निर्णय नं. ३२ - थैली बुझाइ पाउँ

निर्णय नं. ३२ ने.का.प. २०१६
डिभिजन बेञ्च
(धनकुटा अपील ऊपर)
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय
डि.नं. २२९
अपीलाट, वादी : अकल सिंह जीमी
विरूद्ध
रेस्पोण्डेण्ट, प्रतिवादी : अम्बर सिंह जीमी
मुद्दा : थैली बुझाइ पाउँ
(१) रजिष्ट्रेशनको ३ नं.–कसैबाट जग्गामा हक छुटाई वा बकसपत्र गराई लिएको लिखतमा–रजिष्ट्रेशन पास हुनपर्ने– पास नभएकोमा हक नपुग्ने ।
जब्रुमा जीवितै रहेको भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हक नपुग्ने ।
(प्रकरण नं. ८)
२. अदालती बन्दोबस्तको १०६ नं.–हक नपुग्ने वादीको मुद्दा दायर भई छिनिएको भएमा–फैसला बदर भई मुद्दा खारेज हुने ।
हकै नपुग्ने यो वादीको उजुर अ.बं. १०६ नं. ले लाग्न नसक्नेमा मुद्दा दायर गरी २ अड्डाले छिनेको सदर नहुने हुँदा दुवै अड्डाको फैसला बदर गरी यो मुद्दा खारेज गरीदिनु ।
(प्रकरण नं. ८)
३. जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. र अदालती बन्दोबस्तको ८ र २३६ नं.–लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने ।
वादीले प्रमाण दिएको हेदान्ताको अमाली रणशेरले ल्याप्चे सहछिाप गरी छिनेको फैसला र जयबहादुरले ल्याप्चे सहिछाप गरी गराएको मिलापत्र प्रमाण लिनलाई मुद्दा मामिला हेरी छिन्नु कारवाई गर्नु भन्ने कुरा दुनियाँको जीवनको एक महत्वपूर्ण आधार छ, जसबाट दुनियाँको जेथाको हारजित सजायको भागी बन्नुपर्छ । यसले ऐन सवाल जानेका व्यक्तिलाई नै सरकारले निर्भर गरी सौंपिएको छ । जागिरदार अमालीहरूलाई पनि लेखपढ गर्न जान्नेलाई नै झगडा हेर्न अख्तियार भएको देखिने र वास्तविक लेखपढ गर्न नजान्नेबाट झगडा हेरी कारवाई फैसला गराउँदा सो फैसला निर्णयहरूमा के लेखियो थाहा पाउन नसक्ने भई त्यसबाट जनतामा ठूलो मर्का पर्नजाने सम्भव पर्ने र लेखपढ गर्न नजान्ने ल्यप्चे लगाउनेले फैसला गर्न पाउँछ भन्ने थितिरितिको सनद सवालमा पनि नदेखिएको । अदालती बन्दोबस्त ८।२३६ नं. र जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. ले समेत लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने हुनाले अमाली रणशेर जयबहादुरले ल्याप्चे सहीछाप गरेको उक्त फैसला मिलापत्रहरू सदर हुन सक्तैन ।
(प्रकरण नं. ८)
फैसला
१. जब्रुमालाई पालनपोषण गरेकोले निजका हकको लोग्ने मानेले खाएको रूपैयाँ तिरी उकास गरी खानु भनी ११ साल पौष १६ गते रोज ६ मा मञ्जुरी कागज गरी दिएकोले रूपदलबाट अम्बरसिंहले न्हेडिक गरी लिएको मानेको नाउँको रू. ८० को तमसुकबमोजिम बुझाउन जाँदा बुझी दिएन । अमालबाट भएको फैसला मिलापत्र कागज बुझी बाजे रामसुवा दर्ताका रू. २।। तिर भित्रको दामासाही तिरो रू. ।।० लागेको किपट खेतको थैली रू. ८० अम्बरसिंहलाई बुझाइ मेरो सदर गरी खान पाउँ भन्ने समेत वादी रहेछ ।
२. रामसुवा दार्ताको जग्गा यो जग्गादेखि आधा कोष फरक छ । लप्सीबोटे खेत मानेको कान्छी स्वास्नी जब्रुमाको हक मिटाई वादीले एकलौटी रू. १४०० मा रणध्वजलाई बन्धक दिई साहुले खाएको छ । मेरै दर्ताको रू. ४ तिराको हुँदा वादीको हक नपुग्ने र रू. ८० मा बन्धक दिएको र रूपदलबाट न्हेडिक लिएको समेत छैन । झुठ्ठा उजुर गरेकोले थैली बुझ्न नपर्ने हुँदा सो मार्से खेत मेरै हक सदर थामी पाउँ भन्ने समेत प्रतिवादी रहेछ ।
३. दावीबमोजिम किपट भन्ने देखिन नआई वादीको बजु जब्रुमाको हक देखिन आएको थैली तिरी खानु भन्ने कागज समेत गरी दिसकेको देखिनाले बुझ्नु पर्ने थैली नबुझी बखेडा गरेको ठहर्छ भन्ने समेत ०१३।९।५ को पूर्व ६ नं. अदालतको फैसला ।
४. पूर्व ६ नं. अदालतको फैसला ऊपर चित्त बुझेन भन्ने समेत अम्बरसिंहको अपील।
५. उजुर दिंदा बन्धकको सबुद पनि नआएको जब्रुमाले लिखत गरी दिएको पास पनि नभएको दावीबमोजिम बन्धकी र न्हेडिकमा दिएको भन्ने इन्साफमा प्रतित नपर्ने हुनाले बन्धक भनी ठहराउन न्यायोचित नहुनाले थैलि बुझाई जग्गा निखनाई पाउँ भनी वादीले झुट्टै उजुर गरेको ठहर्छ भन्ने समेत ०१४।१।४।३ को धनकुटा अपीलको फैसला ।
६. धनकुटा अपीलको इन्साफमा चित्त बुझेन भन्ने अक्कलसिंह जिमिको अपील परी सिंगलबेञ्चमा पेश हुँदा शंखुवा उत्तर हेदान्ताको आमाली रणशेर राईका अमालबाट ०६।१।३।६ मा वादी जयबहादुर जिमि प्रतिवादी अम्वरसिंह राईको थैली बुझाई पाउँ भन्ने मुद्दा फैसला भएको अड्डाको छाप लागेको नक्कल देखाएकाले सो नक्कल पेश गरेको मुद्दाको मिसिल वादी जब्रु प्र. जयबहादुरको ०६।४।२६ मा अमाली जयबहादुरको अमालबाट भएको मिलापत्र सहितको मिसिल जव्रु र अम्वरसिंहको ऐजन २७ गते ऐजन अमालमा मिलापत्र भएको मिसिल उक्त अमालबाट र जयबहादुर अम्वरसिंहको थैली धरौट बुझाई पाउँ भन्ने पूर्व ६ नं. अदालतबाट ०१२।१२।६ मा पर्चा भएको । मिसिल १ वादी अम्वरसिंह प्रतिवादी जयबहादुरको रणशेरका अमालबाट ०५।११।२३ गते फैसला भएको किर्ते मुद्दाको मिसिल समेत चाँडो झिकी पत्ता लगाई पठाई दिनु भनी पूर्व ६ नं. अदालतलाई लेखि पठाई आएपछि पेश गर्नु भन्ने ०१५।१।२५ को सिंगलबेञ्चको आदेश ।
७. यसमा विपक्षी अम्बरसिंह जिमिलाई १५ दिने छलफलको म्याद दिई हाजिर हुन आएपछि निर्णय निमित्त नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१६।१।२२।३ को सिंगलबेञ्चको आदेश ।
८. सिंगलबेञ्चका आदेश अनुसार झिकाई आएका अम्वरसिंह राईको वारिस डम्बरबहादुर राईलाई र अपीलाट अक्कलसिंह जिमिलाई राखी पेश हुन आएको यसमा बुझ्दा वादीले प्रमाण दिएको हेदान्ताको अमाली रणशेरले ल्याप्चे सहीछाप गरी छिनेको फैसला र जयबहादुरले ल्याप्चे सहीछाप गरी गराएको मिलापत्र प्रमाण लिनालाई मुद्दा मामिला हेरी छिन्नु कारवाई गर्नु भन्ने कुरा दुनियाँको जीवनको एक महŒवपूर्ण आधार छ । जसबाट दुनियाँको जेथाको हारजित सजायको भागी बन्नुपर्छ । यसैले ऐन सवाल जानेका व्यक्तिलाई नै सरकारले निर्भर गरी सैपिएको छ । जागिरदार अमालीहरूलाई पनि लेखपढ गर्न जान्नेलाई नै झगडा हेर्न अख्तियार भएको देखिने र वास्तविक लेखपढ गर्न नजान्नेबाट झगडा हेरी कारवाई फैसला गराउँदा सो फैसला निर्णयहरूमा के लेखियो थाहा पाउन नसक्ने भई त्यसबाट जनतामा ठूलो मर्का पर्नजाने सम्भव पर्ने र लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले फैसला गर्न पाउँछ भन्ने थितिरितिको सनद सवालमा पनि नदेखिएको अदालती बन्दोवस्त ८।२३६ नं. र जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. ले समेत लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने हुनाले अमाली रणसेर जयबहादुरले ल्याप्चे सहीछाप गरेको उक्त फैसला मिलापत्रहरू सदर हुन सक्तैन । वादीको लेखबाटै जब्रुमा जिबितै रहेकी भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हकै नपुग्ने यो वादीको यो उजुर अ.बं.१०६ नं. ले लाग्न नसक्नेमा मुद्दा दायर गरी २ अड्डाले छिनेको सदर नहुने हुँदा दुवै अड्डाको फैसला बदर गरी यो मुद्दा खारेज गरी दिनु । सिंगलबेञ्चको आदेशबमोजिम गर्नु पर्दैन । अरू तपसीलका कुरामा तपसीलबमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
वादी अक्कलसिंह जीमी के धनकुटा अपीलका ०१४।४।१ को फैसलाले दण्ड रू. २ लाग्ने सो असुल गर्न र पूर्व ६ नं. अ.को फै.ले सलामी रू. १। लाग्ने गरेको सो नलाग्ने हुँदा फिर्ता दिने गरेको हाल खारेज भएकाले केही नलाग्ने हुँदा फिर्ता दिन गरेको लगत कायम राखी दण्ड रु.२। असुल गर्ने गरेको लगत काटी दिनु भनी धनकुटा अपीलमा पूर्जी गर्न तापलेजुङ अमिनीमा लगत दिने ....................१
प्रतिवादी अम्वरसिंह राईले ऐजन ऐजन अपीलका ऐजन फै.ले लाग्ने गरेको दण्ड रू. २।५६ शुरू पूर्व ६ नं. अदालतका फैसलाले लिने गरेको सलामी रू. १। लाग्ने हुँदा सो सलामी रू. १। कटाई बाँकी रू. १।५६ फिर्ता दिने गरेको हाल ऐजन हुँदा सो दण्ड सलामी दुवै लगत काटी दिनु भनी ऐजन मा ऐजन ............२
शुरू पूर्व ६ नं. अदालतका देहायका मानिस के खारेज गर्नुपर्नेमा इन्साफ गरेमा ऐन छाडेको भन्नु परी अ.वं.२८९ नं. ले तजबिजी रू. १। जरिवाना हुन्छ । ऐजन अपीलका ऐजन फैसलाले गल्ती इन्साफ गरेमा भनी देहायका मानिसलाई रू. १। जरिवाना गरेकोले त्यसैमा त्यसैमा कट्टीमट्टी हुने हुँदा सो लगत कायम राखी ऐनबमोजिम गर्नु ऐजन .......................३
हा.डी. भवानीप्रसाद उपाध्याय ६०, वि.पर्शराम बस्नेत ४०
धनकुटा अपीलका देहायका मानिस के खारेज गर्नुपर्नेमा इन्साफ गरी ऐन छाडी काम गरेमा अ.बं.२८९ नं. ले तजबिज रू. १। एक जरिवाना हुन्छ । लगत कसी असुल गर्न ऐजन ऐजन ...............४
का.मु.सु.हरिबहादुर श्रेष्ठ ।६०, बि.गुणराज जोशी ।४०
इति सम्वत् २०१६ साल जेष्ठ १० गते रोज १ शुभम् ।