निर्णय नं. २९ - घूस

निर्णय नं. २९ ने.का.प. २०१६
डिभिजन बेञ्च
(अपील पहिला ऊपर)
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
फु.ठा.नं. ४३
अपीलाट : भ्र.नि.अफिसर
विरूद्ध
विपक्षी : विष्णुमान तुलाधर
मुद्दा : घूस
(१) शंकाको भरमा अपराधि ठहर्याउने नहुने– अपराधमा सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्ने ।
शंकाको भरबाट अंजामले कुनै व्यक्तिलाई अपराधि ठहराई सजाय दिन न्यायसंगत कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नुपर्छ ।
(प्रकरण नं. २७)
(२) सरकारी कर्मचारी उपर लगाएको घूसको अभियोगमा–दिइएको मुख्य साक्षीको बयान र अभियुक्तको अड्डैका मानिसहरूको मुचुल्का पनि–नियमबमोजिम खडा भएको श्रेस्तालाई झुठ्ठा गराउने देखिएमा–विश्वास गर्न लायक प्रमाण मान्न नहुने र उन माथि लगाएको सवै आरोप मिथ्या सावित हुने ।
डि.लक्ष्मीबहादुर वन बिभागको बहालवाला कर्मचारी देखिन्छ । तर त्यस्ता कर्मचारी अफिसमा हाजिर भए नभएको सवाल नियमले टायममा अधिकारवालाले हाजिर लिई कागजी लिखित श्रेस्ता राख्ने व्यवस्था बाँधिएको देखिन्छ र सो बमोजिम लिखित श्रेस्ता भएको उक्त १४ गतेको डि.लक्ष्मीबहादुरको हाजिरी फाराम नक्कल पनि मिसिल सामेल छ । जसबाट ९ गते देखि १८ गतेसम्म अड्डामा उपस्थित नभई गैर जनिएको छ । १२ गते अड्डामा थिएनन् भन्ने मुख्य गवाहीको बयानले पनि बताईरहेको छ । ९ गते देखि १३ गतेसम्म अड्डामा नगई गैर रहने मानिसले घुस लिने र दिने कुरा निश्चय गरेपछि अन्यत्र लिनसम्मको जमानी सारा अड्डैको सामुन्ने लिने अघिल्लै दिनदेखि लिन इच्छा गरी अड्डामा १४ गते हाजिर हुन गए । अड्डामा रूपैयाँ मागे नदिएबाट घरमा आए भन्ने मुख्य गवाहीको र आफ्ना अधिकारको अड्डामा सवाल नियमबमोजिम खडा हुने लिखित प्रमाण श्रेस्ताबाट अड्डामा उपस्थित नभए गइरहेको मानिसलाई अड्डामा हाजिर हुन आएका थिए भन्ने उक्त अड्डाका कर्मचारीको भनाई लिखित सबुदबाटै मिथ्या र अदालतले प्रमाणमा विश्वास गर्न लायक देखिदैन र डि.लक्ष्मीबहादुर १४ गते वन बिभागमा थिएनन् भन्ने प्रत्यक्ष प्रमाण देखियो । डि.लक्ष्मीबहादुर वन बिभागमै नभएपछि १३ गते देखि नै १४ गते वन बिभागमा डि. लक्ष्मीबहादुरसँग भेट गर्ने । १४ गते वन बिभागबाट डि.लक्ष्मीबहादुर मोटर चढी आए भन्ने मुख्य गवाही अम्बिका विष्णुदास, भुवन, ड्राइभर, वन बिभागका कर्मचारीको भनाई लेख बिलकुल झुठ्ठा सावित हुन्छ । जहाँ डि.लक्ष्मीबहादुर मौकामा गएकै छैनन् भन्ने डि.लक्ष्मीबहादुर बाहिर बसी उनका सट्टा विष्णुमान रूपैयाँ लिन भित्र गएको भन्ने आरोप मिथ्या सावित छ ।
(प्रकरण नं. २७)
(३) मुख्य गवाहीको बयान–अरू बयानहरूबाट मिथ्या देखिएमा–उनले दिएका अरू साक्षी पनि उनी सित पूर्व कनेक्शन भएको र बेसरोकारी खडा गरिन सक्ने देखिएमा–यस्ता साक्षीको बयान पनि अमिल्दो देखिएमा–मुख्य सवालहरू पनि दाखिल हुन नसकेमा–मौकामा पक्रिएको अभियुक्त बाहेक अरूको खिलाफ भित्र बयान सवुत साक्षी पर्याप्त मान्न नहुने ।
मुख्य गवाही अम्बिकाप्रसादको शुरू रिपोर्टमा डि.लक्ष्मीबहादुरको नाम बाहेक अरूको नाम छैन । पछि गरेको बयानमा जयन्द्रबहादुरले अरूको मुख टाल्नु पर्छ भनी लेखेको चिठ्ठीको आधारमा ११ गते बोलाउन पठाएबाट होटेलमा गएँ । हेरी १३ गते पनि होटलमा जम्मा भई रूपैयाँ मागेबाट होटेलमै पर्खाई पुलिस गोश्वारा विशेष पुलिस अफिसर सिंहदरबार आई.जी.पी.सँग भेटी कुरा गरी आएँ । १४ गते म घरमा आइ प्रबन्ध मिलाई बाहिर निस्कन लाग्दा देउडीमा ६०७ नं. को मोटर आएको देखी आएछन भन्ने सम्झी घर फर्के । विष्णुदास विष्णुमान, भुवन आई ठीक छ भनी जाँची हेरी गएर पछि देउडीमा जीपमा लक्ष्मीबहादुर जयन्द्र देवबर आएको भेटेर उनका अडरबमोजिम विष्णुदास, विष्णुमानलाई लिई घर भित्र गएँ भन्ने बयान छ । त्यस बयानबाट १३ गते अड्डैको टाएममा डि.लक्ष्मीबहादुर होटलमा भेट भएकोबाट अड्डामा नगएको र रुपैया लिने दिने कुरा भई सो लिन दिन १४ गते अड्डामा लक्ष्मीबहादुर हाजिर हुन गए । अड्डैमा बसी रूपैया मागेको । नदिएबाट डि.लक्ष्मीबहादुर देववर जयन्द्र साथै मोटर चढी देउडीमा आएको र ६०७ नं. कै मोटरमै आउँछन भन्ने कुरा अम्बिकालाई पहिले नै थाहा भएको भन्ने कुरा जनाउँछ । सरकारतर्फको यस मुद्दाको अरू साहदत भुवन, ड्राइभर विष्णुदासका बयानबाट जयन्द्र मोटर चढी आएको भन्ने मुख्य गवाही अम्बिकाको बयानलाई मिथ्या जनाउँछ ।
६०७ नं. को मोटर देख्नासाथ आएछन भन्ने अम्बिकाको लेखबाटै अभियोगीहरू सोही नम्बरको मोटरमा आउँछन भन्ने पहिलेनै जानक थियो । सो लेखबाटै अम्बिकाको जानकारी बाहेक अभियोगीहरू किराय मोटरमा अचानक आएका भन्ने सवैको लेख मिथ्या नै छ भन्ने प्रष्ट गराउँछ । अम्बिकाले मोटर बन्दोबस्त गरी पठाउने सल्लाह भई पठाएको भन्ने देखिदैन । सल्लाह नभई आफू खुशी आउने मानिस मोटरमै आउँछन । यही मोटरमा आउँछन भन्ने कुरा सो मोटरवालासँग अम्बिकाको कनेक्शन नभए कसरी अम्बिकाले सम्झनु ? त्यसबाट सो मोटरवाला ड्राइभर पहिले देखिनै अम्बिकाको कनेक्शन भएको मानिस रहेछन भन्ने संकेत हुन आएको र भुवन भन्ने बीचको बेसरोकारी सबुद खडा हुनसम्म सक्ने मानिस देखिंदा निजहरूको बयान शंकोचीने हुँदा निश्चयको प्रमाणमा लिन नहुने । त्यसमा सरकारतर्फका सबुद भुवन ड्राइभर समेतबाट अभियोगी जयन्द्रबहादुर सिंहदरबारबाट मोटरमा मौकामा आएकै देखिदैन । साविती विष्णुदासले पनि मोटरमा आएका भन्न सकेका छैनन् र मौका देउडीमा उपस्थित भएको भन्नेसम्म देखाउँछन । सो ठाउँमा सोही टाइममा ठीक कसरी आई पुगे ? सो कारण परिबन्द खोली भन्न सकेको देखिदैन र पहिले बयानमा सो कुरा भन्न नसकी डि.लक्ष्मीबहादुरको अडरले गएको भन्ने बयान गरी सकेपछि मात्र प्रसंग अमिल्दो । डि.लक्ष्मीबहादुरले पठाएको होइन । जयेन्द्रबहादुरले पठाएको भन्ने बयान गरेबाट उनको बयान साँचो मात्र गर्ने मानिस नदेखी निजको बयान नै पक्का प्रमाण मात्र नभएको मुख्य जयन्द्रबहादुरलाई अभियोगी प्रमाणीत गर्ने निजकै हस्ताको चिठ्ठी छ भनी प्रमाण दिएको । सो दाखिल गर्न नसकी मुद्दा चलाउन मिथ्या कुरै लेखेको सिद्ध हुन आएबाट जयन्द्रबहादुरले चिठ्ठी लेखे । होटेलमा बोलाए । मौका देउडीमा मोटर चढी आए । रूपैयाँ लिन विष्णुदासलाई पठाए भन्ने अम्बिकाको लेख विष्णुदासको भनाई साँचोमात्र नभई भुट्टा सावित हुन आउने देववरले रूपैयाँ लिने खाने कुरा गरे मागे भन्ने अम्बिकाकै कुनै लेखमा नभएको उक्त लेखिएबमोजिम डि.लक्ष्मी बहादुरका साथ मोटर चढी सिंहदरबारबाट आएका भन्ने कुरै बेप्रमाणीक भएकाले देववर कसुरदार भन्ने कुनै लेख सबुद नहुँदा डि.लक्ष्मीबहादुर जयन्द्रबहादुर, देववर समेत कसुरदार भन्ने सबुद नपुग्ने ।
(प्रकरण नं. २७)
(४) अभियुक्तहरू मौका वारदातमा गिरफ्तार भएमा–कसुर गरेकै ठहर्ने ।
विष्णुदास विष्णुमान गैरसरकारी मानिस भए तापनि अम्बिकाप्रसादका घरमा रूपैयाँ लिन गए । लिन लागेकै मौकामा गिरफ्तार भएकोले निजहरू आफैंले लिन इच्छा गरी लिएको ठहराई अपील पहिलाले गरेको इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. २७)
(५) भ्रष्टाचार निवारण ऐनको दफा ६ गैरसरकारी मानिसले भ्र.नि.ऐनको दफा ५ बमोजिम कसुर गरेमा लाग्ने भ्र.नि.ऐनको दफा ३ नलाग्ने ।
गैरसरकारी मानिसले लिए खाए भ्रष्टाचार गरेमा भ्रष्टाचार निवारण ऐनको ५ दफाको कसुर सावित ठहरी त्यस्तालाई ६ दफाबमोजिम ५००। दण्ड अपीलबाट ३ दफा लगाई कैद बर्ष १ दण्ड मोरू १०००। का दरले गरेको बढी देखिएकाले ।
(प्रकरण न..२७)
सरकार तर्फबाट : गभर्नमेन्ट एडभोकेट
विपक्षी तर्फबाट : विद्वान वकिल श्री हेरम्बप्रसाद
फैसला
१. अंशबण्डाको बकसपत्र जालसाजी देवीप्रसाद समेतले गराएका थिए । सो बारे नारदमुनी मन्त्रिज्यूमा निवेदन दिएकोमा वन बिभागका डिट्ठा र अरू सेक्रेटरी समेत मिली जालसाजी ठहराईएको आदेश मलाई दिन ५ हजार चाहिन्छ भने ऐन सवालबाट जालसाजी ठहर्नेमा रजिष्ट्रेशनलाई हात लिई सदरै गर्ने भएकोले नोट रू. २ हजार पाउँ । घुस्याँहालाई खतम गर्न नसके ऐन सवालबमोजिम सजाय सहुँला अम्बिकाप्रसादको निवेदन रहेछ ।
२. अम्बिकाप्रसादका जाहेरीबमोजिम घुस लिने खानेलाई पक्राउ गर्न प्रमाणपत्र लिई जाँदा ४ बजे मोटरको आवाज सुनी अम्बिका तल ओर्ली १५।२० मिनेट कुरा गरी पक्राउ भई आएका मानिस लिई ३ तला माथी सुत्ने कोठामा बसी चिया खाने कुरा गरी रूपैयाँ झिकी ल्याई १ हजार जयेन्द्रबहादुरलाई १ हजार डिट्ठा र देवबरलाई दिनुभनेको सुनी इन्सपेक्टर भनेको आवाजमा जाँदा तीनै जनालाई घेरा दिई विष्णुदासलाई २ हातमा समाएकाले केही गर्न सकेन । भुवनमानले पनि सोहीबमोजिम विष्णुमान नोटको बिटो लिएको मेचमा बसे । बसेको निवेदन लिएको समात्न खोज्दा फ्याँकेकाले निजलाई समेत समाई भएको व्यहोरा रिपोर्ट गरेकाछौं भन्ने समेत भ्र.नि.का इन्सपेक्टर तुलाबहादुर समेतको रिपोर्ट रहेछ ।
३. बाबु रामानन्दका ४ छोरामा जेठा नारायणप्रसाद, माहिला इश्वरी निवास साहिला देवीप्रसाद कान्छो म अम्बिकाप्रसाद आमा इन्दुकुमारी समेतको ५ अंश भई ११ साल श्रावण ५ गते रजिष्ट्रेशन बोलाई बण्डापत्र पास भएकोमा ऐजन १३ गते आमा परलोक हुनभयो र क्रिया सकी आमाको भाग बण्डा गरौ भन्दा ७ गतेको शेष पछिको बकसपत्र देखाए । सवैको मञ्जुरी नभएकाले साहिंलाको न्यायतर्फ र मैले मन्त्रिज्यूमा निवेदन दिंदा सेक्रेटरी जयन्द्रबहादुरले रजिष्ट्रेशनका व्यक्तिलाई बोलाई कुरा बुझी तोक लगाउन लक्ष्मीबहादुरलाई बोलाउन आज्ञा दिनु भई बकसपत्रको नक्कल लिई भोली आउँनुस भने । जयन्द्रलाई दिई भोलीपल्ट हेर्दै छु भने । मन्त्रिज्यूले पनि चाँडो गर्ने आश्वासन दिनु भयो । जयन्द्रले मलाई चाहिंदैन अरूको मुख टाल्नु पर्छ भनी चिठ्ठी लेखेका थिए । भाद्र ११ गते म घरमा थिएँ । ५।। बजे रन्जनामा जयन्द्रले बोलाएको छ भनी बोलाउन आए । जाँदा जयन्द्र डी लक्ष्मीबहादुर विष्णुमान, विष्णुदास देववर खाना खाईरहेको रहेछन र तोक डिठ्ठाले जयेन्द्रलाई पढी सुनाई जेपमा राखेर गए । जयेन्द्र र विष्णुदासले मलाई बोलाई भने रू. ५ हजार ठीक गर्नु पर्यो भने । मैले २ हजार दिन्छु भने । पर्सिपल्ट लेखिएका मानिस जम्मा भई ठीक छ भने । ठीक छ भनी भ्र.नि.बाट नम्बर टिपी नोट रू. २ हजार लिई आएँ । इन्सपेक्टर लुकाई राखी बाहिर निस्कदा ६०७ नं. को मोटर आएको देखि भेटी रूपैयाँ लिई आउनु भनी आदेश दिई डिट्ठाको सट्टा विष्णुमान र जयन्द्रको सट्टा विष्णुदासलाई अराएर भुवनमान समेतका ३ जना आएर जयन्द्रको १ हजार विष्णुदासलाई र डिट्ठाको विष्णुमानलाई दिई कागज ल्याउ भन्दा नदिएकाले इन्सपेक्टर बोलाई मलाई समेत पक्राउ गरी ल्याएको हो । घुस लिनेलाई सजाय गरी पाउँ भन्ने समेत अम्बिकाप्रसाद गिरीको बयान रहेछ ।
४. मेरो ७०६ नं. को जीप ट्याक्सीमा चलाएकोमा १ टीप सिंहदरबारमा ल्याएर ओराले पछि विष्णुमान र विष्णुदास शहर जाने भनी मेरो जीपमा चढी गए । नयाँ सडक पीपलको बोट अगाडि ओर्लेर भूवन भन्नेलाई त्यसैमा राखी ३ जना जितसिंहको पसल निर ओर्लेर पछि २ जना मोटरमा जाने भनी सिंहदरबारमा पुगी ओर्ले पछि भुवन, विष्णुदास अर्को १ जना र ढोका निर १ जना त्यसैमा राखे । नयाँ सडकको ढोका निर ओर्ले । म फेरी गए भन्ने डा.रत्न मानको बयान रहेछ ।
५. आज २ बजे जुद्ध सडक जुत्ताको पालिस लाउने पीपलको बोट निर बसेकोमा टुँडिखेलबाट ७०६ नं. को मोटरमा विष्णुमानन्धर र नचिन्हेको विष्णु तुलाधर आए । १ जना त्यही ओर्ले र विष्णुमानन्धर र म सिंहदरबार गई भित्र पसें । १५ मिनेट पछि मन्त्रालयको डिट्ठा समेत ३ जना टुंडिखेल ढोकामा पुगी हामि ओर्लि विष्णु तुलाधरलाई भेटी निजले अम्बिकालाई ल्याए । दैलो नभएको घरमा मलाई तल राखी डिट्ठा विष्णुदास विष्णुमान, सेक्रेटरी अम्बिकाप्रसाद १५।२० मिनेटमा बाहिर निस्केर विष्णु तुलाधर अघि गए । अनि विष्णुमानन्धर गए । १ जनाले बोलाई म गएँ । नोट गिरीले विष्णु तुलाधरलाई दिएको मैले सनेको हुँ भन्ने समेत भुवनमानको बयान रहेछ ।
६. अम्बिकाको घरमा विष्णुमान, भुवनमान घर धनी समेत भई जाँदा भर्याङ मैपक्रेको हो । जागिरको कुरा बुझ्न मन्त्रालयमा गई फर्कि आउँदा विष्णुमान भेटी ६०७ न.को मोटरमा बसी आई नयाँ सडक ढोकामा विष्णुमान ओर्ले । डिठ्ठालाई विष्णुमानले भेट्नु छ भनेकाले मोटरमा बसी आए । म छिडीमा बसे । भुवन बाहिर बसे । लक्ष्मीबहादुर नाउँ नचिनेको कस्को घरमा गए । के कुरा गरी डिट्ठा उही बसी विष्णुमानले चिया खान जाउँ भनी अम्बिकाको घरमा पुगी निज कोठामा गए । १०।१५ मिनेट कुरा गरी विष्णुमानलाई पक्राउ गरी मलाई भर्याङमा पक्रेका हुन । अम्बिकाले कमिजको माथिल्लो जेपमा नोटको बिटो घुसारी दिएको हो । रिस इवी केही छैन । ड्राइभर किलेन्डर भुवनमान, विष्णुमान डिट्ठा भू.पू.सेक्रेटरी देववर समेत थिए । देववर ७/८ दिन भयो खारेज भएको । डिठ्ठा जयन्द्र, देववर, विष्णुमान, अम्बिका माथि के खाए ? थाहा छैन । डिट्ठाले विष्णुमानसँग गई रूपैयाँ ल्याउ भनी पठाएकोले गई भुवन बाहिरै बसे । विष्णुमान मेचमा र म कार्पेटमा बसी चाँडो गर भन्दा चिया खाई जानु भनी नोट झिकी १० कित्ता मलाई दिएकाले राखे । विष्णुमानलाई के कति दिई कागज माग्दा म निस्कन लागें । नोट र कागज खसाल्यो भन्थ्यो जयन्द्रले मलाई र डिट्ठाले विष्णुमानलाई अम्बिकाका साथ पठाएको हो र जयन्द्रलाई मैले बुझाउनु पर्ने हो मुकाबिलामा सावित गर्न सक्छु भन्ने विष्णुदासको बयान रहेछ ।
७. म सिंहदरबार काममा गएकोमा विष्णुमानन्धर मोटरमा बसी आउन लागेकाले निजले बस भनेबाट बसी आएकोमा अम्बिकाप्रसादले चिया खान आउँ भनेकाले घरमा लगेर गिरीले नोट मेरो अगाडि छरेर टिप भने । म टिपदिन भन्दा पुलिस बोलाए । विष्णुदासलाई चिन्हेको छु अरूलाई चिनेको समेत छैन । जयन्द्र इन्द्रप्रसादको नामसम्म सुनेको छु । ड्राइभर किलेन्डर विष्णुदास म थिए । चिया खान जानु भनेकाले म भुवन विष्णुदास गएकोमा म मेचमा बसें । निजहरू ढोकामा उभिए । गिरीले चिया ल्याउँ भनेर नोट ल्याई छरे । के कति विष्णुमानलाई घुसार्न लगेको हुन ? नोट निजले टिपेर ल्याए । मेरा हातमा नोट परेको पनि छैन । लेनदेन मेरा हातबाट दिएको पनि हैन । कस्ले हो ? भन्न सकिदैन । विष्णुदास, इन्द्रप्रसादलाई चिन्छु अरूलाई चिन्दीन । रञ्जनामा गएको भन्ने समेत कुनै छैन । अम्बिकाले मन्त्रिजीलाई भेट गरी देउ भनेकोमा नगराएकाले रिसाएका हुन । निजसँग कुरा हुँदा निवेदनमा तोक लगाउ भन्थे भन्ने समेत विष्णुमानको बयान रहेछ ।
८. ६।७ दिन भयो अड्डामा गएको छैन । ७ दिन मन्त्रिसँग भनी घरमा बसेको छु । भाद्र १४ गते ११ बजे देखि ५ बजेसम्म घरमै छु । सवै कुरा बिल्कुल झुट्टा हो । होटल बुझे थाहा हुन्छ । सवैलाई चिनेको छु । विष्णुदास प्रा.अ.मा काम गर्थे १५।२० दिन भो झिकिएका छन देववर पनि झिकिएका छन सो बिन्तिपत्र कसले सुनाए, कसले आदेश गरे सो कुरा मलाई थाहा छैन । अक्षर कसका हुन तोक मैले लेख्ने गरेको छैन । आदेश गराएको र घुस लिन पठाएको समेत हैन । म घरमा नै भएकाले दावी झुट्टा हो । प्रा.से. इन्द्रप्रसादलाई भनी विष्णुदास देववरलाई बर्खास गराएकाले झुट्टा उजुर गराएका हुन । बन विभागमा हाकिम तहरिर मिलाएकोमा मैले बाहाल गर्न दिन्न भनेकोबाट म अफिसमा जाँदै नगएकोमा गएको भनी लेखेको हुन भन्ने समेत डि.लक्ष्मी बहादुरको भ्र.नि.अ.मा गरेको बयान रहेछ ।
९. जयन्द्रबहादुरले ज्ञानुलाई लखेको चिठ्ठी मेजर ठेकबहादुरजीले रिपोर्ट साथ पेश गर्नु भएको रहेछ ।
१०. सो चिठ्ठी मैले टेकबहादुरलाई दिएको हुँ । जयन्द्रको नोकरले मलाई दिएको हो । चिठ्ठीको लवज र चिठ्ठी किन लेखे सो मलाई थाहा छैन । मेजरलाई देखाउनु भनेकाले देखाएको हुँ कारण थाहा छैन । विष्णुमान भन्नेलाई चिनेको छु । अरु थाहा छैन भन्ने टाइपिप्ट ज्ञानुको बयान रहेछ ।
११. सो भाद्र १४ गते ७।८ बजे बिहान बानेश्वर बस्ने गोबिन्द राज र म साँखु बज्रयोगीनीको दर्शन गर्न पैदल गई रातमा हिरा साहु कहाँ बसी भोलीपल्ट घरतर्फ आएको हुँ । रंजनामा चिया खाएको समेत हैन । म बाहाल छँदै अम्बिकाप्रसादको बकसपत्र बारेको निवेदन आएको थियो । सुनाई मालपोतलाई आदेश पेश गरी देउ भन्ने भएकाले मैले लेखि राखेको हुँ । सही गर्नु भयो भएन याद गरिन । मिति राखेको थिएन । ७ गतेपछिको कुरा मलाई थाहा छैन भन्ने समेत देववरको बयान रहेछ ।
१२. सो २ पानाको चिठ्ठी मैल लेखेको हो । विष्णुदास जागीरे र विष्णुमान चाकडीमा आउने देववर प्रा.से. हुँदा र डि.लक्ष्मीबहादुर दिनदिनै आउने हुनाले म पनि जागिरको आशाले जाने हुँदा चिनेको छु । भुवन र डा. रत्नमानलाई चिन्दैन । अम्बिकाले बिन्तिपत्र मलाई दिएकोमा मैले लिने हैन भन्दा नमानेकाले लिई निजलाई दिएको हुँ । यो निवेदन सो हैन । कुराको सिलसिलामा हेमराजले नराम्रो तोक लेखाएछन भनेकाले सो चिठ्ठीमा मैले लेखेको हो । ज्ञानु बहिनी नाताकी र काजी साहेबको टेकबहादुरजी केही नाताको मानिस हुनु हुन्छ भनी लेखेको हुन । सो तोक गौचरनमा गराएको हुनुपर्छ । १४ गते म र दाज्यू नरेन्द्रबहादुर दक्षिणकालीको दर्शन गर्न गएको छौं । विष्णुदास क्लर्क भएकोमा मैले भनी झिकी दियो भन्ने रिसले झुट्टा उजुर गरेको हो भन्ने समेत जयन्द्रबहादुरको बयान रहेछ ।
१३. ५००० मागेकोमा २ हजारले मञ्जुर भई घुस लिंदा दिंदा मौकामा पक्राउ भई आएको भ्र.नि.कानून १० दफाले मन्त्रिज्यूलाई पनि बात लाग्ने कुरा हुँदा कानूनी कारवाई बेगर निवदनपत्रको भरमा बर्ष दिन खान नपुग्ने भन्ने लेखिएकाले बकसपत्र दिएको जालसाजी ठहर्छ भन्ने हुकुमी तोक दिनु भएकोले भ्र.नि.ऐनबमोजिम बयान लिनु पर्ने भई पुर्जि गएकोमा पुर्जि पनि नबुझी जवाफ पनि नदिएकाले म्याद टाँस गर्दा मौका पाउने हुनाले पक्राउ पुर्जि पठाए पनि हुने भन्ने टिप्पणीमा मनासिव भन्ने टिप्पणी पेश भई आएको रहेछ ।
१४. म जागिर नभएकाले बयान गर्न बाधा पर्र्ने । हूकुमको उक्तिमा कानूनी कारवाई भन्ने भएको । यस अड्डाबाट कानूनी कारवाई गर्न सक्ने नसक्ने के हो ? म मन्त्रिले जवाफ दिन श्री ५ को इजलास र वा प्रधान न्यायालयमा हुनु पर्ने यस अड्डाको हाकिमसँग मेरो रिपोर्ट परी झगडीया भएकाले यस अड्डामा बयान दिन अहिले असमर्थ छु भन्ने भू.पु.मन्त्रि नारदमुनीको बयान रहेछ ।
१५. घुसमा पक्राउ भई आएका मानिस जागिरदार नदेखिएका र निजले पोलेका कर्मचारी इन्कारीमा रहेको । घुस खुवाउन प्रत्यन गरेकोमा विष्णुमान, विष्णुदास, भुवन रिपोर्ट साथ पक्रि आएको । विष्णुदासले पोलेका डि.लक्ष्मीबहादुर वन बिभागमा बहाल भई वारदातको १४ गते दिनको २।। बजे अड्डाबाट निस्केको भन्ने मुचुल्का भई आएको र ड्राइभरको र भुवनको सनाखतमा रिस ईवी देखाउन नसकेको र ज्ञानुद्वारा पेश भएको जयन्द्रको चिठ्ठी र देबवरलाई पक्रेपछि जयन्द्र हाजिर हुन आएको । सो तोक ऐन सवाल विरूद्ध भ्र.नि.नियम मुताविक बकस पाउने समेतलाई हानी हुने कुरा भई जाहेर हुँदा अपीलमा पठाउने निकासा भई आएकोले समेत विष्णुमान, विष्णुदास, भुवन, हिठ्ला देबवर, जयन्न्द्र भू.पू.मन्त्रि नारदमुनी समेत ७ जना ऊपर अपीलमा कारवाई चलाउन सक्ने समेत स.जि.अफिसबाट टिप्पणी गरी अपीलमा पठाएको रहेछ ।
१६. केही खर्च गर्नु पर्छ । पैसा जम्मा गर्नु । अरू पेटमा जयन्द्रबहादुर भन्ने लेखिएको थियो । सो हरायो । भएको व्यहोरा अघिकै बयानमा लेखेको छु । घुस लिनेलाई सजाय गरी पाउँ भन्ने अम्बिकाप्रसादले अपीलमा गरेको बयान रहेछ ।
१७. डुंडिखेलको ढोका निर अम्बिकालाई भेट भयो र सिनेमा हेर्न जान्छु भन्दा चिया खाएर जाउँ भनेकाले जाँदा विष्णुमानलाई भेट भई निजको घरमा गई विष्णुमानलाई मेचमा राखी म भरेङमा उक्लिन लाग्दा चिया ल्याउ भनी कराए । म पुग्न नपाउदै विष्णुमान म समेतलाई पक्री ल्याएका हुन । मैले हैन भन्दा कुटेर लिन पठाएको भन्, छाडि दिन्छु । नत्र जेलमा जान्छौ भनी मे.ज. टेकबहादुरले भनेकाले मैले थाहा छैन । सही गर भनी सही गरेको । सो १४ गतेको बयानमा सुनाई गरेको हैन भन्ने समेत विष्णुदास अपीलको बयान रहेछ ।
१८. सिंहदरवार गई बाँकी तलबको कुरा गरी फर्कंदा विष्णुदास मोटर चढी आउन लागेकोमा बोलाएबाट चढी आएकोमा विष्णुदास कता गए । म घर जान लाग्दा बाटो मुनी दुई जना भेट भई चिया खान जाउँ भनेबाट अम्बिकाको घरमा गई २ तला माथि मेचमा गई बसेको मात्र थिएँ । रुपैया ल्याए । मलाई समात भन्दा मैले समातिन भने विष्णुदास भुबनलाई समेत ल्याई कागज गराए । झुट्टा कुरा गरेमा सजाय गरी पाउँ भन्ने विष्णुमानले अपीलमा गरेको बयान रहेछ ।
१९. मन्त्रि १२ गते टुरिङमा जानु हुँदा विष्णुदास, विष्णुमान, देबवर डी.लक्ष्मीबहादुर समेत भई बस्नु भएको रहेछ । गौचरनमा म, से.इन्द्रप्रसादसँग जाँदा प्लेन चढी सक्नुभएको रहेछ । कुराका प्रसंगमा हेमराजले भनेकाले लेखेको हुँ भन्ने समेत जयन्द्रबहादुरको अपीलमा गरेको बयान रहेछ ।
२०. ७०६ नं. को मोटर चढी विष्णुमानन्धर, विष्णु तुलाधर आए । विष्णु तुलाधर त्यहीं बसे । विष्णुमानन्धर मन्त्रालय गई मन्त्रालयको १ जना डिठ्ठा आएर जाँदा विष्णुदास, विष्णुमान डिठ्ठा सेक्रेटरी दैलो नभएको घरमा गए । म बाहिर बसें । अं.१० मिनेटबाद सेक्रेटरी र डिठ्ठा बाहिर निस्के । अम्बिकाले हामी ३ जनालाई घरमा लगी पुलिसले समाएका हुन भन्ने समेत । अपीलमा गरेको भुवन मानको बयान रहेछ । ९ गते देखि घर बनाउने काममा म आफ्नै घरमा छु । अम्बिकालाई चिनेको छैन । रुपैया लिन पठाएको समेत होईन । लिएबमोजिम मैले गरे भनेको होईन भन्ने डि.लक्ष्मीबहादुरको बयान रहेछ ।
२१. मन्त्रिजी काहाँ प्रा.से.थिएँ । ११।५।७ गते राजिनामा गरी सकेको छु । १४ गते साँखु गई ७।८ बजे आएको हुँ । सो बिन्तिपत्रमा मन्त्रिले भन्ने मैले लेख्ने गरी लेखेको हुँ । कुरा सम्झना छैन । घुस लिन पठाएको समेत होइन भन्ने समेत देबवरको बयान रहेछ ।
२२. सो चिठ्ठी जयन्द्रको नोकरले ल्याएको । ने.क.टेकबहादुरलाई दिनु भनेकाले दिएको हुँ । मुखले केही भनीन भन्ने टाइपिष्ट ज्ञानुको बयान रहेछ ।
२३. विष्णुमानको लेखाईका भरले चिया खान गएको भन्नलाई विष्णुदासले गरेको बयानमा रूपैयाँ लिन गएको भन्ने बयान गरेकाले र इवी अदावत देखाउन समेत नसकेकाले विष्णुदास, विष्णुमानले घुस लिएको ठर्हछ ।
२४. डि.लक्ष्मीबहादुर, जयन्द्र देबवरका हकमा विष्णुमान, विष्णुदासलाई लिन पठाएको भनेको सबुद गुजार्न नसकेकाले र बुझिएका साक्षीले मिलाननै बकेको र जयन्द्र जागिर नभएको समेत मानिसले घुस लिनु दिनुपर्ने आवश्यक समेत नपर्ने हुँदा घुस लिन पठाएको भन्न नभई घुस लिन पठाएको भनी विष्णुदासले गल्ती गरेको ठहर्छ ।
२५. डिठ्ठा लक्ष्मीबहादुरले लिन पठाएको भन्नलाई निज वन बिभागको जागिरे भएको र उक्त आदेशबमोजिम गर्न ऐन सवालले बाधा पर्छ पर्दैन ? बाधा पर्ने भए दोहराई निर्णय भए पछि मात्र जहाँ पठाउनु पर्छ पठाउनु भन्ने र वन बिभागमा बुझाएको मिसिलबाट देखिएको र डिठ्ठा लक्ष्मीबहादुरको हात परेको पनि नदेखिएको । निजले आदेशबमोजिम काम गर्नुपर्ने पनि नभएको । अड्डाबाट गरी दिएको कागज हेर्दा अड्डामा बेटायममा आई १।।, २ बजे उठी गएको । वारदातको दिन कागज बुझेको पनि छ भनी कागज गरी दिएको । हाजिर बुझेमा गैर भन्ने जवाफ आएबाट गैर परेको मानिस अड्डामा गई सहीछाप गरे होला भन्न मनासिव नपर्ने र मन्त्रालयलाई भएको कागज वन बिभागमा जान पनि नसक्ने । सहीछाप भएको कागज देखाउन समेत नसकेकाले र साक्षीले घर बनाउने काममा छन भनी ४ जनाले बकेको समेतबाट भन्न नहुने र देबवरका हकमा ७ गते राजिनामा दिएको भन्ने किताबखानाको जवाफबाट देखिएको । बहाल टुटी सकेपछि भाद्र ९ गतेको मितिमा तोक लेखेको हो कि भन्नलाई आफ्ना पालामा परेका निवेदनमा तोक लेखिसकेपछि हालवालालाई बुझाई भर्पाई लिनु पर्ने नलिई लापर्वाही गरेको ठहर्ने र पक्राउ भई आएका विष्णुदास, विष्णुमानले निजले लिन पठाएको भन्न नसकेकाले समेत घुस लिन पठाएको ठहर्दैन । विष्णुदास अफिसमा जागिरे भएको भन्ने कुरा मिसिलबाट देखिएको र तोक लेखिएको आदेश हात पारी घुस लिन गएको भन्ने कुरा सिद्ध हुन आएको र देबवरले सो निवेदन दिएको सबुद गुजार्न समेत नसकेकाले वादीले दिएको निवेदनपत्र हात पारी विष्णुदास, विष्णुमानले घुस खाएको ठहर्छ । बिष्णुदास, बिष्णुमानलाई कैद कट्टी दण्ड मोरू १०००। का दरले र देबवरले ऐन छाडेमा अ.बं.२८९ नं. बमोजिम मोरू २०। दण्ड गर्ने । अरूलाई केही गर्नु नपर्ने भन्ने समेत अपील पहिलाको ०१३।१।१३ को फैसला रहेछ ।
२६. अपीलको इन्साफमा चित्त बुझेन भन्ने बिष्णुमानको र भ्र.नि.अफिसरको अपील परी पेश हुन आएको यसमा अम्बिकाप्रसादको बिन्तिपत्रमा जो मन्त्रिजीको तोक आदेश भएको छ, त्यस्तो तोक गराउने भनी पक्राउ भई आएका विष्णुदास, विष्णुमानबाट सो तोक आदेश गराउन सक्ने बुझिएसम्मका प्रमाणबाट नदेखिएकोले को रहेछ भनी विचार गर्दा, विष्णुदासको मौका कागजमा जयन्द्रबहादुरले मलाई पठाएको भन्ने समेत लेखिएको । मन्त्रिजी पहिलो पटक मन्त्रि हुँदा प्राइभेट सेक्रेटरी भएको र मन्त्रिजी काहाँ आवत जावत गर्ने गरेको भन्ने र बिन्तिपत्र लिई २ दिन पछि फर्काई दिएको भन्ने पनि जयन्द्रको कागजबाट देखिने र विष्णुदासको कागज भए पछि आफ्नो बचाउ होस भन्ने समेतको भनसुन गराउन चिठ्ठी लेखेको । आफ्नो कसूर नभए त्यस्तो चिठ्ठी लेखी रहनु नपर्ने । सो लेखबाट तोक आदेश गराउने काम निज जयन्द्रबाटै भनसुन गरी भएको र निजले भनेबाट हार्न नसकी घुसको रूपैयाँ लिन गएको रहेछ भन्ने देखिने हुनाले जयन्द्रको हकमा सफाई दिने गरेको र विष्णुदास, विष्णुमानलाई सजायतर्फ पनि निजहरू जागिर बहाल नरहेका ढाक्रे मानिस भई भ्रष्टाचार निवारण ऐनको दफा ३ र अ.बं.२७९ नं. ऐन लागू नहुने । सोही ऐनको दफा ५ ले बात लाग्ने भई दफा २२ को देहाय ४ दफाबमोजिम सजाय हुने र साविती विष्णुदासले डि.लक्ष्मीबहादुरले विष्णुमानलाई पठाएको भन्ने लेखिएको । विष्णुमानले सो कुरा नगरी इन्कारी भएको र निज वन बिभागको जागिरे र सो बिभागको अघिल्लो किसिमको मानिस भएको भन्ने समेत मिसिलबाट गुज्रने र निजलाई घुस दिनुपर्ने अवस्था नदेखिएको समेतबाट र देबवरको हस्ताबाट तोक लेखिएको भए पछि ७ गते बहाल टुटी सकेको ९ गतेमात्र मन्त्रिजीको तोक भएको र देबवरको रुपैया लिन पठाएको भन्ने अम्बिकाको बयानबाट नदेखिएको समेतबाट डि.लक्ष्मीबहादुर देबवरका हकमासम्म सफाई दिने गरेको अपीलको इन्साफ मनासिव भई अरूमा अपीलसँग राय नमिलेकाले जयन्द्रबहादुरलाई छलफलको म्याद दिई झिकाई आएपछि नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने १४।१।२६ को सिंगलबेञ्चको आदेश ।
२७. यसमा अपीलाट विष्णुमानको वा.राम र सिंगलबेञ्चका आदेशबमोजिम झिकाई आएका प्रतिवादी जयन्द्रबहादुर समेत राखी पेश हुन आएको यस मद्दामा सरकारतर्फको विद्वान गभर्नमेन्ट एडभोकेट र विपक्ष जयन्द्रबहादुरतर्फको विद्वान वकिल हेरम्बप्रसादजीले आफ्ना पक्ष तर्फबाट बहस दिनु भयो । बहशका मुख्य मुख्य प्वाइन्ट यी हुन : श्री भू.पू.मन्त्रिज्यूले भ्रष्टाचार गर्नु भयो । उहाँ उपर कारवाई चली सजाय होस भन्ने सरकारको माग छैन तापनि मुख्य गवाही अम्बिकाप्रसादको निवेदन कानूनमा मिल्दो छैन । तापनि सो आदेश अभियोगी देबवरसिंको हस्ताक्षरबाट लेखिएको सिद्ध छ । त्यसमा अर्को मिति छैन । मन्त्रिजीकै दस्तखत भएकै मितिमा लेखिएको प्रमाणित हुन्छ । विपक्ष सवै मन्त्रिजी काहाँ बराबर जाने गरेमा सावित छन । सो आदेश सहितको निवेदन रुलबमोजिम दर्ता भई चलान भएको देखिदैन र २ जना विपक्षीले रूपैयाँ लिन मागेका बखत वारदातमा निस्केको छ । साविती विष्णुदास, ड्राइभर भुवनका बयान सनाखतबाट डि.लक्ष्मीबहादुर, देबवर, बिष्णुदास, विष्णुमान सिं दरवारबाट मोटर चढी आएको भन्ने देखिन्छ र डि.लक्ष्मीबहादुर वन बिभागमा हाजिर थिए । बेटायममा गएको भन्ने अफिसका सवै कर्मचारीको लेख छ । कसूर नभए विपक्षी जयन्द्रबहादुरले मुद्दामा सिफारिस गर्ने चिठ्ठी लेख्नु नपर्ने, लेखेको छ । मौकामा रूपैयाँ लिंदा गिरफ्तार भएका २ जनालाई रूपैयाँ लिनु दिनुपर्ने अवस्थाका मानिस देखिदैन । यस कारण सवै अभियोगीले पैसा खाई भ्रष्टाचार गर्ने इच्छा ती आफ्ना तर्फबाट मानिस पठाएको पनि देखिन्छ । पुलिसका रिपोर्टबाट पनि लक्ष्मीबहादुर देबवर जयेन्द्रलाई समेत दिन भनी दिए लिएको देखिन्छ । मौकाकै कुरा प्रमाणित हो भन्ने र प्रतिवादीको पक्षमा जयेन्द्रको चिठ्ठीमा कसुर गरेको भन्ने छैन। म अन्यायमा पोलिएको छु भन्ने र विचार होस भन्ने कारवाई गर्ने अधिकारवालामा आफु निर्दोषी भएको सच्चा कुरा देखाउन लेखेको कुराबाट कसुरदार भन्ने देखिदैन । सो खिलाफ सबुदमा सामिल हुँदैन । मौका पुलिस रिपोर्ट ठीक देखिदैन । कारण, भित्रको कोठामा जाँदै नगएको भुवन कोठामा गयो भन्ने समेत लेख छ र सो रिपोर्टको लेख अकाट्य प्रमाण छैन । अनुमानी पनि छ । त्यसो हुँदा सो केही प्रमाण छैन । डि.लक्ष्मीबहादुर बाहेक सवै प्रतिवादी गैरसरकारी छन । सो आदेश दिने केही अधिकार छैन । श्री मन्त्रिजीको अधिकार इच्छाको कुरा हो । अरूलाई जवाफदेही छैन । स्वयम मन्त्रिजीले नै लेख्ने देबवर बर्खास्त भएपछि दस्तखत गरी अम्बिकालाई दिएकोमा स्वीकार गर्नु भएको छ । सो कुरामा उहाँलाई नै जवाफदेहि हुनु पर्छ । त्यसबाट प्रतिवादी कसुरदार ठहरिनु पर्दैन । डि.लक्ष्मीबहादुर सो दिन वन बिभागमा हाजिर नभई गैर भएको भन्ने श्रेस्तैबाट देखिएको छ । त्यस्तो लिखित प्रमाण भएको कुरामा सो प्रमाणको विरूद्ध बयान गर्ने सवैको लेख मिथ्या छ । त्यसबाट अभियोगी उपर न्यायमा दवाव डाल्ने प्रयत्न देखिन्छ भन्ने इत्यादी दुबै तर्फबाट विस्तृत बहस दिनु भयो र यो मुद्दामा विचार गरी निर्णय निर्णय दिन बेञ्चलाई धेरै सुविधा प्राप्त भई निर्णयतर्फ विचार गर्दा, जाहेरवाला अम्बिाकाप्रसादको निवेदनमा श्री भू.पू.मन्त्रिज्यू नारदमुनीबाट भएको आदेश पनि ऐन मिल्दो नै देखिएको । डि.लक्ष्मीबहादुर अरू सेक्रेटरी समेतले रूपैयाँ मागेको छन भनी पहिले नै निवेदन दिई सरकार तर्फबाट रूपैयाँ ल्याई पुलिस कर्मचारी समेत राखेकै अवस्थामा उक्त मन्त्रिज्यूकै प्राइभेट अफिसका अघि कामकाज गर्ने क्लर्क विष्णुदास समेत गई रूपैयाँ लिए । लिन लागेकै मौकामा गिरफ्तार भएको र विपक्ष प्रतिवादी डि.लक्ष्मीबहादुर देबवर जयेन्द्रबहादुर मन्त्रिज्यू कहाँ जाने बस्ने भन्ने पनि प्रतिवादीकै लेखबाट प्रमाणित छ र एकदम झुट्टा प्रबन्ध रची प्रतिवादीलाई फसाउनु पर्ने अम्बिकाप्रसाद सँग कुनै प्रत्यक्ष प्रमाणिक कुरा पनि छैन र सो वारदातका टायम निज डि.लक्ष्मीबहादुर देबवर मोटरमा चढी सिंहदरबारबाट आएको भन्ने ड्राइभर भुवनका बयान सनाखत र विष्णुदासका बयानबाट निजहरू मोटरमा आई जयन्द्र वारदात भएको घर अगाडि देउडीमा उपस्थित भएको भन्ने देखिनाले निज ३ जनाले समेत कसुर गरेका छन भन्ने सरकारतर्फको अपील मनासिव हो कि भन्ने सख्त देखिन आउँछ । तर शंकाको भरबाट अन्जामले कुनै व्यक्तिलाई अपराधी ठहराई सजाय दिन न्यायसम्मत् कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्छ । आदेश कानून मिल्दो अमिल्दोको जवाफदेहि आदेश दिने अधिकार प्राप्त भएका श्री मन्त्रिज्यू भईरहने । निवेदन ठाडै लिए आदेश दिए सो आदेश सहितको निवेदन निवेदकलाई दिएमा श्री भू.पू.मन्त्रिज्यूले स्वीकार गर्नु भएको । त्यस तर्फं ६ महिनासम्म सरकार तर्फबाट नहुने भनी जाँचबुझ इन्कारी नै हुन नसकेको । सो आदेश दिन मन्त्रिज्यूबाट कुनै लिनु खानु गर्नु भयो भनी मुख्य गवाई अम्बिकाप्रसादले नै भन्न सक्नु भएको छैन । मन्त्रिज्यूले पवित्र विचारबाटै आदेश दिनु भएको भन्ने उहाँको लेखबाट देखिन आई श्री भू.पु.मन्त्रिज्यू उपर अभियोग सावित गर्न सरकारतर्फको माग छैन भनी सरकारतर्फका गभर्नमेन्ट एडभोकेटबाट बहसमा पनि भन्नु भयो । त्यसमा त अघिको कारवाईमा अभियुक्त जवाफदेहि छैनन् । भविष्यमा वारदात खडा हुन्छ भन्ने ज्ञान पहिले कसैलाई थिएन । वारदात हुनु भन्दा अगावै भाद्र ११ गतेका पत्रबाटै देबवर विष्णुदास ७ गते देखि बर्खास्त भई उनका ठाउँमा अरु मानिस नियुक्ति भईसकेको देखिनाले ७ गते बर्खास्त भएको सिद्ध हुन्छ र अभियुक्ततर्फको विचार गर्दा, विष्णुदास, विष्णुमानले मौकामा रूपैयाँ लिए लिन लागेको अवस्थामा सरकारी कर्मचारीले देख्नु बाहेक अरू सरकारतर्फको प्रतिवादी उपर लगाएको आरोपको सबुद मुख्य गवाही अम्बिकाप्रसाद ड्राइभर रत्नमान भुवन, विष्णुदासको बयान वन बिभागको कर्मचारीको मुचुल्कामै आधारीत छ र सो लेख बयानबाट कस्कस् उपर अदालतले निश्चयको प्रमाण मात्र हुने विश्वास लायक भनाई छ भनी भिडाई हेर्दा मुख्य गवाही अम्बिकाप्रसादको शुरू रिपोर्टमा डि.लक्ष्मीबहादुरको नाम बाहेक अरूको नाम छैन । पछि गरेको बयानमा जयन्द्रबहादुरले अरूको मुख टाल्नु पर्छ भनी लेखेको चिठ्ठीको आाधारमा ११ गते बोलाउन पठाएबाट होटेलमा गई हेरी १३ गते पनि होटेलमा जम्मा भई रूपैयाँ मागेबाट होटेलमै पर्खाई पुलिस गोश्वारा पुलिस अफिसर सिंहदरबार आई.जी.पी.सँग भेटी कुरा राखी आए । १४ गते म घरमा आई प्रबन्ध मिलाई बाहिर निस्कन लाग्दा देउडीमा ६०७ नं. को मोटर आएको देखि आएछन भन्ने सम्झी घर फर्कें । विष्ण्ुादास विष्णुमान भुवन आई ठिक छ भनी जाँची हेरी गएर पछि डेउडीमा जीपमा लक्ष्मीबहादुर जयन्द्र देववर आएको भेटेर उनका अडरबमोजिम विष्णुदास विष्णुमानलाई लिई घर भित्र गए भन्ने बयान छ । त्यस बयानबाट १३ गते अड्डैमको टायममा डि.लक्ष्मीबहादुर होटेलमा भेट भएकोबाट अड्डामा नगएको । र रूपैया लिने दिने कुरा भई सो लिन दिन १४ गते अड्डामा लक्ष्मीबहादुर हाजिर हुन गए । अड्डैमा बसी रूपैयाँ मागेको नदिएबाट डि.लक्ष्मीबहादुर, देबवर, जयन्द्र साथै मोटर चढी देउडीमा आएको र ७०६ नं. कै मोटरमै आउँछन भन्ने कुरा अम्बिकालाई पहिले नै थाहा भएको भन्ने कुरा जनाउँछ । सरकारतर्फको यस मुद्दाको अरू साहदत भूवन ड्राइभर विष्णुदासका बयानबाट जयेन्द्र मोटर चढी आएको भन्ने मुख्य गवाही अम्बिकाको बयानलाई मिथ्या जनाउँछ । डि.लक्ष्मीबहादुर वन बिभागको बहालवाला कर्मचारी देखिन्छ । तर त्यस्ता कर्मंचारी अफिसमा हाजिर भए नभएको सवाल नियमले टाइममा अधिकारवालाले हाजिर लिई कागजी लिखित श्रेस्ता राख्ने व्यवस्था बाँधिएको देखिन्छ र सो बमोजिम लिखित श्रेस्ता भएको उक्त १४ गतेको डि.लक्ष्मीबहादुरको हाजरी फाराम नक्कल पनि मिसिल सामेल छ । जसबाट ९ गते देखि १८ गतेसम्म अड्डामा उपस्थित नभई गैर जनिएको छ । १२ गते अड्डामा थिएनन् भन्ने मुख्य गवाहीको बयानले पनि बताईरहेको छ । ९ गते देखि १३ गतेसम्म अड्डामा नगई गैर रहने मानिसले घुस लिने दिने कुरा निश्चय गरेपछि अन्यत्र लिनसम्मको जमानी सारा अड्डैको सामन्ने लिने अघिल्लै दिन देखि लिन इच्छा गरी अड्डामा १४ गते हाजिर हुन गए । अड्डैमा रूपैयाँ मागे दिएबाट घरमा आए भन्ने मुख्य गवाहीको र आफ्ना अधिकारको अड्डामा सवाल नियमबमोजिम खडा हुने लिखित प्रमाण श्रेस्ताबाट अड्डामा उपस्थित नभई गैर रहेको मानिसलाई अड्डामा हाजिर हुन आएका थिए भन्ने उक्त अड्डाका कर्मचारीको भनाई लिखित सबुदबाटै मिथ्या र अदालतले प्रमाणमा विश्वास गर्न लायक देखिंदैन र डि.लक्ष्मीबहादुर १४ गते वन विभागमा थिएनन् भन्ने प्रत्यक्ष प्रमाण देखियो । डि.लक्ष्मीबहादुर वन बिभागमै नभए पछि १३ गते देखि नै १४ गते वन बिभागमा डि.लक्ष्मीबहादुरसँग भेट गर्ने १४ गते वन बिभागबाट डि.लक्ष्मीबहादुर मोटर चढी आए भन्ने मुख्य गवाही अम्बिका, विष्णुदास, भुवन, ड्राइभर, वन बिभागका कर्मचारीको भनाई लेख बिलकुल झुट्टा सावित हुन्छ । जहाँ डि.लक्ष्मीबहादुर मौकामा गएकै छैनन् भन्ने डि.लक्ष्मीबहादुर बाहिर बसी उनका सट्टा विष्णुमान रूपैयाँ लिन भित्र गएको भन्ने आरोप मिथ्या सावित छ । ७०६ नं. को मोटर देख्ना साथ आएछन भन्ने अम्बिकाको लेखबाटै अभियोगीहरू सोही नम्बरको मोटरमा आउँछन भन्ने पहिलेनै जानकारी थयो । सो लेखबाटै अम्बिकाको जानकारी बाहेक अभियोगीहरू किराय मोटरमा अचानाक आएका भन्ने सवैको लेख मिथ्या नै छ भन्ने प्रष्ट गराउँछ । अम्बिकाले मोटर बन्दोबस्त गरी पठाउने सल्लाह भई पठाएको भन्ने देखिदैन । सल्लाह नभई आफू खुशी आउने मानिस मोटरमै आउँछन । यही मोटरमा आउँछन भन्ने कुरा सो मोटरवालासँग अम्बिकाको कनेक्शन नभए कसरी अम्बिकाले सम्झनु ? त्यसबाट सो मोटरवाला ड्राइभर पहिले देखि नै अम्बिकाको कनेक्शन भएको मानिस रहेछन भन्ने संकेत हुन आएको र भुवन भन्ने बीचको बेसरोकारी सवुद खडा हुनसम्म सक्ने मानिस देखिँदा निजहरूको बयान शंकोचितै हुँदा निश्चयको प्रमाणमा लिन नहुने । त्यसमा सरकारतर्फका सबुद भुवन ड्राइभर समेतबाट अभियोगी जयन्द्रबहादुर सिंहदरवारबाट मोटरमा मौकामा आएकै देखिदैन । साविती विष्णुदासले पनि मोटरमा आएका भन्न सकेका छैनन् र मौका देउडीमा उपस्थित भएको भन्नेसम्म देखाउँछन । सो ठाउँमा सोही टायममा ठीक कसरी आई पुगे ? सो कारण परिबन्द खोली भन्न सकेको देखिदैन र पहिले बयानमा सो कुरा भन्न नसकी डि.लक्ष्मीबहादुरले पठाएको हैन । जयन्द्रबहादुरले पठाएको भन्ने बयान गरेबाट उनको बयान साँचो मात्र गर्ने मानिस नदेखी निजको बयान नै पक्का प्रमाण मात्र नभएको । मुख्य जयन्द्रबहादुरलाई अभियोगी प्रमाणित गर्ने निजकै हस्ताको चिठ्ठी छ भनी प्रमाण दिएको । सो दाखिला गर्न नसकी मुद्दा चलाउन मिथ्या कुरै लेखेको सिद्ध हुन आएबाट जयन्द्रबहादुरले चिठ्ठी लेखे होटलमा बोलाए मौका डेउडीमा मोटर चढी आए । रूपैयाा लिन विष्णुदासलाई पठाए भन्ने अम्बिकाको लेख विष्णुदासको भनाई साँचोमात्र नभई भुट्टा सावित हुन आउने । देबवरले रूपैयाँ लिने खाने कुरा गरे मागे भन्ने अम्बिकाकै कुनै लेखमा नभएको । उक्त लेखिएबमोजिम डि.लक्ष्मीबहादुरकासाथ मोटर चढी सिंहदरवारबाट आएका भन्ने कुरै बेप्रमाणीक भएकाले देबवर कसुरदार भन्ने कुनै लेख सवुद नहुँदा डि.लक्ष्मीबहादुर जयन्द्रबहादुर देबवर समेत कसुरदार भन्ने सबुद नपुग्ने सफाई दिने ठहराई विष्णुदास विष्णुमान गैरसरकारी मानिस भए तापनि अम्बिकाप्रसादका घरमा रूपैयाँ लिन गए लिन लागेकै मौकामा गिरफ्तार भएकोले निजहरू आफैंले लिने इच्छा गरी लिएको ठहराई अपील पलिलाले गरेको इन्साफ मनासिव ठहर्छ । सजायको हकमा गैरसरकारी मानिसले लिए खाए भ्रष्टाचार गरेमा भ्रष्टाचार निवारण ऐनको ५ दफाको कसुर सावित ठहरे त्यस्तालाई ६ दफाबमोजिम ५०० दण्ड अपीलबाट ३ दफा लगाई कैद बर्ष १ दण्ड मोरू १००० का दरले गरेको बढी देखिएकाले समेत तपसीलका कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका मानिसके अ.पै.का. १३।१।१३ का फै.र १३।१।१४ का ल.ले लाग्ने गरेको कैद कट्टी गरी दण्डतर्फको लगत कट्टा गरी माथी लेखिएबमोजिम भई मोरू ५०० का दरले दण्ड हुन्छ । देहायबमोजिम गर्नु भनी अ.न.को.मा लगत दिने ......................१
विष्णुमान तुलाधार का.ई. मासँगल्लोको मोरू ५०० दण्ड हुनेमा १२।४।२८ मा मोरू १००० धरौटी रहेकाले सो मध्येको मोरू ५०० सदर स्याहा गर्ने र मोरू ५०० सय पाँच ऐन सवालको रीत पुर्याई फिर्ता दिने कलम १
विष्णुदास मानन्धर का. ई विष्णुमति पारी के मोरू ५०० दण्ड हुनेमा १३।१।१४ मा अ.न.फ.े फाँटमा मोरू १००० धरौटी रहेकोले सो मध्ये मोरू ५०० सदर स्याहा गर्ने र मोरू ५०० पाँचसय ऐन सवालको रीत पुर्याई फिर्ता दिने कलम २
इन्साफ केही उल्टो भएमा अपील पहिलाका देहायका मानिस के हा.क.१५ नं. ले तजविजी मोरू. १। एक जरिवाना हुन्छ । बहाल हुँदा असुल गर्ने .....................२
हाकिम सु.शंकरप्रसाद रिजाल मोरङ्ग वजारके ६०, ऐजनका अ.ख.रामगोपाल श्रेष्ठ येंगल के २५
ऐजन का. बि.ढुण्डीराज पाध्या का. ई काठमाडौं १५
दण्डमा केही घटी भएकाले विष्णुमानलाई अपील गरे वापतको सजाय गर्नु पर्दैन ..............३
डि.लक्ष्मीबहादुर आमात्यले सफाई पाई फैसला भएको हुँदा सो व्यहोराको जनाउ निजलाई दिनु .........४
निज डि.लक्षमीबहादुरलाई सस्पेण्ड फुकुवा गरी भ्र.नि.ऐन ८ दफाको ख.बमोजिम हाजिर गराई कामकाज गर्न लाउन समेतसम्बन्धी सचीवालयलाई सूचना दिन गृह सचीवालय लेखि पठाई दिनु ........५
भ्र.नि.अफिसरको अपील परेकाले मुद्दा किनारा भएको जनाउ विशप पुलिस बिभागलाई दिनु ............६
नक्कल माग्नेबाट अ.बं.२४८ नं. को रीत पुर्याई दिनु ............................७
मिसिल नियमबमोजिम बुझाई दिनु ......................८
इति सम्वत् २०१४ साल चैत्र ५ गते रोज ३ शुभम् ।