शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७ - राजिनामा लिखत बदर गरी पाउँ

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६७       ने.का.प. २०१६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा.

न्यायाधीश श्री भैरवराज पन्त पाध्याय

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

दे.नं. २९१

निवेदक      : लक्ष्मीनायक सुडी

विरुद्ध

विपक्ष : महजो सुडिनी

मुद्दा : राजिनामा लिखत बदर गरी पाउँ

(१)   रुपैयाँ लिन दिनु नभईशर्तनामा लेखीजग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरीपछि शर्तनामा बमोजिम काम नगरी धोका दिएमा झुक्याई राजिनामा गराएको भन्न पर्नेनालिस परेमा त्यस्ता राजिनामा सदर मान्न नहुने । बदर हुने ।

     घरसारमा निजहरूको भएको शर्तबाट रुपैया लिनु दिनु नभएको । घरको काम गर्ने कबुलमात्र गरी लिखत शर्त भएकोमा राजिनामा गराई जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी जग्गा हात पारी सकेपछि प्रतिवादीले काम छाडी धोका दिएको देखिएको । यस व्यवहारबाट रुपैयाँ लिई दिईकन राजिनामा गराएको नदेखिनाले वादीलाई झुक्याई आफ्नो मतबल साधन गर्नलाई प्रतिवादीले बादीका राजिनामा गराएको देखिनाले राजिनामा सदर मान्न नहुने ।

     शर्तनामाको उक्ति र वादी प्रतिवादीका बीचको व्यवहार, सवैको पूर्ण विचार गरी सो राजिनामा सुपथ मोल लिई दिइकन गरेको ठहरिंदैन । प्रतिवादीले वादीको दाम काम इत्यादी गर्ला भन्ने आशले मोल लिनु दिनु नगरी राजिनामा गरेको ठहर्नाले राजिनामा बदर गर्ने डिभिजन बेञ्चको फैसला मनासिव देखिन्छ ।

(प्रकरण नं. ३)

(२)  पास गर्नु पर्ने शर्तनामा पास नगराएको भएमा समेतसबूदका लागि सोमा भएको व्यहोरा प्रमाणा लिन ऐनले बाधा नदेखिने ।

     शर्तनामाको कागज रजिष्टरी पास गर्नुपर्ने भए पनि वादी प्रतिवादी बीचको व्यवहार बुझ्नलाई त्यस शर्तनामामा भएको व्यहोराको प्रमाण लिन ऐनले केही बाधा देखिंदैन र यो मुद्दाको रुपरेखा विचार गर्नको लागि शर्तनामाका कतिपय उक्तिहरू प्रमाणको लागि लिएको छ । शर्तनामा बमोजिम काम नगरे राजिनामा गरेको जग्गा वापस लिन्छु भन्ने बोली परेको हुनाले सो शर्तनामाको कागज राजिष्ट्रेशनको ऐनले राजिष्टरी गर्नु पर्ने अघि फुल बेञ्चबाट हरिप्रसाद सैंजु समेतको र इन्दनारायण सैंजुको घर राजिनामा फिर्ता गराई पाउँ भन्ने मुद्दामा फैसाल समेत भएकोले यो शर्तनामाको कागज रजिष्ट्रेशन पास गर्नुपर्ने भए तापनि त्यसमा भएको अरु बोलिहरू मुद्दाको रुपरेखा बुझ्नको लागि प्रमाणमा लिन केही कानूनी बाधा नदेखिनाले ।

(प्रकरण नं. ३)

फैसला

      १.     यसमा महजो सुडीनीसँगको राजिनामा लिखत बदर गरी पाउँ भन्ने मुद्दा प्रधान न्यायालय डिभिजन बेञ्चबाट अन्यायसँग हराई १० साल जेष्ठ २ गते मुद्दा फैसला गरेकाले चित्त नबुझ्दा बिन्तिपत्र चढाएको छु । राजिनामा बमोजिम कंरु ६००१ महजो सुडीनीले धर्म शदावर्त गर्नलाई मबाट कर्जा लिई मट्टीहानीको जग्गा बिगाहा २।।।३०.४ जग्गा ६ साल जेष्ठ १३ गते घरायसमा राजिनामा लेखी ऐजन १४ गते रजिष्ट्रेशन पास गरी मेरा नाउँमा दाखिल दर्ता समेत भईसकेको । महोत्तरी अपीलबाट राजिनामा सदर भई मैले डिग्री पाएको दर्ता दाखिल खारेज समेत गरी मैले भोगेको जग्गालाई नकरा घरसारमा बनाएको शर्तनामा प्रमाणै नलाग्ने कागजलाई कायम गरी मलाइ वादीको टहलुवा सुसारे ठहराई चाकरी गर्ने औकातको मानिसले त्यत्तिको रुपैयाँ हाली जग्गा किन्न नसक्ने कायम गरी विश्वासघाती तुल्याई दिएकोलाई महजो सुडीनीले ५० बिगाह जमिन सुक्री बिक्री राजिनामा रजिष्ट्रेशन गरी दिएको छ । म के ल्याकत औकातको रहेछु ? धनमालको समेत तायदाती लिई हक इन्साफ गरी पाउँ । शर्तनामा गरेको भए शर्तनामा बमोजिम गाउँका पञ्चभलाद्मी राखी पञ्चायती गरी मलाई दण्ड गराउन सक्नुपर्ने र अनिमात्र अड्डामा उजुर गर्नुपर्ने नसकेकोले रजिष्ट्रेशन पास भएको कागजलाई बेदामी झुट्टा तुल्याई थैली कंरु ६००१ रुपैयाँ उडाई जग्गाबाट हक छोडाई फैसला भएकोले ऐन सवाल र सरकारको रजिष्ट्रेशन अड्डाको केही भाउ भएन । अर्जी पठाउन सादा कागजमा लेखी दिएको सहीछापबाट शर्तनामा तयार गरी दाखिल गरेको कागज सदर ठरहाई राजिनामा बमोजिम मेरो जग्गा कायम गरी पाउँ भन्ने लक्ष्मीनायकका हकमा गंङ्गाप्रसाद मिश्रले दिएको विन्तिपत्र ।

      २.    महजो सुडेनीले लक्ष्मीनायकलाई राजिनामा गरी रजिष्ट्रेशन पास भएको र त्यसपछि कंरु ६००१ मोल जाने जग्गा विगाह २।।।३.४ राजिनामा गरी दिए वापतमा जन्मभर परी आएको काम र टहल सुसार गरुँला । गरिन भने जग्गा वापस गराई लिनु भन्ने समेत व्यहोराको लक्ष्मीनायकले महजो सुडीनीलाई घरायसमा कागज गरेको देखिएकोले रजिष्ट्रेशन पास भएको राजिनामा सदर मान्न हुने नहुने के हो ? यो बिन्तिपत्र फुल बेञ्चमा पेश गर्नु भन्ने २०१२ साल जेष्ठ २ गते रोज २ मा प्रधान न्यायालय डिभिजन बेञ्चबाट आदेश भएको ।

      ३.    आदेश बमाजिम पेश हुन आएको यो बिन्तिपत्र र मिसिलको व्यहोरा समेत निवेदक लक्ष्मीनायक र झिकाई आएको महजो सुडीको वा. नारायण साहु सुडीलई राखी बुझ्दा शर्तनामाको लिखत हेर्दा प्रतिवादीले वादीको काम गरी आएको र पछि छलफलमा देखाएको र मिसिलमा पेश भएको प्रतिवादीले कामकाज गरेको जालसाजमा भएको फाँटवारी श्रेस्ता पेश हुन आउँदा प्रतिवादीले सो काम गरेको होइन भनी इन्कार गर्न नसकेको समेत व्यहोराबाट वादी एउटा अदना वर्ष ३५ कि घरमा जानकारी कोइ नभएकी आइमाइले भर गरी प्रतिवादीलाई दामकाम गर्ने हिसाब राख्ने इत्यादी मेनेजर भई कामकाज गरी आएको प्रष्ट देखिन्छ । सो बमोजिम निज एकली विधवा वादीको मेनेजर भई कामकाज गर्ने कबुल गरी कंरु ६००१ मोल जाने जग्गा वादीले कामकै लोभले प्रतिवादीलाई दिएको प्रष्ट देखिन्छ । त्यस्ता अदना जानकारी कोही नभएकी उमेरकी स्वास्नी मानिससँग जग्गा लिँदा अड्डामा रुपैयाँ लिनु दिनु नगरेको र घरसारमा निजहरूको भएको शर्तबाट रुपैयाँ लिनु दिनु नभएको । घरको काम गर्ने बकुलमात्र गरी लिखत शर्त भएकोमा राजिनामा गराई जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी जग्गा हात पारी सकेपछि प्रतिवादीले वादीलाई काम छाडी धोका दिएको देखिएको । यस व्यवहारबाट रुपैयाँ लिई दिइकन राजिनामा गराएको नदेखिनाले वादीलाई झुक्याई आफ्नु मतलव साधन गर्नलाई प्रतिवादीले वादीको राजिनामा गराएको देखिनाले राजिनामा सदर मान्न नहुने । शर्तनामाको कागज रजिष्टरी पास गर्नुपर्ने भए पनि वादी प्रतिवादी बीचको व्यवहार बुझ्नलाई त्यस शर्तनामामा भएको व्यहोराको प्रमाण लिन ऐनले केही बाधा देखिदैन र यो मुद्दाको रुपरेखा विचार गर्नको लागि शर्तनामाको कतिपय उक्तिहरू प्रमाणको लागि लिएको छ । शर्तनामा बमोजिम काम नगरे राजिनामा गरेको जग्गा वापस लिन्छु भन्ने बोली परेको हुनाले सो शर्तनामाको कागज रजिष्ट्रेशनको ऐनले रजिष्टरी गर्नुपर्ने अघी फुल बेञ्चबाट हरिप्रसाद सैंजु समेतको र इन्द्रनारायण सैंजुको घर राजिनामा फिर्ता गराई पाउँ भन्ने मुद्दामा फैसला समेत भएकोले यो शर्तनामाको कागज रजिष्ट्रेशन पास गर्नु भए तापनि त्यसमा भएको अरु बोलीहरू मुद्दाका रुपरेखा बुझ्नको लागि प्रमाणमा लिनु केही कानूनी बाधा नदेखिनाले सो शर्तनामाको उक्ति र वादी प्रतिवादी बीचको व्यवहार सवैको पूर्ण विचार गरी सो राजिनामा सुपथ मोल लिई दिईकन गरेको ठहरिंदैन । प्रतिवादीले वादीको दाम इत्यादी गर्ला भन्ने आशाले मोल लिनु दिनु नगरी राजिनामा गरेको ठहर्नाले राजिनामा बदर गर्ने डिभिजन बेञ्चको फैसला मनासिवै देखिन्छ ।

 

इति सम्वत् २०१२ साल श्रावण ५ गते रोज ४ शुभम् ।

(नजिरको रुपमा हेरिएको मुद्दा : हरिप्रसाद सैंजु समेतको र इन्द्रनारायण सैंजुको)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु