निर्णय नं. १२४ - जालसाजी

निर्णय नं. १२४ ने.का.प.२०१८
डिभिजन बेञ्च
न्यायाधीश श्री रंगनाथ उप्रेति
न्यायाधीश श्री तिलक शम्शेर थापा
नं. १३९
अपीलाट, वादी : भिमकान्त पाँडे जैसी
विरुद्ध
विपक्षी, प्रतिबादी : खगेश्वर पाँडे
मुद्दा : जालसाजी
(१) अघिनै पोइल गएकी र पछीमात्र पोइल गइसकेको मानिससँग राजीनामा गरी लिएको भन्ने उजुरी परेमा प्रतिवादीले नै होइन भन्ने प्रमाण गुजार्नु पर्ने ।
फाल्गुनमा जातक पायो । अघी नै पोइल गइसकेको मानिससँग सोही सालको पौष १ गते राजीनामा गरी लिएको भन्ने समेत उजुरी दिएकोमा प्रतिवादीले सो कुरा होइन भन्न नसकेको
(प्रकरण नं. ९)
(२) बिधुवा अंश धनका १ नम्बरको देहाय ४ दफा बाजेको आर्जनमा अचलनमा रु. ५०० सम्म खुश गर्न पाउने । सो भन्दा हकवालाको मन्जुरी लिनु पर्ने । हकवालाको मन्जुरी बेगरको सदर नहुने ।
बाजेको पालाको आर्जनको जग्गा देखिन आएकाले त्यस्तो जग्गा ३ पुस्ता भित्रका हकदार वादीहरूलाई नदेखाई रु. ५०० भन्दा माथिको लिखत देखिनाले बिधवा अंश धनका १।४ नं. ले बिधुवा नैनाले गरी दिएको राजिनामा सदर नहुने हुनाले सो राजिनामा कायम गरी शुरुको सदर गरी छिनेको वुटौल अपीलको इन्साफ गल्ती ।
(प्रकरण नं. ९)
प्रतिवादी तर्फबाट : ल्पिडर श्री पुरेन्द्रकुमार मैनाली ।
फैसला
१. नरभूपालका ४ छोरामा जेठा जैबल्लभ माहिला गोरेश्वर साहिला प्रतिवादी नैनाका वा. हुन दिर्घनारान कान्छा म भिमकान्त माहिलो गौरेश्वर २ छोरामा जेठा दुदिराज कान्छा म रुकमान गत निज नैनाका बाहुन मरी छोरा छोरी नभएकोबिधवा भई बसेकी । निजको अंशको जग्गा ३ कित्ता पाखो मोरु २५०० मा खगेश्वर लिने नैनाले बेच्ने गरी ८ साल पौष १ गतेमा जालसाजी राजिनामा पास गरी सो दिन देखि घर नआई बेपत्ता भई ०८ साल फाल्गुणमा जातक पाएर निजको अंशको जग्गा अपुतालीबाट हाम्रो हक भईआएकीले लगाएको सो राजिनामाका ४ किल्ला भित्रको पाखो जग्गाको मकै मुरी १ को बिगो मोरु २० भराई जालसाजी राजिनामा बदर गरी पाउँ भन्ने वादी ।
२. बर्ष दिन खान नपुग्ने हुँदा रु. २५००। मा बिक्री गरी माइत गएकी हुँ साहु तिरेकी तमसुकहरू पनि पेश गरेकी छु भन्ने नैनाको प्रतिवादी
३. मो. रु. २५०० मा नैनाबाट ०८।४।८।२ मा घरसारमा र ०८।९।१ मा पास गरी दिएको हुँ भन्ने खगेश्वरको प्रतिवादी ।
४. बुझिएसम्मका प्रमाणबाट वादीको दावी झुट्टा रहेछ भन्ने पाल्पा अदालतको फैसला।
५. शुरुको इन्साफमा चित्त बुझेन भन्ने वादीको अपील ।
६. इन्साफ शुरुको मुनासिब छ भन्ने बुटवल अपीलको फैसला ।
७. अपीलको इन्साफमा चित्त बुझेन भन्ने वादीको अपील ।
८. ०८।९।१ मा पास गरी बेचेपछि तुरुन्त फाल्गुणमै जातक जन्मिएको र नबिग्रेकै भए पनि हकदार साक्षी नराखी वा मन्जुर नभई ससुराका आर्जनको जग्गा बिक्री गर्न नपाउने हुनाले समेत हकदारको घर जग्गा कायम हुनमा शुरु अपीलले किने बेचेको सदर गरी फैसला गरेको रायसँग सहमत नभएकाले प्रतिवादीहरूलाई छलफलमा झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश ।
९. यसमा अपीलाट भिमकान्त र झिकाएको मध्ये नैनाले म्याद १४।११।२३।५ मा आफैले बुझी लिई गुजारी बसेको । खगेश्वरको वारिस बलभद्रलाई १५ साल आश्विन २१ गतेको मुद्दा पेश गर्ने भनी तारिख तोकी दिएकोमा बलभद्र हाजिर हुन नआएको र हाजिर हुन आएका वादी भिमकान्तलाई रोहवरमा राखी प्र. खगेश्वर तर्फका वकिल प्लीडर विद्वान श्री पुरेन्द्रकुमार मैनालीको बहस समेत सुनी निर्णय गर्दा फाल्गुणमा जातक पायो । अघिनै पोइल गईसकेको मानिससँग सोही सालको पौष १ गते राजिनामा गरी लिएको भन्ने समेत उजुरी दिएकोमा प्रतिवादीले सो कुरा होइन भन्न नसकेको र जुन व्यवहार गरेको लिखतमा लिखत भएको दिन र पास गरेको दिन रूपैयाँ दिएको भन्ने र अरू अरू साहू तिरेको फट्टा आए तापनि लिखत हुनु भन्दा पछाडीको मितिमा रूपैयाँ तिरेको फट्टाबाट देखिनाले व्यवहार त्यति राम्रो पनि नदेखिएको र बाजेका पालाको आर्जनको जग्गा देखिन आएको त्यस्तो जग्गा ३ पुस्ता भित्रका हकदार वादीहरूलाई नदेखाई रु. ५०० भन्दा माथिको लिखत देखनाले बिधवा अंश धनका १।४ नं. ले बिधुवा नैनाले गरी दिएको राजिनामा सदर नहुने हुनाले सो राजिनामा कायम गरी शुरुको सदर गरी छिनेको बुटवल अपीलको इन्साफ गल्ती र नैना पोइल गई हक हुन आएको वादीको जग्गामा प्रतिवादीले बाली लुटेको ठहर्छ । सो ठहर्नाले अरू कुरामा तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
देहाय बमोजिम वादीहरूलाई दण्ड गरेको हाल नलाग्ने ठहरेकाले असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी पुर्जी गर्न अ. नं. मा लगत दिने ...................१
वादी भिमकान्त रुकमागत जवान २ को बुटवल अपीलका १२।२।१३।६ का फैसलाले गरेको जम्मा दण्ड मोरु. ५।४५ हाल नलाग्ने हुँदा ऐ ऐ गर्ने ...................... २
इन्साफ उल्टीमा देहाएका अड्डाका देहाएका जवान देखाए बमोजिम जरिवाना लाग्छ । रुजु नहुँदा असूल गर्नु भनी अ. त. मा लागत दिने .....................३
पाल्पा अदालतका हाकिम डि. हरिदत्त पाध्या बालुङ् के इन्साफ उल्टीमा हा. का. १५ नं. ले तजविज मोरु १। जरिवाना लाग्छ बाहालै हूँदा असुल गर्नु भनी अ. त. मा लागत दिने १
बुटौल अपीला देहायका जवान ३ के इन्साफ उल्टीमा हा. का. १५ नं. ले जतविज मोरु १। जरिवाना लाग्छ रुजु नहूँदा असूल गर्नु भनी अ. त. मा लागत दिने २
हाकिम सुब्बा देवीप्रसाद उपाध्याय का. ई. किलागढके ६०
अ. ना. सु. शंकर ध्वज जोशी काठमाडौं मरुटोल के ३०
वि. सूर्यबहादुर श्रेष्ठ बुटवल बजार के १०
देहायका प्रतिवादीको देहाय बमोजिम हकनपुग्ने जग्गा लिएदिएमा जग्गामिचेको २७ नं. ले तजबिज मोरु २। का दरले दण्ड लागछ । रुजु नहुँदा असूल गर्नु भनी अ. त. मा लागत दिने.................४
प्र. खगेश्वरके २। प्र. नैना जैसीनी प. ४ नं. कोटाकोट के २।
बादी भिमकान्त रुकमागत समेत जवान २ के बेच बिखन गरी खान पाउने जग्गा जितेमा जग्गा मिच्नेका २० नं. ले सलामी मारु १। लाग्छ रुजु हुँदा असूल गर्नु भनी अ. त. मा लगत दिने ....................५
प्र. खगेश्वरके बिगो रु. २० को बाली लुटेमा लुटपीटका ४ नं. ले सयकडा २० ले हुने मोरु ८० दण्ड लाग्छ रुजु नहुँदा असूल गर्नु भनी अ. त. मा लगत दिने ......................६
बादी भिमकान्त रुकमागत जबान २ के बिगो रु. २०। प्र. खगेश्वरको जायजात देखाई दं. स. ३६ नं. का ऐनका म्याद ५ बर्ष भित्र बादीहरूको दर्खास्त परे वादीबाट दसौंद लिने प्र. लाई दण्डभईसकेकोले विसौद नली प्र. खगेश्वरबाट वादी २ जनालाई बराबरका दरले भराई दिनु भनी अ. त. मा लगत दिने ........................ ७
इति सम्वत् २०१५ साल आश्विन २१ गते रोज शुभम् ।