शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३९ - लेनदेन

भाग: साल: २०१८ महिना: कार्तिक अंक:

निर्णय नं. १३९                 ने.का.प.२०१८

डिभिजन बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

डि. अ. नं. ६९७।६९८

अपीलाट, वादी : गोबिन्द राज पाण्डे,

विरुद्ध

विपक्षी, प्रतिवादी : क. गोबिन्द शम्शेर जंगबहादुर राणा

मुद्दा : लेनदेन

(१)   दर्खास्तलाई दुवै पक्षले नयाँ एग्रिमेन्ट मानी प्रतिवादीतर्फबाट सोहीको नै आधारमा नयाँ मेनेजर नियुक्त गरी सो ले गरेको काम कारवाईमा कुनै बिरोध नदेखाई काम कारवाई गरी गराउदै आएमा पछि उपरोक्तलाई नयाँ एग्रिमेन्ट होइन भनी प्रतिवादीले जिकिर गर्न नमिल्ने ।

            उक्त ०११।६।१२ मा काठमाडौं मैजिष्ट्रेटबाट पर्चा खडा भएपछि प्रतिवादी पक्षले उक्त दर्खास्तलाई कुन भावनाले हेरेर त्यस्को कुनै मान्यता राख्यो वा राखेन भनि बिचार गर्दा सो मैजिष्ट्रेटमा भएको पर्चा पछि प्र. गोबिन्द शम्शेरले गोबिन्दराजको ठाउँमा डाईरेक्टर वा संचालक पदको कार्यभार आफै ग्रहण गरी मैनेजर पदमा भेषविक्रम राणलाई नियुक्त गरेको देखिन आएको । सो मैनेजर भेषविक्रम राणले मिति ०११।९।८।४ मा गोबिन्दराज पाण्डेलाई लेखी त्यस्को बोधार्थ अर्थ मन्त्रालय गृह मन्त्रालयको सचिवहरू तथा मैजिष्ट्रेट अफिस समेतमा पठाएको चिठ्ठीमा हामीहरूको काठमाडौं मैजिष्ट्रेटमा मिलापत्र हुँदा २ दफामा ३ दिन भित्र हिसाब छिन्ने ३ दफामा हिसाबमा नचलेको बाँकी छ भन्ने आईपरेको कुरा तर्फ संचालक गोबिन्दराजज्यूबाट फछ््र्याउने, गोबिन्द शम्शेरले जवाफदेही गर्नु नपर्ने लेखिएको । सो मिलापत्र बमोजिम आजसम्म हिसाब छिनी नदिएको । फिलिम झिकाउँदा नदिई रोकेकोले लेखी पठाएको छौंभन्ने उल्लेख भएको । बंगाल मोसन पिक्चर्सलाई लेखेको अंग्रेजी हरफको चिठ्ठीमा पहिलेको पार्टी गोबिन्दराजबाट प्रभा सिनेमाको चार्ज हामीले लिईसकेको भन्ने र त्यस्तो चार्ज लिनु भन्दा अघि हामीहरूले अदालतमा निर्णय गराई सकेको छ कि अघिको बाँकी बक्यौता अघिको पार्टी गोन्दिराजले चुक्ता गर्ने छ भन्ने समेत उल्लेख भएबाट उक्त दर्खास्तलाई प्रतिवादी पक्षले स्वयम् पनि नयाँ एग्रिमेन्ट भनि सम्झी लेखापढी गरेको देखिएको छ । हो ति पत्रहरू प्रभा सिनेमामा प्र. गोबिन्द शम्शेर तर्फबाट नवनियुक्त मेनेजर भेषबिक्रम राणाले लेखेका छन् । तर पनि ति पत्रहरू लेखे वापत गोबिन्द शम्शेरले अहिलेसम्म कुनै आपत्ति केही नगरेपछि सो पत्र निजका तर्फबाट लेखेको होइन भन्न नमिल्ने र उता तिर प्रतिवादीको सो पर्चा खडा भएको मिति पछिका कामबाट पनि त्यस दर्खास्तमा लेखिएका शर्त बमोजिम काम भए गरेको देखिन्छ र सोही दर्खास्तको नं. ३ को शर्त अनुसार गोबिन्दराजले बुझाउनु पर्ने हिसाब बुझाई नदिएकोले सिनेमा हल ०११ साल पौषमा ठप्प बन्द भयो । हरहिसाब बुझाउन लगाई हर्जाना दिलाई पाउँ भन्ने प्रधान न्यायालयमा उजुरी बिन्तिपत्र दिई ठाडै बुझी दिनु भन्ने प्रधान न्यायालयबाट आदेश भई रा. का. दे. पै. मा गई प्र. गोबिन्द शम्शेरले बिन्तिपत्र मिलान बयान समेत गरी सकेपछि कोर्ट फी दाखेल नगरे वापत भनी मुद्दा खारेज गराएको अर्थात् अड्डामा बयान समेत गरी सकेपछि रीतपूर्वक कारवाई टुंग्याउने पट्टी नलागि खारेज गराएको देखिएको र साथै प्र. गोबिन्द शम्शेरका तहवीलका डिठ्ठा हर्षबहादुरले अर्थ विभाग नेपाल आयकर बिभागलाई ०११।६।१८।२ देखि ०११।१०।५ गते तकमा चलेको फिल्म ८, टेलर २ को विवरण यसैसाथ पेश गरेको छु भन्ने ०१२।१०।९ मा लेखेको पत्रबाट सो दर्खास्तवालालाई नयाँ एग्रिमेन्ट भनी मान्यता दिइएको छैन । त्यो खेश्रा कागज मात्र हो भनी कसरी होला ? यदि त्यो वेमतलवको कागज भई त्यसबाट अपीलाट प्र. गोबिन्दशम्शेरलाई बाध्यता हुने केही थिएन भने किन त्यही कागज बदर गरी अघी ०१० साल भाद्र ३१ गतेको एग्रिमेन्ट बमोजिम प्रभा सिनेमा चालु गराई माग्न उक्त उजुरी प्रधान न्यायालयमा दिनु भई पछि रा. का. दे. पै.बाट खारेज गराउनु भएको हो ?

 (प्रकरण नं. ७)

(२)   एग्रिमेन्ट रजिष्ट्रेशन पास भएमात्र सदर हुन्छ भन्ने कुनै कानूनी व्यवस्था नभएकोमा मैजिष्ट्रेट अफिसबाट पर्चा भई नयाँ एग्रिमेन्टलाई दुवै पक्षले मान्यता दिएकोमा सो एग्रिमेन्टलाई अमान्य मान्न नहुने ।

            नयाँ एग्रिमेन्ट हुन आएको प्रष्ट देखिएको हुँदा सो एग्रिमेन्ट रजिष्ट्रेशन पास भएमात्र सदर हुने भनी कुनै कानूनी व्यवस्थ नभएको । यस किसिमको एग्रिमेन्ट जस्तो कुरा दुवै पक्षको बीचको भई आपस मिलाए गरे पुग्नेमा पनि मैजिष्ट्रेट अफिससम्म गई उक्त अफिसबाट भएको पर्चामा उल्लेखित नयाँ एग्रिमेन्ट मानी कार्यरूपमा परिणत गर्दै गई पक्षहरूले कायम गराएको अमान्य हुन्छ भन्न मुनासिब नपरेको ।

(प्रकरण नं. ८)

वादी तर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी

प्रतिवादी तर्फबाट : सि. एडभोकेट श्री देवनाथप्रसाद बर्मा

फैसला

      १.     यसमा फोहरा दरवारमा सिनेमा हल खोली हल चालु गर्न दुबै थरीले बराबर खर्च हाली आएको । मुनाफा बराबर बाँडी लिने भनी प्रतिवादीले भनेकाले म तर्फबाट भारतीय नोट ५६३५९ मो. रु. ६५७२७ हाली हल तयारी भएपछि ०१०।५।३१ मा उहाँको र मेरो शर्तको एग्रिमेन्ट भएको र क्यासिएर हरिप्रसादलाई उहाँले नै भर्ना गरेको र म संचालक भई २०१०।९।५ गते देखि सिनेमा हल चालु भएपछि बीचबीचमा टिकट बिक्रीको रूपैया निज अन्यायवालाले लिने खाने चाहिने खर्च नदिने गरेकाले हल बन्दै हुन लाग्यो भनी म तर्फबाट ४ फिल्मीको भन्सार मोहरू ११०३४।९२ हाली ल्याएको सो मध्ये मैले पाउने ५५१७।४३ मा १९५४ मात्र दिनु भई ३५६३ दिन बाँकी नै थियो । त्यस्तैमा हल बन्द हुन लागेकोले बन्द हुन नपावस भन्ने गृह मन्त्री ज्यूमा निवेदन दिंदा मैजिष्ट्रेटलाई बुझी दिनु भन्ने आदेश भएको र कुराकानी हुँदा मिल्ने सल्लाह भई वकिल बसी हिसाव ३ दिनमा फछ्र्याउने । मिलापत्रमा नखुलेका कुराहरू अघिका एग्रिमेन्ट बमोजिम हुने गरी अघिको नियमावली तोडी १५ बर्षको निम्ति मिलापत्र बमोजिम गर्न मिलापत्रको मिति देखि १५ बर्ष सम्मलाई नाफा नोक्सानी गोबिन्दराजले हलको दावा छोडी हलको जम्मै अख्तियार जम्मै गोबिन्द शम्शेरकै रहनेछ । गोबिन्दराजको परेको जम्मा मोहरू १६३६६८। ३५ साँवा बनाई १५ बर्ष भित्र गोबिन्दराजलाई बुझाई दिंदा वा छुट्याई गोबिन्द शम्शेरको एकलौटी हक कायम गर्न सो साँवा नबुझाए सम्मलाई मुनाफा वापत बर्ष १ को मोहरु १६३६६।८३ बर्ष १ भुक्तान भएको १ महिना भित्र १ मुष्ट दिने वा महिनाको १३६३।९० का दरले दिन गोबिन्द शम्शेरको खुस । १५ बर्षसम्म पनि साँवा तिर्न नसके एग्रिमेन्टका शर्त बमोजिम गर्नु । साँवा भुक्तान नभएसम्म फोहरा दरबार बेच बिखन गर्न नपाउने भन्ने समेत शर्त राखी आपसमा मिली दुवै थरले एउटै दर्र्खास्त ११।६।८ मा दिंदा हल बन्द नगराई चालु राख्नु भनी दुवै थरलाई सुनाई दिने भनी ०११।६।१२ मा काठमाडौं मैजिष्ट्रेटबाट पर्चा भएपछि निज गोबिन्द शम्शेर संचालक भई हल चलाई सकेपछि के कारणबाट हो हल बन्द गराई राख्नु भएको छ । स्याहा बमोजिम मिलाई दिनु पर्ने फाजिल रूपैयाँ र शर्त बमोजिम मुनाफाको रूपैया समेतमा तरताकेता गर्दा पनि नदिई शर्त तोड्नु भएकोले फाजिल रूपैयाँ ५५१७ मा आएको कट्टी गरी बाँकी ३५६३।३८ र हल बनाउदा लागेको खर्चको साँवा १६३६६८।३५ र मुनाफाका हकमा दर्खास्तको मिति ०११।६।१२ देखिनाले सो दर्ता हुँने अघिल्लो मिति ०११।१२।२६ तकको दामासाहीले हुने साँवा मोहरू २५४५९।६१ समेत जम्मा मोहरू १९६९१।३४ टुंगो लागेको मिति तकको मुनाफा समेत गोबिन्द शम्शेरबाट र म संचालक हुँदाको स्याहाबाट बाँकी तहवीलमा ४७७५।४५ मा उजाती १९४२।५० कट्टी गर्दा बाँकी मोहरू २८३२।९५ हुन पर्नेमा सेफ खोली हेर्दा मोहरू ३६५ मात्र भएकोले जम्मा मैले पाउने १४१६।४७२ क्यासिएर र गोबिन्द शम्शेरबाट दिलाई पाउँ । दुवै थरबाट काम चलेको बखत स्याहामा भिडाउनु पर्ने बिल भरपाई र स्याहा लगाएत क्यासिएर हरिप्रसादसँग रहेको सो नबुझाई रोजनामा मात्र बुझाएको कलम कलमका बिल भरपाई रसीदहरू र उजाती स्याहा समेत निज हरिप्रसादबाट भिडाउन लगाई श्रेस्तामा गोबिन्द शम्शेरको निस्सा लगाई पाउँ भन्ने वादी गोबिन्दराज पाण्डेको फिरादपत्र ।

      २.    मलाई वादी गोबिन्दराजले नै भर्ना गर्नु भएकोले उहाँका अडर बमोजिम कामकाज गरेको हुँ । म जिम्मा तहबील रहे भएको होइन । स्याहा श्रेस्ता र बिल भरपाई म जिम्मा रहे भएको छैन । श्रेस्ता म जिम्मा भए के को आधारबाट बिगो कायम गर्नु भएको हो ? श्रेस्ता गर्न राख्ने उहाँकै मानिस हेड क्लर्क शिबप्रसाद हुन । मेरो तलब बाँकी ३६० दिनु पर्ला भनी झुट्टा उजुर गरेको हो भन्ने समेत प्र. हरिप्रसाद र सिनेमा राख्ने मैले भनेको र चाहिने मालसामान वादीलाई लगाएको पनि होइन । आम्दानी बीचबीचमा लिई काम बन्द गरी दिएको समेत होइन । वादीले नै फोहरा दरवारमा हल राखेको छु । बनाउन भन्ने कुरा गर्दा नोक्सान नहुने र दरवार नबिग्रोस भन्दा त्यस्तो हुने छैन भनी कबुल गर्नु भएकोले हुन्छ भनी गर्नु पर्ने कामको नियमावली बनाई ०१० साल भाद्र ३१ गते एग्रिमेन्ट नियमावली पास भएको । सो बमोजिम वादीले काम नगरी हिसाव नदिई नदेखाई नफछ््र्याई आफूसँग १ साँचो क्यासियरसँग १ साँचो रहनेमा क्यासियरसँग मिली मनोमानी आफै गर्ने । खोज गर्दा झन हलै बन्द गरी दिएकाले मेरो उपर मुनाफा समेत रूपैयाँमा दाबा गर्न नपाउने । निजले कायम गरेको हर्जाना रोजको मोहरू २००। का दरले मलाई दिलाई श्रेस्ता समेत जँचाई देखाउन लगाई दिनु भन्ने १२ सालमा मैले उजुर गर्दा ठाडै बुझी दिनु भन्ने दे. पै. मा आदेश भई गएको । वादीलाई म्याद पठाउदा हाजिर नभएकोमा कोर्ट फी राखी नालिस गर्नु भनी दे. पै. ले फैसला गरेकाले दोहर्‍याई पाउँ भनी बिन्तिपत्र श्री ५ मा चढाउँदा आदेशनुसार कारवाहीका निमित्त निजी सचिवालयमा पठाएको भनी सूचना पाएको । सो उजुरीमा हक गराई लिने भए भन्ने चलाकीले मैजिष्ट्रेटमा झुट्टा दावी गरेका पनि मेरो कैयौं रूपँैयाँको घर भत्काई आफै हल बन्द गरी नोक्सानी पारी दिएको । मैजिष्ट्रेटबाट दर्खास्त बमोजिम मिलापत्र गराएको नभई हल बन्द नगराई चालू राख्नु भन्ने पर्चा भएपछि बिगो समेत पाउनु पर्ने । दर्खास्त बमोजिम मिलापत्र गराइ दिन पर्ने गरी दिएनन् भन्ने पर्चा उपर वादीको अपील उजुर नपरेपछि सो पर्चाले दर्खास्त सकार नगरी बदर गरेको दर्खास्तबाट वादीले बिगो मबाट पाउनु पर्ने होइन । मेरो जिम्मा साँचो नभएको र स्याहा स्रेस्ता वादी संगै रहेकोले त्यस्तो रुपैंया मैले कसो गरी तिर्ने ? मैले निस्सा लगाउने काममा एग्रिमेन्ट नियमावली बमोजिम हेरी जाँची देउ भन्न आएमा तयार छु भन्ने समेत गोबिन्द शम्शेरको प्रतिवादी पत्र ।

      ३.    भईरहेको एग्रिमेन्ट तोडी वादी प्रतिवादीले तपसिलावार खोली एउटै दर्खास्त दिएको देखिएकोले रूपैंयाँ बुझी हलको दावा छोडनमा वादी र हलको रूपैंयाँ बुझाई एकलौटी लिनमा प्रतिवादी गोबिन्द शम्शेर समेत मन्जुर भई का. मैजिष्ट्रेटमा ०११।६।८ मा दर्खास्त दिएको । सो दर्खास्तलाई नयाँ एग्रिमेन्ट भनी मैजिष्ट्रेटबाट ११।६।१२ मा पर्चा गर्दा बिगोको हर्जाना तर्फ नालिस दिन जानु भनी सुनाई दिने गरी पर्चा भएको । सो पर्चा प्रतिवादीले बदर वातिल गराउन नसकेको । एग्रिमेन्टमा १५ बर्ष भित्रमा भन्ने लेखिएकोले साँवाका हकमा शर्त बमोजिम हुन्छ, गर्नु । मुनाफाका हकमा बुझाएको निस्सा गुर्जान नसकेकाले दर्खास्त मिति देखि वादी दर्ता अघिल्ला दिन सम्मको र दर्ता देखि हाल सम्मको मुनाफा मोहरू ५०००८।२७ वादीले भरी पाउने र क्यासियर हरिप्रसादको हकमा नियममा श्रेस्ता क्लर्क जिम्मा रहने हुँदा हेड क्लर्क भनेको शिवप्रसादले म्यादै गुजारेकोले निजबाट लिनु भनी सुनाई दिने । श्रेस्ताबाट देखिन आएको रूपैयाँ उजुर परेका बखत ठहरे बमोजिम हुने हुँदा हरिप्रसादबाट हालै भरी नपाउने ठहर्छ भन्ने समेत रा. का. दे. पै. अदालतबाट ०१४।६।२९।३ मा फैसला गरे उपर प्रतिवादी गोबिन्द शम्शेरको अपील पर्दा मैजिष्ट्रेटमा दिएको दर्खास्तबाट ०१० सालमा भएको एग्रिमेन्ट तोडी नयाँ शर्त अनुसार अपीलाटले हल खोल्ने भएको र सो बमोजिम अपीलाटको तहवीलको कारिन्दा हर्षबहादुरले अर्थ आय कर विभागमा दिएका दर्खास्तबाट अपीलाटले एकलौटी हक चलाएको समेत देखिनाले दर्खास्त सकार गरी काम चलाएको देखिएपछि सो दरखास्त बदर भन्न समेत मुनासिब नदेखिंदा इन्साफ शुरुको मुनासिब भनी अपील दोश्राको हाकिम सुब्बा शारदाप्रसाद, वि. रोहणीले ०१६।४।२ मा फैसला गरेको र मिलापत्रमा झगडियाको मन्जुर नभई हाजिर नभएपछि सो दर्खास्त सदर गर्न नमिली खेश्रा सरह सम्झनु परेको झगडीयाको मन्जुर नभएपछि अड्डाले पनि गर्नु नभएको मिलापत्र पनि गरेको नदेखिएको । सो दर्खास्त कानूनी सहर मान्न नभएकोले समेत शुरुको इन्साफ गल्ती ठहर्छ भनी अ. ख. पद्मबहादुरको राय पर्चा भएको ।

      ४.    हाकिमको फैसलाउपर प्र. गोबिन्द शम्शेरको र अ. ख. को राय पर्चा उपर वादी गोबिन्दराजको अपील परी आएको यो मुद्दामा अपीलाट वादी गोबिन्दराजको वारिस काजीबहादुर र प्र. गोबिन्द शम्शेरको वारिस हर्षबहादुर समेत राखी वादी र वादी तर्फबाट रहनु भएका विद्वान वकिल एडभोकेट कृष्णप्रसाद भण्डारी तथा प्रतिवादी तर्फका विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद बर्माको बहस र मिसिल सामेल रहेका सबै कागज प्रमाण समेत हेर्दा यस बेञ्चका सामुन्नेमा निम्नलिखित प्रश्नहरू किनारा हुन गर्न उपस्थित हुन आएका छन् ।

(१)    ०११ साल आश्विन ८ गतेका मैजिष्ट्रेट अफिसमा दुवै पक्षले दाखिल गरेको कागज के हो ? त्यो केवल मिलापत्र गर्नु भनी दिएको दर्खास्त वा खेश्रा कागज मात्र पो हो कि ? त्यो एउटा नयाँ मन्जुरनामा वा एग्रिमेन्ट हो ?

(२)   प्रश्न १ मा लेखिएका कागजको दुवै पक्षलाई वाध्यता छ, छैन ? भए के कतिसम्म बाध्यता छ ?

(३)   काठमाडौं मैजिष्ट्रेटले नयाँ एग्रिमेन्ट भनि त्यस कागजलाई नामकरण गरी दिएको मान्य अमान्य के हुन आउँछ ?

(४)   माथि १,,३ प्रश्नको जवाफ दृष्टिमा राखी ०१० साल भाद्र ३१ गतेमा दुवै पक्षका बीचमा भएको एग्रिमेन्ट र त्यस अन्तर्गत भएको नियमावलीले दुवै पक्षहरू अब बाध्य छन् वा छैनन् ?

      ५.    माथि उल्लेखित प्रश्नहरूउपर बिचार गर्दा ०११।६।८ गतेमा काठमाडौं मैजिष्ट्रेट अफिसमा दुवैथरिले दाखिल गरेको कागज मिलापत्र गर्ने मुरादले अ. बं २२९ नं. बमोजिम मन्जुरी दखास्त मात्र हो र त्यस्मा घरसारमा दुवै पक्षले के कस्तो शर्तमा मिल्न मन्जुर गरे ? यो शर्तहरूले जाहेर गर्छ र जब त्यस अनुसार काठमाडौं मैजिस्टे«टले ऐनबमोजिम मिलापत्र गरी दिनु भएन त्यसकारणले त्यसको केहि मुल्य वा बाध्यता रहेन । हामी दुबै पक्षले अघि ०१० साल भाद्र ३१ गतेमा रजिष्ट्रेशन पास भएको एग्रिमेन्ट वा मन्जुरनामा अद्यापि तक कायम छ र सोहि अनुसार यो प्रभा सिनेमा हल चालु गराई पाउँ र वादीको बिगो तिर्नु पर्ने होइन, छैन भन्ने समेत श्री देवनाथप्रसाद वर्माको मुख्य बहसको अडान रहेछ ।

      ६.    विद्वान एडभोकेटको जिकीर गौर गरी हेरेमा सो दर्खास्तलाई काठमाडौं मैजिष्ट्रेटले आफ्नु ११।६।१२ को पर्चामा नयाँ एग्रिमेन्ट भनी संज्ञा दिदै अघि पर्चामा बदली दर्खास्त दिएको देखिनाले सो नयाँ एग्रिमेन्ट बमोजिम हल चालु गर्नु गराउनु भनी काठमाडौं मैजिष्ट्रेटले पर्चामा लेखी किटुवा आदेश दिएको र त्यस पर्चा उपर दुवै पक्ष मध्ये कसैको पनि अद्यापी तक अपील उजुर नपरेको ।

      ७.    उक्त ०११।६।१२ मा काठमाडौं मैजिष्ट्रेटबाट पर्चा खडा भएपछि प्रतिवादी पक्षले उक्त दर्खास्तलाई कुन भावनाले हेरेर त्यसको कुनै मान्यता राख्यो वा राखेन भनी बिचार गर्दा सो मैजिष्ट्रेटमा भएको पर्चा पछि प्र. गोबिन्द शम्शेरले गोबिन्दराजको ठाउँमा डाईरेक्टर वा संचालक पदको कार्यभार आफै ग्रहण गरी मैनेजर पदमा भेषविक्रम राणालाई नियुक्त गरेको देखिन आएको । सो मैनेजर भेषविक्रम राणले मिति ०११।९।८।४ मा गोबिन्दराज पाण्डेलाई लेखी त्यसको बोधार्थ अर्थ मन्त्रालय गृह मन्त्रालयको सचिवहरू तथा मैजिष्ट्रेट अफिस समेतमा पठाएको चिठ्ठीमा हामीहरूको काठमाडौं मैजिष्ट्रेटमा मिलापत्र हुँदा २ दफामा ३ दिन भित्र हिसाब छिन्ने, ३ दफामा हिसाबमा नचलेको बाँकी छ भने आई परेको कुरा तर्फ संचालक गोबिन्दराजज्यूबाट फछ्र्याउने गोबिन्द शम्शेरले जवाफदेही गर्नु नपर्ने लेखिएको । सो मिलापत्र बमोजिम आजसम्म हिसाब छिनी नदिएको । फिलिम झिकाउँदा नदिई रोकेकोले लेखी पठाएको छौंभन्ने उल्लेख भएको । बंगाल मोसन पिक्चर्सलाई लेखेको अंग्रेजी हरफको चिठ्ठीमा पहिलेको पार्टी गोबिन्दराजबाट प्रभा सिनेमाको चार्ज हामीले लिईसकेको भन्ने र त्यस्तो चार्ज लिनु भन्दा अघि हामीहरूले अदालतमा निर्णय गराई सकेको छ कि अघिको बांकी बक्यौंता अघिको पार्टी गोबिन्दराजले चुक्ता गर्ने छ भन्ने समेत उल्लेख भएबाट उक्त दर्खास्तलाई प्रतिवादी पक्षले स्वयम् पनि नयाँ एग्रिमेन्ट भनी सम्झी लेखापढी गरेको देखिएको छ । हो ति पत्रहरू प्रभा सिनेमामा प्र. गोबिन्द शम्शेरका तर्फबाट नवनियुक्त मैनेजर भेषविक्रम राणाले लेखेका छन् । तर पनि ति पत्रहरू लेखे वापत गोबिन्द शम्शेरले अहिलेसम्म कुनै आपत्ति केहि नगरेपछि सो पत्र निजका तर्फबाट लेखेको होइन भन्न नमिल्ने र उता तिर प्रतिवादीको सो पर्चा खडा भएको मिति पछिका कामबाट पनि त्यस दर्खास्तमा लेखेका शर्त बमोजिम काम भए गरेको देखिन्छ र सोही दर्खास्तको नं. ३ को शर्त अनुसार गोबिन्दराजले बुझाउनु पर्ने हिसाब बुझाई नदिएकाले सिनेमा हल ०११ साल पौषमा ठप्प बन्द भयो । हरहिसाब बुझाउन लगाई हर्जाना दिलाई पाउँ भन्ने प्रधान न्यायालयमा उजुरी बिन्तिपत्र दिई ठाडै बुझी दिनु भन्ने प्रधान न्यायालयबाट आदेश भई रा. का. दे. पै. मा गई प्र. गोबिन्द शम्शेरले बिन्तिपत्र मिलान बयान समेत गरी सकेपछि कोर्ट फी दाखेल नगरे वापत भनी मुद्दा खारेज गराएको अर्थात् अड्डामा बयान समेत गरी सकेपछि रीतपूर्वक कारवाही टुंग्याउने पट्टी नलागी खारेज गराएको देखिएको र साथै प्र. गोबिन्द शम्शेरका तहबीलका डिट्ठा हर्षबहादुरले अर्थ विभाग नेपाल आयकर विभागलाई ०११।६।१८।२ देखि ११।१०।५ गते तकमा चलेको फिल्म ८ टेलर २ को विवरण यसै साथ पेश गरेको छ भन्ने ०१२।१०।९ मा लेखेको पत्रबाट सो दर्खास्तलाई नयाँ एग्रिमेन्ट भनी मान्यता दिइएको छैन । त्यो खेश्रा कागज मात्र हो भनी कसरी होला ? यदि त्यो बेमतलबको कागज भई त्यसबाट अपीलाट प्र. गोबिन्द शम्शेरलाई बाध्यता हुने केहि थिएन भने किन त्यहि कागज बदर गरी अघि ०१० साल भाद्र ३१ गतेको एग्रिमेन्ट बमोजिम प्रभा सिनेमा चालु गराई माग्न उक्त उजुरी प्रधान न्यायालयमा दिनु भई पछि रा. का. दे. पै. बाट खारेज गराउनु भएको हो ? यसले मलाई बन्धनमा पार्न सक्छ भन्ने बिचारले नै त्यस्तो उजुरी बिन्तिपत्र प्रधान न्यायालयमा उजुर गरेको देखिन्छ ।

      ८.    उपरोक्त लेखिएअनुसार काठमाडौं मैजिष्ट्रेटको कायमी पर्चा र प्रतिवादी पक्षकै आफ्नै काम कारवाई तथा पत्र व्यवहार र प्रधान न्यायालयमा दिएका उजुरीमा रा. का. दे. पै. को खारिजी फैसालाबाट समेत उक्त ०११।६।८ गतेको काठमाडौं मैजिष्ट्रेट अफिसमा दुवै थरीले दिएको कागजमै ०११।६।१२ का मैजिष्ट्रेटका पर्चामा उल्लेख भएबमोजिमको नयाँ एग्रिमेन्ट हुन आएको प्रष्ट देखिएको हुँदा सो एग्रिमेन्ट रजिष्ट्रेशन पास भए मात्र सदर हुने भनी कुनै कानूनी व्यवस्था नभएको यस किसिमको एग्रिमेन्ट जस्तो कुरा दुवै पक्षको बीचको भई आपस मिलाएगरे पुग्नेमा पनि मैजिष्ट्रेट अफिससम्म गई उक्त अफिसबाट भएको पर्चामा उल्लेखित नयाँ एग्रिमेन्ट मानी कार्यरूपमा परिणत गर्दै गई पक्षहरूले कायम गराएको अमान्य हुन्छ भन्न मुनासिब नपरेकोले त्यसका शर्त अनुसार प्रतिवादी र वादीले प्रभा सिनेमा हल बारे व्यवहार चलाउनु पर्ने हुँदा अरु शुरु रा. का. दे. पै. अपील दोश्राका हाकिम बिचारीका फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट इन्साफ शुरुको सदर गरेको अपील दोश्राका हाकिमको मुनासिब । अ. ख. पद्मबहादुरको राय पर्चा गलत ठहर्छ । तपसिलका मानिसलाई तपसिल बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु।

 

तपसिल

कोर्ट फी लागि दायर भएको मुद्दा हुँदा अपीलाटहरूलाई केही गर्नुपर्दैन .......................१

वादी गोबिन्दराज पाण्डेको प्र. क. गोबिन्द शम्शेरबाट माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ सदर भएकाले वादीले पाउने ठहरेको मुनाका बर्ष १ को ने. रु. १६३६६।८३ का दरले ०११।६।१२ गतेदेखि आज तक बर्ष ६९।६ को जम्मा ने. रु. ११३७४९४६।१ हुनेमा रा. का. दे. पै. का १४।६।२९।३ का फैसला र अ. त. वि. गो. का १४।७।१४।४ का लगतले वि. गो. मोहरू ५०००८। २७ लगत भईसकेकोले सो कटाई बाँकी ने. रु. ६३७४१।१९।१ ऐनमा म्याद ५ बर्ष भित्र क. गोबिन्द शम्शेरको जेथा देखाई वादी गोबिन्दराजले दर्खास्त दिएका बखत कोर्ट फी सवालका ५९ दफा बमोजिम सैकडा २५० का दरले दस्तुर लिई भराई दिनु भनी लगत दिने ........................२

वादीले राखेको कोर्ट फी ने. रु. २९५७।५२ प्र. बाट भराउँने भनी दे. पै. का फैसला अ. त. बिगोका लगतले भराउने गरेकोमा प्र. गोबिन्द शम्शेरले अपील गर्दा सो कोर्ट फी अपील श्रेस्ता फाँट मार्फत अ. त. बिगो फाँटमा १४।११।८ मा बुझाई धरोट रहेको देखिनाले सो लगत काटी मु. स. बही बुझ्ने वारेको ५९ दफाले ३ बर्ष भित्र वादीको दर्खास्त परे भराई दिनु भनी अ. दो. का हाकिमको फैसलामा लेखेको सो बमोजिम लगत दिएको निस्सा केहि नदेखिंदा सो अ. दो. का ०१६।४।२।६का फैसला बमोजिम गर्न लगत दिने गल्ती राय पर्चा गरेमा अ. ख. पद्मबहादुर र फैसला बमोजिम लगत दिनु पर्ने नदिएमा रेकर्ड राख्न सर्वोच्च अदालत रजिष्ट्रार अफिसा लेखीपठाउने देहायका जवान .......................३

अपील दोश्राका अ. ख. पद्मबहादुर १ हा. सुब्बा शारदाप्रसाद१ वि. रोहिणीप्रसाद मैनाली

 

इतिसम्बत् २०१८ साल आषाढ १८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु