निर्णय नं. ४ - डाका कूटपीट

निर्णय नं.४ ने.का.प. २०१५ अङ्क १
(बिशेष अदालत पश्चिम फाँट ऊपर)
फुलबेञ्च
प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री रंगनाथ उप्रेती
न्यायाधीश श्री तिलक शम्शेर थापा क्षेत्री
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री पशुपतीप्रसाद कोइराला
फौं ठा.फु.नं.१।२।३
निवेदक : वासुदेव भारती समेत
बिरुद्ध
बिपक्षी : वीरबहादुर
मुद्दा : डाका कूटपीट
(१) आंशिक रिभ्यूको निस्सा भएकोमा – संपूर्ण मुद्दा हेर्न नमिल्ने – रिभ्यू हुने कुरा जतिलाई प्रभाव पार्ने कुरा हेर्न हुने ।
आंशिक रिभ्यूको निस्सा भएकोमा संपूर्ण मुद्दा हेर्न मल्दैन । तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ भन्ने सिद्धान्त ०१५।३।१०।३ मा फूलबेञ्चबाट कायम भई सकेको देखिनाले सो सिद्धान्त बमोजिम यस मुद्धामा भएको रिभ्यूको आदेश हेरिएमा बिगो र दण्ड तर्फ पुनः विचार गर्नु पर्ने देखिदा ...सो प्रभाब पर्ने जति सबै कुरा यस मुद्दामा खोली हेर्नु पर्ने देखिन्छ ।
(प्रकरण नं.२५)
(२) चोरीको १, ७ र ९ नं.र कूटपीटको २ नं.चोरी, जवरदस्ती चोरी, डाका र लूटपीटका अवस्थाहरू – लूटपीट र डाकामा फरक ।
चोरीको १ नं.मा आफ्नो हक नपुग्ने चल धन माल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नलिई धनीको हक मेटाई वेईमानी गरी आफूले लिना खानाका लागि जुन सुकै कुरो गरी कसैले लग्यो भने सो चोरी ठहर्छ भन्ने र ऐजन ७ नं.मा चोरी गर्नाका निमित्त वा चोरी गर्दा कूटपीट हातपात गरी वा बाँधी थिची वा जिउ जखम अङ्गभङ्ग गर्ने डरत्रास देखाई वा नावालख र स्वास्नी मानिसको जीउको धन माल खोसी चोरी गरेकोमा जवरदस्ती चोरी गरेको ठहर्छ भन्ने र ऐजन ९ नं.मा ४ जना भन्दा बढताको जमात भै जवरदस्ती चोरीमा लेखिएका रितसंग र ठूलो जमात भै हात हतियार लिई उठाई छाडी हुल हुज्जत गरी चोरी गरेको डाका ठहर्छ भन्ने र लूटपीटको २ नं.मा आफूप्रति नोक्सान प¥यो भने अथवा आफ्नो हक लाग्ने हो भनी जग्गा जमीन, साँध सिमाना, साहु असामी, अंशबण्डा दान बकस, विजाई, विद्युत, रकम कलम, सन्धि सर्पण कुलो पानी बाली चराई नासो धरौट समेत ईत्यादि र अरू कुनै कुरामा धर पकड वा भनाभन झगडा लछार पछार सरम भै सोहि ठाउँ उसै बखतमा साथमा रहे भएको धनमाल नगदी जिन्सी खोसी लिए लगे नोक्सान गरेको समते लूटपीट ठहर्छ भन्ने उल्लेख भएको छ । प्रस्तुत मुद्दामा दुबै पक्षको पहिले देखि जानकारी भै एउटा चीज दुबै पक्षको आफ्नो संझी धर पकड वा भनाभन झगडा लछार पछार भै सोही ठाउँ उसै बखतमा साथमा भै रहेको धनमाल लगेको भन्ने बादी दाबी नहुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने देखिँदैन । ४ जनाभन्दा बढीको ठुलो जमात भै कूटपीट हातपात बाँध छाँद गरी खुकुरी चलाई अङ्ग भङ्ग गर्ने डरत्रास देखाई हतियार छाडी चोरीको ७ नं.को ऐन बमोजिमको जवरदस्ती चोरीको रीतसंग वारदात गरेको भन्ने चोरीको ७, ९ नं.मा उल्लिखित भए मिलानको लेख दावी हुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने नदेखी चोरीको ७, ९ नं.मिलानकै देखिन आएकोले सो ऐन बमोजिम वारदात कसूर डाका ठहर्छ ।
(प्रकरण नं.२६)
(३) पुलिसमा साविती भई गरेको कागज अदालतमा इन्कार गरेमा – प्रकाणिकता ।
अरू सबुद प्रमाणबाट कसूर अपराध प्रमाणित हुँदैन र अभियोग सो पुलिसले गराएको ठाडो कागजलाई इन्कार गर्दछन् भने सो साविती कागज अकाट्य भनी मान्न मिल्दैन । सबुद प्रमाणबाट ठहरे बमोजिम अदालतबाट न्याय दिनु पर्छ ।
(प्रकरण नं.२७)
(४) वारदात परे नपरेको अवस्था प्रमाणबाट अवगत हुने ।
मिसिल सामेल रहेका मेडिकल रिपोर्टबाट घरवाला वीरबहादुर चन्द्रबहादुरको आंग–जीउमा घा खत परेको देखिएको । सो घा खत निजहरूका जिकिर बमोजिम वारदातमा परेको नभै अरू किसिमबाट परेको । डाकाको वारदात परेकै हैन भनी कुनै अभियोगी लेखाई मौका सरजमीन समेतको भनाईबाट र अभियोगीको लेखाइ सरजमीनको राय समेतबाट बीरबहादुरका घरमा रातमा डाकाको वारदात परेकै भन्ने देखिनाले वारदातै परेको होइन । घरवालाको लेखाई झूठ्ठा भनी सारा मिसिल प्रमाणबाट भन्न नमिली वारदात परेकै देखिने ।
(प्रकरण नं.२८)
(५) चोरीको १४ नं. – टांसिएको म्याद गुजारी बसेकालाई – हाजिर पक्राउ भएका बखत कारवाई हुने ।
ढाल ठकुरी घन पुतवार समेत २२ जनाले टांसिएको म्यादै गुजारी बसेकाले चोरीका १४ नं.का ऐन बमोजिम हाजिर पक्राउ भएका बखत कारवाई गरी ठहरे बमोजिम गर्न हाल मुद्दा मुल्तबी राख्ने ।
(प्रकरण नं.२८)
(६) पुलिस र मौकामा भए गरेको अदालतको वेरीतको कारवाई – पुलिस बिपक्षी भई गरेको कारवाई – कानूनले मान्यता नदिने ।
मौका पुलिसको कारवाई तहकिकात प्रस्तुत मुद्दामा हेर्दा भारतीको बिपक्षी भई कारवाई गरेको प्रष्ट झल्कन्छ । उनै बिपक्षीले गरे गराएको कागज बूझेको सबुद कानूनले मान्यता दिनै हुँदैन । त्यस्तो बिपक्षीको हातको कारवाई अमिल्दो लेखको कुरा सांचो प्रमाणित मान्न लायक नभएको । पुलिस भारती बिरुद्धको मनशाय लिई कारवाई चलाएको । त्यस्ता पुलिसले गराएको कागज अरू प्रमाणबाट समर्थित नभए सम्म प्रामाणिक मान्न नहुने भई अरू माथी लेखिएका अवस्था प्रमाणबाट भारती उपर वादीले अदावतले झुठै फसाएको निर्णय देखिन आएको ।
(प्रकरण नं.२८)
निवेदक तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथ प्रसाद वर्मा, एडभोकेट श्री पद्यराज विष्ट, प्लिडर श्री हेरम्भप्रसाद उपाध्याय, प्लिडर श्री मायानाथ, प्लिडर श्री प्रेमबहादुर कुँबर, प्लिडर श्री मीन मर्दन क्षेत्री र अन्य
बिपक्षी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी र प्लिडर श्री नारायणप्रसाद ।
फैसला
१. यसमा प.१ नं.देउराली खत्रीगाउँ मेरा घरमा यही २००९ साल ज्येष्ठ २५ गते रात २ बजेको टायममा ससुरा बीरबहादुरलाई नचिन्हेका मानिसले पाटन अदालतबाट बोलाउन आएको महन्तजी तल आउनोस् भनी ससुरा बीरबहादुर लाई बोलाई तल जाँदा के हो ? कागजमा सही गर भन्दा गर्दैन भनेमा निज समेत तपसीलका मानिसले ससुरा बीरबहादुर १ लोग्ने चन्द्रबहादुर १ म १ सासु १ नन्द १ सौता १ समेतलाई बाँधी काटी कूटी नगद सुनचाँदी तमसुकपत्र समेत डाका गरी लगी रहँदा म भागी जाहेर गर्न आएको छू । लोग्ने ससुरा मर्न बाँच्न दोसाँध छन् । धनमाल खुलाइ निजैहरूले बयान गर्नेछन् । चिन्हेका बासुदेव भारती समेत १५ र अरू नचिन्हेका २०० जति फौज थिए । सो डाकाहरू पक्राउ गरी ऐन बमोजिम गरी पाउँ भन्ने समेत २००९।२।२६।३को कान्छी सन्यासिनीको दरखास्त बयान ।
२. सो रात बाँध छाँद काट कूट गरी डाका ग¥यो भन्ने समेत निज कान्छी की सौता बटैपुरिनी १ र निज की सासु तारका देवी, निज कान्छी की नन्दा नानीमैया समेतको कागज बयान ।
३. डाका गर्ने कोही कालो मुखमा मोसो घसेका र रामदल सिपाहीको टोपी लाएका थिए । बुहारी कान्छीका दरखास्तमा लेखिएका बाशुदेव भारती समेत १५ जना र अरू पुन्टे भन्ने छेत्रबहादुर अधिकारी समेत १६ जना समेत ३१ जना चिन्हेका र अरू नचिहेका २०० जवान जति थिए । वलराम ठकुरीले तिमी कमीशन पार्टीमा लागेको छ भन्ने पक्राउ आएको भन्ने व्यहोरा दुई हरफ जति कागज बाँची सुनाई सही छाप गर भन्दा गर्दैन भनेमा लेखिएका खुकुरी लठ्ठी लिई रहने मानिस मध्ये निज बाशुदेव भारतीले सही छाप गर्दैन भने । पहिले यो शत्रुको घुंडा छिन्नु पर्छ भनी निज बाशुदेवले पहिले मेरो बाँया घुँडामा खुकुरीले काट््यो । त्यसपछि गणेश भारतीले हात पनि छिन्छु भनी दायाँ पाखुरामा काट््यो र म बेहोस भएँ । सरजमीनले लेखेका मातृकाप्रसाद समेत ७ जना ऊपर शंका छैन । अरू ऊपर शंका लाग्छ । धन मालका हकमा लुगा फाटा नगदी गहना समेतको जम्मा मो.रु.१६४९८।२५ र कं.रु.२५५।–को धनमाल डाका गरेमा पक्राउ गरी ऐन बमोजिम सजाय भई सो बिगो समेत भराई पाउं भन्ने मसेत २००९।३।६को वीरबहादुर पुरीको कागज र मौकामा कागज गर्दा कुटिएका दर्द पीरले टुट्न गएछ । नचिन्हेका भनेका २०० मध्ये कृष्णबहादुर वासिल क्षेत्री समेत ७ जना पनि थिए भन्ने समेत २००९।३।२५ को निज बीरबहादुर कै वादी बयान ।
४. अरू बाबू वीरबहादुरको भनाई बमोजिम सदर छ । मलाई स्यामे भारती र मान्चा नेवारले काटेको हो भन्ने समेत कान्छीको लोग्ने चन्द्रबहादुर पुरीको ऐजन मितिको कागज र ऐजन मिलान बयान ।
५. बीरबहादुरका घरमा ज्येष्ठ २५ गते चन्द्रे घर्ती समेत डाका गर्न गएको थाहा पाई मेरो भाग भनि बलरामले दिएको कमीज शुरुवाल समेत दाखिल गरी जाहेर गरेको छू भन्ने समेत नरबहादुर खड्काको कागज बयान ।
६. मलाई चन्द्रे घर्ती समेतले जवरदस्ती फेदी सम्म लगी म त्यहाँबाट भागी आएं । डाका गर्न जाने भन्ने कुरा मलाई थाहा भएन भन्ने समेत कुमारे खकुरेलको मौका कागज र फौजदारीमा सो समेत इन्कारी बयान ।
७. बाशुदेवले बीरबहादुर कहां डाका गर्न झिकाएकोले हिँड भनी वलरामले भनेबाट गई लउरो लिई बीरबहादुरका घरदेखि पर सिमलको रुख निर मानिस हेरी पालो बसी रहें । मैले डाका गरी आएको धनमालको भाग लिएको छैन । भोली पल्ट ज्येष्ठ २६ गते वेलुकी ९ बजे डाका तहकिकात गर्न आउने डोरलाई बलराम धिताल समेतले कूटे भनेकाले मैले पनि लठ्ठी लिई गुहार भनी कराई धपाई पठाएको हो । अरू कुरा थाहा छैन भन्ने समेत भूमिराज भारतीको २००९।४।१२ को कागज । फौजदारीमा सो समेत इन्कार भई सो समय ससुराल दहचोक ओडारेमा छू । मौकामा पुलिसले कूटपीट गरी पढी बांची नसुनाई सही छाप गराएकोमा उजुर समेत गरेको र वादी लूट पीट मुद्दा समेतको झगडिया हो भन्ने समेत बयान ।
८. बीरबहादुरका घरमा डाका गर्ने मानिस लगी देउ । मो.रु.५०००।–दिन्छू भनी बाशुदेवले भनेबाट च्यान्टे ठकुरी समेतलाई पठाएको हो । म गएको होइन । मलाई पक्रन आउँदा मलाई नपक्र, बाशुदेव संग रु.५०००।–दाम लिई दिन्छू भनी मैले भनेको हो । सो रु.५०००।–दिन्छू भनेको मैले लिएको छैन । अरू कुरा थाहा छैन भन्ने समेत बलराम ठकुरी र बीरबहादुरलाई मैले खुकुरीले काटेको हो भन्ने समेत चन्द्रे भन्ने हरिबहादुर १ कोहिले सिपाहीको कोहिले रामदलको कोहिले कप्तानको दस्तूर लगाई बीरबहादुरका घरमा डाका गर्न गई बीरबहादुर र छोरा चन्द्रबहादुरलाई चन्द्रेले खुकुरीले काटी २–३, पोका बोकी ल्याई बलराम कहाँ राखेको हो भन्ने समेत आइतमान भन्ने माकचा पुतवार २ ऐनज मिलानको ढीके कान्छा भन्ने कान्छा तामाङ्ग १ गन्जे गुरुगं १ चन्द्रे घर्ती १ च्यान्टा ठकुरी १ पूर्णबहादुर पुतवार १ इन्द्रबहादुर राउत १ रुम्बा सार्की भोटे १ समेतको मौकामा साविती कागज र फौजदारी अदालतमा बाँध छाँद गरी पुलिसले साबिती कागज गराएको हो, डाका गर्न गएको हैनौं भन्ने समेत निजहरू कै इन्कारी बयान ।
९. मिश्रे भन्ने गणेबहादुर खड्का १ घण्टे पुतवार १ काले भन्ने चन्द्रबहादुर खड्का १ समेत हामी वादी कहाँ डाका गर्न गएका हौं भन्ने समेत मौका कागज र फौजदारीमा समेत साबिती बयान ।
१०. सरजमीनले शंका गरेका लक्ष्मीप्रसाद उपाध्याय १ महाप्रसाद उपाध्याय १ मातृकाप्रसाद १ उपेन्द्रबहादुर १ डम्बरबहादुर १ सेते तामाङ्ग १ कृष्णप्रसाद १ प्रेमप्रसाद १ चन्द्रबहादुर खत्री १ कान्छो नेवार १ समेत र अरू बादी र सावित हुने प्रतिबादीहरूले पोलेका सि.लोकबहादुर १ बद्री बस्नेत १ खड्गबहादुर श्रेष्ठ १ भूमिबहादुर अधिकारी १ छेत्रबहादुर अधिकारी १ बलबहादुर खत्री १ नेत्रबहादुर मगर १ जगन्नाथ गिरी १ कृष्णबहादुर दाहाल १ सूचे भन्ने कान्छा तामाङ्ग १ हेमकुमारी भारती १ लालबहादुर खत्री १ कृष्णमान श्रेष्ठ १ सानु काजी बुद्धाचार्य १ कटकबहादुर खत्री १ कृष्णप्रसाद उपाध्याय १ कृष्णराज भारती १ पुडके भन्ने थिर राज भारती १ काले भन्ने धर्मराज भारती १ श्यामराज भारती १ भरत भन्ने श्यामबहादुर भारती १ सानु काजी भन्ने चेतराज भारती १ समेतको हामीले डाका कूट पीट गरे गराए भाग खाएको समेत कुनै कुरा होइन छैन भन्ने समेत इन्कारी कागज बयान ।
११. माप्चा नेवार समेत जना २२ म्याद गुजारी फरार भइ बसेका ।
१२. पुड्के भन्ने थिरराज भारती र श्यामराज भारती २००९।२।२५ मा वेटायममा हिंडे वापत थुनिएको भनेको भ.पु.छो.गो.को बेटायमी किताब हेर्दा २००९।२।२६।१ को अड्ढ मध्ये ६ को अड्ढ सचिएकोले जाहेर गरेका छौं भन्ने समेत विशेष अदालत पश्चिम फाँटको रिपोर्टमा के भई सचिएको हो ? बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने २०१२।२।२० को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१३. सो ६ को अड्ढ भ.पु.छो.गो.का इन्चार्ज हाकिम भई बस्दा मौकैमा लेख्दा सचिए जस्तो भए पनि सच्याए सचिएको होइन । सच्याएको भए रोजको अड्ढ समेत सचिनु पर्ने भन्ने समेत पछि भ्रष्टाचार निवारण अफिसमा खटि आएकाले जनक विक्रमको र सो रात हामी पूर्व १ नं.नाला तर्फबाट भैंसी किन्न गई फर्किंदा बेटायममा हिंडने भनी थुनी भोली पल्ट सही छाप गराई छाडी दिएका हुन् । अड्डाबाट लेखेको कागज के भई सचिएको हो हामीलाई थाहा छैन भन्ने समेत पुडके भन्ने थिरराज श्यामराज भारतीको कागज ।
१४. मिसिल प्रमाणबाट बादीका घरमा डाका वारदात भएको ठहर्न आएको र टाँसिएको म्याद गुजारी फरार हुने २२ जनाका हकमा फेला परेका बखत ठहरे बमोजिम हुने गरी मुल्तवी रहने, नरबहादुर खड्काका हकमा पुलिसका रिपोर्टबाट डाका पत्ता लगाउने सुराकी जाहेरवाला भन्ने देखिँदा चोरीको ३९ नं.ले केही गर्न नपर्ने कुमारे खकुरेल थाहा नपाई वारदातमा गएको पछि थाहा भए पछि बीचबाट भागेको । सो वारदात भएको कुरा मौकैमा जाहेर नगरेको सम्म देखिंदा २००९।४।२३ देखि थुनिएकोले छाडी दिने वा अरू सजाय गर्न निकासा भए बमोजिम गर्ने । कटकबहादुर खत्रीको हकमा अरूले कुनैले पोलिनाको रीस इवी समेत देखाएका र साक्षीहरूले समेत सफाई नै दिई बकपत्र गरेकाले डाका कूटपीट गरेको नठहर्ने । मौका पुलिसमा समेत र फौजदारीमा समेत डाका गर्न गएकोमा सावित हुने घण्टे पुटवार समेत ३ का हकमा विचार गर्नु नपरी डाँकै ठहर्ने । मौका पुलिसमा सावित हुने फौजदारीमा इन्कार हुने आइतमान भन्ने माक्चा पुतवार समेत १० का हकमा पनि फौजदारीमा इन्कार गरे बचिन्छ कि भनी मौकामा कूटपीट गरी सावित गरेको भनी बयानमा लेखे तापनी कूटपीट तर्फ उजुर गर्न नसकेका । भूमिराज भारती १ ले उजुर गरेकोमा म्याद नाघे पछिको उजुर देखिएकोले निज मौका औ फौजदारीमा साविती जवान १३ र बाशुदेव भारती १ श्यामराज भारती २ पुड्के भन्ने थिरराज भारती १ चेतराज भारती १ खुशीराज भारती १ कृष्णप्रसाद उपाध्याय १ खड्गबहादुर श्रेष्ठ १ कान्छा भन्ने सूबे तमाङ्ग १ समेत जना ८ इन्कार छन तापनी कृष्णप्रसाद का.मेजिष्ट्रेको पत्रबाट खुहयेश्बरीको सुवर्ण गहना चोरीमा समेत परेको खड्गबहादुर श्रेष्ठको र निजका साक्षीको कुरा नमिलेको सूबे भन्ने कान्छा तमाङ्ग म सूबे होइन भन्छ तापनि बादी बीरबहादुर समेतले यै हो भनी सनाखत गरेको । श्यामराज थिरराज सो रात भ.पु.छो.गो.मा थुनिएको भनेकोमा हेर्दा ६ को अंक सचिएको र सो पाना समेत अरू पाना सरह नहुनाले कीर्ते घुसाएको ठहर्ने भई सो प्रमाण नलाग्ने । बाशुदेव भारती १ चेतरात भारती १ गणे भन्ने खुशीराज भारती १ का हकमा पनि चेतराजको छोरा श्यामबहादरले बाबु चेतराज समेत बादीको घर डाका गर्न गएका थियौं भनी आमा भन्थिन भने मौका पुलिसमा लेखेको र यी बाशुदेव भारती समेतको अघि देखिएको मुद्दा मामिला समेतको रीस इबी र साबिती धेरै जनाले पोल गरेको समेत देखिंदा इनीहरूले समेत रीस इबी साध्न डाका कूटपीट गरे गराएको ठहर्छ । डाका तर्फ ठूलो सजाय पाउने हुँदा दण्ड सजायको २३ नं.ले कूटपीट तर्फको सजाय नलाग्ने र बिगोको हकमा ६–७ महीना अगाडी रु.१३००।–को गहना नगदी समेत ईनै बाशुदेव समेतले कूटपीट गरे भनी फौजदारीमा मुद्दा दिएको र नाक कानका गहना समेत डाका भएको भनेको नाक कानमा घाउखत केही नदेखिएको । नाडी घडी सम्म ईन्द्रेले खोसेकोमा साबित हूंदा सो नाडी घडी बाहेक गर–गहनाको बिगो नठहर्ने । नगदीमा अरू सावित हुनेले कम भनेका छन् तापनी कान्छा तमाङ्गले रु.१०।–पाएको भन्ने हुँदा र डाका गर्ने जमात २०० भन्ने हुँदा रु.१०–का दरले मोरु.२०००। नगदी र लुगा भाँडा समेतको मो.रु.२४९९।६ समेत मो.रु. ४४९९।६ विगो डाका गरेको मो.रु. ११९९९।१९ र कं.रु.२५५।–बढी बिगो दावी गरेको ठहर्छ । चन्द्रे भन्ने हरिबहादुर मरी सकेकोले केही गर्नु नपर्ने, । मुल्तवी रहने । २२ जनाको दामासाहीले मो रु.३२०१ बिगो समेत मुल्तबी रहने र अरू ठहरेकाबाट दामासाहले भराई दिने । बढी बिगो दावी गरेमा बादी बीरबहादुर के चोरीको ४८ नं.ले सैकडा ५ ले मो.रु.५९९।९६ र कं.रु.१२।। दन्ड र डाका ठहर्ने कान्छा तमांग समेतलाई चोरीको २१ नं.ले बायाँ पाखुरामा ढां भन्ने अक्षर खोदी जनही म्यादी कैद बर्ष छ र बिगोको डेढी दन्ड मो.रु.६७८४।५९ का दरले दन्ड हुने र जनक बिक्रम राणाके बेटायमी पाना कीर्ते गरेमा कीर्ते कागजको १०,११,२० न.ले दन्ड रु.५।–कैद बर्ष दुई जागीरबाट बरखास्त हुन्छ । पोलाई भागी जीत्ने काले भन्ने धर्मराज भारती समेत जना २४ बाट चोरीको ४७ नं.बमोजिम रु.१।–दरले जिताउरी लिने भन्ने समेत ०१२।४।१४।६ को विशेष अदालत पश्चिम फाँटको फैसला ।
१५. सो विशेष अदालतको फैसला इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी सूबे भन्ने कान्छा तमांग १ भूमिराज भारती १ पूर्णबहादुर पुतवार १ आइतमान पुतवार १ बाशुदेव भारती १ खुशीराज भारती १ चेतराज भारती १ श्यामराज भारती १ घण्टे पुतवार १ कृष्णप्रसाद उपाध्यय १ स.ई.जनक विक्रम राणा १ घण्टे पुतवार १ र बादी बीरबहादुर १ समेत १३ जनाको अपील र जमानी तारिखमा छुटाईपाउँ भन्ने समेत प्र.कुमारे खकुरेलको निवेदन समेत ।
१६. प्र.कुमारे खकुरेल डाका वारदातमा नगई बीचैबाट भागी आएको । ३ बर्षभन्दा बढतै थुनीई सकेको । विशेष अदालतले पनि निजलाई डाका नठहराई छाड्नलाई जाहेर गरेको देखिनाले जमानी दिए लिई तारिखमा राख्नु भन्ने समेत ०१२।६।२१ को सिंगलबेञ्चको आदेश ।
१७. सूबे भन्ने कान्छा तामांगका हकमा वादीले दिएका जग्गा मुद्दाको प्रमाणबाट समेत निज सूबे भन्ने नदेखिई कान्छा तमांग भन्ने नै देखिंदा निज पोलिएको सूबे तमांग नठहर्ने । कुमालेका हकमा पनि डाका वारदातमा गएको नदेखिई बीचैबाट भागेको थाहा पाई जाहेर नगरेकोमा ३ बर्ष भन्दा बढीनै कैद परि सकेको देखिनाले अरू सजाय गर्न नपर्ने । अरू अपिलाटका हकमा मिसिल प्रमाणबाट इन्साफ विशेष अदालतको मुनासिव छ । वारदातमा भएका मौकामा बुझ्नु पर्ने मानिस नबुझी छुटाएमा र वादीवालाहरूको बयान ढीलो गरी र अघिल्लाले गरेको बयान पछिकालाई सुनाई फलानाले त यसो भन्यो, तिमी के भन्छौ भन्ने किसिम संग बयान गराई ऐन बमोजिम पृथक पृथक नगरेमा पुलिसलाई आइन्दा यस्तो हुन नपाओस् भनी सम्बोधन गर्ने भन्ने समेत ०१३।१०।१७।४ को डिभिजनबेञ्चको फैसला ।
१८. अघिल्ला दिन डाकाहरू पनि पुलिस मिलिटरी कै भानपर्ने गरी डाका गरी लगे भनेका र भोली पल्ट राती ९ बजे पनि त्यसै गरी आउँदा हिजैका जस्तो डाका आए भनी सरकारिया पुलिस डोर भन्ने त इनी गाउँलेहरू भई कूटपीट हमला गरी पठाएकोमा रीस इबी लिएका भई मुद्दा फौजदारीमा गए पछि पनि तिनै डोरवाला वि.दामोदर समेतले वादी बीरबहादुर संग मिली हामीलाई फसाउन निजै पुलिसहरूले कूटपीट गरी कारवाई कागज गराई पोल्नु पोलाउनु गरेका र हाम्रो घर खानतलासी लूटपीट समेत गरेमा निज डोरवाला वि.दामोदर समेत ऊपर हामीले मौकैदेखि उजुरि बाजुर गरेका पनि छौं । निज वादी हाम्रो अघि देखिको जग्गा मुद्धा लूटपीट मुद्धा समेतको झगडिया इबीदार भई झुठ्ठा पोल्नु पोलाउनु गरे गराएका र म भूमिराजलाई कुटपीट गरी पढी बाँची नसुनाई पुलिसमा सहीछाप गराएमा उजुर बाजुर समेत गरी कारबाई चलेको समेत हुँदा र म जनक बिक्रमले त्यस्तो कीर्ते गर्नु पर्ने अवस्था नपरेको । धेरै अंकले बनेको मितिमा एटा ६ को अंक सचिए जस्तो भयो भन्दैमा अरू अंक अक्षर सबुद भई कीर्ते नठहर्नेमा अन्याय संग गरेको विशेष अदालतको इन्साफ डिभिजनबेञ्चबाट समेत सदर भएकाले दोहराइ रिभ्यू गरी जाँची हक इन्साफ गरी पाउँ भन्ने समेत बासुदेव भारती १ खुशीराज भारती १ श्यामराज भारती १ स.ई.जनक विक्रम राणा १ समेतको निवेदनपत्र तीन ।
१९. अरू इन्साफ तर्फ नयाँ र महत्वपूर्ण कुरा नदेखिएको सिर्फ विगो दन्ड तर्फ सजाय र मुल्तवी रहने प्रतिवादीको संख्या ४२ देखिनआई मिसिलबाट कायम नभएका २०० जवानको दामासाही लगाई नगदी वीगो कायम गरी दन्ड भएको देखिनाले त्यस तर्फ पुनः विचार गर्न रिभ्युको निस्सा गरी दिएको छ । लगमा दर्ता गरी कजलिस्टमा चढाई पेश गर्नु भन्ने समेत ०१४।९।२२ को डिभिजनबेञ्चको आदेश ।
२०. पुलिसको कारवाई कानूनको रीतिपूर्वक छैन भन्ने अघिल्लो डिभिजन कै फैसलामा पनिलेखिएको र तदनुसार घर धनीवालाहरूको बयान गराउँदा यो यसले यस परिवन्दबाट अपराध गरेको यस्तो प्रकारबाट देखे चिन्हेको भन्ने र सरजमीन बुझ्दा र बयान गराउँदा समेत प्रत्येकको नखुलाई यस्तै बेरीतको कारवाई देखिंदा ई रिभ्यूको निवेदन दिनेहरूका हकमा सवै कुरा विचार गरी मिसिल प्रमाणबाट कसूरदार हुन होइनन् भन्ने तर्फ समेत निर्णय गर्नु पर्ने देखिन्छ । सहकारी श्री माननीय न्यायाधीशज्यू संग राय नमिलेकोले फुलबेञ्चमा पेश गर्नु भन्ने समेत श्री मा.न्या.मीनबहादुरको र रिभ्यूको निस्सा नभएको कुरामा इन्साफ तर्फ जाँच्न नमिल्ने हुँदा सहकारीज्यूसंग राय नमिलेकोले फुलबेञ्चमा पेश गर्नु भन्ने श्री माननीय न्यायाधीश मुक्तिकान्त ज्यूको ०१५।१।९को डिभिजनबेञ्चको आदेश ।
२१. आंशिक रूपमा रिभ्यूको निस्सा भएको मुद्दामा सम्पूर्ण मुद्दा हेर्न मिल्दैन तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ । मुद्दाको निर्णयको लागि डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत ०१५।३।१०को फुलबेञ्चको आदेश ।
२२. ०१४।९।२२।१ का डिभिजनबेञ्चबाट र ०१५।३।१०।३ का फूलबेञ्चका आदेश बमोजिम बिपक्षी झगडिया वादीलाई छलफलमा झिकाउनु पर्ने देखिएकोले छलफलमा वादीलाई झिकाई पेश गर्नु भन्ने समेत ०१५।४।२ को डिभिजनबेञ्चको आदेश ।
२३. मिसिल प्रमाणबाट बादी बाशुदेव भारती समेतका प्रतिवादी अघि देखिका झगडिया र बेग्ला बेग्लै पार्टीमा लागेका र वारदात भएका बखतमा पहिले हात छाडेको नभई कागजमा सही गर भनेको बादीले न मान्दा मात्र कूटपीट भएको देखिने र बलरामको घर खानतलासी हुँदा र नरबहादुरले दाखिल गरेको माल समेत वादीको दरखास्त खोलुवामा नपरेको । सावित हुनेहरूले पनि वादीले डाका गरी लगे भनेका जिन्सी मालताल बाँडेको नदेखिएको समेतबाट सो वारदात कूटपीट र ईन्द्रले नाडी घडी खोसेको भन्ने हुँदा सो नाडी घडीको रु.६५।–ईन्द्रबाट भराई सावित हुने र इन्कारवाला बाशुदेव समेतलाई कूटपीटमा सजायँ दिनु पर्नें डाकामा सावित भए भन्दैमा जम्मै नमरेको मानिस मरेको भनी ज्यानमा सजायँ दिन न्याय इन्साफमा नमिल्ने देखिंदा कूटपीटको वारदात ठहर्छ । अघिको डिभिजनको फैसलामा डाका ठहराएकोमा रुलिग नमिलेकोले नियम बमोजिम फुलबेञ्चमा पेश गरी निर्णय भए बमोजिम गर्ने भन्नेसमेत ०१५।८।१९।५ को डिभिजनबेञ्चको फैसला सरहको आदेश ।
२४. यस्मा निबेदन बाशुदेव भारती, खुशीराज भारती, श्यामराज भारती, भूमिराज भारती र ले जनक विक्रमको वारिसलाई र झिकाई आएका बिपक्षी वीरबहादुर पुरी समेत राखी पेश हुन आएको यस मुद्धामा निबेदक बासदेव भारती समेत तर्फका बिद्वान एडभोकेट पद्माराज बिष्ट र बादी बिरबहादुर तर्फका विद्वान वकील प्लिडर नारायणप्रसादले आफ्ना–आफ्ना तर्फको बहस दिनु भयो । विद्वान वकीलहरूको बहसबाट मिसिलको सवै प्वाइन्टबेञ्चको सामुन्ने प्रकाश भई प्रस्तुत मुद्दामा निर्णय दिनबेञ्चलाई पूरा सहायता प्राप्त भयो । यस मुद्दामा निर्णय दिनु पर्ने मुख्य मुख्य कुरा ई रहेछन् ।
(१) आंशिक रिभ्यूको निस्सा भएकोमा सबै मुद्दा खोली हेर्न मिल्ने नमिल्ने ?
(२) यो वारदात डाका वा लूटपीट कुन कायम हुने ?
(३) पुलिसले गराएको ठाडो कागजका साबितीलाई अकाट्य मान्ने न मान्ने ?
(४) वारदात भएको हो, होइन, भए यस वारदातमा अभियुक्तको–को सामिल थिए ? सो छानवीन गर्ने ।
(५) वारदातका टायम घरवालाको के कति वीगो गएको रहेछ ? सो यकीन गर्ने ।
२५. आंशिक रिभ्यूको निस्सा भएकोमा संपूर्ण मुद्दा हेर्न मिल्दैन, तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ भन्ने सिद्धान्त ०१५।३।१०।३ मा फुलबेञ्चबाट कायम भई सकेको देखिनाले सो सिद्धान्त बमोजिम यस मुद्दामा भएको रिभ्यूको आदेश हेरिएमा बिगो र दण्ड तर्फ पुनः विचार गर्नु पर्ने देखिंदा रिभ्यूको निस्सा भएको देखियो । बिगो र दन्ड यानी सजाय के कति हुने हो भनी विचार गर्न कसूर अपराध कायम गर्नु पर्ने, सो कसूर अपराध कायम गर्न अपराधीकोको हुन यकीनगर्नु पर्ने भई बिगो सजायबाट कसूर अपराधीको छानवीनगर्नु पर्ने कुरामा प्रभाव पर्ने देखियो, सो प्रभाव पर्ने जति सवै कुरा यस मुद्दामा खोली हेर्नु पर्ने देखिन्छ ।
२६. बादीको उजुर लेखमा रातको बखत घरवाला पक्षलाई थाहा जानकै नभई खुकुरी समेतका हात हतियार साथमा लिएका कुनैले यै हुन रोगन बदलेका ४ जना भन्दा बढीको ठुलो जमानत आई खुकुरी समेतको हात हतियार चलाई कुटी काटी जनाना समेतका घरवालालाई बाँधी लडाई जनानाका जिउमा लगाएको गहना समेतको घरमा भएको नगद जिन्सी धनमाल लगे भन्ने लेखाई दावा भएको । चोरीको १ नं.मा आफ्नो हक न पुग्ने चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नलिई धनीको हक मेटाई बेइमानी गरी आफूले लिन खानका लागि जुनसुकै कुरो गरी कसैले लग्यो भने सो चोरी ठहर्छ भन्ने र ऐजन ७ नं.मा चोरी गर्नाका निमित्त वा चोरी गर्दा कूटपीट हात पात गरी वा बाँधी थिची वा जिउ जखम अङ्ग–भङ्ग गर्ने डर त्रास देखाई वा नाबालख र स्वास्नी मानिसको जिउको धनमाल खोसी चोरी गरेकोमा जवरदस्ती चोरी गरेको ठहर्छ भन्ने र ऐजन ९ नं.मा ४ जना भन्दा बढताको जमात भई जवरदस्ती चोरीमा लेखिएका रीति संग र ठुलो जमान भई हात हतियार लिई उठाई छाडी हुल हुँज्जत गरी चोरी गरेको डाका ठहर्छ भन्ने र लूटपीटका २ नं.मा आफू प्रति नोक्शान प¥यो वा पर्ने भयो भने अथवा आफ्नो समेत हक लाग्ने हो भनी जग्गा जमीन साँध सिमाना, साहु आसमी, अंशबंडा, दान बकस विजाई विद्युत रकम कलम सन्धि सर्पण कुलो पानी बाली चराई नासो धरौट समेत इत्यादि र अरू कुनै कुरामा धर–पकड वा भनाभन झगडा लछार पछार सम्म भई सोही ठाउँ उसै बखतमा साथमा रहे भएको धनमाल नगदी जिन्सी खोसी लिए लगे नोक्सान गरेको समेत लूटपीट ठहर्छ भन्ने समेत उल्लेख भएको छ । प्रस्तुत मुद्दामा दुवै पक्षको पहिले देखि जानकारी भई एउटा चीजमा दुवै पक्षले आफ्नो संझी धर पकड वा भनाभन झगडा लछार पछार भई सोही ठाउँ उसै बखतमा साथमा भईरहेको धनमाल लगेको भन्ने वादी दावी नहुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने देखिंदैन । ४ जना भन्दा बढीको ठूलो जमात भई कूटपीट हातपात बाँध छाँद गरी खुकुरी चलाई अङ्ग–भङ्ग गर्ने डरत्रास देखाई हतियार छाडी चोरीको ७ नं.को ऐन बमोजिमको जबरदस्ती चोरीको रीत संग वारदात गरेको भन्ने चोरीको ७।९ नं.मा उल्लिखित भए–मिलानको लेख दाबी हुँदा लूटपीटको २ न.को अवस्था मिल्ने नदेखी चोरीको ७, ९ नं.मिलानकै देखिन आएकाले सो ऐन बमोजिम वारदात कसूर डाका ठहर्छ ।
२७. पुलिसमा सावित भई कागज गर्नेको हकमा पुलिसले अदालतमा पठाए पछि अदालतबाट फेरि अर्को बयान गराउनु पर्ने र प्रचलित कानूनले पुलिस न्याय दिने अदालत नभई कसूर अपराध कायम गर्न सबुद पुर्याउने अभियोगी पक्रने समेतको काम गर्ने कर्मचारी भएको हुँदा अरू सबुद प्रमाणबाट कसूर अपराध प्रमाणित हुँदैन र अभियोगी सो पुलिसले गराएको ठाडो कागजलाई इन्कार गर्दछन् भने सो साविती कागज अकाट्य भनी मान्न मिल्दैन । सबुद प्रमाणबाट ठहरे बमोजिम अदालतबाट न्याय दिनु पर्छ ।
२८. मिसिल सामेल रहेका मेडिकल रिपोर्टबाट घरवाला बीरबहादुर चन्द्रबहादुरका आंग जिउमा घा खत परेको देखिएको । सो घा खत निजहरू का जिकिर बमोजिम वारदातमा परेको नभई अरू किसिमबाट परेको । डाकाको वारदात परेकै होइन भनी कुनै अभियोगी लेखाई मौका सरजमीन समेतको भनाईबाट र अभियोगीको लेखाई सरजमीनको राय समेतबाट बीरबहादुरका घरमा रातमा डाकाको वारदात परेकै भन्ने देखिनाले वारदबातै परेको होइन । घरवालाको लेखाई झुठ्ठा भनी सारा मिसिल प्रमाणबाट दल नमिली वारदात परेकै देखिने र अब सो वारदातमा सामिल थिएँ भनी कान्छी सन्यासिनीको मौका रिपोर्ट, बीरबहादुरको बयान र पुलिसमा सावित भई लेखाई दिने चन्द्रे समेतका लेखाईबाट प्रतिवादी कायम हुन आएका जवान मध्ये श्यामे घर्ती, श्यामेको छोरा माहिलो सन्यासी, तिखे सन्यासी लुच्चे वस्नेत, दलबहादुर तमांग, ज्ञाननिधि जैसी, माप्चा नेवार, माहिलो मिश्र, रत्नबहादुर पुतवार, कान्छा नाइकेका घरमा बस्ने म्वाचा पुतवार, काल्चे पुतवार, कान्छा खत्री, गोल्चे भन्ने घण्टे पुतवार, आरसिंह पुतवार, काले भन्ने गणेशबहादुर पुतवार, सन्ते तमांग, मिश्रे घर्ती, काले पुतवार, दानबहादुर पुतवर, घण्टे पुतवार, ढाल ठकुरी, धन पुतवार समेत २२ जनाले टांसिएको म्यादै गुजारी बसेकाले चोरीको १४ नं.का ऐन बमोजिम हाजिर पक्राउ भएका बखत कारवाई गरी ठहरे बमोजिम गर्न हाल मुद्दा मुल्तबी राख्ने, स्वयंम्भू, किमडोल बस्ने ढीढे कान्छा भन्ने तमांग १ का ई.छगडोल बस्ने गञ्जे गुरुङ्ग १ ऐजन बस्ने पूर्णबहादुर पुतवार १ ऐजन बस्ने आइतमान भन्ने माप्चा पुतवार १ ऐजन बस्ने च्याण्टा ठकुरी १ का.ई.स्वयम्भू आश्रम कुटी बस्ने बलराम ठकुरी १ छगडोल बस्ने मिश्रे भन्ने गणेशबहादुर खडका क्षेत्री १, छगडोल बस्ने घण्टे पुतवार १ ऐजन बस्ने इन्द्रे घर्ती भनेको इन्द्रबहादुर राउत क्षेत्री १ का.ई.भीमढुड्डा गौरी गाउँ बस्ने काले भन्ने चन्द्रबहादुर खड्का, का.ई. निशास गाउँ बस्ने लाले भन्ने रुंवा भोटे सार्की तमांग १ पूर्व १ नं.का.प.ई.दाप्चा बस्ने कृष्णप्रसाद उपाध्याय १ प.१नं.धा.ई. पाखुरे बस्ने खड्गबहादुर श्रेष्ठ १ समेत जवान १३ ले डाकाको कसूर गरेको र काठमाडौं छगडोल बस्ने कुमाले खकुरेलले डाकाको वारदात पर्छ भन्ने जानी जाहेर प्रकाश नगरी दवाएको दवाहा ठहर्छ । चन्द्रे भन्ने हरिबहादुर राउत मरी सकेकाले केही गर्नु नपर्ने, मासटारी बस्ने काले भन्ने धर्मराज भारती, कृष्णराज भारती, भरत भन्ने श्यमबहादुर भारती, ढोला पाईला सरकोट बस्ने बद्री बस्नेत, खत्री गाउँ बस्ने बलबहादुर धिताल, मासटारी बस्ने नेत्रबहादुर अधिकारी, का.ई.टौखेल बस्ने कृष्णबहादुर दाहाल, छगडोल बस्ने मनभोगे पुडके भन्ने मानबहादुर शाही, पाखुरे काल्ने बस्ने लालबहादुर खत्री, स्वयम्भू बस्ने सानुकाजी बुद्धाचार्य, मासटारी बस्ने लोकबहादुर अधिकारी,चन्द्रबहादुर धिताल, कान्तिके बस्ने कटकबहादुर खत्री, गै¥हातोक बस्ने जगन्नाथ गिरी, पोखरी बस्ने कृष्णबहादुर मगर, कुखुरे चौर बस्ने चन्द्रेप्रसाद गिरी, खत्री गाउँ बस्ने छत्रबहादुर अधिकारी, ठुले भन्ने भूमिबहादुर अधिकारी, गहने छोटीडाँडा बस्ने कान्छो नेवार, डुम्रे चौर बस्ने विष्णुप्रसाद उपाध्याय, सुनखानी बस्ने डम्बरबहादुर खत्री, देवीस्थान बस्ने उपेन्द्रबहादुर कँडेल, देउराली बस्ने मातृकाप्रसाद कँडेल, देउराली स्थान मुनी बस्ने महाप्रसाद उपाध्याय ऐजन बस्ने मु. लक्ष्मीप्रसाद उपाध्याय समेत के कसूर गरेको सबुद नपुगेकोले सफाई दिने ठहराई विशेष अदालतले गरेको इन्साफ मुनासिब, पश्चिम १ नं.भन्ज्यांग खर्क बस्ने कान्छा तमांग भन्ने सूबे तमांग नभई कान्छा तमांग पोलिएको न देखिंदा निज कान्छा तमांगलाई सफाइ दिने ठहराई २०१३।१०।१७ गतेको डिभिजनबेञ्चबाट भएको फैसला संग सहमतै भएको र अब विशेष अदालत र उक्त डिभिजन वेञ्चबाट कसूरदार ठहराएको का.ई.बानेश्वर बस्ने ले. जनक विक्रम राणा १ देउराली खत्रीगाउँ मासटारी बस्ने पुड्के भन्ने बिरराज भारती १, ऐ बस्ने चेतराज भारती १, ऐ बस्ने श्यामराज भारती, ऐ बस्ने गडे भन्ने खुशीराज भारती १, ऐजन बस्ने बाशुदेव भारती १, ऐजन बस्ने रामजी भन्ने भूमिराज भारती १ समेत ७ का हकमा उक्त डिभिजनबेञ्च संग यसबेञ्चले सहमत हुन न मिल्ने, कारण पुड्के भन्ने थिरराज भारती १ श्यामराज भारती १ जना २ संबत् २००९ साल ज्येष्ठ २५ गतेका रात पश्चिम १ नं.खत्रीगाउँ बस्ने वादी बीरबहादुरका घरमा डाकाको वारदात गर्दा सामिल थियो भनी वादी र पुलिसमा सावित हुने जवानहरूले समेत लेखी दिएको । २५ गते रात थुनिएको अनी २६ गते छुटी जांदा गराएको सही छापको कागजको मितिमा ६को अंक केही सचे जस्तो पनि देखिएकोमा सो कीर्ते गरी पाना घुसाई राखेको भन्न ठहर्याउन सो व्यक्ति त्यस ठाउँमा कुनै दिन पनि पक्राउ भई थुनिएकै नभए मिति सच्याउनेप्रश्नै उठ्दैन । सो मिति सच्यायो भन्ने प्रश्नबाटै ती व्यक्तिहरू सो ठाउँमा कुनै दिन थुनिएका रहेछन् भन्ने कुरालाई प्रमाणित गर्छ । २५ गते न थुनी अघि पछिको मितिमा थुनिएकोलाई वारदातको मिति छल्न गतेको अँक सच्याई २६ गते बनाएको र २६ गते मैं लेखिंदा ६को अंकको मसी केही गाढा भई सच्याएको जस्तो देखिएको के रहेछ ? त्यसको सम्म निर्णय दिनु पर्ने अवस्था पर्न आएको सो किताब पाना हेर्दा कुनै नाप एक साइज मिलानको संपूर्ण पाना नभई केही केही फरक देखिन आएकोले यही पाना मात्र केही फरक भएबाट पछि घुसाई कीर्ते गरेकै भन्ने सम्झन नहुनेमा पनि समुचा पाना पछि घुसाई कीर्ते गर्ने भए ६ को अड्ढ सच्चाई मिति मिलाउने कुरै नउठ्ने, ६ को अड्ढ सच्यायो भन्ने प्रश्न बाटै पानै बदलिएको भन्ने लेख र समझ ठीक मिल्नआउन । ६ को अंक सच्चाई मिति मिलाए तर्फ गतेको अंक मात्र लेखिएको नभई रोजको अंक पनि १ लेखिएको छ । रोजको अंक नसच्याई गते मात्र सच्याउनलाई ठीक सोही आइतबार मै पर्नु पर्छ । सो महीनामा आइतवार कुन कुन गतेमा परेको रहेछ भने भनी पात्रो भिडाई हेर्दा सो ज्येष्ठ महीनामा ५, १२, १८, २६ गते आइतवार परेको देखियो । १९ गते र सो भन्दा अघिको आइतवार परेको गते सच्याई २६ गते बनाएको भन्न अघिल्लो अंक १ हुनु पर्छ† अघिल्लो अंक सचिएको भन्ने प्रश्न उठेको र सो कागजबाट समेत नदेखिई अघिल्लो अंक २ प्रष्टै हुनाले अघिल्लो अड्ढ २ र रोजको अड्ढ १ भएको ज्येष्ठ महिनामा २६ गते भन्दा अरू पर्दै नपरेकाले ६ को अंक सच्याई २६ बनायो भन्ने विशेष अदालत र डिभिजनबेञ्चको राय मुनासिव देखिएन । लेख्दैको टायममा केही मसी गाढा भई सच्याएको जस्तो भ्रान्ति परेको सम्म भई सच्याई कीर्ते गरेको ठहर्ने र अभियोगी थिरराज भारती, भूमिराज भारती, बाशुदेव भारती, गणे भन्ने खुशीराज भारती, चेतराज भारती श्यामराज भारती समेतलाई कान्छी सन्यासिनीको मौका रिपोर्टमा र बीरबहादुर चन्द्रबहादुर सबै बुझीएका घरवालाको बयानलेखबाट समेत कसूरदार भन्ने लेखेको पछि पक्राऊ भई कागज हुने । कान्छीका मौका रिपोर्टमा नलेखिएका छगडोल तर्फका पुलिसमा सावित भएका धेरै मानिसले साथी भनी लेखिएका र भूमिराज १ जना पुलिसमा सावित भई कागज गरेको श्यामराजले पनि पुलिसमा कागज गर्दा आफू इन्कार रही बाबु चेतराज गएका थिए भनी आमाले भन्थिन भन्ने लेखाएकोले डिभिजनबेञ्चको राय मुनासिव हो कि ? भन्ने सामान्य हेर्दा झल्को देखिन्छ तापनि सो पुलिस र मौकामा अदालतबाट भएको कारवाई समेत कानूनी ढंग रीतपूर्वक भएको देखिन नआई सो कुरालाई डिभिजनबेञ्चले पनि महसूस गरी पुलिसलाई सूचना समेत दिएको देखिन आएको । डाकाको वारदात पराई माग्ने वादी बीरबहादुर र मासटारी वस्ने बाशुदेव भारती समेतका भारतीहरूको अघि देखि मुद्दा मामिला परी इवी परी रहेको देखिनाले इवीदारमा इवी साधना गर्न डाका पर्नु पराउनु र आफ्ना ऊपर डाका परेको मौका पाई झुठ्ठा फसाउन पनि सक्ने दुवै पक्षको बराबर अवस्था हुनाले इवी परेबाटै डांका गरेको भन्ने प्रतीत मान्न नहुने, र मौका पुलिसको कारवाई तहकिकात प्रस्तुत मुद्दा हेर्दा पहिले पुलिसहरू कान्छीको दरखास्त पर्ना साथ जाहेरीबाट पोलिएका प्रतिवादीलाई गिरफ्तार गर्न र तहकिकात गर्न खटिई गई बिना खबर वारेण्ट रातको बखत प्रतिवादी मध्येको पुड्के भन्ने थिरराज भारतीलाई अचानक पक्राऊ गर्दा निजले डाका डाका भनी हल्ला गरी अरू भारती समेतका गाँउले आई हुल दंगा गरी छुट्याएकोबाट पुलिस निज भारतीहरूको बर्खिलाफ भई रिपोर्ट गरी थप मद्दत झिकाई उनै पुलिसहरूले गरेको कारवाईको लेख मिसिलबाटै बाशुदेव भारतीहरू कसूरदार बनाई सजाय गराउन पाए हुन्थ्यो भन्ने सम्झी भारतीको बिपक्षी भई कारवाई गरेको प्रष्ट झल्कन्छ । हरेक सरजमीन इत्यादिको कागज पुलिसको सोधनीमा नै पुलिसलाई हुलदंगा गरी कूटपीट गर्ने भन्ने सवालै अगाडी खडा छ । त्यसबाट पुलिसहरू बाशुदेव भारतीहरूको बिपक्षी आफै बनेका छन् । कुनै बिपक्षीले गरे गराएको कागज बुझेको सबुद कानूनले मान्यता दिनै हूंदैन । अव यि भारतीहरूले डाका जरिया आफ्नो कसूरदार भई पुलिसले गिरफ्तार गर्न लाग्दा कसूरबाट बची भागी नीज बचाउने कोशीशमा लागि पुलिस ऊपर हमला गरी छुटे छुटाएका र निजहरूको लेखाई बमोजिम अघिल्लो रात आफ्नो गाँउ नजीक बादी बीरबहादुरको घरमा वारदात गर्दा पुलिस समेतको पोसाक लगाई गरेको भन्ने सुनी रातका बखत आफ्ना घरमा पनि आई अचानक त्यस्तै मानिसले पक्राउ हमला गर्दा डाका नै हुन भन्ने सम्झी डाका गर्ने कसूरदारबाट बच्नाको हेतुले डाका डाका भन्ने हल्ला गरी छुटे छुट्याएका के रहेछन् ? भन्ने तर्फ सो हमलामा प्रतिवादी तर्फ कुनै हात चोट छाडे पुलिसलाई जखम पुगेको भए सो पुलिसको घा खत भए परे जाँच भएको हुनु पर्ने । सो कुनै लेख मिसिल कागजबाट देखिन नआएकोले प्रतिवादीहरूले हातहतियार चलाई ठुलो जोखिमी काम गरेको पनि मिसिलबाट देखिंदैन । अघिल्लो रात पुलिस कै पोशाक लगाएका मानिसद्वारा बोलाई पक्री डाका गरेको सुनी थाहा पाई रहेका मौका, तुरन्तै दोश्रा रात उस्तै पोशाकका मानिस अचानक आई बिना वारेण्ट खबर हमला गर्दा आफ्ना ऊपर पनि त्यस्तै डाका आई लागे छन् भन्ने न सम्झनु र रातका बखत आफ्ना ऊपर डाकाले हमला गरेको भन्ने सम्झिदा डाका भन्ने हल्ला गर्नु सो हल्ला सुनी गाँउ छिमेकीले मद्दत गर्नु मनुष्यमा स्वाभाविकै अवस्था पर्न आएको देखिएको । त्यसबाट त झन इनी प्रतिबादी बाशुदेव समेतका भारतहिरू निरपराधी रहेछन् भन्ने बताउँछ । अघिल्ला रात आफूले साँचै डाकाको कसूर गरेको भए घरवालाले जाने चिन्हेकै हुँदा अवश्य पोलउजुर प¥यो पोल उजुर परे पछि आफ्ना ऊपर पक्राउ आउँछ भन्ने जानकारी भई लुकी छिपी बस्ने अवस्था पर्नेमा आफ्नै घरमा हाँकाहाँकी बसी रहनै नपर्ने । घर मै बसी रहेको पुलिकै भनाइबाट सिद्ध हुन आएको र यि प्रतिवादीहरू पुलिस पक्राउबाट उम्की भागी जिउ बचाउने उद्देश्यमा रेहको पनि देखिन आई मौकै देखि पुलिसले बेहिसाब गरे, अन्तैबाट कारवाई हवस भन्ने इत्यादि उजुर बाजुर गर्दै रहेको देखिनाले मौकामा पुलिसबाट उम्की जिउ बचाउन हुल हुज्जत गरेका रहेछन् भन्ने देखिन नआउने भई अघिल्ला रात आफू समेत भई सिपाहीको पोशाक लगाई डाका गरेको भए भोली पल्ट पुलिस आउँदा डाका भन्ने मनमा कल्पना उठी हल्ला हुल हुज्जत गर्न सक्नु नपर्ने भएबाट यि प्रतिबादीहरू निरपराधी रहेछन् भन्ने सम्झनु पर्ने र इनी प्रतिवादीले डाका गरे कै भन्ने देख्ने जान्ने वादी घरवालाको लेख र छगडोल तर्फका गोलमा साबित हुने कोई प्रतिवादीको लेख बाहेक अरू साक्षी सबुद सरजमीन कोई नभएको । सिर्फ वादीका लेखाईको भर सम्मको अन्जामी कुरा भएको । वादीको लेख कतिसम्म सद्दे साँचो प्रतीत लायकको रहेछ भनी हेरिएमा हरेक बादी घरवालाको लेखाइमा बीरबहादुर चन्द्रबहादुर समेतलाई काट्ने काट्न लगाउने इत्यादि मुख्य कुरा बाशुदेव भारती गणे भारतीले नै काटे भनी जोर दिई लेखेको । कसै कसैले बाशुदेव गणेले बीरबहादुर, माप्चा श्यामले चन्द्रबहादुरलाई काटे भन्ने समेत लेखी मुख्य काट्ने कुरा घरबाला घरवालामै नमिलेको । साँचो कुरा भए फरक पर्नु नपर्ने । मुख्य निजहरू नै हुनाले निजहरूलाई फसाउन इवीवालाकै नाउँ बनाउँदा सत्य कुरा नभई फरक पर्न आएकोमा पनि छगडोल तर्फका साबितीको बयानबाट निज वीरबहादुर चन्द्रबहादुरलाई काट्ने चन्द्रे भन्ने हरीबहादुर कायम हुन आई काटेमा निज साबितै रहेको देखिनाले गणे बाशुदेवले काटे भन्ने कुरा घरवालाको एकदम बनावटी सिद्ध हुन आएको बाट इबीदार भई प्रतिवादी बाशुदेव समेतलाई फसाउन इनी बादी बीरबहादुर झुठै चलेका रहेछन् भन्ने देखिन आएबाट बादीहरूको भनाई लेख साँचो मान्ने नभएको । पुलिस कारवाईबाटै यो वारदात गर्ने मानिस को रहेछ ? भनी पुलिसले पनि मौकै देखि सुराका पत्ता लगाउँदै रहेको देखिन आई, सो गर्ने पुलिसको परम कर्तव्य पनि हो । छगडोल तर्फका बलराम ठकुरी समेतलाई मौकामा यो यस किसिम संग चिन्हे भनी बादीले चिन्हेको अवस्था कारण खुलाउन सकेको छैन । कान्छीको मौका रिपोर्ट बादीकै शुरु लेख अवस्थाबाटै भेष यै हुन बदलेका नचिन्हेका मानिस गई वारदात गरेको भन्ने देखिएको । त्यस्ता नचिन्हेका यै हुन् भेष बदलेका मानिस गई सुती निदाएका बखत रातको टायममा उठाई अचानक काट्ने कूटने लूटने काम गरेको बखत ३७ जना मानिस रातमा चिन्हे भन्ने बादी बीरबहादुरको लेख सत्य नै भन्ने विश्वास गर्न लाएकको नदेखिएको । फेरी मौकैमा चिन्हे जानेको भए सो कुरा बादी वीरबहादुरले मौकैमा गाउँ छिमेकी घरवाला समेतलाई जाहेर प्रकाश गरी भनी ति प्रतिवादीहरू समेतको नाउँ खोली कान्छीको मौका रिपोर्टमा र सरजमिनको भनाईमा समेत लेखिनु पर्ने । पुलिसले मौका तहकिकात सरजमीन गर्दा सम्म सो मानिसहरूको नाम कसैलाई थाहा छैन । पछि अर्को महीनाको छ गते बादी बीरबहादुरको बयान गर्दा मात्र छगडोल तर्फका मानिसका नाम लेखी प्रकाश भएकोबाट मौकामा थाहा नभई पुलिसका सुराकबाट कसूरदार यि मानिस भन्ने पत्ता लाग्दै आई तिनीहरूलाई गिरफ्तार गर्न बीरबहादुर सम्बन्धित मानिस हुँदा बीरबहादुर संग कसूरदार पत्ता लगाउने कुराकानी भई बीरबहादुरले थाहा पाएबाट मात्र पछि बीरबहादुरले कागज गर्दा छगडोल तर्फका मानिसहरूको नाम लेखाएको रहेछ भन्ने देखिन आउने हुँदा यि बाशुदेव समेतका भारतीहरूलाई अघिकै इवी कारणबाट आफ्ना ऊपर वारदात परेका मौका पाई फसाउन मौकामा कान्छीले दरखास्त गरी पछि अरू प्रतिवादी खुल्न आएपछि पनि मौकामा उजुर गरी सकेका इवी अदावत परेका मानिस हुँदा ती मानिसहरूलाई छोड्न नसकी बुहारीले लेखाएका आफ्ना इबी परेका बाशुदेव समेतका मानिस र अरू पछि पत्ता लागेका कसूरदार समेतको नाम लेखी बीरबहादुरले बयान गरेको रहेछ भन्ने अवस्थाले बताई रहेको । इनी बाशुदेव समेतका प्रतिवादीहरू समेत कसूरमा सामिल भएका सत्य सांचो भए पुलिसले नै पत्ता लगाएको सुराकी नरबहादुरले पनि इनीहरू समेत कसूरदार भन्ने पत्ता लगाई इनीहरूको नाम समेत कसूरदामा लेख्न सक्नुपर्नेमा निज सुराकी नरबहादुरले बयान गर्दा र निजका बयानबाट साथै पक्राउ भई आएको कान्छा तमांग कुमाले खकुरेल समेत छगडोल तर्फका पहिले पक्राउ कागज भएका मानिसहरू तीन जनाको बयानबाट यि बाशुदेव समेतका भारतीहरू कसूरमा सरिक थिए भन्ने नलेखाएबाटै भारती बाहेकको अर्कै गोलले डाका गरेका रहेछन् भन्ने देखिन आएको । सो भन्दा पछि पक्राउ भई पुलिसले कागज गराउंदा सावित हुने मानिसले मात्र कसैले बाशुदेव, पुडकेले घर देखाए भन्ने कसैले भूमिराजले साथै लगी देखायो भन्ने कसैले अरू भारतीको नाम समेत लेखाउने गरेको देखिनाले भारती ऊपर पुलिस बिल्कुल बिपक्षी खडा भएको । उनका हातको कारबाई हुँदा भारती ऊपर कडाउ गर्न सोधपूछ खारखेर गर्दा पुलिसको दबाउले उनीहरूको पनि नाम लिंदा सत्य साँचो कुरा नभई कसैले केही कसैले केही भन्दै लेखाएको बाटै कुरा मिल्न नआएको भन्ने देखिन आउने हुँदा त्यस्तो बिपक्षीको हातको कारवाई अमिल्दो लेखको कुरा साँचो प्रमाण मान्न लायक नभएको । सोही पुलिस कारवाईमा बाशुदेव, भारतीले डाका गरी देउ, रु.५,००० दिन्छू भन्यो भन्ने एक जना र ५०० दिन्छू भन्यो भन्ने एक जना भई कुरै नमिलेकोमा पनि यदि सो रूपैयाको लोभले डाका गर्न गएको भए रूपैया लिई मात्र जानु पर्ने, रूपैया लियो दियो भन्ने कुरा भन्न नसकेबाटै रूपैंयाका लोभले डाका जस्तो गर्ने कुरा मुखैका भरले रूपैंया लिंदै नलिई गएको भन्ने कुरा पनि विल्कुल अनप्रतीतको विश्वास गर्न लायकको देखिन नआई कुनै सुरतबाट भारती तर्फको मुख्य मानिस बाशुदेवलाई नै गडाउ गर्ने उद्देश्यको लेखाई देखिन आएकोबाट सो पुलिस कारवाई पुलिसको कागजमा भनिएको कुरा अदालतबाट एकदम विश्वास गर्न हुने लायकको नदेखिनाले त्यसको भरबाट प्रतिवादी भारतीहरू कसूरदार भनी सजाय दिन न्याय शास्त्र बिरुद्धको कुरा पर्न जाने र रामजी भन्ने भूमिराज पुलिसको कागजमा कसूरमा साबित श्यामराजले बाबु कसूरदार भन्ने शंका देखाई लेखेको देखिन्छ । तापनि निजहरू अदालतमा कसूरमा इन्कार रही पुलिसले अन्याय जबरदस्ती ग¥यो भनी मौकै देखि उजुर गर्दै रहेका । आफू इन्कार हुने मानिसले बाबु कसूरदार भनी सो इच्छाले भन्ने मनुष्यको प्रकृति प्रतिकूलकै कुरा देखिन आएको । उक्त लेखिए बमोजिम पुलिस भारती बिरुद्धको मननशाय लिई कारवाई चलाएको । त्यस्तो पुलिसले गराएको कागज अरू प्रमाणबाट समर्थित नभएसम्म प्रमाणिक मान्न नहुने भई अरू माथि लेखिएका अवस्था प्रमाणबाट भारती ऊपर वादीले अदावतले झुट्टै फसाएको निरपराधी देखिन आएकोले सबुदबाट निरपराधी देखिएका मानिसले त्यसको प्रतिकूल कसूर गरेको हुन भनी पुलिसमा लेखाएको कागज साँचो मान्नुनै सो प्रमाण लायकको नदेखिनाले समेत विशेष अदालत डिभिजनबेञ्चले कसूरदार ठहराएको बाशुदेव भारती, गणे भन्ने खुशीराज भारती, चेतराज भारती, श्यामराज भारती, भुमिराज भारती, पुड्के भन्ने थिरराज भारतीले डाका गरेको ठहर्दैन । ले.जनक विक्रम राणाले किर्ते गरेको पनि ठहर्दैन । बिगो सजायका हकमा अरू जिन्सी धानमाल समेतको बिगो मो.रु.२४९६।३९ र नगदी तर्फ प्रतिवादीले बााडी खाएको भनी सावित भएको उपल्लो अंक जनही मो.रु.१०।–का दरले कायम गरेको विशेष अदालत र डिभिजनबेञ्चको राय मुनासिबै देखिन आई त्यसका हिसाबबाट मुल्तबी रहेको र जम्मा ठहर भएको प्रतिवादी समेत बांडी खाने भन्ने हाल सम्म देखिन आएको प्रतिवादीको संख्या ३६ जना हुन आई जम्मा हुने नगदी मो.रु.३६०।–समेत नगद जिन्सीको जम्मा रु.२८५६।३९ डाका गरेको ठहर्छ । त्यसका हिसावले हुने ऐन बमोजिम तपसील बमोजिम सजाय हुन्छ । बादीलाई बढी बिगो दावी गरेमा समेत विशेष अदालतबाटै सजाय भई सकेकोले अब अरू बढी थप सजाय गर्नु पर्दैन । बढी बिगो दन्डको लगत काटन तहसीललाई लगत दिने समेत तपसीलको कुरामा तपसील बमोजिम गर्न रेकार्ड मिसिल विभागमा बुझाई मिसिल मिसिल फांटमा बुझाई दिनु ।
तपसील
देहायका मानिस के विशेष अदालत पश्चिम फाँटका ०१२।४।१४।६ का फैसला र ०१२।५।१६।५ का.अ.त.फौ.फाँटका लगतले र सर्वोच्च अदालत डिभिजनबेञ्चका ०१३।१०।१७ का फैसला ०१४।११।१८ का लगतले देहाय बमोजिमको कुरामा देहाय बमोजिम हुन्छ । लगत अ.त.फौ.फांटमा दिने...................१
देहायका प्रतिवादीहरू के डाका ठहरेकोले निजहरूलाई म्यादी कैदका हकमा विशेष अदालतका फैसला र अपील गरे वापत सर्वोच्च अदालतका फैसला बमोजिमको दसौंध थप कैद सदरै हुँदा सो कैदका हकमा केही गर्नु नपरी दँडका हकमा सम्म अघिको फैसला बमोजिमको लगत काटी इन्साफ खण्डमा लेखिए बमोजिम हाल ठहर्न अँएको धनमाल नगदी समेतको बिगो जम्मा मोरु.२८५६।३९ डाका गरेकोले चोरीको २१ नं.ले सो बिगोको डेढो ४२८४।५९ का दरले दन्ड र विशेष अदालत ऊपर अपील गर्नेहरू के त्यसको के त्यसको दसौंध समेत देहायमा लेखिए बमोजिम असूल गर्नु भनी लगत दिने ...............................२
देहाय
असामी |
देहायको दण्ड कैद लाग्ने गरी विशेष अदालतबाट सर्वोच्च अदालत डिेभिजनबेञ्चबाट फैसला गरेको । सो नलाग्ने हुँदा व्यहोरा जनाई लगत कट्टा गर्न दण्डहरू |
माथी इन्साफ खण्डमा लेखिए बमोजिम दण्ड भएकोले सो दण्डको विशेष अदालत ऊपर अपील गर्दाको दसौंध समेत देहाय बमोजिम लाग्छ । लगत कसी असूल गर्ने । |
||
|
विशेष अदालतले लगाएका दण्डको लगत कट्टा गर्ने |
सर्वोच्च अ.बाट सो दण्डको दशौंध लगाएको लगत कट्टा गर्ने |
शुरु दण्ड मो.रु. |
अपील गर्दा मो.रु. |
स्वयम्भू किमडोल बस्ने ढिडे कान्छा भन्ने कान्छा तमांगके ६७४८।४९– x ४२८४।५० x का.ई.छमडोल वस्ने गञ्जे गुरुंग के ६७४८।४९ x ४२८४।५० + ऐजन बस्ने पूर्णबहादुर पुतवार क ६७४८।४९ ६७४।८६ ४२८४।५० ४२८।४६ ऐजन बस्ने आइतमान भन्ने मापचा पुतवार ऐजन बस्ने च्याण्टा ठकुरी के ६७४८।४९ ६७४।८६ ४२ ४।५० ४२८।४६ का.ई.स्वयम्भू आश्रम कुटी बस्ने बलराम ठकुरी क ६७४८।४९ + ४२८४।५० + का.ई.छगडोल बस्ने मिश्रे भन्ने गणेश बहादुर खड्का क्षेत्रीके ६७४८।४९ + ४२८४।५० + ऐजन बस्ने इन्द्रे घण्टे पुतवार के .– ६७४८।४९ ६७४।८६ ४२८४।५० ४२८।४६ ऐजन बस्ने इन्द्रे घर्ती भनेकोचन्द्रबहादुर राउत क्षेत्री के– ६७४८।४९ + ४२८४।५० + का.ई.भिमढुङ्गा गौरी गाउँ बस्ने काले भन्नेचन्द्रबहादुर खड्का क्षेत्री के– ६७४८।४९ + ४२८४।५० + का.ई.निशान गाउँ बस्ने लाल् भन्ने सन्दा भाटे सार्की तमाङ्ग के .– ६७४८।४९– + ४२८४।५० + का.प.ई.दापचा बस्ने कृष्णप्रसाद उपाध्याय के– ६७४८।४९ ६७४।८६ ४२८४।५० ४२८।४६ प.१ नं. धा.ई.पाखुरे बस्ने खड्गबहादुर श्रेष्ठ क ६७४८।४९ + ४२८४।५० + |
||||
देहायका मानिस के माथी इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाएकाले थुनुवाहरू आजै छुटी सकेको हुँदा विशेष अदालत र सर्वोच्च अदालत डिभिजनबेञ्चका फैसलाहरूले लाग्ने गरेको सो दण्ड कैद नलाग्ने हुँदा बेहीरा जनाई लगत कठ्ठा गर्नु भनी लगत दिने ....................३
आसामी |
विशेष अदालतले लगाएको नलाग्ने |
सर्वोच्च अदालतले लगाएको नलाग्ने |
||
|
दण्ड |
कैद |
दण्ड |
कैद |
धा.ई.देउराली खत्री गाउ मास टारी बस्ने भूमिराज भारतीके– ६७४८।५९– ६। ६७४।८६– ।७।६ ऐजन ऐजन बस्ने बाशुदेव भारती के– ६७४८।५९– ६। ६७४।८६– ।७।६ ऐजन ऐजन बस्ने खुशीराज भारती के– ६७४८।५९– ६। ६७४।८६– ।७।६ ऐजन ऐजन बस्ने श्यामराज भारती के– ६७४८।५९– ६। ६७४।८६– ।७।६ ऐ.ऐ.बस्ने चेतराज भारती के– ६७४८।५९– ६। ६७४।८६– ।७।६ ऐजन ऐजन पुडके भन्ने थिरराज भारती के– ६७४८।५९– ६। + + |
||||
का.ई.बानेश्वर बस्ने ले.जनक विक्रम राणा के कैद यर्ष २। र दण्ड रु.५। लगाएको सो नलाग्ने हुँदा असुल भए ऐन सवालको रीत पुर्याई फिर्ता दिने नभए व्यहोरा जनाई लगत कठ्ठा गर्ने र जनम जागीर न दिने भनी किताबखानालाई जनाउ गएकोमासो बमोजिम जनाएकोमा निजलाई सफाई भएकाले जनम जागीर नपाउने भन्ने किताब जनाउनु पर्दैन भनी लेखि पठाउने वादी बीरबहादुर पुरी धा.ई. देउराली रात माटे खत्री गाउँ के देखाएका प्रतिवादी हरूलाई माथी इन्साफ खण्डमा लेखिए बमोजिम निजका घरमा डाका गरेका जम्मा धनमालको बिगो मो.रु.२८५६।३९ मध्ये २२ जनाका हक्मा मुल्तवी रहेकाले दामासाहीले लाग्ने भाग बिगो पनि मुल्तवी रहने हुँदा निज मुल्तवी जवानका हक्मा दामासाहीले लाग्ने मो.रु.१७४०।३ मुल्तवी रहने, सो बाहेक जवान १४बाट बिगो मो.रु.१११६।३६ देहाय बमोजिम दामासाहीले भरी पाउने हुँदा ऐनका म्याद बर्षभित्र दरखास्त पर्न आए ऐन बमोजिम गरी भराई भराई आएका धनको बादीबाट दसौंध लिने र प्रतिवादीहरूलाई दगड समेत भएकोले विसौंद लिन नपर्ने र विशेष अदालतबाट देहाय बमोजिम जनही मो.रु.१०४।६३ भराउने गरेको बिगोको लगत अ.त.बिगो फाँटमा ०१२।५।१५ मा कसेकोसो बमोजिम भराउन नपर्ने हुँदा व्यहोरा जनाई लगत कठ्ठा गर्ने अ.त.बिगो फाँटमा लगत दिने .............................४
देहाय
आसामी |
हाल कायम ठहर्न आएको बिगो कसी बादीलाई भराउने |
अघि विशेष अदालतका फेसलाले कस्ने गरेको लगत बेकायम हुँदा व्यहोरा जनाई लगत कट्टा गर्ने |
का.ई.स्यम्भू किमडोल बस्ने ढिडेकान्छा भन्ने कान्छा तमांग के मो.रु. ७९।७४ १०४।६३ हाले ऐजन ऐजन बस्ने छगडोल बस्ने गंजेगरुङ्ग के मो.रु. ७९।७४ १०४।६३ ऐजन ऐजन बस्ने पूर्णबहादुर पुतवार के ऐजन ७९।७४ १०४।६३ ऐजन ऐजनआइतमान भन्ने मापचा पुतवार के मो.रु. ७९।७४ १०४।६३ ऐजन बस्ने च्यााण्टा ठकुरी के मो.रु. ७९।७४ १०४।६३ का.ई.स्वयम्भू आश्रम कुटी बस्ने बलराम ठकुरी के मो.रु. ७९।७४ १०४।६३ ऐजन छगडोल बस्ने मिश्रे भन्ने गणेशबहादुर खड्का क्षेत्री के मो.रु. ७९।७४ १०४।६३ ऐजन ऐजन बस्ने घण्टे पुतवार के मो.रु. ७९।७४ १०४।६३ ऐजन ऐजन बस्ने इन्द्रे भन्ने इन्द्रबहादुर राउत क्षेत्री के मो.रु. ७९।७४ १०४।६३ ऐजन ऐजन भिम डुंगा गोरी गाउँ बस्ने काले भन्नेचन्द्रबहादुर खड्का क्षेत्री के ७९।७४ १०४।६३ ऐजन निसान गाउं बस्ने लाले भन्ने सम्बा सार्की भोते तमाँग के ७९।७४ १०४।६३ पू.१ नं.का.प.इ.दापचा बस्ने कृष्णप्रसाद उपाध्याया के ७९।७४ १०४।६३ धा.ई.पाखुरे बस्ने खडेगबहादुर श्रेष्ठ के ७९।७४ १०४।६३ का.ईं छगडोल बस्नेचन्द्रे भन्ने हरिबहादुर राउत क्षेत्रीको हकबाट ७९।७४ १०४।६३ धा.ई.देउराली खत्री गाउँ मास टारी बस्ने रामजी भन्ने भूमिराज भारती कै + १०४।६३ ऐजन ऐजन बस्ने बाशुदेव भारती के + १०४।६३ ऐजन ऐजन बस्ने खुशीराज भारती के + १०४।६३ ऐजन ऐजन बस्ने श्यामराज भारती के + १०४।६३ ऐजन ऐजन बस्ने चेतराज भारती के + १०४।६३ ऐजन ऐजन बस्ने पुडके भन्ने थिरराज भारती के + १०४।६३ |
धा.ई.देउराली खत्री गाउँ बस्ने पुडके भन्ने थिरराज भारती के चोरीमा पोलाई मागि नठहरी जीते वापत चोरीको ४७ नं.ले जिताउरी मो.रु.१। एक लाग्छ, बेरुजु हुँदा असूल गर्न लगत दिने र भूमिराज, बाशुदेव, खुशिराज, श्यामराज, चेतराजहरूलाई जिताउरी लाग्नेमा निजहरू पुर्पक्ष निमित्त थुनिएकोले जिताउरी लिई रहन नपर्ने ........................५
उल्टीमा कसैलाई केही गर्नु नपर्ने .......................६
इतिसम्वत २०१५ साल पौष १ गते रोज ३ शुभम् ।
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल र न्यायाधीश श्री पशुपतिप्रसाद कोइरालाको राय :
१. डिभिजनबेञ्च फैसलामा मुद्दा रिभ्यू गरी पाउँ भन्ने बाशुदेव समेतको निवेदन पेश हुँदा डिभिजनबेञ्चबाट पनि रुलिङ्ग नमिली नियम बमोजिम फूलबेञ्चमा पेश हुँदा इन्साफ तर्फ प्रभाव पर्ने कुरा हेर्न हुन्छ भन्ने निर्णय मुताबिक हामीहरू का डिभिजनबेञ्चमा पेश हुँदा पुलिसको कारवाई सबुद सम्म मानिने र सावित भएकोमा पनि निर्णय गर्ने अदालत कै तजबीजको कुरा हुँदा बुझिए सम्मबाट यस मुद्दामा डाका गर्ने मनसायबाट वारदात गरेको नदेखिई व्यक्तिगत इवी साधनालाई बाशुदेवले मानिस जम्मा गराई वादीलाइ काट्ने कुट्ने गरेको र सोही वारदातमाचन्द्रेले रु.६५ को घडी लुटी लगेको ठहर्छ अगाडीका डिभिजनबेञ्चसंग रुलिंग नमिलेकोले फूलबेञ्चमा पेश गरी निर्णय गराउने ठहराई १५।८।१९ मा फैसला सरहको आदेश भई रहेकाले आज हामीहरू समेत तोकिएका फूलबेञ्चमा पेश हुन आएको रहेछ ।
२. यसमा छलफल हुँदा श्री माननीय प्रधान न्यायाधीशज्यू र श्री मा.न्यायाधीशज्यू मीनबहादुर, श्री मा.न्यायाधीश मुक्तिकान्त मैनाली, श्री मा.न्या.हेरम्बराजज्यू, श्री मा.न्या.रंगनाथज्यू समेत ५ जनाको १ राय र श्री मा.न्या.रत्नबहादुर विष्ट, श्री मा.न्या.तिलक शमसेरज्यू २ जनाकोपनि २ राय भई आफ्नु आफ्नु रायबाट छुट्टा छुट्टै राय फैसला भएकाले हामीहरू का हकमा १५।८।१९।५ को डिभिजनबेञ्चबाट भएको फैसला सरहको आदेश मिसिल सामेलै छ । वादीका घरमा डाका परेकै हो भन्नलाई घर भित्र पसी धनमाल लिने व्यक्ति र माल बाँड्दा पाउने व्यक्ति कुनै छैनन् र भरपर्दो दसी बरामत हुन सक्दैन । बरामद भएका माल बिल्कुल बनावटीबाट दाखिल भएका देखिन्छन् । वादी भन्दा उसै गाउँको धनी बाशुदेव नै देखिएको छ । डाका गर्ने नियतबाट आएका डाकाले धन पूरा भएका व्यक्रिका घरमा नगई बाशुदेवलाई छाडी वादीका घरमा जानु असम्भव र वादीसंग बाशुदेवको अगाडी देखिएको इवी भई व्यक्तिगत व्यक्तिगत इवी साधना गर्नु बाशुदेव शिवाय यस मुद्दामा अरूको हात भन्न कदापि नहुने भएकाले निज बाशुदेवले उठाई मानिस जम्मा गरी वादीलाई काटनु कुटनु सम्म गरी तेस वारदामा वादीका हातमा लगाई राखेको घडीचन्द्रेले लुटेको ठहर्न आउने भई डाकाको वारदात नठहरेबाट मुल्तबी राखिएका समेत सफाईदिने गरेका बाहेक बाशुदेवसमेतका प्रतिवादीहरूलाई वादीहरू का शरीरमा परेका खतबाट हुने दण्ड कैदको सजायमा यसैका खत भन्ने नखुलेकोले जम्माको बचन समेत दिने मुख्य बाशुदेवलाई पूरा र अरू प्रतिवादीलाई सोही जम्माको दामासाहीले दण्ड कैद रचन्द्रेबाट रु.६५।–वीगो भराई दिने र डाका तर्फ लगाएको दण्ड बिगो कैदको लगत काटीदिने समते हाम्रो राय १५।८।१९।५ कैद मुनासिब छ । सो कुटपीटबाट लाग्ने ठहरेको दण्ड कैदको हिसाव गरी हालै स फैसलामा उल्लेख गर्नलाई सर्वोच्च अदालतका नियम रुल ऐनबाट बहुमतले ठहरे बमोजिम मात्र लगत कसिनभएकोले त्यसतर्फ केही लेख्न नपरी उक्त लेखिए मुताविक हाम्रो राय २५१।१९।५ का आदेश भनेको फैसला वमोजिम कै मुनासिव भएकाले उपस्थित वादी प्रतिवादीहरूलाई सुनाई यो फैसला मिसिल साथ राख्नु ।
न्यायाधीश श्री रत्नबहादुर विष्टको राय :
यसमा अघि म समेत रहेको ०१३।१०।१७ गतेका डिभिजनबेञ्चमा यो डाका मुद्दा पेश हुन आउँदा सूबे तमांग भन्ने कान्छा तमांग १ जवानलाई सफाई र कुमाले खकुरेललाइ ३ बर्ष कैद बसीसकेकोले छोडी दिने र अरू विशेष अदालत पश्चिम फांटको इन्साफ मुनासिब गरी छिने उपर बाशुदेव समेतको रिभ्यूको निवेदन पर्दा अरू इन्साफ तर्फ नयां महत्व पूर्ण कुरा केही न देखी सिर्फ बिगो दण्ड तर्फ सजाय र मुल्तबी रहने प्रतिवादीको संख्या ४२ देखिनआई मिसिलबाट कायम नभएको २०० जबानको दामासाही लगाई नगदी बिगो कायम गरी दन्ड भएको देखिनाले त्यसतर्फ पुनः विचार गर्न रिभ्यूको निस्सा गरी दिएको छ भनी सहकारी श्री माननीय न्यायाधीश मुक्तिकान्तज्यू र मेरो डिभिजनबेञ्च ०१४।९।२२ मा आदेश भई निस्सा भई गएकोमा पछि यो मुद्दा पेश भएको डिभिजनबेञ्चबाट राय बाझी भई फुल बेंञ्चमा पेश हुँदा आंशिक रूपमा रिभ्यूको निस्सा भएको मुद्दामा सम्पूर्ण मुद्दा हेर्न मिल्दैन, तर त्यस आदेशबाट प्रभाब पर्ने कुरा हेर्न मिल्छ भन्ने ०१५।३।१० गते आदेश भई डिभिजनबेञ्चमा पेश हुन जांदा डाकाको वारदात ठहर्दैन, कूटपीट लूटपीट ठहर्छ भन्ने ०१५।८।१५।५ मा फैसला भई अघि ०१३।१०।१७ गतेको डिभिजनबेञ्चसंग राय नमिली फूलबेञ्चमा पेश हुन आएकोमा श्री माननीय प्रधान न्यायाधीशज्यू र अन्य न्यायाधीश समेत ५ जवानबाट र श्री माननीय न्यायाधीश तिलक शम्शेरज्यूहरू बाट डाका ठहराएकोमा ०१३।१०।१७ गतेका डिभिजनबेञ्चका फैसलासंग सहमत भई राय मिलेको र ०१५।८।९ का डिभिजनबेञ्चका फैसला अनुसार कूटपीट लूटपीट कै वारदात हो कि ? भन्नेतर्फ विचार री रहनु नपर्ने सिर्फ यति उल्लेख गर्नु पर्याप्त छ कि ५ जनाभंदा बढीको हतियार बन्द हुल दलले रु.६० सम्म मोलिने घडी जवरदस्ती राती घर घेरा हाली कूटपीट गरी लुटेको भए पनि डकैती गरेको भन्न करै लाग्छ । अरू इन्साफखंडमा ०१५।८।९ का डिभिजन संग राय मिलेकै हुनाले उल्लेख गर्न अनावश्यक छ । अब डाका गर्ने कुन कुन व्यक्ति हुन भन्ने तर्फलाई श्री माननीय प्रधान न्यायधीशज्यू समेतका ५ जना सहकारीज्यूहरू का बहुमत निर्णयबाट सफाईदिने ठहराएका अभियोगीहरूले कसूर वारदात गरेका होइनन् कि भन्नालाई ले.जनक विक्रम राणा बाहेकका अरू ऊपर मौकैमा २००९।२।१२६ गते बादी कान्छी पुरिनीको थानामा रिपोर्ट परेको सरजमीनका सबैले शंका गरेका र पुलिसमा सावित हुने बाशुदेव भारतीकै भाइ भतीजा नाताका भूमिराज भारतलिे र अरू धेरै अपीलै गर्न पनि असमर्थ भएका साबितीहरूले पोलेकोमा पनि सरजमीन मुचुल्काबाट तथा मिसिल सामिल रहेका प्रमाण परिबन्धबाट निजहरूले सो विपरीत बलियो प्रमाण नगुजारेसम्म कसूर वारदात गरेकै खम्बीर हुन आएकाले बाशुदेव कै योजना अनुसार बलराम ठकुरीले बाशुदेव कै योजना अनुसार बलराम ठकुरीले बाशुदेव समेत भई डकैती वारदात गरेको भन्नपरी र.ले.जनक विक्रम राणाले बेटायमी पाना फेरी मितिको अंक सच्याएको प्रष्ट देखि रहेकैमा पनि बेटायमी भनी श्यामराज भारतीका संग संगै थुनिएको भनेको पुडके भन्ने थिरराज भारती भागी पैरवीमा बस्नै न सकेकाले समेत सरकारी श्रेस्ता केर मेट गरी कीर्ते गरेको होइन भन्न नहुने हुनाले यी अपराधी होइनन् भन्न सर्वथा नहुने हुँदा इन्साफ ०१२।४।१४।६ का विशेष अदालतको सदर गरेको ०१३ साल माघ १७ गतेका डिभिजनबेञ्चको फैसला मुनासिब छ । मुल्तवि रहेका जवान २२ का हकमा पछि ठहरे बमोजिम हुने र ती बाहेकका अरूका हकमा ठहर्न आएका प्रतिवादी २० जवानमिली वादीको धनमाल डाका गरेको ठहर्छ । माथी उल्लेख गरिए बमोजिम सजायका हकमा मात्र रिभ्यूको निस्सा भएकोले हाल जम्मा ठहर्न आएको बिगो मो.रु.२४९६।३९को धनमाल र डाका गर्ने भनेका मुल्तवी रहेका समेत प्रतिवादी जवान ४२ ले जनही नगदी रु.१०।–का दरले मो.रु.४२०।–समेत जम्मा मो.रु.२९१६।३९को चोरीका २१ नं.ले सो बिगोको डेढी मोरु.४३७४।५९ का दरले दन्ड र जनही कैद बर्ष ६ कारले हुने र सो बिगोको लगत मध्ये मुल्तवी रहेको २२ जबानको दामासाहीले मो.रु.१५२७।६ बिगो मुलतवी नै राखी बाँकी बिगो मो.रु.१३८८७१ पुर्पक्षमा रहेका प्रतिवादी जवान २०बाट दामासाहीले बादी बीरबहादुरलाई भराउने र डाका कैद दण्ड बिगोको लगत दिन सर्वोच्च अदालत नियमावली ३१ नं.ले श्री माननीय प्रधान न्यायाधीश सहितको बहुमतको फैसला बमोजिमको दन्ड समेत कायम भई सो बमोजिम तहसीलमा लगत कसिन गएकोले यस फैसला बमोजिम लगत दिई रहनु नपर्ने र रिकार्ड मिसिल विभागमा बुझाई दिने ।
न्यायाधीश श्री तिलक शम्शेर थापाको राय :
१. यस्मा माननीय श्री प्रधान न्यायाधीशज्यू मा न्यायाधीश मीनबहादुरज्यू, मा.न्या.श्री रंगनाथज्यू, मा न्या.श्री मुक्तिकान्तज्यू, मा.न्या.श्री हेरम्बराजज्यू, ५ जवानको १ राय र मा.न्या.श्री रत्नबहादुरज्यूको १ राय मा.न्या.श्री सिद्धिबहादुरज्यू र मा.न्या.श्री पशुपतिप्रसादज्यू २ जनाको १ राय र मेरो १ राय भई किनारा भएको मेरो राय देहायका दफा दफमा लेखिएको छ ।
२. यस मुद्दामा विचार गर्दा मुख्य ३ कुराको निर्णय दिनु पर्ने देखिन आउँछ ।
(१) वारदात भएको हो, होइन ?
(२) हो भन्ने डाका या फूटपीट के हो ?
(३) वारदात हो भने कस कसले गरेका हुन् ।
३. यस मुद्दामा मुख्य कानूनी प्रश्न पुलिस कारवाई अर्थात सदरको पुलिस पश्चिम १ नं.मा गई ठाडो कागज र सरजमीनगराएको बैधानिक अबैधानिक के हो ? सो कुराको विचार गर्दा ०९।२।२६ मा पुलि गोश्वारामा कान्छीको दरखास्त परेको । सदरको पुलिस पश्चिम १ नं.मा गई घटनास्थलमा सो टोलीलाई आफ्नो काम गर्न नदिई कुटपीट समेत गरेकोले गृहमन्त्रालयको आदेश वमोजिम थप पुलिस सदरबाट खटी गएको र पुलिसबाटै मौका तहकिकात सरजमीनको कागज भएको देखिन्छ यसको बैधानिकतामा प्रतिवादी तर्फबाट बिरोध गरेको छ । पुलिसले रिपोर्ट चलानीमा गरेको कारवाईबाट खुल्दैन तापनि १९९१।९।२७ मा जारी भएको पुलिस सवालको ३४ नं.मा चार भज्याँग बाहिर गाउंमा गाउंमा चोर डाकाले दुःख दियो अथवा कूटपीट हुल हुज्जत भई ज्यान मर्न लाग्यो भन्ने कुरामा रैती दुनियाँले भन्नआइो वा खबर सुनियो भने सो मानिसले बयानगरेको हाल लेखी सही छाप गराई मुद्दा र जग्गा अनुसार हाकिमका तजबीजले चाहिनेव जवान मुनासिव माफिकको म्याद समेत दिई खटाई पठाउनु, सो खटाई पठाउन त्यस गोश्वारामा रहेका मद्दतले मात्रनपुग्ने भए काम नरोकिने गरी मुनासिब माफिकको जवान थाना चौकीबाट समेत झीकी खटाउनु गर्नु, पक्री आएका मानिसलाई ऐन सबाल बमोजिम गर्नु भनीकोत बालीमा बुझाई दिनु भन्ने लेखिएकोले र गृहमन्त्रालयको आदेश समेत भई सदर पुलिस गोश्वाराबाट सरजमीन तहकिकात भएको भन्ने २००९।३।१४।६ मा स.पु.गोबाट रा.का.फौ.अ.लाई दिएको जवाफी पत्रबाट देखिएको । सो मुताविक मोफसलमा गई वारदातको तहकिकात कारवाई गरेको बाधा देखिँदैन । सो बाहेक अरू कुनै ऐन सवालले सदर पुलिस गोश्वाराबाट एक ठाउँको पुलिसका जवानहरू अर्को ईलाकामा पठाई कारवाई तहकिकात गर्न लगाउनहुँदैन भन्ने लेखिएको देखिँदैन, सामान्य विचारबाट पनि प्रष्ट कीटनको कानून िलबज नभई गृहमन्त्रालयलाई त्यस्तो अधिकार छैन भन्ने सम्झन पनि उचित हुँदैन । उपरोक्त बुँदा प्रमाणहरू बाट सदरका पुलिसले घटनास्थलमा गएको र कारवाई गरेको बैधानिक मान्नु पर्छ ।
४. पक्राउ भएका व्यक्तिहरूको पुलिसले कागज गराउंदा कूटपीट जोर जुलुम गरी करकाप सँग कागज गराए भन्ने उजुरीमा मिसिल हेर्दा कसैको साबित र कसैको इन्कारी बयानभएको देखिन्छ जोर जुलुम कूटपीट गरी गराएको भए सबैको एकै नास अर्थात या त सबैको साबती या सबैको इन्कारी हुनु पर्ने मिसिलबात त्यस्तो पाईन्दैन । त्यस कारण (Under Duress) अर्थात करकापबाट भएको भन्न मिल्दैन । २०१३।१०।१७।४ को डिभिजनबेञ्चको फैसलामा लेखिएको जस्तो सवाल गर्दा मुनासिब माफिकको सवाल गरी कागज गरे गराएको देखिँदैन । त्यसतर्फ सर्वोच्च अदालतको प्रतिक्रिया सोही फैसलामा दर्शाई सकेको छ ।
५. वारदात भएको प्रतिवादी सरजमीन साक्षी सबैको ‘हो’ भन्ने एकै मत पाइन्छ । कसैले होइन भन्ने तर्फ शंका सम्म उठाएको देखिँदैन ।
६. यस मामिलामा विशेष अदालत र २०१३।१०।१७।४ को डिभिजनबेञ्चको र २०१५।८।१९।५ को डिभिजनबेञ्च समेत गरी ३ सर्बागी फैसला भएका छन् । विशेष अदालत र ०१३।१०।१७।४ को डिभिजनबेञ्चको फैसला डाकाको वारदात र २०१५।८।१९।५ को डिभिजनबेञ्चको फैसलाले कूटपीटको वारदात कायम गरेको छ । कूटपीट मात्र हो कि ? डाका हो भन्ने तर्फ विचार गर्दा लाग्ने हथियार प्रयोग भएको । डोरीले जनानाहरूलाई समेत बाँध छाँद गरेको आधा रातको बीचमा जमात भई गई सरकारी जागीरदारको पोशाक लगाई सरकारी जवान हो कि ? भन्ने भान पारेको रूप बदल्नाको लागि कसैकसैले मुखमा रंग पोतेको सरकारी अड्डाको भनी कीर्ते कागज देखाएको र पटके चोरहरू समेत जत्थामा सामिल भएको मिसिलबाट देखिन्छ । आधारातको बीचमा भएको उपरोक्त कान्डलाई डाकाकोवारदात नमान्नु अनौठा कुरा हुन जान्छ । लाग्ने हतियारको कूटपीट भन्नु हिंस्रक जन्तुको दारा नड्ड्राको शुश्रुषा भने जस्तो झन अनौठा शब्द विडंबना सुनिन्छ । उपरोक्त बुँदा प्रमाणबाट यो वारदातलाई कूटपीट भन्न नमिलि डाकाको वारदात भन्न कर लाग्छ ।
७. यस वारदातमा धन संपत्तिको अपहरण भएको छैन कूटपीट मात्र भएको छ । खडकुला गाग्री लुटियो भन्ने समेत दाबी छ । त्यत्रा ठूला सामान शुरूक्क दब्न छुप्नसक्ने होईनन् । ती दसी फेला परेनन्, फेला परेका दसी दर्खास्तमा परेका छैनन् भन्ने प्रतिवादी तर्फका विद्वान् एडभोकेट वकीलहरूको बहस तर्फ विचार गर्दा दसी फेला नपरे चोरी ठहराउन हुँदैन भने जस्तो बहस हुन जान्छ । चोरी मुद्दामा हुँदैन भने जस्तो बहस हुन जान्छ । चोरी मुद्दामा दसी विलकुलै गुम पनि हुन सक्छ । दसी फेला नपर्दैमा डाका चोरीको वारदात ठहर्दैन भन्न मिल्ने कुरा हुँदैन । ठूला भाँडा जस्तो ग्रागी खड्कुला आधा रातको बीचमा चोरको हातमा परे पछि मतियार, जसको घरमा पनि छिप्न केही आश्चर्यको कुरा हुँदैन । बरामत भएको माल दरखास्तमा नपरेकालाई खान लाउन सम्म पुग्ने व्यक्तिको घरमा केही लुगा फाटो जगेडा रहनु स्वभाविकै र त्यसमा पनि बाकसमा रहेका हर एक दौरा सुरूवाल खास्टो फरियाको फिरिस्त मनमा सम्झना राख्न रहन सम्भव भन्दा बाहिरको कुरा हुन आउँछ । त्यतिकैबाट धनमाल लुटिए तर्फ सबै फतुर हो भन्न मिल्दैन ।
८. बाँकी रहन आयो वारदातमा को–को सामिल थिए भन्ने प्रश्न । भारतीहरू बाहेक अरूको हकमा बहुमतको फैसलामा लेखिए कै बँुदा प्रमाणबाट समेत निजहरू वारदातमा सरिक भएको देखिएकोले ती बँुदा प्रमाण यसमा फेरि दोहर्याई रहन आवश्यक परेन । सो बाहेक श्यामे भन्ने श्याम राज, पुड्के भन्ने थिरराज, रामजी भन्ने भूमिराज, बाशुदेव गणे भन्ने खुशीराज र चेतराजको हकमा पृथक पृथक विचार गर्नु अगाडि केही साधारण सिद्धान्तहरूमा विमर्श गर्नु मुनासिव देखिन्छ । प्रतिवादी तर्फका विद्वान् एडभोकेट वकीलहरूको बहसमा बाशुदेव र गणे दुई बाबुछोरा खान लाउन प्रशस्त पुगेका हुनाले निजहरूबाट डाका गर्नुपर्ने अवस्थै पर्दैन भन्नेमा जोड थियो । तर अपराधिको इतिहासको पाना पल्टाई हेरेमा डाका गरीवले मात्र गर्छ धनीले गर्दैन भन्न सकिंदैन । गाउँ ठाउँ शहरमा पनि घर नजीक कुनै दैवी दुर्घटना प¥यो भने के कसो हो भनी हेर्न र सकेको मद्दत गर्न या सो पनि नभए समवेदना प्रकट गर्न जानु मनुष्य मात्रको कर्तव्य हो । समाज धर्म भनी मानी पालना गर्दै आएका पनि छन् । शहरबाट पुलिस कारवाई गर्न जान्छ । त्यस पुलिसको टोलीलाई मारपीट हुन जान्छ । सरजमीन हुन्छ । सरजमीनमा हाजीर हुन आउँदैनन् । रातमा आएको पुलिसलाई डाका भन्ने सम्झी सामना गरेको भन्छन् भने दिनमा सरजमीनगर्न बस्ने पुलिस अफिसरको सामुन्ने हाजिर हुन किन नसक्नु । अघिल्लो रात नसम्झी गल्तीबाट पुलिस उपर हातपात भएको भए भोलीपल्ट दिनमा इजलास कायम गर्ने अफिसरको अगाडी हाजीर भएर आफू गल्ती सम्ममा सावित हुनुपर्ने थियो । सो गरे भएको देखिंदैन । त्यस गाउँमा भएको सरजमीनमा उपरोक्त सबै व्यक्तिहरू उपर शंका देखाएको छ ।
९. डाकाको वारदात कायम गरेको र डाकामा ठहर गरेको जवानहरूको बारेमा भारतीहरू बाहेक अरूको हकमा बहुमतको फैसलामा र श्री मा.न्या.रत्नबहादुरज्युको राय संग मेरो पनि राय मिलेकोले अरू बुँदा प्रमाण उद्धृत गरी रहनु परेन । सो बाहेक बाँकी जवान रामजी भन्ने भूमिराज भारती १ श्यामे भन्ने श्यामराज भारती १ पुडके भन्ने थिरराज भारती १ गणे भन्ने खुशीराज भारती १ बाशुदेव भारती १ चेतराज भारती १ समेतको हकमा पृथक पृथक विचार गरेमा बाशुदेवको हकमा निजको अडरले वारदात भए परेको भन्ने नारायण तामाङ्ग समेतले सरजमीनमा किटुवा बयानगरीदिएको । मौका कागजमा गन्जे गुरुङ, पूर्णबहादुर, माकचा पुतवार, च्यान्टा ठकुरी समेतले बीरबहादुरको घर यही हो भनी बाशुदेव र पुडकेले देखाएको । बलरामले वीरबहादुरको घर डाका गरी देउ रु.५००।– दिन्छु भनी बाशुदेवले भन्थे भनेको । इन्द्रबहादुर राउतले नातीबाबुको पसल नजीक चौतारामा पुगेपछि बाशुदेव समेत अरू ८।९ जना थिए । त्यहाँबाट वीरबहादुर कहाँ गयौं भनेको । हरिबहादुरले वारदात हुनु भन्दा ५।६ दिन अगाडी बलरामको गुफामा बेलुकीपख भेट हुँदा मेरो शत्रु बीरबहादुरलाई कूटपीट लूटपीट गरी डाका गरी दिएमा रु.५००।–दिन्छु भन्दा हुन्छ भनेको थिएँ । २५ गते ७।८ बजे रातको टायममा स्वयम्भू बाटामा बाशुदेव गणे पुड्के समेत भेट भयो र हिंड भनेकाले गएँ भनी बयानगरी दिएको देखिएकोले बाशुदेव र गणे भन्ने खुशीराज भारतीका हकमा पनि बादीहरू र सावित हुने भूमिराज मिश्रे घण्टे इन्द्रे समेतहरूले पोलेको र सरजमीनका नारायण तामाङ समेत २१ जवानले पनि शंका देखाई लेखेका देखिनाले निज गणे भन्ने खुशीराज र भूमिराजको हकमा मिश्रे घण्टेचन्द्र भन्ने हरिबहादुर समेतले पोलेको । आफू शुरु कागजमा सावित भई बाशुदेव गणे श्यामराज पुडके भन्ने थिरराजलाई समेत पोलेको र सरजमीनको कागमा, सबैले निजलाइ पोलेको । सरजमीनमा हाजिर हुन नसकेको श्यामे भन्ने श्यामराजलाई भूमिराज मिश्रे घण्टे इन्द्रे समेतले पोलेको । थिरराज श्यामराज वारदातको समयमा नालामा भैंसी किन्न गई तहाँबाट फर्की आउँदा भादगाउँमा वेटायममा हिडें वापत पुलिसले पक्राउ गरी थुनामा रहेको भन्ने सबुद दिएकोमा पुलिसको श्रेस्ता हेर्दा मिति सच्चिएको र पश्चिम १ नं.को मानिस पूर्व नं.१ मा गई बेटायममा हिंडे वापत पक्राउ परेको भन्ने जिकिर पुलिसकै श्रैस्ता नकरा भएकोले कसुर छिपाउन खडा भएको भन्नपर्ने र सरजमीनले समेत शंका गरेको देखिएकोले समेत उक्त व्यक्तिहरूका हकमा मिसिल प्रमाण परिबन्दबाट डाका गर्ने कसुरदार ठहराएको २०१३।१०।१७।४ को डिभिजनबेञ्चको फैसलासँग मेरो पनि राय सहमत भएको ।
१०. चेतराज भारतीको हकमा कसै कसैले पोलेको र सरजमीनहरूले शंका देखाएका छन् तापनि निज शुरु बयानमा इन्कारीमा रहेको । बीरबहादुरहरूसंग काट्नु मार्नु पर्ने सम्मको रीसइबी पनि नदेखिएको र आफू कसुर दबाउनको लागि अन्यत्र गएको । हुलिया देखाउन प्रयत्नगरेको पनि नभएकोले समेत सबुद नपुगेकोले निजलाई शंकाको सुबिधा (Benefit of doubt) दिन मुनासिब हुँदा निज चेतराजलाई डाका ठहराएको सम्ममा २०१३।१०।१७।४ को डिभिजनबेञ्चको फैसलासंग राय सहमत नभएकोले उक्त लेखिएबमोजिम आफ्नो रायको रायफैसला लेखि दिएको छु । मिसिल सामिल राखी ऐन सवालबमोजिम गर्नु ।
इति सम्बत् २०१५ साल पौष १ गते रोज ४ शुभम् ।