निर्णय नं. ६८३० - अपुताली हक कायम

निर्णय नं. ६८३० ने.का.प.२०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
संवत २०५२ सालको दे.पु.नं. .. ३४६०
फैसला मितिः २०५६।६।३।२
मुद्दाः अपुताली हक कायम ।
पुनरावेदक
वादीः जि.कलिवस्तु वनगाई हाल कानपुर गा.वि.स. वडा नं. १ विसुनपुर वस्ने गुलाव मुराउ
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ. वस्ने हरिराम मुराउ
§ मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस्तुमा मिति ०४२।१२।१८ मा दरखास्त दिएको र सो निवेदनको आधारमा मालपोत कार्यालयले कारवाही शुरु गरेको पाइन्छ भने प्रतिवादीले नामसारीको लागि धेरैपछि ०४६।३।२१ मा मात्र आएर निवेदन दिएको देखिन्छ । अपुताली हक नामसारी नहुदैमा हकनै कायम नहुने भन्न मिल्दैन । नामसारी भनेको त नियमित गराउने सम्मको कृया हो । अतएव मृतक मथुराकी छोरी तिर्थामा स्थापित भैसकेको अपुताली निजपछि निजकै हकदारमा निस्कृत हुने हुंदा वादीको हक कायम हुने हुंदा कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने ।
पुनरावेदकवादी तर्फबाटःविद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा
प्रत्यर्थी प्रतिवादी तर्फबाटिःविद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह
अवलम्वित नजिरः
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत वुटवलको मिति २०५२।२।१७ को फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. जिल्ला कपिलवस्तु गा.वि.स. वनगाई वडा नं. ३ मौजा विसुनपुर वस्ने मथुरा भराउ मेरो ससुरा हुनु भएको । निजको श्रीमती तथा छोरा नभएको १ छोरी भएकी प्रतिवादी हरिरामले ससुरा मथुरासंग अंश मुद्दा लडी आधी अंश फांट लिने दिने गरी २०४१।१।१२ गते यसै अदालतमा मिलापत्र भै अंश फांट छुट्याई भिन्दै वसी आएकोबाट ससुरा मथुरा भुराउको सेवा सम्भार तथा खेती लगायतको काम काज मेरी श्रीमती तिर्था समेत दुवै लोग्ने स्वास्नी ससुरा मथुराको सराकतमा वसी संग सम्भार खेती गृहस्ती लगायतको सवै कार्य व्यवहार गरी आएकोमा २०४२ साल कार्तिक २७ गतेका दिन निज ससुरा मथुरा आफ्ना कालगतिले परलोक भैसकेपछि दाह संस्कार कृया श्राद्ध सवै हामी लोग्ने स्वास्नीले नै गरी निज ससुराको नाउंमा दर्ता रहेको जग्गा २-१०-० र घर समेत अपुरताली हुन आएको पंचायतको सिफारिश तथा मृत्यु प्रमाणपत्र समेत संलग्न राखि जग्गा नामसारी दर्ता गरी पाउं भन्ने म्याद भित्रै मेरो श्रीमती तिर्थाको मालपोत कार्यालय क.व. मा दरखास्त दिइ कारवाही चलाई आएकोमा सो जग्गाहरु श्रीमती तिर्था भुराईनीको नाममा नामसारी दर्ता नहुदै मिति २०४६ साल माघ १५ गते निज श्रीमती तिर्था भुराउनी आफ्नो कालगतिले प्रलोक भएकी । निजको अपुताली हक खाने म लोग्ने ज्वाई वाहेक अरु कोहि नभएकोबाट सो जग्गा नामसारी दर्ता गरी पाउं भनी दिएको निवेदन पत्र जगाई उक्त जग्गा म भारतीय नागरिक भएको मेरो नाउंमा दर्ता हुन सक्दैन । उक्त घर जग्गा विक्री गर्ने गरी मेरो हक कायम गरी पाउं भन्ने क.व. मालपोत कार्यालयमा मिति २०४७।६।२५ गतेमा निवदेन दिएकोमा कारवाही हुदै मथुराको साख्य भाई विन्दा भुराउको छोरा हुन निज मथुराको अपुताली हुन आएको जग्गा मेरो नाउंमा नामसारी गरी पाउं भनने विपक्षी हरिराम भुराउको निवेदन परी जग्गा रोक्का समेत भएको हक वेहक छुट्याई आएपछि ठहरे हुने भनी २०४७।६।२६ गते दिन पर्चा खडा नगरी मा.पो.का.क.व. ले मौखिक जवाफ दिएकोले उपरोक्त कानून नियम अनुसार उक्त जग्गामा मेरो हक कायम गरी दिनु पर्नेमा नियम विरुद्ध विपक्षीले निवेदन दि सो आधारमा तेरो मेरो गरी आउनु भन्ने जवाफ पाएको सारै नै मर्कामा परी नालेस दिन आएको छु । विपक्षीले मेरो हक हो भनी दिएको निवेदन पत्र र सो आधारमा रोक्का रहेको जग्गा फुकुवा सभेत गरी अदलको ३ नं. वमोजिम तपसिलमा लेखिएको घर जग्गा २-१०-० मा मेरो हक कायम हुने गरी हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादी दिने भनेको व्यक्ति मेरो वावु मथुरा भुराउको छारी ज्यार्व होइन । श्री भराउको छोरा मथुरा भुराउ १ मेरो वावु विन्दा भुराउ १ समेत २ जना भएको । मथुरा भराउको छोरा नभई एक मात्र छारी तिर्था भुराउतननी भएको । निज तितर्था भराउनीको मृत्यु भई सक्नुको साथै मथुरा भुराउको श्रीमतीको अघिनै मृत्यु भैसकेको जेठा वावु मथुरा वृद्धावस्थाको हुंदा निजको सेवा सम्भार मैले गरी जग्गा मसमेत उपभोग गरी आऐकामा मथुरा भुराउको मिति २०४२।७।२७ मा आफ्नो कालगतिले मृत्यु भएको निज मथुरा भुराउको काज कृया समेत मैले गरी गराई मथुराको नाममा दर्ता रहेको जग्गा सम्पत्ति खान पाउने अधिकार प्राप्त हकवाला म भतिजा हरिराम भुराउने भै घर जग्गा सम्पत्ति म साख्खै भतिजा हरिराम भुराउले हक भोग गरी आएको हुंदा अपुतालीको २ नं. समेत हक खाने पाउने अधिकार प्राप्त व्यक्ति अपुतालीको १ नं. अनुसार पुरुष तर्फको हांगाको अंशियार हकवाला म हरिराम भुराउ रहेकोमा यस्तोमा वादी झुठ्ठा एवं गैरकानूनी रहे भएको स्पष्ट छ दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. मथुरा भुराउ मेरो ससुरा र तिर्था मेरो श्रीमती र प्रतिवादी हरिराम भुराउ मेरो साला नाता पर्दछ भन्ने समेत व्यहोराको वादी गुलाव भुराउको वयान ।
५. वादी गुलाव भुराउ मेरो जेठा वावु मथुरा भुराकउो छोरी ज्वाई र तिर्थाको लोग्ने होइनन् भन्ने समेत व्यहोराको प्र.वा. कल्लू प्रसाद चौहानको वयान ।
६. तिर्थाको विवाह गुलाव भुराउसंग भएको हो । मथुराको कोहि नभएकोले छोरीलाई ल्याई घरमा राखेका हुन । अपुताली जग्गा सम्पत्रि वादीले पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी भुनेश्वर भुराउ समेतको वकपत्र ।
७. मथुराको जग्गा सम्पत्तिमा प्र.हरिरामको हक लाग्ने हुंदा निजले खान पाउनु पर्छ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी पिंगल कुर्मिको वकपत्र ।
८. यस अदालतमा आदेशानुसार जिल्ला डोरबाट मिति २०४८।७।९ मा भै आएको सर्जमिन मुचुल्का मिसिल सामेल रहेछ ।
९. यसमा यि वादी भारतीय नागरिक भए पनि यस्तो अपुताली जग्गा अदलको ३ नं. को सुविधा पाउने कानूनी व्यवस्था पनि देखिन्छ । अतः वादी दावी वमोजिम मथडुरा र तिर्था मरी परेको अपुतालीमा वादीको हक कायम हुने समेत ठहर्छ भन्ने क.व.जि.अ. को २०४९।३।२३।३ को फैसला ।
१०. वादीको दावी अपुतालीको २० नं. विपरित भएको तथा यो वादी भनेको व्यक्ति मेरा जेठा वावु मथुरा भुराउको छोरी ज्वाई हो भन्ने कुरा पनि प्रमाणित नभएको अवस्थमा समेत शुरुले वादीको अपुताली हक कायम हुने ठहराई गरेको त्रुटिपूर्ण फैसला वदर गरी हक इन्साफ पाउं भन्ने प्रतिवादीको पु.वे.अ. मा परेको पुनरावेदन पत्र ।
११. तिर्थाको लोग्ने हुं भनी दावी लिई आउने यस मुद्दाका वादलिे तिर्था भुराउनीले मालपोत कार्यालयमा दिएको निवेदन लोग्नेको हैसियतले नगरेका अवस्थामा विवादित जग्गा प्रतिवादीका नाउंमा नामसारी समेत भैसकेको देखिंदा शुरु कपिवलस्तु जिल्ला अदालतको फैसला फरक पर्न जाने हुंदा अ.वं. २०२० नं. तथा पुननरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
१२. वादी दावी वमोजिम मथुरा र तिर्था मरी परेको अपुताली वादीको हक कायम गरेको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पु.वे.अ. को मिति २०५२।२।१७ को फैसला ।
१३. पुनरावेदन अदालतको इन्साफमा चित्त वुझेन उक्त फैसला वदर गरी कपिलवस्तु जिल्ला अदालतको फैसला यथावत कायम गरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१४. विवादको सम्पत्ति अपुताली हक कायम हुने ठहर्याएको फैसलामा अपुतालीको २ नं. को त्रुटि भै फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५४।१२।२६ को आदेश।
१५. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपिस्थित विद्वान अधिवक्ता कृष्णप्रसाद सापकोटाले कुनै दर्तावाला व्यक्ति मरेपछि हक सरेर जान्छ सुन्यको स्थितिमा रहदैन, अपुताली हकलाई शर्तले वन्देज गर्न सक्दैन । अपुताली हकमा आउने सम्पत्तिमा मैले पनि पूर्ण विराम लाग्दैन नामसारी यौटा प्रकृया मात्र हो यो हक श्रोतको माध्यम वन्न सक्दैन भनी वहस गर्नु भयो। विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंहले तिर्था स्वयंले अपुताली हक नामसारी गराएको छैन । विना नामसारी हक सर्न सक्ने हुदैन अपुताली हक विधिवत प्राप्त गरी तर्थाको नाममा अएको भए उस्को मृत्यु पश्चात निजको पतिको हक लाग्दथ्यो सो केहि नभएकोले पुनरावेदन अदालतले वादी दावी पुग्न नसक्ने ठहर्याएको इन्साफ सदर गरी कायम हुनु पर्छ भनी गर्नु भएको वहस सुनि इन्साफ तर्फ विचार गर्दा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुरनावेदन अदालत वुटवलको इन्साफि मिले नमिलेको के रहेछ सो सम्वन्ध निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा मथुरा मुराउको छोरी तिर्था भएको तथ्यमा कुनै विवाद नभएपछि वावुको मृत्यु हुनासाथ कानूनले साख्यात छोरी तिर्थाको अपुताली हक कायम भएको मान्नु पर्ने हुन्छ । वावु मथुराको मिति ०४२।७।२७ मा मृत्यु भए पश्चात वावुको अपुताली सम्पतिको नामसारीको लागि मालपोत कार्यालय कपिलवस्तुमा मिति ०४२।१२।१८ मा दरखास्त दिएको र सो निवेदनको आधारमा मालपोत कार्यालयले कारवाही शुरु गरेको पाइन्छ भने प्रतिवादीले नामसारीको लागि धेरैपछि ०४६।३।२१ मा मात्र आएर निवेदन दिएको देखिन्छ । अपुताली हक नामसारी नहुदैमा हकनै कायम नहुने भन्न मिल्दैन । नामसारी भनेको त नियमित गराउने सम्मको कृया हो । अतएव मृतक मथुराकी छोरी तिर्थामा स्थापित भैसकेको अपुताली निजपछि निजकै हकदारमा निस्कृत हुने हुंदा वादीको हक कायम हुने हुंदा कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदन अदालत वुटवलको इन्साफ त्रुटिपूर्ण हुंदा उल्टी हुन्छ । कपिलवस्तु जिल्ला अदालतको इन्साफ सदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदन वादी गुलाव भुराउके माथि इन्साफ लेखिए वमोजि पुनरावेदन अदालत वुटवलको इन्सा उल्टी हुने ठहरेकोले प्रतिवादबिाट वादीलाई भरगइ दिने ठहरेको कोर्ट फि रु.६००। प्रतिवादीले पुनरावेदन गर्दा धरौट राखेको देखिंदा सो रकम ऐन वमोजिम वादीलाई नै फिर्ता दिनु भनी पु.वे.अ. वुटवलमा लेखि पठाई दिनु ............... १
वादी गुलाव भुराउके माथि इन्साफ खण्डमा लेखिए वमोजिमम पुनरावेदनको इन्साफ उल्टी हुने ठहरेकोले वादीले यस अदालतमा पुनरावेदनगर्दा राखेको कोर्ट mि रु.९०। प्रतिवदी बाट भराई पाउने हुंदा सो भराई पाउं भनी कानूनका म्याद भित्र दर्खास्त दिए प्रतिवादीबाट वादीलाई भराई दिनु भनी शुरुमा लगत दिनु ।
मिसिल नियमानुसार गरी वुझाई दिनु ..३
उक्त रायमा सअमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत २०५६ साल असोज ३ गते रोज २ शुभम ............. ।