निर्णय नं. २१ - बहाल बुझाई पाउँ

निर्णय नं. २१ ने.का.प. २०१६
फुल बेञ्च
(डिभिजनमा राय बाझिएकोले डिभिजन बेञ्च उपर)
प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
न्यायाधीश श्री हेरम्बराज
फुल नं. ६
अपीलाट : शंकरप्रसाद श्रेष्ठ समेत
विरूद्ध
विपक्षी : दानबहादुर
मुद्दा : बहाल बुझाई पाउँ
(१) अदालती बन्दोवस्तको ९८ र ९९ नं.–बुझाउनु पर्ने सवै बहाल नबुझाएमा–साँवा छाडी लेनाको व्याजमा समेत दावी गरी वादी परेको देखिएमा–ऐनबमोजिमको दावी नगरी अधुरो नालिस गरेको ठहर्ने । अदालती बन्दोवस्तको ९९ नं. ले त्यस्तो नालिस किनारा गर्न नमिल्ने ।
अ.बं.९८ नं. मा दुइटै मानिसले एउटै मानिस उपर जतिसुकै विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै उपर एउटै विषयको कुरा लेखी ल्याएको भए पनि सो बमोजिम सवै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नु पर्छ भन्ने किटानी साथ लेखिएकोले प्रस्तुत मुद्दामा परेको वादी हेर्दा सालको मोरू ४४। बाहाल बुझाई बस्ने कबुलियत भई म बसेको ०७ साल आश्विन १ गते देखि ०८ साल भाद्र मसान्त तकको बहाल नबुझेको र निज घर धनीसँग मेरो लेना मोरू ३०१ बाँकी भएकोले त्यसको व्याज मोरू ३०।१० कट्टा गरी बाँकी मोरू १३।९० धरौट राख्न ल्याएको छु । अड्डाबाटै तिरी बुझाई बहालमा बस्न पाउँ भन्ने लेखिएकाबाट लेनाको ब्याजमा समेत दावी गरी वादी परेको देखिएको अ.बं.९९ नं. मा साँवा र व्याजमा समेत नालिस दिन पर्नेले साँवामा मात्र वा व्याजमा मात्र नालिस गरी अरु कुरामा पछि नालिस दिउँला भन्ने इत्यादी किसिमको वादी दिन र सो वादीमा छुट्टैको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने किटानी साथ लेखिएको प्रस्तुत मुद्दाको वादीमा साँवा भराई पाउँ भन्ने नदेखिई उक्त लेखिएबमोजिम व्याजमा मात्र दावा गरेको देखिनाले साँवाको नालिस नभई व्याजमा दावी गरी कट्टा मट्टा मिलाई बाँकी धरौट राखेको देखिनाले ऐनबमोजिमको दावी वादीले नगरी अधुरो नालिस गरी कबुलियतबमोजिमको सवै बहाल मोरु ४४। धरौट राखेको नदेखिएको । उक्त ९८ नं. बमोजिम हेरी किनारा गर्न त्यस्तो अधुरो नालिसबाट मद्दा किनार गर्न उक्त ९९ नं. ले नमिल्ने । बुझाउनु पर्ने बहाल सवै धरौट राखी यो नालिस परेको नेदेखिएको व्याज वापतका कट्टा मट्टा मिलाई बाँकी ठहर्ने मोरू. १३।९० तेरह रूपैयाँ नब्बे पैसा धरौट राखेको छु भन्ने वादीको दावी लेनदेन थियो, थिएन व्याज दिनुपर्ने हो, होइन भन्ने समेतको कुरा यो नालिसबाट निरोपण गर्न अ.बं.९९ नं. ले बाधा पर्ने हुँदा यो वादी खारेज गर्ने ठहराएको इन्साफ ०१५।५।११।४ सर्वोच्च अदालत डिभिजन बेञ्चका श्री माननीय प्रधान न्यायाधीशजीको राय मनासिव ।
(प्रकरण नं. ८ र १०)
फैसला
१. यसमा पूर्व सडक पश्चिम अन्यायवालाहरूको घर दक्षिण बाबुराम पाध्याको घर उत्तर यादवेन्द्र जोशी समेतको घर यति ४ किल्ला भित्रको पूर्व मोहोडाको दक्षिणपट्टीको उत्तर दक्षिणलंको पसल कवल ४ को सालको बहाल मोरू ४४। बुझाउञ्जेल खोसमोस नगर्ने भन्ने ८७ साल बैशाख ११ गते अन्यायवाला हरिप्रसादले कागज गराई दोहोरी बाहाली समेत दिई पसल थापी आएको । ९६ साल भाद्र ७ गते अन्यायवालले विष्णुसिंहलाई तिर्न र पसल बनाउन समेत भनी मसँग रू. ४०१। लिई तमसुक गरी दिएको पसल गुठीको हुँदा अन्यायवालाले १ सालको र १ सालको भतिजा शंकरप्रसादले बाहाल बुझ्ने र रू. ४०१ मध्ये ९८ सालमा रू. १०० भर्ना दिइ बाँकी रू. ३०१। को सालको व्याज रू. ३०।१० बाहालमा कटाई बाँकी १३।९० पालोशान्ती लिने गरी आएको थियो । खिचोला केही थिएन । सो घर सडकतर्फ ढल्की बस्न नहुने भयो । बनाउन पर्यो भनी ०७ साल भाद्र महिना तकको बाहाल शंकरले बुझी लिई भर्पाई गरी दिएको र ७ साल आश्विन १ देखि ०८ साल भाद्र मसान्त तकको बाहाल रू. ४४। मध्ये व्याज रू. ३०।१० कटाई बाँकी मोरू १३।९० यसैसाथ ल्याई नालिस गर्न आएको छु । बाहाल नबुझेमा सजाय गरी अड्डाबाट सो बाहाल दिलाई भराई पाउँ भन्ने वादी ।
२. मेरो र भतिजा शंकरप्रसाद बेलप्रसाद निजको आमा समेतको हक भोगको घरायसी गुठी घर मुनीको पसल कवल ११ मा उत्तर छेउको १ कवल बाटो छाडी दक्षिण पट्टी ४ कवल वादीलाई र दक्षिण पट्टी ६ कवल सुर्य श्रेष्ठलाई समेत बाहालमा राखी आलोपालोबाट बाहाल उठाई आएको । सो घर विग्री म्यूनिसिपल्टीबाट बनाउन कागज गराएबाट ०७ साल असार देखि बनाउन शुरू गरी ०८ साल श्रावण १५ गतेसम्ममा तयार गरी सकेपछि सूर्यलालले ६ कवल मध्ये ४ कवल भए पुग्छ भनी कवल १ को रू. ३५ का दरले बाहाल बुझाउने गरी कवुलियत लेखिदिएको र सूर्यप्रसादले बाहाल बढाएको देखि आफैं हटी पसल सकार गर्न नआएको । डाक्न पठाउँदा पनि ३ कवल मात्र बाँकी भई ३ कवलले पुग्दैन भनी वादीले भनेबाट सो ३ कवलमा भतिजा शंकरले १२, १५ सय खर्च गरी पसलको तखता छापी आफैंले पसल थापी बसेको १ कवलमा बाटो र ४ कवलमा सूर्य श्रेष्ठ बसेको । ३ कवलमा शंकरकै भाई बेलप्रसादले पसल बनाई आफैं बसी रहेको । ४ कवल पसल बाँकी नै नभै पसलमा बस्नेहरूका नाउँमा समेत नालिस गर्न सक्नु पर्ने, नसकेको । नयाँ पारी बनाई जस्तोसुकै भए पनि रू. ४४। मात्र बाहाल दरसन्तान लिने भन्ने मेरो लिखत नभएको वादीको रूपैयाँ बाँकीको अवस्था १,२ साल हरिहसाब मिलाई व्याज दिएको लगाउ लिनै नपाउने रू. ४४। मध्ये रू. १३।९० बुझाई पाउँ भन्ने कुरा फजुल ठहर्ने । ०८ सालको पेस्की ०७ साल श्रावणमा बुझाउन पर्ने । वादी नै सावित भएको । ७ सालमा बुझाउनु पर्ने पेश्की उसबखत नबुझाई पसल छाडी भोग टुटेको महिना पछि व्याज रू. ३०।१० कट्टी गरी रू. १३।९० मात्र अपुरो बहाल म्याद नाघेपछि धरौट राखी नालिस गरेको खारेज गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने हरिप्रसादको प्रतिवादी ।
३. पुर्खाले घर गुठी राखेको । यसको आयस्ताबाट श्री कृष्णजीको पूजा गर्नुपर्ने हो । म पुतलीको लोग्ने शंकरप्रसाद बेलप्रसादको बाबु जेठा विष्णुप्रसाद, कान्छा हरिप्रसाद २ भाईमा ८३ सालमा विष्णुप्रसाद परलोक हुनु भयो । वादीले बाहाल बुझाई पाउँ भनी नालिस गरेको । पसलको हकमा आधा प्रतिवादी हरिप्रसादको र आधा हामी ३ जना हकको वादीलाई प्रतिवादीले बाहालमा राखेको हो । प्रतिवादीको पालो परको बखतमा निजले नै लिने हाम्रो पालो परेमा प्रतिवादीसँग हामीले लिई चलाउने गरेको हो । वादीलाई प्रतिवादीले बाहालमा राखे कागज गरेको हो । सो नयाँ घर बनाउन पर्ने भएपछि बाहालमा कुरा नमिली वादी उठी गएको हो । उत्तर पट्टीको ३ कवलमा वादी बसेको र बाहाल रू. ४४ लिने गरेको थियो । बाहाल बुझाउन आएको छैन । बुझी नलिएको होइन । अघि हाम्रो पालो परेमा वादीको रू. ३०१ को व्याज रू. ३०।१० कट्टी गरी बाँकी रू. १३।९० बुझी लिई भर्पाई गरी दिने गरेको थियो । वादी प्रतिवादीको लेनदेनको कुरा प्रतिवादी नै जान्लान भन्ने समेत व्यहोराको बुझिएको पुतली श्रेष्ठनी १ शंकरप्रसाद १ बेल प्रसाद १ समेत ३ जनाको एउटै बयान ।
४. वादीले बहाल बढ्ने कुरामा मञ्जुर नगरेकोले आफैं छोडेको भन्ने प्रतिवादीको जिकिर छ । तापनि बहाल बढ्दिन भनी पसल छोडेको भए त्यस विषयको लिखत हुनुपर्ने छ भन्न प्र. ले नसकेको । कबुलियत गरी बसेको पसलमा त्यसै छाडेको भन्ने प्रतिवादीहरूको लेखाई कायम मान्न नभै वादी दावीबमोजिमको बाहाल प्रतिवादी हरिप्रसादले बुझी लिनु पर्नेमा बुझी नलिएको देखिँदा कबुलियतबमोजिमको मध्ये धरौट रहेको बाहाल प्रतिवादीले बुझिलिन पर्ने ठहर्छ भनी ०८।११।१४।३ मा रा.का. देवानी दोस्राले फैसला गरेको ।
५. इन्साफमा चित्त बुझेन भन्ने प्र. हरिप्रसाद पुतली शंकरप्रसाद बेलप्रसाद समेतको अपील परेकोमा इन्साफ शुरू रा.का. देवानी दोश्राको मनासिव ठहराई ०९।८।११ मा अपील तेश्रा फाँटले फैसला गरेको ।
६. सो इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.शंकरप्रसाद समेतको प्रधान न्यायालयमा अपील परेको ।
७. रू ४४। बाहाल बुझाएसम्म खोसमोस गर्ने छैन भन्ने ८७ सालमा कबुलियत भई बाहालमा बसेको देखियो । पसल घर बनाउन परी ८७ साल भाद्रमा वादीले खाली गरी दिएको र तमसुकी रू. ३०१। तिरी बुझाई सकी ६,७ हजार खर्च गरी घर बनाई पसलमा आफैं घर धनीहरू बसीरहेको भन्ने प्रतिवादीहरूको जिकिर भई वादीको फिराद लेखाई र वादीको साक्षी बकाईबाट समेत घर बनाउन परेको देखिएको । ८७ सालको घर पसल कायम रहेको नभई भत्किनमा दर रेटको मालसामान लगाई खर्च गरी बनाउँदा यही साविक बाहालको शर्त कायम रहने व्यहोरा पनि कबुलियत दोहोरीबाट नदेखिएको र रू. ४४ बुझाएसम्म नखोल्ने भन्ने कबुलियतमा रू. १३।९० मात्र धरौट राखेको । कपाली तमसुकमा व्याज बाहालमा कट्टा हुने भने शर्त पनि नभएकोले लेनदेनतर्फ छुट्टै उजुर परेमा ठहरेबमोजिम हुने हुँदा रू. १३।९० बुझाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने भई शुरू अपीलसँग राय नमिलेकाले छलफलमा वादीलाई झिकाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने १५।२५।४ को सिंगलबेञ्चको आदेश ।
८. उक्त आदेशबमोजिम छलफलका निमित्त झिकाई आएको बसुन्धरा भक्तलाई तारेखमा रहको अपीलाट शंकरप्रसादको वा. सन्तलाल बेलप्रसाद समेत राखी पेश हुँदा अ.बं.९८ नं. मा दुईटै मानिसले एउटै मानिस ऊपर जतिसुकै विषयको कुरा लेखि ल्याएको र जतिसुकै मानिसले जतिसुकै उपर एउटै विषयको कुरा लेखि ल्याएको भए पनि सो बमोजिम सवै कुराको सोही फिरादबाट इन्साफ गर्न पर्छ भन्ने किटानी साथ लेखिएकोले प्रस्तुत मुद्दामा परेको वादी हेर्दा सालको मोरू ४४। बाहाल बुझाई बस्ने कबुलियत भई म बसेको ०७ आश्विन १ गते देखि ०८ भाद्र मसान्त तकको बाहाल नबुझेको र निज घर धनीसँग मेरो लेना मोरू ३०१। बाँकी भएकोले त्यसको व्याज मोरू ३०।२० कट्टा गरी बाँकी मोरू १३।९० धरौट राख्न ल्याएको छु । अड्डाबाटै तिरी बुझाई बाहालमा बस्न पाउँ भन्ने लेखिएकोबाट लेनाको व्याजमा समेत दावी गरी वादी परेको देखिएको । अ.बं.९९ नं. मा साँवा र व्याजमा समेत नालिस दिन पर्नेले साँवामा मात्र वा व्याजमा मात्र नालिस गरी अरू कुरामा पछि नालिस दिउँला भन्ने इत्यादी किसिमको वादी दिन र सो वादीमा छुट्टैको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि दावी दिन समेत पाउँदैन भन्ने किटानी साथ लेखिएको प्रस्तुत मुद्दाको वादीमा साँवा भराई पाउँ भन्ने नदेखिई उक्त लेखिएबमोजिम व्याजमा मात्र दावी गरेको देखिनाले साँवाको नालिस नभै व्याजमा दावी गरी कट्टा मट्टा मिलाई बाँकी धरौट राखेको देखिनाले ऐनबमोजिमको दावी वादीले नगरी अधुरो नालिस गरी कबुलियत बमोजिमको सवै बहाल मोरू ४४। धरौट राखेको नदेखिएको । उक्त ९८ नं. बमोजिम हेरी किनारा गर्न त्यस्तो अधुरो नालिसबाट मुद्दा किनारा गर्न उक्त ९९ नं. ले नमिल्ने हुँदा यो वादी दायर रहन नसक्ने भएबाट खारेज गरी दिनु । इन्साफ उल्टिमा तपसीलमा लेखिएका कलममा तपसीलबमोजिम गर्नु । श्री माननीय न्यायाधीश रत्नबहादुरजीसँग राय सहमत नभएकोले सर्वोच्च अदालत नियमावली परच्छिेद ४ को ३१ दफाको देहाय मुताबिक फुल बेञ्चमा पेश गर्नु । यो फैसला सदर भएपछि तहसीलमा लगत दिई मिसिल बुझाई दिनु भन्ने ०१५।५।११।४ को श्री माननीय प्रधान न्यायाधीशज्यूको राय ।
९. श्री माननीय प्रधान न्यायाधीशज्यूका रायबमोजिम साँवामा दावी नगरी व्याजमा मात्र दावी गरेकोले समेत अं.व.९९ नं. ले नालिस खारेज गरी दिने गरी राय भएको हुँदा अ.बं.९९ नं. ले जग्गा र बालीमा अर्थात साँवा र व्याजमा एकै पटक उजुर दिन पर्नेमा जग्गामा मात्र दावी गरी पछि बालीमा र साँवामा मात्र दावी गरी व्याजमा पछि वादी दिन पाउदैंन भन्ने भएकोले वादीले साँवामा दावी नगरेको भन्दैमा व्याजमा दावी गरेको उजुर खारेज हुने भन्ने उक्त ऐनको मनसाय नभई छुटेका कुरामा मुद्दाको रुप विचार गरेपछि अर्को उजुर गर्न पाउँदैन भन्ने भए पछि साँवा दावी नगरेको भनी दावी गरेको कुराको उजुर खारेज गर्न नहुने । कारण, साहुले यदि पछि साँवामा दावी गरेमा उजुर लाग्ने नलाग्नेसम्म विचार हुने कुरामा पनि यस मुद्दामा त्यसतर्फ विशेष विचार गर्न नपर्ने भएकोले र माथि उल्लेख गरी सके अनुसार मुख्य वादी दावी साविकमा कट्टी मट्टी गरी तिरी आएको दरले ०७ र ०८ सालको बाहाल बुझाउन लगाई पसल दिलाई पाउँ भन्नेसम्म उजुर भएकोले उक्त प्रधानन्यायाधीशज्यूको रायसँग सहमत हुन नसकेको । अब सिंगलको रायतर्फ विचार गर्दा, अघिको सस्तो जमानाको बाहालबाट हाल महंगो जमानामा बनेको घरमा सो बाहालले दिन मिल्दैन तापनि पूरा बाहाल समेत धरौट नरहेकोले समेत घरमा बस्न दिन नमिल्ने भन्ने हकमा लिखत गरी पसल बाहालमा बस्न दिई आएको देखिएकोमा नयाँ बनाए पनि थप बाहाल समेत दिने लिने शर्त भएको । लिखत नदेखिएको धरौट कम राखेको भन्नलाई माथि उल्लेख भएबमोजिम व्याजमा कट्टी मट्टी गरी लिने दिने गरी आएकोले एकै सजिया गुठीयारले कट्टी मट्टी गरी बाहाल बुझेको भर्पाई प्रतिवादीलाई सुनाई तहकिकात गरे यकिन हुनेभई भईरहेको । अब घर बनाउनेका २३ नं. ऐनले घरबाट उठाउन पाउने भन्ने सिंगलको राय जो हो, यो घर अरु साधारण घर सरह नभै गुठी घर देखिन आएको । उक्त ऐनको कारण परी उठाउन परेको भए ऐजन २४ नं. का ऐनको रीत पर्याई मात्र उठाउन पाउने । ऐनले यो नालेस खारेज गरिदिंदा वादीको नालिस गर्ने हदम्याद जाने र हदम्याद थामी खारेज गर्दा अर्को उजुर गर्नु भनी सुनाउन दुरुस्त ऐनै मिल्नेमा पनि वादी प्रतिवादी एक मुद्दाको साटो २ मुद्दामा फेरि शुरु देखि अल्मलिनु पर्ने भई मुद्दा सकभर चाँडो किनारा होस र मुद्दा धेरै पर्ने सम्भव भएको अवस्थामा कमै मुद्दा परोस भन्ने सवै सभ्य देशका कानूनी सिद्धान्त अनुसार हाम्रो अ.बं.को ९८ नं. को मनसाय प्रष्ट भईरहेको तथा आफूले खुशी राजीले गरी दिएको कबुलियतको बन्देजमा आफैंलाई बस्न कर नलाग्ने भएमा कबुलियतको मर्यादामा धक्का परी दुनियाँको व्यवहारमा खलबल हुन सक्ने सम्भव भएकोले उक्त ऐनको अवस्था परेको र सो रीत पुर्याई प्र. हरूले दावी गर्न बेगर घर मरम्मतका लागि उठाएकोमा अड्डाबाट वादीको उजुरबाट चलेको मुद्दामा बेमनासिवसँग हालै निर्णय दिन नमिल्ने भएकोले र अरु अपील शुरुका फैसलामा लेखिएका बुँदा प्रमाणबाट उक्त अड्डाहरूको इन्साफ मनासिव देखिएकोले उक्त सिंगलबेञ्च तथा डिभिजन बेञ्चका प्रधान न्यायाधीशज्यूसँग राय नमिलेकोले सर्वोच्च अदालत नियमावली परिच्छेद ४ दफा ३१ को देहाय क. अन्तर्गत फुल बेञ्चका निर्णयका लागि पेश गर्न राय गरी दिएको छ । पेश गर्नु भन्ने श्री मान न्यायाधीश रत्नबहादुरज्यूको ०१५।५।११।४ को राय ।
१०. यसमा आदेशबमोजिम छलफलका निमित्त झिकाई आएका बसुन्धरा झक्तलाई र तारेखमा रहेका अपीलाट शंकरप्रसादको वा.सन्तलाललाई समेत रोहवरमा राखी पेश हुन आएको यो मुद्दा बुझ्दा, बुझाउन पर्ने बाहाल सवै धरौट राखी यो नालिस परेको नदेखिएको । व्याज वापतको कट्टा मट्टा मिलाई बाँकी ठहर्ने मोरु १३।९० तेह्र रुपैयाँ नब्बे पैसा धरौट राखेको छु भन्ने वादीको दावी । लेनदेन थियो, थिएन व्याज दिनुपर्ने हो, होइन भन्ने समेतको कुरामा यो नालिसबाट निरोपण गर्न अ.बं.९९ नं. ले बाधा पर्ने हुँदा यो वादी खारेज गर्न ठहराएको इन्साफ ०१५।५।११।४ सर्वोच्च अदालत डिभिजन बेञ्चका श्री माननीय प्रधान न्यायाधीशज्यू को राय मनासिव । अरु तपसीलको कुरामा तपसीलबमोजिमको लगत दिई भैरहेको नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
का.इ.मरु टोल बस्ने प्रतिवादी हरिप्रसाद श्रेष्ठ के शुरुका देवानी दोश्राका ०८।११।३।१४ का फैसला र ०९।२।१३।२ का.अ.त.बिगो फाँटका ल.ले वादीले नालिस दर्ता गर्दा राखेको कोर्ट फि मो. रु. ३४ फिराद ईतलाय दस्तुर मोरु । ६२ समेत जम्मा मोरु ९६ छयानब्बे पैसा प्र. हरिप्रसादले अपील गर्दा ०८।१२।१८।१ मा अ.त.बिगो फाँटमा दाखिल गरेको देखिएको र सो मोरु ।९६ मुद्दा सकारवाला बसुन्धरा झक्तलाई भराई दिने गरेकोमा हाल सो बमोजिम भराउन नपर्ने हुँदा शुरुको लगत काटी प्र. हरिप्रसादबाट दाखिल भएको मोरु ।९६ ऐन सवालको रीतपुर्याई निज हरिप्रसादलाई फिर्ता दिनु भनी अ.त.बिगोफाँटमा लगत दिनु ...................१
वादी धनबहादुरले प्र. हरिप्रसादलाई बुझाई पाउँ भनी ०८।१।४।३ मा अ.त.वि.गो.फाँटमा धरौट राखेको बाहाल वापतको मोरु १३।९० बुझाई पाउँ भनी मुद्धा सकार गर्ने वादी बसुन्धरा अथवा लिन पाउँ भन्ने प्र. हरिप्रसादको दर्खास्त परे बुझाई दिने भनी ०८।११।१४।३ का.दै.दो. का फैसला र ०९।२।१३ मा लगत भएकोमा हाल देवानीका फैसलाबमोजिम गर्नु नपर्ने भएकोले उक्त लगत काटी सो धरौटी रहेको मोरु १३।९० ऐन सवालको रीत पुर्याई मुद्दा सकार गर्ने वादी बसुन्धराभक्तलाई फिर्ता दिने ..................२
वादी उजुरी खारेज भएकोले मुद्दा सकार गर्ने वादी बसुन्धराभक्तलाई दण्ड लाग्छ कि भन्नलाई कार्ट फि लागि दायर भएको हुँदा कोर्ट फि जफत हुने भएकोले केही नपर्ने ..................३
इन्साफ उल्टिमा देहायका अड्डाका देहायका मानिस के हा.का. १५ नं. ले तजबिजी मोरू १। एक अड्डै पिच्छे जरिवाना हुन्छ । देहायका दरले असुल गर्नु भनी अ.त.दे.मा लगत दिनु .............४
अपील देहायका मानिस के मोरू–१। हाकिम सु.देवप्रसाद पाध्या का.ई. किलागल के मोरू असि पैसा ।८० वि.प्रेमबहादुर कुँवर का.ई. बिना मुंगल के मोरू बिस पैसा ।२० रा.का. देवानी दोश्राका देहायका मानिस के मोरू एक रूपैया १। हाकिम ना.सु.लक्ष्मण रमण उप्रेति का.ई. वानेश्वर के मोरू साठी पैसा ।६० अ.डि.गुणराज उपाध्याय भ.पु.ई.वोडे ईचोट के तीस पैसा ।३० वि.खिल शर्मा तिमिल्सिना भू.पु.ई कटुन्जे के मोरू दस पैसा ।१०
इति सम्वत् २०१५ साल फाल्गुन २० गते रोज ३ शुभम् ।