निर्णय नं. २८ - मात थैली बुझाई पाउँ

निर्णय नं. २८ ने.का.प. २०१६
डिभिजन बेञ्च
न्यायाधीश श्री रंगनाथ उप्रेती
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
दे.सि.नं. १४५
निवेदक : प्रताप गिरी
विरूद्ध
विपक्षी : परमानन्द उपाध्याय
मुद्दा : मात थैली बुझाई पाउँ
(१) नासिएका सक्कल कागज अङ्गमा दाखिल गरिसकेको भनी ऐन सवालबमोजिमको अड्डाको भर्पाई दाखिल गर्नुपर्ने, दाखिल नभएमा सो दाखिल गर्न नसक्नेले सच्चा कुरामा चलेको नदेखिने ।
अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकोले शुरूको राय फैसलाबमोजिम यिनी प्रतिवादी सच्चा कुरामा नचली अंक बढाई हाल दावी गरेको प्रष्टै देखिन आएको ।
(प्रकरण नं. १२)
(२) साहु आसामीको ६ नं.–उमेर नपुगेका १६ बर्ष मुनिका नावालकसँग गराई लिएको लिखत ऐनले सदर नहुने ।
उमेर नपुगेका १६ बर्ष मुनीका नावालकसँग गराई लिएको लिखत साहु आसामीको ६ नं.का ऐनले सदर नहुने हुँदा ऐनले सदर नहुने सो लिखत प्रमाण लागि जग्गामा प्रतिवादीको हक पुग्नै नसक्ने ।
(प्रकरण नं. १२)
(३) उमेर पुगेपछि हक टुट्ने हदम्याद नाघ्ने कुनै श्रेस्ता दर्ता देखाउन नसकेमा श्रैस्ता दर्ता नसरेसम्म ऐनले हदम्याद लाग्न नसक्ने देखिएमा हक नटुट्ने र नावालक अवस्थामा बन्धकी लिएको थैली दाखिल गरेमा बुझ्नु पर्ने ।
वादीको उमेर पुगेपछि ऐनबमोजिम हक टुट्ने हदम्याद नाघ्ने कुनै लिखित दर्ता श्रेस्ता छ भनी प्रतिवादीले देखाउ नै नसकेको श्रेस्ता दर्ता नसरेसम्म नावालक अवस्थामा भोगवन्धकी भनी भोग गर्न दिएको जग्गा ऐनले हदम्याद लाग्नै नसक्ने हुँदा म्यादमा उजुर नगरेकोले वादीको हक पुग्दैन भन्ने शुरू देखि प्रधान न्यायालय सिंगलबेञ्चसम्मको रायसँग यसबेञ्चले सहमत गर्दैन । वादीको हक टुटेको लिखत दर्ता श्रेस्ता बेगर जग्गामा प्रतिवादीको हक पुग्न सक्तैन । वादीले नावालक अवस्थामा बन्धकी भनी लिएको थैली मोरू १००। दाखिल गरिसकेको देखिँदा सो थैली प्रतिवादीले बुझी लिनु पर्ने । जग्गा वादीको हक ठहर्छ ।
(प्रकरण नं. १२)
वादी तर्फबाट : विद्वान प्लीडर श्री हेरम्बप्रसाद उपाध्याय
फैसला
१. यसमा रावल चौर भन्ने खेत तिरो रू. १।७१ को जग्गा ८५।८६ साल के मा हो रू. १००। को मातमा खान दिएको पछि सो जग्गाको रूपैयाँ बुझ भन्दा नबुझेबाट मेरो उजुर परी साविक दैलेख अदालतमा कारवाई चलेको मुद्दाको किनारा नहुँदै आन्दोलनले मिसिल पोली दिएको हुनाले अघि ०६।११।२६ मा धरौट राखेको कं.रू. १००। को धरौटी दिएमा उजुरी लिई ठहरेबमोजिम हुने भन्ने ०७।१०।२० मा पन्च अफिस समेतबाट तोक लागेकोले सो तोक समेतको सक्कलै टिप्पणी पेश गरेको छ । प्रतिवादीलाई म्याद बुझाई पाउँ भन्ने समेत ०७।१०।२८ को वादी ।
२. वादी दावीको जग्गा ८४ साल चैत्र महिनामा हो । यो प्रतापले मबाट रू. ५००। लिई सो खेत फाछर्ये लेख्नै परेपछि रू. १००। मारिएको भनी उजुर दिएको । फाछर्ये यही हो भनी मैले प्रमाण दिंदा सद्दे किर्र्ते के हो भनी सुनाउदा कागज सद्दे हो तर म अंकअक्षर नजान्ने हुँदा मात पारिएकोमा अंक बढाई फार्छ्या गरेछन । सो गरेमा उजुर गर्छु भनी उजुर गरी सो मुद्दामा समेत कारवाई चली रहेको कागज हुँदा ०७ साल माघमा मिसिल पोलिएको सो मिसिलमा तालुकदारले गरी दिएका रसिद र फार्छ्या समेत पेश भएको फार्छेय नभएको हुँदा झुट्टा उजुर गरेको हो भन्ने समेत प्रतिवादी बयान रहेछ ।
३. बुझिएका प्रमाण परिबन्दबाट उजुर गर्ने हदम्याद नाघी सकेको देखिएकाले समेत बन्धकी बुझाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने पंच दैलेख अदालतले ०८।१।२१ मा फैसला गरेको रहेछ ।
४. दर्ता नम्बरी समेत बुझी नदिई अन्यायसँग हराई छिनेमा चित्त बुझेन भन्ने समेत वादीको अपील ।
५. इन्साफ शुरू अदालतको मनासिव ठहराई नेपाली कांग्रेस अन्तरिम सरकार दैलेख बुल्लुसुर खेत समेतको अपील सुन्ने अड्डाबाट ०८।५।५।३ मा फैसला गरेको रहेछ ।
६. दर्ता श्रेस्ता समेत कौनै नबुझी शुरूको इन्साफ सदर गरी छिनेमा चित्त बुझेन भन्ने वादीको अपील ।
७. यसमा शुरू अदालतको इन्साफ सदर गरी उक्त अपील अड्डाबाट छिनेको इन्साफ मनासिव ठहराई प्रधान न्यायालय सिंगलबेञ्चबाट ०१२।१०।१७।३ मा फैसला गरेको रहेछ ।
८. प्रधान न्यायालय सिंगलबेञ्चबाट शुरू अपील समेतको इन्साफ सदर गरी फैसला गरेमा चित्त बुझेन एक पटक इन्साफ दोहर्याई पाउँ भन्ने समेत वादी प्रताप गिरिको तो.नं. ४३ को निवेदनपत्र रहेछ ।
९. यसमा व्यहोरा साँचो भए स्थगितमा रहेकोमा निवेदन समेत यसै साथ राखी पेश गर्नु भन्ने समेत श्री माननीय रजिष्ट्रारज्यूको ०१४।२।३।३ को आदेश रहेछ ।
१०. यसमा प्रताप गिरीले चढाएको स.डो.नी.नं. ४३ को निवेदनपत्रको व्यहोरा पेश भयो । २०१४ साल वैशाख १० गतेको शाही आदेशबमोजिम मुद्दा दोहराई हेर्न लगतमा दर्ता गरी मिसिल झिकाइ कजलिष्टमा चढाई पेश गर्नु भन्ने स.अ.सिंगलबेञ्चबाट ०१४ साल आषाढ २९।६ को आदेश रहेछ ।
११. यसमा राजिनामा भए कम बुझाएको रसिदमा जिम्मावालले राजिनामा भनी लेखि लिनु दिनुपर्ने । सो नभएको राजिनामा गर्दाको उमेर वादीको १६ बर्ष मुनीको र जिम्मावाल र धेरै जसो सरजमिनले पनि बन्धकी नै भएको हुनाले राजिनामा अरू सबुद प्रमाण भए लिई आउनु भनी छलफलमा भगडीया झिकाई निर्णयलाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको ०१४।८।६।५ को आदेश रहेछ ।
१२. यसमा निवेदक प्रताप गिरी र छलफलमा झिकाइ आएका प्रतिवादी परमानन्दको वारिस मुकुन्दप्रसाद समेतलाई राखी पेश हुन आएको यस मुद्दामा वादी प्रताप गिरीको निवेदनपत्रहरू और अपील जिकिर र निज वादी तर्फबाट राखेको विद्वान प्लीडर हेरम्बप्रसाद समेतको बहस समेत सुनी विचार गर्दा, वादी निवेदककै बिन्तिपत्र अपील लेखनबाट प्रतिवादीले राजिनामा भनी सक्कल कागज पेश गरी अघी तहकिकात भएकोमा । सो लिखतमा परेको सही नै मेरो हैन । किर्ते हो भन्न नसकी झुक्याए छन भन्ने बयान गरेको देखिनाले हाल लिखत क्रान्तिमा परी सक्कल दाखिल हुन नसकेतापनि अघी नै तहकिकात भई राजिनामामा परेको सहीमा स्वीकार गरेको देखिनाले सो राजिनामाबमोजिम प्रतिवादीको हक पुग्ने वादीको हक नपुग्ने ठहराएको शुरू अपील तथा प्रधान न्यायालय सिंगलबेञ्चको राय इन्साफ मनासिव भन्न कानूनले नहुने कारण कतिले भने अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकाले शुरूको राय फैसलाबमोजिम यिनी प्रतिवादी सच्चा कुरामा नचली अंक बढाई हाल दावी गरेको प्रष्टै देखिन आएको र सोही फैसलामा लिखत गरी दिने वादीको उमेर लिखत गरी दिएको टायममा १६ मुनि १३ बर्षको कायम गरी शुरूले छिनेकोमा चित्त बुझाई बसेका र हाल बहसमा समेत उस टायममा १६ बर्ष नाघेको ऐनबमोजिम लिखत गर्ने अवस्था पुगेको कुनै प्रमाण देखाउन बताउन नसकेकाले लिखत गर्ने टायममा १६ बर्ष मुनी १३ बर्षकै अवस्था लिखत गराएको प्रमाणित हुन आएको र त्यसमा उमेर नपुगेका १६ बर्ष मुनीका नावालकसँग गराई लिएको लिखत साहु आसामीको ६ नं. का ऐनले सदर नहुने हुँदा ऐनले सदर नहुने सो लिखत प्रमाण लागि जग्गामा प्रतिवादीको हक पुग्नै नसक्ने र वादीको उमेर पुगेपछि ऐनबमोजिम हक टुट्ने । हदम्याद नाघ्ने कुनै लिखत प्रमाण दर्ता श्रेस्ता छ भनी प्रतिवादीले देखाउनै नसकेको श्रेस्ता दर्ता त्यस्तो नसरेसम्म नावालक अवस्थामा भोगबन्धकी भनी भोग गर्न दिएको जग्गा ऐनले हदम्याद लाग्नै नसक्ने हुँदा म्यादमा उजुर नगरेकोले वादीको हक पुग्दैन भन्ने शुरूदेखि प्रधान न्यायालय सिंगलबेञ्चसम्मनको रायसँग यसबेञ्चले सहमत गर्दैन । वादीको हक टुटेको लिखत दर्ता श्रेस्ता बेगर जग्गामा प्रतिवादीको हक पुग्न सक्तैन । वादीले नावालक अवस्थामा बन्धकी भनी लिएको थैली मोरू. १००। दाखिल गरिसकेको देखिंदा सो थैली प्रतिवादीले बुझी लिनुपर्ने जम्मा वादीको हक ठहर्छ । सो ठहर्नाले तपसीलका कलममा तपसीलबमोजिम गरी मिसिल बुझाईदिनु ।
तपसील
प्रतिवादी परमानन्दमाथि इन्साफ खण्डमा लेखिएबमोजिम बुझी लिनु पर्नेमा बन्धकी थैली मोरू. १००। बुझी नलिई मोरू. ५००। को राजिनामा भनी जिकिर गरेकाले थैली बढाएतर्फ शुरू अदालतले नै सजाय गरिसकेको देखिएकोले त्यसतर्फ केही गर्नु नपर्ने र बन्धकीलाई राजिनामा भनेतर्फ राजिनामा नठहरी बन्धकी ठहरिएकोले बुझी लिनुपर्ने बन्धकी थैली रू. १००। बुझी नलिएको हुँदा साहु आसामीका ५४ नं का ऐनले तजविजी मोरू. पाँच दण्ड हुन्छ । वारिस हुँदा ऐनबमोजिम असुल गर्नु भनी अ.त.दे.फाँटमा लगत दिनु । ....................१
अतिवादी परामानन्द पाध्याके शुरू दैलेख अदालतका ०८।१।२१।६ का फैसलाले लिने गरेको जिताउरी मोरू. १। एक हाल नलाग्ने हुँदा ऐन सवालका रीत पुर्याई फिर्ता गरी दिनु भनी दैलेख अदालतलाई पुर्जी गर्न अ.त.दे.फाँटमा लगत दिने ....................२
देहायका मानिसहरूके दैलेख अदालतका ०८।१।२१।६ का फैसलाले गर्ने गरेको देहायबमोजिमको जरिवाना नलाग्ने हुँदा असुल भए फिर्ता गरीदिने र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी दैलेख अदालतलाई पुर्जी गर्न अ.त.दे.फाँटमा लगत दिनु .......................३
दैलेख पुर्तीगाउँ बस्ने सिपेप्रसाद जैसीके ६५ को कलम–१ ऐ बस्ने हर्कराम जैसीके मोरू. १। को कलम १
वादी प्रताप गिरीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम बन्धकी थैली तिर्नु बुझाउन पाउने ठहरिएका शुरू अदालतले गर्ने गरेको दण्ड मोरू. १०। र अपील अड्डाले गर्ने गरेको रू. १। अड्डै प्र.न्या. सी.बेञ्चका फैसलाले गर्ने गरेको मोरू. ।५० पैसा समेत जम्मा मोरू. ११।५० नलाग्ने हुँदा ऐन सवालका रीत पुर्याई फिर्ता गरी दिनु भनी दैलेख अदालतलाई पुर्जी गर्ने ऐजन ............४
वादी प्रताप गिरीके प्रतिवादी परमानन्द पाध्यालाई मात थैली बुझाई पाउँ भनी दैलेख अदालतमा मोरू. १००। वापत कं.रू ९५। रूपैंया ०६।११।२५।४ मा धरौट राखेको दै.अ.का भर्पाईबाट देखिएकाले उक्त थैली परमानन्दलाई दिलाई जग्गा निखन्न दिनु लाउनु भनी दै.अ.लाई पुर्जी गर्न अ.त.दे.मा ऐजन ........५
इन्साफ उल्टिमा शुरू अपील समेतलाई केही सजाय गर्नु पर्दैन ....................६
इति सम्वत् २०१५ साल बैशाख २९ गते रोज १ शुभम् ।