शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७ - रोक्का बाली फुकुवा पाउँ भन्ने

भाग: साल: २०१५ महिना: चैत्र अंक:

निर्णय नं. ७        ने.का.प. २०१५

फूलबेञ्च

प्रधान न्यायाधीश श्री अनिरूद्धप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीश श्री उपेन्द्र राज

ठा.नं ४५

निवेदक      : सरजुग साहू कानु

विरूद्ध

बिपक्षी : रामलखन साहू कानु

मुद्दा : रोक्का बाली फुकुवा पाउँ भन्ने

(१)   अंशबण्डाको ३९ नं अंशको लागि नालिश उजुर परी अड्डाले अंशबण्डा गरी दिन पर्दा धर्म गराई फाँट लिई बण्डा गर्नु पर्ने ।

            अंशको नालिस उजुर परी बण्डा गरी दिनु पर्ने देखिन आए पछि दवाए छपाएको छैन भने धर्म गराई फाँट लिई बण्डा गरी दिनु भन्ने अंशबण्डाको ३९ नं.बमोजिम अड्डाबाट गरेको नभई घरसारमा बण्डापत्र भई रजिष्ट्रेशन पास गरेको देखिएको ।

(प्रकरण नं.१)

(२)   दवाएको भन्ने जग्गाको रोक्का बाली फुकुवाको मात्र सवाल उठेमा तायदाती दिएको ठहर्ने नठहर्नेमा केही विचार गर्न नपर्ने ।

            २०१२ साल श्रावण ३० गतेको प्रधान न्यायालय फुलबेञ्चबाट भएको आदेशमा घरको मुख्य प्रतिवादीले अंश दिनु पर्ने जेथा यती नै हो भनी देखाई बण्डा गरी सके पछिलाई तायदाती गरी सकेको भन्नु परी भन्ने लेखिएको । सो कुरा बाली रोक्का सम्मको निर्णय दिए पुग्ने । यस मामिलामा लेखि रहनु पर्ने आवश्यक नभई परी रहेको उसै मुद्दाबाट ठहरे माफिक हुने हुनाले ती शब्दहरू यस मुद्दाको निर्णयमा प्रयोग गर्नु पर्ने आवश्यक देखिंदैन ।

(प्रकरण नं.१)

(३)   अंशबण्डाको ५० नं. अंशको फाँट दाखिल भएपछि अंश पाउनेको भाग जतिको आयस्ता रोकी पाउँ भनी दर्खास्त दिएमा घरायसीमा बण्डा भई रजिष्ट्रेशन पास भएकोमा पनि दवायो भनी जग्गाको फाँट खोली सो जग्गाको आयस्ता रोकी पाउँ भनी दर्खास्त दिएमा ज.मि.को १४ नं. बमोजिम दरखास्तवालाको हिस्सा जतिको मात्र बाली रोक्न मुनासिव ।

            अंश भाग छुट्याई पाउँ भन्ने नालिस उजुर परेकोमा फाँट दाखिल भए पछि आयस्ता रोकी पाउँ भनेमा यिनले पाउने भाग जतिको आयस्ता जग्गा मिच्नेका १४ नम्बर बमोजिम रोक्का गरी दिनु भन्ने अंशबण्डाको ५० नं.मा लेखिएको र घरसारमा बण्डा गरी रजिष्ट्रेशन पास भएकोमा बण्डा नगरी दवाएको भन्ने दाबी लिई फिरादपत्रमा जग्गाको फाँट खुलाई लेखेको । सो फिरादपत्रमा लेखिएको जग्गाबाली रोकी पाउँ भन्ने उजुर परेकोमा फुलबेञ्चबाट निर्णय भई ४ खण्ड जग्गाको बाली रोक्का गर्ने गरेको । जग्गा मिच्नेको १४ नं.ले पनि दुनियाँ दुनियाँको जग्गामा तेरो मेरो भन्ने झगडा परेकोमा बाली रोक्का गर्नु । नगरे बात लाग्छ भन्ने लेखिएको हुनाले ४ खण्डको १ खण्डको बाली रोक्का गर्नु पर्ने ठहरी २०१२ साल श्रावण ३० गते प्रधान न्यायालय फुलबेञ्चबाट भएको निर्णय मुनासिव छ ।

 

आदेश

      १.     यसमा निवेदक सरजुगको वारिस रामस्वरूप राम लखनको वारिस देवनारायणलाई राखी यो मुद्दा बुझ्दा अंशको नालिस उजुर परी बण्डा गरी दिनु पर्ने देखिन आए पछि दवाए छपाएको छैन भन्ने धर्म गराई फाँट लिई बण्डा गरी दिनु भन्ने अंशबण्डाको ३९ नं. ऐन बमोजिम अड्डाबाट बण्डा गरेको नभई घरसारमा बण्डापत्र गरी रजिष्ट्रेशन पास गरेको देखिएको र दवाए छपाएको छैन भनी धर्म गरे पछि दवाए छपाएको ठहर्न आएको अवस्थामा अंशबण्डाका ४६ नं. लाग्ने हुनाले ०१२ साल श्रावण ३० गते प्रधान न्यायालय फुलबेञ्चबाट भएको आदेशमा घरको मुख्य प्रतिवादीले अंश दिनु पर्ने जेथा यतिनै हो भनी देखाई बण्डा गरी सकेपछिलाई तायदाती गरी सकेको भन्नु परी भन्ने लेखिएको । सो कुरा बाली रोक्का सम्मको निर्णय दिए पुग्ने । यस मामिलामा लेखि रहनु पर्ने आवश्यक नभई परी रहेको उसै मुद्दाबाट ठहरे माफिक हुने हुनाले ती शब्दहरू यस मुद्दाको निर्णयमा प्रयोग गर्नु पर्ने आवश्यक देखिंदैन ।

      २.    ४ खण्डको १ खण्ड बाली रोकिएकोमा सो हुनु नपर्ने भन्ने निवेदकको जिकिर तर्फ अंश भाग छुट्याई पाउँ भन्ने नालिस उजुर परेकोमा फाँट दाखिल भए पछि आयस्ता रोकी पाउँ भन्नेमा उनले पाउने भाग जतिको आयस्ता जग्गा मिच्नेका १४ नम्बर बमोजिम रोक्का गरी दिनु भन्ने अंशबण्डाको ५० नं.मा लेखिएको र घरसारमा बण्डा गरी रजिष्ट्रेशन पास भएकोमा बण्डा नगरी दवाएको भन्ने दाबी लिई फिरादपत्रमा जग्गाको फाँट खुलाई लेखेको । सो फिरादपत्रमा लेखिएको जग्गाको बाली रोकी पाउँ भन्ने उजुर परेकोमा फुलबेञ्चबाट निर्णय भई ४ खण्डको १ खण्ड जग्गाको बाली रोक्का गर्ने गरेको । जग्गा मिच्नेका १४ नं.ले पनि दुनियाँ दुनियाँको जग्गामा तेरो मेरो भन्ने झगडा परेकोमा बाली रोक्का गर्नु, नगरे बात लाग्छ भन्ने लेखिएको हुनाले ४ खण्डको १ खण्ड बाली रोक्का गर्नु पर्ने ठहरी २०१२ साल श्रावण ३० गते प्रधान न्यायालय फूलबेञ्चबाट भएको निर्णय मुनासिव छ भनी तारिखमा रहेका दुवै थरी झगडियाको वारिसलाई सुनाई दिनु ।

 

इति सम्बत् २०१३ साल श्रावण ३० गतेरोज ३ शुभम् ।

 

२०१२।४।३०।१ को प्रधान न्यायलय, फूलबेञ्चको आदेश

            आदेश बमोजिम झिकाई आएको वादीको वारिस देवनारायण प्रतिवादीको वारिस रामस्वरूप प्रसाद समेत राखी बुझ्दा यसमा फिराद दावी साँचो ठहर्न आएछ भने पनि दवाएको ठहरेको सबै जग्गाको बाली पाउँछ भन्ने ऐनमा लेखिएको नभई दवाएको ठहरेको धन दवाउनेले पाउँदैन । नदवाउने अरू अंशियारले ऐन बमोजिम अंश गरी खानु । दवाए वापत उसको अंश हरिने हुनाले दवाए वापतको सजाय हुँदैन भन्ने अंशबण्डाको ४६ नं.मा लेखिएकोबाट दवाउनेको अंश हरिने भई अरू सजाय नलाग्ने भएकाले दवाएको ठहरेको जम्मै जग्गाको बाली प्रतिवादीबाट वादीले भराई लिन पाउने अवस्था नपर्ने हुनाले जुन बाली पछी भराई दिनु वा भरी पाउने अवस्था पर्दैन त्यो बाली रोक्का राख्नु प्रयोजन नदेखिने हुँदा पछि अंश मुद्दा टुड्डो लाग्दा दपोट ठह¥यो र दपोट ठहरेका जग्गाको बालीमा झगडा पर्न आयो भने बण्डा हुँदा देखाए, दिएको भए आफ्नु अंश जतीको बाली खान पाउने । वादीलाई दवाएको ठहरे उसको अंश भाग ठहर्ने जति जग्गाको मात्र बाली भराई दिनु पर्ने अवस्था पर्न आउने हुनाले त्यती जग्गाको बालीका हकमा घरको मुख्य प्रतिवादीले अंश गर्नु पर्ने जेथा यतिनै हो भनी देखाई बण्डा गरी सके पछिलाई तायदाती दिई सकेकै भन्नु परी अंश पाउँ भन्नेका अंश जतीको बाली रोक्का गरी पाउँ भने रोक्का गरी दिनु भन्ने अंशबण्डाको ५० नं.बमोजिम रोक्का गरी दिनु मुनासिव देखिन्छ । बडापत्र नक्कलबाट बादी प्रतिवादीहरू अंसियार ४ जना देखिएकोले सो दवायो भनेको जम्मा जग्गाको ४ भागको १ भाग जग्गाको मात्र बाली ऐनको रीतपुर्‍याई रोक्का गर्नु । अरू रोक्का गर्नु पर्दैन । फुकुवा गरी दिनु भनी जलेश्वर अमीनीमा पठाई दिनु । यो निवेदन ठाडोमा दर्ता गरी लगत काटी न्यायालयमा कारवाई भएको मिसिल, मिसिल विभागमा बुझाई दिनु ।

 

 

इति सम्बत् २०१२ साल श्रावण ३० गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु