निर्णय नं. ६८२५ - कर्तव्य ज्यान

निर्णय नं. ६८२५ ने.का.प. २०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
संवत् २०५५ सालको फौ.सा.नं. .. २०३
फैसला मिति : २०५६।८।३।६
मुद्दा : कर्तव्य ज्यान
वादीः पन्च वहादुर कुर्मीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः जि. खोटांग गा.वि.स. वाल्पा वार्ड.नं. ३ घर भै हाल कारागार शाखा खोटांमा थुनामा वस्ने कुमार राई समेत
§ प्रस्तुत मुद्दामा मृतक याम वहादुर कामीको मृत्यु यी प्रतिवादी समेतको कुटपिटको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिंदैन । निज मृतक याम वहादुर कामीलाई कुटपिट गर्दा एक जनाले कुटपिट नगरी धेरै जनाको हुल भै कुटपिट गरी सोही कारणबाट मृत्यु भएको भन्न तथ्य पनि निसिलबाट स्पष्ट रुपमा स्थापित हुन आएको पाइन्छ । मृतक याम वहादुर कामी यसैको चोट पीरको कारणबाट मृत्यु भएको भन्ने गरी मिसिलमा कतैवाट खुल्न आएको पाइदैंन । यसरी मृतकको अवस्थामा यी प्र. कुमार राई, भीम वहादुर राई, देश वहादुर राई एवं टेकधन राईले मृतकलाई मौकामा उठेको कुरा गरिस थाम्न नसकि साधारण लाठा ढुंगा लात मुक्काले हानी सोही चोट पीरले कारण मृतक गरेको मानि ज्यान सम्वन्धि महलको १४ नं. आकर्षित गरी संजाय गर्न नमिल्ने ।
वादी तर्फबाटः सह न्यायाधिवक्ता विद्वान श्री सत्यनारायण प्रजापति
प्रतिवादी तर्फबाट :
अवलम्वित नजीर :
फैसला
न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत राजविराज सप्तरीबाट २०५३।११।९।५ मा प्रतिवादीहरु कुमार राई, प्रतिवादी समार भनेको भीम वहादुर राई, प्रतिवादी देश वहादुर राई र प्र. देवाधन राईलाई जन्मकैद गरी साधक जांचको यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
२. मिति २०४७।१।२८ गतेको १०:३० वजे भुसे भन्ने वीर वहादुर कामी समेतले दान वहादुर कामीलाई सक्दो कुटपिट गरेकाले सोही कारणबाट ऐ. २९ गते निजको मृत्यु भएको हुंदा र निज प्रतिवादीहरुले घुमसेर कामी, कल्पना कामी तथा मलाई समेत कुटपिट गरेको हुंदा निजहरुलाई कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत जाहेरी दरखास्त ।
३. मृतक याम वहादुर कामीलाई उल्लेखित प्रतिवादीहरुले कुटपिट गरेका हुन भन्ने समेत कल्पना कामीले प्रहरीमा गरेको कागज ।
४. म समेतका १३ जनाको याम वहादुर घुमसेर कामी, कल्पना कामी समेतलाई कुटपिट गरेको र सोही कारणबाट याम वहादुर कामीको मृत्यु भएको हो, मैले निजलाई एक पटक मात्र कुटेको हुं भन्ने समेत भुसे भन्ने वीर वहादुर कामीले प्रहरीमा गरेको कागज ।
५. उल्लेखित प्रतिवादीहरुले म र मेरो भाई याम वहादुर कामी छोरी कल्पना कामीलाई वांसको लाठा भाटाले कुटपिट गरेको सोही कारणबाट याम वहादुरको मृत्यु भएको हो भन्ने घुमसेर कामीले प्रहरीमा गरेका कागज ।
६. बुझिए सम्मका कागज प्रमाणबाट मिति २०४७।१।२८ गते राती १०:३० वजेको समयमा प्र. कुमार राई समेत जना १७ ले एक आपसमा मिलोमतो गरी जाहेरवाला र मृतक याम वहादुर कामीको घर आंगनमा गै लाठीले कुटपिट गरेका कारणबाट याम वहादुर कामीको ऐ. २९ गते मृत्यु हुन गई मु.ऐन ज्यान सम्वन्धिको १ नं. को कसुर गरेको हुंदा वारेण्ट जारी गरी वुझी पाउन अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन दावी ।
७. मिति २०५७।१।२८ गते राति १०:३० वजेको समयमा प्र. कुमार राई, चमार राई, कालु राई, टेकधन राई, देश वहादुर राई, नौ वहादुर राई, झयापे गुरुङ, गोपाल गुरुङ, पर्शुराम राई समेत भै याम वहादुरको घरमा आई एक्कासी कुटपिट गर्दै रहेछन । तहां गै छुट्याउने प्रयास गरें निज मर्ने याम वहादुर मेरो अन्तरे ससुरा हुंदा मैले कुटपिट गरेको र निजको मृत्यु भएको होइन । म उपरका अभियोग झुठृा हो भन्ने समेत प्र. वीर वहादुर कामीले अदालतमा गरेको वयान ।
८. मिति २०४७।१।२८ गते म भारतको दार्जिलिङ गुम्वामा थिएं । म ऐ. १५ गते भर्तिमा लाग्न गै ऐ. श्रावण ६ गते मात्र घरमा आएको हुंदा निज याम वहादुरको मृत्यु कसरी र को को भै गरे मलाई थाहा छैन भन्ने समेत प्र. देवीराजले अदालतमा गरेको वयान ।
९. म र हस्त वहादुर समेत २०४६ साल मार्ग महिनामा कोइलाको काम गर्न भारतको सिलांग भन्ने ठाउंमा गएको र ०४७ श्रावण ३ गते मात्र घर फर्कि आएको हुंदा याम वहादुरको मृत्यु वीर वहादुर कामी समेतका व्यक्तिको कुटाइबाट मृत्यु भएको भन्ने सुनेको हुं । मैले कुटपिट गरी मारेको होइन भन्ने समेत प्र. चुने भन्ने भक्त वहादुर राईले अदालतमा गरेको वयान ।
१०. २०४६ मंसीर २६ गते म र मेरो साथी चुर्ने राई भारतको सिलांगतर्फ गएको र ०४७ श्रावण ३ गते घर आई पुगेको हुंदा मात्र वीर वहादुर कामी समेतका व्यक्तिले कुटाईबाट याम वहादुर कामी मरेको भन्ने सुनेको हुं । मैले निजलाई कुटपिट गरी मारेको होइन भन्ने समेत प्र. हस्त वहादुर राईले अदालतमा गरेको वयान ।
११. मृतक याम वहादुर कामीलाई को कसले मारे भन्न सक्तिन । मलाई ज्वरो आएको कारण शमशेर राई, मकर वहादुर राई, अम्वर वहादुर राईले ०४७।१।२३ गते वांकी रुम्जाटार हस्पिटलमा लगी उपचार गरी ०४७।२।१ गते आई मकर वहादुरको घरमा वसेको हुंदा म समेतले मृतकलाई कुटपिट गरेको होइन भन्ने समेत प्र. दीन वहादुर राईले अदालतमा गरेको वयान ।
१२. ०४७।१।२६ गते ओखलढुंगा जिल्लाको खानी भन्ज्यांग भन्ने ठाउंमा गै. ऐ. २७ गते नेचा विहिवारेमा चामल दिनमा विक्रि गरी वस्दा झाडा वान्ताले सताएकोले सोलुको सल्यान हेल्थपोष्टमा ऐ. ३० गते सम्म उपार गराई वसेको हुंदा याम वहादुरलाई को कस्ले मारे थाहा छैन भन्ने समेत प्र. टेकधन राइले अदालतमा गरेको वयान ।
१३. ०४७।१।२८ गते म भर्ति लाग्न जलपाईगुडी भन्ने ठाउंमा गएको थिएं । घुमसेर, पन्च वहादुर , याम वहादुर वीच ०४७।१।२८ गते कुटपिट भई याम वहादुर मरे भन्ने सुनेको हुं । मैले कुटपिट गरेको होइन छैन भन्ने समेत प्र. पर्शुराम गुरुङले अदालतमा गरेको वयान ।
१४. ०४७।१।२८ गते म मोरंग जिल्लाको कानेपोखरी वार्ड नं. १ मा छ । नेर्पाका कामीहरुले विचमा याम वहादुर कामीले घुमसेरको हात भांची दिएको विषयमा भगडा कुटपिटका तासीरवाट भोलिपल्ट याम वहादुर मरे भन्ने सुनेको हुं म समेतले कुटपिट गरी मारेका होइन भन्ने समेत प्र. गोपाल गुरुङले अदालतमा गरेको वायन ।
१५. म २०४७।१।२८ गते मोरंग जिल्लाको कानेपोखरीमा वार्ड नं. १ को जदाहामा थिएं । मृतक याम वहादुर वीरे कामी घुमसेर कामीको वीच कुटपिट झगडा भएको र सोही चोट पीरका कारण भोलिपल्ट याम वहादुर कामीको मृत्यु भएको भन्ने सुनेको हुं । मैले मारेको होइन, छैन सफाई पाउं भन्ने समेत प्र. झ्याप गुरुङले अदालतमा गरेको वयान ।
१६. मेरो दिदी भेनाको आमा स्वर्गे भएको कारण सघाउन ०४७।१।२५ गते तहां गएको र २०४७।२।५ गते मात्र गाउं घरमा फर्केको हुं । ०४७।१।२८ गते याम वहादुर, घुमसेर वीर वहादुर, पन्च वहादुरका वीच कुटपिट भएको र भोलिपल्ट ऐ. २९ गते याम वहादुर कामीको मृत्यु भएको भन्ने सुने । म उपरको झुठा अभियोगबाट सफाई पाउं भन्ने समेत काली वहादुर गुरुङले अदालतमा गरेको वयान ।
१७. २०४७।१।२८ गते म र जय वहादुर राई भारतको सिक्किम डूका भन्ने ठाउंमा काठ काट्ने पेशा गर्न गै ०४७।४।१५ गते घरमा फर्कि आएको हुं । याम वहादुर घुमसेर राई पन्च वहादुरका वीच ०४७।१।२८ गते कुटपि भै ऐ. २९ गते याम वहादुरको मृत्यु भएको भन्ने सुनेको हुं। मैले समेत कुटपिट गरी मारेको होइन भन्ने प्र. नौ वहादुर राईले अदालतमा गरेको वयान ।
१८. म सो मितिमा गाउं घरमा नभै झापाको धरमपुरमा थिएं । मैले याम वहादुरलाई कुटपिट गरेको होइन, नेर्पासी कामीको विषयमा झगडा कुटपिट गरी ०४७।१।२८ गते याम वहादुरको मृत्यु भएको भन्ने सुनेको हुं भन्ने समेत प्र. राजन राइले अदालतमा गरेको वयान ।
१९. ०४७।१।२० गते नौ वहादुर राई समेत भै भारतको सिक्कीम भन्ने ठाउंमा पुगी काम गरी ०४७।४।१५ गते मात्र घर फर्केका छौं । याम वहादुर कामीलाई घुमसेर कामी, पन्च कामी वीर वहादुर कामी समेतले ०४७।१।२८ गते कुटपिट गरी निजको ऐ. २८ गते मृत्यु भएको कुरा सुनेका हौं । म समेत भै कुटपिट गरी मारेको होइन भन्ने समेत प्र. जय वहादुर राईले अदालतमा गरेको वयान ।
२०. ०४७।१।२६ गते म घरबाट हिंडी कटारीमा नुन तेल खरीद गरी ऐ. जेष्ठ ८ गते घर फर्की आएको हुंदा याम वहादुरको मृत्यु सम्वन्धमा केही थाहा छैन । मैले कुटपिट गरी निजको मृत्यु भएको होइन भन्ने समेत प्र. दान वहादुर राईले अदालतमा गरेको वयान ।
२१. ०४७।१।५ गते इण्डीयाको दाजिलिंग भर्ति लाग्न गै ऐ. श्रावण १० गते घर फर्कि आएको हु । याम वहादुर कामी, वीर वहादुर कामी, पन्च कामी, घुमसेर कामीका वीच ०४७।१।२८ गते झगडा कुटपिट भै ऐ. २९ गते याम वहादुरको मृत्यु भएको भन्ने सुनें, मैले कुटपिट गरी मारी गराएको होइन भन्ने समेत प्र. कालु राईले अदालतमा गरेको वयान ।
२२. मृतक याम वहादुर कामीलाई मैले कुटपिट गरी निजको मृत्यु भएको होइन । म ०४७।१।२५ गते सालानीमा चामल वोकी गै ऐ. जेष्ठ १ गते सोलुवट हिंडी ४ गते घरमा आई पुगेको हुं । नेर्पाको कामीहरु केटी माग्न आई नाचगान गरी झगडा कुटपिट भै सोही चोटबाट ०४७।१।२९ गते याम वहादुर कामीको मृत्यु भएको भन्ने सुनेको हुं भन्ने समेत प्र. कुमार राईले अदालतमा गरेको वयान ।
२३. मृतक याम वहादुरुलाई मैले कुटी मृत्यु भएको होइन । म २०४६ साल मंसीर १३ गते घरबाट हिंडी सिक्कीम भन्ने ठाउंमा काठ काटने काम गरी ०४७ भाद्र १५ गते घरमा आएको हुं र ०४७।१।२८ गते कामीहरुमा कुटपिट चली ऐ. २९ गते याम वहादुरको मृत्यु भयो भन्ने सुनेको हुं भन्ने प्र. भिम वहादुर राईले अदालतमा गरेको वयान ।
२४. घटनास्थल पोष्टमार्टम तथा वक्सपत्र सोमतका आधारवाट मृतक याम वहादुरको मृत्यु प्र. कुमार राई प्र. चमार भनेको भिम वहादुर राई देश वहादुर राई, टेकधन राईको कुटपिटका कारणले भएको देखिंदा निज प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १३ (३) अनुसार जन्मकैदका संजाय हुने ठहर्छ । तर निजहरुको उमेर अपराधको अवस्था समेतलाई अ.वं. १८८ नं. वमोजिम जनही १० वर्ष कैद हुन राय पठाउने समेत ठहर्छ । अन्य प्र. देवीराज राई, कालुमान राई, नेन वहादुर राई, गोपाल गुरुङ झयापे गुरुङ सुसे भन्ने वीरवहादुर कामी पर्शुराम राई काली वहादुर गुरुङ, जय वहादुर राई राजन राई रहेको समर्थन हुन आएको देखिंदा निज प्रतिवादीहरुलाई ऐ. ज्या.सं. को १७(२) अनुसार जनही ५ वर्षका दरले कैद संजाय हुने ठहर्छ । अन्य प्रतिवादी हस्त वहादुर राई, दान वहादुर राई र चुर्ने भन्ने भक्त वहादुर राईका हकमा दावी समर्थित हुन आएको नदेखिंदा सफाई पाउने ठहर्छ भन्ने समेत शुरु खोटांग जिल्ला अदालतको ०४९।४।७ को फैसला ।
२५. शुरुले प्रमाणको मुल्याकंनमा त्रुटी गरी कानून विपरित सवुद प्रमाण वेगर ५ वर्षका दरले कैद गर्न गरेको फैसलामा चित्त वुझेन सफाई पाउं भन्ने समेत प्र. देवीराज, कालु राई, जन वहादुर राई, राजन राई, पर्शुराम राई काली वहादुर गुरुङ समेतको पु.वे.अ.मा परेको संयुक्त निवेदन।
२६. शुरुले प्रमाणको मुल्याकंनमा त्रुटी गरी हामी निरपराधी व्यक्तिहरुलाई कानूनी आधार वेगर २० वर्ष कैद गर्ने गरेको फैसलामा चित्त वुझेन । उक्त त्रुटीपूर्ण फैसला उल्टी वदर गरी सफाई पाउं भन्ने समेत प्र. कुमार राई समेत ४ जनाको कारागार शाखा मार्फत पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
२७. शुरुले कसैलाई घटी संजाय र कसैलाई सफाई दिने गरी गरेको फैसला कानून विपरित हुंदा वदर गरी प्रहरी प्रतिवेदन दावी वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
२८. सफाई पाउने प्र. हस्त वहादुर, दान वहादुर र चुने भन्ने भक्त वहादुरलाई अ.वं. २०२ नं. वमोजिम झिकाउने र कारागारमा रहेको प्रतिवादीहरुलाई वादी पक्षको पुनरावेदन र पेशीको सूचना दिने ।कारगारमा नरही फरार रहेका प्रतिवादीलाई पनि छलफलका निमित झिकाइ नियमानुसार पेश गर्नु भन्ने ०५३,८।२२ कोपु.वे.अको आदेश ।
२९. प्र. हस्त वहादुर राई, दान वहादुर राई चुर्ने भन्ने भक्त वहादुर राईको हकमा निजहरु आरोपित कसुरमा इन्कार रहेका जाहेरवाला र सह अभियुक्तले निजहरु उपर कसुरमा किटँन गर्न नसकेको हुंदा निजहरुको कसुर प्रमाणित हुने देखिएन । प्र. कुमार राई, प्र. चमार भन्ने भिम वहादुर राई, प्र. टेकधन राई र प्र. देश वहादुर राईलाई ज्यान सम्वन्धिको १३(३) नं. वमोजिम जन्म कैदको संजाय गरी प्र. देवीराज राई, प्र. कालुमान राई प्र. नौ वहादुर राई, प्र. गोपाल गुरुलंग प्र. झ्यापे गुरुङ, प्र. सुसे भन्ने वीर वहादुर कामी प्र. प्रर्शूराम गुरुङ, प्र. कालि वहादुर गुरुङ प्र. जय वहादुर राई प्र. राजन राईलाई ज्यान सम्वन्धिको १७(२) नं. वमोजिम जनही ५ वर्ष कैद गरी प्र. हस्त वहादुर राई, दान वहादुर राई र प्र. चुने भन्ने भक्त वहादुर राईलाई कसुरबाट सफाई दिई गरेको शुरुको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार तथा पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । वारदातको स्वपरुप र प्रतिवादीहरुको युवा अवस्थाको उमेरलाई मध्य नजर राख्दा प्रतिवादीहरु कुमार राई, प्र. चमार भनेको भिम वहादुर राई, प्र. देश वहादुर राई र प्र. टेकधन राईलाई जन्म कैदको संजाय गर्दा चर्को संजाय हुनेचित्तले देखेकोले निजहरुलाई जनही १० वर्ष कैद गर्नु उचित हुने शुरु जिल्ला अदालतको राय समेत मनासिव नै देखिंदा अ.वं. १९९ नं. वमोजिम जाहेर गर्नु भन्ने समेत व्यहोराको २०५३।११।९।५ मा पुनरावेदन अदालत राजविराज सप्तरीबाट भएको फैसला ।
३०. उल्लेखित पुनरावेदन अदालतको फैसला अनुसार यस अदालतमा साधको लगतमा दर्ता भएको ।
३१. यस्मा प्रतिवादी मध्येका वीर वहादुर कामीले मौकामा प्रहरीमा कागज गर्दा मलाई पिट्ने सुसे र चाउरेलाई खोज तलास गर्ने क्रममा जाहेरवाला पंच वहादुरको घरभित्र पसी हामी मध्येका प्रतिवादी देश वहादुर राईले जत्रतत्र लाठी ठटाउन थालेपछि मृतक याम वहादुर कामी आई अर्काको घरमा किन पस्छौं ए डांका हो भनि कुमार राईलाई १ लठृी हिर्काए पछि निजले पहिला हात छाडेकोले हामीलाई पनि रिस उठी हामी १३ र जना प्रतिवादीले मृतकलाई लठृी मुडको र लाताले हिकाई मरणासन्न अवस्थामा छोडी घर गएपछि ०४७।१।२९ गते मृतक याम वहादुरको मृत्यु भएको हो भनि वयान व्यहोरा लेखाएकोबाट पहिले मृतकवाट नै डांका भनि शव्द प्रयोग गरी कुटपिट गरेको भन्ने देखिन्छ । यसबाट पुर्व रिसइवी योजना केहि नभै तत्काल उठेको रिसको आवेशमा प्रतिवादीहरुबाट चिरुवा दाउराले कुटपिट गरेको भन्ने भएबाट यस्तोमा ज्यान सम्वन्धिको १४ नं. लाग्ने अवस्था हुंदा प्रतिवादी कुमार राई, भीम वहादुर, देश वहादुर र टेकधन राईलाई ज्यान सम्वन्धिको १३(३) अनुसार कसुरदार ठहर्याएको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम छलफलका लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने २०५५।८।१ मा यस अदालत संयुक्त इजलासबाट भएको आरोप ।
३२. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी ईजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट वहसको लागि उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापतिले मृतकले मृत्यु यसैको चोटबाट भएको भन्ने तथ्य स्पष्ट रुपमा स्थापित नभै रहेको स्थितिमा मु. ऐन अ.वं. १४ नं. आकर्षित हुन नसक्ने हुंदा पुनरावेदन अदालतको ईन्साफ सदर हुनु पर्दछ भनि गर्नु भएको वहस समेत सुनी साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराज सप्तरीबाट मिति २०५३।११।९।५ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
३३. यस्मा प्रतिवादी कुमार राई, प्र. चमार भन्ने भीम वहादुर राई, प्र. देश वहादुर राई तथा प्र. टेकधन राई समेत उपर मु.ऐन ज्यान सम्वन्धि महलको १ नं. को कसुर ऐ. १३(३) नं. वमोजिम संजायको मागदावी लिई अभियोग पत्र दायर भएकोमा प्र.हरुले अदालतमा वयान गर्दा आफूहरुले आरोपित कसुर गरेमा इन्काररहस् वयान गरेको पाइन्छ । प्रतिवादी कुमार राई, भीम वहादुर राई तथा देश वहादुर राईको पुनरावेदन परी र प्र. टेकधन राईको हकमा साधकको रोहबाट पु.वे.अ. रँजविराज सप्तरीबाट फैसला हुंदा अभियोग माग वमोजिम ठहर गरी संजायको हकमा मु.ऐन अ.वं. १८८ नं. वमोजिम राय व्यक्त गरी साधक सदरका लागि यस अदालतको लगतमा दायर भै पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णय तथा विचार गर्दा मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३(३) मा लाठा, ढुंगा र साधारण सानातिना हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह् कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा एक जना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न नआएमा मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वश्व सहित जन्म कैदको संजाय गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था रहेको पाईन्छ । प्रस्तुत मुद्दामा मृतक याम वहादुर कामीको मृत्यु यी प्रतिवादी समेतको कुटपिटको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिंदैन । निज मृतक याम वहादुर कामीलाई कुटपिट गर्दा एक जनाले कुटपिट नगरी धेरै जनाको हुल भै कुटपिट गरी सोही कारणबाट मृत्यु भएको भन्न तथ्य पनि निसिलबाट स्पष्ट रुपमा स्थापित हुन आएको पाइन्छ । मृतक याम वहादुर कामी यसैको चोट पीरको कारणबाट मृत्यु भएको भन्ने गरी मिसिलमा कतैवाट खुल्न आएको पाइदैन । यसरी मृतकको अवस्थामा यी प्र. कुमार राई, भीम वहादुर राई, देश वहादुर राई एवं टेकधन राईले मृतकलाई मौकामा उठेको कुरा गरिस थाम्न नसकी साधारण लाठा ढुंगा लात मुक्काले हानी सोही चोट पीरले कारण मृतक गरेको मानि ज्यान सम्वन्धि महलको १४ नं. आकर्षित गरी संजाय गर्न मिल्ने अवस्था देखिन नआउने हुंदा यस अदालतको मिति २०५५।८।१ को झ.झि. आदेशसंग सहमत हुन सकिएन । पुनरावेदन अदालत राजविराजले ठहर गरेको कसुर र संजाय मिलेकै देखिन आउंछ र अपराध गर्दाको अवस्थामा प्र. कुमार राईको उमेर २१ वर्ष चमार भन्ने भीम वहादुर राईको २१ वर्ष, टेकधन राइको १९ वर्ष थतथा तथा देश वहादुर राईको २७ वर्ष देखिई वारदातको स्वरुप प्र. हरुको युवा अवस्थाको उमेरलाई मध्य नजर राखि कैद वर्ष १० मात्र संजाय गर्ने गरी मु. ऐन अ.वं. १८८ नं. वमोजिम जिल्ला अदालतको प्रस्तुत गरेको राय सदर गरेको पुनरावेदन अदालत राजविराजको साधक सदरको लागि पठाएको राय समेत मनासिव नै देखिंदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. श्री केशवप्रसाद उपाध्याय
इति संवत् २०५६ साल मार्ग ३ गते रोज ६ शुभम् ।