निर्णय नं. ३६ - आगलागी ज्यान

निर्णय नं. ३६ ने.का.प. २०१६
डिभिजन बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री हेरम्बराज
डि.फौ.सा.नं. ८५
वादी : आइ सिंह तामाङ्गनी
विरूद्ध
प्रतिवादी : सुनारायण तामाङ्ग समेत
मुद्दा : आगलागी ज्यान
(१) आगो लगाउनेको ४ नं. ज्यानसम्बन्धीको २५ नं. र दण्डसजायको ९० नं.–जानी जानी मानिस भएको घरमा आगो लगाई ज्यान मार्नेलाई दामलको सजाय हुने ।
अभियुक्त सावित भएको कारणबाट समेत घरमा आगो लगाएकोले बालक मर्न गएको बखत ज्यानसम्बन्धीको २५, आगो लागउनेको ४ नं. दण्डसजाय ९० नं. बमोजिम अभियुक्तलाई दामल गर्ने अपीलले ठहराएको मनासिव ।
(प्रकरण नं. ६)
(२) अदालती बन्दोबस्तको १८१ नं. केही मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले त्यसै मुद्दामा वादी भई मुद्दा चलाउन नसक्ने–चलेको भएमा खारेज हुने ।
कुन ऐन अन्तर्गत चलेको मुद्दा हो ? त्यस ऐनमा परेको कुन वाक्यमा भर गरी जुन मुद्दा दायर भएको हो सो वाक्यको सार जानिने पदको व्यवहार गरी मुद्दाको नाम राख्नुपर्छ । जस्तो नामको मुद्दा हो उसै ऐनबमोजिम पुर्पक्षमा राख्ने र अरू चाहिंदो कारवाई पनि हुने हुनाले एक नाम राखी मुद्दा चलाएकोमा पछि अर्को नाम बदली वा थप घट गरी फैसला गर्न हुँदैन । यसमा अपवाद कुनै ऐनमा पाइन्छ । लुटपिटको ७ नं. को ऐनले चोरी वा लुटपिटमा परस्पर हेरफेर गर्न हुने र ज्यानसम्बन्धीको २८ नं. ले ज्यान मुद्दालाई कुटपीटमा अपवर्तन गर्न हुने इत्यादी ऐनमा तोकेको छ । अ.बं.१६३ नं. को ऐनमा सावित हुनेको चाहिने व्यहोराको जवान बन्दी गराई र इन्कार गर्नेको पोलिनाको कारण बताउन सक्छन भने सो कारण र सफाईको सबुद समेत जो दिन्छ । खुलाई बयान लिई गवाह प्रमाण बुझी इन्साफ गर्नु भन्ने समेत लेखेको हुनाले प्रतिवादी विरूद्ध जुन मुद्दा लागेको छ त्यसैमा मात्र ऐनले लाग्ने जालसाजी समेत गरी पोलाएको हुन भन्ने समेत बयान लिनुपर्ने हो । अ.बं.२२६ नं. मा सावित भएकोमा पुर्पक्षलाई थुनिने करणी मुद्दाको र चोरीमा भने सावित हुनेले पोलेको अरूको हकमा पोल्ने चाहीं वादीवाला ठहर्ने हुनाले भन्ने इत्यादी लेखेको र पटकको हिसावले सजाय हुने चोरी करणी दिने स्वास्नी कति पोइले हो, हाडनाता बेश्या करणी जारी इत्यादी ऐनले बताएको र त्यस्तै मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले पेट बोलीबाट बुझ्ने अ.बं.१८१ नं. बमोजिम अरू मुद्दामा पोल गरेको बयान गर्न मिल्दैन । यो निर्णयलाई अर्को प्रकारसँग प्रष्ट गर्न सकिन्छ । जुन १ मुद्दाको प्रतिवादी हुनाको साथैको मिसिलमा अरू मुद्दाको वादी सरह व्यहार गर्दा माथि लेखिएको बाहेक अरु मुद्दामा अ.बं.९८ नं. मा सरकारवादी हुने मुद्दा लेखी ल्याएकोमा अर्को फिरादपत्र दिन सक्दैन भने प्रमाण खुलाई बयान लिई तहकिकात गर्नु र अ.बं.११५ नं. बमोजिम पोलाहाले मुद्दा चलाएको हुनपर्छ । यस आशयबाट प्रतिवादीले प्रतिउत्तर र त्यो सरह बयानमा वादी भई अरूलाई प्रतिवादी बनाई मुद्दा चलाउन मिल्दैन र यदि मौका तहकिकात भईसकेको रहेछ भने प्रतिवादीको बयानको फेरि मौका तहकिकात हुन जाँदा पहिलेको वादीको मुद्दामा कारवाई रोकिन जाने हुन्छ । खास गरी प्रतिवादीले वादीको मुद्दासँग सम्बन्ध नरही बीचैमा चलाएको मुद्दामा कारवाई गर्दा वादीले मुद्दा चलाएको एकापट्टी रहि ढिलो हुन जान्छ । यस्तो गरेकोमा बाह्रमासे बयान उठाई ज्यानसम्बन्धी मुद्दामा ढिलो हुन जाने हुनाले बाह्रमासेतर्फ ङेमादोर्जेको पोल बयान खारेज गरेको छ र त्यसबाट त्यसतर्फको प्रतिवादीलाई पनि सजाय तोकी फैसला गर्नुहुँदैन ।
(प्रकरण नं. ७)
असमर्थ पक्षबाट : प्लीडर श्री मायानाथ
फैसला
१. यसमा लोग्ने घर नभएको बखत ०१० सालपौष १७ गते रात सुतेका बखत प्रतिवादी सुनारायण आई मेरो चेप्टे सुन जोर समेत फुकाली लिई घरमा आगो समेत लगाउँदा बर्ष ५ कि छोरी लंकामाई डढी मरेकी । धनमाल नगदी जिन्सी समेत नोक्सान भएकाले जाहेर गरेकी छु । लासजाँच गरी पाउँ भन्ने आईसिंहको ०१०।९।१८ को दर्खास्त र सो बमोजिम नोक्सानी धनमाल समेत खुलाई ऐजन २५ गते वादी बयान भएको ।
२. सो दिन रात अं.४ घडी रात गएपछि म र ङेमादोर्जे देश जाने खर्चको लागि धनमाल लिने सल्लाहबमोजिम वादीको घरमा गई निजको कानको दुवै चेप्टे फुकाली लिई बाहिर आई आगो लगाई दिंदा वादीको छोरी मरेको हो । त्यसपछि म समेत भई गोफे नेवारको घरमा जुवा खेलेको हो भन्ने समेत व्यहोराको प्र. सुनारायणको बयान भएको ।
३. सुनारायणको पोलबमोजिम वादीको सुन लिएको र निजको घरमा आगो लगाएको समेत होईन । निज सुनारायणले मेरो भाउजुलाई स्वास्नी तुल्याएको, फेरी स्वास्नीसँग कुरा गरेको इवी परेको र निज सुनारायाण १ गोफ्ले १ नारायण १ लवाँग १ मंगल १ समेतले जुवा खेलेमा जाहेर नगरेकोसम्म हुन । पोलबमोजिम वादीको मैले केही कसूर गरेको होइन भन्ने ङेमादोर्जेको बयान ।
४. जुवातर्फ ङेमादोर्जेको पोलबमोजिम सुनारायणको ततिम्बा बयान साविती र अरू प्र. ले तामेल भएको म्याद गुजारेको र लासजाँच हुँदा वादीको ५ बर्षकी छोरी लंकामाई आगोले डढी मरेकी र घरमा आगो लागेको भन्ने सरजमिन तहकिकात समेत भएको ।
५. घरमा आगो लगाई वादीको छोरी लंका डढी मरेकी । गहना समेत लिए भन्नेमा प्र. सुनारायण साविती र चेप्टे सुन निजैबाट बरामत भएकोले निजैले नै सो अपराध गरेको ठहरिने । सुनारायणको पोलबमोजिम ङेमा दोर्जे उपर कुनै सबुद प्रमाणबाट कसूर नदेखिनाले निजको कसूर नठहर्ने । जुवा नखेलेको भए अरू प्रतिवादी पैरवीमा हाजिर हुनु पर्ने नभएबाट समेत जुवा खेलेकै ठहर्ने समेत ठहराई सिन्धुपाल्चोक अदालदबाट जाहेरी फैसला भएमा सुनारायणले घरमा मानिस भएको जानी जानी आगो लगाई चोरी गरेको ठहराएको इन्साफ शुरूको मनासिव छ । सजायको हकमा आगो लगाउनेको ४ नं. ज्यानसम्बन्धीको २५ नं. ले दामल हुने र दण्डसजायको ३१ नं. ले सर्वस्व हुनेमा जेल सुधार योजना लगाई २० बर्ष कैद गर्ने गरेको नलाग्ने भनी अपील दोश्राबाट जाहेरी फैसला भई आएको । असमर्थ पक्षबाट प्लीड।र मायानाथले बहस गरेको ।
६. यसमा उक्त मुद्दाको साधक पेश भयो । प्र. सुनारायण सावित भएको कारणबाट समेत निजले घरमा आगो लगाएकोले बालक मर्न गएको बखत ज्यानसम्बन्धीको २५ आगो लगाउनेको ४ नं. दं.स.९० नं. बमोजिम सुनारायणलाई दामल गर्ने अपीलले ठहराएको मनासिव अ.बं.२३२ नं. का ऐनमा गैर अड्डाले जाहेर गरी मुखतियारबाट सदर भएबमोजिम गर्नुपर्ने भनी लेखेका मध्ये साविती ज्यानमारामा ज्यानसम्बन्धीको ६।२३।२५ नम्बरको ऐनले सजाय हुने मुद्दा परेकोबाट मुद्दा नै जाहेरीमा आएकोले ङेमा दोर्जेलाई सफाई दिएको मनासिव । यदि ज्यानसम्बन्धीको ६।२३।२५ नं. को ऐनले सजाय हुनेसम्म सदर बदर हुन सक्ने गरी पेश हुन आएको भने मतलव झिकेमा त यस्तो बाधा पर्छ कि यदि त्यस्तो सजाय भागीको हकमा इन्साफ उल्टियो भने अरू माथि पनि त्यसको पर्न जाने असरलाई संकुचित गर्नुपर्ने हुन जान्छ । पोलाहालाई पनि सजाय दिन नहुने सम्भावना पर्छ । हा.क.१२ नं. का ऐनले अपील नदीनेको हकमा समेत इन्साफ गर्न हुने लेखिएकै छ । यस मुद्दाको उजुरवाला प्रतिवादी जम्मै उपर सजाय र इन्साफ गर्नुहुने स्पष्ट छ । फेरी अ.बं.२३३ नं. का ऐनले लालमोहर गरी सजाय गर्नुपर्ने । ज्यान जाने, दामल हुने, मुडिने, खोपिने, जात पातितमा जनै झिक्नु पर्ने मुद्दामा बात लागेकोलाई एका अड्डाले रिहाई दिएकालाई अर्को अड्डाले कसुर बन्द ठहराएको अथाव एक अड्डाले कसुर बन्द ठहराएकोलाई अर्को अड्डाले रिहाई दिएकोमा जाहेर गर्नुपर्ने लेखेको र दुई अड्डाले रिहाई दिनालाई जाहेर गर्नु पर्दैन भन्ने हुनाले एका अड्डाले सजायको ऐन लगाएकोलाई लाग्दैनमात्र भन्न हुने होईन कि यो सफाई दिएकोलाई कसूरबन्द ठहराई यो ऐनले सजाय हुन्छ पनि भन्न हुने देखिएकैले ङेमा दोर्जेको हकमा सफाई दिएकोलाई पनि मनासिव बेमनासिव ठहराउन हुने भएकोले सफाई दिएको मनासिव ठहराएको हो ।
७. अब प्रस्तुत मुद्दाको विषय यो छ कि ज्यानको वारदातमा इन्कार हुने ङेमा दोर्जेले सुनारायण गोफ्ले समेतका प्रतिवादीलाई बारहमासे जुवा खेलेको छ भनी पोल गरेको छ । निज गोफ्ले समेतका ती प्रतिवादी समनको म्यादमा हाजिर भएका छैनन र अदालतबाट त्यसको परिणामस्वरूप निजहरूलाई बाह्रमासे जुवा खेलेको ठहराई जुवा खेल्नेका १७ नं. का ऐनले सजाय तोकेको छ । अ.बं.२७ नं. का ऐनले सो मुद्दाको मिसिल कागजात ऐन सवालबमोजिम म्याद तारिख भित्रमा जुन जुन काम कारवाई जति रीत पुर्याई गर्नुपर्ने हो, जाँची भन्ने समेत लेखेकोले यो साधक मिसिलमा नचाहिंदो गरी मुख्य मुद्दा ढिलो पार्ने सम्भावना गरेको कारणले जाँच्न हुने ठहराएको भई यसो हुनु कतिसम्म उचित हो भन्नेतर्फ पनि विचार भएको छ । अ.बं.३१ नं. ले मुद्दा दायर गरिन्छ वा जब फिरादपत्र वा वादीको बयान समेतबाट दर्ता गर्नु पर्छ, त्यसै बखतमा यो मुद्दा भनी नाम तोक्नु पर्छ । त्यसरी यो मुद्धा पनि मुद्दाको नाम तोक्नु परेको बखतमा याद गर्नुपर्ने हुन जाने मध्ये मुख्य बिषय यो हो कि त्यसको प्रतिवादीलाई कुन ऐनले सजाय भोग्नु अथवा अरू कुरा गर्न बाध्य गराउँछ । साथसाथै कुन ऐन अन्तर्गत चलेको मुद्दा हो त्यस ऐनमा परेको कुन वाक्यमा भर गरी जुन मुद्दा दायर भएको हो सो वाक्यको सार जानिने पदको व्यवहार गरी मुद्दाको नाम राख्नु पर्छ । जस्तो नामको मुद्दा हो, उसै ऐनबमोजिम पुर्पक्षमा राख्ने र अरू चाहिंदो कारवाई पनि हुने हुनाले एक नाम राखी मुद्दा चलाएकोमा पछि अर्को नाम बदली वा थप घट गरी फैसला गर्न हुँदैन । यसमा अपवाद कुनै ऐनमा पाइन्छ । लुटपीटको ७ नं. को ऐनले चोरी वा लुटपीटमा परस्परा हेरफेर गर्न हुने र ज्यानसम्बन्धीको २८ नं. ले ज्यान मुद्दालाई कुटापीटमा अपवर्तन गर्न हुने इत्यादी ऐनमा तोकेको छु । अ.बं.१६३ नं. को ऐनमा सावित हुनेको चाहिने व्यहोराको जवानवन्दी गराई र इन्कार गर्नेको पोलिनाको कारण बताउन सक्छन भने सो कारण र सफाईको सवूद समेत जो दिन्छ, खुलाई बयान लिई गवाह प्रमाण बुझी इन्साफ गर्नु भन्ने समेत लेखेको हुनाले प्रतिवादी विरूद्ध जुन मुद्दा लागेको छ, त्यसैमा मात्र ऐनले लाग्ने जालसाजी समेत गरी पोलाएको हुन भन्ने समेत बयान लिनु पर्ने हो । अं बं.२२६ नं. मा सावित भएकोमा पुर्पक्षलाई थुनिने करणी मुद्दाको र चोरीमा भने सावित हुनेले पोलेको । अरूको हकमा पोल्ने चाहीं वादीवाला ठहर्ने हुनाले भन्ने इत्यादी लेखेको र पटकको हिसावले सजाय हुने चोरी, करणी दिने स्वास्नी कति पोइले हो, हाडनाता बेश्या करणी जारी इत्यादी ऐनले बताएको र त्यस्तै मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले पेट बोलीबाट बुझ्ने अं बं.१८१ नं. बमोजिम अरू मुद्दामा पोल गरेको बयान गर्न मिल्दैन । यो निर्णयलाई अर्को प्रकारसँग प्रष्ट गर्न सकिन्छ । जुन १ मुद्दाको प्रतिवादी हुनाको साथैको मिसिलमा अरू मुद्दाको वादी सरह व्यवहार गर्दा माथि लेखिएको बाहेक अरू मुद्दामा अं.बं.९८ नं. मा सरकारवादी हुने मुद्दा लेखी ल्याएकोमा अर्को फिरादपत्र दिन सक्दैन भने प्रमाण खुलाई बयान लिई तहकिकात गर्नु र अ.बं.११५ नं. बमोजिम पोलाहाले मुद्दा चलाएको हुनु पर्छ । यस आशयबाट प्रतिवादीले प्रतिउत्तर र त्यो सरह बयानमा वादी भई अरूलाई प्रतिवादी बनाई मुद्दा चलाउन मिल्दैन र यदि मौका तहकिकात भईसकेको रहेछ भने प्रतिवादीको बयानको फेरी मौका तहकिकात हुन जाँदा पहिलेको वादीको मुद्दामा कारवाई रोकिन जाने हुन्छ । खास गरी प्रतिवादीले वादीको मुद्धासँग सम्बन्ध नरही बीचैमा चलाएको मुद्दामा कारवाई गर्दा वादीले मुद्दा चलाएको एकापट्टि रही ढिलो हुन जान्छ । यस्तो गरेकोमा बा¥हमासेको बयान उठाई ज्यानसम्बन्धी मुद्दामा ढिलो हुन जाने हुनाले बा¥हमासेतर्फ ङेमा दोर्जेको पोल बयान खारेज गरेको छ र त्यसबाट त्यसतर्फको प्रतिवादीलाई पनि सजाय तोकी फैसला गर्नु हुँदैन । जुवातर्फ जुवाको २५ नं. को हक ६ महिनाभित्रको हुँदा शुरूबाट ऐनबमोजिमको छुट्टै बयान गराई ऐनबमोजिम गर्नुपर्छ । अरू तपसीलबमोजिम लगत दिई ङेमा दोर्जे र प्रतिवादीहरूलाई जनाउ दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
प्रतिवादी देहायका मानिसलाई जुवा खेलेमा भनी ०१२।४।३० का शुरू सिन्धुपाल्चोक अदालतका फैसलाले गर्न गरेको कैद सजाय होला नलाग्ने हुँदा सो वापत रूपैयाँ असुल भएको । रूपैयाँ समेत फिर्ता गरी र कैद बाँकी भए व्यहोरा जनाई लगत काटी दिनु भनी अ.त.फौ.मा लमत दिने ..................१
सिं पा.ई.पुल्ची सलगि चेपे बस्ने गोफ्ले नेवार के कैद बर्ष एक १, ऐजन सेलांग कलांडो नारायण नेवार के ऐ १, ऐजन सेलांग उठार गाउँ बस्ने लवांग लामा के ऐजन १, ऐजन सेलांग हांडी गाँउ बस्ने मंगले तामाङ्ग के १, ऐजन बस्ने सुनारायण तामाङ्ग के ऐजन १
ऐजन सेलांग खानी गाउँ बस्ने गौवे नवार के जुवा खेलेको जाहेर नगरेमा भनी गरेको ने.रू. ५०। पचास पनि हाल नलाग्नेहुँदा असुल भए फिर्ता नभए लगत काटनु भनी अ.त.फौ.मा लगत दिने ................२
जुवातर्फ कारवाई किनारा गर्ने शुरू र समर्थन गर्ने अपील दोश्रा के ऐन छाडेको २८९ नं. ले तजबिज ने.रू. १। का दरले जरिवाना हुन्छ । दामासाहीले असुल गर्न लगत फौ.त.मा दिने .................३
कारवाई गर्ने सिन्धुपाल्चोक अदालतको हाल सुर्खेत अदालतको डिठ्ठा श्याम कृष्ण श्रेष्ठ ल.पु.गाबहाल के ने.रू. १।, कारवाई फैसला गर्ने सिन्धुपाल्चोक अदालतका डि.भवानीप्रसाद उपाध्याय के.ने. रू १, अ.दो.को ना.सु.झपद सिंह सक्ल हाल धनकुटा अपील के ने.रू. ।६० ऐजनको ख.दोजराज का.ई. मैतिदेवी के ऐजन ।३० ऐजनको वि.बद्रीनारायण प्रधान के ।१०
इति सम्वत् २०१६ साल जेष्ठ १८ गते रोज २ शुभम् ।