शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३ - अंश

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६३       ने.का.प. २०१६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री प्रकाश शम्शेर

न्यायाधीश श्री भैरबराज पन्त

न्यायाधीश श्री महेन्द्रबहादुर महत

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

सा.नं. १७२

वादी : ईन्द्रगोपाल श्रेष्ठ

विरुद्ध

प्रतिवादी : कैलाश श्रेष्ठ समेत

मुद्दा : अंश

(१)   घरायसमा बण्डा गरी आफ्नो २ भाग भोग बिक्री व्यबहार समेत भएमा र पास गर्न ऐनको म्याद समेत नाघेकोमा फेरि बण्डा गर्न नमिल्ने ।

     घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको अब पास गर्नलाई ऐनको म्याद पनि नाघी सकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको सो व्यवहार बदर गर्न मनासिव नपर्ने हुँदा फेरि अंश गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन ।

(प्रकरण नं. ७)

फैसला

      १.     यसमा आमा परलोक भएपछि २०००।३।६ मानो छुटेको र बण्डापत्र भएको घर समेत घटीबढी परेबाट रीतपूर्वकको बण्डा गरौं भन्दा नमानेको भक्त गोपालको भाग ०४।१२।१७।२ मा रु. ३५१ मा पास गरी फार्छ्या गरी लिए दिएको हुँदा अब प्र. हरूबाट तायदाती लिई रीतपूर्वकको बण्डा गरी पाउँ भन्ने समेत ०५।११।१३।५ को फिरादपत्र रहेछ ।

      २.    अघि नै अंशबण्डा भई घर समेत राजिष्ट्रेशन मार्फत बिक्री बकसपत्र समेत भईसकेकाले अब फेरि बण्डा गरी दिनु पर्ने होइन भन्ने समेत प्रतिवादीहरूको एउटै प्रतिउत्तर पत्र रहेछ ।

      ३.    घरायसमा बण्डा गरी पछिबाट रीतपूर्वक भोग व्यवहार समेत गरी सकेको हुँदा घरसारमा भएको बण्डापत्र सदर गर्ने समेत ठहराई ललितपुर अदलतले ०६।६।१८।३ मा जाहेरी फैसला गरेको रहेछ ।

      ४.    ललितपुर अदालतकै इन्साफ सदर गरी अपील तेश्रा फाँटले ०९।७।५।२ मा जाहेरी फैसला गरेको रहेछ आदेश दिनु भएको रहेछ ।

      ५.    यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट ०९।११।१९।२ मा आदेश दिनु भएको रहेछ ।

      ६.    यस मुद्दामा दुबै थर झगडीया झिकाई पेश गर्नु भन्ने फुल बेञ्चबाट ०१०।४।४।४ मा आदेश भएको रहेछ ।

      ७.    यस मुद्दामा झिकाएका दुबै थर झगडीया मध्ये वादी इन्द्रगोपाल, प्रतिवादी मध्ये कैलासदास १ भक्त गोपाल १ तुयु श्रेष्ठनी १ समेत जना ४ ले टाँसिएको ०१०।६।२०।३ को म्यादै गुजारी बसेको र हाजिर भएको प्रतिवादी रामगोपाल श्रेष्ठलाई राखी रजिष्ट्रेशनबाट झिकाई आएको सनद समेत हेरी बुझ्दा घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघि सकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको सो व्यवहार बदर गर्न मनाबिस नपर्ने हुँदा फेरि अंश गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन बण्डापत्र सदर गर्नै ठहराई शुरु ललिपुर अदालत तथा अपील तेश्रा फाँटले जाहेर गरेको मनासिव छ ।

 

इति सम्वत् २०१० साल फागुन २७ गते रोज ४ शुमभ् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु