निर्णय नं. ४३ - लेनदेन

निर्णय नं. ४३ ने.का.प. २०१६
फुल बेञ्च
(अपील पहिला फाँट ऊपर)
प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह
न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा.
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री पशुपतीप्रसाद उपाध्याय
दे.फु.नं. ८
निवेदक, प्रतिवादी : तारा शम्शेर ज.ब.रा.
विरूद्ध
विपक्षी, वादी : श्री ३ माहिली महारानी कृष्णकुमारी राणाजिनी
मुद्दा : लेनदेन
(१) साहु आसामीको २ नं.– तमसुक भएका मितिले १० बर्ष भित्र रीतपूर्वकको भाखापत्र गराएको भए मात्र भाखापत्र गराएको भए मात्र भाखापत्र भएको मितिले फेरी १० बर्षको हदम्याद पाउने–गैरकानूनी ढंगबाट आयस्ता रोकेकोलाई म्याद भित्रको उजुर र भाखा करारको स्पष्ट शब्दको लिखत बेगर भाखा करार वा मन्जूरी भएको भन्न नमिल्ने ।
हाम्रा बाबु खसमले रू. २०००० लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौ । भाखा पाउँ भन्ने समेत शब्द परेका कागजहरू बेगर आफ्ना मातहतबाट दिन पर्ने अर्काको आफ्ना खुशीले रोकी दिएको कुरालाई रोक्का नहोस भनी दुःख पुकार गरेका चिठ्ठीलाई भाखापत्र सरहको मञ्जुरी भनी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन । ऐनका मन्सायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाफ भएकै भन्न पर्छ । म्याद भित्र भाखापत्र वा उजुर नगरी आफैंले आफ्ना मनासिवबाट रोकी दिएका आयस्तालाई भाखा करार वा मन्जूरी सम्झिएका सो कुरै बदर र अवैधानिक ठहरेको भएपछि १० बर्षभित्रको भाखापत्र वा मञ्जुरी भनी हदम्याद थामी दिन नमिल्ने । गैरकानूनी तरिकाले आयस्ता रोकीदिएको कारणबाट दुःख पुरकार गर्ने अवस्था परी दुःख पुकारासम्म गरेको देखिने पत्रको विचार गरी रहनु नपर्ने ।
(प्रकरण नं. १२ र १३)
(२) हाकिमको नाउँमा कराउनेको १२ नं.–अपील उजुर नगर्नेको हकमा समेत इन्साफ गर्न हुने।
आठ अंशियारमा एक जनाको मात्र उजुर परेकोले सवैको हकमा इन्साफ गर्न नमिल्ने भनी वादीको वकिलको बहस भएकोलाई हा.क.१२ नं. मा प्रष्ट खुलेकै हुँदा उक्त कानून मुताविक सवैको विषयमा विचार गरी इन्साफ गर्नुपर्ने ।
वादी तर्फबाट : प्लीडर श्री हेरम्बप्रसाद उपाध्याय
प्रतिवादी तर्फबाट : प्लीडर श्री मिन मर्दन
फैसला
१. यसमा क.मान शम्शेरले मसँग २ महिनाको भाखा गरी ९६ साल मार्ग महिनामा नोट रू. २० हजार निव्र्याजी सापटी लिएकोमा उदय शम्शेर, बिनायक शम्शेर, रत्नकुमारी समेत–३ जनाको आयस्ता ०३ साल देखि ०७ सालसम्म रोक्का गरी लिएकोमा निज उदय शम्शेर र बिनायक शम्शेर रत्नकुमारी समेतले आयस्ता दिलाई पाउँ भनी नालिस गरेको सो–मुद्दामा लेनातर्फ छुट्टै–नालिस परेका बखत ठहरेबमोजिम हुने भनी अपील दोश्रा फाँटबाट फैसला भएकोले मेरा उक्त लेना बाँकी अन्यायका ८ जना जसबाट पाउँने हो दिलाई भराई पाउँ भन्ने माहिली महारानी कृष्णकुमारीको फिराद रहेछ ।
२. निज वादीबाट कर्जा लिएको पनि थाहा छैन, लिएकै भए पनि लिखतको हदम्याद नाघिसकेकाले हामीले तिर्न बुझाउन नपर्ने भन्ने तारा शम्शेर, उदय शम्शेर, बिनायक शम्शेर, लक्ष्मी शम्शेर, रत्नकुमारी समेतको र हामीहरूको आयस्तापनि नरोकिएको र लिखतको हदम्याद समेत नाघी सकेकाले तिर्न बुझाउन नपर्ने भन्ने महेश्वर शम्शेर फणिन्द्र शम्शेर समेतको प्रतिवादी रहेछ।
३. आयस्ता रोक्का फुकुवा पाउँ भन्ने प्र. रत्नकुमारी समेतको नालिस परेका मुद्दामा लेनातर्फ छुट्टै उजुर परेका बखत ठहरेबमोजिम हुने भन्ने अपीलका फैसलामा उल्लेख भएको र त्यसपछि यो नालिस पर्न आएकाले हदम्याद गएको भन्न नहुने, रत्नकुमारी, उदय शम्शेर, बिनायक शम्शेर ३ जनाको हकमा म्याद भित्रै आयस्ता रोक्का गरेको देखिएको अरू प्रतिवादीहरूको आयस्ता रोक्का नभए पनि एकै कागजको कुरा हुँदा म्याद गएको भन्न पनि नहुने र दधी शम्शेरले शुरू म्यादै गुजारी बसेको आयस्ता मुद्दामा पेश भएको चिठ्ठी प्र. रन्तकुमारीले किर्र्ते भन्ने समेत नसकेकीले प्रतिवादी ८ जनाबाट दामासाहीले वादी दावीबमोजिम बिगो भरी पाउने ठहर्छ भन्ने ललितपुर अदालतको फैसला रहेछ ।
४. सो उपर चित्त बुझेन भन्ने लक्ष्मी शम्शेर, उदय शम्शेर, बिनायक शम्शेर, तारा शम्शेर, रत्नकुमारी समेत ५ जनाको अपील परेकोमा महेश्वर शम्शेर फणिन्द्र शम्शेरले अपीलै नगरेको दधी शम्शेरले सुरु म्यादै गुजारी सावित भई बसेको समेतबाट शुरूको इन्साफ मनासिव छ भन्ने अपील पहिला फाँटको फैसला रहेछ ।
५. उक्त फैसला रत्नकुमारी, बिनायक शम्शेर, उदय शम्शेर, लक्ष्मी शम्शेर, तारा शम्शेर समेत ५ जनाको अपील परेकोमा महेश्वर शम्शेर फणिन्द्र शम्शेरले अपीलै नगरेको दधी शम्शेरले शुरू म्यादै गुजारेकोले विचार गर्न नपर्ने आयस्ताबाट भर्ना दिलाउने रत्नकुमारी, उदय शम्शेर, बिनायक शम्शेरको हकमा शुरू अपीलको इन्साफ मनासिव छ । तारा शम्शेर, लक्ष्मी शम्शेरको हकमा १ सालमै छुट्टी भिन्न भएको बण्डापत्रबाट देखिएकाले र आयस्ता रोक्का भएको समेत नदेखिएकोले निजहरू २ जनालाई नलाग्ने भई राय नमिलेकाले छलफलमा झगडीया झिकाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश रहेछ ।
६. तारा शम्शेर, लक्ष्मी शम्शेरको हकमा लिखत भएको र आयस्ता रोक्का भएको समेत नदेखिएकोले सिंगलबेञ्चको राय मनासिव छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१३।३।६ गतेको फैसला रहेछ ।
७. हा.क.१२ नं. का ऐनले एउटै मुद्दामा उल्टिने भई फैसला हुँदा अपील नदिनेका हकमा समेत उल्टाई छिनी दिनुपर्ने र साहु आसामीका २ नं. का ऐनले हदम्याद नाघेको नालिस खारेजै हुनुपर्नेमा सो कुराको विचारै नगरी हराई दिएकाले इन्साफ दोहराई पाउँ भन्ने महेश्वर शम्शेर, फणिन्द्र शम्शेरको निवेदनमा व्यहोरा साँचो भए दोहराई ऐन सवालबमोजिम कारवाई गरी दिनु भन्ने हुकुमको आदेश रहेछ ।
८. एउटै लिखतको कुरामा लक्ष्मी शम्शेर, तारा शम्शेर २ जनाको हकमा अपुताली खाएपछि साहु तिर्दिन भन्न नपाउनेमा निजहरू २ जनाले तिर्न नपर्ने गरी हराई दिएकाले चित्त बुझेन इन्साफ दोहराई पाउँ भन्ने माहिली महारानी कृष्णकुमारीको निवेदनमा व्यवहोरा साँचो भए मिसिल साथ राखी ऐन सवालबमोजिम तुरून्त कारवाई गरी दिनु भन्ने हुकुमको आदेश रहेछ ।
९. उक्त आदेशबमोजिम पेश हुँदा कर्जा लिई लिखत भएको भन्ने कुरामा प्रतिवादीहरू कायमै भएको तिरी बुझाएको छौं भन्न र फट्टा भर्पाई पेश गर्न नसकेको कर्जा लिनु भन्दा अगाडि नै भिन्न भएको भन्न पनि नसकेको अंश अपुताली खाने अंशियारहरूले साहु ऋण तिर्नु बुझाउनु पर्छ भन्ने साहु आमामीको २२ नं. र अपुतालीको १८ नं. को ऐनमा उल्लेख भएको, सो ऐनबमोजिम आसामी कायम भएको एउटै लिखतको कुरामा अंशियार धेरै थोरैको गणना गरी केही दिलाउने केही नदिलाउने भन्न पनि नहुने । ऐनबमोजिम कायम ठहरी सकेको लिखतको पुरै थैली साहुलाई भराई दिनुपर्ने उचित देखिएको र तिर्न बुझाउन नपर्ने कुराको कुनै सबुद तारा शम्शेर, लक्ष्मी शम्शेरले गुजार्न नसकेकोले लिखतबमोजिमको पुरै रूपियाँ वादी दावीबमोजिम तारा शम्शेर, लक्ष्मी शम्शेर समेतबाट वादीलाई भराई दिने ठहराएको शुरू अपीलको ईन्साफ मनासिवै देखिनाले डिभिजन बेञ्चका फैसलासँग राय नमिलेकाले निज तारा शम्शेर लक्ष्मी शम्शेरलाई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश रहेछ ।
१०. उक्त आदेशबमोजिम पेश हुँदा उदय शम्शेर बिनायक शम्शेर, रत्तकुमारी समेतका हकको बिर्ता जग्गाको आयस्ता ३ साल देखि ७ सालसम्म रोक्का गरेकोमा निजहरूको उजुर परी कारवाई हुँदा आयस्ता रोक्का गरेको बदर भई ०१२।५।२१ गतेमा प्रधान न्यायालय डिभिजन बेञ्चबाट फैसला भई रोक्का बदर भएकोले म्याद भित्रै देखि आफ्नो रूपियाँ सघाउन आसामीको आयस्ता कब्जा गरी रहेकै देखिएको र चिठ्ठीबाट समेत रोक्का भईरहेको रू. ७५००। लाई स्वीकारगरेको देखिएको लक्ष्मी शम्शेर, तारा शम्शेरको हकमा आयस्ता रोक्का नभएको र निजहरूले चिठ्ठीपत्र गरेको समेत कुनै निस्सा देखिन नआएको र निजहरूको अंशबण्डा हुँदा साहु आसामीका २१ नं. का ऐनबमोजिम साहुको मञ्जुरी लिई सो रूपैयाँ बण्डा गरेको पनि नदेखिएको र एउटै लिखतको मध्ये हद भित्रै देखी आयस्ता रोक्का गरी भर्ना गर्दै ल्याएको सवै प्रतिवादीहरूको आमा माहारानीबाट स्वीकार गरी चिठ्ठी लेखेको देखिएकोले एउटै लिखतलाई हद नाघेको भन्न नहुने र साहु आसामीको २२ नं. अपुतालिको १८ नं. ले अपुताली खानेले साहु तिरी मात्र खान पाउने हुनाले आठै जना प्रतिवादीहरूले तिर्नुपर्ने ठहराएको डिभिजन बेञ्चको राय मनासिव छ भन्ने ०१४।५।२५ गतेको डिभिजन बेञ्चको फैसला रहेछ ।
११. सो उपर २ डिभिजन बेञ्चको रायबाझी फैसला भएकाले सर्वोच्च अदालत नियमावलीको दफा ३१ बमोजिम फुल बेञ्चबाट रिभ्यू गरी पाउँ भन्ने तारा शम्शेरको निवेदनबमोजिम पेश हुँदा अघि भएका डिभिजन बेञ्चको फैसलासँग राय नमिली रूलिङ्ग बाझिएको देखिनाले सर्वोच्च अदालत नियमबमोजिम यो मुद्दा फुल बेञ्चबाट निर्णय दिनुपर्ने भएकाले मुदातर्फ दर्ता गरी फुल बेञ्चमा पेश गर्नु भन्ने ०४१।११।२८ गतेको फुल बेञ्चको आदेश रहेछ ।
१२. उक्त आदेशबमोजिम पेश हुँदा तमसुक भएका मितिले १० बर्ष भित्र ब्याजीमा रीतपूर्वक व्याज असुल गरेको वा भाखापत्र गराएको र निव्र्याजीमा भाखापत्र गराएको समेत भए मात्र त्यस मितिले फेरी १० बर्षको हदम्याद पाउने सो नभए नगरेकोमा तमसुक भएका मितिबाटै १० बर्ष भित्र नालिस गरी भरी माग्ने व्यवस्था साहु आसामीका २ नम्बरको ऐनमा उल्लेख छ यो तमसुक ९६ साल मार्गको निव्र्याजी सापटी लेखि बीचमा ऐनको रीत पुगेको भाखापत्र समेत गराएको नदेखिएकाले सो ऐन अन्तर्गत ०६ साल मार्गसम्ममा फिराद दिनुपर्नेमा १० साल जेष्ठ २८ गते मात्र फिराद दायर भएकाले १४ बर्षमा नालिस परेको देखिन्छ । ९६ साल देखी ०६ सालसम्म १० बर्षका हदभित्र साहु आसामीका २ नम्बर अन्तर्गत आयस्ता रोकिने समेत व्यवस्था भईसकेकोले हदम्याद नाघेको भन्न नहुने भन्ने वादी र अगाडिका इन्साफ गर्ने अड्डा र बेञ्चहरूको राय देखिन्छ तापनि सो आयस्ता रोकिएको भनेको व्यवस्था हेर्दा ९६ सालमा तमसुक गरी ९८ सालमा मान शम्शेर परलोक हुनु भई ०१ सालमा रानी छोराहरूको ८ बण्डा लागि आठै जनाले साहु समेत व्यहोर्ने करारबाट बण्डापत्र लेखि खड्गनिशाना हुँदा पनि यस लेनदेनतर्फ भाखापत्र वा करार र अरू कुनै उल्लेख भएको देखिएन र मान शम्शेरको ८ अंशियारहरूले खान पाउने अर्कै जग्गाको आयस्ता मध्ये रत्नकुमारी, बिनायक शम्शेर, उदय शम्शेर ३ जनाकोसम्म ०३ साल देखि वादीले आयस्ता रोक्नु भएछ र हाम्रो रोक्न नहुने आयस्ता रोकी दिनु भएकाले भराई पाउँ भन्ने ८ सालमा फिराद दावा पर्दा त्यसैका प्रतिवादीमासम्म ९६ सालमा मान शम्शेरले लिएको २० हजार कर्जाको कट्टा मट्टा मिलाउन आयस्ता रोकिएको हो भन्ने जिकिर हाल वादीले लिनु भएकोमा आफ्नु लेना बाँकी भए उजुर गरेमा ठहरेबमोजिम हुनेछ । यो आयस्तारोक्का हुन सक्दैन भनी ११ साल बैशाख २९ गते अपीलबाट फैसला भएपछि चित्त बुझेन भन्ने यता अपील र सो २० हजार भराई पाउँ भन्ने ०१० साल जेष्ठ २८ गते अदालतमा यो फिराद गर्नु भएको रहेछ । अपील तह चढेका मुद्दामा प्रधान न्यायालय बेञ्चमा पेश हुँदा सो लेनदेनमा हाम्रो आउने आयस्ताबाट कट्टा गरेकोमा मञ्जुर छ भन्ने सरोकारवालाको मञ्जुरी बेगर आफ्ना मनासिवले आयस्ता रोकी कटाएको मनासिव नदेखिएकोले आयस्ता भराई दिने गरी अपीलबाट छिनेको मनासिव भनी किनारा भएका देखिएकाले जुनधारणाबाट वादीले प्रतिवादी मध्ये ३ जनाको आचरण रोक्नु भई १० बर्ष भित्रको भाखा करार वा मञ्जुरी भएको भन्ने समेत कानूनी सिद्धान्त अपनाउनु भएको थियो सो धारणा कानून देखि बाहिरको अव्यवहारिक गलत धारणा भन्ने ठेगाना लागि आयस्ता वापस दिनु परेको देखियो । ०३ साल देखि आयस्ता रोकिंदा यही २० हजार लेना वापतको व्यवहारमै हो भन्ने रत्नकुमारी उदय शम्शेरका चिठ्ठीहरूबाट मञ्जुरी देखिने भन्ने पनि साहु आसामीका २ नम्बरलाई भरोसा दिएको छ भन्ने जिकीरबाट प्रमाणमा पेश हुन आएका चिठ्ठीहरू हेर्दा हाम्रो लेना बाँकी २० हजार वापत रोकिएको हो वा सो रूपैयाँ तिर्छौ, बुझाउँछौं, भाखा पाउँ कट्टा हवस् भन्ने समेत कुनै पनि कानूनमा मिल्ने शब्दहरू लेखिएको देखिदैन आयस्ता जम्मा गरी वादी दिने मुख्य व्यक्तिले आयस्ता रोकी दिएकाबारेमा सो रोकिदा दुःख पाएँ नरोकियोस, रोकिन्छ भने पनि ७५ सय लिई माफ पाउँ । सो कुरा श्री ३ महारानीमा जाहेर गरी दिनु भनी रत्नकुमारीले दुःख पुकारा गरी र मुद्दा परी सकेपछि एक किसिम सोधनी जस्तोसम्म कुरा उदय शम्शेरका चिठ्ठीमा व्यहोरा देखिन्छ । हाम्रा बाबु खसमले रू. २० हजार लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौ भाखा पाउँ भन्ने समेत शब्द परेका कागजहरू बेगर आफ्ना मातहतबाट दिन पर्ने अर्काका आफ्ना खुसीले रोकी दिएको कुरालाई रोक्का नहोस भनी दुःख पुकारा गरेका चिठ्ठीलाई भाखापत्रसरहको मञ्जुरी भनी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन, हाम्रो सकार र तिर्न मञ्जुर छौ भाखा पाउँ भन्ने शब्दको लिखत बेगर ऐनका मन्सायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाप भएकै भन्न पर्छ । म्यादभित्र भाकापत्र उजुर नगरी आफैले आफ्ना मनासिवबाट रोकिदिएका आयस्तालाई भाका कराप वा मञ्जुरी सम्झिएका सो कुरै बदर र अवैधानिक ठहरेको भएपछि दश वर्ष भित्रको भाकापत्र वा मञ्जुरी भनी हदम्याद थामीदिन नमिल्ने हुँदा दिलाउने भराउने गरेको अगाडिका बेञ्चका फैसाल मनासिव देखिएन । वादी नै खारेज हुने देखिन्छ । खारेज हुन नसक्ने ऐनको रीत पुगेको पक्का सबुद भए सो समेत लिई आउनु भनी वादीलाई छलफलको १५ दिने म्याद दिई हाजिर हुन आएपछि पेश गर्नु भन्ने फुल बेञ्चको ०१५।५।१०।३ को आदेश रहेछ ।
१३. निवेदनवाला प्रतिवादी तारा शम्शेरको वारिस मानबहादुर गिरी र फुल बेञ्चका आदेशबमोजिम झिकाई आएको वादी कृष्णकुमारीको वारिस रूद्रप्रसाद उपाध्याय समेतलाई राखी वादी पक्षका विद्वान वकिल हेरम्बप्रसाद उपाध्याय र प्रतिवादी पक्षका विद्वान वकिल मीन मर्दन् समेतको बहस सुनि विचार गर्दा, यसमा प्रतिवादीले वादीलाई सुनाई दिनु भनी प्र. वादीले लेखेको पत्रलाई भाखापत्र भनी मान्न नहुने कारण कतिले भने जुन आयस्ता बाली वादीले रोक्का गरी राखेको हो । त्यसमा प्रतिवादीको उजुर परी फुकुवा दिनुपर्ने ठहरी अदालतबाट फैसला भईसकेको त्यस्तो गैरकानूनी तरिकाले आयस्ता रोकी दिएको कारणबाट दुःख पुकारा गर्ने अवस्था परी दुख पुकारासम्म गरेको देखिने । उक्त लेखिए मुताविक गैरकानूनी तरिकाबाट आयस्ता वादीले नरोकेको भए वादीलाई प्रतिवादीले त्यस्तोपत्र लेख्नु पर्ने अवस्थै पर्न नआउने वादीले गैरकानूनी काम गरेबाट सोपत्र उत्पन्न हुन आएकोले त्यसको विचार गरी रहनु नपर्ने आठ अंशियारमा एक जनाको मात्र उजुर परेकोले सवैको हकमा इन्साफ गर्न नमिल्ने भनी वादीको वकिलको बहस भएकोलाई हा.क.१२ नं. मा प्रष्ट खुलेकै हुँदा उक्त कानून मुताविक सवैको विषयमा विचार गरी इन्साफ गर्नुपर्ने भएकोले ०१५।५।१०।३ मा फुल बेञ्चले झगडीया झिकाउने गरेको राय मनासिव उक्त प्रमाण परिबन्दबाट प्रस्तुत मुद्दा खारेज गरी दिने अरू तपसीलका कुरामा तपसीलबमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
शुरू ल.पु.अदालतमा ०१०।१२।२४ गतेका फैसलाले वादी दावीको देहायबमोजिमको बिगो नोट रू. २००००।– र वादीले राखेको कोर्ट फी मोरू. ८५०।– अरू दस्तुर मोरू. ३।५६ समेत देहायका प्रतिवादीहरूबाट वादी कृष्णकुमारीलाई भराई दिने गरेको नपर्ने हुँदा सो लगत काटी दिनु भनी अतः बिगो फाँटमा लगत दिनु ....................१
प्र. रत्नकुमारीबाट देसिनोट रू. २५००। मोरू. १०६।८७, प्र. विनायक शमशेरबाट ऐनज रु. २५००। मोरु. १०६।३७, प्र. उदय शम्शेरबाट ऐजन रू. २५००। मोरू. १०६।३७, प्र. दधी शम्शेरबाट ऐजन रू. २५००। मोरू १०६।८७, प्र. लक्ष्मीप्रसाद शम्शेरबाट ऐजन रू. २५००। मोरू. १०६।८७, प्र. तारा शम्शेरबाट ऐजन रू. २५००। मोरू १०६।८७, प्र. फणिन्द्र शम्शेरबाट ऐजन रू. २५०० मोरू १०६।८७, प्र. महेश्वर शम्शेरबाट ऐजन रू. २५०० मोरू १०६।३७
उक्त शुरू अड्डाका फैसला उपर अपील दर्ता वादी तारा शम्शेरले कोर्ट फी मोरू. १०६।८७ पैसा ०११।३।१७ गतेमा रत्नकुमारीले कोर्टफी.मोरू. १०६।८७ पैसा ०११।४।१९ गतेमा उदय शम्शेर बिनायक शम्शेरले मोरू १०६।३७ का दरले जम्मा मोरू. २१२।७४ पैसा ०११।४।१९ गतेमा लक्ष्मी शम्शेरले मोरू १०६।८७ पैसा ऐजन ऐजनमा अ.त.बिगो फाँटमा धरौट राखेको र उक्त रूपियाँ अपील पहिला फाँटका ०११।९।७।४ का फैसलाले वादी कृष्णकुमारीलाई भराई दिने गरेको सो नपर्ने हुँदा लगत काटी दिई उक्त रूपियाँ मु.स.बही बुझ्ने बारेको ५९ दफाको म्याद ३ बर्षभित्र निजहरूको फिर्ता पाउँ भन्ने दर्खास्त पर्न आएमा दस्तुर केही नलिई ऐन सवाल को रीत पुर्याई फिर्ता दिनु भनी अ.त.बिगो फाँटमा लगत दिनु ........२
सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१४।५।२५ गतेका फैसलाबमोजिम महेश्वर शम्शेर फणिन्द्र शम्शेर के इन्साफ जँचाएमा जनही कोर्टफी मो.रू. १०।५९ का दरले असुल गर्ने ०१५।१२९ गते लगत भएको सो नपर्ने हुँदा असुल भए फिर्ता र नभए लगत काटी दिनु भनी तहसिलमा लगत दिनु ...................३
देहायका प्रतिवादीहरूले अपीलका फैसला उपर अपील गर्दा राखेको कोर्टफी मो.रू. १०।७० पैसाका दरले र न्यायालय गर्दा राखेको कोर्टफी मो.रू. ५।३६ का दरले राखेको सो समेत भराई पाउँ भनी वादी कृष्णकुमारीको जयजात देखाई दण्डसजायका ३६ नं. का ऐनको म्याद ५ बर्ष भित्र देहायका प्रतिवादीहरूको दर्खास्त पर्न आए वादी कृष्णकुमारीबाट देहायका प्रतिवादीहरूलाई ऐन सवालबमोजिम भराई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिनु .......................४
प्रतिवादी रत्नकुमारीलाई मोरू. १६।६, उदय शम्शेरलाई मोरू. १६।६, प्र. बिनायक शम्शेरलाई मोरू. १६।६, प्र. लक्ष्मी शम्शेरलाई मोरू. १६।६, प्र. तारा शम्शेरलाई मोरू. १६।६,
ल.पु.ई देहायका मानिसके इन्साफ उल्टिमा हा.क.१५ नं. का ऐनबमोजिम तजबिजी मोरू १। जरिवाना हुन्छ देहायबमोजिम असुल गर्नु तहसिलमा लगत दिनु ....................५
हाकिम ना.सु.शम्शेर राज वंश श्रेष्ठ प.२ नं., गोर्खा खाँचोकबाट मोरू. ।६०, अ.डि.हिरामान श्रेष्ठ का.ई. जैसी देवलबाट मोरू ।२५, वि.इच्छा हर्ष बज्राचार्य ऐजन प्यूखाबाट मोरू. ।१५
अ.पै का. देहायका मानिसके इन्साफ उल्टिमा हा.क.१५.नं. का ऐनबमोजिम तजविजी मोरू १। एक जरिवाना हुन्छ देहायबमोजिम असुल गर्न ऐजन ऐजन ......................६
का.मु.हाकिम सु.खड्ग विक्रम सिंह थापा क्षेत्री का.ई. डिल्ली बजारबाट मोरू. ।७५, वि.पद्म राज श्रेष्ठ का.ई. डिल्लीबजार धोविधाराबाट मोरू ।२५
सर्वोच्च अदालत नियमावलीको २४ दफाबमोजिम प्रतिवादी तारा शम्शेरतर्फका विद्वान वकिल मीन मर्दनलाई फीस वापत खर्च भएको मोरू १५। रूपैयाँ इन्साफ खण्डमा लेखिएबमोजिम हार्ने वादी कृष्णकुमारीको जायजान देखाई दण्डसजायको ३६ नं. को ऐनको म्याद ५ बर्ष भित्र निज तारा शम्शेरको दर्खास्त परे ऐनबमोजिम निज वादीकृष्णकुमारीबाट प्र. तारा शम्शेरलाई भराई दिनु भनी अ.त.बिगो फाँटमा लगत दिनु....................७
इति सम्वत् २०१५ साल मार्ग १२ गते रोज ५ शुभम् ।