिमको फाइल थान एक, खर्च भएर जाने जिन्सी खाता थान दुई, मल वितरण कार्ड बुझाउने रजिष्टर थान एक समेत संलग्न गरी पठाएको कृषि शाखा बाराको च.नं. ८६० मिति ०४१।८।८ को पत्र र रेकर्ड बुक समेतको कागजात संलग्न भएको च.नं. ८७० मिति ०४१।८।१० को दोश्रो पत्र । आ.व. ०३९।४० देखि आ.व. ०४१।४२ सम्मको धरौटी हिसाब खाता सहितको मिति ०४१।८।१२ को कृषि शाखा बाराको पत्र । ०३९।४० र ०४०।४१ को आलुको बीउ माग तथा वितरण गरिएको विवरण सहितको ०४०।८।११ को कृषि बैँक कलैयाको पत्र, मलखाद वितरण कार्डमा ३,०५०।फरक परेको सम्बन्धी निवेदन साथ कारण खुलार्ई पठाएको जिल्ला साझा संघ बाराको मिति ०४१।८।१७ को पत्र । यस कार्‍यालयबाट प्रदान गरिएका आलु ऋणी कृषकहरूको ऋण माग पत्र साथ कृषि शाखा कलैयाले आलु खेतको लागि गरेको इष्टिमेट लगत बमोजिमको दर कायम गरिएको र हाम्रो स.वि.वि.आ. पर्सौनीबाट प्रदान भएको ऋणीहरूको हकमा पनि सोही शाखाको पत्र अनुसार दर कायम गरिएको भन्ने तत्सम्न्धी २ थान प्रतिलिपि सहितको कृषि बैक कलैयाको मिति ०४१।८।१८ को पत्र । आ.व. ०४०।४१ को चेक वुक अर्धकट्टी समेतका कागजात तथा आ.व. ०४०।४१ को गो.भा.न. ९७, ११५, १३१, २९९, ४३९, ४५१, २००, ४६४, १४४, ३६९, ३७१२, ७ का गोश्वारा भाउचर र भौचर संलग्न कागजातहरू सहितको कृषि शाखा बाराको ०४१।९।६ को पत्र र कार्डको संख्या फरक परेको सम्बन्धी जानकारी पठाएको मिति ०४१।८।२६ च.नं. ४९१ को जिल्ला साझा संघ बाराको पत्र । साटा (SATA) को ८ जवनवरी १९८५ को पत्रबाट प्राप्त १२१०१९८२ को २ थान बिलको फोटोकप

७.    कृषि शाखा बारा कलैया अन्तर्गका ना.प्र.स. श्री तहु दास समेतका विभिन्न कर्मचारीहरूले मिति मितिमा कृषि सम्बन्धी वितरण कार्ड जम्मा ३१,९५१। थान बुझी लगेको सक्कल भरपाई  थान १४ संलग्न गरी पठाएको बारा जिल्ला साझा संघ लि.को च.नं.. ४४० मिति ०४१।८।८ को पत्र ।

            ८.    म कृषि विकास शाखा बारामा कृषि विकास अधिकृत समेत भै काम गरेको थिए । आलुको बीउ राष्ट्रिय आलु बाली विकास कार्यक्रम तथा साटा (SATA)को संयुक्त रपमा संचालित गणेश कोल्ड स्टोरेज विराटनगरबाट उधारो तथा नगद रपमा आवश्यकतानुसार खरिद गरी बिक्री वितरण गर्ने गरिन्छ । खरिद गरी ल्याएपछि केहि कृषि विकास बैंकको कुपन र केही नगदैमा वितरण गर्ने गरेको । आ.व. ०३९।४० मा राष्ट्रिय आलु बाली विकास कार्यक्रमद्धारा संचालित गणेश कोल्ड स्टोरेज विराटनगरबाट प्रति बोरा रु.१८०।का दरले आलु बीउ ३०० बोरा ल्याएकोमा आलु नतिजा प्रदर्शन परिक्षणमा १४९ बोरा प्रयोग भएको भनी आम्दानी बाँधेको तर बाँकी १५१ बिक्री विवरण जेट र कृषि प्रसार कार्यक्रम भन्दा बाहिर भएकोले नबाँधिएको हो । देखाइएको गो.भा.नं. ३२७ मिति ०४०।१।१९ र साटा एन.पी.डी.पी.को मिति १२१०८२ को दुई थान बिल समेत हेर्दा देखे, बिल मैले नै पेश गरेको हुँ । सनाखत समेत गरी दिएँ । उपरोक्त गो.भा.नं. ३२७ चेक नं ०३७, १७२ बाट व.शि.नं. ६ मा १७५७।९५, ७।१ मा ३७०।५६, ७.३.१. मा ७,३६८।०५, ७.(५ मा १,२८५।१५ ८ नं..मा ३५,३०९।७१, नं. मा १००। गरी जम्मा रु.४६,२७१।४२ को चेक मैले नै बुझेको छु । आलुको बीउ लिन मेरा सहायक कृषि अधिकृत महेन्द्र चौधरीलाई पठाएको हो । देखाइएको जिन्सी खाता र बिल समेत हेरी सनाखत गरी दिए । १२१०८२ मा जम्मा ३०० वेग आल वजरंग क्यारियर्सले ढुवानी गरेको हो । ३०० बोरा आलु आयो तर जिन्सी खातामा १४९ व्याग मात्र आम्दानी भएको देखिन्छ के हो भनी सोधनी भएको सम्बन्धमा औपचारिक रुपमा प्रदर्शन परिक्षणको लागि ल्याएको आलु बीउ जिन्सी खातामा बाँधेको तर अनौपचारिक रुपमा किसानको उत्पादन कार्यक्रममा आएको १५१ बोरा आलु बिक्री भएको जिन्सी खातामा वाध्न मिल्दैन । किसानहरूलाई बिक्री वितरण गरिने आलुको विजउ एन.पी.डी.पी.बाट मात्र ल्याई कृ.वि. बैंकको कुपनबाट वा नगदैमा बिक्री वितरण गर्ने गरेको । बिक्री मुख्यतः कृषि विकास बैंकको कुपनमा नै हुने गर्छ । आ.व. २०३९।४० मा बिक्रीको लागि ल्याएको आएको आलु बिक्री गरी सोको भुक्तानीको लागि अधिकांश भाग भुक्तानी पठाई दिएको छ । उक्त आ.व. ०३९।४० मा बिक्री भएको आलु बीउ ३०० (तीनसय) बोरामध्ये कै रकम भुक्तानी गो.भा.न. १३ मिति ०४०।१०।१२ बाट नै भएको हो । यसमा १५१ बोरा बिक्री गरेको मूल्य र.२७,१८०।–  हुनु पर्ने तर आलु बिक्री वापत प्राप्त रकम विभिन्न मितिमा कृ.वि.बैक तथा नगद जम्मा गर्दा १५१ बोराको रकम रु.२७,६८९।४१ बैँकको खातामा जम्मा हुन पुग्यो । के कसरी मैले नगद जम्मा गर्दा ढी रकम दाखिला हुन पुगेछ सो कुरा आज सबै कागजातहरू हेर्दा चाल पाए तर मैले आलुको रकम राष्ट्रिय आलु बाली विकास कार्यक्रमलाई भुक्तानी पठाउँदा उक्त सबै रकम रु.२७,६८९।४१ नै ड्राफ्ट बनाई पठाएको देखिन्छ । मिति ०४०।१।२९ गो.भौ.नं. ३२७ मा संलग्न गरिएको १४९ व्याग आलुको बीउको साटाको बिल थान दुई, मैले महेन्द्र चौधरी मार्फत मगाएको हो । फिल्ड कार्यमा अति व्यस्त रहँदा लेखा सम्बन्धी दामकाम गर्नलाई दिएको र उक्त बिल एन.पी.डी.पी नेशनल पोटाटो डेभलपमेण्ट प्रोग्राम (साटा) को भएको हुनाले विक्रेताको सही र कार्‍यालयको छापको चेक गर्न सकिएन । यस्तो बिलमा भुक्तानी दिन साधारणतया मिल्दैन । यसरी यस्तो बिलको भुक्तानी कुनै व्यक्तिलार्ई दिनु पर्ने भए विचार गर्नु पर्ने तथा उक्त बिल संख्याको भएको भुक्तानी त्यति याद नगरी भुक्तानी दिएको हो । आलुको बीउको रकम रु.२६,८२०।म जिम्मा नै भएकोमा स्वीकार गर्दछु । मिति ०३९।९।१० निकासी नं.. ५६ क, परिणाम पच्चीस बोरा, मिति ०३९।८।२३ निकासी नं. ५६ ख. परिणाम एक्काईस बोरा, मिति ०३९।७।१९ निकासी नं. ५६ ग, परिणाम एक्काईस बोरा, मिति ०३९।७।१३ निकासी नं. ५६ घ, परिणाम उन्नइस बोरा र मिति ०३९।७।१२ निकासी नं. ५६ ङ, परिणाम त्रिसठी बोरा समेत ५ थान माग फारामहरू हेरे सो माग फाराम अनुसार विभिन्न पंचायतको विभिन्न किसानहरूको जग्गामा प्रर्दशन परीक्षणको लागि उल्लेखित आलुको बीउहरू मैले बुझी लिएको ठीक हो, हेरी सनाखत गरी दिएँ । कृषि प्रशाशन कार्यक्रम नतिजा प्रदर्शन तथा परिक्षणहरूको रेकर्ड बुक (आ.व. ०३९।४० को किताव) हेरें । उक्त बुकमा उल्लेख भए अनुसार पेज नं. ३९ मा मटिअर्वाको दिनेश चौरसियाको जग्गामा पेज नं. ७७ मा उचिडिहको नमी महमदको जग्गामा पेज नं. ८३ को उचिडिइको देवी दयालको जग्गामा, पेज नं. ८७ मा गोलागंजको सरयुग महतोको जग्गामा तथा पेज नं. १३९ मा परसौनीको नरसिंहप्रसादको जग्गामा नतिजा परिक्षणको लागि आलुको बीउहरलगाएको देखिन्छ, हेरी सनाखत गरी दिए । निकासी ५७ ग, र ५७ घ फाराममा उल्लेखित गरिएको वडकि फुलवारियाको पृथ्वी चन्द्रप्रसाद र वेलवारी गाउँको रामास्येप्रसादको खेतमा लगाउन भनी आलुको बीउ मैले बुझी लगेको हो र समय अभावले उक्त दुई स्थानमा मैले लगाउन सकिन, आलुको बीउ पनि त्यसै कुहेर गयो र सो पनि कार्‍यालयको रेकर्ड अनुसार फिर्ता नगरेको देखिन आएको हुँदा व्यहोर्न तयार छु । उक्त आलुको बीउको लागि उक्त दुई स्थानको लागि मलहरू कम्प्लेसाल ६४ किलोग्राम तथा १७ किलोग्राम म्यूरियट अफ पोटास लगेको थिए, उक्त ट्रायल नहुँदा सो मल खर्च भएन, उक्त सामान समेत मेरै जिम्मामा छ, व्यहोर्न तयार छु । गो.भा.नं. २०६ मिति ०४०।१०।२७ को गोश्वारा भौचर हेरे सनाखत गरी दिए । उक्त भौचर अनुसार रु.२,०००। कार्‍यालयबाट पेश्की दिएको हो । यसमा आलु बीउ खरिद गर्नको लागि ना.प्रा.स. बतहु दासलाई र आलुबाली विकास कार्यक्रम गणेश कोल्ड स्टोरेज विराटनगरलाई उपलव्ध गराइएको खर्च स्वीकृति मबाट भएको हो । आलुको बीउ खरीद गर्नकै लागि पहिलो पटक धरौटी खाताबाट रकम उपलव्ध गराई पछि सोहीलाई रिभल्व गराइएको थियो । माथि उल्लेखित ना.प्र.स. बतहु दास मार्फत राष्ट्रिय आलु बाली विकास कार्यक्रम गणेश कोल्ड स्टोरेज विराटनगरलाई धरौटी खाताबाट उपलव्ध गराएको भनेको रकम गो.भा.नं. ३ मिति ०४०।६।१९ बाट टिप्पणी सदर गराई पठाएको हो, भौचर कागजात आदि हेरी सनाखत गरी दिएँ । श्री. जि.का.कृ.शा. बाराबाट आलु बाली विकास कार्यक्रम (गणेश कोल्डस्टोरेज) विराटनगरलाई मिति ०४०।६।१९ मा ड्रप्mट गरी पठाएको च.नं. ८२८ को पत्रानुसारकै आलुको बीउ खरिद गरी लिएको, उक्त स्टोरेजको मिति ०४०।६।२० को रु.३९,००७।को आलु खरिद के हो । कृ.वि. बैंक शाखा कार्‍यालय बारा कलैयाको मिति ०४०।६।१२ कुपन नं. १३७६ बाट रामआश्रे महतो, मिति ०४०।६।१० को कुपन नं. १३४८ बाट नरसिंह कलवार, मिति ०४०।६।५ मा कुपन नं. १२९६ बाट हरिलाल अग्रवाल, मिति ०४०।६।१३ मा कुपन नं. १३९९ बाट सा.सं.लि. विशमपुर, मिति ०४०।६।१३ मा कुपन नं. १४०४ बाट सा.सं.लि. निजगढलाई आलुको बीउ उपलव्ध गराउन कुपन पठाएको हो, हेरी सनाखत गरी दिए । उक्त सप्लाई अडरै अनुसारको भुक्तानी कृ.वि.बैंक कलैयाबाट मिति ०४०।६।२५ मा भुक्तानी गरेको भन्ने ऐ. बैँकको मिति ०४०।८।११ को पत्र तथा लगत हो हेरी सनाखत गरी दिए, उपरोक्त कुपनकै भुक्तानी हो । राष्ट्रिय आलु बाली विकास कार्यक्रमको दररेट परिपत्र अनुसार कृ.वि. बैँकलाई थाहा भए आफैले अथवा हामीसँगसगै दररेट लेख्ने गर्दछ । हालसम्म प्रत्येक वर्ष सिजन अगावै दररेटको परिपत्र हुन्छ । हाल आलु बीउ मूल्य आ.व. ०३९।४० मा प्रति क्वीन्टल रु.३६०। तथा आ.व. २०४०।०४१ मा ४००। प्रति क्वीन्टल कायम भएको छ । धरौटी खाताको गो.भा.नं. ७, ०४०।७।१० बाट रु.२६०००। धरौटी खातामा आम्दानी भएको हो, हेरी सनाखत गरी दिए । बतहु दासलाई राष्ट्रिय आलु बाली विकास कार्यक्रम (गणेश कोल्ड स्टोरेज) विराटनगरबाट आलु खरीद गरी ल्याउन मिति ०४०।६।२६ को पत्रबाट ड्राफ्ट  गरी २२,८००। समेत रु.२५,३००।सम्बन्धित शीर्षक जेटबाट लगाएर कार्‍यालयको धरौटी मौज्दात रकमबाट ड्राफ्ट  वनाई पठाएको हो । शुरमा गो.भा.नं. ५ र ६ बाट कार्‍यालयको धरौटी मौज्दात रकमबाट ना.प्र.स. बतहु दास मार्फत रकम पठार्ई आलु विउ मगाएको, गो.भा. नं. ७ बाट किसानलाई उपलग्ध गराएको आलुको प्राप्त रकम वा सोधभर्ना गरेको कागजात हेरी सनाखत गरी दिए । दिनेशप्रसाद चौरासियाको भरपाई बाट निजले ६५ क्वीन्टल आलुको बीउ बुझी लिएको देखिन्छ । ६५ क्वीन्टलको मोल रु.२६,०००।पर्दछ । गणेश कोल्ड स्टोरेज विराटनगर देखि कलैया सम्मको ढुवानी भाडा कार्‍यालयले नै व्यहोर्ने हो । साथै सनाखत गरी आएको कागजबाट रु.२६०३। खर्च लेखी आएको देखिन्छ । कृषि विकास बैँक कलैयाको चेक नं. २०४३०४२ बाट रु.१६,४००।मध्ये रु.४,०००। (चार हजार( श्रेस्तामा आम्दानी बाँकी) जम्मा भएको छ । विद्या पाण्डेको नाममा कृ.वि.बैंबाट भुक्तानी प्राप्त भएको रु.४०००।०४०।७।१५ मा ल्याएको आलुको बीउको रकम गो.भा.नं. १० मिति ०४०।७।३० बाट सोध भर्ना गर्दा मिति ०४०।७।७ मा ल्याएको आलुको बीउ वितरण भरपाईबाट आएको रकम चाही गो.भा.नं. १० मा समावेश गरी सापटी सोधभर्ना भएको देखिन्छ । उक्त कागजातहरूहेरी सनाखत गरे । आ.व. ०४१।४२ को असोज महिना तकको गो.भा.नं. १० तक र गो.भा. नं. १५ को बतहु दासलाई रु.७५। फिर्ता दिएको भौचर र धरौटी खाता, आलु बिक्री वितरण गर्ने मूल्यको विषयमा कृ.वि.बैंक शाखा कार्‍यालय कलैयाको मिति ०४१।८।१८ मा जवाफ लिएको पत्र साथको उक्त कृ.शा. कलैयाको पत्रको प्रतिलिपि, आ.व. ०३९।४० को धरौटी खाता तथा धरौटी आम्दानी बाँधेको गो.भा.नं. ५,,,१०,११,१२ र आ.व. ०४०।४१ को गो.भा.नं. १३ नं. समेतका कागजात हेरी सनाखत गरी दिएँ । राष्ट्रिय आलु बाली विकास कार्यक्रमबाट विभिन्न मितिमा खरीद भएको आलुको बीउ कृषि विकास बैंक कलैया शाखाको सप्लाई अर्डर कुपन अनुसार बाँकी रहेको नगदैमा प्रति क्वीन्टल रु.४००।को दरले बिक्री गरे अनुसार जम्मा आलुको बीउ २८०.७५ क्वीन्टलको रु.१,१०,०७५। हुनेमा पेश्की धरौट खाताबाट लिए अनुसारको रु.८९,७७५। मात्र दाखेला भएको र अररकम बाँकी नै देखिन्छ । गणेश कोल्डस्टोरेज विराटनगरबाट विभिन्न मितिमा आएको आलु बीउ वढी मोलमा बिक्री गरी भाग लगाई बाँडफाँड गर्ने विचारले नै ना.प्रा.स. तहु दासले पेश गरेको कागजातमा आ.का. सदर आदि तोक लगाई रकम निकाल्दै काम गरेको कामको दौरान निज दासले कति रकम मलार्ई दिनु भयो र निजले कति राख्यो हिसा भएन र एक अर्कासँग लेनदेन जारी रह्यो । यसरी निजसँग केही र मसँग केही रकम रहन गयो । यस कारणले नै श्रेस्ताहरू अनियमित भएको हो । यसरी मैले यस्तो अनियमित काम गर्न नहुने हो गल्ती हुन गयो, ढी मोलमा बिक्री गरी आएको रकम म तिर्न बुझाउन मंजुर छु । यो काममा म र बतहु दास बाहेक कर्मचारीहरूको मिलोमतो छैन । आ.व. ०३९।४० र आ.व. ०४०।४१ मा क्रमशः महेन्द्र चौधरी र बतहु दासले के कसरी कहाँबाट के कस्तो प्रकारको कोटेशनहरू ल्याई पेश गरी सोही अनुसार ढुवानी भाडा दावा गरी रकम माग गरेका हुन् मलाई यस सम्न्धमा केही जानकारी छैन । निजहरूले पेश गरेको कोटेशन स्वीकृत गरी भुक्तानी दिएको हु । हिनामिना देखिन आएको आ.व. ०३९।४० को आलुको बीउ १४९ बोराको रु.१८०।को दरले एन.पी.डी.पी. लाई भुक्तानी दिनु पर्ने रकम आफैले खाएको रु.२६,८२०। नतिजा प्रदर्शन परिक्षणको लागि वुझी लिएको मध्ये २ स्थानमा नगरेको आलु बीउ ४० बोराको रु.१८० ले हुने रु.७,२००।तथा मलको रु.२,३४।३५ समेत रु.७,४३४।३५, आ.व. ०४०।४१ मा कृषकहरूलाई बिक्री गर्न ल्याएको रु.८४,६०७।को जम्मा २८०.७५ क्वीन्टल आलु बीउ ढी दरमा बिक्री गरी प्राप्त हुन आएको रु.१,१०,०७५।मा आलुको मूल्य सोधभर्ना गरी दिएको रु.७४,६०७।कटाई बाँकी हुन आउने रु.२५,४६८।र साझा संघबाट छपाएको कृषि मल बीउ वितरण कार्ड जम्मा रु.३,१५० को रु.।५० पैसाले हुने रु.१५,९७५।मध्ये पटक पटक बुझाएको रु.९,१५५।३१ कटाई बाँकी हुन आउने रु.६,८१९।६९ समेत जम्मा रु.६६,५४२।०४ हिनामिना भएको ठीक साँचो हो, कानूनले जो ठहर्छ सहन बुझाउन मन्जुर छु । मेरो रोहवरमा तहु दासले प्रश्नमा उल्लेख भए अनुसार बयान तथा मौखिक रपमा समेत भनेको ठीक साँचो हो । आलु बिक्रीबाट आएको केही रकम मैले पनि चलाएको हुँदा निज तहु दासले खाएको रु.१०,४८७।७० कटाई रु.२५,४६८।मध्ये बाँकी हुन आउने रकम रु.१४,९८७।३० मैले खाई आएको कुरा स्वीकार गर्छु । आ.व. ०४०।४१ मा आलुको बीउ नगदबाट बिक्री हुँदा शिवप्रसाद कोइरी सँग रु.४००।रामवावु शाहबाट रु.४००।र इनुस मियाँ अन्सारीबाट रु.१००। बुझी लिएको भरपाई  हेरी सनाखत गरी दिए, सो भरपाई अनुसारको रकम मैले नै बुझी लिएको हुँ, दाखिला गरेको छैन । माथि उल्लेखित रु.१४,९८७।३० भित्र नै उक्त रकम पर्छ भन्ने समेत व्यहोराको अशोक शाहको बयान ।

८.    ०३९।४० मा मैले कृषि शाखा बाराबाट आलुको बीउ खरीद गरेको छैन, रगन्जको जारबाट १ बोराको ८० के.जी. भएको प्रति बोरा रु.१९०। को दरले खरीद गरी ल्याएको थिए । गत ०४०।०४१ मा कृषि विकास शाखा बाराबाट कृ.वि. बैंक बाराबाट ऋण स्वीकृत गराई ६० बोरा आलुको बीउ प्रति बोरा ५० के.जी. भएको बीउको कुपन लिई ल्याएको र सो को भुक्तानी कृ.वि. बैकबाट कृषि शाखालाई दिएको थियो, मोलको हकमा के कति भन्ने राम्रो थाहा छैन, कृ.वि.अ. अशोक शाहले करीव रु.४००।प्रति क्वीन्टल मोल पर्ला भनी भन्नु हुन्थ्यो । सो ऋण चुक्ता गरी सकेको हुँदा राम्रो याद छैन । ०४०।४१ मा मल आदिमा मेरो १० कट्ठा जग्गामा प्रदर्शन गर्नु भै कृ.वि.अ. अशोक शाह र कृ.अ. महेन्द्र चौधरी समेत मल लिई आएका र बीउ मैले नै ल्याई प्रदर्शन गरेको हो । प्रदर्शनको लागि २५ बोरा आलुको बीउ ल्याएकोमा ४।५ बोरा कुहेको थियो, अरू बाँकी रोपिएको हो, मलखाद के कति ल्याएको भन्ने मलाई राम्रो याद भएन । आलुको बीउ विराटनगरबाट ल्याएको भन्ने सुनेको हु । गत २०४०।४१ मा मेरो जग्गामा प्रदर्शनी भएको छैन भन्ने समेत व्यहोको बारा परसौनी गा.पं वडा नं. ७ वस्ने नरसिंहप्रसाद शाहले मिति ०४१।८।१५।६ मा गरेको कागज ।

९.    आ.व. ०३९।४० मा आलु कृषि शाखाबाट खरीद गरेको छैन । सो आ.व.मा वरगन्जबाट ६० मन जति खरीद गरेको थिए । त्यस खत प्रतिमन करिब रु.१००। मा खरीद गरेको थिए । गत आ.व. २०४०।४१ मा कृषि शाखाबाट ६० क्वीन्टल प्रति क्वीन्टल रु.४००।मा (जुन १ क्वीन्टलमा १०० के.जी. थियो) खरिद गरेको थियो । त्यो कृषि विकास बैंकबाट ऋण स्वीकृत भै आलुको बीउको लागि कृषि विकास बैँकबाट कृषि शाखा बारालाई पत्र लेखि कृषि शाखा बाराबाट उधारो आलुको बीउ लिई सो को भुक्तानी कृषि विकास बैंकबाट गराई आलुको बीउ लिई सोको भुक्तानी कृषि विकास बैंकबाट गराई आलुको बीउ खरीद गरेको थिए । ०३९ साल मंसीर महिनामा कृ.वि.अ. असोक शाह तथा यो क्षेत्रको जे.टि.ए. एनुल हक समेत भै मेरो जग्गामा २१ बोरा (प्रति बोरा ५० के.जी. को) आलुको बीउ ल्याई मैले आलुको बीउ वुझेको भरपाई गरी १० कट्ठा जग्गामा लगाई प्रदर्शनी गरेको थियो । त्यसमा कम्प्लेक्स यूरिया आदि मल पनि त्यहाँ प्रदर्शन गरेको थियो, तर यति यति मल हालेको भन्ने परिमाण भने मलाई थाहा छैन । कृषि शाखा बाराले सो बीउ कहाँबाट ल्याएको भन्ने पनि थाहा छैन । आ.व. ०४०।४१ मा मेरो जग्गामा आलुको प्रदर्शन भएको छैन । आ.व. ०४०।४१ मै मल बीउ बिक्री वितरण गर्ने ( कृषकले लिने) कृषि कार्ड १।२ वटा खरिद गरेको थिएँ सो प्रति कार्ड रु.।५० पैसाका दरले खरीद गरेको हो भन्ने समेत व्यहोराको मिति ०४१।८।१५।६ मा दिनेशप्रसाद चौरासियाले गरेको कागज ।

१०.    कृषि शाखा बाराबाट आ.व. ०३९।४० मा श्री गाणेश कोल्ड स्टोर, विराटनगरबाट १४९ बोरा आलुको बीउ खरीद गरेको बिलमा अंग्रेजी अक्षरबाट टाईप भएको टाईप मैले गरेको होइन बिल हेरी सनाखत गरी दिए भन्ने सुश्री गीता लोहनीले मिति ०४१।८।१८ मा गरेको कागज।

११.    म जिल्ला कार्‍यालय कृषि शाखा बारामा स.ले.पा. पदमा कामकाज गर्दै आएको छु। मैले गो.भा.नं. ३२७ मिति ०४०।१।२९ को भौचर उठाई जाने बुझेसम्म रीत पुर्‍याई कार्‍यालय प्रमुखज्यू कहाँ पेश गरेको थिएँ । बिलहरू हेरी सनाखत गरिदिएँ । जिल्ला कार्‍यालय कृषि शाखा बाराकै स्टोर फाँटबाट आलु बीउ प्राप्त भयो भन्ने भरिएको न.स. ५१ मिति ०४०।१।२३ को दाखिला रिपोर्ट अनुसार उक्त आलुको बीउ कृ.वि.अ. श्री अशोक शाहज्यूबाट प्राप्त भएको भनी प्रमाणित भै प्राप्त भएको दाखिला रिपोर्टका साथै उक्त भौचरसँग करिव ८१ थान बिल संलग्न रहेकोले आलुको बिलमा पूरा ध्यान नपुगेको कारणले गर्दा रकम भुक्तानी हुन गएको र आलुको बिलमा विक्रेताको सही नभएकोमा भौचरसँग संलग्न ८१ थान बिलको जाँच गर्दा हतारमा उक्त बिल माथि ध्यान नपुगेको साथै निज अशोक शाहले उक्त आलुको बीउ मकैको बीउ बिक्री गरिएको रकमबाटै मैले मगाएको छु भनी भन्नु भएकोले उक्त रकम भुक्तानी हुन गएको हो । साधारणतया कार्‍यालय र अन्य संघ संस्थाको बिल भुक्तानी क्रस र एकाउण्ट पेई चेकबाट नै दिनु पर्ने हो । गो.भा.नं. २०६ मिति ०४०।१०।२७ को भौचर समेत हेरी सनाखत गरी दिए सो भौचर साथ संलग्न पूर्वान्चल ट्रान्सपोर्टको ढुवानी बिल रु.२,९५०।मा अंक सच्याएको तर अक्षरमा प्रष्ट भएको साथै मसी करीव करीव मिल्ने जस्तो नै देखिएको हुँदा कार्यव्यस्तताले गर्दा राम्रो दृष्टि पुर्‍याउन नसकी भुक्तानी हुन गएको हो, अहिले हेर्दा सो बिल सच्याएको प्रष्टै देखिन्छ । त्यस्तो बिलको भुक्तानी दिन नमिल्ने हो, भूल भयो । आ.व. ०३९।४० मा आलुको बीउ विराटनगर कोल्ड स्टोरेजबाट उधारो ल्याएको देखिन्छ र आ.व. ०४०।४१ मा कर्‍यालयमा रहेको धरौटी खाताबाट पछि सोधभर्ना लिने गरी आलुको बीउ तथा ढुवानी समेतको लागि पेश्की दिइएको हो । धरौटी रकम नचलाउन को.ले.नि.का.बाट आदेश भएको र मैले पनि कार्‍यालय प्रमुखज्यू सँग धरौटी रकम चलाएमा वेरुजु हुन्छ भनी अनुरोध गर्दा पनि यो खर्च हुने रकम होइन पछि सोधभर्ना भईहाल्छ अहिलेको लागि कार्य रोक्नु भएन भन्नु भएको हुँदा खर्च गरिएको हो । आ.व. ०३९।४० र ०४०।४१ को धरौटी खाता र सो खातामा आम्दानी बाँधिएको भौचर र पेश्की दिएको भौचर कागजातहरू हेरी सनाखत गरी दिएँ । कार्‍यालयको धरौटी खाताबाट पटक पटक सोधभर्ना गरिदै रकम रु.८९,७००।सापटी पेश्की गएकोमा सोध भर्ना लिदा रु.८९,७७५।जम्मा हुन आई ढी आएको रकम रु.७५। ना.प्र.स. तहु दासलाई फिर्ता दिएको देखिन्छ । आ.व. ०४०।४१ मा आलुको बीउ प्रति क्वीन्टल रु.४००।र कुनै कुनैमा रु.३६०।भुक्तानी प्राप्त भएको हुँदा फुटकर नगदबाट पनि कृषि विकास बैँकको कुपन अनुसार नै प्रति क्वीन्टल रु.४००। ले बिक्री भएको हुनुपर्दछ । आ.व. ०४०।४१ मा ना.प्र.स. बतहु दासले ढुवानी खर्च लिंदा पेश गरेको बिल अनुसार सिन्दुरी जातको आलु बीउ प्रति क्वीन्टल रु.३२० र कुफ्रि ज्योत जातको आलु बीउ प्रति क्वीन्टल रु.२८० का दरले खरीद भएको छ । निज बतहु दासले गाउँ क्षेत्रमा आलुको बीउ लगी नगदबाटै बिक्री गरेको रकम कार्‍यालयमा दाखिला गरेको देखिदैन । कार्‍यालयको धरौटी खाताबाट गएको सापटी रकम जति गएको थियो त्यति नै मैले सोध भर्ना गर्नु पर्ने हो भनी हिसा मिलान गर्न मलाई लगाइएको र यस प्रकार मलार्ई छली अल्मल्याई हिसा गर्दा आउने ढी रकम निजले कहाँ कसलाई दिए राखे निजबाट नै सोधपुछ गर्दा प्रष्ट हुन आउनेछ । ढुवानी रकम नेपाल सरकारले अनुदान दिने हो । आलु बिक्री गर्दा आएको ढी रकम राजश्व दाखिला गर्नु पर्नेमा नगरी ढुवानी भाँडा बापत भनी खर्च देखाई आलु बिक्री गरी आएको रकम धरौटी खातामा सोधभर्ना देखिएको र गो.भा.नं. २०६ मिति ०४०।१०।२७ अनुसार दै.भ. र भत्ता वापत रकम रु.५५०।३० र सम्पूर्ण आलु ढुवानी वापत रु.११,९३०।४० समेत गरी जम्मा रु.१२,४८०।७० खर्च देखाई निजले भुक्तानी लिएको भन्ने व्यहोराको गोपीलाल दासको बयान ।

१२.   मैले कृषकहरूलाई मलखाद वितरण गर्ने कार्ड कृषि शाखाबाट बुझी लगेको होइन, तहु दासले बुझी लगेको कार्ड मध्ये १०० कार्ड बुझी सो कार्ड मैले कृषकहरूलाई रु.५० पैसाको दरमा बिक्री वितरण गरी सो बिक्री वितरणबाट आएको रु.।५० पैसा मैले बतहु दासलाई नै बुझाई सकेको छु भन्ने समेत व्यहोराको महमद इसराईल अंसारीको कागज ।

१३.   कृषकहरूलाई मलखाद वितरण गर्ने कार्ड मैले कृषि शाखा बाराबाट जम्मा ३२७ थान बुझी लगेको र सो कार्ड मैले सम्बन्धित मटिहर्वा पञ्चायतका कृषकहरूलाई पर कार्ड पचास पैसाको दरले बिक्री वितरण गरेको तर, किसानहरूले पैसा भोली दिउँला भन्दा भन्दै कोहीले दिएको र कोहीले नदिई त्यसै रहेको तर सो कार्डको रु.१६३।५० मैले नै बुझाउन पर्ने भएकोले सो रकम मेरो तलवबाट कट्टी गराएको छु, उक्त कार्ड मैले रु.१।मा बिक्री गरेको होइन, रु.।५० पैसामा नै वितरण गरेको छु भन्ने समेत व्यहोराको कपिलदेवप्रसाद शाहको कागज ।

१४.   मैले ०३८।३९ मा कृषि शाखा बाराबाट कृषकहरूलाई बिक्री वितरण गर्न भनी मलखाद वितरण कार्ड जम्मा ४०३ थान बुझी लगेको सो कार्ड मैले कृषकहरूलाई रु.।५० पैसाका दरमा बिक्री वितरण गरी सो कार्डको मैले बुझाउन पर्ने रु.२०१।५० मैले मेरो तलवबाट कट्टी गराई सकेको छु । उक्त कार्डको रकम मैले बुझाउनु पर्ने बाँकी छैन सो कार्ड मैले सन्तपुर पंचायतका कृषकहरूलाई रु.।५० पैसामा नै बिक्री गरेकोछु, बिक्री गरेको भरपाई रजिष्टर समेत मसँग छ भन्ने समेत व्यहोराको वालेश्वर भगतको कागज ।

१५.   मैले कृषकहरूलाई मलखाद बिक्री वितरण गर्न भनी कृषि सामाग्री वितरण तालिका (कार्ड) कृषि शाखाबाट वुझी लगेको ५३० थान मध्ये कृषकहरूलाई रु.।५० पैसामा बिक्री गरी केही कार्ड बाँकी नै थियो, कार्डको रकम मेरो तलवबाट कट्टी भै सकेको र बाँकी रहेको ५०६० थान कार्ड मैले कृषि शाखाका कर्मचारीलार्ई बुझाइसकेको छु भन्ने समेत व्यहोराको मुक्तिनारायण शाहको कागज ।

१६.    कृषि शाखा बाराको सेवासम्बन्धी काम गर्दा सो शाखाबाटै केही कृषि कार्ड बुझी लगेको थिए, प्रति गोटा ।५० पैसामा लगी त्यति नै मोलमा बेचेको थिए, रकम दाखेलाको सम्बन्धमा मैले पाउने मासिक रु.१५०।नै जे जति कार्ड लगेको हो सो प्रति कार्ड ।५० पैसाको दरले पहिला नै कटाई सकेको थियो । त्यसकारण मैले कार्डबाट आएको रकम आफै खर्च गरेको हुं साथै ११ वटा कार्ड नगदै रु.५।५० मा खरीद गरी बिक्री गरेको पनि थिए भन्ने समेत व्यहोराको नारायणप्रसाद यादवको कागज ।

            १७.   कृषि शाखा बारामा ना.प्रा.स. पदमा कार्यरत रहँदा सो शाखाको कृ.वि.अ.को आदेशानुसार विराटनगर कोल्ड स्टोरेजबाट आलुको बीउ ल्याई शाखामा वुझाएको र आदेशानुसार दिनेशप्रसाद चौरसियालाई टेक्टरमा लगी वुझाई भरपाई  गराएको र बाँकी आलु कृ.वि.अ. आफै गाडीमा लगी बुझाई भरपाई गराउनु भएको हो । आ.व. ०४०।४१ मा विराटनगर कोल्डस्टोरेजबाट आलुको बीउ खरिद गर्न र ढुवानी गर्नको लागि कृषि शाखाबाट पेश्की लिई फछर्यौट गरेको हु । आ.व. ०४०।४१ मा आलु खरिद गर्नको लागि उक्त आ.व.को धरौटी खाता तथा सो पेश्की खाता अनुसार पेश्की लिएको र फछर्यौट गर्दाको भौचरहरू गो.भा.नं. २०६ मिति ०४०।१०।२७ को गो.भा. अनुसार गणेश कोल्ड स्टोरेज विराटनगरबाट आलुको बीउ खरीद गरी ढुवानी गरी ल्याएको ढुवानी भाडा र दैनिक तथा भ्रमण भत्ता समेत भुक्तानी लिएको कागजातहरू मिति ०४०।६।२३ गते बैँकमा चेक जम्मा गरी रु.३७,०५५।को निवेदन साथ पेश गरेको भौचर अनुसारको कृ.वि. बैक शाखा कार्‍यालय, कलैयाको सप्लाई अडर कुपन नं. १३७६, १२४८, १२९६, १३९९ १४०४ समेतका कागजातहरू हेरी सनाखत गरी दिए । उक्त धरौटी खाताबाट रु.८९,७००। पेश्की लिएको छु । आलुको बीउ बिक्री गरी रु.८९,७७५। दाखेला गरेको मध्ये ढी रकम दाखेल भएको भनी गो.भा.नं. १५ बाट र.७५।फिर्ता लिएको हु । मैले उक्त कृषि शाखाबाट प्रत्येक पटक गणेश कोल्ड स्टोरेज विराटनगरको नाउको रु.३९,०००।को ड्राफ्ट र ढुवानी वापत रु.२,०००।लिई गएकोमा ड्राफ्ट बमोजिमको आलुको बीउ २५९ व्याग (२२९.५० क्वीन्टल) खरिद भएको दोश्रो पटक उक्त गणेश कोल्ड स्टोरेजका नाउमा रु.२२,८००। को ड्राफ्ट ढुवानी वापत रु.२,५००।पेश्की लिई गएकोमा ड्राफ्ट बमोजिमको आलुको बीउ १५२.५ व्याग (७६.२५ क्वीन्टल) आलु खरिद भएको । तेश्रो पटक उक्त गणेश कोल्ड स्टोरेजको नाउँमा रु.२२,८००। को ड्राफ्ट र रु.२,६००। पेश्की लिई गएकोमा ड्राफ्ट बमोजिमको आलुको बीउ १५० व्याग (७५ क्वीन्टल) खरीद भएको छ । मैले ढुवानी वापत जम्मा तीन पटक लिएको पेश्कीको फछर्यौटको लागि तीन पटक भएको खर्चको बिल भरपाई एकै पटक पेश गरेको मध्ये रु.२,०००। मात्र गो.भा.नं. २०६ मिति ०४०।१२।२७ को भौचरबाट फछर्यौट भएको हो । उपरोक्त कृषि विकास बैंक कलैयाको सप्लाई अर्डर कुपन अनुसार आलुको बीउ कृषकले बुझेको भरपाई र कुपन संलग्न गरी रकमको लागि पत्र सहित कृषि शाखाबाट पठाइएकोमा सो रकमको चेक मैले कृषि विकास बैंक कलैयाबाट बुझी कृषि शाखाका कृ.वि.अ.लाई दिएको सो चेक कृ.वि.अ.ज्यू र लेखापालले सही गरी रा.वा. बैँकमा कृषि शाखा बाराको धरौटी खातामा जम्मा गरी दिनु भनी कृ.वि.अ.ज्यूको आदेशानुसार सो चेक बैँकमा जम्मा गरी भचर शाखामा पेश गरेको हु । उक्त कुपन अनुसार प्रति क्वीन्टल आलु रु.४००। मा र कुनै कुनै प्रति क्वीन्टल रु.३६०। ले बिक्री गरेको छ । कृ.वि. अधिकृतको आदेशमा नगदमा पनि आलु बिक्री भएको छ । नगदमा बिक्री गर्दा मैले दररेट भरपाईमा राख्न हाकिमले यसबारे केही भनेनन्। मैले उल्लेखित विराटनगरबाट ३ पटक खरीद गरी ल्याएको आलुको बीउको जम्मा मूल्य र.८४,६०७।देखिन्छ । उपरोक्त गणेश कोल्ड स्टोरेज विराटनगरबाट तीन पटक खरीद जम्मा २८०.७५ क्वीन्टलको मूल्य प्रति क्वीन्टल रु.४००। का दरले गरी जम्मा रु.११००७५।मा उक्त रु.८४,६०७।कटाई बाँकी रहन आउने रु.२५,४६८।बिगो सम्बन्धमा हाल मसँग नगद धरौटी छैन। मूल्यांकन आदि गराई जेथा जमानी दिई तारेख स्नेछु । धरौट खातामा ०४०।६।१६ मा ८००।मिति ०४०।६।२६ मा ४०,३७५।र ०४०।७।१० मा रु.२६,०००।–, मिति ०४०।७।३० मा रु.२२,६००।कृषि विकास बैँकको चेक तथा आलु बिक्रीको नगद रकम जम्मा रु.८९,७७५। बैँक दाखिला भएकोमा आलु बीउ बिक्रीबाट भएको रकम जम्मा गर्दा ढी हुन गएको रु.७५। भुक्तानी लिएको हु । यसरी जम्मा आलुको मूल्य देखिन आउने रु.१,१०,०७५। मा आलुको मूल्य बिल अनुसार हुने रकम रु.८४,६०७ कटाई बाँकी देखिन आउने रु.२५,४६८। मध्ये कृषकहरूलाई नगदमा बिक्री गरेको आलुको केही रकम आलु ढुवानी गर्दाका खत खर्चमा लगाए । मैले जाने सम्म अन्य काम काजमा खर्च गरिन यति नै खर्च गरे भनेर यकिन गर्न नसकेतापनि मैले उपरोक्त बमोजिम उल्लेख गरिएका आलुहरू विराटनगरबाट ढुवानी गर्दाका बिल र मेरो सो समयको भ्रमण भत्ता बिलको भुक्तानीको लागि पेश गरी मिति ०४०।१०।२७ मा भुक्तानी गर्दा १२,४८०।भुक्तानी भएको देखिएकोले सो समयमा मैले कार्‍यालयबाट साधारण खाताको रु २०००।मात्र पेश्की फछर्यौट गरेको र धरौटी खाताबाट ढुवानीको लागि लिएको पेश्की रु.५,१००। आलुको बैँक दाखिला भएको रकमबाटै सोधभर्ना गरी सकेको हुँदा उक्त रकम रु.२,०००।कटाई ढी मूल्यमा बिक्री गरी प्राप्त रकम मध्ये रु १०,४८०।७० लिए खाएको देखिन आएकोले त्यति रकम मात्र मैले खाएको कुरा स्वीकार गर्दछु । यस बाहेक अन्य बाँकी रकम कृषि विकास अधिकृत श्री अशोक साहज्यूले नै लिई के कसो गर्नु भयो मलाई थाहा छैन । देखाइएको मिति ०४०।८।१९ चल्ती हिसा नं. १९।१५ रु.१०,४८०। को मेरो नाउमा काटिएको राष्ट्रिय वाणिज्य बैँकको रद्द चेकमा केही आलु बिक्री भएको रकम र केही मेरो भ्रमण भत्ताको रकम समावेश थियो, जुन कृ.वि.अ.ले यो चेक तपाई धरौटी खातामा जम्मा गरी दिनुहोस नगद म तपाईलाई दिनेछु भन्नु भयो । तर पहिला नगद नदिएको हुँदा मैले यो चेक नबुझी त्यसै छाडी दिए । यसै कारणबाट यो चेक क्यान्सिल हुन गएको हो, हेरी सनाखत गरी दिए । ढी मूल्यमा आलु बिक्री गरी आउने रकम हामी दुईमा हिस्सा लेनदेनमा मन नमिल्दा उक्त चेक धरौटी खातामा जम्मा गरी दिनु भनी लेखि दिनु भएको हो । तर, ०४०।१०।२७ मा पुनः सोही चेक रारको चेक लेखी सो चेकमा पनि निज कृ.वि.अ. अशोक शाहले सोही व्यहोरा नै चेक पछाडि लेखी दिनु भएको थियो । पछि सोही चेक मैले बुझी लेखिएको व्यहोरा काटी मेरो नामको रा.वा. बैँक कलैयामा गएको खत खातामा जम्मा गरी सो रकम मैले झिकेको हु । आलुको सम्पूर्ण कारोबार मैले गरेकै भनी निज अशोक शाहले भनेतापनि प्राय धेरै जसो रकम कृषकहरूबाट पहिले तथा कति रकम आलु दिएपछि नगद मैले तथा अशोक शाहले पनि लिने गर्नु भएको थियो सो को प्रमाणको लागि आलु दिएपछि किसानबाट खिचेको अशोक शाहले नगद बुझेको भरपाई मध्ये मैले फेला पार्न सकेका शिवप्रसाद कोइरीको ०४०।७।१५ को रु.४००।को भरपाई रामबाबु शाहको ०४०।७।१० को रु.४००।को भरपाई र खसुस मियाँ अन्सारीको ०४०।७।९ को रु.४००।को भरपाई यसै बयान साथ पेश गरेको छु । निज अशोक शाहले आलुको रकम लिएको भन्ने कुरा सोही भरपाईबाट पनि प्रमाणित हुन्छ । नगद र जेथा जमानी यसैसाथ पेश गरेको छु । कानूनबमोजिम सहुंला भन्ने समेत व्यहोराको तहु दासको बयान ।

१८.   आ.व. ०३९।४० मा ५।६ महिना जति कृषि शाखा बारा कलैयामा कृषि अधिकृत पदमा काम गरेको हुँ । उक्त आ.व. ०३९।४० मा गणेश कोल्ड स्टोरेज विराटनगरबाट ३०० बोरा आलुको बीउ आफ मार्फत कृषि शाखा बारामा ल्याई सो कृषि शाखाको कृ.वि.अ. अशोक शाहलाई बुझाएको थिए । निज शाहले गरी दिएको भरपाईको फोटोकप यसैसाथ पेश गरेको छु । आवश्यक परे सक्कल भरपाई पनि पछि पेश गर्नेछु । आलुको बीउ ल्याउदा उधारोमा ल्याएको थिएँ भुक्तानी गरेर होइन । देखाइएको साटा एन.पी.डी.पी. ले ए.डि. ओ बारालाई १२१०८२ मा काटेको के सिन्दुरी १४९ व्याग रु.१८०। दर र रु.२६,८२०। को बिल हेर, सो एन.पी.डी.पी. साटाको हो, मैलेनै गणेश कोल्ड स्टोरेजबाट ल्याई आलु बुझाई अशोक शाहलाई दिएको हो । उक्त बिलमा खरीद गर्नेमा भएको अंग्रेजी दस्तखत मेरै हो, सनाखत गरी दिएँ जहाँसम्म १४९ बोराको बिलको प्रश्न , मैले ३०० बोराको नै बिल अशोक शाहलाई दिएको हु, १५१ बोराको बिल पनि दिएको हुँ । आलु लोडिङ्ग गर्ने बेला करीव ६।७ जे बेलुका थियो । कानूनी रुपले विक्रेताको सही नभएको बिल मान्यता हुँदैन तर कार्‍यालयकै प्याडमा बिल भएकोले भूलले सही छुट्न जान पनि सक्छ । उक्त आलु लिन मसँग ना.प्रा.स. श्री तहु दास पनि सँगसगै गएको थियो । विराटनगर म कहिल्यै पनि नगएकोले श्री अशोक शाहले निज बतहु दासलाई पनि मसँग पठाउनु भएको हो । निज दासले उक्त गणेश कोल्ड स्टोरेजको मानिससँग गई यसरी छुट्टा छुट्टै बिल नाउन लगाएको भए म केही भन्न सक्दिन, निज बुझे थाहा हुने नै छ । देखाइएको जिल्ला कार्‍यालय कृषि शाखा बाराको गो.भा. नं. २५५ मिति ०३९।१२।१० को कागजातहरूमध्ये उक्त आलु विराटनगर लि. बाट लिई ढुवानी गर्दाको दै.भ्र.भत्ताको बिल तथा ढुवानी बिलहरू मैले नै पेश गरेको हो, हेरेर सनाखत गरी दिए । बिलहरू मैले सच्याएको होइन । ३०० बोरा आलुको बिल दवाई अन्य कीर्ते बिल पेश गरी अनियमित तरिकाले रकम समेत झिकी खाई खुवाई फाईदा उठाएको ठहरिन आएमा सजाय सहन तयार छु भन्ने महेन्द्रप्रसाद चौधरीको बयान ।

१९.    प्रा.स. बतहु दासलाई भ्र.नि. ऐन, ०१७ को दफा २० (१) को अधिनमा निजामति सेवा नियमावली, २०२१ को परिच्छेद १० को नियम १ (६) तथा ६ (७) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहर्ने गरी नोकरीबाट वर्खास्त गर्ने यस विभागको मिति ०४२।१।१६ को निर्णय पर्चा अनुसार वर्खास्त गरिएको र निजको पुनरावेदन परेकोमा नेपाल सरकार, मन्त्रिपरिषद सचिवालयबाट यस विभागबाट गरेको निर्णय पर्चा मनासिव ठहर गरी मिति ०४३।२।२८ मा पुनरावेदन निर्णय भएको ।

२०.   कृ.वि.अ. अशोक शाहको सम्बन्धमा पनि नि.से.नि. २०२१ को नियम १०.६(७) अनुसार सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नेपाल सरकार (मन्त्रिपरिषद सचिवालय) को मिति ०४२।१२।२५ को निर्णयानुसार नोकरीबाट हटाइएको र निजको पुनरावेदन नपरेको भन्ने मिति ०४३।४।१७।६ को सर्वोच्च अदालतको पत्रबाट जानकारी प्राप्त भएकोले विभागीय कारवाही टुगी सकेको ।

२१.   अदालतमा मुद्दा दायर गर्न सरकारी वकीलबाट राय प्राप्त भएको ।

२२.   अदालतमा मुद्दा दायर गर्न नेपाल सरकार (मन्त्रिपरिषद सचिवालय) को स्वीकृति प्राप्त भै सकेको प्रस्तुत मुद्दामा भ्र.नि. ऐन, २०१७ को दफा २४ क. अनुसार हदम्याद नलाग्ने क्षेत्राधिकार पनि सम्मानित अदालतकै पर्ने ।

२३.   कृषि शाखा बाराका अड्डा प्रमुख कृषि विकास अधिकृत अशोक साह र सोही कार्‍यालयका ना.प्रा.स. पदमा कार्यरत कर्मचारी बतहु दासले आलुको बीउ खरिद गरी कृषकलाई बिक्री वितरण गर्दा तथा अन्य अफिसियल काम गर्दा भ्रष्टाचार गरेको हुनाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) तथा ऐ. को दफा १३ अन्तर्गत कारवाही भै हदैसम्म सजाय हुन र सोही ऐनको दफा २९ अनुसार हिनामिना गरेको जम्मा रकम रु.६६,५४२।०४ मध्ये प्रतिवादी अशोक साहबाट रु.५६,०५४।३४ र प्रतिवादी बतहु दासबाट रु.१०,४८७।७० अशुल उपर गरिपाऊँ भन्ने विशेष प्रहरी विभागको तर्फबाट विशेष प्रहरी अधिकृतले प्रस्तुत गरेको मिति २०४७।११।२८ मा बागमती विशेष अदालतमा दर्ता भएको अभियोग पत्र ।

२४.   आ.व. ०३९।४० तिर गणेश कोल्ड स्टोरेज विराटनगरबाट कृषि विकास कार्‍यालय बाराको परिक्षण गर्नको लागि र कृषकहरूलाई बिक्री वितरण गर्नको लागि आलु आउने गरेको, कृषकलाई बिक्री वितरण गर्ने गरेको आलु ना.प्रा.स. बतहु दासकै जिम्मा रहने र बिक्री वितरण पश्चात गणेश कोल्ड स्टोरेजलाई रकम बतहु दासले बुझाउने गरेका थिए । आलुको बिक्री वितरण गरेको बिल भरपाई बतहु दासकै जिम्मा रहने गरेको थियो आरोप बमोजिमको कसूर मैले नगरेको, कार्डको रकम समेत मैले हिनामिना नगरेको र विशेष प्रहरीमा भएको बयान कुटपीट गरी धाक धम्की दिई गरेको, मैले राजी खुसीले समेत गरेको नहुँदा अभियोग बमोजिम मलाई सजाय हुनु पर्ने होइन भन्ने प्रतिवादी अशोक शाहले बाग्मती विशेष अदालतमा गरेको बयान ।

२५.   मैले विशेष प्रहरी विभागमा गरेको अन्य बयान ठीकै हो, तापनि रु.१०,४८०।७० को सम्बन्धमा मैले उक्त रकमबाट पाउनु पर्ने टि.ए.डि.ए. र ढुवानीमा पेश्की भन्दा ढीको रकममा पर्दछ भन्दा भन्दै वि.प्र.वि.का कर्मचारीले करकापमा पारी मैले लिए खाएको छु भनी लेख्न बाध्य गराएका हुन् । आरोप अनुसार सजाय पाउनु पर्ने तथा रकम बुझाउनु पर्ने होइन । साथै मैले पाउने टि.ए.डि.ए. र ढुवानीको लागि लिएको पेश्की भन्दा वढी ढुवानी खर्च भएको बिल भरपाई निवेदन साथ पेश्की फछर्यौटका लागि दिदा हाकिम र खरदार गोपीलाल दासले तपाईको सबै हिसा फछर्यौट भयो । तपाईको ढी परेको भ्रमण भत्ता ढुवानी समेत रु.१०,४८०।७० देखिन्छ भनी भनेबाट सो रकम मैले लिएको हुँ । षडयन्त्र भए हाकिम अशोक शाह र खरिदार गोपीलाल दासकै हुनु पर्छ विशेष प्रहरीमा भएको मेरो बयान कुटपीट गर्ने धम्की दिई गराएको हो भन्ने समेत व्यहोराको वागमति विशेष अदालतमा बतहु दासले गरेको बयान ।

२६.   ०४८।८।८।१ मा प्रस्तुत मुद्दा पुनरावेदन अदालतमा सरेको ।

२७.   वादी नेपाल सरकारको आरोप पत्रको सवूद प्रमाण खण्डमा उल्लेख भएका व्यक्तिहरू बुझ्न विशेष प्रहरी मार्फत झिकाई नियमानुसार पेश गर्नु भन्ने पु.वे.अ. पाटनको आदेश।

२८.   म कृषि विकास शाखा बारामा २०३७ साल देखि ०४५ सालमा कार्यरत थिए । सो अधिमा कार्‍यालयको खाता संचालन मेरो र कार्‍यालय प्रमुखको संयुक्त दस्तखतबाट हुन्थ्यो । सो आ.व. हरूमा विराटनगरबाट आलुको बीउ खरीद गरी ल्याएको हो । के कति मूल्यामा खरीद भयो लेखा शाखालाई जानकारी हुँदैन । कार्‍यालयले ढुवानी खर्च व्यहोरी ल्याउने र सो आलु प्राविधिक शाखाबाट विभिन्न बिक्रेतालाई पठाउने प्रचलन छ । खरीद र बिक्री मूल्य कार्‍यालयको खातामा उल्लेख हुँदैन । रकम हिनामिना भयो भएन मलाई थाहा भएन भन्ने गोपीलाल दाशको वकपत्र ।

२९.   आ.व. ०३९।०४० मा आलुको बीउ मैले गणेश कोल्ड स्टोरेज विराटनगरबाट प्रति व्याग ५० के.जी.का ३०० व्याग खरिद गरी ल्याएको हु । सो शाखा प्रमुख अशोक साहलाई बुझाएको छु । त्यसको भरपाई मलाई निजले दिनु भएको हो । सो आलुको बीउ मध्ये केही साझा संस्था मार्फत बिक्री भएको केही कार्‍यालयको उद्देश्य अनुरु.प नतिजा प्रदर्शनका लागि प्रयोग भएको हो । प्रतिवादीले हिनामिना गरे नगरे सम्बन्धमा मलाई थाहा छैन । किनकी म सरु.वा भै रौतहट गए । आलु कार्‍यालयको अनुरोधमा उधारो ल्याएको रकम भुक्तानी भए नभएको मलाई जानकारी छैन भन्ने समेत महेन्द्रप्रसाद चौधरीले गरेको वकपत्र ।

३०.   प्रस्तुत मुद्दा बागमती विशेष अदालतमा दायर भै यस अदालतमा सरी आएको देखियो । यो मुद्दाको वारदात स्थल बारा पुनरावेदन अदालत हेटौडाको प्रादेशिक क्षेत्राधिकार अन्तर्गतको देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा २६(१) ले यो मुद्दा पुनरावेदन अदालत हेटौडामा पठाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको २०४९।७।२६ को आदेश ।

३१.   यसमा प्रतिवादीका साक्षीहरूका नाउमा म्याद जारी गरी वकपत्र गराई नियम बमोजिम पेश गर्नु भन्ने पु.वे.अ. हेटौडाको ०५५।२।२२ को आदेश ।

३२.   आ.व. ०३९।०४० मा मैले कृषि विकास शाखा बाराबाट खरीद गरी आलु खेती गरेको, ०३९।४० मा नतिजा प्रदर्शन गरेको तर ०४०।०४१ मा नगरेको, मल बीउ बिक्री वितरण कार्ड रु.।५० प्रति कार्डमा खरिद गरेको हो । अशोक शाह असल चाल चलनको व्यक्ति हुँदा आरोपित कसूरबाट निजले सफाइ पाउनु पर्छ भन्ने अशोक शाहको साक्षी दिनेशप्रसाद चौरासियाले गरेको वकपत्र ।

३३.   विशेष प्रहरी डोरमा कागज गर्ने नरसिहप्रसाद साह, कपिलदेवप्रसाद शाह, मुक्तिनारायण शाह तथा वालेश्वर भगतले पुनरावेदन अदालतमा उपस्थित भै वकपत्र गरेको ।

३४.   अभियोगपत्रमा उल्लेख भए बेमाजिम हिनामिना भएको आलु मध्ये बिक्री वितरण भएको बाहेक केही आलु किसानको खेतमा नतिजा प्रदर्शन र परिक्षणको लागि प्रयोग भएको भन्ने प. अशोक साहको कथन रहेकोले नतिजा प्रदर्शन र परिक्षण गरिएको जग्गावालाहरूमध्ये नमी महमद, देवी दयाल, सरयुग महतो समेतलाई हालसम्म बुझिएको नदेखिएकोले निजहरूको खेतमा उक्त सालमा कृषि विकास शाखा कलैयाबाट नतिजा प्रदर्शन र परिक्षणका लागि आलु प्रयोग गरिएको थियो थिएन ?  सो सम्बन्धमा निजहरूलाई झिकाई बयान गराई नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालतको ०५४।१२।१६ को आदेश ।

३५.   नमी महमद, देवी दयाल र सरयुग महतोको नाउमा पुनरावेदन अदालतबाट म्याद जारी भै उपस्थित नभएको ।

३६.   यसमा प्र. अशोक शाहले अदालतमा आई बयान गर्दा विशेष प्रहरीको कागज कुटपिट गरी लेख्न लगाएको भन्ने र प्र. बतहु दाशले कुटपिट गर्ने धम्की दिएको कारण त्यस्तो कागज गरेको भन्ने लेखाई दिएको भएपनि विशेष प्रहरीमा विभिन्न मितिमा विभिन्न प्रश्नहरूको सोधिएकोमा सोको जवाफ प्रतिवादीहरूले आफ्नै हस्ताक्षरले लेखी दिएको देखिन्छ । निज प्रतिवादीहरूको विभिन्न मितिको लेखाईमा स्वभाविकता देखिएको र तहकिकात विभिन्न बिल भरपाईकोटेशन, ढुवानी, गोश्वारा भौचर आदि तथ्यसँग सम्बन्धित भई सोही तथ्य सम्बन्धमा कागज भएको पाइन्छ । यसरी श्रेस्ता नै अनुसन्धानको मुख्य आधार भएबाट प्रतिवादीहरूको विशेष प्रहरी विभागमा भएको साविती प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)(१)(२)(३) को व्यवस्थानुसार प्रतिवादीहरूसचेत अवस्थामा नरहेको, यातना वा धम्की दिएको आदि अवस्था नदेखिएबाट ऐ. ऐनको दफा ९ (१) बमोजिम निज प्रतिवादीहरूका विरूद्ध प्रमाण लाग्ने नै देखिदा अभियोग दावी बमोजिमको जम्मा रु.६६,५४२।०४ हिनामिना गरेको पुष्टी भएकोले प्रतिवादी अशोक साहले रु.५६,०५४।३४ र बतहु दाशले रु.१०,४८७।७० हिनामिना गरेको ठहर्छ सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) र दफा २९ बमोजिम प्र. अशोक शाहबाट रु.५६०५४।३४ अशुल उपर हुने र निजलाई रु.५६०५४।३४ जरिवाना हुने र बतहुदाशबाट रु.१०,४८७।७० असुल हुने र निजलाई रु.१०,४८७।७० जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु.पुनरावेदन अदालत हेटौडाको एक न्यायाधीशको इजलासको मिति ०५५।१२।२ को फैसला ।

            ३७.   मलाई मेरो पदबाट विभागीय कारवाही गरी वर्खास्त गरे उपर मेरो पुनरावेदन पत्र दायर गरी विचाराधिन रहेकोमा सोही विषयलाई लिएर मुद्दा दायर गर्न नै नमिल्ने अवस्थामा वादी दावी बमोजिम मैले भ्रष्टाचार गरी रकम खाएको भनी मैले विशेष प्रहरीमा बयान नगरी हिसाबमा भुल भएको हुन सक्छ भनी लेखाई दिएको कुरालार्ई अन्यथा अर्थ गरी प्रमाण ऐन, २०३१ को दफा ९ (२) (क) २ (३) विपरीत हुने गरी अदालतमा गरेको स्वेच्छाको बयानलाई मान्यता नदिई विशेष प्रहरीमा डर धाकको कारणबाट लेखाइएको बयानलाई मात्र आधार मानी कुन श्रेस्ता बिल भौचरबाट भ्रष्टाचार गरेको हो सो एकिन नगरी मेरो भ्रष्टाचार गर्ने मनसाय नै नरहेको देखिई रहेकोमा यस सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजीर सिद्धान्त एवं अ.वंं १८४ क, १८५, १८९ तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिवन्धात्मक वाक्यांश समेतको स्पष्ट विपरीत वादी दावी पुग्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला वदर गरी वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्र. अशोक शाहको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            ३८.   विभागीय कारवाही र सजाय उपर परेको पुनरावेदनमा अन्तिम टुङ्गो नलाग्दै दायर भएको मुद्दा खारेज गर्नु पर्नेमा शुरु.उजुरीमा मेरो नाम समेत उल्लेख नभएको अवस्थामा मात्र प्र. अशोक साहले पोल गरेको कुरालाई आधार लिई भ्रष्टाचार गर्ने मेरो मनसाय तत्व कही कतै नदेखि रहेकोमा समेत मैले पेश गरेको बिल भरपाई  थान १४ समेतको प्रमाणलाई कुनै मूल्यांकन नगरी मात्र पोलको आधारमा म माथि मुद्दा चलाइएको प्रष्ट हुँदा हुँदै विना सवुद प्रमाण अ.वंं १८४ (क), १८५, प्रमाण ऐन, २०३१ को दफा ५४ तथा सम्मानित यस अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तहरूको समेत प्रतिकुल मलाई दोषी ठहराई पुनरावेदन अदालत हेटौडाले गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी मलाई पूर्ण सफाई दिई न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र. बतहु दाशको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।     

३९.   यसमा विशेष प्रहरी विभागमा भएको प्र. अशोक साहको बयानबाट कसूरको स्वीकारोक्ति गरेको भन्न किटान गर्न सकिने स्थिति नभएको र निजले वदनियत साथ भ्रष्टाचार गरेको हो भन्न मिल्ने प्रमाणको कमी हुनाको साथै लिखित बयानलाई मात्र कसूरदार ठहर्‍याउन आधार लिई गरेको पुनरावेदन अदालत हेटौडाको निर्णय फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि म.न्या.का.लाई लगाउको फौ.पु.नं. २२०८ को मुद्दामा समेत सूचना दिई नियमानुसार पेश गर्नु भन्ने मिति ०५९।२।३ को यस अदालतको आदेश ।

४०.   नियम बमोजिम दैनिक पेशी सूचमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्धय श्री कमल नारायण दाश तथा श्री सतिस झाले प्रथमतः प्रतिवादीहरूलाई विभागीय कारवाही गरी वर्खास्त गरे उपर पुनरावेदन परी विचराधिन रहेकोमा सोही विषयलाई लिएर मुद्दा दर्ता हुनै नसक्ने हुँदा प्रस्तुत मुद्दा खारेज योग्य छ । त्यसमा पनि शाररिक र मानसिक यातना दिदै कैयौ दिन लगाई दीर्घकालसम्म स्वहस्ताक्षरबाट बयान कागज लेखाउनुबाट नै विशेष प्रहरी विभागमा डर, त्रास, धम्की र अनुचित प्रभावमा पारी बयान कागज गराइएको प्रष्ट छ । सो मौकाको कागजमा पनि पुनरावेदक प्रतिवादीहरूले वादी दावीलाई स्वीकारोक्ति नगरी केवल हिसाब कितावमा अलमल र गल्ती हुन सक्छ भन्ने व्यहोरालाई गलत अर्थ लगाइएको छ । अभियोग दावीमै पनि पुनरावेदक प्रतिवादीहरूले जानी जानी वदनियत तवरले कसूर गरेको कुरा उल्लेख भएको समेत नहुँदा मनसाय सहितको कार्यतत्वको अभावमा सम्पत्ति हिनामिना हुँदैमा भ्रष्टाचार हुने होइन । सोको पुष्टी हुने स्वतन्त्र एवं खम्विर प्रमाणहरूको आवश्यकता हुन्छ । तसर्थ गलत तथ्यको आधार लिई दुःख दिने नियतले अभियोग दावी लिई हाम्रो पक्षको प्रमाण बुदै नबुझी न्यायिक मनको प्रयोग नगरी अभियोग माग दावी बमोजिम सजाय हुने ठहराएको शुरु पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाइ दिलाई पाउँ भन्ने समेत र प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उप न्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलले प्रतिवादीहरूले आफ्नै स्वहस्ताक्षरले मौकामा वादी दावीलार्ई स्वीकार गरी बयान गरि दिएको अवस्थामा निजहरूको बिना उचित र न्यायिक कारण सो बयानलाई अदालत समक्ष इन्कारी बयान गर्दैमा त्यस्तो मौकाको महत्त्वपूर्ण स्वीकारोक्तिलाई अन्यथा मान्न मिल्दैन । त्यसमा पनि प्रस्तुत मुद्दा बिल, भरपाई, कोटेशन, ढुवानी, गोश्वारा भौचर जस्ता लिखित तथ्यसँग सम्बन्धित भई श्रेस्ता नै अनुसन्धानको मुख्य आधार भएको सन्दर्भमा मौखिक इन्कारी बयानलाई एक मात्र आधार नाउन मिल्ने होईन । हिसा गोलमाल छ भन्नु वादी दावीलाई स्वीकार गरेकै मान्नु पर्ने हुँदा अभियोग दावी बमोजिम शुरपुनरावेदन अदालत हेटौडाले प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याएको इन्साफ सदर होस भनीगर्नु भएको बहस जिकिर सुनी मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन मनन गरी हेर्दा शुरु पुनरावेदन अदालत हेटौडाले गरेको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सकने होहोइन ? भन्ने सम्बन्धमा नै निर्णय निरोपण गर्नु पर्ने देखिन आयो ।

४१.   यसरी इन्साफ तर्फ विचार गर्दा प्रतिवादीहरूद्धय प्र.अशोक शाह र प्र.बतहु दाश उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) तथा १३ अन्तर्गत कारवाही भै हदैसम्म सजाय हुन र ऐ. ऐनको दफा २९ अनुसार हिनामिना गरेको रु.६६,५४२।०४ बिगो मध्ये प्र. अशोक साहबाट रु.५६,०५४।३४ र प्र. बतहु दाशबाट रु.१०,४८७।७० असुल उपर गरिपाऊँ भन्ने समेत आरोप पत्र पेश भएकोमा मागदावी बमोजिमको कसूर गरको ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसलामा चित्त बुझेन, सो फैसला वदर गरी सफाइ पाउँ भनी निज पुनरावेदक प्रतिवादीहरूको तर्फबाट प्रस्तुत पुनरावेदन पत्र यस अदालतमा दर्ता हुन आएको रहेछ ।

४२.   सर्वप्रथम हेर्दा यी पुनरावेदक प्रतिवादीहरू मध्ये प्र. अशोक साह कृषि शाखा बाराका अड्डा प्रमुख र प्र. बतहु दा ऐ. कार्‍यालयका ना.प्रा.स. पदमा कार्यरत रहेको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा दफा १३ अन्तर्गतको कारवाही गरी ऐ. ऐनको दफा २९ बमोजिम निजहरूले हिनामिना गरेको बिगो असुल उपर गरी सजाय गर्नु पर्ने नै मुख्य अभियोग दावी रहेको देखिन्छ । प्रस्तुत मुद्दा उक्त आरोपपत्रमा उल्लेखित तत्काल वहाल रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) हेरिएमा सरकारी सेवामा रहेको कुनै राष्ट्र सेवकले आफ वा अरकुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने वदनियतले, वा राष्ट्र वा श्री ५ तथा श्री ५ को सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्‍याउने वदनियतले नेपाल कानून जानी जानी पालन नगरेमा वा श्री ५ तथा श्री ५ को सरकारसँग गरेको सपथ वा शर्त वा कवुलियत, सम्झौता जानी जानी पालन नगरेमा, वा सरकारी सुविधा वा अधिकारको दुरपयोग गरेमा वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेमा वा ति लेखिए मध्ये कुनै काम कुरा गर्ने प्रयत्न गरेमा निजलाई कसूरको मात्रा अनुसार १ वर्ष देखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । भन्ने र ऐ. ऐनको दफा १३ मा कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको राष्ट्रको वा श्री ५ वा श्री ५ को सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति लापरवाही वा वदनियत वा जालसाजी गरी हिनामिना हानी नोक्सानी वा दुरपयोग गरे, गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा वा त्यस्तो गर्ने गराउने प्रयत्न गरेमा निजलाई कसूरको मत्रा अनुसार १ वर्ष देखि ५ वर्ष सम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । हिनामिना, हानी नोक्सानी वा दुरपयोग गरेमा वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असुल गरिनेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।

४३.   त्यस्तै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४(१) मा ऐ. ऐनको परिच्छेद २ अन्तर्गत सजाय हुने कसूरको अभियोग लागेका सरकारी सेवामा रहेका कुनै राष्ट्र सेवक उपर ऐ ऐनको दफा २० बमोजिम विभागीय कारवाही र सजाय भै सकेपश्चात विशेष प्रहरी अधिकृतले राजपत्र अनंकित राष्ट्रसेवक सम्बन्धी भए श्री ५ को सरकारको स्वीकृति नलिईकन र राजपत्रांकित र सो भन्दा माथिल्लो दर्जाको राष्ट्रसेवक सम्बन्धी भए श्री ५ को सरकारको स्वीकृति लिईकन सरकारी वकीलको राय अनुसार सोझै अदालतमा मुद्दा दायर गर्न सक्नेछ । यसरी मुद्दा दायर गर्ने वा नगर्ने निर्णय भएको सूचना विशेष प्रहरी अधिकृतले सम्बन्धित राष्ट्र सेवकलाई दिनु पर्ने छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।

४४.   यसरी उपरोक्त उल्लेखित तत्काल वहालमा रहेको ऐनको व्यवस्था, राजपत्रांकित वा सो भन्दा माथिल्लो दर्जाको राष्ट्रसेवक कर्मचारी उपर अदालतमा मुद्दा चलाउनु पुर्व पुरा गर्नु पर्ने कानूनी प्रक्रिया र प्रतिवादीहरूउपर माग दावी लिएको आरोपपत्रको सम्बन्धमा विचार गर्दा सो आरोपत्रानुसारको भ्रष्टाचारको कसूर यी प्रतिवादीहरूउपर स्थापित हुनका लागि मुलतः नेपाल कानून वा आफूले गरेको शपथ, शर्त वा कवुलियत संझौता जानी जानी पालना नगर्नु, सुविधा वा अधिकार दुरपयोग गर्नु भन्ने दफा ७(१) मा र ऐ. दफा १३ मा लापरवाही वा वदनियत वा जालसाजी तत्वको अनिवार्यता हुनु पर्ने देखिन्छ । अर्थात्, कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धि काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति घट्न गएको वा न्यून हुन पुगेको वा मासिएको भएपनि भ्रष्टाचार ठहर्नका लागि माथि उल्लेखित तत्वहरूको अनिवार्यता भई त्यस्तो कार्य गरेको हुनु नितान्त जरुरी देखिन्छ । त तत्वहरूको शुन्यता एवं अभावमा त्यस्तो सम्पत्ती न्यून भएकै रहेछ भने पनि भ्रष्टाचार हुन नसक्ने भई कसूरदार ठहर्‍याउन मिल्ने देखिदैन।

४५.   प्रस्तुत मुद्दाको उठान नै कुनै निश्चित व्यक्ति, निकाय वा संस्थाको उजुरी, किटानी जाहेरी एवं प्रतिवेदनबाट नभई राजभक्त कर्मचारीहरू भनी उल्लेख गरिएको वेनामी उजुरीबाट भएको पाइयो । यी पुनरावेदक प्रतिवादीहरूले अनुसन्धानको क्रममा विशेष प्रहरी विभाग डोर कलैयामा मौकामा बयान गर्दा अभियोग दावीलाई स्वीकारी बयान गरेको देखिन्छ । तर, अदालत अर्थात तत्कालिन वाग्मती विशेष अदालतमा बयान गर्दा विशेष प्रहरी विभागमा गरेको बयान राजिखुशीबाट गरेको होइन, उक्त विभागबाट बयान गराउने कर्मचारीहरूले डर धाक देखाई, कुटपिट गरी वलजफ्त लेख्न लगाएका हुन् । कुटाईबाट वच्नको लागि सो विभागको कर्मचारीले जे लेख भन्यो सो कुरा लेखि दिएको हो, उक्त बयानमा भएको हस्ताक्षर र सही सम्म आफ्नै हो, आरोप अनुसारको कसूर गरेको होइन भनी अभियोग दावीलाई पूर्णतः इन्कार गरी बयान गरि दिएको पाइन्छ । मौकामा बयान गर्दा समेत प्रतिवादी मध्येका अशोक शाहले मैले सेवा भावनाले नै कार्य गरेको हुँ, हो । यदि मैले दुषित मनोभावनाले ग्रसित भई कार्य गरेको ठहरेमा कानून बमोजिमको सजाय भोग्न तयार छु भनी बयान गरेको पाइयो । य प्रतिवादीलाई अनुसन्धानको क्रममा विशेष प्रहरी विभागमा एक दुई मितिमा बयान नगराई पटक पटक विभिन्न मितिहरूमा ततिम्वा सहितको स्वहस्ताक्षरयुक्त बयान गरेको पाइन्छ । मौकामा विशेष प्रहरी विभाग डोर कलैयामा कागज गर्नेहरू नरसिंहप्रसाद, कपिलदेवप्रसाद साह, मुक्तिप्रसाद साह, वालेश्वर भगत समेतका व्यक्तिहरूले अदालत समक्ष वकपत्र गर्दा विशेष प्रहरीमा भएको कागजको व्यहोरा पढ्न दिएनन् कागज गर्दा हप्काएको, डर देखाई सही गर भन्दा गरेको हो, प्रतिवादीहरू उपरको आरोपपत्र झुठा हो भनी लेखाई दिएको एकातिर पाइन्छ भने अर्को तिर मौकैमा कागज गर्नेहरू गोपीलाल दाश एवं महेन्द्रप्रसाद चौधरी समेतले प्रतिवादीहरूले अभियोग दावी बमोजिमको कसूर गरेकोमा अनभिज्ञता प्रकट गरी वकपत्र गरि दिएको पाइन्छ । यसरी अभियुक्त बाहेकका अन्य व्यक्तिहरूले समेत अनुसन्धानको क्रममा मौकामा स्वतन्त्र, निश्पक्ष र निर्भयपूर्वक कागज गरेको देखिन आउदैन । फेरी वकपत्र गर्नेहरू व्यक्तिहरू प्रतिवादीहरू कार्यरत रहेको कार्‍यालयमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरू पनि भएको देखिन्छ र कसैले पनि यी प्रतिवादीहरूलाई दोषी करार गरेको देखिदैन । प्र. अशोक साहले फिल्डमा प्रर्दशनीमा लगिएका आलुमध्ये केही कुहीएको भनी मौकामा लेखाएकोमा बुझिएका नरसिंह नारायणले समेत सो कुरालाई स्वीकार गरी कागज गरि दिएको समेत देखिन्छ। त्यस्तै निज प्र. अशोक साहको साक्षी दिनेशप्रसाद चौरासियाले समेतले प्र. अशोक साह असल चाल चलन र कुशल व्यवहारको मानिस भएकाले निजले भ्रष्टाचार गरेका छैनन भनी निजको इन्कारी बयानलाई समर्थन र पुष्टी गरी वकपत्र गरि दिएको अवस्था छ । यस्तै प्र. अशोक साहले अदालत समक्ष बयान गर्दा परिक्षणको लागी राखिएको आलु मात्र जिन्सीमा आम्दानी दर्ता गरिने तर, कृषकलाई वितरण गरिने आलु चाही जिन्सीमा दर्ता नगरिने भनी आफ्नो बयानमा स्वभाविक रपले लेखाई दिएकोमा आलु वितरण भएको थियो, थिएन ? केकति सडेको थियो ? त्यस्तो आलु प्राप्त गर्ने भनिएका जग्गावालाहरू नमी महमद, देवी दयाल र सरयुग महतो समेतलाई अदालतबाट भएको आदेशानुसार वादी पक्षले उपस्थित गराई प्रतिवादीहरू उपरको आफ्नो दावीलाई प्रमाणित गर्न सकेको समेत पाईदैन ।

४६.   जहाँसम्म आरोपपत्र माग दावी नै प्रतिवादीहरूको स्वहस्ताक्षरयुक्त बयान एवं तहकिकात विभिन्न बिल भरपाई, कोटेशन ढुवानी, गोश्वारा भौचर आदि श्रेस्तासम्बन्धी तथ्यसँग सम्बन्धित छ भन्ने जिकिर छ, त्यस तर्फ विचार गर्दा आफ्नो बयान स्वहस्ताक्षरबाट लेखिदैमा त्यस्ता लेखक प्रतिवादीहरूले आफ्नो लेखात्मक बयानमा स्वेच्छाले आफ्नो राजीखुशीपूर्वक नै लेखे होलान भन्न सकिने स्थिति नभई निजहरू उपर शारीरिक तथा मानसिक एवं त्यस्तै अन्य प्रकारले डर, धाक, धम्की एवं अनुचित दवाव पार्न सक्दैन भनी अनुमान गर्न सकिने अवस्था समेत हुँदैन । निज प्रतिवादीहरूको बयान पनि निरन्तर पटक पटक विभिन्न मितिहरूमा ततिम्वा सहितको पट्यार लाग्यो अस्वभाविक ढंगले स्वहस्ताक्षरयुक्त बयान लेखाएको पाइन्छ । फेरी पुनरावेदक प्रतिवादीहरूले हामीले स्वेच्छापूर्वक विशेष प्रहरीमा बयान गरेको होइनौ भनी अदालत समक्ष इन्कारी बयान गरेको अवस्था पनि छ । एवं प्रकारले प्रतिवादीहरूको मौकाको साविति बयानलाई अन्य स्वतन्त्र प्रमाणहरूले समर्थन गरेको पनि देखिदैन । यस्तो अवस्थामा निज प्रतिवादीहरू माथि अनुचित प्रभाव परेन होला भन्न सकिने अवस्था भएन । त्यस्तै तहकिकात नै बिल, भरपाई, भौचर जस्ता तथ्यसँग सम्बन्धित भै अभियोग पत्र भएको भएपनि यो यो ? बिल, भरपाई, कोटेशनबाट यसयस शीर्षकमा यती यति रकम यी प्रतिवादीहरूले हिनामिना गरे भनी प्रष्ट रुपमा किटान गरी सोको श्रेस्ता प्रमाण आरोप पत्रमा उल्लेख गर्न सकेको समेत पाईएन । आरोप पत्रमा उल्लेख गरिएको हिनामिना भएको भनिएको रकमको दावी पनि महालेखा परिक्षकको विभागबाट म.ले.प. हुँदा बिल भरपाई पेश गर्ने गरी नियमित गर्नुपर्ने बेजु र तिर्नु बुझाउनु वा दाखिला गर्नु पर्ने बेजु फछर्यौट गर्ने पर्ने अवस्थाको जस्तो श्रेस्ता  हिसा देखिई स्पष्ट र तथ्ययुक्त श्रेस्ताहरूबाट भ्रष्टाचार गरेको भनि अभियोग दावी पनि लिएको पाईएन ।

४७.   यसरी माथि उल्लेखित विवेचित कारण, प्रमाण समेतको आधारमा कुनै पनि राष्ट्र सेवकले आफ कार्यरत रहेको सरकार वा संस्थाको आफ्नो जिम्मा र कानूनी दायित्व अन्तर्गतको कुनै रकम गैरकानूनी तवरले सरकार वा संस्थालार्ई बेफाईदा र आफूलार्ई फाईदा पुर्‍याउने हिसाबले हिनामिना गर्दा पनि फौजदारी न्याय सिद्धान्त अन्तर्गतको अपराधिक मनसाय सहितको कार्य कारण भएको अवस्थामा मात्र भ्रष्टाचार ठहर्ने र सोको अभावमा त्यस्तो रकम हिनामिना भएकै हुँदा पनि भ्रष्टाचार नठहर्ने कानूनी व्यवस्थाको सन्दर्भमा यी प्रतिवादीहरूले अभियोग दावी अनुसारको मनसाय नरहनुका अतिरिक्त भ्रष्टाचार गरेको कुरामै शंका, संदिग्ध र दुविधाको अवस्था रहे भएको पाइयो । सोही आधारमा यस अदालतबाट विपक्षी झिकाउने आदेश समेत भएको देखिदा सो आदेशसँग यो इजलास सहमति नै जनाउँछ । साथै य पुनरावेदक प्रतिवादीहरूले आरोपपत्र माग बमोजिमको भ्रष्टाचारको कसूर गरेको भन्ने प्रमाणको भार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोजन पक्षले खम्विर गराउन सकेको समेत नदेखिई सोको पुष्टयाई गर्ने शंका रहित र दुविधारहित ठोस, स्पष्ट, भरपर्दो र तथ्यपूर्ण प्रमाण समेत रहे भएको नदेखिदा भ्रष्टाचार जस्तो व्यक्ति मात्रको नैतिकतासँग सम्बन्धित अभियोगमा कसूरदार ठहर्‍याउन न्यायोचित समेत नहुने हुँदा निजहरूले दावी अनुसारको कसूर गरे होलान भनी विना आधार कारण भन्न सकिने अवस्था समेत भएन ।

४८.   साथै प्र. मध्येको अशोक शाहको हकमा निज उपर विभागीय कारवाहीको सजाय भएकोमा निजले सो उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को कानूनी व्यवस्था अनुसार पुनरावेदन गरेकोमा सो पुनरावेदनको सम्बन्धमा कुनै निर्णय भएको देखिन नआएको यस अदालतबाट विभिन्न मितिहरूमा पत्राचार गर्दा समेत सो को एकिन जवाफ नआई सो मिसिल खोजतलास गर्दा मन्त्रालयको तत्कालिन दर्ता किताव हेर्दा निवेदन दर्ता भएको र क.प्र. शाखामा पठाएको संकेत देखिएको, सोही अनुरुप तत्कालिन श्रेस्तापात रहेको कोठामा खोजी गर्दा कारवाही फाईल एवं निवेदन सो ठाउँमा रहेको नदेखिएको भनि कृषि तथा सहकारी मन्त्रालयको च.नं. ५३८ क.प्र. (कृषि) ११/०६१/०६२ मिति २०६१।९।२० को पत्रबाट देखिनाले त्यस्तो विभागीय कारवाही अन्त्य भएपछि मात्र भ्रष्टाचार मुद्दा दायर गर्न मिल्नेमा निजका हकमा सो कानूनी प्रक्रिया समेत पूरा गरेको देखिन आएन । 

४९.   तसर्थ य पुनरावेदक प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा दफा १३ अन्तर्गतको कारवाही गरी ऐ. ऐनको दफा २९ बमोजिम सजाय गरिपाऊँ भन्ने आरोपपत्र माग दावी बमोजिमको भ्रष्टाचारको कसूर गरेको ठहर गरी निजहरूबाट बिगो समेत असुल उपर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको नदेखिदा उल्टी हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू प्र. अशोक शाह र प्र. बतहुदाशले आरोपपत्र माग दावीबाट सफाई पाउने ठहर्छ । अरमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा ठहरे बमोजिम पुनरावेदक प्रतिवादीहरू प्र. अशोक साह र प्र. बतहु दाश के निजहरूले आरोपपत्र माग दावीबाट सफाइ पाउने ठहरेकाले पुनरावेदन अदालत हेटौडाको फैसलाको तपसिलको देहाय को देहाय १ ले कायम गरेको लगत राख्नु पर्ने नभएकोले उक्त लगत कट्टा गरि दिनु भनी सम्बन्धित अदालतमा लेखी पठाई दिनु ––––––

पुनरावेदक प्रतिवादी मध्ये प्र. अशोक साह के निजले यस अदालतमा पुनरावेदन गर्दा जेथा वापत नगदै रु.१,१२,१०८।६८ पैसा नगद धरौटी मिति २०५७।३।८ र.नं. ४२९५१ मा राखेको देखिंदा निजले सफाइ पाउने ठहरेकाले ऐनको म्याद भित्र उक्त रकम माग्न आएमा नियमानुसार गरि दिनु भनी लेखा शाखालाई जानकारी दिनु –––––

पुनरावेदक प्रतिवादी मध्ये प्र. बतहु दाश के निजले पुनरावेदन अदालत हेटौडा मार्फत यस अदालतमा पुनरावेदन दर्ता गर्दा विशेष प्रहरी विभागमा जेथा जमानी राखेको जग्गा नै पूनः जेथा जमानी राखेकोले पुनरावेदन अदालत हेटौडाको ०५६।५।२३ च.नं. २३९२ को पत्रले मा.पो.का. महोत्तरीको मिति ०५६।५।२४, च.नं. ६९८ को पत्रबाट रोक्का राखिएको राम खेलावन तत्माको नाम दर्ताको जि.म. वनौली गा.वि.स.वडा नं. ८ को कि.नं. ६९, ११०, १६५, ३१३ र ऐ. वडा नं.. ९ को कि.नं. ५ को जग्गा निजले सफाइ पाउने ठहरेकाले फुकुवा गरि दिनु भनी सम्बन्धित कार्‍यालयमा लेखी पठाई दिनु ––––––

फैसलाको प्रतिलिपि जानकारीको लागी महान्यायाधिवक्ताको कार्‍यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ––––

 

उक्त रायमा सहमत छु ।

 

न्या.दामोदरप्रसाद शर्मा

 

ईती सम्वत् २०६३ साल चैत्र १९  गते रोज २ शुभम––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु