शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६३३ - चलन चलाई पाउँ

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६३३     ने.का.प. २०४३ अङ्क - २

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ४२४, ७६३

फैसला भएको मिति : २०४३।१।३०।३ मा

 

पुनरावेदक/वादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने ईश्वरी बाबा शाह

विरुद्ध

पुनरावेदक/प्रतिवादी : ऐ.सितापाइला गा.पं.वडा नं.१ लामथुकी बस्ने मोहनबहादुर लवटसमेत

 

मुद्दा : चलन चलाई पाउँ

 

(१)   सुरक्षित किसानी हक प्राप्त गर्नु अगावैदेखि कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घरजग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने ।

(प्रकरण नं. १७)

 

पुनरावेदक/वादीतर्फबाट      : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बसन्तराज भण्डारी

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवैपक्षले पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ :

२. फैसलाले जितीपाएको घर जग्गा जबरजस्ती कब्जा गरेकाले मर्का परी बिन्ति चढाउन आएको छु । बा.अं.अ.बाट ठाडै बुझी कानुन बमोजिम गरी दिनु भन्ने हु.प्र.पाउँ भन्ने ईश्वरी बाबाका वारेसको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र परेकोमा व्यहोरा साँचो हो र कोर्टफी राख्‍न नसक्ने रहेछ भने मुद्दा किनारा हुँदा ठहरे बमोजिम लिने गरी हाल कोर्टफी नदिए पनि ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी कानुन बमोजिम गर्नु भन्ने का.जि.अ.का नाउँमा बक्स भएको हुकूम प्रमांगी ।

३. मैले बा.अं.अ.को २०३०।९।१३ र ६ को र म.क्षे.अ.को ०३२।१।३१।४ का धनमाल मुद्दाको फैसलाबाट जिति पाएको त्यस उपर सोही इन्साफ सदर भई निर्णय भएको का.जि.सितापाइला गा.पं.वडा नं.१(क) को कि.नं.२४५, २४६, २७३, २६९ का कित्ता ४ र सोही जग्गा मध्ये कि.नं.२४६ को जग्गामा बनेको पूर्वपश्चिम दक्षिण रैकर उत्तर बाटो र रैकर ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण लङको १ नाले ८ कवले २ तले र सो संगै दक्षिण कुनाबाट पश्चिमतर्फ जोडिएको १ नाले ४ कवले २ तले समेतको पक्का झिङटी घर २००४ साल भाद्र ३१ गते ल.पु. पुल्चोक बस्ने टीकाकुमारी मल्लसँग आमा जेनी राणाले फार्छे पास गराई लिएको साविक काठमाडौं पा. ८०४ का पोता लगतमा दर्ता भएको विर्ता रोपनी ७० जग्गा २०२९।९।२६।६ का विर्ता विवरण नं. १०६७ बाट मेरो आमाकै नाउँमा मोहनबहादुर हस्तेवारीबाट रैकर परिणत भएको स्वयम्भू मौजाको लगत नं. ३४२ मा दर्ता भएको उक्त जग्गा २०२१ सालको सर्भे नापीबाट नाप नक्शा हुँदा विपक्ष मोहनबहादुर, पद्‌मकुमारीले उक्त पञ्चायत वडा नं.१(क) को.कि.नं. २४५, २४६, २६९, २७३ समेतका कित्ता ४ मा जग्गा रोपनी ९० कायम भएको ल.नं. ३४२ को सक्कली साविक रसीद नापीमा नभिडाई मौजा नखुलेको लगत नं. २४८ को रोपनी ११२० भिडाई बढी माटो गाभी पहिले विपक्षीको नाउँमा दरी पछि मोहनबहादुरको २०२२।११।२०।६ को दर्खास्तबाट भूल सुधार गराएको भनी पद्‌मकुमारीका नाउँमा सक्कली रसीद भिडाई ज.ध.प्र. पूर्जा प्राप्त गरेको घर घडेरी कित्ता १ सो बाहेक ऐ.पञ्चायत वडा नं.३(ख) को कि.नं.८६ को हक ठहर रोपनी ११३० लाई मेरी आमा यही हो भनी कृत्रिम व्यक्ति मनदेवीलाई जेनी नानी बनाई आफू दाजुको हैसियतबाट अन्तरसाक्षी बसी २०२०।७।१९।३ मा थैली रु.२५०१।मा कीर्ते राजीनामा गराएको मौजे पकनाजोलको हा.नं. २५८ मा दर्ता भएको जग्गा  २०२०।६।२२।२ मा कान्छी महर्जनीसँग २५०१ मा निज आफैंले छाप हस्ते पास गरी मेरो आमाको नाउँमा खरीद भएको कीर्ते जालसाजी मुद्दा तर्फको मोल बिगो रु.२५०१ र माथि उल्लेख भएको वडा नं.१ को घर घडेरी जग्गा र साविक मौजे टोखाको हा.नं. ३९६, ३९७ को हकमा समेत मेरी आमाको विवाह दान केही नभएको भनी म नाबालक छोरी जीवित छँदा छदै २०२२ चैत्रमा तत्कालीन काठमाडौं मालमा नामसारी दर्खास्त दिई २०२२।१२।२१ गते मरुवा मुचुल्का खडा गरी २०२३ बैशाख ३ गते निज मामाका नाउँमा नामसारी दा.खा.गरिएको समेतको जम्मा जग्गा रोपनी ११२ मध्ये सीतापाइला गा.पं.वडा नं.१ को रोपनी ९० को मोल रु.९२५०।सोही जग्गामा बनेको घरको मोल रु.३५८५०।टोखा चण्डेश्वरीको जग्गाको मोल रु.१,०००।भन्ने समेतका कच्चावारी मोल बिगो कायम भएको जम्मा बिगो रु.४६१०० को फिराद दावीको घर जग्गा बेहकबाट दर्ता गरेको ठहर्छ भनी २०३२।१।३१।४ मा भएको म.क्षे.अ.का फैसलाले मेरो हक भएको घर जग्गा भोग चलन गर्न जाँदा चलन गर्न नदिएकोले दावी बयान गर्न आएको छु । सीतापाइला गा.पं.वडा नं.१(क) को कि.नं.२४५, २४६, २७३, २६९ को जग्गा रोपनी ९० को पञ्चकृते मोल रु.९२५०।मध्ये कि.नं.२४६ मा बनेको पञ्चकृते मोल रु.३५८५०।पर्ने घर १ चण्डेश्वरी गा.पं.वडा नं.१ को कि.नं.१३३, १४१ र ऐ.वडा नं.६ को कि.नं.७२ र ७७ का कित्ताको क्षेत्रफल ३२ को पञ्चकृति मोल रु.१००० जाने कित्ता ४ सीतापाइला गा.पं.वडा नं.३(ख) को कि.नं.८२ को हाल ठहर रोपनी ११३० को पञ्चकृते मोल रु.१०००।समेत घर जग्गाहरू चलन चलाई पाउँ भन्ने मिति ०३३।७।२२।१ को वादी ईश्वरी बाबा शाहको वारेस ध्रुवराज उपाध्यायको बयान ।

४. विपक्षीले जुन फैसलाको आधार लिई दावी लिनु भएको फैसलाहरूको नै इन्साफ जाँची पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएका छौं, प्रमांगी हुन बाँकी छ । यसमा श्री ५ महाराजाधिराजबाट बक्सेको हुकुम प्रमांगीमा व्यहोरा साँचो हो भने ऐनले उजूर लाग्ने ठाडै बुझी कानुन बमोजिम गर्नु भन्ने उल्लेख भएकोमा प्रचलित ऐनले विपक्षीको उजूर लाग्न नसक्ने विषयमा विपक्षीको दावी लाग्न नसक्ने स्वतः सिद्ध छ । म मोहनबहादुरकी अविवाहिता बैनी जैनी नानी लवटले म पद्‌मकुमारीबाट रु.९९९९।कर्जा लिई वहाँको हकको का.जि. सीतापाइला छाउनी लामथुकीका मुकुनाई भन्ने जग्गा रोपनी ७० राजीनामा र सो जग्गामा बनेको पक्की घर समेत २०२०।३।२०।५ मा फार्छ्या रजिष्ट्रेशन पास गराई दिनु भएको लिखत बागमती अञ्चल तथा क्षेत्रीय अदालतबाटै समेत बदर भएको छैन । अघि मुद्दा पर्दा यो यस्तो प्रकारको ४ किल्ला भित्रको यो यस्तो भन्ने उल्लेख गरी दावी गरेकी र यो ४ किल्ला भित्रको यति नाले कवले घर विपक्षीको ठहर्छ भनिएको छैन । सुरक्षित किसानको हकसम्म मोहनबहादुरले खरीद गरेको देखिन आएको भन्ने क्षेत्रीय अदालतको बुँदा ठहर छ । म मोहनबहादुरले जैनी नानी लवटबाट खरीद गरेको नभई पद्‌मकुमारीले खरीद गरेको सुरक्षित किसानको हकको सम्बन्धमा कुनै विवाद नभएको सम्पत्ति समेत चलन चलाई पाउँ भन्ने विपक्षीको दावी झुठ्ठा तथा कानुनसंगत छैन । मध्यमाञ्चल क्षेत्रीय अदालतले बागमती अञ्चलको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतबाट २०२१ सालको नापीमा सो राजीनामाको साविक जग्गा नभिडाई अन्य जग्गा भिडाई दर्ता गरेकोले बेहकबाट दर्ता गरेको ठहर्छ भनिएको छ । पद्‌मकुमारीका नाउँमा दर्ता भएको जग्गा मेरा नाउँबाट बदर गरी विपक्षीका नाउँमा दर्ता हुने ठहर्‍याएको होइन । हाम्रा एका जग्गाको प्रमाण हाम्रा अर्कै जग्गामा भिडाई दर्ता गरेको ठहर्‍याएको सम्म हो । म मोहनबहादुरका नाउँमा दर्ता गर्ने ठहर्‍याएको तत्कालीन काठमाडौं मालको पर्चा यथावतै छ । म पद्‌मकुमारीले जग्गा नाप जाँच ऐन,  २०१९ को दफा ८ बमोजिम जग्गाधनी दर्ता प्रमाण पूर्जा पाई साल सालै मालपोत तिरी भोग गरी आएकोमा सो उपर कानुनका म्यादभित्र उजूर गरी बदर भएको छैन । विपक्षीको दावीको कि.नं.२७३ र २३९ को जग्गा हाम्रा नाउँमा दर्ता छैन । फिल्डबूक बुझिएमा यथार्थ हुन आउँछ । म मोहनबहादुर लवटकी बहिनी ठाकुर दासकी नातिनी महन्तदास कि छोरी जैनी नानी लवटले टिकाकुमारी मल्लनीबाट खरीद गरी लिनु भएको घर र जग्गामा पद्‌मकुमारीले ०२०।३।२०।५ मा राजीनामा फार्छया रजिष्ट्रेशन पास गरी दिनु भएको जग्गाको आयस्ताबाट दक्षिणकाली समेत देवीदेवताहरूको पूजा गर्नु भनी धर्म कार्यको लागि हामीलाई जैनीनानी लवटले सुम्पिदिनु भएको हो । विपक्षी ईश्वरी बाबा शाह हरि शमशेर ज.ब.रा. तथा जैनिनानी राणाकी छोरी हुँ भन्नु हुन्छ । हाम्री बहिनी नन्द जैनीनानी र विपक्षीकी आमा भनेकी जैनीनानी भिन्दा भिन्दै हुन् भन्ने यथार्थता ०२०।४।३२ मा हरि शमशेरले जैनीनानीलाई बकसपत्र रजिष्ट्रेशन पास गरी दिँदा मनहरि सिंहको नातिनी महानन्दकी छोरी भनी ३ पुस्ते लेखाई जैनीनानी राणा भन्ने लेखिएकोबाट लवट र राणा भिन्दा भिन्दै रहेछन् भन्ने प्रष्ट देखिई रहेको छ । लेखिए अनुसार विपक्षीको दावी लाग्नै नसक्ने हुनाले विपक्षीका झुठ्ठा दावीबाट फुर्सद गराई विपक्षलाई नै सजायँ गरी न्याय पाउँ भन्ने मिति ०३३।९।१२ को पद्‌मकुमारी तथा मोहनबहादुरको संयुक्त प्रतिउत्तर जिकिर ।

५.    तत्कालीन भू.सं.ऐन, २०१४ को दफा १२(७) ले त्यस्तो सुरक्षित किसानको हक बेच बिखन वा दान दातव्य इत्यादी हुन सक्ने नै देखिएकोले त्यसरी सुरक्षित किसानको हक खरीद गर्ने प्रतिवादीहरूबाट उक्त जग्गाको चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । चण्डेश्वरी गा.पं.वडा नं.१ को कि.नं.१३३, १४१ र ऐ.वडा नं.६ को कि.नं.७२ र ७७ र सीतापाइला गा.पं.वडा नं.३(ख) का कि.नं. ८२ को जग्गाको हकमा म.क्षे.अ.को फैसलाले उक्त कित्ताहरूमा वादीको हक कायम गरेको नदेखिएको र उक्त फैसला अनुसार वादीले सो कित्ताहरू आफ्नै नाउँमा दर्ता गराइसकेको पनि नदेखिँदा त्यसतर्फको वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत काठमाडौं जि.अ.को मिति २०३४।३।१९ को फैसला ।

६. का.जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

७. मोहनकुमारी पद्‌मकुमारी तर्फबाट मो.रु.४६,१००।को घर जग्गा बेहकमा दर्ता गरेको ठहरी फैसला भएको हुँदा हुँदै वादी दावी खारेज गरेको नमिलेकोले म.क्षे.अ.को फैसला बदर हुने ठहर्छ । इन्साफ तहकिकात गर्न का.जि.अ.मा शुरु मिसिल पठाई दिने भन्ने समेतको स.अ. डिभिजन बेञ्चको फैसला ।

८. साविक पोता रसीद नं. १६१ को भिमसेन स्थान हिरा श्रेष्ठ भक्तराज श्रेष्ठ म र समेतको नाउँमा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको जग्गा मध्ये कोहिटीको भन्ने रोपनी ।। जग्गाको हालका नापीमा सीतापाईला पञ्चायत वडा नं.१(क) को कि.नं.२७३ ठहर रोपनी १३ जग्गा मोहनबहादुर श्रेष्ठले कमाई आएको मेरो जग्गा हो । मैले वादीलाई कुनै लिखत गरी नदिएको व्यक्ति वादीले चलन चलाई लिन उक्त जग्गामा कुनै हक र दायित्व नहुँदा वादी दावी झुठ्ठा हो भन्ने मिति २०३८।११।८।६ को भक्तराज श्रेष्ठको बयान ।

९. २०२०।३।२० को पारीत धनी पद्‌मकुमारी ऋणी ज्यानीनानी लवटनी भई गरेको राजीनामा उक्त क्षेत्रीय अदालतको निर्णयले बदर भएको नदेखिएको केवल सुुरक्षित किसानको हकमा बिक्री गरेकोमा बेहकमा दर्ता गराएकोसम्म भरिएको, यसरी किसानको हकसम्म बिक्री भएकोमा पद्‌मकुमारीले धनी भई दर्ता गराएको भएको र यस मुद्दामा सोतर्फ दावी लिएको नदेखिएकोले त्यस्तो कायम भइरहेको किसानबाट धनीलाई चलन चलाई दिने कानुनी व्यवस्था नभएको निर्धारीत गरिए  बमोजिमको कूतमा सम्म किसान उपर वादीको दावी पुग्नेमा चलन चलाई पाउँ भन्ने प्रतिवादीहरू उपर वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेतको काठमाडौं जि.अ.को २०४०।१।२८।४ को फैसला ।

१०.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेतको ईश्वरी बाबाको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

११. चलन चलाई पाउँ भन्ने दावीको कि.नं.२७३ को जग्गा प्रतिवादीहरूको नाउँमा नापी दर्ता नदेखिँदा त्यसतर्फ प्रतिवादीहरू उपरको वादी दावी झुठ्ठा ठहर्छ र अन्य कि.नं. २४५, २४६, २६९ को सम्पत्तितर्फ चलन चलाई पाउँ भन्ने वादी दावी नपुग्ने गरी शुरु का.जि.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मिति ०४०।११।८ को बागमती अञ्चल अदालतको फैसला ।

१२. उक्त फैसला उपर ईश्वरी बाबाको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनको लगतमा दर्ता भएको ।

१३. सुरक्षित किसान भइरहेको जग्गामा जग्गा धनीलाई चलन चलाई दिने कुनै अर्थ नहुँदा जग्गामा चलन चलाउन नमिल्ने भनेको बा.अं.अ को इन्साफ मनासिब छ तर कि.नं.२४६ मा घर भएको र घरबारीको जग्गामा मोहियानी हक नलाग्ने हुँदा सो घर सम्ममा वादी दावी बमोजिम चलन चलाएको गल्ती ठहर्ने भई चलन चलाई पाउने ठहर्छ भन्ने समेतको म.क्षे.अ.को मिति ०४१।११।९ को फैसला ।

१४. उक्त फैसला उपर वादी प्रतिवादी दुवैपक्षबाट पुनरावेदनको अनुमतिको लागि निवेदन परी दुवैपक्षतर्फ पुनरावेदनको अनुमति पाई पुनरावेदनको लगतमा दर्ता हुन आएको रहेछ ।

१५.   नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी ईश्वरी बाबाको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले फैसलाले जिती पाएको घर जग्गामा चलन चलाउन पर्ने हुन्छ । अदालतबाट भएको फैसलालाई निष्क्रिय पार्न मिल्दैन । ईश्वरी बाबाले ०३२ सालमा म.क्षे.अ.बाट जिती पाएको घर जग्गा चलन चलाई पाउन पर्दछ भन्ने समेतको र विपक्षी पद्‌मकुमारी लवट समेतका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको एवं विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले ०२०।३।२० को ज्यानी नानी ऋणी र पद्‌मकुमारी धनी भएको राजीनामा तमसूक क्षे.अ.को फैसलाले बदर गरेको छैन । यस्तो स्थितिमा वादी दावी निराधार छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

१६. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

१७. निर्णयतर्फ विचार गर्दा यसमा विवादीत कि.नं.२४५, २६९ र २४६ को ३ कित्ता जग्गाहरू कि.नं. २४६ मा बनेको घर समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३२।१।३१।४ को फैसलाले मैले जिती पाएको हुँदा चलन चलाई पाउँ भन्ने समेत वादीले दावी लिएको पाइन्छ । उक्त घर जग्गाको सुरक्षित किसानको हक मोहनबहादुरमा रहेको भन्ने कुरा वादीले नै आधार लिएको ०३२।१।३१ को फैसलामा उल्लेख भएको पाइन्छ । उक्त फैसला कायमै भएसम्म त्यस्तो उल्लेख भएको कुरालाई अन्यथा मान्न मिल्ने भएन । ०३२।१।३१ को उक्त फैसलाबाट मोहनबहादुरले ज्यानी नानीबाट सुरक्षित किसानको हक खरीद गरेको भन्ने देखिन्छ । सम्पूर्ण जग्गाको स्वामित्व ९इधलभचकजष्उ० नै खरीद गरी लिएको देखिँदैन । सोही फैसलामा वादी रु.४६,१००।मोल बिगोको घर वादी ईश्वरी बाबाको ठहर गरिएको छ । उक्त मोल बिगो ४६,१००।को घर कि.नं.२४६ मा बनेको भन्ने वादीको भनाई देखिन्छ । प्रतिवादीले पनि ०३२ सालको फैसला स्वीकार गरेको देखिएबाट सो फैसलामा उल्लेख भएको घर कुन हो त्यो  देखाउन नसकेबाट वादी दावी बमोजिमको घर कि.नं. २४६ मा भएकोलाई नमान्ने स्थिति रहेन । जहाँसम्म सर्भे नापीमा प्रतिवादीको नाममा नापी भएको भन्ने कुरा छ त्यसतर्फ हेर्दा सर्भे नापी भएपछि म.क्षे.अ.बाट भएको फैसला सो समेत मूल्यांकन गरी भएको मान्न पर्ने हुँदा पद्‌मकुमारीले गरेको दर्ता वादीको घरको सम्बन्धमा वादीको हक कायम भएपछि प्रतिवादीको दर्ता कायम नै भइरहन्छ भन्न मिल्दैन । तर प्रस्तुत सन्दर्भमा यो मुद्दामा चलन चलाई पाउँ भन्ने वादीको दावी भएको जग्गाको सम्बन्धमा मोहनबहादुरको सुरक्षित किसानको हक अथवा भएको कुरा फैसलाबाट देखिएबाट त्यस्तो किसानको हक अथवा मोहियानी हक भएको जग्गामा जग्गा धनीलाई चलन चलाई दिनुपर्ने कुनै अर्थ नहुँदा सो सम्बन्धमा चलन चलाउन नमिल्ने ठहर्‍याई र कि.नं.२४६ मा बनेको घरको हकमा सुरक्षित किसानी हक प्राप्त गर्नु अगावै देखि उक्त कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घर जग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने हुँदा कानुनले नै मोही हक नभएको स्थितिमा त्यस्तो घरको सम्बन्धमा मोही हक प्रतिवादीमा रहेको मान्न नमिल्ने भएबाट उक्त कि.नं.२४६ मा बनेको घरको वादी दावी बमोजिम चलन चलाई पाउने ठहर्‍याई म.क्षे.अ.बाट मिति ०४१।११।९ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न  सक्दैन । कोर्टफी राखी मुद्दा दायर गरेको देखिएकोले कसैलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४३ साल बैशाख ३० गते रोज ३ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु