निर्णय नं. ६८२६ - कर्तव्य ज्यान

निर्णय नं. ६८२६ ने.का.प. २०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
संवत् २०५१ सालको फौ.पु.नं. .. ११६०
फैसला मिति : २०५६।८।२७।२
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक
वादीः जहरसिंह तामाङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला इगाम गा.वि.स. वडा नं. १ वस्ने हिरा वहादुर तामाङ
§ मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठटृामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट खखेको चोटको कारणबाट मृत्यु भएको भन्ने देखिएकोले भवितव्य ठहराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज मृतक हिरा वहादुर तामाङ मरी सकेको भन्ने उपरोक्त मिति २०५६।३।२९ को तामेलीबाट देखिन आएकोले अ.वं. १७६ नं. ले फैसला नहुंदै मरीसकेको व्यक्तिलाई खतवात नलाग्ने हुंदा केही गरी रहनु नपर्ने ।
पुनरावेदक वादी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री ऋषिराम दवाडी
प्रतिवादी तर्फबाट :
अवलम्वित नजीर :
फैसला
न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटन ललितपुरबाट मिति २०५१।४।२५ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यसप्रकार छ ।
२. सि.पा.जि. इगाम गा.वि.स. वडा नं. १ वस्ने नाम थाहा नभएको माइला तामाङ १ र कान्छा तामाङ समेत २ जनाले पहिला देखिको रिसइवी लिई २०४९।६।१९ गते म जाहेरवाला रुपलाल मृतक जय वहादुर तामाङ समेत विपक्षीको गाउंबाट घरतर्फ आउंदा पाल्का देवी विसौनीमा आई पुग्दा विपक्षीहरुले मृतक जय वहादुरलाई लाति मुडकी, लठृी समेतले कुटपिट गरी मैले र रुपलालले छुटर्याउन नसकेको र मर्ने सम्म बनाई विपक्षीहरुले छाडी गएपछि रुपलाल र म समेत भइृ वोक्दै घिच्याउदै निजको घरमा ल्याएको र ऐ. २० गते १२: वजे कुटेकै चोटवाट जय वहादुरको मृत्यु हुन गएकोले विपक्षीहरुलाई पक्राउ गरी संजाय गरी पाउं भन्ने जहरसिंह तामाङको जाहेरी दरखास्त ।
३. पुर्व लोक वहादुर तामाङको पश्चिम च्यावुन तामाङको उत्तर कामी छिरिङ तामाङको घर, दक्षिण ठाडो वाटो यति भित्रको घरको छिडीको झ्याल मुनि मजेरामा उत्तरतर्फ टाउको, दक्षिण गोडा गरी सुती सेतो कटनको कपडाले ओडाइ राखेको मृतक जय वहादुरको लाश हेर्दा दुवै आंखा निदाएको जस्तो मुखको तल माथिको ओठ नजोडिएको, नाकको दुवै प्वालबाट प्रशस्त रगत लागी टाउको कपाल भिजी जमीनमा जमी सुकेको, छाती भुंडी पुरा फुलेको गुद्धँरबाट दिसा आएको, घांटी, गर्धनमा नीलो भएको भन्ने लाश प्रकृति मुचुल्का ।
४. २०४९ सालको वडाँ दशैंको नवमीको दिन विहान ८: वजे म नमादोर्जे र कान्छी नन्द समेत घांस काटन लाथानगाङ वारीमा घांस काटी रहेको अवस्थामा जहरसिंह, रुपलाल र अर्को १ जना थाहा नभएको मानिस केही कुरो नगरी हात हाल्दा मैले चिच्याउदै देवरलाई वोलाए । निज देवर आउनासाथ ३ जना कोदो वारीबाट उनीहरुको घरतर्फ गएका हुन । टिकाको भोलिपल्ट माइतीबाट घर आ.दा नाम थाहा नभएको मलाई समात्न आाउने मध्येका १ जना मानिस मरेको छ, भन्नेकुरा थाहा पाएको हो । के कसरी मरे मलाई थाहा छैन भन्ने श्रीमाई तामाङनीले प्रहरीमा गरेको कागज ।
५. २०४९।६।१९ गते कार्पोको घरमा रक्सी खाई आफ्नो घरतर्फ आउंदा फुकाङ विसौनीमा आई पुग्दा२ जना आइमाइ घांस काटन लागेको देखें पछि जय वहादुर तामाङ, जहर सिंह तामाङ र रुपलाल तामाङ समेत तिनै जना सो ठाउंमा गई आइमाइलाई जिस्कायौं । त्यसपछि पल्का देवी विसौनीमा गई वस्यौं । आधा घण्टापछिमा माइला भन्ने र निजको भाई समेत २ जना त्यहा आउंदा आउदै माइला भन्नेले मेरो स्वास्नीसंग जिस्किने भन्दै जय वहादुरको पिठ्यूमा एक लात्ति हिर्काएकोमा निज वाटाको डिलबाट तल लडे । त्यसपछी म माइलाले मेरो पनि पिठ्यूमा एक लात्ति हिर्काएकोले म वाटोमा नै लडें । त्यसपछी म र जहर सिंह जय वहादुर भएको ठाउंमा गयौं। जय वहादुर वेहोस भएको रहेछ । हामीले वोकेर घर ल्याएकोमा २० गते निज जय वहादुर भीरबाट लडेको चोटवाट मृत्यु भएको हो भन्ने रुपलाल तामाङले प्रहरीमा गरेको कागज ।
६. मिति २०४९।६।१९ गते विहान म, मेरो वहिनी कान्छी र भाउजु सिरी माई तामाङनी समेत ३ जना कोलसा भन्ने ठाउंमा घांस काट्न गएका थियौ । विहान ८: वजेको समयमा विसिंखरको नाम नजानेको ३ जना मानिस आएर भाउजुलाई जिस्क्याउने, कपडा समात्ने र तान्ने गरेकोले भाउजु कराउने चिच्याउने गरेको थाहा पाई घरमा गई दाजु हिरा वहादुर तामाङलाई बोलाई उक्त ठाउंमा आउदां निजहरु पक्षका देवी विसौनीमा गएर वसेका रहेछन । हामी पनि त्यसतर्फ गयौं पुग्नासाथ मेरो दाजुले मेरो स्वास्नीलाई हातपात गर्ने भन्दै लातिले निजलाई हिर्काए, १ जना वाटोको डिलबाट लडेको थियो । मैले केही गरेको छैन । लडेको मानिस भोलिपल्ट मरे भन्ने सुन्नेको हुं भन्ने कान्छा भन्ने नीमा दोर्जे तामाङले प्रहरीमा गरेको वयान कागज ।
७. मिति २०४९।६।१० गते विहान मेरो श्रीमती सीरी तामाङनी, भाई कान्छा र वहिनी कान्छी घांस काट्न गएका थियौ । म घरमै थिएं । अं. ८: वजेको समयमा नीमादोर्जे रुदैं घरमा आएर विसिंखरको ३ जना केटाले भाउजुलाई तान्यो भनि वताउपछि म उक्त स्थानमा जांदा श्रीमती रोई रहेको देखें के भयो भनि सोध्दा विसिंखरको ३ जना केटाले तानी कपडा च्याती दियो भनि वताएकोले यता उता हेर्दा निजहरु पल्कादेवी विसौनीमा वसी रहेको देखें । म त्यस ठाउंमा गएं, २ जनालाई १,१ लाति हिर्काइ मैले पैला हिर्काएको मानिस वाटोको डिलबाट तल खसेको थियो, २ जना भागे । निजहरुलाई भाइले केही छैन भन्ने माइला भन्ने हिरा वहादुर तामाङले प्रहरीमा गरेको वयान ।
८. मिति २०४९।६।१९ गते विहान म आफ्नै गोठमा थिएं । विहानको १० वजेतिर जहरसिंह र रुपलालले मेरो एकाघरको भाइ जय वहादुर तामाङलाई वोकेर घरमा लगी राखी मलाई वोलाए । जय वहादुरलाई हगामको हिरा वहादुरले कुटेर लडाएकोले वोकेर ल्याएका छौं भनि वताएपछि भाइ जय वहादुरलाई वोलाउदा वोल्दै वोलेन । भोलिपल्ट २० गते दिउंसोतिर भाइको मृत्यु भएको हो भाइको हिरा वहादुरसंग कुनै रिसइवी थिएन भन्ने समेत मान वहादुर तामाङ समेतले लेखाई दिएको सर्जमीन मुचुल्का ।
९. मर्ने जय वहादुर तामाङ समेतले प्रतिवादीको श्रीमतीलाई जिस्क्याई हातपात गरेको कारणबाट प्रतिवादीले तत्काल उठेको रीस थाम्न नसकी एक लाती हिर्काउदा वाटोको डिलबाट लड्न गई जय वहादुर तामाङको मृत्यु भएको रहेछ भन्ने प्रष्ट हुन आयो । मर्ने जय वहादुर र प्रतिवादी माइला भन्ने हिरा वहादुर तामाङको वीचमा कुनै रिसइवि भएको र प्रतिवादीको ज्यान मार्ने मनसाय रहेको भन्ने कुरा कतैबाट पुष्टि नभएको हुंदा विरुद्ध खण्डमा उल्लेखित प्रतिवादी माइृला भन्ने हिरा वहादुर तामाङले मुलुकी ऐन ज्यान सम्वन्धिको महलको १ नं. द्वारा निषेधित एवं १४ नं. द्वारा परिभाषित कसुर अपराध गरेको सिद्ध हुन आएकोले निज प्रतिवादी माइला भन्ने हिरा वहादुर तामाङलाई मुलुकी ऐन ज्यान सम्वन्धि महलको १४ नं. वमोजिम संजाय गरी पाउं भन्ने समेत २०४९।७।१३ गतेको प्रहरी प्रतिवेदन माग दावी ।
१०. २०४९ साल आश्विण १९ र २० गतेका दिन मेरो घरमा आफ्नै वच्चा हेरी बसेको थिएं। सो दिन म घटनास्थलमा गएको छैन । मृतक जय वहादुर तामाङ के कसरी मरे, मलाई थाहा छैन। मृतक जय वहादुरलाई म चिन्दिन । ऐ. असोज २२ गतेका दिनमा मेरो श्रीमती सीरीमाईले १९ गते विहान घांस काटन जांदा मृतक र नचिनेको २ जना समेतले मलाई समाति पौते समेत चुडाई दियो भनेको थियो । प्रहरीमा भएको वयानको व्यहोरा मैले लेखाएको होइन भन्ने समेत प्रतिवादी माईला भन्ने हिरा वहादुर तामाङले अदालतमा गरेको वयान ।
११. गत असोज महिनाको वडा दशैको अष्टमीको भोलिपल्ट मृतक जय वहादुर, रुपलाल र म जहर सिंह समेत ३ जना माइला योन्जनको घरमा रक्सी खाई आफ्नो घरमा फर्कन भनि आइ माझी विसौना भन्ने ठाउंबाट जंगलको वाटो जाने भनि उकालो लाग्यौ । सवैभन्दा अगाडी जय वहादुर त्यसपछि रुपलाल र म थियौ । हामी ३ जनालाई नाम नचिनेको आइमाइृले सरापेको सुनेर फेरी फर्केर पल्कादेवी विसौनीमा आई ४,५ मिनेट पछि च्याङ्वा भन्ने त्यस ठाउंमा आएर उगायो । त्यसपछि हिरा वहादुर र निजको भाई कान्छँ याक्सी भन्ने त्यस ठाउंमा आइ मृतक जय वहादुरलाई प्रतिवादी हिरा वहादुरले पछँडी पर्ने गरी लातिले हानी डिलमुनि अं. १५,२० मिटर तल खसाली दियौं । त्यसपछि मलाई हान्न खोज्दा मैले छलि मलाई भेटेन रुपलाललललाई लडाई दियो र वाटैवाट गयो । म त्यहा वसी रहेको थिएं । हिरा वहादुर गई सकेको मैले मृतक जय वहादुरलाई खसालेको ठाउंमा खोज्न गए, निजको मुखवाट रगत वगी रहेको कोदो वारीमा उतानो परी रहेको अवस्थामा देखें । के भयो भन्दा वोलेन मैले वांकी आफ्नो घरतर्फ जान लाग्दा यप्रँ भन्ने विसौनीमा रुपलालालाई पनि भेटियौ र दुवै जना मिली घरमा पुर्यायौ । भोलीपल्ट अं. १२:१ वजेतिर लडेकै चोटबाट जय वहादुरको मृत्यु भएको हो भन्ने जाहेरवाला जहरसिंह तामाङले वकेको वकपत्र ।
१२. गएको असोज १९ गते नवमीको दिन गाउंमा जाने वाटो खन्ने काम गर्न माइला लामा र श्याम कुमार लामा समेत पल्का देवी वाटो खन्ने ठाउंमा गएका थियौ । हामीहरु भएको ठाउको वाटँे गरी जहरसिंह, रुपलाल र मृतक समेत तिनै जना लर्वरीदिै आएका रहेछन । पल्का देवी विसौनीमा पुगेपछि तिनै जना व्यक्ति एक अर्काको हात समातेको समात्यै विसौनीको डिलबाट लडेको देख्यौ, कुन चाहिले हो २ जनाले अर्को १ जनाले अर्को १ जनालाई समातेर निजहरुकौ घर तर्फ लगे सो को २,३ दिनपछि मात्र मृतकको मृत्यु भएको भन्ने सुनेको छु भन्ने समेत सर्जमनका मानिस माहिला पाख्रिन तामाङले वकेको वकपत्र ।
१३. प्रहरीमा मैले वयान गरेको हुं, मलाई अरु केही थाहा छैन । व्यहोरा केही पनि भनेको छैन । व्यहोरा कसले लेखे थाहा छैन मलाई प्रहरीले सही गर भनेकोले सहीसम्म गरेको हुं । दाजु हिरा वहादुरले जय वहादुरलाई लातिले हानेको होइन। २०४९।६।१९ गते म विहान दिउसो घरमा नै छु भन्ने नीमा दोर्जे तामाङले अदालतमा गरेको वयान ।
१४. नयन वहादुर समेतले प्रतिवादीको स्वास्नीलाई असोज १९ गते घांस काटन गएको वखत हातपात गरेको थियौं भन्नेकुरा प्रतिवादीकै वयानबाट देखिन आउंदा सवुद प्रमाणको आधारबाट आफ्नी स्वास्नीलाई हातपात गरेकोले तत्काल उठेको रिसबाट लातीले हान्दा डिलबाट लडी सोही चोटबाट जय वहादुरको मृत्यु भएको देखिंदा प्रतिवादी हिरा वहादुरले अभियोगपत्र माग दावी वमोजिम अपराध गरेको ठहर्छ । सो ठर्हनाले प्रतिवादीलाई ज्यान सम्वन्धिको महलको १४ नं. वमोजिम कैद वर्ष १० को संजाय हुन्छ भन्ने समेतको श्री सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०५०।२।१४ गतेको फैसला
१५. शुरु जिल्ला अदालतको फैसलामा चित्त वुझेन । भिसेरा जांचबाट मृत्यु भएको कारण स्पष्ट नखुलेको मेरो साक्षिहरुको वकपत्रलाई वास्तै नराखी जाहेरवालाका साक्षिहरुको मात्रै आधार लिइएको शंकाको आधारमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्याई संजाय गर्न नमिल्ने ज्यान सम्वन्धिको १४ नं. उसै मौकामा उठेको रीस थाम्न नसकी प्रहार गर्दा मर्न गएको अवस्थामा मात्र लागु हुने भन्ने श्री सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको आधारमा गरिएको फैसला वदर गरी इन्साफ पाउं भन्ने समेत प्रतिवादी हिरा वहादुर तामाङको पुनरावेदन पत्र ।
१६. यसमा भिसेरा जांच गरी रोनाष्टको विशेषज्ञले दिएको राय समेतको आधारमा प्रतिवादीलाई कसुरदार ठहर्याएको शुरु जिल्ला अदालतको फैसला विचारणिय हुंदा क पुनरावेदन सरकारी वकिल कार्यालय पाटनलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५१।२।३१ गतेको आदेश ।
१७. आफ्नो श्रीमतीलाई जिस्काएको भन्ने सम्म कुरामा मृतक समेतलाई साधारण एक लात हान्दा तत्कालमा मानिस नमरी भोलिपल्ट मृत्यु भएको भनेको देखिंद्या रक्षा, शिक्षा गर्ने वाहेकको अवस्थामा प्रतिवादीले मृतकलाई साधारण एक लातसम्म हानेको अवस्था देखिएको र आफ्नी श्रीमतीलाई जिस्काएको अवस्थामा कुटपिट गर्दा भवितव्य परी मृतकको मृत्यु भएको देखिएकोले ज्यान सम्वन्धि महलको ६ नं. को देहाए ४ ले संजाय हुने ठहर्छ। ज्यान सम्वन्धि महलको १४ नं. ले कैद वर्ष १० ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ उल्टी भई सो ऐनको कैद वर्ष २ र जरीवाना रु.५००। (पांचसय रुपैया) हुने ठहर्छ । मुद्दाबाट सफाई पाउनु पर्छ भन्ने प्रतिवादी पुनरावेदक जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।
१८. पुनरावेदन अदालत पाटनबाट भएको उपरोक्त फैसलामा चित्त वुझेन । प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान चश्मदिद व्यक्तिहरुको वयान, वकपत्र समेतबाट प्रतिवादी हिरा वहादुरले मृतकलाई एक लात हानी डिलबाट खसाली दिएको र सो मानिसलाई घरमा ल्याएपछि घटना घटेको भोलिपल्ट मृतकको मृत्यु भएको अवस्थामा निज प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. आकर्षित हुनु पर्नेमा ऐ.ऐ. महलको ६(४) वमोजिम भवितव्य ठहराई गरेको संजाय मिलेको नभै उक्त फैसला त्रुटीपूर्ण हुंदा सो फैसला उल्टी गरी शुरु जिल्ला अदालतको इन्साफ कायम गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१९. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फका विद्वान उप न्यायाधिवक्ता श्री ऋषिराम दवाडीले प्रतिवादीको वयान, चश्मदिद गवाह नरसिंह तामाङ र रुपलालले गरी दिएको वकपत्र समेतको आधारमा आफ्नो श्रीमतीलाई जिस्काएको कारणबाट उठेको रिस थाम्न नसकि तत्काल मृतक रहेको ठाउंमा गई पछाडीबाट हिकाएको र भोलिपल्ट मृतकको मृत्यु भएको अवस्थामा ज्यान सम्वन्धिको १४ नं. वमोजिम संजाय हुनु पर्नेमा ऐ. ६(४) नं. वमोजिम भवितव्यमा संजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला उपरोक्त आधारमा नमिलेकोले सो फैसला उल्टी गरी हेर्दा यसमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन र पुनरावेदक वादीको पुनरावेदन जिकिर वमोजिम गर्नु पर्ने हो, होइन भन्ने सम्वन्धमा निर्णय गर्नु पर्ने हुन आयो ।
२०. यसमा प्रतिवादी हिरा वहादुर तामाङलाई शुरु सिन्धुपाल्चोक जिल्ला अदालतले ज्यान सम्वन्धिको १४ नं. वमोजिमको कसुरदार ठहर गरी १० वर्ष कैद सल्ंजाय गर्ने गरेकोमा पुनरावेदन अदालत पाटनले भवितव्य ठहर गरी सोही महलको ६ नं. लगाई २ वर्ष कैद र रु.५००। जरीवाना गर्ने गरी शुरुको इन्साफ केही उल्टी गरे उपर श्री ५ को सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ । पुनरावेदन अदालतबाट प्रीतवादीको नाममा पुन्रावेदनको म्याद निदएको कारणले २०५४।९।८ मा यस अदालतको संयुक्त इजलासबाट निजको नाममा पुनरावेदनको म्याद दिनु भनि आदेश भई म्याद तामेल हुन जांदा २०५६।३।२९ को तामेली म्यादमा लेखिएको हिरा वहादुर तामाङ आफ्नै कालगतीले परलोक भइसकेको र निजको एका सगोलका उमेर पुगेका जानकार जहान परिवार समेत घरमा फेला नपरकोले घर दैलामा टांसिएको छ, भन्ने व्यहोरा जनाई म्याद तामेल भई आएको देखियो ।
२१. श्री ५ को सरकारको पुनरावेदन जिरिक सम्वन्धमा विचार गर्दा मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठटृामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट खखेको चोटको कारणबाट मृत्यु भएको भन्ने देखिएकोले भवितव्य ठहराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज मृतक हिरा वहादुर तामाङ मरी सकेको भन्ने उपरोक्त मिति २०५६।३।२९ को तामेलीबाट देखिन आएकोले अ.वं. १७६ नं. ले फैसला नहुंदै मरीसकेको व्यक्तिलाई खतवात नलाग्ने हुंदा केही गरी रहनु परेन । निज हिरा वहादुर तामाङका नामको कैद जरीवाना लगत कायम नरहने हुंदा पुनरावेदन अदालत पाटन ललितपुर र सिन्धुपाल्चोक जिल्ला अदालतले राखेको निजको नामको कैद जरीवानाको लगत कटृा गर्नु भनि शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखि पठाई दिनु । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति संवत् २०५६ साल मंसीर २७ गते रोज २ शुभम् ............... ।