निर्णय नं. १२१ - धनमाल करकाप

निर्णय नं. १२१ ने.का.प.२०१८
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
फौ. डि. नं. १५०।२
निबेदक, प्रतिबादी : सिद्धबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी, वादी : दुर्गालक्ष्मी श्रेष्ठनी
मुद्दा : धनमाल करकाप
(१) बयान र लेखाई आपसमा परस्पर नमिल्दो एकदम फरक देखिन आएमा र लागेको ल्याप्चे स्वभाविक रूपले लाने ठाउँमा नलागी उल्टो पट्टी लागेको देखिएमा – शंकाजनक हुन आउने ।
प्रमाण निमित्त आएको यिनै वादी प्रतिवादीका लेनदेन मुद्दामा सामेल रहेका धनी यिनै प्रतिवादी सिद्धीबहादुर ऋणी यिनै वादीका लोग्ने सुज्र्येबहादुर भएको ०९।११।१।५ को मोहरू ७०१। को कपाली तमसुकको पछाडी १०।६।६।३ को मिति कच गरी “मुनी आजसम्मको व्याज चुक्ति भई सावाँ मध्ये भर्ना मोहरू २००। हस्ते सुज्र्येबहादुरको स्वास्नी का. ई. डल्लो तुलसीधारा बस्ने दुर्गालक्ष्मी श्रेष्ठनी” भन्ने लेखी दरपिट गरी राखेको देखिएको र सोही लेनदेन मुद्दाको साहु सिद्धीबहादुरले दिएको फिरादमा दुर्गालक्ष्मीको लोग्ने सज्ुर्येबहादुरले ०९।११।१।५ मा मसँग मोहरू ७०१। दसौंदका दरले व्याज सहित बुझाउने गरी लिई कपाली तमसुक लेखी दिएको । निज सुज्र्येबहादुर मरेकोले निजका स्वास्नी अन्यायवाला दुर्गालक्ष्मीले सावाँ व्याज मध्ये ०१०।६।६।३ मा मोहरू २००। मात्र बुझाई भन्ने उल्लेख भएको देखिएको र मेरै सामुन्ने बुझाएकोले मेरै हस्ताले दरपिट गरी दिएको हुँ भनी वकिल वलभद्र मिश्रले भन्नु भएकोले झिकाई निजको बयान गाराउँदा व्याज अघिनै लिईसकेको भनी सिद्धीबहादुरले भन्नु भएको र मेरो सामुन्ने सावाँ रु. २००। मात्र दुर्गालक्ष्मीले बुझाई सिद्धबहादुरले बुझी लिएको हुँदा आजसम्मको व्याज चुक्ती भई सावाँ मध्ये मोहरू २००। भनी लेखी दरपिट गरी दुर्गालक्ष्मीले ल्याप्चे सही गरेको हो । व्याज के दरले बुझी लियो दियो सो अघिनै बुझाईसकेको भनी सिद्धीबहादुरले भन्नु भएको । मेरो सामुन्ने नबुझाएकोले मलाई थाहा छैन भन्ने बयान गर्नु भएकोबाट उपरोक्त तिनै लेखाइमा कुरा परस्पर नमिली एकदम फरक देखिन आएको र सो कपाली तमसुकको पिठमा दरपिटमा लागेको कारणीको ल्याप्चे भनेको हेर्दा साधारणतया स्वभाविक रूपले लाग्ने ठाउँमा ल्याचे लागेको नभई उल्टो पट्टी गरेको देखिनाले शंकाजनक जस्तो देखिन आउने भएकोले समेत कारणीले आफ्नो मुनासिबले शान्ति व्यवहारबाट लोग्नेको ऋण मध्ये २००। बुझाई दरपिट भएको जिकिर पुग्न नआउने ।
(प्रकरण नं. ९)
(२) बिक्री गरेकै घरमा बसेको देखिन आएमा धनमाल रहे भएकै देखिने ।
घर फार्छे बदर गरी पाउँ भन्ने तर्फ सुजन कलाल समेतका सबै साक्षीले प्रतिवादीहरूले धनमाल कब्जा गरेकै हो भन्ने बकी लेखी दिएको । प्र. का साक्षी नारान महर्जन; सानु महर्जनले वादीका लोग्ने सुज्र्येबहादुर श्रेष्ठले प्रतिवादी बसेको ठूलो घरमा मरेको हो भनी बकी लेखी दिएको । सो बिक्री गरेको घरमै वादी बसेको देखिन आएपछि धनमाल रहे भएकै देखिने ।
(प्रकरण नं. ६)
(र; सिंगल बेञ्चको बुँदाको हकमा हेर्नोस्)
(प्रकरण नं. ५)
निवेदक तर्फबाट : वकिल बलभद्र मिश्र झा
विपक्षी तर्फबाट : वकिल नारायणप्रसाद
फैसला
१. लोग्ने सुज्र्येबहादुरको अरू हकदार कोही नभई बैनी र ज्वाई अन्यायी सिद्धिबहादुरलाई ल्याई पाली राखेको । मेरो लोग्ने सूर्ज्येबहादुर ०१० साल श्रावण ३ गतेका दिन परलोक हुनु भयो । कृया बस्नु परेकोले ४५ दिन सम्म छुवाछुत गर्न हुन्न भनी साँचो नदिएको । पछि साँचो लिई हेर्दा पसलमा गोलमाल गरी ढुकुटीमा समेत केही नभएकोले धनमाल के भयो ? भनी सोद्धा तिम्रो लोग्नेले कन्ट्रोलको काम लिएकोमा केही पर्ला भनी हाम्रा नाउँमा सारेको सो घरमा तिम्रो जिन्सी धनमालको तिम्रो के निस्सा छ ? यो घर धनमाल मेरो हो भनी मलाई टसमस गर्न समेत नदिई कन्ट्रोलको काम गर्न नाम फेर्न पर्यो भनी दुबैले जवरजस्ती करकापका साथ ०१०।४।१६ गते २ थानमा र ०१०।६।४ गते २ थानमा समेत ४ थान कागजमा दायाँ बायाँ ल्याप्चे सही गराई लिई थुनामा राखे । ०१०।६।६ गते धनमाल समेत नदिई मलाई घरबाट निकाला गरी दिएकोले सो कागज बदर गरी लेखिएको धनमालको जम्मा बिगो ४४००। दिलाई भराई नाउँसम्म सारी राखेको मेरो घर पसलमा आफै बस्न पाउँ भन्ने समेत वादी ।
२. वादीको लोग्ने सूर्ज्येबहादुर जिवित छँदा निजले मो. रु. ६१०१। कर्जा लिई ०९।१०१९ गते का. इ. डल्ला तुलसीधाराको उत्तर मोहडाको पसल समेत भएको घर यो वादी समेत किनारामा साक्षी बसी फार्छे गरी ०९।१०।२२ गते रजिष्ट्रेशन पास गरी दिएकोले सोही बखत देखि सो घरमा बसी पसल थापी आएको र वादी सोही घरमा जोडएको निजकै घरमा बसी आएको । यो वादीको लोग्ने छँदै हामीबाट मो. रु. ७००। कर्जा लिई तमसुक गरी दिएको । लोग्ने मरी सकेपछि वादीले मो. रु. २००। बुझाई सो तमसुकमा दरपिट गरी दिएको र बाँकी मो. रु. ५००। यो वादीले नबुझाएकोले उजुरी परी बुझाउन पर्ने ठहरी ०११।९।७ मा फैसला भएको छ । घर ज्वाई बसेको, वादीलाई निकालेको र वादी दावी बमोजिम धनमाल लिएको समेत छैन । लिनु पर्ने रु. ५००। मा नालिस गर्यो भन्ने रीसइवीबाट झुट्टा उजुर गरेको हो भन्ने समेत प्रतिवादीहरू ।
३. मो. रु. ६१०१। पर्ने घर बिना मोलबाट अर्काका नाउँमा राख्न पर्ने आवश्यक नभएको र रजिष्ट्रेशन पास भई सो घर बिक्री भएको देखेको । यिनै वादी प्रतिवादीहरूको नाउँसारी मुद्दा र लेनदेन मुद्दा परी इवी अखवत परेको पनि ०११।९।७।४ को सो मुद्दाहरूको फैसला नक्कलबाट देखिएको । निकाला गर्यो भनेको ०१०।६।६ गते यो वादीले प्रतिवादीलाई बुझाउनु पर्ने तमसुक मो. रु. ७०० मध्ये मो. रु. २००। बुझाई दरपिट गराएको सदर ठहरी ०११।९।७ गते फैसला भएको नक्कलबाट देखिएकोले सो रूपैयाँ बुझाउनु भन्दा अगावै यो वादी सो घरमा बसेको देखिन नआएको र सो प्रतिवादीलाई वादीका लोग्नेले बिक्री गरेको घरसँगै वादीको अर्को घर छँदाछँदै सो प्रतिवादीलाई बिक्री भईसकेको घरमा धनमाल समेत राखी बसेको होला भन्ने प्रतित नपर्ने हुनाले समेत वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्ने समेत रा. का. दे. दो. को ०१२।६।३।२ को फैसला ।
४. वादीको अपील परेकोमा, सो बिक्री गरेको घरमा जडान भएको बिजुली सारी पाउँ भनी का. मे. अफिसमा मुद्दा परेको देखिएको । बिजुली सार्न पाउँ भन्न सक्ने वादीले धनमाल त्यसै राखी बिजुली मात्र सारी पाउँ भनेको होला भन्न बिना सबुदले नहुने हुनाले समेत इन्साफ शुरुको मुनासिब छ भन्ने समेत ०१३।९।१ को अपील पहिलाको फैसला ।
५. इन्साफमा चित्त बुझेन भन्ने वादीको अपील परेकोमा, वादीको उजुरी म्याद भित्रको देखिएको । भएभरको श्री सम्पत्ति धनमाल समेत बिक्री गरी पोइल जान लागि, रोक्का गरी पाउँ भनी वादीका नन्द यहि प्रतिवादी हरीकुमारी श्रेष्ठनीको रजिष्ट्रेशनमा उजुरी परी, उजुर नपुग्ने ठहरी रजिष्ट्रेशनबाट पर्चा भएको देखिएको । व्यापार गर्न वापतमा लिएको तलसुकमा आफ्नै बाँकी घर पसल थापेको भन्ने प्रतिवादी लेख नदेखेको । वादीका लोग्ने सूर्ज्येबहादुरसँग ६१००। ले घर किन्दा प्रतिवादीको तुल्सीधाराकै वतन लेखी अर्को छुट्टै घर छ भनी प्रतिवादीले लेख्न नसकेकोले एकै घरमा रहेछन् भन्ने मान्नु पर्ने भएको र रजिष्ट्रेशनका पर्चा, मेजिष्ट्रेट अफिसका पर्चाहरूको लेखाई अनुसार प्रतिवादीहरूको जवरजस्ती व्यबहार गराई देख्ने र नगदी गहनाको हकमा त्यत्तिको गहना, नगदी भएको मानिस भए कर्जा लिन नपर्ने हुँदा नगदी गहनाको रु. २८१४। बढी दावी गरेको । अरू जिन्सी धनमालको बिगो रु. १५८६। प्रतिवादीहरूले कब्जा गरी लिएको । वादीले पाउने देखिन आएकोले अपीलसँग राय नमिलेबाट डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१४।११।२७।२ को सिंगल बेञ्चको आदेश ।
६. घर फार्छे बदर गरी पाउँ भन्ने तर्फ शुरु अपीलको इन्साफ मुनासिब छ । सु. जनकलाल समेतका सबै साक्षीले प्रतिवादीहरूले धनमाल कब्जा गरेकै हो भन्ने बकी लेखी दिएको । प्र. का. साक्षी नारान महर्जन, सानु महर्जनले वादीका लोग्ने सूर्ज्येबहादुर श्रेष्ठले प्रतिवादी बसेको ठूलो घरमा मरेको हो भनी बकी लेखी दिएकोले, सो बिक्री गरेको घरमै वादी बसेको देख्न आएपछि धनमाल रहे भएकै देखिने र, वादीका लोग्नेले प्रतिवादीसँग कर्जा लिएको मो. रु. ७०१। मध्ये २०० रूपैयाँ भनी ०१०।६।६।३ मा दरपीट गरी बुझाएको छैन । तमसुक जालासजी हो, भनी वादीले पैरवी गरेको । उनीहरूको लेनदेन मुद्दाको मिसिलबाट देखिएकोले सो रूपैयाँ यिनै धनमाल वापतको रहेछ भन्ने देखिने र बादीका गवाहले बकी दिएको मोल बमोजिम हरहिसाब गर्दा रु. १५८६ वादीको धनमाल प्रतिवादीले लिएको ठहर्छ । त्यस मध्ये दरपिट गरी बुझाएको रु. २०० कट्टा गरी बाँकी रु. १३८६। वादीलाई दिलाई दिनु । अरू सिंगल बेञ्चको राय मुनासिब भन्ने समेत ०१५।५।१७।३ को स. अ. डिभिजन बेञ्चको फैसला ।
७. इन्साफमा चित्त बुझेन । रिभिजन गराई हक इन्साफ गराई पाउँ भन्ने प्रतिवादीका २ निवेदनमा दोहर्याई ऐन सवाल बमोजिम गराई दिने भन्ने ०१५।६।२६।१ मा र रिभ्यू गरी दिनु भन्ने ०१५।७।१८ गते हुकुम प्रमांगी बक्स भई आएको र वादी दुर्गालक्ष्मीको रिभ्यूको निवेदन समेत पर्न आएकोमा समेत ०१५।६।२६ को हुकुम प्रमांगी बमोजिम मुद्दा दोहर्याई दिने मुद्दा दोहरिने नै हुँदा वादीको बिन्तिपत्रमा अब केही कारवाई गर्न नपर्ने भन्ने समेत ०१५।१०।२४ को डिभिजन बेञ्चको आदेश ।
८. ०१७।१०।२६।४ का डि. बे. का आदेशानुसार झिकाई आएका वकिल बलभद्रलाई सोद्धा धनी प्र. सिद्धिबहादुर, ऋणी वादीका लोग्ने सूर्ज्येबहादुर भएको ०९।११।१ को मो. रु. ७०१। को कपाली तमसुकमा सावाँ रु. २००। मात्र वादी दुर्गालक्ष्मीले ०१०।६।६।३ मा बुझाउँदा सिद्धिबहादुरले बुझी लिएको हुँदा मेरै हस्ताबाट दरपीट गरी दिएको हुँ भनी निज वकिलले गरी दिएको बयान ।
९. ०१५।६।२६ गतेका बक्स भई आएको हुकुम प्रमांगी बमोजिम दोहरी पेश हुन आएको यो मुद्दामा निवेदक प्रतिवादी र विपक्षी वादीलाई रोहवरमा राखी सम्बन्धीत मिसिल कागजात समेत हेरी निवेदक प्रतिवादी तर्फका विद्वान वकिल श्री बलभद्र झाको र विपक्षी वादी तर्फका विद्वान वकिल श्री नारायणप्रसाद समेतको बहस सुनी वादीको जिकिर बमोजिम प्रतिवादीहरूले वादीको लोग्नेको धनमाल समेत कब्जा गरी १०।६।६।३ मा घरबाट निकाला गरेको भए सोही मितिमा वादीले आफ्नै मुनासिबबाट आफ्नो लोग्नेको ऋण तर्फ यै प्रतिवादी सिद्धीबहादुरलाई रु. २००। बुझाउन सम्भव नहुने भन्ने प्रतिवादी तर्फको मुख्य जिकिर समेत विचार गर्दा प्रमाण निमित्त आएको यिनै वादी प्रतिवादीका लेनदेन मुद्दामा समेल रहेका धनी यिनै प्रतिवादी सिद्धिबहादुर ऋणी यिनै वादीका लोग्ने सूज्र्ये बहादुर भएको ०९।११।१।५ को मोहरू ७०१। को कपाली तमसुकको पछाडि १०।६।६।३ को मिति कच गरी यस मुनी “आजसम्मको व्याज चुक्ति भई सावाँ मध्ये भर्ना मोहरू २००। हस्ते सूर्ज्येबहादुरको स्वास्नी का. ई. डल्लो तुलसीधारा बस्ने दुर्गालक्ष्मी श्रेष्ठनी” भन्ने लेखी दरपीट गरी राखेको देखिएको र सोही लेनदेन मुद्दाको साहू सिद्धिबहादुरले दिएको फिरादमा दुर्गालक्ष्मीको लोग्ने सूज्र्ये बहादुुरले ०९।११।१।५ मा मसँग मोहरू ७०१। दसौंदका दरले व्याज सहित बुझाउने गरी लिई कपाली तमसुक लेखी दिएको । निज सूर्ज्येबहादुर मरेकाले निजका स्वास्नी अन्यायवाला दुर्गालक्ष्मीले सावाँ व्याज मध्ये ०१०।६।६।३ मा मोहरू २००। मात्र बुझाई भन्ने उल्लेख भएको देखिएको र मेरै सामुन्ने बुझाएकोले मेरै हस्ताले दरपिट गरी दिएको हुँ भनी वकिल बलभद्र मिश्रले भन्नु भएकोले झिकाई निजको बयान गराउदा व्याज अघि नै लिईसकेको भनी सिद्धिबहादुरले भन्नु भएको र मेरो सामुन्ने सावाँ रु. २००। मात्र दुर्गालक्ष्मीले ल्याप्चे सही गरेको हो । व्याज के दरले बुझी लियो दियो ? सो अघिनै बुझाईसकेको भनी सिद्धिबहादुरले भन्नु भएको । मेरो सामुन्ने नबुझाएकोले मलाई थहा छैन भन्ने बयान गर्नु भएकोबाट उपरोक्त तिनै लेखाईमा कुरा परस्पर नमिलि एकदम फरक देखिन आएको र सो कपाली तमसुकको पिठमा दरपिटमा लागेको करणीको ल्याप्चे भनेको हेर्दा साधारणतया स्वभाविक रूपले लाग्ेन ठाउँमा ल्याप्चे लागेको नभई उल्टा पट्टी लागेको देखिनाले शंकाजनक जस्तो देखिन आउने भएकोले समेत कारणीले अफ्नो मुनासिबले शान्ति व्यवहारबाट लोग्नेको ऋण मध्ये रु. २००। बुझाई दरपिट भएको जिकिर पुग्न नआउँने । र अरू सिंगल बेञ्च र डिभिजन बेञ्चको रायमा लेखिएको बुँदा प्रमाणबाट समेत ०१५।५।१७।३ मा डिभिजन बेञ्चले गरेको इन्साफ मुनासिब ठहर्छ । सो ठहर्नाले निवेदक प्रतिवादी सिद्धिबहादुर श्रेष्ठकै बिन्तिपत्र दिई मुद्दा दोहर्याएमा हा. का. को ११ नं. ले डिभिजन बेञ्चका फैसलाबाट भएको शुरु दण्ड हुन्छ । रुजु हूँदा ऐन सवाल बमोजिम असूल गर्न तहसीलमा लगत दिई रुल नियम बमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१८ साल बैशाख ६ गते रोज ३ शुभम् ।